
झिल्का लेखन अभियानको पाँचौँ शृङ्खला (सम्बन्ध विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियोे ।
झिल्का कविता लेखन अभियानको यस शृङ्खलामा विगतका शृङ्खलामाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५७ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव, आदि जस्ता विशेष अवसरहरू पारेर निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
~~~[
[१]
१.
परिस्थिति रहोस् कस्तै
प्रगाढ रहोस् सम्बन्ध
आँखा, आँसुको जस्तै ।
२.
अटुट सम्बन्धको खानी
सम्बन्धको बलियो उदाहरण
नङ, मासुको कहानी ।
✍️ वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ~~<•>~~
[२]
१.
कहिले नपरोस् रोगाउन
हाम्रो सम्बन्ध सधैँभरि
पर्छ मिलेर जोगाउन ।
२.
देखाउनुपर्छ राम्रो बानी
मरेपछि लानु छैन
बन्नुपर्छ जलेर खरानी ।
✍️ शंकर कार्की, मकवानपुर~~<•>~~
[३]
१.
प्यारको नशा पिएर
जिउन खोज्दै छु
यादले मुटु सिएर ।
२.
चुँडियो गुलाफ प्रेमले
दुखाउँछ काँडाले मन
कतिन्जेल जिउँछौ भ्रमले ?
✍️ कृष्ण सुवेदी, पोखरा~~<•>~~
[४]
१.
टुटेको सम्बन्ध गाँसाै
जीवन छाेटाे छ
दुवै मिलेर हाँसाै !
२.
सम्बन्ध खराब हुँदा
रातभर निद्रा आउँदैन
हुन्छ बिहानि रुँदा !
✍️ रबि पाैडेल
दक्षिण भारत पाण्डेचरि~~<•>~~
[५]
१.
बाँडेर आपसमा जिम्मेवारी
प्रगाढ बनाऔँ सम्बन्ध
मिलेर हामी नरनारी ।
२.
सुन्दर सपना सजाई
बसौँ नारी पुरुष
सम्बन्ध कसिलो बनाई ।
✍️ बाल कृष्ण श्रेष्ठ
सोलुदुधकुण्ड न.पा.२ सोलुखुम्बु~~<•>~~
[६]
१.
चेतनाको दियो बाल
सम्बन्ध गाढा बनाउँदै
घमण्ड अहङ्कार फाल !
२.
पूरा नहुने भयो
सम्बन्ध हाम्रो अब
सपना टुटेर गयो !
✍️ कला ढकाल, झापा~~<•>~~
[७]
१.
झिल्का हो चौतारी
लेखौँ मनको भाव
नजाऊ अन्त भौतारी !
२.
झिल्काले छर्यो सुगन्ध
विचार आदनप्रदान गर्दै
बिस्तार भयो सम्बन्ध !
३.
सानो परिवार हाम्रो
फलोस् फुलोस् सधैँ
समेटेर भाव राम्रो !
✍️ दीपा समभाव
काठमाडौँ~~<•>~~
[८]
१.
सकियोस् भरोसा गर्न
जीवनको हरेक मोडमा
सकिन्छ खुसी भर्न ।
२.
सम्बन्ध गाढा बनोस्
जिन्दगी सुन्दर लाग्छ
दुनियाँले आहा भनोस् ।
३.
यात्रा सहज बन्छ
असल सम्बन्ध भए
त्याग गर्छु भन्छ ।
✍️ पुष्पा राई, खाेटाङ~~<•>~~
[९]
१.
सम्बन्ध रहोस् दिगो
टुटेर फुटेर कतै
तिर्नु नपराेस् बिगाे ।
२.
पैसामा सम्बन्ध जोखिन्न
विश्वासमा घात भएपछि
आफ्नै नाता चोखिन्न ।
✍️ त्रिलोचन भण्डारी
मेचीनगर, झापा~~<•>~~
[१०]
१.
सम्बन्ध हुनुपर्छ राम्रो
अघि बढौँ मिली
नछुटोस् साथ हाम्रो ।
२.
