
साप्ताहिक झिल्का लेखन अभ्यासको छैठौँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५८ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार वसन्त अनुभवले बताउनुभयो ।

शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्काहरू-
…………………
१,
सामाजिक सञ्जालको प्रयोग
समाजमा होस् देशमा
सदुपयोग या दुरुपयोग !
२,
न्यायाधीश सङ्ख्या बढ्यो
फैसला यत्रतत्र सर्वत्र
मुद्दा पेसी चढ्यो ।
३,
कता जाँदैछ समाज !
लाजलाई लाजलाग्दो हो
देखेर समय आज ।
- म्यामराज राई, भोजपुर
…
१,
के हुँदैछ ईश ?
अदालत सोसल मिडिया
युटुबे प्रधान न्यायाधीश !
२,
ढुक्कले पोख्नोस् खिल
छँदैछन् बहस गर्नेहरू
हाम्रा फेसबुके वकिल !
३,
निष्पक्ष न्यायमा दरार
दोषी निर्दोष क्षणभरमै
निर्दोष दोषी करार ! - वसन्त अनुभव, घोराही उपमहानगरपालिका – १४, दाङ
…
१,
फाटेको जुत्ताको अर्थ
पार्टीको रमझम सक्यो
मुख लुकाएर अनर्थ ।
२,
हासिल गर्नलाई दायर
प्यास मेटाउन पानीको
भिजेको लुगाले कायर ।
३,
चम्किलो अनुहार हेर्दै
झिल्काको अनुहार फेरि
ढोकासम्म आएर केर्दै । - अम्बिका अधिकारी, बिर्तामोड, झापा
…
१,
जोगाऔँ धर्म संस्कृति
नत्र गुम्नेछ मौलिकता
पहिचानको होस् स्मृति ।
२,
नितान्त मानवीय स्वभाव
मौकाको फाइदा उठाउनु,
हुनाले स्वार्थमा लगाव ।
३,
नमिलेपछि मन विचार
गरिन्न एकसाथ यात्रा
हुन्छ आआफ्नो संसार । - पृथक प्रकृति, झापा
…
१,
स्वास्थ्यमा छैन सुधार
महॅंगो उपचार सेवा
लगाउँछौ विदेशीको गुहार ।
२,
रोजगार छैन आज
भाषण झुट्टा गर्दछन्
दलालहरूको भयो राज ।
३,
छ सिमाना मिचिएको
प्रशासन बोल्दैन किन ?
वर्षौंदेखि हामी थिचिएको । - रवि पौडेल, दक्षिण भारत पाण्डेचरि
…
१,
जीवन सङ्घर्षको पथमा
हारजित हुन्छ नियतिको
परिबन्द ईश्वरको हातमा ।
२,
शिखर टेक्ने रहरमा
चाहिन्छ परिश्रम त्याग
मिल्नेछ खुसी अधरमा ।
३,
सेवार्थमा महानता झल्किन्छ
भाग्यमा हुनुपर्छ जुरेको
जनताको हितमा अल्झिन्छ । - दिल ठकुरी
…
१,
भन्छु सबैको माज
चारैतिर खुसियाली छाइ
बनोस् स्वच्छ समाज।
२,
सबैलाई होस् शान्ति
नचाहियोस् न्याय अदालत
नचलोस् कसैमा भ्रान्ति।
३,
झिल्का कविता लेख्न
सबैको प्रयासले गर्दा
पाईयो राम्रो देख्न। - अर्जुन प्रसाद चौलागाई, रामेछाप, सुनापति-१, हालः-अमेरिका,बोस्टन।
…
१,
दुई दिन बाँचुन्जेल
हो रहेछ जिन्दगी
सुख दु:खको खेल ।
२,
मनमा छैन शान्ति
दुई दिनको चोला
अनुहारमा छाओस् कान्ति ।
३,
मरी जाने चोला
नराख है वैरभाव
सुखदु:ख जे होला । - देव मगर, तिनाउ-१,कचल,पाल्पा
…
१,
अघाए देखेर व्यवस्था
जङ्गलराज भयो देश
