साताका उत्कृष्ट झिल्का कविताको ९ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शनिवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।
साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- ९ का लागि झिल्काकार त्रय सुरेशकुमार पाण्डे, मोती सुब्बा र मुग्लानको खबरका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।
साताका उत्कृष्ट झिल्काहरू
~<•>~
[१] १. झिल्का खुब लेखौँ अभ्यासले नै निख्रिन्छ नयाँ शब्द देखौँ ! २. शब्दले देश दरिलो समाजमा छुट्टै आभास पढेर हौस् भरिलो ! ३. स्वार्थी मानव संसार गर्नखोज्छ आफ्नो मुठ्ठीमा दुनियाँ गर्दै अहङ्कार ! ✍️ सुरेशकुमार पाण्डे
दाङ घोराही१८
[२] १. भएन मलाई चयन संसार शुन्य लाग्यो फर्केछ तिम्रो नयन ! २. सहारा दिनु जहिले तिमीले बुझेनौ व्यथा एक्लो भए अहिले । ३. वसन्तको सुन्दर डोलीमा फागुको पदचाप आँगन लिएर हौसला झोलीमा ! ✍️
मोती सुब्बा
[३] १. आफू लाउँदैन जनै लगाऊ भन्छ अरूलाई कहाँ मान्छन् झनै ? २. संस्कार या बोझ किन बन्छौ तागाधारी बाध्यता कि मोज ? ३. उम्लेको दुध पोखिन्छ होइन औसत मापले मान्छे इमानले जोखिन्छ । ✍️
झिल्का लेखन अभियानको आठ्सुँ शृङ्खला (होली विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियोे ।
झिल्का कविता लेखन अभियानको यस शृङ्खलामा विगतका शृङ्खलामाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने १ सय १९ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू- ———-<•>———-
[१] खुसीराजी दिल खोली सबै मिलेर मनाऔँ रङ्गहरूको पर्व होली ! ✍️ वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ ———-<•>———- [२] थरीथरी रङ्ग सङ्गाली रमाउछौँ होली पर्वमा आफ्नो संस्कृति अङ्गाली ! ✍️सुस्मिता अधिकारी ———-<•>———- [३] होलीमा नयाँपन आओस् शुभकामना छ होलीको रङ्गविरङ्गले फोहोरमैला पखालोस् । ✍️ नन्दलाल आचार्य एनेलकुटी, सिरहा ———-<•>———- [४] मनाऔँ रङ्गको होली आहान सरी छेपाराको नहोस् मर्दको बोली ! ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे ———-<•>———- [५] हाेलीकाे वर्षा छायाे रङ्गीन सपना सजाउँदै शुभकामना सन्देश आयाे । ✍️श्रीबहादुर केसी शैलुङ्गे ———-<•>———- [६] खेलौँ रमाएर होली एउटै पर्वलाई मान्छ्न् आज र भोलि ! ✍️ कला ढकाल झापा ———-<•>———- [७] रङ्गीविरङ्गी रङ्गहरू दलेर जबर्जस्ती नलगाऔँ कसैलाई पछिबाट नफ्याँकाैं छलेर ! ✍️ रबि पाैडेल ,दक्षिण भारत पाण्डेचरि ———-<•>———- [८] खेल्नुछ रमेर हाेली आपसमा सद्भाव राखेर मिठो वचन बाेली। ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर ठिमी ५ राधे राधे भक्तपुर । ———-<•>———- [९] होली प्रेमको प्रतीक बिभिन्न रङ्ग मिसायौँ लगायौँ हियाको नजिक ! ✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८ ———-<•>———- [१०] १. हर्ष उल्लासको होली विकृति छाउन थाल्यो चाडपर्वमा किन आजभोलि ! २. खुसीले रङ्ग दल्नू जबर्जस्ती हुँदैन होली सहमतीमा मिलेर चल्नू । ✍️ शंकर कार्की,मकवानपुर । ———-<•>———- [११] विभिन्न रङ्गहरू खेल्ने आएको छ पर्व खुसीको मौसम झेल्ने ! ✍️ पृथक प्रकृति ,झापा ———-<•>———- [१२] छाओस् उत्साह उमङ्ग रङ्गीन पर्व होलीमा मिलेरै खेलौँ सप्तरङ्ग ! ✍️ नील हरि काफ्ले सिन्धुली (हाल काठमाडौँ) ———-<•>———- [१३] १. होली आयो रङ्गमा रमाऔं सबै मिलेर खेलौँ खुसीले उमङ्गमा ! २. होली सप्तरङ्गको नाममा गरी संस्कृतिको जगेर्ना रमाऔँ सबैलाई कामना ! ✍️ टिकाराम पुन पुकार छत्रेश्वरी गाउँपालिका २ सल्यान ———-<•>———- [१४] १. वसन्त ऋतु आगमन रमेर खेलाैँ हाेली मिलेर आफ्नै घरआँगन ! २. रङ्गको पर्व हाेली कसेर मित्रताकाे गाँठाे मनमा सद्भाव खाेली । ✍️ प्रद्युम्न चालिसे कटुञ्जे भक्तपुर । ———-<•>———- [१५] मनमा छाओस् उमङ्ग मतभेद मनबाट हटाऔँ सद्भावमा होलीको रङ्ग ! ✍️ कार्की डिबी माकुम सुनवल-४, नवलपरासी ———-<•>———- [१६] थरीथरी उमङ्ग आओस् होली पर्व अनुयायीहरुमा सद्भावले स्थान पाओस् । ✍️ त्रिलाेचन भण्डारी मेचीनगर, झापा ———-<•>———- [१७] सबैले गर्नुपर्छ गर्व संस्कृति जोगिने गरी मनाउनु होली पर्व ! ✍️ भुपेन्द्र राना मगर धादिङ ———-<•>———- [१८] रङ्गहरूको पर्व होली मनाऊँ उत्साह ,उमङ्गले माया ,स्नेह खोली ✍️ रुना कर्माचार्य दाहाल चितवन ———-<•>———- [१९] रङ्गहरूको पर्व होली सद्धावले हाँसेर खेलौँ जानुपर्ने मरेर भोलि ! ✍️एवाइ प्रभात सहिदभुमि धनकुटा ———-<•>———- [२०] होलीले ल्याओस् उमङ्ग पाइन्छ सद्भाव छरेमा सबैको मनमा तरङ्ग । ✍️ प्रेम थापा “मन”बागलुङ ———-<•>———- [२१] १. होली पर्व आयो चारैतिर रस्तीबस्ती हुँदै सबैको मनमनमा छायो । २. रङ्गहरुको पर्व होली एकापसमा सद्भाव साटौँ तुच्छ बचन नबोली। ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन। ———-<•>———- [२२] रमाउने मन खोली रङ्गमा रङ्गीन बनेर मिलेर खेलौँ होली ! ✍️ रचना प्रतीक्षा ———-<•>———- [२३] जडिबुटी बनाउने रङ्ग अलपत्र छन् वनभरि जान्छन् बाहिर छङ्ग । ✍️लोक बहादुर क्षेत्री लामिछाने ———-<•>———- [२४] आयो पर्व होली सचेत भई खेलौँ पछुतो नहोस् भोलि ! ✍️ गोकर्ण दयाल (गौरव) मेलौली ७ बैतडी । ———-<•>———- [२५] आउँदैछ घरआँगनमा होली रमाउँदै छन् हेर नानीबाबुहरू दिल खोली ! ✍️ कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ ———-<•>———- [२६] मस्तले खेलौँ होली बिर्सदै रिसराग सबै माया मिठो घोली । ✍️ तोया नाथ चापागाईं दमक,झापा ———-<•>———- [२७] रङ्गहरूको पर्व आयो उत्साह उमङ्ग सँगै गाउँ, सहर छायो ! ✍️पुष्पा राई, खाेटाङ । ———-<•>———- [२८] सद्भावले भाइचारा गर्दै मनाउनु होली पर्व जाओस् खुसी छर्दै ! ✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाइ ४ झापा ———-<•>———- [२९] रङ्गैरङ्गमा खेल्दै होली हर्ष उमङ्गले आऊ मनका भावना खोली ! ✍️मन्जु बोहरा बझाङ ———-<•>———- [३०] छरेर सद्भावको रङ्ग जनमा खुसी छाउँदा, हर्ष उमङ्गले दङ्ग ! ✍️आर्त अकुलीन ———-<•>———- [३१] उमङ्गको पर्व होली सद्भावले मनाउने सबै मायाको रङ्ग घोली ! ✍️संगीता खरेल चन्द्रागिरी ८ काठमाडौँ ———-<•>———- [३२] होलीको उमङ्ग छरेर सात रङ्गको टीकाले मनाऔँ उमङ्ग भरेर ! ✍️अम्बिका अधिकारी झापा बिर्तामोड ———-<•>———- [३३] आयो होली आयो सबैको मन मनमा खुसीको उमङ्ग छायो ! ✍️ सुष्मा मगर रोल्पा ———-<•>———- [३४] रङैरङको पर्व होली साथीसङ्गी सबैजना मिलेर रमाऔँ हृदय खोली ! ✍️ प्रविना प्रयासी ओखलढुंगा ———-<•>———- [३५] रमाइलो पर्व होली सबै जातिले मान्ने हृदय मन खोली ! ✍️ शोभा आचार्य गौतम काठमाडौँ ———-<•>———- [३६] उमङ्गमय खेलौँ हाेली नाँच्दै ,गाउँदै ,रमाउँदै सम्झना राखी भाेलि ! ✍️ फूलमाया कुलुङ साेलुखुम्बु ———-<•>———- [३७] होली पर्व आयो जनमनको तरङ्ग घोलेर सरर रङ्ग वर्षायो । ✍️ योगप्रसाद उपाध्यय चापागाईं, काठमाण्डौं । ———-<•>———- [३८] खुसी आनन्द उमङ्ग सद्भाव बाडौँ सबैले खेलेर आपसमा रङ्ग ! ✍️ उमा दाहाल शुन्दर हरैँचा -१० मोरङ ———-<•>———- [३९] उमङ्ग वर्षाउने हाेली वर्ष दिनमा आउने साथीसँग रमाउँला भाेलि ! ✍️ जानुका ———-<•>———- [४०] होली खेल्ने चाहना मनमा खुसी छाओस् होलीको हार्दिक शुभकामना ! ✍️श्रीकृष्ण धामी – बझाङ ———-<•>———- [४१] रङ्गहरुको पर्व होली इन्द्रेणीसँग लुकामारी खेल्दै बगाएर खुसीको खोली ! ✍️मन्दिरा सेढाई ,मलेखु,धादिङ ———-<•>———- [४२] रङ्गको पर्व होली भाइचारा होस् अटुट रङ्गियोस् रङ्गमय टोली ! ✍️ बि.कुलुङ दार्जिलिङ ———-<•>———- [४३] फागुपूर्णिमा पर्व मनाउँ रङ्गको होली खेल्दै रङ्गीन जीवन बनाउँ ! ✍️ बेदु न्यौपाने ———-<•>———- [४४] १. आयो चाँड होली बढाई आपसमा भाईचारा खेलेर रङ्गहरूको टोली ! २. रङ्गहरूमा रमाइलो गर्दा समय आनन्दले बितेछ आँगनीमा झमक्क पर्दा ! ३. वसन्तमा गुराँस फुलेको होलीको रङ्गमा भिजेर वृन्दावनमा कृष्णजी भुलेको ! ✍️ मोती सुब्बा ———-<•>———- [४५] जब होली आउँछ एकतामा रङ घुल्दा सारा देश जगमगाउँछ । ✍️ बाबुराम गौतम, गुल्मी ———-<•>———- [४६] रङ्गहरूको पर्व आयो शुभकामना छ सबैलाई वातावरण रङ्गीन बनायो । ✍️ पुष्पा सुवेदी नेपालगंन्ज,बॅाके। ———-<•>———- [४७] रङ्गको खेलौँ होली सम्बन्ध बलियो बनाएर आऊ दिल खोली ! ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ भारत ———-<•>———- [४८] होलीमा रङ्ग खेलौँ मान्छेका अनेक रङ्ग हरेक क्षण झेलौँ ! ✍️ देवी पन्थी ———-<•>———- [४९] आजै खेलौँ होली दिल खोलेर रङहरूमा आउछ आउँदैन भोलि ! ✍️ भावना ———-<•>———- [५०] होली पर्व आयो गाउँ, सहर सबैतिर नयाँ उमङ्ग छायो ! ✍️ सरिता सेढाई धादिङ ———-<•>———- [५१] १. खुसी बनयाे होलीले खेलाैँ सबै मिलेर मिठो वचन बोलीले ! २. विभिन्न रङ्ग घाेली खुसी साटौँ आपसमा मनाउँ हामीले हाेली ! ✍️ सहयात्री शोभा अर्याल रुपन्देही ———-<•>———- [५२] रङ्गहरूको पर्व होली बचाऔंँ सद्भाव मनाएर आज र भोलि ! ✍️ नागेन्द्रप्रसाद यादव , गढवा , दाङ ———-<•>———- [५३] हर्षको पर्व होली भिजाऊँ विविध रङ्गले मानिसका कमिज चोली । ✍️ विके माकजू ———-<•>———- [५४] १. रङ्गहरूको पर्व होली हार्दिक शुभकामना सबैलाई खेलौँ दिल खोली ! २. आयो पर्व होली आऊ मिली खेलौँ रङ्गगीयोस् मेरो चोली ! ३. जोगाऔँ संस्कृति हाम्रो बाहिरी संस्कृति हामीले भित्रन नदिएकै राम्रो ! ✍️ अनिता भण्डारी ताप्लेजुङ ———-<•>———- [५५] चढेर वसन्तको डोली आयो रङ्गको तिहार मंगलमय रहोस् होली ! ✍️ बिके मुखिया दार्जिलिङ भारत। ———-<•>———- [५६] फागु पर्व होली देशभर सप्तरङ्गी उमँङ्ग खेलौँ हृदय खोली ! ✍️ चुडामणी देबकोटा चनपा१३काठमाण्डौ ———-<•>———- [५७] रङ्गीन चाड होली घोली विभिन्न रङ्ग खेलौँ दिलै खोली ! ✍️ रसज्ञ छहरा कावासोती -३ नवलपुर ———-<•>———- [५८] खेलौँ सबले होली बाडौँ सद्भाव आऊ प्रेमको रङ घोली ! ✍️ नवशिला। नवदेव मार्ग, लालभित्ती, मोरङ। ———-<•>———- [५९] १. होली पर्व आयो आपसी सद्भाव साट्दै सबैमा उमङ्ग छायो ! २. घुमेर आयो होली गाउँ, सहर सबैतिर रमाउँदै खेलौँला भोलि ! ✍️ दुर्गा भट्टराई मोरङ ———-<•>———- [६०] १. वसन्तमा पालुवा टुसायो हरियाली डालीमा सजाउँदै रङ्गहरूको होली आयो ! २. सत्यताको प्रतीक महान कर्तव्यनिष्ठता बोध गराउने समर्पणको होलीका दहन ! ३. खेलौँ रङ्गहरूको होली आत्मियताको पवन पर्वमा मनको कल्मषहरू खोली ! ✍️ दिल ठकुरी दार्जिलिङ ———-<•>———- [६१] १. सबैको मनमा भावना रङ्गको पर्व होलीको मेरो हार्दिक शुभकामना ! २. सरल सभ्य भएर साथीहरू जम्मा हुँदै खेलौँ घरघर गएर ! ३. मनमा छाओस् उमङ्ग वर्ष दिनको पर्वमा सद्भावका विभिन्न रङ्ग ! ✍️ दुर्गा आचार्य मोरङ ———-<•>———- [६२] तराईमा होली पर्व भड्किलो हुँदै गयो कसरी गर्ने गर्व ? ✍️ मंगला उपाध्याय ———-<•>———- [६३] नगरौँ जबर्जस्ती कसैलाई खुशी साटौँ आपसमा होलीको शुभकामना सबैलाई ! ✍️शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी , मोरङ ———-<•>———- [६४] रङ्गको पर्व होली रङ्गीयो नेपाली माटो नाचौँ दिल खोली ! ✍️ प्रेम शर्मा ” एकान्त प्रेमी कालेबुङ , दार्जिलिङ ———-<•>———- [६५] १. होलीको अनेक रङ्ग आत्मियता, प्रेम, सद्भावना नहोस् कहिले भङ्ग ! २. रङ्ग होलीको घसेर मनाऊँ उल्लास हर्षले आफ्नो मर्यादामा बसेर ! ✍️ राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ ———-<•>———- [६६] १. रङ्गहरूको पर्व होली हाम्रो जीवन त आज कि भोलि ! २. भरौँ विभिन्न रङ्ग आफैंसङ्ग आफू नै हुँदै हुँदै दङ्ग ! ३. मनाऔँ होसले पर्व सम्झेर भोलि आफैँ गर्नसकौँ है गर्व ! ✍️ दीपा समभाव रावाबेशी, दुबेकोल खोटाङ्ग ———-<•>———- [६७] पवित्र होलीको रङ्ग सबैतिर छ खुशियाली नयाँ जोश उमङ्ग ! ✍️ नबराज ओझा धनगढी कैलाली! ———-<•>———- [६८] हर्षित बनायो होलीले मनाउँ खुसीको लहरमा नगरौँ नमिठो बोलीले ! ✍️ बिकास छेत्री अञ्जान बिजनबारी, दार्जिलिङ। ———-<•>———- [६९] १. दुःखलाई गर्नू सामना हजुर सबै सबैलाई हाेली पर्वकाे शुभकामना ! २. रङ्गहरूकाे पर्व हाेली हामी सबैले मनाऔँ आफ्नो दिल खाेली ! ३. जतासुकै खुसीयाली आयो दुःख, कष्ट भुलाएर मनमा उमङ्ग छायाे ! ✍️ केसर बाेहरा ( सङ्घर्ष ) सुदूरपश्चिम अछाम । हाल भारतबाट ।। ———-<•>———- [७०] रङ्गीन होस् होली हरेक नेपाली जनको भरियोस् खुसीको झोली ! ✍️ शोभा शाह ———-<•>———- [७१] १. रङ्गहरूकाे पर्व हाेली मनाऔँ सबै मिलेर दिलमा दिल खाेली ! २. हाेली पर्व आयाे रङ्गहरूकाे उत्सव मनाउँदै सवैमा खुसी छायाे ! ✍️ उर्मिला के.शी. धनकुटा ———-<•>———- [७२] रङ्गीचङ्गी रङ्गको पर्व रमाऔँ सबै उमङ्गले खेलौँ मिली सगर्व ! ✍️ घनश्याम पौडेल गौरीगंगा -९, कैलाली ———-<•>———- [७३] रङ्गको पर्व होली खुसी भई मनाऔं मिठो वचन बोली ! ✍️ शशीश्री आचार्य बौद्ध कुमारीगाल काठमाडौँ ———-<•>———- [७४] मादलुको तालमा रोली आनन्दले मनाइने उत्सव रङ छ्यापेर होली ! ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹 ———-<•>———- [७५] मनमा हर्ष फुटाउछ रङ्गसँगै रङ्ग खेल्दा खुसीले मायामोह जुटाउछ । ✍️ केन्टरमेश क्षेत्रीय रोल्पा ———-<•>———- [७६] १. हिन्दुहरूको पर्व होली रङ्गविरङ्ग विभिन्न रङ्गसित मनाउनुपर्छ है भोलि ! २. होलीले भातृत्व ल्याउँछ सबै आफन्तलाई अङ्गालोमा शुभकामना दिँदै अटाउँछ। ३. रङ्गहरूको महत्व होलीमा जाति विभेद त्यागेर रमाउँछन् मीठो बोलीमा ! ✍️विनोद ‘सिंह’ खाती, मिरिक, दार्जीलिङ । ———-<•>———- [७७] रमेर होलीको रमझम रङ्गसँग गरेर रमाइलो मिलेर नाचौँ छमछम । ✍️ अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – संखुवासभा । ———-<•>———- [७८] रङ्गहरूको पर्व होली भएर सभ्य एकापसमा खेलौँ दिल खोली ! ✍️ डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा. पा. -६, दोलखा । ———-<•>———- [७९] गर्दै रङ्ग र्याली मिली होली खेलौँ ल है यसपालि ! ✍️ विवश पारदर्शी झापा, ———-<•>———- [८०] होलीको रौनक चारैतिर मन पनि फुरुङ्ग हटाउँछ चिन्ता पिर । ✍️ बाबुराम पाण्डे अर्घाखाँची ———-<•>———- [८१] उत्साह उमङ्गको पर्व खुलेर मिलेर मनाऔँ लिएर मनमा गर्व ! ✍️ बाल कृष्ण श्रेष्ठ,सोलुखुम्बु ———-<•>———- [८२] होलीलाई वर्षाले सतायो रङ्ग नउड्ने भएछ यसपाली नरमाइलो बनायो ! ✍️ भगवती दवाडी ———-<•>———- [८३] खेलाैँ मिलेर हाेली शुभकामना छ सबैमा रमाओैँ दिल खाेली । ✍️ रामप्रसाद पुरी,बादेल, खाेटाङ । ———-<•>———- [८४] हर्षले दिल खोली एकअर्काका मनका भावना साट्दै खेलौँ होली ! ✍️ मन्जु बोहरा बझाङ ———-<•>———- [८५] घरघरमा होली आयो प्रेमको प्रतीक बोकी जनजनमा हर्ष छायो । ✍️ बिरेन्द्र कुमार चौधरी इटहरी,पकली,सुनसरी ———-<•>———- [८६] रङ्गहरूको पर्व होली संस्कृति आफ्नो जोगाउँदै मनाऔँ दिल खोली ! ✍️ सरस्वती श्रेष्ठ रुपन्देही बुटवल। ———-<•>———- [८७] होलीका दहन गरी रङ्गियौँ हामी रङ्गमा मनमा उमङ्ग भरी ! ✍️सीमा कार्की समर्पण मेलचोक पर्सा ———-<•>———- [८८] खेलौँ आज होली साथीभाइ सबै मिली आउँदैन है भोलि ! ✍️ धनुष न्यौपाने जुम्ला ———-<•>———- [८९] हाेली पर्व रमाइलाे खुसी साटाैँ हामी चारैतिर छ घमाइलाे ! ✍️ ताराप्रसाद चापागाईँ ———-<•>———- [९०] रमाउँदै खेलौँ होली साथी सँगी साथमा सम्बन्धको मीठास घोली ! ✍️ समुन्द्रा शर्मा सुनसरी ———-<•>———- [९१] रङ्गहरूको पर्व होली जुटेर साथी आपसमा खेलौँ मन खोली ! ✍️ इमान सिंह के.सि. व्यास ९ धनुवेसी,कलेस्ति,तनहुँ ———-<•>———- [९२] १. मन हर्षित बनाऔँ हामी सबै मिलेर भोलि होली मनाऔँ । २. अरूलाई रङ्ग दलेर आफू भाग्न खोजेँ सबै भीड छलेर ! ३. भर हुँदैन भोलिको रम्ने रमाउने सबैलाई शुभकामना छ होलीको ! ✍️ ललिता सिन्धुली हाल काठमाडौँ ———-<•>———- [९३] १. मलाई छ गर्व सबैले हाँसेर मनाऔँ अब होली पर्व ! २. बोल मिठो बोली रङ्गीन बनोस् सहर आयो आयो होली ! ३. पुगोस् मनका भावना होलीको सबै सबैलाई छ है शुभकामना ! ✍️ लक्ष्मण देउवा डोटी हाल भारत ———-<•>———- [९४] मनाउँ आपसमा हाेली आजै हुने काम कहिल्यै नभनाैँ भाेलि! ✍️ हरिगाेपाल प्रधान काभ्रे, बनेपा १४ साँगा बजार । ———-<•>———- [९५] नखेलौँ रगतको होली सिकाउँदै विश्वलाई भाइचारा मनाऔँ दिल खोली ! ✍️ नेत्र घिमिरे सूर्यविनायक, भक्तपुर । ———-<•>———- [९६] आयो पर्व होली मिलीजुली हर्षले मनाऔँ मन पुरै खोली ! ✍️ बिकाश थापा ———-<•>———- [९७] खेलौँ सबैले होली मनको दैलो खोलेर भरौँ आनन्दको झोली ! ✍️ पेम्वा यल्मो,दार्जीलिङ भारत ———-<•>———- [९८] मिलाउँ मनको लोली खुसियाली भरेर मनमा रङ्गले चम्किन्छ होली। ✍️ होम प्रसाद नेउपाने धरान,सुनसरी । ———-<•>———- [९९] १. उत्साह, उमङ्गले सजाई होली पर्व मनाउँ आत्मीय सद्भावना जगाई ! २. उपद्रो नगरी मनाऔँ सदाझैँ होली पर्व उल्लासमय वातावरणमा रमाऔँ ! ✍️ राजेश्वेरी राजोपाध्याय ———-<•>———- [१००] खेलौँ यसपालि होली हातमा रङ्ग दलेर मिलीजुली दिल खोली ! ✍️ बिधुत गुरुड़् गोरुबथान ———-<•>———- [१०१] एकजुट भई रमाउनुपर्छ सबैजना हामी मिलीजुली होली पर्व मनाउनुपर्छ । ✍️ आशिष ऐडी कालिकोट पचालझरन ———-<•>———- [१०२] १. रङ्गको पर्व होली रमाऔँ सबै मिलेर खुसीले दिल खोली ! २. शुभकामना सबैलाई होलीको रमाऔँ सुरक्षित भएर सम्झेर दिन भोलिको ! ३. रङ्ग हो पर्वको रमाऔँ खुसी हुँदै संस्कृति हाम्रो गर्वको ! ४. रमाउँदै लगाऔँ रङ्ग एकापसमा हुँदै खुसी खेलौँ भएर दङ्ग ! ५. सङ्गम रङ्ग पानीको नेपाल विश्वमा चिनिन्छ धनी संस्कृतिको खानीको ! ✍️ राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ ———-<•>———- [१०३] रङ्गहरूको पर्वमा रमाउछौँ संस्कृतिलाई सम्मान गर्दा उमङ्गमा खुसी बोलाउछौँ । ✍️ केन्टरमेश क्षेत्रीय रोल्पा ———-<•>———- [१०४] रङ्गमा छ मन भएर उमङ्ग खुसी स्वस्थ स्फूर्त जीवन ! ✍️ मनोहरी पौडेल गैडाकोट १ ———-<•>———- [१०५] रमाउँदै खेलौँ होली मिल्काई मनका द्वेष बसमा छैन भोलि ! ✍️चिरञ्जीवी ढकाल ———-<•>———- [१०६] रङहरूको पर्व होली साथीसङ्गतीमा सद्भाव राखेर खेलौँ दिल खोली ! ✍️ म्यामराज राई, भोजपुर ———-<•>———- [१०७] राजीखुसी दिल खोलेर मनाऔँ होली सबैले रङ्गीन रङ्गहरू घोलेर ! ✍️ टिकाराम पुन पुकार छत्रेश्वरी गाउँपालिका २ सल्यान ———-<•>———- [१०८] १. कसैलाई होला खिरैखिर मनाउँछन् रमेर होली आफूलाई सधैँ पिरैपिर ! २. सद्भावले भर झोली कुकर्म त्यागेर आऊ मनाऔँ आत्मियताले होली ! ✍️ रिजु दिल्पाली ———-<•>———- [१०९] प्रल्हाद हाेलीका किन ? रङ्ग दलेर रमाउने संस्कारमा लुकेकाे दिन ! ✍️ जि.बि. चिन्तन घाेराही उमनपा-१४ दाङ ———-<•>———- [११०] हाँसीखुसी रहाेस् मन हाेली खेल्दै सबैकाे रङजस्तै रङ्गियाेस् जीवन ! ✍️ सन्दीप विश्वकर्मा ———-<•>———-🤔 [१११] पहाडतिर आज होली नबुझेको कुरा पर्यो मधेशतिर किन भोली ? ✍️ सुरेश कार्की ———-<•>———- [११२] प्रेमकाे पर्व हाेली तैपनि के भयाे बस्छ्याै केही नबाेली ! ✍️ शम्भु गजुरेल ———-<•>———- [११३] होली खेलौँ सङ्गी गाउँ अनि सहरमा होलीको रङ्गले रङ्गी ! ✍️ देव मगर उिनाउ-१, कचल,पाल्पा ———-<•>———- [११४] मनमा लिएर उमङ्ग दिएर परिचय सभ्यताको खेलौँ साथी रङ्ग ! ✍️ ध्रुव श्रेष्ठ खोटाङ,हाल काठमाडौँ ———-<•>———- [११५] रङ्गै रङ्गको होली साथी मिलेर खेल्नुपर्छ ल्याउ अबिरको सोली ! ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली , ———-<•>———- [११६] होली सबैले मानौँ सबै मनमूटु मिलेर खुसी बटुली तानौँ ! ✍️ पवन कुमार बुढाथोकी ———-<•>———- [११७] रङ दल्ने होलीमा रङ बदल्ने मौसम जादु छ बोलीमा ! ✍️ जनक बिसी दक्षिण भारत ———-<•>———- [११८] विभिन्न रङहरू घाेली खुसीकाे बहार ल्याउँदै आऊ खेलाैँ हाेली ! ✍️ भवानी पाेखरेल (बाबू विराज) बाणगङ्गा १ चार नम्बर कपिलवस्तु ———-<•>———- [११९] खेलौँ सबैले हाेली पिच्कारीमा रङ्ग भर्दै बनाऔँ रङ्गीन चाेली ! ✍️ नवराज शर्मा —-<••:जय झिल्का! जय साहित्य!:••>—-
साप्ताहिक झिल्का लेखन अभ्यासको दसौँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५८ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- १० मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
… १, चाँदनी हुन् उनी सौन्दर्यको एक पर्याय जीवनपर्यन्त सारथी गुनी । २, लखरलखर डुल्छ जो मिठोमसिनोको याद गर्छ मुख मिठ्याउॅंछ चाँडचाँडो । ३, पाखुरी काममा लगाऔॅं पसिनाले खेतबारी भिजे वैदेशिक कामदारी मगाऔॅं ।
म्यामराज राई, भोजपुर … १, उनी दिलकी रानी म नाथे सेवक दिल यो राजधानी ! २, हाँस्दा बल्छ ज्योति सगुणले छिन् युक्त बोल्दा झर्छन् मोती ! ३, भएँ म स्तब्ध बयान कसरी गरूँ छैनन् कुनै शब्द ।
वसन्त अनुभव, घोराही उपमहानगरपालिका १४, दाङ … १, काश यथार्थ जिन्दगीको बुझ्न नसकिएको विषय व्यर्थ सम्झिए आजादीको। २, घृणाको आभास छुपाइ छर्छन् मुस्कान ओठमा संवेदनाको माया पोखाइ। ३, रहरमा जिन्दगी जिउँछ धोका खाएपछि कहरमा भट्टीपसलमा पसेर पिउँछ।
दिल ठकुरी, दार्जिलिङ, टिस्टा भेल्ली … १, माटोमा उम्रेको काँडा फूल बनेर आऊ त्यसरी नबन छाडा । २, फुलमा भमरा नाचेको दिनदिनै रस पिउॅंछ र, ऊ बाँचेको । ३, आगो जलेर खरानी सिक्नलाई तयार छु झिल्कामा रह्यो परानी ।
रवि पौडेल, दक्षिण भारत पाण्डेचरि … १, आकाशे खेतीले साँचेका गरिबी वेदना बुझिदेऊ आधापेटमा छन् बाँचेका । २, मान्छे मरेर गएछ सातो खानुपर्छ नेताको जितार बर्बाद भएछ । ३, पुरुषार्थ विश्व चिनाऊ देशमा जितेर जानुपर्छ आत्मबललाई किनेर देखाऊ ।
अम्बिका अधिकारी, झापा, बिर्तामोड … १, कडा नि:स्वार्थ भावना आयो जगमा छायो बनोस् सबैको कामना । २, आकाशमा तारा टल्किए देशलाई लुटेर खान नौटङ्की जाली पल्किए । ३, जून तारा गुनेर आकाश बिच मिल्दै मार्दछन् मुख थुनेर ।
बेदु न्यौपाने … १, चाँदनी रातझैँ हुनु लक्ष्य एकै बनाई उडी चन्द्र छुनु। २, कुरा भयो गर्बिलो औषधी नै बचाउने तर छ खर्चिलो। ३, चुर्लुम्म डुबियो प्रेममा एक पक्षबाट मात्रै हुँदा लाग्दछ कमा।
अर्जुन प्रसाद चौलागाई, रामेछाप, सुनापति – १, हालः-अमेरिका,बोस्टन … १, भिरमा फुलेको फूल बुझेर हरेक मनमा, रसायो सिर्जना मूल ! २, दिलमा फुल्यो रहर बाटोमा शीतल चौतारी सुन्दर गाउँ सहर ! ३, सम्झेर मेलापात जात्रा बुझेमा सुन्दर फूल भोगाइ हो जीवनयात्रा !
आर्त अकुलीन … १, लखरलखर नगर अब कहर अभर नपरी थपक्क बस सब ॥ २, सहर गमन नगर थपक्क बस घरमै वरपर भर नपर । ३, असल नभन सहर सरक्क भनन ‘बचरी’ मनमन छ रहर ?
गुणनिधि घिमिरे, अमेरिका … १, धर्ती आकाश हाम्रो मिलेर बसौँ सबै व्यवहार गरौँ राम्रो। २, मानव समाज धोएर सुन्दर बनाऔॅं यहाँ हुँदैन कहिल्यै रोएर। ३, होलीको पर्व आयो घरघरमा छायो खुसियाली रङले गीत गायो ।
सुरेशकुमार पाण्डे, घोराही – १८, दाङ … १, को पापी, धर्मी बाँचुन्जेल कसैलाई नरुवाऔॅं गरौँ सबैले सत्कर्मी । २, भाग्य सक्दैन मेटाउन कर्म गर्नैपर्छ सबैले सकिँदैन भगवान् भेटाउन । ३, अवश्य खरानी भइन्छ घमण्ड नगरौँ कसैले मरेर के लगिन्छ ?
चुडामणी देवकोटा, चनपा – १३, काठमाडौँ … १, चाँदनी रात हुनु सुन्दरताको प्रतीक बनेर सबैको मन छुनु। २, देखाउनु गरेर काम पर्दैन विदेश जानू, कमाइन्छ स्वदेशमै दाम। ३, लखरलखर गर्ने किन? अर्काको भर परे जीवनमा आउँदैन सुदिन ।
राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी – ५, संगम कोलोनी राधे राधे भक्तपुर … १, केही त गरौँ पोखेर पसिना माटोमा मिठो सुवास छरौँ। २, चाहिने मात्र किनौँ खोट देखियो महाराजको असल कसरी चिनौँ ? ३, पर्व खेल्दा होली उमङ्गको सीमा रहोस् नउध्रिऊन् कतै चोली ।
त्रिलोचन भण्डारी, मेचीनगर, झापा … १, आएर जान्छ कहर जिन्दगीमा प्रायजसो हामीले एकदम हिँड्नुपर्छ बगर। २, प्रशंसा मात्र गर्नेको हुँदैन कुनै विश्वास बहानामा भर पर्नेको। ३, दर्शन अनि व्यवहार भिन्नाभिन्नै पाटो हो ढोँगीको गरौँ बहिस्कार ।
पृथक प्रकृति ,झापा … १, छोरी अभिशाप नमान गर्नु हुन्न भेदभाव हुन् नरनारी समान। २, जलथल छ नभमा पुगेका छन् नारी पुरुषसँगै भेटिन्छन् सबमा। ३, शक्ति स्वरूप सदाचारी जगत् जननी जगदम्बिका ममताको खानी नारी।
बिके मुखिया, दार्जिलिङ भारत … १, तिमी मेरो खास आऊ बस प्रिय यो मनमा बास । २, राखी तिमीलाई मुटुभित्र माया गर्ने मलाई तिमी असल मित्र । ३, जोडौँ दुइटा दिल बनौँ हामी जीवनसाथी पारौँ सारा झिलमिल ।
नवशिला, नवदेव मार्ग ,बेलबारी, लालभित्ती, मोरङ … १, सधैँ पालेर भ्रान्ति वेदना छताछुल्ल भए जुटेर गरौँ क्रान्ति ! २, गोठालो अर्काको पाल्छौँ चाकरी पराईको गर्दै हामी इज्जत फाल्छौँ । ३, तहल्का मच्चायो सुनले कुकर्मको फल पाक्दैछ जेल पुर्यायो गुणले ।
ऋजु दिल्पाली, इटहरी – १, सुनसरी … १, बुझिन्छ बुहारी बनेर, छोरी बुहारीमा भिन्नता कति हुन्छ भनेर ? २, चलेको संसारी रीत गीत गाउनै पर्ने नठान मात्र हारजित ! ३, मान्छे कर्मको दास बिनात्यागको यो जिन्दगी कहाँ बन्छ खास ?
विवश पारदर्शी, झापा … १, उमङ्गको वर्षा आयो चौतर्फी पवित्र मित्रतामा अनुपम माहोल छायो । २, अन्यायी सत्ता उल्टन्छ होलीको रङ घोलिई बेहोसी पल्ला पल्टन्छ । ३, साथीको साथ पाएर कता हरायो छोरो होलीको मात लागेर ।
नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर, हाल- एनेलकुटी, सिरहा … १, विभिन्न थरी माटोमा होली खेल्छन् किसान कृत्रिम रङको साटोमा । २, सजियो रङहरूमा थाली होलीको सौगात लिएर आइपुग्यो यो पालि । ३, सौहार्दताको झन्डी टाँगन रङहरूको उत्सव मनाउँदै होलीको रौनकता आँगन ।
मोती सुब्बा, दार्जिलिङ निमकी डाँडा । … १, माध्यम रहेछ साहित्य, सबैको प्रतिनिधित्व गर्ने नगाऔॅं बेपत्ताको लालित्य ! २, अनेक भाव आउॅंछन् ध्यान साधनाले मनमा, सकारात्मक प्रीत लाउॅंछन् । ३, के छ मरिलानु ? एकछिन रामरस गरौँ ए मेरा भानु !
