विश्वनै नोबेल भाइरस CoViD-19 को संक्रमण बाट ग्रसित छ। वर्तमान समयमा उच्च शिक्षा र वैदेशिक रोजगारका लागी ५० लाख भन्दा बढी नेपाली नागरिकहरू विश्वको विभिन्न राष्ट्रमा छन्।यति बेला कोरोनाको विश्वव्यापी महामारीले दैनिक जीवन प्रभावित भएको छ । यसै सन्दर्भमा १५ लाख भन्दा बढी नेपाली श्रमिकहरू रहेको मध्यपूर्वका देशहरूमा नेपाली नागरिकलेको के कस्तो अवस्था रहेको छ भनि बुझ्न हिमालयन दृष्टिका संपादक शुक्र मोक्तानले एनआरएनए आईसिसी मध्य पूर्व सह-संयोजक राजेन्द्र अर्याल संग गरेको कुराकानीको संपादित अंश:
– नमस्ते हिमालयन दृष्टिमा यहाँलाई स्वागत छ।
- नमस्कार मलाई आमन्त्रण गरि मध्यपूर्व क्षेत्रमा (कोभिड-१९) सम्बन्धित कुरा राख्ने अबसर दिनु भएकोमा हिमालयन दृष्टि लाई धन्यबाद !
– सबै भन्दा पहिलो कुरा यति बेला मध्य पूर्व लगायत अधिकांश विश्व नै लकडाउनमा छ ,यसतो अवस्थामा तपाईको दिनचार्यको रूटिन् कस्तो छ ?
- तपाईँ बुझ्न सक्नु हुन्छ, अहिलेको भयाबह अबस्थामा बाक्लो उपश्थिति रहेको नेपाली समुदाय कार्यरत रहेको मुलुक साउदि अरब मेरो कार्य क्षेत्र पनिहो त्यसैले दैनिक जसो बिहान देखि राति सम्म पिडितहरूको फोन रिसिभ गर्ने र सहजिकरण गर्नमै भ्याइ नभ्याइ हुन्छ, म मध्य पुर्बको सह संयोजक भएको कारणले गर्दा पनि खाडिका अन्य मुलुकहरूबाट फोन संपर्कमै समय बित्ने गरेको छ ।
– हिजो आज मध्य पूर्वमा देखिएको कोरोना संक्रमितहरूको संख्या र साउदी लगायत मध्यपूर्वका सरकारले निजी कम्पनीहरूलाई दिएको अधिकारहरू हेर्दा अबको केही दिन पछी नेपाली श्रमिकहरूले व्यहोर्नु पर्ने समस्याहरू भयावह हुन सक्ने देखिन्छ त्यसको व्यवस्थापनको लागी एनआरएनए मध्य पूर्व के कस्तो तयारी गर्दै हुनुहुन्छ?
- कोभिड-१९) बिश्वब्यापी रूपमा महामारी फैलिरहेको परिपेक्ष्यमा मध्यपूर्व ब्यपारिक हब भएकोले संक्रमण नहुने कुरै भएन । १५ लाख भन्दा बढी नेपालीहरु कार्यरत यस क्षेत्रमा भाईरसको कारण धेरैले रोजगारी गुमाउनु पर्ने र धेरै भन्दा धेरै नेपालीहरु अलपत्र पर्न सक्ने संकेतहरु देखिन थालेका छन्। साना तथा मझौला अधिकांश कम्पनीहरु बन्द छन् भने क्रमिकरूपमा बन्द हुने क्रम जारी छ। फलत: ती कम्पनीहरुमा कार्यरत नेपालीहरु बिचल्लीमा परिसकेका छन्/हुँदैछन्। समग्र मध्यपूर्वमै जो बैधानिक स्टाटस (लिगल बसाइमा) हुनुहुन्छ, उहाँहरुमा त्यती समस्या छैन तर जो ईलिगल हुनुहुन्छ नेपाल फर्किन बहिर्गमन भिसाको पर्खाईमा हुनुहुन्छ, उहाँहरूमा समस्या देखिएको छ।विशेष गरेर युएईमा अलि धेरै यस्ता समस्या देखिएको छ अहिले देखिएको समस्या भनेको खान या बस्न नपाउनु नै हो । यसमा गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदहरुले आआफ्नो क्षेत्रमा वास्तविक पिडित पहिचान गरि मानवीय आधारभूत आवस्यकताको राहत सामग्री पुर्याउँदै आएको छ र गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले तत्काल अत्यावश्यक राहत सामग्री व्यवस्था गर्न साउदी अरेबिया, कुवेत र युनाइटेड अरब इमिरेट्समा ५-५ हजार डलर निकासा गर्ने निर्णय भएको छ।
– मध्यपूर्वमा कोरेना संक्रमित नेपाली नागरिकको तथ्यांक कति र कस्तो छ? उनिहरूलाई उद्धार गर्नु पर्ने अवस्था आएमा एनआरएनएले कसरी सहयोग गर्ने तयारी गर्दै हुनुहुन्छ?
