• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Tag: म्यामराज राई

साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ५२ सम्पन्न

  • २५ माघ २०८१, शुक्रबार ०८:३२ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको ५२ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६१ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ५२ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    १,
    साधनामा बनेर मार्गदर्शक
    कालजयी सिर्जना जन्माए,
    इतिहास बन्दछ आकर्षक ।
    २,
    प्रतिस्पर्धी आफ्नो स्वयम्
    रणको जुनसुकै मैदानमा,
    बेकार प्रदर्शनको अहम् ।
    ३,
    हाँसउठ्दो जुँगाको लडाइले
    फाइदा तेस्रोलाई पुग्छ,
    नोक्सान गर्छ बलमिचाइले ।
    ✍️म्यामराज राई
    भोजपुर
    …
    १,
    भन्दैन आफ्नो पराई
    भूकम्पको उत्पत्ति हुँदा,
    बस्छन् सबै डराई ।
    २,
    सानु कुनाकाप्चा नजाऔॅं
    भूकम्पको धक्काबाट बाच्न,
    खुल्ला ठाउँमा धाऔॅं ।
    ३,
    धनजनको नास गरायो
    दिएर कष्ट हामीलाई,
    भूकम्पले के पायो ?
    ✍️सीमा कार्की समर्पण
    मेलचोक पर्सा
    …
    १,
    हरपल गरौँ साधना
    मनबाट मौलाउने गर्छन्
    भित्री मनका भावना ।
    २,
    ठुलो रुख ढल्छ
    अहम्ता गर्छ जसले
    स्वयम् चितामा जल्छ ।
    ✍️केसर बोहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम (हाल भारत )
    …
    १,
    जलिसक्यो जल्नु अति
    अब जल्नु छैन
    अब हेर्दैनन् रति।
    २,
    सधैँ हात जोड्नुपर्ने
    सरकार भयो नालायक!
    जनताले अब गर्ने ।
    ३,
    जनताको नासो हेर
    जनताले नै लिन्छन्
    नतिजाले देखायो धेर।
    ✍️ वेदु न्यौपाने
    …
    १,
    क्षमता बेगर मच्चियो
    बेतालको मान्छे आज
    अन्यौल भई थच्चियो ।
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    …
    १,
    समयले धेरै सिकायो
    मान्छेको झुटो वचनले
    सबै विश्वास बिकायो ।
    २,
    मनै भयो खाली
    लाग्न थाल्यो सबै
    किन हुन्छन् जाली ?
    ३,
    बिरालो बनी आउने
    दुःख दिन अरूलाई
    व्यर्थै किन धाउने ?
    ✍️पुष्पा राई
    खोटाङ
    …
    १,
    फाटेको कपडा तुनिन्छ
    मुटुको घाउ भन
    अब कसरी पुरिन्छ ?
    २,
    नठोक मुटुमा किला
    सहुँ म कसरी ?
    देखायौँ विचित्रको लीला ।
    ३,
    सुनैसरि यो जीवन
    पित्तल भो अब
    टुटायौँ सम्बन्धको रिबन ।
    ✍️देव मगर
    तिनाउ-१, कचल,पाल्पा
    …
    १,
    पङ्खा फिॅंजाएर चरा
    आकाशमा उडिरहेको बेला
    बाजले टिप्यो कठैबरा !
    २,
    अब हातहरू नकमाऊ
    बाँच्छ देश भने
    बरु हतियार समाऊ ।
    ३,
    फूलहरू फुल्न देऊ
    निमोठेर कलिलो कोपिला
    नफक्रॅंदै ज्यान नलेऊ ।
    ✍️ध्रुव श्रेष्ठ
    खोटाङ ।
    …
    १,
    जातले नटुटोस् दिल
    हामी एक बनौँ
    गाड्दैनन् शत्रुले खिल।
    २,
    नेपाली हामी वीर
    झुक्दैनौँ कसैका सामु
    सगरमाथा हाम्रो शिर।
    ३,
    वीरहरूको गाथा अमर
    तिनैका सन्तान हौँ
    छ गर्वको स्वर।
    ✍️सतीश पण्डित
    भानु – ६ चुँदी, तनहूँ (हाल चनपा ६ मातातीर्थ)
    …
    १,
    गरौँ सबैले साधना
    त्यसैको लागि सधैँ
    गर्नुपर्छ दिनहुँ वन्दना।
    २,
    आफन्तको भएमा लडाइ
    फाइदा अरुलाई पुग्छ
    आफ्नाको हुन्न बढाइ।
    ३,
    सिकौँ समयसॅंगै चल्न
    यसलाई काट्न खोज्दा
    सक्तैन कहिल्यै फल्न।
    ✍️अर्जुन प्रसाद चौलागाई
    हालः-अमेरिका,बोस्टन।
    …
    १,
    नबसून् खाली हात
    उद्यमी बनून् सबै
    नलागोस् कहिल्यै मात।
    ✍️सतीश सिकारु
    चुँदी तनहूँ
    …
    १,
    चेतना फैलाऔॅं समाजमा।
    वन्यजन्तु, जङ्गल जोगाउनु
    डढेलो नलगाउनु वनमा ।
    २,
    रुन्छिन् आमा हेरेर
    धिक्कार्छिन् फेरि आफैलाई 
    शासन सत्ता देखेर
    ✍️भुपेन्द्र राना मगर
    धादिङ
    …
    १,
    मनोरन्जनको लागि खेला
    सस्तो सामान पाउन
    लगाइन्छन् अनेकौँ मेला।
    २,
    भन्छन् घुस नखाने
    भित्रभित्रै पैसा चल्छ
    टेबलमुनीबाट पोको लाने।
    ३,
    खोटा सिक्का चल्छन्
    गतिलोको भाउ छैन
    विद्वानले खुट्टा मल्छन्।
    ✍️नवराज भट्ट
    कञ्चनपुर
    …
    १,
    खेती गरेर खान
    छँदैछ जमिन हाम्रो
    पर्दैन परदेश जान |
    ✍️सरिता सेढाई
    धादिङ
    …
    १,
    जिन्दगी सङ्घर्षमा जिउनुपर्छ
    रुघाखोकीबाट जहिले बच्न
    पानी उमालेर पिउनुपर्छ !
    २,
    लगाउदा देखिन्छ चिटिक्कै
    भुवाको न्यानो कपडा
    लाग्दैन चिसो फिटिक्कै !
