दाङ राप्ती साहित्य परिषद् दाङ शाखाको नियमित कृति समीक्षा कार्यक्रमअन्तर्गत १९३ औँ श्रृङ्खलामा साहित्यकार धनसिंह गिरिको “जुन छुने रहर” गजलसङ्ग्रह समीक्षा तथा विजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रमदाङको नेपाल पत्रकार महासङ्घ दाको हलमा भव्य रूपमा समीक्षा गरिएको छ । राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ अधिवक्ता संविधानविद्, गायक तथा संगीतकार डा. भीमार्जुन आचार्यको प्रमुख आतिथ्यता राप्ती साहित्य परिषद् केन्द्रका निवर्तमान अध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम खनालको विशिष्ट आतित्यतामा कार्यक्रम सम्पन्न गरिएको थियो। राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष डा. टिकाराम उदासीले गजल संग्रहको समीक्षा गर्नुभएको थियो। गजलहरू सबै गाउन लायक भएको समीक्षक डा. टीकाराम उदासीले बताउनु भयो । उहाँका अनुसार गजल मायामा आधारित छन् । कानुनकै व्यक्तिले नेपाली साहित्यमा महत्वपूर्ण भूमिका खेलेको प्रमुख अतिथि डा. आचार्यले बताउनुभयो । साहित्यकार गिरि पनि कानुनकै कर्मचारी भएको देख्न पाउँदा खुसी लागेको बताउनु भयो ।
सो अवसरमा विशिष्ट अतिथि राप्ती साहित्य परिषदका निवर्तमान अध्यक्ष पुरुषोत्तम खनालले आज जुनसुकै काम गर्दा पनि लगन हेर्नु नपर्ने शुभ दिन भएकाे बताउँदै अर्को सङ्ग्रह छिटै आउने विश्वास व्यक्त गर्नुभयो । पुस्तक प्रकाशन अघि ज्ञातालाई देखाउन समेत आग्रह गर्नुभयो ।
लेखक सङ्घका अध्यक्ष खगराज न्यौपाने , वरिष्ठ साहित्यकार नारायण नेपालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
सो कार्यक्रममा प्रगतिशील लेखक सङ्घ केन्द्रका सल्लाहकार पदम प्रसाद शर्मा, पत्रकार महाशाखा दाङका अध्यक्ष दुर्गालाल केसी,सिस्नोपानी नेपालका दाङ शाखाका अध्यक्ष लोकराज पराजुली ,राप्ती साहित्य परिषद् केन्द्रका वरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटा,राप्ती साहित्य परिषद् दाङ शाखाका निवर्तमान अध्यक्ष दीपक शर्मा “समीर,” प्रगतिशील लेखक सङ्घ लुम्बिनी प्रदेशका सल्लाहकार केशव थापा, प्रगतिशील लेखक सङ्घ दाङका कोषाध्यक्ष चन्द्रबहादुर थापा, पुरस्कार संस्थापकहरु हरिप्रसाद पाण्डे, चन्द्रप्रकाश देवकोटा, नगेन्द्र गुरु, देवेन्द्र रिजाल, नयाँ युगबोध राष्ट्रिय दैनिकका सम्पादक गोविन्द खड्का लगायतका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको गरिमामय उपस्थिति रहेको थियो। त्यसै गरी सो कार्यक्रममा वरिष्ठ साहित्यकार गणेश विषम, साहित्यकारहरूमा एक नारायण चापागाईं ,रमेश पाण्डे, एकराज शर्मा अधिकारी, शरद गौतम, गोपाल भुसाल अभिलाषी दामोदर पौडेल, दिलिप कार्की, नारायण प्रसाद श्रेष्ठ, भूपेन्द्र थापा, सुवाष न्यौपाने , मधुसुधन गौतम, नारदप्रसाद भण्डारी, वीना रोका, महेश कुमार न्यौपाने कमला रिजाल, नवराज देवकोटा ,रिशब पाण्डे लगायतको साहित्यकारहरूको गरिमामय उपस्थिति रहेको थियो।
राप्ती साहित्य परिषद् दाङका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष सुशीला आचार्यले गर्नुभएको थियो। कार्यक्रममा “जुन छुने रहर” पुस्तकका लेखक धनसिंह गिरिलाई संस्थाको तर्फबाट प्रशंसा पत्रले सम्मान गरिएको थियो ।
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १७७ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ४१ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे । साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १७७ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-
उदक अभ्यास १७७ मा अहिलेसम्म सहभागी उदक यात्रीका सुन्दर उदकहरू –
[१] दसैँ साँस्कृतिक पर्व समग्र हिन्दुहरूको गर्व !
वसन्त अनुभव [२] दसैँ वर्षको चाडपर्व मान्नुपर्छ सबैले गर्व !
दुर्गा आचार्य, मोरङ [३] दसैँ सांस्कृतिक रीतिरिवाज टीका जमरा आशिर्वाद !
अम्बिका अधिकारी झापा, बिर्तामोड [४] दसैँ हिन्दुकाे पर्व गर्दछन् नेपालीले गर्व !
राज कुमार राजभण्डारी खाेटाङे मध्यपुर ठिमी-५, राधे राधे, भक्तपुर [५] दसैँ मनाउँ रमाएर दुःख पीडा भगाएर !
कला ढकाल, झापा [६] दसैँ संस्कार संस्कृति टीका जमराकाे रीति !
भवानी घिमिरे, सर्लाही [७] दसैँ महान पर्व सबैको त्यसैमा गर्व !
काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १५६ औँ शृङ्खला सम्पन्न भएको छ । अभ्यासमा नेपाल लगायत विश्वका ५५ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो । टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १५६ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
~<•>~ प्रतिनिधि टुक्का- १५६ नरहोस् निधार बाँझो, नरहोस् हात खाली सबैको इच्छा चाहना, पूरा होस् यसपालि । ~<•>~
टुक्कामाथि टुक्काको १५६ औँ शृङ्खलामा सहभागी टुक्काकारहरूका सुन्दर टुक्काहरू-
१) नरहोस् निधार बाँझो, नरहोस् हात खाली सबैको इच्छा चाहना, पूरा होस् यसपालि । -वसन्त अनुभव २) जाेगाउनु छ संस्कृति लाेभ माेह छैन आशीर्वाद त थापियाे पुग्ने हाे कि हैन ? -ताराप्रसाद चापागाईँ ३) दसैँमा टीका जमरा आशिर्वाद मानेर सांस्कृतिक परम्परा जगाउन जानेर -अम्बिका अधिकारी झनपा बिर्तामोड ४) आफ्नो त निधार रह्यो बाँझो, हात पनि रह्यो खाली फेरि पनि दशैंँमा घर जान सकिन यसपालि । -कबिताहरी सुन्दरहरैंचा नगरपालिका १ मोरङ ५) नरहोस् है भन्छन् निधार खाली प्रकृतिले नदिए भाँजो हाली । -मोती योन्जन सुब्बा दार्जिलिङ। ६) चाडपर्व हाे हाम्रो आफ्नै सान इष्टमित्र सबैको राखौँ मान। -राज कुमार राजभण्डारी खाेटाङे मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर । ७) प्रकृतिले लगिदियो जनधन नै लुटेर अभागीको निधार बाँझो टीका फुर्का छुटेर । -बिबा तामाङ लाटपञ्चर सिटोङ खरसाङ ८) टीका लगाउने समातौँ हेर पाटो घाँटी हेरी हाड निल्ने निकालौं बाटो । -विष्णु पंगेनी (पाण्डे) वालिङ स्याङ्जा ९) ठूलाबडाको हातमा टीका जमरा साथमा । -साहित्य प्रेमी सुशील धनगढी १०) बरु महत्वाकांक्षी हुनू, नहुनू बदमास हामीहरू लाग्नुपर्छ सत्यको पक्षमा खास । -मन्दिरा सेढाई मलेखु, धादिङ ११) खुसी भएर याे दसैँमा सबै मिठाे र मसिनाे खाउन् सम्पूर्णका दुःख र पीडाहरू टाढा भैं भागेर जाउन्। -केसर बाेहरा ( सङ्घर्ष ) सुदूरपश्चिम अछाम । हाल भारतबाट १२) टीका लगाउँदै उकाली ओराली हात निधार नहोस् कसैको खाली । -प्रेम सुनार दैलेख १३) जोगाउँ संस्कार संस्कृति मोहमा परेर हैन ठुलाको आशीर्वाद थाप्नुछ लानु त केही छैन -बेदु न्यौपाने १४) आशीर्वाद दिदै टीका जमरा लगाउॅंछु अरूलाई आफूले थाप्न नपाए नि खुसीका साथ बस्छु रमाई । -अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-क्यानडा,क्यालगरी। १५) टीका, प्रसाद र जमराले सजिएको छ नि पुजाको थाली जसलाई मिल्छ दुर्गा मताको आशीर्वाद उहीँ भाग्यशाली । -सुशीला शिखा काठमाडौँ कगश्वरी १६) मान्यजनको हातबाट टीका लगाउने एक आपसमा पनि सम्बन्ध बढाउने। -सतीश पण्डित भानु६ चुँदी तनहूँ हाल चनपा ६ मातातीर्थ १७) धेरैलाई रुवायो बाढिले दसैँको मुखमा सहारा कोही कतै भेटिँदैन पीडा दुखमा । -चुडामणी देबकोटा पुरानोनैकाप काठमाण्डौ १८) धुप दिप नैवेद्यसहित घण्टी बज्यो मन्दिरमा अब निधारमा टिका र जमरा लगाऊॅ शीरमा। -पुष्पा सुवेदी नेपालगन्ज,बॅाके। १९) जे जे भन्नू भयाे मेराे लागि त्यही नै भयाे याे सालकाे चाडपर्व दुखैदुखमा गयाे । -भवानी पोखरेल( बाबु बिराज) बाणगंगा १ कपिलवस्तु २०) नव दुर्गा भवानीले सदैव रक्षा गरुन् शुभ शुभ आशीर्वाद सबै माथमा