• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Tag: झिल्का कविता

साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २० सम्पन्न

  • २१ जेष्ठ २०८१, सोमबार २१:३८ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको २० औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५२ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २० मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    …
    १,
    कमल हिलोमा फुल्छ
    ‌खास वरदान भगवान्‌को
    सिउॅंडी मरुभूमिमा डुल्छ ।
    २,
    हुने नहुने कुरो
    सस्तो लोकप्रियतामा कुदिरहन्छौ
    बुझ्दै नबुझी चुरो ।
    ३,
    एकनासको हुँदैन बाटो
    सदा लक्ष्योन्मुख होऔॅं
    सकेसम्म नराखी रहाँटो ।

    • म्यामराज राई, भोजपुर
      …
      १,
      मनमा नजमाई शीत
      बाँचुन्जेल हाँसौ खेलौँ
      भविष्य छ अनिश्चित !
      २,
      गर्नुहुँदैन कदापि रोष
      गल्ती आफ्नो जान्दाजान्दै
      अरूलाई दिएर दोष !
      ३,
      पैसाको मुख कालो
      अपराध निम्त्याउँछ यसले
      षड्यन्त्रको हो जालो !
    • वसन्त अनुभव, घोराही, दाङ
      …
      १,
      ढुङ्गालाई माटोको भर
      दुवै मिले पो
      बन्छ सुन्दर घर !
      २,
      आयो जमाना कस्तो ?
      खै किन यहाँ
      लोकप्रियता बन्दैछ सस्तो ।
    • दीपा समभाव, खोटाङ
      …
      १,
      भ्रमर फूलमा डुल्छ
      रस पसेपछि हेर्दै
      फूल काँडामा फुल्छ ।
      ३,
      नचाहिने गर्छौ कुरो
      समाज सेवाको काम
      चलाउन आफैँ सुरो
    • बेदु न्यौपाने
      …
      १,
      उनीसँग जुध्यो नजर
      रुझ्यो बनको सेरोफेरो
      प्रेमिल उष्ण रहर ।
      २,
      मायाको खर्पन ढाकर
      बोकेर सगरमाया चढ्ने
      पङ्ख प्रेमको सगर ।
    • ममता पौडेल, बुढीगङ्‌गा-२, मोरङ
      …
      १,
      हिम्मत नै गर्नुपर्छ
      आफू आफैँलाई चिनौँ
      समयले सब गर्छ ।
    • ताराप्रसाद चापागाईँ, धुनिबेसी, धादिङ
      …
      १,
      दलित अछुत भनेर
      मानवमाथि मानवले बोल्छन्
      मानहानि सधैँ गरेर !
      २,
      सबै समान नहुने
      मानवमा मानवता नभएर
      कसरी तिनी नछुने ?
      ३,
      कहिले हुन्छ समान
      मानव मानव मिली
      अवश्य आउॅंछ बिहान !
    • भोलामान बर्देवा, धरान ८ सुनसरी
      …
      १,
      किन विकार जगाउने ?
      सत्यतथ्य बुझ्न खोज्दैनन्
      लान्छना मात्र लगाउने !
      २,
      आफ्नो धरातल भुल्छन्
      मानवको स्वरूप मात्र
      आखिर आडम्बरमा फुल्छन् ।
      ३,
      भएर पुनः मपाई
      कुनै पनि बहानामा
      शोषण गर्न नपाई !
    • पृथक प्रकृति ,झापा
      …
      १,
      बाँकी काम रोकेर
      आएको भेट्न मायालाई
      मनमा खुसी बोकेर !
      २,
      सुन्दर बनी फुलिदेऊ
      भनेर सोच्छु म
      मेरो मनमा डुलिदेऊ।
      ३,
      हाँसेर बोल्नु राम्रो
      बनोस् नटुट्ने सम्बन्ध
      झन् गहिरो हाम्रो !
    • अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६ संखुवासभा
      …
      १,
      मनको हुँदोरहेछ पोको
      सॅंगालेर राख्दा पनि
      पूरा नहुने धोको !
      २,
      भन्न सजिलो हुन्छ
      पर्दा मात्र आफूलाई
      बल्ल मन छुन्छ।
      ३,
      मनलाई नबनाऔॅं अस्थिर
      सॅंगालेर राख्छ जसले
      अन्तमा हुन्छ वीर !
    • अर्जुन प्रसाद चौलागाई, सुनापति-१, रामेछाप (हालः-अमेरिका, बोस्टन)
      …
      १,
      नगर्नु जोसको बात
      आउने गर होसमा
      पाइन्न कसैको साथ !
      २,
      नबिराउनु अनि नडराउनु
      भ्रष्टाचारी भए कोही
      दण्ड सजाय गराउनु !
      ३,
      दिनेछन् जनताले साथ
      हुन् जनार्दन तिनै
      बुझेर गरे बात !
    • सतीश पण्डित, चुँदी तनहूँ (हाल चनपा- ६ मातातीर्थ)
      …
      १,
      आफ्नाहरू बिराना बन्छन्
      लौरी दिएर तार्‍यो
      आफैँ ठुला भन्छन् ।
      २,
      खोला तर्‍यो भाँच्यो
      भुल्यो लौरी दिनेलाई
      खुट्टामा हिर्काएर नाँच्यो।
      ३,
      कस्लाई आफ्नो भनौँ
      संसार विचित्र रहेछ
      सबैसॅंग व्यावहारिक बनौँ ।
    • चुडामणी देबकोटा, पुरानो नैकाप काठमाडौँ
      …
      १,
      विरोध गर्नेले गर्छ
      मौका सधैँभरि आउॅंदैन
      टन्न कमाउनु पर्छ ।
      २,
      जसले कमाउन जान्छ
      हेर्दैन राम्रो नराम्रो
      समाजले उसैलाई मान्छ ।
    • शंकर कार्की, मकवानपुर
      …
      १,
      कसैलाई समयले पर्खॅंदैन
      व्यर्थ खेर नफालौँ
      बितेको पल फर्कॅंदैन।
    • बिके मुखिया, दार्जिलिङ, भारत
      …
      १,
      हरियो बोटको जरा
      चौतर्फी ढकमक फूल
      आखिर सुन्दर धरा !
      २,
      कुरैकुराले घर चलाए
      समाज बनाउँछु भन्दै
      मानिसको मन जलाए !
    • आर्त अकुलीन
      …
      १,
      विश्वास मन फुकाएर
      अगाडि पछाडि नहेरी
      बसेका खुसी लुकाएर !
      २,
      जनता नेताको पछाडि
      नेताजी कुर्सीको दाउमा
      खुलेर निस्कनु अगाडि !
      ३,
      जङ्गल फडानी नगरौँ
      नफसौँ पहिरो जानमा
      हरियो बिरूवाले भरौँ ।
    • अम्विका अधिकारी, झापा बिर्तामोड
      …
      १,
      हुँदैन कसैको आसले
      एकदिन जान्छ छोडी
      आफूले फेर्ने सासले !
      २,
      नगर्नु अर्काको रिस
      दिन सक्छन् सत्रुले
      अमृत भनी विष !
      ३,
      लिची, आँप फलेको
      बढ्यो गर्मी धेरै
      तातो हावा चलेको !
    • अनिता भण्डारी, ताप्लेजुङ
      …
      १,
      उदाउँदो बिहानीको घाम
      स्वास्थलाई धेरै राम्रो
      गर्नु ताप्ने काम !
      २,
      साग सिस्नो खानु
      रोग हट्दै जान्छ
      पर्दैन अस्पताल जानु !
    • राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर ।
      …
      १,
      सबैले हिम्मत गरौँ
      मरेको मनलाई आनन्द
      मनमा माया भरौँ !
    • नीमा छिरिङ भोटिया, जलढका कालेबुङ
      …
      १,
      सपना देशको मेरो
      उन्नति लिएर साथमा
      नझुकोस् सधैँ सेरोफेरो !
      २,
      कुर्सीको तानातान हेर
      बडेमान शून्य जित्ने
      खै चलाखविना खेर !
      ३,
      चाँदनी रुँदैछ देशमा
      सिमाना पारि एक्लै
      न्याया खोज्दैछु केसमा !
    • एवाइ प्रभात, सहिदभूमि, धनकुटा
      …
      १,
      भ्याइएन गन्तव्य कोर्न
      सकेनौँ अझै हामीले
      आफ्नैको फोहोर सोर्न !
      २,
      जहिल्यै कुबुद्धि आउँछ
      आफ्नो धर्म त्याग्दा
      सरापले उल्टो गराउँछ ।
      ३,
      लाकतन्त्रमै त्यस्तो गरेको ?
      लेखेको भनेको कथित
      समाचार भ्रष्टाचारले भरेको !
    • रामप्रसाद पुरी, बादेल, खोटाङ
      …
      १,
      देख्दैनन् मजदुरको काम
      हरपल बगाउँछन् पसिना
      पाउँदैनन् उचित दाम !
      २,
      खान्छन् व्यन्जन चौरासी
      ठुलाबडा भनाउँदाहरूले यहाँ
      हामीलाई बनाउँछन् दासी !
      ३,
      गरिबीको चपेटामा परी
      व्यवहार सम्हाल्नु पर्ने
      दुनियाँको इस्तेमाल गरी !
    • सीमा कार्की समर्पण, मेलचोक पर्सा
      …
      १,
      रित्तो हुँदैछ गाउँ
      बेरोजगारीको चपेटाले गर्दा
      परदेसिए बिरानो ठाउँ !
      २,
      निभ्यो आसाको दियो
      देशको बेथितिले गर्दा
      गलेर आउँछ हियो !
      ३,
      आँसुले मुख धुँदै
      बुढेसकालको सहारा गयो
      वियोगमा विक्षिप्त हुँदै !
    • संगीता खरेल, चन्द्रागिरी – ८, काठमाडौँ
      …
      १,
      स्वास्थ शरीर लिएर
      बढ्न सकिन्छ अगाडि
      नहिड रक्सी पिएर !
      २,
      आफूले पाएको ज्ञान
      दिन सक्नुपर्छ सबैलाई
      यति कुरा जान !
      ३,
      हेर जीवन जिएर
      भइन्छ त्यसै बर्बादी
      रक्सी मात्र पिएर ।
    • ललिता गिरी, सिन्धुली (हाल काठमाडौँ )
      …
      १,
      मनमा कुरा खेल्छ
      उपलब्धीको खोजी गर्दै
      अझ किन धकेल्छ ?
    • प्रेम थापा “मन”, बागलुङ
      …
      १,
      काममा व्यस्त भएर
      बन्द सिर्जनाको ढोका
      खेतको गरामा गएर !
      २,
      मायाको तिर्सना मिठो
      सकिन्न कसै बिर्सन
      खाइन्न फल गिठो !
      ३,
      जिन्दगी गाह्रो जिउन
      सकिन्न किनेर कपडा
      सुचिकारमा पुगी सिउन !
    • भगवती दवाडी, झापा
      …
      १,
      चोखो माया साँचेर
      नगर्नु कलह कसैले
      जीवनमा बाँचौँ हाँसेर !
      २,
      समयले डाँडा काट्यो
      तिम्रो त्यो कर्तुतबाट
      मन त्यसै फाट्यो ।
    • सरस्वती श्रेष्ठ, इटहरी
      …
      १,
      हार मान्नु हुँदैन
      दुःख हुन्छ सबैलाई
      बालक केवल रुँदैन ।
      २,
      तिमी सानो थियौँ
      ठुला थिए सोच
      अहिले कसलाई दियौँ ?
      ३,
      बलियो बनाऊ मन
      प्रदर्शन गर्न शक्ति
      काम्नु भएन तन !
    • धनुष न्यौपाने” यात्री”
      …
      १,
      देश गम्भीर मोडमा
      सबै सचेत बनौँ
      अस्तित्व बचाउने होडमा !
      २,
      मृग ओरालो लागेको
      भेट्टाउन मानिसहरू किन ?
      उसको पछि दौडेको ?
      ३,
      जति दबाउ भलिबल
      उति माथि पुग्छ
      पुग्छ उसलाई मल !
    • रबि पौडेल ,दक्षिण भारत पाण्डेचरि
      …
      १,
      जेठको घाम रापिलो
      गर्मीले तराई पाक्दैछ
      हुँदैछ पृथ्वी बाफिलो !
      २,
      उडेका चरा खस्दैछ
      भनेर औलो लाग्ला
      मनमा शङ्का पस्दैछ ।
      ३,
      सम्झिए हुर्केको पहाड
      सितल त्यो चौतारी
      छेउमा झरनाको दहाड !
    • सरस्वती श्रेष्ठ, रुपन्देही बुटवल
      …
      १,
      भगवान्को ढोकामा ताला
      मान्छेले ल्याएर ठोकेको
      मान्छेलाई झुक्याउने चाला !
      २,
      तिमीले तुलसी पुजेको
      भगवान्को आफ्नै नियम
      यति मैले बुझेको !
      ३,
      सन्सार तिम्रो मेरो
      बाँचुन्जेल प्राणीको साझा
      मरेपछिक‍ो लोक अँधेर‍ो !
    • कमला पौडेल
      …
      १,
      खुशीको साँचो गोजीमा
      अनेकौँ तर्क आवतजावत
      भौँतारिन्छु सत्यको खोजीमा !
      २,
      भोकले भोजन माग्दछ
      यसकै लागि भौँतारिएँ
      रुखोसुखो अमृत लाग्दछ ।
      ३,
      सुखी परिवार बनाउन
      हेर छोराछोरी जन्माएँ
      दुवै उडे कमाउन !
    • नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर
      …
      १,
      आउने जाने क्रम
      यथार्थ रत्तिभर नभएको
      जीवन एक भ्रम !
      २,
      परिस्थितिको भिरेर भार
      परदेश पुगेको हुन्छन्
      हामीसँगै देशको अनुहार!
    • बि.कुलुङ, दार्जिलिङ
      …
      १,
      आउँछ अवश्य पालो
      समय पर्खनु पर्छ
      हट्छ निरङ्कुशताको जालो।
      २,
      अरूलाई रुवाई हाँस्ने
      अमानवीय कार्य गर्दै
      प्रीति कहिले गाँस्ने ?
      ३,
      गरे असहायको सेवा
      निस्वार्थ भाव बोकी
      मिल्छ एकदिन मेवा !
    • अरुण कुमार भुजेल, गोरूबथान,कालेबुङ,भारत
      …
      १,
      सबैको प्यारो बनौँ
      मनको पीडा कलमले
      धेरै कुरा भनौँ ।
      २,
      अरू केही चाहिॅंदैन
      बाआमा जस्तो माया
      संसारैमा कतै पाइँदैन।
    • सविता भट्टराई, जनकपुरधाम
      …
      १,
      वसन्तमा हरियाली बोट
      मन उदास हुँदा
      मनभरि गहिरो चोट !
      २,
      मालामा सुवाउने फूल
      खोला आउँदा सधैँ
      तर्न चाहिने पुल !
      ३,
      बगेको पानी खोला
      बाबा घरमा नभए
      जिन्दगी के होला ?
    • श्रीकृष्ण धामी, बझाङ
      …
      १,
      उहाँहरू कसिएर आउनुभयो
      वरपरको माहोल विचारी
      फर्की जान पाउनुभयो ।
      २,
      भातभान्सा खाइसकेर आइयो
      फुर्सद अनुभव गरिएन
      कामधाम सकिवरी खाइयो ।
    • लक्ष्मी रिजाल, कञ्चनरुप १२, रुपनगर, सप्तरी
      …
      १,
      कसैलाई नभन्नु भुलेर
      पीडा भए पनि
      मनको कुरा खुलेर !
      २,
      सदनको खेल हेर
      परेर कुर्सी मोहमा
      गर्दैछन् समय खेर !
      ३,
      सबैको आउँछ पालो
      सहन सक्यो भने
      फ्याँकिन्छ अत्याचारको जालो !
    • कला ढकाल, झापा
      …
      १,
      विवाहको नाटक गरेर
      सम्पत्ति सबै कुम्ल्याउने
      लोभ लालचमा परेर !
      २,
      भएमा प्रेम पवित्र
      मिल्दछ आनन्द आफैँ
      त्यही सानो झुपडीभित्र !
      ३,
      मान्छेमा मानवता हरायो
      देखासिकी गर्दा आपसमा
      जीवनशैली भड्किलो गरायो।
    • पद्मा काश्यप पाण्डे, मोरङ
      …
      १,
      प्रेम रोगजस्तो कडा
      अरू केही हुँदैन
      याद निकै तगडा !
      २,
      समय कटाउने खेल
      चोखो मायामा पनि
      घात हुन्छ अचेल !
    • साबित्री प्याकुरेल, धादिङ
      …
      १,
      खोज्दै हिॅंडियो गयो
      डुलेर चौतर्फी बेकार
      हल्लाको पछि भयो ।
      २,
      निधारभित्रको यस्तै लेखान्त
      थाहै हुँदैन कसैलाई
      जिन्दगी मायावीको उपरान्त ।
      ३,
      खोजेर कहाँसम्म हिॅंडू
      यो भाग्यको रेखा
      घरघर गर्दै भिँडू।
    • ईश्वर साउद, रामारोसन- ६ सुदुरपश्चिम अछाम
      …
      १,
      मनको पीडा बुझिदिने
      एउटा साथी चाहियो
      कोही हुनुहुन्छ खोजिदिने ?
      २,
      हरेक रात सम्झिदिन्छु
      एकान्तमा बसेर हरपल
      बाटो हिॅंड्नेहरूलाई सोधिलिन्छु ।
      ३,
      कयौँ सपनाहरू सजाए
      तिम्रो आगमनको प्रतीक्षामा
      वियोगमा मन जलाए !
    • दिल ठकुरी, टिस्टा भेल्ली दार्जिलिङ
      …
      १,
      बोल्नुपर्छ दिल खोली
      देखाऔँ यहाँ सबैले
      स्थिर खालको बोली !
    • बाबुराम पाण्डे, अर्घाखाँची
      …
      १,
      विश्वास कसैको नगर्नु
      स्वार्थ पूरा भएपछि
      छोड्छन् पारेर मर्नु !
      २,
      कमल हिलोमा फुल्छ
      संसार लोभ्याउने फूल
      देखेर मन भुल्छ ।
      ३,
      मनमा पिर लिएर
      जिउन सक्नुपर्छ हामी
      दुःखमा सान्त्वना दिएर !
    • लक्ष्मण देउवा, डोटी (हाल भारत)
      …
      १,
      झमझम पानी दर्कियो
      आकाशैबाट आज हेर
      खेतको बाली लर्कियो ।
      २,
      जाला बैंस खेर
      केटा छान्दा छान्दै
      बस्नु पर्ला हेरेर !
    • बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाइ ४ झापा
      …
      १,
      मेरो कथा अर्को
      बुझ्छौ होला सोचेँ,
      मानी दियौ झर्को !
      २,
      जीवन साँच्चै छोटो
      राम्रो रमाई बाँच्नु
      हुन्न भाग्य खोटो !
      ३,
      मैले हारी दिउँला
      तिम्रो जीतको लागि
      आफैँ आँसु पिउँला !
    • पुष्पा राई, बादेल, खोटाङ
      …
      १,
      मैले दिएको माया
      पत्यार नलागे तिमीलाई
      सम्झनु तिम्रै छायाँ !
      २,
      अँध्यारोमा देखिन्न कहिले
      मन उज्यालो बनाउनु
      तिम्रो साथमा जहिले !
      ३,
      मनमा शङ्काको बादल
      मास्तिर उठेको बेला
      ओसिएछ कतै मादल !
    • मोती सुब्बा दार्जिलिङ, निमकी डाँडा
      …
      १,
      छैन पाएको मान
      राम्रो काम गरे
      गयो आज जान !
    • गंगाराम यादव, औरावनी २, सुनसरी
      …
      १,
      सोच्दै नसोच्नेलाई सुख
      समस्या टार्दै गयो,
      सन्तापले बढायो दुख !
      २,
      वर्तमान ठुलो झन्
      भविष्य सोचेर हुन्न
      भूतकाल व्यर्थ छन् ।
      ३,
      गर्दै जाऔॅं कर्म
      जान्छ जीवन बन्दै
      पालना गर्दै धर्म !
    • मनोहरी पौडेल, ग‌ैडाकोट १
      …
      १,
      साँझ परेपछि सलादमा
      गर्मी कसरी कटाउने
      लोकल अथवा ब्राण्डमा !
      २,
      कोदोलाई ब्राण्डेड बनाउने
      सोच राम्रै सरकारको
      शुल्क दाबेर बढाउने !
      ३,
      लोकल पिए खोयाबिर्के
      ब्राण्डेड पिए ड्रिङ्क्स
      गुणगान दुवैको छिर्के !
    • घनश्याम पन्त, हरिवन सर्लाही
      …
      १,
      रित्तो गाग्री भरेर
      सबैको प्यास बुझाऔॅं
      उपल्लो जङ्घार तरेर !
      २,
      प्यास सबैको उस्तै
      जोहो गरौँ मूलको
      अरू अलि दुरुस्तै ।
    • हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ साँगा बजार
      …
      १,
      पश्चिम आङको चोटले
      नेपाल आमा मरणासन्न
      नेतृत्व वर्गको खोटले !
      २,
      लुकाएको पुराना चुक
      खोज्नु पर्दछ सबै
      अति भयो छुकछुक !
      ३,
      सन्तान देखिए थरीथरीका
      सुशासनको माला जप्नु
      नीतिगत निर्णय तरिका !
    • प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे

    ::::::::जय झिल्का साहित्य ! :::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविताLeave a Comment on साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २० सम्पन्न

    विशेष झिल्का लेखन अभियानको १५ औँ शृङ्खला ( धूम्रपान विषयक) सम्पन्न

  • १९ जेष्ठ २०८१, शनिबार १३:५२ मा प्रकाशित
  • २०८१ जेठ १८ / झिल्का लेखन अभियानको १५ औँ शृङ्खला (धूम्रपान विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७२ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
    —————<•>—————