    ✍️हिरामाया श्रेष्ठ
    …
    १,
    कुर्सी मोहमा परे
    घर झगडा देखाउँदै
    दाजुभाइ नै लडे ।
    २,
    युवा अब उठ्नुपर्छ
    पूव पश्चिम सबैतिर
    विकास गर्न जुट्नुपर्छ ।
    ३,
    गाउँघर शून्य हुँदैछ
    छोराछोरी सहर छिरेपछि
    बाआमाो मन रुँदैछ।
    ✍️कला ढकाल
    झापा
    …
    १,
    जिन्दगीमा भयो दुख
    धैर्यता गरेँ मैले
    आउँदो रहेछ सुख।
    २,
    उ घमण्डी थियो
    सहनुमात्र गाह्रो रहेछ
    उपरवालाले सजायँ दियो।
    ३,
    यात्रामा दुख पाएँ
    पैसाले काम गरेन
    फुटपाथे खाना खाएँ।
    ✍️चुडामणी देबकोटा
    पुरानोनैकाप काठमाण्डौ
    …
    १,
    मनमा लागे खिल
    भन्नु यहाँ साह्रो
    खिन्न रहन्छ दिल।
    २,
    सबैलाई आफ्नो चाहिन्छ
    यस्तै हुन्छ सबैको
    कसैले मात्र पाइन्छ।
    ३,
    जलेर खरानी भयो
    मनको हरेक चाहहरू
    जवानी उसै गयो।
    ✍️निमा छिरिङ भोटिया
    जलढका कालेबुङ, भारत
    …
    १,
    तराई, पहाड, हिमाल
    मेचीदेखि काली हुँदै
    फैलिएको हाम्रो नेपाल ।
    २,
    अनेकतामा छ एकता
    विश्वमाझ परिचित हुनु
    हामी नेपालीको विशेषता ।
    ३,
    एकतामा हुन्छ बल
    विकासमा जुटौँ सबै
    नगरौँ कुनै अलमल ।
    ✍️शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    …
    १,
    बिर्सिदिनु बितेका कुरा
    साहस बढाउनु अगाडि
    सुल्झाउँदै काम अधुरा।
    २,
    मेटिँदैन भाग्यमा लेखेको
    कर्मले बनाउने भाग्यलाई
    उज्यालो भविष्य देखेको।
    ✍️होमप्रसाद नेउपाने
    धरान, सुनसरी
    …
    १,
    नफुटोस्  मनको बाँध
    देशको विकास गर्नलाई
    थापौँ समृद्धिको काँध ।
    ✍️प्रेम थापा “मन”
    बागलुङ
    …
    १,
    लुछाचुँडी ज्यान फाली
    शक्ति बाँडफाँड गर्दागर्दै
    सकेनन् राख्न सम्हाली।
    २,
    उधमशील हातहरूमा ताला
    राष्ट्रघाती सबैलाई घेरेर
    तर्नुपर्छ तिनका छाला।
    ३,
    एकतामा निरङ्कुशता जडेर
    शासक भनाउँदा नालायक
    जाँदैछन् गल्लीहरूमा सडेर।
    ✍️घनश्याम पन्त
    हरिवन सर्लाही
    …
    १,
    झार्छन् आँसुको धारा
    बनावटी रुवाइ देखेर
    हाँस्छन् आफन्त सारा।
    २,
    इमानदारीलाई हाल्छन् जेल
    भ्रष्टाचारीको संरक्षण गर्नु
    देखाउँछन् नेताले खेल।
    ३,
    नाराबाजीले देश बन्दैन
    नेताको झोले बन्नेलाई
    कसैले राम्रो भन्दैन।
    ✍️राज कुमार राजभण्डारी खोटाङ्गे
      ऐसेलुखर्क ३ खोटाङ (हाल भक्तपुर )
    …
    १,
    मन परेर खास
    बगैँचाको सौम्य फूल
    लाग्छ धेरै आस !
    ✍️आर्त अकुलीन
    …
    १,
    लिउँ प्रभुको नाम
    क्रमशमा सधैँ जगमा
    बन्दै जानेछ काम ।
    २,
    दुष्टको नहुने नामोनिशान
    सफल बन्नकालागि नित्य
    गरौँ प्रभु गुणगान ।
    ३,
    दिव्य दान अङ्गदान
    त्यसैले नित्य गरौँ
    प्रभुको भक्ति रसपान ।
    ✍️कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    …
    १,
    मालीको स्याहार फूलबारी
    शीत ताप बचाई
    प्रकोपको झट्का लघारी।
    ✍️कमला देवकोटा
    पाल्पा
    …
    १,
    सास हुन्जेल आस,
    कसलाई नहोला हेर
    स्वर्गमा बस्न बास !
    २,
    धेरै हौसिॅंदा पनि
    कहाँ लाग्छ दाना ?
    ढल्नुपर्छ कुप्रो बनी ।
    ३,
    कस्को नहोला कमजोरी,
    फसाउन तत्पर हुन्छन्
    काली अनि गोरी ।
    ✍️दीपा गुरुङ समभाव
    दुबेकोल खोटाङ
    …
    १,
    स्वार्थ झाङ्गिएर आयो
    हलचल भयो धरती
    सारा जगत् डरायो !
    २,
    जतासुकै हुन्छ धोका
    हरेक क्षत्रमा आत्मघाती
    भोका भेटिन्छ बोका ।
    ✍️विवश पारदर्शी
    झापा
    …
    १,
    पुस जानै लाग्यो
    बढाएर चिसो धेरै
    दिनप्रतिदिन तातो जाग्यो ।
    २,
    पोल्नु पोल्यो पट्टाले
    कठाङ्ग्रिॅंदो चिसोले मेरा
    न्याय धपाउने सट्टाले ।
    ३,
    भन्नैपर्छ अब खबर
    अब पुस भन्दाभन्दै
    राख्न सकिॅंदैन शबर ।
    ✍️ईश्वर साउद(भिक्षु)
    रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
    …
    १,
    दुःख नै खेपेर
    कति बस्छौँ नेपाली
    हामी सधैँ हेपिएर ।
    २,
    अब त जुट्नुपर्छ
    राष्ट्रियता खतरामा छ
    नेपाली हो उठ्नुपर्छ ।
    ३,
    सम्बन्ध हाम्रो नटुटोस्
    गद्दार नेताले गर्दा
    अस्तित्व हाम्रो नलुटोस्।
    ✍️दीप गोले
    रौतहट
    …
    १,
    हात्तीले सिंह मुल्किन्छ
    अर्बौमा लाख तिरेर
    हात हल्लाउदै झुल्किन्छ ।
    २,
    ठगिएका जनता पिरमा
    न्यायालय पनि पक्षपाती
    जनताको लगानी भिरमा ।
    ✍️राज बहादुर बडुवाल
    कनकासुन्दरी -५, जुम्ला
    …
    १,
    एकता दिवस मनाऔॅं
    वीरको गाथा गाउॅंदै
    पृथ्वी जयन्ती जनाऔॅं ।
    २,
    नेपाल एकीकरण गरेका
    एकतामा सबैलाई बाँध्दै
    गोर्खाबाट पृथ्वीनारायण झरेका ।
    ✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    …
    १,
    नौ शब्दको माला
    झिल्का नलेखी नपढी
    व्यर्थैमा जीवन जाला।
    २,
    जीवनमा हुन्छ घामपानी
    आलस्य गरेर बस्नेको
    बन्दैन सफल जिन्दगानी ।
    ✍️बिके मुखिया
    दार्जिलिङ भारत।
    …
    १,
    समय एकदिन आउॅंला
    जिन्दगी  व्यर्थ  जाँदैन
    अवश्य मौका पाउॅंला ।
    २,
    नलेख्नु जहिले  घोचेर
    हेपाइको सीमा हुन्छ
    लाटो लठुवा सोचेर ।
    ३,
    लेख्दछु झिल्का कविता
    सबै आत्मीय सम्झेर
    चोखो अभिव्यक्ति भविता ।
    ✍️मोती योन्जन सुब्बा  
    दार्जिलिङ 
    …
    १,
    दुख्छ मुटु मेरो
    गरिबलाई मात्रै आउँछ ,
    जताततै समस्याको घेरो ।
    २,
    पहिरिन जितको ताज
    सबैभन्दा पहिला त
    बनाउनुपर्छ असल समाज ।
    ✍️भोज विवश मगर
    गैंडाकोट -३ नवलपरासी पूर्व
    …
    १,
    ओभानो आँखाको तालको
    सबैलाई सम्झना सहित
    शुभकामना नयाँ सालको ।
    ✍🏻अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ
    …
    १,
    चिसो भयो मौसम
    सिरकमा गुटमुटिए पनि
    त्यत्तिकै बढ्छ दम।
    २,
    देखा परेन घाम
    ठण्डी धेरै बढ्यो
    गर्न सकिएन काम।
    ✍️अरुण कुमार भुजेल
    गोरूबथान, कालेबुङ, भारत
    …
    १,
    उचालेर स्याललाई उइ
    राजगद्दीमा राखेर सिॅंगारियो
    घोच्नुपर्यो सत्ताको सुई ।
    ✍️खुनराज कोइराला
    सिद्धलेक -३, धादिङ
    …
    १,
    भाइचाराको डोरी तन्काउँदै
    लागौँ हामी राष्ट्रनिर्माणमा
    एकताको नारा घन्काउँदै ।
    ✍️मन्दिरा सेढाई    
    मलेखु, धादिङ
    …
    १,
    हाम्रो राष्ट्रिय परिधान
    दौरासुरुवाल, कोट टोपीले
    राख्छ नेपालीको सान l
    २,
    गुन्युचोली अनि बर्को
    जस्तो सुन्दर संसारमा
    देखिन्न कतै अर्को l
    ३,
    ध्वजावाहक अग्लो हिमाल
    चन्द्र धरातलबाट पनि
    देखिन्छ अरे बबाल !