रहेन राम्रो अवस्था ।
२
जन्मिएपछि त उड्छन्
सधैँ बचेरा मानवका
खाडीमा कमाउन जान्छन् ।
३
आफ्नै देशमा नुन
गाँस, बास,लुगा
कहिले आउला सगुन । - सुरेशकुमार पाण्डे, दाङ घोराही १८
…
१,
छोटेहरूको राज चल्यो
मात्र व्यवस्था परिवर्तन
प्रतिफलमा भ्रष्टाचार फल्यो ।
२,
कुरा यही साँचो
फेरि पनि देशमा
परिवर्तनकै पो खाँचो ।
३,
जनता आन्दोलन गर्छन्
पचाएर लाज सबै
नेता भुँडी भर्छन् । - त्रिलोचन भण्डारी, मेचीनगर, झापा
…
१,
फलोस् फुलोस् चाहना
यही कामना गर्दछु
उच्च रहोस् भावना ।
२,
ठेस लाग्छ बाटोमा
विचार गरेर हिॅंड्नु
हरेक जीवनको पाटोमा।
३,
हामी सारा नेपाली
गर्व गरौँ सधैँ
महान् विचार उचाली । - अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६, सङ्खुवासभा ।
…
कतिखेर बदलिन्छ मोड
भरोसा छैन जिन्दगीको
जताततै नराम्रो होड । - गंगा खड्का, बूढानीलकण्ठ, काठमाडौँ
…
१,
गर्दैछौँ देशको क्षय
सिन्को नभाँच्ने नेताको
गरेर सबैले जय।
२,
दाउरा, आगो, खरानी
तीन पङ्क्ति जीवनको
यतिमै सीमित कहानी।
३,
बढ्दैछ समस्या लगातार
महामारी फैलिएझैँ देशमा
जताततै भेटिन्छ बेरोजगार । - बि.कुलुङ, दार्जिलिङ रंगबुल
…
१,
जीवनमा अनेकौँ भोगाइ
चितामा जलेको लासमा
काम छैन ढोगाइ ।
२,
मानिसमा असीमित चाहना
पूरा गर्नको खातिर
जाग्छ अनेकौँ भावना।
३,
सधैँ बोल खुलेर
मनमा पिर लुकाई
कहिल्यै नहिॅंड डुलेर। - राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी – ५ संगम कोलोनी भक्तपुर
…
१,
लिन्छु तिम्रो नाम
मुटुभित्र म राख्छु
बन्छ मेरो काम।
२,
आउ माया गरौँ
मिली हामी दुई
प्रेम बास्ना छरौँ ।
३,
तिमी प्रेम धन
तिमी साथै भए
खुसी हुन्छ मन। - नवशिला, नवदेव मार्ग, लालभित्ती,मोरङ
…
१,
कानुन नैतिकता डढेर
राजनीतिले देश डुबायो
गयो विकृति बढेर ।
२,
नैतिकता हरामको शासन
छोड्दैन सजिलै सत्ता
मसान जगाएको आसन ।
३,
मात्रै गर्दछ भाषण
पछ्याउने छन् उस्तै
बनाइदिन्छ बलियो आसन । - रामप्रसाद पुरी, बादेल, खोटाङ ।
…
१,
जति बुझ्यो गहिरो
चुपचाप बस्यो लाटो
घरैमुनि विशाल पहिरो ।
२,
कसैको परिवारको मियो
किन गर्छौ बित्थामा
नजाने गाउॅंको चियो ।
३,
हातखुट्टाबिना पनि कीर्तिमान
हिम्मत कहिल्यै नहार्नु
उ संसारकै स्वाभिमान । - चुडामणी देबकोटा, चनपा – १३, काठमाडौँ
…
१,
राष्ट्रको स्वाभिमान बोकेर
उठौँ जुटौँ सबैले
समृद्धिको यात्रा तोकेर ।
२,
भएन अब बसेर
नजाँदैसुनौलो बिहानी
उठौँ कम्मर कसेर ।
३,
समस्याको जङ्घार तरेमा
प्रगति अवस्य हुनेछ
समयको ख्याल गरेमा । - प्रेम थापा “मन”, बागलुङ
…
१.