    [१]
    १//
    तानिरहे चुरोटको सर्को
    हुन्छ स्वास्थ्यमा हानी
    भुक्तान पर्नसक्छ चर्को !
    २//
    सबैभन्दा अमूल्य ज्यान
    ख्याल नगरी बिगार्दैछौँ
    नियमित गरेर धूम्रपान !
    ३//
    देखाउँदा बेकारमा सान
    जिन्दगी पर्छ धरापमा
    असमयमै जान्छ ज्यान !
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ
    ————-==———–
    [२]
    १//
    बस्छौ चुरोट तानेर
    स्वास्थ्यलाई गर्छ हानी
    नगर्नु गल्ती जानेर !
    २//
    स्वस्थ रहे जीवन
    चुरोट तान्न नपाए
    मेरो मान्दैन मन !
    ३//
    अमृत जस्तै ठानेर
    चोकमा शान देखाउँछन्
    चट्ट चुरोट तानेर !
    ✍️
    लक्ष्मण देउवा डोटी
    हाल भारत🇳🇵
    ————-==———–
    [३]
    हुनैपर्छ सबैमा ज्ञान
    नपिउँ कहिल्यै कसैले
    ज्यान लिने धूम्रपान !
    ✍️
    प्रेम थापा “मन”
    बागलुङ
    ————-==———–
    [४]
    भएन गतिलो मति
    सानले गर्दछौ धूम्रपान
    रोकिएला मुटुको गति !
    ✍️
    ऋजु दिल्पाली
    ईटहरी १ सुनसरी
    ————-==———–
    [५]
    १//
    धूम्रपानलाई गरौँ हेला
    स्वास्थ्य बिगार्छ यसले
    जीवन राेगकाे फेला !
    २//
    नतान्नुस् कसैले सर्काे
    उडाउँदा धुवाँले पनि
    असर पर्छ अर्को !
    ३//
    गराैँ जीवनकाे ख्याल
    धूम्रपान सेवन गरी
    नपाराैँ फाेक्साेमा प्वाल !
    ✍️
    रबि पाैडेल
    दक्षिण भारत पाण्डेचरि
    ————-==———–
    [६]
    १//
    सबैले लिनुपर्छ ज्ञान
    असल साथीभाइ बनाउन
    नगर्नू कहिल्यै धूम्रपान !
    २//
    देश खोक्रो बनायो
    धूम्रपान पिए जस्तै
    सारा सपना जलायो !
    ३//
    जिन्दगीलाई नगर्नु हेला
    धुवाँले उडाउँछ हरर
    रोगको परिन्छ फेला !
    ✍️
    एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    ————-==———–
    [७]
    १//
    जिन्दगी धुवाँमा नउडाऊ
    स्वस्थ जीवन बाँच्नलाई
    निरोगी गाडीमा गुडाऊ !
    २//
    लत बसेपछि छुट्दैन
    लम्पसार परेपछि जिन्दगी
    उठाउन खोज्दा उठ्दैन ।
    ✍️
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    ————-==———–
    [८]
    १//
    ठूलो समस्या भएको
    धूम्रपान गर्दा हेर
    अकालमा ज्यान गएको !
    २//
    जनचेतना चाडै फैलाऊ
    अकालमा जाला ज्यान
    सबैमा सचेतना जगाऊ ।
    ✍️
    कला ढकाल
    झापा
    ————-==———–
    [९]
    १//
    चुरोट खैनी खानी
    स्वास्थ्यमा हानी गर्ने
    राम्रो होइन बानी !
    २//
    धूम्रपान मद्यपान छोड
    जिउन जीवन निरोगी
    कुलतबाट पाइला मोड !
    ✍️
    विवश पारदर्शी
    झापा
    ————-==———–
    [१०]
    १//
    छिट्टै पुगिन्छ श्मशान
    जीवन मिल्दैन घरिघरि
    नगर विषाक्त धूम्रपान !
    २//
    फोक्सो कलेजो सकिएला
    लाचार बेकामे भएर
    उमेरमै थला परिएला !
    ✍️
    निर्मल शर्मा
    पेदोङ भारत
    ————-==———–
    [११]
    १//
    मेटिन्न अङ्गमा दाग
    रहिरहन्छ पहिलेकै असर
    धुम्रपानले पार्छ खाग !
    २//
    स्वास्थ्य खाने बाघ
    चर्छ यो तनभरिमा
    बनौँ धूम्रपानबाट अलग !
    ३//
    नसा देखेर डराउँ
    धूम्रपान हो मृत्यु
    शरीर निरोगी गराउँ !
    ✍️
    लोक वहादुर छेत्री लामिछाने
    मोदी गा.पा.वडा नं २ देउपुर पर्वत्
    ————-==———–
    [१२]
    १//
    ओठको शान छुसी
    पहिलो रोजाई सबैको
    बस्छ पकेटमा घुसी !
    २//
    स्वर्णीम पलको खुसी
    सर्कोमा आफ्नै जीवन
    परिवारमा पलाउँछ ढुसी !
    ३//
    प्राणपखेरु लान्छ लुसी
    फोक्सोलाई तीर हानी
    कुलत भरियो झुसी !
    ✍️
    ममता पौडेल
    बुढीगङ्गा -२, मोरङ
    ————-==———–
    [१३]
    १//
    स्वास्थ्य बिग्रँदै जान्छ
    चारदिन रमाइलो होला
    अकालमा ज्यान जान्छ !
    २//
    छोड धूम्रपान मद्यपान
    सबैमा सन्देश पुगोस्
    आखिरमा लिन्छ ज्यान !
    ✍️
    कमल प्रसाद बगाले रेग्मी
    वालिङ्ग बजार स्याङ्जा
    ————-==———–
    [१४]
    १//
    तान्नुभन्दा ठेल्नु जाति
    कुलत नत्यागेमा चाहिँ
    असमयमै पुगिन्छ माथि !
    ३//
    भकाभक मान्छे मरेका
    सतअसतको बाटो बिर्सी
    पचाएर ध्रुमपान गरेका !
    ३//
    धूम्रपान सबैले त्यागौँ
    अमूल्य जीवन सम्झेर
    कुलतबाट टाढै भागौँ ।
    ✍️
    नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर ।
    ————-==———–
    [१६]
    १//
    खाएमा सुर्तीजन्य पदार्थ
    निम्तिन्छ काल छिटो
    निरोगी भइन्न किमार्थ !
    २//
    चुरोटको धुवाँको सर्को
    तानेमा निरन्तर हेर
    लाग्दछ रोगको लर्को !
    ✍️
    बेदु न्यौपाने
    ————-==———–
    [१७]
    १//
    धूम्रपान मन्द जहर
    स्वास्थ्य पर्नसक्छ जोखिममा
    स्वास्थ्यविद्को यही ठहर !
    २//
    धूम्रपान सेवन गर्दा
    श्वासप्रश्वासमा पर्छ असर
    सोहीमा इच्छाशक्ति भर्दा !
    ३//
    सकेसम्म बहिष्कार गरौँ
    धुवाँले सकस पार्छ
    यही सन्देश छरौँ ।
    ✍️
    पृथक प्रकृति
    झापा
    ————-==———–
    [१८]
    १//
    दिँदै हिँड्ने सान
    देखिन्छ गल्ती गरेको
    गरेर धेरैले धूम्रपान !
    २//
    नगर्नु कसैले धूम्रपान
    जोगिने धन आफ्नो
    सुरक्षित हुन्छ ज्यान !
    ✍️
    दुर्गा आचार्य
    मोरङ
    ————-==———–
    [१९]
    सबैलाई सम्झेर आएँ
    धूम्रपान त्याग गरौँ
    सचेतना नारा लगाएँ ।
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    ————-==———–
    [२०]
    १//
    कुलतमा कहिल्यै नपरौँ
    आत्मादेखि नै सोचेर
    धूम्रपान कसैले नगरौँ ।
    ✍️
    इमान सिंह के.सि.
    ब्यास ९ धनुबेसी,कलेस्ति,तनहुँ
    ————-==———–
    [२१]
    १//
    लागेपछि धूम्रपानको लत
    जीवनले साथ छोड्ला
    छोड्न सकिन्छ हतपत !
    २//
    बिग्रेपछि मान्छेको मति
    जानेरै रोज्छन् धूम्रपान
    स्वास्थ्यलाई गर्नेगर्छ खति !
    ✍️
    बि.कुलुङ
    दार्जिलिङ
    ————-==———–
    [२२]
    १//
    धूम्रपान सेवन नगराैँ
    अकालमा ज्यान फालेर
    कहिले पनि नमराैँ।
    २//
    चुराेट जसले खान्छ
    त्यही मान्छेलाई नै
    कालले छिट्टै लान्छ ।
    ३//
    रक्सी चुराेट खान्न
    बाचा गर आजै
    भन भट्टीमा जान्न ।
    ✍️
    भवानी पाेखरेल( बाबू विराज)
    बाणगङ्गा १ चार नम्बर, कपिलवस्तु
    ————-==———–
    [२३]
    १//
    खान्छौँ खैनी सुर्ती
    हामी यस्तै पाराको
    देखाइदिन्छौँ लौ फुर्ती !
    २//
    नगर्नु भन्छन् धूम्रपान
    यत्रो तागत यसको
    छुट्टै बनाउँछ सान !
    ३//
    धूम्रपान सेवन गरेर
    फोक्सोमा असर देखायो
    अब गइन्छ मरेर !
    ✍️
    ललिता गिरी सिन्धुली
    हाल काठमाडौं🇳🇵
    ————-==———–
    [२४]
    १//
    धूम्रपान कसैले नगरौँ
    यसबाट हुने नोक्सानी
    औँल्याउँदै चेतना छरौँ l
    २//
    नफसौँ कुलतमा जानाजान
    बेलैमाथि होस नराखे
    अकालमै पुर्‍याउछ श्मशान !
    ३//
    मेटाउन भनेर तलतल
    धूम्रपान त्याग्न नसके
    आयु छोटिन्छ पलपल !
    ✍️
    बाबुराम गौतम
    गुल्मी
    ————-==———–
    [२५]
    १//
    स्वास्थ्य अमूल्य धन
    व्यर्थमा खेर नफालौँ
    गरी सुर्तीको सेवन !
    २//
    नगरौँ कसैले धुम्रपान
    सुर्तीको सेवन गरी
    नफालौंँ अकालमा ज्यान !
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    ————-==———–
    [२६]
    १//
    अम्मल खराब बानी
    त्यागी सधैँ धूम्रपान
    बन्नुपर्छ असल ज्ञानी !
    २//
    जीवन हुन्छ कहर
    जब पिउँछ मान्छे
    कालकुटरूपी विषालु जहर !
    ३//
    धूम्रपान सबले त्यागाैँ
    ज्ञानगुनले भरिपूर्ण भई
    प्रगति मार्गमा लागाैँ ।
    ✍️
    जयनारायण नेपाल
    इलाम ,हाल सूर्यविनायक २
    वालकोट ,भक्तपुर ।)
    ————-==———–
    [२७]
    लागौँ धुम्रपानको विरुद्ध
    शरीर स्वस्थ राखौँ
    खानपान होओस् शुद्ध !
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ
    ————-==———–
    [२८]
    १//
    नगरौँ कसैले धूम्रपान
    धूम्रपान मद्यपान गरेपछि
    अकालमा जान्छ ज्यान !
    २//
    धूम्रपान नराम्रो बानी
    बिडी, खैनी, चुराेट
    खाएपछि स्वास्थ्यमा हानी !
    ३//
    राम्रो बाटो जाेड्नु
    फालौँ नराम्रो बानी
    सधैँ हामीले छाेड्नु !
    ✍️
    श्रीकृष्ण धामी
    बझाङ
    ————-==———–
    [२९]
    १//
    धूम्रपानले बेफाइदा सबैलाई
    हुन्छ चिज नोक्सानको
    प्रयोग नगरौँ भाइ !
    २//
    सुर्तीजन्य पदार्थ चिज
    शरीरको दुश्मन हो
    क्यान्सरको हुन्छ बिज !
    ३//
    पुग्छ फोक्सोमा धुवाँ
    शरीरलाई दाउँमा लगाई
    नखनौँ गहिरो कुवाँ !
    ✍️
    सुरेशकुमार पाण्डे
    घोराही १८
    ————-==———–
    [३०]
    धूम्रपानले गर्छ हानी
    अन्धकार बनाउँछ है
    शरीर हुनेछ खरानी !
    ✍️
    अम्बिका अधिकारी
    झापा बिर्तामोड
    ————-==———–
    [३१]
    १//
    सधैँ बेहोस बनेर
    चामल छैन घरमा
    भट्टीमा दियौ गनेर !
    २//
    फाट्यो हेर चोली
    टार्छौ छैन भनेर
    भन्छौ ल्याउँछु भोलि !
    ✍️
    सञ्जना शर्मा
    ————-==———–
    [३२]
    छुदै नछुनु धूम्रपान
    हुनेछ स्वास्थ्यको लागि
    हानीकारक भनेर जान !
    ✍️
    बिके मुखिया
    दार्जीलिङ,भारत।
    ————-==———–
    [३३]
    लगाएर धूम्रपान लागत
    ज्यान जानसक्छ है
    कमजोर हुन्छ तागत !
    ✍️
    गंगाराम यादव
    औरावनी २ सुनसरी
    ————-==———–
    [३४]
    १//
    उपरखुट्टे लाएर सान
    दिनेहरूको छैन कमी
    जोखिममा पारेर ज्यान !
    २//
    मुटु, कलेजो खान्छ
    खोक्रो आडम्बर देखाउँदा
    अकालमा ज्यान जान्छ ।
    ३//
    धूम्रपान बहिष्कार गरौँ
    फैलाऔँ सही सन्देश
    देशकै निम्ति मरौँ !
    ✍️
    धनमाया चौधरी
    कैलाली
    ————-==———–
    [३५]
    १//
    सानो गल्ती ठान्छन्
    ग्याङ्ग बनाउँछन् चोकतिर
    अनि चुरोट तान्छन् ।
    २//
    चुरोटको बसेपछि लत
    खराब गर्छ फोक्सोमा
    जाँदैन यसको खत !
    ३//
    आफू स्वस्थ हुन
    सधैँ धूम्रपानबाट बचौँ
    जीवनभर पर्दैन रुन !
    ✍️
    ललिता गिरी
    सिन्धुली, हाल काठमाडौं🇳🇵
    ————-==———–
    [३६]
    १//
    धूम्रपानको सेवन गर्दा
    घरमा अशान्ति हुन्छ
    झैँझगडामा अघि सर्दा !
    २//
    सम्पत्तिको नास गर्छ
    विकृति फैलाउँछ धूम्रपानले
    जनचेतना फैलाउन पर्छ।
    ३//
    राम्रो हैन धूम्रपान
    अटेर गरी खाएमा
    अकालैमा जान्छ ज्यान !
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान, कालेबुङ, भारत।
    ————-==———–
    [३७]
    १//
    चुरोट सेवन नगरौँ
    स्वस्थ बनाई शरीर
    जीवनमा उर्जा भरौँ ।
    २//
    धूम्रपान मनैबाट त्यागौँ
    खुसी हुन्छन् परिवार
    कुलतबाट टाढै भागौँ ।
    ३//
    फुर्तिलो हुन्छ तन
    रोगले छिटो नछुँदा
    बचत हुन्छ धन !
    ✍️
    सुस्मिता अधिकारी
    काठमाडौँ
    ————-==———–
    [३८]
    १//
    हुँदैन कुलतमा फस्नु
    सुखी जीवन जिएर
    स्वस्थ भएर बस्नु ।
    २//
    बाँडौ सबैलाई ज्ञान
    धूम्रपान गर्नुहुन्न कदापि
    जानसक्छ है ज्यान !
    ३//
    धूम्रपानको बानी बसेपछि
    गाह्रो हुन्छ छोड्नलाई
    कुलतमा हामी फसेपछि !
    ✍️
    अनिता भण्डारी
    ताप्लेजुङ
    ————-==———–
    [३९]
    १//
    पुर्‍याउँ सबैले ध्यान
    धूम्रपान धेरै गरेमा
    लिन्छ यसले ज्यान !
    २//
    पिएर चुरोट सुर्ती
    हानिकारक छ स्वास्थ्यमा
    नलगाउँ धेरै फुर्ती !
    ✍️
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६ , दोलखा ।
    ————-==———–
    [४०]
    १//
    लागेपछि धूम्रपानको लत
    नियन्त्रण गर्न नसक्दा
    दिलाउँछ जीउमा खत !
    २//
    जानीजानी हानी नगरौँ
    बल्लबल्ल पाएकाे जुनी
    अकालमा कोही नमरौँ ।
    ३//
    खाएर चुराेट बिँडी
    विवेक पुर्‍याऔँ बेलैमा
    नलगाऔँ काललाई सिढीँ !
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर, झापा
    ————-==———–
    [४१]
    १//
    लागेपछि चुरोटको लत
    बरु घरबार छोड्ला
    छोड्न सकिन्न हतपत !
    २//
    हतपत नगर्नु धूम्रपान
    भनेको मान बाबुहरू
    नत्र लिन्छ ज्यान !
    ✍️
    दुर्गा भट्टराई
    मोरङ
    ————-==———–
    [४२]
    १//
    धूम्रपानले क्यान्सर हुन्छ
    प्राणघातक चिज नखाउँ
    खाएमा रोगले छुन्छ ।
    २//
    धूम्रपानले पेट भरिन्न
    प्राणघातक क्यान्सर नलागोस्
    नखाएर भुतुक्क मरिन्न ।
    ३//
    गुट्खा, पराग, सुर्ती
    धूम्रपान मुखमा च्यापेर
    नदेखाउनु कसैले फुर्ती !
    ✍️
    चुडामणी देबकोटा
    पुरानो नैकाप काठमाण्डौ
    ————-==———–
    [४३]
    १//
    गर्दछ धूम्रपानले हानी
    थाहा पाइकन् हामीले
    किन लिनु जानाजानी !
    २//
    कुलत हो धूम्रपान
    यसको लतमा पर्दा
    अकालमा जान्छ ज्यान !
    ३//
    छोड्ने प्रण गरौँ
    कुलत हो भनेर
    समाजमा सचेतना छरौँ।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालःअमेरिका,बोस्टन।
    ————-==———–
    [४४]
    १//
    लाग्दछ रोग प्राणघातक
    धूम्रपानबाट टाढा रहनु
    सचेत हुनुपर्छ जातक !
    २//
    धूम्रपान निषेध गरेर
    जागरुक बनौँ समाजमा
    अकालमा कोही नमरेर !
    ३//
    धूम्रपान नराम्रो बानी
    मृत्युको मुखैमा नपरौँ
    सेवन गरी जानाजानी !
    ✍️
    मोती सुब्बा
    दार्जिलिङ निमकी डाँडा।
    ————-==———–
    [४५]
    १//
    धूम्रपान राेगकाे खानी
    सकिन्छ पाउन छुट्कारा
    हटाउँ खराब बानी !
    २//
    धूम्रपानकाे नसा चर्काे
    बेलैमा ध्यान जाओस्
    विकल्प छैन अर्काे ।
    ✍️
    काेपिला अधिकारी
    सिरानचाेक-७, गाेरखा
    ————-==———–
    [४६]
    १//
    चुरोट रक्सी नखाऊँ
    पैसा बचाउन सकिन्छ
    रोगबाट आफूलाई बचाऊँ ।
    २//
    राज्यले कर बढाउँछ
    सुर्ती र मद्यपानको
    यहीँ मन पराउँछ ।
    ३//
    फोक्सो, मुखको क्यान्सर
    फैलिने हुन्छ सम्भावना
    जिन्दगी बन्दछ जर्जर !
    ✍️
    मनोहरी पौडेल
    गैडाकोट १
    ————-==———–
    [४७]
    १//
    धूम्रपानको धुवाँदार नशा
    युवकत्व प्रदशर्नको लत
    जिन्दगीको बर्बादि दशा !
    २//
    पचाउन सक्दैन शरीरले
    खाइन्छ वास्ता नगरेरै
    भन्छन् तानेको पिरले।
    ३//
    बट्टामै तस्बिर देखाएर
    हानीकारक भनिएकै हो
    जान्छन् हस्पिटल लेखाएर !
    ४//
    आँखाहरू दुवै अन्धा
    बुझ पचाएर ओइरो
    बनाउँछन् त्यही धन्दा !
    ✍️
    घनश्याम पन्त
    हरिवन सर्लाही
    ————-==———–
    [४८]
    नगरौँ साथी धूम्रपान
    रहरसँगै लौ लहैलहैमा
    लिन्छ यसले ज्यान !
    ✍️
    बाल कृष्ण श्रेष्ठ
    सोलुखुम्बु
    ————-==———–
    [४९]
    १//
    आनन्द एक सर्काेले
    रमाउन नखाेज साथी
    छाेपिएला मुख बर्काेले !
    २//
    फाेक्साे क्यान्सरले फुट्छ
    राेग सन्चाे बनाउनलाई
    पैसा कहाँबाट जुट्छ ।
    ३//
    सानैदेखि नगर धूम्रपान
    स्वास्थ्य धन हाम्राे
    सामजमा बिक्दैन सान !
    ✍️
    हिरालाल न्याैपाने
    बानपा ८,काेटमाैला, सल्यान
    ————-==———–
    [५०]
    १//
    धूम्रपान अब त्यागेर
    स्वस्थ जीवन बनौँ ।
    मर्नु अघि जागेर ।
    २//
    ज्यान खाने धूम्रपान
    सचेत बसी गरौँ
    आफ्नै जिवनको अध्यान !
    ✍️
    राजनारायण राई
    राजदल बस्ती सोनादह
    ————-==———–
    [५१]
    १//
    नसोचौँ तनाव घटाउँछ
    गरेमा यो धूम्रपान
    फेरि सान बढाउँछ ।
    २//
    अमूल्य छ जीवन
    कहिल्यै नउडाऔँ धुवाँमा
    बर्बादै पार्दछ धन !
    ३//
    नगर्नु कसैले धूम्रपान
    मन्द विष हो
    लिन्छ यसले ज्यान !
    ✍️
    सतीश पण्डित
    भानु ६ चुँदी तनहूँ हाल चनपा६ मातातीर्थ।
    ————-==———–
    [५२]
    १//
    धूम्रपानले गर्छ हानी
    खराब बनाउँछ फोक्सो
    सचेत रहनु सानी !
    २//
    छोड मद्यपान धूम्रपान
    प्राण रहन्छ हाम्रो
    सक्दैन यमराजले लान !
    ३//
    मुटु, कलेजो बिगार्छ
    बयली बनेर रोगले
    हामीलाई थलामा पार्छ!
    ✍️
    सीमा कार्की समर्पण
    पर्सा नेपाल, काठमाडौ
    ————-==———–
    [५३]
    १//
    धूम्रपानले लिन्छ ज्यान
    सबैलाई सचेत गराऔँ
    दिलाऔँ सबैलाई ज्ञान !
    २//
    हुँदैन चुरोट पिउन
    रोग लागे हामीलाई
    गाह्रो हुन्छ जिउन !
    ३//
    धूम्रपान गर्ने बानी
    साह्रै खराब हुन्छ
    अकालै ज्यान जानी !
    ✍️
    देव कृष्ण काफ्ले
    पोखरा १कास्की
    ————-==———–
    [५५]
    १//
    खैनी चुरोट सेवन
    आदत गर्नु नराम्रो
    जलाउँछ यसले तन !
    २//
    धूम्रपानले रोग निम्त्याउँछ
    अकालमा मृत्यु नरोजौ
    सन्तानले दु:ख पाउँछ ।
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाइ ४ झापा
    ————-==———–
    [५६]
    धूम्रपान गर्ने किन ?
    त्यही पैसा बचाऔँ
    लाग्दैन व्यर्थै रिन !
    ✍️
    ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    ————-==———–
    [५७]
    देखासिकीमा तान्दा चुरोट
    सान देखाउने भ्रममा
    प्वालैप्वाल बन्दैछ कोट !
    ✍️
    विजयराज न्यौपाने
    ————-==———–
    [५८]
    १//
    सबैलाई सचेत गराउने
    धूम्रपान हानीकारक भनेर
    जनचेतना घरबाटै फैलाउने !
    २//
    मायाको थियो परिणाम
    दिल जलायो भनी
    व्यर्थै चुरोट बदनाम !
    ३//
    मन कल्पनामा हराउँछ
    चिरेर बादल चुरोटको
    मेरी जून उदाउँछ ।
    ✍️
    दिवाकर चाम्लिङ्ग राई
    खर्साङ्ग, दार्जीलिङ।
    ————-==———–
    [५९]
    १//
    धुवाँसँगै उडेको जीवन
    धूम्रपानले सल्काउँदै लग्यो
    खरानी बनाउँदै तन !
    २//
    गरिरहेको छ हानी
    थाहा पाएर मान्छे
    सुधार्दैन किन बानी ?
    ३//
    खानेलाई अनेक बाहाना
    पीर परेको भन्दै
    पुर्‍याउने मनको चाहाना !
    ✍️
    संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौं
    ————-==———–
    [६०]
    हानिकारक हुन्छ धूम्रपान
    स्वास्थ्य खराब पार्दै
    कमजोर बनाउँछ ज्यान !
    ✍️
    अम्बिका अधिकारी
    झापा बिर्तामोड
    ————-==———–
    [६१]
    १//
    नगराैँ धुम्रपान कहिल्यै
    पाइँदैन नरको चाेला
    त्यागाैँ धुम्रपान अहिल्यै !
    २//
    धुवाँमा नउडाऔँ जीवन
    लगाऔँ देह उपकारमा
    उत्तम बन्छ तनमन !
    ✍️
    हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, बनेपा १४ साँगाबजार।
    ————-==———–
    [६२]
    मान्छे मूर्ख किन ?
    बिगार्छ पाउँदैन थाहा
    गर्छ धूम्रपान हरदिन !
    ✍️
    शंकर कार्की
    मकवानपुर ।
    ————-==———–
    [६३]
    १//
    धूम्रपानको एक सर्काे
    फाेक्साे सडाएर फेरि
    सकियाे सम्पत्ति घर्काे !
    २//
    लहैमा यो सिक्दाखेरि
    उन्मत्त जवानी थियाे
    उमेर ढल्क्याे हत्तेरी!
    ✍️
    जी.वि.
    घाेराही,दाङ ।
    ————-==———–
    [६४]
    धूम्रपान नगरेको राम्रो
    यसले पेट भर्दैन
    ज्यान लिन्छ हाम्रो !
    ✍️
    देवी पन्थी
    ————-==———–
    [६५]
    १//
    गरौँ सुन्दर कर्म
    धूम्रपान घातक बानी
    हिँडौँ बुझेर मर्म !
    २//
    जाँड रक्सी छोडौँ
    स्वास्थ्य हाम्रो जीवन
    राम्रो साइनो जोडौँ !
    ✍️
    आर्त अकुलीन
    ————-==———–
    [६६]
    १//
    शरीर हाम्रो नासो
    बेवास्ता गरे खानपानमा
    जीन्दगी बन्छ पासो !
    २/”
    धुवाँको सर्को तानेर
    नहिँडौँ अल्लारे पाराले
    नर्कलाई स्वर्ग मानेर !
    ३//
    सबैले कोसिस गरेर
    सकिन्छ छुटाउन कुबानी
    जनमा चेतना भरेर !
    ✍️
    पद्मा काश्यप पाण्डे
    मोरङ
    ————-==———–
    [६७]
    १//
    धूम्रपानले बनाउँछ रोगी
    पिछा छुट्दैन यसको
    अन्त्यमा हुन्छौँ भोगी !
    २//
    नशाले लिन्छ ज्यान
    गर्नुहुन्न धूम्रपान कदापि
    यसबाट सिकौँ ज्ञान !
    ✍️
    विनोद खाती
    मिरिक।
    ————-==———–
    [६८]
    १//
    धूम्रपानले लिन्छ ज्यान
    थाहा पाएर पनि
    युवा देखाउँछन् सान !
    २//
    जीवनको ख्याल गरौँ
    निरोगी स्वस्थ हुन
    सबैजना लागी परौँ !
    ✍️
    शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    ————-==———–
    [६९]
    १//
    नगरौँ कसैले धुम्रपान
    सावधानी रहे मात्रै
    बाँच्न सक्छ ज्यान !
    २//
    कुलतमा कोही नफसौंँ
    समाजमा असर पुर्‍याई
    धुम्रपान गरेर नबसौँ !
    ✍️
    पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती न.पा.-३,काभ्रे
    ————-==———–
    [७०]
    परिस्थिति छ भन्ने
    धूम्रपान सेवन गरेर
    आफैँ राजा बन्ने !
    ✍️
    धनुष न्यौपाने “यात्री”
    ————-==———–
    [७१]
    १//
    धूम्रपानको मजा लिँदा
    स्वास्थ्यमा असर पर्छ
    राम्रो ध्यान नदिँदा !
    २//
    कर बढ्छ जति
    धूम्रपान र मद्यपानको
    बिक्री हुन्छ अति !
    ३//
    नगर्नु कहिल्यै धूम्रपान
    ध्यान राख्दै स्वास्थ्यको
    असल होइन ठान !
    ✍️
    राजेशराज गड्तौला
    काँडाघारी, काठमाण्डौ
    ————-==———–
    [७२]
    १//
    धूम्रपान सेवन गरेर
    स्वास्थ्य खराब नबनाऔँ
    परिवारमा दुःख भरेर !
    २//
    आजैदेखि नै छोड्छु
    म चुरोट, खैनी
    नराम्रो कुरा गोड्छु ।
    ✍️
    शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ

    —-<••:जय झिल्का! जय साहित्य!:••>—-

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभवLeave a Comment on विशेष झिल्का लेखन अभियानको १५ औँ शृङ्खला ( धूम्रपान विषयक) सम्पन्न

    साताका उत्कृष्ट झिल्काहरू- १५

  • १९ जेष्ठ २०८१, शनिबार ०७:१० मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको १५ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- १५ का लागि झिल्काकारत्रय ️रचना प्रतीक्षा, ️कमल प्रसाद बगाले र ️नन्दा धामीका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू
    ~<•>~

    [१]
    १.
    पिएर विष मरिन्न
    अपमानका शब्द सहँदा
    मरिन्छ त्यस्तो गरिन्न !
    २.
    भ्रष्टाचारीको देश भनियो
    विश्वमा हाम्रो नेपाल
    बलात्कारीको देश जनियो ।
    ३.
    माकुरो घाम ताप्दैछ
    माघको चिसो छल्दै
    तापक्रम पनि माप्दैछ ।
    ✍️
    रचना “प्रतीक्षा”

    ललितपुर

    [२]
    १.
    शान्ति छैन देशमा
    निमुखा जनता दरिद्र
    नेता लुट्ने भेषमा !
    २.
    शान्ति क्षेत्र नेपाल
    हाक्छ मागी सत्ता
    समृद्ध राष्ट्रको हाल !
    ३.
    मिलाई जुटायो कसैले
    बनाई तमासा हेरेर
    अहिले फुटायो मजैले !
    ✍️
    कमल प्रसाद बगाले

    वालिङ्ग बजार स्याङ्जा, गण्डकी प्रदेश

    [३]
    १.
    सहयात्री हो वन
    सुख अनि दुःखको
    दिन्छ सधैँ आफ्नोपन !
    २.
    म रुँदा रुन्छ
    ख्याल गर्दछ मेरो
    हाँस्दा खुसी हुन्छ ।
    ३.
    छ अपार शक्ति
    आमाको मातृत्वमा हेर
    समर्पण र भक्ति !
    ✍️
    नन्दा धामी
    नौगाड, दार्चुला
    ————<•>———–

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, वसन्त अनुभव, साताका उत्कृष्ट झिल्काLeave a Comment on साताका उत्कृष्ट झिल्काहरू- १५

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- १९ सम्पन्न

  • १८ जेष्ठ २०८१, शुक्रबार ०६:५० मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको १९ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ८५ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- १९ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    …
    १,
    फसाऊ, सके फसाउॅंछु
    विडम्बना ! राजनैतिक खेल
    कम्तीमा बनी बसाउॅंछु ।
    २,
    कानुन बसाइॅं गयो
    सन्जालमा पूर्ण फैसला
    नोटको हालीमुहाली भयो ।
    ३,
    गफिने कर्म माने
    फल केही नलाग्ला
    भविष्य कता लाने ?

