सेनाले हेलिकप्टरबाट औषधि छर्ने समाचार भ्रामक – सेना

  • ८ चैत्र २०७६, शनिबार २१:१० मा प्रकाशित
  • काठमाडौं, चैत ८ गते । नेपाली सेनाले हेलिकोप्टरबाट कीटनासक औषधि छर्ने कुनै कार्यक्रम नभएको स्पष्ट पारेको छ ।

    केही समाजिक सञ्जालमा यस किसिमको भ्रामक समाचार आएकोमा सेनाको गम्भीर ध्यानकर्षण भएको भन्दै सेनाले त्यस्ता समाचारप्रति विश्वास नगर्न आग्रह गरेको छ ।
    गोरखापत्र अनलाइन

    Leave a Reply