
–वसन्त अनुभव-
बिजौरी,६ चैत २०७६
प्रादेशिक आयुर्वेद चिकित्सालयमा कार्यरत कर्मचारीहरुको लागि आयोजित आयुर्वेद अभिमुखिकरण तालीम यहि फागुन ६ गतेदेखि विजौरीमा शुरु भएको छ ।
तालिममा प्रादेशिक आयुर्वेद चिकित्सालयमा कार्यरत स्वास्थ्यकर्मीहरु र अन्य (गैरस्वास्थ्य सेवाका) कर्मचारीहरुको सहभागीता रहेको छ । तालीम कार्यक्रम ३ दिनसम्म सन्चालन हुनेछ ।
तालीममा डा.रामकामेश्वर ठाकुर, डा.सर्वेस शर्मा, डा.गोकर्ण दाहाल र डा.महेश कुमार खनालले सहभागीहरुलाई विविध विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको जानकारी प्रादेशिक आयुर्वेद चिकित्सालयका प्रशासन शाखा प्रमुख लालकृष्ण डि.सी.ले दिनुभयो ।

तालिम कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं सामाजिक विकास मन्त्रालय, बुटवलका स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा आफ्नो शुभकामना मन्तब्य दिदै डा.चौधरीले प्रादेशिक आयुर्वेद चिकित्सालयलाई एक नमुना तालीम केन्द्रको रुपमा विकसित गर्ने लक्ष्य रहेको र सोही बमोजिम काम अगाडि बढाइएको जानकारी दिनुभयो ।
उद्घाटन सत्रको कार्यक्रमलाई समापन गर्दै कार्यक्रमको अध्यक्षता गरिरहनु भएका प्रादेशिक आयुर्वेद चिकित्सालयका निमित्त निर्देशक डा.रामकामेश्वर ठाकुरले चिकित्सालयमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई पुनर्ताजगी होस र गैरस्वास्थ्य सेवाका कर्मचारीहरुलाई आयुर्वेद सम्बन्धमा जानकारी प्राप्त होस भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा विशिष्ट अथितिको रुपमा नेपाल संस्कृत विश्व विद्यालय, बेलझुण्डी दाङका सहायक डिन डा.राजेश्वर अर्याल रहनुभएको थियो । उद्घाटन कार्यक्रमको सन्चालन प्रादेशिक आयुर्वेद चिकित्सालय, विजौरी दाङका आयुर्वेद चिकित्सक डा.गोकर्ण दाहालले गर्नुभएको थियो ।


Acheter Misoprostol glulfurign https://ccheapcialisl.com/ – Cheap Cialis InvacT How To Get Free Viagra Online Unoniunfossy Cialis effikexoxy Cialis Tadalafilo
Viagra Kaufen Wirkung ELIDENOM https://apcialisz.com/ – Cialis LeliWins Donde Comprar Cialis Por Internet aperma buy cialis usa Shishdit Feline Amoxicillin Drops