    • म्यामराज राई, भोजपुर
      …
      १,
      बल्दैछ आगो दनदनी
      मिलेमतोमा छन् कलाकार
      बानेश्वर कुरा कम्पनी !
      २,
      हमेसा खोरको डर
      रणभुल्लमा छ टाउको
      रहेन गोडाको भर !
      ३,
      नखोल्दा जनता ठुस्कने
      दुर्गन्ध साह्रै फैलियो
      खोल्दा धोती फुस्कने !
    • वसन्त अनुभव, घोराही, दाङ
      …
      १,
      धेरै भेटिए फसाउने
      जीवनको पाटो मेरो
      हाँस्ने अनि हॅंसाउने ।
      २,
      कानुन कसले मान्यो
      उसैको महल ठडिन्छ
      जसले लुट्न जान्यो।
      ३,
      जिन्दगी भाँडमा गयो
      मेलोमेसो मिलाऊ साथी
      मेरो यस्तै भयो ।
    • लक्ष्मण देउवा, डोटी (हाल भारत)
      …
      १,
      भ्रमले केही हुँदैन
      तात्तिएको यो जीवनमा
      विडम्बनाले खासै छुँदैन !
      २,
      घामसँग उदायो उमङ्ग
      देखेर आफ्नै प्रगति
      आफैँ परे दङ्ग !
      ३,
      निराश लाग्छ हिजोआज
      जीवन देखेर सादा
      लाग्न थाल्यो लाज !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      …
      १,
      यहाँ सबैले फसाउँछन्
      तान्छन् अरूको खुट्टा
      आफ्नो घर बसाउँछन् ।
      २,
      राजनीति फोहोरी खेल
      किन भ्रष्टाचार गर्नेलाई
      लगाउँदैनन् होला नेल ?
      ३,
      जीवनको भएन भर
      के हुन्छ कहिले ?
      आफ्नै इच्छा गर ।
    • ललिता गिरी, सिन्धुली (हाल काठमाडौँ)
      …
      १,
      अन्धाधुन्ध गोली चलेछ
      वनजङ्गल मास्ने पापी
      गाउँघर सबै जलेछ ।
      २,
      आँटेको कुरा पुगेन
      भाकेर सबै देवीदेवता
      मन्दिरमा रुङ्दै रुँगेन ।
      ३,
      मुस्किलको काम सकियो
      घमण्डले बन्यो रिसाहा
      झिल्का लेख्दै बसियो ।
    • अम्बिका अधिकारी, झापा बिर्तामोड
      …
      १,
      कोट्याए अनेकौँ चुरो
      सत्ताको भागबन्डा हेरेर
      चोखिने देखिन्छ कुरो !
    • ताराप्रसाद चापागाईँ, धुनिबेसी
      …
      १,
      शङ्का गर्ने आदत
      आफू जस्तो सोच्छौ
      बसेछ अर्को कुलत !
      २,
      लिएको सम्पूर्ण भुल्छन्
      जतासुकै छन् दुईजिब्रे
      अप्ठ्यारो मान्दैनन् खुल्छन्।
      ३,
      शुभकामना उन्नति होस्
      निन्दाको सप्रोस् खेती
      अझ चर्चा गरोस् ।
    • पृथक प्रकृति, झापा
      …
      १.
      भेटिन्छन् यहाँ फसाउने
      आफू त्यस्तो गर्दिनँ
      अरूलाई सकेसम्म हॅंसाउने !
      २.
      फस्छौँ हामी नमान्दा
      यहाँ खोज्छन् फसाउन
      केही गर्न नजान्दा !
      ३.
      कानुन देखाउने दाँत
      नोटको हालीमुहाली हुँदा
      खाइरहेछन् तिनले आँत !
    • अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१, (हालः-अमेरिका,बोस्टन)
      …
      १,
      लखेट सबै जुटेर
      गर्छु भन्दछ जसले
      घाइते बनाऊ कुटेर !
      २,
      शक्ति उम्लियो जसको
      सबै छर्लङ्ग देखियो
      गोठालो रहेछ कसको ?
    • इमान सिंह के.सि., ब्यास ९ धनुबेसी,कलेस्ति,तनहुँ
      …
      १.
      लगाऊ माया हेरेर
      तनमनका साथ खुसीले
      राख मलाई बेरेर।
      २.
      घटी हुन दिन्न
      मायाको उपहार तिमीलाई
      हुने छैन भिन्न ।
      ३.
      सुगन्ध छर्दै डुलिरहनु
      संसारलाई मोहित पारी
      सुन्दर बनी फुलिरहनु ।
    • अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६ संखुवासभा
      …
      १,
      कस्तो स्वार्थी मान्छे
      डाडुपन्यु हातमा समाई
      हुन खोज्छ भान्छे।
      २,
      हुन नपाए भान्छे
      पाइन्न खान भनेर
      भाउन्न हुन्छ मान्छे।
      ३,
      राजनीतिका यस्तै दाउ
      सत्तामा पुग्न नसके
      कसैले दिँदैन भाउ।
    • सतीश पण्डित, भानु – ६, चुँदी तनहूँ (हाल चनपा – ६ मातातीर्थ)
      …
      १
      कुराले बिग्रिन्छ घरबार
      मतलब नराख्नु नारदको
      मुखमा बोक्छन् तरबार।
      २
      बोली यस्तो तरबार
      सहज सहन गाह्रो
      बोलीले जलाउॅंछ घरबार ।
      ३
      मट्टितेल दाउरा चाहिॅंदैन
      निहुँ चाहिन्छ मान्छेलाई
      अप्ठ्यारोमा आफन्त पाइॅंदैन ।
    • चुडामणी देबकोटा, पुरानो नैकाप काठमाण्डौ
      …
      १
      विश्वमा उच्च हिमाल
      सुन्दर स्वर्ग पृथ्वीको
      हाम्रो देश नेपाल ।
      २
      गफाडीको थलो भयो
      पदलोलुप मोहमा फसेर
      सिंहदरबारको अस्तित्व गयो ।
      ३
      हुँदैन तेलबिनाको सेल
      लिप्साले देशको राजनीति
      अत्यन्त झेलयुक्त खेल ।
    • गुणनिधि घिमिरे, अमेरिका
      …
      १,
      आफ्नै पाराको बानी
      फसाउॅंदैमा कहीँ फस्छन् ?
      हुन्छन् तिनै स्वाभिमानी !
      २,
      समय चक्र बलवान्
      पुतली बन्छ झुसिल्किरो
      होमिन्छन् हुन महान् !
      ३,
      देश मात्रै मेरो
      मैले कहिले भने ?
      तिम्रो सोच अप्ठेरो !
    • कमला पौडेल, चा न पा भक्तपुर
      …
      १,
      यसरी बदला लिन्छु
      कालो कलङ्क भन्नेलाई
      म काजल बनिदिन्छु ।
      २,
      मतलबका कुरा खोल्दैछ
      आज धेरै दिनपछि
      साइनो जोडेर बोल्दैछ।
      ३,
      आऊ सुनौँ सुनाउँ
      सृजनाभित्र प्रस्फुटित भावनाको
      प्रवाह यो बहाउँ।
    • दिवाकर चाम्लिङ्ग राई, खर्साङ्ग ,दार्जीलिङ
      …
      १,
      देखाउँछौ आसुरी शक्ति
      बेइमानीको सीमा नाघेर
      गर्दैछौ कसको भक्ति ?
      २,
      मति भ्रष्ट हुँदा
      सबैले दु:ख पाइन्छ
      जन्मभूमिको अस्तित्व रुँदा ।
      ३,
      फेर्नुपर्छ यो व्यवस्था
      काउछो रोप्नु हुँदैन
      बिगार्छ सबै अवस्था !
    • ऋजु दिल्पाली, इटहरी १ सुनसरी
      …
      १,
      फूल फुलेछ भीरमा
      टिप्न जान सकिन
      लाउन सकिनॅं शीरमा ।
      २,
      इन्द्रकमलको वासना चल्यो
      मायालुको मिठो सम्झनाले
      छातीभित्र मुटु जल्यो ।
      ३,
      निर्मोहीले बिर्सिन् होली
      माया दिएर फर्किन्
      वृतान्त व्यथाहरू खोली।
    • दिल ठकुरी, टिस्टा भेल्ली दार्जिलिङ
      …
      १
      मनको हुन्छ बल
      बदलिन्छ मौसम सधैँ
      समयमा फल्छ फल !
      २
      किन मान्ने हार
      मन प्रभुसँग भएमा
      अवश्य लाग्छ पार !
      ३
      नदीको बग्दछ जल
      मनले कसैसँग कहिल्यै
      गर्न नहुने छल ।
    • कार्की डिबी माकुम, सुनवल -४, नवलपरासी
      …
      १
      शान्तिका हुन् अग्रदूत
      जन्माइदेऊ नेपाल आमा
      फेरि बुद्धजस्तै सपूत ।
      २
      अशान्तिको युद्ध भयो
      बुद्धको अर्ती उपदेश
      लोप हुँदै गयो ।
      ३
      बुद्ध जन्मेको देशमा
      छन् यहाँ जताततै
      मान्छे पापीको भेषमा ।
    • अनिता भण्डारी, ताप्लेजुङ
      …
      १,
      नयाँ योजना थाल्नुपर्छ
      विगत सबै बिर्सिएर
      पाइला अघि चाल्नुपर्छ।
      २,
      छानबिन छिटो गर
      न्यायपालिकाले अनुसन्धान सही
      गर्न पछि नपर ।
    • कला ढकाल झापा
      …
      १,
      हेरेर हरेक बिहान
      पलपल किन भयो
      मान्छेको मन चिहान !
      २,
      माछापुच्छ्रे अनि फेवा
      प्राकृतिक सम्पदा सौम्य
      कसैको होइन पेवा !
      ३,
      फूलझैँ सुगन्ध छरेर
      आखिर गएको तिमी
      पिरतीको नदी तरेर !
    • आर्त अकुलीन
      …
      १,
      कुर्सीको म पुजारी
      अरबौँ धन कमाए
      देशलाई नाङ्गो पारी।
      २,
      घाइते बनाए कुटेर
      राम्रो काम गर्नेलाई
      भ्रष्ट नेता जुटेर ।
      ३,
      सोझा जनता फसाउने
      नेताले झोले बनाएर
      आपतमा छैन बचाउने।
    • राज कुमार राजभण्डारी खाेटाङ्गे, मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
      …
      १,
      हृदयमा हुनुपर्छ उदारता
      व्यवस्था परिवर्तनले हुँदैन
      उन्नत समाजको सार्थकता।
      २,
      एउटा एउटा खाटो
      सबैले लिएर गएका
      बोल्दा देखिने टाटो।
      ३,
      जनताको आशामा भुमरी
      बहुदलमा बहुलाएका हुल
      सोझ्याउने दुना, टपरी।
    • घनश्याम पन्त, हरिवन सर्लाही
      …
      १.
      सपना भए चकनाचुर
      जाउ माया सधैँ
      तिमी मबाट दूर ।
      २,
      सडकमा धुलो उडाउने
      ड्राइभर दाइको काम
      सडकमा गाडी गुडाउने !
      ३,
      आउँला बर्षमा खोला
      दुई दिनको जिन्दगी
      भोलिपल्ट के होला ?
    • श्रीकृष्ण धामी – बझाङ
      …
      १.
      निल गगनको घाम
      गर्दैछ अग्नि वर्षा
      बचाऊ प्रभु राम !
      २.
      आमाबाबाको यो माया
      शीतल प्रदान गर्ने
      वरपिपलको अनमोल छायाँ !
    • बिके मुखिया, दार्जीलिङ,भारत
      …
      १.
      विदेश जानुभन्दा बरु
      लाग्दैछ एकजुट भई
      आधुनिक कृषिकर्म गरुँ ।
      २.
      अरूको भर नपरे
      स्वस्थ खान पाइन्छ
      गाउँमै कृषि गरे ।
      ३.
      कृषिप्रधान देश हाम्रो
      परदेश जानुभन्दा स्वदेशमै
      खेतीपाती गर्नु राम्रो ।
    • साबित्री प्याकुरेल, धादिङ
      …
      १,
      पौषमा चाहिएको तातो
      यतिखेर पो आएर
      लिन आँट्यो सातो ।
      २
      विकृति सबै मासेर
      जगाऔॅं जागरण जीवनमा
      बाँचौँ बचाऔॅं हाँसेर ।
      ३
      पिऔॅं प्रशस्त पानी
      गर्मीको हेक्का राखेर
      स्वच्छ बनाऔॅं जिन्दगानी ।
    • त्रिलोचन भण्डारी, मेचीनगर, झापा
      …
      १,
      कुरा गर्छौ मिठा
      मौका छोपी हिँड्ने
      तरुल कि गिठा ?
    • प्रेम थापा “मन”बागलुङ
      …
      १,
      जीवन वैरागी बन्ला,
      प्रेमको बेचैनले भोलि
      विचार गरेनौ भन्ला !
      २,
      ओखती सम्झेर विष
      जीवन चिप्लिएर जाला
      अधीनमा राख रिस !
    • होम प्रसाद नेउपाने, धरान,सुनसरी।
      …
      १,
      मनको मिठो फल
      कामना गर्दछु हजुरलाई
      ईश्वरले दिन्छ बल !
      २,
      हेरेको जस्तै सपना
      नेताहरू जनता खोज्छन्
      कालेले बनायो विपना !
    • निमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत
      …
      १.
      हेर्नुहोस् नेताको चाल
      तिनको स्वार्थका लागि
      आउँछ जनताको काल !
      २.
      भ्रष्टाचार नियन्त्रण भन्छन्
      कुर्सीमा बसेर आफैँ
      कालो धन गन्छन्।
      ३.
      चुनावमा कुरा हाँक्ने
      एकैखाले नेता सबै
      जितेपछि भ्रष्टाचार ढाक्ने।
    • विमल खतिवडा माइला, सिलगढी भारत
      …
      १,
      प्रकृति पनि रिसाइछिन्
      पानी बर्सिएन आज
      थाकेर काँध बिसाइछिन्।
      २,
      सपनीमा पनि आउँदैनौ
      किन होला आजकाल
      कतै किन छाउँदैनौ ?
      ३,
      भोर भयो अहिले
      सखारै भेटौँला हामी
      घामभन्दा अझ पहिले।
    • शशीश्री आचार्य, बौद्ध कुमारीगाल काठमाडौं
      …
      १.
      मानिसको यो जिन्दगानी
      केही भर हुँदैन
      भन्छन् कर्कलाको पानी ।
      २,
      अजम्बरी मेरो माया
      जुनी जुनी रहनेछ
      नगर है दायाँबायाँ ।
      ३.
      हावा चल्छ मन्द
      आफ्नै यो माटोमा
      राष्ट्रियताको छ सुगन्ध ।
    • डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा.पा. -६ , दोलखा
      …
      १,
      मन भयो अधुरो
      कामदारले काम गर्दा
      नछाडे हुन्थ्यो अपूरो ।
      २,
      घाम झुल्क्यो बिहानी
      अर्काको भर पर्दा
      सधैँ भिज्यो सिरानी ।
    • बेदु न्यौपाने
      …
      १,
      हाँगा छैन समाउने
      जहाँको त्यहीँ उभिएर
      साधन नभएर रमाउने।
      २,
      इच्छहरू भित्रै सुक्दैछन्
      कसलाई गुहार लगाऊॅं
      आफन्त भनाउँदा लुक्दैछन्।
      ३,
      बाँच्दैछु आँसु छेकेर
      खुसी मनाउने गर्छन्
      मेरो पीड़ा देखेर।
    • अन्मोल मुस्कान, तकदाह छाउनी, दार्जिलिङ
      …
      १,
      सुन्दर शान्त विशाल
      नलागोस् आँखा वैरीको
      हाम्रो देश नेपाल।
    • सरस्वती श्रेष्ठ, इटहरी
      …
      १,
      हुँदैन अहङ्कार पालेर
      चाहन्छौ भने शान्ति
      आऊ तामस फालेर !
      २,
      बुद्धको उपदेश राम्रो
      व्यावहारिक भए हुन्छ
      शान्ति समृद्धि हाम्रो !
    • कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
      …
      १.
      परक्क बटारिने जात
      विपक्षीको अनमोल बानी
      चुपचाप भेट्दा भात ।
      २.
      छ हातमाथि आगो
      खुट्टा तान्ने प्रवृति
      परिस्थिति तल भाँगो !
      ३.
      नागरिकता नक्कली भयो
      मान्छे नक्कली भएपछि
      बाँकी नरही गयो ।
    • नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर (हाल- एनेलकुटी, सिरहा)
      …
      १,
      प्रेमिल संसारको सपना
      सजाइएको मन मुटु
      बिदेसिनुको पीडा वेदना !
      २,
      छपक्क ढाकेको हिमाल
      शितोष्ण आहट सिरेटोको
      मनमा स्वप्निल नेपाल ।
      ३,
      वृद्ध आमाबुबाको सहारा
      छोराछोरी श्रीमतीको भविष्य
      सजिएको मनचरीको चारा।
    • ममता पौडेल, बूढीगङ्गा-२, मोरङ्
      …
      १.
      साथीहरू माया नबल्झाऊ
      खाँदै साझा सम्पत्ति
      नानाथरीले पद अल्झाऊ ।
      २.
      ठण्डाराम पार यसलाई
      तिम्रो जाँदैन आउँछ
      भित्रै दबाऊ जसलाई !
      ३.
      कुरा बुझ्दा गहिरो
      काम बिगार्ने भाग्छ
      कसले थाम्ने पहिरो ।
    • रामप्रसाद पुरी, बादेल, खोटाङ
      …
      १,
      झुपडी महल लाग्छ
      तिम्रो सकारात्मक सोचले
      बाँच्ने इच्छा जाग्छ!
    • मन्दिरा सेढाई, मलेखु, धादिङ
      …
      १)
      ध्यान कर्मको योग
      जीवन साधना हो
      नबनाउ कसैले बिजोग !
      २)
      अॅंध्यारोमा लड्दै उठेको
      जीवन हो यो
      शान्ति पथमा जुटेको !
      ३)
      लागेर आकाशमा जून
      अब्बल मानिस बुद्धिमा
      ध्यान दिएर सुन !
    • रबि पौडेल ,दक्षिण भारत पाण्डेचरि
      …
      १,
      निर्दोषलाई दोषी बनाउने
      शक्तिले मात्तिएर सम्पन्न
      स्वार्थले देश चुसाउने ।
      २,
      चिनायौ जनतालाई फटाहा
      रित्याएर देश ,मोटाएका
      गद्धार र हेपाहा।
      ३,
      कसरी भयो घाउ ?
      राज्यलाइ फत्रक्क गलाउने
      चिनाइदेउ रोगका नाउॅं ।
    • लोक वहादुर छेत्री लामिछाने, मोदी गा पा – २, देउपुर, पर्वत
      …
      १)
      सोचेझैँ हुँदैन पथ
      निर्धारित गन्तव्य पुग्नलाई
      होसियारले हाँक्नु रथ।
      २)
      सक्ने मात्रै ताक्नु
      फत्ते गर्नु ताकेको
      आकास पाताल नहाँक्नु।
      ३)
      सधैँ कर्तव्यपरायण हुनु
      लगनशीलतासाथ कर्म गरी
      सफलताको शिखर छुनु।
    • अरुण कुमार भुजेल, गोरूबथान, कालेबुङ,भारत
      …
      १,
      बलियो मायाको डोरी
      भरोसा छैन कसैलाई
      हल्लियो नेपालको राजनीति ।
    • लक्ष्मी रिजाल, कञ्चनरूप १२, रूपनगर, सप्तरी
      …
      १,
      नेता सब भ्रष्ट
      प्रमाण के खोज्छौ ?
      देश गतिले प्रष्ट ।
      २,
      बोकौँ हातमा मसाल
      छ देश जोगाउनु
      नगरौँ कुनै सवाल ।
      ३,
      बनी वीर सपूत
      गद्दार विरुद्ध लडौँ
      जोगाऔॅं देश मौजुद ।
    • शोभा शाह थापा, हेटौंडा ४, मकवानपुर
      …
      १,
      शङ्का गर्ने आनीबानी
      जसको हुन्छ धेरै
      उसकै हुन्छ मनमानी।
      २,
      घाम नलाग्दा रिसाउने
      लागेपछि पनि हामी
      उसैसॅंग धेरै किचकिचाउने।
      ३,
      भुलबाट सबैले सिक्नुपर्छ
      राम्रो कामको मेलोमेसो
      अनि सफलतामा टिक्नुपर्छ।
    • राजनारायण राई, राजदल बस्ती सोनादह
      …
      १.
      पक्षी गयो उडेर
      पाइला छोडेन कतै
      सपना लग्यो चुँडेर।
      २.
      मायाको सुवास जताततै
      गुलाफमा भुल्छ आँखा
      भाका बुझ्दैन कतै।
      ३.
      प्रेम सागर भन्छ
      साँचो मिलन भएमा
      आफैँ थोपा बन्छ।
    • पशपती राई, खोटाङ
      …
      १,
      मन सफा हुनुपर्छ
      रङ्ग सेतो नखोज
      कुना पसेर रुनुपर्छ ।
      २,
      अख्तियारले पो समाउला
      टेवलमुनि नहेर है
      बरु दुःखमा रमाउला ।
    • प्रमिला प्याकुरेल, विराटनगर -५
      …
      १.
      लेखिन्छन् कथा हजार
      बुझ्दैनन् मर्म भित्री
      फिजाउँछन् व्यथाका बजार।
      २.
      रुन्छन् प्रेमिल मनहरू
      परि घृणाको शिकार
      सुकाउॅंदै मस्त तनहरू।
      ३.
      लुटिन्छन् मिठा पलहरू
      जाकिॅंदै शून्य खाडलमा
      उदाउॅंछन् निर्मम छलहरू !
    • तोया नाथ चापागाईं, दमक, झापा
      …
      १,
      राजनीति महको प्याला
      अघिपछि कुकुर बिरालो
      स्वार्थमा चाट्छन् गाला !
      २,
      लेखाइमा धेरै फोहर
      अब लाज लाग्यो
      आम्दानी हुन्न मोहर ।
      ३,
      एक्कइसौँ शताब्दी माझ
      कठै ! देशका नेताहरू
      नित्य गर्दैछन् बाझाबाझ ।
    • प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे
      …
      १,
      गाउॅं जन्मेको ठाउॅं
      सिरमा हिमाल अटल
      पाउमा खोलिको नाउॅं ।
      २,
      खेती किसानी काम
      शीतल हावा, पानी
      स्वादिलो छ माम ।
      ३,
      वल्लोघर पल्लोघर छिमेकमा
      सरसापट ऐॅंचोपैँचो छॅंदैछ
      सहयोगी काम एकापसमा ।
    • रोसन अधिकारि, खोटाङ मात्तिम
      …
      १,
      हामी जुटेको दिन
      जीवनभरिको छ सम्झना
      जन्ती गएको लिन ।
      २,
      जीवनमा तिमी आयौ
      मेरो भाग्यको उदय
      जस तिमीले पायौ ।
      ३,
      छोराछोरी छन साथमा
      जीवन भयो आनन्दित
      चिन्ता छैन गाथमा ।
    • देव कृष्ण काफ्ले, पोखरा – १, कास्की
      …
      १
      बिटो बाँड्न जान्ने
      ठुलो पदमा रोज्छन्
      भ्रष्टलाई मात्र मान्ने !
      २
      लुट्नेलाई नै भोट
      किन दिन्छन् जनताले
      आफैँलाई सधैँ चोट !
      ३
      मुहार फेर्न लागौँ
      उघारेर मनको ढोका
      जागौँ जनता जागौँ !
    • सुस्मिता अधिकारी ,काठमाडौँ
      …
      १,
      संसदमा गर्ने झगडा
      नेता हाम्रो देशको
      कुस्ती खेल्न तगडा !
      २,
      उनका दुईजिब्रे बोली
      जति खाएपनि कमिसन
      कहिल्यै नभरिने झोली !
      ३,
      जनतालाई केवल चोट
      राजनीति नेताका लागी
      पैसा फल्ने बोट !
    • रुना कर्माचार्य दाहाल, चितवन
      …
      १,
      पोहोर मरिन् सासू
      आउनु नै थियो
      अहिले आयो आँसु ।
    • सुरेश कार्की, काठमाण्डौ- ७ कुमारीगाल (हाल सिड्नी, अष्ट्रेलिया)
      …
      १,
      मुखले आज गन्दैछु
      व्यवहार जहिले टेडो
      राजनीतिको उपदेश भन्दैछु ।
    • जगत राई
      …
      १,
      महादेव किन रिसाए ?
      बिर्सिएर पानी पार्न
      ध्यान कता बिसाए ?
      २.
      गर्मी भयो धेर
      सितलु छैन कतै
      श्वास रोकिन्छ हेर !
      ३.
      लगाउन पाइएन बाली
      लगाएको बल्ल बचाइयो
      थोपा सिॅंचाई हाली !
    • सरिता सेढाई धादिङ
      …
      क/
      बुझिएन चेपारे कुरो
      गौप्राणी भएर होला
      सुझेन कुरोको चुरो !
      ख/
      बताऊ अन्तरको कुरो
      गुस्याएर राख्यौ भने
      लिप्सा रहला अधुरो !
      ग/
      नेता बने तक्षक
      निमुखाको श्रम चुस्ने
      धुन्धुकारी औ भक्षक !
    • बाबुराम गौतम, गुल्मी
      …
      १.
      खाने बानी बसिसक्यो
      काँचो होस् पाकेको
      ज्यानले खान्की कसिसक्यो ।
      २.
      विरोध गर्नेहरू झन्
      हुन्छन् आक्रोशित हेर
      बेकारमा भिड थुप्रिन्छन् ।
      ३.
      पैसा खायो भन्छन्
      सित्तैमा होइन पाएको
      पाए आफैँ गन्छन् ।
    • राजेशराज गड्तौला, कॅाडाघारी, काठमाण्डौ
      …
      १,
      संसदमा चलोस् बहस
      गनतन्त्रको मूख्य प्रणाली
      कृपया नगर्नु तहसनहस ।
      २,
      तर्कपूर्ण रहोस् प्रणाली
      बहुमतको छाप रहोस्
      बजोस् सर्वहितमा ताली।
      ३,
      समयको सदुपयोग गरेर
      नजाओस् विधेयक थातिमा
      सत्रमा अघि सरेर ।
    • मोती सुब्बा, दार्जिलिङ निमकी डाँडा।
      …
      १,
      स्वर्ग बनाऔॅं पाटो
      जति टाढा गएपनि
      नबिर्सनु आफ्नो माटो ।
      २,
      राम्रो काम गरेर
      आदर्श व्यक्ति बनी
      हिँड्नु सुगन्ध छरेर ।
    • उर्मिला के. शी, धनकुटा
      …
      १,
      अहम्ता कति बढेछ
      उनलाई मात्र समाउॅंदा
      स्वतन्त्रताको प्रश्न उठेछ।
      २,
      श्रमजीवीलाई वेतन हराएछ
      जिन्दावाद मुर्दावाद सभामा
      जबर्जस्त बोलावट आएछ।
      ३,
      कति कमजोर व्यवस्था
      समाउँदा कुनै साहुलाई
      हनन् भएछ स्वतन्त्रता !
    • केन्टरमेश क्षेत्रीय, रोल्पा
      …
      १.
      मन भारी हुन्छ
      अचानक थिचेपछि पीडाले
      आँसुले परेली छुन्छ।
      २.
      देखिॅंदैन आँसुको दाग
      भिजाएर बग्छ परेली
      फुकाउँदै पीडाको भाग !
    • बिकास छेत्री अञ्जान, कैजले, बिजनबारी, दार्जिलिङ
      …
      १)
      सच्चा मन नेपाली
      सुखदुःखमा साथ दिने
      छलकपट छैन जाली ।
      २)
      रमिता हेरेर गिज्याउने
      सुखदुःखको लेनदेनका साथी
      पिउॅंदै हात मिलाउने।
      ३)
      साक्षत् भगवान्को रूप
      अग्रज हजुरहरू सबै
      सिक्नुपर्ने मलाई खुब ।
    • ईश्वर साउद, रामारोसन – ६, सुदुरपश्चिम अछाम
      …
      १
      कर्कलाको रहेछ पानी
      कति बेला ढल्कन्छ ?
      रमाइलोमा बिताऔॅं जिन्दगानी।
      २
      मीठो बोलीमा हाँस्ने
      सबैलाई एक समान
      माधुर्यताको सम्बन्ध गाँस्ने।
      ३
      बोले हाँसे हुनी
      एकबार पाएको जन्म
      मरे रहेछ माटोमुनि।
    • संगीता खरेल, चन्द्रागिरी ८ काठमाडौं
      …
      १.
      समयले दिएको मेल
      बर्सौंदेखि लक्ष्य भेट्ने
      इच्छा भयो भेल।
      २.
      याद आउने तिनै
      खेलेको हाँसेको हामीले
      बालापनको झल्को दिनदिनै।
    • दुर्गा आचार्य, मोरङ
      …
      १
      भ्रष्टाचारी नेतालाई चुनेर
      जनता आफैँ फसे
      आफैँले जालो बुनेर।
      2
      शब्द भरीमा विशेष
      सम्झेर छातीमा खोपे
      मैले मेरो देश ।
    • बि.कुलुङ, दार्जिलिङ, रंगबुल
      …
      १,
      बाध्यता या रहर
      आफ्नो देश छाडी
      विदेश जाने लहर !
      २,
      गरुङ्गो मन बनाई
      बाआमा जहान छोडेर
      परदेशको बाटो समाई ।
    • बाल कृष्ण श्रेष्ठ, सोलुखुम्बु
      …
      १,
      प्रकृतिको हुन्छ हानी
      आउँदा जुनसुकै ऋतु
      बिस्तारै नपर्दा पानी !
      २,
      पानीको स्पर्शले छुँदा
      जङ्गल बन्छन् हरियाली
      स्याहार्ने माली हुँदा !
      ३,
      जीवित रहन तन
      चाहिन्छ पानी हावा
      बन्द हुँदैन धड्कन ।
    • सीमा कार्की समर्पण, मेलचोक पर्सा, नेपाल
      …
      १
      कुरा मन छुने
      मान्छे एक भएपनि
      रूप बेग्लाबेग्लै हुने ।
      २
      किन चल्छ तानातान
      शरीर या शब्दको
      गर्छन् किन हानाहान ?
      ३
      गरोस् जतिसुकै खिचातानी
      फेरि सबैमाथि आखिरमा
      दैवको चल्छ मनोमानी ।
    • दीपा समभाव, खोटाङ्
      …
      १,
      फूलले सुवास छर्दछ
      बगैँचा रङ्गीन बनाई
      मनमा आनन्द भर्दछ।
      २,
      शिरमा सजिने फूल
      कहिले कुल्चिएर पापीले
      गर्दछ ठुलो भूल !
      ३,
      फूलको आफ्नै कथा
      सजिने चुँडिने दुवै
      कसले बुझ्ने व्यथा ?
    • सरस्वती श्रेष्ठ, रुपन्देही बुटवल
      …
      (१)
      देशको भलाइ हुनलाई
      राष्ट्रिय एकता चाहिन्छ
      पर्दैन हामी रुनलाई ।।
      (२)
      संस्कृति साझा हाम्रो
      जोगाउँदा मिली सबैले
      सभ्यता बन्छ राम्रो ।
      (३)
      युवालाई रोजगारी चाहिन्छ
      श्रम सिपलाई रोपेमा
      स्वदेशमै जागिर पाइन्छ ।
    • पद्मा काश्यप पाण्डे, मोरङ
      …
      १:
      प्रेमको पर्याय विश्वास
      टुट्यो भने भताभुङ्ग
      अर्थै रहेन खास ।
      २:
      पुर्दा पुर्दै खाटाहरू
      ट्युमर बन्यो क्यान्सरको
      बन्द बाँच्ने बाटाहरू ।
      ३:
      कोशिसहरू खेर गए,
      नौनी जस्ता मनहरू
      पत्थरका ढेर भए।
    • मनोहरी पौडेल, गैडाकोट १
      …
      १
      विकासको सुस्त गति
      कानुन मेरो भन्छ
      डर मान्दैन रति ।
      २
      हातमा लिएर लाठो
      गोठका भैंसी देखाउँछ
      ठान्छ आफूलाई बाठो।
      ३
      लिएर मनमा कालो
      धुलियाको काम गर्छ
      भन्छ कसैको सालो।
    • जयनारायण नेपाल, इलाम ,हाल सूर्य विनायक १, बालकोट ,भक्तपुर
      …
      १.
      कस्तो अचम्म लाग्छ
      जस्तो छन् केटाकेटी
      लडेर एकता भाग्छ ।
      २.
      एकअर्कामा आरोप प्रत्यारोपभन्दा
      देशको हितमा लाग्नु,
      बित्यो समय गन्दा ।
      ३.
      सोचेर सबैको हित
      देशले काँचुली फेरे
      जनताको हुन्छ जीत ।
    • पुष्पा राई, बादेल, खोटाङ
      …
      १,
      काँचुली फेर्नेले फेर
      सर्पकोझैँ गरी जीवनको
      अन्दाज गरी हेर ।
      २,
      माग्ने पनि तरिका
      हुन्छ भनेर नजिस्क
      बुझ आँसु गहभरिका ।
      ३,
      लगाऊ प्रिती बुझेर
      वरपिपलको नजिक बसेर
      चौतारीमा माया लुकेर ।
    • मनुहाङ किराँती सोलु, महाकुलुङ ५,चाचालुङ
      …
      १//
      गणतन्त्र नराम्रो हैन
      व्यवस्थापन गर्ने नाइकेको
      काम सच्चा छैन ।
      २//
      भ्रष्ट अघि सर्छ
      भ्रष्टाचार गर्नेको प्रशंसा
      गरेरै भुँडी भर्छ ।
      ३//
      कुरा काट्ने गर्छन्
      ठुलाबडाको गुणगान गाउँदै
      तलुवा चाट्ने गर्छन् ।
    • सुन्दरी घिमिरे खतिवडा, सङ्खुवासभा
      …
      १,
      कोही आयो मझेरीमा
      कसैलाई खोज्दै खोज्दै
      जानु थियो पँधेरीमा ।
      २,
      मायाको हात फैलाउॅंदै
      जोडेकी थियौ नाता
      गयौ सम्बन्ध मैलाउॅंदै ।
    • बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाइ – ४, झापा
      …
      १ ,
      मनको गहिरो चोट
      तिम्रै ताजा निसानी
      बेकार बनायौ अतीत ।
      २ ,
      सकियो अभिलाषा सबै
      जिउँदो लास जस्तो
      नलिनु आकाङ्क्षा कबै ।
    • हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ साँगा बजार
      …
      १
      चलिरहेछ सत्तामा खेल
      सहभागी हुँदैछन् नेताहरू
      अपनाउँदै विविध झेल ।
      २
      दिलमा माया बसाउने
      हुन्छ निरन्तर कोशिस
      फस्ने अनि फसाउने ।
    • कोपिला अधिकारी, सिरानचोक ७,गोरखा
      …
      १.
      मर्ने जिन्दगी हाम्रो
      तेरोमेरो छोडेर साथी
      एकता गरेकाे राम्रो ।
      २.
      भोलि बादल खुल्छ
      धैर्यता राखेर कुरौँ
      जित हाम्रै हुन्छ ।
    • केशवप्रसाद ढकाल ‘प्रीतबीज’, सिरान्चोक-७, उपल्लो गोहोरे, गोरखा
      …
      १/
      छैनभने कुनै गल्ती
      कसको हुती हुन्छ
      रित्याउन तिम्रो खल्ती ?
      २/
      दुष्टहरू सुध्र पहिले
      परिसकेपछि पछुतो मान्दै
      किन रुन्छौ अहिले ?
    • विवश पारदर्शी, झापा
      …
      १,
      कोपिला बढेर फूलमा
      बिस्तारै बारीमा झर्दैछन्
      पछुताउॅंछौ बितेका भुलमा।
      २,
      व्यक्तिको मधुर बानी
      फूलको बासना मिठो
      लोभ्याउॅंछिन् मयालु नानी ।
      ३,
      नबिर्सौँ आफ्नो जन्मभूमि
      घरको आँगन प्यारो
      आउनै पर्छ घुमी ।
    • हिरालाल न्यौपाने, बानपा – ८, कोटमौला, सल्यान

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविताLeave a Comment on साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- १९ सम्पन्न

    विशेष झिल्का लेखन अभियानको १४औँ शृङ्खला ( गणतन्त्र विषयक) सम्पन्न

  • १८ जेष्ठ २०८१, शुक्रबार ०५:५० मा प्रकाशित
  • झिल्का लेखन अभियानको १४औँ शृङ्खला (गणतन्त्र विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६५ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
    —————<•>—————

