• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Tag: साप्ताहिक झिल्का कविता

साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २९ सम्पन्न

  • १ भाद्र २०८१, शनिबार ०९:५९ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको २९ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७५ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २९ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    …
    १,
    निब झिल्काले भरौँ
    सिधा शब्दमा नलेखेर
    बिम्बको प्रयोग गरौँ ।
    २,
    उडानमा उड्यो जहाज
    सास फर्केन मैदानमा
    विधाताले खेल्यो आज ।
    ३,
    कुर्सीको मैदानमा होलास्
    धम्कीको भाषामा खोकिरहन्छ
    मेरो बैँसमा छोलास् ।

    • म्यामराज राई, भोजपुर
      …
      १,
      रोएर बिताएको जीवन
      हाँसेर भुल्दै जानेछु
      खुसी बनाई मन।
      २,
      बस्दिन हार मानेर
      बढाउँदै अघि पाइला
      सफलता पाउँछु ठानेर।
    • सङ्गीता खरेल, काठमाडौँ
      …
      १,
      भएभरको मसी सकेर
      अचेल स्वघोषित कविको
      कलम बस्यो धकेर।
      २,
      अदम्य साहस बोकेर
      जन्म्यो विद्रोहको झिल्को
      कसले सक्छ रोकेर !
      ३,
      पक्कै ऊ हार्नेछ
      विकृति जलाउने झिल्को
      बलेर सखाप पार्नेछ।
    • श्रीकृष्ण शर्मा, पोखरा – ५, मालेपाटन
      …
      १,
      झिल्काले दिन्छ ज्ञान
      सबैले एकाग्र भएर
      सधैँ गर्नुपर्दछ ध्यान ।
      २,
      बिचल्लीमा मान्छे परे
      पाइलटले ध्यान नदिँदा
      सबै जहानमै मरे ।
      ३,
      कुर्सीको खेलमा भेष
      एकदिन लाग्नेछ पक्कै
      ती दलालहरूलाई ठेस ।
    • केसर बोहरा ‘सङ्घर्ष’, सुदूरपश्चिम अछाम (हाल भारत)
      …
      १,
      तराई पहाड हिमाल
      बुद्धको पवित्र भूमिलाई
      काँधमा बोकेर उचाल ।
      २,
      सुन्दर सानो नेपाल
      युवा युवती जुटौँला
      बनाउन देश विशाल ।
      ३,
      पूर्खाको अर्ती मानेर
      असल कुरा लिऊँला
      चाहिने जति छानेर ।
    • गुणनिधि घिमिरे, अमेरिका
      …
      १,
      हार नमान्दा जीवनमा
      घुमिफिरी आउँछ सुख
      खुसी लिऔँ मनमा।
      २,
      साहसै ठुलो रहेछ
      जहाँसुकै नहट्दा फेरि
      खुसी छाउने भएछ।
      ३,
      नमानौँ हार कहिलै
      अभ्यास गर्दै बढ्दा
      खुसी भइन्छ जहिलै।
    • अर्जुन प्रसाद चौलागाई, सुनापति – १, रामेछाप
      (हाल – क्यानडा, क्यालगरी)
      …
      १,
      ज्ञानले मस्तिष्क भर्दछ
      यथार्थ लाग्छ दुनियाँमा
      रोई विज्ञान मर्दछ ।
      २,
      आफ्नो कमजोरी हटाऔॅं
      छरेर ज्ञानका दल
      कालो बादल फटाऔॅं ।
      ३,
      छरौँ संस्कृतिका बीज
      मासेर सबै विकृति
      मनाऔॅं हर्षले तीज ।
    • त्रिलोचन भण्डारी, मेचीनगर, झापा
      …
      १,
      सबै हो यात्रा
      किन हो विभेद
      देखाउॅंदै फेरि जात्रा ।
      २,
      लड या भिड
      आखिरमा यतिसम्म कि
      छोडनुपर्छ भौतिक गिॅंड !
    • दीपा समभाव, दुबेकोल खोटाङ
      …
      १,
      दुःखमा रुन्छ मन
      हुन्छ झनै पीडा
      अस्वस्थ हुँदा तन ।
      २,
      सिमसिम पर्‍यो पानी
      चिप्लेर लड्छ है
      बाहिर नजाऊ नानी ।
      ३,
      आफूले नजानेका कूरा
      हाम्रा अग्रजसॅंग अब
      सिकाइ मागौँ पूरा |
    • सरिता सेढाई, धादिङ
      …
      १,
      खर्चेर सबै बैँसा
      सङ्घर्ष विफल रह्यो
      कमाउन सकिन पैसा।
      २,
      यादहरू जिद्ध नगर
      तिमीलाई निषेध भन्न
      होइन मेरो रहर।
      ३,
      सुन कान खोलेर
      मेरो आत्मसम्मान भन्नु
      पिए सम्झौतामा घोलेर।
    • दिवाकर चाम्लिङ्ग राई, खर्साङ्ग, दार्जिलिङ
      …
      १,
      गर्छन् नेता विकास
      भाषण दिने बेलामा
      भएन कहिले निकास ।
      २,
      बाटोमा नदी पर्छ
      पुल छैन तर्नलाई
      तर्दा मान्छे मर्छ।
      ३,
      मान्छे विदेश जान्छन्
      खेत बाँझो भयो
      घरकाले के खान्छन् ?
    • नवराज भट्ट, कञ्चननपुर
      …
      १,
      संस्कारीले सबैलाई माया
      साधक निरन्तर कर्ममा
      लक्ष्यबिना बन्छ छाया ।
      २,
      कृपा हामीले पाएका
      सुकर्म धर्म हाम्रो
      निमित्त धर्तीमा आएका ।
      ३,
      बाँडे कहिल्यै नघट्ने
      विचार सबैमा सधैँ
      दुष्ट संसारमा नअट्ने ।
    • कार्की डिबी माकुम, सुनवल – ४, नवलपरासी
      …
      १,
      मुखले ठिक्क पार्ने
      हुन्छन् केही आफन्त
      भित्रबाट कैँची मार्ने ।
      २,
      सकेसम्म फाइदा लिन्छ
      मानिस स्वार्थी भएपछि
      आखिरमा धोका दिन्छ ।
    • राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी – ५, सङ्गम कोलोनी राधे राधे, भक्तपुर
      …
      १,
      आकाशमा बादलको घेरो
      जलिरहेको दुखित मन
      निको भएन मेरो ।
      २,
      दिल भयो पिरो
      कसैको नराम्रा वचनले
      परेको छ चिरो ।
      ३,
      सहयोग गर्छु भन्नेहरू
      दुःख परेको बेला
      हेरेनन् कोही अरू ।
    • डिल्लीराज ‘राजेन्द्र’ भुसाल, सन्धिखर्क – २, कुर, अर्घाखाँची
      …
      १,
      जो छ नकारात्मक
      बानी परेर होला
      देख्दैन कहिल्यै सकारात्मक ।
    • प्रेम थापा “मन”, बागलुङ
      …
      १,
      चारैतिर डुबानको भुमरी
      खसेनन् नजर कसैको
      बन्दैन मुलुक नसुमरी।
      २,
      ऋणको भारी बोकाएर
      छन् नकचरा शासक
      जन्मन नपाउँदै टोकाएर।
      ३,
      मुलुक जालमा फसेको
      शासक प्रशासकका घेरामा
      अहम्ताको बन्धनले कसेको।
    • घनश्याम पन्त, हरिवन सर्लाही
      …
      १,
      परदेशमा पुग्यो तन
      खै किन हो ?
      यतैतिर अल्झ्यो मन !
    • सुरेश कार्की
      …
      १,
      जान्न रमाइलो मेला
      विकृतिको जुहारी चल्छ
      जन्मभूमि रोएको बेला ।
      २,
      नराम्रा मात्र छानिन्छ
      सरकार कसका लागि ?
      राम्रालाई छेलो हानिन्छ ।
      ३,
      रहेन मेरो देश
      कुपात्रको रजाई भो
      सकियो भाषा, भेष ।
    • ऋजु दिल्पाली, इटहरी – १, सुनसरी
      …
      १,
      घामको किरणले छुँदैन
      सम्बन्ध हिउँ भएपछि
      न्यानो कहिल्यै हुँदैन ।
      २,
      हिउँद अनि बर्खा
      सुखदुःख जस्तोसुकै होस्
      घुमिरहन्छ जिन्दगीको चर्खा ।
      ३,
      सीप कलाको चासो
      खासै गर्दैनन् मान्छेले
      लगाउने हुन्छन् आगो ।
    • पृथक प्रकृति, झापा
      …
      १,
      मनको कुरा लेखेर
      कसले पो यहाँ
      आएको हुन्छ देखेर।
      २,
      नेताहरू कराउँछ अहिले
      देशको सान आउँदा
      हराउँछ यहाँ जहिले।
      ३,
      गरिबको रगत लिएर
      लाज पनि पचाएर
      आनन्द मनाउँछ पिएर।
    • नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत
      …
      १,
      जीवन जात्रा देखिन्छ,
      सङ्घर्ष सधैँभरि गरे,
      आफैँ भाग्य लेखिन्छ ।
      २,
      ज्ञानको भण्डार पाउने ,
      सच्चा गरे कर्म
      सधैँ सुमार्ग धाउने।
    • दुर्गा आचार्य, मोरङ
      …
      १,
      कतर्नो बोकेर गोजीमा
      निस्कन्छन् हाम्रा भनाउँदा
      आफ्नो बन्धुत्वका खोजीमा ।
      २,
      खाने बेलामा मिल्छन्
      आफूलाई ठानेर असल
      सिद्धान्त विचार निल्छन् ।
      ३,
      गोहीका बगाइ आँसु
      मानव सेवाको नाममा
      खान्छन् यिनले मासु ।
    • रामप्रसाद पुरी, बादेल, खोटाङ
      …
      १,
      बर्सियो साउने झरी,
      चुहियो खरको छानो,
      ओत लाग्ने कसरी ?
      २,
      नराम्रो देखेँ सपना,
      बढ्दै गयो खुल्दुली
      कतै नहोस् घटना ।
    • भुपेन्द्र राना मगर, धादिङ
      …
      १,
      नाङ्गो देश हाम्रो
      सबै मिलेर बनाऔॅं
      उर्वर स्वच्छ राम्रो।
    • बिके मुखिया, दार्जिलिङ, भारत
      …
      १,
      बगेको खोला फर्किॅंदैन
      कुनै कुरा सिकाउन
      विद्वान् मान्छे झर्किॅंदैन ।
      २,
      संसारभर युद्ध चल्दैछ
      आफ्नै त्यो अहम्ताले
      साम्राज्यवाद अब ढल्दैछ ।
      ३,
      नमान्नु कहिले दुःख
      अप्ठ्यारा चुनौतीसँग लड्दै
      आउॅंछ एकदिन सुख ।
    • दीप गोले तामाङ, रौतहट
      …
      १,
      नबोलौँ कसलाई घोचेर
      पीडा हुन सक्छ ,
      हेरौँ एकपटक सोचेर ।
      २,
      मेरो मनको भित्र
      छुट्टै प्यार दिन्छु ,
      तिमीलाई प्रिय मित्र ।
      ३,
      जोडेपछि हामीले घरबार
      हेर्दै जानु तिमी ,
      झुपडी बन्छ दरबार ।
    • अमृत कोइराला, पोखरा -१८, चङ्खपुर
      …
      १,
      बाहिर वर्षे झरी
      पिरै पिरको भारी
      बोकेर मन खडेरी ।
      २,
      अब झुक्दैन शिर
      मन छ अस्थिर
      कुन खोज्नु भिर ?
    • इन्दिरा देवकोटा
      …
      १,
      खोज्दै जाँदा कविता
      संयोग पनि कस्तो !
      अकस्मात् भेटियो सविता ।
      २,
      भोकले भोजन माग्छ
      त्यसले त बेरोजगारी
      काम गर्न जाग्छ ।
      ३,
      साउन महिना आएको
      भक्तजनले आरधाना गरी
      शिवजीबाट आशीर्वाद पाएको ।
    • नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर
      …
      १,
      परिष्कार ल्याएर सोचमा
      पुर्‍याऔॅं झिल्का काव्यलाई
      देश, विदेशको खोचमा l
      २,
      रोएर केही मिल्दैन
      अल्छी गरेर बस्नेको
      ओठमा मुस्कान खिल्दैन l
      ३,
      बाँडेपछि ज्ञान बढ्छ
      थपक्क बसेर भुइँमा
      कोही भर्‍याङ चढ्छ ?
    • बाबुराम गौतम, गुल्मी
      …
      १,
      उकाली ओराली भनेको
      भिरालै भिरालो भेटाएर
      अविरल सङ्घर्ष गनेको ।
      २,
      हार मान्नेले हारे
      भविष्य खोज्दै जाँदा
      नमान्नेले उज्यालो पारे ।
      ३,
      समयले छानेर लान्छ
      जो चाहिँ सुरिलो
      उही छिटो तान्छ ।
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      …
      १,
      निकै चिन्ता भयो
      सरकार छ लाचारी
      धेरैको ज्यान गयो ।
      २,
      सन्तोषजनक छैन क्षतिपूर्ति
      दलाल राज्यसत्ताका नाइकेहरू
      लगाउँछन् अझै फुर्ती ।
      ३,
      चौबिस खर्ब भएको
      आर्थिक सङ्कट बढ्दै
      ओरालो हुँदै गएको ।
    • रवि पौडेल, दक्षिण भारत पाण्डेचरी
      …
      १,
      पीडाको पोको मनमा
      बोकेर कति डुलौँ ?
      बुझेँ सधैँको नियतमा ।
      २,
      आउॅंछु भन्छ जहिल्यै
      परै भागेर जान्छ
      बोल्दैन सत्य कहिल्यै।
      ३,
      मुन्टो लुकाएर हिॅंड्छ
      चाल उसको टेढो
      झुठको झोला भिड्छ।
    • हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा – १४, साँगाबजार
      …
      १,
      सिनो खान्छन् गिद्धहरू,
      द्वन्द देखिन्न उनीहरुमा ,
      खान मिलेका सिद्धहरू ।
      २,
      जिउँदो मार्न तागत
      छैन कौवा, गिद्धको
      सिनो गर्छ स्वागत ।
    • जी.वि.घोराही, दाङ
      …
      १,
      काग कराउॅंदा आँगनमा
      पर्खाइमा हुन्छु कसैको
      ढुकढुकी बढ्छ मनमा ।
      २,
      एक्कासी जोडिएको नाता
      पार्‍यो विचल्लीमा मलाई
      जीवनभरि भयो व्यथा ।
    • नन्दा धामी, नौगाड दार्चुला
      …
      १,
      दया भाव रहोस्
      सबको आँखामा बसूँ,
      जुगजुग नाम लियोस्।
      २,
      सपना तिम्रा देखूँ
      आजभोलि कुरा मिल्दैन
      तिम्रो लागि लेखूँ ?
      ३,
      पानीका थोपा टल्किरहेछ
      सिमसिम झरी सावनमा
      मनमा आगो सल्किरहेछ।
    • सुनगाभा पोखरेल, हाल : नेपालगन्ज
      …
      १,
      पल्टिन्छन् आफैँ जान्ने
      अर्काको सफलतामा आरिसेहरू
      छन् खुट्टा तान्ने ।
      २,
      अब बर्खा गयो
      अब यही नागपञ्चमीदेखि
      हिउँद सुरु भयो ।
      ३,
      देश भयो बेहाल
      विकासमा भने देशमा
      भयो कछुवाको चाल ।
    • अनिता भण्डारी, ताप्लेजुङ
      …
      १,
      मनमा नराख्नु विकार
      कसैको कुभलो नचिताउनु
      पर्लान् स्वयम् सिकार ।
      २,
      कसैमाथि नहोस् खेलबाड
      अरूलाई नङ्ग्याउन खोज्दा
      फुत्किएला आफ्नो कछाड ।
    • कृष्णकुमार वैद्य, बनेपा – ९, काभ्रे
      …
      १,
      हामी हौ मूलबासी।
      स्वतन्त्र भइ जिउनु।
      नबन्नु कसैको दासी।।
      २,
      शान्तिको अग्रदूत बुद्ध।
      मूलबासीको आधिकार पाउन
      लड्नेछौँ वैचारिक युद्ध ।
    • वेल थोकर तामाङ, बकैया _ ८, बस्तिपुर, मकवानपुर
      …
      १,
      परिचय दियौ दानवताको
      अरूको घर उजाडियो
      मुखौटा मात्र मानवताको ।
      २,
      चोट लाग्दैछ गहिरो
      कतै पहाड धस्कॅंदैछ
      कतै अतिक्रमणको पहिरो ।
      ३,
      चपरी चलाउनु माटोमा
      उठीबास लगायो नेताले
      चुहिॅंदो झरीमा बाटोमा ।
    • मोती योन्जन सुब्बा, दार्जिलिङ निमकी डाँडा, भारत
      …
      १,
      डुबान चारैतिर भयो
      बाढी पहिरो आउँदा
      कयौँको ज्यान गयो।
      २,
      लामो दूरी नजाऔॅं
      मौसम संवेदनशील भयो
      जोखिम त नउठाऔॅं ।
      ३,
      कसैको छैन भर
      न छ प्रकृतिको
      लाग्नुपर्छ अब डर।
    • सुरेशकुमार पाण्डे, घोराही – १८, दाङ
      …
      १,
      मनमा पिर पर्‍यो
      किसानको जीवन यस्तै
      बारीको कान्लो झर्‍यो ।
      २,
      सुस्तरी पवन आयो
      मेरो मनको पीडा
      सारा वायुमण्डलमा छायो ।
      ३,
      सम्पतिको के घमण्ड ?
      समय आएपछि जानुपर्छ
      पाइन्छ अवश्य मृत्युदण्ड।
    • शशीश्री आचार्य, बौद्ध कुमारीगाल काठमाडौँ
      …
      १,
      सूर्य उदायो पोल्यो,
      छहारी अति चिसिएर ,
      विलीन भएर बोल्यो ।
      २,
      काँध थापेर बोक्दा,
      थाकेर लखतरान पर्‍यो
      झल्यास्स गोली ठोक्दा ।
      ३,
      कहिले वजन थाम्नु ?
      थामिन्थ्यो सोझो गरे ,
      पर्‍यो गलतमा काम्नु।।
    • मनोहरी पौडेल, गैँडाकोट – १, मिलन टोल
      …
      १,
      गाउँको सम्झना आयो
      परदेशी हुनुको पीडाले
      अनयासै आँखा रसायो।
      २,
      छोडेर आउँदा गाउँघर
      यादले दिनहु सताउँदा
      लाग्दैछ फर्किने रहर।
    • पुरुषोत्तम फुयाल, खोटाङ
      …
      १,
      नदी तटमा घर
      बनाएर आफ्नै पेवा
      लाग्दैन भन्छन् डर।
      २,
      नियम बनाउने ठुलाठालु
      कालोलाई सेतो बनाउन
      हुन्छन् अति सिपालु।
      ३,
      नसोच्नु झिल्का झिल्किन्छ
      त्यस्तै परिस्थिति आए
      विराट रूप लिन्छ।
    • सतीश पण्डित ‘सिकारु’, भानु – ६, चुँदी, तनहूँ
      (हाल – चनपा – ६, मातातीर्थ काठमाडौँ)
      …
      १,
      दोषी म मात्र
      जुन कुरामा पनि
      नाटकको जस्तो पात्र।
      २,
      कस्तो संसारमा छु
      स्वार्थी, पापी सबै
      धर्तीको भारमा छु।
    • सावित्री प्याकुरेल, धादिङ
      …
      १,
      साहित्य झिल्लीले भरौँ
      हामी सबै मिलेर ,
      अघि अघि सरौँ ।
      २,
      मनमा सहयोगी हात
      हजुरबाट सुन्न पाइयोस् ,
      मिठो मिठो बात ।
      ३,
      पिपलसँग छ माया
      यो दिल दिएपछि,
      निष्ठुरीसँग बन्यो छाया ।
    • श्रीकृष्ण धामी, बझाङ
      …
      १,
      मुखले ठिक्क पार्छन्
      बाहिर बाहिर मान्छे
      कुरा अन्तै सार्छन् ।
    • बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’, कनकाई -४, झापा
      …
      १,
      गल्काउनु पर्छ पकाउँदा
      वृद्धले खाने आहार
      खान्छन् बिस्तारै फकाउँदा।
      २,
      पर्दैन शीर झुकाउनु
      सत्कर्म गर्दै हिँडेमा
      मिल्छ छाती फुलाउनु।
      ३,
      हुँदैन कसैलाई उल्काउन
      बेफाइदा हुन्छ आफैँलाई
      थालियो भने सुल्काउन।
    • अरुण कुमार भुजेल, गोरूबथान, कालेबुङ, भारत
      …
      १,
      सुटुक्क आएर बस
      अभिनय गर्छु निदाएको
      खसाऊ प्रेमको रस।
      २,
      रहरको ओखती खोज्दै
      जिन्दगी अझै भौँतारिरहेछ
      असल खराब रोज्दै।
    • होमप्रसाद नेउपाने, धरान, सुनसरी
      …
      १,
      अश्रुको सागर ढाकेर
      हाँस्दैछु म दुनियाँमा
      मुटुमा ढुङ्गा राखेर ।
      २,
      सुखले याद गर्दैनन्
      कसरी पार गर्नु ?
      दु:खका पहाडहरू छन् ।
      ३,
      गर्दैछन् आत्महत्या रहरहरू
      गरिबीको उखरमाउलो खडेरी
      प्यासी छन् खाडलहरू !
    • वसन्त अनुभव, घोराही, दाङ
      …
      १,
      माइती छ‍ोरीको लाख
      जस्तो भए पनि
      न्यानो आमाको काख !
      २,
      तिज तिहारको बेला
      रमाइलो हुन्छ माइती
      दिदीबहिनी जमघटको भेला !
      ३,
      चाम्रीक‍ो तलतली लाउँद‍ोरहेछ
      समुन्द्रपारि माइती छन्
      झलझली याद आउँदोरहेछ !
    • धनमाया चौधरी, कैलाली
      …
      १,
      कस्तो होला वर्ष ?
      बुझिन दिन गयो
      विष्मात या हर्ष।
      २,
      दु:ख, सुख हुन
      जीवनका यी सारथि
      पालैपालो आउॅंछन् जुन ।
    • शोभा आचार्य गौतम, काठमाडौँ
      …
      १,
      नेताले देश बिगार्ने
      जनता मासुमा बिक्ने
      कसले देश सपार्ने ?
      २,
      देशमा कुर्सीको लडाइ
      रातारात सरकार बदलिँदै
      मिलिजुली गर्छन् फटाइॅं ।
    • राजन दास, बिसरभोरा, धनुषा
      …
      १,
      अनुपम गाउँ सहर
      वरपिपलको छ चौतारी
      मनभित्र सौम्य रहर !
    • आर्त अकुलीन
      …
      १,
      मान्छे मान्छेमा हुने
      विभेद ठुलै विकृति
      संस्कृति त्यसै रुने ।
      २,
      अचेल बानी पर्‍यो
      एकार्कामा श्वास थप्ने
      फूल नफुलेरै झर्‍यो ।
      ३,
      शङ्काको सम्बन्ध घेरोभित्र
      आफैँ जेलिएर आएँ
      अरूलाई दोष मित्र !
    • ईश्वर साउद(भिक्षु ), रामारोसन – ६, अछाम
      …
      १,
      हँसिलो पारौँ शिर
      रमाऔॅं परिवारको साथमा ,
      लुकाई मनमा पीर ।
      २,
      मन हुन्छ थिर
      आफ्नो परम्परा जोगिन्छ ,
      बनाई खाँदा खिर ।
      ३,
      हर्षको निस्कन्छ नीर
      सफलता पाईन्छ एकतामा ,
      मन बन्छ थिर ।
    • सीमा कार्की समर्पण, मेलचोक पर्सा, नेपाल
      …
      १,
      सुदिन बिर्सँदै गइसक्यो
      दुखी थियो हिजोसम्म
      आज धनाढ्य भइसक्यो ।
      २,
      नभुल्नु विगतका बातहरू
      छैन जीवनको भरोसा
      ताली बजून् हातहरू ।
      ३,
      अहिले टाढा गयो
      हिजोसम्म काखमा थियो
      आजकल काँडा भयो ।
    • चुडामणी देबकोटा, पुरानो नैकाप, काठमाडौँ
      …
      १,
      पीडा धेरै भयो
      अचानोको पीर खुकुरीलाई
      नबुझी जिन्दगी गयो ।
      २,
      उमेर बितेर गयो
      केही सुकर्म नगरी
      व्यस्त जीवन भयो ।
      ३,
      अभिभावकले सबै ढाकेर
      कर्मलाई सहज बनाउँदा
      मिठो खाऊ चाखेर ।
    • भगवती दवाडी
      …
      १,
      नसकौँ अहिल्यै मसी
      सादा छन् पानाहरू
      पोतौँ पीडाका दसी ।
    • ताराप्रसाद चापागाईँ, धुनिबेसी
      …
      १,
      जमाना नक्कलीको भयो
      नोटको कारोबार सक्रिय
      सत्य दबेर गयो ।
      २,
      सत्ता फेरबदल किन ?
      नैतिक जिम्मेवारी कसको ?
      पर्दैन कारण दिन ?
      ३,
      सत्ताकब्जाको खेल भयो
      अचम्म गणितीय संविधान
      वेश्या बनेर गयो ।
    • प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे
      …
      १,
      बाढीले गर्‍यो सत्यानाश
      हुँदैन जस्तो लाग्छ
      अब धर्तीमा बास ।
      २,
      सधैँ पीडा मनभरि
      मन बुझाउनै सकिन्न
      म हाँसौँ कसरी ?
      ३,
      मृत्युको मुखमा पुगेर
      अब लडाइ नगर
      कति बाँचिन्छ हेर ।
    • ललिता गिरी, सिन्धुली (हाल – काठमाडौँ, नेपाल)
      …
      १,
      काटेर हातको नसा
      सबै राम्रो देखिन्छ
      मलाई लाग्यो दशा ।
      २,
      देखेको सबै हाम्रो
      यो लोभले गर्दा
      कहिल्यै भएन राम्रो ।
      ३,
      समयले चोट दियो
      अहिले अप्ठ्यारो अवस्थामा
      आफन्त पराई चिनियो
    • लक्ष्मण देउवा, डोटी (हाल – भारत चेन्नई)
      …
      १,
      रमाइलो भयो भनेर
      उकालो बाटो काटौला
      भिर पखेरी खनेर ।
      २,
      सम्बन्ध राम्रो बनाएर
      घरबार सफा सुन्दर
      आफन्ती साथ जनाएर ।
      ३,
      तीजमा माइत जानुछ
      रमाइ रमाइ नाचेर
      दर पकाएर खानुछ ।
    • अम्बिका अधिकारी, बिर्तामोड, झापा
      …
      १,
      झुठो प्रचार छरिॅंदैछ
      सरकारमा बस्नेले जहिल्यै
      गोजी मात्र भरिॅंदैछ।
      २,
      विश्वास कहिले नगर्नु
      मुखले ठिक्क पार्नेको
      भर कहिल्यै नपर्नु ।
      ३,
      जीवन सुस्तरी चलोस,
      अपमानित भएर बाँच्नु
      बरु मर्नु परोस् ।
    • कला ढकाल, झापा
      …
      १,
      पशुपतिनाथमा चलेछ जात्रा
      हुने दुई काज
      गरौँ सबै यात्रा ।
      २,
      अत्यास लाग्दो रात
      ओरालो पाइला लाग्दा
      पाइएन थाम्ने हात ।
    • मन्दिरा सेढाई, मलेखु, धादिङ
      …
      १,
      नेपाल सुन्दर देश
      विदेशीको देखासिकी गर्दै
      बदले भाषा भेष ।
      २,
      खोज्दै शीतलु छाया
      विदेशी भूमिमा बसी
      देखाउँछन् जन्मभूमिको माया।
    • कोपिला अधिकारी, गोरखा सिरानचोक
      …
      १,
      अचम्मको ढोँग नारीमा
      पतिव्रताको छ नाटक
      हरिया चुरा, सारीमा।
      २,
      पतिलाई धोकामा राखेर
      उपवासको नाटक गर्दछन्
      उनै महादेवलाई भाकेर।
      ३,
      चुर्लुम्म डुबेर नक्कल
      गर्दछन् आजका नारी
      आउँछन् कहिले अक्कल।
    • सरस्वती श्रेष्ठ, रुपन्देही, बुटवल
      …
      १,
      मनमा पिर पर्‍यो
      खेतीबारी सबै बाँझै
      भएकोमा पहिरो झर्‍यो ।
      २,
      कसरी जाऊॅं मेला ?
      नेताहरू भागबण्डामा व्यस्त
      देशमा सङ्कटको बेला ।
    • दुर्गा भट्टराई, मोरङ
      …
      १,
      दाजुभाइ जुधाएर भयौँ
      एकजुट तैपनि सिद्धान्त
      मिल्दैन सरकारमा गयौँ ।
    • कविताहरी, सुन्दर हरैंचा – १, मोरङ
      …
      १,
      अपराध त्यो गर्छ
      दया छैन दिलमा
      रक्तकुण्डमा उही पर्छ ।
      २,
      दुखमा धैर्य गरौँ
      सधैँ सुख हुँदैन
      नापेर खोला तरौँ ।
      ३,
      देखेर अर्काको सुख
      दिनदिनै मन नदुखाऊ
      गहिरिन्छ अझ दुख ।
    • हिरालाल न्यौपाने, बानपा – ८, कोटमौला, सल्यान
      …
      १,
      हराउँदै गयो जवानी
      गन्दागन्दै दिनहरू हेर
      ओइलायो आफ्नो जिन्दगानी ।
      २,
      दिन,महिना ,साल
      कति चाँडै बित्यो
      पाइएन किन चाल ?
      ३,
      जवानीमा निकै रमाए।
      गए सबै छाडी
      बुढेसकालमा लौरो समाए।
    • रुना कर्माचार्य दाहाल, चितवन
      …
      १,
      कठै ! बुझाउने कसरी ?
      आफैँ शब्द बुझ्दिन,
      सत्य देखिन्न जसरी ।
    • लोक बहादुर छेत्री लामिछाने, मोदी -२, देउपुर, पर्वत
      …
      १,
      पालेर मनमा भ्रान्ति
      स्पष्ट भए हुन्छ
      हुँदैन कहिल्यै शान्ति ।
      २,
      रोजौं भोलिको बाटो
      जुटौँ मिलेर कर्ममा
      आपसमा नफेरौँ साटो ।
      ३,
      आत्मबल हो शक्ति
      सकारात्मक चिन्तन गरे
      चाहिन्न स्वार्थको भक्ति।
    • जयनारायण नेपाल, इलाम (हाल सूर्य विनायक २, बालकोट भक्तपुर)
      …
      १,
      आफ्ना संस्कारहरू मासिए
      सहरको रमझममा परेर
      युवाहरू उतै भासिए।
      २,
      कसरी भनौँ लेखेर ?
      विरक्त लाग्छ घरमा
      बाआमा एक्लै देखेर।
      ३,
      बाँझै छन् खेतबारी
      देशको अवस्था देखेर
      हुन्छ मन भारी।
    • सुन्दरी घिमिरे खतिवडा, सङ्खुवासभा
      …
      १,
      अवस्था देशको बेहाल
      युवा सबै विदेशतिर
      रित्तिने भयो नेपाल ।
      २,
      हटाऊ स्वार्थ पर
      अत्ति भयो नेताज्यू
      अब केही गर ।
      ३,
      व्यर्थ आँशु झार्नेले
      पार्न सक्छन् अफ्ठ्यारोमा
      मुखले ठिक्क पार्नेले ।
    • शान्ता पौडेल भट्टराई, टङ्कीसिनवारी, मोरङ

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविताLeave a Comment on साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २९ सम्पन्न

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २८ सम्पन्न

  • १८ श्रावण २०८१, शुक्रबार २२:०३ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको २८ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६३ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २८ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    …
    १,
    कुर्सी छोप्ने दाउमा
    जित्ने चाहनामा खेलाडीहरू
    निहुरिन्छन् ननिहुरिने पाउमा ।
    २,
    स्थलयात्रामा असुरक्षित हवाईयात्रामा
    पछ्यायो यमराजले जनतालाई
    ठुलाबडा नाचिरहेछन् जात्रामा ।
    ३,
    मेहनत गरौँ पलपल
    रहॅंदैन समय आजको
    उज्यालो भेटिन्छ विनाअलमल ।

