• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Tag: वसन्त अनुभव

‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १६० सम्पन्न

  • २५ कार्तिक २०८१, आईतवार २२:०३ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १६० औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ६४ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १६० औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    सहभागी टुक्काकारहरूद्वारा सृजित सुन्दर टुक्का कविताहरू-


    ~<•>~
    १)
    जात नै जाला जस्तो गर्छन् लेख्दा कतिपय
    टुक्का अघि बढेकोमा आरिस हो कि भय ?
    -वसन्त अनुभव
    घोराही, दाङ
    २)
    टुक्का कविता छाेटाे मिठाे भावनाकाे कला 
    मै हुँ भन्ने घमन्डीलाई पार्न सक्छ थला । 
    -ताराप्रसाद चापागाईँ
    ३)
    निरन्तर  फस्टाउँदै   गइरहेको   छ  टुक्का
    आरिस गर्नेहरू होसियार है लाग्ला मुक्का !
    -भोज विवश मगर
    गैंडाकोट -३ नवलपरासी पूर्व
    ४)
    थोरै शब्द धेरै वर्णन टुक्काको आसय  
    पढ्दै गर्दा भाव बुझ्दा मन कवितामय !
    -सागर आँसु -डोटी
    ५)
    छोटो मिठो, चोटिलो भाव बोक्छ टुक्का
    क्रान्ति बुझ्न नसक्दा खाने गर्छन् मुक्का ।
    -दीपा समभाव 
    दुबेकोल खोटाङ्ग
    ६)
    नबोलौँ भनेको थिएँ जबरजस्ती बोलायो
    कसेर गाँठो पारेको मन समेत खोलायो।
    -प्रदीप के रिमाल
    ७)
    लेख्नु काव्य बनोस् अझै  रसिलो
    शब्द भण्डार बनून् झन् कसिलो ।
    -भगवती दवाडी, झापा
    ८)
    सबै विषयमा टुक्का लेख्न सकिन्छ 
    हिँड्न नजानेमा खुट्टाले दु:ख दिन्छ ।
    -कार्की डिबी माकुम 
    सुनवल-४, नवलपरासी
    ९)
    आरिसे  जतिले  गर्दै  गरुन्  रिस  अनि  डाहा
    कस्को भविष्य कस्तो हुन्छ तिनलाई छ र थाहा ?
    -अर्जुन प्रसाद चौलागाई
    अमेरिका, बोस्टन
    १०)
    हुन्छन् समाजमा  दुष्ट मान्छे कति कति
    हो हुँदैन कहिल्यै  त्यस्ताको राम्रो मति ।
    -सतीश सिकारु
    चनपा ६ मातातीर्थ।
    ११)
    आरिसेकाे त खासै साहित्यमा छैन काम
    टुक्का कविता नलेखी कहाँ आउँछ नाम ।
    -राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्ययपुर ठिमी ५ संगम काेलाेनी राधेराधभक्तपुर ।
    १२)
    भुक्ने कुकुर भुक्छ 
    दैलोमा आई ढुक्छ ।
    -नागेन्द्रप्रसाद यादव ।
    १३)
    कहिल्यै नखोज मान
    कर्मले देखिन्छ सान !
    -आर्त अकुलीन
    १४)
    खुट्टा तान्नेहरूको कमी छैन 
    जे गरेपनि  खुशी भने  हैन ।
    -कला ढकाल, झापा
    १५)
    पाप लाग्छ जस्तो गर्छन् पढ्दा महोदय
    साहित्य नै होइन पो ! भन्छन् कतिपय ।
    -होमप्रसाद नेउपाने
    धरान, सुनसरी
    १६)
    लेख्न सजिलो र चोटिलो हुन्छ
    टुक्काले समाजको मैलो धुन्छ ।
    -अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
    १७)
    टुक्का कविता लेखौँ हामी भाव र कला भर्दै  
    रिस डाहा  गर्नेहरू पछिपछि  लाग्छन्  सर्दै ।
    -बेदु न्यौपाने 🌹🌹
    १८)
    टुक्का लेख्दा भाव चाेटिलाे आओस् महाशय
    पढ्नेले  तुरुन्तै  बुझाेस् नि ! यसकाे  आसय ।
    -नवराज भट्ट
    कञ्चनपुर
    १९)
    लक्ष्यमा पुग्न टुक्काले गरेको देखेर यात्राको तय
    शुभ चिन्तकलाई खुसीयाली छ आरिसेलाई भय ।
    -पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके।
    २०)
    समावेशी बनेको छ टुक्का लेखन सान्दर्भिकता लय
    मुर्खको औषधि छैन आरिस गर्ने खुम्चिन्छ लेख्ने जय ।
    -चुडामणी देबकोटा
    पुरानोनैकाप काठमाण्डौ
    २१)
    चिनी राख्नुपर्छ धेरै जसो यस्तै हुन्छन् कतिपय 
    अडिग  भै बढिरहनु  गरी आफ्नो  सुन्दर  तय ।
    -अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन न. पा. ६ संखुवासभा ।
    २२)
    दुश्मनलाई ढाल्नुछ
    कुरीतिलाई फाल्नुछ ।
    -दीप गोले तामाङ, रौतहट
    २३)
    मै हुँ भन्ने यहाँ बिगार्न थाले, लेख्दा अचेल टुक्का
    बिग्रियो भनी बताउँदा, तयार हुन्छन् हान्न मुक्का ।
    -राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    २४)
    छाेटाे मीठो हुन्छ टुक्का पढ्न नि सजिलो 
    बाेक्ने गर्छ भाव अर्थ अति गहकिलो ।
    -प्रमाेद नेपाल
    वीरगञ्ज । हाल काठमाडौ -५
    २५)
    टोक्यो भन्दैमा कुकुरले मिल्छ र टोक्न कुकुरलाई
    रोकेर  कहाँ  रोकिन्छ  र  सृजनशील  हात  समाई ।
    -पुष्पा राई,बादेल,खाेटाङ।
    २६)
    जातै जाओस् तर टुक्का लेख्न छाेडिन्न
    टुक्का छाेडी अन्ततिर ध्यान माेडिन्न ।
    -भवानी पाेखरेल (बाबू विराज)
    बाणगंगा १ चार नम्बर, कपिलवस्तु
    २७)
    सायद ठूला ठूला कवि भ‌एर होला
    बगाउन चाहादैनन् यो टुक्काको खोला ।
    -रमेश दियाली 
    शेल्पू सिटोंग दार्जिलिङ भारत।
    २८)
    टुक्काहरू लेख्ने नलेख्ने आ-आफ्नै हो नि खुबी 
    डाहा र रिसले  उन्नति हुन्न जाने हाे डुबी ।
    -सुशिला शिखा 
    कागेश्वरी काठमाडौं
    २९)
    लेख्न न छोडौँ है चोटिलो टुक्का
    आरिसेको मुखैमा हानौँ मुक्का ।
    -बिके मुखिया
    दार्जिलिङ,भारत
    ३०)
    टुक्काले त भ्रष्टलाई व्यङ्ग्य हान्दछ
    त्यसैले त  ईर्ष्या गर्छ  खुट्टा तान्दछ !
    -विवश पारदर्शी 
    झापा
    ३१)
    अचम्मका मान्छे यहाँ उस्तै रहेछ चलन 
    सधैँ अरूको प्रगतिमा गर्ने गर्छन् जलन ।
    -प्रतिज्ञा प्रतिज्ञा
    मेहेलकुना सुर्खेत
    ३२)
    छोटो मीठो दुई लाइनको यो कविता
    आऊ सबले लेखौँ नबनाउँ रमिता ।
    -बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    ३३)
    कामना गर्दछु टुक्काले धरती आकाश छोओस्
    आरिसे दुष्ट मोराहरू आँसुले मुहार धोओस् !
    -मोती योन्जन सुब्बा,  दार्जिलिङ।
    ३४)
    देखेर मात्र पुग्दैन कि त केही काम गरौँ
    भनेर मात्र हुँदैन अझ, अघि पनि सरौँ ।
    -प्रेम थापा “मन”बागलुङ
    ३५)
    सानाठूला धनी गरीब मूर्ख विद्वान् सबै यहाँ पर्छ नाच्नु 
    नेपाली साहित्यका आँगनमा सम्मानित नै भएर बाँच्नु ।
    -रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    ३६)
    भनेर मात्रै हुँदैन काम गर्दै जाऊँ
    मिलेन टुक्का भने अवश्य क्षमा पाऊ ।
    -रबि पाैडेल दक्षिण भारत पाण्डेचरी ।
    ३७)
    मै मात्र हुँ कि जान्ने बुझ्ने जस्तो गर्छन् मेरै भनौदाहरू
    मेरो केही नलाग्ने भएपछि भन्नुस् हजुर कसो गरुँ ?
    -सुनगाभा पोखरेल
    कपिलवस्तु १ बैरिया
    ३८)
    टुक्का कविता लेख्दै गएमा धेरैले डाहा गर्छन् 
    साहित्य कस्तो रसपान हाे बुझ्दैनन् पछि पर्छन् ।
    -नाम केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम ।
    हाल भारतबाट ।
    ३९)
    नलेख्नेलाई लेखौँ  भन्दै कर पनि नगरौँ
    टुक्कालाई मायाँ गर्ने जति सधैँ अघि सरौँ ।
    -अरुण कुमार भुजेल 
    गोरूबथान,कालेबुङ,भारत
    ४०)
    कति रिस गर्छन्  बरै हामीले टुक्का लेख्दा
    आरिसले जल्छ्न् नि टुक्का मौलाएको देख्दा ।
    -अनिता भण्डारी ताप्लेजुङ
    ४१)
    लेख्न जान्नेहरूका लागि लेख कला नै होला
    टुक्का लेख्न नजान्ने आफैँ बगाउँछन् त खोला ?
    -अम्बिका अधिकारी
    झापा बिर्तामोड
    ४२)
    साजबाज गरेँ धेरै, लेखूँ टुक्का मिठो भनी 
    बङ्गारा नै सबै झार्‍यो, लोहाको चिउरा बनी ।
    -रामशरण न्यौपाने, भक्तपुर
    ४३)
    टुक्का चोटिलो हुन्छ कला विम्ब र यथार्थ बोल्छ
    मनमा   पाप  हुनेहरूलाई  भतभती   पोल्छ ।
    -डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा. पा. -६, दोलखा 
    ४४)
    यो मनको कुरा मनमै कति राखियो 
    दुःख सुखको अनुभवबाट चाखियो ।
    -नीमा छिरिङ भोटिया 
    जलढका कालेबुङ
    ४५)
    उसले जे जे गरि खान्छ आरिस किन गर्नू
    बरु टुक्का कविता लेख्नु साहित्याकास भर्नू ।
    -तिला लेकाली
    ४६)
    साहित्य आफ्नाे भाव र भावनाका शब्दकाे मेल
    दायाँबायाँ नहेरी बगाउनु सृजनाकाे भेल ।
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    ४७)
     यहाँ कसले डाहा गरेर के हुन्छ 
    साहित्यिक शब्द सबैको मन छुन्छ ।
    -शोभा आचार्य गौतम 
    काठमाडौँ
    ४८)
    आरिस गर्दा हुन्छ है आफैँमा हानी
    सकेसम्म रिस कम गरौँ है जानी ।
    -बिबा तामाङ
    लाटपञ्चर सिटोङ खरसाङ।
    ४९)
    जति नै खुट्टा ताने पनि ढुक्कले टुक्का अघि बढ्दैछ
    अनमोल विधा यो साहित्यको आज शिखर चढ्दैछ।
    -तोया नाथ चापागाईं
    दमक, झापा
    ५०)
    लेख्दा पनि घमण्ड गर्ने है ! म जस्तो कोही छैन भन्ने 
    हामी पनि लेख्छौँ कविता तर संज्ञा ठुटे कवि गन्ने ।
    -कबिताहरी 
    सुन्दरहरैंचा नगरपालिका १ मोरङ
    ५१)
    आजभोलिका शासक डाडु पन्यू समाउन पाएर आफू आफैँमा छन् दङ्ग 
    मन्त्रीलाई समेत फिर्ता पठाएकोले देखियो यिनका सुशासनको ढङ्ग !
    -पवनकुमार बुढाथेाकी
    काठमाडौँ
    ५२)
    बुझ्न छोटो मीठो टुक्का छायो मुटु मन
    गर डाहा तिमी झाँगिँदैछ रनवन ।
    -इन्दु श्रेष्ठ, चितवन
    ५३)
    टुक्का कविता लेख्दा पढ्दा जान्छ भनेर हो कि जात
    बोक्रे कविले बेलाबखतमा  गरिरहन्छन् घात l
    -बाबुराम गौतम, गुल्मी
    ५४)
    शब्दको भावभित्र हुन्छ जमेको
    संसार यसैमा खुसीले रमेको ।
    -कृष्ण बजगाई, भक्तपुर
    ५५)
    समयलाई नफालौँ खेर
    लेखौँ टुक्का सोचेर गमेर ।
    -मन्दिरा सेढाई
    मलेखु, धादिङ 
    ५६)
    साहित्य साहित्य हुन्छ कसैकाे हुँदैन पेवा
    नबुझे टुक्का हिरो हाे बुझेमा मिष्टान्न मेवा ।
    -शारदा भण्डारी काफ्ले
    विराटनगर
    ५७)
    कुन शब्द खोजेर  कविता कोरौँ
    ‌मीठामीठा भाषा कहाँबाट गोरौँ ।
    -घनश्याम पन्त हरिवन सर्लाही
    ५८)
    कामपछि नाम आफैँ फैलिँदै जान्छ 
    काम जस्तै जिवनकाे उचाइ लान्छ ।
    -ईश्वर साउद(भिक्षु) 
    रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
    ५९)
    मौलाउँदै गएकोले पर्यो होला चोट
    टुक्का कवितालाई कसले लायो खोट |
    -सरिता सेढाई, धादिङ
    ६०)
    विज्ञ छु भनेर घमण्ड गर्छौ किन ?
    आफू कति पानीमा छु पहिले चिन ।
    -विनोद साथी 
    मिरिक
    ६१)
    चुपचाप कर्म गर्दै जानुस्
    बेथितिको विष स्वाट्टै खानुस् ।
    -लक्ष्मी रिजाल 
    रुपनगर, सप्तरी ।
    ६२)
    कुनै दिन अवश्य लेख्ने छन् टुक्का रमाई 
    धन्य बन्लान् टुक्का संग्रह खुसीले समाई । 
    -सुस्मिता अधिकारी ,काठमाडौँ
    ६३)
    जान्दछु भनेर कम्मर कस्ने पनि देखियो
    आफ्नै घमण्ड ईर्ष्या बाहेक के नै पो लेखियो।
    -बिकास क्षेत्री अन्जान
    ६४)
    रूप बेग्लै प्रतिभा बेग्लै गराैँ सबैकाे मान
    पृथक विधाकाे सत्कार गराैँ पुराऔँ ध्यान ।
    -हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे,बनेपा १४ साँगा बजार

