सरकारको विश्लेषण : तीन लाख श्रमिक स्वेदश फर्किन सक्छन्

  • १२ बैशाख २०७७, शुक्रबार १५:२० मा प्रकाशित

  • १२ वैशाख, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९)का कारण श्रम गन्तव्य मुलुकहरुमा रहेका करिब तीन लाख श्रमिक स्वदेश फर्किनसक्ने विश्लेषण गरेको छ ।
    साउदी अरब, मलेसिया, यूएई, कतार, कुवेत, बहराइन, ओमान लगायतका मुलुकमा ठूलो संख्यामा नेपाली श्रमिक छन् । त्यहाँ १५ लाख बढी नेपाली कार्यरत छन् । र, अवैध रुपमा बसेर काम गरिरहेका नेपालीको संख्या पनि ठूलो छ ।
    शुक्रबार मन्त्रिपरिषद्को बैठकमा तत्काल तीन लाख श्रमिक नेपाल फर्किने अवस्थामा पुगेको रिपोर्टिङ भएको छ ।
    साउदी अरबले भारतीय श्रमिकहरुलाई फिर्ता पठाउन फारम गराएको थियो । त्यसमा नेपालीहरुले पनि फारम भनेका छन् ।
    यस्तै कतिपय मुलुकमा नेपालीहरु कामविहीन भएका छन् । यसका साथै लामो समयदेखि अवैधानिक रुपमा बसेका काम गरिरहेकाहरु पनि अहिले समस्यामा परेका छन् ।
    ‘प्रधानमन्त्रीले कतार, साइप्रस, बहराइन लगायतका मुलुकका आफ्ना समकक्षीहरुसँग कुराकानी गर्नु भएको छ,’ एक मन्त्रीले भने, ‘अहिलेलाई त्यहीँ राख्ने र कोरोनाको महामारी सकिएपछि आवश्यक निर्णय गर्ने कुराकानी भएको छ ।’
    सबैभन्दा बढी अवैधानिक रुपमा काम गरिरहेकाहरु अहिले समस्यामा परेको बताइएको छ । सरकारले पनि अब उनीहरुलाई सम्बन्धित देशको रजिस्ट्रेसन प्रक्रियामा समावेश हुन जोड दिनेछ । र, उनीहरु स्वदेश फर्किने सम्भावना बढी छ ।

    Leave a Reply