    [१]
    १//
    मनका कुराहरू खोल्न
    हुँदैन त्रास गणतन्त्रमा
    निर्धक्क सकिन्छ बोल्न !
    २//
    नदबाइयोस् कसैका भावना
    व्यवहारमै मिलोस् अधिकार
    गणतन्त्र दिवसको शुभकामना !
    ३//
    गरौँ सधैँ सोचविचार
    आफ्नो अधिकार लिदा
    नमरोस् अरूको अधिकार !
    ✍️ वसन्त अनुभव, घोराही, दाङ
    ————-==———–
    [२]
    गणतन्त्र कसरी आयो
    हत्या अनि हिंसा
    भ्रष्टाचारले देश खायो ।
    ✍️ अम्बिका अधिकारी, झापा बिर्तामोड
    ————-==———–
    [३]
    १//
    बोकेर स्वतन्त्रताको मन्त्र
    हेर सबैको घरआँगनमा
    सुन्दर दिवस गणतन्त्र !
    २//
    गर्न चाहना पूरा
    बसेका छन् सबै
    बोकी रहर अधूरा !
    ३//
    गणतन्त्र दिवसको शुभकामना
    छरिरहोस् सुगन्ध बनेर
    मनभरिका खुसी चाहना !
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६ संखुवासभा
    ————-==———–
    [४]
    १//
    सबैमा रहोस् भावना
    प्रभातले उज्यालो छायो
    गणतन्त्र दिवसको शुभकामना !
    २//
    सुख, समृद्धि आओस्
    गर्दछु सबैमा कामना
    गणतन्त्रमा अन्धकार नछाओस् !
    ३//
    बिहानीको घाम घमाइलो
    जनताको उज्यालो मुहारमा
    बनोस् गणतन्त्र रमाइलो !
    ✍️ बेदु न्यौपाने
    ————-==———–
    [५]
    १//
    भनिन्छ बोल्न पाइन्छ
    तर गणतान्त्रिक नेपालमा
    अधिकार किन दबाइन्छ ?
    २//
    नगर्दा हामीले सोचविचार
    हक मर्ला अरूको
    अनि होला हार !
    ३//
    यही छ चाहना
    सबैको अधिकार बचोस्
    गणतन्त्र दिवसको शुभकामना !
    ४//
    अरूको अधिकार बचोस्
    आफ्नो उपयोग गर्दा
    अरूको घट्दै नघटोस्
    ✍️ अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१, हालः-अमेरिका,बोस्टन।
    ————-==———–
    [६]
    १//
    पुरा हाेस् चाहना
    मनैदेखि सबैलाई छ
    गणतन्त्र दिवसको शुभकामना !
    २//
    सत्य कुरा खोल्न
    देशमा गणतन्त्र आएपछि
    मिल्छ निर्धक्कसँग बोल्न !
    ३//
    देशमा नहोस् षड्यन्त्र
    सुख, शान्ति मिलिरहाेस्
    सधैँभरि सत्य गणतन्त्र !
    ✍️ श्रीकृष्ण धामी – बझाङ
    ————-==———–
    [७]
    १//
    गणतन्त्रको ईतिहास हेर
    बदल्न मुहार देशको
    रगत बग्यो धेर !
    २//
    स्वास्थ्य, शिक्षा रोजगारी
    देशको स्वाधीनताका लागि
    गराैँ सबले रखवारी !
    ✍️ जयनारायण नेपाल, इलाम ,हाल सूर्यबहादुर विनायक २ बालकोट भक्तपुर ।
    ————-==———–
    [८]
    जताततै गणतन्त्र करायो
    कसरी हाँसु म
    अस्तित्व सर्वनास गरायो ।
    ✍️ ऋजु दिल्पाली, ईटहरी १ सुनसरी ।
    ————-==———–
    [९]
    १//
    केही उपलब्धि भएन
    उस्किन सकेनन् जनता
    गणतन्त्र उचाइमा गएन ।
    २//
    नेतालाई फलिफाप गणतन्त्र
    जनतालाई तुषारापात लाग्यो
    हुनुपर्थ्यो सबैको जनतन्त्र !
    ३//
    एउटा राजा फालीयो
    गणतन्त्रमा थुप्रै राजा
    सात प्रदेशमा पालियो ।
    ✍️ चुडामणी देबकोटा, पुरानो नैकाप काठमाण्डौ
    ————-==———–
    [१०]
    १//
    नेपाली जनताको चाहना
    भ्रष्टाचारको अन्त्य हाेस्
    गणतन्त्र दिवसको शुभकामना !
    २//
    गणतन्त्रको देश हाम्रो
    सधैँ फलाेस् फुलाेस्
    विश्वले भनाेस् राम्रो !
    ३//
    जनताले ल्याएको गणतन्त्र
    प्रतिगामीकाे रजाइँले यहाँ
    नबनाेस् कसैकाे धनतन्त्र !
    ४//
    काेही छैनौँ पराइ
    गणतान्त्रिक देश नेपाल
    हिमाल पहाड तराई !
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे, मध्यपुर ठिमी ५संगम काेलाेनी राधे राधे भक्तपुर ।
    ————-==———–
    [११]
    नेतामा सत्बुद्धि आओस्
    गणतन्त्र दिवसको कामना
    सुख, शान्ति छाओस् !
    ✍️ कला ढकाल झापा
    ————-==———–
    [१२]
    १//
    चलोस् सुगन्धित वासना
    क्लेश, मैलो पखालौँ
    गणतन्त्र दिवसको शुभकामना !
    २//
    सत्कर्ममा मन लागोस्
    नेता तथा जनतामा
    देशभक्तिको भाव जागोस् !
    ३//
    छैनौँ कोही पराइ
    फैलिएको छ नेपाल
    हिमाल पहाड तराई !
    ४//
    शान्ति सुरक्षा हाँसो
    कायम गर्दै हामीले
    जोगाउनुपर्छ पू्र्खाहरूको नासो !
    ५//
    नेपाली बनेर हिन्नलाई
    बुद्ध अनि सगरमाथा
    शिरमा राखौँ चिन्नलाई !
    ✍️ दीपा समभाव, खोटाङ्ग
    ————-==———–
    [१३]
    देशमा गणतन्त्र आयो
    हत्या हिंसा मच्चाउँदै
    धेरै भ्रष्टाचार पलायो ।
    ✍️ एवाइ प्रभात, सहिदभुमि धनकुटा
    ————-==———–
    [१४]
    १//
    राणाशासन र पञ्चायत
    सहिदको बलिदान त्यागले
    मुक्त भयो जगत !
    २//
    आन्दोलन जनताको मूलमन्त्र
    ढल्यो शासन राजाको
    अङ्कुरित भयो गणतन्त्र !
    ✍️ ममता पौडेल, बुढीगङ्गा -२ मोरङ
    ————-==———–
    [१५]
    १//
    गणतन्त्र गनायो आज
    देखेर नेता बहुलाएको
    लाग्नथाल्यो नि लाज !
    २//
    हरायो सुगन्ध माटोको
    धरापमा पर्दैछ गणतन्त्र
    नपाएर भेउ बाटोको !
    ३//
    नपरोस् गर्न सामना
    अशान्ति भोक रोगको
    गणतन्त्रमा मेरो शुभकामना !
    ✍️ विवश पारदर्शी, झापा
    ————-==———–
    [१६]
    १)//
    गणतन्त्रमा शान्ति भएन
    उस्तै छ अवस्था
    कसैको दु:ख गएन !
    २//
    गणतन्त्र राम्रो व्यवस्था
    विकास भएन किन ?
    खस्किँदै जनताको अवस्था !
    ३//
    सहिदको रगतले रङ्गिएकाे
    हाे गणतान्त्रिक लाेकतन्त्र
    नेताहरू भ्रष्टाचारमा जङ्गिएकाे !
    ४)
    गणतन्त्र बचाउने चाहना
    फलाेस् फुलाेस् धर्तीमा
    यही हाम्रो शुभकामना !
    ✍️ रबि पाैडेल, दक्षिण भारत पाण्डेचरि ।
    ————-==———–
    [१७]
    १//
    देशमा गणतन्त्र आयो
    जनता रमाए खुसीले
    हुँदाखानेले दुख पायो ।
    २//
    गणतन्त्र ल्याउने संविधानमा
    देशमा चाहना जनताको
    सरकारले ल्याउदैन व्यवहारमा !
    ३//
    जन्मसिद्ध जनताको अधिकार
    गणतान्त्रिक सरकार नेपालको
    जनताबाटै बनोस् हरबार !
    ✍️ दिल ठकुरी, दार्जिलिङ
    ————-==———–
    [१८]
    जनताकाे यही मूलमन्त्र
    नागरिकको भलाे होस्
    स्थापित होस् गणतन्त्र !
    ✍️ शालिकराम
    ————-==———–
    [१९]
    १//
    जनताको राम्रो चाहाना
    सरकार बदनाम दुनियाँमा
    नेताहरू नगर बाहाना !
    २//
    नामाकरण मात्र प्रजातन्त्र
    दुःखमा साथ नदिने
    भइरह्यो यहाँ नेतातन्त्र !
    ✍️ नीमा छिरिङ भोटिया, जलढका कालेबुङ
    ————-==———–
    [२०]
    १//
    गणतन्त्रको राम्रो परिभाषा
    किन खरानी हुँदैछ ?
    आज सबै आशा !
    २//
    आधारभूत कमी आज
    नेपालमा युवा शून्यता
    चौतर्फी लुटतन्त्रको राज !
    ३//
    हराउँदैछन् हाम्रा अभिलाषा
    फेरि दोहोरियो किन ?
    रणनीति शकुनीको पाशा !
    ✍️ कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी
    ————-==———–
    [२१]
    १//
    माथि बस्ने मान्छेहरू
    तान्छ्न् आफ्ना मान्छे
    बबुरो के गरूँ ?
    २//
    सधैँ यिनको राज
    मिलाई आपसमा पालो
    टुलुटुलु हेर्छ समाज !
    ✍️ शम्भु गजुरेल
    ————-==———–
    [२२]
    १//
    सुख, समृद्धिको चाहना
    राजतन्त्रको जरो उखेली
    आएको गणतन्त्रलाई शुभकामना !
    २//
    गणतन्त्रको गीत गाउनू
    सुख, शान्ति छाओस्
    देशको झन्डा फहराउनू ।
    ३//
    फाली निरङ्कुश राजतन्त्र
    स्वतन्त्र भयौँ बोल्नलाई
    क्रान्तिले ल्यायो गणतन्त्र !
    ✍️ मोती सुब्बा, दार्जिलिङ निमकी डाँडा।
    ————-==———–
    [२३]
    १//
    नाममा सिमित गणतन्त्र
    फाइदा शासकले उठाए
    दिएर झुटो मन्त्र !
    २//
    कुर्सीको लागि हानाहान
    गणतन्त्र यही हो
    भ्रष्टको मात्र छानाछान !
    ३//
    सबैको खुसीको चाहना
    मनवचन शुद्ध होस्
    गणतन्त्रको हार्दिक शुभकामना !
    ✍️ शशीश्री आचार्य, बौद्ध कुमारीगाल काठमाडौँ
    ————-==———–
    [२४]
    १//
    नाम मात्रको गणतन्त्र
    नारीले बाँच्न पाएनन्
    कहिल्यै भएर स्वतन्त्र !
    २//
    गणतन्त्र आएको आभाष
    गर्न पाऊन् जनताले
    खुसीको फेरुन् सास !
    ✍️ साबित्री प्याकुरेल, धादिङ्ग।
    ————-==———–
    [२५]
    १//
    हर्षोल्लास सर्वत्र छायाे
    गणतन्त्र दिवसको दिन
    मनमा शान्ति पलायाे ।
    २//
    युगाैँ रहाेस् गणतन्त्र
    आफ्नो सान मानसँगै
    जोगाई आधारभूत मन्त्र !
    ✍️ श्रीबहादुर केसी शैलुङ्गे, दाेलखा।
    ————-==———–
    [२६]
    १//
    फाल्यौ पुरानो राजा
    राष्ट्रको सम्पत्ति सक्यौ
    बनायौ नेताको खाजा !
    २//
    एउटा राजा फालेर
    देश कङ्गाल बनायौ
    हजारौँ राजा हालेर !
    ३//
    हैन देशको काममा
    लुट्यौ राष्ट्रको ढुकुटी
    केवल गणतन्त्रको नाममा !
    ✍️ देव कृष्ण काफ्ले, पोखरा १,कास्की
    ————-==———–
    [२७]
    समानताको रहोस् भावना
    गणतन्त्र दिवसको छ
    सबै सबैलाई शुभकामना !
    ✍️अनिता कार्की
    ————-==———–
    [२८]
    १//
    डटेर गर्दै सामना
    शान्ति, समृद्धि छाओस्
    गणतन्त्र दिवसको शुभकामना !
    २//
    सबैमा सद्बुद्धि आओस्
    पाइयोस् देख्न मेलमिलाप
    जनतामा खुसी छाओस् !
    ✍️ पुष्पा राई, बादेल,खाेटाङ ।
    ————-==———–
    [२९]
    १//
    खुसी भएर रमाऔँ
    सबैले गणतन्त्र दिवस
    सव्य भव्यताकासाथ मनाऔँ ।
    २//
    सबैमा खुसियाली छाएको
    जेष्ठ पन्ध्र हजुर
    हो गणतन्त्र आएको !
    ३//
    नबिर्सौँ हामीले मूलमन्त्र
    खुसी साट्दै मनाऔँ
    आज हामी गणतन्त्र !
    ✍️ अनिता भण्डारी, ताप्लेजुङ
    ————-==———–
    [३०]
    १//
    अनेकतामा एकता जगाउँदै
    मनाउँ गणतन्त्र दिवस
    चौतर्फी सचेतना जगाउँदै !
    २//
    नगरी मित्रतामा घात
    सुभावना पालेर मिलौँ
    जगाउँ सहअस्तित्वकाे थात !
    ✍️ हरिगाेपाल न्हुच्छेँप्धान, काभ्रे, बनेपा १४ साँगाबजार ।
    ————-==———–
    [३१]
    १//
    प्रणाली होइन दोषी
    नेतृत्व भएर काँचो
    देशमा मिलेन रोटी !
    २//
    नेताको फिरोस् बुद्धि
    स्वार्थको धनले पोल्छ
    सप्रियोस् सबको सुद्धि !
    ३//
    सुशासन बनोस् स्थायी
    न्यायको नहोस् किनबेच
    रमाऔँ सन्तुष्टि पाई !
    ✍️ मनोहरी पौडेल, गैडाकोट १
    ————-==———–
    [३२]
    १//
    कागजमा नहोस् सिमित
    वास्तविक अर्थ गणतन्त्रको
    गुञ्जियोस समानताको गीत !
    २//
    कानुन सबैले मानुन्
    संविधानमा उल्लेख गरिएको
    नियम पनि जानुन् !
    ३//
    बिरामीको नाटक चल्ने
    परेर कानुनको फन्दामा
    बहाना सजिलो छल्ने !
    ✍️ संगीता खरेल, चन्द्रागिरी ८ काठमाडौँ
    ————-==———–
    [३३]
    १//
    पाइएन स्वदेशमा रोटी
    बिटुलियो पुँजीवादी गणतन्त्र
    मुठीभरको भइरहेछ गोटी !
    २//
    सबको हुनुपर्छ मूलमन्त्र
    बहुमत जनताको भलाइमा
    पूर्ण समाजवादी गणतन्त्र !
    ✍️ कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
    ————-==———–
    [३४]
    १//
    पसिनाले कर्म लेख्छु
    गणतन्त्र भन्छन् सबैले
    श्रीपेच लाएको देख्छु !
    २//
    किसानको फुलिसक्यो केश
    नेताको छोरा नेतै
    कस्तो गणतान्त्रिक देश ?
    ३//
    फोहोरी भएपछि आचरण
    नहुने रहेछ व्यवस्थाले
    जति फेरियोस् आवरण !
    ✍️ पशपती राई, खोटाङ ।
    ————-==———–
    [३५]
    १//
    गणतन्त्र जनताको नासो
    सत्ताधारी मालामाल भए
    गरिबलाई गलाको पासो !
    २//
    समेटियोस् सबैको भावना
    खुसी ल्याओस् गणतन्त्रले
    सबैमा अपार शुभकामना !
    ३//
    स्वतन्त्रता सबैलाई चाहिन्छ
    उपलब्धी ठूलो गणतन्त्रको
    बोल्न खुलेर पाइन्छ।
    ✍️ शान्ता पौडेल भट्टराई, टङ्कीसिनवारी, मोरङ
    ————-==———–
    [३६]
    राज्य चलाउने यन्त्र
    नहोस् कदापि निकम्मा
    शब्दको मात्र गणतन्त्र !
    ✍️ प्रेम थापा “मन”, बागलुङ
    ————-==———–
    [३७]
    गणतन्त्र के हो ?
    प्रजाले जानेनन् कि
    खुसीलाई के भो ?
    ✍️ सन्तु खत्री
    ————-==———–
    [३८]
    १//
    रुनु पर्यो अहिले
    बुर्जुवा शिक्षा भन्दै
    बहिष्कार गरौँ पहिले !
    २//
    बिद्रोहीको कुरा मानी
    लालसेना बन्न जादाँ
    सपना बन्यो खरानी !
    ३//
    जीवन रहेछ सङ्घर्ष
    जुनै तन्त्र आओस्
    भएन कहिल्यै हर्ष !
    ✍️ सीमा कार्की समर्पण, मलचोक पर्सा, नेपाल
    ————-==———–
    [३९]
    १//
    सन्तुष्ट खुसीले खाएर
    रमाए परेवा जोडी
    पिरतीको गीत गाएर !
    २//
    कलकल बगेको पानी
    बगेको सागर चुम्न
    आखिर पानीझैँ जिन्दगानी !
    ३//
    अनौठो गाउँ सहर
    कुकर्म पर्दा पछाडि
    सहरभित्र मृत रहर !
    ४//
    अनेकन् ललीपप देखाएर
    गएका हुन् उनीहरू
    कोरा आदर्श लेखाएर !
    ५//
    सत्य केही नापिएन
    आज जनताको नाममा
    कुनै कर्म खापिएन !
    ६//
    बुनेर माकुरी जाल
    हरेक बस्तीको माझमा
    अदृश्य आएको काल !
    ✍️ आर्त अकुलीन
    ————-==———–
    [४०]
    पूरा होउन् मनोभावना
    सबैलाई गणतन्त्रको छ
    हार्दिक मंगलमय शुभकामना !
    ✍️ दुर्गा भट्टराई
    ————-==———–
    [४१]
    १//
    गणतन्त्रको झिल्काले सताउँदैछ
    नेपाली जनताको समृद्धि
    महङ्गीको दबाबले घटाउँदैछ ।
    २//
    गणतन्त्र, गणतन्त्र, गणतन्त्र
    जपेर बसेकालाई फाइदैफाइदा
    जनतालाई बनाएर बारुणयन्त्र !
    ✍️ होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    ————-==———–
    [४२]
    १//
    ठानेर यही मूलमर्म
    शासनको बागडोर सम्हाल्नेहरूले
    सधैँ गरून् कर्म !
    २//
    गरेर मात्र भाषण
    गणतन्त्रमय हुँदैन दुनियाँ
    चाहिन्छ भाेकवर्द्धक रासन !
    ३//
    यत्ति हेक्का राख्नुपर्छ
    देशका सबै नागरिकले
    गणतन्त्रको फल चाख्नुपर्छ ।
    ✍️ त्रिलाेचन भण्डारी, मेचीनगर,झापा
    ————-==———–
    [४३]
    १//
    गणतन्त्र सुन्दर बहाना
    जानेका कति गाउन
    समृद्धिको कर्णप्रिय गाना ।
    २//
    विगतबाट सकेनन् सिक्न
    नियत उही पुरानै
    केवल ढुकुटी झिक्न !
    ३//
    गणतन्त्र हेर आखिर
    लुट्न जान्नेका लागि
    बन्यो सुनौलो जागिर !
    ✍️ सुस्मिता अधिकारी, काठमाडौँ
    ————-==———–
    [४४]
    १//
    मनपरी जस्तै देखिने
    मूल्यवान व्यवस्था गणतन्त्र
    जनताको ढाड सेकिने ।
    २//
    सबै नेपाली गणतन्त्री
    गाैरवान्वित हामी हर्षित
    पाल्नुछ जम्बो मन्त्री !
    ३//
    खेदाैँ जनताको नीरसलाई
    सार्थकताकाे कामनाले सम्मान
    गराैँ गणतन्त्र दिवसलाई !
    ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    ————-==———–
    [४५]
    १//
    गणतन्त्र दिवसको शुभकामना
    हृदयदेखि नै सम्पूर्णलाई
    पूरा होओस् चाहना !
    २//
    गणतन्त्र सोचेजस्तो भएन
    उस्तै लाग्छ मलाई
    लाग्दछ निरङ्कुशता गएन ।
    ३//
    प्रचण्ड गर्मीले मारेछ
    अत्तोपत्तो छैन मेघको
    किसानलाई पिर पारेछ ।
    ✍️ धनमाया चौधरी, कैलाली
    ————-==———–
    [४६]
    देशको अस्तित्व मेटाएर
    खुसियाली मनाउँदै छौ
    धनको पोको भेटाएर !
    ✍️ मन्दिरा सेढाई, मलेखु,धादिङ
    ————-==———–
    [४७]
    १//
    गणतन्त्र खास आयो
    केही नमिले पनि
    देशमा रङ छायो ।
    २//
    पाउन् सबैले रोजगार
    देशभित्र विकास भए
    हुन्थ्यो राम्रो व्यवहार !
    ३//
    हुनैपर्छ जनको दरबार
    अखण्ड देश हाम्रो
    आउथ्यो खुब निखार !
    ✍️ सुरेशकुमार पाण्डे, दाङ घोराही १८
    ————-==———–
    [४८]
    १//
    प्रगतिशील रहोस् भावना
    सम्पूर्ण नेपाली समुदायलाई
    गणतन्त्र दिवसको शुभकामना !
    २//
    सधैँ जपौँ मन्त्र
    सबैले भलो सोचे
    उन्नतशील बन्छ गणतन्त्र !
    ३)
    सर्वत्र खुसी छाओस्
    गणतन्त्रको गुणगान सबैले
    मुक्त कण्ठले गाओस् !
    ✍️ अरुण कुमार भुजेल, गोरूबथान,कालेबुङ, भारत।
    ————-==———–
    [४९]
    १//
    गणतन्त्र आएदेखि बलात्कार
    गरिबहरू उस्तै छन्
    कुर्सी समाउनेलाई मारामार !
    २//
    फाइदा छैन् गणतन्त्रको
    देश बनाउने उपाय
    खोजौँ यही मूलमन्त्रको !
    ३//
    केही हुँदैन नाराले
    भोकै कम्मर कसेर
    दुःख गर्छन् साराले !
    ✍️ लक्ष्मण देउवा डोटी
    ————-==———–
    [५०]
    १//
    चिन्तन गरेर साेचाैँ
    देश कता जाँदैछ
    देश बनाउनेलाई घोचौँ !
    २//
    नेपालकाे माटाे प्याराे
    जन्म भएर हाेला
    पार गराैँ सारोगारो !
    ३//
    हकअधिकार खाेज्न हिडाैँ
    काँधमा काँध मिलाई
    राम्रो नराम्रो चिनाेैँ ।
    ✍️ ईश्वर साउद, रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
    ————-==———–
    [५१]
    १//
    मलाई छैन चासो
    जुनै दिवस आओस्
    ओठमा छैन हाँसो !
    २//
    गणतन्त्रको नाममा हेर
    ठूला भुँडी हुनेले
    खाए देश बेचेर !
    ३//
    बाँच्नु पर्ने डरमा
    निस्किएपछि फेरि फर्किन
    गाह्रो हुन्छ घरमा !
    ✍️ ललिता गिरी, सिन्धुली
    ————-==———–
    [५२]
    गणतन्त्रले दिएको अधिकार
    सदुपयोग गरौँ सबैले
    खोज्दै सुखको आधार !
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाइ ४झापा
    ————-==———–
    [५३]
    १//
    कस्तो गणतन्त्र आयो
    हत्या, हिंसा, अत्याचारले
    जनतामा निराशा छायो ।
    २//
    नेतालाई भयो लुटतन्त्र
    देशको ढुकुटी रित्ताए
    चलाई आफ्नो मन्त्र !
    ३//
    गणतन्त्र दिवसको शुभकामना
    नेताहरूमा सत्बुद्धि आओस्
    पलाओस् शुद्ध भावना !
    ✍️ रुना कर्माचार्य दाहाल, चितवन
    ————-==———–
    [५४]
    १//
    लाखौँ जनताको स्वाभिमानले
    ल्याएको गणतन्त्र देशमा
    बिग्रियो नेताको अहङ्कारले !
    २//
    जनताको साथ पाएर
    देशमा गणतन्त्र भित्रियो
    बिगारे भारत धाएर !
    ३//
    भो चाहिएन गणतन्त्र
    हजारौँ शासक जन्मिए
    बिग्रियो देशको अर्थतन्त्र !
    ✍️ मंगला उपाध्याय
    ————-==———–
    [५५]
    १//
    गणतन्त्र आएन किसानलाई
    आहात मात्रै थपिँदा
    फरक भएन पिसानलाई !
    २//
    शुभकामना व्यक्त गर्न
    गणतन्त्र जनताको पक्षमा
    सक्नुपर्छ मनमा छर्न !
    ३//
    रक्सीको दोकान थापेर
    गणतन्त्रको फल टिप्नलाई
    लुट्नुहुन्न अरूको खापेर !
    ✍️ नन्दलाल आचार्य, उदयपुर
    ————-==———–
    [५६]
    १//
    गणतन्त्र आयो देशमा
    भष्ट्रचारीको लुछाइबाट आफूलाई
    बचाउँनुपर्छ आफ्नो भेषमा !
    २//
    बास हराएको रात
    जनताले भोग्नुपरेको कठिनाई
    मनमा आउँछ याद।
    ✍️ बिकास छेत्री अञ्जान, कैजले, बिजनबारी, दार्जिलिङ।
    ————-==———–
    [५७]
    १//
    आश्वासनले छ छाएको
    झुपडीमा शान्ति छैन
    गणतन्त्र छ आएको !
    २//
    समृद्धि छाओस् सर्वत्र
    शुभकामना गणतन्त्र दिवसको
    खुसीयाली होस् एकछत्र !
    ३//
    सुख, शान्ति छर्नुपर्छ
    समृद्ध देश बनाउनलाई
    श्रमकै भर पर्नुपर्छ ।
    ✍️ सुन्दरी घिमिरे खतिवडा, सङ्खुवासभा
    ————-==———–
    [५८]
    १//
    जितेर ल्याएको गणतन्त्र
    अलमल्ल पर्‍यो क्यारे
    लगाइदेऊ न तन्त्रमन्त्र !
    २//
    आशाको भरोसाको बिन्दु
    गणतन्त्र हामी सबैको
    सपना पारलगाउने सिन्धु !
    ✍️ प्रमिला प्याकुरेल, विराटनगर -५
    ————-==———–
    [५९]
    १//
    कानुन बन्याे मन्त्र
    भयाे नेताकाे हालिमुहाली
    बहाना देशकाे गणतन्त्र !
    २//
    कुण्ठित नहाेस् भावना
    जनतामा छाओस् समृद्धि
    सबैमा गणतन्त्रकाे शुभकामना !
    ✍️ काेपिला अधिकारी
    गाेरखा , सिरानचाेक – ७
    ————-==———–
    [६०]
    १//
    देशमा गणतन्त्र आयो
    नेता भ्रष्टाचारी हुँदा
    जनताले दु:ख पायो ।
    २//
    नेतालाई सम्झाउन घोचौँ
    देशको अवस्था कस्तो
    एकपटक सबैले सोचौँ ।
    ✍️ दुर्गा भट्टराई, मोरङ
    ————-==———–
    [६१]
    १//
    देशमा गणतन्त्र आयो
    जनताको गरेको उत्सर्गले
    नेतालाई मात्रै पोसायो l
    २//
    गणतन्त्र आए पनि
    निमुखा जनको झुपडीमा
    अन्धकारमय छ नि !
    ३//
    गणतन्त्र भयो चटके
    घुस खान छोड्दैनन्
    भए तापनि पटके !
    ✍️ बाबुराम गौतम, गुल्मी
    ————-==———–
    [६२]
    सबैमा रहोस् सत्भावना
    समृद्धि ल्याओस गणतन्त्रले
    यही मेरो शुभकामना !
    ✍️ दुर्गा भट्टराई, मोरङ
    ————-==———–
    [६३]
    १//
    गराैँ साहित्यमा साधना
    लेखनी निखाराैँ राम्रो
    गणतन्त्र दिवसको शुभकामना !
    २//
    मनका वेदना खाेलाैँ
    राेकावट हुन्न गणतन्त्रमा
    निर्धक्क खुलेर बाेलाैँ !
    ✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’, सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
    ————-==———–
    [६४]
    सबैतिर शान्ति आउँदा
    सास फेर्छन् जनताले
    सुख, समृद्धि छाउँदा !
    ✍️ उर्मिला के.शी, धनकुटा
    ————-==———–
    [६५]
    १//
    गणतन्त्र देशको शिर
    हत्या हिँसा हुँदा
    प्रजालाई बढ्छ पिर !
    २//
    गणतान्त्रिक यस मुलुकभित्र
    हत्यारा बलात्कारी भष्ट्रचारीले
    गरिएको घटना विचित्र !
    ✍️ राजनारायण राई, राजदल बस्ती सोनादह

    —-<••:जय झिल्का! जय साहित्य!:••>—-

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभवLeave a Comment on विशेष झिल्का लेखन अभियानको १४औँ शृङ्खला ( गणतन्त्र विषयक) सम्पन्न

    विशेष झिल्का लेखन अभियानको १३औँ शृङ्खला ( शान्ति विषयक) सम्पन्न

  • ९ जेष्ठ २०८१, बुधबार २०:१३ मा प्रकाशित
  • झिल्का लेखन अभियानको १३औँ शृङ्खला (शान्ति विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलामाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७३ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
    —————<•>—————