परुन् । -त्रिलाेचन भण्डारी मेचीनगर, झापा २१) बेमौसमी झरी पनि दशैँमा आइ दियो खोला किनारमा घर हुनेको ज्यान लियो । -कला ढकाल, झापा २२) खाली नहोस् कसैको निधार होस् जमरा टीका छाओस् सबैमा खुसियाली नहोस् कसैको फिका । -अनिता भण्डारी, ताप्लेजुङ २३) खेतबारी बाँझै छन्, निधारको के कुरा दसैँको यही बेला चेलीको फुट्यो चुरा । -राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ २४) सबैमा मिलेर कुरा आनन्दको मनमा भरौँ झमेला होइन बरु मनको मिठो बात गरौँ । -नीमा छिरिङ भोटिया जलढका कालेबुङ भारत २५) टीका र जमराको साथमा आशीर्वाद लिने चलन मौलिकता हरायो भित्रियो विकृति मनमा जलन । -शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ २६) दुर्भाग्यलाई आशिषले गाल्नू लगाएर टीका दुर्भाव फाल्नू । -विवश पारदर्शी झापा २७) थाप्न चाहिँ थपियो आशीर्वाद पुग्छ कि पुग्दैन प्रकोपले पनि रुवायो अझै अरू छ कि छैन । -अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹 २८) उत्साह अनि उमङ्गको बनोस् विजयादशमी पर्व टीका र जमरा थापी बनाउनु छ आफूलाई गर्व । -तोया नाथ चापागाईं दमक,झापा,नेपाल २९) कसैको निधार खाली दैव नि भएका जाली ! -आर्त अकुलीन ३०) विजयाको प्रतीक टीका जमरा नि लगाएर आशीर्वाद पाउन सकूँ पिरव्यथा भगाएर । -नवशिला बेलबारी-२, नवदेव मार्ग, लालभित्ती,मोरङ। ३१) दशैँमा पनि भोकले भोजन डाक्नुपर्ने सचेत भई होसले जीवन हाँक्नुपर्ने । -नन्दलाल आचार्य बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर । ३२) कसैको मनमा हिनताबोध नहोस् चाहन्छु यो दशैँ मङ्गलमय रहोस् ! -सरिता सेढाई धादिङ ३३) सजाएर टीका अनि जमराले पूजाको थाली आशिष् अनि प्रसाद बाँड्न पाइएन यसपालि l -बाबुराम गौतम, गुल्मी ३४) दशैँ नबनोस् कसैकालागि दशा छाडौँ आजैदेखि मादकको नशा । -कार्की डिबी माकुम सुनवल-४, नवलपरासी ३५) निधारमा रातो टीका जमरा सबले लगाई आफन्तसँग थाप्नु आशीर्वाद नमाग्नु कमाइ । -बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा ३६) सबैले पर्व मनाउन् नहोस् कसैको उदर खाली समानता बनोस् सबैमा शुभकामना यसपालि । -सङ्गीता खरेल काठमाडौं ३७) दसैँकाे दिन मान्यजनबाट टीका लगाउनू जमरा पुगेपछि मेराे घरबाट मगाउनू । -नवराज भट्ट कञ्चनपुर ३८) डाँडाकाँडा ढाकुन् भन्थे उहिले आशिष दिँदाखेरी, काम्छ जीउ अहिले डाँडाकाँडा सुन्दा विनाश हेरी । -कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे ३९) सबका झुपडीमा हर्षोल्लास आओस् नेपालीकाे यहीँ छ शुभकामना सबैलाई यसपालिको । -ईश्वर साउद(भिक्षु) रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम ४०) मौलिक सम्पत्तिको गरौँ रक्षा दशैँ बुझाउन नै लिऊँ कक्षा । -लक्ष्मी रिजाल कञ्चनरूप १२, रूपनगर, सप्तरी । ४१) हाँसो खुसी भित्रियाेस् दशैँ मान्ने हर घरमा मिलिजुली बाँचाैँ सधैँ एक अर्काकाे भरमा । -मित्र उराठी गाैतम अमरपुर गुल्मी हाल तिलाेत्तमा-२,रुपन्देही ४२) दशैँभन्दा ठूलो चाड छैन नेपालीको जसले जे भन नमनाउनेहरूको नि रुन्छ अवश्यै भित्रभित्रै मन । -निमा शेर्पा ४३) यसपालिको दसैँ भेलले लुट्याे प्रकृतिले पनि चुट्नुसम्म चुट्याे । -प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे ४४) आउँछ्यौ भन्ने कुरा सुने, अनि पर्खी बसेँ बाटो हेरी यहीँ थियो मनको चाहना , पूरा हुने भो अब फेरि । -अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन न.पा ६ द्सन्खुभा। ४५) विकृति र कुसंस्कारलाई हटाई दशैँ मान्नुपर्छ आफूभन्दा ठूलाबडालाई देउतैसरि ठान्नुपर्छ । -जानुका जानुका ४६) निधारमा टीका शिरमा जमरा राख्ने पर्व हाम्रो नेपालीहरूको महान् चाड बडादसैँ लाग्छ राम्रो । -कृष्ण बजगाई भक्तपुर ४७) पाएँ आशीर्वाद मान्यजनबाट चाहेसरी चुहिएकाे तक्दिर यो टालाैँ खोइ कसाेगरी ? -हरिगाेपाल न्हुच्छेँप्रधान काभ्रे, साँगाबजार बनेपा १४ । ४८) जे छ त्यसैमा बस्नु छ रमाइरमाइ दु:खमा आफन्त नै जीवनको कमाइ । -प्रेम थापा “मन”बागलुङ ४९) विजयादशमी टीका निधारमा लगाउनू विपत्तिकाे ठुलाे दशैँ जेनतेन मनाउनू । -शालिकराम दाहाल चा न पा ३ झाैखेल३ भक्तपुर ५०) गरिबीले डाँडो काटेको पकाउने भाडो खाली टिनको छानो चुहिने भयो छाउनु पर्ने पाली । -दुर्गा आचार्य मोरङ ५१) दैवले चुडी लग्यो मेरो सबै घरको सुख रमाइलो नै छैन केही आज दशैँको मुख । -शशी श्री आचार्य बौद्ध कुमारीगाल काठमाडौं ५२) महान् पर्व हो दशैँ रमाइलो गर्न पर्छ समस्या जे जति भए पनि त्यो आफैँ टर्छ। -अरुण कुमार भुजेल गोरुबथान, कालेबुङ ,भारत। ५३) सबैलाई शान्ति हाेस् नहाेस् कसैको नि निधार खाली आशीर्वाद लागाेस् ठूलाबडाकाे बन्नु देशको माली । -रामप्रसाद पुरी, बादेल, खाेटाङ । ५४) महङ्गीले सेक्नुसेक्यो निम्न जनको ढाड परै छ दक्षिणा त के राख्ने मुखमा माड । -इन्दु श्रेष्ठ, चितवन ५५) पीडा मनमा लुकाई दसैँ मनाउन हाँसेर ठूलाको आशिष् लिई निधारमा अछेता टाँसेर । -प्रतिज्ञा प्रतिज्ञा मेहेलकुना सुर्खेत
साताका उत्कृष्ट झिल्का कविताको ३० औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।
साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- ३० का लागि झिल्काकारत्रय वसन्त अनुभव, शान्ता पौडेल भट्टराई र सन्दीप विश्वकर्माका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।
साताका उत्कृष्ट झिल्काहरू
~<•>~ [१] १) भाषण मिठा राम्रा लाग्छ छेपारा हुन् देशका नेता हाम्रा ! २) बसाले कस्तो थिति स्वार्थबाहेक केही नसोच्ने घिनलाग्दो भो राजनीति ! ३) पिट्छ्न् केही बोले अगाडि पछाडि हुन्छन् चम्चा र झोले ! ✍️ वसन्त अनुभव ~<•>~ [२] १) नराम्रो कसैले नभनोस् फजुल खर्चले दसैँ कसैको दशा नबनोस् ! २) ऋणले सेकिन्छ ढाड दु:ख पाउँछ घाँटीले नहेरी निल्दा हाड । ३) बसेपछि जुवाको खालमा उजाडिन्छ सुन्दर घर डुबिन्छ ऋणको आहालमा । ✍️ शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ ~<•>~ [३] १) फूलजस्ताे मुस्कान छरी नजिक आउन खाेजिन् उनी मेराे वरिपरि । २) दुबाेले भुइँ छाेपेछ हरियाली वसन्त भन्दै मन भने उजाडिएछ । ३) दैलाेमा दसैँ आयाे बाेकेर आशीर्वाद पुर्खाकाे खुसीले मन रमायाे । ✍️ सन्दीप विश्वकर्मा ~<•>~
– गोपाल अश्क, समीक्षक – अनुग्रह राना मगर ‘पुष्प’, सर्जक
नेपाली लघुकथाको फाँटमा अहिले लभगभ दिनहुँ कुनै न कुनै कथाकारको लघुकथा प्रकाशित भइरहेको घटनालाई नेपाली लघुकथाको विकासको राम्रो सङ्केत मान्न सकिन्छ । २०८१ साल नेपाली लघुकथाका लागि निकै नै उर्वर तथा समृद्ध साल रहेको भान हुन्छ। यस सालमा उल्लेख्य मात्रामा लघुकथासङ्ग्रहहरू प्रकाशित भएका देखिन्छन् । यिनै लघुकथाहरूको प्रकाशनको दुनियाँमा आफ्नो स्थान सुरक्षित गरेको लघुकथासङ्ग्रह हो- ‘तमासा’ । अनुग्रह राना मगर ‘पुष्प’ द्वारा लिखित ४२ वटा लघुकथाहरूको यस सङ्ग्रहमा अन्तर्वाता, अप्रिल फुल, आमाको माया, आहुति, औकात, कर्तव्य, परिवर्तन, खोई, गुनको मूल्य, छिमेकीको मन, हिम्मत, तमासा, तालमेल, दायित्व, दुलही, धनको लोभ, धाक, पालो, पुतली, बूढो रूख, माया बसेपछि, मुसुक्क, भेदभाव, रोकिने मन्त्र, साथी, सुन्दरता, सोच, स्वभाव, हँसिलो मान्छे, ज्ञानी छोरा, फरक, खोट, हैसियत, आशाको दियो, सङ्गत, देशको माया, डिमाण्ड, बिटुलो, स्वीकार, भाकल र विचार शीर्षकका लघुकथाहरू सङ्गृहीत छन् ।
