गणेश खड्काको `जलन´ नामक कृति सार्वजनिकहुने

  • २० श्रावण २०८०, शनिबार १३:५४ मा प्रकाशित
  • यहि साउन २७ गते `जलन´ नामक कृति सार्वजनिकहुने भएको छ। यो कृतिका लेखक दाङका गणेश खड्का हुन् । ऊनी करिब १ दशकदेखि साउदी अरबमा कार्यरत छन् । साहित्यिक नाम असन्तुष्ट जलनबाट परिचीत उनी साउदी अरबमा श्रम गर्दैगर्दा विभिन्न संघ संस्थामा आवद्ध भएर तथा व्यक्तिगत रुपमा समेत सामाजिक कार्यमा सक्रिय भएका व्यक्ति हुन् । अर्काको देशमा श्रमगर्न जाने हामी नेपालीलाई विभिन्न खाले समस्याहरू आइपर्छन् । ती मध्ये पहिलो समस्या त भाषाको हुन्छ । भाषा नजान्दा भनेको काम नपाउने, कामगर्दा भाषा नबुझ्दा गाली तथा अपशब्द सहनुपर्ने,काम गर्न गाह्रो हुने जस्ता समस्या हुन्छन् त्यही कुरालाई मध्यनजरगर्दै जलनले टिकटकको माध्यमबाट भाषा सिकाउने प्रयास पनि गरे जो धेरैले मन पराए । विशेषगरी एकदमै नयाँ नेपाली कामदारलाई सहजता पुगेको प्रतिक्रिया सुन्न र देख्न पाइयो। त्यतिमात्र नभई विभिन्न जानकारीमूलक भिडियो बनाउनु पनि उनको असल काम मध्यको एक हो।

                भनिन्छ नि "इच्छाको अगाडि बहानाले कुनै अर्थ राख्दैन" हो यसको उदाहरण पनि हुन् असन्तुष्ट जलन। उनी साउदी अरबमा श्रमजीवी जीवन बिताइरहे पनि नेपाली भाषा साहित्यको क्षेत्रमा सधैं अग्रसर भइरहे। त्यसो त उनी साधना साहित्य मञ्च नामक साहित्यिक संस्थाका संस्थापक तथा अध्यक्ष पनि हुन् । अहिले उनको यो कृतिको लोकार्पण पनि यसै संस्थाद्वारा काठमाडौंको डिल्लीबजार स्थित सर्वनाम थिएटरमा हुने भएको छ। स्रष्टा गणेशलाई `जलन´ कृति सफलताको हार्दिक शुभकामना !

    Leave a Reply