झिल्का भयो कविता
घर न घाटको,
जुत्ता हराएको रमिता ।
२.
मनुजको कस्तो बानी
मनको नभए रुँदै
खसाल्छन् आँखाको नानी ।
३,
नहुनु थियो भयो
काम गर्दा बिग्रन्छ
जाने मान्छे गयो। - टिकाराम पुन पुकार, छत्रेश्वरी गाउँपालिका – २, सल्यान
…
१,
चाल्नै पर्यो पाइला
महॅंगीले ढाड भाँच्यो
विदेशिए साइॅंला माहिला।
२,
सपना हरायो रातमा
पलायन प्रवृत्ति आयो
कोही छैन साथमा ।
३,
एकता बुझेर बलको
कुटनीति चाल बुझेर
सामना गरौँ छलको। - मोती सुब्बा, दार्जिलिङ।
…
१,
व्यर्थै न्यायको झमेला
बरु प्रधानमन्त्रीलाई सबै
सुम्पिदिए होला अबेला ?
२,
रोकिए यात्रामा ठोकिए
युवा र युवती
अन्धो प्रेममा पोखिए।
३,
न्यायाधीशको काम छैन
राष्ट्रपति र प्रधानमन्त्रीको
हुकुमबिना त चल्दैन । - विवश पारदर्शी, झापा
…
१,
तर्साउने भए बुहारी
छोरी पिटेझैँ गरेर
संसदमा चल्यो जुहारी ।
२,
छैन निको चाला
भयो युद्ध मथ्थर
मुखमा लाग्यो ताला ।
३,
हुन्न कहिल्यै सदाचार
भ्रष्ट नेता रहुञ्जेल
हुन्छ पक्कै भ्रष्टाचार । - पूर्णप्रसाद पन्त, सिराञ्चोक ८, गोरखा
…
१,
कठै ! बालकको आपत्ति
सरकारले ध्यान नदिॅंदा
भोग्दैछन् प्राकृतिक बिपत्ति । - मन्दिरा सेढाई, मलेखु, धादिङ
…
१,
नसुनाऊ अरू माझ
दु:खको कहानी कसैलाई
रमाउने हाम्रो समाज।
२,
अनगिन्ती छन् चाहना
मर्नु पर्छ बाध्यताले
बनाएको हैन बहाना।
३,
रुन्छु एक्लै साँझ
छैन मन देखाउने
दु:ख वैरी माझ। - शंकर कार्की ,थाहा – ३, मकवानपुर
…
१,
सबैलाई भयो थाहा
कसले लाने हो
नराख अरूको चाहा।
२,
देशको माटोमा पाइन्छ
असलै हुन्छ जीवन
यसैले देशभक्ति गाइन्छ। - नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत
…
१,
आस्था दिने कसले
अन्त्यमा भवसागर यो
पार लगाउने जसले ?
२,
हामी निमित्त मात्र
नथाकोस् सुकर्म गरिरहँदा
हाम्रो मन अहोरात्र।
३,
मृत्यु कहिले होला ?