    ✍️बाबुराम गौतम
    गुल्मी
    …
    १,
    जनताको अपार माया
    दिमागमा राख्नु सधैँ
    नगर्नु कहिले दायाँबायाँ ।
    २,
    लागेको दाग मेट्नु
    दीनहरूको सेवा गरी
    सद्भाव राखेर भेट्नु ।
    ३,
    समय  बलवान् हुन्छ
    कर्तव्यमा जुट्नु सधैँ
    निम्छरोको मन छुन्छ ।
    ✍️प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    …
    १,
    लुगा फाटे सिलाउॅंला
    बिचमा दोमन नगर्नू,
    भड्केको मन मिलाउॅंला ।
    ✍️बिबा तामाङ
    दार्जिलिङ
    …
    १,
    भनेर सधैँ ढाँटिन्छ
    दीर्घायु हुन्छ सोझोको
    ढाल्दा सोझो ढालिन्छ !
    २,
    छैन बोलीको भर
    बोल्छन् मुखमा आएको
    नमानी कसैको डर !
    ३,
    ठान्छन् ज्ञानको खानी
    संसारमा केवल आफूमात्र
    समझदार अनि ज्ञानी !
    ✍️वसन्त अनुभव
    घोराही, वसन्तविहार ।
    …
    १,
    रहनु सदा इमानदार
    दुई दिने जिन्दगीभर
    खानुपर्दैन कहिल्यै हार ।
    २,
    रहोस् नयाँ भावना
    एकता दिवसको उपलक्ष्यमा
    सबैमा हार्दिक शुभकामना ।
    ✍️दुर्गा भट्टराई
    मोरङ
    …
    १,
    मान्छेका रहर थरीथरी
    चाहँदैमा सबथोक पाइन्न
    दुराग्रह नराख मनपरि ।
    २,
    परनिर्भर भयौँ हामी
    अपार सम्पदा हुँदाहुँदै
    कहिल्यै भएन दामी ।
    ✍️कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    …
    १,
    उत्साहा राखेर मनमा
    हिडौँ लक्ष्यमा सधैँ
    हरियाली होस् जीवनमा ।
    २,
    सियो बनेर छिरौँ
    इज्जत समालेर जहिले
    दुनियासामु आफू नगिरौँ ।
    ✍️जानुका बास्कोटा
    काठमाण्डौं
    …
    १,
    खास नबुझीकन सत्य,
    बजाइदिन्छन् ताली परर,
    उम्कन्छन् गराई फत्य ।
    ✍️लोक वहादुर छेत्री लामिछाने
    मोदी गा पा वडा नं २ देउपुर, पर्वत
    …
    १,
    नेपाली बनेर हेरौँ
    एकताको तागत बुझेर
    देशको बेथितिलाई फेरौँ ।
    ✍️सुस्मिता अधिकारी
    काठमाण्डौ
    …
    १,
    देखेर साँगुरो बाटो,
    ठेलमठेल हिड्ने गर्दा,
    बल्ड्याङ्ग खाने लाटो ।
    २,
    भिडभित्र बज्छ ताली
    इमान जमान नभएर,
    किनिइन्छ पैसा फाली।
    ३,
    शासन शक्ति भिडभित्र,
    तछाडमछाड खोक्रा कर्म,
    चोख्याइन्छ उनका मित्र।
    ✍️मनोहरी पौडेल
    गैडाकोट १
    …
    १,
    रहर गर्छ ‌मनले
    विश्वास दह्रो पार्न
    किन्न खोज्दै धनले !
    २,
    सुगन्ध थपिरहनु पर्दैन
    अचम्मको  हुन्छ  माया
    अरूले लत्याउँदा मर्दैन !
    ३,
    जीवनमा हाँसो चाहिन्छ?
    हुन्न मात्रै धनले
    ससाना कुरामा पाइन्छ !
    ✍️अच्युत घिमिरे
    सर्पाङ, भुटान
    …
    १,
    एकता नेपालीको शान
    पृथ्वीनारायण हुन् दूरदर्शी
    मान   अथवा   नमान ।
    २,
    परिवर्तनको नाम  लायो
    थियो विविधतामा एकता
    विखण्डन अचेल आयो ।
    ३,
    पुङमाङ  सरकार  आज
    जनतालाई महॅंगीको भार
    ल्याएर भिरेको ताज ।
    ✍️रामप्रसाद पुरी
    बादेल, खोटाङ
    …
    १,
    मान्छेले छाड्यो चिन्न
    मानवता अनि विवेक
    थाल्यो मनमोजी हिन्न ।
    ✍️विष्णु पंगेनी(पाण्डे )
    वालिङ् -स्याङ्जा
    …
    १,
    तिमी परिकल्पना मेरो
    चिन्दिन नभन्नु होला
    नाम बिर्से तेरो ।
    २,
    सँगै जोडिएको नाम
    कसरी बिर्सनु म
    सुनौलो अक्षरको खाम ।
    ✍️धनमाया चौधरी
    कैलाली
    …
    १,
    जिन्दगीको छैन निकास
    अनिवार्य गर्ने गरौँ
    मान्छेले सोचको विकास ।
    ✍️शंकर कार्की
    मकवानपुर।
    …
    १,
    आज हुरीबतास चल्यो,
    सम्झिएर माया तिमीलाई,
    मेरो मुटु जल्यो।
    २,
    सुकेको पात झर्‍यो
    नेताको फोस्रो आश्वासनले,
    बिकासहरू सबै मर्‍यो ।
    ३,
    निरन्तर कलम चलाइ,
    ज्ञानको ज्योति छर्दै,
    समाजको होस् भलाइ।
    ✍️देव स्याङ्देन
    कालेबुङ।
    …
    १,
    आमा म आउँछु
    आफ्नै राष्ट्रको गीत
    गाएर खुसी पाउँछु ।
    २,
    पीडा हुन्छ हजुर
    आफ्नो देश छोड्दा
    यादमा पशुपतिको गजुर ।
    ३,
    लालीगुराँस डाँडामा फुलेको
    बेँसी टार हुँदै
    पहाडको सुन्दरता खुलेको ।
    ✍️शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौं
    …
    १,
    साहित्यले व्यस्त बनायो
    मनको बिकार पखालेर
    विभिन्न समस्या हटायो।
    २,
    सक्रिय जीवन बनायो
    भावलाई सबै पोखेर
    मनमा शुद्धीकरण जगायो ।
    ३,
    पिरती गहिरो लायो
    अनिवार्य आवश्यक जस्तै
    नशाझैँ मलाई छायो।
    ✍️भगवती दवाडी
    झापा
    …
    १,
    साथी बिचमै छोडेर
    एक्लै लम्केर हिॅंड्छ्यौ
    मर्ला ठेस खाएर।
    २,
    मति बिग्रेका मित्र !
    कति स्वार्थी बन्छ्यौ ?
    देखाउॅंदै कुरूप चरित्र।
    ✍️हरिगोपाल न्हुच्छेँप्रधान
    काभ्रे, साागा बनेपा १४
    …
    १,
    सनातन धर्म जगाउन
    यसपटक प्रयागराजमा महाकुंभ
    भक्तहरूमा अखण्डता ल्याउन ।
    २,
    अलौकिक महाकुंभ पर्व
    शाही स्नानबाट सुरु
    सबै गर्छौ गर्व ।
    ✍️संगमानंद पत्रकार
    चूरु-राजस्थान, भारत
    …
    १,
    चिसो झनै बढ्दैछ
    तिम्रो याद मुटुमा
    अझै भित्र गढ्दैछ।
    २,
    म दोधारमा परे
    सबै निर्दोष भएपछि
    गल्ती कसले गरे ?