    [१]
    १//
    फुकेर अहिंसाको क्रान्ति
    सबै मिलेर ल्याऔँ
    देशमा अमनचयन शान्ति !
    २//
    स्वयम्भूका दुई आँखा
    छुट्याइरहेछन् न्याय अन्याय
    नगरेर काखा पाखा !
    ३//
    सफा निलो आकाश
    उड्दै कपोत जोडी
    मन्द मन्द बतास !
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ
    —————<•>—————
    [२]
    १//
    जब हुन्छ शान्ति
    सबैको सुमार्गी समयमा
    छाउँछ मनमा कान्ति !
    ✍️
    प्रेम थापा “मन”बागलुङ
    —————<•>—————
    [३]
    १//
    मन भयो शान्त
    सुन गीत चरीको
    नगर हल्ला उपरान्त !
    ✍️
    नीमा छिरिङ
    —————<•>—————
    [४]
    १//
    संसारमा शान्ति छाओस्
    विश्वका जनताको चाहना
    देशमा समृद्धि आओस् !
    २//
    बमबारुदले विश्व प्रदुषण
    जनता चाहन्छन् शान्ति
    शान्ति विश्वको विभुषण !
    ३//
    रगतको होली नखेलौँ
    विश्वमा रहोस् शान्ति
    अब विनाश नझेलौँ !
    ✍️
    चुडामणी देबकोटा
    पुरानो नैकाप काठमाण्डौ
    —————<•>—————
    [५]
    १//
    जनतामा गराए भ्रान्ति
    सबैमा कलह उदायो
    देशमा भएन शान्ति !
    २//
    मानवता कतै भएन
    गर्दैनन् देशको विकास
    स्वधर्ममा कोही रहेन !
    ✍️
    बेदु न्यौपाने
    —————<•>—————
    [६]
    १//
    मरिहत्ते गर्छन् धनमा
    लोभलालच राख्दै जीवित
    अशान्ति फैलाउछन् मनमा !
    ✍️
    बि.कुलुङ
    दार्जिलिङ
    —————<•>—————
    [७]
    १//
    मनमा शान्ति जगाऊ
    थोरै समय निकालेर
    भक्तिमा ध्यान लगाऊ !
    ✍️
    कला ढकाल झापा
    —————<•>—————
    [८]
    १//
    झिल्का उडोस् क्रान्तिको
    युद्ध लड्दै रणभूमिमा
    श्वास चलिरहोस् शान्तिको !
    २//
    शान्ति रोजेर बुद्ध
    तपस्याले ज्ञान पाएपछि
    विश्व भयो शुद्ध !
    ३//
    बाटोहरू भेटिन्छन् अनगिन्ती
    बुद्धिमत्ता नपुगेका ठाउँहरूमा
    अराजकता नफैलाउ बिन्ती !
    ✍️
    राजनारायण राई
    राजदल बस्ती सोनादह
    —————<•>—————
    [९]
    १//
    शान्ति भङ्ग गरेर
    पाइदैन केही पनि
    भित्र कालो भरेर !
    २//
    खुसी बाँडौँ हाँसेर
    हुँदैन कतै तेरोमेरो
    मिठो माया गाँसेर !
    ✍️
    सञ्जना शर्मा
    —————<•>—————
    [१०]
    १//
    आत्मीयताको फूल छरे
    सुन्दर घर बन्दछ
    शान्तिको कामना गरे !
    २//
    मनमा मिठास भरौँला
    शान्तिको कामना लिएर
    भवसागर यो तरौँला !
    ✍️
    बिकास छेत्री अञ्जान
    कैजले, बिजनबारी, दार्जिलिङ।
    —————<•>—————
    [११]
    १//
    बुद्धले बुद्धत्व पाए
    बोधिवृक्षकाे फेदमा बसेर
    संसारमा शान्ति फैलाए !
    २//
    देश नेपाल शान्तिको
    भयाे भ्रष्ट कसरी ?
    बिगुल फुकौँ क्रान्तिकाे !
    ✍️
    विनोद खाती
    मिरिक, भारत।
    —————<•>—————
    [१२]
    १//
    आओस् सबैमा शान्ति
    हिंसाको बाटो नरोज्दा
    आउॅंदैन कसैमा भ्रान्ति !
    २//
    बुद्धले शान्ति खोजे
    ज्ञान प्राप्त भएपछि
    अहिंसाको बाटो रोजे !
    ३//
    यही कुरा बारम्बार
    भनिरहन नपरोस् कहिल्यै
    शान्त रहोस् परिवार!
    ४//
    शान्तिको बाटो खोजुन्
    परिवारमा कसैले पनि
    हिंसाको बाटो नरोजुन् !
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन
    —————<•>—————
    [१३]
    १//
    शान्ति तिमी आऊ
    अशान्तिले जरो गाड्यो
    तिम्रो शक्ति फैलाऊ !
    २//
    शान्तिले बाँच्न पाउँ
    जन्मभूमि प्यारो मलाई
    छोडेर कता जाउँ !
    ३//
    हानथापमै समय गयो
    छैन शान्ति यहाँ
    विकासमा अबेर भयो ।
    ✍️
    शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ
    —————<•>—————
    [१४]
    १//
    बोकेर शान्ति मनमा
    एकसाथ बस्नु मिलेर
    छाउनेछ आनन्द जनमा !
    २//
    बोक्नु झन्डा शान्तिको
    सबैजना एकजुट भएर
    फुक्दै विगुल क्रान्तिको !
    ३//
    छरौँ सन्देश जनभित्र
    शान्तिको झन्डा लहराई
    बसौँ जनताको मनभित्र !
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    —————<•>—————
    [१५]
    १//
    डरायौ तिमी हामीसङ्ग
    विधिसम्मत शासन गर्ने
    पुगेन हाम्रो ढङ्ग !
    २//
    फर्फराउँछन् हाम्रा अङ्ग
    लागेर होला दशा
    भएको शान्ति भङ्ग !
    ३//
    हरेकका मनभित्र आऊ
    बोधिसत्वको खाँचो भयो
    बुद्धहरूको अस्तित्व बचाऊ !
    ४//
    प्रतीक्षामा बाँचीरहेका हुनेछन्
    शान्ति तिमीलाई पर्खँदै
    आइनौ भने रुनेछन् ।
    ५//
    बिछोडिएको धेरै भयो
    विनाढङ्गको यो खेलले
    शान्ति भड्किएर गयो ।
    ✍️
    गुणनिधि घिमिरे अमेरिका
    —————<•>—————
    [१६]
    १//
    शान्तिको दियो बालेर
    उज्यालोमा पाइला राख्नु
    मनको विकार फालेर !
    २//
    गर्दछु जहिल्यै कामना
    सुन्दरता उड्छ, हराउँछ
    फालेमा शान्तिको गहना !
    ✍️
    भुपेन्द्र राना मगर
    धादिङ
    —————<•>—————
    [१७]
    १//
    नभए मनमा शान्ति
    आउँदैन हेर कहिल्यै
    अनुहारमा अनुपम कान्ति !
    २//
    आनन्दले सास फेर्न
    हुनुपर्छ शान्ति देशमा
    विकासको गति हेर्न !
    ३//
    मनमा शान्ति जगाऔँ
    नेपाली हामी जुटेर
    भएको अशान्ति भगाऔँ !
    ✍️
    सतीश पण्डित
    चुँदी तनहूँ
    हाल चनपा ६ मातातीर्थ।
    —————<•>—————
    [१८]
    १//
    थोरै समय निकाल
    हुनबाट मन भ्रान्ति
    जोगिँदै आफूलाई सम्हाल!
    ✍️
    सरस्वती श्रेष्ठ इटहरी
    —————<•>—————
    [१९]
    १//
    समस्याको हल भेट्दा
    मनमा शान्ति हुन्छ
    यातनाको रेखा मेट्दा !
    २//
    बुद्ध जन्मेको देश
    मलजल नपाओस् हत्याहिंसाले
    शान्ति होस् विशेष ।
    ३//
    घिड्घिडाे मात्र थियो
    मकैले पाएपछि पानी
    ढुक्क बचेर मियो !
    ✍️
    पृथक प्रकृति ,झापा
    —————<•>—————
    [२०]
    १//
    उडाए परेवा शान्तिकोे
    राष्ट्रिय हितको निम्ति
    तोडेर भ्रम भ्रान्तिको !
    २//
    आतंकवादको विरूद्ध लडी
    देशमा शान्ति ल्याइछाडे
    गोर्खाली सिमानाहरू चढी !
    ३//
    मानवीय भावना हुनुपर्छ
    पाइन्न खोजेर शान्ति
    सेवाले मनभित्र छुनुपर्छ ।
    ✍️
    दिल ठकुरी
    टिस्टा भेल्ली
    —————<•>—————
    [२१]
    १//
    शान्तिकाे गीत गाएर
    सन्देश छर्नुछ बुद्धको
    गाउँ, सहर धाएर !
    २//
    मनबाट रिस फालेर
    सुन्दर घर बनाउँ
    शान्तिकाे दियो बालेर !
    ३//
    शान्ति तिमी आऊ
    नेपाल आमा भन्छिन्
    देश सुन्दर बनाऊ !
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५संगम काेलाेनी राधे राधे भक्तपुर ।
    —————<•>—————
    [२२]
    १//
    त्यागेर हिंसाको बाटो
    शान्तिमय बनाऊँ हामी
    बुद्ध जन्मेको माटो !
    २//
    हुँदैन जगमा भलाइ
    शक्तिमान बन्ने होडमा
    अशान्तिको आगो जलाई !
    ✍️
    बिके मुखिया
    दार्जीलिङ,भारत।
    —————<•>—————
    [२३]
    १//
    जन्मेर बुद्ध शान्तिको
    धर्म होइन विचार
    सबैलाई मानौँ क्रान्तिको !
    २//
    देशले शान्ति पाओस्
    जनताको कुविचार सबै
    माटोमा बिलाई जाओस् !
    ✍️
    एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    —————<•>—————
    [२४]
    १//
    पाइन्न अचेल शान्ति
    ल्याउन सुनौलो बिहानी
    गर्नुपर्ने भयो क्रान्ति !
    ✍️
    नागेन्द्रप्रसाद यादव , दाङ
    —————<•>—————
    [२५]
    १//
    अहिंसा परम धर्म
    बुद्धका ती अमरवाणी
    अङ्गाली गरौँ सुकर्म !
    २//
    मनमा भए शान्ति
    रमाइलो लाग्छ चारैतिर
    मुहारमा छाउँछ कान्ति !
    ३//
    अष्टशील पालना गरौँ
    लोभलालच सबै त्यागेर
    शान्तिको गाग्रो भरौँ !
    ✍️
    मोती सुब्बा
    दार्जिलिङ निमकी डाँडा।
    —————<•>—————
    [२६]
    १//
    बोझले भरिएको मन
    हतास निरास सधैँ
    शान्तिले दिँदैन धन !
    २//
    हिंसा सबैको शत्रु
    अशान्त बनाउँछ यसले
    मान्छेलाई बेकम्मा पत्रु !
    ✍️
    निर्मल शर्मा
    पेदोङ भारत
    —————<•>—————
    [२७]
    १//
    खोजेर पाइन्न शान्ति
    पूरा गर कर्तव्य
    भरिनेछ मुहारमा कान्ति !
    ✍️
    मन्दिरा सेढाई
    मलेखु,धादिङ
    —————<•>—————
    [२८]
    १//
    हिँडे शान्ति खोज्न
    आफ्नै सुन्दर फूलबारीमा
    एकताको माला रोज्न !
    २//
    उपदेश बुद्धका मानौँ
    त्यागेर रिसालु स्वभाव
    पाइन्छ खुसी जानौँ !
    ३//
    शान्त वातावरण देखेर
    मन हुन्छ खुसी
    बुद्धका उपदेश मानेर !
    ✍️
    सुस्मिता अधिकारी, काठमाडौँ
    —————<•>—————
    [२९]
    १//
    खोइ कहाँ शान्ति
    दक्षिणाको क्रान्ति मन्दिरमा
    चुनावमा भोटको भ्रान्ति !
    २//
    जहाँ धेरै उत्पादन
    व्यवधान छैन खानाको
    तर अशान्त मन !
    ३//
    छ मीठो वोली
    व्यवहार भने कोक्याउने
    नजरमा बारुद गोली !
    ✍️
    लोक वहादुर छेत्री लामिछाने
    मोदी गा पा २ देउपुर कल्याण ठाना जि पर्वत्
    —————<•>—————
    [३०]
    १//
    बुद्धको शान्तिभुमि देश
    हुँदैछ प्रचार झिल्काको
    खुल्दैछ मीठो परिवेश !
    २//
    निकाले शान्ति ल्याउन
    राँके जुलुस देशमा
    आए विदेशी चिहाउन !
    ३/
    देश हिंसाले बिग्रियो
    परदेशी बाटो लागेर
    गरिब ऋणले थिचियो !
    ✍️
    अम्बिका अधिकारी
    झापा बिर्तामोड
    —————<•>—————
    [३१]
    १//
    फालौँ सबै भ्रान्ति
    बुद्धको देश हो
    गरौँ स्थापना शान्ति !
    २//
    न्याय मार्नु हुँदैन
    सराप्छ स्वयम्भुका आँखाले
    भ्रममा पार्नु हुदैन !
    ३//
    तनमा कान्ति छैन
    भययुक्त त्रसित आत्मा
    भौतिकवादमा शान्ति छैन।
    ✍️
    ऋजु दिल्पाली
    ईटहरी १ सुनसरी ।
    —————<•>—————
    [३२]
    १//
    हुँदैन मनमा शान्ति
    हेरेर सधैँ दुर्व्यवहार
    मनले खोज्छ क्रान्ति !
    ✍️
    गंगाराम यादव
    औरावनी २ सुनसरी
    —————<•>—————
    [३३]
    १//
    छाओस् मनमा कान्ति
    बुद्धको नाम जप्दै
    संसारमा होस् शान्ति !
    २//
    मन वचन कर्म
    शुद्ध राखौँ सबैले
    बल्ल हुन्छ धर्म !
    ३//
    गरौँ सबैले ध्यान
    अलौकिक छ संसारमा
    गौतम बुद्धको ज्ञान !
    ✍️
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६ , दोलखा ।
    —————<•>—————
    [३४]
    १//
    गलत समाचार नपरोस्
    सुन्न आगामी दिनमा
    शान्तिले बास गरोस् !
    २//
    शान्ति लिएर आऊ
    बुद्ध अन्याय,अत्याचार
    छिट्टै पार लगाऊ !
    ३//
    देश, समाज, परिवारजनमा
    शान्ति भए मात्र
    शान्ति हुन्छ मनमा !
    ✍️
    साबित्री प्याकुरेल, धादिङ्ग।
    —————<•>—————
    [३५]
    १//
    कुरा काट्दै जिउनुमा
    कहिले स्वाद आउँदैन
    शान्तिको रस नपिउनुमा !
    ✍🏻
    अन्मोल मुस्कान
    तकदाह छाउनी,
    दार्जिलिङ।
    —————<•>—————
    [३६]
    १//
    गर्नुपर्छ अहिंसात्मक क्रान्ति
    बुद्धत्व प्राप्त गर्न
    हतियारले ल्याउँदैन शान्ति !
    २//
    हिंसाको बाटो छोडेर
    अहिंसा परम धर्ममा
    लाग्नु आफैँलाई मोडेर !
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ,भारत।
    —————<•>—————
    [३७]
    १//
    शान्तिमै विकासकाे गति
    भाइचारा ममता बढाऔँ
    सप्रन्छ स्वदेशकाे मति !
    २//
    बुद्धकै चिन्तनमा शान्ति
    हामी ल्याउन सक्छाैँ
    सबैको मुहारमा कान्ति !
    ३//
    हिंस्रक जन्तुले तर्साउँछ
    शान्ति खलबल्याउने पटमुर्खले
    बम बारुद वर्षाउँछ ।
    ✍️
    हिरालाल न्याैपाने
    बानपा ८, काेटमाैला, सल्यान।
    —————<•>—————
    [३८]
    १//
    नराखी अहमता मनमा
    बढौँ हामी अगाडि
    शान्ति मिल्छ जीवनमा !
    ✍️
    अनिता भण्डारी, ताप्लेजुङ
    —————<•>—————
    [३९]
    १//
    मनमा हुन्छ शान्ति
    शान्त मान्छेलाई हुँदैन
    कहिले पनि भ्रान्ति !
    २//
    नेपाल शान्तिकाे देश
    जातीय हिंसा भड्कदै
    बदलिएको छ परिवेश !
    ३//
    धर्म संस्कृतिकाे नाममा
    नभाडाैँ कसैले समाज
    लागाैँ आ-आफ्नाे काममा !
    ✍️
    रबि पाैडेल
    दक्षिण भारत पाण्डेचरि ।
    —————<•>—————
    [४०]
    १//
    कलमले ल्याउँछ शान्ति
    हतियारले केवल हिंसा
    हराउँछ मुहारको कान्ति !
    २//
    यत्रतत्र शान्ति छैन
    हत्या, हिंसाले हाम्रो
    हरायो मनको चैन !
    ३//
    लोभ गर्दा धनको
    मान्छेले गर्छ कुकर्म
    हराउने शान्ति मनको !
    ✍️
    रुना कर्माचार्य दाहाल
    चितवन
    —————<•>—————
    [४१]
    १//
    हरायो आफ्नै मन
    कहाँ भेटिन्छ शान्ति
    शान्ति बिथोल्दा झन !
    २//
    शान्तिको लागी भन्दै
    हतियार उठाउँछ मान्छे
    हिंस्रक पशु बन्दै !
    ३//
    जहाँ शान्ति खल्बलिन्छ
    सत्य हराउँछ त्यहाँ
    विकासको मार्ग अल्मलिन्छ ।
    ✍️
    पशपती राई, खोटाङ ।
    —————<•>—————
    [४२]
    १//
    मनमा शान्ति आयो
    खुसी नै खुसीले
    हर्ष उमङ्ग छायो ।
    २//
    देशभक्त मन लगाऊ
    नियमित ज्ञानले मनमा
    सधैँ शान्ति जगाऊ !
    ३//
    हामी सबैमा एकता
    शान्ति छरौँ सर्वत्र
    त्यागौँ घमन्ड अहमता !
    ✍️
    श्रीकृष्ण धामी, बझाङ
    —————<•>—————
    [४३]
    १//
    बुद्ध जन्मेको देश
    कायम गर्न शान्ति
    गर्नुपर्छ कलहको शेष !
    २//
    दु:खका हुन्छन् कारण
    गर्नुपर्छ सबै मिली
    मनमा सधैँ धैर्यधारण !
    ३//
    कलहको अन्त्य गराैंँ
    शान्तिको कामना गर्दैं
    देश ऐश्वर्यले भरौँ !
    ✍️
    जयनारायण नेपाल
    इलाम ,हाल सूर्य विनायक २ बालकोट, भक्तपुर
    —————<•>—————
    [४४]
    १//
    शान्ति मेरो अस्त्र
    भ्रान्ति मेरो निशाना
    खोजेको छु वस्त्र !
    २//
    शासकहरूले गरे भाषण
    निस्केन कोही अग्लो
    पुड्काहरूले गरे शासन !
    ३//
    शान्ति खोज्दा नहास
    छरेर प्रतिष्ठा जताततै
    यसरी इज्जत नमास !
    ✍️
    नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर ।
    —————<•>—————
    [४५]
    १//
    बुद्धको शान्ति सन्देश
    फैलिएको यस युगमा
    नलागोस् मनमा ठेस !
    ✍️
    कार्की डिबी माकुम
    सुनवल -४, नवलपरासी
    —————<•>—————
    [४६]
    १//
    चाहना आओस् शान्ति
    समृद्ध राष्ट्र बनाउन
    गर्न नपराेस् क्रान्ति !
    २//
    शान्त देश नेपाल
    विश्व सामु चिनाउने
    उँचाे राखाैँ हिमाल !
    ३//
    शान्तिसँग बस्न देऊ
    रुँदै भन्छिन् आमा
    क्रान्तिको बाटाे नलेऊ !
    ✍️
    सुन्दरी घिमिरे खतिवडा
    सङ्खुवासभा
    —————<•>—————
    [४७]
    शान्तिको बाटोमा हिड्नू
    हत्या, हिंसामा नलागी
    अधर्मी पापीसँग भिड्नू !
    २//
    मनमा उमङ्ग छाओस्
    बाटो रोज्नु शान्तिको
    सुखमय जिन्दगी आओस् !
    ✍️
    बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो )
    कनकाइ ४ झापा
    —————<•>—————
    [४८]
    १//
    कहिल्यै नगर कर
    आखिर हुने भयो
    ढुङ्गालाई माटोको भर !
    २//
    माटोमा चढाएर जल
    विश्वास ठूलो कर्ममा
    फूलबाट हुन्छ फल !
    ✍️
    आर्त अकुलीन
    —————<•>—————
    [४९]
    १//
    सधैँ मनमा शान्ति
    भए पनि आखिर
    जीवनमा चल्छ क्रान्ति !
    २//
    आत्मा शान्त बनाऊ
    फरक पर्दैन दु:खमा
    सत्मार्गमा मन लगाऊ !
    ३//
    शान्तिका दुत बुद्ध
    उनले सिकाएको बाटो
    मानवका निम्ति शुद्ध !
    ✍️
    ईश्वर साउद
    रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
    —————<•>—————
    [५०]
    १//
    शान्ति छाओस् मनमा
    गाउँ सहर सबैतिर
    नजाओस् आँखा धनमा ।
    ✍️
    दुर्गा भट्टराई
    —————<•>—————
    [५१]
    १//
    थरीथरीका छन् भेष
    देशमा छैन शान्ति
    फुलिसक्यो मेरो केश !
    २//
    विश्वासमा मिलेपछि धुलो
    त्यसपछि मात्र लाग्छ
    शान्ति रहेछ ठूलो !
    ३//
    केही चाहिँदैन मलाई
    बाँच्न पाइयोस् सधैँ
    शान्तिको दियो जलाई !
    ४//
    मानव जीवनमा कान्ति
    उन्नति, प्रगति, सफलता
    दिँदोरहेछ यो शान्ति !
    ५//
    खुसी जोख्ने तुलो
    अरू होइन रहेछ
    शान्ति रहेछ ठूलो !
    ✍️
    दीपा समभाव
    खोटाङ्ग
    —————<•>—————
    [५२]
    १//
    छ चाहाना शान्तिको
    छैन कुनै द्विविधा
    प्रात: छाउँछ कान्तिको !
    २//
    शान्ति आऊ बस्तीमा
    नजाऊ तारे होटल
    झुम्छन् झिङ्गा मस्तीमा !
    ३//
    शान्ति फैलियोस् जगतमा
    गाडेर चिहानमा अशान्ति
    चैन बगोस् रगतमा !
    ✍️
    राज कुमार कार्की
    कटारी-१,उदयपुर
    —————<•>—————
    [५३]
    १//
    मनमा नभए शान्ति
    कतै लाग्दैन रमाइलो
    मुहारमा हुँदैन कान्ति !
    ✍️
    पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके।
    —————<•>—————
    [५४]
    १//
    बुद्धको शरण परेर
    चिनिनुछ विश्व सामु
    शान्तिको सन्देश छरेर !
    २//
    जप गरेर मन्त्र
    ओम मणि पद्मे
    मन बनाई स्वतन्त्र !
    ✍️
    बाल कृष्ण श्रेष्ठ, सोलुखुम्बु
    —————<•>—————
    [५५]
    १//
    देऊ मनलाई शान्ति
    तिम्रो बागडोर समाल्छु
    नराख मनमा भ्रान्ति !
    ✍️
    मंगला उपाध्याय
    —————<•>—————
    [५६]
    १//
    सन्तोष हुन्छ जहाँ
    शान्ति छाउँछ साथी
    खोजेर पाइन्छ कहाँ ?
    २//
    शान्तिमार्ग ती बुद्धको
    सत्य आधारमा थिए
    विरुद्ध सधैँ युद्धको !
    ३//
    नसक्दा आफैँलाई चिन्न
    महत्वाकाङ्क्षाले अहङ्कार बढायो
    शान्ति पाइदैन किन्न !
    ✍️
    मनोहरी पौडेल
    गैडाकोट १
    —————<•>—————
    [५७]
    १//
    मृगले जस्तै खोजिरहेँ
    बाहिरी दुनियाँमा शान्ति
    भागदौडको जीवन रोजिरहेँ !
    २//
    सत्यताको बाटो पाएँ
    आफूभित्र रहेछ लुकेको
    महसुस गरेर रमाएँ !
    ३//
    किन्न नसक्ने धनले
    सन्तुष्टि र शान्ति
    सेवामा पाउँछ मनले !
    ✍️
    संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौँ
    —————<•>—————
    [५८]
    १//
    मेलमिलाप भने आएन
    जरो गाड्यो अहङ्कारले
    कतै शान्ति छाएन !
    ✍️
    अनिता कार्की
    पाँचथर
    —————<•>—————
    [५९]
    १//
    करुणा नि देखाइदेऊ
    विश्वमा शान्तिको दियो
    पुर्‍याऔँ मानव छेउ !
    २//
    पहिलो अहङ्कार हटाऊ
    दोस्रो जीवन शान्तिको
    सद्भाव ज्योति पठाऊ !
    ३//
    बुद्धका आँखामा अटाऊ
    मिल्नेछ शान्ति अविरल
    ईर्ष्या घृणालाई हटाऊ !
    ✍️
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    —————<•>—————
    [६०]
    १//
    केन्द्रमै गर्छन् मारामार
    बुद्ध जन्मेको देशमा
    शान्तिको सधैँ हाहाकार !
    २//
    चम्किन्छ मुहारमा कान्ति
    मिल्यो भने तनमनमा
    सुख अनि शान्ति !
    ३//
    दिन सकेनन् शान्ति
    नेताको मुहारमा सधैँ
    छाएको देखिन्छ क्लान्ति !
    ✍️
    बाबुराम गौतम, गुल्मी
    —————<•>—————
    [६१]
    १//
    दिलाउँ मनमा शान्ति
    राेकेर असिमित आकाङ्क्षा
    भित्रिन्छ सबैमा कान्ति !
    ✍️
    काेपिला अधिकारी
    गाेरखा , सिरानचाेक
    —————<•>—————
    [६२]
    १//
    शान्तिकाे जग हालेर
    समृद्ध देश बनाऔँ
    नवीन कदम चालेर !
    २//
    हिंसाको बाटो छाेडेर
    सम्बन्ध राम्रो टिकाऔँ
    नि:स्वार्थ नाता जाेडेर !
    ✍️
    केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
    —————<•>—————
    [६३]
    १//
    शान्ति शान्ति भनेर
    आउने छैन कहिल्यै
    क्रान्ति शान्ति बनेर !
    ✍️
    ताराप्रसाद चापागाईँ
    धुनिबेसी ।
    —————<•>—————
    [६४]
    १//
    गल्ती लेख्नु हुँदैन
    यस्तो सम्प्रेषण गर्दा
    विद्वानको मन छुँदैन ।
    ✍️
    देवी पन्थी
    —————<•>—————
    [६५]
    १//
    समय खेर नफालौँ
    अध्यारो हटाउनु पर्छ
    शान्तिक‍ो दियो बालौँ !
    २//
    सेता परेवा जोडी
    मानिन्छ शान्तिको प्रतिक
    उडुन् जन्जिर तोडी !
    ३//
    सधैँ चाहिन्छ शान्ति
    लाग्छ कहिले नहोस्
    हाम्रो समाजमा क्रान्ति ।
    ✍️
    समुन्द्रा शर्मा
    सुनसरी
    —————<•>—————
    [६६]
    १//
    मनले कल्पाैँ सुभाव
    शान्तिको बीज रोपौँ
    पक्राैँ शान्तिकै लगाव !
    २//
    नगराैँ क्षेपण अश्त्र
    रक्षा गराैँ प्राणीको
    बनाऔँ विश्व निशस्त्र !
    ✍️
    हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, बनेपा १४ साँगाबजार ।
    —————<•>—————
    [६७]
    १//
    ओठमा मुस्कान आउँन
    हुनुपर्छ परिवारमा एकता
    सधैँभरि शान्ति पाउँन !
    ✍️
    सीमा कार्की समर्पण
    मेलचोक पर्सा
    —————<•>—————
    [६८]
    १//
    शान्तिप्रतिको तिव्र चाहना
    अधुरो नहोस् कहिल्यै
    पूरा होऊन् कामना !
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    —————<•>—————
    [६९]
    १//
    शान्ति सुरक्षा चाहिन्छ
    सुशासन हामीले चाहेको
    त्यसपछि मात्र पाइन्छ ।
    २//
    नेपाली दाजुभाइ सबैले
    जुटेर देशको विकास
    गरेमा हेप्दैन कसैले !
    ३//
    शान्तिका दूत बुद्धको
    दुखाउनु भनेको मन
    सङ्केत सुरुआत युद्धको !
    ✍️
    पद्मा काश्यप पाण्डे, मोरङ
    —————<•>—————
    [७०]
    १//
    त्यागेर भावना क्रान्तिको
    अहिंसाको बिगुल फुकेमा
    आउँछ बहार शान्तिको !
    २//
    सोचाई राखेमा शुद्ध
    निरन्तर कर्म गरे
    बन्दछ मान्छे प्रबुद्ध !
    ✍️
    इमान सिंह के.सि.
    ब्यास ९ धनुबेसी,कलेस्ति,तनहुँ
    —————<•>—————
    [७१]
    १//
    गरेर देशमा क्रान्ति
    समुन्नत नेपालमा आज
    छाउनु पर्यो शान्ति !
    २//
    सर्वोच्च सगरमाथा हिमाल
    गरेर विकास पर्यटनको
    विश्वमा चिनाऔं नेपाल !
    ✍️
    पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती न.पा-३,काभ्रे
    —————<•>—————
    [७२]
    १//
    मानसिक सन्ताप बोकेर
    कसरी आउँछ शान्ति
    हातले निधार ठोकेर !
    २//
    भर्भराउँदो हुन्छ जवानी
    जन्मेदेखि नै मर्दासम्मको
    चिन्तैचिताले भिज्छ सिरानी !
    ३//
    मनमा आलिङ्गन क्रान्तिको
    तड्पाउँछ प्रेतात्मा भएर
    बज्दैन बिगुल शान्तिको !
    ४//
    भावनाको दैलो खोल्दैन
    जति चिच्याउन् जसले
    हृदयदेखि कोही बोल्दैन !
    ✍️
    घनश्याम पन्त
    हरिवन,सर्लाही
    —————<•>—————

    [७३]
    १//
    तिम्राे शब्दकाे शान्ति
    हाम्रालागि अभिशाप भयाे
    तिम्रा कुरामा भ्रान्ति !
    २//
    बुद्धमा ध्यानकाे सिप
    सुपुत्र नेपाल आमाकाे
    विश्वमा जगाए शान्तिदीप !
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    —————<•>—————

    —-<••:जय झिल्का! जय साहित्य!:••>—-

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभवLeave a Comment on विशेष झिल्का लेखन अभियानको १३औँ शृङ्खला ( शान्ति विषयक) सम्पन्न

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- १८ सम्पन्न

  • ९ जेष्ठ २०८१, बुधबार १०:०८ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको १८ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ८२ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- १८ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    …
    १,
    कसैसॅंग हुँदैन पूर्णता
    अभ्यासले अभ्यस्त बन्न
    गुरुशिष्यको चाहिन्छ एकता ।
    २,
    आफ्नै तालमा कुदिरहन्छौ
    महासागर पुग्ने योजनामा
    विनालगाम किन खोजिरहन्छौ ?
    ३,
    चरी खोज्छिन् चारो
    कठै ! गुलेलीले ढलिन्
    मानवको सोचाइ तगारो ।