    • म्यामराज राई, भोजपुर
      …
      १,
      आँसुले भिजेको सिरानी
      भोग्दैछु जीवन अनौठो
      लाग्दैछ सबै बिरानी।
      २,
      सम्हाल्न नसकिने मन
      चरि बनेर उड्दै
      गर्ने कसरी जतन।
    • सङ्गीता खरेल, काठमाडौं
      …
      १,
      हवाईजहाज जोडजाड गरेको
      सायद पुरानो कवाडी
      मानिसहरू मृत्युमा परेको ॥
      २,
      तथ्य छान्दैन सरकार
      मख्ख भएर कुर्सीमा
      किन अरूको दरकार ॥
      ३,
      कस्तो जमाना आयो
      कोही मरीमरी काम
      कुनैले बसीबसी खायो ॥
    • गुणनिधि घिमिरे अमेरिका
      …
      १,
      गाह्रो खुट्टा जमाउन
      कर्मठ सफल हुने
      आलस्य पर्दछ धपाउन ।
      २,
      पार लाग्नेछ मुश्किल
      साथ मिल्ने प्रभुको
      कर्मठ कर्ममा लगनशील ।
      ३,
      निमुखालाई हुँदैन सताउन
      किन दुःख प्रभुलाई
      पर्दैन खोली बताउन ।
    • कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी
      …
      १,
      नपाउन्जेल कुरा काट्छन्
      सत्ताका निमित्त राजनेताहरू
      थुकेको थुक चाट्छ्न् !
      २,
      चासो चिन्ता छैन
      मरून् या बाँचून्
      ढुङ्गो बोल्ने ह्वैन ।
      ३,
      पलपल मर्दैछन् आसहरू
      हिँड्दाहिँड्दै पोखिन्छन् किन
      आजकल जताततै सासहरू !
    • वसन्त अनुभव
      …
      १,
      कुर्सीमै हुरुक्क नेताहरू
      बाहिर त्यस्तो नहुने
      देशमै नबसून् बरु ।
      २,
      देखिएन सुरक्षित हवाईजहाज
      ज्यान जोखिम सदा
      छैन तिनीहरूलाई लाज।
      ३,
      सिकाएर सिक्दैनन् हाम्रा
      गोलमटोल गरी चल्दैछन्
      कति धेरै चाम्रा ।
    • अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१
      हालः-अमेरिका,बोस्टन।
      …
      १,
      उसले पाउन मलाई
      अनेक बहाना बनायो
      भन्ने मैले कसलाई?
      २,
      मैले विश्वास गरेँ
      मेटेर गयो प्यास
      अहिले बिचल्लीमा परेँ।
      ३,
      थिइन् कत्ति सोचेको
      गर्ला यस्तो भनेर
      अहिले पीडाले घोचेको।
    • सतीश पण्डित, भानु ६ चुँदी तनहूँ
      हाल चनपा ६ मातातीर्थ।
      …
      १,
      विघ्न देशमा हरपल
      निदाए कुर्सीमा बस्ने
      त्यसैको नित्य छलफल ।
      २,
      सबैको निद हरायो
      देश भो शोकाकुल
      निर्लज्ज कुर्सीमै रमायो ।
    • कमल प्रसाद बगाले रेग्मी, वालिङ्ग बजार स्याङ्जा
      …
      १,
      जीवनमा भयो घात
      बाध्यता परदेश जानुपर्ने
      धिक्कार नेपालीको हात।
      २,
      फोनमा गरौँला बात
      छुट्यो हाम्रो अन्त्यमा
      आँसु पुछ्ने हात।
      ३,
      एउटा मुटु कसाएँ
      कसैले भनेको टेरिनॅं
      आफूले आफैँलाई फसाएँ।
    • चुडामणी देबकोटा, पुरानोनैकाप काठमाण्डौ
      …
      १,
      लाग्छ मलाई डर
      मर्ने चोलाको कुनै
      हुँदैन रहेछ भर |
      २,
      कोही जलेर मरे
      नगरी नहुने यात्रा
      कोही त्रिशूलीमा परे |
      ३,
      आफन्तको रुवाबासी भयो
      हराएका लास भेट्ने
      आशा मर्दै गयो |
    • सरिता सेढाई धादिङ
      …
      १,
      उपहास उपहार दिलाइ
      बाँच्न बाध्य बनाउँछ
      आफ्नो कसम खुवाइ ।
      २,
      पटक्कै बोल्न नखोजेको
      पीडित पुरुषलाई सोघ
      किन मौनता रोजेको ?
      ३,
      पर्खि बस है
      म अझै बसिरहे
      सोझो मन कठै!
    • दिवाकर चाम्लिङ्ग राई, खर्साङ्ग , दार्जीलिङ
      …
      १,
      बेकाम बढी बोलिरहने
      सोझो जनता जहिले
      सधैँ पानीमा घोलिरहने ।
      २,
      संविधान मान्नू, सबैले
      नेता होस् जनताले
      लोकलाई नबिर्सनू, कबैले ।
      ३,
      प्राचीनको सम्झॅंदै वीरगाथा
      काँतर छोटे राजाहरू
      लेखाऔॅं ! नूतन वीरता ।
    • राजन घले, धार्चे-६ गोरखा
      …
      १,
      कालो धुवाँ आयो
      हेर्दाहेर्दै जहाजमा सबैलाई
      पापी आगोले खायो ।
      २,
      मीठा गर्दै कुरा
      गन्तव्यमा पुग्ने सपना
      भए सबै अधुरा ।
      ३,
      सुन्दा मन रुन्छ
      हाम्रो देशमा दुर्घटना
      कहिले अन्त्य हुन्छ ?
    • अनिता भण्डारी ताप्लेजुङ
      …
      १,
      कस्तो छ दाउ ?
      हेरिरहेको त्यो बेलामा
      नपर मेरो पाउ।
      २,
      महँगो भयो सुन
      गरीबको चाह होइन
      सस्तो छ नुन।
      ३,
      मैला भयो सहर
      उतै पो रूचाउँछन्
      गाउँमा छैन नहर।
    • नीमा छिरिङ भोटिया, जलढका कालेबुङ
      …
      १,
      जनता दुर्घटनामा मरेको
      नेतालाई मतलब छैन
      देश शोकमा परेको ।
      २,
      प्रिय ! नहुनु टाढा
      विगतलाई बिर्सेर फेरि
      सम्बन्ध बनाऔॅं गाढा।
      ३,
      आसहरू मरेर गए
      गन्तव्यमा पुग्न नपाउँदै
      जिन्दगी सकिने भए ।
    • राज कुमार राजभण्डारी खोटाङ्गे
      मध्यपुर ठिमी ५संगम काेलाेनी राधे राधे भक्तपुर ।
      …
      १.
      भएन कुनै लाज
      कुर्सीमा बस्ने जनको
      राम्रो भएन काज ।
      २.
      देश लाग्यो अधोगति
      खाने पिउने रमाउने
      बिग्रियो नेताको मति ।
      ३.
      देश जनताको पीर
      भएन बरै कसैलाई
      झुकाए नेपालको शिर ।
    • डिल्लीराज (राजेन्द्र) भुसाल, सन्धिखर्क-२, कुर, अर्घाखाँची
      …
      १,
      कस्तो घटना घटे
      कमजोर सुरक्षा संयन्त्र
      ढिलो नगरी खटे ।
      २,
      कहिले दुर्घटना सडक
      कहिले हुन्छ आकाशमा
      देखियो नेताहरूको तडकभडक ।
      ३,
      ज्यान गयो अहिले
      रोकथामका उपायहरू छन्
      नियन्त्रण हुन्छ कहिले ?
    • रबि पौडेल ,दक्षिण भारत पाण्डेचरी
      …
      १,
      आफ्नालाई गर्छन् काखा
      यो कस्तो गणतन्त्र
      अरूलाई गर्छन् पाखा ।
    • प्रेम थापा “मन”बागलुङ
      …
      १
      पराकाष्ठा लिप्त सत्ताको
      लाजमर्दो देख्ने सुन्नेलाई
      दुरुपयोग धर्म भत्ताको ।
      २.
      माया ममता हरायो
      बोल्यो बिनाअर्थ हावा
      न्याय सत्य डरायो ।
      ३.
      लाजमर्दो इन्द्रिय छोपौँ
      भुलेर फेरि हामीले
      यस्तो विषवृक्ष नरोपौँ ।
    • रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
      …
      १,
      गर्दिन तिमीलाई छल
      माया दिन्छु सधैँभरि
      डटेर हरेक पल ।
      २,
      सुनसान यो रातमा
      केही थियो खास ,
      तिम्रो त्यो बातमा ।
      ३,
      डुबेर आजभोलि मायामा
      विश्वास लाग्दैन आजकल ,
      आफैँलाई आफ्नै छायाँमा ।
    • अमृत कोइराला, पोखरा -१८,चंखपुर
      …
      १
      गरेर जस्तो कर्म
      उस्तै हो पाइने
      मानव सेवा धर्म !
      २
      चेतनशील मानिसको जात
      सारा काम विकासका,
      चिन्तन गर बात !
    • आर्त अकुलीन
      …
      १,
      जताततै आँसुको भेल
      घटनाको रूप ठूलो
      हिंसा भएर जेल ।
      २,
      सपना ठुलो झुकेर
      शहर घिनलाग्दो भयो
      अनैतिक काम लुकेर ।
      ३,
      चिन्ता बेरोजगार भयो
      परिश्रम पसिनामा तौले
      ऋण बोकेर गयो ।
    • अम्बिका अधिकारी, झापा बिर्तामोड
      …
      १.
      त्रिशूलीमा बसको नाश
      बेलामै होस् नपुग्दा
      धेरै जनताको लास।
      २,
      देशमा रगतको खोली
      पोखरा जानेहरूको छैन ,
      फर्कने बेला बोली ।
      ३,
      पीडाको सधैँ सामना
      भरोसा छैन भगवान् ,
      लास जलाउने जनता ।
    • श्रीकृष्ण धामी – बझाङ
      …
      १,
      उड्दा भूईॅंमा खस्ने
      हिँडेर पुग्न गाह्रो
      गुड्दा नदीमा पस्ने।
      २,
      जागौँ सबै जागौँ
      घटनाबाट असल शिक्षा
      लिनेतर्फ अब लागौँ ।
    • बिके मुखिया, दार्जीलिङ, भारत
      …
      १,
      छन् नेता गफाडी
      जनता रमितेमा ठिक्क
      उडाउॅंछन् जहाज कवाडी ।
    • जीवनाथ लामिछाने
      …
      १,
      प्रकृतिको अनौठो खेल
      हराए सबै मुस्कान
      रोकिएन आँसुको भेल।
    • तोया नाथ चापागाईं, दमक,झापा
      …
      १,
      ठूला कुरा गरे
      यिनले सदनमा बसेर
      गोजी मात्र भरे।
      २,
      भागबन्डामा छन् लागेका
      दलाली भ्रष्टाचारी नेता
      जिम्मेवारबाट चाहिॅं भागेका ।
      ३,
      अकालमा धेरै मरे
      बाढी, पहिरो भवितव्यंको
      चेपुवामा गरिब परे।
    • कला ढकाल झापा
      …
      १,
      नेताले खुसी मनाउॅंदैछ
      रोइरहेकी त्रिशूलीमा हेर।
      बर्सेनि लाचारीपन गनाउॅंदैछ ।
    • वेल थोकर तामाङ, बकैया _८ // बस्तिपुर// मकवानपुर
      …
      १,
      सुरक्षित छैन यात्रा
      आकाश या जमिन
      नेताहरूको भयो जात्रा !
      २,
      सपना सपनै भयो
      मूल्य ट‍ोक्छन् मान्छेको
      आशा निराशामा गयो !
      ३,
      आँशुको भयो ताल
      पुछेर पुछ्नै नसकिने
      देशको भयो बेहाल ।
    • धनमाया चौधरी कैलाली
      …
      १,
      जाऊॅं गुडेर सरर
      भरोसा टुट्न थाल्यो
      कसरी परौँ भर ?
      २,
      यहाँ भरोसा केमा ?
      सबै ढोडको लौरो
      मर्दै गयो आशा ।
      ३,
      जिन्दगी हाम्रो छोटो
      संरचना सबै जीर्ण
      देखेँ व्यवस्थामा खोटो ।
    • हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ साँगाबजार
      …
      १,
      समयले गऱ्यो छल
      मलाई किन यसरी
      रुनु परेको पलपल ।
      २,
      मानेको छैन हार
      पुग्नु छ गन्तव्यमा
      कठिनाइहरू गर्दै पार ।
      ३,
      मेरा जहिले महान्
      हुनुहुन्छ बाबाआमा नै
      सबभन्दा ठुला भगवान् ।
    • अनिता कार्की, पाँचथर
      …
      १,
      राम्रो कर्मको फल
      जहिल्यै हुन्छ राम्रो
      गर्नु त्यसैमा बल ।
      २,
      हाँसो हराउँदै गयो
      प्रविधिमा विकृति आउँदा
      हाय ! हुनसम्म भयो!
      ३,
      समाधान हुँदैन हेर
      आधार राम्रो नहुँदा
      हिॅंड्ने बाटो फेर ।
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      …
      १,
      हिॅंड्छ दुईचुल्ठी बाटेर
      विचरा खान्छ घ्यू
      छिमेकीसँग ऋण काटेर ।
      २,
      खाऊ अमिलो साँधेर
      घाँस खुवाऊ अब
      नेतालाई दाम्लोले बाँधेर ।
      ३,
      छैन भनेर धन
      हीनता बोध गर्दै
      रुवाएको छ मन ।
    • दीप गोले तामाङ, पौराई , रौतहट
      …
      १,
      गयो जनताको सपना
      शक्तिमा भए सबै
      लुटाहाको मात्रै थपना।
      २,
      देश राजनीतिले खायो
      राम्रा मान्छे पाखामा
      अपाङ्गको दिन आयो।
      ३,
      जनतालाई भ्रम पारेर
      जेलमा कैदी बनी
      बसेका मान्छे मारेर।
    • शङ्कर कार्की, मकवानपुर
      …
      १,
      बाँचुन्जेली तेरोमेरो सुनाउॅंछन्
      गाह्रोसाह्रो पर्दा मनमा
      नानाथरी नाटक देखाउॅंछन्।
    • सुनगाभा पोखरेल, नेपालगन्ज
      …
      १,
      असारका खहरेहरू दर्बिला
      नेपालका नरपिपासु नेता
      मन्त्रालय भेटेपछि गर्विला।
      २,
      रगत उम्लियो जिम्लियो
      जनताका नयनमा आँसु
      सरकारले आँखा चिम्लियो।
      ३,
      कुराले नेपाल टल्कने
      मनमा धमिलो भावना
      अनुहारमा अपराध झल्कने।
    • घनश्याम पन्त, हरिवन सर्लाही
      …
      १,
      परिवर्तनशील मौसमी खेल
      जाडो, गर्मी, वर्षा
      शित, पसिना, भेल।
    • सरस्वती श्रेष्ठ रुपन्देही बुटवल।
      …
      १,
      नगरौँ सधैँ बकबास
      कामको जीवन हाम्रो
      काम हुन्छ खास।
      २,
      रमाइलोका लागि बनायौँ
      उपहास गरे सबैले
      त्यसैले हण्डर खायौँ।
      ३,
      प्रकृति समाज हाम्रो
      डाँडा पाखा मिलेछ
      चारैतिर भयो राम्रो।
    • सुरेशकुमार पाण्डे दाङ घोराही १८
      …
      १,
      समवेदना दिलमा बस्छ ।
      माया समवेदना नभए
      मानिस जङ्गल पस्छ ।
      २,
      मुलीको चोट कति ?
      चाहन्छ सबै सन्तान
      उठून् आकाश जति ।
      ३,
      सकेजति बाआमाले गरे
      पछ्याउँदै गन्तव्य समृद्धि
      भेटेनन् पथमै मरे ।
    • हिरालाल न्याौपाने, बानपा ८,कोटमौला, सल्यान
      …
      १,
      ठूलाहरूलाई फरक पर्दैन
      परोस् सानाहरू दुर्घटनामा
      सुधारको पहल गर्दैन।
      २,
      को अघि सर्ने?
      अस्तव्यस्त यो व्यवस्था
      कसले परिवर्तन गर्ने?
      ३,
      युवावर्ग सचेत हुनु
      असल कर्म गरेर
      सबैको मन छुनु।
    • अरुण कुमार भुजेल, गोरूबथान,कालेबुङ,भारत।
      …
      १,
      बिग्रेको जहाजको भर
      कसरी गरौँ यात्रा
      मनमा सधैँको डर ।
      २,
      सबैको चिन्ता बेरोजगार
      सरकार स्वार्थी हुँदा
      परिश्रम भो बेकार ।
    • दुर्गा भट्टराई, मोरङ
      …
      १,
      मुखमा रसिलो बात
      मिठो वचन बोलेर
      कतिलाई गर्छौ घात ।
      २,
      एकल निर्णय भट्याउन
      सक्तिन शायद साथी
      थाल्दछ मस्तिष्क टट्याउन ।
      ३,
      एकल निर्णयको पाटो
      माथि उक्लन्न साथी
      लिँदछ पतनको बाटो ।
    • मोती योन्जन सुब्बा, दार्जिलिङ निमकी डाँडा।
      …
      १,
      नौ शब्दको बेलो
      छोपेर गर्छु प्राय:
      झिल्का काव्यको खेलो l
      २,
      पिएर साहित्य सुधा
      मेटाउन मन लाग्छ
      अन्तर मनको क्षुधा l
      ३,
      झिल्का सर्वत्र फैलियो
      यसको विस्तारले गर्दा
      मनको विकार थैलियो l
    • बाबुराम गौतम, गुल्मी
      …
      १,
      कुरो भयो ठुलो
      पचाउन कठिन हुने
      एउटै बाहिर दुलो ।
      २,
      सिंहासन ठुलो मानी
      हिडिरहे नेताहरु देशमा
      कुर्सीमा फाइदा जानी ।
      ३,
      पचाएर यहाँ लाजसरम
      हिॅंड्नै पर्‍यो अघि
      नहिॅंडी के गरम ?
    • ईश्वर साउद, रामाराेसन गाउपालिका ६ सुदेरपश्चपम अछाम
      …
      १,
      मन बेस्सरी बहकिन्छ
      थाहा छैन कुनदिन
      अकालमा ज्यान सकिन्छ।
      २,
      चुँडियो दिलको तार
      केवल एक्लो जिन्दगी
      छैन बाँच्ने आधार।
    • साबित्री प्याकुरेल,धादिङ्ग।
      …
      १,
      बाँच्छन् दुश्मन बनी
      कसैको स्वार्थको विरुद्धमा
      उभियो भने पनि ।
      २,
      याद आउँछ अतित
      प्रसङ्ग मिल्यो भने
      यसर्थ नबनोस सङ्गीत ।
      ३,
      दुर्घटनाको दुर्घटना लगातार
      नितान्त लासहरूमा पनि
      भेदभाव गर्छन् सरकार ।
    • पृथक प्रकृति ,झापा
      …
      १,
      पर्दिनँ कसैको पाउमा
      आफ्नो लगानी गर्छु
      छर्दिनॅं नुनचुक घाउमा ।
      २,
      आकाशमा उफारेर थचारेछ
      दैवले पनि विचित्रको
      सबैलाई अग्निमा पछारेछ ।
      ३,
      कोसिस गर्दै गएमा
      मान्छेले माला पहिरिन्छ
      हिम्मत साँच्ने भएमा ।
    • नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर
      हाल एनेलकुटी, सिरहा ।
      …
      १,
      बितिगयो बित्ने कुरा
      सरकार, अब त
      दायित्व गर पुरा ।
    • लक्ष्मी रिजाल, कञ्चनरूप १२, प्रगतिटोल, सप्तरी ।
      …
      १,
      बिलायो मेरो धन
      लग्यो दैवले चुँडी
      विच्छिन्न भयो मन ।
      २,
      दैवले गर्‍यो लीला
      सम्हानु पर्दछ परिस्थिति
      धैर्यले बस शिला।
      ३,
      दैवको हो लीला
      सहेर बसेकी छु
      ठोकेर मुटुमा किला ।
    • प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे ।
      …
      १,
      असली पृर्थ्वीको रूप
      राम्रो जोगाए पछि
      आउॅंछ कसरी हुप ?
    • लोकबहादुर क्षेत्री लामिछाने
      …
      १,
      साउनमा लाउनेको कुरा
      नभएको परम्परा चलाए
      हरिया परिवेष्टनीय चुरा ।
      २,
      सोमबार मन्दिर धायो
      दिनभरि भोकभोकै बसे
      बेलुकी सेलाइन लायो ।
    • कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
      …
      १,
      उडाउॅंछन् पुराना जहाज
      ज्यान जान्छ निर्दोषको
      छैन सरकारलाई लाज ।
      २,
      बसयात्री त्रिशूलीले बगाउॅंछ
      फरक होला जहाजमा
      आधा झन्डा झुकाउॅंछ ।
    • भुपेन्द्र राना मगर, धादिङ
      …
      १,
      राजनीति भयो भत्ताको
      जनताको वास्तै छैन
      लडाइ हुन्छ सत्ताको !
      २,
      कलङ्क लाग्छ नाउॅंमा
      नैतिकता सबै गुमाउँदा
      कसरी बस्नु गाउॅंमा !
      ३,
      गएको इज्जत फर्कॅंदैन
      पराईसॅंग लम्पसार परेर
      अपराधको हुण्डरी तर्कॅंदैन ।
    • ऋजु दिल्पाली ईटहरी १ सुनसरी
      …
      १,
      विद्युत बक्यौता छुट
      जनतालाई करको भारी
      उद्योगीलाई सधैँ ब्रम्हलुट ।
      २,
      छैन धारामा पानी
      महसुल बक्यौता तिर्न
      भयो उपभोक्तालाई हैरानी ।
      ३,
      छैन कुनै राहत
      काला बजारीको बिगबिगी
      निरीह जनतालाई आहत ।
    • जयनारायण नेपाल, इलाम ,हाल सूर्य विनायक २ ,बालकोट, भक्तपुर
      …
      १,
      छैन कसैको भर
      जता जाऊॅं, उतै
      मनमा त्रास डर ।
      २,
      हुन्न देशको विकास
      जता बाढी, पैरो
      छैन केही निकास ।
      ३,
      कति डरमा बाँच्ने
      छैन कसैको भर
      किन पिर साँच्ने ?
    • दुर्गा आचार्य, मोरङ
      …
      १,
      मान्छे जन्मेपछि मर्छ
      तर आपत् परेर
      संसार छोड्ने गर्छ ।
    • भगवती दवाडी
      …
      १,
      आकाशमा उड्ने रहर,
      आजभोलि हराउन थाल्यो,
      धर्तीमा खतराका लहर।
      २,
      प्राविधिक अध्यावधिक छैनन्,
      तिनले धैर्यता गुमाएमा
      जनताका सुरक्षा हुँदैनन् ।
      ३,
      पाइलट इन्जिनियर पढेर,
      व्यवहारमा क्षमता नभए,
      आफैँ गइन्छ मरेर।
    • मनोहरी पौडेल, गैडाकोट २
      …
      १,
      बेसरी दुख्छ मन
      काम लाग्छ फालेको
      लाउनु हुँदैन वचन ।
      २,
      घुसखोरीको बगानमा चरेको
      पिउनदेखि सबै हाकिमसम्म,
      हुन्छन् शोषणमा परेको ।।
      ३,
      यमराजले प्राण हर्‍यो
      आकाशमा उड्ने चिलगाडीमा,
      कसको नजर पर्‍यो ।
    • सीमा कार्की समर्पण, मेलचोक पर्सा
      …
      १,
      नेताले खाएको देश
      निर्दोष र गरीबले
      झेल्नुपर्छ अदालत केस ।
      २,
      सकियो बितेका कुरा
      नेताले बोल्छन् मात्रै
      कहिल्यै गर्दैनन् पुरा ।
      ३,
      कर्तव्य काँधमा बोक्नु
      अघि बढिरहून् निरन्तर
      पाइला कहिले नरोक्नु।
    • ललिता गिरी सिन्धुली हाल काठमाडौं नेपाल
      …
      १,
      अर्काको भरमा पर्ने
      ठुलालाई केही हुन्न
      गरीब हुन् मर्ने ।
      २,
      मृत्युले विभेद गर्‍यो
      यहाँ ठूलालाई सम्मान
      गरीब त्यसै मर्‍यो ।
      ३,
      नेताको भरमा परेर
      आफैँ असुरक्षित भई
      जानु पर्ने मरेर ।
    • लक्ष्मण देउवा डोटी (हाल भारत चेन्नई)
      …
      १,
      गल्ती लुकाउन चलखेल
      कार्यकाल बिताउॅंछन् त्यसै
      सहनु कति जालझेल।
      २,
      जनताको गल्ती ठुलो
      बुझेरै भोट दिनाले ,
      राष्ट्रको भयो कुभलो।
      ३,
      मेहनती पात्र बनेर
      आफैँलाई दुःखी बनाइन्छ
      न्याय होला भनेर।
    • सुस्मिता अधिकारी ,काठमाडौँ
      …
      १,
      साधुको भेषमा आउॅंछन्
      लुटिलान्छन् देशको सम्पत्ति
      मानसम्मान तिनैले पाउॅंछन् ।
    • बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
      कनकाई ४ झापा
      …
      १,
      पापी समयको खेल
      लुटियो जीवन अकालैमा
      गरे परिक्षकले झेल।
      २,
      पेट्रोल रमाउँछ बल्न
      कवाडी जहाज उडाउँदा
      बाध्य भए जल्न।
    • कोपिला अधिकारी, गोरखा

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविता4 Comments on साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २८ सम्पन्न

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २७ सम्पन्न

  • ८ श्रावण २०८१, मंगलवार २३:०७ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको २७ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६२ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २७ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    …
    १,
    राई माइलाको गाउॅं
    कुर्सीमा लडाइॅं भइरहे
    उजाड बन्छ ठाउॅं ।
    २,
    ऊ मुस्कुराउनलाई मुस्कुराउॅंछ
    दुनियाँ छ बेमतलब
    दु:ख पसिनामा बगाउॅंछ ।
    ३,
    पाएमा अलकत्रा खान्छु
    सोचेँ, सित्तैको बेसाहा !
    मेहनतले दैनिकी धान्छु ।

