
साप्ताहिक झिल्का लेखन अभ्यासको नवौँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६३ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।

साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ०९ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
…
१,
फूलको सौन्दर्य मरेपछि
के रहेछ जिन्दगी ?
बोटबाट बास्ना झरेपछि ।
२,
सपनाले बारम्बार सताउॅंछ
राखेर भाग्य अँजुलीमा
वैदेशिक अवसरले बोलाउॅंछ ।
३,
असङ्ख्य आकाशको तारा
ललिपप बाँड्छन् जूनसॅंग,
जहिल्यै अपूरो अभिभारा ।
- म्यामराज राई, भोजपुर
…
१)
लाग्दैछ चिन्ता अचेल
खुसी छैन विधाता
खेल्दैछ कस्तो खेल ?
२)
समस्याले बनायो घर
आशान्वित हेर्छु दायाँबायाँ
आफ्ना छैनन् वरपर !
३)
रहेन जीवनमा मह
उजाड भयो जिन्दगी
आँखामा आँसुको दह ! - वसन्त अनुभव, घोराही उपमहानगरपालिका १४, दाङ
…
१,
आउछन् मलामी भनेर
यमराज जाँगर देखाऊ
अन्तिम यात्रामा गनेर ।
२,
सुर्य बिहानीमा उदायो
हतार उठेर समस्या
जात्रामा गएर कुदायो ।
३,
मनको पीर हटाउनु
कमजोर निन्द्रा गराई
आत्मनिर्भर नै बढाउनु । - अम्बिका अधिकारी, झापा बिर्तामोड
…
१,
निस्वार्थ प्रकृतिको सहारा
चुलिॅंदा मनवीय स्वार्थ
भुल्यो आफ्नो अभिभारा।
२,
श्रोत विकासको हरियाली
फॅंडानी उत्खनन लगातार
मानिसको दिमाग खाली।
३,
विवेकमा बिर्को लगायो
आक्रोश पोख्यो जताततै
नपाउने दुःख पायो। - सुरेशकुमार पाण्डे, दाङ घोराही – १८
…
जीवनलाई सुरक्षित राखौँ
बल्लतल्ल आयो पालो
सत्ताको राजनीति चाखौँ । - बेदु न्यौपाने
…
१,
एकान्तमै म हराएँ
तिम्रो आगमन अगाडि
मुस्कान मन पराएँ ।
२,
नबर्सने झरीको बादल
अचम्म छ दुनियाँ
खरी झरेको मादल ।
३,
पैसाले खरिद गरेको
इज्जत सम्मानको कुरा
कति मन परेको ? - गुणनिधि घिमिरे अमेरिका
…
१.
अब अहमता त्यागेर
बसौँ है समाजमा
पाइॅंदैन इज्जत मागेर |
२.
बाबा आमा भनेका
हाम्रा भगवान् हुन्
सन्तान अबुझ बनेका |
३.
साहित्यमा मन लगाऔॅं
मनको भावना साटेर
दुःख पीडा भगाऔॅं । - सरिता सेढाई, धादिङ
…
१,
बाँचुञ्जेल सम्बन्ध नगन्ने
कस्तो चरित्र आफन्तको
मरेपछि कठैबरा भन्ने ।
२,
हुँदैन सम्बन्ध गाढा
देखावटीले के गर्नु ?
भएपछि मन टाढा ।
३,
धर्तीले आकाश छुँदैन
दुखमा बिर्सने नाता
कहिल्यै आफ्नो हुँदैन । - त्रिलोचन भण्डारी, मेचीनगर, झापा
…
१.
बाको जेथाले भ्याएन
गुजारा गर्न दैनिकी
परदेशीले कौडी ल्याएन ।
२.
ऋण तिर्न भनेर
पाउ मोल्नुछ साहुको
ढ्याके चोके गनेर ।
३.