यस लघुकथाकृतिका लघुकथाहरूको अध्ययनोपरान्त के भन्न सकिन्छ भने प्रत्येक लघुकथाले आफ्नो विषयवस्तुको प्रकटीकरण गर्नमा सफलता प्राप्त गरेको छ र लघुकथाकारले प्रत्येक लघुकथामा उनले समाजमा व्याप्त रहेको यथार्थको जीवन्त चित्रण गरेका छन् । हाम्रो समाजमा अहिले बेरोजगारी बढेको र रोजगारको क्रममा हाम्रा युवायुवतीहरू विदेसिन बाध्य भइरहेको अवस्था रहेको छ । जागिर गर्नका लागि शैक्षिक योग्यताको जति आवश्यकताका साथसाथै एकअर्कालाई सहयोग गर्ने मानवीय गुणको आवश्यकता पनि हुने गरेको यथार्थको चित्रण ‘अन्तर्वार्ता’ शीर्षकमा गरिएको पाइन्छ । ‘अप्रिल फुल’मा अङ्ग्रेजी वर्षको अप्रिल महिनाको पहिलो दिनलाई साथीभाइलाई कुनै न कुनै झुटो कुरो भनेर मूर्ख बनाउने पश्चिमी संस्कृतिलाई आख्यानकृत गरी प्रस्तुत गरिएको छ भने ‘आमाको माया’ नामक लघुकथामा विदेसिएको छोराप्रति उमडेको आमाको मायालाई संवेदनशीलतापूर्वक रेखाङ्कित गरिएको छ । ‘आहुति’ शीर्षकको लघुकथाले देशमा भएको सशस्त्र द्वन्द्वको बेला देशका सपुतहरूले आआफ्नै सोच तथा विचारले द्वन्द्वमा लागेर देशमा आमूल्य परिवर्तनका लागि प्राणको आहुति दिएको कारुणिक यथार्थलाई चित्राङ्कित गरेको छ। त्यसैगरी ‘औकात’ नामक लघुकथाले आजका नव पिँढिमा पलाएको घमण्ड संस्कृति र एउटी घमण्डी केटीले एउटा गरिब केटोलाई आफ्नो धन सम्पत्तिको औकात देखाएर मर्मान्त बनाएकी तर दुर्घटनामा परेर घाइते हुँदा त्यही केटोबाट रगत दान पाएर मर्नबाट जोगिएको घटनाको सजीव प्रकटीकरण भएको पाइन्छ ।
समग्रमा भन्नु पर्दा कथाकार ‘पुष्प’ को प्रस्तुत लघुकथासङ्ग्रहले समाजमा रहेको सङ्गति-विसङ्गित, आशा-निराशा, उच्च-नीच, धनि-गरिब, भेदभाव आदि विषयलाई चित्राङ्कित गरेर एउटा राम्रो तमासा देखाएको छ । आकर्षक आवरण र उचित मूल्य रहेको ‘तमासा’ लघुकथासङ्ग्रह पठनीय रहेको छ, सङ्ग्रहणीय रहेको छ ।
श्रीकृष्ण पौडेलद्वारा लिखित र नमस्ते आधुनिक लघुकथा मञ्च, चितवनद्वारा २०८१ मा प्रकाशित, ५१ वटा लघुकथाहरूको सङ्ग्रहको नाउँ हो- ‘लोपाञ्जन’ । यस लघुकथासङ्ग्रहमा ‘देवदूत र म’, ‘दुखेको देश’, मूर्दाको बिहे, शहीद, सपना, लोपाञ्जन, आमा, ज्येष्ठ नागरिक, तमसुक, लङ्गडी, ह्विलचियर, आश्रम, हाम्रा बा, बुबा, लालपुर्जा, अंशबण्डा, कोरोनासुर, असारे पन्ध्र, लेखापरीक्षक, चोर, संविधान र कार्यान्वयन, व्रत, सुनकरे टपरी, मार्सीको भात, आक्रोश, दर खाने, चुङ्गी, दाइजो, तेलको गरियो, मेहन्दी, भुँडी, पेसा, बाको मुख हेर्ने दिन, भेडी गोठालेको बिहे, कुटिल सहयात्री, गुमानेको पाडो, गुन्द्रुक र बेथेको साग, भोकहड्ताल, पण्डितिनी बज्यै, एक घुट्को पानी, एमसीसी, तरबुजाको चिन्ता, मनोरोगी, राहत, नाटक, कुण्डली, फूल, बिरेको जन्मोत्सव, ज्योतिष बा, कराई र आशीर्वाद शीर्षकका लघुकथाहरू सङ्गृहीत रहेका छन् ।
प्रस्तुत लघुकथासङ्ग्रहमा समाविष्ट रहेका लघुकथाहरूमा विषयगत विविधता रहेको पाइन्छ । कुनै लघुकथा (देवदूत र म) मा मानवले मानवको हत्या र प्रकृतिको विनाश गरिरहेको भाव वर्णित रहेको छ भने कुनै लघुकथा (दुखेको देश) मा देशमा व्याप्त रहेका विभिन्न विसङ्गतिबाट आहत आम नेपालीको मनोदशाको भाव वर्णित रहेको छ। कुनै लघुकथा (मूर्दाको बिहे) मा प्रेमलाई स्वीकार नगरी अर्कोसँग बिहे गर्दा प्रेमिका भागेकी र त्यसपछि गाउँको केटीलाई बिहे गरेको र त्यस्तो बिहेलाई मूर्दाको बिहे भन्ने भाव वर्णित रहेको छ भने कुनै लघुकथा(शहीद) मा देशको लागि लड्दालड्दै आफ्नो दाजु शहीद भएको तर शहीदहरूको सूचीमा उनको नाउँ नलेलिएकोले भाइको मनमा उत्पन्न भएको पीडाको भाव वर्णित रहेको छ । ‘लोपाञ्जन’ लघुकथाले सबैले देख्ने ‘लोकाञ्जन’ नै अत्याचार हो भन्ने भाव वर्णित गरेको छ भने ‘आमा’ शीर्षकको लघुकथाले पढेलेखेकी बुहारीले सासु सिकिस्त परेकी बेला हेरचाह नगरेको तर अशिक्षित छोरोले चाहिँ आफ्नी आमाको हेरचार गरेको भाव व्यक्त गर्दै बुहारीहरूले सासुको सेवा हेरचार नगर्ने गरेको भाव चित्राङ्कित गरेको छ।
वर्तमान समयमा सामाजिक मूल्य मान्यतामा ह्रास आएको र छोराछोरीहरूले आफ्ना वृद्ध भइसकेका आमाबुबाको हेरचाह नगरेको यथार्थलाई ‘जेष्ठ नागरिक’ नामक लघुकथाले प्रकट गरेको छ। साँच्चि भन्ने हो भने आजभोलि जेष्ठ नागरिकको जीवन कहालिलाग्दो अवस्थाबाट गुज्रिरहेको छ । छोराछोरी हुँदासमेत उनीहरूको जीवनयापन तथा औषधोपचार आदिको व्यवस्था उनीहरूको सन्तानबाट भइरहेको पाइँदैन। आजका जेष्ठ नागरिक कहीँ कुनै वृद्धाश्रममा आफ्नो जीवनको अन्तिम घडी बिताउन बाध्य भइसकेका छन् । यस्तै कारुणिक भाव प्रस्तुत लघुकथामा वर्णित रहेको छ। ‘तमसुक’ नामक लघुकथाले आज पनि गाउँघरमा धनिहरूले गरिबहरूलाई ऋण दिएर ब्याजको नाममा मनपरी लुट्ने गरेको भाव वर्णित रहेको छ । भर्खरै देशमा मिटरब्याजसम्बन्धी भएको जनआक्रोश र त्यसपछि सरकारले अख्तियार गरेको रवैयाले पनि यस ज्वलन्त मुद्दालाई सम्बोधन गरेको सन्दर्भमा प्रस्तुत लघुकथाको सार्थकता सिद्ध हुन जान्छ । यस प्रकार के भन्न सकिन्छ भने प्रस्तुत लघुकथासङ्ग्रका प्रत्येक लघुकथाले कुनै न कुनै सामाजिक, राजनीतिक, आर्थिक समस्यालाई विषयवस्तुको रूपमा चित्राङ्कित गरेर समाजलाई स्वस्थ र इमानदार बनाउने सन्देश दिएको छ । यस लघुकथासङ्ग्रहको आवरण र आन्तरिक सेटिङ आकर्षक छ र यसको मूल्य ठीक देखिन्छ। यो पुस्तकले आधुनि नेपाली लघुकथाको क्षेत्रमा आफ्नो स्थान सुरक्षित गर्नेछ भनी आशा लिन सकिन्छ ।
वि. सं. २०१७ वैशाख २१ गते माता लक्ष्मी देवी नेउपाने र पिता श्रीप्रसाद नेउपानेको सुपुत्रका रूपमा लेखर्क, भोजपुरमा जन्मेर धरान उपमहानगरपालिका-११, सुनसरीमा स्थायी बसोबास गर्दै तर वर्तमानमा बुढानिलकण्ठ-१२, काठमाडौँमा बस्दै आउनुभएका होमप्रसाद नेउपानेको ‘प्रयोगशाला’ (२०८१) नामक लघुकथासङ्ग्रह प्रकाशनमा आएको छ। नमस्ते आधुनिक लघुकथा मञ्च, चितवनले प्रकाशित गरेको प्रस्तुत लघुकथासङ्ग्रहमा जम्मा २७ वटा लघुकथाहरू सङ्गृहीत रहेका छन् । लभग प्रत्येक लघुकथाले एउटा नयाँ विषयलाई चित्राङ्कित गरेको छ । भनाइको अर्थ के हो भने ‘नेउपाने’का लघुकथाहरूमा विषयको पुनरावृत्ति देखिँदैन । यस कथाकृतिमा रहेको पहिलो लघुकथा ‘भेट’ले देशमा व्याप्त रहेको दलगत विसङ्गतिलाई उजगर गरेको पाइन्छ । देशमा जे जति राजनीतिक दलहरू छन्, ती सबैले आ-आफ्नो दलको मात्र स्वार्थ सिद्धिमा लागेका हुन्छन् । जति राम्रो विकास योजना भए पनि, आफ्नो दलको स्वार्थ पूरा नहुने छाँट देखेमा त्यो योजना लागु गर्दैनन् । यही भाव प्रस्तुत लघुकथामा वर्णित रहेको छ । हाम्रा नेताहरूले हाम्रो देशलाई एउटा प्रयोगशाला बनाइदिएका छन् । देश बनाउने नाममा समय-समयमा भएको क्रान्ति र त्यस क्रान्तिका संवाहकहरूमा देखिएको विचलनलाई ‘प्रयोगशाला’ नामक लघुकथामा सजीव ढङ्गले चित्रण गरिएको छ ।