गरौँ मिठा बात
अब लेख्न झिल्का
बढाऔँ हामी हात ।
✍️ अनिता भण्डारी, ताप्लेजुङ~~<•>~~
[११]
१.
जित भएन हार
जबदेखि आफ्नैहरूले यहाँ
गरिदियो सम्बन्धको व्यापार ।
२.
कलिले छरेको सुगन्ध
तिम्रो मेरो बीचमा
यस्तै बनोस् सम्बन्ध ।
✍️ बि.कुलुङ
दार्जिलिङ रंगबुल~~<•>~~
[१२]
१.
खुल्ला रहोस् चाहाना
मानवता राखौ जिउँदो
नबनाऊ कहिल्यै बाहाना ।।
२.
सम्बन्ध चिसिनु हुँदैन
बनौँ सधैँ परोपकारी
आत्मा कसैको रुँदैन ।।
✍️ ऋजु दिल्पाली
ईटहरी १ सुनसरी~~<•>~~
[१३]
१.
पानी बिनाको खेती
फलदायी हुँदैन छाेरा
लगाउनु पसिनाले रेती ।
२.
प्रतिभा अवश्य ठुलाे
संस्कार र संस्कृति
हुन् जीवनकाे ओखतीमुलाे ।
३.
भजन जनताकाे नाममा
कस्ता स्वार्थी खेलाडी
एकजुट लुट्ने काममा ।
४.
माटाकाे भर ढुङ्गाे
एकअर्कामा छ निर्भर
अकाट्य हुन्छ टुङ्गो ।
✍️ प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।~~<•>~~
[१४]
१.
सम्बन्धमा अचेल तिक्तता
टोलाएर बस्छु अहिले
चारैतिर देख्छु रिक्तता ।
✍️ नागेन्द्रप्रसाद यादव~~<•>~~
[१५]
१.
यस्तो होस् सम्बन्ध
आँखा लगाउनेको फुटोस्
नहोस् कुदृष्टिको गन्ध ।
२.
हुनुपर्छ सम्बन्ध झकास
मिलेर हामी एकआपसमा
बनाउनुपर्छ सधैँ खास ।
✍️ कबिताहरी
सुन्दर हरैंचा नगरपालिका १ मोरङ~~<•>~~
[१६]
१.
नहोउँ कोही टाढा
एकापसमा मिलेर नै
सम्बन्ध बनाऔँ गाढा ।
२.
बढाऔँ अगाडि पाइलो
बनाए प्रगाढ सम्बन्ध
जीवन हुन्छ रमाइलो ।
✍️ डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा. पा. -६, दोलखा ।~~<•>~~
[१७]
१.
विश्वास हुन्छ पाया
एकअर्कोमा सदा नै
आभास नितान्त माया ।
२.
सत्य मूल आधार
पवित्र माया भए
कहिल्यै हुँदैन निस्सार ।
३.
भुल्नुहुन्न आफ्नो धर्म
जस्तोसुकै होस् परिस्थिति
पूरा गर्नुपर्छ कर्म ।
✍️ पृथक प्रकृति, झापा~~<•>~~
[१८]
१.
सम्वन्ध रहोस् गाढा
हुँदैमा कुरा सानोतिनो
नबनौँ कोही टाढा ।
२.
हुनसक्छ कहिलेकाहीँ घोचाघोच
नठोसी बल्दैन अगुल्टो
लिऔँ असल सोच ।
३.
सम्वन्धमा नआओस् कुठाराघात
विश्वासको अन्तिम क्षणमा
नलागोस् कसैलाई मात ।
४.
झिल्काले सम्बन्ध भाक्यो
विचार आदानप्रदान गर्दै
उच्च प्रवन्धलाई डाक्यो ।
✍️ अर्जुन प्रसाद चौलागाई
रामेछापः-सुनापति-१
हाल-अमेरिका,बोस्टन।~~<•>~~
[१९]
१.
मनको मान्छे भनेँ
पैसाको निम्ति होइन
यसैले मैले गनेँ ।
२.
साइनो रगतको हाम्रो
सोचेको जस्तै रहोस्
छैन कुरा चाम्रो ।
३.