    • म्यामराज राई, भोजपुर
      …
      १,
      हमेसा चल्दछ जात्रा
      जन्मेदेखि हेर नमरुन्जेलसम्म
      जिन्दगी एक यात्रा !
      २,
      खेलाडीहरू छन् अनेक
      खेल सबैको उही
      पालैपालो खेल्छन् हरेक !
      ३,
      छोड्दैनौँ कदापि भेडोपन
      आफूलाई सम्झन्छौँ बुज्झकी
      धन्य ! जनता जनार्दन !
    • वसन्त अनुभव, घोराही, दाङ
      …
      १,
      खुसी पाइन्न खोजेर
      बाँड्न सकिन्छ अरूलाई
      मिल्ने साथी रोजेर ।
      २,
      छुटिएको माया हाम्रो
      भेटिएर पनि बाँधिएन
      स्वाभिमानमा बाँच्न राम्रो ।
      ३,
      परिस्थितिले यसरी छुटायो
      यात्रामा बिचौली खेल्दाखेल्दै
      कताकता छातीभित्र दुखायो ।
    • दिल ठकुरी
      …
      १,
      भाग्य आउँदैन रोजेर
      कर्म हामीले गर्नुपर्छ
      अनि पाइन्छ खोजेर ।
      २,
      सबैमा ज्ञान अधुरा
      गुरुशिष्यमा भए एकता
      बन्नेछ ज्ञान पूरा !
      ३,
      यात्रा हाम्रो हुँदैछ
      सजिलै रोकिन गाह्रो
      देशमा हाहाकारले छुँदैछ ।
    • बेदु न्यौपाने
      …
      १,
      सके धेरै कमाऊ
      खुसी खोज्न अन्यत्र
      नगई आफैँभित्र रमाऊ ।
      २,
      सहरतिर सबै झरेका
      गाउँघर शून्य बनाई
      किन बसाइँ सरेका ?
      ३,
      सुन तस्करी गरेका
      ठगी, काण्डमा हेर
      प्रमुख नेता परेका ।
    • कला ढकाल, झापा
      …
      १,
      नजिकभन्दा झन् टाढा
      राम्रो देखिन्छ हजुर
      बन्दैन दु:ख गाढा।
      २,
      नेताको जस्तो चरित्र
      छेपारो जस्तो प्रकृति
      लाग्न छाड्यो विचित्र।
      ३,
      कोही पुगेपछि माथि
      चढेको भर्‍याङ भुल्छन्
      कस्तो मानसिकताका साथी ?
    • पृथक प्रकृति ,झापा
      …
      १,
      तिम्रा इज्जतका सहरहरू
      हराएका छैनन् कतै
      आत्मविश्वास बढाऊ अरू ।
      २,
      मान्छेहरूका इज्जतका कुरा
      परिवर्तित सामाजिक दृष्टिकोणले
      कहिल्यै हुँदैनन् पूरा ।
      ३,
      क्षमायाचनाको कुरै नगर
      अलिकति तल झरे
      उक्लनलाई भरै नपर ।
    • गुणनिधि घिमिरे, अमेरिका
      …
      १,
      कुरो गरेको मैले
      संसार फाँड्छु भनेर
      बात मारेको तैँले ।
      २,
      भक्ते सोचेर आए
      पूर्ण नभए पनि
      रहलपहल पेटभरि खाए ।
      ३,
      भाइले उल्टो घुमायो
      गर्मी खाँदै गर्दा
      पङ्खाले लङ्का छुवायो ।
    • नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर
      …
      १,
      कसैसँग हुन्न पूर्णता
      सिक्ने इच्छा जाग्दै
      सोचाइ आओस् समानता।
      २,
      बाँचौँ खुसीका साथ
      सत्कर्ममा मन लागोस्
      नहोस् अरूको तैनाथ।
      ३,
      जाऊन् अरू माथि
      आफ्नो प्रयासले नहुँदा
      सम्झौँ आफ्नै साथी।
    • अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१, हालः-अमेरिका,बोस्टन।
      …
      १,
      आगोको झिल्का देखेँ
      पानीको देखेँ पोखरी
      दमकललाई चिठी लेखेँ ।
    • देवी पन्थी
      …
      १,
      लुटमार नगरौँ भ्रष्टाचार
      देशमा हुन्छ रमाइलो
      गरौँ पौरखको व्यापार।
      २,
      पसिनाले सिॅंचेको राम्रो
      मलिलो माटो बन्छ
      फल्छ सुन हाम्रो।
      ३,
      बिस्तारै गरौँ सफर
      सुरक्षित पुगिन्छ सबै
      जिउन भने रहर।
    • सुरेशकुमार पाण्डे दाङ घोराही १८
      …
      १,
      धेरै भए बेपत्ता
      अधिकांश युवा पलायन
      भारतको बङ्गाल कलकत्ता ।
      २,
      सरकार श्रमिकलाई हेर
      किन उफ्रिन्छौ संसदमा
      यिनका आवश्यकता फेर ।
      ३,
      गरौँ सत्कर्म सुकर्म
      उद्धार गर्नु भोकानाङ्गाको
      मानवको परम धर्म ।
    • चुडामणी देबकोटा, चनपा१३काठमाण्डौ
      …
      १,
      मेरा खुसी लेऊ
      जीवनको अन्तिम क्षणसम्म
      मलाई साथ देऊ।
      २,
      फूल बनेर फुलिदिउँला
      पाए तिम्रो साथ
      सारा दुःख भुलिदिउँला।
      ३,
      तिमी जीवनको सार
      साथ नभए तिमी
      मेरो जीवन बेकार।
    • विमल खतिवडा माइला, सिलगढी, भारत
      …
      १,
      अर्थतन्त्र सुकेर सुकुटी
      लुट्न पल्केका नेता
      कुम्लाएर देशको ढुकुटी।
      २,
      गाउँ अनि सहर
      होला हजुर कहिले
      समानताको छाउने लहर।
      ३,
      रहरलाई पोको पारी
      जानुपर्ने बाध्यता विदेश
      आँखाबाट आँसु झारी।
    • संगीता खरेल, चन्द्रागिरी – ८, काठमाडौँ
      …
      १,
      ध्यान गयो कता
      थियौ बेपत्ता खोजैँ
      पाऊँ तिमी जतातता ।
    • ताराप्रसाद चापागाईँ, धुनिबेसी
      …
      १,
      आहा! मन डुलेको
      चैत वैशाख महिना
      लालिगुराँस छ फुलेको।
      २,
      फुल फुल्यो वनभरि
      टिपी ल्याएँ साथमा
      छरियो सुगन्ध मनभरि।
      ३,
      शिर उच्च हाम्रो
      हेर प्रकृतिको सुन्दरता
      आहा! कति राम्रो ।
    • अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६ संखुवासभा
      …
      १,
      बाहाना निदाएको गर्नेलाई
      को सक्छ उठाउन?
      हाम फाली मर्नेलाई ।
      २,
      अर्काको भलो चिताउनु
      नैतिक इमान्दार भएर
      जीवन मजाले बिताउनु ।
      ३,
      शरिरको एउटा अङ्गले
      मात्रै केही गर्दैन
      काटिन्न जीवन ढङ्गले ।
    • हिरालाल न्यौपाने, बानपा – ८, कोटमौला, सल्यान
      …
      १,
      हिॅंड्नु कर्तव्य बुझेर
      मनमा पाप बोकी,
      हुन्न शिला पुजेर।
      २,
      सक्छौ गर राम्रो
      अरूको खुट्टा नतान
      अस्तित्व हुन्न हाम्रो।
      ३,
      इमानदार बनौँ अब
      जन्मपछि अवश्य मृत्यु ,
      जानुपर्छ एकदिन सब।
    • शंकर कार्की, मकवानपुर
      …
      १,
      देखेर देशको गति
      अचम्म लाग्छ यहाँ
      बिग्रँदा नेताको मति ।
    • बाबुराम पाण्डे, अर्घाखाँची
      …
      १,
      मानव चोला आखिर
      अनिश्चित छ यहाँ
      आध्यात्मिक बाटो छिर ।
      २,
      युवा गए विदेश
      देश खाली भो
      देशमै राखे बेस।
      ३,
      बारी बाँझो भयो
      घरमा हली छैन
      छोरो मुग्लान गयो।
    • तेजप्रसाद खनाल,लमही दाङ
      …
      १,
      आमाबाबु मात्रै घरमा
      छोरा बुहारी परदेशी
      पैसा जति बगरमा ।
      २,
      सत्ताको मोह कति
      ज्यान जाओस् छोडिन्न
      विरोध गर जति।
      ३,
      नबन कसैको भक्ति
      देशको मुहार फेर्न
      युवाले देखाऊ शक्ति ।
    • राज कुमार राजभण्डारी खोटाङ्गे
      मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर
      …
      १,
      गरेर राम्रो काम
      बढौँ सधैँ अगाडि
      कमाऔॅं आफ्नो नाम ।
      २,
      नपर अर्काको भर
      सफल हुन्छौ तिमी
      आफू परिश्रम गर ।
      ३,
      किन गर्नु आहा !
      मुखले चिप्लो घसेर
      सधैँ गर्छौ डाहा ।
    • अनिता भण्डारी, ताप्लेजुङ
      …
      १,
      महॅंगीले आकाशै छोयो
      सुशासनको गफ नलगाऊ
      जनताको हृदय रोयो ।
      २,
      अन्धकार रातको कालीमा
      रमाउँछन् सार्‍है नेताहरू
      जनताको गडगडाहट तालीमा ।
    • डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा.पा. -६ , दोलखा
      …
      १,
      प्राणीमा श्रेष्ठ मानव
      भन्छन् सबैले तर
      मानव हुँदैछन् दानव ।
      २,
      सुध्रियोस् मानवको मति
      जिन्दगी कुमालेको चक्र
      हुन्छ आफ्नो दुर्गति ।
    • मंगला उपाध्याय, कलैया उप. म.न.पा. – १, बारा
      …
      १,
      चरीको त्यो व्यथाले
      मन बनायो घायल
      बरा! निर्दोषको कथाले ।
    • गंगा खड्का, बूढानीलकण्ठ ,काठमाडौँ
      …
      १,
      नाटक किन पटकपटक
      सरकार सदन कस्तो ?
      भैरहेछ धेरै चटक !
    • नागेन्द्रप्रसाद यादव , दाङ
      …
      १,
      निधारमा चन्दन घसेर
      दुष्कर्म गर्दछ सधैँ
      ऊ मन्दिरभित्र बसेर ।
      २,
      सत्य, तथ्य स्पष्ट
      ओरालोतिर अर्थतन्त्र देशको
      महङ्गीले जनतामा कष्ट ।
      ३,
      समय एकनास घुमिरहने
      एकछिन विश्राम नलिई
      प्रकृतिले सबै सहने ।
    • प्रद्युम्न चालिसे, भक्तपुर कठुञ्जे
      …
      १,
      देशमा ठुलाठालुको रजाइँ
      चर्काचर्की पोल खोलाखोल
      कसले राख्ने कजाइॅं ।
      २,
      दोषी जाली भ्रष्टाचारी
      रहेनछन् कोही अछुत
      झोलेहरू किन सदाचारी ?
      ३,
      देशको अस्तित्व हरायो
      सबै साखुल्ले छद्मभेषी
      अपराधी सदनमा करायो।
    • घनश्याम पन्त, हरिवन सर्लाही
      …
      १,
      प्रमादी हो जीव
      ईश्वर चैँ अप्रमादी
      परमार्थमा दुवै शिव ।
    • सुरेश कार्की, काठमाडौँ- ७, कुमारीगाल
      (हाल सिड्नी, अष्ट्रेलिया)
      …
      १,
      सुध्रिने कहिले अर्थतन्त्र ?
      जनता खुसीले रमाउने,
      भएर आर्थिक स्वतन्त्र।
      २,
      युवा निरास भए
      देशमा उपाय नदेखी,
      छोडेर विदेश गए ।
      ३,
      आफ्नो स्वार्थ छोडेर
      राष्ट्रको हितमा लागे,
      सधैँलाई अहम्ता तोडेर ।
    • पुष्पा राई, बादेल, खोटाङ
      …
      १,
      ज्ञानका विधाता गुरु
      दिन्छन् मोक्षको गति
      दृष्टि उघारी खुरुखुरु।
      २,
      दिव्यचक्षु सबै खोलौँ
      पाई गुरु दर्शन
      बिकार चाहिॅं पोलौँ ।
      ३,
      अलौकिक कृष्ण एक
      मुक्तिका हुन् दाता
      देखाउॅंछन् रूप अनेक।
    • तोया नाथ चापागाईं, दमक, झापा, नेपाल
      …
      १,
      भेट्न आएको थिएँ
      तर तिमी आएनौ
      त्यसैले आँसु पिएँ ।
      २,
      हिजो थियौ घर
      आज किन देखिएनौ
      किन हुन्छौ पर ?
      ३,
      नेपाल मेरो घर
      प्राणभन्दा छ प्यारो
      छाडी जान्न पर ।
    • शशीश्री आचार्य, बौद्ध कुमारीगाल काठमाडौँ
      …
      १,
      जनताको मत मागेर
      लहर ल्याउॅंछु विकासको
      धोका हुँदैन मरेर।
      २,
      नजर दोषी देखाई
      महान् हुन खोज्छौ
      आफ्नो जाँगर सेलाई।
    • एवाइ प्रभात, सहिदभूमि धनकुटा
      …
      १,
      युवा छैनन् देशमा
      खेतबारी बाँझो हेर
      आमाबाबु गेरु भेषमा।
      २,
      अर्थतन्त्र कता गयो
      नेता सबै आफ्ना
      तेरो मेरो भयो।
    • दुर्गा आचार्य, मोरङ
      …
      १,
      घर बनाएको थिएँ
      शान्तिले सकून् भर्न
      पसिनाको मूल्याङ्कन लिएँ ।
      २,
      इज्जत पाउने सहर
      खोज्दैछु दुनियाँको भिडमा
      पाउॅंदैन छुटिएको रहर।
    • बिकास छेत्री अञ्जान, कैहके, बिजनबारी, दार्जिलिङ
      …
      १,
      गरे के हुँदैन
      मेरो बेहाल हुँदा
      तिम्रो मुटुमा छुँदैन ।
      २,
      सबैले देखे लाचार
      तुलना जन्तुसँग गरे
      सकियो तिम्रो आचार ।
      ३,
      हेरौँ राजनीतिको बजार
      कुराको हुच्ची मच्चाउँदै
      जनताको उन्मुक्तिमा हतार ।
    • रामप्रसाद पुरी, बादेल, खाेटाङ
      …
      १,
      बस्न मन थियो
      समय भयो दोषी
      मायाले पीडा दियो।
    • दीपा तिम्सिना, ईलाम
      …
      १,
      रोकथाम गरेर बोली
      नयाँ स्विकृतिले दिएको
      निर्धालाई चल्यो गोली !
      २,
      शुभ झुल्किने घाम
      धर्ती तताएर गए
      नराखीकन कुनै डाम !
      ३,
      आयो आयो गयो
      थाहा नै नपाउँदै
      के भयो भयो !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      …
      १,
      कतै पाइन्न काम
      सहरमा बाँच्न गाह्रो
      फर्किनु बरु गाम !
      २,
      गर्छ कुकुर झगडा
      समृद्धिको पथमा देश
      छैन शासक तगडा !
    • कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
      …
      १,
      मैले तिमीलाई रोजे
      नेताको आँट छैन
      समयले मलाई खोजे।
      २,
      रङ्गीन मनले बोली
      किन होला गाह्रो
      मनमा माया खोली।
    • नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत
      …
      १,
      गर्गीले तराईमा तातो
      युवा युवती सहन्छन्
      बच्चाको लियो सातो !
      २,
      पङ्खा हुनेको हावा
      नहुनेको कष्टकर जीवन
      दु:खीको कर्ममा धावा !
      ३,
      मौसम भयो उल्टा
      पानी नपर्ने कतिबेलै
      फल्दिन फर्सीको मुन्टा !
      भगवती लवाडी
      …
      १,
      जब यात्रा सुरु
      चुचुरोमा पुग्न सघाउने,
      एक महामानव गुरु।
      २,
      थरी थरीका सिकारी
      तिनले मच्चाउॅंछन् हाहाकार ,
      जबसम्म जलाइन्न चिङ्गारी !
      ३,
      सधैँ हुँदैनन् साथी
      घामपानी नभनी हिॅंड्नुपर्छ
      पुग्नलाई त धेरैमाथि।
    • दीपा समभावा, खोटाङ्ग
      …
      १,
      जीवन सुखदु:खको खेल
      मिलन बिछोडको चक्र
      हाँसो आँसुको मेल।
      २,
      जीवन नफर्कने खोला
      लिएर जानु के ?
      मरिजाने हो चोला।
      ३,
      मन बनाउँदै अधीर
      सतहमा के खोज्दछौ ?
      धाउॅंदै ढुङ्गाको मन्दिर।
    • सरस्वती श्रेष्ठ रुपन्देही बुटवल
      …
      १,
      नैतिक शिक्षा पाएमा
      जान्नेछन् आदर गर्न ,
      असल बन्न चाहेमा।
      २,
      गर्नु पर्छ कर्म
      फल पाउन मिठो
      सेवा ठुलो धर्म।
      ३,
      ज्ञान लिन सुरु
      निरन्तर प्रयास गरेमा
      खुसी हुनुहुन्छ गुरु।
    • सुस्मिता अधिकारी ,काठमाडौँ
      …
      १,
      रुनु न हाँस्नु
      जस्तै परिस्थिति आवस
      सधैँ मितेरी गाँस्नु।
      २,
      चकनाचुर हुन्छ सिसा
      प्रहार भएमा ढुङ्गाको
      नरोज्नु घृणाको दिशा।
      ३,
      नम्र व्यवहार राम्रो
      क्रोधी स्वभाव देखाएर
      कहिल्यै नबन्नु चाम्रो ?
    • अरुण कुमार भुजेल, गोरूबथान, कालिम्पोङ,भारत
      …
      १,
      नझुकाऊ, तिमी सिर
      पुग्न सफलताको शिखरमा
      नलिनु कहिल्यै पिर।
      २,
      गर्नु राम्रो काम
      परिश्रमले दिन्छ सफलता
      मिल्दछ हेर नाम।
    • गंगाराम यादव, औरावनी – २, सुनसरी
      …
      १,
      तापेर आगोको राप
      किन जाँदैन जाडो
      सधैँ मानिसलाई ताप !
      २,
      खेल मैदानमा आऊ
      बाहिरबाट बोलेर हुन्न
      जितेर देखाएर जाऊ ।
      ३,
      हेर्न राम्रो हुनुपर्छ
      क्रिकेट टिम मिलेको
      खेलले दिल छुनुपर्छ !
    • रबि पाैडेल ,दक्षिण भारत पाण्डेचरि
      …
      १,
      आफ्नै श्रममा रमाऊ
      निरन्तरता देउ कामलाई
      सके जति कमाऊ ।
      २,
      सके आफैँ कमाउनु
      ईर्ष्या नगर्नु अरूको
      आफ्नै कमाईमा रमाउनु ।
      ३,
      व्यावहारिक हुन सिक
      विश्वास गर श्रममा
      पैसामा कहिल्यै नबिक ।
    • देव कृष्ण काफ्ले, पोखरा – १ ,कास्की
      …
      १,
      परिस्थिति प्रतिकूल हुँदा
      सङ्घर्ष जारी राख्नुपर्छ
      मातृभूमि कहालिएर रुँदा ।
    • ऋजु दिल्पाली, इटहरी १ सुनसरी
      …
      १,
      नराम्रो काम नगरे
      हुँदैन दु:ख कहिल्यै
      ईश्वरको शरणमा परे।
      २,
      सम्झाउन जस्तो सजिलो
      सम्झिन हुँने भए
      मुटुमा बन्थेन किलो ।
    • साबित्री प्याकुरेल, धादिङ्
      …
      १,
      केही बर्ष बाँचौला
      सबै टाडिए पनि
      झिल्का लेखी हाँसौला ।
      २,
      गाउँले नबुझे पनि
      हतोत्साहित किन हुनु?
      निरन्तर लेखौँ भनी ।
      ३,
      कलमको सहारा ठुलो
      चित्त नबुझेको बेला
      यसले गर्दछ औषधीमुलो ।
    • मोती सुब्बा दार्जिलिङ निमकी डाँडा।
      …
      १,
      खोजेको पाएर हर्ष
      अक्कबक्क बोल्न नसकी
      साहस बटुली सङ्घर्ष ।
      २,
      सम्झाउनै गाह्रो परेछ
      कुरा नबुझेर सिधाले
      उफ्रिॅंदै ओरालो झरेछ ।
      ३,
      धारिलो हतियार बाङ्गो
      खान नपाएर भोकै
      लुगा नलाएर नाङ्गो ।
    • अम्बिका अधिकारी, झापा बिर्तामोड
      …
      १,
      रुमाल छैन फाटेको
      भिडहरूमा देखे तापनि,
      छैन माया साटेको ।
      २,
      बाटो बिराएको नठान्नु
      गन्तव्यको दोष होइन,
      मनमा खोट नमान्नु ।
    • हन्नाह छेत्री, दार्जिलिङ
      …
      १,
      खुसीले गरी काम
      सुन्दर कर्मको बाटो
      राखेर अनुपम नाम !
      २,
      सम्झेर अनेक भिर
      जिन्दगीको लामो यात्रा
      मनमा अथाह पिर !
      ३,
      सम्झेर तिम्रो मन
      उकाली ओराली गर्दा
      उराठ लाग्छ वन !
    • आर्त अकुलीन
      …
      १,
      फूल मन पराए
      टिप्न खोज्दा हतारमा
      काँडा पो समाए ।
      २,
      तरकारी मिठो नुनले
      ठिक्क लाए सुहाउला
      घाँटी राम्रो सुनले ।
    • ध्रुव श्रेष्ठ, खोटाङ,हाल काठमाडौ ।
      …
      १,
      नक्कल गर्नेदेखि सावधान
      बौद्धिक चोरी गर्नेहरूप्रति
      साइबर अपराधको प्रावधान ।
      २,
      चोरेको कसरी मेटिन्छ
      छोपुन्जेल लुक्छ डालाले
      फाटेपछि टुप्लुक्कै भेटिन्छ ।
      ३,
      अन्तस्करणबाट सिर्जना गर
      पूर्ण हुनेछ अपेक्षा
      अरूको भरमा नपर ।
    • पारसमणि खतिवडा, सूर्योदय ३ इलाम, हाल सूर्यविनायक भक्तपुर
      …
      १,
      कहाँबाट सुरु गरौँ
      म अलमलमा परे
      कसको भर परौँ ।
      २,
      कसलाई मानौँ गुरु
      अब सबैले भन्नुहुन्छ
      आफैँ लेख खुरुखुरु।
      ३,
      सबैले खुट्टा तान्छन्
      अचेल सबैले मेरो
      रिस डाहा मान्छन्।
    • ललिता गिरी, सिन्धुली
      …
      १,
      गुन्द्रुकलाई पर्दैन पकाउन
      किन होला भनेको
      पर्दैन सालीलाई फकाउन।
      २,
      मन परेकी साली
      छ हिस्सी परेकी
      जिस्किन पो थाली।
      ३,
      सालीको बोली रसिलो
      भनिदिन्छे उसले फेरि
      लाइहालूँ माया कसिलो।
    • सतीश पण्डित, भानु ६चुँदी तनहूँ (हाल चनपा ६ मातातीर्थ)
      …
      १,
      झिल्का उडेर आयो
      मनमा थियो उमङ्ग
      मधुमास बिहानी छायो।
      २,
      देखाएँ हिमाल तराई,
      आफ्नै रहेछन् मायालु
      होइन रहेछन् पराई।
      ३,
      नजाउ भन्छिन् छोडेर
      रोएर नेपाल आमा
      असल बाटो मोडेर।
    • होम प्रसाद नेउपाने, धरान,सुनसरी
      …
      १,
      खुशी सबै हर्छ
      यादको भेल उर्लिँदा,
      आँसु तपतप झर्छ ।
      २,
      गयौ बाटो फेरी
      आसाको डोरी बाट्दै,
      बसिरहेछु तिमीलाई हेरी ।
      ३,
      आशा खुसी रित्तियो
      मनका तृष्णा मरे,
      लाग्छ समय सिद्धियो ।
    • सीमा कार्की समर्पण, मेलचोक पर्सा, नेपाल
      …
      १,
      जात सानो ठुलो
      जात बनाउने खुसी
      जातको अन्योलता मुलो ।
    • भोलामान बर्देवा, धरान ८ सुनसरि
      …
      १,
      कर्मको भरोसा गर्नु
      आफूमा भएका दिव्य
      ज्ञान सबैमा छर्नु ।
      २,
      मनैमा हुन्छ भक्ति
      शुद्ध चरित्रले पाउने
      सदैव प्रभु शक्ति ।
      ३,
      आत्मालाई बसाई सर्नु
      प्रभु सँग आखिरीमा
      पर्नेछ भवसागर तर्नु ।
    • कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी
      …
      १,
      कतै देखिन्न समता
      कसरी हुन्छ विकास?
      नभएसम्म राष्ट्रिय एकता l
      २,
      बनाएर संयुक्त गठ
      रातदिन लड्छन आपसमा
      रहेछन् अबुझ शठ l
      ३,
      भएन मन शान्त
      दुष्टहरूको पारा देख्दा
      हुन्छ झन् आक्रान्त l
    • बाबुराम गौतम, गुल्मी
      …
      १,
      स्वार्थ बाेकेर आए
      हाले छाराे आँखामा
      पुस्ता उनैका रमाए ।
      २,
      हिजाेभन्दा आज कडा
      दिनहरू बित्दै जाँदा
      समस्या भए खडा ।
      ३,
      लगन साइत जुर्नुपर्छ
      भन्दैमा बन्दैन कविता
      मस्तिष्कमा पनि फुर्नुपर्छ ।
    • त्रिलाेचन भण्डारी, मेचीनगर,झापा
      …
      १,
      नखानु कसैले हरेस
      गरेर आऊँ हातेमालो
      बनाउँ नयाँ स्वदेश।
      २,
      स्वर्गभन्दा छ राम्रो
      नाँचेको डाँफे मुनाल
      हिमाली देश हाम्रो।
    • बिके मुखिया, दार्जीलिङ, भारत
      …
      १,
      जिन्दगी रहर अप्ठ्यारो
      हारेर बाँचेको दुनियाँ
      यात्रीको जीवन फारो ।
      २,
      रमाउ भनेर नहुने
      आएछ निर्दयी जमना
      भावना कहिले नचुने।
    • अन्मोल मुस्कान, तकदाह छाउनी, दार्जिलिङ
      …
      १,
      दौड थियो चर्को
      पछि आउनेले उछिने
      गुनासो छैन अर्को।
      २,
      मनले गरौँ भन्छ
      विविध अड्चन बाधा
      शरिरले कसरी सहन्छ?
    • गोरखा सिरानचोक
      …
      १,
      खोजेर भाग्य भेटिँदैन
      नबगाएसम्म यहाँ पसिना
      भान्सामा धुँवा देखिँदैन।
      २,
      चुहिन्छ फूलको रगत
      जब चुँड़िन्छ ऊ
      बनेर दुष्टको सङ्गत।
      ३,
      तिमी हुनु आकाश
      तिम्रो मेरो प्रेमकथामा
      म बन्छु बतास।
    • राजनारायण राई, राजदल बस्ती सोनादह
      …
      १,
      साहित्यमा नाम भरौँ
      इतिहासमा नाम कोरेर,
      हामी अघि सरौँ।
      २,
      पढाइमा अनेक काइदा
      गुरुबाट शिक्षा राम्रो
      लिए धेरै फाइदा ।
      ३,
      दुई तीन चार
      गएपछि त खेलमा
      मलाई भयो हार ।
    • श्रीकृष्ण धामी – बझाङ
      …
      १,
      यो मेरो देश
      शिर हो विश्वको
      नहोस् है अशेष ।
      २,
      नेताको देखेर चालढाल
      बढ्दैछ निराशा युवामा
      विदेशतिर हाम फाल।
      ३,
      देवता ठूला किसान
      गर्दछन् कर्मको पूजा
      भविष्य गर्दै किटान।
    • पद्मा काश्यप पाण्डे, मोरङ
      …
      १,
      विश्वास धेरै नगर
      धोका दिन्छ जसले
      उसकै भर नपर ।
      २,
      घाउमा मलम लगाऊ
      आफैँ डाक्टर नबन
      दलालहरू सबैलाई भगाऊ ।
    • सनत रोकाय बिवश, कुशे – ८ जाजरकोट
      …
      १,
      मनमा शान्ति छाउँछ
      सन्तुष्ट हुनु सधैँ
      अनि आनन्द आउँछ।
      २,
      दुःख तिमी गर
      फलको आश नगरी
      सधैँ अघि सर ।
      ३,
      स्वास्थ्यको ख्याल गर्नु
      समय निरन्तर चल्छ
      आफैँमा भर पर्नु ।
    • धनुष न्यौपाने”यात्री”, जुम्ला
      …
      १,
      चाहिन्न कालो धन
      हुनुपर्छ सुखका लागि
      उदार शुद्ध मन ।
      २,
      हुन्छ संसार हाम्रो
      खराब बानी छोड्नपर्छ
      हुन सबको राम्रो ।
      ३,
      अल्छी आलस्यता भगाई
      हामी कर्मठ बन्नुपर्छ
      जोश जाँगर जगाई ।
    • जयनारायण नेपाल, इलाम ,हाल सूर्यविनायक २, भक्तपुर
      …
      १,
      लुरेले हाँक्छ राज्य
      भेष साधु जस्तो
      हुँदै आयो विभाज्य।
      २,
      उसको मन कालो
      चाला धेरै तुच्छ
      बुन्छ सधैँ जालो ।
    • हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ साँगा बजार
      …
      १,
      जेसुकै पनि पच्ने
      नेपाली माटो हाम्रो
      गोर्खालीले इतिहास रच्ने ।
      २,
      छैन आशा कसैमाथि
      यही माटो अब्बल
      नेपालीको माटो साथी ।
      ३,
      आोशा त्यही हुन्छ
      मिहिनेत हुन्छ जहाँ
      पोखिएर मन छुन्छ ।
    • ईश्वर साउद, सुदुरपश्चिम रामारोसन – ६, अछाम
      …
      १.
      आफ्नै मनभित्र हल्लीचल्ली
      शान्ति खोज्दैछ मान्छे
      बाहिर गल्ली गल्ली ।
      २.
      अर्काकै राम्रो लाग्यो
      आफूलाई हेरेन कहिल्यै
      खुसू अन्तै भाग्यो।
      ३,
      भएकोमा सन्तुष्ट छैन
      हुँदै नभएको खोजेपछि
      कहाँ भेटिन्छ चैन।
      -पशपती राई, खोटाङ
      …
      १,
      डडेलो लाग्यो वनमा
      निभाउने कोही छैनन्
      विरह चल्यो मनमा ।
      २,
      चरिले गीत गाउॅंछे
      मन रुन्छ धुरुरु
      वन पाखा धाउॅंछे ।
    • बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाइ ४ झापा
      …
      १,
      मायामा सौदाबाजी भयो
      मेरो त्याग ,समर्पण
      डस्टबिनभित्र फालेर गयो।
      २,
      गर्‍यौ मुटुको चिरफार
      च्यातचुत पार्दै तिम्रो
      तस्बिरहरू फाल्दैछु बारम्बार ।
      ३,
      रोपेर प्रेमको बोट
      दियौ उपहार मलाई
      जीवनभर नभुल्ने चोट ।
    • रुना कर्माचार्य दाहाल, चितवन
      …
      १,
      जीवन रङ्गीन बनाउन
      सुख, शान्ति भए
      पर्दैन उत्सर्ग मनाउन।
      २,
      पीडाले भरिएको मन
      बुझ्दैन रत्तिभर कुरा
      अरबौँ होस् धन ।
      ३,
      पीडाको आहुति दिएर
      लाग्छ मरौँ जस्तो
      अब जहर पिएर ।
    • लक्ष्मण देउवा डोटी
      …
      १,
      आशाको दियो बाल्नलाई
      जुटौँ एक भएर
      नयाँ काम थाल्नलाई।
      २,
      नतिजा आफैँतिर पार्न
      मरिमेटी लाग्दैछ खेलाडी
      चाहॅंदैन कोही हार्न ।
    • बाल कृष्ण श्रेष्ठ,सोलुखुम्बु
      …
      १,
      साहित्यका उर्जाहरू जगमगाऊन्
      गहनता उपयोगले लम्किरहौँ
      बढ्दै दर्जाहरू जाऊन् ।
      २,
      लेखिएका रचिएका कुराहरू
      ज्यादै हल्का लिएपछि,
      सकिँदैन समस्याका चुराहरू !
      ३,
      एकातिर दर्शन जति ,
      व्यवहार हेर्दा अर्कोतिर ,
      परिवर्तन भयो कति ?
    • मनोहरी पौडेल, गैडाकोट १
      …
      १,
      आमाको आँसु पुछ्नु
      लायकको सन्तान बनेर
      रातो टीका मुछ्नु !
      २,
      भावना बुझ्ने गर
      पहिला घर परिवारको
      भकारीमा अन्न भर।
      ३,
      धनी मन होस्
      जहाँ गरिब दुखीप्रति
      तनमा जोस बढोस् !
    • राजेश्वरी राजोपाध्याय, ललितपुर

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविताLeave a Comment on साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- १८ सम्पन्न

    विशेष झिल्का लेखन अभियानको १२औँ शृङ्खला ( परिवारविषयक) सम्पन्न

  • ७ जेष्ठ २०८१, सोमबार २१:४२ मा प्रकाशित
  • झिल्का लेखन अभियानको १२औँ शृङ्खला (परिवार विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलामाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ८१ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
    —————<•>—————