प्रस्तुत लघुकथामा सङ्गृहीत रहेका अन्य लघुकथाहरू यथा ‘अदुभूत गोजी’, ‘चिठी’, ‘आक्रोश’, ‘मयल’, ‘बीउ’, ‘प्रेम’, ‘मलामी’, ‘विषादी’, ‘आभास’, ‘कोट‘, ‘मणि’, ‘निवृत्ति’, ‘प्रतिघात’, ‘रोजगारी’, ‘भैँसीको ढाड’, ‘स्वभाव’, ‘गुनासो’, ‘आँकलन’, ‘आलोक’, ‘जोखिम’, ‘अचानो’, ‘धनको सुगन्ध’, ‘गन्तव्य’, ‘हाँसो’ र ‘स्नेह’ले विभिन्न विषयवस्तुको प्रकटीकरण गरेका छन् । जहाँ ‘चिठी’ मा घर छाडेर गएकाहरूको आफ्नो गाउँ घर फर्किनका लागि मार्मिक सन्देश वर्णति रहेको छ भने ‘आक्रोश’मा इमान्दार व्यक्तिलाई उसको घर परिवार, श्रीमती, छोराछोरी सबैले गिज्याउने गरेको कटु यथार्थ वर्णित रहेको छ । त्यसैगरी जहाँ ‘प्रेम’ नामक लघुकथामा श्रीमान श्रीमतीबाहेक अरू कोही सच्चा साथी नहुने भाव चित्राङ्कित रहेको छ भने ‘मलामी’ नामक लघुकथाले देशमा न्याय मरिसकेको र त्यसको अन्तिम दाह संस्कार गर्न हिँडेको भन्ने भाव वर्णित रहेको पाइन्छ । वर्तमान समयमा देशको कुनै पनि अङ्ग विशुद्ध छैन, हरेक क्षेत्रमा विषादीको प्रयोग भएहरेको अवस्था छ । किसानले बढीभन्दा बढी उत्पादन गर्ने सोचमा विषादी खाद्यको प्रयोग गरिरहेको अवस्थाको चित्रण गर्दै यस्तै रहने हो भने एक दिन विषादी प्रयोग गर्ने किसान पनि आफ्नै विषादयुक्त खाद्यानको प्रयोगले मृत्युवरण गर्ने पुग्नेछ भन्ने भाव वर्णित रहेको छ ‘विषादी’ नामक लघुकथामा । ‘कोट’ शीर्षकको लघुकथामा एउटा बुबाले आफ्नो छोरालाई राम्रो शिक्षा दीक्षा दिननसकेको, चाहे अनुसारको जीवनशैली दिन नसकेको, राम्रो खुवाउन नसकेको, राम्रो लाउन दिन नसकेको भाव चित्राङ्कित रहेको छ । जागिरे मान्छेको जीवनमा ‘निवृत्ति’ भन्ने अध्याय आउँदो रहेछ र त्यो अध्यायले बाँकी रहेको जीवनलाई नराम्री प्रभावित गर्दो रहेछ भन्ने भाव ‘निवृत्ति’ नामक लघुकथामा वर्णित रहेको छ । यसरी के भन्न सकिन्छ भने यस लघुकथासङ्ग्रहका प्रत्येक लघुकथाहरूले कुनै न कुनै सामाजिक यथार्थलाई सजीव ढङ्गले चित्राङ्कित गरेको पाइन्छ । यस कथाकृतिको आवरण आकर्षक तथा मूल्य उचित रहेको छ ।
यमुना प्रधानाङ्ग ‘मुना’ (२०२१) नेपाली लघुकथा क्षेत्रकी प्रतिभासम्पन्न हस्ताक्षार हुन् । यिनको व्यक्तित्व कविता, गीत र कथा सिर्जनमा विस्तारित रहेको छ । ‘आमा’ (कवितासङ्ग्रह, २०६७) प्रकाशन गराएर विधिवत् रूपमा नेपाली साहित्यमा प्रवेश गरेकी ‘मुना’ का ‘बुद्धको देश’ (गीतसङ्ग्रह, २०७०), लघुकथाको सुगन्ध, १२ फूल १०८ सुगन्ध (सहलेखन, २०७९) र ‘उपहार’ (लघुकथासङ्ग्रह, २०८१) प्रकाशित रहेका छन् । यस कृतिमा आशा, चुँडियो सपना, मानेको भए ?, कप्लक्कै खायो ! कोरोना महामारी, पूजा, सोच्न बाध्य, नेतृत्व, विद्रोह, आँट, धरातल, छोरा मान्छे, उपहार, घमण्ड चुर, विकृत फागु, वचन, भागबण्डा, सीप प्यारो, परिणाम, अझै पनि !, को ठूलो ?, मेहनतको फल, बृहत् नक्सा, सकारात्मक, डर, व्यवहारिक ज्ञान, व्यवस्था, जिम्मेवारी, पानी, साथ, स्थान, बाध्यता र सन्तान प्राप्ति शीर्षकका ३३ वटा लघुकथाहरू सङ्ग्रहीत छन् ।
अधिकांश लेखकहरू वर्तमान समयलाई नै लेख्नै गरेको पाइन्छ । यसको कारण के हो भने वर्तमान समयलाई रेखाङ्कित गर्ने क्रममा लेखक आफ्नै भोगाइको सेरोफेरोमा घुमिराखेका हुन्छन् । यस प्रकारको घुमाइमा लेखकलाई आफ्ना रचनाहरूलाई साहित्यिक बनाउनका लागि धेरै दिमागी कसरत गर्नु पर्देन किनभने जीवनमा अनुभूत गरिएका कुराहरूको सजीव वर्णनले नै पाठकलाई आफूतिर आकर्षित गर्नमा सफल हुन्छन् । तर वर्तमान समयलाई रेखाङ्कन गर्ने काम जोखिमपूर्ण पनि हुने गर्दछ किनभने आफूले रेखाङ्कन गरेका भावहरू अन्य लेखकहरूसँग ठ्याक्क मिल्न जाने खतरा हुन्छ । यहाँनिर लेखकमा उसको निजी कला कौशल हुनु अति आवश्कय हुन जान्छ ।
यस अर्थमा कथाकार ’मुना’ अलिक पृथक देखिन्छन् । यिनका लघुकथाहरूमा वर्तमान समयमा व्याप्त रहेका सङ्गति-विसङ्गतिको चित्राङ्कन भए पनि अलि अलग्गै किसिमले भएको पाइन्छ । विश्वलाई आफ्नो पाशमा लिएको कोरोना महामारीबाट उत्पन्न भएको सामाजिक, आर्थिक, राजनीतिक तथा मानसिक अवस्थाको प्रतीकात्मक चित्रण गर्नमा यिनी सफल भएको देखिन्छ । यिनका ‘आशा’, ‘चुँडियो सपना’, मानेको भए?’, ‘कप्लक्कै खायो’, ‘कोरोना महामारी’, ‘सकारात्मक’ शीर्षक लघुकथाहरूमा ‘कोरोना महामारी’ विषयवस्तु बनेर आएको देखिन्छ भने ‘पूजा’ शीर्षकको लघुकथामा साहित्य र मानव सेवा नै पूजा हो भन्ने भाव वर्णित रहेको देखिन्छ । ‘सोच्न बाध्य’ नामक लघुकथामा यिनले आफ्नो देशका केही भूभाग नक्सामा रहेपनि वास्तविक रूपमा आफ्नो भोग चलनमा नरहेको कटु यथार्थको भाव वर्णित रहेको छ । नेपाली समाजमा अहिले कहीँ-कहीँ देखा परेको छोराको मृत्युपछि बुहारीको बिहे गरिदिने अनुकरणीय संस्कृतिको रेखाङ्कन यिनको ‘आँट’ भन्ने लघुकथामा वर्णित रहेको पाइन्छ । यिनको ‘उपहार’ नामक लघुकथाले श्रीमान् श्रीमतीबीचको सम्बन्ध एकअर्काप्रतिको विश्वास र मायाले मात्र दिगो रहने भाव प्रकट गर्दै श्रीमतीलाई पूर्ण रूपमा बुझेर माया गर्ने श्रीमान् नै यथार्थमा जीवनको अमूल्य उपहार हो भन्ने भाव वर्णित रहेको पाइन्छ । यिनका लघुकथाहरूमा विषयगत विविधता पाइन्छ । यो नै यिनको प्रस्तुत लघुकथासङ्ग्रहको प्राप्ति हो ।
आकर्षक आवरण तथा ७८ पृष्ठको लघुकायामा सजिएको यो ‘उपहार’ नामक लघुकथासङ्ग्रहलाई ‘नमस्ते आधुनिक लघुकथा मञ्च’ले प्रकाशमा ल्याएको छ । यसको मूल्य रू. २७५ राखिएको छ ।
झिल्का लेखन अभियानको ३५ औँ शृङ्खला (दसैँ पर्व विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ९६ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
[१]
१)
बुझेर समयको माग
मनाऔँ चाड बडादसैँ
त्यागी आपसी रिसराग !
२)
देखासिकी, दबाबमा परेर
फजुल खर्च नगरौँ
अनावश्यक रिनधन गरेर !
✍️
वसन्त अनुभव
[२] १) खुसीले भरियोस् भावना सबैमा छाइरहोस् यस्तै बडादशैँको हार्दिक शुभकामना । २) दुर्गाको पूजा गरेर खुसीयाली भई मनाऔँ जीवनमा रङ्ग भरेर । ✍️ अर्जुन प्रसाद चौलागाईँ
[३]
१)
बडादसैँको दिन्छु शुभकामना
दुर्गामाताले रक्षा गरून्
गरौँ खुसीले सामना ।
✍️
शोभा आचार्य गौतम
काठमाडौँ
[४] उच्च रहोस् भावना मेलमिलाप सद्भाव सहित बडादसैँको हार्दिक शुभकामना ! ✍️ डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा. -६ , दोलखा ।
[५]
कसैलाई काँडा नबिजोस्
दसैँमा सबै रमाउँ
आँखा आँसुले नभिजोस् !
✍️
सविता भट्टराई, जनकपुरधाम
[६] उत्साहित रहोस् भावना भवानीले कल्याण गरुन् बडादशैँको हार्दिक शुभकामना ! ✍️ बाबुराम गौतम, गुल्मी
[१०] १) दशा नबनोस् यसपालि रक्षा गरे दसैँमा हे मङ्गला काली ! २) जनताको बिजोग कस्तो हरायो बडादसैँको रौनक मसानघाटको सुनसान जस्तो । ✍️ चुडामणी देबकोटा पुरानोनैकाप काठमाण्डौ
[१९]
१)
उत्साह र उमङ्ग
धेरै छ मनमा
यो दसैँको रङ्ग ।
२)
बढोस् सबैमा सद्भावना
नवदुर्गाले कल्याण गरून्
सम्पूर्णमा बडादसैँको शुभकामना !
✍️
सतीश पण्डित
भानु६ चुँदी तनहूँ । हाल चनपा ६ मातातीर्थ
[२०] मनाऔँ स्तर हेरेर तडकभडक ज्यादा देखाउँदा बस्लान् साहुले घेरेर ! ✍️ सरिता सेढाई धादिङ
[२१]
१)
दसैँमा रमाउने चाहना
लिई आशिर्वाद मान्यजनबाट
आशिष र शुभभावना !
२)
आयो दसैँ पर्व
दु:ख पिर बिर्सी
मानौँ सबैले गर्व !
✍️
मन थापा
पोखरा २१ बक्रेक
[२२] १) बाढीले बगाउँदा घर यसपालीको दसैँ मनाउने मरिसक्याे सबै रहर । ✍️ सानु जाेशी सुदुर पश्चिम दार्चुला
[२४] १) बनाऔँ शुद्ध भावना बडादसैँ सुखद् बनाेस् यही छ शुभकामना ! २) शान्ति छाओस् मनमा दसैँ दशा नहाेस् कान्ति छाओस् तनमा ! ✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’ सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
[२५]
रहिरहनुपर्छ सकारात्मक भावना
आपतविपतमा नहुनू विचलित
बडादसैँको मङ्गलमय शुभकामना !
✍️
कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे
[२६] १) सुखशान्ति खुसीको चाहना फलोस् फूलोस् जीवनभरि बडादसैँको मङ्गलमय शुभकामना ! २) निधारमा टीका जमरा दुर्गा माताको आशिषले जीवन बनोस् हराभरा ! ✍️ कृष्ण बजगाई, भक्तपुर
[२७]
१)
नेपालीमा उमङ्ग छाओस्
आशिष आपासमा साटेर
रम्न समृद्धि आओस् !
२)
गच्छेले चाडबाड मनाऔँ
देखासिकी गरेर होइन
सभ्य सुसंस्कृत बनाऔँ !
✍️
राज बहादुर बडुवाल
कनकासुन्दरी -५,जुम्ला
[२८] १) होस् सकारात्मक भावना नवदुर्गाले रक्षा गरुन् बडादसैँको सबैमा शुभकामना ! २) विपत्ति नपरोस् देशमा सबै हाँसीखुसी रहुन् नेपाली आफ्नै भेषमा ! ✍️ बेदु न्यौपाने
[२९]
मिलन गराउने चाडपर्व
परिवार एउटै आँगनमा
संस्कृतिमा गरौँ गर्व !