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभव

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १८१ सम्पन्न

  • २५ कार्तिक २०८१, आईतवार ०७:०३ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १८१ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६३ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
    साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १८१ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-

    [१]
    खुकुरी
    गोर्खाली सान
    हाम्रो वीरताको पहिचान !

    • वसन्त अनुभव
      [२]
      सिरुपाते
      खुकुरीकाे धार
      प्रसिद्ध नेपाली हतियार !
    • ताराप्रसाद चापागाईँ
      [३]
      खुकुरी
      कसिलो हात
      नेपाली पहिचानको बात !
    • रचना शर्मा प्रतीक्षा, ललितपुर
      [४]
      खुकुरी
      नेपाली पहिचान
      वीर गाेर्खालीकाे सान !
    • राज कुमार राजभण्डारी खाेटाङे
      मध्यपुर ठिमी-५, राधे राधे, भक्तपुर
      [५]
      खुकुरी
      हाम्रो पहिचान
      बढेको सबैको सान !
    • रमा पन्त, पाल्पा
      [६]
      खुकुरी
      काट्ने दुबै
      राँगा अनि कुखुरी !
    • दीपा समभाव
      दुबेकोल, खोटाङ्ग
      [७]
      जोगाउन
      संस्कार सस्कृति
      धार नमेटाऊ कत्ती !
    • हीरामाया श्रेष्ठ
      [८]
      वीरता
      नेपालीको सान
      खुकुरीले दिन्छ पहिचान !
    • गुणनिधि घिमिरे, अमेरिका
      [९]
      खुकुरी
      ठुलो योगदान
      नेपाली समाजको परान !
    • सुरेशकुमार पाण्डे
      दाङ, घोराही-१८
      [१०]
      नेपाली
      कतै रुक्दैन
      कहिल्यै अनायासै झुक्दैन !
    • कार्की डिबी माकुम
      सुनवल-४, नवलपरासी
      [११]
      पहिचान
      वीर नेपाली
      वैरीलाई खुकुरीले हान !
    • पशपती राई, खोटाङ
      [१२]
      खुकुरी
      नेपालीको सान
      नगर कसैले अपमान !
    • नागेन्द्रप्रसाद यादव
      [१३]
      खुकुरी
      सबैको स्वाभिमान
      हामी नेपालीको पहिचान !
    • आर्त अकुलीन
      [१४]
      खुकुरी
      देखाऊ पहिचान
      भ्रष्टलाई खोजीखोजी हान !
    • डा. देवी पन्थी
      [१५]
      हतियार
      नेपालीको सान
      एउटा छुट्टै पहिचान !
    • कला ढकाल झापा
      [१६]
      हतियार
      खुकुरीमा धार
      शान्ति सुरक्षाको आधार !
    • होमप्रसाद नेउपाने
      धरान, सुनसरी
      [१७]
      खुकुरी
      प्रसिद्ध हतियार
      गोर्खालीले बचाएको उपहार !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      [१९]
      छप्काउने
      शत्रुको घाँटी
      खुकुरी गोर्खालीको साथी !
    • नवशिला,
      नवदेव मार्ग, लालभित्ती, मोरङ
      [२०]
      खुकुरी
      हतियारको नाम
      चिनारीको गर्छन् गुणगान !
    • पृथक प्रकृति, झापा
      [२१]
      गोर्खाली
      उठ नेपाली
      हातमा खुकुरी उचाली !
    • घनश्याम पौडेल, पोखरा
      [२२]
      वीरता
      चम्किलो खुकुरी
      नेपाली इतिहासको गौरव !
    • हिमाल अम्मै, घोडाघोडी, कैलाली
      [२३]
      खुकुरी
      हुनु होसियार
      नेपाललाई चिनाउने हतियार !
    • धनमाया चौधरी, कैलाली
      [२४]
      खुकुरी
      गाेर्खालीकाे हतियार
      फिरङ्गीले खाए हार !
    • नवराज भट्ट, कञ्चनपुर
      [२५]
      खुकुरी
      गौरवको सान
      हामी नेपालीको पहिचान !
    • बेदु न्यौपाने
      [२६]
      खुकुरी
      मासु काट्ने
      केवल हतियार नसम्झ !
    • ध्रुव श्रेष्ठ, खोटाङ
      [२७]
      खुकुरी
      काट्ने हतियार
      दुश्मनी व्यवहार होसियार !
    • सविता के.सी.
      [२८]
      खुकुरी
      जमाना थियो
      बैरीको सातो लियो !
    • चूडामणि देवकोटा
      पुरानो नैकाप, काठमाण्डौँ
      [२९]
      गोर्खाली
      खुकुरीको सान
      वीर पुर्खाको मान
    • ऋजु दिल्पाली
      ईटहरी-१, सुनसरी
      [३०]
      खुकुरी
      बिरताको चिनो
      शत्रुलाई हराएको हतियार !
    • बुद्धिप्रसाद लामिछाने, कैलाली
      [३१]
      खुकुरी
      पुर्खाको पहिचान
      यो हाम्रो सम्मान !
    • दीप गोले तामाङ, रौतहट
      [३२]
      निसान
      वीर नेपालीको
      हतियार खुकुरी पहिचान !
    • विवश पारदर्शी, झापा
      [३३]
      खुकुरी
      धारिलो धार
      देश बचाउने हतियार !
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन न.पा.-६, संखुवासभा
      [३४]
      अगहन
      जुरठ लगन
      डुल्ही डुल्हा माँगन !
      सागर कुस्मी, कैलाली
      [३५]
      खुकुरी
      हाम्रो पहिचान
      नेपाली वीरताको निसान !
    • कमला देवकोटा, पाल्पा
      [३६]
      खुकुरी
      गौरवशाली हतियार
      अहिले काट्छन् कुखुरी !
    • दुर्गा अधिकारी भमरकोेटे, हाल – कपन
      [३७]
      खुकुरी
      वीरताको कहानी
      भयो सुनौलो बिहानी !
    • सङ्गीता खरेल, काठमाडौँ
      [३८]
      खुकुरी
      नेपालीको सान
      गाेर्खाली नाम पहिचान !
    • रवि पाैडेल, दक्षिण भारत, पाण्डेचरी
      [३९]
      खुकुरी
      नेपालीको साथी
      शत्रुको लिन्थ्यो सातो !
    • प्रेम थापा ‘मन’, बागलुङ
      [४०]
      खुकुरी
      वीरताकाे निशानी
      पुर्खाकाे गाैरवगाथा नेपालीकाे !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [४१]
      खुकुरी
      नेपालीको सान
      वीर पुर्खाको पहिचान !
    • सुरेश न्यौपाने
      [४२]
      खुकुरी
      गोर्खालीको पहिचान
      वीरता चिनाउने हतियार !
    • तिला लेकाली
      [४३]
      खुकुरी
      पित्तलको काँजो
      शत्रुलाई हान्छ भाँजो !
    • गोपेन्द्र रिजाल, पाँचथर
      [४४]
      खुकुरी
      हाम्रो सान
      हामी नेपालीको पहिचान !
    • अनिता भण्डारी, ताप्लेजुङ
      [४५]
      खुकुरी
      गोरखालीको सान
      वीर हुनुको अभिमान !
    • अम्बिका अधिकारी
      झापा, बिर्तामोड
      [४६]
      खुकुरी
      धारिलो हतियार
      नचिन्ने आफ्नो पराइ !
    • कण्ठराज गिरी, टीकापुर
      [४७]
      खुकुरी
      वीरको सान
      हामी नेपालीको स्वाभिमान !
    • धर्मी शाक्य, बुटवल, रुपन्देही
      [४८]
      खुकुरी
      चलाएर युद्धभूमिमा
      ल्याए वीरताको आँधी !
    • डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा.पा.-६, दोलखा
      [४९]
      खुकुरी
      नेपालीको हतियार
      असत्यमाथि विजयको प्रहार !
    • सरस्वती वली
      [५०]
      खुकुरी
      गोर्खालीको सान
      विश्वभर यसैको गुणगान !
    • सरिता काफ्ले
      कोहलपुर-८, पिपरी, बाँके
      [५१]
      खुकुरी
      गोर्खालीको हतियार
      छोडेन कुनै मतियार !
    • तोया नाथ चापागाईं
      दमक, झापा, नेपाल
      [५२]
      खुकुरी
      कर्दकाे मान
      तमाम मर्दकाे सान !
    • रामकृष्ण दुवाडी, पाेखरा
      [५३]
      गाेर्खालीकाे
      सान एनेपालीको
      खुकुरी पहिचान साहसीपनकाे !
    • रामप्रसाद पुरी, बादेल, खाेटाङ
      [५४]
      खुकुरी
      गोर्खालीको सान
      विश्वमा वीरत्वको पहिचान !
    • त्रिलोक रामदम
      [५५]
      खुकुरी
      नेपालीको शान
      विश्वले गर्छ मान !
    • नेत्रबहादुर श्रेष्ठ
      ठुलो सिरुवारी, सिन्धुपाल्चोक-१३
      [५६]
      खुकुरी
      सूर्यझैँ न्यानो
      बन्नु जीवनको छानो !
    • कृष्ण बजगाईँ, भक्तपुर
      [५७]
      खुकुरी
      हतियार हाम्रो
      विश्वमै छ राम्रो !
    • शान्ता पौडेल भट्टराई
      टङ्कीसिनवारी, मोरङ
      [५८]
      खुकुरी
      जब चम्कियो
      राष्ट्रघातीले पानी छम्कियो !
    • घनश्याम पन्त
      [५९]
      धारिलाे
      सान खुकुरीकाे
      सान उस्तै नेपालीकाे !
    • टीकाराम जाेशी, टीकापुर
      [६०]
      अवगुणलाई
      गुणले जित्ने
      एक गज्जवको काइदा !
    • लक्ष्मी रिजाल
      रुपनगर, सप्तरी
      [६१]
      खुकुरी
      नेपालीको पहिचान
      बढोस् पुर्खाको सान !
    • सुस्मिता अधिकारी ,काठमाण्डौं
      [६२]
      खुकुरी
      गाेर्खाली सान
      प्रसिद्ध नेपाली हतियार !
    • श्रद्धा आचार्य, पोखरा
      [६३]
      खुकुरी
      पुर्खाको चिनारी
      सुरक्षाको सौम्य साधन !
    • कविता आचार्य, कैलाली
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged उदक_कविता, वसन्त अनुभव, साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला

    झिल्का लेखन अभियानको ३६ औँ शृङ्खला (तिहार विषयक) सम्पन्न

  • २१ कार्तिक २०८१, बुधबार १७:३८ मा प्रकाशित
  • झिल्का लेखन अभियानको ३६ औँ शृङ्खला (तिहार विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने १ सय २ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।

