
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ११५ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६६ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

उदक अभ्यास शृङ्खला– ११५ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू
[१]
सिकारी
स्वयम् सिकार
सीमा नाघेमा प्रतिहार !
- वसन्त अनुभव
[२]
सिकार
वैमनस्यताकाे आधार
युद्व घाेषणाकाे सुरुवात !
- राेशन पराजुली, धरान
[३]
नेता
मार यसरी
ओरेक्सले सिंह जसरी !
- अमृत सुवेदी, रूपा सात, कास्की
[४]
आहार
भाेकाे पेट
मर्न मार्न तयार !
- बाबुराम आचार्य, धनगढी
[५]
ताकत
नहोला बराबर
खुस्कियो राजाको औकात !
-शारदा गौतम आचार्य, ललितपुर
[६]
आक्रमण
सिकार गर्दा
भयो ठुलो प्रत्याक्रमण !
- डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा.-६, दोलखा
[७]
भोक
आहार खोजी
एक अनौठो प्रकृति !
- बेदु न्यौपाने, काठ्माडौँ
[८]
बेला
नगर रेला
समय परिस्थितिकाे खेला !
- भवानी घिमिरे, सर्लाही
[९]
युद्ध
आपसी वैरभाव
हारजितकाे छैन ठेगान ।
- राज कुमार राजभण्डारी “खाेटाङ्गे
मध्यपुर ठिमी-५, संगम काेलाेनी, भक्तपुर
[१०]
यात्रा
युद्ध कुस्ती
साेचेजस्ताे हुँदैन मस्ती !
- शुक्र राज घिमिरे, सर्लाही
[११]
सजीव
बन्दै सिकार
आखिर मृत्युको काख !
- सुरेशकुमार पाण्डे
[१२]
सुरक्षा
शक्तिशाली बल
नराख्नु कमजोर सोच !
- अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा -६, संखुवासभा
[१३]
सिकारी
सबै बनिरहेका
एकदिन अवश्य सिकार !
- निरज कोइराला, इटहरी
[१४]
समय
हुँदैन एकनास
भयो आज सर्वनाश !
- सरिता सेढाइ, धादिङ
[१५]
सुरक्षा
हरेकको आधार
नभए हुन्छ प्रतिकार !
- घनश्याम पौडेल, पोखरा
[१६]
निर्धो
मर्नै परेपछि
अन्तिम निर्मम प्रहार !
- गोपालप्रसाद पौड्याल
[१७]
आहार
नहेर बेकार
गरेर खान्छ सिकार !
- पूर्णबहादुर श्रेष्ठ “हृदयङ्कृत”
पनौती न.पा.-३, काभ्रे
[१८]
सिकारी
जीवनको भिकारी
भोकले परिस्थिति स्विकारी !
- सविता के.सी., दक्षिणकाली-९, काठमाडौँ
[१९]
विध्वंस
प्रकृतिको नियम
आहाराको खोजीमा सङ्घर्ष !
- धर्मिला कार्की
सो.लु. दु.न.पा-७, गार्मा, सोलुखुम्बु
[२०]
दम्भ
भएमा सदैव
भेट्ने छैनौ आलम्ब !
- प्रेम थापा “मन”, बागलुङ
[२१]
नखाउँ
भोको पेट
खाउँ जबर्जस्त भेट !
- चक्र शाही, लम्की, कैलाली
[२२]
युद्ध
गर्नु प्रतिकार
अन्याय अत्याचारको विरुद्ध !
- धनमाया चौधरी, कैलाली
[२३]
शक्ति
बुद्धिको खेल
हुन्छ आफ्नै सर्वनाश !
- प्रभादेवी पौडेल, चितवन
[२४]
पालाे
एक अवसर
आखिर निर्धााकाे समय !
- सुधा ढकाल, काठमाडौँ
[२५]
जीवन
मृत्युको सङ्घर्ष
अन्तिम लडाइँको दृश्य !
- नारायण कोइराला
तानसेन, पाल्पा
[२६]
घमण्ड
मनको कालो
आउँछ सबैको पालो !
- उर्मिला के.सी., धनकुटा
[२७]
समय
हुँदैन एकनास
आक्रमणमा सिकारी सिकार !
- समुन्द्रा शर्मा, सुनसरी
[२८]
बाँच्न
गर्नुपर्ने सङ्घर्ष
मृत्युु पनि मर्ने !
- मानन्धर रमेश
[२९]
सिकार
सके आहार
नसके जीवनकै भार !
- टीकाराम पुन टिपु, सल्यान
[३०]
सिकारी
मेरो जीवन
म आफैँ अधिकारी !
- पशपति राई, खोटाङ
[३१]
लेखान्त
अकस्मात् सरण
देखिन्न कहाँनेर मरण !
- ईश्वरी अधिकारी, लमजुङ
[३२]
विडम्बना
पालाको पैँचो
फुट्यो दम्भको घैलो !
- पृथक प्रकृति, झापा
[३३]
जीव
युद्धमा अभ्यस्त
दुवैको हारजितकाे खेल !