    • म्यामराज राई
      …
      १,
      गर्नुगर्‍यो ऎनाले यार
      भ्रष्टाचारी खोज्दै थिएँ
      देखायो आफ्नै अनुहार !
      २,
      मिलेर खाउँ पालैपालो
      सकेसम्म छिराऔँ सत्तामा
      भाइ, भतिजा सालो !
      ३,
      गुन्डागर्दी एउटै नीति
      पार्टी झन्डा अलगअलग
      भ्रष्टाचारको बस्यो थिति ।
    • वसन्त अनुभव, घोराही उपमहानगरपालिका १४ दाङ
      …
      १,
      स्वार्थ बाँडेर पालो
      राष्ट्रिय सम्पत्ति सके
      खान गर्छन् हातेमालो !
      २,
      बाढी पहिरोले सताएको
      राहत दिनु छैन
      मुखले मात्रै बताएको ।
      ३,
      राज्यसत्ता दलाल भयो
      आर्थिक उन्नति छैन
      ऋण बढेर गयो ।
    • रबि पौडेल ,दक्षिण भारत पाण्डेचरि
      …
      १,
      गरौँ आफैँले हिम्मत
      नजान्दाको परिणामले यहाँ
      नहोस् कसैको हबिगत।
      २,
      आँट गर्दको परिणाम
      एकदिन सफल भई
      अनि बन्छ काम।
      ३,
      भइन्छ गर्दागर्दै सफल
      एक पटक बिग्रिॅंदैमा
      नगरौँ है अदलबदल।
    • अर्जुन प्रसाद चौलागाई, रामेछाप-सुनापति-१
      हाल:-अमेरिका, बोस्टन
      …
      १,
      पीडित जनता मरिरहे
      छैन सरकारको ध्यान
      सत्ताको पिर परिरहे ।
    • वेल थोकर
      …
      १,
      खोज्दा देशको पहरेदार
      भाग बाली संसदमा
      भेटिए विदेशीको यादगार ।
      २,
      कता खोज्ने बास
      मानिस जता गयो
      उतै खोसियो गाँस।
      ३,
      जति भागे पनि
      अगाडि ठिङ्ग उभिन्छ
      समस्या दर्शक बनी।
    • सुरेशकुमार पाण्डे दाङ घोराही १८
      …
      १,
      राम्रो हुँदा तानातान
      बिग्रियो परिस्थिति अब
      ढुङ्गा मुढा हानाहान ।
      २,
      हुँदाहुँदै बिगार्यौ मति
      अब भन कसरी
      सुधार्छौ यो गति ?
    • अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन न.पा. – ६ संखुवासभा
      …
      १,
      हाम्रा सबै गाउँ
      सत्तामा होडबाजी चलिरहे।
      उजाड हुनेछन् ठाउँ!
      २,
      कामको कर्म गर
      सानोतिनो भन्दैन कामल।
      कर्ममा भर पर।
      ३,
      संसार जाली भएछ
      लुटपाट कमिसन खानेलाई!
      देशमा ताली गएछ।
    • बेदु न्यौपाने
      …
      १,
      मेरो प्यारो आदर्श
      भुल्न कहाँ सकिन्छ
      सम्झिॅंदा मनमा हर्ष ।
      २,
      सकेसम्म हिम्मत गर
      हातमा सीप भएपछि
      पर्दैन कसैको भर ।
      ३,
      साउन महिनाको संस्कार
      बुझ्नु केही छैन
      देखासिखी बन्यो आधार ।
    • लक्ष्मण देउवा डोटी, हाल भारत चेन्नई
      …
      १,
      देश लुट्नेको होडबाजी
      कतै छैन सुशासन
      उस्तै सबै पाजी।
      २,
      उठ युवा अब
      राष्ट्र बर्वाद भो
      राष्ट्र बन्छ तब।
    • तेजप्रसाद खनाल, लमही दाङ
      …
      १,
      प्रतिभा योग्यता छोडेर
      भाइ भतिजा भन्नेलाई
      सम्मान हात जोडेर ?
      २,
      प्रतिभाको गला कस्नेहरू
      ह्वास्स काखी गनाउँला
      काखीको न्यानोपनमा बस्नेहरू।
      ३,
      घर फर्की आए
      उजुरी सुन्ने हाकिम
      हिलोमा लतपत पाए ।
    • दिवाकर चाम्लिङ्ग राई, खर्साङ्ग ,दार्जीलिङ
      …
      १,
      गर्नुछ असल कर्म
      इमानदार राष्ट्रसेवक बने
      हुनेछ ठुलो धर्म ।
      २,
      देशमा बिग्रियो थिति
      सत्ता आलापालो गर्ने
      नेताले बनायो नीति ।
      ३,
      पालोपालो सत्ता चलाऔॅं
      जनताले जेसुकै भनून्
      कुकर्मको फायल जलाऔॅं ।
    • राज कुमार राजभण्डारी खोटाङ्गे
      मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर ।
      …
      १,
      लुट्नसम्म त लुटे
      शक्तिको आडमा भएर,
      निर्दोष बनी छुटे ।
      २,
      रजाइँ तिनकै भयो
      जसले बदमासी गर्दै,
      सत्तामा आज गयो।
      ३,
      थालेका छन लुट्न
      अनुहार मात्रै फरक,
      सिपालु गफ चुट्न।
    • शंकर कार्की, मकवानपुर ।
      …
      १,
      घोडाको हिँड्ने चाल
      अनौठो लाग्ने सबैलाई
      पहाडमा उसको काल।
      २,
      बाध्नु मायाको डोरी
      कस्तो रमाइलो हुन्छ
      काली देखिने गोरी।
    • नवराज भट्ट, कञ्चनपुर
      …
      १,
      तिमीहरू कुर्सी तानातान,
      साच्चै भेडा बनायौ
      जनतालाई छैन सम्मान ।
      २,
      भगवान आमा मेरै ,
      खायो कि खाएन,
      पिर लिन्छिन् धेरै ।
    • भुपेन्द्र राना मगर, धादिङ
      …
      १,
      फुलेपछि फूल झर्नैपर्छ
      यी लेन्डुप दोर्जेहरुलाई
      देश निकाला गर्नैपर्छ ।
      २,
      गैरी खेत झरेर
      आउन सकिन प्रिय
      म बन्धनमा परेर ।
      ३,
      भाँडा राम्रो तामाको
      कहिले बिर्सन नसकिने
      माया मिठो आमाको ।
    • दीप गोले तामाङ, रौतहट
      …
      १,
      भ्रष्टाचार सबै नेताहरू
      कुनै अछुत रहेन
      चार दिवालभित्र केटाहरू ।
      २,
      देश लुट्नेको होडबाजी
      चमत्कार देखाउनुपर्छ हेर
      प्रथम हुनेभो काजी।
    • एवाइ प्रभात
      सहिदभुमि धनकुटा
      …
      १
      जनतालाई सधैँ पीरमा
      फेरबदलको यो राजनीति
      कहिले हुन्छ स्थिरमा।
      २
      जेष्ठ नागरिकले चलाउँदै
      देशको हविगत अब
      उठ्न नसक्ने थलाउँदै।
    • सङ्गीता खरेल, चन्द्रागिरी ८ काठमाडौँ
      …
      १,
      नदिने बज्यैले बार्छन्
      साँझ पर्यो भनेर
      चिम्टालाई चिम्टेले टार्छन् ।
      २,
      हेरेर मन बुझाउनेहरू
      घुटुक्क थुक निलेर
      कतिपय हुन्छन् झुक्याउनेहरू।
      ३,
      सावनमा वर्त बर्सेनि
      राल चुहाउँदै खानेकुरामा
      सिद्धि होला अनि।
    • दिल ठकुरी दार्जिलिङ
      …
      १,
      हरियो चुरा लाउँला
      व्रत बसेर सोमबारको
      मन्दिर हामी जाउँला ।
      २,
      जोगाउन गाह्रो सत्ता
      बढी पहिरोमा परेर
      जनता छन् बेपत्ता ।
      ३,
      राम्रो नाम कमाऔँ
      गुरुहरूको सम्मान गर्दै
      गुरु पुर्णिमा मनाऔँ ।
    • अनिता भण्डारी ताप्लेजुङ
      …
      १,
      सङ्कल्पमा प्रभु चयन
      कुकर्म गर्दा आफ्नै
      साक्षी हुने नयन ।
      २,
      सुकर्म मानवता धर्म
      परिश्रमको फल सुखदायी
      कल्याण हिन्दुत्व मर्म ।
      ३,
      दुष्टलाई प्रभुले दमन
      मरेर जाने चोलामा
      बेकारमा ईर्ष्या जलन ।
    • कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी
      …
      १,
      भयो सधैं हार
      लाग्छ मनमा छटपटी
      युद्द गरेछु बेकार।
      २,
      छैन मनमा शान्त
      जान मन लाग्छ
      खोजी ठाँउ एकान्त।
      ३,
      बन्नु असल साथी
      कोही छैन हजुर
      ईश्वरभन्दा त माथि।
    • काजल न्यौपाने, भोजपुर
      …
      १,
      सत्ताधारीको साझा अभ्यास
      राजनैतिक खेल खेल्दाखेल्दै
      देशको स्थिति सत्यानास ।
      २,
      अनुशासनको पद्धति नबसाएसम्म
      राज्य चलाउनेहरूको बेथिति
      हेर्दाहेर्दै लागिरहेछ अचम्म ।
      ३,
      प्रजातन्त्रवादका खोक्रा नारा
      स्वतन्त्र हुँदा निरङ्कुसताबाट
      ठगिँदारहेछन् जनता सारा ।
    • गुणनिधि घिमिरे, अमेरिका
      …
      १,
      त्रिशुलीमा पल्टेर गाडी
      नेपाली यात्रु बेपत्ता
      छामियो नेताको नाडी ।
      २,
      जनताको स्थिति बेहाल
      चालेनन् राम्रो चाल
      बुन्छन् षडयन्त्रको जाल ।
      ३,
      दुःखीले गरेर काम
      पर्याप्त पाएनन् माम
      कमाउँछन अरूले दाम ।
    • डिल्लीराज (राजेन्द्र) भुसाल, सन्धिखर्क-१, कुर, अर्घाखाँची
      …
      १,
      मध्यरातमा रुम मिलाए
      मुलुक उथलपुथल भएर
      कयौँ मानिसहरू बिलाए ।
    • नागेन्द्रप्रसाद यादव , दाङ
      …
      १,
      नगरे बादलले घात
      हेर्नेछु आज आनन्दले
      मैले जुनेली रात ।
      २,
      जून हेर्दै टोलाउँछु
      सानी तिम्रो सम्झनामा
      एकोहोरो मैले बोलाउँछु।
      ३,
      सगैँ जून हेरेको
      याद आयो आज
      तिमीले अङ्गालोमा बेरेको ।
    • अमृत कोइराला, पोखरा -१८, चंखपुर
      …
      १,
      जिन्दगीमा घाम पानी
      प्यारीको छैन यहाँ ,
      हेर्नुहोस् नराम्रो बानी ।
      २,
      आँगनमा सजाए फूलबारी
      तिमी मलाई भेट्न ,
      आऊ घरी घरी ।
      ३,
      गर्नु होला कर्म
      राष्ट्रसेवक नै भएपछि ,
      सुरक्षा ठूलो धर्म ।
    • श्रीकृष्ण धामी – बझाङ
      …
      १,
      त्रासित हरिणी सुन्दरी
      समाउन सकिन्थ्यो किन
      भाला सोझ्याउँछन् कठैबरी !
      २,
      आत्माको ज्योति चम्केको
      मानवका नष्ट हृदयहरू
      भाला खुकुरीमा लम्केको।
      ३,
      बुझेनन् सज्जनले समस्त
      प्रभातकी किरणमै धब्बा
      तर्कवितर्कमा छन् व्यस्त ।
    • घनश्याम पन्त, हरिवन सर्लाही
      …
      १,
      कुकुर बिराला देखेर
      आजै होसियार बनौँ
      जीवन गाथा लेखेर !
      २,
      तिमीले लेखेको कलम
      खुसीले मन सन्तुष्टि
      मलाई भयो मलम !
      ३,
      चौतर्फी गरेर छल
      तिम्रो भ्रष्ट मतिले
      गाउँघर बनायौ कल !
    • आर्त अकुलीन
      …
      १
      परिवर्तनशील हुँदोरहेछ समय,
      कस्तो जमना यो
      भाग्यो लाज, भय ।
      २
      सदन पनि कस्तो
      डाक बडाबड गर्ने
      लिलाम बजार जस्तो ।
      ३,
      गर्नै पर्यो कुरा
      माया अनि पिरतिका
      बोक्छ कुराको चुरा ।
    • दीपा समभाव, खोटाङ्ग
      …
      १,
      सारो राम्रो भयो
      ताला चाबी सबै
      चोरको हातमा गयो !
      २,
      मुखमा ताला लाऊँ
      निर्भय भै अब
      सबै मिली खाऊँ !
    • विवश पारदर्शी, झापा
      …
      १,
      परिश्रम गर्न नसके
      फलको आशा नगर्नु
      अरूको हेपाइमा नफसे ।
      २,
      फूलको बासना हुन्छ
      पुतलीले रस चुसेर
      असल व्यक्ति रुन्छ ।
      ३,
      राजनिती फोहोरी खेल
      मैदानमा लड्न सक्दैन
      कुर्सीमा सधैंभरि झेल ।
    • अम्बिका अधिकारी, झापा बिर्तामोड
      …
      १,
      बोकेर खोक्रो नारा
      सदन भित्र देखाउँछन्
      झुटो आश्वासन सारा।
      २,
      महॅंगीले जनता मर्दैछन्
      सरकार सत्तामोहमा परेर
      अन्याय धेरै गर्दैछन् ।
      ३,
      नेता सदनमा हल्लिएका
      सोझा निमुखा जनता
      कर तिर्नमा डल्लिएका।
    • कला ढकाल झापा
      …
      १,
      पेशा गर्छ चोर
      उसैको हुन्छ दिन
      कुरा गर्छ सोर !
      २,
      कोठाभित्रको त्यो राजनिती
      बुझ्नै सकेनन् कसैले
      कालो धन्दाको रणनीति !
      ३,
      टुक्केको कुरा टुक्कैमा
      कुरा गर्छ मुखैले
      विकास गर्छ मुक्कैमा !
    • धनमाया चौधरी, कैलाली
      …
      १,
      सधैं पीडा हत्तेरी
      असार गयो आयो
      साउने झरी फेरि!
      २,
      दाउरा , घाँस, पँधेरो
      गर्न गाह्रो बर्खामा
      मन हुन्छ अँधेरो!
    • साबित्री प्याकुरेल, धादिङ
      …
      १,
      यता लापत्तालाई खोज
      उता गर्छन् नेताहरू
      कुर्सीमा बसेर मोज ।
      २,
      नराम्रो देशको हाल
      एक आपसमा नेताज्यूलाई
      कुर्सीमा भयो मालामाल ।
      ३,
      राजनीतिक भो लुट
      राजा आऊ देशमा
      भ्रष्टाचारीलाई छानेर भुट ।
    • केसर बोहरा ( सङ्घर्ष ), सुदूरपश्चिम अछाम (हाल भारत)
      …
      १,
      मान्छेलाई जितेर भोकले
      युगौँ दास बनायो
      हैरानी थप्यो शोकले ।
      २,
      मोबाइल शत्रु बन्यो
      आफैंलाई बिर्सेर पो
      मान्छेले धरातल खन्यो ।
    • नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर
      हाल- एनेलकुटी, सिरहा ।
      …
      १,
      बाटो अवरुद्ध पहिरोले
      जतिसुकै ढ्याङ्ग्रो ठटाउनु
      सुन्दै सुन्दैनन् बहिरोले ।
      २,
      नगर्नु जाती जानाजानी
      बर्सातमा खन्याएको बजेट
      बेकार बालुवामा पानी ।
      ३,
      हुञ्जेल हेर्‍यो तमासा
      समयले नेटो काटेपछि
      हेर्दाहेर्दै पल्ट्यो पासा ।
    • कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
      …
      १ ,
      पोको खोलेर जोड्नु
      धोको पुर्याई सधैँ
      मित्रता कहिल्यै नतोड्नु ।
      २ ,
      जीवन हाम्रो छोटो
      सदा हाँस्नु खेल्नु
      लगाएर न्यानो भोटो ।
    • हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ साँगा बजार
      …
      १,
      चिन्ताले मन खायो
      श्रावणको भेलपछि अब
      भदौरे गर्मी आयो ।
      २,
      अखण्ड राष्ट्र रही
      नेपाली भएको गर्व
      हिमाल माथ सही ।
      ३,
      युवाका पाउ अडिए
      देशमा सुशासन आउने
      विगतका याद भरिए ।
    • भगवती दवाडी ,झापा
      …
      १,
      भयो मेरो हार
      दुःखी बने मन
      कसरी तर्ने जङ्घार ?
      २,
      मिठो बोली राम्रो
      हेरिरहेको तिमीलाई पनि
      कसरी बन्यो चाम्रो ?
      ३,
      संसारमा आएको माया
      भुलिदिने तिमी मलाई
      बनिरहन्छु तिम्रो छाँया।
    • नीमा छिरिङ भोटिया, जलढका कालेबुङ
      …
      १.
      झुटको खेती गरेर
      के पाउॅंछौ आखिरमा
      जान्छौ एकदिन मरेर।
      २.
      बिग्रेपछि सत्ता समीकरण
      जनतालाई गलाको पासो
      नेताहरूलाई पोषण भरण।
    • पुरुषोत्तम फुयाल, खोटाङ
      …
      १,
      अँध्यारोमा प्रकाश छर्ने
      गुरु टुकी हुन्
      अज्ञानीलाई ज्ञान भर्ने।
      २,
      धैर्यशाली हुन्छन् गुरु
      सहनशीलताका खानी पनि
      दिन्छन् ज्ञान खुरुखुरु।
      ३,
      आज्ञा गुरुको मानौँ
      माने गुरुको आज्ञा
      विद्वान बनिन्छ जानौँ।
    • सतीश पण्डित, भानु -६, चुँदी तनहूँ
      (हाल चनपा – ६ मातातीर्थ)
      …
      १,
      रगत पसिना बगाउँछु
      मेहनत गरेर म
      आफ्नै पौरखले रमाउँछु।
      २,
      हातमा मेहदी चुरा
      शिवको अर्चना गरेँ
      सपना भयो पूरा ।
    • प्रविना प्रयासी ओखलढुंगा
      …
      १,
      मुखले बरबराए भाइ
      विपरीत नगर्न भन्दा
      रहे मनमौजीमा दाइ ।
      २,
      हिसाब त मिलाएको
      कताबाट चित्त बुझेन
      चुहिने गोजी सिलाएको ।
      ३,
      कचकचमा व्यस्त छोरा
      भनेको मनमा नराखे
      बोक्नुपर्ला भविष्यमा बोरा ।
    • लक्ष्मी रिजाल, कञ्चनरूप-१२, रूपनगर, सप्तरी ।
      …
      १,
      समयले छल गर्यो
      गन्तव्यमा पुग्न नपाउँदै
      जिन्दगीको आशा मर्यो ।
      २,
      सत्य यही हो
      सहाराबिनाको जिन्दगी हजुर
      बाँचेर के भो ?
      ३,
      बचाउको नारा करायो
      छोपेर होला कलियुगले
      गुरुप्रतिको श्रद्धा हरायो ।
    • त्रिलोचन भण्डारी, मेचीनगर,झापा
      …
      १,
      मान्नु चाड पर्व
      मितव्ययी बनी सबैले
      सँस्कृतिको गर्नु गर्व।
      २,
      लगाएर हरियो चुरा
      उपवास बसी गरेको
      हुन्छ मनोकामना पूरा।
      ३,
      सुरु भयो साउन
      नरनारी मिलेर जाऊँ
      शिवलिङ्गमा जल चढाउन l
    • अरुण कुमार भुजेल, गोरुबथान,कालेबुङ,भारत
      …
      १.
      श्रावणका हरिया चुरा
      मेहेन्दीले रङ्गिएका हत्केला
      नहानियोस् संस्कारमा छुरा।
      २.
      श्रावण मासका सोमबार
      उपसना उनै भोलेको
      महिमा जसको अपरम्पार।
      ३.
      शिव मन्दिरमा जल
      एकाग्र चित्त भक्त
      खोजिन्छ मिठो फल।
    • तोया नाथ चापागाईं, दमक, झापा, नेपाल
      …
      १,
      सावनको महिना हरियो
      परदेश लागेको उनी
      यसरी मझधारमा परियो ।
      २,
      हरियो साडी चुराको
      ल्याईदिउला भन्थ्यौ तिमीले
      भरोसा लागेन कुराको ।
      ३,
      सन्चै होला कहन्छु
      कुशलताको कामना गर्दछु
      पीर जतिसुकै सहन्छु ।
    • मोती योन्जन सुब्बा, दार्जिलिङ निमकी डाँडा।
      …
      १,
      गर्दाखेरि कर्तव्य वहन
      गरिन्छ यो देशमा
      देशभक्तको पुत्ला दहन l
      २,
      सरकार हुँदा थपना
      अरथी उठ्यो न्यायको
      ब्रह्मलीन भए सपना l
      ३,
      सतीले सरापेको देशमा
      विधिसम्मत गर्न खोजे
      फसाइन्छ जघन्य केसमा l
    • बाबुराम गौतम, गुल्मी
      …
      १,
      हरियालीले पाखा छायो ।
      किसान खोज्दै खोरियामा
      मजाले फलफूल खायो ।
      २,
      हिलाम्मे सडक छाडेर ।
      ठेकेदार पस्यो नगरमा
      रातो झण्डा गाडेर ।
      ३,
      आषाढमा वजेट रित्तियो
      बाटोघाटो कमसल बनाइ।
      योजनाको काम सिद्धियो ।
    • हिरालाल न्यौपाने ,बानपा ८ काेटमाैला, सल्यान
      …
      १,
      नहिॅंड्नु कुबाटो रोजेर
      समय नै ढल्किएपछि
      पाइन्न इज्जत खोजेर!
    • मन्दिरा सेढाई, मलेखु, धादिङ
      …
      १,
      दर्कियो पानी सानू
      असारे झरी यो
      चुहिएला कि छानु।
    • शोभा आचार्य गौतम, काठमाडौँ
      …
      १,
      नझुकेर फलेको हाँगो
      कहाँ भेटिन्छ भन
      जिन्दगी औषधी हो ।
      २,
      बटुलेर जिन्दगीलाई संसारमा
      हिॅंड्ने आदत बसाउॅंदैछु
      सबैको सामु सवारमा।
      ३,
      सम्झेर आफ्नै यार
      शिर निहुराएर बारम्बार
      झुक्याएर आफ्नै अनुहार ।
    • ईश्वर साउद (भिक्षु), रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
      …
      १,
      फूल फुल्यो बारीमा
      नारी चट्टै सुहाँउछिन्
      लगाउँदा रातो सारीमा ।
      २,
      देशै भष्ट्राचारको थलो
      राजनीति मात्र खेल्ने
      नेता गर्दैन भलो।
      ३,
      निर्दोष फसाउने जाल
      नेताहरूले नै बुनेपछि
      हुन्छ देशको बेहाल ।
    • मन्जु बोहरा, सुदुरपश्चिम बझाङ
      …
      १,
      सत्तामा गए पुराना
      लछार पाटो लाउॅंदैनन्
      गरिबको उस्तै छाना ।
      २,
      बाढी, पहिरो गएर
      दु:ख पाए जनताले
      जोखिम पूर्ण भएर ।
    • बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाई ४ झापा
      …
      १
      देशमा हुनुपर्छ शान्ति
      रिस ईर्ष्या क्रोधले
      हट्छ मनको कान्ति ।
      २
      चिताले मरेकोलाई जलाउँछ
      भन्छन् चिन्ताले जिउँदोलाई
      रोगव्याधले मान्छेलाई ढलाउँछ ।
      ३
      हुनुहुन्न मान्छे चाम्रो
      असल कुरा सिक्नलाई
      देखासिकी गरे राम्रो ।
    • जयनारायण नेपाल, इलाम (हाल सूर्यविनायक २
      बालकोट ,भक्तपुर)
      …
      १,
      भरिॅंदा मनमा अहङ्कार
      नोक्सान हुन्छ आफ्नै,
      भोग्नुपर्छ जहिल्यै हार ।
      २,
      रिसले आफैँलाई खान्छ
      जान्दछ सम्मान जसले
      उसैको पहिचान लान्छ ।
      ३,
      रिस ठूलो रोग
      जाग्छ हरपल मनमा
      बदला लिने भोग ।
    • सीमा कार्की समर्पण, मेलचोक पर्सा
      …
      १,
      गणतन्त्र भनी खोक्छौ
      आफ्नाको गल्तीमा पनि
      फेरि आफैँ बोक्छौ ।
    • प्रेम थापा “मन”बागलुङ
      …
      १,
      कविता फलेन कविहरू,
      फलाउने उपाय खोज्दा,
      बिगारे कविका छविहरू ।
      २,
      रहरमा शहर पस्ने,
      फसेर कुलतमा भरे,
      उपाय सुधारशालामा बस्ने।
      ३,
      विनाअभ्यास केही नखोज
      गन्तव्य छिचोल्न गाह्रो
      सहज पदमार्ग रोज ।
    • मनोहरी पौडेल, गैँडाकोट १
      …
      १,
      मेरो गाउँ नागबेली
      रहस्यमय जीवन बित्यो
      पुरानो शैलीमा नखेली।
      २,
      दिनमा कोदाली खनेर
      आमाले खाजा दिनुहुन्थ्यो
      छोरी भोकाई भनेर ।
      ३,
      आनन्द उही आउँछ
      मेरो प्यारो जन्मभूमि
      सधैँ माया लाउँछ ।
    • ललिता गिरी, सिन्धुली (हाल काठमाडौँ, नेपाल)
      …
      १,
      गुरु पूर्णिमामा आयो
      गुरुलाई आदरको ओइरो,
      जीवन सार्थक लाग्यो।
      २,
      दिवसको जस्तै दिन
      हरेक दिन भइदिए,
      वृद्धहरू रुन्थे किन ?
    • सुस्मिता अधिकारी, काठमाडौँ

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविता5 Comments on साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २७ सम्पन्न

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २६ सम्पन्न

  • २ श्रावण २०८१, बुधबार ०६:३५ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको २६ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५७ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २६ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    ………
    १,
    बाढी, पहिरोको जोखिम
    दैनन्दिन बढ्यो जताततै
    जमाना बन्यो कृत्रिम ।
    २,
    वृक्षारोपणमा जोड दिऔॅं
    बन्छ वातावरण हराभरा
    स्वच्छ अक्सिजन लिऔॅं ।
    ३,
    समात्छ जराले माटो
    तब भूक्षय रोकिन्छ,
    दीर्घायुको सुन्दर बाटो ।

    • म्यामराज राई, भोजपुर
      …
      १//
      बाढी, पहिरोको त्रास
      निर्मम बन्यो प्रकृति
      दैनिक छिन्दैछ सास !
      २//
      गल्ती गर्‍यौँ जानाजानी
      सुतेको बाघ चलाएर
      किन सहन्थ्यो छेडखानी ?
      ३//
      गर्दा जङ्गलको विनाश
      निम्तियो हेर विपत्ति
      पाइलैपिच्छे छ त्रास !
    • वसन्त अनुभव
      घोराही, दाङ
      …
      १,
      गन्तव्य ताकेको बस
      सुनेँ त्रिशुलीले डुबायो
      कसलाई दिऊॅं अपजस ?
    • सुनगाभा पोखरेल, हाल : नेपालगन्ज
      …
      १
      गतिविधिले हैरान जनायो
      बर्षा भेलबाढी प्रकृतिप्रकोप
      कतिपयलाई बिजोग बनायो ।
      २
      कतै दुर्घटना बसको
      बाढी पहिरो बर्षाद
      दैवीप्रकोप हो कस्तो ।
    • गुणनिधि घिमिरे अमेरिका
      …
      १.
      बाढी पहिरोको भय
      निर्मम बनाउॅंदा प्रकृतिलाई
      कसको होला जय?
      २.
      जङ्गलको विनाश गर्दा
      थाहा हुँदैछ सबैलाई
      पानी नपाई मर्दा।
      ३.
      लगाई बिरुवा डाँडापखेरामा
      स्वच्छ अक्सिजन पाएर
      अझै बाँच्छिन् हजुरआमा।
    • अर्जुन प्रसाद चौलागाई
      रामेछापः-सुनापति-१ (हालः-अमेरिका,बोस्टन)
      …
      १//
      बाढीले ज्यान लग्यो
      सरकारको ध्यान नपुगेर
      कति नदीमा बग्यो ।
      २//
      बाढी पहिरोमा परेर
      देशको हालत यस्तो
      जानुपर्ने अकालमा मरेर ।
      ३//
      पहिरोले किचेर मरे
      अझै थाहा छैन
      त्यहाँ कति परे ।
    • लक्ष्मण देउवा डोटी
      हाल भारत चेन्नई
      …
      १//
      गन्ती छैन मर्नेको
      अब यकिन हुनुपर्‍यो
      बाढी पहिरोमा पर्नेको ।
      २//
      सबैले वृक्षारोपण गरौँ
      आफू बस्ने वरिपरि
      सब हरियालीले भरौँ ।
      ३//
      अकालमा मर्नु पर्दैन
      आफ्नो सुरक्षा गरौँ
      कसैले केही गर्दैन ।
    • ललिता गिरी सिन्धुली
      हाल काठमाडौं नेपाल
      …
      १
      उत्खनन् हुन्छ मनपरी
      जान्छ पहिरो सधैँ
      मर्छन् निर्दोष सधैँभरि।
      २
      असार सहुने झरी
      लाग्छ देश विदेश
      बसौँ सफर नगरी।
      २
      बन्छन् बिग्रिन्छ सरकार
      वर्षे झरी जस्तो
      चलेछ नेताको व्यापार।
    • सुरेशकुमार पाण्डे दाङ घोराही १८
      …
      १
      परेन भन्थ्यौँ पानी
      पर्‍यो घनघोरले दर्केर
      असन्तोष मान्छेको बानी।
      २
      तनहुँ रम्घामा जन्मिए
      पाए घाँसिबाट शिक्षा
      भानुभक्तका कृतिहरू अन्मिए।
      ३
      रामायणको लेखनमा छवि
      नेपालीमा अनुवाद गरेर
      भए भानुभक्त आदिकवि ।
    • चुडामणी देबकोटा
      पुरानोनैकाप काठमाण्डौ
      …
      (१)
      रामायणले जोडेको घर
      आज जोगाई नराखे
      हराई जाने डर।
      (२)
      श्लोक भानुको पढ्नु
      भानु जस्तै मनमा
      घाँसीको अर्ती गढ्नु।
      (३)
      गर्न जानिएन व्यापार
      लुकामारी खेल्दै बस्यो
      लक्ष्मी र साहित्यकार।
    • दिवाकर चाम्लिङ्ग राई
      खर्साङ्ग, दार्जीलिङ।
      …
      १)
      सुहाउँदैन कुबेलाको राग
      दर्शक न स्रोताको
      भइन्छ कुहेको साग ।
      २)
      स्याल शहर पस्यो
      कुखुरा कतै भेटेन
      आफैँ नालीमा फस्यो।
      ३)
      सरकार बन्यो पिनास
      जनताको टाउको दुखाइ
      बाढी, पैरोको विनाश ।
    • ऋजु दिल्पाली ईटहरी १ सुनसरी
      …
      १,
      लाग्छ तिमीलाई पहिरो
      सारा परिवार पुरेको
      चोट छ गहिरो ।
      २,
      मनले खै मान्दैन
      कसैमाथि दुःख नपरोस्
      विपदले खै जान्दैन ।
      ३,
      साथी यस्तो भैदियोस्
      हरेक दुःख सुखमा
      सधैँ सधैँ सम्झिरहोस् ।
    • दीप गोले तामाङ
      चन्द्रपुर-१, पौराई ,रौतहट
      …
      १.
      बाटोघाटोको भयो नाश
      आयो जताततै पहिरो
      मान्छेको मनभित्र त्रास।
      २.
      पुरानो सरकार ढल्यो
      नयाँ समीकरण बन्छ
      मन्त्रीको हल्ला चल्यो।
      ३.
      मन्त्रालय राम्रो खोज्दछन्
      मौका हमेशा नआउने
      मालदार ठाउँ रोज्दछन्
    • नवराज भट्ट
      कञ्चनपुर
      …
      १
      नदीमा उर्लेर जल
      गाउँघर दुनियाँ सारा
      आखिर पीडाको फल !
      २
      यो कस्तो समय
      प्रकोप निम्त्याएर उसले
      किन गरायो क्षय ?
      ३
      भुलेर सारा कर्म
      कलियुगे मानिस तिमी
      देखिएन कुनै धर्म !
    • आर्त अकुलीन
      …
      १,
      सत्ताको लागि लुछाचुँडी
      कसको पर्ने पासामा
      अघाउने भो भुँडी।
      २,
      विपद्ले मरेको हेरेन
      पक्ष विपक्षमा सरकार
      जनताले भनेको टेरेन।
    • एवाइ प्रभात
      सहिदभुमि धनकुटा
      …
      १,
      सबैको मनमा त्रास
      झरीले छिनभरमै ल्याएँ
      एकपटकमा लियो सास।
      २,
      कति परेको पानी
      चारैतिरबाट भयो कालो
      कस्तो छ बानी।
    • नीमा छिरिङ भोटिया
      जलढका कालेबुङ, भारत
      …
      १.
      साहित्य आकाशको रवि
      तनहुँमा जन्म लिए
      भानुभक्त हाम्रा आदिकवि।
      २.
      सुनेर घाँसीको नालीबेली
      जन जनमा पुर्याए
      सरल रामायण ठेली।
    • बिके मुखिया
      दार्जीलिङ,भारत।
      …
      १,
      पूजा गरौँ मनको
      सद्भावको एकता ल्याउने
      सभ्यता हो नेपालीपनको ।
    • प्रेम थापा “मन”बागलुङ
      …
      १,
      पानीले हैरान बनायो
      जताततै भेलबाढी पसेर
      खतराको सङ्केत जनायो ।
      २,
      बाटो जताततै खनाए
      दिर्घकालिन केही नसोची
      पहिरो जाने बनाए।
      ३,
      उर्लिएर आएको भेल
      सदनभित्र भन्छन् भन्नलाई
      भइरहेछ सत्ताको खेल ।
    • कला ढकाल झापा
      …
      १//
      बाढी पहिरोले सतायो
      घोर वर्षातको समयमा
      ज्यान जोखिममा बतायो!
      २//
      रुने चाहिँ स्याल
      सिकार चितुवाको मुखमा
      जिन्दगी पारेर च्यालब्याल!
      ३//
      सुनमा घुन लागेछ
      भ्रष्टाचारी फैलेर जताततै
      जोस जाँगर भागेछ!
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      …
      १,
      वर्षामा नदी गहिरो
      बिचार गरेर हिँड्नु
      जताततै छ पहिरो
      —- नागेन्द्रप्रसाद यादव
      …
      १.
      बाढी आएर त्रास
      प्रकृतिला्ई सलाम गरी
      यसैमा खोजौँ आस ।
      २.
      लगाउँछ सरकार कर
      बाढी, पहिरो आई
      बगाओस्, राखोस् घर ।
      ३.
      बिहे गर्दै भोज
      असार, साउने झरीमा
      सङ्कटमै गर मोज ।
    • नन्दलाल आचार्य
      सिद्धार्थटोल, उदयपुर
      हाल- एनेलकुटी, सिरहा ।
      …
      १.
      कतै बाढी पहिरो
      प्राकृतिक प्रकोपले अचेल
      चोट पुर्‍यायो गहिरो ।
      २.
      अब मास्नभन्दा बढी
      बिरुवा रोप्ने गरौँ
      काममा नभएर घटी ।
      ३.
      जन धनको नास
      खबर सुन्दापनि साथी
      मनमा डर त्रास।
    • पृथक प्रकृति
      …
      १.
      नेपालको साहित्य आकाशमा
      भानुभक्तले गरेको योगदान
      महत्त्वपूर्ण छ खासमा ।
      २.
      नेपाली भाषाको क्षेत्रमा
      एकताको प्रारूप खडा
      गरे नेपालीजनको नेत्रमा ।
      ३.
      देश जनतालाई जोड्ने
      राम्रो माध्यम साहित्यतर्फ
      ध्यान सबैको मोड्ने ।
    • डिल्लीराज (राजेन्द्र) भुसाल
      सन्धिखर्क-२, कुर, अर्घाखाँची
      …
      १.
      फुलेका छन् फूलबारी
      बारीसँगै छ मनमा ,
      आयो सधैँ जिम्मेवारी ।
      २.
      भेटिन्छ मायाको खानी
      आउनुहोस् तिमी छिटै ,
      कहाँ छौ नानी ?
      ३.
      हार जितेको खेल
      तनाव बनायो मानवलाई,
      बाढी पहिरोको भेल।
    • श्रीकृष्ण धामी – बझाङ
      …
      १/
      जङ्गल विनाश नगरौँ
      बर्खा बिपत्ति निम्त्याउँछ
      मनमा ध्यान भरौँ ।
      २/
      नदीनाला बढेर आयो
      बाढी पहिरोमा जनधनको
      क्षति मृत्युले धायो
    • बेदु न्यौपाने
      …
      १
      असल साहित्यका छवि
      नेपालका महान सपुत
      हुन् भानुभक्त आदिकवि ।
      २
      अफ्नो क्षमतामा टिक्नुपर्छ
      भानुभक्त आचर्य बाट
      केही हामीले सिक्नुपर्छ ।
      ३
      धेरै गरे प्रचार
      ठूलो योगदान दिएर
      भानुभक्त बने साहित्यकार ।
    • अनिता भण्डारी ताप्लेजुङ
      …
      १//
      आत्तिएको सम्झना पल
      महिमा गाउँमा सदा
      पहिरो वर्षा जल
      २//
      आँखाको नानी अल्मलियो
      चारैतिर विनाशै विनाश
      वर्षाको पीडा बल्झियो ।
      ३//
      सङ्घर्षमा पौडनु पर्ने
      दुःखै दुःखमा हराए
      सुखको खोजीमा झर्ने ।
    • अम्बिका अधिकारी, झापा बिर्तामोड
      …
      १:
      जिन्दगी बनाउन गाह्रो
      बगाउने ठेगान छैन,
      वर्षामा नेपालीलाई साह्रो।
      २:
      घुमेर आउने कालमा,
      सुध्रेन स्थिति हाम्रो ,
      फसियो कुटनैतिक चालमा।
      ३:
      नेपाल धर्तीको स्वर्ग ,
      बनाए अख्तियार पाउनेले ,
      झगडै झगडाको नर्क।
    • मनोहरी पौडेल
      गैडाकोट १
      …
      १
      सरकार ढल्यो फेरि
      बनाउँछन् नयाँ सरकार
      आलोपालो मौका हेरी ।
      २
      गाउँ विपत्तिमा परेको
      सरकारलाई मतलब छैन
      अकालमा जनता मरेको ।
    • राज कुमार राजभण्डारी खाेटाङ्गे
      मध्यपुर ठिमी ५संगम काेलाेनी राधे राधे।
      …
      १,
      छायाँमा हरायो जीवन
      सिंहदरबारमा बसि नेता
      कर्णालीको काट्छन् रिबन ।
    • रबि पौडेल ,दक्षिण भारत पाण्डेचरी
      …
      १.
      आउँछ बाढी पहिरो
      ज्यान जोखिममा पर्दा
      पिर पर्यो गहिरो।
      २.
      हुँदैन विपतको भर
      मरिन्छ भनेर सबैको
      मनमा भयो डर।
      ३.
      आउँछ उर्लेर खोला
      रमाउने ठाउँ छैन
      मरी जाने चोला।
    • काजल न्यापाने, भोजपुर
      …
      १.
      बाटो पहिरोलाई ठिक्क
      छिन्छिनमा सरकार फेर्दा
      जनतालाई सार्है दिक्क ।
      २.
      नेताहरूको यहाँ चुरिफुरी
      छोटेराजा पाल्दा भयो
      जनताको सम्पत्ति सिरिखुरि ।
      ३.
      पुरानो सरकार ढल्यो
      मन्त्री बन्नेको होडबाजी
      आपसमै विवाद चल्यो ।
    • दुर्गा भट्टराई
      मोरङ
      …
      १.
      बाउसे रोपार आएका
      सम्म्याउँदै रोप्दै रमाउँदै
      असारे भाका गाएका ।
      २.
      बाढी पहिरो जताततै
      गाउँ शहर आकुलव्याकुल
      सुखशान्ति छैन कतै ।
      ३.
      विपत्ति आउँछ बर्सातमा
      पूर्वतयारी व्यवस्थापन नभए
      होसियार हुनु दिनरातमा ।
    • कृष्णकुमार वैद्य
      बनेपा ९, काभ्रे
      …
      १,
      नहिड्नु हजुर जथाभावी
      नगर्नु यात्रा टाढाको
      बर्सात नबनोस् हावि
    • शशीश्री आचार्य
      बौद्ध कुमारीगाल काठमाडौं
      …
      १ ,
      बाढीले बस्ती बगायो
      तमासे नबनौँ आसेपासे
      दैवले अती रुवायो ।
      २ ,
      भाग्यको खेल भनौँ
      ठुलो चोट दिलायो
      प्रकृती झेली हौ ।
    • हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ साँगा बजार
      …
      १,
      भानुभक्त नेपालका आदिकवि
      संस्कृतको अनुवाद गरेर
      रामायणमा छोडेका छवि
    • भगवती दवाडी ,झापा
      …
      १,
      आउ बर्सातको झरी
      लैजाउ बढारेर सबै
      विकृति विसङ्गतिको परी ।
    • ताराप्रसाद चापागाईँ
      …
      १.
      डुबानमा छ बस्ती
      यस्तै यस्तै समाचार
      आज,हिजो, अस्ति!
      २.
      धेरै घर जोखिममा
      बाढी, पहिरोले गर्दा
      जीवन भो कठिनमा!
    • साबित्री प्याकुरेल,धादिङ्
      …
      १)
      थामिएको छैन् पानी
      मधेस तराई पहाड़
      जताततै पुर्यायो हानी।
      २)
      प्रकृतिसँग खेलाँची गरे
      प्राकृतिक प्रकोपको मारमा
      आज धेरैजसो परे ।
      ३)
      संरक्षणको कुरा छैन
      अब प्रकृति रिसायो
      मनाएर हुने हैन।
    • अरुण कुमार भुजेल
      गोरूबथान,कालेबुङ,भारत।
      …
      १,
      कस्तो विपत्ति आयो।
      लिएर यात्रुको ज्यान
      परिवारमा रुवाबासी छायो।।
    • वेल थोकर
      …
      १,
      कारागारमा बसी कुनामा
      रामायण अनुवादमा पोख्त
      भानु परेथे थुनामा ।
      २,
      घाँसीको जस्तो मन
      इनार खन्ने जमर्कोले
      उँभो लागेन जन ।
      ३,
      परिचायकविना श्रष्टा अधुरो
      मोतिराम नभएको भए
      भानुको जीवनी मधुरो
    • मोती योन्जन सुब्बा, दार्जिलिङ निमकी डाँडा
      …
      १,
      बाढी पहिरो थामियोस्
      जनधनको होओस् सुरक्षा
      आफ्नो पारामा बाँचियोस् ।
      २,
      भगवान्सँग गरिन्छ कामना
      हामी सबैको होस्
      सुख शान्त भावना ।
      ३,
      साक्षी राखेर भगवान्
      दैव भरोसा वर्षाको
      बनेर आफैँ बलवान् ।
    • मनुहाङ किराँती साेलु (युमन खालिङ)
      साेलुखुम्बु ,महाकुलुङ ५ चाचालुङ
      …
      क/
      उभ्याएर भाषाको आधारशीला
      साहित्यको उत्थान गर्दागर्दै
      सकियो भानुको इहलीला l
      ख/
      नेपाली भाषाका संस्थापक
      बनेर भानुभक्त आचार्यले
      पारे साहित्यलाई चकाचक l
      ग/
      पोखेर अन्तर्मनको भावना
      मनाऊँ भानु जयन्ती
      अर्पिदै सम्पूर्णमा शुभकामना l
    • बाबुराम गौतम, गुल्मी
      …
      १
      रुँदै गयो अस्ति
      हेर्नुस् अर्को आएको
      गर्न फेरि मस्ती ।
      २
      जनताको चुल्हो बलेन
      भाउबेसाहा भयो अचकाली
      निर्दयी सरकार गलेन ।
      ३
      नाटकका पात्र फेरिएको
      जनतालाई ऋण बोकाएर
      स्वार्थकामा सत्तामा बेरिएको ।
    • प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे
      …
      १,
      आयो असाध्यै पानी
      खेत तिर्खाएको हुनाले
      मान्न थालेँ रानी ।
    • लक्ष्मी रिजाल, रुपनगर, सप्तरी
      …
      १
      साहित्यमा दियो बालेर
      मौलिकता आए बोक्दै
      शब्दात्मक विभेद फालेर।
      २
      साहित्यमा बनेर आसा
      रामायण नेपालीमा लेख्दै
      अमर बनाए भाषा।
    • सङ्गीता खरेल
      चन्द्रागिरी ८ काठमाडौं
      …
      १,
      ढल्यो सरकार हेर
      भ्रष्टाचारी पक्राउ नगर्दै
      नयाँ मन्त्रीमण्डल फेर ।
      २,
      कालो चस्मा लाउनेले
      नक्कल पार्दै हेर्दैछिन्
      पछि पछि आउनेले ।
    • बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
      कनकाई ४ झापा
      …
      १
      उर्लियो वर्षादको भेल
      यात्रा कठिन भो
      निश्चित गन्तव्यमा नपुगुन्जेल,
    • भुपेन्द्र राना मगर
      धादिङ
      …
      १.
      कस्तो समय आयो
      लगाएको बाली जति
      बाढी पहिरोले खायो ।
      २.
      नेपाल कृषिप्रधान देश
      बाँझो खेतबारी खनौँ
      हुन्छ राम्रो परिवेश ।
      ३.
      मिलिजुली वृक्षारोपण गरौँ
      बाढी पहिरो जान्न
      सबै लागि परौँ ।
    • अनिता कार्की
      पाँचथर
      …
      १.
      रेल चल्छ सहरमा
      बाटो बनेन गाउँमा
      जीवन बित्छ कहरमा ।
      २.
      सुरक्षित छैन बाटो
      गन्तव्यमा पुग्नै गाह्रो
      बगाएर लग्यो माटो‌।
      ३
      बाढीपहिरो पीडितको नाममा
      सङ्कलन गर्छन् राहत
      गर्दैनन् सदुपयोग काममा ।
    • पद्मा काश्यप पाण्डे, मोरङ
      …
      १,
      भयो मन सानो
      धनी भए म
      ठुलो घरको छानो।
    • धनुष न्यौपाने “यात्री”, जुम्ला
      …
      १,
      चम्काउॅंछ संसारलाई रवि
      साहित्य क्षेत्र चम्काउनु
      जस्तै बनेर आदिकवि।
    • रमेस प्रसाद पन्त
      पाटन बैतडी
      …
      १,
      हुनुपर्छ आत्मा पवित्र
      सम्बन्ध अमर बनाऊ
      दिगो हुन्छ मित्र ।
      २,
      बिम्बले याद गराउँछ
      पल्टाउॅंदा स्मृतिका पाना ,
      आँखामा अश्रु आउँछ ।
      ३,
      छलमा हुन्छ चोरी
      कहिल्यै पनि टुक्रॅंदैन
      मनले गाँसेको डोरी ।
    • सीमा कार्की समर्पण
      मेलचोक पर्सा
      …
      १)
      प्रकृतिको खेल यस्तै
      कसलाई गुहारूँ अब
      झरिबर्सा पीडा प्रशस्तै ।
      २)
      बोली र वचन
      मात्र हुन मलम
      सम्झेर त्यो बचपन ।
      ३)
      आशा, भरोसा सकिन्छ
      जब मनको दीपमा
      बाढी, पहिरो ओर्लिन्छ ।
    • ईश्वर साउद (भिक्षु)
      रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
      …
      १
      गाँउका घरमै बाटो
      नसोची पहाड खनेर ,
      कमजोर बन्यो माटो।
      २
      वृक्ष काट्न जान्दछन्
      रोपणमा बिरलै ध्यान ,
      गल्ति कहिले मान्दछन्।
      ३
      झस्काउन आउँछ पहिरो
      हुन्छ अनगिन्ती क्षति ,
      सरकारमा पदकै धुइरो।
    • सुस्मिता अधिकारी ,काठमाडौँ
      …
      १,
      नहुनु खुसी आएकोमा
      चङ्गुलभित्रै सबै हामी
      बिस्मात नराख गएकोमा ।
      २,
      प्रेमिका हुनेछन् पुरानै
      पकाई पोली खानेछन्
      भान्सा पाक्छ गफै ।
      ३,
      जब तख्ता पल्टिँदैन
      विश्वास राखेका जनताले
      नेपालीको दु:ख सल्टिँदैन
    • रामप्रसाद पुरी, बादेल, खोटाङ
      ::::::::जय झिल्का साहित्य ! ::::::::::
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविता1 Comment on साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २६ सम्पन्न