    ३,
    मित्रताको दूरी घटाऔँ
    हामी सबै मिलेर
    देशलाई अगाडि बढाऔँ ।
    ✍️खडक आर सि मिलन
    छेडागाड नगरपालिका २ साल्मा जाजरकोट
    …
    १,
    सुखमा नहौसिनु व्यर्थ
    दु:ख अनि सङ्घर्ष
    हो जीवनको अर्थ ।
    २,
    आत्मबल हो शक्ति
    दुढ विश्वास नहुनेहरू
    गर्छन् केवल भक्ति।
    ३,
    पसिनाको कमाइ मीठो
    देखासिकी गर्नु  ब्यर्थ
    खाऔॅं आफ्नै सिधोपिठो ।
    ✍️जयनारायण नेपाल
    इलाम (हाल सूर्यविनायक – २, बालकोट, भक्तपुर )

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविता

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ५० सम्पन्न

  • २५ माघ २०८१, शुक्रबार ०८:२२ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको ५० औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७७ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ५० मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    १,
    छायाँ उभिरहेछ दोबाटोमा
    तिमीलाई कुर्छ हिजोआज
    डोब बिर्सेर माटोमा ।
    २,
    सञ्जाल फुल्यो कुबाटोमा
    होहल्लाको भिड खोज्दै
    सकलीभन्दा नकलीको पाटोमा ।
    ३,
    अहङ्कारले अहङ्कारीलाई खान्छ
    कर्मानुसार प्रतिफल भागमा
    डोर्‍याउॅंदै भाग्यले लान्छ ।
    ✍️म्यामराज राई
    …
    १,
    हरायौ आज छाडेर
    जिउँदै जलाई यसै
    चिहान मुनि गाडेर ।
    २,
    बितेका समय बित्यो
    अभागी जिन्दगी मेरो
    झुठो कसमले जित्यो।
    ३,
    राख्नेछु आफ्नै नाम
    सङ्घर्ष गरेर आफैले
    सेवालाई सम्झेर काम ।
    ✍️शब्दको खेलाडी ( बिसु हाङ राई)
    विराटनगर
    …
    १,
    मुटु दुःख्छ पोलेर
    मलाई सबैले सोध्छन्
    देखाउन नमिल्ने खोलेर।
    २,
    सबै बिगार्‍यो हल्लाले
    राम्रो काम गरौँ
    सबै मिलेर सल्लाले ।
    ३,
    कर्मको फल राम्रो
    मिहिनेत गर्नुपर्छ भन्ने
    बानी छैन हाम्रो ।
    ✍️ललिता गिरी
    सिन्धुली, हाल काठमाडौं
    …
    १,
    सुटुक्कै मलाई ढाँटेर
    किन जाने टाढा
    नौ डाँडै काटेर !
    २,
    नयाँ वर्ष आयो
    बितेको पल छोडेर
    भविष्यमा झनै रमायो !
    २,
    राजनीति छताछुल्ल भयो
    सुधारको कुरा नगरौँ
    सुखको सपना गयो !
    ✍️अच्युत घिमिरे
    सर्पाङ, भुटान
    …
    १,
    देशमा बसेर बसाल
    मिलेर नियम नीति
    सत्तामा चढेर नखसाल ।
    २,
    एकोहोरो माया लगायौ
    आफ्नै दुनो सोझ्याएर
    बस्न नदिकन भगायौ!
    ३,
    सुनसान रातमा बोलेको
    अत्तोपत्तो थिएन हेर्दा
    आफै मन खोलेको!
    ✍️ बेदु न्यौपाने
    …
    १,
    न्याय नापेर गरिन्छ
    विचित्रको लोकतन्त्र हाम्रो
    भ्रष्टले कुर्सी भरिन्छ ।
    ✍️ ताराप्रसाद चापागाईँ
    …
    १,
    राखेर सोच शिरमा
    चलाउ हात पाखुरी
    नभए पर्लाऊ पिरमा ।
    ✍️चिरञ्जीवी श्रेष्ठ
    धनकुटा
    …
    १,
    टाँसेर मनमा यादहरू
    उमारेर गुलाफको फूल
    आउँछन् किन उन्मादहरू ?
    २,
    बोलेर झुटा कुरा
    कतिदिन टिकाउने हो
    हातमा काँचका चुरा ।
    ✍️होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।
    …
    १,
    अनेकौँ गर्ने लिला
    शक्तिशाली बनेपछि सबैको
    एउटै बन्ने आधारशिला ।
    ✍️भगवती दवाडी
    …
    १,
    लेखेको भावीले मेटिँदैन
    आस्था नराखी जगमा
    प्रभु दया भेटिँदैन।
    २,
    अतुलनीय माताको ममता
    संसारमा तुलना छैन
    पालनहार पिताको क्षमता ।
    ३,
    परमात्माबाट आत्मा लखेटिँदैन
    कुकर्म पुण्यमा नमिल्ने
    अकाट्यझैँ कहिल्यै फेटिँदैन।
    ✍️कार्की डिबी माकुम
    सुनवल -४, नवलपरासी
    …
    १,
    सधैँ हुन्छ आरपार
    अपरादको साथि पनि
    मोन हुन्छ सरकार।
    २,
    नैतिक पतन भयो
    राम्रोमा थियो पचेन
    नराम्रो खोज्दै गयो।
    ३,
    लगाए विकासमा ताला
    भिरमा देशलाई लगे
    बनेर विदेशी गोठाला।
    ✍️सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    …
    १,
    जीवनमा आउने बाधा
    देखाएर जान्छ बाटो
    तत्काल समाधान आधा ।
    २,
    तिमी अगाडि हुन्छौ
    दुनियाको वास्ता नगर
    सफलताको शिखर छुन्छौ ।
    ✍️ पुष्पा राई
    बादेल, खोटाङ
    …
    १,
    वचनले दुख्छ मन
    प्रिय बोल मिठो
    कठिन भयो सहन |
    २,
    हाल्यौ सिन्दुरको धर्को
    मलाई छाडेर अब
    नहेर्नु राजा अर्को |
    ✍️सरिता सेढाई
    धादिङ
    …
    १,
    किन गन्हायो राजनीति?
    सत्तामा बस्नेले यहाँ
    बिगारेर हो रीति।
    २,
    सपार्छौ तिमीले कहिले?
    आफूबाटै शुरू नगर्दा
    बिग्रिरहन्छ यहाँ जहिले।
    ३,
    मौका छ अझै
    नेतृत्वले कुरा बुझ्दा
    मिल्दथ्यो यहाँ सहजै।
    ✍️अर्जुन प्रसाद चौलागाई
    हाल:-अमेरिका,बोस्टन।
    …
    १,
    विदेश जानुको साटो
    दाजुभाइ हो बनाऊ
    आफ्नै देशको माटो ।
    २,
    खेतको फराकिलो पाटोमा
    खेती गर्न जानेदेखि
    सुन फल्छ माटोमा ।
    ३,
    लगानी लाग्छ कम
    मेहनत गर्नुपर्छ हामीले
    अल्छी नगरी हरदम ।
    ✍️हिरामाया श्रेष्ठ
    गजुरी १ धादिङ
    …
    १,
    भित्रिने नयाँ साल
    सुखद रहोस् सबैको
    जिन्दगीको सर्वपक्षीय हाल ।
    २,
    शीतको थोपा चुहिद‌ैँछ
    प्रचण्ड त्यो गर्मी
    आजकल कता कुहिदैँछ ।
    ३,
    सोचेजस्तो केही हुन्न
    सीमा नाघे पनि
    किन नेतृत्वलाई छुन्न ।
    ✍️त्रिलोचन भण्डारी
    मेचीनगर, झापा
    …
    १,
    भाग्य बदलौँ कर्ममा
    देश बनाउन कराउनेले,
    मलम लगाइदिऔॅं मर्ममा ।
    ✍️सुस्मिता अधिकारी
    काठमाण्डौं
    …
    १,
    अब अलमलमा नपरौँ
    यो दलाल सत्ताको
    सङ्घीयता खारेज गरौँ ।
    ✍️दीप गोले तामाङ
    रौतहट
    …
    १,
    कसको भर पर्ने
    छन् स्वार्थी अवसरवादी
    आफ्नै पेट भर्ने !
    २,
    बलिको बोको पार्छन्
    सुको दामका लागि
    यहाँ मर्छन्, मार्छन् ।
    ३,
    क्रोध डाह पर्चन्ड
    छ मानव आकृति
    प्रवृत्ति दैत्य मुसन्ड !