- श्रद्धा आचार्य, पोखरा
[३४]
समय
बाध्यताको उपज
मार्ने मर्ने सङ्घर्ष !
- घनश्याम पौडेल
गौरीगङ्गा नपा-९, कैलाली
[३५]
जीवन
एकको नास
अर्काको जीउने साहस !
- सरस्वती वली, बर्दिया, नेपाल
[३६]
प्रहार
खानाको जोहो
आफूलाई पर्ने संहार !
- जमुना आचार्य, सिन्धुपाल्चोक
[३७]
उल्टिने
बाजी पल्टिने
हुने नसोचेको खेल !
- बिके माकजू
[३८]
दम्भ
सुन्दर पलास
सुवासहिन एक वृक्ष !
- आर्त अकुलीन, कैलाली
[३९]
ज्ञान
भगवानको वरदान
आत्मरक्षा सबैभन्दा महान् !
- पुष्पा शायरा, विराटनगर
[४०]
प्रतिकार
जिउने आधार
अत्याचार सहनु बेकार !
- मङ्गला उपाध्याय, बारा
[४१]
जीवन
गरेपछि साहस
हुने दुश्मनको सर्वनाश !
- चेतन खनाल ‘दाह्रीवाला’
बङ्गगलाचुली-१, दाङ
[४२]
घमण्ड
मुढे बलको
बन्नुपर्ने निर्धाको सिकार !
- धर्मी शाक्य, बुटवल, रुपन्देही
[४३]
सत्यता
विजय निश्चित
निर्दोषी ईश्वरको दयापात्र !
- गुणनिधि घिमिरे, अमेरिका
[४४]
भोक
बाध्यताको उपज
कसैको पारिवारिक शोक !
- दुर्गा आचार्य, मोरङ
[४५]
प्राणी
बाँच्ने आधार
सबैको एकएक हतियार !
- बुद्धिप्रसाद लामिछाने, कैलाली
[४६]
भोक
यही रोग
उपचार गर्दा शोक !
- नन्दलाल आचार्य, उदयपुर
[४७]
हिंसा
व्यक्तिगत स्वार्थ
जीवन जान्छ व्यर्थ ।
~ऋजु दिल्पाली
इटहरी-१, सुनसरी
[४८]
अधिकार
उपयोगमा अति
परिणाम आफैँलाई विपत्ति !
- तोया घिमिरे
शङ्खमुल, काठमाडौँ
[४९]
नजाने
लिने ज्यान
आफ्नै खाने आहारा !
- बालकृष्ण खनाल, टीकापुर
[५०]
सिकारी
मार्छ अरूलाई
पछि हानी आफैँलाई
- शोभा आचार्य गौतम, काठमाडौँ
[५१]
सिकारी
अधिक अत्याचारी
परिणाम मृत्युको भिखारी !
- डुकछिरिङ लेपचा
मिरिक, भारत
[५२]
डर्नु
अत्याचार नगर्नु
आफैँले पर्दछ मर्नु !
- विवस पारदर्शी, झापा
[५३]
दम्भ
पतनको बाटो
देखाउँदा चरित्र उदण्ड !
- हिमाल अम्मै, घोडाघोडी, कैलाली
[५४]
परिस्थिति
नहुँदा पहिचान
हुने ज्यानकै सत्यानाश !
- केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
[५५]
बुद्धि
सबैभन्दा ठुलो
हरायो लुक्नेको सुद्धि !
- जमुना कायस्थ, पोखरा
[५६]
सिकारी
विभत्स आचरण
नैतिकतामा देखिन्छ विचलन !
- तोयानाथ चापागाईं
[५७]
खतरा
भ्रष्ट मति
सोझिन्छ मौन शक्ति !
- म्यामराज राई
[५८]
आहारा
जिउने सहारा
प्राण धान्ने माध्यम !
- प्रद्युम्न चालिसे, भक्तपुर
[५९]
नठान्नु
कसैलाई सानो
सकिन्छ तिम्रो तुजुक !
- योगेन्द्र भट्टराई, खोटाङ
[६०]
हिंसा
खराब नियत
एउटा आत्मघाती पल !
- कविता आचार्य, कैलाली
[६१]
ताडना
कहिले चुचुराको
कहिले पालो बबुराको !
- कमला देवकोटा, पाल्पा
[६२]
सिङ
हरिणकाे हतियार
बाँच्न सिंहलाई प्रहार !
- नवराज भट्ट, कञ्चनपुर
[६३]
आहारा
बुढो बाघ
भेटेछ हरियो साग !
- अम्विका अधिकारी
झापा, विर्तामोड
[६४]
सिकारी
आफैँ धाई
मृत्युको बाजा बजाई !
- अच्युत घिमिरे, भुटान
[६५]
सबक
कम नआक्नु
निर्धो छ भन्दैमा !
- दामोदर पौडेल
घोराही उ म न पा -१५, दाङ
[६६]
साहास
बलियाे आधार
कठिन घडीकाे कवच !
- टीकाराम जाेशी, टीकापुर

