‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १२९ सम्पन्न

काठमाडौँ । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२९ औँ शृङ्खला सम्पन्न भएको छ ।
अभ्यासमा नेपाल लगायत विश्वका ४९ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२९ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
टुक्का माथि टुक्का- १२९
आँखा छोप्नु कान थुन्नु नि सकिन्न भने बरु
किन जल्छौ म जे गरुँ देखीनसहनेहरू ?
वसन्त अनुभव

[१]
जल्नेहरू जलिरहून् खरानी नै बनून्
आफ्नो बाटो नछोड जसले जे जे भनून् ।
✍️ वसन्त अनुभव
घोराहीउपमहानगरपालिका १४, दाङ
[२]
पत्रपत्र जलेर खरानी भएको बेला
आगोमा घिउ थप्न भएछौ आएर भेला ।
✍️ अम्बिका अधिकारी
झापा बिर्तामोड
[३]
नेताको बोलीमा फेरि तिमी भुलियो
हन चियामा त कति चिनी गुलियो ।
✍️ नीमा छिरिङ भोटिया
जलढका कालेबुङ
भारत
[४]
हेर्दिनँ भने पनि देखिन्छ आँखा अघि भएपछि
यस्ताे हर्कत गर्नुभन्दा त ! मर ढुक्क गएपछि ।
✍️ बाबू विराज
बाणगङ्गा १ चार नम्बर, कपिलवस्तु
[५]
हावा निकै चल्यो
सत्ता हेर ढल्यो ।
✍️ नागेन्द्रप्रसाद यादव, दाङ
[६]
आँखा छोप्छु मुखै थुन्छु भुलिदिन्छु भनी
झल्को मेट्न सकिएनँ घाँटी रेटे पनि ।
✍️ मन्दिरा सेढाई
मलेखु,धादिङ
[७]
मानव बेचिने देशमा मानवताको छैन कदर
कानुन हुँदाहुँदै पनि हुने सजाय किन बदर ?
✍️ कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
[८]
छन् यहाँ धेरै अरूको उन्नति अनि प्रगतिमा जल्नेहरू
केही गर्न सक्दैनन् आखिर अह्राएको बुद्धिमा चल्नेहरू ।
✍️ बाबुराम पाण्डे
अर्घाखाँची
[९]
यहाँ सोच्दैछन् कसरी सकिन्छ छल्न
अरूको प्रगति भयो कि थाल्छन् जल्न ।
✍️ प्रतिज्ञा प्रतिज्ञा
मेहेलकुना सुर्खेत
[१०]
कसैले सक्तैन छेक्न जल्ने मानव जातिलाई
आफ्नो कर्तव्य नभुली बढौँ सही बाटो समाई ।
✍️ अर्जुन प्रसाद चौलागाई
रामेछापः-सुनापति-१
हालः-अमेरिका,बोस्टन।
[११]
जल्नेहरू हिँड्छन् सधैँ मुन्टो बटारेर
के नै खालो सार्लान् र खै खुट्टा लतारेर !
✍️ विवश पारदर्शी
झापा
[१२]
जलेर सकिनु सकियो सबै भित्र भित्र
हेर्नु सिवाय हेर्दै बस जलेको त्यो चित्र
✍️ बेदु न्यौपाने
[१३]
धेरै धेरै सम्झना हजुर, आँखा छोप्नु किन नि? मात्र सम्झेको
बहिरो बन्न सकिनँ, केही भन्न सकिनँ, व्यर्थ किन बम्केको ?