    ✍️वसन्त अनुभव
    घोराही, दाङ
    …
    १,
    कसैलाई उचाल्छ शृङ्गारले
    घमण्ड तिरस्कार संस्कार
    कसैलाई खसाल्छ अहङ्कारले।
    २,
    जिन्दगी भोग्दाका कथाहरू
    हाँसो खुसीका पलपल
    बल्झी रहन्छन् व्यथाहरू ।
    ३,
    चढ्दो, बढ्दो जवानी
    फूलबारीमा फुल्ने फूल
    बिस्तारै हुन्छन् खरानी।
    ✍️घनश्याम पन्त
    हरिवन सर्लाही
    …
    १,
    मन कसरी खोल्यौ ?
    दुनियाँको माझमा भन
    के भनेर बोल्यौ ?
    ✍️निमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    …
    १,
    भयो जवान लक्का
    मेहनत गर्न जाने
    सफल भइन्छ पक्का।
    २,
    सरेर सधैँ अगाडि
    हुँदैन अरूको भर
    नहट कहिल्यै पछाडि ।
    ३,
    काम नगर अलपत्र
    सोच राख राम्रो
    दुख पाइन्छ नत्र ।
    ✍️भोज विवश मगर
    गैंडाकोट -३ नवलपरासी पूर्व
    …
    १,
    देशको बेहाल देख्दा
    नकाँपोस् हात कहिल्यै
    विकृति विरुद्ध लेख्दा ।
    २,
    जसलाई हो रोजेको
    उपलब्धीका लागि नै
    हो मैले खोजेको ।
    ✍️प्रेम थापा “मन”
    बागलुङ
    …
    १,
    बुझेर संसारको सार,
    हाँस्दै खेल्दै रमाउँदै
    लगाऊ प्रभु पार !
    ✍️आर्त अकुलीन
    …
    १,
    देश कसरी बन्छ
    हिजोआज न्याय पनि,
    पैसामा किनिन्छ भन्छ।
    २,
    लोभले खायो नैतिकता
    दया भन्ने हरायो ,
    कहाँबाट खोजौ दूरदर्शिता।
    ✍️शंकर कार्की
    मकवानपुर।
    …
    १,
    नरुनु धकेर कहिल्यै
    रुवाउने आफ्नैले रहेछ
    विचार पुराएनौ पहिल्यै।
    २,
    आँसु पुछ्ने हात
    आफ्नेले लडाउँछ यहाँ
    मिलेर गर्छन् घात।
    ✍️चुडामणी देबकोटा
    पुरानोनैकाप, काठमाण्डौ
    …
    १,
    सोचेर गर्नु बात
    धेरै बाठो हुँदा
    खाइन्छ आफै लात।
    २,
    भ्रष्टाचार हुन्न गर्नु
    धन कमाऊ परिश्रमले
    जेल किन पर्नु ?
    ✍️राज कुमार राजभण्डारी खोटाङे
    ऐसेलुखर्क – ३, खोटाङ (हाल भक्तपुर )
    …
    १,
    गाँसेर यादहरूको माला
    सधैँ बाटो कुरिरहेछु
    ओढेर मायाको टाला ।
    २,
    भाग्य पनि कस्तो
    नहुने रहेछ हेर
    आफैँले सोच जस्तो ।
    ३,
    उठ्न सकेन देश
    गिराउने र उठाउने
    गर्दैमा फुल्यो केश ।
    ✍️दीपा समभाव
    दुबेकोल खोटाङ्ग
    …
    १,
    भ्रष्टाचारको बढ्दैछ लठारो
    पापीहरूको बस्ती चलोस्
    हानौँ सबैले झटारो।
    २,
    वेदनाका खेती छाटेर
    बाँचौँ अब सबै
    एकार्कामा पीडा साटेर।
    ✍🏻अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ।
    …
    १,
    स्वतन्त्रताको नक्कली आवरणभित्र
    बादशाह बन्न चाहनेहरूको
    देखिॅंदैछ नाङ्गो चित्र !
    २,
    लगाइ नक्कली  ताज
    लिन पिर्के सलामी
    छैन यिनलाई लाज ।
    ३,
    नखोज पतनको बाटो
    बैलैमा होशियार बन
    सम्झेर देशको माटो ।
    ✍️जयनारायण नेपाल
    इलाम ,हाल सूर्यविनायक २, बालकोट भक्तपुर
    …
    १,
    मनको घाउ मेटाऊ
    मुटु दुखेको देख्दैन
    तिमीलाई कहाँ भेटाऊ ।
    २,
    अर्थ नबुझेर बोल्छौ
    दुःखको भुमरीमा परी
    थाहा पाएर ओकल्छौ ।
    ३,
    सुहाएन भन्यौ आज
    फुकेन सम्झनाको गाँठो
    अनेक कोशिस राज ।
    ✍️अम्बिका अधिकारी
    झापा बिर्तामोड
    …
    १,
    रातो पिरो डल्ले,
    स्वादिष्ट अचार खाएर,
    रिमझिम मष्तिष्क हल्ले।
    २,
    सबैको चोखो भावना,
    सार्थक बनोस् जीवन,
    नयाँ वर्षको शुभकामना।
    ३,
    गरौँ राम्रो कर्म,
    बाँचुन्जेल यस धरतीमा,
    यही मनुष्यको धर्म।
    ✍️देव स्याङ्गदेन
    कालेबुङ
    …
    १,
    सपनाको दुनियाँ आउँछ
    सत्यले जित्यो भने
    मनको दिन ल्याउँछ ।
    २,
    स्वार्थको बादलले ढाकेर
    आजको मनुष्य चोलामा
    बस्नुहुन्न मन पाकेर ।
    ३,
    सर्वत्र शान्तिको खोजीमा
    रह्यो अवकाशको समय
    जीवनको आशा गोजीमा ।
    ✍️नन्दलाल आचार्य
    बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश, नेपाल ।
    …
    १,
    गन्तव्य भेदन अभियान
    निरन्तर बढ्दै अगाडि
    दिऔॅं सबैले मन।
    २,
    लक्ष चुम्ने अभियानमा
    लाग्नु उत्तम कर्म
    बाँडेर शुभकामना जगमा।
    ✍️हरिगोपाल न्हुन्छेँप्रधानल
    काभ्रे, साँगा बनेपा १४ ।
    …
    १,
    ऊ बोकेर झोला
    हिॅंडेको छ बिहानै
    कताको साइत होला ।
    २,
    हातमा बन्दुक बोकेर
    कता हिड्यौं साइँला
    ढोकामा ताल्चा ठोकेर ।
    ✍️साबित्री प्याकुरेल
    धादिङ
    …
    १,
    राजनीतिक गन्दगीको खेल
    भ्रष्टाचारीहरूले सोझा जनतालाई
    पारेका छन् ओझेल ।
    २,
    पहिले पहिले फसायौ
    छलकपट गरेर मलाई
    तिमीले मायामा बसायौ।
    ३,
    अहङ्कारी आफै जल्छ
    खेतबारीमा मेहनत नगरे
    कहाँ फल फल्छ ।
    ✍️केसर बोहरा ‘सङ्घर्ष’
    सुदूरपश्चिम अछाम (हाल भारत)
    …
    १,
    न्याय हराएको देश
    बिनाकसुर राम्रोलाई लगाउॅंछन्
    यहाँ मुद्दा, केस ।
    २,
    उदायो झिल्का घाम
    दिन बित्यो त्यसै,
    छैन कुनै काम।
    ✍️बेल तामाङ थोकर
    मकवानपुर
    …
    ०१,
    बालेनको भयो जय
    तीस वर्षसम्मको शासनले
    नेताहरूको भयो भय ।
    ०२,
    न्याय मरेको देश
    भर छैन बोलीको
    नानाथरी गर्छौ भेष ।
    ०३,
    पहिले कुरा आँटको
    नजित्दासम्म कुरा एक
    पत्याउन सकिन्न ढाँटको।
    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”
    पाल्पा।
    …
    १,
    डल्ले खुर्सानी खाऔॅं
    ग्यास्टिक निर्मुल पारी,
    शरीर स्वस्थ बनाऔॅं ।
    २,
    पाइन्छ खुर्सानी जहाँतहीँ
    चनाखो पार्छ जिब्रोलाई,
    खाने गरौँ कहिलेकहीँ ।
    ३,
    खुर्सानीको अचार बनाई
    बिक्री गरौँ पसलमा,
    हुन्छ राम्रो कमाई ।
    ✍️सीमा कार्की समर्पण
    मेलचोक पर्सा
    …
    १,
    नहुँदा आत्मिक चिनाजानी
    हेर्दा रहेनछन् कसैले
    भयो दु:खद कहानी।
    २,
    कस्ले खोज्छ गुण
    जाउ उतैतिर जता
    चल्ने गर्छ भनसुन ।
    ✍️हिरालाल न्यौपाने
    बानपा ८ कोटमौला सल्यान
    …
    १,
    आफ्नै  बेहोसीले आज
    आफैँभित्र द्वन्द्व गर्छौँ
    अर्कोलाई भिराउन ताज ।
    २,
    माया दोहोरी लाउँदैछु
    घुम्तीमा ढिलाइ हुनाले
    पख्नोस् बिस्तारै आउँदैछु ।
    ३,
    मेट्नलाई मनको तिर्सना
    रहरमा सबैलाई सुम्पिनु
    लेखेर  भावना  सिर्जना ।
    ✍️रामप्रसाद पुरी
    बादेल, खोटाङ
    …
    १,
    ओहो ! मौसम कस्तो
    गरिबको दीन , दुखी
    जीवन भयो सस्तो ।
    ✍️नागेन्द्रप्रसाद यादव ।
    …
    १,
    विचित्र छ संसार
    यसको गरिमा बुझ्नलाई
    सकिँदै गरेर पार।
    २,
    समय आउँछ पर्खिँदैन
    बुझेर सदुपयोग गरौँ
    फेरि फर्किन्छ फर्किँदैन।
    ३,
    धर्म संस्कार नभुल्नु
    मानमर्यादा संस्कृति बिर्सिँदै
    विसङ्गतितिर कहिले नझुल्नु।
    ✍️विकास क्षेत्री अञ्जान
    कैजले, बिजनबारी, दार्जिलिङ।
    …
    १,
    जन्मदिनको खुशियाली मनाउने
    आमालाई के थाहा ?