✍️
कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
[३०] १) विजयादशमीको पावन अवसरमा दुर्गाभगवतीले बास गरून् सबै मानिसको घरघरमा ! २) रङ्ग र रसैमा नराम्रो सुन्न नपरोस् यो साल दसैँमा ! ✍️ हिरामाया श्रेष्ठ गजुरी १ धादिङ
[३२] १) सुखशान्ति सर्वत्र छाओस् कामना छ बडादसैँ खुसी बाेकेर आओस् ! २) विकृति नभित्र्याऊँ कसैले संस्कार, संस्कृति जाेगाउँदै सद्भाव बाडाैँ सबैले ! ✍️ सुन्दरी घिमिरे खतिवडा सङ्खुवासभा
[३३]
१)
फेरि दसैँ आयो
उत्साह र उमङ्गसँगै
जनजनमा खुसी छायो ।
२)
गरिबलाई हुन्छ पीर
चाडबाड आएको बेला
अवश्य हुन्छ फिकिर ।
✍️
बिरेन्द्र कुमार चौधरी
इटहरी सुनसरी
[३४] १) लिएर शुद्ध भावना माता दुर्गाको आशिर्वाद बडादसैँ पर्वको शुभकामना ! २) बडादसैँ आइपुग्यो आँगन हाँसीखुसी उमङ्ग लिई चोखो सद्भाव राखन । ✍️ मोती योन्जन सुब्बा, दार्जिलिङ
[३५]
स्वच्छ रहोस् भावना
दुख कसैमा नपरोस्
सबैमा छ शुभकामना !
✍️
बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा
[३६] आयो महान् चाडपर्व एकसाथ मिलेर मनाऔँ गर्दै देशको गर्व ! ✍️ अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन न . पा. ६ संखुवासभा
[४१]
समृद्धि, प्रगतिको कामना
परिवारमा खुसी छाओस्
दसैँको मङ्गलमय शुभकामना !
✍️
रुना कर्माचार्य दाहाल
चितवन
[४२] १) टिका जमरा लगाएर पिङ खेल्न जानुपर्छ दुःख पीडा भगाएर ! २) नेपालीको महान पर्व मनाउनु पर्छ मिलीजुली लिएर सधैँ गर्व । ✍️ कला ढकाल झापा
[४३]
१)
आउँछ प्रत्येक वर्ष
घुम्दै विजयादशमी यहाँ
ल्याएर उमङ्ग हर्ष !
✍️
बाबुराम पाण्डे
अर्घाखाँची
[४४] उच्च रहोस् भावना शुभ होस् बडादसैँको हार्दिक मङ्गलमय शुभकामना ! ✍️ वेल थोकर तामाङ मकवानपुर
[४५]
१)
देवीको पूजा आराधना
शुभ मङगल होस्
सबैमा दसैँको शुभकामना !
२)
पशुपंक्षीको रातो रगतमा
नाम लिएर धर्मको
पाप गर्छन् जगतमा ।
✍️
शान्ता पौडेल भट्टराई
टङ्कीसिनवारी, मोरङ
[४६] १) हर्ष उल्लास छायो हरेक नेपालीको आँगनमा राष्टिय पर्व आयो । २) पीडा भुलेर खुसीमा मन आनन्द बनाऔं मुस्कान भरी झुसीमा ! ✍️ शशीश्री आचार्य बौद्ध कुमारीगाल काठमाडौं
[४७]
आइरहाेस् उदारताकाे भावना
सम्पूर्ण नेपालीमा बडादसैँकाे
हार्दिक मङ्गलमय शुभकामना !
✍️
रामप्रसाद पुरी
बादेल, खाेटाङ ।
[४८] १) दसैँमा टीका लगाउँ देवीको पूजा गरेर दुःखकष्ट सबै भगाउँ । २) दसैँमा घरको रहर आशिर्वाद थाप्न जाने खतरा गाउँ सहर ! ✍️ अम्बिका अधिकारी झापा बिर्तामोड
[५०] १) सबैको पुगोस् मनोकामना धनी या गरिबलाई यही बडादसैँको शुभकामना । २) स-साना कुरामा रमाउँ देखासिकी गर्नु हुन्न खुसीले दसैँ मनाउँ । ✍️ धनमाया चौधरी, कैलाली
[५१]
१)
नलागोस् ऋण कसैलाई
फजुल खर्चलाई घटाएर
उत्सव बनाऔँ दसैँलाई ।
२)
सद्भाव हाम्रो चाहना
खुसीयाली सबैमा ल्याएर
पूर्ण होओस् कामना !
✍️
पद्मा काश्यप पाण्डे, मोरङ
[५२] दसैँको पर्व आयाे पिरव्यथा सबै भुलेर सर्वत्र खुसी छायो । ✍️ अरुण कुमार भुजेल गोरूबथान, कालेबुङ, भारत
[५३]
दसैँमा जमरा टीका
शिरमा ठूलाबडाको हात
नहोस् आर्शिवाद फिका !
✍️
साहित्य प्रेमी
सुशील धनगढी
[५४] गरौँ विपत्तिको सामना टरेर जाओस् दशाहरू बडादसैँको हार्दिक शुभकामना ! ✍️ पुष्पा राई बादेल, खाेटाङ
[५५]
रमाइलो चाडपर्व आयो
टिका, जमरा लगाउँदै
मनमा उमङ्ग छायो ।
✍️
धनुष न्यौपाने
जुम्ला।
[५६] हासेर दसैँ मनाउँ आशिष लिन हामीले ठूलाको घरमा जाउँ । ✍️ सीमा कार्की समर्पण मेलचोक पर्सा
[५७]
१)
चाडपर्व संस्कृति हाम्रो
फजुल खर्च नगरी
दसैँ मनाऔँ राम्रो !
२)
दसैँ बनोस् खास
दसैँको सबैलाई शुभकामना
नहाेस् कसैको उठिबास !
✍️
राज कुमार राजभण्डारी खोटाङ्गे
मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
[५८] खुसीको दिन आयो मनभरी आनन्द छ दशैँको रमझम छायो । ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ
[६६] दर्शन गरेँ भवानी दसैँको हार्दिक शुभकामना रमाउँदै बितोस् जिन्दगानी ! ✍️ भगवती दवाडी, दमक, झापा
[६७]
१)
दसैँ खुसीको पर्व
मान्यजनको आशीर्वाद लिई
गर्नुपर्छ हामीले गर्व ।
२)
हुनेछ सत्यको विजय
दुर्गा भवानीको कृपाले
शत्रुमा जागोस् भय ।
✍️
जयनारायण नेपाल
इलाम
हाल सूर्यविनायक २ बालकोट,भक्तपुर
[८०] सुन्दर हाेस् भावना दसैँ अनि तिहारकाे सबैमा हार्दिक शुभकामना ! ✍️ श्रीकृष्ण धामी, बझाङ
[८१]
माैलाउन् मनका भावना
हजुरहरू तमाम सबैलाई
बडादसैँकाे हार्दिक शुभकामना !
✍️
नाम केसर बाेहरा ( सङ्घर्ष )
सुदूरपश्चिम अछाम
हाल भारतबाट
[८२] १) दशैँ आयो भन्छन् सर्वत्र छ रमाइलो केटाकेटी दक्षिणा गन्छन् । २) वर्ष दिनको चाड रमाइलो हुने भयो दु:ख मान्न छाड । ३) मेरो सधैँ चाहना सबैको भलो होस् दशैँको यही शुभकामना ! ✍️ राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ
[८३]
बाध्यता छ मनाउन
नभए पनि शान्ति
सन्तान खुसी बनाउन !
✍️
मन्दिरा सेढाई
[८४] दसैँ आयो हजुर सबै अब रमाउनुपर्छ गरेर आ-आफ्नो सुर ! ✍️ मोहन आचार्य पाँचथर
[८५]
आयाे दसैँ आँगनी
आफन्त, साथीभाइसँगै रम्दैछु
खुसीले म पनि ।
✍️
भिक्षु ईश्वर
अछाम
[८६] दसैँ आयो गाउँमा तर खुसी आएन अल्झियो बिरानो ठाउँमा ! ✍️ चिरञ्जीवी ढकाल नेपालगन्ज =२० राँझा एयरपोर्ट बाँके
[८७]
टुप्लुक्क दसैँ आयाे
खानु कि लाउनु
मलाई दाेधार बनायाे ।
✍️
दीपक दाहाल
[८९]
१)
कसरी बसौँ हेरी
ऋणको भारी बोकाउन
दसैँ आयो फेरि ।
२)
हुँदैछ यहाँ अस्तव्यस्त
होसियार परमाणुको होडबाजीले
बनाउँदैछ संसारलाई ध्वस्त ।
✍️
दीप गोले तामाङ
[९०] १) घर जानेको लर्को नमनाउनू कसैले पनि ओढेर ऋणको बर्को । २) चर्केर आउँछ छाती भोका, नाङ्गा देख्दा दसैँ नआएकै जाती । ३) ल्याउँछन् खसी, बोका यो विपत्तिमा होलान् कतिका बालबच्चा भोका । ✍️ रुना कर्माचार्य दाहाल चितवन
[९१]
१)
गाउँ अनि सहर
चहलपहल निकै बढ्याे
दसैँकाे आयाे लहर ।
२)
गएका विदेश काममा
फर्किन्छन् चाड मनाउन
ती आफ्नै गामठाममा ।
✍️
भुपेन्द्र के.सी.
[९२] १) दुर्गा माताको शक्तिले हुन्छ सबैको कल्याण पूजा अनि भक्तिले । २) थाप्छौँ जमरा टीका लिन्छौँ मान्यजनको आशिर्वाद नबनोस् चाड फिका । ३) सबैमा खुसी आओस् नेपालीका घर आँगनमा चाडको माहोल छाओस् ! ✍️ सुस्मिता अधिकारी, काठमाडौँ
[९३]
१)
चाडपर्व दसैँ आयो
आदिशक्ति दुर्गा देवी
भवानीको चर्चा छायो ।
२)
परदेशी घर आए
टाढिएका ती परिवारसँगै
निर्धक्क मिल्न पाए ।
३)
भुलाएर व्यथा पीर
पिङ खेल्दै रमाउँदै
मनलाई राखे थिर !
✍️
विवश पारदर्शी
झापा
[९४] गर्दैछौँ दु:खको सामना विपत्तिमा कसरी दिउँ म दसैँको शुभकामना ? ✍️ चिरञ्जीवी श्रेष्ठ धनकुटा
[९५]
१)
राखेँ मेरो भावना
बडादसैँ सुखद् बनाेस्
यही छ शुभकामना !
२)
शान्ति छाओस् मनमा
दसैँ दशा नहाेस्
कान्ति छाओस् तनमा !
✍️
केशवप्रसाद ढकाल 'प्रीतबीज'
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
~~~~~~~~~~ [९६] चाडपर्व दसैँ आयो सबै एकजुट भएर चारैतिर खुसियाली छायो । ✍️ नेत्रबहादुर श्रेष्ठ सिन्धुपाल्चोक -१३ ~~~~~~~~~~
झिल्का लेखन अभियानको ३३ औँ शृङ्खला (संविधान दिवस विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७१ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
//१// —————<•>————– १) समावेशी उत्कृष्ट संविधान सर्वत्र छ खुसी जन जनमा मुस्कान ! २) हटोस् अन्याय अत्याचार शुभकामना संविधान दिवसको पाउन् सबैले अधिकार ! ✍️ वसन्त अनुभव
२//
देशमा संविधान आएको
जनताले संङ्घर्ष गरेर
नेता यताउता छाएको ।
✍️
शोभा आचार्य गौतम
३// संविधान देशको शान इज्जत भनेको ठूलो गर देशको मान । ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ
४//
१)
नयाँ संविधान आयाे
तर अधिकार आएन
राष्ट्रले के पायाे ?