नाताको आधारमा मैले
सम्बन्ध बलियो गरेको
किन मारिस् तैँले ।
✍️ नीमा छिरिङ भोटिया
जलढका कालेबुङ
भारत~~<•>~~
[२०]
१.
अनौठो सम्बन्ध हाम्रो
भेट भएको छैन
माया झनझन चाम्रो ।
२.
बुझिसकेँ हेर मैले
तिम्रो मनको कपट
देख्दछु म जैले ।
✍️ मंगला आचार्य उपाध्याय
बारा कलैया १~~<•>~~
[२१]
१.
सम्बन्ध मनले जोड्छ
आाखिर विचार नमिल्दा
फेरि उसैले तोड्छ !
२.
अमर पिरती हाम्रो
प्रगाढ रङ्गहरूको जस्तै
चिनारी सम्बन्ध राम्रो !
✍️ आर्त अकुलीन~~<•>~~
[२२]
१.
सम्बन्ध बनोस् राम्रो
बाधा अवरोधले घेरेर
पनि नहोस् चाम्रो ।
२.
सम्बन्धमा रहोस् माया
साथ नहुन पनि
अनुभूति रहोस् दायाँबायाँ ।
✍️ रुना कर्माचार्य दाहाल
चितवन~~<•>~~
[२३]
१.
टाढाको सम्बन्ध कस्तो
आकाश धरती माझ
देखिने क्षितिज जस्तो ।
२.
सम्बन्ध रहोस् राम्रो
बगेको नदी जस्तै
टिस्टा, रगीत हाम्रो ।
✍️ मोती सुब्बा
दार्जिलिङ निमकी डाँडा।~~<•>~~
[२४]
१.
सम्बन्ध राम्रो बनाउन
चाहिन्छ व्यवहार पारदर्शी
सधैँ साथ पाउन !
२.
मनको नजिकै सर्नू
अगुल्टो नठोसी बल्दैन
नयन कहिल्यै नतर्नु !
✍️ सीमा कार्की समर्पण~~<•>~~
[२५]
१.
सम्बन्ध राम्रो हुन
अवश्य समझदार बनौँ
एकअर्काको मन छुन ।
२.
सबैजना मन्त्रीको दाउमा
बीचैमा सम्बन्ध बिग्रदा
कुर्सी अर्काको नाउँमा
३.
सम्बन्ध राम्रो थियो
पाएको थिएँ पुरस्कार
अहिले धोका दियो !
४.
एकापसमा प्रेम गरौँ
सम्बन्ध राम्रो हुन
खुसीले माया भरौँ ।
✍️ शशी आचार्य~~<•>~~
[२६]
१.
कतिपय बिराउँछन् बाटो
सम्बन्ध निभाउन नजान्दा
मासिन्छ ठुलठुला पाटो ।
२.
बेलाबखत गर्नुपर्छ चियो
विश्वासमा टिक्छ सम्बन्ध
छान्नुहुन्न कमजोर मियो ।
✍️ कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे~~<•>~~
[२७]
१.
मिलेर उत्सव मनाउँ
जीवन चोला रहुन्जेल
सम्बन्ध प्रगाढ बनाउँ !
२.
दुईचार दिनको चोला
मजबुत बनाए सम्बन्ध
सुनमा सुगन्ध होला !
✍️ नील हरि काफ्ले
सिन्धुली (हाल काठमाडौँ)~~<•>~~
[२८]
१.
बाहिरी सुन्दरता देखेर
झट्ट विश्वास नगर्नू
बस्नुपर्छ जीवनभर रोएर ।
✍️ प्रविना प्रयासी
ओखलढुंगा~~<•>~~
[२९]
१.
सम्बन्ध प्रगाढ बनाेस्
आपसमा सद्भाव देखेर
सबैले आहा भनाेस् ।
२.
सम्बन्ध बढाउनु राम्रो
पुरानो यात नयाँ
माया बढाेस् हाम्रो ।
३.
मन नफाटाेस् कहिल्यै
झिनामसिना विवाद भए
फाल्नुपर्छ भन्छु अहिल्यै।
✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर ठिमी ५ राधे राधे भक्तपुर ।~~<•>~~
[३०]
१.