दीपा समभाव … १, चुलो बाली खाना पकाई पर्खी बस्यौ घुर्काई फकाउने बहाना। २, अलिकति निहुरिएर पस्नु धेरैको टाउको ठोक्कियो मनको दैलोमा बस्नु। ३, सक्छौ पस्न दिलमा गाउँदा गीत प्रेमको कति उठ्यो बिलमा।
टिकाराम पुन पुकार, छत्रेश्वरी गाउँपालिका – २, सल्यान … १, आउँछ जलेर मन शत्रुको किन खाली बटुली भ्रष्ट धन । २, साँधिएन बापवैरी कहिल्यै यिनैले किन यसरी खेदिरहेका देख्छु जहिल्यै । ३, जीवन पाएको मात्र सत्कर्मी बन्नु बरु फगत लान्छन् सुपात्र ।
रामप्रसाद पुरी, बादेल, खोटाङ … १, कसले दियो धन ? इज्जतको घर ठुलो हुँदैन सबैको मन । २, देश चलाउने सरकार मान्छेलाई याद छैन जनताको हुन्छ दरकार । ३, तिमीलाई सम्झेर बसेको भिख भिखारीलाई देऊ उनको दिल कसेको।
नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत … १, मझेरीको पर्दा भाग्दैमा सपना पूरा हुन्छ ? पाइलामै ठेस लाग्दैमा। २, चञ्चलताभरि छ लुकेको साधु बन तिमी मन छ दुखेको । ३, जुनिभरि तिम्रै हुनेछु वाचाकसम मैले खाए जिउने आधार पाएछु।
केन्टरमेश क्षेत्रीय, रोल्पा … १, मुस्कुराए जून हेरेर सुनसान रात पूर्णिमाको निरुपम ताराले घेरेर। २, डढेलोले खाएको वन फरक देखाउनु, लुकाउनु जलेको नदेखिने मन। ३, परीक्षामा अस्थिर तन जिस्काउने किन शब्दले ? अत्यास लाग्ने मन ।
संगीता खरेल, चन्द्रागिरी – ८, काठमाडौँ … १, होली लौ आयो तराई ,पहाड, हिमाल रङको उमङ्ग छायो ।
शोभा आचार्य गौतम, काठमाडौँ … १, न गोजीमा धन न रोजगार होस् कसरी बुझाउने मन ? २, सरकारले जनताको पीर बुझिदिए किन जान्थे? युवा जति खाडीतिर । ३, युवापुस्ताले देश छोड़ने जितेपछि नेताले चुनाव अर्कै मोड मोड्ने।
गोकर्ण दयाल ‘गौरव’, मेलौली – ७, बैतड़ी … १, रङहरूको पर्व होली हार्दिक शुभकामना सबैमा खेलौँ दिल खोली । २, आयो पर्व होली आऊ, मिली खेलौँ रङ्गियोस् मेरो चोली। ३, जोगाऔॅं संस्कृति हाम्रो बाहिरी संस्कृति हामीले भित्रन नदिएकै राम्रो ।
अनिता भण्डारी, ताप्लेजुङ … १, चरी बन्ने मन खुल्ला आकाश चहार्दै चिहाउन खुल्ला गगन । २, बादल भई घुम्ने कहाँ कहाँ पुग्दै रहर आकाश चुम्ने । ३, मौका आउँछ पर्खॅंदैन भन्छन् क्या साथी बग्ने खोला फर्कॅंदैन ।
मनुहाङ किराँती, सोलु महाकुलुङ – ५,चाचालुङ … १, प्रदर्शन गर्दैछ सहरमा सुन्दैन आवाज समाजले धनी हुँदैन लहरमा । २, धर्मको नाममा जोगी महिलामाथि हुन्छ हिंसा बहिस्कार गरौँ ढोँगी । ३, नेपाली मिलेर बसेको देख्न नसक्ने भएर विदेशी पैसामा बिकेको।
एवाइ प्रभात, सहिदभूमि धनकुटा … १, आत्मसम्मान जरुर हुन्छ मानिसको लागि ठुलो चोटले मन रुन्छ । २, दुनियाँ स्वार्थी भए झुक्याएर दुखाएकै हुन्छन्, ती दिनहरू गए । ३, अजम्बरी छैन चोला सबैलाई हिसाब बराबरी, हुन्न धार्नी तोला ।
पुष्पा राई, खोटाङ … १, तिमीबिनाको यो जीवन पूरा हुनै सक्दैन पिरोलिन्छ यो मन । २, तिम्रो साथ पाउँदाखेरि मेरो जीवनमा खुसीको लहर आयो फेरि । ३, हाम्रो सम्बन्धमा नआओस् कुनै किसिमको बाधाअड्चन सधैँभरि हाँसीखुशी बितोस् ।
कविताहरी, सुन्दर हरैंचा नगरपालिका – १ मोरङ … १, रमाउँदै आएँ सहरमा सजाउँदै जादा भविष्य हराउँदै गएँ रहरमा । २, खोज्दा भेटिनॅं सपना निदाउॅंदा देखियो त्यो उस्तै पीडा विपनामा । ३, फुट्यो ऐनाझैँ जिन्दगी जोड्नु काच कसरी ? सास बन्यो बन्धकी ।
फूलमाया बार्सिमे, सोलुखुम्बु … १, सिमसिम पानी पर्दैछ चिसो चिसो मौसम बादल बसाइँ सर्दैछ । २, कालो कालो कपाल हेर्दै लोभ लाग्ने ‘सानू’ जोबन समाल ।
बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो ), कनकाइ ४ झापा … १, नगर्नु नराम्रो काम अहङ्कारी बनी सधैँ पाउनलाई धेरै दाम। २, एउटै हुँदैन मन पराईको मन नबुझ्ने छुट्टै हुन्छ तन। ३, ठिक लाग्ने गर अरूको सिको नगरी आफ्नै भर पर।
धनुष न्यौपाने, गुठिचौर गाउँपालिका – ०४, बिगारे जुम्ला … १, रङको लाली लगाई सजिने छु म , मनमा उमङ्ग जगाई । २, मानवको रगत रातो निडर भएर लड्छौँ, वैरीको जान्छ सातो । ३, धर्तीको रक्षा गर्दा हाँसेरै ज्यान दिन्छु वैरीको जालमा पर्दा ।
सीमा कार्की समर्पण, मेलचोक पर्सा … १, रङ्गैरङ्गको हाम्रो होली , खेल्न थाले यत्रतत्र , खुसियाली थापी झोली । २, सन्तापलाई राख्दै पाखा, कोइलीले गाउँछ गीत, सुन्नलाई मिठो भाका ।
घनश्याम पन्त, हरिवन, सर्लाही … १, हेरेर सुन्दर धुप देखिन्न भित्र हुने कर्तुत र स्वरूप ।
ताराप्रसाद चापागाईँ, धुनिबेसी … १, हाम्रो मायाको कोसेली छोराछोरीको आगमनले भयो अॅंधेरी रात उजेली । २, हाम्रो हौ छवि यसरी चम्काउनु नाम जसरी आकाशमा रवि । ३, जीवनमा छायो रङ्ग बाबा, आमा भनी बोलाउँदा हामी दङ्ग ।
रुना कर्माचार्य दाहाल, चितवन … १, अर्काको भर पर्नेको पूरा हुँदैन सपना काममा पछाडि सर्नेको । २, झापामा पानी परेको आकाश त्यो खुलेपछि बारीमा मकै छरेको । ३, रङ्गको पर्व मनाऔॅं चारैतिर छायो उत्साहले टीका मात्र लगाऔॅं ।
कला ढकाल, झापा … १, बग्दैछ चुनाउको हावा गरम अनि नरम पार्टीको आफ्नै दावा । २, आकाशको तारा ल्याएर उल्लु बनाउँछ जनतालाई आश्वासनको गीत गाएर । ३, दलेर मुखमा घिउ बहुरूपी जोगी आउँदैछ सबैले संज्ञान लिउ ।
राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ … १, देशको अँध्यारो पाटो युग रोएको भूमिमा आइपुगेन गाउँसम्म बाटो। २, युवाहरू यसरी जागे हुल बाँधेर कठै! परदेशको बाटो लागे । ३, जीवनको दीप हेर बल्दैछ उज्यालो खोज्दै निभेर जानेछ कतिखेर।
बि.कुलुङ, दार्जिलिङ रंगबुल … १, देशको हालत देखी मरौँ जस्तो लाग्छ एउटा सन्देश लेखी। २, देशको मुहार फेर्न एकपटक सबै जाऔॅं अब सिंहदरबार घेर्न । ३, जनतालाई दुःख भार मेरो देशका नेताहरू गर्न छोड्दैनन् भ्रष्टाचार।
ललिता सिन्धुली, हाल काठमाडौँ … १, काम गर्यौ अधुरो अपजस मात्रै पाउने मेरो अभागी पुर्पुरो। २, बुझिएन भावीको लेखान्त भएर मन बैरागी सधैँ खोज्छ एकान्त । ३, भाग्यको खेल कस्तो ? बेकार भयो जीवन मानौँ, डुल्ने कुकुरजस्तो ।
लक्ष्मण देउवा डोटी, हाल भारत … १, आयो वार्षिक होली मिली हामी आपसमा खेलौँ रङहरू घोली । २, मदिरा सेवन नगरौँ गरौँ मिष्ठान्न सेवन होलीमा रौनकता भरौँ । ३, फुल्यो गुराँस धपक्कै रातो रङमा सजियो वसन्तमा होली सपक्कै ।
हरिगोपाल प्रधान, काभ्रे, बनेपा – १४, साँगा बजार … १, गरेर मनले सामना खुसी चौतर्फी छायो पुगोस् सबैको कामना । २, मनको भित्र बास डुल्न आऊ सधैँ तिमी नै खास ! ३, जन्मिए हजार भ्रष्ट देश लुटेर खाएका देखियो झन् प्रष्ट ।
सहयात्री शोभा अर्याल, रुपन्देही … १, याद मुटुमा बस्छ जति बिर्सूँ, भन्छु झन् उति डस्छ l २, हानेर घातको वाण अझ भन्छौ निष्ठुरी खै, खतको प्रमाण? ३, रहन्न हरदम खुसी सम्झिने छौ अतीत आँसुले मार्दा बुर्कुसी l
बाबुराम गौतम, गुल्मी … १, स्वार्थी मानिससँगको नाता आइपर्दा काम नलाग्ने रहेछ चुहिने छाता । २, समयसँग जुध्न सक्नुपर्छ हुँदैन आफन्त पनि आफ्नो अचेल बुझ्नुपर्छ । ३, आफूमा राख्नु विश्वास देखावटी छन् दुनिया नगर्नु कसैबाट आस ।
सरला माझी … १, गोजीभित्र हुन दाम दैनिकी चलाउन हामीले गरौँ दैनिक काम । २, होली खेल्ने चाहना मनमा उमङ्ग भएपछि होलीको हार्दिक शुभकामना । ३, सबैसँग बनेर मित्र सम्झेर आएको पाहुनालाई बोलाउनू, सधैँ घरभित्र ।
श्रीकृष्ण धामी, बझाङ … १, अनौठो मेरो जन्म बाले भने मुल्याहा नि:शुल्क हरेक कर्म । २, जान्छु म त्यहाँ भोक निद्रा प्यास मेटाउन पाउँछु जहाँ । ३, तिमी चाँदनी बन सितारा म बन्छु बजाऔॅं सङ्गीत धुन ।
योगप्रसाद उपाध्यय चापागाईं, गोठाटार, काठमाडौँ … १, मिठो वचन बोली खेलौँ साथी मिलेर रङको पर्व होली । २, खुसीको पर्व आयो बाल्टिनमा रङ भरी खुसीले भाइ रमायो । ३, विजयको उत्सव होली खेलौँ सद्भावका साथ आफ्नो हृदय खोली ।
शशीश्री आचार्य … १, छुटिन्छ पाप, धर्म नरुवाऔॅं बाँचुन्जेल कसैलाई सबैले गरौँ सुकर्म । २, साहित्य बगैँचामा रमाऔॅंला शब्द रचना मिलाउॅंदै अमर भई जमाऔॅंला ।
दुर्गा भट्टराई, मोरङ … १, अॅंध्यारो छ रात छैन बात केही छुट्यो सबैको साथ । २, घाम बनी आउनू छाउनु किरण बनी मलाइ माया लाउनू । ३, नेता जति गिरेका पिर्नु पिर्छन् जनता बगलीमा छुरा भिरेका ।
उपेन्द्र भट्टराई, बानेश्वर, काठमाडौँ … १, रुने कला पनि सिक्ने मौका पाएँ सुखको दिन गनी २, पीडा लुकाई हाँसे मुस्कान त्यतिको खुलेन बाँकी जीवन साँचे। ३, जिन्दगी छ छोटो नदुखाऔॅं चित्त कसैलाई नबनोस् जिन्दगी खोटो।
राजेश्वरी राजोपाध्याय, ललितपुर … १, बाँकी खेर गयो तिम्रै यादको ढाकर बोक्न कठिन भयो । २, म बस्छु ढुकेर हेर्न उन्नति प्रगति तिम्रै दिलमा लुकेर । ३, शत्रु, वैरी ढलोस् गोडमेल गर्नु मनले हरदिन खुसी फलोस् ।
निलहरि काफ्ले, सिन्धुली (हाल काठमाडौँ) … १, प्रभातीय नमन भनियो सबेरै निद्रा खुल्नेबित्तिकै ओछ्यानबाट स्नानघर सरियो । २, भगवान्मा ध्यान जाओस् हरेक बिहान उठ्नेबित्तिकै प्रभुको नाम गाओस् । ३, संसारको अकाट्य कथ्य हामी सबैले बुझ्नुपर्ने मृत्यु मानवको तथ्य ।
झिल्का लेखन अभियानको छैटौँ शृङ्खला (खुसी विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियोे ।
झिल्का कविता लेखन अभियानको यस शृङ्खलामा विगतका शृङ्खलामाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६० जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
उक्त अवसरमा सहभागी सम्पूर्ण झिल्काकारहरूप्रति प्रशिक्षक वसन्त अनुभवले हार्दिक कृतज्ञता प्रकट गर्दै बधाई तथा शुभकामना दिनुभएको थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
———-<•>———- [१] १) रहेमा प्रफुल्ल मन दूर भाग्दछ चिन्ता सार्थक बन्छ जीवन ! २) नियालेर हेरे आफूभित्र भेटिनेछ अनुपम खुसी जिन्दगीको सही चित्र ! ✍️ वसन्त अनुभव घोराही, दाङ ———-<•>———- [२] १) चिन्ता नलिनू कहिले पिराेलिन्छ सधैँ छाती थाहा भयाे अहिले ! २) खुसीका पारौँ पाेका दु:ख कसैलाई नदिऊँ जीवनमा नहाेस् धाेका ! ✍️ रबि पाैडेल दक्षिण भारत पाण्डेचरि ———-<•>———- [३] १) मनको बहलाई रोकेर नराख ढुक्कले सुखमा धोका हुनेछ जोखेर ! २) अमृत पिउछौँ भनेर असल खराव चिन्नेछौँ सृजना रचेछौँ गनेर ! ✍️अम्विका अधिकारी झापा बिर्तामोड ———-<•>———- [४] १) हुन्छ खुसी आफुभित्र नखोजौँ अपनाऔँ सधैँ राम्रो विचार मित्र । २) हटाऔँ नकारत्मक विचार मनमा जलाऔँ ज्योति गरौँ सबैसँग प्यार । ✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८ ———-<•>———- [५] १) सक्नुपर्छ आफैँ रमाउन पर्दैन मान्छेलाई साँच्चै अथाह सम्पत्ति कमाउन। २) नगर्नू अरूको डाहा रमाउनु पर्छ भएकोमा जिन्दगी हुन्छ आहा ! ✍️ शंकर कार्की थाहा ३ मकवानपुर। ———-<•>———- [६] १) बाहिर छैन खुसी मनमा उठ्ने विचारले खुसी लैजान्छ चुसी ! २) जीवन जिउने कला खुसी मिल्छ साथी दिनदु:खीको गरौँ भला ! ✍️ दीपा समभाव काठमाडौँ ———-<•>———- [७] मन खुसी राख्नुहोस् हुन्छ जीवन अमूल्य जीवनको महत्व चाख्नुहोस् | ✍️ सरिता सेढाई, धादिङ ———-<•>———- [८] १) जीवनको गीत गाउँछु कमाएर धन सम्पत्ति खुसी किनी ल्याउँछु। २) आस्था विश्वास भर खुसी मिसाई एउटा बनाउँछु सुन्दर घर ! ✍️ नवशिला, नवदेव मार्ग , लालभित्ती,मोरङ। ———-<•>———- [९] १) असल कर्म गरौँं सफलता हासिल गरेर मनमा खुसी भरौँ । २) चिन्ताले खुसी छाउँदैन नयनमा आँसु बाेकेर मनले शान्ति पाउँदैन । ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर । ———-<•>———- [१०] १) खुसी हुन जीवनमा खराब कुरा नराखौँ कहिल्यै पनि मनमा । २) खुसी भन्ने कुरा सन्तोष लिन सके बल्ल हुन्छ पूरा । ✍️ बाबुराम पाण्डे अर्घाखाँची ———-<•>———- [११] १) खुसी भनौँ कसरी परेको छु दोधारमा नभनौँ मन धर्धरी । २) लाग्यो वसन्त प्रकृतिको छैन हर्षको वातावरण सधैँ उहीँ प्रवृतिको ! ३) जसरी पनि खुसी जिन्दगीमा रम्नै पर्दोरहेछ हुँदा पिर झुसी ! ४) दुई दिनको चोला खुसीमा रमाऔँ जमाऔंँ पछि जे होला । ✍️ टिकाराम पुन पुकार छत्रेश्वरी गाउँपालिका २ सल्यान ———-<•>———- [१२] १) खुसी हुँदा मन शृङ्गारभन्दा नि राम्रो अनुपम देखिन्छ तन । २) अमुल्य यो जीवन खुसी भएर जिउने सर्वोपरी होइन धन । ✍️ संगीता खरेल चन्द्रागिरी ८ काठमाडौंँ ———-<•>———- [१३] १) एकदमै आनन्द मिल्छ कसैले दिन नसकेको खुसी शब्दले दिन्छ । २) मनमा खुसी आओस् आफूसँग छैन भने त्यसको रहर नहोस् ! ✍️ भावना थापा बझाङ ———-<•>———- [१४] अमूल्य ठानेमा सन्तोष भेटिन्छ मनमा खुसी दिइन्न कसैँलाई दोष । ✍️ सुस्मिता अधिकारी ———-<•>———- [१५] काठमाडौँ खुसी खोज्ने नाममा नलाग्नू है कहिल्यै तिमी गलत काममा । ✍️ उमा दाहाल ———-<•>———- [१६] १) खुसी छाउँछ मनमा धेरै परिमाण गर्नेको हाँसो ल्याउँछ जीवनमा ! २) नजाउँ खुसी खोज्न आफूभित्र लुकेको हुन्छ सक्नुपर्छ चिनेर रोज्न ! ✍️अच्युत घिमिरे सर्पाङ, भुटान🇧🇹 ———-<•>———- [१७] १) मन तृप्त जब आन्नद प्रभु चिन्तनमा खुशी मिल्दछ तब । ✍️कार्की डिबी माकुम सुनवल-४, नवलपरासी ———-<•>———- [१८] १. छरेर खुसीका रङ्ग हुँदा शीतल चौतारी आफ्नै मनिस दङ्ग ! २. मनको उज्यालो छर्दै खुसी मनाऔँ साथी अनुपम काम गर्दै ! ✍️आर्त अकुलीन ———-<•>———- [१९] दिनसक्छु खुसी तिमीलाई मायाको झोली भरिदेऊ मृत्युुपछि बैतर्नी तर्नलाई ! ✍️ दिल ठकुरी ———-<•>———- [२०] १. खुसी किन आउँदैन तिमी टाढा भएदेखि रमाइलो पनि छाउँदैन । २. कोईली मिठो गाउँदैन सबैका खुसी आउँछन् मेरो चाहिँ आउँदैन । ✍️ शशीश्री आचार्य बौद्ध कुमारीगाल काठमाडौँ ———-<•>———- [२१] १. जतिसुकै मार्नु बुर्कुसी अशान्त भएदेखि हृदय पाउँदैन खोजेर खुसी । २. विदेश गएर कमाउने यथावत् खुसीको धोको चालीस पुगि रमाउने । ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे ———-<•>———- [२२] १. उकालोमा चौतारी भेट्दा बगरै बगर माझ लागेको प्यास मेट्दा । २. बिझेको काँडा झिकेपछि अँध्यारो जिन्दगीमा मैले उज्यालो पाठ सिकेपछि। ✍️ पृथक प्रकृति ,झापा ———-<•>———- [२३] १. खुशी नै हाम्रो कथै छ जीवन साथी कति राम्रो ! २. आनन्द छ सबैलाई एउटा विश्वासिलो भरोसा दुःख नदेऊ कसैलाई । ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ भारत ———-<•>———- [२४] १. सन्तुष्टि परम सुख मूलमन्त्र हो खुशीको महदुस हुन्न दुख ! ३. उज्यालो हुन्छ मुहार स्वयम् खुसी भए अन्यसँग नमागौँ गुहार ! ✍️मोती सुब्बा दार्जिलिङ निमकी डाँडा। ———-<•>———- [२५] १. मनमा नभए क्लेश जहाँ जता जाउँ हुन्छाैँ खुसीमै प्रवेश ! ✍️ हरिगाेपाल प्रधान काभ्रे, बनेपा १४ साँगा बजार । ———-<•>———- [२६] १. खुसीको लहर छल्कियो हेरिदिँदा मायाले आज मुहारमा मिठास झल्कियो । ✍️ अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ संखुवासभा । ———-<•>———- [२७] १. सारा थकाई भुलेर एकछिन बात माराैँ साथी खुसीले फुलेर ! २. माेज आनन्दकाे राजमा सारा पिरव्यथा बिर्सेर रमाऔँ साथी साँझमा ! ✍️ मनुहाङ किराँती सोलु, महाकुलुङ – ५ चाचालुङ ———-<•>———- [२८] १. खुसी मिल्ने ठाउँ मनमा खुसी छैन मुटभित्र छ घाउ ! २. खुसी मेरो पाहुना आउँछ छिट्टै जान्छ डुलेर देहको छेउकुना ! ✍️ भुपेन्द्र राना मगर धादिङ ———-<•>———- [२९] १. खुसीले काम गरौँला समाजमा नाम राखेर सुन्दर बास्ना छरौँला २. खुसीको उज्यालो बालेर बसौँ सामाजिक सेवामा ज्ञानको ज्योति छरेर ✍️ बेदु न्यौपाने ———-<•>———- [३०] १. राम्रो बाटो समाउनू आफ्नो नाम राखेर सधैँ खुसीमा रमाउनू । २. खुसी भएर बाँच्नुपर्छ एकचोटी पाएको जीवनमा नरोई खुसीले नाँच्नुपर्छ । ३. हरेस् खानु गल्ती बुझेर अघि बढौँ यो समाजको चल्ती ! ✍️ ललिता सिन्धुली हाल काठमाडौँ ———-<•>———- [३१] १. खुसी जिवनको यात्रा सबैसँग हाँसीखुसी रहनुस् कहिल्यै नघटाई मात्रा । २. अरूलाई खुसी दिनुहोस् नचुकाई यस्तो अवसर बदलामा खुसी लिनुहोस् ! ✍️ चुडामणी देवकोटा चनपा १३ काठमाण्डौ ———-<•>———- [३२] १. कहाँ हराए कहाँ बित्छन् खुसी खोज्दै सारा जीवन यहाँ । २. चाहिँदैन वैभव धन भण्डार भए खुशीको सन्तोष हुन्छ मन । ✍️ बिके मुखिया दार्जिलिङ भारत ———-<•>———- [३३] १. पाइँदैन मनले रोजी अगाडि पाइला चालौँ खुसीको बाटो खोजी । २. नयाँ काम थालौँ मनले खुसी मानेर रिसराग दम्भ फालौँ । ✍️ लक्ष्मण देउवा डोटी हाल भारत ———-<•>———- [३४] १. मनमा नलागोस् ढुसी असल कर्म गरेर पाउन सकिन्छ खुसी ! २. प्रफुल्ल भए मन उत्साह, उमङ्ग भरिई सुन्दर बन्छ जीवन । ✍️ रुना कर्माचार्य दाहाल चितवन ———-<•>———- [३५] १. उनको झल्को मेटियो बाटो मोडेर जानेलाई त्यहीँ पर भेटियो ! २. थोरै नि कमाए मनलाई वशमा राखी चित्त बुझाई रमाए ! ✍️ कला ढकाल, झापा ———-<•>———- [३६] खुसीले मन बहलाउँछ सदाबहार मनमा छाएमा तब प्रबलता कहलाउँछ । ✍️ प्रेम थापा “मन”बागलुङ ———-<•>———- [३७] १. दु:खपिर सबै सहनू दुई दिनको जिन्दगीमा सदा हाँसीखुसी रहनू । २. जिन्दगीमा सधैँ हाँस्ने पाएको जिन्दगीमा हामीले त्यत्तिँकै किन मास्ने ? ✍️श्रीकृष्ण धामी – बझाङ ———-<•>———- [३८] १. अनुभव विचार साटौँ कसका निम्ति प्रतिस्पर्धा आपसमा खुसी बाटौँ । २. खुसीको गीत गाउँदछौँ भलो गर्दा असहायको अपार आशिष पाउँदछौँ । ✍️ राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ । ———-<•>———- [३९] १. दिल खोलेर हाँसौ दुई दिनको जिन्दगीमा खुसी भएर बाचौँ । ✍️ अनिता भण्डारी ताप्लेजुङ ———-<•>———- [४०] १. खुसीमा उमङ्ग छरेर साथको अपेक्षा राख्दछौँ मित्रता कायम गरेर । २. उमङ्ग उत्साह लिएर मित्रता बन्धन बाँधियो निस्वार्थ भावना दिएर ! ✍️ बिकास छेत्री अञ्जान बिजनबारी, दार्जिलिङ। ———-<•>———- [४१] १. खुसी हुन सिक रमाइलो छ जिन्दगी ती फोहोरमैला झिक । २. खुखी त्यसै आउँदैन कडा मेहनत गरौँ श्रमले घाटा लाउँदैन । ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा ———-<•>———- [४२] १. खुसी आफैँ खोजेर रमाएर बाँच्न सकौँ मनले उमङ्ग रोजेर ! २. नजिँकैछ खुसीको मूल टाढा खोजेर भेटिन्न अरूसँग मागे भूल ! ✍️ इन्दिरा देवकोटा ———-<•>———- [४३] नखोजौँ धेरै कमाउन आफूसँग छ जति त्यतिमै सक्नुपर्छ रमाउन । ✍️ डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा. पा. -६, दोलखा । ———-<•>———- [४४] १. खुसी आफैँले खोज्ने सत्य कर्ममा हिँडेर सत्य बाटो रोज्ने । २. मनैदेखि नै हाँसेर रमाएर बाँच्नु सबैले प्रेमको माला गाँसेर ! ✍️ दुर्गा आचार्य मोरङ ———-<•>———- [४५] १. चङ्गा बनाई जीवन खुसीले रमाउनुछ परिवारमा मिलाई मनमा मन ! २. भरोसा एक अर्कामा गाउँदै प्रेमील गीत बसौँ हिउँद बर्खामा ! ✍️ बाल कृष्ण श्रेष्ठ सोलुखुम्बु ———-<•>———- [४६] १. सुखमा खुसी छैन धेरै सम्पत्तिको चिन्ताले निद्रा लाग्ने हैन । २. औषधि नै खुसी ह्रदयबाटै निकाल्न नसक्दा मन भैरहन्छ झुसी । ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-अमेरिका,बोस्टन। ———-<•>———- [४७] १. देखेर फूल सुन्दर आत्मविभोर बनी खुसी प्रफुल्ल खुल्छ मनोहर ! २. नलागोस् कतै ढुसी पवित्र माया प्रेममा सधैँ रमोस खुसी ! ✍️ विवश पारदर्शी झापा, ———-<•>———- [४८] १. हर्ष छाउँछ जीवनमा गर्नुपर्छ हामीले सङ्घर्ष खुसी आउँछ मनमा । २. मनमा खुसी छाएन कहिले आउँछ खुसी न्याउलीले गीत गाएन । ३. खुसीको उज्यालो छर्दै सुखी हुनुपर्छ हामी असल कार्य गर्दै । ✍️ सहयात्री शाेभा अर्याल रुपन्देही ———-<•>———- [४९] १. खुसी होइन तलास आत्मसन्तुष्टि हो मनको भन्नुपर्दा त खास ! २. बुझ्नेले आफूभित्र पाउँछन् खुशीको अर्थ नबुझ्नेले भौतारिँदै बाहिर धाउँछन् । ✍️ सरला माझी ———-<•>———- [५०] १. अनुशासनहीन छ शासन कसरी खुसी हुनु सपनाको भ्रमपूर्ण आश्वासन ! २. बैगुनीले छाडेर गयाे मायाकाे सपना देखाई खुसी निराशा भयाे । ३. सकारात्मक साेच देखेँ अलिकति खुसी पलायाे झिल्कामा रमेर लेखेँ । ✍️ प्रद्युम्न चालिसे ———-<•>———- [५१] १. सुर्ता नलेऊ मुसी परदेशी बनेको हुँ बटुल्नलाई तिम्रो खुसी !। २. रहनू सदैव हँसमुख शत्रुसामु कहिल्यै पनि नबिसाउनू मनको दुख l ✍️ बाबुराम गौतम, गुल्मी ———-<•>———- [५२] १. लाग्दैन जीवन अन्धकार बाँडेमा मनका बेदना खुसीको हुन्छ सन्सार ! २. दुःख जीवनको अङ्ग हाँसेर गरौँ समाना आउँछ खुसीको रङ्ग ! ✍️सीमा कार्की समर्पण, काठमाडौँ । ———-<•>———- [५३] १. खुसी नै धन रमाउँ आफ्नाे भाग्यमा बनाउँदै फरकिलाे मन ! ✍️ उर्मिला के.शी. धनकुटा ! ———-<•>———- [५४] १. खुसी सागर बनाऊँ दु:ख बगाई लान्छ हरदिन उत्सव मनाऊँ ! २. आफैँ खुसी बने जगत हाँस्न सक्छ दर्द दिएनौँ भने ! ✍️ नील हरि काफ्ले सिन्धुली (हाल काठमाडौँ) ———-<•>———- [५५] १. प्रसन्न हुन्छ मन दुखीलाई सहयोग गरी बिताऔँ खुसी जीवन ! २. कहिल्यै मन रुँदैन असल मान्छे बनौँ दुःखले हामीलाई छुँदैन । ✍️ प्रविना प्रयासी ओखलढुंगा ———-<•>———- [५६] १. उखुझैँ देश चुसी कन्टेनर बन्न लाग्दा कसलाई होला खुसी ? २. बिहे गरेर मुसी आफन्त पराई भए हरायो सबै खुसी ! ✍️ नेत्र घिमिरे सूर्यविनायक ,भक्तपुर । ———-<•>———- [५७] १. खुसी शब्द मेरा दुखेको काँध बन्यो कति सर्नु डेरा ! २. बालापनको खुसी हराए जतासुकै खोज्दा भेटिएन नबुझ्ने जति कराए ! ✍️ राजेश्वरी राजोपाध्याय ललितपुर ———-<•>———- [५८] १. लाखौँ सपना बोकी सङ्घर्षबिना नै त्यसै कहाँ आउँछ खुसी ! ✍️ कविता गुरुङ रोल्पा ———-<•>———- [५९] १. खुसी हुँदा मन संसार देखिन्छ उज्यालो जताततै हेर्दा झन ! २. मनमा खुसी लिएर नहिँड्नु कहिल्यै अगाडि अरूलाई दुःख दिएर ! ✍️नाम केसर बाेहरा ( सङ्घर्ष ) सुदूरपश्चिम अछाम । हाल भारतबाट ।। ———-<•>———- [६०] १. रङ्गको पर्व होली खेलौँ सद्भाव राखेर लगाम लगाई बोली ! ✍️धनमाया चौधरी ———-<•>———-
विशेष झिल्का लेखनको छैटौँ शृङ्खला (कविता दिवस) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालले २०८० चैत ७ गते विश्व कविता दिवसको विशेष अवसरमा उक्त कार्यक्रम आयोजना गरेको थियो ।
झिल्का कविता लेखनको यस विशेष शृङ्खलामा विगतका शृङ्खलामाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६५ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
~~~ १) जोडेर शब्दहरूको थुङ्गा विश्व परिभ्रमण गरौँ खियाउँदै भावको डुङ्गा ! ✍️ वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ —–<•>—– २) साहित्यको रस कवितामा छ फूलझैँ सुगन्धित झिल्कामार्फत दिएँ करारनामा । ✍️ म्यामराज राई, भोजपुर —–<•>—– ३) गरेर नौला शब्दग्रहण भावनाको जहाज बनाई गरौँ विश्वको परिभ्रमण l ✍️ बाबुराम गौतम, गुल्मी —–<•>—– ४) भावले ममता भर्न कविताको माध्यमबाट सदा सचेतनाको बीउ छर्न । ✍️ प्रेम थापा “मन”बागलुङ —–<•>—– ५) लेखौँ कविता रमेर शब्दको पहिचान गरौँ साहित्यमा हामी जमेर ! ✍️ मन्दिरा सेढाई मलेखु,धादिङ —–<•>—– ६) उड्छु म भावनासङ्ग घरी बिलिन हुन्छु घरी त झसङ्ग ! ✍️ पुष्पा सुवेदी —–<•>—– ७) पूरा होस् चाहाना कविता दिवस विशेष सबैलाई हार्दिक शुभकामना ! ✍️अनिता भण्डारी ताप्लेजुङ —–<•>—– ८) कवितामा सबैलाई जोडौँ संसारको परिभाषा सिकेर विश्व कवितालाई मोडौँ ! १. अक्षरको खेती गरौँ सबैलाई छ माया कविता लेखेर भरौँ । २. ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ भारत —–<•>—– ९) लेखौँ कविता आज मन खुसी बनाई गरौँ दिलमा राज। ✍️ अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ संखुवासभा । —–<•>—– १०) कविता नै ताल जसको माध्यम हामी बुझिन्छ प्राकृतिक हाल ! ✍️ शोभा आचार्य गौतम काठमाडौँ —–<•>—– ११) मिठा कुरा गरेर बस्छन् भ्रम छर्दै जान्छन् यिनै सडेर । १. लेखिन्छ कविता मिठा कल्पना कला यथार्थ छर्दै भाव छिटा । २. ✍️ कपिल किशोर घिमिरे —–<•>—– १२) कविता पढेर रमाऔँ साहित्यले दिन्छ ज्ञान कृति रचेर जमाऔँ । ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर ठिमी ५संगम काेलाेनी राधे राधे भक्तपुर —–<•>—– १३) अक्षरहरूको भव्य मेला नयाँ पुराना सर्जकहरू कविता दिवसमा भेला । ✍️ राजेन्द्र प्रधान पासा —–<•>—– १४) कलम कापी समाउने उथलपुथल मनको भावहरू पोखेर शब्दमा रमाउने ✍️ संगीता खरेल काठमाडौँ —–<•>—– १५) पुगोस् सबैको चाहना आज विशेष दिनको सबैमा भव्य शुभकामना ! ✍️ शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ —–<•>—– १६) आफूलाई कवि ठान्दिनँ तर लेख्छु कविता दिक्क कहिल्यै मान्दिनँ । ✍️ कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ —–<•>—– १७) झिल्का कविता लेखेर समुहमा जोडिँदै छु भव्य सहभागीता देखेर । ✍️ धनमाया चौधरी —–<•>—– १८) भावना बने रचना बग्छन् नदीझैँ सलल परिचय पाउने सम्भवना । ✍️सुस्मिता अधिकारी, काठमाडौँ —–<•>—– १९) पलाओस् साहित्यिक भावना सम्पूर्ण साहित्यिक मनहरूमा कविता दिवसको शुभकामना ! ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे —–<•>—– २०) नमानी डर लाज चोरेर नखाँदा राम्रो चोरेको पुग्दैन काज । १. खेलेर कविताका डुङ्गामा झिल्का सिन्कामा उन्छु खियाउँदै भावको गङ्गामा । २. ✍️ टिकाराम पुन पुकार छत्रेश्वरी गाउँपालिका २ सल्यान —–<•>—– २१) लेखाैँ कविता जानेर गाँस्दै एकताको भावना कविता दिवस मानेर । ✍️ रबि पाैडेल, दक्षिण भारत । —–<•>—– २२) मनको भावना कविता शब्दबाट व्यक्त हुँदा दुनियाँ हेर्छ रमिता । ✍️ रुना कर्माचार्य दाहाल चितवन —–<•>—– २३) शुभकामना कविता दिवस लेख्दै जाऔँ सबैले आउनेछ मिठो रस ! ✍️ सुरेशकुमार पाण्डे —–<•>—– २४) स्वच्छ रहोस् भावना साहित्यप्रेमी सर्जक सबैलाई कविता दिवसको शुभकामना ! ✍️ मन्जु बोहरा, बझाङ —–<•>—– २५) मनको तरङ्ग पोखिन्छ साहित्यमा लेख्छु कविता सबैको मनमा ठोकिन्छ। १. हरेकमा जागोस् भावना कलम चलाउने गरौँ साहित्यमा अझै शुभकामना ! २. ✍️ शंकर कार्की थाहा ३ मकवानपुर। —–<•>—– २६) राखौँला सुन्दर भावना विश्व कविता दिवसको हार्दिक शुभेच्छा शुभकामना ✍️ मोती सुब्बा दार्जिलिङ निमकी डाँडा । —–<•>—– २७) रोपेर सिर्जनाको फूल कवि कवितामा हराउँदा रसाउँछ सभ्यताको मूल ! ✍️ आर्त अकुलीन —–<•>—– २८) भावभित्र सुटुक्क पसेर लेख्नेछु कविता मैले अबदेखि कम्मर कसेर ! ✍️ सरिता सेढाई, धादिङ —–<•>—– २९) रमेर कवितामा हामी यसैमा मलजल गरी जिन्दगी बनाउँ दामी । ✍️ पुष्पा राई, खोटाङ । —–<•>—– ३०) हामीले गरेर अहिलेसम्म शब्द शब्दको खेती खुसी बटुल्यौँ लटरम्म । १. साहित्य सेवा गर्यौँ आनन्दले बचौँ पनि केही सन्देश छर्यौँ । ✍️ पृथक प्रकृति ,झापा —–<•>—– ३१) लेखेर सुन्दर भावना विश्व कविता दिवसको सबैमा हार्दिक शुभकामना ! ✍️ बेदु न्यौपाने —–<•>—– ३२) कविता बन्छ राम्रो शब्द शब्द जोडेर लेखिन्छ नाम हाम्रो । ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा —–<•>—– ३३) फुटाउनुछ साहित्यको मूल रमाउँदै झिल्का साहित्यमा फुलाउँदै सृजनाको फूल । ✍️ तोया नाथ चापागाईं दमक,झापा —–<•>—– ३४) म कल्पनामा हराँए आजको दिनमा तिमीलाई एउटा कविता चढाँए । ✍️ ध्रुव श्रेष्ठ । —–<•>—– ३५) कविताको बगैँचा बनाई निर्माण गरौँ संरचना सबैको साथ पाई ! ✍️ सीमा कार्की समर्पण मेलचोक पर्सा —–<•>—– ३६) रमाउँदै झिल्का लेखिन्छ तितोमिठो शब्दहरू जोड्दा कविता मजाकि देखिन्छ । ✍️ कला ढकाल झापा —–<•>—– ३७) लेखन कविको काम भावनात्मक संसारको सृजना रच्न नलागोस् रोकथाम ! ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹 —–<•>—– ३८) भावनामै त्रिलाेक चहार्दै कबिताकाे धारा बहाएँ झिनामसिनात्रुटि सुधार्दै ! ✍️ हरिगाेपाल प्रधान काभ्रे,बनेपा १४ साँगा बजार । —–<•>—– ३९) भावना उमार्दै मनमा गोडमेल गर्दैछु शब्दलाई कवित्व फुल्दैछ तनमा ! ✍️ नील हरि काफ्ले सिन्धुली (हाल काठमाडौँ) —–<•>—– ४०) लेखिन्छ कविता रमेर शब्दमा शब्द मिलाउँदै ज्ञानको ज्योति छरेर ! ✍️ सहयात्री शोभा अर्याल, रुपन्देही —–<•>—– ४१) रवि नपुगेकोमा कवि सिर्जनाको मूल भर्न देखाउॅंछन् आफ्नो छवि । १. कविताको सिर्जना गरौँ खोज्दा पाइन्छ हराभरा सभ्यताको मूल भरौँ। २. लेख्दै गरौँ कविता देशका विभिन्न गतिविधिको देखाउन हैन रमिता। ३. मनका भाव पोखेर कविले देखाउॅंछन् सबैको हरेक शब्द जोखेर । ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन। —–<•>—– ४२) आज कविता दिवस लेखाैँ शव्द खाेलेर कसैलाई नपारी विवश ! ✍️ उर्मिला के.शी. धनकुटा —–<•>—– ४३) शब्द शब्द जाेडेर लेखिरहन्छु म कविता समय सापेक्ष माेडेर । ✍️ त्रिलाेचन भण्डारी मेचीनगर, झापा —–<•>—– ४४) रहोस् समिपताको भावना सम्पुर्णमा झिल्काको मझेरीबाट कविता दिवसको शुभकामना ! ✍️ दीपा समभाव काठमाडौँ —–<•>—– ४५) पाइन्न भाव कवित्व देखाई रमिता शब्दकै बन्ला कवि व्यक्तित्व ? ✍️ नेत्र घिमिरे सूर्यविनायक,भक्तपुर । —–<•>—– ४६) तैरिँदै भावको गङ्गामा भरिभराउ हुँदा मनमस्तिष्क पोखियो कविता चङ्गामा । १. डुब्दै भावनाको गङ्गामा रचिए कविताका लहरहरू आकाश छुने चङ्गामा । २. दुखेसो पोखेँ कवितामा चुर्लुम्मै डुबाउने कलमले सलल बगाए सरितामा । ३. ✍️ राजेश्वरी राजोपाध्याय ललितपुर —–<•>—– ४७) जनमनमा छाएको भाव मुख्य शृङ्गार साहित्यकाे पर्दछ समाजमा दबाब। ✍️ प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे । —–<•>—– ४८) विश्व कविता दिवस दुईचार शब्द कोर्नै कोही अल्छी विवश । ✍️ चुडामणी देवकोटा —–<•>—– ४९) कविता लेख्ने चाहना विश्व कविता दिवसको सबैलाई हार्दिक शुभकामना ! ✍️ श्रीकृष्ण धामी – बझाङ —–<•>—– ५०) जोडेर शब्दको माला सुन्दर कविता लेखेर खोलौँ साहित्यको ताला । ✍️ धनुष न्यौपाने गुठीचौर गाउँपालिका ०४ बिगारे जुम्ला —–<•>—– ५१) लेखिन्छ कविता अब निखारेर काल्पनिक कला छर्लङ्ग पार्दै सब । १. जोड्दै शब्द माला कल्पनामा सयर गर्दै खोलिन्छ साहित्यिक प्याला ! ✍️ दुर्गा भट्टराई मोरङ —–<•>—– ५२) कविताको खेती गर्नुछ साहित्यलाई माया गर्दै कविताले पाना भर्नुछ । ✍️ प्रेम शर्मा एकान्त प्रेमी —–<•>—– ५३) कविको भावना छाउछ फुलेर साहित्य विश्वमा कलमको निखार आउछ । ✍️ बिकास छेत्री अञ्जान बिजनबारी, दार्जिलिङ —–<•>—– ५४) उछिट्टिएर झिल्काे पोलेछ दुख्याे बिचरा उसलाई ऎया भनेर बाेलेछ ! ✍️ शालिकराम दाहाल —–<•>—– ५५) शब्दहरू मिलेर कविता साहित्य समाजको दर्पण नबनोस् समाजमा रमिता । ✍️ कार्की डिबी माकुम सुनवल-४, नवलपरासी —–<•>—– ५६) कवितामा भावना पोखौँ सुन्दर अक्षर जोडेर अञ्जुलीमा शब्द जोखौँ १. भावना कवितामा आयो मन चङ्गा भएर ओठमा मुस्कान छायो २. ✍️ शशीश्री आचार्य बौद्ध कुमारीगाल काठमाडौँ —–<•>—– ५७) अर्को शब्द जन्माएर रहनेछ युगौँयुगसम्म नै कविताको जन्मान्तर बढाएर ! ✍️ भावना —–<•>—– ५८) गर्नुहुँदैन है जिद्दी लेख्नू एउटा झिल्का हुन्छ आज सिद्धी । ✍️ भवानी पाेखरेल (बाबू विराज) बाणगङ्गा १ चार नम्बर, कपिलवस्तु —–<•>—– ५९) दर्शकलाई छैन चासो कविता सुनाउँ कसरी अनर्थ भन्छन् भाषो ! ✍️ अम्बिका अधिकारी झापा बिर्तामोड —–<•>—– ६०) बहोस् साहित्य धारा पिएर होस् तृप्त रम्छ जगत सारा । ✍️ शोभा शाह थापा —–<•>—– ६१) स्वच्छ सफा भावना यही छ सम्पूर्णमा कविता दिवसको शुभकामना ! ✍️ सुस्मा मगर —–<•>—– ६२) झिल्का कविता आज फुलेको फूल बन्यो सर्वत्र देशविदेश माझ । ✍️ रचना शर्मा प्रतीक्षा —–<•>—– ६३) पुग्दैन जहाँ रवि प्रमाणित गरि हेर पुग्दछ त्यहाँ कवि । ✍️ देव मगर तिनाउ-१,कचल,पाल्पा —–<•>—– ६४) कवि कविता बनाेस् सुन्दर संसार देखाओैँ ‘रवी’ सरीकाे भनाेस् । १. विचार कवितामा पाेखाैँ कल्पनामा सयर गरी भावना आफैँले जाेखाैँ । २. ✍️ रामप्रसाद पुरी,बादेल, खाेटाङ । —–<•>—– ६५) विश्व कविता दिवसमा डुब्न कहिल्यै सकिनँ साहित्यको मधुर रसमा । ✍️ ललिता, सिन्धुली —-<••:जय झिल्का! जय साहित्य!:••>—-
झिल्का लेखन अभियानको छैटौँ शृङ्खला (सामाजिक काम विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियोे ।
झिल्का कविता लेखन अभियानको यस शृङ्खलामा विगतका शृङ्खलामाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७८ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
[१]
असल कर्म गरेर
योगदान दिऊँ समाजमा
छँदैछ जानु मरेर !
