
साउदी अरेबियाको भन्सार प्राधिकरणले जेद्दा (इस्लामिक) बन्दरगाहको पाइपहरूमा लुकाइएका 3,612 रक्सीका बोतलहरू बरामद गरेको छ।
साउदी अरबको जकात, कर र भन्सार प्राधिकरण (ZATCA) ले रेड सी जेद्दा बन्दरगाहमा फलामको पाइपको ढुवानीमा अवैध सामानहरू जफत गरिएको र ति रक्सीका बोतल रहेको बताएको छ !
बन्दरगाहको सुरक्षा चेकजाँच गर्ने अधिकारीहरु द्वारा सुरक्षा चेकजाँचको क्रममा पाइपहरूमा विस्तृत प्याकमा रक्सीको मात्रा फेला परेको जानकारी त्यहाँको भन्सार कार्यालयको आधिकारिक ट्वीटरमार्फत जनाइएको छ।
ज्ञान रहोस् साउदी अरेबियामा रक्सी लगायत सम्पूर्ण लागुपदार्थको आयात निर्यात तथा भोगचलन माथि कडा भन्दा कडा कारबाहीको प्रावधान रहेको छ।