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २५ सम्पन्न

  • २६ असार २०८१, मंगलवार २०:५० मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको २५ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७२ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २५ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
    —++—

    …
    १,
    मैझारो रोपाइॅं सकियो
    असारे भाका समाउॅंदै
    बेठीमा रमाइलो गरियो ।
    २,
    देख्नेको बुजो लागेपछि
    छन् सारा अबोला
    सत्यले असत्यलाई समातेपछि ।
    ३,
    सोध्छ्यौ, माया नकिन्ने ?
    बिक्रीवितरण हुन्छ र !
    मौकामा प्रेम चिन्ने ।

    • म्यामराज राई, भोजपुर
      …
      १,
      असारमा धान रोपियो
      हातमा बीउ लिएर
      आकासे भेल छोपियो ।
      २,
      हिलोमा गोरु जोतौँ
      असारे गीत गाएर
      धानको बीउ रोपौँ ।
      ३,
      असारे रोपाइँ घन्कियो
      खेतमा बेठी लाएर
      रोपाइँ मैजारो थन्कियो ।
    • बेदु न्यौपाने
      …
      १,
      सङ्घर्ष हो जीवन
      किन हार मान्ने
      आत्मबल ठुलो धन।
      २,
      सुखदुःख जीवनको पाटो
      हारेर होइन डटेरै
      हिॅंडेर साहसको बाटो।
      ३,
      युद्ध बुझ्नु जीवन
      हारलाई आफूले हराउनु
      खुसी बनाउने मन।
    • सङ्गीता खरेल, चन्द्रागिरी ८ काठमाडौं
      …
      १,
      रोपाइॅं कतै सकिएको
      छुटफुट मात्र पानी
      छैन प्रकृतिले दिएको।
      २,
      प्रकृतिले दिएन किन?
      विनाश भयो धेरै
      कसरी सकिन्छ लिन ?
      ३,
      जीवन सङ्घर्ष रहेछ
      टाले पनि देखिने
      व्यर्थै वेदना पोखिएछ।
    • अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१
      हालः-अमेरिका,बोस्टन।
      …
      १,
      पहिलेदेखि पछाडि पर्‍यो
      काम लिनु रहेछ
      उसैमाथि घात गर्‍यो ।
      २,
      छिमेकी पराईलाई हँसायौ
      धोखा दियौ तिमीले
      मलाई जालमा फसायौ।
      ३,
      जीवनभरि सिकियो पाठ
      बगलीमा प्वाल परेपछि
      मनदेखि लाग्यो उराठ ।
    • चुडामणी देबकोटा, पुरानो नैकाप काठमाण्डौ
      …
      १,
      रोपाइँ सिमसिमे पानीले
      असारे गीत गाएर
      कान्छीको जिस्किने बानीले ।
      २,
      जगेर्ना भयो खासाको
      साहित्य झिल्का लेखेर
      उत्थान नेपाली भाषाको ।
      ३,
      भएको वर्षा समयमा
      किसान कर्ममा जुटेर
      रोपाइँ गर्दै चयनमा ।
    • भगवती दवाडी ,झापा
      …
      १,
      वर्षातको उर्लँदो भेल
      जस्तै कहिल्यै नसकिने
      जीवनमा अचम्मको खेल।
      २,
      अधिकांश रोपाइँ सकियो
      पहिरो डुबानको डरले
      अचेल मन बहकियो ।
      ३,
      पानी ठूलो परेको
      दैवको लिला अचम्मको
      अचेल के गरेको ?
    • लक्ष्मण देउवा, डोटी
      …
      १,
      रोपे धान मिलेर
      फल्छ मानोको मुरी
      पसिना माटोमा सिन्चेर ।
      २,
      आफ्नो खेत नबारी
      काम खोज्न जानुछ
      सधैँ सिमाना पारि ।
      ३,
      छैन सरकार गतिलो
      रगत पोखे सहिदले
      भएन भनेको जस्तो।
    • सुरेशकुमार पाण्डे दाङ घोराही १८
      …
      १,
      एक्काइसौँ शताब्दीको विकास
      द्रुततर गतिमा बढिरहेको
      पाएन देशले निकास ।
      २,
      विश्व बढिरहेछ अगाडि
      कुर्सी खोसाखोस गर्दागर्दै
      देश पुगेछ पछाडि ।
      ३,
      हाम्रै पालामा देखियो
      राजनीतिक गडबडीका इतिहासहरू
      त्यसैले व्यङ्ग्य लेखियो ।
    • गुणनिधि घिमिरे, अमेरिका
      …
      १,
      सिमसिम पानी परेको
      असारे गीत गाउँदै
      बीउ खेतमा छरेको।
      २,
      चुनौतीको सामना गरेको
      पुर्वमा डुबान भएर
      हिजो झण्डै मरेको ।
      ३,
      सदनको लडाइँ हेरियो
      देखियो नेताको खिचातानी
      रातारात सत्ता फेरियो ।
    • कला ढकाल, झापा
      …
      १,
      लगाउँछन् फाटेको चोली
      दिनभरि पसिनाले भिज्छ
      कस्तो नम्र बोली ।
      २,
      फूल फुलेपछि झर्नुपर्छ
      यो शाश्वत नियम
      हामी एकदिन मर्नुपर्छ ।
    • दीप गोले तामाङ, रौतहट
      …
      १,
      अभियान छ राम्रो
      लेखौँ साप्ताहिक झिल्का
      ज्ञान बढ्छ हाम्रो ।
      २,
      विनाश भयो कति
      बाढी, पहिरो आएर
      जनधनको भयो क्षति ।
      ३,
      सुरक्षित बस्न भनौँ
      छरौँ ज्ञानको ज्योति
      हामी सचेत बनौँ ।
    • अनिता भण्डारी, ताप्लेजुङ
      …
      १,
      बाध्यताले बिरानो बनायो
      बहाना बरै ! बुझेन
      बेमतलब बात बढायो।
      २,
      फक्रेर फेरी फुलेन
      फसेर फटाको फन्दामा
      फूलमाया फेरि फर्केन ।
      ३,
      मुस्कानले मन मातिन्छ
      मोहनी मादक मौसममा
      मुटुभित्र माया मौलिन्छ ।
    • दिवाकर चाम्लिङ्ग राई, खर्साङ्ग, दार्जीलिङ
      …
      १,
      भरपर्दो सरकार भएन
      देशी विदेशी चलखेलले
      जनताको दु:ख गएन।
      २,
      सिमसिम पानी परेको
      बेँसीमा धान रोप्न
      रोपाहार बाउसे झरेको ।
      ३,
      यादले सतायो धेरै
      सिन्दुर पोते लिएर
      हुन आऊ मेरै ।
    • राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी ५ संगम कोलोनी भक्तपुर
      …
      १,
      असार पनि सकियो
      धान रोपेर हतारमा
      आराम गर्न बसियो।
      २,
      मरिहत्ते गरे जहिले
      मायामा सधैँ तिमी
      रोपाइँमा आऊ अहिले।
      ३,
      एक्काइसौँ शताब्दीमा विकास
      खेतीयोग्य जमिन प्लाटिङमा
      कहाँ हुन्छ निकास ?
    • एवाइ प्रभात, सहिदभुमि धनकुटा
      …
      १,
      हरेक ठाउँ चलखेल
      बाहिरी देखावटी तिक्तता,
      भित्रभित्रै हुँदोरहेछ मेल।
      २,
      कहिले हुन्छ विकास
      भएन परिवर्तन सोचमा
      मिलेमतोमा बजेट निकास।
      ३,
      भएन यस्तो गराएको
      जन्म किन दियौ ?
      मान्छे बुद्धि हराएको।
    • शंकर कार्की, मकवानपुर
      …
      १,
      असारमा पानी परेछ
      आकाश बादल नलागी
      तप्प असिना झरेछ ।
      २,
      भिरपाखामा पहिरो झर्‍यो
      मार्‍यो खोलानाला बाढीले
      बिचल्लीमा गरिव पर्‍यो ।
      ३,
      तिम्रो कहानी सुनेर
      मुटुमा घाउ लाग्यो
      आफन्तले जाल बुनेर ।
    • अम्बिका अधिकरी, झापा बिर्तामोड
      …
      १,
      सिमसिमे पर्‍यो पानी
      असार मास भिज्दै
      बित्दैछ यो जिन्दगानी ।
      २,
      गाएर असारे गीत
      रोपेर धान खेतमा
      लगाए मायालु प्रीत ।
    • कमल प्रसाद बगाले रेग्मी, वालिङ्ग बजार स्याङ्जा
      …
      १,
      सहेर घाम, पानी
      हाँसखेल गर्दा राम्रो
      बितोस् यो जिन्दगानी।
      २,
      आलस्य सबैले त्यागौँ
      स्वदेश समृद्ध बनाउन
      हातेमालो गरेर लागौँ ।
      ३,
      रोपे ढुकुटी भर्छ
      खेत बाँझो राख्नाले
      मङ्सिरमा आँसु झर्छ।
    • बिके मुखिया, दार्जीलिङ,भारत
      …
      १,
      घाम अनि पानी
      माटो गलेर धेरै
      गर्छ पहिरो जानी ।
      २,
      राती पर्‍यो वर्षा
      पानी बढी आएर
      चिर्‍यो घरको कर्रा ।
      ३,
      घरमाथि उभेको रुख
      ढल्छ कि भनेर
      मनमा हुन्छ दुख ।
    • डिल्लीराज (राजेन्द्र) भुसाल, सन्धिखर्क-२, कुर, अर्घाखाँची
      …
      १,
      असारे माया हिलो
      सम्मान गरौँ सबैले
      किसानी पेशा गतिलो ।
    • प्रेम थापा “मन”बागलुङ
      …
      १,
      भयो लगातार वृष्टि ,
      भगवान्को पनि छैन
      सबैमा समान दृष्टि ।
      २,
      अर्काकै बैशाखी टेकेर
      हिॅंड्ने गर्छ मान्छे
      जीवन अजम्बरी देखेर।
      ३,
      रहर हुँदैनन् पूरा
      भन्न नमिल्ने पनि
      हुँदारहेछन् धेरै कुरा
    • दीपा गुरुङ्ग (समभाव), खोटाङ्ग
      …
      १,
      टिक्दैन परालको खुट्टा
      यसै चल्छ शासन
      भाषणहरू सबै झुट्टा।
      २,
      बुढाहरू थलो छोड्दैनन्
      झोले झ्याम्टे पछिपछि
      रालेहरू बाटो मोड्दैनन्।
      ३,
      देखेको कुरा बोल्नुपर्छ
      कलमे झुटो नलेखोस्
      यथार्थ जहिले खोल्नुपर्छ ।
    • घनश्याम पन्त, हरिवन सर्लाही
      …
      १,
      त्यान्द्रो थियो धागोको
      थप्दै जाउँ लागेथ्यो
      फेला पर्‍यो आगोको ।
      २,
      भ्रष्टहरू भ्रष्टाचारमा भुल्यो
      पाक्यो खिचडी रातारात
      जब फाइल खुल्यो ।
      ३,
      नगर धेरै चुरीफुरी
      जब जेलमा जाकिन्छौ
      लाग्ला अनि कुरीकुरी ।
    • डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा.पा. -६ , दोलखा
      …
      १,
      नराम्रो सोझालाई छलेको
      मरी जाने चोलामा
      कसैको अहित सोचेको ।
      २,
      मेटिँदैन भाग्य लेखेको ।
      मात्र फल निश्चित
      पाइॅंदैन सबै देखेको ।
      ३
      प्रेम राम्रो गाँसेको
      जन्म मृत्यु निश्चित
      किन भ्रम पालेको ?
    • कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी
      …
      १,
      कतै भएछ अनावृष्टि
      धान रोपाइँको समयमा
      प्रकृतिको रहेन दृष्टि ।
      २,
      पहाडी भेगमा अतिवृष्टि
      पहिरो धस्कॅंदैछ चारैतिर
      विनाशतिर प्रकृतिको सृष्टि ।
      ३,
      असारमा झरेछ पहिरो
      होसियार रहौँ सबै
      चोट पर्ला गहिरो ।
    • मोती सुब्बा, दार्जिलिङ निमकी डाँडा।
      …
      १,
      असार मास लाग्यो
      जताततै चलेको रोपाइँ
      देखेर आशा जाग्यो ।
      २,
      देशको राजनीति बिग्रियो
      समाधानको बाटोमा थुप्रै
      फोहोर मथिङ्गल थिग्रियो !
      ३,
      माया लाउने चाहना
      जाग्यो भने पियारी
      रोपाइँमा भेटको कामना !
    • विवश पारदर्शी, झापा
      …
      १,
      हावामा गन्ध आयो
      कतै तिमीसँग थियो
      झरी कस्तो छायो ?
      २,
      हाम्रो बारेमा कुरा
      दुःखभित्रै छ सुख
      किन चलाउँछौ छुरा ?
      ३,
      कति ठूलो मन ?
      दुनियाँ खुसीले गदगद
      गरिबको छैन धन ।
    • नीमा छिरिङ भोटिया, जलढका कालेबुङ
      …
      १,
      रोपेर धानको दाना
      अहिले गरेको मेहनत
      वर्ष दिनको खाना ।
      २,
      आकाशबाट बर्सियो पानी
      बगाऊ पसिना धरतीमा
      बिज असल छानी ।
      ३,
      कर्मले फल पाउछ
      अहिले बगेको पसिना
      मङ्सिरमा फल आउॅंछ ।
    • दिनेशकुमार शर्मा , हेटौंडा , मकवानपुर ।
      …
      १,
      किसानलाई खेतीपातीमा हतारो
      विश्वास जितेर जनतालाई
      राजनीतिमा आलोपालोको चटारो ।
      २,
      पालोले खाँदै उग्राउँदै
      जनताले छोडेका साँढेहरू
      घरी घरी डुक्राउँदै ।
      ३,
      माया साटेर लाऊ
      झुठो कुरा गर
      अझै ढाँटेर खाऊ ।
    • रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
      …
      १,
      असार पन्द्र जनाइयो
      गमलामा धान रोपेर
      कृषक सबै रमाइयो ।
      २,
      बाढी पहिरो जाँदैछ
      बर्खा यामको पानीले
      घर खेत लाँदैछ ।
    • बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाई ४ झापा
      …
      १,
      जीवन रहेछ टालो
      हिँडिरहेछ बाटो खोज्दै
      उकालो र ओरालो ।
      २,
      चल्दैछ जिन्दगी यसरी
      नदीमा पानी बगेको
      सलल सलल जसरी ।
    • होम प्रसाद नेउपाने, धरान, सुनसरी
      …
      १ ,
      भयो वर्षा अविरल
      गर्ज्यो खोला गदगद्
      बस्ती नबगून् खलल।
      २,
      सचेत बनौँ हामी
      कतै बिपद् नपरून्
      बन्नुहोस् सहयोगी नामी ।
    • हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा – १४, साँगाबजार
      …
      १,
      आयो साउने झरी
      उसको याद आउँछ ,
      मलाई हजुर घरी ।
      २,
      पानी पर्ने बेला
      गरिब जेहेन्दारलाई नगर्नु ,
      सरकार अब हेला ।
      ३,
      चारैतिर फैलियो पानी
      हजुर ज्यान जोगाउनु,
      सबभन्दा राम्रो बानी ।
    • श्रीकृष्ण धामी – बझाङ
      …
      १,
      असारे पन्ध्र गयो
      रमाइलो गर्दै हिलोमा
      धान रोपाइँ भयो।
      २,
      मनभरि गरिएको कामना
      पुरा कहिलै हुँदैन
      सोचेर बनौँ आफ्नोपना।
      ३,
      जिन्दगी भन्नु बोक्रो
      जलेर खरानी हुन्छ,
      मनुष्यको चोला खोक्रो ।
    • मन्जु बोहरा, बझाङ
      …
      १,
      असारमा पानी पर्‍यो
      किसान खुसी हुँदै
      रोपाइँमा बेसी झर्‍यो ।
      २,
      यी मनको कामना
      पूरा भएनन् कहिल्यै
      राति देखेका सपना ।
      ३,
      जिन्दगी मर्ने चोला
      बाँचुन्जेल रमाएर बसौँ
      विश्राम गर्ने खोला ।
    • दुर्गा भट्टराई, मोरङ
      …
      १,
      हरक्षेत्रमा हेर छेउकुनो
      छन् तल्लीन स्वार्थीहरू
      सोझाउन आफ्नै दुनो ।
      २,
      कस्तो बस्नपुग्यो थिति
      रहेन इमान जमान
      कसैले मान्दैनन् नीति ।
      ३,
      जसको हातमा शक्ति
      उही पूज्य सर्वत्र
      सम्मान आराधना भक्ति !
    • वसन्त अनुभव, घोराही, दाङ
      …
      १,
      रातोदिन पर्‍यो झरी
      बाटोघाटो बन्द भयो
      पैरो आयो हरघडी ।
      २,
      अन्नपात लगे सब
      रहेनन् घरबार केही
      बगाए भेलले जब ।
      ३,
      थपे दु:खको भारी
      सुखको दिन केवल
      पुग्यो है सीमापारि ।
    • कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
      …
      १,
      जीवनमा सङ्घर्ष गर्ने
      जति गर्‍यो उति
      त्यसैको भर पर्ने!
      २,
      जून खसाल्छु भन्नेले
      केही पनि नाप्दैनन्
      बसेर तारा गन्नेले!
      ३,
      विकास गर्ने हराए
      ढाँट्न छल्न सिकेर
      कुभलो मन पराए!
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      …
      १,
      बनमा जनावरहरूका मङ्गल
      देश डुब्दै गयो
      सखाप पारे जङ्गल !
      २,
      किसान हुँ भन्ने
      खेतबारी छ बाँझै
      दिनभरि तास गन्ने !
      ३,
      असारमा परेको झरी
      बाढी अनि पहिरो
      तर्नु कसरी खोलानालाभरि !
    • धनमाया चौधरी कैलाली
      …
      १,
      किसानको सपना पूरा
      बाली लगाउने अब
      रहेनन् केही अधुरा ।
      २,
      निरन्तर परिरहेछ पानी
      खाना खाएर छिट्टै
      रोपाइँ गर्न जानी।
    • साबित्री प्याकुरेल,धादिङ्
      …
      १,
      बाहिर पानी परेको,
      असार महिनाको दिन
      खेतमा रोपाइँ गरेको।
      २,
      असारे गीत गाउॅंदै
      मुठी रोपेर मुरिको,
      मनमा आस लाउॅंदै ।
      ३,
      साप्ताहिक झिल्का राम्रो,
      सबै मिलेर लेखौँ,
      बनाएर यसलाई हाम्रो।
    • दुर्गा आचार्य, मोरङ
      …
      १,
      खेतसँग प्रीत लाएको
      असारे भाका छोपी
      मिठो गीत गाएको ।
      २,
      हातमा बीउ समाई
      खुसी छन् सबै
      एकैसाथ आपसमा रमाई ।
      ३,
      खान पाइन्छ माम
      खेतमा धान रोपी
      मिलेर गरौँ काम।
    • अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६, सङ्खुवासभा
      …
      १,
      नारी पुरुषको जात
      बराबर चाहिँ कुरामा
      भेदभावको अझै खात ।
      २,
      जबर्जस्ती गरेर हुँदैन
      बुझ्नुपर्छ इच्छा चाहना
      बलात्कारले मन छुँदैन ।
      ३,
      समस्याको हल खोजौँ
      कसरी हुन्छ दिदीबहिनी
      प्रगतिको बाटो रोजौँ ।
    • पृथक प्रकृति, झापा
      …
      १,
      एकार्काको हात समाउँदै
      मायाप्रीतिको भाव साट्छन्
      हिलो खेलेर रमाउँदै।
      २,
      असार मासको काम
      खटेर गर्छन् सबै
      बिर्सिएर खान माम।
      ३,
      असार पन्ध्रको पर्व
      खेतमा धान रोप्दै
      मिलेर गरौँ गर्व।
    • अरुण कुमार भुजेल, गोरूबथान, कालेबुङ, भारत
      …
      १,
      नराम्रो विचार नराख
      सबैको मन जिती
      बिझ्ने कुरा नचाख ।
      २,
      धनका छन् भोका
      निर्धनलाई यहाँ नचिन्ने
      क्रुरताको हुन् पोका।
      ३,
      बाहिर ठिक्क पार्ने
      माथि माथि चढाएर
      ह्वात्त तल झार्ने।
    • सविता भट्टराई, जनकपुर
      …
      १,
      झरीले बनाउॅंछ हुरुक्क
      बाढी, पहिरो नसुन्दा
      मन भयो ढुक्क ।
      २,
      निथ्रुक्क विचरी चरी
      बास जति जलाम्य
      धेरै दुखमा परी ।
      ३,
      मुसलधारे वर्षा झर्‍यो
      दोबाटोको भरिया आज
      नदी किनारामा पर्‍यो ।
    • हिरालाल न्यौपाने ,बानपा ८, कोटमौला सल्यान
      …
      १,
      म तिम्रै भक्त
      ठिक्क वर्षा गरी
      कृपा गर सक्त ।
      २,
      फाट्नेलाई जोड्ने तिमी
      बिजुली, गायब नहोऊ
      उकालो लाग्छौँ ठिमी ।
      ३,
      मौसम बिहेको आयो
      कैयौँले पीडा भोगेर
      एउटाले फल पायो ।
    • नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर ।
      …
      १,
      गर्मी उधुम थियो
      पानी पर्दा त
      जाडोले ठाउँ लियो ।
    • लक्ष्मी रिजाल, रूपनगर, सप्तरी, मधेस प्रदेश, नेपाल
      …
      १,
      सङ्घर्ष हो जीवन
      चल्नेछ दुख सुखले
      पसिनाले कमाएको धन।
      २,
      आँसुले भिजेको परेली
      देखाउन गाह्रो हुन्छ
      तप्कना भित्रको तरेली।
    • बिकास छेत्री अञ्जान, कैजले, बिजनबारी, दार्जिलिङ।
      …
      १,
      सबैले हेरौं सोचेर
      आफुलाई जस्तै पिडा
      अरूलाई बोल्दा घोचेर।
      २,
      ज्ञानको दीप बालौँ
      अहङ्कारको जरालाई सबले
      आफ्नो हृदयबाट फालौँ।
      ३,
      बुझौं अरुको मर्म
      सदा मुस्कान छर्ने
      होस् हाम्रो कर्म।
    • रुना कर्माचार्य दाहाल, चितवन
      …
      १,
      भोको बाघ रिसाउँछ
      जब पाउँदैन खाना
      जङ्गल सबै थर्काउँछ ।
      २,
      राजनीतिमा लाज भएन
      नेताहरू धेरै जसोको
      लुट्ने बानी गएन ?
      ३,
      छानिएकाहरू संसदमा लड्छन्
      यस्ता सांसदबाट जनताले
      इतिहासमा के पढ्छन !
    • रबि पौडेल दक्षिण भारत पाण्डेचरी ।
      …
      १,
      सिमसिम परेको पानी
      हिलोमा धान रोप्दै
      कम्मरमा पटुकी सानी
      २,
      खुसीले हिलोमा खेल्दै
      अङ्गालोमा बाँधिएर सबैलाई
      माया प्रितीमा झेल्दै ।
      ३,
      असारमा धान रोपियो
      सालीको पटुकी पनि
      हिलाम्मे बनी सकियो ।
    • केसर बोहरा ( सङ्घर्ष ), सुदूरपश्चिम अछाम (हाल भारत)
      …
      १,
      असारे मिठो गीत
      खेतका गरा हिलाम्मे
      रोपाहारसॅंग मिठो प्रीत।
      २,
      मङ्सिरको भयो मेलो
      भयो मैजारो अब
      सकियो असारे खेलो।
    • तोया नाथ चापागाईं, दमक, झापा, नेपाल
      …
      १,
      जोखिम पहिरो बाढीको
      पहाडी मुलुक हाम्रो ,
      पैसा बग्दछन् खाडीको।
      २,
      पृथ्वीको संहार भएन,
      उत्ताउलो भयो जलवायु ,
      मान्छेको ध्यान गएन।
      ३,
      जोगाए वनपाखा यहाँ ,
      लगाए वातानुकूलित बोट,
      पहिरो जान्थ्यो कहाँ ?
    • मनोहरी पौडेल, गैडाकोट १, नवलपरासी वर्दघाट सुस्तापूर्व
      …
      १,
      रोपाइँ गर्ने बेला
      असार महिना यो
      खेतमा भएका भेला।
      २,
      बादल फाटेर आयो,
      रोपाइँ गर्दै खेतमा
      असारे गीत गायो।
    • शोभा आचार्य गौतम, काठमाडौँ
      …
      १,
      वर्षा भयो अति
      क्षति धेरै भयो
      अझै पर्छ कति |
      २,
      यो वर्षाको भेल
      गर्नु गर्‍यो दैव
      कस्तो प्रकृतिको खेल |
    • सरिता सेढाई धादिङ
      …
      १,
      हरायो निद्रा भोक
      कस्तो लत बस्यो
      लाग्यो मायाको रोग।
      २,
      आयो बाढी पहिरो
      बिचल्लीमा पर्‍यो लौ
      नेपालीको पीडा गहिरो।
    • वेल थोकर तामाङ
      …
      १,
      समस्याहरू सूचनामा आउँदैन
      अचानक झम्टेर बिझाउँछ
      दु:खलाई समाल्नु भ्याउॅंदैन।
      २,
      असारको झरीले सतायो
      जताततै यातायातमा बाधा
      गरीबलाई घाँटीमा अॅंठ्यायो ।
      ३,
      जनसाधारणलाई महङ्गीले चेप्दैछ
      बजार भावहरू चुलिएको
      प्राकृतिक मौसमले हेप्दैछ ।
    • दिल ठकुरी, टिस्टाभेल्ली (दा)
      …
      १,
      सङ्केत देखियो खतरा
      ढल्ने अवस्थामा पुगेछ
      बत्तिस तले धरहरा l
      २,
      जगको इॅंटा खुस्क्यो
      आफ्नै दम्भको कारण
      हातको माछो फुस्क्यो l
      ३,
      सधैँ शेर बन्थ्यो
      मलाई पछार्न त्यति
      सजिलो छैन भन्थ्यो l
    • बाबुराम गौतम, गुल्मी
      …
      १,
      बढ्यो साउनको भेल
      कति छ बाँकी
      सकिन जीवनको खेल ।
      २,
      बर्षातको भेल सरी
      पीडा रुमल्लिॅंदै आउँछ
      जिन्दगीमा घरी घरी ।
      ३,
      ढिलो पानी पर्न
      जान सकिन थाल्दा
      यसपाली रोपाइँ गर्न ।
    • ललिता गिरी सिन्धुली (हाल काठमाडौं)
      …
      १,
      माया गर्ने मन
      गयो आज टाढा
      उतै गयो तन।
      २,
      जाँदैन म छोडी
      मुटुले मान्दैन हेर
      हाम्रो बन्धन तोडी।
      ३,
      आफ्नो कर्म गर
      अरूलाई दुःख नदेऊ
      तारा बनी झर।
    • धनुष न्यौपाने “यात्री”, जुम्ला
      …
      १,
      पर्दैछ सिमसिमे पानी
      खेतको दबदबे हिलोमा
      रोप्दैछिन् धान सान्नानी।
      २,
      खेतबारी बाँझो भएर
      हुँदैछ सुनसान गाउँ
      युवाहरू परदेश गएर।
    • पुरुषोत्तम फुयाल, साकेला गाउँ पालिका-२ रतन्छा खोटाङ
      …
      १,
      असारमा बर्सातले तर्साउॅंदैछ
      गड्याङगुडुङ बादल मडारिएर
      आकाशमा बिजुलीले थर्काउॅंदैछ।
    • सुनगाभा पोखरेल, हाल- नेपालगन्ज
      …
      १,
      घाम, हावा, जल
      बोटमा आखिर पाकेपछि
      मिठो हुन्छ फल !
      २,
      आकाश रोएर जल
      चारैतिर छ डरलाग्दो
      धरतीमा आयो भल !
      ३,
      सकेसम्म मुसा मार्छ
      द्वारको कालो बिरालो
      दुनो सोझो पार्छ !
    • आर्त अकुलीन
      …
      १,
      कविको यो रङ्गेली
      जिउने बाँच्ने इच्छा
      ज‌ीवनको कस्तो पहेली ?
      २,
      सागरको छ गहिराइभित्र
      मोती मिल्छ रे
      एकपटक डुबौँ मित्र ।
      ३,
      जन्मने र मर्ने
      शाश्वत नियम हो
      आनन्दले इच्छापूर्ण गर्ने ।
    • प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे
      …
      १,
      खोलामा बस्ती बसेको
      आफ्नो बाटो सोझ्याउँदा
      घरघरमा पानी पसेको !
      २,
      विचित्र मौसमी प्रभाव
      कहिले भारी वर्षा
      कहिले पानीको अभाव ।
      ३,
      प्रकृतिको अनौठो चाल
      सम्झौता गर्न सके
      हुँदैन मानिसको बेहाल ।
    • जयनारायण नेपाल
      …
      १,
      म यता आएछु
      कुरा कसो सान्दाई
      नयाँ खबर पाएछु ।
    • सुरेश कार्की, हाल सिड्नी,अष्ट्रेलिया
      …
      १,
      बाढी, पहिरो गएर
      तहसनहस पार्दैछ सबै
      जनधनको क्षति भएर ।
      २,
      सल्लाह गर्दै बसेको
      कामका कुरा हुदैनन्
      धनको पोको कसेको ।
      ३,
      सपना देख्नु गतिलो
      चढ्दै जानू, शिखर
      सानै हुन्छ बतिलो ।
    • समुन्द्रा शर्मा, सुनसरी
      …
      १,
      विश्वासै त हो
      जिन्दगी सुचारु हाम्रो
      सत्यमा हुन्छ जो ।
      २,
      आदतै त भित्र
      लेनदेन गरौँ जिन्दगी
      पाईन्छन् असली मित्र ।
      ३,
      मन्दिरमा पाइॅंदैन देवता
      भेटिन्छन् खोजे झैँ
      हुनुपर्छ मिहिनेती तक्दिरमा ।
    • ईश्वर साउद (भिक्षु), रामारोसन -६, अछाम, सुदुरपश्चिम
      …
      १,
      वर्षाले कतै खुसी
      कतै बाढी पसेर,
      अन्नमा लाग्यो ढुसी।
      २,
      जीवन सुध्रिने आशामा
      बुझाए देश अतृप्तीलाई,
      परे लोभीका पासामा ।
      ३,
      अनौठा अनौठा नीति
      बन्छन् नेपालमा मात्र ,
      बढ्यो केवल बेथिति।
    • सुस्मिता अधिकारी ,काठमाडौँ
      …
      १,
      बर्षातको यो समय
      मस्त छन् किसानहरू
      बाढीको छ भय ।
      २,
      पुल छैन खोलामा
      बाटो लग्यो पहिरोले
      देशको ढुकुटी झोलामा ।
    • पुष्पा सुवेदी, नेपालगन्ज, बाँके