    सहभागी झिल्काकारहरूका तिहार विशेष उत्कृष्ट झिल्का कविताहरू-

    //१//
    खेलेर देउसी भैलो
    मनाऔँ तिहार पर्व
    फालेर मनको मैलो !
    -वसन्त अनुभव, दाङ
    —————<•>—————
    //२//
    सप्तरङ्गी टिका निधारमा
    गलामा माला मखमली
    रमाइलो चाड तिहारमा ।
    -सुस्मिता अधिकारी ,काठमाडौँ
    —————<•>—————
    //३//
    तिहारको रमझम आयो
    सयपत्री मखमली फुलेर
    मनमा हर्ष छायो ।
    -पुष्पा राई, बादेल, खोटाङ ।
    —————<•>—————
    //४//
    सयपत्री फूलको माला
    निधारमा टीका सप्तरङ्गी
    उज्यालो तिहारकाे पाला ।
    -श्रीकृष्ण धामी – बझाङ
    —————<•>—————
    //५//
    हटाउन मनको मैलो
    सबैसॅंग मिलिकन यसपालि
    खेल्नुपर्छ देउसी भैलो !
    -अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    —————<•>—————
    //६//
    जागोस् सबैमा सद्भावना
    हँसिलो रमाइलो पलसँगै
    तिहारको मङ्गलमय शुभकामना !
    -प्रेम थापा “मन”बागलुङ
    —————<•>—————
    //७//
    निधारमा होस् टीका
    मनाऔँ तिहार सबैले
    नहोस् कसैको फिका !
    -अनिता भण्डारी ताप्लेजुङ
    —————<•>—————
    //८//
    सप्तरङ्गी टीका लगाई
    दीर्घायुको कामना गर्दैछु
    दैलोमा ओखर फुटाई ।
    -समुन्द्रा शर्मा
    सुनसरी
    —————<•>—————
    //९//
    तिहार बनोस् रसिलो
    देउसी भैलोको आशिषले
    पर्व रहाेस् कसिलाे !
    -त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    —————<•>—————
    //१०//
    उज्यालो चाड तिहार
    हटुन् पिर चिन्ता
    मनसङ्गै हाँसोस् निधार !
    -कपिलकिशोर घिमिरे
    —————<•>—————
    //११//
    सयपत्री मखमलीको माला
    परदेशमा बिदा मिलेन
    भाइलाई नपर्खिनू यसपाला ।
    -चुडामणी देबकोटा
    पुरानोनैकाप काठमाण्डौ
    —————<•>—————
    //१२//
    सबैको घर दैलोमा
    तिहारको रौनक छायो
    रमाऔँ देउसी भैलोमा !
    -ललिता देउवा सहयात्री
    —————<•>—————
    //१३//
    सयपत्रीको माला उनेर
    माइतीको प्रतीक्षामा रहँदै
    देउसी भैलो सुनेर !
    -मोती योन्जन सुब्बा, दार्जिलिङ
    —————<•>—————
    //१४//
    उल्लासपूर्ण रहोस् तिहार
    दाजुभाइ र दिदीबहिनीको
    प्रगाढ बनोस् पियार !
    -बाबुराम गौतम, गुल्मी
    —————<•>—————
    //१५//
    झिलिमिली बत्तीको पर्व
    खेलेर द्यौसी भैली
    खुसीले गरिरहेका गर्व !
    -आर्त अकुलीन
    —————<•>—————
    //१६//
    हिन्दुहरूकाे महान चाडपर्व
    सबै खुसीले रमाउँछन्
    मनमा लाग्दछ गर्व ।
    -केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम ।
    हाल भारतबाट ।।
    —————<•>—————
    //१७//
    जमेर मनाऔँ तिहार
    भाइबन्धु इष्टमित्र सबै
    खाली नहोस् निधार !
    -नागेन्द्रप्रसाद यादव ।
    —————<•>—————
    //१८//
    पुछेर मनकाे धूलाे
    मनाउँ चाड तिहार
    मौलिक पर्व ठूलो !
    -हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, साँगा बजार बनेपा १४ ।
    —————<•>—————
    //१९//
    तिहारको रौनक छायो
    देउसी भैलो खेल्दै
    मनाएको याद आयो ।
    -शोभा आचार्य गौतम
    काठमाडौँ
    —————<•>—————
    //२०//
    गलामा मखमली लगाई
    निधारमा सप्तरङ्गी टीका
    भाइको कष्टहरू भगाई !
    -एवाइ प्रभात
    खाल्स छेन्ताङ सहिदभुमि धनकुटा
    —————<•>—————
    //२१//
    हाैसला जागेर आओस्
    तिहारकाे हार्दिक शुभकामना
    सर्वत्र खुसीयाली छाओस् !
    -रबि पाैडेल
    जैमिनि -न. पा. – ७ जैदि बागलुङ ।
    —————<•>—————
    //२२//
    मिलिजुली मनाउँ तिहार
    खुसी मिठास मनमा
    पवित्र राखौँ विचार !
    -सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    —————<•>—————
    //२३//
    तिहारको रौनक चल्दैछ
    महान् चाड हिन्दुहरूको
    बजारमा महङ्गी बल्दैछ ।
    -अम्बिका अधिकारी
    झापा बिर्तामोड
    —————<•>—————
    //२४//
    तिहार रमाइलो बत्तीले
    नखेलौँ जुवा तास
    डुबाउँछ तासको पत्तीले !
    -धनमाया चौधरी कैलाली
    —————<•>—————
    //२५//
    मखमलीको माला गाँसेर
    राख्नू चेली थालीमा
    माइतीलाई पर्खनू हाँसेर ।
    -अरुण कुमार भुजेल
    दार्जीलिङ्ग, भारत
    —————<•>—————
    //२६//
    हेर्दाहेर्दै तिहार आयो
    सबैका घरआँगनमा हेर
    रङ्गोली बत्तीले छायो !
    -अम्बिका गिरी, विराटनगर
    —————<•>—————
    //२७//
    झिलिमिली बत्तीको तिहार
    लक्ष्मीको होस् पूजा
    शुभ होस् विचार !
    -नेत्रबहादुर श्रेष्ठ
    ठुलो सिरुवारी , सिन्धुपाल्चोक -१३
    —————<•>—————
    //२८//
    दीपावलीको बहार आयो
    गाउँ सहर आँगनीमा
    उफ्रँदै देउसिरे गायो ।
    -ऋजु दिल्पाली (राजेन्द्र घिमिरे) ईटहरी
    —————<•>—————
    //२९//
    बत्तीको झिलिमिली पर्व
    सप्तरङ्गी टीका लगाई
    मनमा खुसी गर्व ।
    -कला ढकाल, झापा
    —————<•>—————
    //३०//
    तिहार देशभरि छायो
    आपसमा सुखदुःख बाँडेर
    सबैको मन रमायो ।
    -भोज विवश मगर
    गैंडाकोट -३ नवलपरासी पूर्व
    —————<•>—————
    //३१//
    बत्तीले झलमल्ल दैलोमा
    सयपत्री मखमलीको तिहार
    साथीसङ्गी मिलेर भैलोमा !
    -भगवती दवाडी ,झापा
    —————<•>—————
    //३२//
    आँगनमा तिहार आयो
    मखमली फूल फुल्दा
    नयाँ उमङ्ग छायो ।
    -सञ्जना शर्मा
    लमही दाङ
    —————<•>—————
    //३३//
    झिलिमिली तिहार आयो
    कमेरोले घर लिपी
    गाउँघरमा खुसी छायो ।
    -शशी श्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौं
    —————<•>—————
    //३४//
    तिहारमा लक्ष्मीको पाइलो
    देउसी भैलो खेलेर
    गरौँ है रमाइलो !
    -सतीश पण्डित
    भानु ६ चुँदी तनहूँ
    हाल चनपा ६ मातातीर्थ
    —————<•>—————
    //३५//
    दाजुभाइको घुमेर फेरो
    रहुन् अष्टचिरञ्जीवी दाहिना
    आसिक लागोस् मेरो ।
    -सुनगाभा पोखरेल
    कपिलवस्तु १बैरिया
    —————<•>—————
    //३६//
    आँगनमा आइन् भैलो
    बलिकाे आशिष् थाप्न
    खुल्यो आमाकाे थैलो ।
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    —————<•>—————
    //३७//
    रङ्गोली बत्ती दैलोमा
    सप्तरङ्गी टीका लगाई
    नाच्दै देउसी भैलोमा ।
    -मन थापा
    पोखरा २१ बक्रेक
    —————<•>—————
    //३८//
    कसैका माइती पर
    माइती तिहारमा आउलान्
    झलमल पार्दैछन् घर ।
    -होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।
    —————<•>—————
    //३९//
    सबैको घरमा झिलिमिली
    देउसी भैलो खेल्दै
    भई तन्दुरुस्त जाँगरिली !
    -नन्दा धामी
    नौगाड दार्चुला
    —————<•>—————
    //४०//
    तिहारमा हाँसेर रमाउने
    मिलेर सप्तरङ्गी टीका
    सयपत्री माला लगाउने ।
    -साहित्य प्रेमी सुशील
    धनगढी
    —————<•>—————
    //४१//
    तिहारकाे सुनाैलाे पल
    देउसी भैलाे खेल्ने
    इच्छा बढ्दैछ प्रबल ।
    -काेपिला अधिकारी
    गाेरखा
    —————<•>—————
    //४२//
    सयपत्री ढकमक्क फुलेको
    दाजुभाइ विदेशमा हुँदा
    चेलीबेटीको मन डुलेको !
    -दुर्गा आचार्य
    मोरङ
    —————<•>—————
    //४३//
    खेलौँ देउसी भैलो
    खुसी बाँडौँ आपसमा
    पखालेर मनको मैलो ।
    -शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    —————<•>—————
    //४४//
    पशुपन्छी मानव पूजन
    तिहारमा सप्तरङ्गी टिका
    लगाई मखमली सुमन ।
    -कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    —————<•>—————
    //४५//
    खुसी भए माली
    फूल राम्रो बिक्यो
    नाफा कमाए यसपालि ।
    -देव कृष्ण काफ्ले
    पोखरा १ कास्की
    —————<•>—————
    //४६//
    भन्दैथिएँ केकाे खैलाेबैलाे ?
    राष्ट्रिय चाड मनाउन
    आएछन् देउसी भैलाे ।
    -शम्भु गजुरेल
    —————<•>—————
    //४७//
    घरघरमा दिपावली मनाऔँ
    अविरल अविराम नदीझैँ
    दिदीभाइको माया बनाऔँ ।
    -विष्णु पंगेनी(पाण्डे )
    वालिङ् स्याङ्जा
    —————<•>—————
    //४८//
    मखमली फूल फुल्याे
    रमाइलो तिहारकाे आगमनले
    सारा दु:ख भुल्याे ।
    -राज कुमार राजभण्डारी खाेटाङे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर
    —————<•>—————
    //४९//
    तिहार मौलिक हाम्रो
    देउसी भैलो खेलौँ
    सयपत्री मखमली राम्रो ।
    -मनोहरी पौडेल
    गैडाकोट १
    —————<•>—————
    //५०//
    रङ्गीचङ्गी पर्व तिहार
    देउसी भैलो खेल्दै
    मखमली माला सिँगार ।
    -सरस्वती श्रेष्ठ, रुपन्देही बुटवल
    —————<•>—————
