
काठमाडौं । नेपाल एयरलाइन्सको काठमाडौं–रियाद–काठमाडौं उडान रोकिने भएको छ । नेपाल एयरलाइन्सले २२ अप्रिल २०२२ बाट काठमाडौं–रियाद–काठमाडौं उडान सुरु गरेको हो ।
अहिले काठमाडौं–रियाद–काठमाडौं उडान नेपाल एयरलाइनसको आरए १५८ सिट क्षमताको विमानले उडान गर्दै आइरहेको छ । जिएसएमार्फत् ‘पार्किङ स्लट’ लिँदै नेपाल एयरलाइन्सले काठमाडौं–रियाद–काठमाडौं उडान सुरु गरेको थियो ।
नेपाल एयरलाइन्सले सुरुमा साताको तीन उडान गर्दै आएको थियो । रियादमा ‘पार्किङ स्लट’ नपाएपछि त्यहाँ गर्दै आएको उडान जुलाई १ तारिखबाट अन्यत्र ठाउँबाट उडान भर्ने तयारी गरिरहेको उच्च स्रोतले जानकारी दियो ।
अक्कुपेन्सी हुँदाहुँदै पनि अहिले नेपाल एयरलाइन्सले काठमाडौं–रियाद–काठमाडौंको उडान साउदीको अर्काे सहर दमामबाट उडान गर्ने तयारी गरिरहेको छ । सुरुमा सातामा तीन उडान गरे पनि पछिल्लो समय पार्किङ ‘स्लट’ नपाउँदा एउटा उडानमा सीमित हुन पुगेको छ ।
स्रोतले दिएको जानकारीअनुसार अहिले काठमाडौं–रियाद–काठमाडौं उडानमा अक्कुपेन्सी ८० प्रतिशत छ । जबकि ७० प्रतिशत भन्दा बढी अक्कुपेन्सीलाई नाफाको रुपमा लिइन्छ । नेपाल एयरलाइन्सले आगामी जुन २९ तारिखसम्म रियादमा अन्तिम उडान तयारी गरिरहेको स्रोतले जानकारी दियो ।
अर्थात् जुलाई एक तारिखबाट नेपाल एयरलाइन्सले काठमाडौं–दमाम–काठमाडौं उडान भर्ने गरी तयारी गरिरहेको छ । रियादमा एयरलाइन्सले पार्किङ स्लट भनेको समयमा नपाउने र उनीहरूले दिएको समयमा उडान गर्नुपर्ने भएपछि अर्काे सहरबाट उडान गर्ने तयारी गरिरहेको छ ।
रियाद सहर साउदीको राजधानी हो । रियाद–दमामको दुरी ४१० किलोमिटर हो । साताको तीन उडान सुरु गरेको नेपाल एयरलाइन्सले अहिले उनीहरूले दिएको समयअनुसार सातामा कहिले दुई त, कहिले एक उडान गर्दै आइरहेको छ ।
यस अघि दमामबाट हिमालय एयरलाइन्सले दैनिक उडान गर्दै आएकोमा पछिल्लो समयमा एयरलाइन्सकै बिना कारण फ्लाईट क्यान्सिल गरी नेपाली यात्रुका बिच आफ्नो बिष्वसनियता गुमाउदै गएको अवस्थामा नेपाली ध्वजावाहक बाट दमाम स्थित नेपाली हरु भने आसावानतित देखिन्छन्।