सम्बन्ध यसरी बनोस्
कसैको नजर नलागी
खुट्टाले जमिन खनोस्
२.
सम्बन्धले बाधेको नाता
बिछोडको बेदना सहेँ
अदालतमा खोलेँ खाता ।
३.
प्रेम सम्हालेर जान्छन्
हतेलीमा राखेर कस्तो
अपमान हुँदैमा मान्छन् ।
✍️ अम्बिका अधिकारी
झापा बिर्तामोड~~<•>~~
[३१]
१.
सम्बन्ध बनोस् गाढा
अहिले जत्तिँकै सधैँ
भए तापनि टाढा l
२.
नआओस् शङ्काको गन्ध
सुनेर हावादारी कुरा
प्रगाढ़ बनोस् सम्बन्ध l
३.
सुमधुर सम्बन्ध बनाउन
शङ्काको मैलो पखाली
जान्नुपर्छ है रमाउन l
✍️ बाबुराम गौतम, गुल्मी~~<•>~~
[३२]
१.
भएपनि जति टाढा
लागिरहाेस् माया उसैकाे
सम्बन्ध बनाेस् गाढा ।
२.
सम्बन्ध राम्रो उसैको
जाने राम्रो निभाउन
हुँदैन बिफल कसैकाे ।
✍️ उर्मिला के.शी.
धनकुटा !~~<•>~~
[३३]
१.
मनको साइनो राम्रो
अटल रहोस् सम्बन्ध
जुनी जुनी हाम्रो ।
२.
विचित्रको संसार कस्तो
सम्बन्धको डोरी बाट्नु
माछा पानीको जस्तो ।
✍️ मन्जु बोहरा
सुदुरपश्चिम बझाङ~~<•>~~
[३४]
१.
घाम र छायाको
जस्तै बनाउनुपर्छ सम्बन्ध
रिस होइन मायाको ।
२.
सम्बन्ध कस्तो हुने
राम्रो या नराम्रो
झर्ने, आकाश छुने।
✍️ धनुष न्यौपाने
गुठीचौर गाउँपालिका ०४
बिगारे जुम्ला~~<•>~~
[३५]
१.
कसैलाई पिर नपार्नु
सम्बन्ध आत्मिक होओस्
सानालाई थिचेर नमार्नु ।
✍️ गुणनिधि घिमिरे अमेरिका~~<•>~~
[३६]
१.
नाता बलियो हुन्छ
सम्बन्ध राम्रो भए
मायाले मन छुन्छ ।
२.
माया बलियो गाँस्नू
विश्वास गरें तिमीलाई
मनैले माया नमास्नू ।
३.
झुटो बोलेमा सकिन्छ
तिम्रो साथ भएमा
पवित्र नाता देखिन्छ।
✍️ सोमनाथ लुइटेल “रवि पाल्पाली” बर्दिया ।~~<•>~~
[३७]
१.
झिल्काले जुराको सम्बन्ध
नछुटोस् कहिले पनि
फैलियोस् जगतमा सुगन्ध ।
२.
बन्दैछ सम्बन्ध गहिरो
झिल्का कवितामा पनि
नआओस् बिचमा पहिरो ।
✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा~~<•>~~
[३८]
१.
सम्बन्धमा धाजा पर्ने
नगर काम कतै
आपसमा मन मर्ने ।
२.
समझदारी कायम गर
विश्वासघात हुने कामको
भरमा कहिल्यै नपर ।
✍️ विवश पारदर्शी
झापा,~~<•>~~
[३९]
सम्बन्ध राम्रो हुनुपर्छ
सधैँ घर इष्टमित्रहरूमा
सबैको हित गर्छ ।
२
बोली व्यवहारमा मिठास
नहौस् तितोपिरो कहिल्यै
घरभित्र लक्ष्मीको बास ।
✍️ सुरेशकुमार पाण्डे
दाङ घोराही १८~~<•>~~
[४०]
१.
क्षणिक सम्बन्ध जस्तो
भेट फेरि नहुने
दिएको माया सस्तो ।
२.