चुहिएको छानो टाल्नुछ
पूरा गरी सपना
शिक्षाको दीप बाल्नुछ । - सरस्वती भट्ट (झरना विन्दु ‘सरु’), सिराञ्चोक-५,गोरखा
हाल:राइनास-१,लमजुङ
…
१.
आऊ कृष्ण काले
तिमी हामी मिलेर
बसौँ यिनकै पाले।
२.
दही चोरेर खायौ
कुटाइ खायौ आमाको
बल्ल स्वाद पायौ।
३.
जान्थ्यौँ गाई चराउन
बस्ने होइन सँगसँगै
पार्थ्यौ सधैँ कराउन। - भवानी पोखरेल (बाबू विराज), बाणगङ्गा १ चार नम्बर कपिलवस्तु
…
१,
फूल फुल्यो वनैमा
बास्ना चल्यो हरर
बस्यौ तिमी मनैमा ।
२,
गर्छन् कुर्सीको तानातान
राजनीतिको खेल यो
नपाउॅंदा मुक्का हानाहान । - बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’, कनकाई ४ झापा
…
१,
कसको गर्नु भर
जाली भयो दुनियाँ
लाग्छ मलाई डर ।
२,
छैन जीवन थिर
कहिलेसम्म हो बाँच्ने
बोकी मनमा पिर ।
३,
सारा नाता तोडेर
किन गयौ निष्ठुरी
तिमी बाटो मोडेर । - नवशिला, नवदेव मार्ग, लालभित्ती,मोरङ।
…
(१)
दुनियाले उडाउँछ हाँसो
फगत इलजाममा फसाएर
कारागारमा कानुनको पासो।
(२)
छिमेकीले हेर्न सकेन
देखेर सफलता अर्काको
सम्बन्धमा सौहार्दता राखेन ।
(३)
देखाउँछ मानिसले चरित्र
लालच, अहङ्कार, घृणा
भगवानको दर्शनमा पवित्र । - दिल ठकुरी, टिस्टा भेल्ली दार्जिलिङ
…
१,
प्रभुसँग नाता जोडौँ
निराशावादी सोँचमा अलमल
दुष्कर्म आजबाट छोडौँ ।
२,
आस्थावानको जीवन खास
श्वास रहेसम्म चल्ने
यस जीवनको आस ।
३,
नास्तिकतामा जीवन नमोडौँ
श्रवण भजन कीर्तन
गायन कहिल्यै नतोडौँ । - कार्की डिबी माकुम, सुनवल -४, नवलपरासी
…
१,
फूल ओइली झरेपछि
के अर्थ रह्यो ?
रोगले बोटै मरेपछि ।
२,
सधैँभरि सपनामा देख्छु
विपनामा छैनन् प्रिय
त्यसैले चिठी लेख्छु ।
३,
नौलाख आकाशको तारा
मिर्मिरेमा झरेर जान्छ
भाग्दैनन् तर गरिबमारा । - राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी – ५, संगम कोलोनी राधे राधे भक्तपुर
…
१.
हामीले देवीदेवता भाकेर
जान्छौँ मन्दिर कहिले
आस्था विश्वास राखेर।
२.
साहित्य बनेर ढाल
बचायो नेपाली भाषा
आहा ! स्वर्णिम काल।
३.
भेदभावको गर्त हजुर
पुरिने कहिले होला
ढाल्नुपर्छ ढोँगीको गजुर। - पृथक प्रकृति ,झापा
…
१)
छैन सरकारको भर
गरिखान समेत नपाइने
सधैँभरि लाग्छ डर ।
२)
सधैँ पराईको नोकर
मन दिनरात बरालिने
नेता बन्छन् जोकर !
३)
जन्मेनन् नेता मर्द
मगन्तेको देश बनाए
चलाउँछन् बिदेशीको कर्द । - ऋजु दिल्पाली, इटहरी – १, सुनसरी
…
१,
चिनाऊ देशको नाम
माटोमा रमाऊ युवाहरू
गरेर विकासको काम !