✍️
वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ
[२] सेवाभावले गर काम तिमीले देखेको सपना समाजमा राख नाम ! ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ
[३]
आदर्श सिद्धान्त पवित्र
सामाजिक काम राजनीति
नेपालमा छ विचित्र ।
✍️
प्रद्युम्न चालिसे
[४] गर्नुपर्छ समाजको सेवा राष्ट्रको गौरव राख्नलाई हामीले दिनुपर्छ टेवा ! ✍️ गुणनिधि घिमिरे अमेरिका
[५]
पदोन्नति पाउने आशामा
व्यवस्था छ टेवलमुनिको
खुट्टा तानिन्छ भाकामा !
✍️
अम्बिका अधिकारी
झापा बिर्तामोड
[६] देखाउन होइन नाम गरेर देखाऊ समाजमा कहिले नबिर्सने काम । ✍️ शंकर कार्कि,थाहा ३ मकवानपुर।
[७]
दुखीलाई साथ देऊ
अरू नपाए पनि
आशिर्वाद सधैँ लेऊ !
✍️
कला ढकाल, झापा
[८] सामाजिक कार्य गरौँ राष्ट्रलाई महान सम्झेर अघि अघि सरौँ । ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन।
[९]
देखेका ती सपनाहरू
आफैँ पूरा गर्नुपर्दछ
दिन्नन् सहयोग अरू !
✍️
पवन दाहाल
[१०] नखोज्नु नाम, दाम फलको अपेक्षा नराखी गर्नु सामाजिक काम ! ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे
[११]
गर्नू सामाजिक काम
सधैँ सेवा गरेपछि
हुन्छ अमर नाम ।
✍️
श्रीकृष्ण धामी - बझाङ
[१२] समाजिक काम गरी कसैलाई दोष नदिएर कर्तव्यमा अघि बढी ! ✍️ एवाइ प्रभात धनकुटा,सहिदभुमि
[१३]
गरौँ असल काम
यो समाज सुधारौँ
चलाऔँ हाम्रो नाम !
✍️
नवशिला
नवदेव मार्ग, लालभित्ती, मोरङ।
[१४] मनमा उत्साह लिएर बन्नेछ इच्छा समाजसेवी धन जीवन दिएर । ✍️ बाल कृष्ण श्रेष्ठ सोलुदुधकुण्ड न.पा.२ सोलुखुम्बु
[१५]
सेवा कार्य गहन
मानिस विभिन्न थरीका
सक्नुपर्छ है सहन !
✍️
मोती सुब्बा
दार्जिलिङ निमकी डाँडा
[१६] सामाजिक काम गराैँ एकापसमा सद्भाव राखी ज्ञानकाे ज्योति छराैँ ! ✍️ केसर बाेहरा ” सङ्घर्ष “ सुदूरपश्चिम ” अछाम “ हाल ” भारतबाट ।
[१७]
समाजमा सेवा देऊ
नाम जस कमाई
सम्मानित मेवा लेऊ !
✍️
विवश पारदर्शी
झापा
[१८] हुनेछ सामाजिक सेवा सबैमा समभाव भए मिल्नेछ बल्ल मेवा ! ✍️ प्रेम थापा “मन”, बागलुङ [१९] सुधारौँ समाज हाम्रो गरेर असल काम राखौँ नाम राम्रो ! ✍️ अनिता भण्डारी, ताप्लेजुङ
[२०]
कर्मको फल पाउँछ
धैर्य गर्नुपर्छ हामीले
एकदिन पालो आउँछ ।
✍️
लक्ष्मण देउवा डोटी
हाल भारत
[२१] नि:स्वार्थ समाजिक काम आधार हो आत्मसन्तुष्टिको खोजिन्न कुनै दाम ! ✍️ तोया नाथ चापागाईं दमक,झापा,नेपाल
[२२]
गरेर केही उपकार
अँगालेमा हजुर मृत्युलाई
बैतर्नीमा हुनेछ पार !
✍️
बि.कुलुङ
रंगबुल
[२३] राखेर मनमा धृति गराैँ समाजको सेवा नफैलाई कतै विकृति ! ✍️ हरिगाेपाल प्रधान काभ्रे बनेपा १४ साँगा बजार।
[२४]
गरेर परोपकार काम
सबैको हात मिलाई
उठाऔँ देशको नाम !
✍️
कमल प्रसाद बगाले
वालिङ्ग बजार स्याङ्जा, गण्डकी प्रदेश
[२५] बोकेर सेवाको झोला सामाजिक काममा लागौँ जे होला होला ! ✍️ ललिता सिन्धुली हाल काठमाडौँ
[२६]
मिलेर गरौँ काम
इमानदार भै सबैले
राखेर देशको नाम !
✍️
अनुग्रह राना मगर 'पुष्प'
पाँचखपन नपा - ६ संखुवासभा ।
[२७] गलत पाइला चालेर तिमीले के पायौ आफ्नै इज्जत फालेर ! ✍️ सुष्मा मगर, रोल्पा
[२८]
भेदभाव व्यवस्थापन गर्न
हातेमालो गर्नसकौँ कामना
खाल्डाखुल्डी ठाँउ भर्न ।
✍️
पृथक प्रकृति, झापा
[२९] सामाजिक अभियानमा सक्रिय हुँदा समाजमा पाइन्थ्यो खुसीको लहर प्रिय ! ✍️ कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ
[३०]
गरी सामाजिक काम
उन्नति प्रगति गर्दै
चम्काऊ देशको नाम !
✍️
रुना कर्माचार्य दाहाल
चितवन
[३१] समाजमा एकताबद्ध हुँदा सकारात्मक भाव बढ्ने नकारात्मकतालाई सद्भावले छुँदा ! ✍️ संगीता खरेल चन्द्रगिरी ८ काठमाडौँ
[३२]
असल कर्मको गरेर
जोगाऊ सान पुर्खाको
बिकास समृद्धि भरेर !
✍️
दुर्गा भट्टराई
मोरङ
[३३] अभियन्ता पथमा घुमेका बनाउन आफ्नै मुलुक पाइला पाइला चुमेका ! ✍️ नागेन्द्रप्रसाद यादव, दाङ
[३४]
गरे सामाजिक काम
सम्मान दिन्छन् मान्छेले
रहन्छ आफ्नो नाम !
✍️
प्रकृति देवकोटा
चितवन
[३५] गरौँ यस्तो काम जगतको भलाई हाेस् जसले चम्क्योस् नाम ! ✍️ दीपा समभाव काठमाडौँ
[३६]
उज्यालो ज्योति छर्दै
उदाहरणीय बनौँ हामी
सामाजिक काम गर्दै ।
✍️
प्रविना प्रयासी
ओखलढुंगा
~ [३७] गरेमा उदाहरणीय काम मरेपछि पनि जनमनमा रहन्छ शाश्वत नाम । ✍️ बाबुराम गौतम, गुल्मी
[३८]
सामाजिक सेवा गरौँ
पाइन्छ वास्तविक सम्मान
मानवताको शिक्षाले भरौँ ।
✍️
सुस्मिता अधिकारी
काठमाडौँ
[३९] समाजमा बत्ती बालेर गौरव नाम राखौँ कुसंस्कार सबै फालेर ! ✍️ बेदु न्यौपाने🇳🇵
[४०]
कति सुन्दर नाम
सदा समर्पित समाजसेवामा
उस्तै सुन्दर काम !
✍️
श्रीबहादुर केसी शैलुङ्गे
भक्तपुर
[४१] नलागोस् कलङ्कको टीको सामाजिक कार्य नगरे भूमिगत बस्न निको । ✍️ ऋजु दिल्पाली ईटहरी १ सुनसरी
[७३] पाइन्छ राम्रो मेवा कमाइन्छ नाम चारैतिर गरेर अटुट समाजसेवा । ✍️ शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ
[७४]
जीवन समर्पित गर्दै
बढेको छु समाजसेवामा
चेतनाको किरण छर्दै !
✍️
दिल ठकुरी
टिस्टा भेल्ली दार्जिलिङ
[७५] समाजसेवी टिक्दैन यहाँ भ्रष्टाचारीकै छ बिगबिगी मिलीजुली हसुर्छन् जहाँ । ✍️ नेत्र घिमिरे सूर्यविनायक, भक्तपुर । [७६] सामाजमा मच्चियो खलबली भएनन् व्यावहारिक कार्य पसिना छुटायो खलखली । ✍️ अम्बिका अधिकारी झापा बिर्तामोड
[७७]
एकतामा हुन्छ बल
निश्छल हुन्छ जो
उही बन्छ सफल !
✍️
देवी पन्थी
[७८] जित्न खेलेकाे खेल सुरुमै हार खेप्नुपर्यो जिन्दगीले गर्यो झेल ! ✍️ ईश्वर साउद (भिक्षु) सुदुरपश्चिम अछाम रामाराेसन गाउपालिका ६
साप्ताहिक झिल्का लेखन अभ्यासको नवौँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६३ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ०९ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू- … १, फूलको सौन्दर्य मरेपछि के रहेछ जिन्दगी ? बोटबाट बास्ना झरेपछि । २, सपनाले बारम्बार सताउॅंछ राखेर भाग्य अँजुलीमा वैदेशिक अवसरले बोलाउॅंछ । ३, असङ्ख्य आकाशको तारा ललिपप बाँड्छन् जूनसॅंग, जहिल्यै अपूरो अभिभारा ।
म्यामराज राई, भोजपुर … १) लाग्दैछ चिन्ता अचेल खुसी छैन विधाता खेल्दैछ कस्तो खेल ? २) समस्याले बनायो घर आशान्वित हेर्छु दायाँबायाँ आफ्ना छैनन् वरपर ! ३) रहेन जीवनमा मह उजाड भयो जिन्दगी आँखामा आँसुको दह !
वसन्त अनुभव, घोराही उपमहानगरपालिका १४, दाङ … १, आउछन् मलामी भनेर यमराज जाँगर देखाऊ अन्तिम यात्रामा गनेर । २, सुर्य बिहानीमा उदायो हतार उठेर समस्या जात्रामा गएर कुदायो । ३, मनको पीर हटाउनु कमजोर निन्द्रा गराई आत्मनिर्भर नै बढाउनु ।
अम्बिका अधिकारी, झापा बिर्तामोड … १, निस्वार्थ प्रकृतिको सहारा चुलिॅंदा मनवीय स्वार्थ भुल्यो आफ्नो अभिभारा। २, श्रोत विकासको हरियाली फॅंडानी उत्खनन लगातार मानिसको दिमाग खाली। ३, विवेकमा बिर्को लगायो आक्रोश पोख्यो जताततै नपाउने दुःख पायो।
सुरेशकुमार पाण्डे, दाङ घोराही – १८ … जीवनलाई सुरक्षित राखौँ बल्लतल्ल आयो पालो सत्ताको राजनीति चाखौँ ।
बेदु न्यौपाने … १, एकान्तमै म हराएँ तिम्रो आगमन अगाडि मुस्कान मन पराएँ । २, नबर्सने झरीको बादल अचम्म छ दुनियाँ खरी झरेको मादल । ३, पैसाले खरिद गरेको इज्जत सम्मानको कुरा कति मन परेको ?
गुणनिधि घिमिरे अमेरिका … १. अब अहमता त्यागेर बसौँ है समाजमा पाइॅंदैन इज्जत मागेर | २. बाबा आमा भनेका हाम्रा भगवान् हुन् सन्तान अबुझ बनेका | ३. साहित्यमा मन लगाऔॅं मनको भावना साटेर दुःख पीडा भगाऔॅं ।
सरिता सेढाई, धादिङ … १, बाँचुञ्जेल सम्बन्ध नगन्ने कस्तो चरित्र आफन्तको मरेपछि कठैबरा भन्ने । २, हुँदैन सम्बन्ध गाढा देखावटीले के गर्नु ? भएपछि मन टाढा । ३, धर्तीले आकाश छुँदैन दुखमा बिर्सने नाता कहिल्यै आफ्नो हुँदैन ।
त्रिलोचन भण्डारी, मेचीनगर, झापा … १. बाको जेथाले भ्याएन गुजारा गर्न दैनिकी परदेशीले कौडी ल्याएन । २. ऋण तिर्न भनेर पाउ मोल्नुछ साहुको ढ्याके चोके गनेर । ३. चुहिएको छानो टाल्नुछ पूरा गरी सपना शिक्षाको दीप बाल्नुछ ।
सरस्वती भट्ट (झरना विन्दु ‘सरु’), सिराञ्चोक-५,गोरखा हाल:राइनास-१,लमजुङ … १. आऊ कृष्ण काले तिमी हामी मिलेर बसौँ यिनकै पाले। २. दही चोरेर खायौ कुटाइ खायौ आमाको बल्ल स्वाद पायौ। ३. जान्थ्यौँ गाई चराउन बस्ने होइन सँगसँगै पार्थ्यौ सधैँ कराउन।
भवानी पोखरेल (बाबू विराज), बाणगङ्गा १ चार नम्बर कपिलवस्तु … १, फूल फुल्यो वनैमा बास्ना चल्यो हरर बस्यौ तिमी मनैमा । २, गर्छन् कुर्सीको तानातान राजनीतिको खेल यो नपाउॅंदा मुक्का हानाहान ।
बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’, कनकाई ४ झापा … १, कसको गर्नु भर जाली भयो दुनियाँ लाग्छ मलाई डर । २, छैन जीवन थिर कहिलेसम्म हो बाँच्ने बोकी मनमा पिर । ३, सारा नाता तोडेर किन गयौ निष्ठुरी तिमी बाटो मोडेर ।
नवशिला, नवदेव मार्ग, लालभित्ती,मोरङ। … (१) दुनियाले उडाउँछ हाँसो फगत इलजाममा फसाएर कारागारमा कानुनको पासो। (२) छिमेकीले हेर्न सकेन देखेर सफलता अर्काको सम्बन्धमा सौहार्दता राखेन । (३) देखाउँछ मानिसले चरित्र लालच, अहङ्कार, घृणा भगवानको दर्शनमा पवित्र ।
दिल ठकुरी, टिस्टा भेल्ली दार्जिलिङ … १, प्रभुसँग नाता जोडौँ निराशावादी सोँचमा अलमल दुष्कर्म आजबाट छोडौँ । २, आस्थावानको जीवन खास श्वास रहेसम्म चल्ने यस जीवनको आस । ३, नास्तिकतामा जीवन नमोडौँ श्रवण भजन कीर्तन गायन कहिल्यै नतोडौँ ।
कार्की डिबी माकुम, सुनवल -४, नवलपरासी … १, फूल ओइली झरेपछि के अर्थ रह्यो ? रोगले बोटै मरेपछि । २, सधैँभरि सपनामा देख्छु विपनामा छैनन् प्रिय त्यसैले चिठी लेख्छु । ३, नौलाख आकाशको तारा मिर्मिरेमा झरेर जान्छ भाग्दैनन् तर गरिबमारा ।
राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी – ५, संगम कोलोनी राधे राधे भक्तपुर … १. हामीले देवीदेवता भाकेर जान्छौँ मन्दिर कहिले आस्था विश्वास राखेर। २. साहित्य बनेर ढाल बचायो नेपाली भाषा आहा ! स्वर्णिम काल। ३. भेदभावको गर्त हजुर पुरिने कहिले होला ढाल्नुपर्छ ढोँगीको गजुर।
पृथक प्रकृति ,झापा … १) छैन सरकारको भर गरिखान समेत नपाइने सधैँभरि लाग्छ डर । २) सधैँ पराईको नोकर मन दिनरात बरालिने नेता बन्छन् जोकर ! ३) जन्मेनन् नेता मर्द मगन्तेको देश बनाए चलाउँछन् बिदेशीको कर्द ।
ऋजु दिल्पाली, इटहरी – १, सुनसरी … १, चिनाऊ देशको नाम माटोमा रमाऊ युवाहरू गरेर विकासको काम ! २, सुन्दर गाउँघरको बाटो यहाँ सुन फल्दछ उर्वर नेपालको माटो ! ३, मेरो गाउँ सहर हरेक मनमा जागेमा फूल फुलाउने रहर !
आर्त अकुलीन … १) निम्तायो राजनीतिले द्वन्द खिचातानी फोहोरी राजनीति प्रगतिको छैन छन्द । २) छिमेकी मुटुमै बस्यो छ खुल्ला सिमाना बिनासर्त भित्र पस्यो । ३) कसरी सम्झाउनु फेरि आउँछन नयाँ जोगीहरू गेरु वस्त्र बेरी ।
रवि पौडेल, दक्षिण भारत पाण्डेचरि … १, नेताहरूको यो बजारमा मरिबस्छ काममा काले एउटा होइन हजारमा। २, बाघ बन्ने तालमा यो जमाना कस्तो लोभ राख्छ रालमा। ३, आशाको बत्ती बल्दैछ बिस्तारै बस तिमी नेताहरूको मन गल्दैछ।
नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत … १. छ बास्ना फूलमा तर बुझ्दैनन् किन? उखेलेर भन्छन् भुलमा। २. अरूको सौन्दर्य चिन मौका नदिई अरूलाई तर खोजिन्छ लिन। ३. पालो सबको आउॅंदा संसार छ गोलो थाहा पाउँलान् लत्याउँदा।
अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१, हालः-अमेरिका,बोस्टन। … १: निस्वार्थ मन लिएर कर्म गर्नु सबैले हौसला सबैलाई दिएर। २: ताराजस्तै त्यो चम्कियोस् नयाँ नेपाल चौरासीमा प्रगतितिर सदा लम्कियोस् । ३: देशमा विकासको चाहा जनताले सत्तामा पुरायो सरकार ! नबनाऊ बहाना।
मन्जु बोहरा, सुदुरपश्चिम बझाङ … १, बित्यास नपरोस् पर्मेश्वर नेपाल आमा रुँदैछिन् चोरजस्तै नेतृत्व सरोबर । २, पार्दैछौ भविष्य अन्धकार तैपनि भन्दैछौ बालकलाई भोलिका हाम्रा कर्णधार । ३, जागेर आयो वितृष्णा आवरण देखेर नानीको आत्तिएँ हरे कृष्णा!