    //५१//
    फूलैफूलको चाड तिहार
    सम्बन्ध जोड्ने पर्व
    झिलिमिली बत्ती सिँगार !
    -देव मगर
    तिनाउ-१,कचल,पाल्पा
    —————<•>—————
    //५२//
    दसैँपछि तिहार आउँछ
    सबै नेपालीका घरघरमा
    झिलिमिली दीपक छाउँछ ।
    -पद्मा काश्यप पाण्डे, मोरङ
    —————<•>—————
    //५३//
    हुँदैन खाली निधार
    मनाए चेलीको हातबाट
    सप्तरङ्गी भाइटीका तिहार !
    -कबिताहरी
    सुन्दरहरैंचा नगरपालिका १ मोरङ
    —————<•>—————
    //५४//
    गरौँ तिहारको सामना
    देउसी भैलो खेलेर
    दीपावली भाइटीकाको शुभकामना !
    -बेदु न्यौपाने
    —————<•>—————
    //५५//
    आउँछ तिहार वर्षदिनमा
    संस्कृति मनाउँदा हाम्रो
    डुबाउँछ कतिलाई ऋणमा ।
    -दिल ठकुरी, दार्जिलिङ
    —————<•>—————
    //५६//
    आयो तिहार दैलोमा
    दीपले स्वागत गरौँ
    लक्ष्मी आइन् भैलोमा !
    -पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके
    —————<•>—————
    //५७//
    पानी भर घैलामा
    घरबेटी आमा हेर
    भैलेनी आयो दैलामा ।
    -बिबा तामाङ
    दार्जिलिङ
    —————<•>—————
    //५८//
    आमाले सेलरोटी पकाउँछिन्
    ढोकामा ओखर फोरेर
    दिदीले वैरीलाई भगाउँछिन् ।
    -हिरामाया श्रेष्ठ
    गजुरी १ धादिङ
    —————<•>—————
    //५९//
    आयो तिहार पर्व
    रमाइलो गरौँ सबैले
    संस्कृति हाम्रो गर्व !
    -दीपा समभाव
    दुबेकोल खोटाङ
    —————<•>—————
    //६०//
    सप्तरङ्गी टीकाको चाहना
    चेली माइतीको चाडपर्व
    तिहारको हार्दिक शुभकामना !
    -कृष्ण बजगाई, भक्तपुर
    —————<•>—————
    //६१//
    मनाऔँ तिहार रमेर
    पुज्दै माता लक्ष्मी
    खेलौँ भैलो जमेर !
    -तोया नाथ चापागाईं
    दमक,झापा
    —————<•>—————
    //६२//
    नहोस् खाली निधार
    दिदीको आशीर्वादले भाइ
    जित्नू सिङ्गो संसार !
    -काजल न्यौपाने
    भोजपुर
    —————<•>—————
    //६३//
    वरपर झिलिमिली बनाओैँ
    जम्मा भएर छरछिमेक
    हाँसीखुसी तिहार मनाओैँ ।
    -रामप्रसाद पुरी, बादेल, खाेटाङ
    —————<•>—————
    //६४//
    उमङ्ग बोकेर आयो
    चेली माइतीको पर्व
    हर्षोल्लासले मनमा छायो ।
    -सङ्गीता खरेल
    चन्द्रागिरी ८ काठमाडौँ
    —————<•>—————
    //६५//
    रमाइलो तिहार आयो
    सयपत्री फूल फुलेर
    सबैमा खुसी छायो ।
    -प्रेम शर्मा ” एकान्त प्रेमी
    कालेबुङ
    —————<•>—————
    //६६//
    धनलक्ष्मीको मन बढोस्
    हृदय खोलेर मनाऔँ
    लक्ष्मीको नजर परोस् !
    -घनश्याम पन्त, हरिवन सर्लाही
    —————<•>—————
    //६७//
    आँगनी चम्किलाे माझमा
    शुभकामना दिन्छु तिहारकाे
    दिपावली गराैँ साँझमा !
    -हिरालाल न्याैपाने, बानपा ८ काेटमाैला सल्यान
    —————<•>—————
    //६८//
    दीपावली राम्रै रहोस्
    छाओस् घरमा खुसीयाली
    दु:खको दर्शन नहोस् !
    -जनक बिसी, दक्षिण भारत कोचिन
    —————<•>—————
    //६९//
    दुःखलाई मनमा गालेर
    मनाउँछन् तिहार सबैले
    झिलिमिली बत्ती बालेर !
    -सीमा कार्की समर्पण
    मेलचोक पर्सा
    —————<•>—————
    //७०//
    फूलैफूलले चारैतिर सजाएको
    तिहार मौलिक पर्व
    पीरमर्का समेत कजाएको ।
    -नन्दलाल आचार्य
    बेलका २, सिद्धार्थटोल, उदयपुर ।
    —————<•>—————
    //७१//
    भरेर पानी घैलोमा
    पूजा गरौँ माताको
    भैलेनी आए दैलोमा ।
    -मोती सुब्बा
    —————<•>—————
    //७२//
    झिलिमिली तिहारै आयो
    जताततै रङ्गीचङ्गी देख्दा
    मनमा उमङ्ग छायो ।
    -बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    —————<•>—————
    //७३//
    मनले आँटेकाे पुगाेस्
    याे तिहारमा कसैकाे
    मन कत्ति नदुखाेस् !
    -सानु जाेशी
    सुदुर पश्चिम दार्चुला,
    —————<•>—————
    //७४//
    कुर्दै होलिन् आँगनीमा
    भाइटीकाको साइत हेरी
    दिदी सपनी विपनीमा !
    -भुपेन्द्र राना मगर
    धादिङ
    —————<•>—————
    //७५//
    जनतालाई तिहारको खुसी
    खोइ कसरी रमाउनु ?
    आयो मालामा ढुसी ।
    -राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    —————<•>—————
    //७६//
    फूलको दुइदिने चोला
    माला गाँस्दै दिदी
    दाजुभाइ रुँदै होला ।
    -पशपती राई, खोटाङ
    —————<•>—————
    //७७//
    हरघडी टिलपिल टल्कन्छ
    महान् तिहारको बत्ती
    झिलिमिली भई झल्कन्छ !
    -अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹
    —————<•>—————
    //७८//
    मखमली माला गाँसेर
    तिहार आयो आँगनमा
    स्वागत गरौँ हाँसेर !
    -विकास क्षेत्री अञ्जान
    कैजले, बिजनबारी, दार्जिलिङ।
    —————<•>—————
    //७९//
    परदेशी भन्छन् अहिले
    खुसीसँगै दुखी हुनुपर्ने
    चाडपर्व आएपछि जहिले ।
    -पृथक प्रकृति ,झापा
    —————<•>—————
    //८०//
    सप्तरङ्गी टिका निधारमा
    गलामा माला पहिरिएर
    छमछमी नाचौँ तिहारमा !
    -शब्द को खेलाडी ( बिशु हाङ राई)
    विराटनगर नेपाल
    —————<•>—————
    //८१//
    तिहार आयो हाँसेर
    खेलौँ मिलेर देउसी
    मखमली माला गाँसेर !
    -सविता भट्टराई, जनकपुरधाम
    —————<•>—————
    //८२//
    तिहारको रमाइलो आयो
    सयपत्री ढकमक्क फुलेर
    हर्ष उमँग छायो ।
    -दुर्गा भट्टराई
    मोरङ
    —————<•>—————
    //८३//
    धनधान्यको नहोस् अभाव
    गराैँ लक्ष्मीको आराधना
    हुनेछ सुखद् प्रभाव !
    -जयनारायण नेपाल
    भक्तपुर
    —————<•>—————
    //८४//
    नओइलाओस् सयपत्रीको फूल
    तिहारमा भेटघाट चेलीमाइतीको
    लोकसंस्कृतिमा नभइरहोस् भूल !
    -गुणनिधि घिमिरे, अमेरिका
    —————<•>—————
    //८५//
    तिहार फूलैफूलको पर्व
    मौलिक चाड हाम्रो
    गरौँ सबैले गर्व ।
    -डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६ , दोलखा
    —————<•>—————
    //८६//
    वेदनाको खाट भाँचियोस्
    रमाइलो गर्दै हरपल
    खुसीले सबै नाचियोस् ।
    -अन्मोल मुस्कान
    तकदाह छाउनी दार्जिलिङ
    —————<•>—————
    //८७//
    फालेर मनको मैलो
    रमाएर खेलौँ सबैले
    तिहारमा देउसी भैलो ।
    -उमा दाहाल
    सुन्दर हरैचा १० मोरङ
    —————<•>—————
    //८८//
    आहा ! तिहार आयो
    पियो, खायो मजाले
    ह्वात्तै ऋण बढायो ।
    -देवी पन्थी
    —————<•>—————
    //८९//
    खाेलेर मनकाे दैलाे
    खेलाै साथीभाइ मिलेर
    देउसी र भैलो ।
    -प्रद्युम्न चालिसे
    —————<•>—————
    //९०//
    हुन्छ झिलिमिली कति
    सेलराेटी मसला हातमा
    तिहार रमाइलाे अति !
    -भुपेन्द्र के.सी.
    —————<•>—————
    //९१//
    तेलमा बाती बल्दछ
    प्रभु कृपाले हाम्रा
    सबै बाधा टल्दछ ।
    -कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    —————<•>—————
    //९२//
    अरूलाई आनन्द मिलाेस्
    हाम्रा हरेक कामबाट
    आफ्नाे देश उज्यालियाेस् !
    -दीपक दाहाल
    —————<•>—————
    //९३//
    बालेर खुसीको दियो
    नेपालीको घर आँगनमा
    तिहार पर्व भित्रियो ।
    -बाबुराम पाण्डे
    अर्घाखाँची
    —————<•>—————
    //९४//
    टीका लगाइदिने आसमा
    हिँडे माइत दिदीबहिनी
    दाजुभाइ काैडा तासमा !
    -जी.वि. घाेराही ।
    —————<•>—————
    //९५//
    भुलेर पीडा तिहारमा
    हासाैँ दाजुभाइ दिदीबहिनी
    लगाऔँ टीका निधारमा !
    -सन्दीप विश्वकर्मा
    कपिलवस्तु
    —————<•>—————
    //९६//
    रातोमाटो सुहाएको दैलोमा
    लिपपोतपछि क्या आनन्द
    रमाउन् केटाकेटी भैलोमा !
    -राजेश्वरी राजोपाध्याय
    —————<•>—————
    //९७//
    खेल्दै देउसी भैलो
    आएँ हजुर म
    झिल्का कविताको दैलो !
    -सरिता सेढाई
    —————<•>—————
    //९८//
    कसिलो हुँदै जाओस्
    सम्बन्ध दाजुभाइ दिदीबहिनीको
    मनमुटाव कहिल्यै नआओस् !
    -ईश्वर साउद (भिक्षु)
    रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
    —————<•>—————
    //९९//
    शरदले फूल फुलायो
    सयपत्री, मखमली रङ्गीचङ्गी
    मनलाई पुलकित बनायो ।
    -म्यामराज राई
    —————<•>—————
    //१००//
    सप्तरङ्गी टीकाको चाहना
    चेली माइतीको चाडपर्व
    तिहारको हार्दिक शुभकामना !
    -कृष्ण बजगाई, भक्तपुर
    —————<•>—————
    //१०१//
    झिलिमिली बत्ती बालेर
    लक्ष्मीको पूजा गरेको
    मनको मैलो फालेर !
    -विवश पारदर्शी
    झापा
    —————<•>—————
    //१०२//
    मनको कति मैलो
    भन्नु परेन तिमीलाई
    कसरी खोल्नु दैलो ?
    -नीमा छिरिङ भोटिया
    —————<•>—————