२,
सुन्दर गाउँघरको बाटो
यहाँ सुन फल्दछ
उर्वर नेपालको माटो !
३,
मेरो गाउँ सहर
हरेक मनमा जागेमा
फूल फुलाउने रहर ! - आर्त अकुलीन
…
१)
निम्तायो राजनीतिले द्वन्द
खिचातानी फोहोरी राजनीति
प्रगतिको छैन छन्द ।
२)
छिमेकी मुटुमै बस्यो
छ खुल्ला सिमाना
बिनासर्त भित्र पस्यो ।
३)
कसरी सम्झाउनु फेरि
आउँछन नयाँ जोगीहरू
गेरु वस्त्र बेरी । - रवि पौडेल, दक्षिण भारत पाण्डेचरि
…
१,
नेताहरूको यो बजारमा
मरिबस्छ काममा काले
एउटा होइन हजारमा।
२,
बाघ बन्ने तालमा
यो जमाना कस्तो
लोभ राख्छ रालमा।
३,
आशाको बत्ती बल्दैछ
बिस्तारै बस तिमी
नेताहरूको मन गल्दैछ। - नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत
…
१.
छ बास्ना फूलमा
तर बुझ्दैनन् किन?
उखेलेर भन्छन् भुलमा।
२.
अरूको सौन्दर्य चिन
मौका नदिई अरूलाई
तर खोजिन्छ लिन।
३.
पालो सबको आउॅंदा
संसार छ गोलो
थाहा पाउँलान् लत्याउँदा। - अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१, हालः-अमेरिका,बोस्टन।
…
१:
निस्वार्थ मन लिएर
कर्म गर्नु सबैले
हौसला सबैलाई दिएर।
२:
ताराजस्तै त्यो चम्कियोस्
नयाँ नेपाल चौरासीमा
प्रगतितिर सदा लम्कियोस् ।
३:
देशमा विकासको चाहा
जनताले सत्तामा पुरायो
सरकार ! नबनाऊ बहाना। - मन्जु बोहरा, सुदुरपश्चिम बझाङ
…
१,
बित्यास नपरोस् पर्मेश्वर
नेपाल आमा रुँदैछिन्
चोरजस्तै नेतृत्व सरोबर ।
२,
पार्दैछौ भविष्य अन्धकार
तैपनि भन्दैछौ बालकलाई
भोलिका हाम्रा कर्णधार ।
३,
जागेर आयो वितृष्णा
आवरण देखेर नानीको
आत्तिएँ हरे कृष्णा! - निलहरि काफ्ले, सिन्धुली (हाल काठमाडौँ)
…
१,
जागोस् सहृदयी भावना
आशाको किरण ल्याउनेलाई
राम्रोका लागि शुभकामना । - प्रेम थापा “मन”बागलुङ
…
१,
देख्नमा सबै हिरो
केही ट्याटु खोपेका
पढाइमा भने जिरो ।
२,
मेरो दिल चोरी
बुझिनॅं उनको चाल
मन चोर्ने मोरी ।
३,
महान् आमा मेरी
सन्तानको खुसीमा रम्दै
मायाले अङ्गालोमा बेरी । - प्रेम शर्मा ” एकान्त प्रेमी, कालेबुङ
…
१.
प्रेममा आगो लाग्यो
बुझाउने को कसले ?
न्यायको अदालत भाग्यो।
२.
झर्को पसेका दाउरा
हुन् तिनीहरू हेर
उड्दैन अब ‘लाउडा’ ।
३.
एक्लै शान्त कवि
बन्द कोठाभित्र जहाँ
जहाँ पुग्दैन रवि । - टिकाराम पुन पुकार, छत्रेश्वरी गाउँपालिका – २, सल्यान
…
१,
सिनो लुछे जसरी
देश लुट्छन् नेता
विकास हुन्छ कसरी ?