    ::::::::जय झिल्का साहित्य ! :::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविताLeave a Comment on साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २५ सम्पन्न

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २४ सम्पन्न

  • २३ असार २०८१, शनिबार १९:३१ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको २४ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६४ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २४ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
    —++—

    …
    १,
    उडेर जान्छ मन
    झन् सम्हाल्न खोज्छु
    रफ्तारमा दौडन्छ धड्कन ।
    २,
    खेतबारीमा खेल्ने याम
    फुरुङ्ग हुन्छन् किसानहरू
    सोच्छन् नअस्ताओस् घाम ।
    ३,
    सफाचट भयो धानसार
    मुसोको चल्यो रुवाबासी
    भरिएपछि भइन्छ होसियार ।

    • म्यामराज राई
      …
      १,
      फूलहरू छ फुलाउनु
      बाटिका हेरचाह गरी
      पुतलीहरू छ डुलाउनु।
      २,
      ज्ञानको आँखा खोलौँ
      विचार गरेर अब
      सत्य कुरा बोलौँ ।
      ३,
      त्यो आफ्नो आफन्तभन्दा
      राष्ट्रको सेवा गरौँ
      उठाएर नेपाली झन्डा ।
    • दीप गोले तामाङ, चन्द्रपुर -१, रौतहट
      …
      १,
      उड्न खोज्दा मन
      सम्हालेर नसकिने हुँदा
      फेरि भइन्छ रनबन।
      २,
      असार मासको बेला
      जाऔँ मेलापात गर्न
      अरूको नपरौँ फेला।
      ३,
      खाली हुँदा दिमाग
      सोच्ने कुरा नहुँदा
      चल्छ यसैको राग।
    • अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१
      हालः-अमेरिका,बोस्टन।
      …
      १,
      डाँफे उफ्रॅंदै नाच्दैछ
      पाखा पखेरा रमाई
      हिमाल मुसुक्क हाँस्दैछ ।
      २,
      चन्द्रमा छुने चाहना
      किसानले धान रोप्छन्
      असार पन्ध्रको कामना ।
      ३,
      दहि चिउरा खान
      असार पन्ध्र नपर्खौँ
      हतार खेताला जान !
    • अम्बिका अधिकारी, झापा बिर्तामोड
      …
      १,
      असार पन्ध्र आयो
      किसान खेतमा पुगे
      खोला पनि करायो।
      २,
      नेताले गमलामा लगाए
      मालामाल देश भयो
      उद्घाटमा दियो जलाए।
      ३,
      युवा विदेशी भए
      भयो नेताको मोज
      रेमिटेन्सको गुन गाए।
    • सुरेशकुमार पाण्डे
      …
      १,
      धान रोप्दै रमाऔँ
      दही चिउरा खाएर
      असार पन्ध्र मनाऔँ ।
      २,
      असारे गित गाउँदै
      रोपौँ धान साथी
      हिलो खेल्दै रमाउॅंदै ।
    • अनिता भण्डारी ताप्लेजुङ
      …
      १,
      किसान गर्छन् कर्म
      मानोबाट मुरी साट्छन्
      सरकार देखाउॅंदैन धर्म ।
      २,
      बुद्धि विदेश गयो
      शान्ति बेपत्ता भई
      विवेक पागल भयो !
      ३,
      गर्छन् नक्कली भाषण
      कृषिप्रधान देश हाम्रो
      खान्छन् विदेशी राशन ।
    • ऋजु दिल्पाली, इटहरी १ सुनसरी
      …
      १,
      रोपेर गमलामा धान
      मङ्सिरमा बाली भित्रिने
      मन्त्रीज्यूको हुने स‌म्मान !
      २,
      मलखाद अब नचाहिने
      न सिॅंचाईको पीर
      गाली पनि नपाइने !
      ३,
      अरूले पनि सिकून्
      हामीबाट यस्तो प्रविधि
      श्रमिकहरू विश्वभर बिकून् !
    • सुरेश कार्की
      …
      १,
      धानको खेती हिलोमा
      खाएर दही, चिउरा
      असार पन्ध्र बिलोमा ।
      २,
      धानका बाला झुलाऊ
      सुनका माला गलामा
      झपक्क पारी खुलाऊ।
    • विवश पारदर्शी, झापा
      …
      १,
      दुख आउॅंछ सहनुपर्छ
      मनमा संकोच नराखौँ
      रहस्य परिवारमा बहनुपर्छ ।
      २,
      अरूलाई हेपेर नबोलौँ
      समय एकनास हुँदैन
      पराईको इतिश्री नखोलौँ।
    • चुडामणी देबकोटा, पुरानो नैकाप काठमाण्डौ
      …
      १,
      आयो फ़ेरि असार ,
      हाम्रो सरकार अझै
      पर्दैछ जताततै लम्पसार !
      २,
      अनुदानको चिउरा खाएर,
      म हात्ती बनेको
      घटाउॅंदैछु पहाड धाएर।
    • दीपा समभाव, खोताङ्ग
      …
      १,
      सत्यको बाटो रोजी
      हिॅंड्दैछु पाइला चालेर
      अनन्त जीवन खोजी ।
      २,
      जिऔॅं जीवन हाँसेर
      मरिलानु छ के
      नराखौँ अब साँचेर ।
      ३,
      सही हाँसो ल्याउँछु
      भए मनमा चोट
      सत्यकै बाटो खनाउँछु।
    • अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६ सङ्खुवासभा।
      …
      १,
      पवन वर्षा हेर
      असारे महिना भन्दै
      प्रकृति देन फेर!
      २,
      किसान खेतमा आए
      छरिए अनगिन्ती हेर
      असारे गीत गाए!
    • धनुष न्यौपाने” यात्री”, जुम्ला
      …
      १,
      आयो असार फेरि
      दही चिउराको संस्कार
      सबै गाउँ हेरी ।
      २,
      गैरी खेतमा जाऔॅं
      नौटङ्की धेरै भयो
      धान रोपेर आऔॅं ।
      ३,
      गमलामा रोपेर धान
      भतुवा सरकार तिमी
      जनताले गर्नुपर्ने मान।
    • एवाइ प्रभात, सहिदभुमि धनकुटा
      …
      १,
      झरी नझर यसरी
      कतै तिमीसँग बसेको
      रुन्छ मन जसरी।
      २,
      खेतमा तिमी आऊँ
      झरी कस्तो आयो
      असारे न्वागी खाऊँ।
    • नीमा छिरिङ भोटिया, जलढका कालेबुङ
      …
      १,
      यादहरूलाई निषेध भनिदिए
      तर मन निसासियो
      बेहोसिन रक्सी पिए ।
      २,
      घुम्दै हिॅंड्छु भौँतारी
      फेरि भेटिने आशामा
      देउराली अनि चौतारी ।
      ३,
      सम्बन्धमा विष भरेछ
      तिम्रो झुटले यहाँ
      मेरो विश्वास मरेछ ।
    • दिवाकर चाम्लिङ्ग राई, खर्साङ्ग, दार्जीलिङ
      …
      १ ,
      भयो वर्षा झर्झर
      मनसुनको रमाइलो बेला
      लागौँ मेलामा सरासर।
      २ ,
      रोपौँ धान खलिहानमा
      असारको रमाइलो बेला
      नगरौँ अबेला काममा।
    • हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ साँगा बजार
      …
      १,
      गोठमा छैन भैँसी
      दहि च्युरा नभन
      दिन नहेर जैसी ।
      २,
      लाग्थ्यो वर्षा पहिले
      खेतबारी बाँझो राखी
      विदेशिए सबै अहिले ।
      ३,
      डेरीमा छैन दही
      चिउरा आउँछ विदेशबाट
      सिस्नो खानु सही ।
    • हिरालाल न्यौपाने ,बानपा ८, काेटमाैला सल्यान
      …
      १,
      सबैले मेहेनत गरौँ
      नराखौ बाझो खेत
      धानको बीउ छरौँ ।
      २,
      असार पन्ध्रको दिन
      किसानको गफमा सबै
      रमाऔँ हामी एकैछिन।
      ३,
      गाउॅंदै असारे भाका
      कति खुसी हुन्छन्
      हाम्रा प्यारा काका।
    • काजल न्यौपाने, भोजपुर
      …
      १,
      मानो रोपेर मुरी
      असारको महिमा अपार
      आउने वर्षासँगै हुरी ।
      २,
      कृषिको राखौँ गरिमा
      नयाँ जोश जगाऔँ
      वर्षा प्रभु महिमा ।
      ३,
      बाँझा खेत धेरै
      गाउँ शून्य आज
      यहाँ काम नपाएरै । ।
    • कार्की डिबी माकुम, सुनवल -४, नवलपरासी
      …
      १,
      धान दिवस मनाऔॅं
      कृषिको विकास गर्न
      आवश्यक कदम चलाऔॅं ।
      २,
      पुर्याऔॅंसमयमै मल
      सिॅंचाई सुविधा पाएमा
      बढ्थ्यो किसानमा बल।
      ३,
      नरहोस् खेत बाँझो
      दहि चिउरा खाउँला
      मिलाई चाँजो पाँजो।
    • सुस्मिता अधिकारी ,काठमाडौँ
      …
      १,
      धान दिवस आयो
      पकाउने फुर्सद छैन
      दही चिउरा खायो।
      २,
      मकै छोडाएर भुटे
      मुरुक मुरुक चपाउँदै
      किसान रोपाइँमा जुटे।
      ३,
      एकार्काको हात समाउँदै
      मायाप्रीतिको भाव साट्छन्
      हिलो खेलेर रमाउँदै।
    • अरुण कुमार भुजेल, गोरूबथान,कालेबुङ,भारत
      …
      १,
      असारे गीतको भाकामा
      किसानहरू रमाउॅंदै छन्
      धान रोप्दै पाखामा।
      २,
      गमलामा धान रोपेर
      धान दिवस मनाउदै
      सल्ले मुख छोपेर।।
    • वेल थोकर तामाङ, बकैया_८//बस्तिपुर// मकवानपुर
      …
      १,
      आएन असारमा पानी
      भयो खेती चौपट
      सबैलाई गर्‍यो हानी ।
      २,
      धान दिवस किन
      चिन किसान राम्ररी
      आए नराम्रो दिन ।
      ३,
      पन्ध्र गते असार
      गरेन हतार वर्षाले
      हुँदैन अन्नको पसार ।
    • डिल्लीराज (राजेन्द्र) भुसाल, सन्धिखर्क-२, कुर, अर्घाखाँची
      …
      १,
      रोपेर खेतभरि धान
      गुजारा हुन्छ गरिबको
      सबैले समस्या जान।
      २,
      दही चिउरा मिठो
      जानुपर्छ गर्नलाई काम
      वर्षभरि पुर्याउन पिठो ।
    • सुनगाभा पोखरेल
      …
      १,
      पानी पनि हरायो
      आकाशतिर हेर्दाहेर्दै हजुर
      पेटमा मुसा करायो ।
      २,
      मानो, मुरी, पाथी
      जे जति छन्
      सबैलाई बनाउँछु साथी ।
    • नन्दलाल आचार्य, बेलका-२, उदयपुर
      …
      १,
      विद्यालय, लेख्ने भावी,
      भाग्य देशको निधारमा
      हुनुपर्छ गुणस्तरीयता हावी।
      २,
      निष्पक्षताको न्यायिक भट्टीमा ,
      राखेर छान्नुपर्छ विधाता ,
      फोहोर , फाल्नुपर्छ टट्टीमा।
      ३,
      बन्छन् सन्चालक उनै
      चाकडलाई असल मान्नेहरू
      छैनन् , विद्यालयमा कुनै ।
    • लोक वहादुरछेत्री लामिछाने, मोदी गा पा २ देउपुर,पर्वत
      …
      १,
      किसानले गरे काम
      जीवन समर्पण गर्दै
      बनाएर खेती जाम ।
      २,
      प्रफुल्ल मुद्रामा किसान
      असार पन्ध्र मनाउदै
      प्रकृतिको गरेर गुणगान ।
      ३,
      धान रोपाइ सुरु
      खेतीको काम हुँदैछ
      अचेल साथी खुरुखुरु ।
    • पृथक प्रकृति ,झापा
      …
      १,
      नराखौँ खेत बाँझो
      समयमा मिलाउनु मलजल
      विजन पानीको चाँजो ।
      २,
      धान दिवसको मौकामा
      दही चिउरा खाउँला
      नबसौँ चुल्हो चौकामा ।
      ३,
      सिमसिम पानी पर्दैछ
      हली कोदाली बोकी
      गैह्री खेतमा झर्दैछ ।
    • मोती सुब्बा दार्जिलिङ निमकी डाँडा
      …
      १,
      आज भ्याउँदिन आउन
      तिमीलाई भेट्न सानू
      जान्छु पर्म लाउन।
      २,
      व्यस्तताले हुन्न भेट
      रोप्न धान, कोदो
      बन्द नेट, इन्टरनेट।
    • साबित्री प्याकुरेल, धादिङ्
      …
      १,
      धान दिवस मनाए
      पत्रकार सम्मेलन गरेर
      फेसबुकमा जानकारी गराए।
      २,
      हिलो नभनी मनाइन्छ
      मानो रोपेर मुरी
      फलाउने सपना सजाइन्छ ।
    • कला ढकाल, झापा
      …
      १,
      खेतमा छैन पानी
      कहिले आउने मनसुन
      बीउ सुक्यो नानी !
      २,
      असार पन्ध्र आयो
      रोपाइँमा रमाउँदै चट्ट
      दही चिउरा खायो ।
    • कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
      …
      १,
      सुकिसक्यो खेतको आँत
      हाँस्दैछ अट्टहास गरी
      आकाश देखाई दाँत ।
      २,
      पाइन्न बीउ मल
      खेती हुन्छ कसरी
      छैनन् गोरुका हल ।
      ३,
      रोपेर गमलामा बीउ
      धान दिवसको उद्घाटन
      पाँचतारेमा मन्त्री जिउ ।
    • वसन्त अनुभव, घोराही, दाङ
      …
      १,
      दही चिउरा खाने
      आपसमा मिली सबै
      धान रोप्न जाने ।
    • बिरेन्द्र कुमार चौधरी, इटहरी सुनसरी
      …
      १,
      हाँस्दैछ धर्ती मुसुक्क
      सुकिसक्यो सबै खेतबारी
      नेताहरू पाँचतारेमा खुसुक्क ।
      २,
      गमलामा बीउ निकास
      कृषिप्रधान खोज्छौ सम्मान
      यत्तिकैमा कृषिको विकास ।
      ३,
      पानीको कुलो बनाऊ
      हलगोरू पुर्‍याऊ खेतबारीमा
      कृषिप्रधान देश जनाऊ ।
    • बेदु न्यौपाने
      …
      १,
      मनमा पहिरो चल्छ
      जिन्दगी बेकार भयो
      कहाँ पुगेर ढल्छ।
      २,
      कसलाई बताऊ हाल
      सबैले मजाक मान्छन्
      लिन आउँदैन काल।
      ३,
      जन्मिनु गल्ती भयो
      शरीर जिउँदो हुँदै
      सपना मरेर गयो ।
    • ललिता गिरी, सिन्धुली (हाल काठमाडौं नेपाल)
      …
      १,
      गरेर भएपनी अर्मपर्म
      सफल बनाऔॅं है
      हामीले आफ्नो कृषीकर्म ।
    • सरिता सेढाईॅं
      …
      १,
      मन्त्री हिलोमा गए
      जुत्ता लगाएर खेतमा
      उद्घाटन गर्ने भए ।
      २,
      हातमा धान समाएर
      नेताज्यू कार्यकर्ताको भरोसा
      हिँड्छ्न् खुट्टा कमाएर ।
      ३,
      गजब छ यहाँ
      गमलामा धान रोपेर
      पन्ध्र मनाउँछन् जहाँ ।
    • रबि पौडेल ,दक्षिण भारत पाण्डेचरी
      …
      १,
      असारमा कोदालो चलाऔॅं
      असाध्यै परिश्रम गरेर
      मानोमा मुरी फलाऔॅं।
      २,
      जतासुकै धर्ती हराभरा
      धान रोपेर किसानहरूले
      सुसेली खेल्छन् गरा ।
      ३,
      कष्टकर गरौँ सामना
      सबैलाई धान दिवसको
      हार्दिक मङ्गलमय शुभकामना ।
    • केसर बोहरा ( सङ्घर्ष ), सुदूरपश्चिम अछाम
      (हाल भारत )
      …
      १,
      असारे गीत गाएर
      म हाँस्न चाहन्छु
      असीम प्रेम पाएर ।
    • लक्ष्मी रिजाल, रूपनगर, सप्तरी
      …
      १,
      जल र मल
      मिसाई गरामा रोपाइॅं
      अनि फल्छ फल ।
      २,
      मुठी छरी मानो
      उब्जाउने बेला
      बर्खामास रोप्ने धानो
      ३,
      हराभरा जगत साउने
      झिमझिमे पानीले गर्दा
      पृथ्वी सारा सजाउने ।
    • ईश्वर साउद, रामारोशन गाउँपालिका ६ सुदुपश्चिम अछाम
      …
      १,
      खेतमा रोपेर धान
      किसानको निरन्तर कर्मले
      बढेको नेपाली सान !
    • आर्त अकुलीन
      …
      १,
      असार पन्ध्र मनाउँदै
      धान रोपौ खेतमा
      असारे गीत गाउॅंदै।
      २,
      सपना देख्छ किसान
      मानो रोपी मुरीको
      पाल्दछ सधैं जहान ।
      ३,
      असारमा हिलो खेलेर
      रमाउँछ किसान सधैँ
      भकारी सधैँ भरेर ।
    • समुन्द्रा शर्मा, सुनसरी
      …
      १,
      धान दिवस मानेर
      हिलो खेतमा गए
      बीउ रोपे तानेर।
      २,
      दही चिउरा खाएर
      बेठी पनि लगाएको
      असारे गीत गाएर।
      ३,
      साथीसॅंग छ रमाइलो
      हातमा बोकेको बीउ
      घाम थियो घमाइलो।
    • दुर्गा आचार्य, मोरङ
      …
      १,
      खेतमा छरेको बीउ
      आकाशे घामले खायो
      जरिवाना कति लिउँ।
      २,
      सम्झना आउँछ नरेको
      छोरो हरायो परदेशमा
      असारमा पानी परेको।
      ३,
      मनैमा बरियो बाटेर
      रुँदैछ रित्तो डोको
      मायामा रुपैयाँ साटेर।
    • होमप्रसाद नेउपाने, धरान, सुनसरी
      …
      १,
      असार पन्ध्र मनाऔँ
      दही चिउरा खाएर
      धान दिवस जनाऔँ l
      २,
      आज धान दिवस
      किसानहरू आकाश हेर्दै
      घरमै बस्न विवश l
      ३,
      ठिक छैन जमाना
      देश लुटेर दुष्टले
      भरे आआफ्ना खजाना l
    • बाबुराम गौतम, गुल्मी
      …
      १,
      हिजोआज रुँदैछ आकाश
      सचेत हुनु सबैजना ,
      कतिको उठाउँछन् घरबास ।
      २,
      बादलु घुम्टो ओढेर,
      लजाउॅंछन् पहाड मेरो
      म मुस्कुराउॅंछु हेरेर ।
      ३,
      किसानले पसिना रोपेर
      खेत बनायो हरियाली
      खुसी छायो देखेर ।
    • भुपेन्द्र राना मगर, धादिङ
      …
      १,
      असार पन्ध्रको बेलामा
      रोप्नलाई गैह्री खेत
      अर्मपर्म गरिन्छ मेलामा।
      २,
      किसानलाई हुन्छ हतारो
      असारको यो महिना
      खेत रोप्ने चटारो।
      ३,
      दही चिउरा खाएर
      पन्ध्र असार मनाऔँ
      असारे गीत गाएर।
    • सतीश पण्डित, भानु ६ चुँदी तनहूँ(हाल चनपा ६ मातातीर्थ)
      …
      १,
      खेतमा रोप्दा हमलामा,
      बाठाले लाए बुद्धि ,
      रोप्न थाले गमलामा ।
      २,
      किन रोप्नु धान ?
      बेकारमा लाग्छ हिलो
      पुगेकै छ खान ।
      ३,
      ट्र‍याक्टरले हिलो पार्‍यो
      मसिन रोप्छ धान
      फोटोमा ढाँचा पार्‍यो ।
    • बुढ्यौली साहित्य समाज, सिन्धुली
      …
      १,
      असारे माया हिलो
      सम्मान गरौ सबैले
      किसानी पेशा गतिलो ।
    • प्रेम थापा “मन”, बागलुङ
      …
      १,
      कति माया गर्छु
      तिमीलाई पत्तो भएन
      त्यसैले पछि सर्छु
      २,
      वरपिपलको चौतारीमा आउनु
      बाँसुरीको धुन सुनी
      यसो थाहा पाउनु ।
      ३,
      तिमी आउँदा खुसी
      हुन्छ मन मेरो
      भन्छौ मलाई लुसी ।
    • शशीश्री आचार्य, बौद्ध कुमारीगाल काठमाडौं
      …
      १,
      मेहनत गरेर खानु
      पसिना बगााई खेतमा
      उमार्छु दानाबाट मानु ।
      २,
      रोपाइॅं गर्न जाने
      आज असार पन्ध्र
      दही चिउरा खाने ।
      ३,
      दर्कियो आकाशे पानी
      रोप्दैछु खेतमा बिउ
      असल बिज छानी ।
    • दिनेशकुमार शर्मा, हेटौडा, मकवानपुर
      …
      १,
      असारमा खै पानी
      कसरी रोप्ने धान
      देखियो खेतिमा हानी ।
      २,
      मानोले उब्जाउ मुरी
      असारमा रोपेर धान
      नआओस् हावा हुरी ।
    • दुर्गा भट्टराई
      …
      १,
      गरेर सुन्दर काम
      उज्वल कर्म गर्दै
      बनाऔॅं अमर नाम!
      २,
      इज्जत सबैको गर्दै
      पवित्र भावना भरौँ
      कर्तव्य पथमा सर्दै!
    • कमल प्रसाद बगाले रेग्मी, वालिङ्ग बजार स्याङ्जा
      …
      १,
      नमुना झण्डा सान
      वीर पुर्खाको नासो
      नेपाल नेपाली पहिचान ।
      २,
      लालिगुँरास राष्ट्रिय फूल
      पहिचान मेटाउन नेताहरू
      गर्दैछन् ठुलो भुल।
    • सङ्गीता खरेल, काठमाडौं
      …
      १,
      वर्षातको आस गर्दा
      बल्ल खुसी लाग्यो
      आज पानी पर्दा ।
      २,
      रोपाइँको छ बेला
      घरको काम सकेर
      छिटो जानुपर्छ मेला ।
      ३,
      गैरी खेतको हिलो
      खेल्दै रमाइलो गरौँला
      साथीहरु नगर ढिलो ।
    • लक्ष्मण देउवा, डोटी (हाल भारत चेन्नई)
      …
      १,
      तन बुढो भयो
      उमेर बढ्दै गएपछि
      बैँस खेर गयो ।
      २,
      असारे गीत गाउॅंदै
      धान रोप्ने खेताला
      स्वरमा स्वर मिसाउॅंदै ।
    • बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाइ ४ झापा
      …
      १,
      खेतभरि भयो हिलो
      अझ असार लागेदेखि
      बाटोमा धेरै ढिलो ।
    • श्रीकृष्ण धामी – बझाङ
      …
      १,
      धामीको भरमा पर्दा
      ज्यान हाम्रो जान्छ
      समयमै उपचार नगर्दा।
      २,
      जोगिन्छ बार लगाए
      बेलैमा गरौँ उपचार
      रोगले धेरै सताए।।
      ३,
      नसोचौँ जीवनलाई भार
      पाईदैन मनुष्य चोला,
      ईश्वरले दिएको उपहार ।
    • सीमा कार्की समर्पण, मेलचोक पर्सा, नेपाल
      …
      १,
      बसे म पर्खेर
      साझ ढल्दैँ गयो
      देखेर गयो तर्केर।
      २,
      माया गरे धेरै
      बुझ्नेले नबुझ्दा माया
      गयो हेर खेरै।
      ३,
      वेदनाले मन कुटुकुटु
      निष्ठुरीलाई भुल्न मैले
      बनाए पत्थरको मुटु।
    • रुना कर्माचार्य दाहाल ,चितवन
      …
      १,
      असारे झरी आयो
      किसान हर्षित भए,
      बाली लाउन पायो।
      २,
      सक्दैन किसान बस्न
      हुन्छ निरन्तर लागिरहेको
      खेतबारीको माटोमा पस्न ।
      ३,
      रहर धेरै होला
      आफ्नो पनि उसको
      तर दुखी चोला।
    • शंकर कार्की, मकवानपुर
      …
      १,
      रोपाइँको फेसन गरे
      मात्र पन्ध्र असारमा,
      सन्जालमा भ्रम छरे।
      २,
      कस्तो भयो विडम्बना
      खेतहरू बाँझो राखी,
      किसान हुने सपना।
      ३,
      विकृतिको नाघ्दा हद
      देखिएन मिसन रोक्ने
      बेकारका मन्त्री पद ।
    • मनोहरी पौडेल, गैडाकोट १, नवलपरासी( वर्दघाट सुस्ता पुर्व)
      …
      १,
      बेसीका ठुला फाँटमा
      मानो रोपेर मुरी
      जोश जाँगर आँटमा।
      २,
      प्रकृति छटा हाँसेकी
      प्रफुल्ल हुँदै पिरती
      झरनासँग नाता गाँसेकी।
      ३,
      उडेका धुलो हराउँदै
      शीतल पवन सिरसिर
      छङछङ झरना कराउँदै।
    • सरस्वती श्रेष्ठ, रुपन्देही बुटवल
      …
      १,
      लक्ष्य साझा लिएर
      लाग्दैछ समाज सेवामा
      युवा जमात मिलेर ।
    • बाल कृष्ण श्रेष्ठ, सोलुखुम्बु

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविताLeave a Comment on साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २४ सम्पन्न

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २३ सम्पन्न

  • १३ असार २०८१, बुधबार ०७:०२ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको २३ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६८ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २३ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
    —++—

    …
    १,
    मौसमी चाल चाले
    बाँझोमा उम्रिन्छन् आशाहरू
    पसिनाले उमार्न थाले ।
    २,
    खुट्टा तान्नु पहिले
    आफ्नो पाइला चालौँ
    हातमा फल जहिले ।
    ३,
    पाखुरी होस् स्थायी
    लक्ष्यित योजना बनाए
    यात्रा बन्दछ फलदायी ।