    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभव

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १८० सम्पन्न

  • २१ कार्तिक २०८१, बुधबार १७:३५ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १८० औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६५ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
    साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १८० मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-

    [१]
    तिहार
    चहार्दै दैलो
    देउसी र भैलो !

    • वसन्त अनुभव
      [२]
      तिहार
      नाच्ने आँगन
      भैलाे देउसी रमाइलो !
    • कवि भाेलामान बर्देवा ‘बैरागी माईलाे’
      धरान-८, सुनसरी
      [३]
      तिहार
      देउसी भैलो
      रमाइलो खेल्दै घरघरमा !
    • बेदु न्यौपाने
      [४]
      भैलो
      अनि देउसी
      खेल्दा आँगन रमाइलो !
    • रचना शर्मा प्रतीक्षा
      इमाडोल, ललितपुर
      [५]
      तिहार
      परम्परागत पर्व
      गरौँ त्यसैमा गर्व !
    • सुरेश न्यौपाने
      [६]
      तिहार
      रमाइलो चाड
      साथीभाइसँग द्यौसी खेल्दै !
    • एवाइ प्रभात
      खाल्स छेन्ताङ सहिदभूमि, धनकुटा
      [७]
      रमाइलाे
      तिहार पर्व
      मनाउँदा लाग्छ गर्व !
    • ताराप्रसाद चापागाईँ
      धुनिबेसी, धादिङ
      [८]
      तिहार
      नेपालीहरूको पर्व
      त्यसैमा लाग्छ गर्व !
    • भोज विवश मगर
      गैंडाकोट-३, नवलपरासी पूर्व
      [९]
      तिहार
      सामाजिक मेला
      भैलोको भए भेला !
    • सुरेशकुमार पाण्डे
      दाङ, घोराही-१८
      [१०]
      तिहार
      हुँदैन फिका
      निधारमा सप्तरङ्गी टीका !
    • कार्की डिबी माकुम
      सुनवल-४, नवलपरासी
      [११]
      तिहार
      रमाइलो पर्व
      नेपाली गर्छ गर्व !
    • राज कुमार राजभण्डारी खाेटाङे
      मध्यपुर ठिमी-५, राधे राधे, भक्तपुर
      [१२]
      तिहार
      देउसी भैलो
      गाउन आए रमाईलो !
    • सरिता सेढाई, धादिङ
      [१३]
      तिहार
      नेपाली पर्व
      मनाऔँ गर्दै गर्व !
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन न.पा.-६, संखुवासभा
      [१४]
      तिहार
      अनेकताको भित्र
      खोलौँ एकताको साँचो !
    • गोपेन्द्र रिजाल, पाँचथर
      [१५]
      तिहार
      झिलीमिलीले दङ्ग
      देउसी भैलोको उमङ्ग !
    • चूडामणि देवकोटा
      पुरानो नैकाप, काठमाडौँ
      [१६]
      तिहार
      संस्कार संस्कृति
      हटाउनुपर्छ सबै विकृति !
    • रमा पन्त, पाल्पा
      [१७]
      तिहार
      दीपको पर्व
      रमाइलो सबैको गर्व !
    • आर्त अकुलीन
      [१९]
      तिहार
      गरेर रमाइलो
      खैलौँ देउसी भैलो !
    • पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
      पनौती न.पा-३,काभ्रे
      [२०]
      तिहार
      खेलौँ द्यौसीभैलो
      मिलेर गरौँ रमाइलो !
    • अनिता भण्डारी, ताप्लेजुङ
      [२१]
      तिहार
      फूलकाे बहार
      टीका लगाउने विचार !
    • नवराज भट्ट, कञ्चनपुर
      [२२]
      फूल
      ढकमक फुलेको
      दुःख पीडा भुलेको !
    • कला ढकाल, झापा
      [२३]
      तिहार
      अनेकतामा सजिएको
      एकताको बलियो खम्बा !
    • दुर्गा भट्टराई, मोरङ
      [२४]
      यमपञ्चक
      दीपावली पर्वको
      धुन बज्दै छ !
    • दुर्गा अधिकारी भमरकोटे, हाल: कपन
      [२५]
      दीपावली
      बत्तीको पर्व
      नेपाली हिन्दुको गर्व !
    • घनश्याम पौडेल, पोखरा
      [२६]
      तिहार
      पाँचदिने पूजा
      सम्बन्ध भाइचाराको रौनक !
    • सविता के.सी.
      [२७]
      आँगन
      झिलिमिली बत्तीहरू
      खेल्दै देउसी भैलो !
    • हिमाल अम्मै, घोडाघोडी, कैलाली
      [२८]
      तिहार
      सद्भावको खानी
      मिलापको शुद्ध आधार !
    • प्रेम थापा ‘मन’, बागलुङ
      [२९]
      जोगाऔँ
      संस्कार संस्कृति
      हटाऔँ अनावश्यक विकृति !
    • घनश्याम पन्त, हरिवन, सर्लाही
      [३०]
      तिहार
      दीपक‍ो ज्योति
      ज‍ोगाऔँ सबैले संस्कृति !
    • धनमाया चौधरी, कैलाली
      [३१]
      तिहार
      सबैको पर्व
      सम्पूर्ण नेपालीको गर्व !
    • शिवहरि अधिकारी
      भरतपुर, चितवन
      [३२]
      तिहार
      औँसीको रातमा
      देउसी भैलो साथमा !
    • सङ्गीता खरेल, काठमाडौँ
      [३३]
      यमपञ्चक
      चारैतिर झिलिमिली
      दीपावलीले ल्यायाे खुसीयाली !
    • टीकाराम जाेशी, टीकापुर
      [३४]
      तिहार
      द्यौसी भैलो
      हटोस् मनको मैलो !
    • विवश पारदर्शी, झापा
      [३५]
      दीपावली
      देउसी भैलो
      सद्भावको अमिट थैलो !
    • कमला देवकोटा, पाल्पा
      [३६]
      तिहार
      बत्तीको पर्व
      चेली माइतीकाे गर्व !
    • केशवप्रसाद ढकाल ‘प्रीतबीज’
      सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
      [३७]
      दीपावली
      बत्तीको झिलिमिली
      मनाऔँ चेली मिलिजुली !
    • ऋजु दिल्पाली (राजेन्द्र घिमिरे)
      ईटहरी-१, हलगडा
      [३८]
      द्यौसी
      खुसीको पर्व
      खुसी साट्दै रमाइलो !
    • कविता आचार्य, कैलाली
      [३९]
      तिहार
      देउसी भैलो
      भाइटीका र आहारविहार !
    • डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा. पा.-६, दोलखा
      [४०]
      दीपावली
      देउसी भैली
      छायो सबैमा खुशीयाली !
    • रामप्रसाद पुरी, बादेल, खाेटाङ
      [४१]
      संस्कृति
      रमाए दाजुभाइ
      निधारमा टिका लगाई !
    • केसर बाेहरा ‘सङ्घर्ष’
      अछाम, हाल: भारत
      [४२]
      तिहार
      फूलको पर्व
      दाजुबहिनी मिलनमा गर्व !
    • बुद्धिप्रसाद लामिछाने, कैलाली
      [४३]
      तिहार
      मिलनको पर्व
      नेपाली सस्कृतिको गर्व !
    • सरिता काफ्ले
      कोहलपुर-८, पिपरी, वाँके
      [४४]
      उमङ्ग
      विशेष उपहार
      भेट गराउने तिहार !
    • पृथक प्रकृति, झापा
      [४५]
      तिहार
      संस्कृतिमा गर्व
      दाजुभाइ दिदीबहिनीको पर्व !
    • सुस्मिता अधिकारी, काठमाडौँ
      [४६]
      तिहार
      देउसी भैलो
      बली राजाले चलाएका !
    • चक्र शाही, लम्की, कैलाली
      [४७]
      देउसी
      कर्मको हतार
      तिहारमा दाजुभाइ कतार !
    • भगवती दवाडी
      [४८]
      तिहार
      रमाइलो चाडपर्व
      मनाउनु मिलेर सर्व !
    • अम्बिका अधिकारी
      झापा, बिर्तामोड
      [४९]
      तिहार
      बाल्यकालको उमङ्ग
      पारिवारीक माहोलको पर्व !
    • घनश्याम पौडेल
      गौरीगङ्गा नपा-९, मसुरिया, कैलाली
      [५०]
      साथीसङ्गी
      जम्मा भएर
      बनाउँछन घर रङ्गीचङ्गी !
    • हीरामाया श्रेष्ठ
      गजुरी-१, धादिङ
      [५१]
      तिहार
      जुराएको दिन
      सन्तानको आपसमा प्यार !
    • प्रभादेवी पौडेल
      भरतपुर-९, चितवन
      [५२]
      तिहार
      देउसीभैलो खेलौँ
      गाउँ अनि शहर !
    • सरस्वती वली
      [५३]
      तिहार
      उज्यालो पर्व
      मनाउदै गरौं गर्व !
    • पशपती राई, खोटाङ
      [५४]
      तिहार
      हुने रमाइलो
      खेलेर देउसी भैलो !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      [५५]
      तिहार
      पिरोलिन्छ भाइ
      सम्झिँदै दिदीको पियार !
    • शान्ता पौडेल भट्टराई
      टङ्कीसिनवारी, मोरङ
      [५६]
      तिहार
      झिलिमिली बल्दै
      घरदैलो देउसीभैलो खेल्दै !
    • सरस्वती श्रेष्ठ, रुपन्देही, बुटवल
      [५७]
      संस्कृति
      कुना पसेछ
      विकृति माथि उठेछ !
    • निरज कोइराला, इटहरी
      [५८]
      तिहार
      चेलिबेटी पर्व
      दीपावली झिलिमिली वहार !
    • होमप्रसाद नेउपाने
      धरान, सुनसरी
      [५९]
      उज्यालो
      अज्ञान नाशक
      तिहारकाे मुख्य विशेषता !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [६०]
      तिहार
      रमाउँदै आइन्
      प्रेम सद्भाव बाँडिन् ! – त्रिलोक रामदाम
      सिद्धार्थनगर-८ ,भैरहवा
      [६१]
      तिहार
      रमाइलो पर्व
      नेपाली हुनुमा गर्व !
    • शोभा आचार्य गौतम, काठमाडौँ
      [६२]
      तिहार
      सप्तरङ्गीको पर्व
      खुसियाली साट्ने दिन !
    • दीप गोले तामाङ, रौतहट
      [६३]
      तिहार
      गोवर्धन पूजा
      मीठामीठा खानेकुरा खुवाउने !
    • सुरेशचन्द्र घिमिरे
      [६४]
      खेलौँ
      भैलो देउसी
      पीर व्यथा भुलौँ !
    • लक्ष्मी रिजाल
      कञ्चनरुप-१२, रूपनगर, सप्तरी
      [६५]
      तिहार
      दिदीबहिनीले दाजुभाइलाई
      पहिराउने फूलमालाको हार !
    • डा. देवी पन्थी
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged उदक_कविता, वसन्त अनुभव, साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला

    लघुकथा साहित्यिक महोत्सव- २०८१ सम्पन्न; २६ लघुकथा कृतिहरूको एकसाथ लोकार्पण

  • १४ कार्तिक २०८१, बुधबार १८:२३ मा प्रकाशित
  • चितवन, १० कार्तिक/वसन्त अनुभव

    चितवन जिल्लाको राप्ती नगरपालिकामा अवस्थित जुमेरा होटेल एण्ड लजको सभाहलमा शनिवार लघुकथा साहित्यिक महोत्सव, २०८१ सम्पन्न भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा २६ लघुकथा कृतिहरूको लोकार्पण गरिएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.चुडामणि बन्धुले पानसमा बत्ती बालेर उक्त कार्यक्रमको उद्घाटन गर्नुभएको थियोे । उक्त अवसरमा पुरेतले स्वस्ती मन्त्र वाचन र नौमती बाजा समूहका कलाकारले मङ्गल धुन बजाएका थिए ।
    कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गढिमाई बाहिनी, मुख्यालय मकवानपुरका ब्याण्डबाजा समूहले राष्ट्रगानको धुन बजाएको थियोे भने विद्यालयका शिक्षक तथा बहिरा विद्यार्थीहरूको समूहले सांकेतिक भाषामा राष्ट्रगान गाएको थियो ।

    उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि एवम् वरिष्ठ साहित्यकार प्रा.डा.चुडामणि बन्धुले स्टेज अगाडि लहरै राखिएका २६ वटा कृतिमा पुष्प अर्पण गर्दै कृतिको लोकार्पण गर्नुभएको थियोे । लोकार्पित भएका लघुकथा कृतिहरूमा-
    १. घनश्याम डल्लाकोटी कृष्णजी शर्माकृत ‘महाकम्प’
    २. यमुना प्रधानाङ्ग मुनाकृत ‘उपहार’
    ३. वसन्त अनुभवकृत ‘नेपाली नस्ल’
    ४. मीठूकुमारी पाठककृत ‘सुन्दरी’
    ५. श्रीकृष्ण पौडेलकृत ‘लोपाञ्जन’
    ६. कर्ण दयालकृत ‘दोपानी’
    ७. होमप्रसाद नेउपानेकृत ‘प्रयोगशाला’
    ८. सुरेशकुमार पाण्डेकृत ‘जेईको सम्झना’
    ९. अवधेश सिंहकृत ‘मरजाद’
    १०. म्यामराज राईकृत ‘बुन्छत’
    ११. कुमार काफ्लेकृत ‘सपना कतिपय’
    १२. ज्यो.नानी बिवुकृत ‘इज्जत’
    १३. विष्णु पन्थीकृत ‘भेटी’
    १४. मुक्ति गौतमकृत ‘चाक चारब्रा’
    १५. विष्णु भण्डारी आचार्यकृत ‘बकसपत्र’
    १६. अनुग्रह राना मगर पुष्पकृत ‘तमासा’
    १७. राजन ग्याल्दाङ घलेकृत ‘मारुनी’
    १८. रञ्जुश्री पराजुलीकृत ‘विभीषिका’
    १९. विजय चालिसेकृत ‘हात्तीको दाँत’
    २०. गङ्गा कर्माचार्य पौडेलकृत ‘अखबार’
    २१. लक्ष्मी रेग्मी खनालकृत ‘अन्त्य’
    २२. गुप्तबहादुर श्रेष्ठकृत ‘थेरापी’
    २३. भूमिका गैरे तिमिल्सिनाकृत ‘नमस्ते’
    २४. डा.विदुर चालिसेकृत ‘शताब्दम् महाशक्ति’
    २५. गोपाल अश्ककृत ‘लघुकथा प्रक्रिया र पाठ’
    २६. लघुकथाको सुगन्ध अङ्क ६ रहेका छन् ।

    कार्यक्रममा आफ्नो जीवनको लामो समयसम्म साहित्य क्षेत्रमा योगदान दिनुहुने वरिष्ठ साहित्यकारहरूलाई माला, खादा र दोसल्ला ओढाई अभिनन्दन गरिएको थियोे । अभिनन्दित हुनेमा वरिष्ठ साहित्यकार, कथा- कुथुङ्ग्री नायक पुष्कर लोहनी र वरिष्ठ साहित्यकार, समालोचक ध्रुव मधिकर्मी हुनुहुन्छ । ‘कथा- कुथुङ्ग्री सिर्जना विशिष्ट नायक’का रूपमा लोहनीलाई र ‘अविश्रान्त लघुकथा साधक’का रूपमा मधिकर्मीलाई अभिनन्दन गरिएको थियोे ।
    त्यस्तै कार्यक्रम वरिष्ठ साहित्यकार डा.विदुर चालिसेलाई ‘आदर्श लघुकथा साधक सम्मान’ वरिष्ठ साहित्यकार विजय चालिसेलाई ‘अग्रज लघुकथाकार सम्मान’ र वरिष्ठ साहित्यकार रञ्जुश्री पराजुलीलाई ‘वरिष्ठ लघुकथा नारी हस्ताक्षर सम्मान’ द्वारा सम्मानित गरिएको थियोे ।
    साथै कार्यक्रममा वरिष्ठ लोक गायक/डेउडा गायक नन्दकृष्ण जोशी र वरिष्ठ आधुनिक गायक आनन्द कार्कीलाई पनि सम्मान गरिएको थियोे । ‘डेउडा लोकगायक विशिष्ट सम्मान’ जोशीलाई र लघुकथा बन्दना गायक विशिष्ट सम्मान’ कार्कीलाई प्रदान गरिएको थियोे ।
    साथै उक्त अवसरमा यस वर्षको पूर्व घोषित ‘हेमलता स्मृति लघुकथा सम्मान- २०८१’ महिलातर्फ लघुकथाकार प्रभादेवी पौडेललाई र पुरुषतर्फ राजन ग्याल्दाङ ‘बुद्धिसिङ’ घलेलाई प्रदान गरिएको थियोे ।
    त्यस्तै पहिलोपटक ‘नमस्ते झिल्का पुरस्कार-२०८१’ वृहत् लघुकथा कृति ‘शताब्दम् महाशक्ति’का लागि डा.विदुर चालिसेलाई प्रदान गरिएको थियोे, जसको पुरस्कार राशि रु. २२,२२२/- रहेकोे छ ।