२,
सोझो हुनाले जन
उठाउँदै छन् फाइदा
कुम्ल्याएर राष्ट्रको धन।
३,
मौनता कहिले तोड्ने
सबै एकजुट भएर
भ्रष्टाचारको जालो फोड्ने। - संगीता खरेल, चन्द्रागिरी -८, काठमाडौँ
…
(क)
बाँचुन्जेल जीवनमा तानातान
मै कमाऊॅं, रमाऊॅं
अन्तमा जीवन श्मशान!
(ख)
एक छिमल जीवन
सदैव हाँसेर बाँचौँ
प्रफुल्लित बनाई मन ।
(ग)
सुगम्य नहोला बाटो
अप्ठ्यारो कहिलेकाहीँ सुविधा
हरेक जीवनको पाटो। - बि.कुलुङ, दार्जिलिङ, रंगबुल
…
१,
आना होइन तोला
सम्झॅंदा अनौठो लाग्छ
हिजोको रित्तो झोला!
२,
राजनीति कमाउ धन्दा
कसरी मुख देखाउॅंछन्?
कमिसन खातामा चन्दा!
३,
च्यातियो लाजको बर्को
रङ्गमञ्चमा देखियो तमासा
विरासतमा कोरियो धर्को! - चिरञ्जीवी ढकाल, नेपालगन्ज -२०, राँझा एयरपोर्ट बाँके
…
१,
जूनको वरिपरि तारा
भुल्ने छैन हजुर ,
दुनियाँ ती सारा !
२,
आमाको यादले रुँदै
सपनामा देखेपछि मैले ,
आँसुले मुहार धुँदै ।
३,
सधैँ माया साट्नु
जिन्दगी यो भएसम्म
दुखसुख नै काट्नु । - श्री कृष्ण धामी, बझाङ
…
१,
आसै मारी गयौ
स्वार्थ पूरा भयो
निष्ठुरी पो भयौ ।
२,
पुग्यौ जून छुन
जहाँ तिमी पुगेपछि
पर्यो हामीले रुन ।
३,
एकदिन अवश्य रोउला
सुख्खा बगरमा फ्याँकेको
हेर ! माछाजस्तो होउला । - उमा दाहाल, शुन्दर हरैँचा -१० मोरङ
…
१ ,
अभियान छ राम्रो
लेखौँ साप्ताहिक झिल्का
ज्ञान बढ्छ हाम्रो ।
२,
मिलेर अघि बढौँ
ज्ञानगुनका कुरा हामी
सधैँ खोजीखोजी पढौँ ।
३,
यही छ चाहाना
झिल्का अभियान पुगोस्
धेरै धेरै शुभकामना ।। - अनिता भण्डारी, ताप्लेजुङ
…
१,
मुनामदनको जोडी जसरी
माया पिरती सधैँ
रहेन एकनास मुटुभरि ।
२,
विश्वासलाई हत्यारा पारी
उनी फरार भए
मुटु अन्तै सारी ।
३,
आँसु अति पिएँ
भुलाउन भनी उनलाई
मदिराको साहारा लिएँ। - सरला माझी
…
१.
जन्मॅंदै प्रतिभा उम्रॅंदैन
अभ्यासले तिखारिने हुँदा
आलस्यले अझ सप्रॅंदैन ।
२.
शान्त रहनेले अशान्तिको
सङ्ग्राममा खरो उत्रेर
भोगिरहन्छ पिरलो भ्रान्तिको । - नन्दलाल आचार्य, एनेलकुटी, सिरहा, मधेस प्रदेस, नेपाल
…
१.
को जोडी देला ?
दुई टुक्रा भएर
मन भाचिँएको बेला ।
२.
छैन मेरो हैसियत
तिमी सरह हुनलाई
छुट्टैछ प्यारो व्यक्तिगत ।
३.
मिसाए हलुवामा बालुवा
फेरि के? रच्दैछन्
सरकारमा बसेका मनुवा । - भावना थापा, बझाङ्, हाल दक्षिण भारत
…
१,
सुन्दर फूल छुँदा
रमाउने फूलको मन
गोड्मेल राम्रो हुँदा !