    [१]
    १//
    हुँदैन कदापि हार
    एकजुट हुन्छन् जहाँ
    समस्या पर्दा परिवार !
    २//
    सुन्दर सामाजिक चित्र
    स्वर्गकै आनन्द अनुभूति
    मिल्छ सफल परिवारभित्र !
    ३//
    खुसी समृद्धिको राज
    असल परिवार मिली
    बन्छ आदर्श समाज !
    ✍️
    वसन्त अनुभव
    —————<•>—————
    [२]
    १//
    हाम्रो पनि बाटो
    कहिलेकाहीँ हो मिल्ने
    परिवार छैन लाटो !
    २//
    दुःखमा साथ दिने
    एकदिन त आयो
    नबन है लिने !
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    —————<•>—————
    [३]
    १//
    जसले सिकाउछ संस्कार
    मजबुत हुन्छ साच्चै
    उसैको सुन्दर परिवार !
    २//
    स्वर्गजस्तो सुन्दर चित्र
    खोज्नुपर्दैन अन्त कतै
    बनाए परिवारलाई मित्र !
    ३.
    पर्दैन धनले भर्न
    असल बाटो बनाऊँ
    सन्तानको विकास गर्न !
    ✍️
    शंकर कार्की,मकवानपुर।
    —————<•>—————
    [४]
    १//
    सधैँ नै जुट्नुपर्छ
    घर परिवार सिँगार्नलाई
    फुटले हानी गर्छ ।
    ✍️
    ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    —————<•>—————
    [५]
    १//
    थामिरहेछु पीडा भारको
    दुःखले कहिल्यै छोडेन
    खोज्दा खुसी परिवारको !
    २//
    घुम्दैछु म सेरोफेरो
    थकित हुन्छ शरीर
    हर्षित परिवार मेरो !
    ३//
    बाध्यता परदेश जान
    पसिना रोपेर बालुवामा
    पाल्नुछ सारा जहान !
    ✍️
    भुपेन्द्र राना मगर
    धादिङ
    —————<•>—————
    [६]
    १//
    असल पारिवारिक घर
    बन्छ सुन्दर फूलबारी
    हुँदैन कसैलाई डर !
    २//
    एकतामा हुन्छ तागत
    मजबुत हुन्छ मान्छे
    यस्तो परिवारलाई स्वागत !
    ३//
    सबैको मुहार चमकदार
    आपसी हर्ष सद्भावको
    सबै हुनुपर्छ लचकदार !
    ४//
    स्वर्ग भनेको सम्बन्ध
    जहाँ हुन्छ मिलेमतो
    बन्छ जीवनको प्रबन्ध !
    ✍️
    घनश्याम पन्त
    हरिवन सर्लाही
    —————<•>—————
    [७]
    १//
    परिवार हाँसे घमाइलो
    हाँसुन् परिवार सबै
    जिन्दगीभर हुन्छ रमाइलो !
    २//
    परिवारमा तिमीले जानीजानी
    स्वार्थ लुट्न खोज्यौ
    परिवारको पेटमा हानी !
    ३//
    परिवारलाई आँसुको तालमा
    खाना खाँदै तिमीले
    थुक्दियौ त्यहीँ थालमा !
    ✍️
    चुडामणी देबकोटा
    चनपा१३काठमाण्डौ
    —————<•>—————
    [८]
    १//
    खुसी आनन्दको खानी
    परिवार हुनाले साथमा
    नितान्त सौम्य जिन्दगानी !
    २//
    जीवनको मेरुदण्ड परिवार
    उतारचढाव हुँदा पनि
    हुँदैन कहिल्यै निस्सार !
    ३//
    जिजीविषा हुन्छ सगरमाथा
    सुखशान्तिको मिठो आभास
    कालजयी परिवारको गाथा !
    ✍️
    पृथक प्रकृति ,झापा
    —————<•>—————
    [९]
    १//
    थलो मानव सृष्टिको
    समाजको पहिलो रूप
    परिवार सद्भाव वृष्टिको !
    २//
    परिवार पहिलो पाठशाला
    सत्मार्ग देखाउने थलो
    प्रेमको अटुट माला !
    ३//
    भलो कुभलो भेद
    यहीँ जानेर गए
    पर्दैन दुर्जनको छेद !
    ✍️
    मनोहरी पौडेल
    गैडाकोट १
    —————<•>—————
    [१०]
    १//
    सनातनी सभ्यता संस्कार
    वैरभाव हामी जान्दैनौँ
    विश्व हाम्रो परिवार !
    २//
    परिवार पवित्र बन्धन
    अभिभावक शिरको टोपी
    ललाटमाथि सेतो चन्दन !
    ✍️
    बिके मुखिया
    दार्जीलिङ,भारत।
    —————<•>—————
    [११]
    १//
    जिन्दगी काट्न परिवार
    एकजुट बन्नुपर्छ सधैँभरि
    बढ्दै जानेछ अधिकार !
    २//
    एकताले काम गरेर
    सम्पत्ति जोड्न सकिने
    अन्नको भकारी भरेर !
    ३//
    परिवारमा बल हुन्छ
    खेतबारीमा मिलेर गर्दा
    उन्नतिले शिखर छुन्छ !
    ✍️
    भगवती दवाडी , दमक,झापा
    —————<•>—————
    [१२]
    १//
    सानो परिवार वेश
    सुखशान्ति भरिभराउ आहा !
    जिन्दगीमा लाग्दैन ठेस !
    २//
    घरका मूल खाँबा
    हुरी बतास थाम्ने
    ईश्वर हुन् बाबा !
    ✍️
    राजनारायण राई
    राजदल बस्ती सोनादह
    —————<•>—————
    [१३]
    १//
    हुँदैन हार मानेर
    हुन्छन् आपतमा सहभागी
    परिवार आफैँ जानेर !
    २//
    परिवारको खुसीका लागि
    पुकार गरेको हुँ
    ढुङ्गा ढोगेर मागी !
    ३//
    परिवारको खुसी लिन
    तयार हुनुहोस् सधैँ
    परे ज्यान दिन !
    ✍️
    ललिता गिरी, सिन्धुली
    —————<•>—————
    [१४]
    १//
    ममताको अनेक हतियार
    मेलमिलापको एक उत्प्रेरणाले
    बलियो बनाउँछ परिवार !
    ✍️
    प्रेम थापा “मन”बागलुङ
    —————<•>—————
    [१५]
    १//
    हाम्रो साहित्यिक सफर
    हरेक परिवार पनि
    हुन्छ आत्मियताको रहर !
    २//
    देशलाई मातृत्व सम्झिएँ
    नागरिक परिवार एउटै
    सधैँ पसिना पिएँ !
    ३//
    जता बसुन् सन्तान
    देशलाई जोगाउँ मिली
    दिेएर सबैले योगदान !
    ✍️
    सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    —————<•>—————
    [१६]
    १//
    सधैँ परदेशी भएर
    कहिले साथ रहुँला
    परिवारसँग भेट भएर !
    २//
    जीवनमा परेमा भार
    सधैँ खुसी राख्नेछु
    अब मेरो परिवार !
    ३//
    कहिले होला पाइने
    हामी परदेशीलाई आस
    परिवारको माया चाहिने !
    ✍️
    लक्ष्मण देउवा
    डोटी
    —————<•>—————
    [१७]
    १//
    एकआपसमा मेलमिलाप हाम्रो
    सद्भाव प्रेममा रहेर
    परिवार मिलेको राम्रो !
    २//
    दुःखसुख एकअर्कोमा बाँडेर
    जानुपर्छ मिलेर अगाडि
    परिवार भावना साटेर !
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ
    —————<•>—————
    [१८]
    १//
    सम्पुर्णमा धेरै माया
    साथ सहयोग दिएर
    हुनु सधैँ दायाँबायाँ !
    २//
    लालीगुराँस छ फुलेको
    पहाडको भिरालो पाखामा
    मेरो मन भुलेको !
    ३//
    रहर हैन बाध्यता
    प्रमाणपत्र बिक्ने ठाउँ
    भन्नुस् छ कता ?
    ✍️
    अनिता कार्की
    कुम्मायक गाउँपालिका ५ पाँचथर
    —————<•>—————
    [१९]
    १//
    समाजमा रित बस्यो
    परिवारकै निम्ति आखिर
    युवा परदेश पस्यो !
    ✍️
    बि.कुलुङ
    दार्जिलिङ
    —————<•>—————
    [२०]
    १//
    परिवारको त्यो छत्रछाया
    शितल छहारी बनाेस्
    माैलाओस् एकाअर्काको माया !
    २//
    बनाेस् सपरिवार असल
    बाेध हाेस् जिम्मेवारी
    सप्रियाेस् माैसमी फसल !
    ३//
    कर्तव्यकाे हेक्का राखाैंँ
    तिताेपिराे कतै नपारी
    पारिवारिक स्वाद चाखाैँ !
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    —————<•>—————
    [२१]
    १//
    घर पहिलो पाठशाला
    परिवारको लागि स्वर्ग
    नहोस् है बधशाला !
    २//
    आपसी हाम्रो जुटमा
    समस्या सहजै टर्छ
    नपरे कहिल्यै फुटमा !
    ✍️
    सरस्वती श्रेष्ठ
    इटहरी
    —————<•>—————
    [२२]
    १//
    हुँदैछ परिवार खण्डित
    विदेश पलायन भई
    हुँदैन कोही दण्डित !
    ✍️
    नागेन्द्रप्रसाद यादव
    —————<•>—————
    [२३]
    १//
    मिलेर बसे परिवार
    आउँदैन समस्या कहिल्यै
    मिलेको हुन्छ घरबार !
    २//
    पर्दा साथ दिनु
    परिवार सबैकाे कर्तव्य
    पक्ष राम्रो लिनु !
    ३//
    शान्ति छाउँछ त्यहाँ
    झगडारहित परिवार हेर
    बसेकाे हुन्छ जहाँ !
    ✍️
    रबि पाैडेल
    दक्षिण भारत पाण्डेचरि
    —————<•>—————
    [२४]
    १//
    स्वर्गझैँ हुन्छ घर
    हुन्छ जुन परिवारमा
    एकअर्काको पूर्ण भर !
    ✍️
    अरुण कुमार भुजेल
    गोरू बथान,कालिम्पोङ,भारत।
    —————<•>—————
    [२५]
    १//
    दु:खसुखको यही सार
    गर्नु काम बाँडीचुँडी
    अगाडि बढ्छ परिवार !
    २//
    परिवार सजिलै चल्छ
    सीप अनुसारको कामले
    भाग्यमा अमृत फल्छ !
    ✍️
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    —————<•>—————
    [२६]
    १//
    जुटेर भिडियो मेलको
    भित्रिन्छ शान्ति भएर
    सहयोग हुँदैछ खेलको !
    २//
    परिवार देवको भवन
    मन्दिर बन्छ आपसमा
    सुखको चौतारो सज्जन
    ३//
    आपसी मेलको खेलाडी
    परिवार जन भएर
    नगर कहिल्यै खेलाँची !
    ✍️
    अम्बिका अधिकारी
    झापा बिर्तामोड
    —————<•>—————
    [२७]
    १//
    घर अनि परिवार
    राख्नसक्नुपर्छ हेर मिलाई
    बनी हामी इमानदार !
    ✍️
    बाबुराम पाण्डे
    अर्घाखाँची
    —————<•>—————
    [२८]
    १//
    हुँदा सुखी परिवार
    झुपडीमा रहे तापनि
    सदा मिल्छ बहार !
    २//
    सुख, शान्ति, समृद्धि
    परिवार मिलेर बस्दा
    हुन्छ झन् अभिवृद्धि !
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    —————<•>—————
    [२९]
    १//
    आत्मीय सुरक्षा धार
    सुन्दर बन्छ जीवन
    भएमा खुसी परिवार !
    २//
    भेटिन्छ समस्याको हल
    एकअर्काको दुःखमा मिले
    मिल्छ परिवारबाट बल !
    ३//
    असल परिवारको खाँचो
    सुन्दर समाज बन्न
    संस्कार जगत साँचो !
    ✍️
    सुस्मिता अधिकारी
    काठमाडौँ
    —————<•>—————
    [३०]
    १//
    सफल जीवनको सार
    शान्ति प्राप्तिको लागि
    मिलेको घर परिवार !
    २//
    एक सुन्दर हार
    जस्तै त हो
    एक विवेकशील परिवार !
    ३//
    परिवार हो पहिचान
    देशले दिन्छ व्यक्तिलाई
    इज्जत मान सम्मान !
    ✍️
    दीपा समभाव
    दुबेकोल खोटाङ्ग
    —————<•>—————
    [३१]
    १//
    जीवन सुखी बनाउन
    आफ्नै घर परिवारलाई
    सक्नुपर्छ सहजै मनाउन !
    २//
    परिवार नै सर्वशक्ति
    जीवनोत्सर्गमा पुर्‍याउन हेर
    अरूको नगर्नू भक्ति !
    ३//
    चाहिँदैन अरूको सार
    परिवार मिलेर बसे
    हुँदैन कहिल्यै हार !
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    —————<•>—————
    [३२]
    १//
    एकाघरमा भएका परिवार
    सबै मिलेर बस्दा
    सुन्दर बन्छ घरबार !
    २//
    हुन्छ त्यहाँ हार
    एकार्कामा झैँझगडा गरी
    मिलेर नबसे परिवार !
    ३//
    गर्नुपर्छ एकार्कामा सल्लाह
    छरछिमेकले भनुन् त्यसलाई
    कस्तो चलेको वाह !
    ४//
    घरका कुरा नगरौँ
    अगुल्टो नठोसी बल्दैन
    भन्ने दिमागमा भरौँ !
    ५//
    परिवार बनाऔँ सुन्दर
    सिकुन् अरूले पनि
    राम्रो बनोस् घर !
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    —————<•>—————
    [३३]
    १//
    परिवारसँगै भई साथमा
    बसौँ सबै मिलेर
    सुख फुल्छ हातमा !
    २//
    धेरै कुरा बुझौँला
    एकै घरमा बसेर
    बाबा, आमा पुजौँला !
    ३//
    कसैको पिर हुँदैन
    भात एकै भाँडाको
    खाए कोही रुँदैन !
    ✍️
    सञ्जना शर्मा
    —————<•>—————
    [३४]
    १//
    मानौँ सबैलाई परिवार
    जोडेर प्रीतिको नाता
    हुनेछ सुनौलो संसार !
    ✍️
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    —————<•>—————
    [३५]
    १//
    बेरोजगारीको झोला बोकेर
    परदेश हिडेको थिएँ
    आँखाको आँसु रोकेर !
    २//
    बालापन फर्किँदैन रोएर
    सम्झेर मात्र नहुने
    आँसुले सिरानी धोएर !
    ३//
    स्वार्थले भरिएको संसारमा
    असाध्यै सोझोपन हुनाले
    भएछु आज अन्धकारमा !
    ४//
    अर्काको मायाको आशा
    अत्यधिक गर्नुको परिणाम
    हुँदैछ आजकल निराशा !
    ✍️
    पुरुषोत्तम फुयाल
    साकेला गाउँ पालिका-२ रतन्छा खोटाङ
    —————<•>—————
    [३६]
    १//
    सुन्दर परिवारको भित्र
    शिखर चुम्छ सफलताले
    कोरिन्छ एकताको चित्र !
    २//
    हातमा हात समाई
    परिवारमा रहौँ सधैँ
    एकअर्का खुसीमा रमाई !
    ३//
    एकताको पुञ्ज तारा
    मिलेर बसेको देखी
    नमूना लिनु सारा !
    ✍️
    मोती सुब्बा
    दार्जिलिङ निमकी डाँडा
    —————<•>—————
    [३७]
    १//
    देशकाे माया गराैँ
    शाश्वत रूपले अब
    मानापाथी नै भराैँ !
    २//
    मनकाे दियाे बालेर
    उच्च हिमाली शिरमा
    सफल पाइला चालेर !
    ३//
    राखेर शिरमा बुकी
    हाँसेर दन्त लहरले
    सधैँ बनाैँ सुखी !
    ✍️
    श्रीबहादुर केसी शैलुङ्गे
    भक्तपुर
    —————<•>—————
    [३८]
    १//
    सुखदुःखको मूल सार
    सबै एकजुट हुनुपर्छ
    सधैँ आफ्नो घरपरिवार !
    २//
    मिलेर काम गर्नुछ
    परिवार जुटौँ एकतामा
    एकदिन अवश्य मर्नुछ !
    ३//
    ईश्वर जप्नु मनमा
    बोलीमा नहोस् असत्य
    लोभ नगर धनमा !
    ✍️
    बेदु न्यौपाने
    —————<•>—————
    [३९]
    १//
    मन मिलेको घरमा
    आनन्दले बस्छन् जहान
    एकअर्काको स्निग्ध भरमा !
    २//
    बल्दैन खुसीको दियो
    अन्योलमा पर्छ परिवार
    धरमरिए घरको मियो !
    ३//
    सम्हालौँ थुतुने हतियार
    चिरस्थायी राख्ने भए
    शान्त सौम्य परिवार !
    ✍️
    बाबुराम गौतम, गुल्मी
    —————<•>—————
    [४०]
    १//
    एउटै संस्कृति संस्कार
    बसाइँ एउटै घरमा
    त्यसलाई भन्छन् परिवार !
    २//
    झिल्का लेखौँ बारम्बार
    समूहका हामी सबै
    एउटै घरका परिवार !
    ३//
    छरछिमेकमा गर्नुपर्छ हारगुहार
    बाआमा छोराछोरी नातिनातीनी
    हुन्छन् घरमा परिवार !
    ४//
    हवल्दार सिपाही चौकिदार
    ढुक्कले मिलेर बसौँला
    रमाइलो हुन्छ परिवार !
    ५//
    चासो गर्दैन सरकार
    विकसित पारौँ गाउँलाई
    मिलेर सबै परिवार !
    ६//
    ज्ञानको सन्देश छरौँला
    झिल्का समूह परिवार
    मिलेर प्रगति गरौँला !
    ७//
    लगिदेऊ सन्देश समाचार
    सम्पूर्ण नागरिक विश्वका
    एउटा ठूलो परिवार !
    ८//
    सुखदुःखको बेलामा जो
    सहयोग गर्छ आपत्तिमा
    बुझ्नु संस्कार परिवारको !
    ९//
    अधिकृत मुखिया खरिदार
    शासक शासित जनता
    देशका एउटै परिवार !
    ✍️
    गुणनिधि घिमिरे अमेरिका
    झिल्का कविता परिवार
    —————<•>—————
    [४१]
    १//
    संयुक्त छ परिवार
    छैन विश्वास आपसमा
    झगडा परिरहन्छ तारन्तार !
    २//
    बुझ्दैनन् कसैले कुरा
    सबै हुन्छन् जान्ने
    चलाउछन् हरदम छुरा !
    ३//
    खुसी परिवारको आधार
    सबै जुटुन् कर्ममा
    नहोउन् कोही बेरोजगार !
    ✍️
    सतीश पण्डित
    चुँदी तनहूँ
    हाल चनपा ६ मातातीर्थ
    —————<•>—————
    [४२]
    १//
    मन मिले घरमा
    खुसी हाँसो बढ्छ
    परस्परको साथ भरमा
    २//
    मिलेर बसे परिवार
    छाउँछ माहोल खुसीको
    बन्दछ मिलेको घरवार !
    ✍️
    बिकास छेत्री अञ्जान
    कैजले, बिजनबारी, दार्जिलिङ।
    —————<•>—————
    [४३]
    १//
    एक्लोलाई छैन आधार
    आफन्त पराइ भएपछि
    लाग्दैछ महत्वपूर्ण परिवार !
    २//
    उजाडिएपछि आफ्नो संसार
    खिन्नतासँगै मनको बगरमा
    खुशीको खोज्दैछुु परिवार !
    ३//
    समालेको सुखी परिवार
    बाँचुन्जेल रहेछ दुनियाँमा
    जिवनभरको जिउने आधार !
    ✍️
    दिल ठकुरी
    टिस्टाभेल्ली दार्जिलिङ
    —————<•>—————
    [४४]
    १//
    सुखी परिवार बनाउन
    दुई छोराछोरी जन्माएँ
    दुबै उडे कमाउन !
    ✍️
    नन्दलाल आचार्य, उदयपुर ।
    —————<•>—————
    [४५]
    १//
    सुन्दर हुन्छ परिवार
    मिलेको छ जहाँ
    एकतामा राम्रो व्यवहार !
    २//
    त्यसै आफैँ टर्दैन
    परिवारले भनेको मान्नु
    कहिल्यै झुक्नु पर्दैन ।
    ३/
    जीवनमा मिल्छ सार
    असल काम गरे
    परिवारमा हुँदैन भार !
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    —————<•>—————
    [४६]
    १//
    मानव सृष्टिको थलो
    परिवार बचाउनुछ यहाँ
    सबैको हुन्छ भलो !
    २//
    आमाको माया देखेर
    परिवार कति मिलाएको
    उसको कहानी लेखेर !
    ✍️
    एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    —————<•>—————
    [४७]
    १//
    परिवार धान्न गाह्रो
    बेरोजगारीले सहर ढाक्यो
    भयो जीवन साह्रो !
    २//
    छहारी दिने रुख
    बाँच्न सकिन्छ बाँच्न शान्तिले
    परिवारमा भए सुख !
    ३//
    दश औँला जोडेर
    परिवारसँगै बसौँ मिली
    नजाऊ विदेश छोडेर !
    ✍️
    शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौ
    —————<•>—————
    [४८]
    १//
    हिमाल पाैडिन्छ तालमा
    यस्ताे सुन्दर दृश्य
    देख्न पाइन्छ नेपालमा !
    २//
    प्राकृतिक सुन्दरता कमाल
    यसलाई संरक्षण गर्दै
    आफ्नाे व्यवसाय सम्हाल !
    ✍️
    देव कृष्ण काफ्ले
    पाेखरा १.कास्की
    —————<•>—————
    [४९]
    १//
    जीवनकाे मुल आधार
    सृजना गराैँ सबैले
    बसाउँदै सम्मुन्नत परिवार !
    २//
    सभ्य समाजकाे आधार
    आरम्भ गर्नुपर्छ परिवारबाटै
    फिजाई भवमा सुसंस्कार !
    ✍️
    हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, बनेपा १४ साँगा बजार ।
    —————<•>—————
    [५०]
    १//
    जसले सबैको सुन्छ
    आत्तिनुपर्दैन ऊ दुखमा
    परिवार साथमा हुन्छ ।
    ✍️
    अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ।
    —————<•>—————
    [५१]
    १//
    निरन्तर एकअर्काको सारमा
    सहकार्य गर्दै गए
    शान्ति हुन्छ परिवारमा !
    २//
    नअल्झिऔँ कुरामा मसिना
    सधैँ अप्ठ्यारो जिन्दगी
    हुन्छ परिवारको साथबिना !
    ✍️
    साबित्री प्याकुरेल,धादिङ्ग।
    —————<•>—————
    [५२]
    १//
    सधैँ खुसियाली छाउँछ
    मिलन भए परिवारमा
    सुखशान्ति समृद्धि आउँछ !
    ✍️
    अनिता भण्डारी ताप्लेजुङ
    —————<•>—————
    [५३]
    १//
    हुन्छ पारिवारिक सुख
    सुसंस्कारले दीक्षित भए
    हट्छ सबै दुख !
    २//
    चाहिन्न सम्पत्ति अति
    पारिवार मजबुत पार्न
    मियो बन्नुपर्छ दम्पती !
    ३//
    देखासिकी हुन्छ कारण
    हुन्न हाैँसिनु हतासिनु
    गर्नुपर्छ सधैँ धैर्यधारण !
    ✍️
    (इलाम हाल सूर्यविनायक २ बालकोट ,
    भक्तपुर ।
    —————<•>—————
    [५४]
    १//
    हाम्रो शक्ति परिवार
    सबै मिलीजुली बस्दा
    कहिल्यै हुँदैन हार !
    २//
    एकतामा हुन्छ बल
    साह्रो, गाह्रो पर्दा
    समस्याको भेटिन्छ हल !
    ३//
    परिवारमा हुनुपर्छ एकजुट
    सहज हर परिस्थिति
    बन्छ नपरेसम्म फुट !
    ✍️
    रुना कर्माचार्य दाहाल
    चितवन
    —————<•>—————
    [५५]
    १//
    परिवार जिवनको सार
    बन्छ हामी मिलेमा
    सधैँ सुखी परिवार !
    २//
    परिवारमा सबै जुटने
    राम्रो कामकाे लागि
    गर्नुपर्छ चाडै उठने !
    ✍️
    श्रीकृष्ण धामी – बझाङ
    —————<•>—————
    [५६]
    १//
    एक भए परिवार
    हेप्न सक्दैन कसैले
    दर्बिलाे हुन्छ घरबार !
    ✍️
    उर्मिला के.शी
    धनकुटा
    —————<•>—————
    [५७]
    १//
    व्यक्ति पूर्ण बन्न
    परिवार पहिलो खम्बा
    लायक मान्छे भन्न !
    २//
    घर एकतामा फुल्छ
    शान्ति समृद्धि छाएर
    टोल समाजै खुल्छ ।
    ३//
    मायाममता नै छाएको
    स्वर्गझैँ अदभूत लाग्ने
    आहा ! वरदान पाएको ।
    ✍️
    पुष्पा राई, बादेल, खाेटाङ ।
    —————<•>—————
    [५८]
    १//
    आउँछन् अनेकौँ अड्चन
    परिवार एकजुट भएमा
    तोड्न सक्दैन बन्धन !
    २//
    दुःखमा परिवार सहारा
    सजिलै समस्या टर्छ
    निभाउन सकिन्छ अभिभारा !
    ३//
    परिवारको कुरा मानी
    हामीले कदम चाले
    भन्छन् हुँदैन हानी !
    ✍️
    सीमा कार्की समर्पण
    मेलचोक पर्सा
    काठमाडौँ
    —————<•>—————
    [५९]
    १//
    स्वर्गझैँ आहा राम्रो
    सुखी र खुसी
    हुन्छ परिवार हाम्रो !
    ✍️
    दुर्गा आचार्य
    मोरङ
    —————<•>—————
    [६०]
    १//
    एकतामा बाँधिएको घर
    मन्दिर जस्तै बनाउने
    सबैको मनमा रहर !
    २//
    सद्भावको हुनुपर्छ मेल
    परिवार एक हुनलाई
    विश्वासमा नगरेर झेल !
    ३//
    दाजुभाइ यदि फुटेर
    फाइदा उठाउँछन् बाहिरीहरू
    जरो खन्न जुटेर !
    ✍️
    संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौँ
    —————<•>—————
    [६१]
    १//
    एक भएपछि परिवार
    स्वर्ग खोज्नुपर्दैन कतै
    झुपडी सुखको सार !
    २//
    मिल्दा आपसमा विचार
    हुँदैन झगडा कहिले
    पूर्ण बन्छ परिवार !
    ✍️
    पद्मा काश्यप पाण्डे, मोरङ
    —————<•>—————
    [६२]
    १//
    परिवार हाम्रो पाठशाला
    संस्कार पहिलो पढाइ
    सिकौँ असल चाला !
    २//
    मातापिता हुनुपर्छ असल
    छोराछोरीले शिखर चुम्छन्
    जताततै सफलताको फसल !
    ३//
    सबैलाई माया चाहिन्छ
    बाँडेर सकिँदैन माया
    जतिको तति पाइन्छ ।
    ✍️
    पशपती राई खोटाङ।
    —————<•>—————
    [६३]
    १//
    परिवार भए सानो
    साह्रै सुन्दर हुन्छ
    पुर्‍याउन सकिन्छ मानो !
    २//
    शान्त सुखी परिवार
    सफल उज्ज्वल भविष्यको
    सुन्दर सुन्दर भावोद्गार !
    ३//
    परिवार बस्नुपर्छ मिलेर
    बनाइदिन्छ बर्बाद नमिले
    बारुलो अरिङ्गालले चिलेर !
    ✍️
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६ , दोलखा ।
    —————<•>—————
    [६४]
    १//
    माया प्रेमको घर
    सुरक्षाको हो पुण्यस्थल
    जीवनको गतिलो भर !
    २//
    स्नेहको शितल थलो
    साथ सहयोगको स्वर्ग
    सबैको हुन्छ भलो !
    ✍️
    तोया नाथ चापागाईं
    दमक,झापा
    —————<•>—————
    [६५]
    १//
    सुखदुःख अनि माया
    साटासाट गर्ने थलो
    जीवन तापको छाया !
    २//
    खनजोत सम्बन्ध नाता
    साउनु दाउनु हाम्रो
    आमाबुबा ईश्वर जन्मदाता !
    ✍️ ममता पौडेल
    बुढीगंगा – २ मोरङ
    —————<•>—————
    [६६]
    १//
    परिवार खुसी राख
    आपसमा सद्भाव रहेको
    जिन्दगीको मजा चाख !
    २//
    स्नेह अनि मायाममताले
    ढिका पारेर परिवार
    राखौँ आफ्नै क्षमताले !
    ✍️
    सरिता सेढाई धादिङ
    —————<•>—————
    [६७]
    १//
    निभाउनु पर्छ कर्तव्य
    चिनेर आफ्नो ठाँउ
    सजिलै पुगिन्छ गन्तव्य !
    २//
    पर्खन गाह्रो रहेछ
    अँध्यारो यो रातपछि
    बिहानी हुने रहेछ ।
    ३//
    गजबको हुन्छ शक्ति
    तरबारभन्दा त कलमको
    नगरौँ कसैको भक्ति !
    ✍️
    समुन्द्रा शर्मा
    सुनसरी
    —————<•>—————
    [६८]
    १//
    जीवनको आधार परिवार
    अमृत साधारण भएपनि
    भाेजनमा विभिन्न परिकार !
    २//
    आउँछन् गरिकन परिसार
    हुन्छन् परिवार आफ्नो
    पाउँछन् सेवामा परिचार !
    ३//
    मिलेर बन्छन् परिष्कार
    परिवार स्वर्ग बनेका
    भूलमा माग्छन् परिहार !
    ✍️
    रामप्रसाद पुरी
    बादेल, खाेटाङ ।
    —————<•>—————
    [६९]
    १//
    परिवार नै साहारा
    बालक बुढाे तङ्ग्रन्छ
    पाई मीठाे आहारा !
    २//
    संयुक्त परिवार टुक्रिदा
    लाग्छ अधाेगति अर्थ
    व्यक्तिकाे मन विग्रिदा !
    ३//
    परिवारमा कलह बढ्दा
    हेप्छन सबै छिमेकी
    परिवारकाे आशङ्का चढ्दा !
    ✍️
    हिरालाल न्याैपाने
    बानपा ८,काेटमाैला,सल्यान
    —————<•>—————
    [७०]
    १//
    जान्छन् युवा परदेशमा
    परिवार आफ्नो पाल्नलाई
    छैन रोजगार स्वदेशमा !
    २//
    सुखशान्ति पक्कै छाउँछ
    परिवार मिलेर बसे
    हर्षका दिन आउँछ ।
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    —————<•>—————
    [७१]
    १//
    बनाउनु पर्छ घरबार
    सबै जुट्यौँ भने
    सफल हुन्छ परिवार !
    ✍️
    गंगाराम यादव
    औरावनी,२ सुनसरी
    —————<•>—————
    [७२]
    १//
    समाज हाम्रो मिलेर
    बढ्नुपर्छ अघि सदा
    समस्या सबै चिनेर !
    २//
    मित्रताभन्दा त ठुलाे
    केही हुँदैन अरू
    घनिष्ठ प्रेमको कुलो !
    ३//
    विकास हुन्छ तब
    मिलिजुली बढे हामी
    जुटेर हिडौँ अब !
    ✍️
    ईश्वर साउद
    रामाराेसन गाउपालिका ६ सुदुरपश्चिम अछाम
    —————<•>—————
    [७३]
    १//
    मान्छेमा मानवता हरायो
    सबैका खुसी लुटेर
    ठुल्ठुलाे स्वरमा करायाे ।
    २//
    सद्भावमा हाँसो खुल्दछ
    सन्सार मायाकाे फूलबारी
    समाजमा शान्ति झुल्दछ ।
    ३//
    अशान्ति अज्ञानकाे मूल
    संस्कार संस्कृति प्याराे
    ज्ञान शान्तिकाे पुल !
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे।
    —————<•>—————
    [७४]
    १//
    परिवार बन्दछ सुखी
    आपसमा सुमधुर सम्बन्धले
    टाढिएमा पार्दिन्छ दुखी !
    २//
    एकबाट दुई हुँदै
    बन्छ बृहत् परिवार
    सहृदयलाई स्नेहले छुँदै !
    ३//
    नमुना बन्छ परिवार
    विनम्रता र मर्यादाले
    बन्दछ ममताको दरबार !
    ✍️
    पारसमणि खतिवडा
    इलाम सूर्योदय ३ हाल सूर्यविनायक भक्तपुर ।
    —————<•>—————
    [७५]
    १//
    रित्तो गाग्री अशुभ
    भन्दै हिँड्छन् खुरुखुरु
    कहिले भेटाउने कौस्तुभ !
    २//
    शान्तिप्रति बाधाको शमन
    भनेर हुन्छ कहिले
    मनले गरिरहन्छ दमन !
    ३//
    मुहारमा मुस्कान देखेर
    यो मोहनीय जीवनमा
    आउँदैछु जोबन लेखेर !
    ✍️
    अच्युत घिमिरे
    सर्पाङ, भुटान 🇧🇹
    —————<•>—————
    [७६]
    १//
    नमानी कहिल्यै हार
    कसेर सम्बन्धको गाँठो
    बनाऔँ सुखी परिवार !
    ✍️
    बाल कृष्ण श्रेष्ठ,सोलुखुम्बु
    —————<•>—————
    [७७]
    १//
    छाडौँ शङ्काकाे दृष्टि
    रचौँ सुन्दर परिवार
    हुन्छ सर्वत्र पुष्षवृष्टि !
    ✍️
    काेपिला अधिकारी
    सिरानचाेक- ७ ,गाेरखा
    —————<•>—————
    [७८]
    १//
    नगराैँ निर्णय हतारमा
    मानव हामी सबैलाई
    मिल्छ खुसी परिवारमा !
    २//
    गर्नेछन् अरूले प्रहार
    यथार्थ बुझाैँ साथी
    नबस्दा मिलेर परिवार !
    ३//
    हामीले राखाैँ ज्ञान
    साँच्चै यी मानवजातिको
    गहना हुन्छ परिवार !
    ✍️
    केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
    —————<•>—————
    [७९]
    स्वर्ग हाे घर
    याे जुनीमा प्रिया
    गाँसेर आत्मियतामा भर !
    ✍️
    प्रद्युम्न चालिसे
    —————<•>—————
    [८०]
    १//
    नाममात्रको परिवार भए
    आजभोलिका रगतको सम्बन्ध
    सबैजना टाढिँदै गए ।
    २//
    हराउँदै गए जोडी
    जाँदा, आउँदा मान्छे
    हिँड्छन् नजर मोडी !
    ३//
    तमासा हेर्ने परिवार
    गुण बिर्सने खोज्ने
    छुट्याउन खोज्दै अंसियार ।
    ✍️
    राजेश्वरी राजोपाध्याय
    ललितपुर
    —————<•>—————
    [८१]
    १//
    समयको यो तालमा
    सोचेर नगरे काम
    भइन्छ सधैँ बेहालमा !
    ✍️ दुर्गा भट्टराई

    —-<••:जय झिल्का! जय साहित्य!:••>—-

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभव1 Comment on विशेष झिल्का लेखन अभियानको १२औँ शृङ्खला ( परिवारविषयक) सम्पन्न