२)
संविधानमा अधिकार लेखियाे
न्याय नदिने न्यायालयमा
राजनैतिक धाँधली देखियाे ।
✍️
रबि पाैडेल, दक्षिण भारत पाण्डेचरी
५// १) संविधान कालो बनाए देश खोक्रो पारेर भ्रष्टचारी नेता गनाए । २) संविधान पालना नगर्नेहरू सत्तामा रहुन्जेल स्वादिलो भ्रष्टाचारीहरू बर्बराउँछ अरू । ✍️ चुडामणी देबकोटा पुरानोनैकाप काठमाण्डौ
६//
संविधान कस्तो बनायो
देशमा जनता मर्दा
आफ्नो खुसी मनायो ।
✍️
सञ्जना शर्मा, लमही दाङ
७// १) संविधान बारे जानुन् मूल कानुन नेपालको सबैले राम्रोसँग मानुन् । २) वीर सहिदको योगदान देशमा आयो गणतन्त्र लेखियो उत्कृष्ट संविधान । ✍️ सतीश पण्डित भानु६ चुँदी तनहूँ हाल चनपा६ मातातीर्थ
८//
धारा अध्यादेश संविधानमा
देशको सुरक्षा सर्वोपरी
नरहौँ फोस्रो अभिमानमा ।
✍️
मोती योन्जन सुब्बा, दार्जिलिङ
९// मान्नुपर्छ नियम संविधान अलि सप्रेला समाज रहला हाम्रो आत्मसम्मान । ✍️ सुनगाभा पोखरेल
१०//
लाग्छ संविधान यस्तो
बेल पाकेको खुसी
कागलाई नभएको जस्तो ।
✍️
केशवप्रसाद ढकाल 'प्रीतबीज'
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
११// संविधान दिवस धारा नेताले बुझेनन् कानुन अहिले देखाए पारा । ✍️ अम्बिका अधिकारी झापा बिर्तामोड
१२//
मूल कानुन जानुन्
आफ्नै मर्यादामा रहेर
सबैले पालना गरुन् ।
✍️
विष्णु पंगेनी(पाण्डे )
वालिङ स्याङ्जा
१३// १) उत्कृष्ट संविधान बनाए गरेर घृणित काम सबै नेता गनाए । २) सुधाराैँ सबले मति गरेर कार्यान्वयन संविधानकाे बढाऔँ विकासको गति । ✍️ त्रिलाेचन भण्डारी मेचीनगर, झापा
१४//
बनाउँ देश हाम्रो
संविधान नियम ल्याई
स्वर्गझैँ सुन्दर राम्रो ।
✍️
गंगाराम यादव
औरावनी, सुनसरी
१५// १) संविधानले नीति खोजेको सरकारले बनायो अन्धो जनताले आफैँ रोजेको । २) जनताले बलिदान दिए सङ्घर्षमा लड्दै गएर नेताहरूले हुर्मत लिए ! ३// संविधान दिवसको भावना सबै राष्ट्रिय जनसमुदायमा संविधानको हार्दिक शुभकामना ! ✍️ बेदु न्यौपाने
१६//
१)
भन्छन् उत्कृष्ट संविधान
जनता देखिँदैनन् खुसी
कसरी दिन्छन् सम्मान ?
२)
चाहेझैँ राम्रो बनोस्
समावेशी सर्वत्र भई
अझै उत्कृष्ट रहोस् ।
✍️
अर्जुन प्रसाद चौलागाई
रामेछापः-सुनापति-१
हालः-क्यानडा,क्यालगरी।
१७// १) सबैले पालना गरौँ संविधानको मूल कानुन यसको महत्त्व भरौँ। २) क्षमायाचना त गरौं गल्ती भए हजुर भ्रष्टमा राष्ट्रबाद भरौं । ✍️ शशीश्री आचार्य बौद्ध कुमारीगाल काठमाडौं
१८//
संविधान आएको दिन
मौलिक अधिकारक साथ
जानेनन् हात लिन ।
✍️
साहित्य प्रेमी सुशील
धनगढी
१९// १) मान मर्यादा भुलेर कानुन लुकाउँछन् देशमा भाषण छाड्दै खुलेर। २) जनतालाई राहत दिन बनेन संविधान मर्यादाको शान्तिको सास लिन। ✍️ बिकास छेत्री अञ्जान कैजले, बिजनबारी, दार्जिलिङ।
२०//
१)
भविष्यको उज्ज्वल तारा
अत्याचार धेरै भयो
संविधान तोड्ने पारा ।
२)
सबैतिर कुर्सी तानातान
किन राखेउ सरकार
कामै नलाग्ने संविधान ।
✍️
अन्मोल मुस्कान
तकदाह छाउनी, दार्जिलिङ।
२१// दुनियाँको मुहार फेर्ने यो संविधान खै ? सबैको भाग्य केर्ने । ✍️ दीप गोले तामाङ – रौतहट
२२//
१)
विधानका पानामा केरियोस्
अब आउँदो संविधानमा
गन्हाउने नेता फेरियोस् ।
२)
मरिजाने यो चोला
यहाँ कुर्सीकै लागि
बग्छ रगतको खोला ।
✍️
हिरामाया श्रेष्ठ
गजुरी १ धादिङ
२३// कागजमा लेखिएको ज्ञान आफैँ पालना गर्दैनन् जसले बनायो संविधान ! ✍️ मन्दिरा सेढाई, मलेखु,धादिङ
२४//
१)
ऐतिहासिक यो संविधान
कागजमा कैद भयो
व्यवहारमा मात्र उखान ।
२)
संविधान बनाए जनता
विदेशी चलखेल भयो
बढी भयो स्वतन्त्रता ।
३)
देश बनाए अचानो
जनताको उस्तै हाल
मानो न छानो ।
✍️
सुरेशकुमार पाण्डे, दाङ घोराही १८
२५// १) संविधान आहा भनुन् अध्ययन गरेर अक्षरस: ठूलो कानुनविद् बनुन् । २) संविधानको संरक्षण गर्नू हाम्रो कर्तव्य हो बर्खिलापमा अघि नसर्नू । ✍️ देव मगर तिनाउ-१,कचल,पाल्पा
२६//
दीप प्रज्वलन गरेर
संविधान दिवस मनाऔँ
देशभक्ति मनमा भरेर ।
✍️
पुष्पा सुवेदी
नेपालगन्ज,बॅाके।
२७// सबैभन्दा ठूलो ऐन सानालाई भने नियम ठूलालाई सधैँ चैन ! ✍️ आर्त अकुलीन
२८//
छैन यहाँ नुन
अर्काको भर परेर
के गर्नु कानुन ?
✍️
नागेन्द्रप्रसाद यादव
२९// संविधान आफैँलाई बनाए कानुन सबैलाई हुनुपर्नेमा गणतन्त्रको धज्जि उडाए । ✍️ शंकर कार्की, मकवानपुर
३०//
१)
संविधान दिवसको शुभकामना
मूल कानुन भनेर
जागाेस् सबैमा भावना !
२)
जसले कानुन मिच्यो
उत्कृष्ट संविधान भन्दै
राष्ट्रकाे सम्पत्ति घिच्यो ।
३)
जसले संविधान बनाए
लिएर हातमा कानुन
आज आफैँ गनाए ।
✍️
राज कुमार राजभण्डारी खाेटाङे
मध्यपुर ठिमी ५ संगमकाेलाेनी राधे राधे भक्तपुर ।
३१// संविधान देशको आधार गर्व गर्छौँ हामी स्वतन्त्र सबै पूर्वाधार । ✍️ कार्की डिबी माकुम
३२//
यसमा म आइनँ
आँसु छ आँखाभित्र
लेख्ने शब्दै पाइनँ !
✍️
ऋजु दिल्पाली
३३// संविधान कानुनकाे मूल सबै नेपाली जनताले पालनामा नगरौँ भूल ! ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान काभ्रे, बनेपा १४ साँगाबजार
३४//
मूल कानुन संविधान
पूर्णतः पालना गरे
जनताकाे हुन्छ मान ।
✍️
डिल्लीराज (राजेन्द्र) भुसाल
सन्धिखर्क-२, कुर, अर्घाखाँची
३५// शान्ति बढ्दै जाओस् संविधान बनाउदै,, हिंसाकर्म घट्दै आओस् ! ✍️ कुसुम कुवँर (बझाङ)
३६//
सही प्रक्रियाको संविधानले
जनतामा प्रगति दिलाउँछ
स्वाभिमान र पहिचानले ।
✍️
प्रेम थापा "मन"बागलुङ
३७// १) ल्याएको हो संविधान जनयुद्ध र जनआन्दोलनले जनतामा इज्जत मान ! २) चुन्न सकेनौँ ड्राइभर गणतन्त्रको रथ हाक्ने खोक्रो भयो घर ! ✍️ लोकबहादुर क्षेत्री
३९// १) संविधान दिवसको शुभकामना सकल नेपालीजनहरूको हेर नहोस् अन्यायसँग सामना । २) छाओस् खुसी जनमा उत्कृष्ट संविधान पाएर सन्तोष होस् मनमा । ३) नैतिकता हरेकमा भएमा उपयोग हुन्छ विवेकको नेता इमानदार रहेमा । ✍️ सुस्मिता अधिकारी, काठमाडौँ
४०//
१)
ठूलाबडालाई छ चैन
गरिब असहायलाई भने
लाग्दछ कडा ऐन ।
२)
सदनमा होडबाजी गर्छन्
भ्रष्टाचारी नेताको नाटकमा
सोझा निमुखा पर्छन् ।
३)
संविधान दिवस मनाए
न्याय बराबर छैन
औपचारिकता मात्र जनाए ।
✍️
कला ढकाल झापा
४१// १) सारा नेपालीको चाहना मौलिक हक नखोसियोस् संविधान दिवसको शुभकामना । २) नेपालीको साझा संविधान जनताको सुरक्षा गर्ने मुख्य कानुनको सम्मान । ३) नेपाली जनताको ज्ञान अनुशासनमा बस्नु पर्छ देशको कानुन जान । ✍️ कृष्ण बजगाई, भक्तपुर
४३//
संविधानले गरोस् जय
हाम्रो भनुन् सबैले
कसैमा नहोस् भय ।
✍️
कपिलकिशोर घिमिरे
४४// कानुनले भन्ने गर्छ संविधान सबैभन्दा माथि सबैले मान्नु पर्छ । ✍️ अरुण कुमार भुजेल दार्जीलिङ्ग, भारत
४५//
संविधान दिवस मनाउँ
कागजमा मात्र होइन
व्यवहारमा पनि जनाउँ ।
✍️
बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा
४६// १) नेताले गरे लुट यो संविधान हेर्दा जनलाई छैन छुट । ✍️ दुर्गा भट्टराई माेरङ
४७//
१)
देश र जनताकाे
शिला नै हाे
सबै देशकाे एकताको ।
२)
संविधान दिवसको शुभकामना
देशविदेशमा हुनेहरू सबैको
पुगोस् इच्छा चाहना !
✍️
ईश्वर साउद (भिक्षु)
रामाराेसन गाउपालिका ६ सुदुरपशचिम अछाम
४८// बनोस् दुखीको पहिचान अधिकार लिपिबद्व गरेर रङ्ग भरोस् संविधान ! ✍️ राज बहादुर बडुवाल कनकसुन्दरी-५,जुम्ला
४९//
१)
देश चलाउने ऐन
मान्नु पर्ने नियम
सानालाई छैन चैन ।
२)
अत्याचारबाट उकास्ने संविधान
जता हेर्यो हर्ष
सबैको ओठमा मुस्कान ।
✍️
धनमाया चौधरी, कैलाली
५०// संविधान दिवस मनाऔँ हातमा हात राखेर नेपालमा नै रमाऔँ ! ✍️ मोहन आचार्य पाँचथर
५१//
१)
सोचौँ मनमा एकैछिन
नेपाली नेपालमै अट्ने
कहिले आउला दिन ?