२,
सपना सुन्दर सजाउनु
श्रम, सीप, शक्ति
आफ्नै माटोमा लगाउनु ।
३,
कुराजस्तै गरे काम,
गर्यौँ भने सबैले
इतिहासमा लेखिन्छ नाम । - दीपा समभाव, काठमाडौ
…
१,
घरका वरिपरि फूल
रमणीय वातावरण आहा !
चुँड्ने नगर्नुहोस् भुल ।
२,
जीवन एकबारको चोला
दुखसुख हो बिताउने
मरेपछि लान्छन खोला ।
३,
मानिसको हरेक अङ्गको
आफ्नै आफ्नै काम
धनी अथवा गरिबको । - मङ्गला उपाध्याय
…
१,
खाली लाउँछ बात
खुट्टा तान्ने प्रवृत्तिले
तान्दैन कसैको हात ।
२,
समान राख्नु तुलो
भेदभाव नहोस् कतै
नमान्नु सानो ठुलो । - कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
…
१,
जन्मपश्चात अवश्य मरिन्छ
रहन्न शरीर जहिले
कृतिले जिउँदो भइन्छ ।
२,
रोज्छन् सुन्दर सपना
देशमा देखिन्न अवसर
केवल विदेशिने जपना।
३,
कोसौँ टाढा फल
देश सम्झने होलान्
गएपछि सबै बल। - सुस्मिता अधिकारी ,काठमाडौँ
…
१,
लालिगुराँस फुलेर ढपक्कै
हेर्दाहेर्दै मन लोभिन्छ
भुईॅंभरि हिउँ छपक्कै।
२,
रङ्गीचङ्गी लालिगुराँस पाखैभरि
पर्यटक ओइरिने सिजन
हिमालको मुस्कुराहट सधैँभरि ।
३,
डढेलोले विनाश गर्छ
जङ्गलमा आगो नफालौँ
जीवजन्तु बोटबिरुवा मर्छ । - चुडामणी देबकोटा, चनपा – १३, काठमाण्डौ
…
१,
राष्ट्रिय अभियान भनेका
संसद भवनमा बसेर
दिन मात्र गनेका ।
२,
कार्यनीति केही देखिनॅं
सच्चा देशभत्ति नेता,
आजसम्म कहीँ भेटिनॅं ।
३,
बिचौलिया अघि सरे
दुग्ध व्यवसाय घटेर
किसान अलपत्र परे । - कला ढकाल, झापा
…
१)
फूलले सुवास छर्छ
नगरे सदुपयोग राम्रो
असमयमै बैलेर झर्छ !
२)
देख्दा लाग्छ फूल
यो जिन्दगी हाम्रो
नजान्दा बन्छ शुल ।
३)
पीडा सबैलाई हुन्छ
बाहिर देखिॅंदैन परन्तु
मन सबैको रुन्छ । - विवश पारदर्शी, झापा
…
१.
नजाऊ हल्लाउँदै हात
बसेर हामी दुई
गरौँ मायाको बात ।
२.
हात समाउँदै जाउँला
चाहिन्न मिठो मसिनो
बरु गिठ्ठाभ्याकुर खाउँला । - मन्दिरा सेढाई, मलेखु, धादिङ
…
१ ,
आऊ, समाऊ हात
मिलेर जँघार तरौँला
भएर एकै बात ।
२ ,
सुकेको हाँगो भाँचेर
काफल टिपी खाउँला
चैतको घाम छलेर। - हरिगोपाल प्रधान, काभ्रे, बनेपा १४ साँगाबजार।
…
१,
मनले मुटु छुन्छ
होइन रहेछ बिछोडले
धोकाले मन रुन्छ ।
२,
राजनीतिमा उथलपुथल भयो
एउटालाई सत्तामा छलेर
अर्कोसँग नजिक गयो ।
३,
मैले गुलाब दिएँ
तिमीलाई पीडामा देखेर
काँडा मैले लिएँ । - शशीश्री आचार्य
…
१.