    त्यस्तै ‘लघुकथालय पुरस्कार- २०८१’ वरिष्ठ साहित्यकार/लघुकथाकार ललिता दोषीलाई उहाँ उत्कृष्ट लघुकथाकृति ‘पहिरो’का लागि प्रदान गरिएको थियोे, जसको राशि ११,१११/- रहेको छ ।
    साथै यसवर्षको ‘वर्ष लघुकथाकार सम्मान- २०८१’ र ‘वर्ष पाठक सम्मान- २०८१’ द्वारा साहित्यकार, लघुकथाकार/पाठक सुरेशकुमार पाण्डेलाई सम्मान गरिएको थियोे । जसको पुरस्कार राशि क्रमशः ७०००/- र ५०००/- रहेको छ ।
    उक्त अवसरमा मञ्च द्वारा प्रकाशित एवम् लोकार्पित २२ वटा कृतिहरूका कृतिकारहरूलाई ‘नमस्ते गुरुकुल लघुकथा सुशोभन सम्मान- २०८१’ द्वारा सुशोभन गरिएको थियोे ।

    त्यस्तै कार्यक्रममा ‘वर्ष उत्कृष्ट सामाजिक रेडियो’ सम्मान द्वारा रेडियो सारथि १०७.४ मेगाहर्ज, बडिगाड खर्बाङ, बागलुङलाई र ‘वर्ष उत्कृष्ट सामाजिक पत्रिका’ सम्मान द्वारा हिमालयन दृष्टि मिडिया प्रा.लि. नागार्जुन, काठमाडौलाई सम्मान गरिएको थियोे ।

    त्यस्तै ‘वर्ष स्तम्भकार सम्मान पत्र’ द्वारा हिमालयन दृष्टि प्रा.लि.का लघुकथा स्तम्भकार वसन्त अनुभवलाई, ‘वर्ष वाचक लघुकथा सम्मान- २०८१ द्वारा उत्कृष्ट लघुकथा वाचक विवेक काफ्लेलाई र ‘वर्ष उत्कृष्ट प्राविधिक सारथि सम्मान द्वारा अनिष पाठक (रेडियो सारथि), अमित प्रधानाङ्ग(वीरगन्ज) र आयुष बडाल (धूलिखेल)लाई सम्मानित गरिएको थियोे ।
    त्यस्तै उक्त अवसरमा संस्थाको छैटौँ वार्षिकोत्सव प्रायोजन गर्नुहुने १२ जना प्रायोजकहरूलाई पनि ‘वर्ष प्रायोजक-२०८१’ प्रशंसा पत्र प्रदान गरिएको थियोे । प्रशंसा पत्र प्राप्त गर्नेहरूमा श्री हिमालयन अर्गानिक चिया (चितवन), यमुना प्रधानाङ्ग मुना (वीरगन्ज), वसन्त अनुभव (दाङ), मीठूकुमारी पाठक (चितवन), श्रीकृष्ण पौडेल (कास्की), अमरनाथ साह (अमेरिका), अनुग्रह राना मगर पुष्प (मलेसिया), देवी परियार (चितवन), दीपक खड्का (चितवन), कलावती गिरी (चितवन), राजु उपाध्याय (चितवन) र सरिता उप्रेती (चितवन) हुनुहुन्छ ।

    कार्यक्रममा शुभकामना मन्तव्य दिनेहरूमा कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.चूडामणि बन्धु, कथा-कुथुङ्ग्री सिर्जना विशिष्ट नायकका रूपमा अभिनन्दित वरिष्ठ साहित्यकार पुष्कर लोहनी, अविश्रान्त लघुकथा साधकका रूपमा अभिनन्दित वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी, अग्रज लघुकथाकारबाट सम्मानित वरिष्ठ साहित्यकार विजय चालिसे, आदर्श लघुकथा साधक र नमस्ते झिल्का पुरस्कार-२०८१ बाट सम्मानित एवम् पुरस्कृत वरिष्ठ साहित्यकार डा.विदुर चालिसे, डेउडा लोक गायक विशिष्ट सम्मानबाट सम्मानित वरिष्ठ लोक गायक नन्दकृष्ण जोशी, लघुकथा वन्दना गायक विशिष्ट सम्मानबाट सम्मानित वरिष्ठ गायक आनन्द कार्की, लघुकथालय पुरस्कार- २०८१ बाट पुरस्कृत वरिष्ठ साहित्यकार ललिता दोषी, विमोचित कृतिहरूका कृतिकारहरूमध्येबाट भारतबाट आउनुभएका लघुकथाकार एवम् संस्थाका आजीवन सदस्य मुक्ति गौतम, मञ्चका संरक्षकहरूमध्येबाट मञ्चका संरक्षक एवम् विशिष्ट आजीवन सदस्य अवधेश सिंह लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।
    कार्यक्रममा वरिष्ठ साहित्यकारहरू गोपाल अश्क, नर पल्लव, डा.शंकरप्रसाद गैरे, गङ्गा कर्माचार्य पौडेल, लक्ष्मण अर्याल, डा.शेखर कुमार श्रेष्ठ, रचना शर्मा, विष्णु डल्लाकोटी एवम् बेलिमाया डल्लाकोटी (लघुकथा विकास कोषदाता), विष्णुप्रसाद काफ्ले, यमुना प्रधानाङ्ग मुना, वसन्त अनुभव, मीठूकुमारी पाठक, श्रीकृष्ण पौडेल, होमप्रसाद नेउपाने, कुमार काफ्ले, विष्णु पन्थी, विष्णु भण्डारी आचार्य, सुरेशकुमार पाण्डे, प्रभादेवी पौडेल(हेमलता स्मृति लघुकथा सम्मान-२०८१ बाट सम्मानित व्यक्तित्व), सुनिता निरौला पौडेल, खगेन्द्र बस्याल, तुलसी पण्डित, रामराजा के.सी., कमल पौडेल, विवेक काफ्ले, अनिष पाठक, आयुष बडाल, सन्तकुमार चौधरी लगायत मञ्चका पदाधिकारी, अति/विशिष्ट/आजीवन सदस्यज्यूहरू, वाचकहरू, प्रायोजकहरू, पत्रकारहरू, विभिन्न साङ्गीतिक/सांस्कृतिक टोलीका प्रमुख एवम् सदस्यहरू, विभिन्न संघ/संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियोे ।

    उक्त अवसरमा अभिनन्दित एवम् सम्मानित महानुभावहरूलाई रथारोहण गराइएको थियोे ।
    नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रेडियोकर्मी एवम् कुशल उद्घोषकद्वय कमल पौडेल र विवेक काफ्ले गर्नुभएको थियोे ।

    ‘वन्दना साङ्गीतिक एवम् सांस्कृतिक साँझ- २०८१’

    लघुकथा साहित्यिक महोत्सवको प्रथम चरणको कार्यक्रम समापन पश्चात् सोही दिन साँझ ‘वन्दना साङ्गीतिक एवम् सांस्कृतिक साँझ- २०८१’ को आयोजना गरिएको थियोे । जसमा सुपरिचित वरिष्ठ गायक आनन्द कार्की र वरिष्ठ लोक/देउडा गायक नन्दकृष्ण जोशीले आफ्ना प्रस्तुति दिनुभएको थियोे ।
    आफ्ना पुराना चर्चित आधुनिक गीत गाएर वरिष्ठ गायक आनन्द कार्कीले स्टेज तताउँदै उपस्थित दर्शक/श्रोताहरूको मन जित्न सफल हुनुभएको थियोे ।
    त्यस्तै अर्का वरिष्ठ लोक गायक/देउडा गायक नन्दकृष्ण जोशीले विभिन्न चर्चित देउडा गीत गाएर सबै दर्शक/श्रोताहरूलाई मन्त्रमुग्ध पार्न सफल हुनुभएको थियोे ।
    उक्त साङ्गीतिक एवम् सांस्कृतिक साँझमा हरूका चर्चित गायकको गायन सँगसँगै विभिन्न सांस्कृतिक समूहले आ-आफ्नो प्रस्तुति दिएका थिए ।
    जसमा मगरहरूको सांस्कृतिक कौडा नाच, थारूहरूको सांस्कृतिक फगुवा नाच, डम्फु नाच, झम्टा नाच, धौलागिरीको नौमति पञ्चेबाजा, पुन समाजको सोरठी नाच, मारुनी नाच लगायत विभिन्न सांस्कृतिक प्रस्तुतिहरू रहेका थिए ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged लघुकथा, वसन्त अनुभव

    जुन छुने रहर गजल सङ्ग्रहको समीक्षा

  • २७ आश्विन २०८१, आईतवार १७:५५ मा प्रकाशित
  • दाङ
    राप्ती साहित्य परिषद् दाङ शाखाको नियमित कृति समीक्षा कार्यक्रमअन्तर्गत १९३ औँ श्रृङ्खलामा साहित्यकार धनसिंह गिरिको “जुन छुने रहर” गजलसङ्ग्रह समीक्षा तथा विजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रमदाङको नेपाल पत्रकार महासङ्घ दाको हलमा भव्य रूपमा समीक्षा गरिएको छ ।
    राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ अधिवक्ता संविधानविद्, गायक तथा संगीतकार डा. भीमार्जुन आचार्यको प्रमुख आतिथ्यता राप्ती साहित्य परिषद् केन्द्रका निवर्तमान अध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम खनालको विशिष्ट आतित्यतामा कार्यक्रम सम्पन्न गरिएको थियो।
    राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष डा. टिकाराम उदासीले गजल संग्रहको समीक्षा गर्नुभएको थियो। गजलहरू सबै गाउन लायक भएको समीक्षक डा. टीकाराम उदासीले बताउनु भयो । उहाँका अनुसार गजल मायामा आधारित छन् ।
    कानुनकै व्यक्तिले नेपाली साहित्यमा महत्वपूर्ण भूमिका खेलेको प्रमुख अतिथि डा. आचार्यले बताउनुभयो । साहित्यकार गिरि पनि कानुनकै कर्मचारी भएको देख्न पाउँदा खुसी लागेको बताउनु भयो ।

    सो अवसरमा विशिष्ट अतिथि राप्ती साहित्य परिषदका निवर्तमान अध्यक्ष पुरुषोत्तम खनालले आज जुनसुकै काम गर्दा पनि लगन हेर्नु नपर्ने शुभ दिन भएकाे बताउँदै अर्को सङ्ग्रह छिटै आउने विश्वास व्यक्त गर्नुभयो । पुस्तक प्रकाशन अघि ज्ञातालाई देखाउन समेत आग्रह गर्नुभयो ।

    लेखक सङ्घका अध्यक्ष खगराज न्यौपाने , वरिष्ठ साहित्यकार नारायण नेपालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

    सो कार्यक्रममा प्रगतिशील लेखक सङ्घ केन्द्रका सल्लाहकार पदम प्रसाद शर्मा, पत्रकार महाशाखा दाङका अध्यक्ष दुर्गालाल केसी,सिस्नोपानी नेपालका दाङ शाखाका अध्यक्ष लोकराज पराजुली ,राप्ती साहित्य परिषद् केन्द्रका वरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटा,राप्ती साहित्य परिषद् दाङ शाखाका निवर्तमान अध्यक्ष दीपक शर्मा “समीर,” प्रगतिशील लेखक सङ्घ लुम्बिनी प्रदेशका सल्लाहकार केशव थापा, प्रगतिशील लेखक सङ्घ दाङका कोषाध्यक्ष चन्द्रबहादुर थापा, पुरस्कार संस्थापकहरु हरिप्रसाद पाण्डे, चन्द्रप्रकाश देवकोटा, नगेन्द्र गुरु, देवेन्द्र रिजाल, नयाँ युगबोध राष्ट्रिय दैनिकका सम्पादक गोविन्द खड्का लगायतका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको गरिमामय उपस्थिति रहेको थियो।
    त्यसै गरी सो कार्यक्रममा वरिष्ठ साहित्यकार गणेश विषम, साहित्यकारहरूमा एक नारायण चापागाईं ,रमेश पाण्डे, एकराज शर्मा अधिकारी, शरद गौतम, गोपाल भुसाल अभिलाषी दामोदर पौडेल, दिलिप कार्की, नारायण प्रसाद श्रेष्ठ, भूपेन्द्र थापा, सुवाष न्यौपाने , मधुसुधन गौतम, नारदप्रसाद भण्डारी, वीना रोका, महेश कुमार न्यौपाने कमला रिजाल, नवराज देवकोटा ,रिशब पाण्डे लगायतको साहित्यकारहरूको गरिमामय उपस्थिति रहेको थियो।

    राप्ती साहित्य परिषद् दाङका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष सुशीला आचार्यले गर्नुभएको थियो।
    कार्यक्रममा “जुन छुने रहर” पुस्तकका लेखक धनसिंह गिरिलाई संस्थाको तर्फबाट प्रशंसा पत्रले सम्मान गरिएको थियो ।
     

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभव, विविध4 Comments on जुन छुने रहर गजल सङ्ग्रहको समीक्षा

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १७७ सम्पन्न

  • २७ आश्विन २०८१, आईतवार ०७:५५ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १७७ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ४१ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
    साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १७७ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-

    उदक अभ्यास १७७ मा अहिलेसम्म सहभागी उदक यात्रीका सुन्दर उदकहरू –

    [१]
    दसैँ
    साँस्कृतिक पर्व
    समग्र हिन्दुहरूको गर्व !

