
गैरआवासीय नेपाली संघका मध्यपूर्व संयोजक राजेन्द्र अर्याल (जोन) नेपाल सरकारको फागुन १३ गते बसेको मन्त्रीस्तरिय बैठकबाट साउदी अरबका लागी पर्यटन प्रवर्द्धक ( पर्यटन दूत) नियुक्त भएका छन् !
साउदी अरबलाई कर्मथलो बनाएका राजेन्द्र अर्याल (जोन) एउटा सफल व्यवसायीको रूपमा पनि चिनिन्छन् ।
२०११ देखी एनआरएनएमा लागेका अर्याल सफल व्यवसायीका साथै सामाजिक कार्यमा निरन्तर लागी परेका एक अब्बल समाज सेवीका रूपमा पनी परिचित छन्।
उनले गैर आवासीय नेपाली संघ १५/१७ मा राष्ट्रीय समन्वय परिषद सदस्य, १७/१९ आईसीसी सदस्य, १९/२१ आईसीसी क्षेत्रिय सह-संयोजक र २१/२४ लगाएत २४/२६ का लागी पनी संयोजकको भूमिका निर्वाह गरिरहेका छन्।
मन्त्री स्तरीय बैठकबाट साउदी अरेबियाका लागि पर्यटन दूत नियुक्त भएका राजेन्द्र अर्याल साउदी अरबलाई व्यावसायिक कर्मथलो बनाउँदै आफूसँग बचेको समय सामाजिक सेवामा समर्पित गर्दै आएका छन् ।

This entrance is phenomenal. The splendid substance displays the maker’s dedication. I’m overwhelmed and anticipate more such astonishing posts.