मन राखौँ पवित्र
जान्ने प्रभु भोला । - कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी
…
१,
आत्मियता हृदय खोली
सम्बन्धमा आउँछ मिठास
बोल्नुहोस् मधुर बोली।
२,
अदृश्य मायाको रोगी
उपचार सम्भव छैन
वैराग्यमा भइन्छ जोगी ।
३,
प्रेमिल जोडीको माझ
अनुपम सुख अनुभूति
अविस्मरणीय रमाइलो साँझ। - संगीता खरेल, चन्द्रागिरी – ८, काठमाडौँ
…
१,
संस्कार संस्कृति हाम्रो
उजागर गर्नुछ यसलाई
संरक्षण गरे राम्रो ।
२,
सुपारी छ चाम्रो
संसारमा सबैभन्दा त
राम्रो संस्कृति हाम्रो । - शशीश्री आचार्य, बौद्ध कुमारीगाल, काठमाडौँ
…
१,
किन भन्छौ भोलि
सबै आज नगरे
खाली हुन्छ झोली।
२,
अहिले दुःख गर
पछि सुख पाउँछौ
कसैको भर नपर ।
३,
तिमी एक्लै बन
हुँदैन साथ सबैको
सन्तुष्ट पार मन । - धनुष न्यौपाने, गुठीचौर गाउँपालिका – ०४, बिगारे जुम्ला
…
१,
अभावको परिचय बोकेर
मध्यरातमा आँउछ लरखराउॅंदै
उधारो रक्सी धोकेर ।
२,
कुबाटोमा हिँडेको राजनीति
सच्याउनै सकेन भने
जनताले तोक्छ मिति ।
३,
कमजोर नठान जनता
अत्याचारले नेटो काटे
उडाई दिन्छ कताकता । - ध्रुव श्रेष्ठ, हाल काठमाडौँ
…
१,
सबैले गरेर काम
देश विकास गरेमा
अमर हुन्छ नाम ।
२,
सम्झेर उकालो भिर
दु:ख धेरै आमाको
देखेर लाग्छ पिर ।
३,
हिमाल, पहाड, तराई
नेपाली एउटै परिवार
कोही छैन पराई । - आर्त अकुलीन
…
१,
भित्र्याए विदेशी नीति
लोप हुँदै गयो
हाम्रो संस्कार थिति ।
२,
गर्छन् कुर्सीको खेल
शान्ति भएन देशमा
राजनीतिमा भयो झेल ।
३,
जनतामा अशान्ति छायो
हाम्रोमा यस्तै छ
खै ! लोकतन्त्र आयो । - अनिता भण्डारी, ताप्लेजुङ
…
१,
नेपाल हाम्रो पहिचान
चन्द्र सूर्य झण्डा
देशको बढ्छ सान ।
२,
शिरको टोपी हरायो
नेपाली वीरलाई हेर
खाडीको कामले बोलायो ।
३,
मानव भएर नबस
कर्म गर्नुछ आफ्नो
विदेशमा तिमी नफस । - बेदु न्यौपाने
…
१,
नहुँदा नभई भएन
गणतन्त्र भएछ स्वार्थी
हुँदा इज्जतै रहेन ।
२,
पराधीन भई बाँच्नु
कायरताको पराकाष्ट भयो
पराईको इसारामा नाच्नु ।
३,
किन गरिन्छ हेला ?
भाषा, धर्म, संस्कारको
देश रोएको बेला । - ऋजु दिल्पाली, इटहरी – १ सुनसरी
…
१,
नारी तिमी महान्
सपरिवारको ख्याल राख्दै
बच्चालाई दिन्छौ ध्यान ।
२,
नारी पुरुष बराबरी
रथका दुई पाङ्ग्रा
जीवन चल्छ सरासरी । - बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’, कनकाई – ४, झापा
…
१,
गोजीमा सधैँ दाम
चलिरहेको छ मेरो ,
खातामा मात्र नाम ।
२,
चुनावमा नेताको टोली
विकास गर्छु भनी
जनतासँग झुटो बोली ।
३,
नगर्नु मलाई हेला
मनमा घरी चोट
दु:ख परेको बेला । - श्री कृष्ण धामी, बझाङ
…
१,
फाटेको मन टाल्न
अब नसकिने भयो
आफ्नै जीवन पाल्न ।
२,
सरकारी धन कालो
जसले सक्छ उसले
परिवारमा लुकाउने पालो ।
३
कालो धनको आस
कुरेर बसेकै भरमा
अब खुस्किन्छ सास । - ललिता देउवा सहयात्री
…
१,
शनिले सजाय दिन्छ
कुप्रभावबाट आफैँ बचौँ
सुखको पल छिन्छ ।
२,
पिपलमा जल चढाउँदा
शान्त रहन्छ ग्रह ,
पितृ भाग पाउँदा ।
३,
अन्धकार नासिॅंदै जान्छ
धार्मिक आस्था बोकेका,
मनुष्यले ईश्वर मान्छ । - सीमा कार्की समर्पण, हाल काठमाडौँ
…
१,
आलु बेच खुसुक्क
सन्जाल ठोक्छ ढ्याङ्ग्रो
लुकाऊ मुन्टो लुसुक्क ।
२,
केरा खाउन्जेल मस्ती
जब पेट फुल्छ
न्यायाधीशलाई पो सास्ती ।
३,
धन्न छ अदालत
नत्र कता जान्थ्यौ
नराम्रो लागेपछि आदत । - कमला पौडेल, चा न पा भक्तपुर
…
१,
स्वस्थ हुने दबाई
सधैँ गरे योग
फाइदा हुन्छ हामीलाई ।
२,
ओखतीमा खर्च हुन्न
प्राणायाममा मन लगाए
बिमारले कहिल्यै छुन्न ।
-नन्दलाल आचार्य, उदयपुर
…
१,
के हुँदैछ आज ?