देशले काँचुली फेर्दैन
आफैँ जोहो नगरे,
दयाले भोक हेर्दैन।
२.
मुटुमा माया साचौँला
कमाउन पसेँ विदेश,
सम्झेर माटो बाचौँला।
३.
कमाएर ल्याउँछु धन
दुःखै गर आमा,
साँघुरो नपार मन। - पुष्पा राई, खोटाङ
…
१,
पैसा सबैभन्दा माथि
इज्जतभन्दा होइन ठुलो
बुझ्दैनौ किन साथी ? - यमुना प्रधानाङ्ग’मुना’
…
१,
कष्टकर राम्रो हुँदैन
पलपल यो जीवनमा
मायाले दिल छुँदैन ।
२,
निराश हुन्छ किन ?
मानिस स्वस्थ छैनन्
बिमारी हुन्छन् दिनदिन ।
३,
गुँड बनाउन चरी
प्रकृतिको नियम विचित्र
व्यस्त रहेकी कठैबरी ! - भगवती दवाडी, झापा
…
१,
झलल झिल्का झल्कियो
साहित्यमा नौलो पाइला
निरन्तर लेख्न पल्कियो ।
२,
शीरमा टोपी झल्काउँदै
कलम चलाउँदै कविजन
झिल्काको ज्योति सल्काउॅंदै । - मोती सुब्बा, दार्जिलिङ निमकी डाँडा।
…
१,
ईश्वर किन रिसायौ ?
गाह्रो भयो बाँच्न,
प्रेममा घृणा मिसायौ।
२,
इमानको लोप हुँदा
जाँचबुझ छ इमानदारको,
बेमानको छ छुट्कारा ।
३,
ईश्वरमाथि भर पर्छु,
नगर्नु है बेइमानी,
प्रार्थना मैले गर्छु।। - मनोहरी पौडेल
…
१,
आँसु बनेर छल्किन्छ
छिप्दैन मनमा वेदना,
पीडा मुहारमा झल्किन्छ ।
२,
भयो आज मन्द
भन्थ्यौ हिजोका दिनमा,
नङ मासुको सम्बन्ध ।
३,
एकै देह बनी
रहन्छौ हामी भन्थ्यौ
टाढियौ आज अनि । - सीमा कार्की समर्पण, मेलचोक पर्सा
…
१.
हिॅंडे धेरै बाटोमा
जति हिॅंडे तापनि
सुगन्ध आफ्नै माटोमा ।
२.
नराख जीवन बिक्रीमा
निहुँ गरी दाइजोको
आँखा नलगाऊ सिक्रीमा ।
३.
झार्छौ आकाशको तारा
नेताज्यू कता हरायो
शान्ति समृद्धिको नारा । - डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा. पा. -६, दोलखा
…
१,
खुल्दैनन् कहिल्यै अर्धनयन
अर्थतन्त्र बनाएर धराशयी
काट्छौँ निरन्तर चयन l
२,
छुट्छ तनमा थरहरी
आफ्नै कुकर्मको पापले
उतार्छ भनेर पगरी l
३,
भएका छौँ हायलकायल
दुष्कर्म गरी लुकाएका
खुल्छन् भनेर फायल l - बाबुराम गौतम, गुल्मी
…
१,
बगैँचामा मनमोहक फूल
यौवनले मस्त झुलेको
वरपर भमराको हुल ।
२,
ढुङ्गाले पिरती लाउँदैन
प्रेयसीको यादले सताउँदा
रातमा निद्रा आउँदैन ।
३,
मन मेरो झर्किन्छ
देख्दा युगल जोडीहरू
बिछोडको व्यथा चर्किन्छ ।
- राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ ।
…
१,
गलत कर्म नगरौँ
चाहे हिॅंडून् शत्रु
बाटोमा काँडा नछरौँ।
२,
सुन्दर हाम्रो देश
लाग्छ मलाई प्यारो
आफ्नै भाषा, भेष ।
३,
गरी पौरख खान्छौँ
गर्नुहुन्न पाप, छल
मरी रित्तै जान्छौँ । - शोभा शाह थापा
…
(१)
आउँछन् माहुरी हुलमा
केही आशा बोकी
चुम्छन् रस फूलमा
(२)
फल मिठो हुन्छ
मेहनत गर्न सके
सफलताले शिखर छुन्छ ।
(३)
मायाको नाटक गर्छौ
स्वार्थ पूरा भएपछि
तिमी अन्तै सर्छौ । - उर्मिला के.शी., धनकुटा
…
१)
अहङ्कारी बन्छौँ किन ?