    • म्यामराज राई, भोजपुर
      …
      १,
      हजारौँ फूलहरू फुलिरहे
      सुन्दर ती बगैँचामा
      कति भमराहरू डुलिरहे।
      २,
      लेखिराखौँ हरेक चरण
      पुराना दिनका कथाहरू
      झिल्काले गराउॅंछ संस्मरण ।
      ३,
      जिन्दगी नाटक हो
      हामी अभिनय गर्दैछौँ
      सत्पात्र बन्ने को ?
    • दीप गोले तामाङ, चन्द्रपुर, रौतहट
      …
      १,
      मौसम अनुसारको काम
      नगरी नहुने यता
      छैन जाने ठाम।
      २,
      भइन्जेल पाखुरीमा बल
      उमेर पुगेपछि नसकिने
      जोसुकैले पनि हलचल।
      ३,
      पाइन्छ खोज्दा रहलपहल
      पाखुरी बजार्दा सबैले
      हातमा आउँछ फल।
    • अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१(हालः-अमेरिका,बोस्टन)
      …
      १,
      मौसमको हलचल हुँदैछ
      थिएन पानीको आशा
      असारे मनसुन छुँदैछ ।
      २,
      मानो रोपेर मुरी
      अन्न फलेर आए
      लाग्ला सुनको धुरी ।
      ३,
      फलाउँछ मानव अन्न
      धान्न मानव जिन्दगी
      ईश्वर रहेछन् धन्न ।
    • बेदु न्यौपाने
      …
      १,
      दाम छैन गोजीमा
      कसो गर्ने होला ?
      छु कामको खोजीमा |
      २,
      खान पाइॅंदैन बसेर
      अल्छी भयौँ भने
      हिॅंडौँला पेट कसेर |
      ३,
      मनसुनले घात गर्‍यो
      कतै सुख्खा अति
      कतै पहिरो झर्‍यो ?
    • सरिता सेढाई धादिङ
      …
      १,
      सम्बन्ध बीचको पहिरो
      बाह्य आँकलन नगर्नु
      असर यसको गहिरो ।
      २,
      परदेसिनु बाध्यता थियो
      म फर्की आउँछु
      जलाई राख्नु दियो ।
      ३,
      आवश्यकताको पहाड देखेर
      म पनि परदेसिएँ
      जिम्मेदारी थाप्लोमा बेरेर।
    • दिवाकर चाम्लिङ्ग राई, खर्साङ्ग ,दार्जिलिङ
      …
      १,
      हुनुपर्छ पहिला आँट
      गर्न केही प्रगति
      दु:ख पीडा साटासाट ।
      २,
      राम बसे वनैमा
      केवल एक आदेश
      सिताजीलाई राखेर मनैमा ।
      ३,
      देखिॅंदैन बाहिरी चोट
      भित्री छिया छिया
      अर्धमृत भेटियो बोट ।
    • ईश्वर साउद, रामारोशन गाउँपालिका- ६, सुदुरपश्चिम अछाम
      …
      १,
      बस्नुपर्छ मानेर डर
      वर्षाको महिना सुरु
      प्रकृतिको हुँदैन भर।
      २,
      जीवन बिस्तारै चल्छ
      मिहिनेती बन्दै जाऊ
      गरे सुन फल्छ ।
      ३,
      नछाडौँ आफ्नो कर्म
      सबैलाई बचाउनु पर्ने
      किसानको ठुलो धर्म ।
    • शंकर कार्की, मकवानपुर
      …
      १,
      हुन्छ यहाँ बारम्बार
      महिलामाथि हुन्छ जहिले
      हत्या, हिंसा बलात्कार ।
      २,
      सुन्दा मन रुन्छ
      हाम्रो देशमा छाउपडी
      कहिले अन्त्य हुन्छ ?
      ३,
      बरु बढोस् सुनको
      बिन्ती गर्छु सरकार
      नबढोस् भाउ नुनको ।
    • अनिता भण्डारी, ताप्लेजुङ
      …
      १,
      नहुनु गल्ती भयो
      रिस थाम्न नसक्दा
      क्षति बढ्दै गयो।
      २,
      संसारमा दुई जात
      कतिको घरभित्र रोइलो
      परिवारभित्र देखिन्छ अन्तरघात।
      ३,
      कसैलाई हेपेर नबोलौँ
      समय एकनास हुँदैन
      अर्काको इतिश्री नखोलौँ।
    • चुडामणी देबकोटा, पुरानो नैकाप काठमाण्डौ
      …
      १,
      मानव हिॅंड्ने बाटोमा
      सफलता मिलोस् सधैँ
      हुर्की खेलेको माटोमा ।
      २,
      योग अभ्यास गरौँ
      शरीर फुर्तिलो बनाई
      मनमा खुसी भरौँ ।
      ३,
      बगैंचामा फूल फुल्छन्
      सुगन्धित फूलको बासनामा
      भमरा झुम्मिएर डुल्छन्।
    • राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे, भक्तपुर
      …
      १,
      हजारौँ फूल फुलिरहोस्
      मगमग बासन छरी
      सदाबहार जिन्दगीमा झुलिरहोस्।
      २,
      असारमा धन रोपाइँ
      चटारो भयो धेरै
      बाढीबाट ज्यान जोगाई ।
      ३,
      खेतालो छैन अब
      के गर्ने खै ?
      देशमा बुढाबुढी सब।
    • एवाइ प्रभात, सहिदभुमि धनकुटा
      …
      १,
      अन्जान बस्तीहरू ढल्दै
      गरिबी गाँसबास उठ्यो
      एकोहोरो भएर टल्दै ।
      २,
      समाउने हाँगो हुँदैन
      देखेन जनता रोएको
      नेतालाई छाँगाले छुँदैन ।
      ३,
      कति गर्छौ अत्याचार
      पालो गर्दै खाई
      कहाँ टुङ्गिन्छ भ्रष्टाचार ।
    • अम्बिका अधिकारी, झापा बिर्तामोड
      …
      १,
      देश बचाउ अभियान
      चाल्नु पर्छ सबैले
      भुल्न हुन्न स्वाभिमान।
      २,
      आत्मनिर्भर आफैँ बन्नुपर्छ
      दस नङ्ग्रा खियाई
      बाँझो खेत खन्नुपर्छ।
      ३,
      देशको सिङ्गो कथा
      टुलुटुलु हेर्छ सरकार
      कर्णालीको दर्दनाक व्यथा।
    • काजल न्यौपाने, भोजपुर
      …
      १,
      अकासमा उदाए जून
      जगमग उज्यालो गरी
      उद्यानमा फक्रिए प्रसून।
      २,
      अकेली एकान्त वनमा
      सुकुमारी शकुन्तला बसेकी
      निर्धक्क शान्त मनमा !
      ३,
      अषाढमा धान रोपाइँ
      पाकेपछी मङ्सिरमा काटेर
      गरौँला परालको दाइँ ।
    • विवश पारदर्शी, झापा
      …
      १,
      बोक्दैछु विदेशीको भारी
      मनभरि पीडा छ
      बाँझै घुरेनको बारी !
      २,
      पुगेछन् सत्तामा खुनी
      मरुभूमि तुल्य बनाए
      स्वर्ग जस्तो भूमि !!
      ३,
      हाँसो छैन ओठमा
      राक्षसको साम्राज्य भो
      बाढी पस्यो गोठमा ।
    • ऋजु दिल्पाली, इटहरी
      …
      १,
      मन भयो रसिलो
      सबै मिलेर एकता
      यो रहेछ कसिलो।
      २,
      सबै मेरो हुँदैन
      ईश्वरको आशीर्वाद सबैलाई
      दुःखले कसलाई छुँदैन।
    • नीमा छिरिङ भोटिया, जलढका कालेबुङ
      …
      १,
      गूगलमा अन्न फल्दैन
      नानीहरू घोप्टिएर नबसौँ
      यसरी जीवन चल्दैन।
      २,
      खेतमा हलो चलाउनु
      सबैले आलस्य त्यागेर
      मानाको मुरी फलाउनु।
      ३,
      समयको सदुपयोग गरौँ
      आज पसिना बगाएर
      भोलि ढुकुटी भरौँ ।
    • बिके मुखिया, दार्जिलिङ, भारत
      …
      १,
      अविकसित हाम्रो गाउँ
      समस्याहरुले चित्कार छडेर
      देउराली रोएको ठाउँ !
      २,
      युवा परदेश पलायन
      तीन शब्दमा सिमित
      समस्यै समस्याको जीवन।
    • बि.कुलुङ, दार्जिलिङ, रंगबुल
      …
      १,
      तातिइन् पृथ्वी पाल्नलाई
      रमाउँदैछन् किसान खेतीमा
      अनाज फलाउन थाल्नलाई ।
      २,
      एउटै ध्यान किसानको
      निस्वार्थ श्रम गर्दछन्
      अन्न ऐश्वर्य निसानको ।
      ३,
      जुधेर पृथ्वीसँग रमाई
      मस्किन्छिन् धर्ती जब
      देखेर कोदाली समाई ।
    • रामप्रसाद पुरी, बादेल, खोटाङ
      …
      १,
      मौसमी जलवायु चल्यो
      धर्ती सिॅंन्चित हुँदाखेरि
      फसल राम्रो फल्यो ।
      २,
      पाइला पाइला चालेर
      प्रगतिपथमा सबै लम्कौँ
      वैमनस्यता रिसराग फालेर ।
      ३,
      छन् खेतबारी बाँझो
      फेरि हराभरा बनाउन
      मिलाऔॅं हामीले चाँजो ।
    • डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा.पा. -६ , दोलखा
      …
      १,
      किसान खेतमा डुलेको
      असारे झरि परेर
      सबै दु:ख भुलेको।
      २,
      पुर्वमा रोपाइँ हुँदैछ
      बेलैमा पानी परी
      किसानले हिलो छुँदैछ।
      ३,
      सिमसिम पानी परेको
      काधमा कोदाली बोकेर
      बेँसीतिर ओराली झरेको ।
    • कला ढकाल, झापा
      …
      १,
      महिना यो असार
      रोपिन्छ धान खेतमा
      चलेकै छ घरबार।
      २,
      माटोमा पसिना बगाई
      माटोमै जीवन बिताउँछन्
      बाली अनेक लगाई।
      ३,
      पहिला आफू बाँचेर
      अरूलाई पनि बचाउँछन्
      राख्दैनन् तिनले साँचेर।
    • सतीश पण्डित
      …
      १,
      कृषिमा ल्याए आधुनिकता
      उत्पादन हुन्थ्यो धेरै
      त्यागे सामन्ती मानसिकता ।
    • लोक वहादुर छेत्री लामिछाने, मोदी गा पा २ देउपुर, पवत
      …
      १,
      सिमसिमे पानी परेको
      कुट्टो कोदाली बोकी
      बेँसी खेत झरेको ।
      २,
      बेँसी खेत धाउॅंदै
      गरौँ काम मज्जाले
      असारे गीत गाउॅंदै ।
    • वेल थोकर तामाङ, बकैया _८, मकवानपुर
      …
      १,
      को छ अजम्बरी
      जन्मेको हो मर्न
      बाँचिॅंदैन त सधैँभरि ।
      २,
      घाम सङ्ग छायाँ,
      ट्याक्कै परपुरक जस्तो
      दोहोरो हुन्छ माया ।
    • शम्भु गजुरेल
      …
      १,
      बाँकी जस्ताको त्यस्तै
      अचेलको ताजा खबर
      छैन पहिलेको जस्तै।
      २,
      शोषण गर्छन् श्रमिकमाथि
      काम अनुसारको दाम
      पाइॅंदैन भन्छन् साथी ।
      ३,
      नभई नहुने पानी
      निकास नभएको खण्डमा
      बर्खामा गर्छ हानी ।
    • पृथक प्रकृति ,झापा
      …
      १,
      भनेर पनि नहुने
      जिन्दगी रहेछ दोधारको
      मनले पनि नछुने ।
    • प्रेम थापा “मन”बागलुङ “
      …
      १,
      आगो र पानी
      नमिल्ने एकापसका पूरक
      यस्तै सोच्छे सानी ।
      २,
      भाग्यको पछि लागेर
      कर्मशील बन्न नसके
      पाइन्न केही मागेर ।
      ३,
      भोकले भोजन मागेछ
      परिबन्दमा फँसेर पो
      नखाएको विष लागेछ ।
    • नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर (हाल- एनेलकुटी, सिरहा)
      …
      १,
      धान रोप्ने बेलामा
      घामा लाग्यो टलल
      जाउ साँइली मेलामा ।
      २,
      ब्याडे दाई आए
      हातमा बिउ लिई
      रोपाहारले रोप्न पाए ।
      ३,
      किसान हामी रमाउॅंदै
      खेतबारीमा गएर हेर
      हलो जुवा समाउॅंदै ।
    • बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाइ ४ झापा
      …
      १,
      लुकेर हान्छौ जहाँ
      जीवन जान सक्छ
      प्रत्यक्ष आऊ, यहाँ ।
      २,
      झुठको तिम्रो खेती
      कहिले सुध्रिन्छौ तिमी
      दुनियाँले छुँदा तेति ।
      ३,
      यहाँ मौसम फारेको
      पानी आउँदैन होला
      हेर किसान हारेको !
    • रबि पौडेल, दक्षिण भारत पाण्डेचरि
      …
      १,
      मौसम भयो आहा !
      ऋतु रोपाइँको पनि
      किसानको यत्ति चाहा ।
    • नागेन्द्रप्रसाद यादव
      …
      १,
      पनौतीको हिले जात्रा
      खानुपर्छ मिलाएर फल
      चिउली केराको मात्रा !
      २,
      मानो रोपेर मुरी
      फलाउनु पर्ने बेला
      नहुनु कोही दूरी ।
    • कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
      …
      १,
      बर्सात नहोला जस्तो
      सुक्न लागेछ गराहरू
      रोपाइँ नहुँदा कस्तो ।
      २,
      बीउ उखेलेर सारा
      पानीले धोका दियो
      मनसुनको कस्तो पारा ।
      ३,
      आकाशको भरमा खेती
      बादललाई कति पर्खनु
      उमेर ढल्केछ सेती ।
    • भगवती दवाडी ,झापा
      …
      १,
      टाढ़ा नजिकका भेटियो
      हात समाई रमाउँदै
      झिल्काले सबैलाई समेटियो।
      २,
      झरी नयनको कुनामा
      कसैले नदेखी खस्यो
      आफ्नै दौराको तुनामा।
      ३,
      जिन्दगीको गोरेटो साह्रो
      धोका खाँदै हिॅंड्नुमा
      जिउनु एकदमै गाह्रो।
    • अन्मोल मुस्कान, तकदाह छाउनी, दार्जिलिङ
      …
      १,
      धान रोप्नुपर्छ भनेर
      बिदेश हिॅंडेको उनी
      रुपियाँ देखाउँछन् गनेर ।
      २,
      सबैको मन रिझाउन
      सकिन्न रहेछ कहिले
      थाल्दछ चसक्क बिझाउन ।
      ३,
      रिसाएको जस्तो मुहार
      एकपटक मुस्काउन भन्छु
      मागेर फेरि गुहार ।
    • मोती सुब्बा, दार्जिलिङ निमकी डाँडा
      …
      १,
      पानी पर्यो आज
      बाटो छ हिलो
      नभेटौँ है साँझ।
      २,
      मनमा माया अपार
      साथमै लैजाऊ मलाई
      एक्लै रुन नपार ।
    • साबित्री प्याकुरेल, धादिङ्
      …
      १,
      कर्मयोगी हुन्छ किसान
      गर्दैन फलको आशा
      चाहिॅंदैन भवन आलिसान ।
      २,
      गर्नुपर्छ धेरै कष्ट
      प्रकृति बन्छ शत्रु
      गर्छ उपज नष्ट ।
      ३,
      उत्पादन गर्छ अन्न
      खुवाउॅंछ टन्न सबैलाई
      पर्छ जमिन खन्न ।
    • डिल्लीराज (राजेन्द्र) भुसाल, सन्धिखर्क-२, कुर, अर्घाखाँची
      …
      १,
      सङ्गत अनुसारको फल
      अवश्य मिल्नेछ साथी
      तर नगर्नु छल ।
      २,
      देखियो मिठो सपना
      उपभोग गर्न पाइन्न
      ईश्वरको गर्नु जपना
      ३,
      श्रमिक निरोगी हुन्छ
      देश विकासको आधार
      विभेदले मन छुन्छ ।
    • प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे
      …
      १,
      आयो रोपाइँको बेला
      खेल्छन् युवा युवती
      हिलो छ्याप्ने खेला।
      २,
      हुँदैन फुर्सद खाने
      एउटै कुरा ध्यानमा
      खेतमा सबरै जाने।
      ३,
      कोही रसिया गाउँछन्
      असारे गीतको पारखी
      गीत सुन्न धाउँछन्।
    • अरुण कुमार भुजेल, गोरूबथान,कालेबुङ, भारत
      …
      १,
      आषाढमा धान रोप्ने
      हिउँदमा पिरती लगाई
      हातमा नाम खोप्ने ।
      २,
      पाइला अगाडि चाल
      आउन सक्छ नजिकै
      बर्षातमा नदीको छाल ।
      ३,
      सफलता हात पार्न
      पर्छ अब सबैले
      खेतबारीमा मन सार्न ।
    • ललिता गिरी, सिन्धुली, हाल काठमाडौं
      …
      १,
      जोधाहा रहेछन् ओहो!
      दुष्ट नेतालाई जहिलेसुकै
      सत्ताको मात्रै मोहो l
      २,
      सकिएन गर्न जोहो
      कसरी भेटिन्छ कुन्नि
      छाक टार्ने गोहो l
      ३,
      आत्मनिर्भर बनौँ सबै
      परालम्बी भयौँ भने
      आनन्द मिल्दैन कबै l
    • बाबुराम गौतम, गुल्मी
      …
      १,
      अल्छीलाई महान ठानिन्छ
      मुलुक सतीले सरापेको
      गर्नेहरूको खुट्टो तानिन्छ ।
      २,
      न्यायको मरिसक्यो आस
      दोषीलाई दिन्छ उन्मुक्ति
      निर्दोषलाई सधैँ कारावास ।
      ३,
      जिन्दगी हुन्छ जञ्जालमा
      तर राम्रो देखाइन्छ
      हेर सामाजिक सञ्जालमा ।
    • वसन्त अनुभव, घोराही, दाङ
      …
      १,
      अस्पटलाग्दो छ पर्खाइ
      बुझिन्छ समयको मूल्य
      मनको अनौठो सोचाइ ।
      २,
      जिम्मेवारी कस्तो बाध्यता ?
      कर्तव्यबोधले थिचिएको जीवन
      गर्न नसकिने मध्यस्तता ।
      ३,
      अधुरो सपनाहरू लथालिङ्ग
      समेट्न खोज्दा खोज्दै
      जिन्दगी दोबाटोमा ठिङ्ग ।
    • दिल ठकुरी, टिस्टा भेल्ली दार्जिलिङ्ग
      …
      १,
      भोजन जुटाउन वर्षको
      असारमा रोपाइँ गरेर
      आयो समय हर्षको ।
    • लक्ष्मी रिजाल, रुपनगर, सप्तरी ।
      …
      १,
      ब्रह्माण्ड तातो भयो
      प्रलय हुन्छ भन्ने
      सबैको सातो गयो
      २,
      प्रकृतिलाई पनि गाह्रो
      नियम विपरीत गर्दिन्छन्
      बाँच्नलाई पनि साह्रो ।
      ३,
      घामपानी जस्तो भइदिऊॅं
      नत्र हुन्छ अप्ठ्यारो
      नियम अनुसार गइदिऊॅं ।
    • सविता भट्टराई, जनकपुर
      …
      १,
      मनभित्र पस्यो अशान्त
      हुरी बतास चलेर
      समय आयो दुःखान्त।
      २,
      हाँगा नहोस् समाउने
      टेक्नुलाई पाए भुईॅं
      त्यही उभिएर रमाउने।
    • राजनारायण राई, राजदल बस्ती सोनादह
      …
      १,
      असारे झरी पर्दैछ
      किसानलाई आफ्नै चटारो
      रोपाइँ गर्न झर्दैछ।
    • शोभा आचार्य गौतम, काठमाडौँ
      …
      १,
      आयो असारे झरी
      रुझायो तन मेरो
      पग्लिएँ सुस्तरी सुस्तरी ।
    • ताराप्रसाद चापागाईँ, धुनिबेसी, धादिङ
      …
      १,
      आगोलाई नठानौँ सानो
      हेलचक्राई गरेको हामीले ,
      जलाई दिन्छ छानो ।
      २,
      घरमा आगो लाग्दाखेरि
      बोलाऔॅं दमकल सबैले
      नोक्सान हुँदैन फेरि ।
      ३,
      आगोले ताप दिन्छ
      दुरुपयोग हुन गएमा,
      हाम्रो खुसी छिन्छ ।
    • सीमा कार्की समर्पण, मेलचोक पर्सा, नेपाल
      …
      १,
      कुरीतिको मारमा पर्‍यो
      मानव समुदाय समाजमा
      नगर्ने काम गर्‍यो ।
      २
      विदेशीको दास सरकार
      देशको लगाम अन्तै
      शासन उस्तै व्यवहार।
      ३
      सरकारमा हुन्छ मारामार
      मुद्दा हुँदैन देशको
      गर्न नपाएर भ्रष्टाचार।
    • सुरेशकुमार पाण्डे, दाङ घोराही १८
      …
      १,
      मादकतामा बैँसालु मन
      देखेपछि मेरो सामुमा
      तरङ्गियो यो मायालुपन।
      २,
      अनगिन्ती सपना सजाउँदै
      जीवनको उत्तरार्ध पनि
      आउँदैछ सारङ्गी बजाउँदै।
      ३,
      खहरे जसरी गडगडाउँदै
      आउँदैछ सरर सुसाएर
      बैँसालु वसन्त हडबडाउँदै।
    • घनश्याम पन्त, हरिवन सर्लाही
      …
      १,
      झिल्का लेखौँ तेसरी
      दुनियाँ हाँसोस् सम्झॅंदै
      पेट मिचिमिचि बेसरी ।
      २,
      दाम्लो बाट्नु चोयाको
      माया लगाउनु सोचेर
      हालत होला खोयाको।
    • होमप्रसाद नेउपाने, धरान,सुनसरी
      …
      १,
      अन्योलमा हुन्छु कहिले
      गन्तव्य भेट्न नसकी
      भौँतारिने गर्छु जहिले ।
      २,
      बहकिन मन हावामा
      तर पलपल पिल्सिॅंदै
      तातो रापिलो तावामा ।
      ३,
      प्रत्येक श्वासप्रश्वास गनेर,
      आशक्तिमै पो डुब्दैछु
      अजम्बरी शरीर भनेर ।
    • दीपा गुरुङ्ग (समभाव), खोटाङ्ग
      …
      १,
      आकाशमा जून तारा
      हेरेर रमाएका आफैँ
      खुसीमा दुनियाँ सारा
      २,
      नदीको कलकल पानी
      पानी सबैको जीवन
      सबैको आँखाको नानी
      ३,
      उकालीको बाटो राम्रो
      बस्तीहरू सदा हराभरा
      अनुपम गाउँघर हाम्रो
    • आर्त अकुलीन
      …
      १,
      शरीरभित्र छ पसिना
      मनसुन परिवर्तन हुँदा ,
      आए खेतमा असिना ।
      २,
      सफलताले पाइला चाले
      परिश्रम गर्दा जिन्दगीमा ,
      खुसीले हर्ष थाले ।
      ३,
      देशमा नेताको मोजमस्ती
      विकास नहुदाँ हजुर
      सुख्खा भो गाउँबस्ती ।
    • श्रीकृष्ण धामी – बझाङ
      …
      १,
      असार मासे गीत
      गाउनु पर्छ आई
      लाएर हिलोसँग मीत ।
      २,
      छैन फुर्सद खानलाई
      मुठीले मुरी उब्जाउन
      छिटो मेला जानलाई।
      ३,
      मेलो तयार भयो
      बाउसेले आली लाएपछि
      रोपाहार रोप्न गयो ।
    • दुर्गा भट्टराई, मोरङ
      …
      १,
      छुपुछुपु धान रोपौँला
      पानी पर्यो भने
      पुरानो घुमले छोपौँला।
      २,
      मानो रोपेर मुरी
      असारको मङ्सिरमा भित्र्याउने
      नढाल्नु है हुरी ।
    • सङ्गीता खरेल, चन्द्रागिरी ८ काठमाडौ
      …
      १,
      वैदेशिक रोजगारको असर
      युवाहरू सबै विदेशमा
      वृद्धहरू मात्र गाउँघर।
      २,
      खेती गर्ने बेलामा
      बाँझो रह्यो खेतबारी
      कोही छैनन् मेलामा।
      ३,
      बाध्यता र रहर
      कस्तो बन्यो परिस्थिति
      रित्तिॅंदैछ गाउँ सहर।
    • ज्ञानबहादुर क्षत्री, सन्धिखर्क – २, अर्घाखाँची।
      …
      १,
      बेला असार मासको।
      गरौँ रोपाइँ छुपुछुपु
      खोलौँ सृजना सहकालको ।
      २,
      असारे झरी बेला
      अमूल्य प्रकृतिको वरदान
      भर्ने आस्थाको मेला ।
    • हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ साँगाबजार
      …
      १,
      मुठीबाट मानो फलाउने
      यसरी काम गरेर
      कृषकले जीवन चलाउने ।
      २,
      अरूको कुरा काट्न
      छोड सबै जाऔॅं
      खेतबारीमा पसिना साट्न ।
      ३,
      छत्री घुमले छोपेर
      पानी परेको बेला
      रमाउँछौ धान रोपेर ।
    • लक्ष्मण देउवा डोटी
      …
      १,
      फुलेको सुन्दर फूल
      नफक्रेको कोपिला टिप्ने
      नगर्नु है भूल ।
      २,
      बगैंचा बिरुवाले भरौँ
      स्वस्थ जीवन बाँच्नलाई
      नित्य कर्म गरौँ ।
      ३,
      देखिन्छ सुन्दर सप्तरङ्ग
      मनको मैलो हटाई
      पर्नुपर्छ हामी दङ्ग ।
    • जयनारायण नेपाल, इलाम (हाल सूर्यविनायक २, बालकोट भक्तपुर)
      …
      १,
      यो असारको महिना
      रोप्ने धान मैले
      पुछ्दै निधारको पसिना ।
      २,
      टन्टलापुर घाम चर्को
      हिलोमा छुपुछुपु रोप्छु
      धान नमानी झर्को।
      ३,
      हातमा बीउ समाई
      गुनगुनाई असारे भाका
      खेल्छु हिलो रमाई।
    • रुना कर्माचार्य दाहाल ,चितवन
      …
      १,
      काम ठग्ने राजयोगी,
      पाउँछ उसले पृष्ठपोषण,
      दिक्दारमा छन् भुक्तभोगी।
      २,
      पहाडका बेँसी टार
      गाउँघर बाँझै खाली
      मेटिॅंदैछ हाम्रो सार ।
      ३,
      शासकले खेरै फाले
      स्रोतहरू अनुपम नेपालको
      धमाधम छोड्न थाले।
    • मनोहरी पौडेल, गैडाकोट १, नवलपरासी वसुपू
      …
      १,
      मन्द मुस्कानको ओठ
      बिर्सन पीडाका चुस्की
      मनभरि चुलिएको चोट ।
      २,
      स्वप्न नगरको सपना
      चाहना रमरम नशाको
      बिर्सन्न यथार्थ कपना ।
    • ममता पौडेल, बुढीगङ्गा- मोरङ
      …
      १,
      मान्छेको स्वभाव घमण्डी
      स्वार्थको सीमा नाघ्दछ
      हुन्छ क्षति उग्रचण्डी ।
      २,
      बर्खायाममा बाढी, पहिरो
      लापरबाही गर्दा मान्छेले
      प्रकृतिलाई दुख्छ गहिरो ।
      ३,
      क्षतिको हिसाव नगरौँ
      दैवीप्रकोप न्यून गर्न
      होसियारीसाथ काम गरौँ ।
    • पद्मा काश्यप पाण्डे, मोरङ
      …
      १,
      रहरमा बाँध बाँधेर
      ओठमा मुस्कान भर्दछु
      हाँसो, आँशु साँधेर।
      २,
      असारे भाका मेलामा
      घन्कियो गैरी खेतमा
      रोपाइँ गर्ने बेलामा।
      ३,
      खेतमा धान रोपियो
      असार गई मङ्सिर
      महिनाको आस बोकियो ।
    • सरस्वती श्रेष्ठ, रुपन्देही बुटवल
      …
      १,
      अक्सिजन हाम्रो प्राण
      रुख जीवन हाम्रो
      खानाले बढ्छ त्राण ।
      २,
      नारी पुरुष बराबरी
      भेदभाव नगर्दा राम्रो
      जीवन चल्छ सराबरी।
      ३,
      रुँदै जीवन जाला
      अल्छी भाव सङ्गाल्दा
      दु:ख वर्षाउने चाला ।
    • हिरालाल न्यौपाने ,बानपा ८, कोटमौला सल्यान
      ::::::::जय झिल्का साहित्य ! ::::::::::
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविताLeave a Comment on साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २३ सम्पन्न

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २२ सम्पन्न

  • ४ असार २०८१, सोमबार २१:०० मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको २२ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६० जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २२ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
    —++—

    …
    १,
    सगरमाथा नापिरहने मन
    पैँचोमा चरीको पखेटा
    ओर्लॅंदा हराउॅंछ आफ्नोपन ।
    २,
    भेटिन्छ आठौँ आश्चर्य
    खोजे प्रबुद्ध समाजमा
    मान्छन् आआफ्नो सौन्दर्य ।
    ३,
    ढकनीले गल्ती गर्दैन
    छोप्नेले निर्धक्क छोपेपछि
    खाडीको ताप पर्दैन ।