यादले सताउँछ कहिले
अतीतले बल्झाउँछ जब
लाग्दैन रमाइलो अहिले ।
३.
छुटेपछि सम्बन्ध हाम्रो
बन्नेछ अधूरो कहानी
जिन्दगी नितान्त नराम्रो ।
✍️ दिल ठकुरी टिस्टा भेल्ली
दार्जिलिङ~~<•>~~
[४१]
१.
दुनियाँको नजरमा खस्न
कस्तो सम्बन्ध जोडियो
माइती घरमा बस्न ।
२.
विदेश पस्न बाध्य
कमाइ गर्न पनि
भएन सरकार साध्य ।
३.
आफ्नै हृदयमा छुरा
होला कस्तो सम्बन्ध
जटिल भयो कुरा ।
✍️ टिकाराम पुन पुकार
छत्रेश्वरी गाउँपालिका २ सल्यान~~<•>~~
[४२]
१.
सम्बन्ध जोडेको राम्रो
झिल्का कवितालाई देख्दा
बतासिन्छ मन हाम्रो ।
२.
कविता लेखिन्छ खिपेर
जोडेर सम्बन्ध आपसमा
प्रेमको सुगन्ध लिपेर ।
✍️ होम प्रसाद नेउपाने
धरान,सुनसरी ।~~<•>~~
[४३]
१.
तुलना नगर्नु धनमा
सम्बन्ध बिग्रिएर झनै
फाटाे आउला मनमा ।
२.
उदाहरण बनाेस् हाम्राे
विश्वास गर्नसकेमा हेर
टिक्छ सम्बन्ध राम्राे ।
३.
नठान्नु कसैले सस्ताे
सम्बन्ध बढेर जाओस्
नङ मासुकाे जस्ताे ।
✍️ काेपिला अधिकारी
गाेरखा सिरानचाेक~~<•>~~
[४४]
१.
झिल्काले सम्बन्ध बढायो
भावनाको डोरी जोड्न
धेरै पाठ पढायो ।
२.
परिचयको सिमा बढायो
साहित्य जगतमा आज
सम्बन्ध जोडिन सिकायो ।
३.
बन्यो झिल्का चौपारी
सम्बन्ध खोज्दै म
डुले सारा भौतारी ।
✍️ देव मगर
तिनाउ-१,कचल,पाल्पा~~<•>~~
[४५]
१.
प्रारब्ध निश्चल भैजावाेस्
हुनुहुँदैन पछि अविचल
सम्बन्धमै सफलता माैलावाेस् !
२.
निश्चल सम्बन्ध रत्न
जरा बलियाे बनाऔँ
गरेर प्रशस्त यत्न ।
✍️ हरिगाेपाल प्रधान
काभ्रे, बनेपा १४ साँगा बजार ।~~<•>~~
[४६]
१.
सम्बन्धमा धमिलो नपारौँ
रहनुपर्छ यो अन्तिमसम्म
दिन्छु भनेर नमारौँ ।
२.
माहुरी फूलको गन्ध
फूल फुलुन्जेल सदा
गाढा रहोस् सम्बन्ध ।
✍️ चुडामणी देबकोटा
चनपा १३ काठमाण्डौ~~<•>~~
[४७]
१.
जीवन जित हार
सम्बन्ध विश्वासिलो भए
हुने बाँच्ने आधार ।
२.
सबै नपाइने किन्न
सम्बन्ध सत्य झुठको
छद्मवेषी गाह्रो चिन्न ।
✍️ संगीता खरेल
चन्द्रागिरी ८ काठमाडौँ~~<•>~~
[४८]
१.
अटुट रहोस् सम्बन्ध
नहोस् केवल औपचारिकता
मगमगाई रहोस् सुगन्ध ।
२.
लम्बिरहोस् हाम्रो सम्वन्ध
दुखसुख निरन्तर झेल्दै
छरिरहोस् मनोहर सुगन्ध !
✍️ पेम्बा योल्मो~~<•>~~
[४९]
१.
भाइचाराको राम्रो सम्बन्ध
हामीले मिलेर गर्नुपर्ने
काममा झन् सुगन्ध ।
२.