मोती सुब्बा
दार्जिलिङ निमकी डाँडा ।
[१४]
लाग्छ उन्नतिको शिखरमा पाइला टेकी मरुँ
प्रशस्त छन् आँखा लोभी र मन पापी गर्नेहरू।
✍️ भुपेन्द्र राना मगर
धादिङ
[१५]
खानु जति खायौ अब अति भयो बल्ल पो तिम्रो पालो हेर आएछ
आफूले गरेको बेइमानीले बल्ल लाग्दैछ मुटु कलेजो खाएछ।
✍️ सुशीला शिखा
काठमाडौं कागेश्वरी
[१६]
नजलाऊ धेरै जल्नै बाँकी के छ र अब
मिसिएपछि खरानी माटो नै भयो जब ।
✍️ होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
[१७]
मान्छेहरूको स्वभाव नै जल्ने हो जल्न दिनु
बरु घिऊ तेल थपिदिनु गुनासो नलिनु ।
✍️ भुजेल अरुण शान्ति
गोरुबथान,कालिम्पोङ,भारत।
[१८]
अरूको प्रगतिमा जल्ने
रिसको आगो आफैँ गल्ने ।
✍️ संगीता खरेल
चन्द्रागिरी ८ काठमाडौँ
[१९]
भित्ताको पनि कान हुन्छ सुन्नुपर्ने सस्तो
हत्केलाले घाम नै छेक्ने भन तिमी कस्तो ।
✍️ धनुष न्यौपाने
गुठीचौर गाउँपालिका ०४ बिगारे जुम्ला
[२०]
गरिखानेकाे आरिस गर्छौ, तिमी आफैँ गर्दैनाै केही, त्यसै मर्छाै
पापैपापले भरेको घडा बाेकेर, भवसागर कसरी तर्छाै ।
✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
[२१]
नेता न हुँ यो देशको तिमीहरूले नै चुनेको मलाई किन रिस गर्छौ
अवसर मैले पाएको छु मैले भकारी नभरे के तिमीहरुले भर्छौ ?
✍️ पवनकुमार बुढाथेाकी
काठमाडौँ
[२२]
गाँउ खायौ, सहर खायौ, खायौ सिङ्गो देश
जनतालाई झुक्याएर फेर्यौ आफ्नो भेष ।
✍️ ध्रुव श्रेष्ठ
हाल,काठमाडौ ।
[२३]
अरूको खुट्टा तान्नेहरू
धेरै छन् यहाँ जान्नेहरू ।
✍️ बि कुलुङ
रंगबुल दार्जिलिङ
[२४]
आफूले गर्न सक्दैनन् अरूलाई भन्छन् सजिलो गरी
छक्कै पर्छु आजभोलि कस्तो हो रुवाउँछन् धरधरी।
✍️ अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा – ६ संखुवासभा
[२५]
परिश्रमी त देखासिकी सधैँ आफैँ गरिखान्छन्
आरिसे गरिखान नसकी रिसले मरिजान्छन् ।
✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
[२६]
जतिसुकै अग्लाे टाकुराेमा बसेर काैलासे पनि लाज उद्रिन्छ
विधि विधान मिचेर गरेका कामले खै कसरी बानी सुध्रिन्छ ।
✍️ प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।
[२७]
आँखा जलिरहेछ, पोलिरहेछ यो मन
अरूको प्रगति देख्दा असह्य हुन्छ झन ।
✍️ राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ ।
[२८]
के के गर्न मन छ तिम्रो आफ्नो खुसी गर
काम कुरो बिगारेर मेरो भर नपर ।
✍️ नन्दलाल आचार्य
सिद्धार्थटोल, उदयपुर
हाल- एनेलकुटी, सिरहा ।
[२९]
मैले आँखा छोपे पनि सत्य कहाँ लुक्ला ?
गल्ती स्विकारी जनसामु अब को झुक्ला ?