    • म्यामराज राई, भोजपुर
      …
      १,
      प्रचण्ड गर्मी धूप
      सहन विवश प्राणीहरू
      प्रकृतिको उग्र रूप ।
      २,
      प्यासी छन् खोलाहरू
      तीब्र जलवियोजन रुखमा
      खस्दै मौरीका गोलाहरू ।
      ३,
      उष्णता बोकी हावा
      भौतारिँदै छ जताततै
      खाँदै खुवाउँदै कावा !
    • वसन्त अनुभव, घोराही, दाङ
      …
      १,
      काम गरेर खानू
      सामाजिक सेवा गरी
      इतिहास कोरेर जानू ।
      २,
      झुक्दैन सगरमाथा शिर
      सबै नेपाली मिलौँ
      नगरौँ कसैले पिर ।
      ३,
      इतिहास रचेर छोडौँ
      सयौँ थुङ्गा गाँसेर
      माला बुनेर जोडौँ ।
    • रवि पौडेल ,दक्षिण भारत पाण्डेचरि
      …
      १,
      हाम्रो देश सगरमाथा
      नेपाल स्वतन्त्रताको देश
      नेपाली वीरहरूको गाथा ।
      २,
      नेपाल देशको नेपाली
      सत्ताको आडमा बसेको
      चौँरीको खर्क हिमाली ।
      ३,
      डाफे मुनाल हेरेको
      गणतन्त्र जनतामा आएर
      देशको मुहार फेरेको ।
    • बेदु न्यौपाने
      …
      १,
      सगरमाथा नेपालीको पहिचान
      विश्वको अगाडि यसले
      राखिरहेछ राष्ट्रको शान।
      २,
      राष्ट्रलाई चिनाउने काम
      सगरमाथाले विश्वभरिमै देशको
      राखिरहेछ नेपालको नाम।
      ३,
      यसको बढाऔॅं गरिमा
      राष्ट्रलाई चिनाउनेको अझै
      उच्च रहोस् महिमा।
    • अर्जुन प्रसाद चौलागाई, सुनापति-१, रामेछाप
      (हालः-अमेरिका, बोस्टन)
      …
      १,
      सगरमाथा जस्तो शिर
      बनाई बढ्न अघि
      बाधक बन्छ पिर ।
      २,
      सोचिन्छ अनौठा कुरा
      जिन्दगीमा कहिले भएन
      सोचेका सपना पूरा ।
      ३,
      तापको तातो सहन
      सकिन्न जस्तो भयो
      तातै हावा वहन ।
    • लक्ष्मण देउवा, डोटी (हाल भारत चेन्नई)
      …
      १,
      कुरा गहिरो खन्ने
      आश्वासन बाँड्न जानेमा
      अगुवा सजिलै बन्ने ।
      २,
      कामले माम दिन्छ
      भनेरै म जोतिएँ
      उल्टै खुन लिन्छ ।
      ३,
      भोकले भोजन घुमायो
      हेरेर मात्रै बस्दा
      अल्छीले अवसर गुमायो ।
    • नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर (हाल- एनेलकुटी, सिरहा, मधेस प्रदेश)
      …
      १,
      परिस्थितिको रहेछौ दास
      जे आउँदा अघि
      लाग्दोरहेछ नि आस ।
      २,
      स्वच्छ राखे मनस्थिति
      अवस्थ सहज हुनेछ
      आफ्नो आफ्नो अवस्थिति ।
      ३,
      समयले खेलाँची गर्दैन
      जसले जे भनोस्
      हुने कुरा टर्दैन ।
    • त्रिलोचन भण्डारी, मेचीनगर झापा
      …
      १,
      जोखिममा छ घर
      बर्खा सुरु भयो
      पहिरो आउने डर ।
      २,
      बाडौँ सबैमा ज्ञान
      प्रकृति प्रकोक आएमा
      जानै सक्छ ज्यान ।
      ३,
      गरेर राम्रो काम
      चिनाउनु छ हामीले
      यो देशमा नाम।
    • अनिता भण्डारी, ताप्लेजुङ
      …
      १,
      रुखो बोलीमा काँडा
      मिसिएको चाप देखियो
      भेट्न आउॅंदा टाढा ।
      २,
      वैरागी यो भेषमा
      के खोजिरहेछ दुनियाँमा
      अझैसम्म भेटिएन देशमा।
      ३,
      आपसी द्वन्द्व चलिरहेको
      कसलाई के थाहा ?
      मुटुमा आगो बलिरहेको ।
    • ईश्वर साउद, रामारोशन गाउँपालिका ६ सुदुरपश्चिमअछाम
      …
      १,
      तिम्रो मेरो भेट
      अब कहिले नहुने
      याद बसेछ अमेट ।
      २,
      छातीमा मायाको घाउ
      बल्झिरहने सदा खाटा
      सम्झनामा तिम्रो नाउ ।
      ३,
      पर्खिरहे आस्थामा बसेर
      तिम्रै नामको जपना
      सुखद सपना रचेर ।
    • दिल ठकुरी, टिस्टा भेल्ली दार्जिलिङ
      …
      १,
      मायामा संसार अडेको
      दुखीलाई सधै गारो
      आँसु पुछ्दै बढेको।
      २,
      अरूको लागि राम्रो
      सोचौँ सधैँ निश्वार्थ
      कर्तव्य यही हाम्रो।
      ३,
      झुटो लाई फालेर
      अगाडि बढौँ हामी
      सत्य लाई अङ्गालेर।
    • सविता भट्टराई, जनकपुर, मुरली चोक जनकपुरधाम
      …
      १,
      मट्टितेल दाउरा चाहिँदैन
      निहुँ चाहिन्छ मान्छेलाई
      अप्ठ्यारोमा आफन्त पाइॅंदैन ।
      २,
      कसलाई आफन्त भन्छौ?
      आफ्नै भन्नेले रेट्छन्
      पछि औँलामा गन्छौ ।
      ३,
      चुर्लुम्म फोहोरमा गाडियौ
      भरियो कानमा मसला
      स्वार्थ लुट्यौ टाढियौ।
    • चुडामणी देवकोटा, पुरानो नैकाप काठमाडौँ
      …
      १,
      कसैले केही भन्छन्
      किन सोच्नुपर्ने होला ?
      किमार्थ खेदो खन्छन् ।
      २,
      अरूको खुसी देखेर
      भित्रभित्रै जल्दा रहेछन्
      झन् जिउँदै लेखेर ।
      ३,
      थुकेर थुक चाट्ने
      देखियो आडम्बरको पराकाष्ठा
      आफूले आफैँलाई ढाँट्ने।
    • पृथक प्रकृति ,झापा
      …
      १,
      सहयात्रा छोडी बिलायौ
      साथ दिन्छु भन्दै
      नरित्तिने आँसु दिलायौ।
      २,
      उद्योग बन्द गरेका
      सर्वहारा वर्गलाई हेर्न
      दिनरात कसरी छलेका ?
      ३,
      बाढी, पहिरो गएको
      दर्जनौँ ठाउँमा हेर
      अझ क्षतविक्षत भएको ।
    • कला ढकाल, झापा
      …
      १,
      अन्जान खुसीहरू पाले
      जीवन सजिलो चल्नेछ
      गरिबी जरैदेखि उखाले ।
      २,
      स्पष्ट बोलेपछि छर्लङ्ग
      हिँडेर उकाली ओराली
      लडेछ नसोची बेढङ्ग ।
      ३,
      आधार हुनुपर्छ हेर
      काम गरेर देखाउनु
      विश्वास भएकोले धेर ।
    • अम्बिका अधिकारी, झापा बिर्तामोड
      …
      १,
      स्वदेशमा भुतुक्कै लजाउने
      बनेर अर्काको भरिया
      विदेशमा पसिना बगाउने।
      २,
      अर्ती कुरा नमान्ने
      हामी आफ्नै खुट्टामा
      आफैँले बन्चरो हान्ने।
    • बिके मुखिया, दार्जीलिङ, भारत
      …
      १,
      आफ्नै माटोमा कर्म
      आमाको सेवा गर्नु
      सबैभन्दा ठुलो धर्म !
      २,
      प्रभुले पठाए काज
      जुटौँ राष्ट्र सेवामा
      कहिल्यै नमानी लाज !
      ३,
      सौम्य पिरतीको मूल,
      हेर सुन्दर बगैँचामा
      ढकमक फुलेका फूल !
    • आर्त अकुलीन
      …
      १,
      रुख रोपौँ हराभरा
      पारौँ सोच्छ आँगन
      खेत गरा गरा ।
    • शशीश्री आचार्य, बौद्ध कुमारीगाल काठमाडौं
      …
      १,
      जनतालाई सास्ती धेरै
      व्यवस्थाको खिल्ली उडाएर
      भन्छन् अझै मेरै ।
    • प्रेम थापा “मन”बागलुङ
      …
      १,
      घर संसार सुन्दर,
      बनाउने रहर यहाँ ,
      कसलाई हुन्न र?
      २,
      परिवार एकत्रित पार्ने,
      खम्वा बनोस् स्थायी,
      स्वाभिमान उचाइमा सार्ने।
      ३,
      बोलेर हुँदैन यहाँ ,
      गरेर देखाउने महान्
      देवता मानिन्न कहाँ ?
    • मनोहरी पौडेल, गैडाकोट १
      …
      १,
      देश बिगार्ने केटा
      फकाउॅंछ जनता भोटमा
      जितेर लाउॅंछ फेटा।
      २,
      जङ्गे खम्बा हरायो
      सरकारले देखेन खै!
      भाषणमा मात्र करायो।
      ३,
      लिम्पियाधुरा टनकपुर पनि
      जनताले खोज्दैछ अब
      सरकार खै भनी ?
    • एवाइ प्रभात, सहिदभुमि धनकुटा
      …
      १,
      खान हुँदैन मागेर
      बजाऊ आफ्नै पाखुरा
      नजाउ कत‌ै भागेर ।
      २,
      छैन कर्म गरेको
      पाइँदैन केही खोजेर
      रहेन भण्डार भरेको ।
      ३,
      काम गर्न डराउने
      डुलेर कहिले पुगेन
      खाने बेला कराउने ।
    • सञ्जना शर्मा, लमही दाङ
      …
      १,
      जस्तै दुःखी परानी
      गरिब ती जनताको
      भयो जीवन खरानी ।
      २,
      क्रान्तिको बिगुल फुके
      अन्तमा आएर तिनीहरू
      फेरि नराम्ररी चुके ।
      ३,
      भयो यहाँ अति
      नगरे केही अरू
      अझै होला कति ।
    • डिल्लीराज (राजेन्द्र) भुसाल, सन्धिखर्क-२, कुर, अर्घाखाँची
      …
      १,
      सपना बेचेर खाए
      रगतको खोलो बगाई
      जनताले दुःख पाए।
      २,
      उसलाई सन्तोष भयो
      जनताको अस्तित्व हरायो
      सबैको मातृत्व गयो।
      ३,
      लाखौँ सपुतको बलिदान
      जननीको छाती चिर्‍यौ
      धेरैको जीवन चिहान ।
    • घनश्याम पन्त, हरिवन सर्लाही
      …
      १,
      परीक्षा हुनु अघि
      नतिजा प्रकाशन गरेर
      परीक्षा लिने ढोँगी।
      २,
      कस्तो जानेको दुराचारीले
      केवल आफूलाइ सपारेर
      बिगार्यो सन्तान अत्याचारीले ।
      ३,
      विकार कसरी गयो ?
      सारेर ल्याउॅंछ कुप्रवृत्तिले
      नसुध्रेर धिक्कार भयो ।
    • लोकबहादुर क्षेत्री लामिछाने
      …
      १,
      मनको मैलो पखालौँ
      हटाऔॅं सबै दाग
      दिलमा शान्ति सजाऔॅं ।
      २,
      के लानु मरेर ?
      छरौँ मित्रता सबैमा
      मरौँ प्रिति गाँसेर!
    • हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ साँगा बजार
      …
      १,
      मनमा खुसी पाले
      दुनियाँ जसरी बाँच्छ
      यसको नाम काले।
      २,
      झरी कस्तो आयो
      मनमा माया राख
      किसानले गीत गायो।
    • नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत
      …
      १,
      गर्मीले साह्रै सतायो
      ओहो ! पानी पर्दैन
      बेथिति बसोबास बतायो ।
    • शोभा आचार्य गौतम, काठमाडौँ
      …
      १,
      टाढाको भनेर तिमी
      बिलौना गाउँछु गीत
      असारे झरी रिमीझिमी ।
      २,
      कुहिरोले सबै छेलियो
      एक्लो धुमधुम्ती बस्दा
      भएको हौसला सेलियो ।
    • मोती सुब्बा दार्जिलिङ निमकी डाँडा
      …
      १,
      पगरी नेता पदको
      कामकुरो सबैको व्यापारी
      तैपनि ठुलो कदको ।
      २,
      कुचालमा राजा फालिएको
      सिद्धान्तहीन छ राजनीति
      कसैको अनुग्रहमा पालिएको
      ३,
      देशको स्थिति खस्केको
      मौलायो विकार, विकृति
      झुटो आश्वासन पस्केको ।
    • प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे
      …
      १,
      पेटभरि छैन खाना
      सुरापान मस्ती गर्दै
      अङ्ग्रेजीमा गाउॅंछौ गाना ।
      २,
      सुत्केरी श्रीमती घरमा
      बुबा थलिए निमोनियाले
      बाँचेका पानीको भरमा ।
      ३,
      लरखराउॅंदै पस्छौ घर
      काम गर्छन् साथीसङ्गती
      तिमी हुन्छौ परपर ।
    • हिरालाल न्यौपाने ,बानपा ८ कोटमौला, सल्यान
      …
      १,
      जिन्दगी बगेको खोला
      एक दिन मर्नैपर्छ,
      यस्तो मान्छेको चोला ।
      २,
      तँछाडमछाड सधैँ गरी
      बिताउँदा हरेक पल,
      पछुतो लाग्छ जीवनभरि ।
    • पुष्पा राई, ऐसेलुखर्क, खोटाङ
      …
      १,
      हेर्दा लाग्छ सदाचार
      त्यो रूप पशुकोझैँ
      गर्दै हिॅंड्छ कदाचार।
      २,
      फूल फुल्यो पाखाभरि
      सुन्दर छ दृश्यहरू
      आहा ! मेरो आँखाभरि ।
      ३,
      बोकेर जीवनलक्ष्य हाम्रो
      सेवा गरौँ मनैदेखि
      जीवनमा सबभन्दा राम्रो ।
    • दीप गोले तामाङ, रौतहट
      …
      १,
      शरीरमा सारै घाम
      घाम भएको बेला ,
      गर्नु हुँदैन काम ।
      २,
      तराईमा घाम अति
      गर्दाखेरि तातो घामले
      अन्न उत्पादनमा क्षति ।
      ३,
      स्वस्थ पाएन पानी
      पानी नहुदाँ हजुर ,
      स्वस्थमा ठूलो हानी ।
    • श्रीकृष्ण धामी, बझाङ
      …
      १,
      विचारमा नयाँपन खिल्दैन
      लेख्ने प्रयास गर्छु
      पटक्कै भाव मिल्दैन।
      २,
      कहिल्यै सकिएन काम
      हेक्का रहँदैन ईशको
      भवसागर तार्ने राम ।
      ३,
      कति गर्छौ विज्ञापन ?
      नगर झुटको खेती
      सत्कर्ममा लगाऊ मन ।
    • अरुण कुमार भुजेल, गोरुबथान,कालेबुङ, भारत
      …
      १,
      चोखो माया गरेर
      राख्छु सधैँ मनमा
      ओठमा खुसी छरेर ।
      २,
      फसाएर मिठो बोलीले
      घायल बनायौ लौन।
      कर्के नजरको गोलीले।
    • वेल थोकर तामाङ, बकैया – ८, मकवानपुर
      …
      १,
      असारमा नि खडेरी
      कस्तो अनौठो समय
      ओभानो सेती, भेरी।
      २,
      मास्ने बाटो जसरी
      मौसमले घात गर्यो
      बाँच्नु अब कसरी?
      ३,
      बाँझै छ खेत
      रोपाइँ गर्ने बेलामा
      पाल्नु कसरी पेट ?
    • साबित्री प्याकुरेल,धादिङ
      …
      १,
      बाटोमा आउँदै थिएँ
      भेट भयो उसॅंग
      साथै मैले पिएँ ।
    • सुरेश कार्की
      …
      १,
      लागि रहन्छ डर
      उर्लियो भेल बर्खामा
      बगरमा छ घर!
      २,
      नचाहेरै हुन्छ मेल
      यस्तै रहेछ माया
      बिछोड मिलनको खेल ।
    • बि.कुलुङ, दार्जिलिङ, रंगबुल
      …
      १,
      खाएर आएँ भात
      अर्थोक के सक्थेँ
      फालेर आएँ जात ।
      २,
      भोकले भोजन माग्छ
      खुब बिचारेँ मैले
      होसले रोग भाग्छ ।
      ३,
      हिम्मतले संसार जित्यो
      केही गर्न सकिएन
      समय आफ्नो बित्यो ।
    • लक्ष्मी रिजाल, रुपनगर, सप्तरी
      …
      १,
      कसरी गर्छौ राजनीति ?
      कोरा भाषणले मात्र
      सुध्रिन्न समाजको बेथिति ।
      २,
      आफूलाई विज्ञ ठान्ने
      आपत्विपत् कसैलाई पर्दा
      अरूको सल्लाह नमान्ने ।
      ३,
      के भनौँ दाता ?
      कस्तो मूर्ख ज्ञानी
      विज्ञ हे भाग्यविधाता !
    • विवश पारदर्शी, झापा
      …
      १,
      विचरा पिॅंजडाको सुगा
      उड्न चाहन्छ सधैँ
      तोडेर फलामे लुगा ।
    • ताराप्रसाद चापागाईँ, धुनिबेसी
      …
      १,
      बीउ झर्दा माटोमा
      प्रतिकुल हुँदा बखत
      बाँझै पर्छ पाटोमा !
      २,
      गर्मी चर्को घाममा
      एकनास हुँदैन मौसम
      झरी वर्षा याममा !
    • कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
      …
      १,
      चिनाऊ देश नेपाल
      हिमाल पहाड मधेशी
      पहिले थियो विशाल ।
      २,
      अखण्ड देश हाम्रो
      सुन्दर शान्त नेपाली
      वीरहरूको प्रदर्शन राम्रो।
      ३,
      चिसो बतास हिमाली
      वीरहरूको बसेर यो
      एकढिक्का छौँ नेपाली।
    • सुरेशकुमार पाण्डे दाङ घोराही १८
      …
      १,
      चुँडियो लठारो पुल
      बिजोग भयो खच्चडको
      नेताले गरे भुल।
      २,
      बोकाएर भारी नुन
      खै के भनौँ ?
      कहिले तिर्ने गुन।
      ३,
      बनौँ सबै सचेत
      थाहा पाएर नि!
      नहोऔॅं अबुझ अचेत ।
    • अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६ संखुवासभा
      …
      १,
      हुँदैन ईर्ष्या पालेर
      उन्नति प्रगति गरौँ
      मनको तीतो फालेर ।
      २,
      विवेकका घैलाहरु भरौँ
      साहित्य बागमा यसरी
      ज्ञानामृत सिन्चित गरौँ ।
    • डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा.पा. -६ , दोलखा
      …
      १,
      बेहाल छ जिन्दगी
      कुन दिन मर्छु
      म नदीमा बगी ।
      २,
      दैवले लाइदियो बार
      धेरै पटक जीवनमा
      मैले खाइसकेँ हार ।
      ३,
      भाग्यको बार हटाउन
      मलाई रहर भयो
      धर्तीको बोझ घटाउन ।
    • ललिता गिरी सिन्धुली, हाल काठमाडौं
      …
      १,
      समयको हामी दास
      समयसँग चल्न सके
      हुनुपर्दैन कसैको आस ।
    • दुर्गा भट्टराई, मोरङ
      …
      १,
      भइन्छ भन्छन् मालामाल
      प्रमाणपत्र बिकेन भने
      राजनीतिमा हाम फाल l
      २,
      नेता भए जीर्ण
      जनताको सेवा सुविधाप्रति
      सोच राख्छन् सङ्कीर्ण l
      ३,
      फुक्ला भाषण गर्छन्
      विकासे बजेट लुकाई
      आफ्नै लाद्रो भर्छन् l
    • बाबुराम गौतम, गुल्मी
      …
      १,
      जतासुकै बढेको तनाव
      कस्तो होला दुनियाँ ?
      बुझौँ कसरी जनाब?
      २,
      गर्मी बाहिर भित्र
      एउटा देखिए पनि ,
      अनेक हुँदारहेछन् चित्र ।
    • दीपा समभाव, खोटाङ्ग
      …
      १,
      टिपिक्क परेको चोली
      हाँसखेल गरौँ न
      एकैछिन दिल खोली।
      २,
      सलल बगेको खोली
      रहेछ मिठो तिम्रो
      सुरिलो त्यो बोली।
      ३,
      धोएर रुमाल निचार
      भइहाल्यो हाँसखेल त
      के छ विचार?
    • सतीश पण्डित, भानु – ६, चुँदी तनहूँ (हाल चनपा ६ मातातीर्थ)
      …
      १,
      हाम्रो देश सगरमाथा
      हामी सबै नेपालीको
      विश्व चिनाउने गाथा ।
      २,
      सगरमाथाले सान चुकाउॅंदैन
      नेपालीहरू जहाँ गए
      कहिल्यै शिर झुकाउॅंदैन।
    • केसर बोहरा ( सङ्घर्ष ), सुदूरपश्चिम अछाम (हाल भारत)
      …
      १,
      सुवास सुहाग सुन्दर
      सुमधुर सुमन सुरसा
      सुखद सुत्तो सुग्घर ।
    • ममता पौडेल, बुढीगङ्गा -२ , मोरङ
      …
      १,
      कालो बादल फाटेर
      धर्ती जलमग्न बनाउॅंदै
      किसान पसिना साटेर ।
      २,
      उर्लियो खोला हेर
      असारे झरी पर्दैमा
      गयो बालीनाली खेर ।
    • बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाइ ४ झापा
      …
      १,
      पुजापाठ गर्ने धेरै
      मान्छेलाई मान्छे नदेख्ने
      धर्म जाने खेरै।
      २,
      ढुङ्गालाई देउता पुजेका
      मान्छे सबै एउटै
      भन्नेले खै बुझेका ।
      ३,
      भेदभाव आखिर किन
      दुईदिने सबै पाहुना
      मर्नै पर्ने एकदिन ।
    • रुना कर्माचार्य दाहाल ,चितवन
      …
      १,
      तातो बाफ चलेर
      स्वास फेर्न गाह्रो
      चर्को धूप बलेर |
      २,
      हामी काममा जाऔॅं
      कोक फ्यान्टाको सट्टा
      दही मोही खाऔॅं |
    • सरिता सेढाई धादिङ
      …
      १,
      आगोलाई नठानौँ सानो
      हेलचक्राई गरेको हामीले ,
      जलाई दिन्छ छानो ।
      २,
      यता आगो लाग्दाखेरि
      बोलाऔॅं दमकल सबैले
      नोक्सान होला फेरि ।
      ३,
      आगोले ताप दिन्छ
      दुरुपयोग हुन गएमा,
      हाम्रो खुसी छिन्छ ।
    • सीमा कार्की समर्पण, मेलचोक पर्सा, नेपाल
      …
      १,
      युवालाई तालिम चाहिन्छ
      उद्यमशील भए व्यक्तिले
      स्वरोजगार गर्न पाइन्छ ।
      २,
      सुतेर देश बन्दैन
      उद्यम नगरे आफैँले
      छिमेकी देशले गन्दैन ।
      ३,
      कर्ममा विश्वास लाग्दछ
      पसिना पोखे धर्तीमा
      गरिबी आफैँ भाग्दछ ।
    • पद्मा काश्यप पाण्डे, मोरङ
      …
      १,
      चिप्लिन्छ अनि लडिन्छ
      फेरि उठेर हिॅंडौँ
      तब अलिक बढिन्छ।
      २,
      म देशलाई चिन्छु
      र देशकै लागि
      अवश्य रगत दिन्छु।
    • राजनारायण राई, राजदल बस्ती सोनादह

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविताLeave a Comment on साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २२ सम्पन्न

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २१ सम्पन्न

  • २९ जेष्ठ २०८१, मंगलवार १६:२१ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको २१ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७३ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २१ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
    —++—

    १,
    छु व्यस्त साधनामा
    जसरी थियो वाल्मिकी
    चाहे परूँ सामनामा ।
    २,
    रुख काटिन्छन् जब
    पाखापखेरी रुन थाले
    धरती डढ्यो तब ।
    ३,
    तिमी हौ विश्वास
    जिउने आधार माया
    धड्किरहन्छ खुसीको सास ।

    • म्यामराज राई, भोजपुर
      …
      १//
      प्रचण्ड गर्मीको माहोल
      द्रोह गर्दैछिन् प्रकृति
      स्यालमाथि सिंहको खोल !
      २//
      बढ्दैछ गम्भीर औटो
      गधा गाईको भेषमा
      ब्वाँसोको मुखमा मुखौटो !
      ३//
      अन्यायको बढ्दैछ हाबी
      सिनोको रखवाला स्याल
      चोरसँग ढुकुटीको चाबी !
    • वसन्त अनुभव, घोराही, दाङ
      …
      १,
      खुसीको बोकी हाँसो
      हिॅंड्यौ भनेको सुनेँ
      लिएर हाम्रो नासो ।
      २,
      रित्तियो मेरो खल्ती
      एकचोटि भनिदेऊ न
      कहाँ भयो गल्ती ?
      ३,
      नछोपी दाउ चौका
      दिएको भए हुन्थ्यो
      एकचोटि सुधर्ने मौका ।
    • अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६ संखुवासभा
      …
      १,
      वातावरण दिवस मनाइयो
      यसो खोस्रेर बिरुवा
      रोप्न उपस्थिति जनाइयो ।
      २
      एउटा बिरुवा रोपियो
      थोरै पानी तुर्क्याएर
      औपचारिक देखाएर छोपियो।
      ३
      हराभरा बनोस् जङ्गल
      आगो नलगाऔॅं सुक्खामा
      हुनेछ सबैलाई मङ्गल ।
    • चुडामणी देबकोटा, पुरानो नैकाप काठमाडौँ
      …
      १,
      सधैँ खुसियाली छाउँछ
      मिलन भए परिवारमा
      सुख, शान्ति आउँछ ।
      २,
      तराई, पहाड, हिमाल
      लाग्छ सबैभन्दा राम्रो
      मेरो प्यारो नेपाल ।
      ३,
      जून अनि घाम
      बुबाआमा हुन् मेरा
      जिउँदो देवता चारधाम ।
    • अनिता भण्डारी, ताप्लेजुङ
      …
      आनन्द मन घुमेर
      लाउने खाने रमाउने
      फर्की आउँदैन उमेर ।
    • ताराप्रसाद चापागाई, धुनिबेसी
      …
      १,
      दिलको माया दिएको
      हरायौ तिमी कता
      भुल्नको लागि पिएको।
      २,
      जलेर मन मेरो
      तिमी पराई हुँदा
      मर्यो मायाको फेरो।
      ३,
      टनकपुर फेरि रुँदैछ
      सुन्दैन बसेर कुर्सीमा
      विदेशी मालिक हुँदैछ।
    • एवाइ प्रभात, सहिदभुमि धनकुटा
      …
      १
      एकदिन जान्छ गुड्दै
      नफर्किने समयको गति
      हेर्दाहेर्दै सबै उड्दै।
      २
      नहुने भएछ पुरा
      सोचेको कुरा कहिले
      भएछ सबै अधुरा।
      ३
      अन्तैतिर नाता जोडेछौ
      नयाँ भेटेपछि तिमीले
      पुरानो माया तोडेछौ।
    • कला ढकाल, झापा
      …
      १
      सिर्जना गर्ने दिलासा
      प्रचण्ड घामले ततायो
      नवीन बनेन जिज्ञासा ।
      २
      नहुने साथमा सिरानी
      एक्लियो जिन्दगी अचेल
      यस्तै हजारौँ कहानी ।
      ३
      बाटोमा बग्दैन सरिता
      अध्ययनबिनाको त्यो साहित्य
      भावमय बन्दैन कविता ।
    • भगवती दवाडी ,झापा
      …
      १,
      हामीले गर्नुपर्छ भर
      जिउँदो भगवान् हुन्
      भन्छन् सबैले डाक्टर।
      २,
      बिरामीको छेउमा आई
      सधैँभरि दिन्छन् शीतल ,
      आफ्नो पीडा लुकाई।
      ३,
      सुख्खालाई बनाउँछन् हरियाली
      जीवन हाम्रो बचाउँने,
      डाक्टर हुन् शक्तिशाली ।
    • सीमा कार्की समर्पण, मेलचोक पर्सा
      …
      १.
      जनता थाङ्नामा सुताउँदै
      झर्ला खाउॅंलाको आशा
      बित्यो पोखेको उठाउँदै ।
      २.
      अर्काको धनमा दसैँ
      किच्च हाँस्दै सहने
      देखी डराउनुपर्छ सधैँ ।
      ३.
      कहानी किन गर्नु
      लाज पचेको देखेर
      हेर्नेलाई लाजले मर्नु ।
    • रामप्रसाद पुरी, बादेल, खोटाङ
      …
      १
      मन रोयो धेरै
      पुछी दिने छैन
      आँसु गयो खेरै।
      २
      मानिसको असीमित चाहना
      सहजै हुँदैनन् बुझ्ने
      मनभित्रको सही भावना ।
      ३
      मौसमले धोका दिॅंदा
      देश शोकमा पर्यो
      मानिसको ज्यान लिॅंदा।
    • राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर
      …
      १
      भएन घुमन्ते जीवन
      बनेर यात्रु सधैँलाई
      घुमाउॅंदै हिॅंड्ने रनबन।
      २
      उल्झिन्छन् समस्यमा नाता
      धुमिल हुँदै जान्छन्
      सम्झना ऋणका खाता।
      ३
      मानिस भएर जन्मिए
      सैतानको व्यवहार गर्दै
      निर्दोषको रगत पिए।
    • सुरेशकुमार पाण्डे, दाङ घोराही १८
      …
      १
      रातमा आउने पानी
      दिनको चर्को घाम
      धेरैलाई पुर्‍याउने हानी ।
      २
      प्रकृतिले जाल बुनेछ
      सतर्कता अपनाउनु सबैले
      अत्यधिक वर्षा हुनेछ।
    • संगीता खरेल, चन्द्रागिरी 8 काठमाडौं
      …
      १,
      ढुङ्गाको लगाई सिरानी
      आकाश ओढेर सडकमा
      गरिबले बिताउँछ जिन्दगानी।
    • बिके मुखिया, दार्जीलिङ,भारत
      …
      १.
      कोही गल्ती गरेर
      कहिले नमाग्ने माफी
      हाँस्छन् दागा धरेर।
      २.
      भन्छन् बगरको बास
      कुनै उपाय नभएपछि
      साथमा रहेन आस ।
      ३.
      हाडी जस्तो फुट्यो
      सम्बन्ध पनि हजुर
      पुनः चट्याङले कुट्यो।
    • पृथक प्रकृति
      …
      १,
      किन हेरिन्छ माथि
      भूलेको सम्झना कति
      नभन ऐ साथी ।
    • नीमा छिरिङ भोटिया, जलढका कालेबुङ
      …
      १,
      ईर्ष्या हुँदैन साँच्नु
      रुँदै मर्छ मानवता
      दम्भले हुँदैन बाँच्नु !
      ~ऋजु दिल्पाली, ईटहरी १ सुनसरी
      …
      क/
      छोड्दिन काव्य साधना
      झेल्नु परे पनि
      अनेक खाले सासना l
      ख/
      आएछ कि ह्रासकाल
      सरकार फेर्दाफेर्दै बित्यो
      सरकारको यो साल l
      ग/
      कतै छैनन् सक्षम
      जता हेर्यो उतै
      नेता देखिन्छन् अक्षम l
    • बाबुराम गौतम, गुल्मी
      …
      १,
      लिखित कतिपय अलिखित
      गाउॅंदै जाने यहाँ
      जीवन सङ्घर्षको गीत।
      २,
      जीवन काँडेदार फूल
      सुराक्षित कोही छैन
      मन्दिरमा चढाइन्छ त्रिशूल।
      ३,
      जीवनको अर्थ भेटियो
      लेख्नुथ्यो रहरको कथा
      बगरमा पुगेर मेटियो!
    • बि.कुलुङ, दार्जिलिङ रंगबुल
      …
      १.
      म नयन खोल्छु
      सही तथ्य कुरामा
      अघि सरी बोल्छु ।
      २.
      जहाँ विश्वास हुन्छ
      सदा परस्पर एकार्काको
      मनले मन छुन्छ ।
    • प्रेम थापा “मन”बागलुङ
      …
      (१)
      बनाउॅंछ उसैले मूर्ख
      जसको व्यवहार झुटा
      हार्दछ सत्यवादी तुर्क ।
      (२)
      हुँदैन औषधी मूर्खको
      हरायो पुर्खाको सत्य
      बाहुल्यता छ उसको ।
      (३)
      घोर कलियुग आयो
      आर्जनका झुटो व्यवहारले
      मौलिक युग हरायो ।
    • लोकबहादुर छेत्री लामिछाने, मोदी गा पा २ देउपुर ,पर्वत
      …
      १,
      मनको दियो बालेर
      जिउनु छ हाँसीखेली
      दु:ख पीडा फालेर।
      २,
      राम्रो काम गरेर
      जीवन फूलझैँ बनाउनु
      ईश्वरको भर परेर ।
    • वेल थोकर तामाङ, मकवानपुर ,बकैया – ८, बस्तिपुर
      …
      १,
      आफैँले दु:ख पाउॅंछ
      मान्छेको गलत कर्मले
      प्राकृतिक विपत् आउॅंछ ।
      २,
      जीवजन्तु सबै भाग्दछ
      मान्छेको कारणले गर्दा
      जङ्गलमा डढेलो लाग्दछ ।
      ३,
      सर्वश्रेष्ठ प्राणी लेखियो
      धरती बिगार्ने कर्ममा
      मान्छे अगाडि देखियो ।
    • दिनेशकुमार शर्मा, हेटौडा, मकवानपुर
      …
      १)
      बाहिर फुलबुट्टे झोला
      नवीनता रहेनछ भित्र
      आडम्बरी नबिताऔॅं चोला ।
      २)
      मात्तिएर जवानीको जोस
      विगारी सकिएछ घरबार
      खुल्यो बल्ल होस ।
      ३)
      सबैलाई आफ्नै ठान्छु
      भित्री रहस्य बुझिएन
      बारम्बार धोखा खान्छु ।
    • हिरालाल न्यौपाने, बानपा ८ कोटमौला, सल्यान
      …
      १,
      सधैँभरि दिन्छु साथ
      भन्ने गर्थ्यो तिमी
      छोड्यौ आज हात ।
    • गंगाराम यादव, औरावनी २ सुनसरी
      …
      १.
      प्रचण्ड भैरहेछ गर्मी
      देश द्रोहन गर्नेहरू
      धेरै छन् अधर्मी।
      २.
      अन्याय कति गर्छौ ?
      एकदिन पक्कै तिमी
      कालै नआई मर्छौ ।
      ३.
      नबढाऊ जनतासँग दूरी
      पालो सधैँ नरहला
      किन गर्छौँ चुरीफुरी?
    • अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१
      हालः-अमेरिका,बोस्टन।
      …
      १.
      सफलताले शिखर चुमेर
      मेहनत गर्नुपर्छ खुसीले
      नहिॅंडौँ अनावश्यक घुमेर।
      २.
      जिन्दगी आउँदैन फर्केर
      त्यसै खेर नफालौँ
      किन हिॅंड्छौ तर्केर ?
      ३.
      मनमुटु जलाई नहिन्नु
      पुर्‍याउॅंछ चिन्ताले चितामा
      आफूले आफैँलाई नचिन्नु।
    • घनश्याम पन्त, हरिवन सर्लाही
      …
      १,
      अनौठो समय साल
      किन प्रत्येकको आँगनमा
      घुमेर आउँछ काल !
    • आर्त अकुलीन
      …
      १
      छोड्दा राम्रो रिसराग
      खानुपर्छ सधैँ हामीले
      तितो करेला, साग ।
      २
      किन लाउनु दोष
      हुनु थियो भयो
      पोख्नु हुन्न रोष ।
      ३
      खोज्दैछ यस्तो ठाउँ
      जहाँ बुद्धत्व मात्रै
      बास बसेको गाउँ ।
    • दीपा गुरुङ्ग समभाव, खोटाङ्ग
      …
      (१)
      भोकले मेहनत सिकाउँछ
      मानिसको आचरण हो
      भोगले विलासी बनाउँछ।
      (२)
      राखेर आपसमा भेदभाव
      आफैँलाई महान् ठान्छौ
      कस्तो मानसिक अभाव ?
      (३)
      छुवाछुतले आँखा छोपिन्छ
      तर मतलबका कुरा
      छोएर सुनपानी चोखिन्छ।
    • दिवाकर चाम्लिङ्ग राई, खर्साङ्ग, दार्जीलिङ
      …
      १,
      विकासले बिनास गर्‍यो
      आज सुख खोज्दा
      ज्यान धरापमा पर्‍यो ।
    • मन्दिरा सेढाई, मलेखु,धादिङ
      …
      १)
      तिमी देशभक्ति कसरी
      सीमा मिचिॅंदा हेर्छौ
      तिमी राष्ट्रघाती यसरी !
    • रवि पौडेल ,दक्षिण भारत पाण्डेचरि
      …
      १.
      रित्तियो देशको ढुकुटी
      बाँडीचुँडी सिध्याए सारा
      थन्क्याए बनाई सुकुटी !
      २.
      गर्दैनन् कमाइ धन्दा
      जोहो नगर्ने पशुपक्षी
      सुखी छन् मान्छेभन्दा !
    • कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
      …
      १)
      जीवन यात्राले थाकेर
      मन छ बिसाउनु
      उमेरले मात्रै पाकेर।
      २)
      भोलि खुसी आउनलाई
      थुप्रै विकल्प थिए
      आफैँभित्र स्वयं रमाउनलाई।
    • अन्मोल मुस्कान, तकदाह छाउनी, दार्जिलिङ
      …
      १.
      हातमा बोकेर पारपत्र
      डुल्दै त्यो मरुभूमिमा
      नेपाली परे अलपत्र ।
      २.
      हेर्नुस् हाम्रो समाज
      किन स्वार्थी दुनियाँ ?
      दुःखीको सुन्दैन आवाज ।
      ३.
      हाम्रो देशको शिक्षा
      ठुलाबडाकै गर्छ चाकडी
      कस्तो यो दीक्षा ?
    • दीप गोले तामाङ, चन्द्रपुर -१, पौराई, रौतहट
      …
      १.
      सनातन हिन्दु धर्म
      राम्रो धेरै दर्शन
      बुझ्छ जनको मर्म ।
      २.
      धर्म छोड्ने बानी
      बनायो मान्छे यस्तो
      गर्ने सबै हानी ।
      ३.
      प्रकृति हाम्रो सुर
      हामी देव मान्छौ
      हुँद‌ैन कोही दूर ।
    • डिल्लीराज (राजेन्द्र) भुसाल, सन्धिखर्क-२, कुर, अर्घाखाँची
      …
      १)
      पाइॅंदैन मिलनसार मन
      कलियुगको प्रभाव यस्तै
      सर्वत्र भेटिन्छ दुर्जन।
      २)
      चल्दैन हिजोआज अर्मपर्म
      गाउँघर सहर बन्यो
      हरायो पुराना कर्म।
      ३)
      संस्कृति अनि संस्कार
      खोलाको गीत भयो
      खाए नेपालीले मार।
    • अरुण कुमार भुजेल, गोरूबथान, कालेबुङ, भारत
      …
      १.
      लथालिङ्ग बनाए देश
      भ्रष्टाचारी ,जाली नेताले
      हरायो रहनसहन भेष।
      २.
      खुबै फूर्ती लाउँछन्
      भोट माग्ने बेला
      नमस्कार गर्दै आउँछन्।
      ३.
      आफ्नो लागि झुक्छन्
      जनतालाई समस्या पर्दा
      नेता दुलोभित्र लुक्छन्।
    • साबित्री प्याकुरेल, धादिङ
      …
      १.
      उमेर पनि ढल्कियो
      जवानीको रङ्ग सुकेर
      बुढेसकालतिर अब सल्कियो।
      २.
      विश्वास नभएको मन
      हुँदैन कहिले आफ्नो
      अरूले कमाएको धन।
      ३.
      जीवन बगेको खोली
      खेरो नफालौँ व्यर्थैमा
      आउॅंदैन फेरि भोलि।
    • बिकास छेत्री अञ्जान, कैजले, बिजनबारी दार्जिलिङ
      …
      १,
      एकछिन सोचेर बोल
      होसियार बनी सधैँ
      मनको कुरा खोल ।
    • बिरेन्द्र कुमार चौधरी, इटहरी – १६, सुनसरी
      …
      १
      मायाविनाको त्यो पल
      कसिएको कण्ठ जस्तो
      बनाउँछ भाव विह्वल।
      २
      माया गर पवित्र
      माकुराको जालोले जस्तो
      अड्याई राख्छ भित्र।
    • कोपिला अधिकारी, सिरानचोक -७, गोरखा
      …
      १/
      कविता भन्न खोज्दा
      निबन्ध भयो रे
      आफ्नै मन रोज्दा ।
      २/
      भोक लागेको बेलामा
      ढुङ्गो स्वादिलो हुन्छ
      काम गर्ने मेलामा ।
      ३/
      पानीले खोज्दैन रानी
      मात्र खोज्छ तीर्खा
      जीवनको हो खानी ।
    • नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर
      …
      १,
      सृजना फुलाउने रहरहरू
      काँडा बनी आएपछि
      फैलिए रोगका जहरहरू ।
      २,
      हिजो आहा ! भयो
      आज निर्बल हुँदा
      जीवन निरासिॅंदै गयो ।
    • दुर्गा भट्टराई, मोरङ
      …
      १)
      मनमा शीतल ल्याऊ
      गर्मी पर भगाएर
      स्याउ सधैँ खाऊ ।
      २)
      जङ्गल सबै मासेर
      आँसु लाग्यो पशुको
      रुन्छौ हामी हाँसेर।
    • सविता भट्टराई, जनकपुर
      …
      १,
      सत्य रहेछ सपना
      नब्युउँझिदा सम्म मात्र
      ब्युउँझेपछि भ्रमकै थपना ।
    • सुरेश कार्की, काठ. – ७
      …
      १
      जीवन सत्कर्मले सजाउनु
      आखिर छाडिन्छ संसार
      संस्कृति मिलेर बचाउनु ।
      २
      उदासीमा बज्दैन ताली
      दुःख सहेमा सुख
      प्रभुकै बनौँ माली ।
      ३
      बेठिक मजाक उडाउनु ?
      चिन्ता गर्नु व्यर्थ
      बिन्ती सधैँ चढाउनु ।
    • कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी
      …
      १.
      मिठा गफ गरी
      चौतारीमा सॅंगसॅंगै बसौँ
      अलि नजिक सरी।
      २.
      बगैँचामा सुटुक्क पस्छु
      तिमी आऊ है!
      म कुरी बस्छु।
      ३.
      सुख पाउने रहर
      भाग्य मेरो खोटो
      देख्न पाइन सहर।
    • शशीश्री आचार्य, बौद्ध कुमारीगाल काठमाडौं
      …
      १,
      झिल्काको तलतल कस्तो
      सकस परिरह्यो बेस्सरी
      बिहानीको चिया जस्तो।
      २,
      नलेखौँभन्दा पनि नहुने
      अन्य केही लेख्दा
      शब्दले मन नछुने।
      ३,
      झिल्का लेख्दैछु रमेर
      यथार्थ भावहरू खोज्दैछु
      शब्दहरू धेरै गमेर ।
    • मोती सुब्बा, दार्जिलिङ निमकी डाँडा
      …
      १.
      पैसामा जोडिएको नाता
      स्वार्थले भरिएको बोली
      हुन्न अप्ठ्यारोमा छाता।
      २.
      खाइन्छन् झुटा कसम
      बगाउँदै अश्रु धारा
      बिर्सन्छन् आफ्नै खसम।
      ३.
      ओझेल पारिन्छन् सपनाहरू
      खोली घातका पानाहरू
      निचोरिॅंदै मिठा सिर्जनाहरू।
    • तोया नाथ चापागाईं, दमक, झापा, नेपाल
      …
      १)
      आयो ऋतु ग्रीष्म
      आकाश धर्ती तातेर
      बन्ने भयो भीष्म ।
      २)
      छैन शीतल कही
      कोठा ओछ्यान तातै
      आउँदा पानीमा रही।
      ३)
      चिसो पानी परे
      शीतल हुन्थ्यो होला
      आकाश धरा भरे ।
    • रसज्ञ छहरा, कावासोती-३ नवलपुर, नेपाल
      …
      १,
      गणतान्त्रिक शासन व्यवस्था
      मन्त्रीमण्डल गठन विघटन
      जनताको उस्तै अवस्था ।
      २,
      जनताको बुझ्दैनन् चाहाना
      पात्र प्रवृत्ति त्यस्तै
      अनेक बनाउँछन बाहाना।
      ३,
      लाग्न छाड्यो आस
      गर्दैनन् काम कसैले
      जनतालाई बनाए निराश ।
    • सतीश पण्डित, भानु – ६, चुँदी तनहू (हाल चनपा ६ मातातीर्थ)
      …
      १,
      सिमसिमे पानी आयो
      साँझपख हेर त
      तनमा सितल छायो ।
      २,
      दिनहरू बितेर जान्छन्
      एकपछि अर्को गर्दै
      मान्छेलाई बुढेसकालतिर लान्छन् ।
    • बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाइ ४ झापा
      …
      १.
      मनलाई खुसी राखेर
      गर्नुछ सङ्घर्ष सधैँ
      पुग्नुछ लक्ष्य ताकेर।
      २.
      सोच्दै अगाडि बढेर
      इज्जत पर्छ कमाउनु
      अनगिन्ती अब पढेर।
      ३.
      देशको माया गरेर
      सधैँ अगाडि बढनु
      छाती गौरवले भरेर।
    • दुर्गा आचार्य, मोरङ
      …
      १/
      कतै आगो बलेको
      कस्ले देख्छ यहाँ
      भित्र मुटु जलेको ।
    • शोभा आचार्य गौतम, काठमाडौँ
      …
      १.
      सुन्दर शान्त देश
      मेरो देशमा कसैलाई
      पनि नलागोस् ठेस ।
      २.
      सफलता खोज्ने आस
      चलेको छ घामपानीमा
      मुटु धड्कनको सास ।
      ३.
      सडकमा पानीको काम
      छैन हजुर मजदुरलाई
      काम गर्दा आराम ।
    • श्रीकृष्ण धामी – बझाङ
      …
      १,
      प्रेममा पागल बनेर
      सहर, बजार घुमेछौ
      बाबाआमा बारी खनेर ।
      २,
      बेरोजगार भए बसे
      बिचल्ली परेमा गरिबी
      साधुले खरानी घसे ।
      ३,
      हुँदैन सोचेको कुरा
      पर्खेर बसे परदेशी
      भए लालाबाला टुहुरा ।
    • अम्बिका अधिकारी, झापा बिर्तामोड
      …
      १
      साथीसँग रमाउने मन
      आज मोबाइलको गेममा,
      समाजबाट टाढिॅंदै जन |
      २
      कस्तो माहोल बनायो
      कोरोना पश्चातको समयले ,
      प्रविधिले आधिपत्य जमायो।
      ३
      बन्दैछ मोबाइल आज
      झन् प्रिय पुस्तकभन्दा
      एकलौटी गर्दैछ राज।
    • सुस्मिता अधिकारी ,काठमाडौँ
      …
      (१)
      होइन प्रेमको भिखारी
      स्वार्थमा सम्बन्ध राख्ने
      सम्पतिको औकात निहारी ।
      (२)
      सम्वन्धमा धन हेरिॅंदैन
      आत्मीयता च‍ोखो हुनुपर्छ
      कुनै पर्खालले छेकिॅंदैन ।
      (३)
      सम्झिनेहरूले माया तोडेपछि
      खोजखबर लिनै छोडिदियो
      अर्कैतिर सहयात्रा जोडेपछि ।
    • दिल ठकुरी, टिस्टा भेल्ली दार्जिलिङ
      …
      १)
      सिॅंढीले उक्लिनु सिकाउँछ
      सागरमाथाको चुचुरा देखाउॅंदै
      सङ्घर्षले सफलता पुराउँछ ।
      २)
      म रोज्छु फूल
      उ रोज्छिन् काँडा
      भँचियो प्रेमको पुल।
    • राजनारायण राई, राजदल बस्ती सोनादह
      …
      १.
      धर्तीमै छ आनन्द
      स्वर्गको कुरा नगरॅौ
      प्रकृतिले दिन्छिन् परमानन्द ।
      २.
      नेता आए घरमा
      आश्वासन दिएर गए
      नबसॅौ यिनका भरमा ।
      ३.
      जनता भोकै राखेर
      आश्वासन मात्रै दिॅंदै
      आए सत्ता चाखेर ।
    • राजेशराज गड्तौला, कॅाडाघारी, काठमाण्डौ
      …
      १ ,
      सृष्टि, स्थिति ,संहारको
      मूल मानौँ झिल्का
      सबै चराचर भवको ।
      २ ,
      बुझेर मात्र बालौँ
      उसको गुण जानी
      समयमै बुझी सम्हालौँ ।
    • हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा – १४, साँगा बजार
      …
      १
      सजाऔॅं नेपाल हाम्रो
      सबै मिलेर जाऔॅं
      बनाऔॅं सुन्दर राम्रो!
      २
      मेची गण्डकी काली
      सलल पानी बग्छन्
      हामी नेपाली माली।
      ३
      हिमाल उच्च हेर
      संसार पर्छ दङ्गै
      सौन्दर्य अति धेर ।
    • कमल प्रसाद बगाले रेग्मी, वालिङ बजार स्याङ्जा, गण्डकी प्रदेश
      …
      १)
      खोल आफ्नो दृष्टि
      बाली ज्ञानको दियो
      पाउॅंछौ भिन्न सृष्टि ।
      २)
      नगर्नु कसैको हेला
      हात्ती पनि पर्नसक्छ
      हेर कमिलाको फेला ।
      ३)
      फूलसरि बास्ना छर्नु
      हजारौँ चोट सहेर
      पनि परोपकार गर्नु ।
    • रुना कर्माचार्य दाहाल ,चितवन
      …
      १.
      बालबालिका भोलिका कर्णधार
      उचित पालनपोषण दिऔँ
      भविष्य बनाउॅंछन् यादगार ।
      २.
      विभेदको अन्त्य गरौँ
      छोरा छोरी बराबरी,
      समानताको शिक्षा भरौँ ।
    • पुष्पा राई, बादेल, खोटाङ
      …
      १)
      हेरेर घरि जूनलाई
      याद आउॅंछ मायाका
      साटेको मायाको गुनलाई ।
      २)
      मुछिएका यी हातहरू
      रगत र पसिनामा
      मिठा लाग्छन बातहरू ।
      ३)
      आएपछि समस्याको थुप्रोमा
      चाल्नुपर्ने हुन्छ पाउहरू
      लुक्नु हुँदैन झुप्रोमा ।
    • ईश्वर साउद, रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
      …
      १,
      कर्ममा विश्वास गरौँ
      समयको सदुपयोग गर्दै
      जीवन सौन्दर्यले भरौँ ।
      २,
      समयको निरन्तर गति
      पच्छ्याउन प्रयास नगरे
      रोकिन्न कहिल्यै कति ?
      ३,
      विगतको समीक्षा राम्रो
      गर्न कोशिस गरेमा
      भविष्य बन्छ हाम्रो ।
    • जय नारायण नेपाल, इलाम (हाल सूर्यविनायक २ बालकोट भक्तपुर )
      …
      १.
      जीवनमा धोका पाएर
      अर्थ छैन बाँच्नुको
      मर्छु पासो लाएर ।
      २.
      देखाउँदैनन् कसैले चासो
      आफन्तविहीन आफैँ भएपछि
      कसलाई पोखौँ गुनासो ।
      ३.
      ज्यान बलिदान दिएर
      मर्न बेस बाँच्नुभन्दा
      अर्थ छैन जिएर ।
    • ललिता गिरी, सिन्धुली (हाल काठमाडौं)
      …
      १.
      कर्मको फल मिठो
      सधैँ दुःखमा रमाउने
      म गाउँले ठिटो ।
      २.
      सङ्घर्षको भारी बोकेर
      पुग्न सकिन्न गन्तव्यमा
      बीचमा पाईला रोकेर ।
      ३.
      दुःखको जङ्घार तरेर
      जिउनुको अर्थ सिकाई
      एकदिन जान्छौँ मरेर ।
    • लक्ष्मण देउवा, डोटी (हाल भारत चेन्नई)
      …
      १.
      फूलको सुन्दरता देखेर
      रमाउन सक्छ मान्छे
      काँडामा पाइला टेकेर ।
      २.
      सङ्घर्षको यात्रा हाम्रो
      यसरी बुझौँ सबैले
      जीवन चल्छ राम्रो ।
      ३.
      कर्मको खेती गरौँ
      पौरखी हातहरू चलाउँदै
      स्वदेशकै लागि मरौँ ।
    • पद्मा काश्यप पाण्डे, मोरङ
      …
      १)
      लाउने खाने उमेर
      खुसीले मानव रमाऊ
      फर्केर आउँदैन घुमेर ।
      २)
      हाम्रो जीवनको भर
      राखेर भक्ति भावना
      मनमा सम्झौँ ईश्वर ।
    • बेदु न्यौपाने
      …
      १.
      सकिए रुख ढलेर
      यस्तै पारा भए
      सकिन्छन् मान्छे जलेर।
      २.
      जङ्गल सबै मासियो
      आधुनिकताको नाउँ लिएर
      प्रदुषणसँग नाता गाँसियो।
      ३.
      बचाउनु विश्वको धन
      सचेत भए आजै
      बाँच्छ हरेक जीवन।
    • विमल खतिवडा माइला, सिलगढी, भारत
      …
      १,
      बाहिरबाट हुँदैछ गोल
      चोक्टा उनैले खान्छन्
      भित्रकाले खान्छन् झोल ।
    • देवी पन्थी