    • वसन्त अनुभव
      [२]
      दसैँ
      वर्षको चाडपर्व
      मान्नुपर्छ सबैले गर्व !
    • दुर्गा आचार्य, मोरङ
      [३]
      दसैँ
      सांस्कृतिक रीतिरिवाज
      टीका जमरा आशिर्वाद !
    • अम्बिका अधिकारी
      झापा, बिर्तामोड
      [४]
      दसैँ
      हिन्दुकाे पर्व
      गर्दछन् नेपालीले गर्व !
    • राज कुमार राजभण्डारी खाेटाङे
      मध्यपुर ठिमी-५, राधे राधे, भक्तपुर
      [५]
      दसैँ
      मनाउँ रमाएर
      दुःख पीडा भगाएर !
    • कला ढकाल, झापा
      [६]
      दसैँ
      संस्कार संस्कृति
      टीका जमराकाे रीति !
    • भवानी घिमिरे, सर्लाही
      [७]
      दसैँ
      महान पर्व
      सबैको त्यसैमा गर्व !
    • सुरेश न्यौपाने, लम्की, कैलाली
      [८]
      पर्व
      विजया दशमी
      सत्यको जितमा हर्ष !
    • सरस्वती श्रेष्ठ, रुपन्देही
      [९]
      दसैँ
      खुसी मनाउने
      वर्ष दिनमा रमाउने !
    • सानु जाेसी
      सुदूर पश्चिम, दार्चुला
      [१०]
      दसैँ
      हिन्दुहरूकाे पर्व
      सबैलाई लाग्छ गर्व !
    • केसर बाेहरा ‘सङ्घर्ष’
      अछाम हाल: भारत
      [११]
      दसैँ
      महान चाड
      असत्यमाथि सत्यको विजय !
    • पशपती राई, खोटाङ
      [१२]
      दसैँ
      महान चाड
      खर्चमा राखौँ आड !
    • दीपा समभाव
      दुबेकोल, कोटाङ्ग
      [१३]
      निधार
      रातो टीका
      आशिषविना सबै फिका !
    • कार्की डिबी माकुम
      सुनवल-४, नवलपरासी
      [१४]
      दसैँ
      हराउन नहुने
      एउटा महत्त्वपूर्ण चाड !
    • ध्रुव श्रेष्ठ, खोटाङ बजार
      [१५]
      दसैँ
      टीका लगाएर
      मनाऔँ खुसी जगाएर !
    • सरिता सेढाई, धादिङ
      [१६]
      दसैँ
      गरौँ गर्व
      हिन्दुहरूकाे महान पर्व !
    • नवराज भट्ट, कञ्चनपुर
      [१७]
      दसैँ
      हराउँदै संस्कृति
      रौनक आचारसंहिता मौलिकता !
    • अगस्टीन राई
      मरिया कागे, भारत
      [१९]
      दसैँ
      हर्षको तारो
      कहिले तताउँछ कन्पारो !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      [२०]
      दसैँ
      आफन्त भेटघाट
      ठुलाबाट प्रशस्त आशीर्वाद !
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा-६, संखुवासभा
      [२१]
      एकासी
      बडादसैँ पर्व
      नसरोस् कोही बसाइँ !
    • दुर्गा अधिकारी भमरकोटे, कपन
      [२२]
      दसैँ
      मनाऔँ खुसीले
      करले होइन रहरले !
    • धनमाया चौधरी, कैलाली
      [२३]
      दसैँ
      नेपालीहरूको पर्व
      मनाउँ गर्दै गर्व !
    • अनिता भण्डारी, ताप्लेजुङ
      [२४]
      दसैँ
      पुर्खाको रित
      मनाऔँ सबैले हिंसारहित !
    • शान्ता पौडेल भट्टराई
      टङ्कीसिनवारी, मोरङ
      [२५]
      कामना
      शुभ भावना
      विजया दशमीको शुभकामना !
    • हिमाल अम्मै
      घोडाघोडी कैलाली
      [२६]
      दसैँ
      देवीको उपासना
      सत्य सन्देशको वासना !
    • गोपेन्द्र रिजाल, पाँचथर
      [२७]
      दसैँ
      हाम्रो संस्कृति
      चलनसँग नित्य प्रकृति !
    • बुद्धिप्रसाद लामिछाने
      घोडाघोडी नपा-८, कैलाली
      [२८]
      दसैँ
      गरिबीको आर्तनाद
      भाग्यले ठगिएका निधारहरू !
    • आर्त अकुलीन
      [२९]
      दसैँ
      नवदुर्गाकाे पूजा
      आसुरी शक्तिकाे नाश !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [३०]
      आयो
      दशै पर्व
      यसैमा लाग्छ गर्व !
    • रमा पन्त, पाल्पा
      [३१]
      दसैँ
      महान पर्व
      हिन्दु हुनुमा गर्व !
    • तोया नाथ चापागाईं
      दमक, झापा
      [३२]
      दसैँ
      शक्तिको पर्व
      गर्छन् हिन्दुहरूले गर्व !
    • विवश पारदर्शी, झापा
      [३३]
      दुर्गा
      मात्रै होइन
      शासकले दुष्टमुक्त बनाओस् !
    • नन्दलाल आचार्य
      बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर
      [३४]
      दसैँ
      उत्सवको दिन
      अफसोच कसैलाई ऋण !
    • पृथक प्रकृति, झापा
      [३५]
      दसैँ
      खुसीको पर्व
      मेचीदेखि कालीसम्म गर्व !
    • कविता आचार्य, कैलाली
      [३६]
      दसैँ
      भेटघाटको मौसम
      खुसियाली रहन्छ अनुपम !
    • होमप्रसाद नेउपाने
      धरान, सुनसरी
      [३७]
      दसैँ
      उत्साहले मनाउनू
      रिसराग सबै भगाउनू !
    • सङ्गीता खरेल, काठमाडौं
      [३८]
      दसैँ
      दुर्गा भवानी
      रक्षा गरुन् सबैमा !
    • सरस्वती वली, बर्दिया
      [३९]
      नवदुर्गा
      भवानी माताले
      दिऊन् अथाह उर्जा !
    • घनश्याम पन्त, हरिवन, सर्लाही
      [४०]
      मौलिक
      सम्पत्ति हाम्रो
      दसैँ न्यायको प्रतीक !
    • लक्ष्मी रिजाल
      कञ्चनरूप-१२, रूपनगर, सप्तरी
      [४१]
      दसैँ
      मानेकाे चाड
      मनाऔँ खुशीसाथ रमाइ !
      -भाेलामान बर्देवा ‘बैरागी माईलाे’
      बधरान-८, सुनसरी
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged उदक_कविता, वसन्त अनुभव, साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १७७ सम्पन्न

    ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १५६ सम्पन्न

  • २७ आश्विन २०८१, आईतवार ०७:४३ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १५६ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ५५ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १५६ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    ~<•>~
    प्रतिनिधि टुक्का- १५६
    नरहोस् निधार बाँझो, नरहोस् हात खाली
    सबैको इच्छा चाहना, पूरा होस् यसपालि ।
    ~<•>~