✍️ सुस्मिता अधिकारी ,काठमाडौँ
[३०]
उद्यमीको ढुङ्गामा मेवा फल्छ
आरिस गर्ने सलाइझैँ जल्छ ।
✍️ बिके मुखिया
दार्जिलिङ,भारत।
[३१]
प्रगतिमा जल्नेलाई जलिरहनदेऊ
जता हुन्छ आफ्नो भलो त्यतै शरण लेऊ ।
✍️ त्रिलाेचन भण्डारी
मेचीनगर,झापा
[३२]
आँखा खोलेर हेर्नु कान कोट्याएर सुन्नु के देख्छौ सुन्छौ अरू
दुश्मन पनि कुनै दिन काम लाग्छ रे दोष नथोपर्नु बरु ।
✍️ चुडामणी देबकोटा
चनपा१३काठमाण्डौ
[३३]
वायुमण्डलमा प्रदुषण सार्है भयो चर्को
लाग्न थाल्यो मानवदेखि प्रकृतिलाई झर्को ।
✍️ शशीश्री आचार्य
बौद्ध कुमारीगाल काठमाडौं
[३४]
तिमी जस्ता भ्रष्टहरूको त को छ र साथी
जस्ले गर्छ असल कर्म ऊ नै हुन्छ माथि ।
✍️ दस्ता कौशिक
[३५]
जसले जति गरून् प्रगति उन्नति, किन आँखा तराैँ
हामी पनि गराैँ सकेजति प्रगति त्यसै किन मराैँ ।
✍️ हरिगाेपाल प्रधान
काभ्रे, बनेपा १४ साँगाबजार।
[३६]
झिँगाको सरापले डिँगो मर्दैन जे गर्छौ गर
सुर नछोडी गर्छु काम जली मर्नेहरू मर ।
✍️ सतीश पण्डित
चुँदी तनहूँ
हाल चनपा६ मातातीर्थ
[३७]
आलोचना गरेर सदनमा बिताए
एकले अर्काको कुभलो मात्र चिताए।
✍️ कला ढकाल, झापा
[३८]
आरिसेहरू जलिरहन्छ अरू के काम
वास्ता गर्न छोडिदिए, कमाउनु छ दाम ।
✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाइ ४ झापा
[३९]
म जे गरौँ जसो गरौँ न तिमीलाई केको खसखस
अर्काको प्रगति देखेर जल्नेहरू आँखा चिम्ली बस ।
✍️ अनिता भण्डारी ताप्लेजुङ
[४०]
जल्न खोज्छन् आफ्नाहरू, सफलताको शिखर चढ्दा
गन्तव्य भुल्नुहुन्न परिश्रमी बनी अगाडि बढ्दा ।
✍️ शंकर कार्की,मकवानपुर ।
[४१]
कोसिस गरेको हो हजुर मूर्खलाई पाठ सिकाउन
कतै अन्धो कतै बहिरो हुनुपर्छ सम्बन्ध टिकाउन।
✍️ कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे
[४२]
मनमा सधैँ हामीले खुसी नै खुसी त छर्नु
मरेर गए पनि इतिहासमा नाम भर्नु।
✍️ श्रीकृष्ण धामी – बझाङ
[४३]
अरूको रिस गरे उल्टै आफूलाई नै खन्छ
आफ्नै कर्ममा विश्वास गर्ने ठूलो मान्छे बन्छ ।
✍️ गंगा खड्का
बूढानीलकण्ठ, काठमाडौँ
[४४]
कस्ले देख्छ र यहाँ भित्र भित्रै मन बल्छ
आगोमा हिड्नेकै यहाँ पाइलाहरू जल्छ ।
✍️ दीपा समभाव
खोटाङ्ग
[४५]
जल्नेहरू जलेर नै मरुन् छोड्दैनौँ आफ्नो ताल
लोभको प्यास जागिरह्यो भए पनि मालामाल l
✍️ बाबुराम गौतम, गुल्मी
[४६]
दुईजिब्रेको चालै त्यस्तै कुरा लगाइरहने
भएको थिचोमिचोमा हामी अब किन सहने ?
✍️ प्रेम थापा “मन”बागलुङ
[४७]
सङ्कीर्णताको राग अलाप्दै नसोध के भो भनी
झन् अघि अघि बढ्दै जानु विध्न बाधा आए पनि ।
✍️ डम्बर थामी ‘अनुपम ‘
कालिन्चोक गा. पा. -६, दोलखा
[४८]
जल्नेलाई जल्न दिने सहवास मैले माने
किचकिचेको सङ्गत छोडी अन्त कतै जाने ।
✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
[४९]
गाउँ र बस्ती मिलेर सारा सबैले सपार
माटोको माया बुझेमा आज हुनेछ अपार !
✍️ आर्त अकुलीन~<•>~