कपिलवस्तुको सिमा नाका आज रातिबाट बन्द हुने ॥

  • ८ चैत्र २०७६, शनिबार २१:४७ मा प्रकाशित

  • कपिलवस्तु – कोरोना भाइरसको संक्रमण रोक्नका लागी भारतसँग सिमा जोडिएको कपिलवस्तु नाकाहरु आज राति १२ बजे बाट बन्द हुने भएको छ । कृष्णानगर नाकाबाट सर्वसाधारणलाई आवश्यक कामका लागी मात्रै ओहरदोहर गर्न पाउने छन् । जिल्लाका अन्य सिमा नाकाहरु अर्को सूचना प्रकाशित नहुन्जेल सम्माकि लागी पुर्ण रुपमा बन्द हुने भएको छ । कपिलवस्तुको कृष्णानगर  र मर्यादपुर नाकाबाट सवारी साधन भित्रान पाउने भएको छ । जिल्लाका ८ वटा सीमा नाकाहरु विजयनगर, कृष्णनगर, भिल्मी, हर्दौना, रंगपुर, चाकरचौडा र हथिहवा मध्ये कृष्णनगर सीमा नाकाबाट मात्रै सर्वसाधारणहरु अति आवश्यक कामको आधारमा नेपाल भित्रन सक्ने प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले बताए ।

    Leave a Reply