
साताका उत्कृष्ट झिल्का कविताको तेस्रो शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला सञ्चालन गरिएको हो । यो शृङ्खला हरेक हप्ता सञ्चालन गरिने यसका परिकल्पनाकार वसन्त अनुभवले बताउनु भयो । झिल्का कविताको उन्नयन र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको उहाँले बताउनुभयो ।
यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शनिवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गर्ने गरेको शृङ्खला संयोजक/झिल्का कविता अभियन्ता धनुष न्यौपानेले बताउनुभयो ।
साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- ३ का लागि झिल्काकार त्रय अर्जुन चौलागाईं, विवश पारदर्शी र सरिता सेढाईका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

साताका उत्कृष्ट झिल्काहरू
(१)
१.
हुन्न यता ठेक्का
जसले भ्याउॅंछ त्यसले
यसमै राखौं हेक्का ।
२.
नारी पुरुष बराबर
अधिकार बढी नारीमा
अगाडि बढ्छन् सरासर ।
३.
असल कुरा सिकौँ
दुई रथका पाङ्ग्रा
अरू कुरा झिकौँ
✍️ अर्जुन चौलागाईं~~<•>~~
(२)
१.
बुढेसकालको छैन साहारा
मेरो भागमा रहेनन्
दैवको भए आहारा !
२.
अब कसो गरौँ
मन पोल्छ भतभती
लाग्छ आफैँ मरौँ !
३.
सम्हाल्छु आफूलाई फेरि
उता छिमेकी दाइको
कुपुत्र सन्तान हेरी !
✍️ सरिता सेढाई धादिङ~~<•>~~
(३)
१.
हामी हौँ साथी
सफा छ दिल
प्रेमभाव सबै माथि !
२.
धर्ती आकाश पाताल
जोडेको हुन्छ प्रेममा
सदैव आलिङ्गन बबाल !
३.
प्रकृतिको सुन्दर सृष्टिमा
सागर पहाड विचित्र
देखिन्छ जगत् दृष्टिमा !
✍️ विवश पारदर्शी
झापा~~<•>~~