जानुपर्छ हात खाली
आखिर मर्नुपर्छ एकदिन ।
२)
भोलिको टुङ्गो छैन
हासौँ अनि हॅंसाऔॅं
लाने केही हैन ।
३)
नदेऊ कसैलाई मर्म
गलत कर्म गर्दा
सदा लागोस् सर्म । - रुना कर्माचार्य दाहाल, चितवन
…
१,
फुलेर ढकमक्क लालीगुराँस
बैँस फक्रिएछ वसन्तको
छर्दै सुगन्धमय सुवास ।
२,
जाँदैछ देश कता
भ्रष्टाचार गरिबी बेरोजगारी
भताभुङ्ग भो जतातता । - बाल कृष्ण श्रेष्ठ, सोलुदुधकुण्ड न.पा.२ सोलुखुम्बु
…
१,
मनभरि चोट सहेर
रुन कम होला
दिन्छु आँसु थापेर ।
२,
गाउँबेसी मेलापात गरेर
जीवन हाँसीखेली बिताऔॅं
केही लानुछैन मरेर ।
३,
दुःखको भारी बिसाउन
मलाई रहर लाग्यो
तिमीसँग पिरती मिसाउन । - ललिता सिन्धुली
…
१,
गुमाई सबै आज
संसार तिम्रै हो
अब गर राज ।
२,
सक्छु पीडा लुकाउन
अन्जानमा गरेर गल्ती
पर्यो आँसु सुकाउन ।
३,
चोटमाथि चोट पर्यो
जीवनमा हरेस खाए
बाँच्ने आसा मर्यो । - लक्ष्मण देउवा, डोटी
…
१,
क्षेत्रीनी बुहारी गुन्छिन्
सागसिस्नो खानु बेस
क्षेत्री विदेसिॅंदा रुन्छिन् ।
२,
कमाऊँ कमाऊँ लाग्ने
यो नमेटिने भोक
अद्भुत अभिलाषा जाग्ने ।
३,
बनाऔॅं एक परिवेश
नरोऊन् वनपाखा यहाँका
हाँसोस् सुन्दर देश । - कमला पौडेल, चा न पा भक्तपुर
…
१.
जागेछ कस्तो रहर ?
समाजमा दुर्गन्धित पार्दै
छोड्यौ रोपेर जहर ।
२.
भन्थे झार्छु तारा
पत्याउने म कस्तो ?
देखाए बिहेमै पारा ।
३.
पाएर जनको साथ
रविको प्रचण्ड रापले
उँचो बन्नेछ माथ । - नेत्र घिमिरे, सूर्यविनायक, भक्तपुर
…
१,
बहादुरी नाम अहिले
कतै कायर बन्यौ
इतिहास बन्छ कहिले ?
२,
तिमीले भुल्यो वाचा
दिलमा शूल रोप्यौ
बेकार गरेँ माया ।
३,
भुलेर सपना नबेचौँ
सोच्छु यस्तै त्यस्तै
धनी फूल नफुलौँ । - मनुहाङ किराँती, सोलु, महाकुलुङ – ५ चाचालुङ
::::::::जय झिल्का साहित्य ! ::::::::