निलहरि काफ्ले, सिन्धुली (हाल काठमाडौँ) … १, जागोस् सहृदयी भावना आशाको किरण ल्याउनेलाई राम्रोका लागि शुभकामना ।
प्रेम थापा “मन”बागलुङ … १, देख्नमा सबै हिरो केही ट्याटु खोपेका पढाइमा भने जिरो । २, मेरो दिल चोरी बुझिनॅं उनको चाल मन चोर्ने मोरी । ३, महान् आमा मेरी सन्तानको खुसीमा रम्दै मायाले अङ्गालोमा बेरी ।
प्रेम शर्मा ” एकान्त प्रेमी, कालेबुङ … १. प्रेममा आगो लाग्यो बुझाउने को कसले ? न्यायको अदालत भाग्यो। २. झर्को पसेका दाउरा हुन् तिनीहरू हेर उड्दैन अब ‘लाउडा’ । ३. एक्लै शान्त कवि बन्द कोठाभित्र जहाँ जहाँ पुग्दैन रवि ।
टिकाराम पुन पुकार, छत्रेश्वरी गाउँपालिका – २, सल्यान … १, सिनो लुछे जसरी देश लुट्छन् नेता विकास हुन्छ कसरी ? २, सोझो हुनाले जन उठाउँदै छन् फाइदा कुम्ल्याएर राष्ट्रको धन। ३, मौनता कहिले तोड्ने सबै एकजुट भएर भ्रष्टाचारको जालो फोड्ने।
संगीता खरेल, चन्द्रागिरी -८, काठमाडौँ … (क) बाँचुन्जेल जीवनमा तानातान मै कमाऊॅं, रमाऊॅं अन्तमा जीवन श्मशान! (ख) एक छिमल जीवन सदैव हाँसेर बाँचौँ प्रफुल्लित बनाई मन । (ग) सुगम्य नहोला बाटो अप्ठ्यारो कहिलेकाहीँ सुविधा हरेक जीवनको पाटो।
बि.कुलुङ, दार्जिलिङ, रंगबुल … १, आना होइन तोला सम्झॅंदा अनौठो लाग्छ हिजोको रित्तो झोला! २, राजनीति कमाउ धन्दा कसरी मुख देखाउॅंछन्? कमिसन खातामा चन्दा! ३, च्यातियो लाजको बर्को रङ्गमञ्चमा देखियो तमासा विरासतमा कोरियो धर्को!
चिरञ्जीवी ढकाल, नेपालगन्ज -२०, राँझा एयरपोर्ट बाँके … १, जूनको वरिपरि तारा भुल्ने छैन हजुर , दुनियाँ ती सारा ! २, आमाको यादले रुँदै सपनामा देखेपछि मैले , आँसुले मुहार धुँदै । ३, सधैँ माया साट्नु जिन्दगी यो भएसम्म दुखसुख नै काट्नु ।
श्री कृष्ण धामी, बझाङ … १, आसै मारी गयौ स्वार्थ पूरा भयो निष्ठुरी पो भयौ । २, पुग्यौ जून छुन जहाँ तिमी पुगेपछि पर्यो हामीले रुन । ३, एकदिन अवश्य रोउला सुख्खा बगरमा फ्याँकेको हेर ! माछाजस्तो होउला ।
उमा दाहाल, शुन्दर हरैँचा -१० मोरङ … १ , अभियान छ राम्रो लेखौँ साप्ताहिक झिल्का ज्ञान बढ्छ हाम्रो । २, मिलेर अघि बढौँ ज्ञानगुनका कुरा हामी सधैँ खोजीखोजी पढौँ । ३, यही छ चाहाना झिल्का अभियान पुगोस् धेरै धेरै शुभकामना ।।
अनिता भण्डारी, ताप्लेजुङ … १, मुनामदनको जोडी जसरी माया पिरती सधैँ रहेन एकनास मुटुभरि । २, विश्वासलाई हत्यारा पारी उनी फरार भए मुटु अन्तै सारी । ३, आँसु अति पिएँ भुलाउन भनी उनलाई मदिराको साहारा लिएँ।
सरला माझी … १. जन्मॅंदै प्रतिभा उम्रॅंदैन अभ्यासले तिखारिने हुँदा आलस्यले अझ सप्रॅंदैन । २. शान्त रहनेले अशान्तिको सङ्ग्राममा खरो उत्रेर भोगिरहन्छ पिरलो भ्रान्तिको ।
नन्दलाल आचार्य, एनेलकुटी, सिरहा, मधेस प्रदेस, नेपाल … १. को जोडी देला ? दुई टुक्रा भएर मन भाचिँएको बेला । २. छैन मेरो हैसियत तिमी सरह हुनलाई छुट्टैछ प्यारो व्यक्तिगत । ३. मिसाए हलुवामा बालुवा फेरि के? रच्दैछन् सरकारमा बसेका मनुवा ।
भावना थापा, बझाङ्, हाल दक्षिण भारत … १, सुन्दर फूल छुँदा रमाउने फूलको मन गोड्मेल राम्रो हुँदा ! २, सपना सुन्दर सजाउनु श्रम, सीप, शक्ति आफ्नै माटोमा लगाउनु । ३, कुराजस्तै गरे काम, गर्यौँ भने सबैले इतिहासमा लेखिन्छ नाम ।
दीपा समभाव, काठमाडौ … १, घरका वरिपरि फूल रमणीय वातावरण आहा ! चुँड्ने नगर्नुहोस् भुल । २, जीवन एकबारको चोला दुखसुख हो बिताउने मरेपछि लान्छन खोला । ३, मानिसको हरेक अङ्गको आफ्नै आफ्नै काम धनी अथवा गरिबको ।
मङ्गला उपाध्याय … १, खाली लाउँछ बात खुट्टा तान्ने प्रवृत्तिले तान्दैन कसैको हात । २, समान राख्नु तुलो भेदभाव नहोस् कतै नमान्नु सानो ठुलो ।
कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे … १, जन्मपश्चात अवश्य मरिन्छ रहन्न शरीर जहिले कृतिले जिउँदो भइन्छ । २, रोज्छन् सुन्दर सपना देशमा देखिन्न अवसर केवल विदेशिने जपना। ३, कोसौँ टाढा फल देश सम्झने होलान् गएपछि सबै बल।
सुस्मिता अधिकारी ,काठमाडौँ … १, लालिगुराँस फुलेर ढपक्कै हेर्दाहेर्दै मन लोभिन्छ भुईॅंभरि हिउँ छपक्कै। २, रङ्गीचङ्गी लालिगुराँस पाखैभरि पर्यटक ओइरिने सिजन हिमालको मुस्कुराहट सधैँभरि । ३, डढेलोले विनाश गर्छ जङ्गलमा आगो नफालौँ जीवजन्तु बोटबिरुवा मर्छ ।
चुडामणी देबकोटा, चनपा – १३, काठमाण्डौ … १, राष्ट्रिय अभियान भनेका संसद भवनमा बसेर दिन मात्र गनेका । २, कार्यनीति केही देखिनॅं सच्चा देशभत्ति नेता, आजसम्म कहीँ भेटिनॅं । ३, बिचौलिया अघि सरे दुग्ध व्यवसाय घटेर किसान अलपत्र परे ।
कला ढकाल, झापा … १) फूलले सुवास छर्छ नगरे सदुपयोग राम्रो असमयमै बैलेर झर्छ ! २) देख्दा लाग्छ फूल यो जिन्दगी हाम्रो नजान्दा बन्छ शुल । ३) पीडा सबैलाई हुन्छ बाहिर देखिॅंदैन परन्तु मन सबैको रुन्छ ।
विवश पारदर्शी, झापा … १. नजाऊ हल्लाउँदै हात बसेर हामी दुई गरौँ मायाको बात । २. हात समाउँदै जाउँला चाहिन्न मिठो मसिनो बरु गिठ्ठाभ्याकुर खाउँला ।
मन्दिरा सेढाई, मलेखु, धादिङ … १ , आऊ, समाऊ हात मिलेर जँघार तरौँला भएर एकै बात । २ , सुकेको हाँगो भाँचेर काफल टिपी खाउँला चैतको घाम छलेर।
हरिगोपाल प्रधान, काभ्रे, बनेपा १४ साँगाबजार। … १, मनले मुटु छुन्छ होइन रहेछ बिछोडले धोकाले मन रुन्छ । २, राजनीतिमा उथलपुथल भयो एउटालाई सत्तामा छलेर अर्कोसँग नजिक गयो । ३, मैले गुलाब दिएँ तिमीलाई पीडामा देखेर काँडा मैले लिएँ ।
शशीश्री आचार्य … १. देशले काँचुली फेर्दैन आफैँ जोहो नगरे, दयाले भोक हेर्दैन। २. मुटुमा माया साचौँला कमाउन पसेँ विदेश, सम्झेर माटो बाचौँला। ३. कमाएर ल्याउँछु धन दुःखै गर आमा, साँघुरो नपार मन।
पुष्पा राई, खोटाङ … १, पैसा सबैभन्दा माथि इज्जतभन्दा होइन ठुलो बुझ्दैनौ किन साथी ?
यमुना प्रधानाङ्ग’मुना’ … १, कष्टकर राम्रो हुँदैन पलपल यो जीवनमा मायाले दिल छुँदैन । २, निराश हुन्छ किन ? मानिस स्वस्थ छैनन् बिमारी हुन्छन् दिनदिन । ३, गुँड बनाउन चरी प्रकृतिको नियम विचित्र व्यस्त रहेकी कठैबरी !
भगवती दवाडी, झापा … १, झलल झिल्का झल्कियो साहित्यमा नौलो पाइला निरन्तर लेख्न पल्कियो । २, शीरमा टोपी झल्काउँदै कलम चलाउँदै कविजन झिल्काको ज्योति सल्काउॅंदै ।
मोती सुब्बा, दार्जिलिङ निमकी डाँडा। … १, ईश्वर किन रिसायौ ? गाह्रो भयो बाँच्न, प्रेममा घृणा मिसायौ। २, इमानको लोप हुँदा जाँचबुझ छ इमानदारको, बेमानको छ छुट्कारा । ३, ईश्वरमाथि भर पर्छु, नगर्नु है बेइमानी, प्रार्थना मैले गर्छु।।
मनोहरी पौडेल … १, आँसु बनेर छल्किन्छ छिप्दैन मनमा वेदना, पीडा मुहारमा झल्किन्छ । २, भयो आज मन्द भन्थ्यौ हिजोका दिनमा, नङ मासुको सम्बन्ध । ३, एकै देह बनी रहन्छौ हामी भन्थ्यौ टाढियौ आज अनि ।
सीमा कार्की समर्पण, मेलचोक पर्सा … १. हिॅंडे धेरै बाटोमा जति हिॅंडे तापनि सुगन्ध आफ्नै माटोमा । २. नराख जीवन बिक्रीमा निहुँ गरी दाइजोको आँखा नलगाऊ सिक्रीमा । ३. झार्छौ आकाशको तारा नेताज्यू कता हरायो शान्ति समृद्धिको नारा ।
डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा. पा. -६, दोलखा … १, खुल्दैनन् कहिल्यै अर्धनयन अर्थतन्त्र बनाएर धराशयी काट्छौँ निरन्तर चयन l २, छुट्छ तनमा थरहरी आफ्नै कुकर्मको पापले उतार्छ भनेर पगरी l ३, भएका छौँ हायलकायल दुष्कर्म गरी लुकाएका खुल्छन् भनेर फायल l
बाबुराम गौतम, गुल्मी … १, बगैँचामा मनमोहक फूल यौवनले मस्त झुलेको वरपर भमराको हुल ।
२, ढुङ्गाले पिरती लाउँदैन प्रेयसीको यादले सताउँदा रातमा निद्रा आउँदैन । ३, मन मेरो झर्किन्छ देख्दा युगल जोडीहरू बिछोडको व्यथा चर्किन्छ ।
राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ । … १, गलत कर्म नगरौँ चाहे हिॅंडून् शत्रु बाटोमा काँडा नछरौँ। २, सुन्दर हाम्रो देश लाग्छ मलाई प्यारो आफ्नै भाषा, भेष । ३, गरी पौरख खान्छौँ गर्नुहुन्न पाप, छल मरी रित्तै जान्छौँ ।
शोभा शाह थापा … (१) आउँछन् माहुरी हुलमा केही आशा बोकी चुम्छन् रस फूलमा (२) फल मिठो हुन्छ मेहनत गर्न सके सफलताले शिखर छुन्छ । (३) मायाको नाटक गर्छौ स्वार्थ पूरा भएपछि तिमी अन्तै सर्छौ ।
उर्मिला के.शी., धनकुटा … १) अहङ्कारी बन्छौँ किन ? जानुपर्छ हात खाली आखिर मर्नुपर्छ एकदिन । २) भोलिको टुङ्गो छैन हासौँ अनि हॅंसाऔॅं लाने केही हैन । ३) नदेऊ कसैलाई मर्म गलत कर्म गर्दा सदा लागोस् सर्म ।
रुना कर्माचार्य दाहाल, चितवन … १, फुलेर ढकमक्क लालीगुराँस बैँस फक्रिएछ वसन्तको छर्दै सुगन्धमय सुवास । २, जाँदैछ देश कता भ्रष्टाचार गरिबी बेरोजगारी भताभुङ्ग भो जतातता ।
बाल कृष्ण श्रेष्ठ, सोलुदुधकुण्ड न.पा.२ सोलुखुम्बु … १, मनभरि चोट सहेर रुन कम होला दिन्छु आँसु थापेर । २, गाउँबेसी मेलापात गरेर जीवन हाँसीखेली बिताऔॅं केही लानुछैन मरेर । ३, दुःखको भारी बिसाउन मलाई रहर लाग्यो तिमीसँग पिरती मिसाउन ।
ललिता सिन्धुली … १, गुमाई सबै आज संसार तिम्रै हो अब गर राज । २, सक्छु पीडा लुकाउन अन्जानमा गरेर गल्ती पर्यो आँसु सुकाउन । ३, चोटमाथि चोट पर्यो जीवनमा हरेस खाए बाँच्ने आसा मर्यो ।
लक्ष्मण देउवा, डोटी … १, क्षेत्रीनी बुहारी गुन्छिन् सागसिस्नो खानु बेस क्षेत्री विदेसिॅंदा रुन्छिन् । २, कमाऊँ कमाऊँ लाग्ने यो नमेटिने भोक अद्भुत अभिलाषा जाग्ने । ३, बनाऔॅं एक परिवेश नरोऊन् वनपाखा यहाँका हाँसोस् सुन्दर देश ।
कमला पौडेल, चा न पा भक्तपुर … १. जागेछ कस्तो रहर ? समाजमा दुर्गन्धित पार्दै छोड्यौ रोपेर जहर । २. भन्थे झार्छु तारा पत्याउने म कस्तो ? देखाए बिहेमै पारा । ३. पाएर जनको साथ रविको प्रचण्ड रापले उँचो बन्नेछ माथ ।
नेत्र घिमिरे, सूर्यविनायक, भक्तपुर … १, बहादुरी नाम अहिले कतै कायर बन्यौ इतिहास बन्छ कहिले ? २, तिमीले भुल्यो वाचा दिलमा शूल रोप्यौ बेकार गरेँ माया । ३, भुलेर सपना नबेचौँ सोच्छु यस्तै त्यस्तै धनी फूल नफुलौँ ।
साताका उत्कृष्ट झिल्का कविताको आठौँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शनिवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।
साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- ८ का लागि झिल्काकार त्रय वसन्त अनुभव, भावना थापा मुस्कान र सरला माझीका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।
साताका उत्कृष्ट झिल्काहरू ~<•>~
[१] १. चढ्छन् करोडौँको कार सर्वहाराका प्रतिनिधि उनी राम्रै छ बन्दव्यापार । २. हुँदैन कसैको फिक्री हिराको मोदक हातमा परेपछि सुनको सिक्री । ३. सम्झन्छ्न् मूर्ख हरपल जितेर भुल्छ्न् नेता रुवाउँछन् जनता पलपल । ✍️ वसन्त अनुभव घोराही, दाङ ~<•>~
[२] १. लुट्यो जवानी मेरो लुटेराले सुनसान बस्तीमा जब थियो अँधेरो । २. भएकी छु अचेल एकोहोरो पागल जस्तै आफैँदेखि म ओझेल । ३. गिद्धको नजर लाग्यो न्याय माग्न जादा न्यायधीश नै भाग्यो । ✍️ भावना थापा मुस्कान ~<•>~
[३] १. कसैलाई नगर्नू हेला आवश्यक पर्नसक्छ हेर उसैको जुनसुकै बेला । २. राम्रो हुनु पहिले अभिमानी, अनुशासनहीन नहुनू आमा भन्नुहुन्छ जहिले । ३. घमण्डले सिध्याउँछ मानवता कलियुगमा हिँड्नुपर्छ सम्हालिएर मान्छेमा हुन्छ दानवता । ✍️ सरला माझी ~<•>~
झिल्का लेखन अभियानको पाँचौँ शृङ्खला (सम्बन्ध विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियोे ।
झिल्का कविता लेखन अभियानको यस शृङ्खलामा विगतका शृङ्खलामाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५७ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव, आदि जस्ता विशेष अवसरहरू पारेर निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
~~~[ [१] १. परिस्थिति रहोस् कस्तै प्रगाढ रहोस् सम्बन्ध आँखा, आँसुको जस्तै । २. अटुट सम्बन्धको खानी सम्बन्धको बलियो उदाहरण नङ, मासुको कहानी । ✍️ वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ ~~<•>~~
[२] १. कहिले नपरोस् रोगाउन हाम्रो सम्बन्ध सधैँभरि पर्छ मिलेर जोगाउन । २. देखाउनुपर्छ राम्रो बानी मरेपछि लानु छैन बन्नुपर्छ जलेर खरानी । ✍️ शंकर कार्की, मकवानपुर ~~<•>~~
[३] १. प्यारको नशा पिएर जिउन खोज्दै छु यादले मुटु सिएर । २. चुँडियो गुलाफ प्रेमले दुखाउँछ काँडाले मन कतिन्जेल जिउँछौ भ्रमले ? ✍️ कृष्ण सुवेदी, पोखरा ~~<•>~~
[४] १. टुटेको सम्बन्ध गाँसाै जीवन छाेटाे छ दुवै मिलेर हाँसाै ! २. सम्बन्ध खराब हुँदा रातभर निद्रा आउँदैन हुन्छ बिहानि रुँदा ! ✍️ रबि पाैडेल दक्षिण भारत पाण्डेचरि ~~<•>~~
[५] १. बाँडेर आपसमा जिम्मेवारी प्रगाढ बनाऔँ सम्बन्ध मिलेर हामी नरनारी । २. सुन्दर सपना सजाई बसौँ नारी पुरुष सम्बन्ध कसिलो बनाई । ✍️ बाल कृष्ण श्रेष्ठ सोलुदुधकुण्ड न.पा.२ सोलुखुम्बु ~~<•>~~
[६] १. चेतनाको दियो बाल सम्बन्ध गाढा बनाउँदै घमण्ड अहङ्कार फाल ! २. पूरा नहुने भयो सम्बन्ध हाम्रो अब सपना टुटेर गयो ! ✍️ कला ढकाल, झापा ~~<•>~~
[७] १. झिल्का हो चौतारी लेखौँ मनको भाव नजाऊ अन्त भौतारी ! २. झिल्काले छर्यो सुगन्ध विचार आदनप्रदान गर्दै बिस्तार भयो सम्बन्ध ! ३. सानो परिवार हाम्रो फलोस् फुलोस् सधैँ समेटेर भाव राम्रो ! ✍️ दीपा समभाव काठमाडौँ ~~<•>~~