    साताका उत्कृष्ट झिल्काहरू- १४

  • ५ जेष्ठ २०८१, शनिबार १६:२३ मा प्रकाशित

  • साताका उत्कृष्ट झिल्का कविताको १४ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शनिवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- १४ का लागि झिल्काकारत्रय ️एवाइ प्रभात, ️पशपती राई र ️साया चाम्लिङका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू
    ~<•>~

    [१]
    १.
    विभेदका सधैँ कुरा
    नगर्नू है सबैले
    देश बेचेर पूरा !
    २.
    मानव हराएको देशमा
    हिंसाको बाटो देख्छ
    चमत्कार विदेशी भेषमा !
    ३.
    सहरमा सुख खोजे
    नारीको इज्जत माटोमा
    फेरि गाउँ रोजे ।
    ✍️एवाइ प्रभात
    धनकुटा सहिदभुमि
    [२]
    १.
    आमा शब्दै काफी
    झन् आमाको काख
    स्वर्गभन्दा नि माथि !
    २.
    इन्द्रको आसन धाइँदैन
    आमाको काख पाइरहे
    अरूको लाख चाहिँदैन ।
    ३.
    आमाको कस्तो बानी
    झिकेर मुटु खटाउने
    रहेछ ममताको खानी !
    ✍️पशपती राई
    खोटाङ
    [३]
    १.
    हुँदैन देवता ढोगेर
    नलेखिएपछि आफ्नो नसिबमा
    पाइन्न निधार ठोकेर !
    २.
    वर्षले उमङ्ग छाओस्
    नयाँ वर्षले सबैमा
    सुख, शान्ति ल्याओस् !
    ३.
    धर्धरी रुन नपरोस्
    सधैँ उन्नति प्रगतीले
    खुसीको घडा भरियोस् !
    ✍️साया चाम्लिङ
    खोटाङ
    ————<•>———–

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, वसन्त अनुभव, साताका उत्कृष्ट झिल्काLeave a Comment on साताका उत्कृष्ट झिल्काहरू- १४

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- १७ सम्पन्न

  • २ जेष्ठ २०८१, बुधबार ०८:५३ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको १७ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७२ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- १७ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    …
    १,
    दोहोरिरहने तिम्रो बानी
    कसरी बुझूँ म ?
    अनजान या मनोमानी ।
    २,
    गगनभरि फिॅंजियो मन
    बादलको नक्कल गर्दै
    हुरीले बुझाइदियो आफ्नोपन ।
    ३,
    आमा हुन् सृष्टिकर्ता
    समाजमा नाम बनाइदिएर
    बुवा दु:ख हर्ता ।

    • म्यामराज राई, भोजपुर
      …
      १,
      धोका घातको खानी
      समयमा चिन्न सकिएन
      स्वार्थी रहेछ बानी !
      २,
      मलाई शत्रु ठानेर
      गयौ टाढा निष्ठुरी
      मुटुमा छुरा हानेर !
      ३,
      मार्दछ्यौ जहिल्यै ताना
      के सम्झूँ तिम्रो
      धोका या बचकाना !
    • वसन्त अनुभव, घोराही, दाङ
      …
      १,
      पिर धेरै परेछ
      दुनियाँलाई होच्याउनु खोज्दा
      आफैँ तल झरेछ।
      २,
      हुँदैछ मिरमिरे साँझको
      जोगाई राखे बाल्नलाई
      पिरती हामी माझको।
    • बिकास छेत्री अञ्जान, कैजले, बिजनबारी, दार्जिलिङ
      …
      १,
      के हो पाउने
      भाग्य कोर्ने दैव
      कसले कसलाई देखाउने ।
    • ताराप्रसाद चापागाईँ, धुनिबेसी
      …
      १,
      विरक्तमय समय बित्यो
      खुसी मनाउॅंदै जाँदा
      तिम्रो मनले जित्यो।
      २,
      प्रकृतिसॅंगै रम्न पाउॅंदैछौ
      तिम्रो हाम्रो अहमताले
      दु:खको भाका गाउॅंदैछौ !
      ३,
      अहम्ताले प्रकृतिसॅंग बोल्यो
      ममता सबैलाई चाहिॅंदा
      आतङ्कित शब्दले पोल्यो ।
    • केन्टरमेश क्षेत्रीय, रोल्पा
      …
      १,
      कर्मको फल पाउने
      कर्म नगरी हुँदैन
      त्यसै कसरी धाउने ।
      २,
      सत्यमा आफैँ बस
      यदि सक्दैनौ भने
      जोगीको खरानी धस ।
      ३,
      मर्दले खान्छ गरेर
      देखाउन कसलाई पर्‍यो
      नामर्दले देखाउँदै लडेर ।
    • बेदु न्यौपाने
      …
      १,
      प्रभु असल मित्र
      सम्भव हुने आस्थामा
      मनमा राखौँ चित्र ।
      २,
      मन हुन्छ चञ्चल
      भक्तिमा हुन्छ शक्ति
      प्रभु मनमा अटल ।
      ३,
      प्रभु राखौँ मनमा
      कुकर्मीको आँखा मात्र
      अर्काको मात्र धनमा ।
    • कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी
      …
      १,
      मन पोल्यो हेर
      देखेर लास चितामा
      मेहनत गयो खेर।
      २,
      जिउने आशा बोकी
      मनमा असल सोची
      हिॅंड्दैछु पाइला नरोकी ।
      ३,
      गरौँ इच्छा पूरा
      खुलेर असल मनले
      हुन्नन् अब अधुरा।
    • अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६, संखुवासभा
      …
      १,
      तिम्रो खुसी हेर्नुछ
      प्रिय ! लाखौँ जुनी
      यो अङ्गालोमा बेर्नुछ।
      २,
      आऊ, मनमा बस
      गर राज्य प्यारी,
      त्यो अङ्गालोमा कस।
      ३,
      लग्यो दिल हरेर
      मनमा राज गर्‍यो
      प्रेमको बिउ छरेर।
    • नवशिला, नवदेव मार्ग ,लालभित्ती,मोरङ
      …
      १,
      हरियाली राखौँ वन
      संरक्षण गरौँ सबैले
      नेपालको हो धन ।
      २,
      मुखले भन्दै राम
      अरूलाई नराम्रो पार्ने
      रहेछ तिम्रो काम ।
    • अनिता भण्डारी, ताप्लेजुङ
      …
      १,
      यस्तै छन् दुनिया
      सबैप्रति सदा निकाली
      बनाऔॅं राम्रो नजरिया।
      २,
      जगाऔॅं मनमा उत्साह
      मनबाटै निकाल्दा सबले
      भनून् आफूलाई वाह !
      ३,
      बनौँ हामीले सज्जन
      व्यावहारिक समेत भई
      जोगाऔँ है आफ्नैपन।
    • अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१, हालः-अमेरिका,बोस्टन।
      …
      १,
      विरहका यी भाकाहरू
      वैशाखे हुरी बनेर
      उडे मायाका खाकाहरू ।
      २,
      सबै रहेछ मन
      बनाउन नजिक टाढा
      सघाउॅंदो रहेछ धन ।
      ३,
      बोल्नुपर्छ रे सोचेर
      आगो पनि बाल्नलाई
      फुक्नुपर्छ दाउरा ठोसेर ।
    • दीपा समभाव, खोटाङ्ग
      …
      १,
      भिन्नभिन्न विचार हाम्रो
      खोला तर्न सकिॅंदैन
      यात्रा नगरेको राम्रो ।
      २,
      आवाज उठाउनु पर्छ
      सहनु हुँदैन ज्यादती
      आफैँलाई हानी गर्छ।
      ३,
      झिनामसिना कुरा भनेर
      नजरअन्दाज कहिले नगरौँ
      पीडा जिउँदै मरेर।
    • पृथक प्रकृति ,झापा
      …
      १,
      जसले गर्छ मनपरि
      हाँसेपनि दुईचार दिन
      रुनुपर्छ उसले जीवनभरि।
      २,
      हाँसौँ अनि हसाऔॅं
      जीवन उत्सव हो
      सबैले मिलेर मनाऔॅं ।
      ३,
      मान्छेले आफन्त चिन्दैन
      पैसा हात नपर्दा
      कुनै कुरो छिन्दैन ।
    • विमल खतिवडा माइला, सिलगढी भारत
      …
      १,
      विकासको लहर आयो
      थोरै देखाई गोजीमा
      भुॅंडी भरेर पचायो।
      २,
      देशको हालत यस्तै
      सत्ताको मोहमा लिप्त
      लडाउने त्यो खेलजस्तै।
      ३,
      लिपुलेकको खै कुरा ?
      सरकार सधैँ मौनतामा
      देश बेचिखायो पूरा।
    • एवाइ प्रभात, सहिदभूमि धनकुटा
      …
      १,
      मान कि नमान
      पौरखको फल त्यो
      मिठो हुन्छ जान।
      २,
      जसको मनमा भय
      जानी राखौँ सबैले
      हुँदैन उसको जय।
      ३,
      जालीले पाउॅंछ ताली
      कस्तो विडम्बना यस्तो
      मालीको भाग्यमा गाली ।
    • बिके मुखिया, दार्जिलिङ, भारत
      …
      १,
      जीवन भयो आधा
      सङ्घर्ष गर्न नछोडे
      सकिन्छ नाघ्नु बाधा।
      २,
      अलिकति खुसीमा रमाउनुपर्छ
      दुखसुख दुवै पाटो
      धैर्यताले मन बनाउनुपर्छ ।
    • राजनारायण राई, राजदल बस्ती सोनादह
      …
      १,
      मन छैन थिर
      सोचे जस्तो नहुँदा
      लाग्छ धेरै पीर।
      २,
      सिमसिमे पानी परेको
      आकाशलाई बादलले ढाकेर
      शीतल महसुस गरेको ।
      ३,
      तन मन गल्यो
      सोचे जस्तो नहुँदा
      जिन्दगी नराम्रोसँग ढल्यो।
    • राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी – ५, संगम कोलोनी राधे राधे भक्तपुर
      …
      १,
      शान्तिले फूल फुल्छ
      माहुरी फूलमा भुनभुनाउँदा
      आफ्नै आँखा डुल्छ ।
      २,
      विगतका पुराना बातहरू
      सबैले गर्छन दुख
      रङ्गिन बनून् दिनरातहरू ।
      ३,
      जुनकिरीलाई रमाईलो अँधेरी
      मान्छेलाई तिर्खा लाग्दा
      पानी खाने पॅंधेरी ।
    • चुडामणी देबकोटा, चानपा१३काठमाण्डौ
      …
      १,
      मनको एउटा बारी
      केही शब्दहरू छैन
      नजाऊ तिमी पारि ।
      २,
      हेरेको जस्तो लाग्छ
      नाम छ दुनियाँको
      हेर, मनमनै भाग्छ।
      ३,
      उसितको मन कस्तो
      रात पनि मरेछ
      कहिले नसकिने जस्तो।
    • नीमा छिरिङ भोटिया, जलढका कालेबुङ
      …
      १,
      समयले कहाँ पुर्‍याउँछ
      वशमा आफैँले राख्नु
      नत्र परिस्थितिले हुर्‍याउँछ ।
      २,
      सहज मात्रै आउँदैन
      जिन्दगीका हरेक मोडहरू
      त्यसै सफलता छाउँदैन।
      ३.
      घिस्रिन कहिले नछोड्नु
      घाइते बने पनि
      गलत बाटो नमोड्नु ।
    • पुष्पा राई, बादेल, खोटाङ
      …
      १,
      मिलेन खोजेको काम
      देशमा काम गर्दा
      पनि आएन दाम ।
      २,
      माछा बस्ने ताल
      सोध्न पाएन मैले
      के छ हाल ?
      ३,
      जिन्दगी दुईदिने चोला
      हेर ! आजभोलि भन्दाभन्दै
      मरेपछि जान्छ खोला ।
    • कृष्ण धामी, बझाङ
      …
      १,
      फर्किॅंदैन बनेपछि खोला
      आज नजिक आउने
      भोलि टाढा होला ।
      २,
      रूपको आउॅंछन् पुजारी
      आफू परे तिम्रो
      माया माग्ने भिकारी ।
      ३,
      प्यारो तिमी मलाई
      भन्छौ भने देखाउॅंछु
      म आफैँलाई जलाई ।
    • रुना कर्माचार्य दाहाल, चितवन
      …
      १,
      जीवन बितोस् हाँसोमा
      भुलेर पनि कोही
      कहिल्यै नपरोस् पासोमा ।
      २,
      बढोस् मोह ज्ञानको
      बजार्दा हात कर्ममा
      ख्याल रहोस् ज्यानको ।
      ३,
      गरौँ योग साधना
      शान्तिपूर्ण जीवन खातिर
      बढाऔॅं प्रेमिल भावना ।
    • त्रिलोचन भण्डारी, मेचीनगर, झापा
      …
      १,
      बराबर ठान्नु सबैलाई
      एकदिन पालो आउनेछ
      नठान्नु कमजोर कसैलाई ।
    • समुन्द्रा शर्मा, सुनसरी
      …
      १,
      लेखन सबैको रहर
      भावना हुन्छ भरिएको
      हुँदैन उत्तिको कदर।
      २,
      दुःख पाएको मजदुर
      भुक्तभोगी हुन्छन् सबै
      जोगाउने गर्छन् भरपुर।
      ३,
      सामाजिक काम गरौँ
      स्वार्थको रोग छाडी
      पौरखमा भर परौँ।
    • सुरेशकुमार पाण्डे, दाङ घोराही १८
      …
      १,
      जिन्दगीको जोडघट कोरेर
      मैदान पुग्नुछ सङ्घर्षको
      नमिलेमा पहाड फोरेर।
      २,
      अब केही साँचेर
      होइन बाँच्नु जिन्दगी
      अस्तित्व जोगाऔॅं हाँसेर।
      ३,
      जीवनका घुम्तीहरू छन्
      आँखा खोल्न नसकेमा
      अप्ठ्यारोमा परिन्छ झन्।
    • घनश्याम पन्त हरिवन सर्लाही
      …
      १,
      दुनियाँ लाग्छ असल
      राम्रो दृष्टिले हेरे
      खुसीले भइन्छ सफल ।
      २,
      रमाऔॅं न आफैँभित्र
      कर्मयोगी बन्नुछ भने
      आत्मबोध गरेर मित्र ।
      ३,
      परिवर्तन समयको नियम
      दृष्टि अनुसार सृष्टि
      खानु पर्दैन गम ।
    • कमला ढकाल, तिलोत्तमा -९, रुपन्देही
      …
      १,
      डढेलो देखेँ वनमा
      कसरी देखाऊॅं खै ?
      पीडा भएको मनमा।
      २,
      पानीले तिर्खा मेट्ने
      मुटु खान्छ कटक्क
      वचनले मन रेट्ने।
    • संगीता खरेल, चन्द्रागिरी – ८, काठमाडौं
      …
      १,
      सानी हाम्री नानी
      धेरै चकचक नगर
      हुनुपर्छ साह्रै ज्ञानी ।
      २,
      सुनसान अँधेरी रातमा
      बाटो खोज्दै हिॅंड्दैछु
      मेरी मायालुको साथमा
      ३,
      जूनले आँसु झार्‍यो
      उष्ण यो धर्तीलाई
      शितल शितल पार्‍यो ।
    • डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा.पा. -६ , दोलखा
      …
      १,
      पुतलीझैँ पहाडकी नानी
      हाँसौँ खेलौँ रमाएर
      जिन्दगी कर्कला पानी !
      २,
      उकाली भिरको बाटो
      हिँड्न गाह्रो हुन्छ
      सबैभन्दा पिरलो पाटो !
      ३,
      सौम्य हिमालको छाया
      आहा झरनाको कलकल
      विशुद्ध मनको माया !
    • आर्त अकुलीन
      …
      १,
      हेर्न विकासको फड्को
      बदलेर दाम्भिक समाज
      हटाई शोषण, अड्को ।
      २,
      नबनी नयाँ संविधान
      इतिहासले सुधारेको भए
      राखेर एउटै ध्यान ।
      ३,
      बन्छ सुनौलो भूमि
      मेची महाकाली ढाकेर
      रमाइला देश घुमी ।
    • लोकबहादुर क्षेत्री
      …
      १,
      रोइरहेछ आज नानी
      बाआमा खुसी माने
      पढेपछि हुन्छ कहानी ।
    • देवी पन्थी
      …
      १,
      गन्तव्यमा पुगेर फर्क
      असुरक्षित त छॅंदैछौ
      नराम्रो कामबाट तर्फ ।
      २,
      दिमाग छिटो चलायौ
      भ्रष्टाचारी जालोमा पस्छ
      आफैँ फस्छौ बहलायौ ।
      ३,
      सरल स्वभाव भएर
      दरिलो हुनेछौ बलले
      अनेक सङ्कट सहेर ।
    • अम्बिका अधिकारी, झापा बिर्तामोड
      …
      १,
      भन्छन् सतीको सराप
      केवल बाहना हो
      पारे देश धराप ।
      २,
      देख्दा माला भिरेका
      रहेछन् यी नक्कली
      व्यवहारमा सधैँ गिरेमा ।
      ३,
      युवामा जोश जगाई
      बनाऔॅं यो देश
      दुष्कर्मी सारा भगाई ।
    • जयनारायण नेपाल, इलाम (हाल सूर्य विनायक २ बालकोट भक्तपुर )
      …
      १,
      सोच्यो अग्र कसले
      दोष अरूलाई थुपारी
      पूर्वाग्रह राख्छ जसले ।
    • प्रेम थापा “मन”बागलुङ
      …
      १,
      सोझो रुखलाई छिटो
      सबै बन्चरो उध्याउॅंछन्
      बनाउॅंछन् भारी बिटो ।
      २,
      छाँट्छ अन्यायको भाषण
      गाउॅंले निमुखाको बस्तीमा
      बाहुबलले गर्छ शासन।
      ३,
      जीवन रहेछ पिङ
      माथिल्लो तल्लो मथिल्लो ।
      उम्रॅंदैन कुकुरको सिङ।
    • हिरालाल न्यौपाने,बानपा ८,काेटमाैला ,सल्यान
      …
      १,
      समयानुसार भन्नेले भन्छन्
      अपाच्य फेसन गर्नेलाई
      नराम्रो साथीमा गन्छन् ।
      २,
      बालापन प्यारो देखेँ
      परिस्थिति कता गयो
      सम्झनामा आज लेखेँ ।
    • दुर्गा आचार्य, मोरङ
      …
      १,
      गाउँघर साह्रै रमाइलो
      कोइली कराउँदा हुन्छ
      पुरै वनै घमाइलो ।
      २.
      विकासको बिउ छर्ने
      ठुलो चाहना मेरो
      देशको सेवा गर्ने ।
    • शशीश्री आचार्य, बौद्ध कुमारीगाल काठमाडौं
      …
      १,
      जहाँ हुँदैन तिर्सना
      नभएमा जाँगर सीप
      हुन्न होला सिर्जना ।
      २,
      जुम्लाको मार्सी धान
      नबिर्सिकन ल्याउनु है
      भतेर पकाएर खान ।
    • कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
      …
      १,
      सधैँ नङ्ग्रा खियाउॅंछ
      फेरिॅंदैन चोला निमुखाको
      दु:खले मात्रै चियाउॅंछ l
      २,
      लामो खडेरी पर्‍यो
      पृथ्वी तताउने काम
      मानिसले नै गर्‍यो ।
      ३,
      जङ्गल भयो तहसनहस
      जताततै डढेलो लाग्दा
      पशुधनलाई पर्‍यो सकस l
    • बाबुराम गौतम, गुल्मी
      …
      १,
      अशुभ काग करायो
      बेइमानी मायाको चालले
      रातको निन्द्रा हरायो ।
      २,
      काटेर रातो रिबन
      जोडेको मायाको गाँठो
      ओइलायो फूलको जीवन।
    • होम प्रसाद नेउपाने, धरान,सुनसरी ।
      …
      १,
      लोभमा कहिले नपर्नु
      मनमा सन्तोष लिनुपर्छ
      धनको घमण्ड नगर्नु।
      २,
      ईर्ष्या डाह त्याग्नुपर्छ
      राखेर भाव सेवाको
      सत्कर्ममा सदा लाग्नुपर्छ।
      ३,
      समयले कहिल्यै पर्खन्न
      फोर्नुपर्छ मौकामा हिरा
      बगेको खोला फर्कन्न।
    • सरस्वती श्रेष्ठ, रुपन्देही बुटवल
      …
      १,
      बालापनको माया गाढा
      मुटुभित्र पूरा गाडिएको
      हुँदैन कहिले टाढा ।
      २,
      घुमेको हाटको मेला
      अझै स्मरण छँदैछ
      गाउँ उत्रिएका भेला ।
      ३,
      ढकमक्क फूल फुलेर
      सुगन्ध छर्छौ तिमी
      नौलो बिहानीमा खुलेर ।
    • धनमाया चौधरी, कैलाली
      …
      १,
      हारेको छ कर्म
      जता हेरौँ बिरानो
      कस्ले बुझ्ने मर्म ।
      २,
      मर्नै पर्छ एकदिन
      विश्वास छैन कसैलाई
      भन्दै हिॅंड्छ एकछिन ।
      ३,
      खहरेझैँ सुक्ने भय
      दुईदिनको जीवन यो
      हाँसिदिए बन्छ लय ।
    • फूलमाया कुलुङ, महाकुलुङ – १, सोलुखुम्बु
      …
      १,
      माछो ठुलो थियो
      जालमा परेन क्यारे
      उसले हैरान पारिदियो ।
      २,
      भन्थ्यो छोड्दिन तँलाई
      हालत खराव भयो
      विश्वास थिएन मलाई ।
      ३,
      अरूलाई औॅंठो ताक्दा
      आफैँतिर फर्कियो खस्यो
      रुखको फल पाक्दा ।
    • रबि पौडेल, दक्षिण भारत पाण्डेचरि
      …
      १,
      मनाउ सधैँ खुसियाली
      बगाए गरामा पसिना
      हुन्छ पाखा हरियाली।
    • दुर्गा भट्टराई
      …
      १,
      दिॅंदा भइन्छ नाङ्गो
      नदिॅंदा थाहै छ
      आफन्तको मुखै बाङ्गो ।
      २,
      फटाहालाई सधैँको ताली
      यस्तै बस्दैछ थिति
      इमान्दारीलाई सबैको गाली ।
      ३,
      विचार मार्नु हुँदैन
      गर्नु सामूहिक सङ्घर्ष
      कसैको प्रलोभनले छुँदैन ।
    • ऋजु दिल्पाली इटहरी – १, सुनसरी
      …
      १,
      दुःख बिसाउने चौतारी
      कही भेटिन धर्तीमा
      त्यसैले हिॅंड्छु भौँतारी ।
      २,
      अघाएर छोडेको थाल
      त्यस्तै भयो जिन्दगी
      नसोध मेरो हाल ।
      ३,
      जीवन गयो टुटेर
      संसार उजाड भयो
      आज तिमीसँग छुटेर ।
    • लक्ष्मण देउवा, डोटी
      …
      १,
      आगो फुक्ने सोते
      अँगेनामा दाउरा हाल
      दाँत फुक्लेको थोते !
      २,
      फूलपाती चढाउने गर्छौ
      देउता खुसी पार्न
      कति पैसा छर्छौ ?
    • विवश पारदर्शी, झापा
      …
      १,
      धेरै खरानी घस्छ
      तपस्या नगरेका जोगी
      विद्वान हुँदा फस्छ।
      २,
      असल काम गर
      असहाय दुःखी जनको
      सेवामा अघि सर।
      ३,
      विद्वान नबन्ने हैन
      सबथोक जान्ने भएर
      अध्ययन केही छैन।
    • अरुण कुमार भुजेल, गोरू बथान, कालिम्पोङ, भारत
      …
      १,
      दुःखी भइरहने तनमा
      एउटा अचम्म बानी
      कसरी बस्छ मनमा ?
      २,
      निरास कसरी भाग्ला ?
      सधैँ खुसी हुँदै
      दिलमा घाम लाग्ला !
      ३,
      जातको कुरोले थाकिएला !
      अछुत कतिन्जेल भन्ने
      अब कसरी सिद्धिएला ।
    • भोलामान बर्देवा, धरान – ८, सुनसरी
      …
      १,
      झिल्का ननिकाल्ने लाइटर
      बेकामको भन्नु जस्तो
      गर्मीमा कपडा फाइबर ।
    • सुरेश कार्की, कुमारीगाल-७ काठमाण्डौ, हाल- सिड्नी अष्ट्रेलिया ।
      …
      १,
      नझार्नू, आमा आँसु
      तिमी दु:खी हुँदा
      कसरी म हाँसूँ ?
      २,
      बाबा मेरो सान
      हुनु है तिमी
      सदा उज्यालो बिहान ।
    • अनिता कार्की, कुम्मायक गाउँपालिका – ५, पाँचथर
      …
      न दर्दले छोड्यो
      जीवनको त्यो पल
      प्रयास बेइमानीले तोड्यो ।
    • शरद ओझा ‘मेदिनीराज’, द.न.पा-४, बमरोडा
      …
      १,
      खोज्दैछु दियो जलाई
      शब्द भाव हराएँ
      के भएछ मलाई ।
      २,
      मन खिन्न भयो
      हरायो जोश जाँगर
      भावना उडेर गयो ?
      ३,
      लेख्न इच्छा जागेन
      नियास्रो भइरहेछ दिनमा
      केहीमा मन लागेन ।
    • मोती सुब्बा, दार्जिलिङ
      …
      १,
      मनको मायालु खरबारी
      कति दुर सुदूर
      संसारदेखि अझ पारि ।
    • विनोदकुमार प्रधान
      …
      १,
      धोकाको खेती गरेर
      अजर अमर हुँदैनौँ
      एकदिन जान्छौ मरेर।
      २,
      हिॅंड्छौ दुनियाँ हँसाएर
      गयो भन्ने सुने
      माइलीकी छोरी फसाएर।
      ३,
      गिद्दे नजर लगाएर
      कति लुकाउँछस् ठुले ?
      अब छोरो भगाएर।
    • ललिता गिरी, सिन्धुली
      …
      १,
      सोच्दै छु आज
      के लेखुँ खै
      जीवन रूपी राज!
      २,
      दैनिकी चल्छ एकोहोरो
      चुपचाप आफ्नै तालमा
      विरोध छैन दोहोरो !
      ३,
      नाटक रूपी कथा,
      पात्र अनेक छन्
      तेस्तै फरक व्यथा!
    • शोभा आचार्य गौतम, काठमाडौँ
      …
      १,
      सपना विपना लुटिँदैछ
      लुटाइमा महोदय हेर्दैछु
      भविष्यको बागडोर छुटिँदैछ ।
    • हन्नाह छेत्री, दार्जिलिङ
      …
      १,
      आयो मच्छड आयो
      काम गर्नै दिएन
      खायो खानसम्म खायो ।
      २,
      चराको आवाजले जित्यो
      संसारकै रीत रहेछ
      महिनाको समय बित्यो ।
      ३,
      मुखाले दाइ थिए
      कतै दाग नलगाई
      जीवन सुलुत्तै पिए ।
    • नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर, हाल- एनेलकुटी, सिरहा
      …
      १,
      आकाशमा तारा झलल
      झरिले बिर्सेको याममा
      किसानको पसिना खलल‌ !
      २,
      छटपटी बडिरहने मनमा
      धेरै बटुलेर कमाउनेको
      आसक्त भइ धनमा !
      ३,
      रित्तो गाग्री अशुभ
      भन्दै हिॅंड्छन् खुरुखुरु
      कहिले भेटाउने कौस्तुभ !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      …
      १,
      डुल्दै छ मन
      कता हो कता
      छैन साथमा धन।
      २,
      मन भतभती पाक्छ
      कसो गरूँ हुन्छ
      शरीर बेसरी थाक्छ।
      ३,
      सम्पत्तिमा सबैको हाई
      विपत पर्दा खेरि
      गरिदिन्छन् फेरि वाई !
    • सतीश पण्डित, चुँदी तनहूँ
      …
      १,
      नेताको दोहोरी देखेर
      पर्दैछन् छक्क जनता
      कति बस्नु हेरेर ।
      २,
      जनताले चाहेको कुरा
      पुरा कहिल्यै भएनन्
      काम गर्छन् अधुरा ।
    • बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कन्काइ – ४ झापा
      …
      १
      सातु, सर्वतको दान
      वैशाख महिनाको धुपमा
      तृप्ति स्वर्गकै समान ।
      २,
      नछोड्नु क्लेश कुकर्मको
      दुई दिनको जीवनलिला
      पहिल्याऔॅं मार्ग सुकर्मको ।
      ३,
      समुद्र कहिल्यै सुक्दैन
      गरेर मानव सेवा
      शिर कहिल्यै झुक्दैन ।
    • पारसमणि खतिवडा, सूर्योदय – ३, इलाम (हाल सूर्यविनायक भक्तपुर)
      …
      १,
      एउटा कुरा ढाँट्नलाई
      बोलेपछि दश झुठो
      सहज हुन्छ काट्नलाई ।
      २,
      हुनेले लगाउँछन् कुलो
      नहुनेले हार्नै पर्ने
      पैसा, बैँसै ठुलो ।
      ३,
      काल टरेर जान्छ
      भन्छन् युग कलीको
      देवतै पैसाले मान्छ ।
    • रामप्रसाद पुरी, बादेल, खोटाङ
      …
      १,
      सफा राख मन
      खुसी हुन जीवनमा
      चाहिॅंदैन कुनै धन |
    • सरिता सेढाई धादिङ
      …
      १,
      जीवन समुन्द्रको पानी
      अटुट सम्बध नभए
      खरानी बन्छ जिन्दगानी ।
      २,
      बाँचेछु याद गरेर
      पर्ला लडाई झगडा
      नजानु वितृष्णा भरेर !
      ३,
      तानिन्छ मेरो मन
      व्यवहार सच्चा गर्नेलाई
      मान्छु आफ्नो प्रियजन !
    • सीमा कार्की समर्पण, मेलचोक पर्सा, नेपाल
      …
      १,
      निर्दोष प्राणी ढले
      बिथोलियो प्रकृतिको चक्र
      कैयौँका सपना जले !
      २,
      दूषित भयो वायु
      निम्तिए अनेक रोग
      औषधीले बढायो आयु !
      ३,
      रोपौँ वृक्ष जुटेर
      बचाऊ हाम्रो प्रकृति
      जान्छन् दुःख टुटेर !
    • सुस्मिता अधिकारी ,काठमाडौँ
      …
      १ ,
      झिलिक्क झिल्किने झिल्का
      कामलाग्ने सबै राखौँ
      बेकार सबै मिल्का।
      २ ,
      झिल्का ठुलै रहेछ
      सल्केछ मुढा पनि
      लङ्का ध्वस्तै पारेछ।
    • हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४, साँगा बजार
      …
      १,
      गोहीको आँसु चुहाउनेहरू
      समाजमा भेटिन्छन् कैयौँ
      जिउँदै खाडलमा डुबाउनेहरू।
      २,
      मुटुको टुक्रा भन्छन्
      जन्मेपछि फ्याँकिन्छ झाडीमा
      माया कसरी सहन्छन् ?
      ३,
      जहरिला सर्पहरूले डसेर
      सपेरा बिम्बिली बजाउँछन्
      नागिनको रगरगी पसेर ।
    • दिल ठकुरी, टिस्टा भेल्ली दार्जिलिङ
      …
      १,
      यो मन कस्तो ?
      साना अनि ठुला
      छेपारोको ढङ्ग जस्तो !
      २,
      फूल र काँडाको
      सङ्गम भएछ क्यारे
      आवाज सुने छाडाको !
      ३,
      हिजो कपास थियो
      फाइदामा बेकाइदा गर्ने
      आज ढुङ्गा भैदियो।
    • राजेश्वरी राजोपाध्याय, ललितपुर

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविताLeave a Comment on साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- १७ सम्पन्न

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P