२)
बोल्दा पुर्याउँदैनन् होश
नालायक देश हाँक्ने
संविधानको के दोष ?
३)
जनताले रगत बगाए
कानुन हातमा लिएर
नेताले खुट्टा घुमाए ।
✍️
शान्ता पौडेल भट्टराई
टङ्कीसिनवारी, मोरङ
५३//
संविधानबाट थियोे आस
केही भएन सोचेजस्तो
जनता छन् निरास ।
✍️
जनक बिसी
स्वर्गद्वारी नगरपालिका ५ सारी प्यूठान
हाल दक्षिणभारत कोचिनबाट
५४// १) संविधान बनेर आयो जनता भोकै घरमा नेताले छादुन्जेल खायो । २) संविधानको लिएर नाम मात्रै रहेछन् खाने खोइ गरेको काम ? ✍️ राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ
५५//
१)
गरेर आपसमा तानातान
कुर्सीका लोभी नेताले
बिगारे राम्रो संविधान ।
२)
संविधान राम्रो बनाए
आफैँले पालना गरेनन्
त्यसमै पानी खन्याए ।
✍️
सरस्वती श्रेष्ठ रुपन्देही बुटवल
झिल्का लेखन अभियान - ३३
५६// सार्वभौम देशको पहिचान तलमाथि हुनुहुन्न दबाबमा शक्तिमान् रक्षक संविधान । ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे
५७//
१)
संविधान संसोधनीय हुनुपर्छ
नाफामुखी होइन जनमुखी
हरेक व्यवधान फुनुपर्छ ।
२)
स्रोत हेरेर कानुन
कार्यान्वयन गरेपछि देखिन्छ
त्यसको गुण अवगुण !
✍️
मनोहरी पौडेल
गैडाकोट १
५८// जनतालाई खै संविधान रगतको बगाएर खोला अधिकार छैन समान । ✍️ सङ्गीता खरेल काठमाडौं
५९//
कस्तो संविधान आयो
यहाँ हत्याराले जेलबाट
वर्षेनी मुक्ति पायो ।
✍️
अनिता भण्डारी, ताप्लेजुङ
६०// १) जसले बनाए संविधान तोड्ने गर्छन् तिनैले जिउँदो लासको चिहान । २) संविधान सबैभन्दा ठूलो केवल नामको बनाए सत्ताधारीको निमित्त खुकुलो । ✍️ पृथक प्रकृति, झापा
६२// १) कसका लागि संविधान नेताहरूलाई सधैँ मोज जनता हुने अपमान । ✍️ ललिता गिरी, सिन्धुली
६३//
१)
कहिल्यै हुँदैन प्रगति
हाम्रो देशका भ्रष्टाचारीहरूको
अब नसुध्रिए मति ।
२)
देशका यूबा खाडीमा
संविधान दिवस मनाउन
नेता चिल्ला गाडीमा ।
✍️
लक्ष्मण देउवा डोटी
६४// समावेशी जातीय पहिचान अझै बनोस् जनतामैत्री सुशासन सहितको संविधान ! ✍️ वेल थोकर
६५//
१)
संविधानलाई पत्रु बनाए
जनतालाई मूर्ख ठानी
आफूलाई राजा भनाए ।
२)
नेताको देखाउँने दाँत
जनतालाई भोकै पारी
पुरियो यिनको आँत ।
३)
फेरिएन पुरानो बानी
शासकको रूप उस्तै
जनतालाई छैन पानी !
✍️
जयनारायण नेपाल
इलाम ,हाल सूर्यविनायक २
बालकोट ,भक्तपुर ।
६६// संविधान एउटा अधिकार सरकार र जनताबीचको परिभाषित सम्बन्धको आधार ! ✍️ अच्युत घिमिरे सर्पाङ, भुटान🇧🇹
६७//
संविधान हाम्रो शान
नेपाल आमालाई हँसाउन
राखौ यसको मान।
✍️
सविता भट्टराई, जनकपुर
६८// संविधान पुस्तकमा सिमित जनता अभावमा सदासर्वदा विकृति रहेकाे अव्यवस्थित । ✍️ प्रद्युम्न चालिसे
६९//
१)
संस्कृति संस्कार संविधान
समय सचेतना सबल
सबैको सहभागिता सम्मान ।
२)
विचरण विशुद्ध विद्वान
विराजमान विभु विघत
विकल विधि विद्यमान ।
✍️
ममता पौडेल
बुढीगङ्गा -२ , मोरङ
७०// संविधान देशमा हुनुपर्छ भ्रष्टाचारी सबै खोरमा फटहाहरू हात धुनुपर्छ । ✍️ एवाइ प्रभात सहिदभुमि धनकुटा
७१//
राम्रो संविधान बन्यो
जनता जस्ताको त्यस्तै
पर्ख अझै भन्यो ।
✍️
पुष्पा राई, खाेटाङ
झिल्का लेखन अभियानको ३३ औँ शृङ्खला (संविधान दिवस विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७१ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
//१// —————<•>————– १) समावेशी उत्कृष्ट संविधान सर्वत्र छ खुसी जन जनमा मुस्कान ! २) हटोस् अन्याय अत्याचार शुभकामना संविधान दिवसको पाउन् सबैले अधिकार ! ✍️ वसन्त अनुभव
२//
देशमा संविधान आएको
जनताले संङ्घर्ष गरेर
नेता यताउता छाएको ।
✍️
शोभा आचार्य गौतम
३// संविधान देशको शान इज्जत भनेको ठूलो गर देशको मान । ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ
४//
१)
नयाँ संविधान आयाे
तर अधिकार आएन
राष्ट्रले के पायाे ?
२)
संविधानमा अधिकार लेखियाे
न्याय नदिने न्यायालयमा
राजनैतिक धाँधली देखियाे ।
✍️
रबि पाैडेल, दक्षिण भारत पाण्डेचरी
५// १) संविधान कालो बनाए देश खोक्रो पारेर भ्रष्टचारी नेता गनाए । २) संविधान पालना नगर्नेहरू सत्तामा रहुन्जेल स्वादिलो भ्रष्टाचारीहरू बर्बराउँछ अरू । ✍️ चुडामणी देबकोटा पुरानोनैकाप काठमाण्डौ
६//
संविधान कस्तो बनायो
देशमा जनता मर्दा
आफ्नो खुसी मनायो ।
✍️
सञ्जना शर्मा, लमही दाङ
७// १) संविधान बारे जानुन् मूल कानुन नेपालको सबैले राम्रोसँग मानुन् । २) वीर सहिदको योगदान देशमा आयो गणतन्त्र लेखियो उत्कृष्ट संविधान । ✍️ सतीश पण्डित भानु६ चुँदी तनहूँ हाल चनपा६ मातातीर्थ
८//
धारा अध्यादेश संविधानमा
देशको सुरक्षा सर्वोपरी
नरहौँ फोस्रो अभिमानमा ।
✍️
मोती योन्जन सुब्बा, दार्जिलिङ
९// मान्नुपर्छ नियम संविधान अलि सप्रेला समाज रहला हाम्रो आत्मसम्मान । ✍️ सुनगाभा पोखरेल
१०//
लाग्छ संविधान यस्तो
बेल पाकेको खुसी
कागलाई नभएको जस्तो ।
✍️
केशवप्रसाद ढकाल 'प्रीतबीज'
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
११// संविधान दिवस धारा नेताले बुझेनन् कानुन अहिले देखाए पारा । ✍️ अम्बिका अधिकारी झापा बिर्तामोड
१२//
मूल कानुन जानुन्
आफ्नै मर्यादामा रहेर
सबैले पालना गरुन् ।
✍️
विष्णु पंगेनी(पाण्डे )
वालिङ स्याङ्जा
१३// १) उत्कृष्ट संविधान बनाए गरेर घृणित काम सबै नेता गनाए । २) सुधाराैँ सबले मति गरेर कार्यान्वयन संविधानकाे बढाऔँ विकासको गति । ✍️ त्रिलाेचन भण्डारी मेचीनगर, झापा
१४//
बनाउँ देश हाम्रो
संविधान नियम ल्याई
स्वर्गझैँ सुन्दर राम्रो ।
✍️
गंगाराम यादव
औरावनी, सुनसरी
१५// १) संविधानले नीति खोजेको सरकारले बनायो अन्धो जनताले आफैँ रोजेको । २) जनताले बलिदान दिए सङ्घर्षमा लड्दै गएर नेताहरूले हुर्मत लिए ! ३// संविधान दिवसको भावना सबै राष्ट्रिय जनसमुदायमा संविधानको हार्दिक शुभकामना ! ✍️ बेदु न्यौपाने
१६//
१)
भन्छन् उत्कृष्ट संविधान
जनता देखिँदैनन् खुसी
कसरी दिन्छन् सम्मान ?
२)
चाहेझैँ राम्रो बनोस्
समावेशी सर्वत्र भई
अझै उत्कृष्ट रहोस् ।
✍️
अर्जुन प्रसाद चौलागाई
रामेछापः-सुनापति-१
हालः-क्यानडा,क्यालगरी।
१७// १) सबैले पालना गरौँ संविधानको मूल कानुन यसको महत्त्व भरौँ। २) क्षमायाचना त गरौं गल्ती भए हजुर भ्रष्टमा राष्ट्रबाद भरौं । ✍️ शशीश्री आचार्य बौद्ध कुमारीगाल काठमाडौं
१८//
संविधान आएको दिन
मौलिक अधिकारक साथ
जानेनन् हात लिन ।
✍️
साहित्य प्रेमी सुशील
धनगढी
१९// १) मान मर्यादा भुलेर कानुन लुकाउँछन् देशमा भाषण छाड्दै खुलेर। २) जनतालाई राहत दिन बनेन संविधान मर्यादाको शान्तिको सास लिन। ✍️ बिकास छेत्री अञ्जान कैजले, बिजनबारी, दार्जिलिङ।
२०//
१)
भविष्यको उज्ज्वल तारा
अत्याचार धेरै भयो
संविधान तोड्ने पारा ।
२)
सबैतिर कुर्सी तानातान
किन राखेउ सरकार
कामै नलाग्ने संविधान ।
✍️
अन्मोल मुस्कान
तकदाह छाउनी, दार्जिलिङ।
२१// दुनियाँको मुहार फेर्ने यो संविधान खै ? सबैको भाग्य केर्ने । ✍️ दीप गोले तामाङ – रौतहट
२२//
१)
विधानका पानामा केरियोस्
अब आउँदो संविधानमा
गन्हाउने नेता फेरियोस् ।
२)
मरिजाने यो चोला
यहाँ कुर्सीकै लागि
बग्छ रगतको खोला ।
✍️
हिरामाया श्रेष्ठ
गजुरी १ धादिङ
२३// कागजमा लेखिएको ज्ञान आफैँ पालना गर्दैनन् जसले बनायो संविधान ! ✍️ मन्दिरा सेढाई, मलेखु,धादिङ
२४//
१)
ऐतिहासिक यो संविधान
कागजमा कैद भयो
व्यवहारमा मात्र उखान ।
२)
संविधान बनाए जनता
विदेशी चलखेल भयो
बढी भयो स्वतन्त्रता ।
३)
देश बनाए अचानो
जनताको उस्तै हाल
मानो न छानो ।
✍️
सुरेशकुमार पाण्डे, दाङ घोराही १८
२५// १) संविधान आहा भनुन् अध्ययन गरेर अक्षरस: ठूलो कानुनविद् बनुन् । २) संविधानको संरक्षण गर्नू हाम्रो कर्तव्य हो बर्खिलापमा अघि नसर्नू । ✍️ देव मगर तिनाउ-१,कचल,पाल्पा
२६//
दीप प्रज्वलन गरेर
संविधान दिवस मनाऔँ
देशभक्ति मनमा भरेर ।
✍️
पुष्पा सुवेदी
नेपालगन्ज,बॅाके।
२७// सबैभन्दा ठूलो ऐन सानालाई भने नियम ठूलालाई सधैँ चैन ! ✍️ आर्त अकुलीन
२८//
छैन यहाँ नुन
अर्काको भर परेर
के गर्नु कानुन ?