राम्रो सम्बधको हित
नराम्रो बानी छाेडेपछि
भाइचाराको हुन्छ जित ।
✍️ श्रीकृष्ण धामी – बझाङ~~<•>~~
[५०]
१.
सम्बन्धले माया भराैँ
व्यवहार राम्रो पारेर
खुसीसँगै प्रेम गराैँ ।
२.
व्यवहारले मन छुन
हुनुपर्छ ज्ञानी विवेकी
सम्बन्ध गाढा हुन ।
✍️ सहयात्री शाेभा अर्याल
रुपन्देही~~<•>~~
[५१]
१.
सम्बन्ध बिग्रिँदै गयो
तिमीले शङ्का गर्नाले
ठुलो क्षति भयो ।
२.
सम्बन्धको कुरा नगर
माया गर्छु तिमीलाई
मेरै भरमा पर ।
३.
तिमी मेरो साहारा
सम्बन्ध बिग्रियो भने
बनिन्छ मृत्युको आहारा ।
४.
टाढियौ सयौँ कोस
टाढा हुन्छ गाढा
जाँगर चल्छ जोस ।
✍️ ललिता सिन्धुली~~<•>~~
[५२]
१.
सम्बन्ध गाह्रो टिकाउन
बदनामीको मात्रै खाली
नाम परो बिकाउन ।
२.
जसले सम्बन्ध जोड्छ
अनि बनाउँछ बहाना
आफैँ बाटो मोड्छ ।
३.
हातमा हात मिलाएर
सम्बन्ध अघि बढाऔँ
टुक्रिएको मुटु सिलाएर ।
✍️ लक्षमण देउवा ठकुरी
आदर्श डोटी, हाल भारत~~<•>~~
[५३]
[१]
आकाश र धरती
खोलाको दुई तिर
सम्वन्ध या पिरथी ?
✍️ ध्रुव श्रेष्ठ~~<•>~~
[५४]
१.
सम्बन्धमा हुनुपर्छ गाढापन
मायाप्रेम अनि सद्भाव
चल्छ जिन्दगी सादामन ।
२.
नाता सम्बन्धको तलाउ
स्वच्छ निर्मल हुनुपर्छ
संस्कार नभुली चलाऊ ।
✍️ राजेस्वरी राजोपाध्याय
ललितपुर~~<•>~~
[५५]
१.
सम्बन्ध राम्रो बनाऔँ
सम्झना सधैँ रहन
सद्भावले सौम्य जनाऔँ ।
२.
सम्बन्धले जीवन बन्दछ
सदैव मिलेमा राम्रो
यही मनले भन्दछ ।
✍️ प्रेम थापा “मन”बागलुङ~~<•>~~
[५६]
१.
सम्बन्ध राम्रो गासौँ
जहाँ जहाँ भएपनि
जीवनमा सधैँ हाँसौँ !
२.
झिल्का काव्य पढौँ
यस पाठशालामा रहेर
सम्बन्ध गाँस्दै बढौँ ।
३.
बत्ती बल्यो झलल
लेख्न जान्दा खेरी
बढ्छ अघि सलल ।
✍️ बेदु न्यौपाने 🇳🇵~~<•>~~
[५७]
१.
तिम्राे हृदयकाे सगरमाथा
दवाई औँला अञ्जलीले
विरताकाे सुनाैला गाथा ।
२.
कुरेर प्रतीक्षाकाे चाैतारी
भावनाकाे भित्री सागरमा
नछुटोस् सम्बन्धकाे औतारी ।
३.
टुट्नुहुन्न सम्बन्धकाे डाेरी
एकमुठ्ठी श्वास रहुन्जेल्
नजानुस् सहकार्य ताेडी ।
✍️ श्रीबहादुर केसी शैलुङ्गे
भक्तपुर
—-<••: जय झिल्का ! जय साहित्य :••>—-
Thank you for reaching out! If you have any specific questions or topics in mind, please feel free to share them, and I’ll do my best to assist you. Whether you’re curious about a particular technology, scientific concept, literary work, or anything else, I’m here to provide information, advice, or engage in a discussion. Don’t hesitate to let me know how I can help you further!