    बुढेसकालमा तिनैलाई गनाउने ।
    २,
    आफू भोकै बसी
    बच्चाको पेट भर्न
    चहार्ने आमा खसी ।
    ✍️धनमाया चौधरी
    कैलाली
    …
    १,
    थुक्छ दुनियाँ सारा
    आज आफ्नै छोरो
    बन्यो परिवारको हत्यारा।
    २,
    किन हुन्छ बारम्बार
    हत्या हिंसा देशमा
    कारण खोज सरकार ।
    ✍️अनिता भण्डारी
    ताप्लेजुङ
    …
    १,
    तिमी हामी भेटौँ
    माया हुन्छ गाढा
    रिसलाई चाहिँ रेटौँ ।
    २,
    बेलीचमेलीको बास्ना मिठो
    रमाइलो आफ्नै गाउँ
    म नेपाली ठिटो ।
    ३,
    बागमतीमा विश्रजन मलमूत्र
    छैन पापधर्मको चेतना
    निकालौँ सोच्छ सूत्र ।
    ✍️शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौं
    …
    १,
    मुटुमा गडेको किल
    सम्झना उहि निष्ठुरीको
    नयन डिल टिलपिल।
    २,
    मानव धनको दास
    धनकै पछि दगुर्दै
    जीवनको हुन्छ अवकाश।
    ३,
    आधा आकाश नारी
    सम्मानपुर्ण  ब्यवहार गरौँ
    सुख समृद्धिको सवारी ।
    ✍️बिमल पोखरेल
    धरान -१७,पटनाली
    …
    १,
    मानिस छाया जस्तो
    जात पुकारे हेला,
    किन जाग्न ढिलो ?
    २,
    जातजातिको कुरामा अछुत
    हेला गर्दा बनेको
    देशप्रेमी हुन् सपूत ।
    ३,
    कसरी सम्झाउने समाज
    महिला, पुरुष जन्मेको
    अछुत हुँदैन आज ।
    ✍️भोलामान बर्देवा
    धरान – ८, सुनसरी
    …
    १,
    न्याय मरेको देश
    न्यायको पर्खाइमा मरे
    अदालतमै छन् केस ।
    २,
    सोर्स फोर्स चाहिन्छ
    उजुरी गर्न यहाँ
    न्याय कहाँ पाइन्छ?
    ✍️देव मगर
    तिनाउ-१, कचल, पाल्पा
    …
    १,
    जिन्दगीमा नखाऔॅं ठगी
    सुकर्म गरौँ बाँचुन्जेल
    नबनाऔँ कवै गन्दगी।
    ✍️सरस्वती श्रेष्ठ
    रुपन्देही बुटवल।
    …
    १,
    हुँदैन मन जलाउनु
    अरूको सफलता देखेर
    मिहिनेतले जीवन फलाउनु।
    २,
    रिस हुन्छ प्रचण्ड
    जुन व्यक्तिको मनमा
    गर्दछ त्यसले घमण्ड ।
    ✍️खडक आर सि मिलन
    छेडागाड नगरपालिका २ साल्मा जाजरकोट
    …
    १,
    आफूलाई सर्वेसर्वा ठान्छन्
    नीतिबिनाको भो राजनीति
    विरोध गर्नेलाइ हान्छन्।
    २,
    युवाहरू सकिए देशमा
    खाड़ी लगी बेच्नेहरू
    हिँड्दैछन् सुकिलो भेषमा।
    ✍️अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ, भारत।
    …
    १,
    पुस, महिना मिनपचास
    भेडा सरह बादल
    झुरूप्प ढाकेको आकाश ।
    २,
    लाग्दैछ पुस घमाइलो
    कुनैदिन हिउँ फुरुरु
    गर्छन् सबै रमाइलो ।
    ✍️मोती योन्जन सुब्बा 
    दार्जिलिङ।
    …
    १,
    वर्षातमा खोसियो गास
    आश्वासनको पोको बाँडेर
    नेताले हाले घाँस ।
    २,
    हिउँदमा पालको बास
    चिसोले कठाङ्ग्रिने भए
    राज्य नभएको आभास ।
    ✍️राज बहादुर बडुवाल
    कनकासुन्दरी -५,जुम्ला
    …
    १,
    हिॅंड्छ खोलो भनेको,
    फोहोर फाल्यो मूलमा
    सामन्तले प्रजातन्त्रलाई खनेको ।
    ✍️लोक बहादुर छेत्री लामिछाने
    मोदी गा पा वडा नं २ देउपुर, पर्वत
    …
    १,
    आज घाम हरायो
    पानी पर्ने लक्षण
    मौसम चिसो गरायो ।
    ✍️मन्दिरा सेढाई    
    मलेखु, धादिङ
    …
    १,
    दुखमा दुखै मिसायौ,
    एकैछिन कुराकानी गर्न,
    डिलैमा भारी बिसायौ ।
    २,
    माया गर्छु भनेर,
    मलाइ झुक्याएर गयौ,
    हिॅंड्यौ पैसा गनेर।
    ३,
    स्वार्थले तिमी पोतिएर,
    बद्लिने भए तिमी,
    चन्द्रको ज्योति हेर ।
    ✍️शैलेन्द्र पण्डित
    तनहु
    …
    १,
    झुल्क्यो पूर्वमा घाम
    अनेक खुल्छन् सपना
    लिएर नयाँ आयाम ।
    २,
    हुन्छन् कुरा हजार
    कामकाज ठप्प पारेरै
    तताउँछन् व्यर्थ बजार
    ✍️शुक्रराज कुँवर
    धरान १०
    …
    १,
    दृश्य सुन्दर लाग्छ
    कोसिस गर्नुपर्छ सफल
    अवश्य दुर्गति भाग्छ ।
    २,
    पाए ज्ञानको ज्योति
    आज सुन्दर देख्दाखेरि ,
    मन भयो  अति ।
    ✍️श्रीकृष्ण धामी
    बझाङ  नेपाल
    …
    १,
    नगरेसम्म अलिकति टसल
    बन्दैन कसैको पनि
    जिन्दगी सोचेझैँ असल l
    २,
    हुँदैन सम्बन्धको जाबिता
    नराखेसम्म एकले अर्कोप्रति
    विश्वास अनि मानिता l
    ३,
    गरेर अनवरत पहल
    झिल्काको सानो घरलाई
    बनाउनुछ आलिसान महल l
    ✍️बाबुराम गौतम
    गुल्मी
    …
    १,
    युवा फर्केर आऊ
    देशमा  श्रम बगाएर
    ढिडो पिठो खाऊ।
    ✍️दुर्गा भट्टराई
    मोरङ
    …
    १,
    नजर फसाउने रूप
    लगाई मन्त्र मोहनी
    मन चोर्छौ खुप।
    २,
    जीवनको यो कालखण्ड
    परिवर्तन ल्याउँछ उमेरले
    नगर रूपको घमण्ड।
    ✍️कोपिला अधिकारी
    सिरानचोक ७, गोरखा
    …
    १,
    सङ्घर्ष जीवनको पाटो
    आफैले गोरेटो खनेर
    पत्ता लगाउने बाटो ।
    २,
    हरियो पाखा पहरा
    हाम्रो देशको गौरव
    हिमाल पर्वत छहरा।
    ✍️दुर्गा आचार्य
    मोरङ
    …
    १,
    व्यस्त सत्ताको काम
    पद जोगाउन समस्या
    लाग्दैन आङमा घाम ।
    २,
    शक्तिको पछाडि भक्ति
    यहीँ समस्याको मूलजरो
    सरोकारवालाको घट्यो आशक्ति ।
    ३,
    मनुज ईश्वरको अंश
    बाँच्ने दैवको सहायताले
    ऋषिमुनिका हामी वंश ।
    ✍️प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    …
    १,
    मनमा चाहेर पनि
    केही काम हुँदैन
    के गर्ने अनि ?