    ::::::::जय झिल्का साहित्य ! ::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविताLeave a Comment on साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २१ सम्पन्न

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २० सम्पन्न

  • २१ जेष्ठ २०८१, सोमबार २१:३८ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको २० औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५२ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २० मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    …
    १,
    कमल हिलोमा फुल्छ
    ‌खास वरदान भगवान्‌को
    सिउॅंडी मरुभूमिमा डुल्छ ।
    २,
    हुने नहुने कुरो
    सस्तो लोकप्रियतामा कुदिरहन्छौ
    बुझ्दै नबुझी चुरो ।
    ३,
    एकनासको हुँदैन बाटो
    सदा लक्ष्योन्मुख होऔॅं
    सकेसम्म नराखी रहाँटो ।

    • म्यामराज राई, भोजपुर
      …
      १,
      मनमा नजमाई शीत
      बाँचुन्जेल हाँसौ खेलौँ
      भविष्य छ अनिश्चित !
      २,
      गर्नुहुँदैन कदापि रोष
      गल्ती आफ्नो जान्दाजान्दै
      अरूलाई दिएर दोष !
      ३,
      पैसाको मुख कालो
      अपराध निम्त्याउँछ यसले
      षड्यन्त्रको हो जालो !
    • वसन्त अनुभव, घोराही, दाङ
      …
      १,
      ढुङ्गालाई माटोको भर
      दुवै मिले पो
      बन्छ सुन्दर घर !
      २,
      आयो जमाना कस्तो ?
      खै किन यहाँ
      लोकप्रियता बन्दैछ सस्तो ।
    • दीपा समभाव, खोटाङ
      …
      १,
      भ्रमर फूलमा डुल्छ
      रस पसेपछि हेर्दै
      फूल काँडामा फुल्छ ।
      ३,
      नचाहिने गर्छौ कुरो
      समाज सेवाको काम
      चलाउन आफैँ सुरो
    • बेदु न्यौपाने
      …
      १,
      उनीसँग जुध्यो नजर
      रुझ्यो बनको सेरोफेरो
      प्रेमिल उष्ण रहर ।
      २,
      मायाको खर्पन ढाकर
      बोकेर सगरमाया चढ्ने
      पङ्ख प्रेमको सगर ।
    • ममता पौडेल, बुढीगङ्‌गा-२, मोरङ
      …
      १,
      हिम्मत नै गर्नुपर्छ
      आफू आफैँलाई चिनौँ
      समयले सब गर्छ ।
    • ताराप्रसाद चापागाईँ, धुनिबेसी, धादिङ
      …
      १,
      दलित अछुत भनेर
      मानवमाथि मानवले बोल्छन्
      मानहानि सधैँ गरेर !
      २,
      सबै समान नहुने
      मानवमा मानवता नभएर
      कसरी तिनी नछुने ?
      ३,
      कहिले हुन्छ समान
      मानव मानव मिली
      अवश्य आउॅंछ बिहान !
    • भोलामान बर्देवा, धरान ८ सुनसरी
      …
      १,
      किन विकार जगाउने ?
      सत्यतथ्य बुझ्न खोज्दैनन्
      लान्छना मात्र लगाउने !
      २,
      आफ्नो धरातल भुल्छन्
      मानवको स्वरूप मात्र
      आखिर आडम्बरमा फुल्छन् ।
      ३,
      भएर पुनः मपाई
      कुनै पनि बहानामा
      शोषण गर्न नपाई !
    • पृथक प्रकृति ,झापा
      …
      १,
      बाँकी काम रोकेर
      आएको भेट्न मायालाई
      मनमा खुसी बोकेर !
      २,
      सुन्दर बनी फुलिदेऊ
      भनेर सोच्छु म
      मेरो मनमा डुलिदेऊ।
      ३,
      हाँसेर बोल्नु राम्रो
      बनोस् नटुट्ने सम्बन्ध
      झन् गहिरो हाम्रो !
    • अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६ संखुवासभा
      …
      १,
      मनको हुँदोरहेछ पोको
      सॅंगालेर राख्दा पनि
      पूरा नहुने धोको !
      २,
      भन्न सजिलो हुन्छ
      पर्दा मात्र आफूलाई
      बल्ल मन छुन्छ।
      ३,
      मनलाई नबनाऔॅं अस्थिर
      सॅंगालेर राख्छ जसले
      अन्तमा हुन्छ वीर !
    • अर्जुन प्रसाद चौलागाई, सुनापति-१, रामेछाप (हालः-अमेरिका, बोस्टन)
      …
      १,
      नगर्नु जोसको बात
      आउने गर होसमा
      पाइन्न कसैको साथ !
      २,
      नबिराउनु अनि नडराउनु
      भ्रष्टाचारी भए कोही
      दण्ड सजाय गराउनु !
      ३,
      दिनेछन् जनताले साथ
      हुन् जनार्दन तिनै
      बुझेर गरे बात !
    • सतीश पण्डित, चुँदी तनहूँ (हाल चनपा- ६ मातातीर्थ)
      …
      १,
      आफ्नाहरू बिराना बन्छन्
      लौरी दिएर तार्‍यो
      आफैँ ठुला भन्छन् ।
      २,
      खोला तर्‍यो भाँच्यो
      भुल्यो लौरी दिनेलाई
      खुट्टामा हिर्काएर नाँच्यो।
      ३,
      कस्लाई आफ्नो भनौँ
      संसार विचित्र रहेछ
      सबैसॅंग व्यावहारिक बनौँ ।
    • चुडामणी देबकोटा, पुरानो नैकाप काठमाडौँ
      …
      १,
      विरोध गर्नेले गर्छ
      मौका सधैँभरि आउॅंदैन
      टन्न कमाउनु पर्छ ।
      २,
      जसले कमाउन जान्छ
      हेर्दैन राम्रो नराम्रो
      समाजले उसैलाई मान्छ ।
    • शंकर कार्की, मकवानपुर
      …
      १,
      कसैलाई समयले पर्खॅंदैन
      व्यर्थ खेर नफालौँ
      बितेको पल फर्कॅंदैन।
    • बिके मुखिया, दार्जिलिङ, भारत
      …
      १,
      हरियो बोटको जरा
      चौतर्फी ढकमक फूल
      आखिर सुन्दर धरा !
      २,
      कुरैकुराले घर चलाए
      समाज बनाउँछु भन्दै
      मानिसको मन जलाए !
    • आर्त अकुलीन
      …
      १,
      विश्वास मन फुकाएर
      अगाडि पछाडि नहेरी
      बसेका खुसी लुकाएर !
      २,
      जनता नेताको पछाडि
      नेताजी कुर्सीको दाउमा
      खुलेर निस्कनु अगाडि !
      ३,
      जङ्गल फडानी नगरौँ
      नफसौँ पहिरो जानमा
      हरियो बिरूवाले भरौँ ।
    • अम्विका अधिकारी, झापा बिर्तामोड
      …
      १,
      हुँदैन कसैको आसले
      एकदिन जान्छ छोडी
      आफूले फेर्ने सासले !
      २,
      नगर्नु अर्काको रिस
      दिन सक्छन् सत्रुले
      अमृत भनी विष !
      ३,
      लिची, आँप फलेको
      बढ्यो गर्मी धेरै
      तातो हावा चलेको !
    • अनिता भण्डारी, ताप्लेजुङ
      …
      १,
      उदाउँदो बिहानीको घाम
      स्वास्थलाई धेरै राम्रो
      गर्नु ताप्ने काम !
      २,
      साग सिस्नो खानु
      रोग हट्दै जान्छ
      पर्दैन अस्पताल जानु !
    • राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर ।
      …
      १,
      सबैले हिम्मत गरौँ
      मरेको मनलाई आनन्द
      मनमा माया भरौँ !
    • नीमा छिरिङ भोटिया, जलढका कालेबुङ
      …
      १,
      सपना देशको मेरो
      उन्नति लिएर साथमा
      नझुकोस् सधैँ सेरोफेरो !
      २,
      कुर्सीको तानातान हेर
      बडेमान शून्य जित्ने
      खै चलाखविना खेर !
      ३,
      चाँदनी रुँदैछ देशमा
      सिमाना पारि एक्लै
      न्याया खोज्दैछु केसमा !
    • एवाइ प्रभात, सहिदभूमि, धनकुटा
      …
      १,
      भ्याइएन गन्तव्य कोर्न
      सकेनौँ अझै हामीले
      आफ्नैको फोहोर सोर्न !
      २,
      जहिल्यै कुबुद्धि आउँछ
      आफ्नो धर्म त्याग्दा
      सरापले उल्टो गराउँछ ।
      ३,
      लाकतन्त्रमै त्यस्तो गरेको ?
      लेखेको भनेको कथित
      समाचार भ्रष्टाचारले भरेको !
    • रामप्रसाद पुरी, बादेल, खोटाङ
      …
      १,
      देख्दैनन् मजदुरको काम
      हरपल बगाउँछन् पसिना
      पाउँदैनन् उचित दाम !
      २,
      खान्छन् व्यन्जन चौरासी
      ठुलाबडा भनाउँदाहरूले यहाँ
      हामीलाई बनाउँछन् दासी !
      ३,
      गरिबीको चपेटामा परी
      व्यवहार सम्हाल्नु पर्ने
      दुनियाँको इस्तेमाल गरी !
    • सीमा कार्की समर्पण, मेलचोक पर्सा
      …
      १,
      रित्तो हुँदैछ गाउँ
      बेरोजगारीको चपेटाले गर्दा
      परदेसिए बिरानो ठाउँ !
      २,
      निभ्यो आसाको दियो
      देशको बेथितिले गर्दा
      गलेर आउँछ हियो !
      ३,
      आँसुले मुख धुँदै
      बुढेसकालको सहारा गयो
      वियोगमा विक्षिप्त हुँदै !
    • संगीता खरेल, चन्द्रागिरी – ८, काठमाडौँ
      …
      १,
      स्वास्थ शरीर लिएर
      बढ्न सकिन्छ अगाडि
      नहिड रक्सी पिएर !
      २,
      आफूले पाएको ज्ञान
      दिन सक्नुपर्छ सबैलाई
      यति कुरा जान !
      ३,
      हेर जीवन जिएर
      भइन्छ त्यसै बर्बादी
      रक्सी मात्र पिएर ।
    • ललिता गिरी, सिन्धुली (हाल काठमाडौँ )
      …
      १,
      मनमा कुरा खेल्छ
      उपलब्धीको खोजी गर्दै
      अझ किन धकेल्छ ?
    • प्रेम थापा “मन”, बागलुङ
      …
      १,
      काममा व्यस्त भएर
      बन्द सिर्जनाको ढोका
      खेतको गरामा गएर !
      २,
      मायाको तिर्सना मिठो
      सकिन्न कसै बिर्सन
      खाइन्न फल गिठो !
      ३,
      जिन्दगी गाह्रो जिउन
      सकिन्न किनेर कपडा
      सुचिकारमा पुगी सिउन !
    • भगवती दवाडी, झापा
      …
      १,
      चोखो माया साँचेर
      नगर्नु कलह कसैले
      जीवनमा बाँचौँ हाँसेर !
      २,
      समयले डाँडा काट्यो
      तिम्रो त्यो कर्तुतबाट
      मन त्यसै फाट्यो ।
    • सरस्वती श्रेष्ठ, इटहरी
      …
      १,
      हार मान्नु हुँदैन
      दुःख हुन्छ सबैलाई
      बालक केवल रुँदैन ।
      २,
      तिमी सानो थियौँ
      ठुला थिए सोच
      अहिले कसलाई दियौँ ?
      ३,
      बलियो बनाऊ मन
      प्रदर्शन गर्न शक्ति
      काम्नु भएन तन !
    • धनुष न्यौपाने” यात्री”
      …
      १,
      देश गम्भीर मोडमा
      सबै सचेत बनौँ
      अस्तित्व बचाउने होडमा !
      २,
      मृग ओरालो लागेको
      भेट्टाउन मानिसहरू किन ?
      उसको पछि दौडेको ?
      ३,
      जति दबाउ भलिबल
      उति माथि पुग्छ
      पुग्छ उसलाई मल !
    • रबि पौडेल ,दक्षिण भारत पाण्डेचरि
      …
      १,
      जेठको घाम रापिलो
      गर्मीले तराई पाक्दैछ
      हुँदैछ पृथ्वी बाफिलो !
      २,
      उडेका चरा खस्दैछ
      भनेर औलो लाग्ला
      मनमा शङ्का पस्दैछ ।
      ३,
      सम्झिए हुर्केको पहाड
      सितल त्यो चौतारी
      छेउमा झरनाको दहाड !
    • सरस्वती श्रेष्ठ, रुपन्देही बुटवल
      …
      १,
      भगवान्को ढोकामा ताला
      मान्छेले ल्याएर ठोकेको
      मान्छेलाई झुक्याउने चाला !
      २,
      तिमीले तुलसी पुजेको
      भगवान्को आफ्नै नियम
      यति मैले बुझेको !
      ३,
      सन्सार तिम्रो मेरो
      बाँचुन्जेल प्राणीको साझा
      मरेपछिक‍ो लोक अँधेर‍ो !
    • कमला पौडेल
      …
      १,
      खुशीको साँचो गोजीमा
      अनेकौँ तर्क आवतजावत
      भौँतारिन्छु सत्यको खोजीमा !
      २,
      भोकले भोजन माग्दछ
      यसकै लागि भौँतारिएँ
      रुखोसुखो अमृत लाग्दछ ।
      ३,
      सुखी परिवार बनाउन
      हेर छोराछोरी जन्माएँ
      दुवै उडे कमाउन !
    • नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर
      …
      १,
      आउने जाने क्रम
      यथार्थ रत्तिभर नभएको
      जीवन एक भ्रम !
      २,
      परिस्थितिको भिरेर भार
      परदेश पुगेको हुन्छन्
      हामीसँगै देशको अनुहार!
    • बि.कुलुङ, दार्जिलिङ
      …
      १,
      आउँछ अवश्य पालो
      समय पर्खनु पर्छ
      हट्छ निरङ्कुशताको जालो।
      २,
      अरूलाई रुवाई हाँस्ने
      अमानवीय कार्य गर्दै
      प्रीति कहिले गाँस्ने ?
      ३,
      गरे असहायको सेवा
      निस्वार्थ भाव बोकी
      मिल्छ एकदिन मेवा !
    • अरुण कुमार भुजेल, गोरूबथान,कालेबुङ,भारत
      …
      १,
      सबैको प्यारो बनौँ
      मनको पीडा कलमले
      धेरै कुरा भनौँ ।
      २,
      अरू केही चाहिॅंदैन
      बाआमा जस्तो माया
      संसारैमा कतै पाइँदैन।
    • सविता भट्टराई, जनकपुरधाम
      …
      १,
      वसन्तमा हरियाली बोट
      मन उदास हुँदा
      मनभरि गहिरो चोट !
      २,
      मालामा सुवाउने फूल
      खोला आउँदा सधैँ
      तर्न चाहिने पुल !
      ३,
      बगेको पानी खोला
      बाबा घरमा नभए
      जिन्दगी के होला ?
    • श्रीकृष्ण धामी, बझाङ
      …
      १,
      उहाँहरू कसिएर आउनुभयो
      वरपरको माहोल विचारी
      फर्की जान पाउनुभयो ।
      २,
      भातभान्सा खाइसकेर आइयो
      फुर्सद अनुभव गरिएन
      कामधाम सकिवरी खाइयो ।
    • लक्ष्मी रिजाल, कञ्चनरुप १२, रुपनगर, सप्तरी
      …
      १,
      कसैलाई नभन्नु भुलेर
      पीडा भए पनि
      मनको कुरा खुलेर !
      २,
      सदनको खेल हेर
      परेर कुर्सी मोहमा
      गर्दैछन् समय खेर !
      ३,
      सबैको आउँछ पालो
      सहन सक्यो भने
      फ्याँकिन्छ अत्याचारको जालो !
    • कला ढकाल, झापा
      …
      १,
      विवाहको नाटक गरेर
      सम्पत्ति सबै कुम्ल्याउने
      लोभ लालचमा परेर !
      २,
      भएमा प्रेम पवित्र
      मिल्दछ आनन्द आफैँ
      त्यही सानो झुपडीभित्र !
      ३,
      मान्छेमा मानवता हरायो
      देखासिकी गर्दा आपसमा
      जीवनशैली भड्किलो गरायो।
    • पद्मा काश्यप पाण्डे, मोरङ
      …
      १,
      प्रेम रोगजस्तो कडा
      अरू केही हुँदैन
      याद निकै तगडा !
      २,
      समय कटाउने खेल
      चोखो मायामा पनि
      घात हुन्छ अचेल !
    • साबित्री प्याकुरेल, धादिङ
      …
      १,
      खोज्दै हिॅंडियो गयो
      डुलेर चौतर्फी बेकार
      हल्लाको पछि भयो ।
      २,
      निधारभित्रको यस्तै लेखान्त
      थाहै हुँदैन कसैलाई
      जिन्दगी मायावीको उपरान्त ।
      ३,
      खोजेर कहाँसम्म हिॅंडू
      यो भाग्यको रेखा
      घरघर गर्दै भिँडू।
    • ईश्वर साउद, रामारोसन- ६ सुदुरपश्चिम अछाम
      …
      १,
      मनको पीडा बुझिदिने
      एउटा साथी चाहियो
      कोही हुनुहुन्छ खोजिदिने ?
      २,
      हरेक रात सम्झिदिन्छु
      एकान्तमा बसेर हरपल
      बाटो हिॅंड्नेहरूलाई सोधिलिन्छु ।
      ३,
      कयौँ सपनाहरू सजाए
      तिम्रो आगमनको प्रतीक्षामा
      वियोगमा मन जलाए !
    • दिल ठकुरी, टिस्टा भेल्ली दार्जिलिङ
      …
      १,
      बोल्नुपर्छ दिल खोली
      देखाऔँ यहाँ सबैले
      स्थिर खालको बोली !
    • बाबुराम पाण्डे, अर्घाखाँची
      …
      १,
      विश्वास कसैको नगर्नु
      स्वार्थ पूरा भएपछि
      छोड्छन् पारेर मर्नु !
      २,
      कमल हिलोमा फुल्छ
      संसार लोभ्याउने फूल
      देखेर मन भुल्छ ।
      ३,
      मनमा पिर लिएर
      जिउन सक्नुपर्छ हामी
      दुःखमा सान्त्वना दिएर !
    • लक्ष्मण देउवा, डोटी (हाल भारत)
      …
      १,
      झमझम पानी दर्कियो
      आकाशैबाट आज हेर
      खेतको बाली लर्कियो ।
      २,
      जाला बैंस खेर
      केटा छान्दा छान्दै
      बस्नु पर्ला हेरेर !
    • बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाइ ४ झापा
      …
      १,
      मेरो कथा अर्को
      बुझ्छौ होला सोचेँ,
      मानी दियौ झर्को !
      २,
      जीवन साँच्चै छोटो
      राम्रो रमाई बाँच्नु
      हुन्न भाग्य खोटो !
      ३,
      मैले हारी दिउँला
      तिम्रो जीतको लागि
      आफैँ आँसु पिउँला !
    • पुष्पा राई, बादेल, खोटाङ
      …
      १,
      मैले दिएको माया
      पत्यार नलागे तिमीलाई
      सम्झनु तिम्रै छायाँ !
      २,
      अँध्यारोमा देखिन्न कहिले
      मन उज्यालो बनाउनु
      तिम्रो साथमा जहिले !
      ३,
      मनमा शङ्काको बादल
      मास्तिर उठेको बेला
      ओसिएछ कतै मादल !
    • मोती सुब्बा दार्जिलिङ, निमकी डाँडा
      …
      १,
      छैन पाएको मान
      राम्रो काम गरे
      गयो आज जान !
    • गंगाराम यादव, औरावनी २, सुनसरी
      …
      १,
      सोच्दै नसोच्नेलाई सुख
      समस्या टार्दै गयो,
      सन्तापले बढायो दुख !
      २,
      वर्तमान ठुलो झन्
      भविष्य सोचेर हुन्न
      भूतकाल व्यर्थ छन् ।
      ३,
      गर्दै जाऔॅं कर्म
      जान्छ जीवन बन्दै
      पालना गर्दै धर्म !
    • मनोहरी पौडेल, ग‌ैडाकोट १
      …
      १,
      साँझ परेपछि सलादमा
      गर्मी कसरी कटाउने
      लोकल अथवा ब्राण्डमा !
      २,
      कोदोलाई ब्राण्डेड बनाउने
      सोच राम्रै सरकारको
      शुल्क दाबेर बढाउने !
      ३,
      लोकल पिए खोयाबिर्के
      ब्राण्डेड पिए ड्रिङ्क्स
      गुणगान दुवैको छिर्के !
    • घनश्याम पन्त, हरिवन सर्लाही
      …
      १,
      रित्तो गाग्री भरेर
      सबैको प्यास बुझाऔॅं
      उपल्लो जङ्घार तरेर !
      २,
      प्यास सबैको उस्तै
      जोहो गरौँ मूलको
      अरू अलि दुरुस्तै ।
    • हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ साँगा बजार
      …
      १,
      पश्चिम आङको चोटले
      नेपाल आमा मरणासन्न
      नेतृत्व वर्गको खोटले !
      २,
      लुकाएको पुराना चुक
      खोज्नु पर्दछ सबै
      अति भयो छुकछुक !
      ३,
      सन्तान देखिए थरीथरीका
      सुशासनको माला जप्नु
      नीतिगत निर्णय तरिका !
    • प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे

    ::::::::जय झिल्का साहित्य ! :::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविताLeave a Comment on साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २० सम्पन्न

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P