✍️
नागेन्द्रप्रसाद यादव
२९// संविधान आफैँलाई बनाए कानुन सबैलाई हुनुपर्नेमा गणतन्त्रको धज्जि उडाए । ✍️ शंकर कार्की, मकवानपुर
३०//
१)
संविधान दिवसको शुभकामना
मूल कानुन भनेर
जागाेस् सबैमा भावना !
२)
जसले कानुन मिच्यो
उत्कृष्ट संविधान भन्दै
राष्ट्रकाे सम्पत्ति घिच्यो ।
३)
जसले संविधान बनाए
लिएर हातमा कानुन
आज आफैँ गनाए ।
✍️
राज कुमार राजभण्डारी खाेटाङे
मध्यपुर ठिमी ५ संगमकाेलाेनी राधे राधे भक्तपुर ।
३१// संविधान देशको आधार गर्व गर्छौँ हामी स्वतन्त्र सबै पूर्वाधार । ✍️ कार्की डिबी माकुम
३२//
यसमा म आइनँ
आँसु छ आँखाभित्र
लेख्ने शब्दै पाइनँ !
✍️
ऋजु दिल्पाली
३३// संविधान कानुनकाे मूल सबै नेपाली जनताले पालनामा नगरौँ भूल ! ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान काभ्रे, बनेपा १४ साँगाबजार
३४//
मूल कानुन संविधान
पूर्णतः पालना गरे
जनताकाे हुन्छ मान ।
✍️
डिल्लीराज (राजेन्द्र) भुसाल
सन्धिखर्क-२, कुर, अर्घाखाँची
३५// शान्ति बढ्दै जाओस् संविधान बनाउदै,, हिंसाकर्म घट्दै आओस् ! ✍️ कुसुम कुवँर (बझाङ)
३६//
सही प्रक्रियाको संविधानले
जनतामा प्रगति दिलाउँछ
स्वाभिमान र पहिचानले ।
✍️
प्रेम थापा "मन"बागलुङ
३७// १) ल्याएको हो संविधान जनयुद्ध र जनआन्दोलनले जनतामा इज्जत मान ! २) चुन्न सकेनौँ ड्राइभर गणतन्त्रको रथ हाक्ने खोक्रो भयो घर ! ✍️ लोकबहादुर क्षेत्री
३९// १) संविधान दिवसको शुभकामना सकल नेपालीजनहरूको हेर नहोस् अन्यायसँग सामना । २) छाओस् खुसी जनमा उत्कृष्ट संविधान पाएर सन्तोष होस् मनमा । ३) नैतिकता हरेकमा भएमा उपयोग हुन्छ विवेकको नेता इमानदार रहेमा । ✍️ सुस्मिता अधिकारी, काठमाडौँ
४०//
१)
ठूलाबडालाई छ चैन
गरिब असहायलाई भने
लाग्दछ कडा ऐन ।
२)
सदनमा होडबाजी गर्छन्
भ्रष्टाचारी नेताको नाटकमा
सोझा निमुखा पर्छन् ।
३)
संविधान दिवस मनाए
न्याय बराबर छैन
औपचारिकता मात्र जनाए ।
✍️
कला ढकाल झापा
४१// १) सारा नेपालीको चाहना मौलिक हक नखोसियोस् संविधान दिवसको शुभकामना । २) नेपालीको साझा संविधान जनताको सुरक्षा गर्ने मुख्य कानुनको सम्मान । ३) नेपाली जनताको ज्ञान अनुशासनमा बस्नु पर्छ देशको कानुन जान । ✍️ कृष्ण बजगाई, भक्तपुर
४३//
संविधानले गरोस् जय
हाम्रो भनुन् सबैले
कसैमा नहोस् भय ।
✍️
कपिलकिशोर घिमिरे
४४// कानुनले भन्ने गर्छ संविधान सबैभन्दा माथि सबैले मान्नु पर्छ । ✍️ अरुण कुमार भुजेल दार्जीलिङ्ग, भारत
४५//
संविधान दिवस मनाउँ
कागजमा मात्र होइन
व्यवहारमा पनि जनाउँ ।
✍️
बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा
४६// १) नेताले गरे लुट यो संविधान हेर्दा जनलाई छैन छुट । ✍️ दुर्गा भट्टराई माेरङ
४७//
१)
देश र जनताकाे
शिला नै हाे
सबै देशकाे एकताको ।
२)
संविधान दिवसको शुभकामना
देशविदेशमा हुनेहरू सबैको
पुगोस् इच्छा चाहना !
✍️
ईश्वर साउद (भिक्षु)
रामाराेसन गाउपालिका ६ सुदुरपशचिम अछाम
४८// बनोस् दुखीको पहिचान अधिकार लिपिबद्व गरेर रङ्ग भरोस् संविधान ! ✍️ राज बहादुर बडुवाल कनकसुन्दरी-५,जुम्ला
४९//
१)
देश चलाउने ऐन
मान्नु पर्ने नियम
सानालाई छैन चैन ।
२)
अत्याचारबाट उकास्ने संविधान
जता हेर्यो हर्ष
सबैको ओठमा मुस्कान ।
✍️
धनमाया चौधरी, कैलाली
५०// संविधान दिवस मनाऔँ हातमा हात राखेर नेपालमा नै रमाऔँ ! ✍️ मोहन आचार्य पाँचथर
५१//
१)
सोचौँ मनमा एकैछिन
नेपाली नेपालमै अट्ने
कहिले आउला दिन ?
२)
बोल्दा पुर्याउँदैनन् होश
नालायक देश हाँक्ने
संविधानको के दोष ?
३)
जनताले रगत बगाए
कानुन हातमा लिएर
नेताले खुट्टा घुमाए ।
✍️
शान्ता पौडेल भट्टराई
टङ्कीसिनवारी, मोरङ
५३//
संविधानबाट थियोे आस
केही भएन सोचेजस्तो
जनता छन् निरास ।
✍️
जनक बिसी
स्वर्गद्वारी नगरपालिका ५ सारी प्यूठान
हाल दक्षिणभारत कोचिनबाट
५४// १) संविधान बनेर आयो जनता भोकै घरमा नेताले छादुन्जेल खायो । २) संविधानको लिएर नाम मात्रै रहेछन् खाने खोइ गरेको काम ? ✍️ राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ
५५//
१)
गरेर आपसमा तानातान
कुर्सीका लोभी नेताले
बिगारे राम्रो संविधान ।
२)
संविधान राम्रो बनाए
आफैँले पालना गरेनन्
त्यसमै पानी खन्याए ।
✍️
सरस्वती श्रेष्ठ रुपन्देही बुटवल
झिल्का लेखन अभियान - ३३
५६// सार्वभौम देशको पहिचान तलमाथि हुनुहुन्न दबाबमा शक्तिमान् रक्षक संविधान । ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे
५७//
१)
संविधान संसोधनीय हुनुपर्छ
नाफामुखी होइन जनमुखी
हरेक व्यवधान फुनुपर्छ ।
२)
स्रोत हेरेर कानुन
कार्यान्वयन गरेपछि देखिन्छ
त्यसको गुण अवगुण !
✍️
मनोहरी पौडेल
गैडाकोट १
५८// जनतालाई खै संविधान रगतको बगाएर खोला अधिकार छैन समान । ✍️ सङ्गीता खरेल काठमाडौं
५९//
कस्तो संविधान आयो
यहाँ हत्याराले जेलबाट
वर्षेनी मुक्ति पायो ।
✍️
अनिता भण्डारी, ताप्लेजुङ
६०// १) जसले बनाए संविधान तोड्ने गर्छन् तिनैले जिउँदो लासको चिहान । २) संविधान सबैभन्दा ठूलो केवल नामको बनाए सत्ताधारीको निमित्त खुकुलो । ✍️ पृथक प्रकृति, झापा
६२// १) कसका लागि संविधान नेताहरूलाई सधैँ मोज जनता हुने अपमान । ✍️ ललिता गिरी, सिन्धुली
६३//
१)
कहिल्यै हुँदैन प्रगति
हाम्रो देशका भ्रष्टाचारीहरूको
अब नसुध्रिए मति ।
२)
देशका यूबा खाडीमा
संविधान दिवस मनाउन
नेता चिल्ला गाडीमा ।
✍️
लक्ष्मण देउवा डोटी
६४// समावेशी जातीय पहिचान अझै बनोस् जनतामैत्री सुशासन सहितको संविधान ! ✍️ वेल थोकर
६५//
१)
संविधानलाई पत्रु बनाए
जनतालाई मूर्ख ठानी
आफूलाई राजा भनाए ।
२)
नेताको देखाउँने दाँत
जनतालाई भोकै पारी
पुरियो यिनको आँत ।
३)
फेरिएन पुरानो बानी
शासकको रूप उस्तै
जनतालाई छैन पानी !
✍️
जयनारायण नेपाल
इलाम ,हाल सूर्यविनायक २
बालकोट ,भक्तपुर ।
६६// संविधान एउटा अधिकार सरकार र जनताबीचको परिभाषित सम्बन्धको आधार ! ✍️ अच्युत घिमिरे सर्पाङ, भुटान🇧🇹
६७//
संविधान हाम्रो शान
नेपाल आमालाई हँसाउन
राखौ यसको मान।
✍️
सविता भट्टराई, जनकपुर
६८// संविधान पुस्तकमा सिमित जनता अभावमा सदासर्वदा विकृति रहेकाे अव्यवस्थित । ✍️ प्रद्युम्न चालिसे
६९//
१)
संस्कृति संस्कार संविधान
समय सचेतना सबल
सबैको सहभागिता सम्मान ।
२)
विचरण विशुद्ध विद्वान
विराजमान विभु विघत
विकल विधि विद्यमान ।
✍️
ममता पौडेल
बुढीगङ्गा -२ , मोरङ
७०// संविधान देशमा हुनुपर्छ भ्रष्टाचारी सबै खोरमा फटहाहरू हात धुनुपर्छ । ✍️ एवाइ प्रभात सहिदभुमि धनकुटा
७१//
राम्रो संविधान बन्यो
जनता जस्ताको त्यस्तै
पर्ख अझै भन्यो ।
✍️
पुष्पा राई, खाेटाङ