    २,
    निनन्याउरो अनुहार किन ?
    के भएको हो ?
    सोचमा छौ एकछिन ।
    ✍️रवि पौडेल
    दक्षिण भारत पाण्डेचरि ।
    …
    १,
    युवाबाट कुलत छोडाऊ
    सटरबाहिर जहिले सुत्नेलाई
    तातो कम्बल ओढाऊ !
    २,
    न्यानो तातो भएर
    बसौँ जाडो भरी
    आगो नजिक गएर।
    ✍️सविता भट्टराई
    जनकपुरधाम
    …
    १,
    बरफ जस्तो मन
    किन गर्छन् मान्छे ?
    लुकाएर कालो धन ।
    २,
    मान्छेको व्यवहार देखेर
    छक्क पर्छु आफै
    हिॅंड्छन् बाटो छेकेर।
    ✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कन्छो )
    कनकाई ४ झापा
    …
    १,
    पानीमा आगो बाल्छ
    दुधको झिँगोझैँ गरी
    टिपेर बाहिर फाल्छ !
    २,
    खुङ्खार अहङ्कार देखायो
    घमण्डले मातिएर आज
    मण्डलेको इतिहास लेखायो !
    ✍️विवश पारदर्शी
    झापा
    …
    १,
    गर्दैनन् केही लोकले
    दुनो सोझ्याउने आफ्नै
    मर्छन् निर्धो भोकले ।
    २,
    नेताको हातको टीका
    लगाएर चलाउँछ मान्छे
    आफ्नै ढङ्गले जीविका ।
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    …
    १,
    होली वाइन खाएनन्
    छातीमा देश राख्नेले
    कुर्सीमा मौका पाएनन् ।
    २,
    मनको दरार घटाऔॅं
    राष्ट्रभक्त नेपाली मिलेर
    आमाको लाज हटाऔॅं ।
    ✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चोक-७, उपल्लो गोहोरे, गोरखा
    …
    १,
    जाँदैछु मारेर रहर
    समाज छैन राम्रो
    जाँदैछु छोडेर सहर ।
    २,
    आफ्नाहरू आफ्ना भएनन्
    आशा थियो आफन्तकै
    उहाँहरू आफ्नै रहेनन् ।
    ✍️उपेन्द्र राज विश्वकर्मा
    अछाम
    …
    १,
    खेतबारी बाझो नराखी
    परिश्रम गरेर सधैँ
    बाँच्नेछु कसैलाई नढाँटी।
    २,
    पाटीको झोला नबोकी
    पाइएन जागिर खान
    दुईचार नेता नठोकी।
    ✍️कला ढकाल
    झापा
    …
    १,
    गर्छन् सत्ताको सौदाबाजी
    जिउॅंदै मासी मरेकाहरू
    दुश्मन भए पाजी ।
    २,
    न्यायले विवाद छिनेनन्
    परचक्रीको गोठालो बने
    जनतालाई कहिल्यै चिनेनन् ।
    ✍️ऋजु दिल्पाली
    इटहरी -१, हलगडा सुनसरी ।
    …
    १,
    नेपाल सुन्दर फूलबारी
    विनाशबाट सदा बचाउन
    मिलेर गरौँ रखबारी ।
    २,
    बोलेर तीखो वचन
    चोट पार्दछ गहिरो
    कसैलाई पनि नभन ।
    ✍️बद्री पोखरेल
    बिराटनगर
    …
    १,
    उठ जाग नारी
    लाचार,कमजोर, विवश
    नबन हिम्मत हारी ।
    २,
    बदलिनु पर्छ तक्दिर
    अघि बढ्न तिमी
    तोड्नु सबै जन्जिर।
    ३,
    हुदैन आफैं चमत्कार
    बुझ प्रगतिपथमा हिड्दा
    आउँछ बाधा बारम्बार  ।
    ✍️रुना कर्माचार्य दाहाल
    चितवन
    …
    १,
    न्याय पाउने आस
    नेपालीमाथि कहाँ सम्भव
    हुन्छ र खास ।
    २,
    कुरा एक काम
    अर्कै गर्छन नेता
    सार्न अघि नाम ।
    ३,
    जिन्दगी एकै पल
    भन्न त भन्छन्
    तिर्खा मेटाउने जल ।
    ✍️ईश्वर साउद ‘भिक्षु’
    रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
    …
    १,
    शिरमा टोपी लाउने
    संस्कृति, संस्कार जोगाउँदै
    चिसोलाई टाढा भगाउने  ।
    २,
    टोपी हाम्रो सान
    शिरमा ढलक्क ढल्काउँदै
    राखौँ यसको मान ।
    ३,
    चिसोबाट जोगिने काइदा
    मनन गरौँ सबैले
    टोपी लगाउनुको फाइदा ।
    ✍️शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी , मोरङ

    ::::::::जय झिल्का साहित्य ! :::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविता

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ४९ सम्पन्न

  • २५ माघ २०८१, शुक्रबार ०८:१९ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको ४९ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६९ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ४९ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    १,
    चर्चा कमाउने लोभमा
    इज्जत नर्क पठाउॅंछन्,
    नेपथ्यलाई बनाउॅंदै क्षोभमा ।
    २,
    जिन्दगीलाई अर्थ्याएँ – भुइॅंचालो
    उनले भनिन् – महासागर
    खास रहेछ उकालोओरालो ।
    ३,
    स्थायी हुन्छ संसार
    बाँच्ने समय अस्थायी
    चाहिॅंदैन मलाई अहङ्कार ।
    ✍️म्यामराज राई
    …
    १.
    छातीमा वीरताको गाथा
    मुटुमा छ नेपाल
    शिरमा प्यारो सगरमाथा !
    २.
    रङीविरङ्गी फूलको वाग
    साझा हाम्रो पुण्यभूमी
    छैन आपसमा रिसराग !
    ३.
    सुशितल कञ्चन जल
    खोला अनि नदीनालामा
    बग्छ हमेसा कलकल !
    ✍️वसन्त अनुभव
    घोराही, दाङ
    …
    १,
    सुन्दर नेपाल राम्रो
    गौरवको गाथा सगरमाथा
    नेपाल देश हाम्रो।
    २,
    चन्द्र सूर्यको झण्डा
    फर्फराएको हेर्नू छ
    वैरीलाई हान्ने डण्डा ।
    ३,
    वीरताको गाथा गाएर
    गन्तव्य शिखर पुग्नुछ
    सगरमाथा शिखर धाएर!