    टुक्कामाथि टुक्काको १५६ औँ शृङ्खलामा सहभागी टुक्काकारहरूका सुन्दर टुक्काहरू-

    १)
    नरहोस् निधार बाँझो, नरहोस् हात खाली
    सबैको इच्छा चाहना, पूरा होस् यसपालि ।
    -वसन्त अनुभव
    २)
    जाेगाउनु छ संस्कृति लाेभ माेह छैन
    आशीर्वाद त थापियाे पुग्ने हाे कि हैन ?
    -ताराप्रसाद चापागाईँ
    ३)
    दसैँमा टीका जमरा आशिर्वाद मानेर
    सांस्कृतिक परम्परा जगाउन जानेर
    -अम्बिका अधिकारी
    झनपा बिर्तामोड
    ४)
    आफ्नो त निधार रह्यो बाँझो, हात पनि रह्यो खाली
    फेरि पनि दशैंँमा घर जान सकिन यसपालि ।
    -कबिताहरी
    सुन्दरहरैंचा नगरपालिका १ मोरङ
    ५)
    नरहोस् है भन्छन् निधार खाली
    प्रकृतिले नदिए भाँजो हाली ।
    -मोती योन्जन सुब्बा दार्जिलिङ।
    ६)
    चाडपर्व हाे हाम्रो आफ्नै सान
    इष्टमित्र सबैको राखौँ मान।
    -राज कुमार राजभण्डारी खाेटाङे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    ७)
    प्रकृतिले लगिदियो जनधन नै लुटेर
    अभागीको निधार बाँझो टीका फुर्का छुटेर ।
    -बिबा तामाङ
    लाटपञ्चर सिटोङ खरसाङ
    ८)
    टीका लगाउने समातौँ हेर पाटो
    घाँटी हेरी हाड निल्ने निकालौं बाटो ।
    -विष्णु पंगेनी (पाण्डे)
    वालिङ स्याङ्जा
    ९)
    ठूलाबडाको हातमा
    टीका जमरा साथमा ।
    -साहित्य प्रेमी सुशील
    धनगढी
    १०)
    बरु महत्वाकांक्षी हुनू, नहुनू बदमास
    हामीहरू लाग्नुपर्छ सत्यको पक्षमा खास ।
    -मन्दिरा सेढाई
    मलेखु, धादिङ
    ११)
    खुसी भएर याे दसैँमा सबै मिठाे र मसिनाे खाउन्
    सम्पूर्णका दुःख र पीडाहरू टाढा भैं भागेर जाउन्।
    -केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम ।
    हाल भारतबाट
    १२)
    टीका लगाउँदै उकाली ओराली
    हात निधार नहोस् कसैको खाली ।
    -प्रेम सुनार दैलेख
    १३)
    जोगाउँ संस्कार संस्कृति मोहमा परेर हैन
    ठुलाको आशीर्वाद थाप्नुछ लानु त केही छैन
    -बेदु न्यौपाने
    १४)
    आशीर्वाद दिदै टीका जमरा लगाउॅंछु अरूलाई
    आफूले थाप्न नपाए नि खुसीका साथ बस्छु रमाई ।
    -अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-क्यानडा,क्यालगरी।
    १५)
    टीका, प्रसाद र जमराले सजिएको छ नि पुजाको थाली
    जसलाई मिल्छ दुर्गा मताको आशीर्वाद उहीँ भाग्यशाली ।
    -सुशीला शिखा
    काठमाडौँ कगश्वरी
    १६)
    मान्यजनको हातबाट टीका लगाउने
    एक आपसमा पनि सम्बन्ध बढाउने।
    -सतीश पण्डित
    भानु६ चुँदी तनहूँ
    हाल चनपा ६ मातातीर्थ
    १७)
    धेरैलाई रुवायो बाढिले दसैँको मुखमा
    सहारा कोही कतै भेटिँदैन पीडा दुखमा ।
    -चुडामणी देबकोटा
    पुरानोनैकाप काठमाण्डौ
    १८)
    धुप दिप नैवेद्यसहित घण्टी बज्यो मन्दिरमा
    अब निधारमा टिका र जमरा लगाऊॅ शीरमा।
    -पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके।
    १९)
    जे जे भन्नू भयाे मेराे लागि त्यही नै भयाे
    याे सालकाे चाडपर्व दुखैदुखमा गयाे ।
    -भवानी पोखरेल( बाबु बिराज)
    बाणगंगा १ कपिलवस्तु
    २०)
    नव दुर्गा भवानीले सदैव रक्षा गरुन्
    शुभ शुभ आशीर्वाद सबै माथमा परुन् ।
    -त्रिलाेचन भण्डारी
    मेचीनगर, झापा
    २१)
    बेमौसमी झरी पनि दशैँमा आइ दियो
    खोला किनारमा घर हुनेको ज्यान लियो ।
    -कला ढकाल, झापा
    २२)
    खाली नहोस् कसैको निधार होस् जमरा टीका
    छाओस् सबैमा खुसियाली नहोस् कसैको फिका ।
    -अनिता भण्डारी, ताप्लेजुङ
    २३)
    खेतबारी बाँझै छन्, निधारको के कुरा
    दसैँको यही बेला चेलीको फुट्यो चुरा ।
    -राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    २४)
    सबैमा मिलेर कुरा आनन्दको मनमा भरौँ
    झमेला होइन बरु मनको मिठो बात गरौँ ।
    -नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    भारत
    २५)
    टीका र जमराको साथमा आशीर्वाद लिने चलन
    मौलिकता हरायो भित्रियो विकृति मनमा जलन ।
    -शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    २६)
    दुर्भाग्यलाई आशिषले गाल्नू
    लगाएर टीका दुर्भाव फाल्नू ।
    -विवश पारदर्शी
    झापा
    २७)
    थाप्न चाहिँ थपियो आशीर्वाद पुग्छ कि पुग्दैन
    प्रकोपले पनि रुवायो अझै अरू छ कि छैन ।
    -अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
    २८)
    उत्साह अनि उमङ्गको बनोस् विजयादशमी पर्व
    टीका र जमरा थापी बनाउनु छ आफूलाई गर्व ।
    -तोया नाथ चापागाईं
    दमक,झापा,नेपाल
    २९)
    कसैको निधार खाली
    दैव नि भएका जाली !
    -आर्त अकुलीन
    ३०)
    विजयाको प्रतीक टीका जमरा नि लगाएर
    आशीर्वाद पाउन सकूँ पिरव्यथा भगाएर ।
    -नवशिला
    बेलबारी-२, नवदेव मार्ग, लालभित्ती,मोरङ।
    ३१)
    दशैँमा पनि भोकले भोजन डाक्नुपर्ने
    सचेत भई होसले जीवन हाँक्नुपर्ने ।
    -नन्दलाल आचार्य
    बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर ।
    ३२)
    कसैको मनमा हिनताबोध नहोस्
    चाहन्छु यो दशैँ मङ्गलमय रहोस् !
    -सरिता सेढाई धादिङ
    ३३)
    सजाएर टीका अनि जमराले पूजाको थाली
    आशिष् अनि प्रसाद बाँड्न पाइएन यसपालि l
    -बाबुराम गौतम, गुल्मी
    ३४)
    दशैँ नबनोस् कसैकालागि दशा
    छाडौँ आजैदेखि मादकको नशा ।
    -कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    ३५)
    निधारमा रातो टीका जमरा सबले लगाई
    आफन्तसँग थाप्नु आशीर्वाद नमाग्नु कमाइ ।
    -बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    ३६)
    सबैले पर्व मनाउन् नहोस् कसैको उदर खाली
    समानता बनोस् सबैमा शुभकामना यसपालि ।
    -सङ्गीता खरेल
    काठमाडौं
    ३७)
    दसैँकाे दिन मान्यजनबाट टीका लगाउनू
    जमरा पुगेपछि मेराे घरबाट मगाउनू ।
    -नवराज भट्ट
    कञ्चनपुर
    ३८)
    डाँडाकाँडा ढाकुन् भन्थे उहिले आशिष दिँदाखेरी,
    काम्छ जीउ अहिले डाँडाकाँडा सुन्दा विनाश हेरी ।
    -कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    ३९)
    सबका झुपडीमा हर्षोल्लास आओस् नेपालीकाे
    यहीँ छ शुभकामना सबैलाई यसपालिको ।
    -ईश्वर साउद(भिक्षु)
    रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
    ४०)
    मौलिक सम्पत्तिको गरौँ रक्षा
    दशैँ बुझाउन नै लिऊँ कक्षा ।
    -लक्ष्मी रिजाल
    कञ्चनरूप १२, रूपनगर, सप्तरी ।
    ४१)
    हाँसो खुसी भित्रियाेस् दशैँ मान्ने हर घरमा
    मिलिजुली बाँचाैँ सधैँ एक अर्काकाे भरमा ।
    -मित्र उराठी गाैतम
    अमरपुर गुल्मी हाल तिलाेत्तमा-२,रुपन्देही
    ४२)
    दशैँभन्दा ठूलो चाड छैन नेपालीको जसले जे भन
    नमनाउनेहरूको नि रुन्छ अवश्यै भित्रभित्रै मन ।
    -निमा शेर्पा
    ४३)
    यसपालिको दसैँ भेलले लुट्याे
    प्रकृतिले पनि चुट्नुसम्म चुट्याे ।
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    ४४)
    आउँछ्यौ भन्ने कुरा सुने, अनि पर्खी बसेँ बाटो हेरी
    यहीँ थियो मनको चाहना , पूरा हुने भो अब फेरि ।
    -अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन न.पा ६ द्सन्खुभा।
    ४५)
    विकृति र कुसंस्कारलाई हटाई दशैँ मान्नुपर्छ
    आफूभन्दा ठूलाबडालाई देउतैसरि ठान्नुपर्छ ।
    -जानुका जानुका
    ४६)
    निधारमा टीका शिरमा जमरा राख्ने पर्व हाम्रो
    नेपालीहरूको महान् चाड बडादसैँ लाग्छ राम्रो ।
    -कृष्ण बजगाई भक्तपुर
    ४७)
    पाएँ आशीर्वाद मान्यजनबाट चाहेसरी
    चुहिएकाे तक्दिर यो टालाैँ खोइ कसाेगरी ?
    -हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, साँगाबजार बनेपा १४ ।
    ४८)
    जे छ त्यसैमा बस्नु छ रमाइरमाइ
    दु:खमा आफन्त नै जीवनको कमाइ ।
    -प्रेम थापा “मन”बागलुङ
    ४९)
    विजयादशमी टीका निधारमा लगाउनू
    विपत्तिकाे ठुलाे दशैँ जेनतेन मनाउनू ।
    -शालिकराम दाहाल
    चा न पा ३ झाैखेल३ भक्तपुर
    ५०)
    गरिबीले डाँडो काटेको पकाउने भाडो खाली
    टिनको छानो चुहिने भयो छाउनु पर्ने पाली ।
    -दुर्गा आचार्य
    मोरङ
    ५१)
    दैवले चुडी लग्यो मेरो सबै घरको सुख
    रमाइलो नै छैन केही आज दशैँको मुख ।
    -शशी श्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौं
    ५२)
    महान् पर्व हो दशैँ रमाइलो गर्न पर्छ
    समस्या जे जति भए पनि त्यो आफैँ टर्छ।
    -अरुण कुमार भुजेल
    गोरुबथान, कालेबुङ ,भारत।
    ५३)
    सबैलाई शान्ति हाेस् नहाेस् कसैको नि निधार खाली
    आशीर्वाद लागाेस् ठूलाबडाकाे बन्नु देशको माली ।
    -रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    ५४)
    महङ्गीले सेक्नुसेक्यो निम्न जनको ढाड
    परै छ दक्षिणा त के राख्ने मुखमा माड ।
    -इन्दु श्रेष्ठ, चितवन
    ५५)
    पीडा मनमा लुकाई दसैँ मनाउन हाँसेर
    ठूलाको आशिष् लिई निधारमा अछेता टाँसेर ।
    -प्रतिज्ञा प्रतिज्ञा
    मेहेलकुना सुर्खेत

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभवLeave a Comment on ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १५६ सम्पन्न

    साताका उत्कृष्ट झिल्काहरू- ३०

  • २६ आश्विन २०८१, शनिबार ०९:१८ मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको ३० औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- ३० का लागि झिल्काकारत्रय वसन्त अनुभव, शान्ता पौडेल भट्टराई र सन्दीप विश्वकर्माका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू

    ~<•>~
    [१]
    १)
    भाषण मिठा राम्रा
    लाग्छ छेपारा हुन्
    देशका नेता हाम्रा !
    २)
    बसाले कस्तो थिति
    स्वार्थबाहेक केही नसोच्ने
    घिनलाग्दो भो राजनीति !
    ३)
    पिट्छ्न् केही बोले
    अगाडि पछाडि हुन्छन्
    चम्चा र झोले !
    ✍️
    वसन्त अनुभव
    ~<•>~
    [२]
    १)
    नराम्रो कसैले नभनोस्
    फजुल खर्चले दसैँ
    कसैको दशा नबनोस् !
    २)
    ऋणले सेकिन्छ ढाड
    दु:ख पाउँछ घाँटीले
    नहेरी निल्दा हाड ।‌
    ३)
    बसेपछि जुवाको खालमा
    उजाडिन्छ सुन्दर घर
    डुबिन्छ ऋणको आहालमा ।
    ✍️
    शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    ~<•>~
    [३]
    १)
    फूलजस्ताे मुस्कान छरी
    नजिक आउन खाेजिन्
    उनी मेराे वरिपरि ।
    २)
    दुबाेले भुइँ छाेपेछ
    हरियाली वसन्त भन्दै
    मन भने उजाडिएछ ।
    ३)
    दैलाेमा दसैँ आयाे
    बाेकेर आशीर्वाद पुर्खाकाे
    खुसीले मन रमायाे ।
    ✍️
    सन्दीप विश्वकर्मा
    ~<•>~

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, वसन्त अनुभव, साताका उत्कृष्ट झिल्का2 Comments on साताका उत्कृष्ट झिल्काहरू- ३०

    अनुग्रह राना मगर ‘पुष्प’को ‘तमासा’ हेर्दा

  • २६ आश्विन २०८१, शनिबार ०७:५७ मा प्रकाशित
  • – गोपाल अश्क, समीक्षक
    – अनुग्रह राना मगर ‘पुष्प’, सर्जक

    नेपाली लघुकथाको फाँटमा अहिले लभगभ दिनहुँ कुनै न कुनै कथाकारको लघुकथा प्रकाशित भइरहेको घटनालाई नेपाली लघुकथाको विकासको राम्रो सङ्केत मान्न सकिन्छ । २०८१ साल नेपाली लघुकथाका लागि निकै नै उर्वर तथा समृद्ध साल रहेको भान हुन्छ। यस सालमा उल्लेख्य मात्रामा लघुकथासङ्ग्रहहरू प्रकाशित भएका देखिन्छन् । यिनै लघुकथाहरूको प्रकाशनको दुनियाँमा आफ्नो स्थान सुरक्षित गरेको लघुकथासङ्ग्रह हो- ‘तमासा’ । अनुग्रह राना मगर ‘पुष्प’ द्वारा लिखित ४२ वटा लघुकथाहरूको यस सङ्ग्रहमा अन्तर्वाता, अप्रिल फुल, आमाको माया, आहुति, औकात, कर्तव्य, परिवर्तन, खोई, गुनको मूल्य, छिमेकीको मन, हिम्मत, तमासा, तालमेल, दायित्व, दुलही, धनको लोभ, धाक, पालो, पुतली, बूढो रूख, माया बसेपछि, मुसुक्क, भेदभाव, रोकिने मन्त्र, साथी, सुन्दरता, सोच, स्वभाव, हँसिलो मान्छे, ज्ञानी छोरा, फरक, खोट, हैसियत, आशाको दियो, सङ्गत, देशको माया, डिमाण्ड, बिटुलो, स्वीकार, भाकल र विचार शीर्षकका लघुकथाहरू सङ्गृहीत छन् ।

      यस लघुकथाकृतिका लघुकथाहरूको अध्ययनोपरान्त के भन्न सकिन्छ भने प्रत्येक लघुकथाले आफ्नो विषयवस्तुको प्रकटीकरण गर्नमा सफलता प्राप्त गरेको छ र लघुकथाकारले प्रत्येक लघुकथामा उनले समाजमा व्याप्त रहेको यथार्थको जीवन्त चित्रण गरेका छन् । हाम्रो समाजमा अहिले बेरोजगारी बढेको र रोजगारको क्रममा हाम्रा युवायुवतीहरू विदेसिन बाध्य भइरहेको अवस्था रहेको छ । जागिर गर्नका लागि शैक्षिक योग्यताको जति आवश्यकताका साथसाथै एकअर्कालाई सहयोग गर्ने मानवीय गुणको आवश्यकता पनि हुने गरेको यथार्थको चित्रण ‘अन्तर्वार्ता’ शीर्षकमा गरिएको पाइन्छ । ‘अप्रिल फुल’मा अङ्ग्रेजी वर्षको अप्रिल महिनाको पहिलो दिनलाई साथीभाइलाई कुनै न कुनै झुटो कुरो भनेर मूर्ख बनाउने पश्चिमी संस्कृतिलाई आख्यानकृत गरी प्रस्तुत गरिएको छ भने ‘आमाको माया’ नामक लघुकथामा विदेसिएको छोराप्रति उमडेको आमाको मायालाई संवेदनशीलतापूर्वक रेखाङ्कित गरिएको छ । ‘आहुति’ शीर्षकको लघुकथाले देशमा भएको सशस्त्र द्वन्द्वको बेला देशका सपुतहरूले आआफ्नै सोच तथा विचारले द्वन्द्वमा लागेर देशमा आमूल्य परिवर्तनका लागि प्राणको आहुति दिएको कारुणिक यथार्थलाई चित्राङ्कित गरेको छ। त्यसैगरी ‘औकात’ नामक लघुकथाले आजका नव पिँढिमा पलाएको घमण्ड संस्कृति र एउटी घमण्डी केटीले एउटा गरिब केटोलाई आफ्नो धन सम्पत्तिको औकात देखाएर मर्मान्त बनाएकी तर दुर्घटनामा परेर घाइते हुँदा त्यही केटोबाट रगत दान पाएर मर्नबाट जोगिएको घटनाको सजीव प्रकटीकरण भएको पाइन्छ । 
    
      समग्रमा भन्नु पर्दा कथाकार ‘पुष्प’ को प्रस्तुत लघुकथासङ्ग्रहले समाजमा रहेको सङ्गति-विसङ्गित, आशा-निराशा, उच्च-नीच, धनि-गरिब, भेदभाव आदि विषयलाई चित्राङ्कित गरेर एउटा राम्रो तमासा देखाएको छ । आकर्षक आवरण र उचित मूल्य रहेको ‘तमासा’ लघुकथासङ्ग्रह पठनीय रहेको छ, सङ्ग्रहणीय रहेको छ ।
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged लघुकथा समीक्षा, वसन्त अनुभवLeave a Comment on अनुग्रह राना मगर ‘पुष्प’को ‘तमासा’ हेर्दा

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P