अविश्वास, विश्वासघात जताततै
कता जाँदैछ समाज ?
२,
कसको गरौँ भर ?
बदलिँदो रहेछ मन
त्यसैले लाग्दैछ डर। - दीपा समभाव, काठमाडौँ
…
१,
झिल्का काव्यको जनोट
मात्र नौओटा शब्दले
बन्दछ यसको बनोट l
२,
नौ शब्दको कविता
जनमनमा फैलियो यसरी
जस्तै आकासमा सविता l
३,
नेता भए बदनाम
लागेन कहिल्यै पनि
उनको घैँटोमा घाम l - बाबुराम गौतम, गुल्मी
…
१,
बेसार र छेपारो
उस्तै उस्तै हुन्
हाल्छन् बाटोमा छेकारो।
२,
चेपारेको विश्वास नगर्नू।
दाउ खोज्छ हरपल।
भर कहिल्यै नपर्नू।।
३,
उचाल्ने अनि पछार्ने
नजिकै हुन्छन् हजुर
टाढा हुन्छन् सपार्ने।। - राज कुमार कार्की, कटारी-१, उदयपुर
…
१,
भयो सबैलाई थाहा
नेताको भाषण शैली
मञ्चैपिच्छे लाग्छ आहा।
२,
नेपाली संस्कार हाम्रो
एउटा छुट्टै पहिचान
ढाका टोपी राम्रो ।
३,
लाग्छ सधैँ डर
ढुक्कले बाँच्छु भन्ने
छैन कुनै भर । - कला ढकाल, झापा
…
१,
देश सिॅंगार्ने छाँट
हाम्रा पुर्खाले गरे
कम्मर कसेर आँट ।
२,
धर्म फरक परोस्
मानवीयता हुनुपर्छ है
कर्म सुसम्पन्न होस् ।
३,
जिन्दगी छ रमाइलो
काँडा पन्छाउन जानेमा
नजान्दा भयो घमाइलो। - राजेश्वरी राजोपाध्याय
…
१,
मलाई बदनामी बनायो
सामाजिक सञ्जालभरि नै
तिम्रै कारणले गरायो ।
२,
समाजले यतिखेर सुनाउँछन्
चरित्रमा दाग लगायौ
तिमीले यसरी बुझाउँछन् । - कबिताहरी, सुन्दर हरैंचा नगरपालिका – १, मोरङ
…
१,
सम्भावना देशमा खोज्दा
सकिन्न विश्वस्त हुन
इमानी बाटो रोज्दा।
२,
हारे विद्वान् जन
कसरी पछार्यो धनले
विकास गर्ने मन।
३,
सत्य यहाँ हार्दछ
जादुको बादल बनाई
दिउॅंसै रात पार्दछ। - सुस्मिता अधिकारी, काठमाडौँ
…
१,
आकाशमा ताराहरुको ताँती
कति सुन्दर देखिन्छन्
जब हुन्छ राती ।
२,
सक्दिन आकाश छुन
धर्तीमा बसेर हेर्छु
टहटह लागेको जून ।
३,
टोलाउॅंछु हेरी आकाश
म आफैँमा हराउॅंछु
झस्काउॅंछ चिसो बतास । - रुना कर्माचार्य दाहाल, चितवन
…
१,
खामको पत्र बिचमा
के थियो हेरिनँ
बुझ्दाखेरि रहेछ निचमा ।
२,
सागरभित्र हो डुबेको
थियो उसको प्रतिभा
जस्तो गहिराइमा लुकेको ।
३,
भनेको काँध नचढ
मानेनौ के गरूँ ?
