तुलसीपुरमा अवरुद्ध नियमित खोप सेवा सुचारु

  • १२ बैशाख २०७७, शुक्रबार १५:५३ मा प्रकाशित
  • -वसन्त अनुभव-
    तुलसीपुर, १२ वैशाख २०७७
    तुलसीपुर उपमहानगरपालिकाले यहि बैशाख १० गते देखि आफ्नो क्षेत्र भित्रका स्वास्थ्य संस्थाहरु मार्फत अवरुद्ध खोप सेवा पुन: सन्चालन ल्याएको छ ।

    नेपालमा निरन्तर रुपमा प्रत्येक महिनाको १० गतेदेखि खोप सेवा संचालन हुदै आइरहेको थियो । कोरोना भाइरस (कोभिड१९) महामारीका कारण सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन जारी गरेसँगै खोप सेवा अवरुद्ध हुन पुगेको थियो ।

    तर लामो समयसम्म संक्रामक सरुवा रोगहरु लगायत महामारीबाट समेत वचाउने खोप नै वालवालिकाहरुले नपाएपछि देशभर बाट नै खोप शुरुवात गर्न दवाव सृजना भैरहेको थियो।

    खोप नपाएर वालवालिकामा थप अन्य स्वास्थ्य समस्या थपिन सक्ने गंभिर परिस्थितिको मध्यनजर गर्दै स्वास्थ्य सेवा विभागले सुरक्षा मार्गदर्शन कार्यविधि जारी गरि सुरक्षित तवरले खोप सेवा संचालन गर्न स्वास्थ्य संस्था हरुलाई निर्देशन जारी गरे बमोजिम देशभरका सवै पालिकाहरुले खोप कार्यक्रम लाई संचालन मा ल्याएका छन ।

    खोप लगाउदा खोप लगाउने स्वास्थ्यकर्मीहरुले अनिवार्य सर्जीकल मास्क , ग्लोब्स प्रयोग गर्ने ,सामाजिक दुरी कायम गर्ने , सरसफाईमा ध्यान दिने र भिडभाड नगरि खोप लगाउने व्यवस्था मिलाउने भन्ने परिपत्र अनुसार यहि १० गते देखि तुलसीपुर लगायत दाङ जिल्लाका सबै पालिकामा खोप संचालन भएको छ।

    तुलसीपुर उपमहानगरमा खोप लगाउने वालवालिकाहरुको जम्मा संख्या ३६१० जना रहेको छ भने हाल सम्म २१६६ जना बच्चाले खोप लगाइसकेको जानकारी जनस्वास्थ्य प्रवर्द्धन महाशाखाले जनाएको छ । तुलसीपुर उपमहानगरपालिकाका जम्मा १४ वटा स्वास्थ्यसंस्थाहरुले खोपसेवा संचालन गर्दै आएका छन ।

    त्यसैगरि तुलसीपुर उपमहानगरपालिका अन्तरगत ५० वटा खोप केन्द्रहरु र ६३ वटा सेसन छन जुन प्रत्येक महिनामा संचालन हुने गर्दछन।

    स्वास्थ्यचौकीले प्रत्येक खोपकेन्द्रमा महिनाको १ पटक खोप सेवा संचालन गर्दछन भने अस्पतालहरुले प्रत्येक हप्तामा खोपक्लिनिक सञ्चालन गर्दै आएको जानकारी जनस्वास्थ्य प्रवर्द्धन महाशाखाका जनस्वास्थ्य निरीक्षक विमल केसीले दिनुभयो।

    साथै उहाँले तुलसीपुर उपमहानगरपालिकाले खोप लगाउने कर्मचारीलाई आवश्यक सुरक्षा सामग्री सहित खोप कार्यक्रम संचालन गर्न फिल्डमा खटाईसकेको समेत बताउनु भयो ।

    Leave a Reply