- मध्यपूर्व क्षेत्रमा अहिले सम्म ८४ जना बिरामी हुनुहुन्छ जसमा ५ जना उपचार गरि फर्किसकेका छन् २ जनाको मुर्त्यु भएको छ र ७७ जना थप उपचारमा हुनुहुन्छ। संक्रमित नेपाली नागरिकको उपचार यहाँका सरकारले नै राम्रो संग गरेको छ ।
– दूताबासले समस्याको सुनुवाई नै गर्दैन भन्ने आम गुनासो पनि छ । विपत्तिको बेलामा गुनासो स्वभाविक भएपनि अवस्था त्यस्तो हो कि होइन?
- यस्तो विपत्तिको बेलामा गुनासो आउनु स्वभाविक हो दुतावासले हर संभब सुनुवाई गर्दै आएको छ मध्यपूर्व क्षेत्रका राजदूताबासहरुले नेपाली समुदायलाई कोरोना संक्रमणबाट बच्न स्वास्थ्य सम्बन्धी सचेतना र जानकारीहरू दैनिक रुपमा सेयेर गर्ने गरेको छ विशेष रुपमा नेपाली राजदुतावास रियाद, साउदी अरबलले सचेतना गराउन समय समयमा सामाजिक संजाल मार्फत सुचना दिएर सुसुचित गर्ने कार्य गरिरहेकोछ। जुन प्रसंसनिय छ यहाँको प्रशासन बाट औपचारिक जानकारी हुनासाथ दुतावासले सेयर गर्ने गरेको छ ।
– मध्यपूर्ब कार्यरत नेपालीहरुको बर्तमान अबस्था र अब नेपाल सरकार, दुतावासले तत्काल गर्न सक्ने र पर्ने कामहरु के के हुन् ?
- लकडाउनको क्रम संगै उत्पादन र बजार एक साथ बन्द हुँदा प्राय कम्पनिहरू बन्द भै प्रबासि नेपाली कामदारहरू क्याम्प मै बसेकाछन, प्राप्त जानकारी अनुसार ठुलो हिस्सामा नेपालिहरू स्वदेश फर्किने भनेर सरकारको निर्णय पर्खेर बसेकाछन । सप्लाइ कंपनिमा कार्यरत कामदारहरू आबासबाट समेत निकालीएकाछन् । यसर्थ सम्बन्धित मुलुकमा रहेका नेपालिराजदुताबासले अविलम्ब तपसिलका जिम्मेबारि पुरा गर्नुपर्ने देखिन्छ।
१) क्याम्पबाट निकालिएका कामदारहरूलाइ तत्काल शेल्टरको ब्यबस्था गरि खान बस्ने प्रबन्ध मिलाउनु पर्दछ।
२) नेपाल सरकार र साउदि सरकार संग कुटनैतिक समन्बय गरि मुलुक फर्कन चाहने र जान तयार भएका नेपालीहरूलाइ स्वदेश फर्काउन पहल गर्नुपर्दछ।
३) रोजगार गुमाएका कामदारहरूको डाटा संकलन गरी जान चाहने र बस्नेहरूको रेकर्ड अनुसार जानेलाइ ट्राभलको बन्दोबस्त मिलाउनु पर्दछ।
– अन्त्यमा मेरो प्रश्नमा छुटेका तर भन्नै पर्ने केही कुरा छ की?
- अहिले मलाई पनि दैनिक जसो फोन कल आउने गरेको र प्राय प्रस्न एकै हुने गर्छ नेपाल कहिले जान पाईन्छ मध्य पूर्वमा रहेका दाजु भाई दिदीबहिनी हरुमा अनुरोध गर्न चाहन्छु नचाहेर पनि रोजगार गुमाइसकेपछि प्रबासमा अलपत्र भएर बस्नुभन्दा आफ्नो मुलुकमा जान खोज्नु नौलो कुरा भएन, अहिले हामी आफ्नो आवास नछोडौँ जहाँ छौं केहि समय त्यहि सुरक्षित बस्नु उचित हुन्छ कोरोना भाइरसको संक्रमण सबैभन्दा बढि यात्राबाट फैलिएको छ, संक्रमण नभएको व्यक्ति पनि अन्य मुलुकबाट नेपाल जाने क्रममा संक्रमित हुने सम्भावना बढि हुन्छ त्यसैले अहिलेको अवस्थामा नेपाल जाँदा हामी सुरक्षित हुँदैनौ बरु केहि कठिनाई भए पनि केहि समय धैर्यता गरौं सावधानि अपनाऔँ,कोरोनाबाट आफु पनि बचौं र अरुलाई पनि बचाऊँ येही भन्न चाहन्छु।