असफल पुस्तक नपढ । - मनुहाङ किराँती, सोलु
…
१,
दुष्टले ऐना हेर्दैन
स्वार्थमा डुबेर सधैँ
कसैको कुरा सुन्दैन।
२,
उज्यालो सन्सार देखाउने
अभिभावक हुन् आमा
आफ्नै खुट्टामा उभ्याउने। - होम प्रसाद नेउपाने, धरान, सुनसरी
…
१,
मानिसमा होस् चेतना
सेवा गर्न नसके
कसैलाई नदिनु वेदना ।
२,
भित्रभित्रै हिंसा चल्छ
उन्नति गर्न नसके
मान्छे यसै जल्छ ।
३,
मुस्कानलाई हतियार बनाउॅंछु
हाँसेर हरेक परिस्थितिमा
जीवनमा खुसी सजाउॅंछु । - विमल खतिवडा माइला, सिलगढी भारत
…
१,
कुरै मात्र ठुलो
सङ्कीर्ण तिम्रो मन
जता फर्क्यो दुलो।
२,
किन गर्छौ अभिमान ?
मानसम्मान मात्र नहुँदा
यस्तै हुन्छ अपमान।
३,
छैन कहीँ शान्ति
विभ्रान्ति छाएको सहर
यसै हुँदैछ क्रान्ति । - पेम्वा यल्मो, दार्जिलिङ, भारत
…
१,
हाम्रो सगरमाथा स्वाभिमान
गौरव गरौँ नेपाली
देशलाई दिएको सम्मान। - दुर्गा आचार्य, मोरङ
…
१,
हुँदैन बिहान पक्कै
मिरमिरे तारा आकाशको
झरेर नगए कतै ।
२,
अपनाइ पुर्खाको संस्कार
जिउनु साधा जीवन
राखेर उच्च विचार। - बाल कृष्ण श्रेष्ठ, सोलुदुधकुण्ड नगरपालिका – २, सोलुखुम्बु
…
१,
कुर्सीको मोह अति
अरू केही चाहिँदैन
गुट्मुटाउँछु पाए जति ।
२,
जनता आश्वासनमा भुलियो
हेर्दाहेर्दै गर्भधारण गरेर
नेताको भुँड़ी फुलियो ।
३,
भाषा अनि संस्कृति
पोलेर खायौँ हामीले
बढ्दो समाजमा विकृति । - राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ ।
..
१,
उन्नति देशको भएन
मौलायो सधैँ सातपुस्ते
इमान्दार कोही रहेन ।
२,
संस्कृतिमा विश्व रमाउने
हो नेपालको पहिचान
हरेकको मनमा सजाउने ।
३,
किन गर्छौ अलमल ?
मदमत्त यो जवानी
पिउनु नसासरि कलकल । - नेत्र घिमिरे, सूर्यविनायक, भक्तपुर
…
१,
हुँदा खाने देशमा
बनाएर खान सकेनन्
उत्रिए नक्कली भेषमा
२,
निर्दोष फस्छन् केसमा
कहिलै सत्य नभएको
सतीले सरापेको देशमा।
३,
भ्रष्टाचारको अन्त भए
देशमा शान्ति हुन्थ्यो
कानुनत: बाटोमा गए । - मन्जु बोहरा, सुदुरपश्चिम, बझाङ
…
१,
नहुने के गरेपछि ?
खेर जाला समय
नगर्नु है बेइमानी ।
२,
लागेँ परदेशी हुन
थाह छ मलाई
भविष्यमा पर्दैन रुन।
३,
नछोऊ आगोले पोल्छ
चिनेको छु समाजलाई
सत्यसँग को बोल्छ ? - पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”, पनौती न.पा-३, काभ्रे
::::::::जय झिल्का साहित्य ! ::::::::::