[८] १. सकियोस् भरोसा गर्न जीवनको हरेक मोडमा सकिन्छ खुसी भर्न । २. सम्बन्ध गाढा बनोस् जिन्दगी सुन्दर लाग्छ दुनियाँले आहा भनोस् । ३. यात्रा सहज बन्छ असल सम्बन्ध भए त्याग गर्छु भन्छ । ✍️ पुष्पा राई, खाेटाङ ~~<•>~~
[९] १. सम्बन्ध रहोस् दिगो टुटेर फुटेर कतै तिर्नु नपराेस् बिगाे । २. पैसामा सम्बन्ध जोखिन्न विश्वासमा घात भएपछि आफ्नै नाता चोखिन्न । ✍️ त्रिलोचन भण्डारी मेचीनगर, झापा ~~<•>~~
[१०] १. सम्बन्ध हुनुपर्छ राम्रो अघि बढौँ मिली नछुटोस् साथ हाम्रो । २. गरौँ मिठा बात अब लेख्न झिल्का बढाऔँ हामी हात । ✍️ अनिता भण्डारी, ताप्लेजुङ ~~<•>~~
[११] १. जित भएन हार जबदेखि आफ्नैहरूले यहाँ गरिदियो सम्बन्धको व्यापार । २. कलिले छरेको सुगन्ध तिम्रो मेरो बीचमा यस्तै बनोस् सम्बन्ध । ✍️ बि.कुलुङ दार्जिलिङ रंगबुल ~~<•>~~
[१२] १. खुल्ला रहोस् चाहाना मानवता राखौ जिउँदो नबनाऊ कहिल्यै बाहाना ।। २. सम्बन्ध चिसिनु हुँदैन बनौँ सधैँ परोपकारी आत्मा कसैको रुँदैन ।। ✍️ ऋजु दिल्पाली ईटहरी १ सुनसरी ~~<•>~~
[१३] १. पानी बिनाको खेती फलदायी हुँदैन छाेरा लगाउनु पसिनाले रेती । २. प्रतिभा अवश्य ठुलाे संस्कार र संस्कृति हुन् जीवनकाे ओखतीमुलाे । ३. भजन जनताकाे नाममा कस्ता स्वार्थी खेलाडी एकजुट लुट्ने काममा । ४. माटाकाे भर ढुङ्गाे एकअर्कामा छ निर्भर अकाट्य हुन्छ टुङ्गो । ✍️ प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे । ~~<•>~~
[१४] १. सम्बन्धमा अचेल तिक्तता टोलाएर बस्छु अहिले चारैतिर देख्छु रिक्तता । ✍️ नागेन्द्रप्रसाद यादव ~~<•>~~
[१५] १. यस्तो होस् सम्बन्ध आँखा लगाउनेको फुटोस् नहोस् कुदृष्टिको गन्ध । २. हुनुपर्छ सम्बन्ध झकास मिलेर हामी एकआपसमा बनाउनुपर्छ सधैँ खास । ✍️ कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ ~~<•>~~
[१६] १. नहोउँ कोही टाढा एकापसमा मिलेर नै सम्बन्ध बनाऔँ गाढा । २. बढाऔँ अगाडि पाइलो बनाए प्रगाढ सम्बन्ध जीवन हुन्छ रमाइलो । ✍️ डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा. पा. -६, दोलखा । ~~<•>~~
[१७] १. विश्वास हुन्छ पाया एकअर्कोमा सदा नै आभास नितान्त माया । २. सत्य मूल आधार पवित्र माया भए कहिल्यै हुँदैन निस्सार । ३. भुल्नुहुन्न आफ्नो धर्म जस्तोसुकै होस् परिस्थिति पूरा गर्नुपर्छ कर्म । ✍️ पृथक प्रकृति, झापा ~~<•>~~
[१८] १. सम्वन्ध रहोस् गाढा हुँदैमा कुरा सानोतिनो नबनौँ कोही टाढा । २. हुनसक्छ कहिलेकाहीँ घोचाघोच नठोसी बल्दैन अगुल्टो लिऔँ असल सोच । ३. सम्वन्धमा नआओस् कुठाराघात विश्वासको अन्तिम क्षणमा नलागोस् कसैलाई मात । ४. झिल्काले सम्बन्ध भाक्यो विचार आदानप्रदान गर्दै उच्च प्रवन्धलाई डाक्यो । ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हाल-अमेरिका,बोस्टन। ~~<•>~~
[१९] १. मनको मान्छे भनेँ पैसाको निम्ति होइन यसैले मैले गनेँ । २. साइनो रगतको हाम्रो सोचेको जस्तै रहोस् छैन कुरा चाम्रो । ३. नाताको आधारमा मैले सम्बन्ध बलियो गरेको किन मारिस् तैँले । ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ भारत ~~<•>~~
[२०] १. अनौठो सम्बन्ध हाम्रो भेट भएको छैन माया झनझन चाम्रो । २. बुझिसकेँ हेर मैले तिम्रो मनको कपट देख्दछु म जैले । ✍️ मंगला आचार्य उपाध्याय बारा कलैया १ ~~<•>~~
[२१] १. सम्बन्ध मनले जोड्छ आाखिर विचार नमिल्दा फेरि उसैले तोड्छ ! २. अमर पिरती हाम्रो प्रगाढ रङ्गहरूको जस्तै चिनारी सम्बन्ध राम्रो ! ✍️ आर्त अकुलीन ~~<•>~~
[२२] १. सम्बन्ध बनोस् राम्रो बाधा अवरोधले घेरेर पनि नहोस् चाम्रो । २. सम्बन्धमा रहोस् माया साथ नहुन पनि अनुभूति रहोस् दायाँबायाँ । ✍️ रुना कर्माचार्य दाहाल चितवन ~~<•>~~
[२३] १. टाढाको सम्बन्ध कस्तो आकाश धरती माझ देखिने क्षितिज जस्तो । २. सम्बन्ध रहोस् राम्रो बगेको नदी जस्तै टिस्टा, रगीत हाम्रो । ✍️ मोती सुब्बा दार्जिलिङ निमकी डाँडा। ~~<•>~~
[२४] १. सम्बन्ध राम्रो बनाउन चाहिन्छ व्यवहार पारदर्शी सधैँ साथ पाउन ! २. मनको नजिकै सर्नू अगुल्टो नठोसी बल्दैन नयन कहिल्यै नतर्नु ! ✍️ सीमा कार्की समर्पण ~~<•>~~
[२५] १. सम्बन्ध राम्रो हुन अवश्य समझदार बनौँ एकअर्काको मन छुन । २. सबैजना मन्त्रीको दाउमा बीचैमा सम्बन्ध बिग्रदा कुर्सी अर्काको नाउँमा ३. सम्बन्ध राम्रो थियो पाएको थिएँ पुरस्कार अहिले धोका दियो ! ४. एकापसमा प्रेम गरौँ सम्बन्ध राम्रो हुन खुसीले माया भरौँ । ✍️ शशी आचार्य ~~<•>~~
[२६] १. कतिपय बिराउँछन् बाटो सम्बन्ध निभाउन नजान्दा मासिन्छ ठुलठुला पाटो । २. बेलाबखत गर्नुपर्छ चियो विश्वासमा टिक्छ सम्बन्ध छान्नुहुन्न कमजोर मियो । ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे ~~<•>~~
[२७] १. मिलेर उत्सव मनाउँ जीवन चोला रहुन्जेल सम्बन्ध प्रगाढ बनाउँ ! २. दुईचार दिनको चोला मजबुत बनाए सम्बन्ध सुनमा सुगन्ध होला ! ✍️ नील हरि काफ्ले सिन्धुली (हाल काठमाडौँ) ~~<•>~~
[२८] १. बाहिरी सुन्दरता देखेर झट्ट विश्वास नगर्नू बस्नुपर्छ जीवनभर रोएर । ✍️ प्रविना प्रयासी ओखलढुंगा ~~<•>~~
[२९] १. सम्बन्ध प्रगाढ बनाेस् आपसमा सद्भाव देखेर सबैले आहा भनाेस् । २. सम्बन्ध बढाउनु राम्रो पुरानो यात नयाँ माया बढाेस् हाम्रो । ३. मन नफाटाेस् कहिल्यै झिनामसिना विवाद भए फाल्नुपर्छ भन्छु अहिल्यै। ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर ठिमी ५ राधे राधे भक्तपुर । ~~<•>~~
[३०] १. सम्बन्ध यसरी बनोस् कसैको नजर नलागी खुट्टाले जमिन खनोस् २. सम्बन्धले बाधेको नाता बिछोडको बेदना सहेँ अदालतमा खोलेँ खाता । ३. प्रेम सम्हालेर जान्छन् हतेलीमा राखेर कस्तो अपमान हुँदैमा मान्छन् । ✍️ अम्बिका अधिकारी झापा बिर्तामोड ~~<•>~~
[३१] १. सम्बन्ध बनोस् गाढा अहिले जत्तिँकै सधैँ भए तापनि टाढा l २. नआओस् शङ्काको गन्ध सुनेर हावादारी कुरा प्रगाढ़ बनोस् सम्बन्ध l ३. सुमधुर सम्बन्ध बनाउन शङ्काको मैलो पखाली जान्नुपर्छ है रमाउन l ✍️ बाबुराम गौतम, गुल्मी ~~<•>~~
[३२] १. भएपनि जति टाढा लागिरहाेस् माया उसैकाे सम्बन्ध बनाेस् गाढा । २. सम्बन्ध राम्रो उसैको जाने राम्रो निभाउन हुँदैन बिफल कसैकाे । ✍️ उर्मिला के.शी. धनकुटा ! ~~<•>~~
[३३] १. मनको साइनो राम्रो अटल रहोस् सम्बन्ध जुनी जुनी हाम्रो । २. विचित्रको संसार कस्तो सम्बन्धको डोरी बाट्नु माछा पानीको जस्तो । ✍️ मन्जु बोहरा सुदुरपश्चिम बझाङ ~~<•>~~
[३४] १. घाम र छायाको जस्तै बनाउनुपर्छ सम्बन्ध रिस होइन मायाको । २. सम्बन्ध कस्तो हुने राम्रो या नराम्रो झर्ने, आकाश छुने। ✍️ धनुष न्यौपाने गुठीचौर गाउँपालिका ०४ बिगारे जुम्ला ~~<•>~~
[३५] १. कसैलाई पिर नपार्नु सम्बन्ध आत्मिक होओस् सानालाई थिचेर नमार्नु । ✍️ गुणनिधि घिमिरे अमेरिका ~~<•>~~
[३६] १. नाता बलियो हुन्छ सम्बन्ध राम्रो भए मायाले मन छुन्छ । २. माया बलियो गाँस्नू विश्वास गरें तिमीलाई मनैले माया नमास्नू । ३. झुटो बोलेमा सकिन्छ तिम्रो साथ भएमा पवित्र नाता देखिन्छ। ✍️ सोमनाथ लुइटेल “रवि पाल्पाली” बर्दिया । ~~<•>~~
[३७] १. झिल्काले जुराको सम्बन्ध नछुटोस् कहिले पनि फैलियोस् जगतमा सुगन्ध । २. बन्दैछ सम्बन्ध गहिरो झिल्का कवितामा पनि नआओस् बिचमा पहिरो । ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा ~~<•>~~
[३८] १. सम्बन्धमा धाजा पर्ने नगर काम कतै आपसमा मन मर्ने । २. समझदारी कायम गर विश्वासघात हुने कामको भरमा कहिल्यै नपर । ✍️ विवश पारदर्शी झापा, ~~<•>~~
[३९] सम्बन्ध राम्रो हुनुपर्छ सधैँ घर इष्टमित्रहरूमा सबैको हित गर्छ । २ बोली व्यवहारमा मिठास नहौस् तितोपिरो कहिल्यै घरभित्र लक्ष्मीको बास । ✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८ ~~<•>~~
[४०] १. क्षणिक सम्बन्ध जस्तो भेट फेरि नहुने दिएको माया सस्तो । २. यादले सताउँछ कहिले अतीतले बल्झाउँछ जब लाग्दैन रमाइलो अहिले । ३. छुटेपछि सम्बन्ध हाम्रो बन्नेछ अधूरो कहानी जिन्दगी नितान्त नराम्रो । ✍️ दिल ठकुरी टिस्टा भेल्ली दार्जिलिङ ~~<•>~~
[४१] १. दुनियाँको नजरमा खस्न कस्तो सम्बन्ध जोडियो माइती घरमा बस्न । २. विदेश पस्न बाध्य कमाइ गर्न पनि भएन सरकार साध्य । ३. आफ्नै हृदयमा छुरा होला कस्तो सम्बन्ध जटिल भयो कुरा । ✍️ टिकाराम पुन पुकार छत्रेश्वरी गाउँपालिका २ सल्यान ~~<•>~~
[४२] १. सम्बन्ध जोडेको राम्रो झिल्का कवितालाई देख्दा बतासिन्छ मन हाम्रो । २. कविता लेखिन्छ खिपेर जोडेर सम्बन्ध आपसमा प्रेमको सुगन्ध लिपेर । ✍️ होम प्रसाद नेउपाने धरान,सुनसरी । ~~<•>~~
[४३] १. तुलना नगर्नु धनमा सम्बन्ध बिग्रिएर झनै फाटाे आउला मनमा । २. उदाहरण बनाेस् हाम्राे विश्वास गर्नसकेमा हेर टिक्छ सम्बन्ध राम्राे । ३. नठान्नु कसैले सस्ताे सम्बन्ध बढेर जाओस् नङ मासुकाे जस्ताे । ✍️ काेपिला अधिकारी गाेरखा सिरानचाेक ~~<•>~~
[४४] १. झिल्काले सम्बन्ध बढायो भावनाको डोरी जोड्न धेरै पाठ पढायो । २. परिचयको सिमा बढायो साहित्य जगतमा आज सम्बन्ध जोडिन सिकायो । ३. बन्यो झिल्का चौपारी सम्बन्ध खोज्दै म डुले सारा भौतारी । ✍️ देव मगर तिनाउ-१,कचल,पाल्पा ~~<•>~~
[४५] १. प्रारब्ध निश्चल भैजावाेस् हुनुहुँदैन पछि अविचल सम्बन्धमै सफलता माैलावाेस् ! २. निश्चल सम्बन्ध रत्न जरा बलियाे बनाऔँ गरेर प्रशस्त यत्न । ✍️ हरिगाेपाल प्रधान काभ्रे, बनेपा १४ साँगा बजार । ~~<•>~~
[४६] १. सम्बन्धमा धमिलो नपारौँ रहनुपर्छ यो अन्तिमसम्म दिन्छु भनेर नमारौँ । २. माहुरी फूलको गन्ध फूल फुलुन्जेल सदा गाढा रहोस् सम्बन्ध । ✍️ चुडामणी देबकोटा चनपा १३ काठमाण्डौ ~~<•>~~
[४७] १. जीवन जित हार सम्बन्ध विश्वासिलो भए हुने बाँच्ने आधार । २. सबै नपाइने किन्न सम्बन्ध सत्य झुठको छद्मवेषी गाह्रो चिन्न । ✍️ संगीता खरेल चन्द्रागिरी ८ काठमाडौँ ~~<•>~~
[४८] १. अटुट रहोस् सम्बन्ध नहोस् केवल औपचारिकता मगमगाई रहोस् सुगन्ध । २. लम्बिरहोस् हाम्रो सम्वन्ध दुखसुख निरन्तर झेल्दै छरिरहोस् मनोहर सुगन्ध ! ✍️ पेम्बा योल्मो ~~<•>~~
[४९] १. भाइचाराको राम्रो सम्बन्ध हामीले मिलेर गर्नुपर्ने काममा झन् सुगन्ध । २. राम्रो सम्बधको हित नराम्रो बानी छाेडेपछि भाइचाराको हुन्छ जित । ✍️ श्रीकृष्ण धामी – बझाङ ~~<•>~~
[५०] १. सम्बन्धले माया भराैँ व्यवहार राम्रो पारेर खुसीसँगै प्रेम गराैँ । २. व्यवहारले मन छुन हुनुपर्छ ज्ञानी विवेकी सम्बन्ध गाढा हुन । ✍️ सहयात्री शाेभा अर्याल रुपन्देही ~~<•>~~
[५१] १. सम्बन्ध बिग्रिँदै गयो तिमीले शङ्का गर्नाले ठुलो क्षति भयो । २. सम्बन्धको कुरा नगर माया गर्छु तिमीलाई मेरै भरमा पर । ३. तिमी मेरो साहारा सम्बन्ध बिग्रियो भने बनिन्छ मृत्युको आहारा । ४. टाढियौ सयौँ कोस टाढा हुन्छ गाढा जाँगर चल्छ जोस । ✍️ ललिता सिन्धुली ~~<•>~~
[५२] १. सम्बन्ध गाह्रो टिकाउन बदनामीको मात्रै खाली नाम परो बिकाउन । २. जसले सम्बन्ध जोड्छ अनि बनाउँछ बहाना आफैँ बाटो मोड्छ । ३. हातमा हात मिलाएर सम्बन्ध अघि बढाऔँ टुक्रिएको मुटु सिलाएर । ✍️ लक्षमण देउवा ठकुरी आदर्श डोटी, हाल भारत ~~<•>~~
[५३] [१] आकाश र धरती खोलाको दुई तिर सम्वन्ध या पिरथी ? ✍️ ध्रुव श्रेष्ठ ~~<•>~~
[५४] १. सम्बन्धमा हुनुपर्छ गाढापन मायाप्रेम अनि सद्भाव चल्छ जिन्दगी सादामन । २. नाता सम्बन्धको तलाउ स्वच्छ निर्मल हुनुपर्छ संस्कार नभुली चलाऊ । ✍️ राजेस्वरी राजोपाध्याय ललितपुर ~~<•>~~
[५५] १. सम्बन्ध राम्रो बनाऔँ सम्झना सधैँ रहन सद्भावले सौम्य जनाऔँ । २. सम्बन्धले जीवन बन्दछ सदैव मिलेमा राम्रो यही मनले भन्दछ । ✍️ प्रेम थापा “मन”बागलुङ ~~<•>~~
[५६] १. सम्बन्ध राम्रो गासौँ जहाँ जहाँ भएपनि जीवनमा सधैँ हाँसौँ ! २. झिल्का काव्य पढौँ यस पाठशालामा रहेर सम्बन्ध गाँस्दै बढौँ । ३. बत्ती बल्यो झलल लेख्न जान्दा खेरी बढ्छ अघि सलल । ✍️ बेदु न्यौपाने 🇳🇵 ~~<•>~~
[५७] १. तिम्राे हृदयकाे सगरमाथा दवाई औँला अञ्जलीले विरताकाे सुनाैला गाथा । २. कुरेर प्रतीक्षाकाे चाैतारी भावनाकाे भित्री सागरमा नछुटोस् सम्बन्धकाे औतारी । ३. टुट्नुहुन्न सम्बन्धकाे डाेरी एकमुठ्ठी श्वास रहुन्जेल् नजानुस् सहकार्य ताेडी । ✍️ श्रीबहादुर केसी शैलुङ्गे भक्तपुर
साप्ताहिक झिल्का लेखन अभ्यासको आठौँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६३ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविता प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला – ०८ मा सहभागी झिल्काकारहरू-
… १, फोहोरको मोहर हौ प्राप्त व्यवस्था सुधार्न जनको ढुकढुकीमा छौ । २, नारी सृष्टिको मुहान उज्यालो बिहान ल्याउने कहिल्यै घट्दैन सम्मान । ३, आहा ! देशको प्रशासक सगरमाथाझैँ शिर उॅंचो भक्षक विरुद्धमा रक्षक ।
म्यामराज राई, भोजपुर … १) कागजमै आहा समृद्धि घट्ने चान्सै हुँदैन उकालोमा छ मूल्यवृद्धि ! २) बरु छोड्ला सासले पटक्कै कुर्सी छोड्दैनन् नेता मालको आसले ! ३) आलु भनेर पिँडालु बनाई मूर्ख जनता छल्न साह्रै सिपालु !
वसन्त अनुभव, घोराही उपमहानगरपालिका १४, दाङ … १, आँसुको सागर बगेछ बन्धन मुटुमा गाँठो कसिॅंदै कसिॅंदै सरेछ । २, शिवरात्रि भाङ, धतुरो ताण्डव नाचेर बिताए हाँसोमा भएछ चतुरो । ३, नारीको अस्तित्व रहन्छ परिश्रम गरेर खान्छन् माटोमा कुँदेर सहन्छ ।
अम्बिका अधिकारी, झापा बिर्तामोड … १, गर्छौँ मिठा कुरा मुखले ठिक्क पार्दै तर छन् अधुरा। २, जोगी देखिॅंदैनन् फरक भाँडो उही भई लागिरहन्छ हामीलाई हरक। ३, भन्छौँ सबै ठिक देखिॅंदैन कतै नयाँ अनि लागिरहन्छ दिक।
अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१, हालः-अमेरिका,बोस्टन। … १, महिला अधिकारका कुरा सबैले गरेको देखेर, मनै आनन्दित पूरा। २, नबनोस् एक दिनलाई महिला दिवस उत्सव, दबाएर हरेक छिनलाई। ३, मिलाए हातमा हात नारीहरू अघि बढ्नेछन्, पाए समाजको साथ।
पुष्पा राई, खोटाङ। … १, हामी नेपालीको माथ विश्वको सामु झुक्दैन खेलाँची कहिल्यै नठान ॥ २, खान्छौँ आफ्नै पौरख खोस्रेर पाखा पहरा यसमै मान्छौँ गौरव ॥ ३, आफनै पौरखमा बाँचौँला सधैँ रमाउँदै खुसीले मिलेर हामी नाचौँला ।
गुणनिधि घिमिरे अमेरिका … १, नारी अस्तित्व मेटिए स्वतन्त्रताको नारा अनर्थ न्यायको थाप्लोमा टेकिए । २, नारी महान् सम्मान छैनन् नारी घरमा कसरी चल्छ जहान ? ३, हरे ! शिव भोला नारी अस्तित्व सबैको रक्षा गर्नु होला ।
बेदु न्यौपाने … १, झरेको झर्ना हेर्दा भयो अति आनन्द मायाले साथमा बेर्दा। २, रहर मेटिएन मनको देखेर आकृति तिम्रो लजालु त्यो पनको। ३, मेरो जीवनको सहारा जूनझैँ बनेर आइदियौ आकाशको चम्किलो तारा।
अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६ संखुवासभा … १, नारी दिवस अर्थ सानी ठुली बुझे सत्कर्म गरी गर्व । २, लहडमा नलाग सानी अगाडि बढ लिएर असल आचरणको बानी ।
देव मगर … १, कागजी बाघ भए विकास बाधा भयो एकै ठाउँमा गए। २, मात्र भोटको मिसन उखान टुक्का हाली सकियो कामको लगन । ३, जनताको पसिनामा रजाइॅं काले काले मिलेका पालैपालो दाग लगाई।
सुरेशकुमार पाण्डे दाङ घोराही १८ … १, फेरि उडायो तारा पार्छ पक्कै पनि बेथिति जगमग सारा l २, नउठोस् कृत्रिम बादल छेक्न त्यसको आभा बजाई बेतालको मादल l ३, बन्नु दक्ष प्रशासक खोजी खोजी भ्रष्टलाई डस्नू, बनेर तक्षक l
बाबुराम गौतम, गुल्मी … १, सबले मिली खाने असल नेता अब खोज्न कहाँ जाने। २, कसको गर्नु भर ? आफू आफैँसॅंग पनि लाग्छ अचेल डर। ३, कान चिरेका जोगी सबै नेता उस्तै, खान मात्रै भोगी।
नवशिला, नवदेव मार्ग, लालभित्ती,मोरङ … १, छैन यहाँ सातुसामल अल्छी साइँदुवा मोरो पानी उमाल्नू, हरपल । २, छैन काम दाम घुमीफिरी दिन बिताउने चाहियो मिठो माम। ३, पेट छालाको धोक्रो भरिनै पर्छ नभरे समातिहाल्छ नि घोक्रो।
बिके मुखिया, दार्जिलिङ भारत … १, बन्नुपर्छ सुयोग्य नारी रिसराग सबै त्यागेर घरव्यवहारमा गरौँ सफारी। २, शिवको भक्त भएर तीर्थयात्री मख्ख पार्यो मठमन्दिर दैनिक गएर। ३, गृहमन्त्री बने रवि भ्रष्टाचार निर्मूल गरेर कस्तो बनाउॅंछौ छवि ?
राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी – ५, राधे राधे भक्तपुर … १, केही गर्न बाँचौँ अन्याय सहनु हुँदैन शक्ति सामर्थ्य साँचौँ । २, कर्तव्य हुँदैन भुल्नु पाइॅंदैन मागेर अधिकार लक्ष्यहीन किन डुल्नु ? ३, झनै बिग्रॅंदो रीति सकिॅंदैन यसरी जिउन भड्किॅंदो सबैको मनस्थिति !
ऋजु दिल्पाली, ईटहरी १ सुनसरी … १, महान् हुन्छ कर्मले सुन्दर देश दुनियाँ सजीव सेवा धर्मले ! २, उकाली गर्दै ओराली एकसाथ जीवन मार्गमा मिलेर बसौँ चौतारी ! ३, हावा चलेछ रातमा अनुपम सृष्टि संसार शीतको थोपा पातमा !
आर्त अकुलीन … १, बगेछ आँसुको भेल छ मन भक्कानिएको कहिले हुन्छ मेल ? २, किनार छन् दुईतिर आफ्नो गतिमा नदी हुँदैन कहिल्यै अस्थिर ।
प्रेम थापा “मन”बागलुङ … १, समयको गरौँ ख्याल पल पल सम्झॅंदै नत्र भइन्छ बेहाल।
तोया नाथ चापागाईं, दमक, झापा … १, कस्तो समय आयो अरूलाई होच्याई आफू रमाउॅंदै सरम पचायो ।
विजय रिजाल … १, देशमा उजेली छाएन अनेकौँ तन्त्र आए सुनौलो बिहानी आएन। २, मान्छे मात्रै फेरियो नीति उस्तै उस्तै शासन सबैको हेरियो। ३, उसले सरम पचायो सहस्र वितण्डा गरेरै फेरि कुर्सी बचायो ।
नील हरि काफ्ले, सिन्धुली (हाल काठमाडौँ) … १, आफ्नै माटो खोस्रेर उब्जनी गरौँ हामी धर्ती पसिनाले सिॅंचेर । २, बल्ल बन्छ देश हातमा हात मिलाउँदै सम्हालौँ आफ्नो परिवेश ३, सुन्दरताको छ खानी परिश्रमी किसान छन् सबैको सहयोगी बानी ।
सरिता सेढाई, धादिङ … १, कुरा अधिकारका रहे कानुन छ भेदभावपूर्ण वकिलहरू बिक्री भए । २, अर्थतन्त्र ओरालो लाग्यो डुब्ने सङ्घारमा देश नेताहरू परपर भाग्यो । ३, प्रवासीलाई अधिकार चाहियो आफू बसेको देशबाट भोट दिन पाइयो ?
रबि पौडेल ,दक्षिण भारत पाण्डेचरि … १, प्रयास आकाश छुनलाई सम्झेर कहिल्यै नरुनु बाआमालाई दिन्न रुनलाई । २, आफ्नै मान्छेले लडाउॅंछन् कसलाई उचाल्दा हुन्छ कानमा शङ्ख बजाउॅंछन् । ३, महिलाले महिला मारेका नेपालको कानुन मनमौजी महिलाहरू ओझेल पारेका ।
चुडामणी देवकोटा, चनपा – १३, काठमाडौँ … १, सलल बगेको खोला बाह्र वर्षपछि फर्कन्छ साँच्चै फर्केको होला । २, पवनले पत्र चलाउँदा सितारा घुम्टी झिकेर निशापछि रवि सल्बलाउँदा । ३, म भाग्यमानी ठानेर डोकोमा दुध दुहुन्न अडिन्न भन्ने जानेर ।
झरना विन्दु ‘सरु’, सिराञ्चोक-५,गोरखा, हाल:राइनास-१,लमजुङ … १, अन्याय अत्याचार विकार मौलाउन नपाओस् पुनः कोही नहोस् सिकार। २, मौनतामा रुमलिन नपरोस् आवाज उठाउनु पर्छ कसैले अतिक्रमण नगरोस् । ३, हारेको कर्म नभनौँ किमार्थ दिदीबहिनी हो कर्ममा लागि परौँ ।
पृथक प्रकृति … १, गर्नेको पुच्छर तान्छ्न् बहुमत पाएर चण्डालले हैरानी दिएर बान्छन् । २, उहिले लाइएन माया आँखाको मिठास झझल्को अहिले परिगयो छाया । ३, हरियाली सुन्दर ठाउँ मासेर यसरी आफैँले खोजेर कहाँ पाऊँ ।
रामप्रसाद पुरी, बादेल, खोटाङ … १, मानवले मानवको सेवा अति उत्तम हुनेछ पुण्य कर्मको मेवा। २, बन्दछ भविष्य राम्रो समयलाई चिन्न सके डुबेको जिन्दगी हाम्रो ।
होम प्रसाद नेउपाने, धरान, सुनसरी … १, ए ! युवा जाग बन्नुपर्छ तिमी साहसी यसैले विकासमा लाग। २, सुकेर गयो खहरे लाग्छ उसलाई डर नबन तिमी सहरे। ३, माटो माया कति गर तिमी सम्मान जाँगर छ जति।
नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत … १, ओराली झर्दै उकाली एकदिन पक्कै आउला हामी खेलेको चौतारी ! २, सलसल बग्छ खोली उमेर भयो उनको पठाउँदा हुन्न भोलि। ३, नेपालीको बोलीमा मिठोपना सगरमाथा घुम्न आउनु चारैतिरका मिलेर सबैजना।
टिकाराम पुन पुकार, छत्रेश्वरी गाउँपालिका – २, सल्यान … १, थापेर आमाको आसिक भर रहेनछ जिन्दगीको बाँच्न गर्दैछु कोसिस। २, तेरो मेरो गन्छौ फोहर हुन्छ जिन्दगानी बेतुक कुरा भन्छौ । ३, अर्थपूर्ण जीवन गाथा, चाहेर नि भएन पल्टिएर उल्टो पासा ।
मनोहरी पौडेल, गैडाकोट १ … १, आज सपना देखियो उज्यालो बिहानीपखमा हेर दुष्कर्मको समय लेखियो । २, सत्कर्म गर्ने गरौँ धर्म मान्दै मनुष्यको समयमा खुसीले भरौँ । ३, नडराऊ दुःख गर्न गर्छ पात पलाउने फेरि भुइँमा झर्न ।
धनुष न्यौपाने, गुठीचौर गाउँपालिका – ४, बिगारे जुम्ला … १, दौरासुरुवाल र कोट हेर! कत्ति सुहाएको छैन मनमा खोट । २, नेपाली हामी वीर राष्ट्र हाम्रो मुटु झुक्न दिॅंदैनौँ शिर । ३, हिमाल, पहाड, तराई सबै बरोबर यहाँ कोही छैनन् पराई ।
शशीश्री आचार्य … १, नभेटेसम्म बसेका पर वैकल्पिक शक्तिको पनि उम्दापनको भएन धर । २, हजार गरियो भलाइ द्वेषको एउटै काँटीले सिध्याई दिए जलाइ ।
कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे … १, एक भई जुटौँ अन्त्य गर्न ज्यादती अब नारी उठौँ । २, किन बढ्छ देशमा हत्या हिंसा बलात्कार हुन्छ पापीको भेषमा । ३, विकास कहिले होला ? देशको प्रमुखमा खाली कुर्सीमै छोड्लान् चोला ।
अनिता भण्डारी, ताप्लेजुङ … १, छैन चित्त शान्ति देखेर देशको हालत मन भयो भ्रान्ति ।
मन्दिरा सेढाई, मलेखु, धादिङ … १, भो दुर्गति अति भुत्ला भुवाझैँ सधैँ यो जिन्दगीको गति । २, आमोदप्रमोद वर्णन गरी बस्छन् मानिस यहाँ जीवनचरित्र सोचेर सुधासरि । ३, आजन्म भाग्य टाँगी कति चल्छ जीवन सदैव भीख मागी ।
विवश पारदर्शी, झापा … १, बर्सियो आँसु खुनको झुटले ढाक्न सकिन्न नसोध्नु खबर उनको ।
ताराप्रसाद चापागाईँ, धुनिबेसी … १, बाँच्नु कहाँ गएर ? जन्म लिन मनै छैन छोरी भएर २, सधैँ नराम्रो दृष्टि मारेर नारी रित्तिए के होला सृष्टि ? ३, विकृतिको आउँछ समाचार नारीलाई जोगाएर राख्नु देऊ बाँच्ने अधिकार ।
प्रकृति देवकोटा,चितवन टाँडी … १, हिमाल धपक्क हाँसेर दार्जिलिङले लाउँछ मोहनी हार्दिक साइनो गाँसेर । २, चिया पिउनु सुरुप्प हरर बासना चल्यो चियाको गुच्छा झुरुप्प। ३, दिन भयो घमाइलो आऊ, साथी घुमाउन गरौँ आपसमा रमाइलो ।
मोती सुब्बा, दार्जिलिङ,निमकी डाँडा … १, जीवन गुजारौँ हाँसेर पर्दछ किन रुनु ? उपकारी वाचा टाँसेर । २, मनुष्य योनिमा हामी हौँ प्रभुका दास काम गरौँ छामी । ३, जानु पर्दैन काशी सत्कर्म गरेर हुन्छ बसौँ बनेर मृदुभाषी ।
कार्की डिबी माकुम, सुनवल – ४, नवलपरासी … १, नारी सृष्टिकी खानी सन्तान खातिर त्याग ल्याउँछिन् उज्यालो बिहानी। २, लुकाई पीडा नारी ओठमा ल्याई हाँसो बोकी जिम्मेवारीको भारी। ३, नारी मैनको रूप आफू जलेर उज्यालो पग्लन्छे बन्दै धूप।
सरस्वती श्रेष्ठ … १, आशा भरोसाको आडमा , हिॅंड्यो ऊ अब टेकी सबैको ढाडमा । २, विश्वास गरे गाँडमा, फेर्दै रूप उसले लान्छ कि भाँडमा ! ३, रमाउन मन काखमा, तिम्रो पनि ध्यान नजाओस् ल लाखमा !
दीपा गुरुङ्ग समभाव, काठमाडौँ … १, जागोस् सबैमा जागरण आलस्य जिउमा रहिरहे फेरिन्न कहिले आवरण । २ जुनेलीले बिस्कुन सुकाउँदैन संस्कार संस्कृति बुझेको इमानदारले कुरा लुकाउँदैन । ३ प्रदूषित नहोस् माथ हरेक महान् कार्यमा सदा मिलोस् साथ ।
त्रिलोचन भण्डारी, मेचीनगर, झापा … १, छेपारोले गीत गाउँदैन व्यवस्थाको ठगाइले गर्दा रातमा निद्रा आउँदैन । २, मान्छे एउटै हामी उचाल्दा आकाशमा उड्ने जाति पर्यौँ दामी । ३, पहिलो भेटमा लजायौ बिहेपछि त तिमीले मेरो बाह्र बजायौ ।
राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ … १, महिलाले बन्धन तोडेर कति बस्नु भान्छामा परिचयको बाटो मोडेर। २, बस्नु कति रोएर कमजोर बन्नु हुँदैन आँसुले मुख धोएर। ३, मायाले माया मारेको मोहनीले हो कि कस्तो पीर पारेको।
संगीता खरेल, चन्द्रागिरि – ८, काठमाडौँ … १, आशाले बाँधेर राखिन्छ विश्वास भए जीवन फुस्कियो जहाँ साँचिन्छ । २, चिसो बतासले उडाउँदै प्रेममा फुल्यो ढकमक्क बास्नाले तृषित बनाउँदै।
बिकास छेत्री अञ्जान, बिजनबारी, दार्जिलिङ। … १, जिन्दगीमा दु:ख काटनु सुख कहाँ मिल्छ, साँचो माया साटनु । २, सफलतामा मेरो हात हेरौँ, जित भएपछि, बधाईको हुन्छ बात । ३, सबैको घरमा नारी दु:ख पनि लुकाएर , काँधमा हुन्छ जिम्मेवारी ।
श्रीकृष्ण धामी, बझाङ … १, यतिमात्र लाग्यो विशेष दिइन्छ हत्यारालाई सुरक्षा बधाई छ देश । २, तस्करीबाट समातिएको सुन लागु हुँदैन धनीहरूमा मेरो देशको कानुन । ३, दिनहुँ हुन्छ बलात्कार सरोकार छैन सत्तासीनलाई भइरहोस् हिंसा काटमार।।
बि.कुलुङ, दार्जिलिङ रंगबुल … १, मूल्याङ्कन भएन खुनको हातै काटेर लेख्ने, गर्थेँ नाम उनको।
शंकर कार्की, मकवानपुर … १, गन्तव्य खोज्दा पाइन्न, बढ्नु पर्छ अघि नत्र खिर खाइन्न। २, अरूको पछि लाग्नु, खर्च हुन्छ समयको बरु आफू जाग्नु। ३, जातिले धेरै छुन्छ जात मात्र एउटा जसमा मानवता हुन्छ ।
विनोद खाती, मिरिक, दार्जिलिङ … १, वरको सिन्को नसार्ने किन परको चिन्ता ? आफूले आफैँ लतार्ने। २, झिल्का त्यसै नसल्का! ठुलै शक्ति हो ! छिनमै मच्चाउँछ तहल्का।
हरिगोपाल प्रधान, बनेपा – १४ साँगा बजार … १, नलगाउनु कसैलाई खोट उम्रिॅंदैन होला कहिल्यै बिउबिनाको त बोट । २, पर्छ सबैले जान्न महिला पुरुष चाहिन्छन् यो सृष्टिलाइ धान्न ।
मन्जु बोहरा, सुदुरपश्चिम बझाङ … १, दुई दिनको जीवन छ घामछायाँ जस्तै बनाऔँ स्वच्छ मन । २, चल्दछ जीवनको खेल सुखदुःख हुनु स्वभाविक यदाकदा हुन्छ जेलझेल । ३, कहिले आँसु बगाउने कहिलेकाहीँ यो जिन्दगीमा खुसियाली मात्र मनाउने ।
रसज्ञ छहरा … १, आवरण मात्रै चटक्कै कृतिको उपसंहार पढ्दा मूल्यबोध पाइएन पटक्कै। २, धनकै मात्र लोभ मान सम्मान छैन यसैले हुन्छ विक्षोप। ३, दन्तेकथा हुन गयो संस्कार संस्कृति सबै भालुकै कन्पट भयो।
पेम्बा यल्मो … १, पीडा अनेकौँ बोकेर बाँचेका धेरै नारी इच्छा आकाङ्क्षा रोकेर । २, ईश्वर पाउन भाकियो शत्रुको आँखा लागेर खाल्डामै फेरि जाकियो ।
रचना शर्मा ‘प्रतीक्षा’ … १, भगवान्को शरण पर्छु शुभ प्रभातको सबैलाई हार्दिक नमन गर्छु। २, न फुर्सद हुन्छ झिल्का लेखन अरूको पढ्दा मन छुन्छ। ३, औधी साहित्यमा चासो बेफुर्सदी यहाँ बेकाम थाप्छु झिल्काको पासो
कोपिला अधिकारी, गोरखा सिरानचोक … १, हामी आजका नारी सबल अनि सक्षम काँधमा हाम्रो जिम्मेवारी । २, नसोच हामीलाई दास सृष्टिको सुन्दर सृजना हामी हौँ खास । ३, नारी आफैँ उठौँ मागेर पाइने होइन अधिकारको लागि जुटौँ ।
रुना कर्माचार्य दाहाल, चितवन … १, छैनौँ असल मानव देखिन्छ भेटिन्छ खराबी प्रवृत्तिको सबै दानव । २, जीवन सुखका लायक पोख्छन् असन्तुष्टि सबैले छैनन् उपयुक्त नायक । ३, ढाँटको खेतीमा गयो मन जितेनौँ कामले सत्य मासिएझैँ भयो ।
रामप्रसाद पुरी, बादेल, खोटाङ … १, निद भयो भङ्गै आहारा खोज्न उठे, भालेको डाकसॅंग दङ्गै । २, रगतलाई कालो पारी घरबार राम्रो सिॅंगार्छु बाँझो नराखी बारी । ३, हाँसो अधरमा छरी अन्धकारलाई च्याती दिन्छु, सङ्घर्षमा अघि सरी ।
सीमा कार्की समर्पण … १, लाग्छौँ दिवस मनाउन बरु सबै जागौँ देश सुन्दर बनाउन । २, गरौँ विभाजन फोहरको नागरिक बने सचेत , देशमा वर्षा मोहरको। ३, विवेकको उपयोग गरौँ सत्यको दिई साथ , न्यायलाई विश्वासले भरौँ ।
सुस्मिता अधिकारी, काठमाडौँ … १, राजनीतिमा भयो खेल जनता सधैँ मारमा गर्छन् नेता जालझेल । २, जनता हामी भेडा सधैँ विश्वास गर्ने नेता हुन्छन् टेडा ।
बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाई – ४ झापा … १, आउँछिन् सधैँ जुनेलीमा लुटाएर निशामा कौमार्य जान्छिन् फर्की उजेलीमा । २, उपभोग्य साधन रे कठै ! कस्तो सोच ? उपभोक्ता मर्द ए ! ३, आयौ रश्मि जसरी स्वर्णिम रात भुलेर जाऊ भनूँ कसरी ?
नेत्र घिमिरे, सूर्यविनायक ,भक्तपुर … १, ठुला गरे कुरा संसदमा बसेर नेताले काम सबै अधुरा । २, दौरासुरुवालको छ सान नेपालीको एउटा छुट्टै भाषा संस्कृति पहिचान!