    ✍️ बेदु न्यौपाने
    …
    १,
    मुटुमा सजाउँछु सगरमाथा
    मन मस्तिष्कमा देश
    गाउँछु नेपाली गाथा। 
    २,
    विश्वको शिरपोस सगरमाथा
    ब्राह्मणकै सुन्दर देश
    हामीसँग छन् वीरगाथा।
    ३,
    सगरमाथा जस्तै निर्मल
    शरीररुपी भूमिमा बहन्छ
    सेताम्मे स्वच्छ जल।
    ✍️तेजप्रसाद खनाल(भावुक)
    लमही दाङ।
    …
    १,
    नयाँ वर्ष आउनेछ
    सुन्नुहोस् पशुपतिनाथको कृपाले
    तिमीलाई खुशी ल्याउनेछ ।
    ✍️संगमानंद पत्रकार
    चूरु-राजस्थान, भारत
    …
    १,
    बाध्यताको चपेटामा परी
    ज्यान फालिरहेका हुन्छन्
    हरपटक घरी घरी ।
    २,
    एकदुई हैन बारम्बार
    जिउनु छ कष्टसॅंग
    जुध्दै जुध्दै अपरम्पार
    ✍️हिरामाया श्रेष्ठ
    …
    १,
    दु:ख मुस्कानले टाल्छ
    जहाँ आपसमा  विनासर्तको
    मायाले अँगालो हाल्छ।

    सत्यमा जिउनेले कमाउँछ
    इज्जत भन्ने कुरा
    लोभमा पर्नेले गुमाउँछ।

    रहिरहन्छ यो संसार
    मानिस केवल पाहुना
    सत्कर्म गरौँ बारम्बार।
    ✍️सतीश पण्डित
    भानु ६ चुँदी तनहू (हाल चनपा ६ मातातीर्थ )
    …
    १,
    रोजगारबाट अवकाश भयो
    अब ढल्क्यो उमेर
    शरीरको रुपरङ्ग गयो ।
    २,
    उ दिनभरि सुत्छ
    धेरै सिधा नहुनु
    कुकुरले मुखैमा मुत्छ।
    ३,
    गोजीमा प्वाल पर्यो
    थाहा पायो उस्ले
    हेप्न सुरु गर्यो।
    ✍️चुडामणी देबकोटा
    पुरानोनैकाप काठमाण्डौ
    …
    १,
    निद्रा लाग्दैन रातीमा
    बाध्यताको पहाड चढ्ने
    धड्कन बढ्दैछ छातीमा।
    २,
    सानो छ गगन 
    हाम्री आमाको अगाडि
    सन्तानप्रति विशाल मन,
    ✍️भुपेन्द्र राना मगर
    धादिङ
    …
    १,
    बोकेको छ शान
    सगरमाथाले हाम्रो देशको
    भनेर सबैले जान।
    २,
    विश्वको शिर सगरमाथा
    मिलेर बसौँ सबै
    गरेर गौरवको गाथा ।
    ३,
    कोरेर शान्तिको मानचित्र
    बटुलौँ साहस सधैँ
    गाँसेर सम्बन्ध पवित्र ।
    ✍️अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन न. पा. ६ संखुवासभा ।
    …
    १,
    विश्वको शिर सगरमाथा
    उच्चो  बनाइदिन्छ यसले
    सारा नेपालीको जीवनगाथा ।
    २,
    सगरमाथा शिर उचाली
    विश्वभरि नेपाली लम्किन्छ
    माया प्रेम अङ्गाली ।
    ३,
    जन्मे बुद्ध पुत्र
    विश्वभरि शान्ति छर्न
    एकताको बलियो सूत्र ।
    ✍️देव मगर
    तिनाउ-१,कचल,पाल्पा
    …
    १,
    छलफल सधैँ चर्को
    सुन्दा सुन्दा अब
    लाग्न थाल्यो झर्को।
    २,
    सधैँ दोषारोपण गरेका
    कुर्सी मोहमा हेर
    कति यिनीहरू लडेका।
    ३,
    सत्तामा दलाली हुन्छन्
    चुनाव आउने बेलामा
    सुकुम्बासीका घरमा डुल्छन्।
    ✍️कला ढकाल
    झापा
    …
    १,
    चाहिॅंदैन सुनको हार
    प्रिय ! साथ देउ
    बिन्ती एक्लो नपार |
    २,
    अग्नि साक्षी राखेर
    कसम खाई ल्यायौ
    डोलीमा घुम्टोले ढाकेर |
    ३,
    सॅंगै जीवन काटौं
    अब हातेमालो गर्दै
    मायाको डोरी बाटौं |
    ✍️सरिता सेढाई
    धादिङ
    …
    १,
    चेतनाको बलेको राप,
    आखिर जिन्दगीको चौतारीमा
    घामझैँ खुसीले ताप !
    ✍️आर्त अकुलीन
    …
    १,
    कति ठुलो सगरमाथा
    विश्वको सर्वोच्च चुचुरा
    गाउॅं सबले गाथा।
    २,
    किन मान्छौं झर्को
    भूल भयो होला
    यसैले तरकारी चर्को।
    ✍️निमा छिरिङ भोटिया
    जलढका कालेबुङ, भारत
    …
    १,
    इतिहास नेपाली सान
    सकारात्मकको बाटोमा लाग्दै
    गराऔॅं आफ्नै पहिचान ।
    ✍️प्रेम थापा “मन”
    बागलुङ
    …
    १,
    हिमालले मोहनी लगाउँछ
    छाडेर जानु सकिन्न
    स्वच्छ सुगन्ध मगमगाउॅंछ ।
    २,
    हिमाली हावा  सुरुरु
    बहन्छ सन्दक फालुटमा
    हिउँ पर्दछ फुरुरु ।
    ३,
    कल्कलाउँदो पानी पिउनु
    हरियाली डाँडा पखेरामा
    शान्तिको भोगाइ जिउनु ।
    ✍️मोती योन्जन सुब्बा   
    दार्जिलिङ
    …
    १,
    घुम्टो ओढेकी आमा
    अटल अमर अजय
    नजिक भोटे , लामा ।
    ✍️धनमाया चौधरी
    कैलाली
    …
    १,
    फसियो कर्मले हारेर
    कुसंस्कार फैलियो दुनिया
    लुटियो जालमा पारेर ।
    ✍️ताराप्रसाद चापागाईँ
    …
    १,
    बनाऔं देश जुटेर
    स्वाभिमान राख्न जीवित
    असम्भव हुन्छ फुटेर ।
    ✍️राज बहादुर बडुवाल
    जुम्ला
    …
    १,
    नेपालीको इज्जत हेरी
    विश्वभरि सम्मान चल्थ्यो
    आज बेकम्मा फेरि ।
    २,
    बाजेहरू शानले बाँचे
    यही देशमा रही
    सन्तान खाडीमा नाचे ।
    ३,
    नेता उस्तै पऱ्यो
    जनता भेडा भएपछि
    राज्यसत्ता तल झऱ्यो ।
    ✍️अन्जु श्रेष्ठ
    चैनपुर ७, संखुवासभा
    …
    १,
    गर्नुपर्छ श्रमको काम
    काढेर मेहनतको पसीना
    राख्नुपर्छ देशको नाम।
    २,
    मेहनतको मिठो कमाइ
    देखासिकी गर्ने होइन
    खानुपर्छ सधैँ रमाइ ।
    ३,
    सकारात्मक सोच चाहिन्छ
    काममा निरन्तरता भए
    भविष्यमा सुख  पाइन्छ ।
    ✍️जयनारायण नेपाल
    इलाम ,हाल सूर्य विनायक २, बालकोट ,भक्तपुर ।
    …
    १,
    सभ्य कार्यमा लागौँ
    मेहनतले फल पाईन्छ
    चेतनाको दियो बालौँ।
    २,
    बुझियो है प्रष्ट
    देश बिगार्ने त्यसैले
    विकासको बाधक भ्रष्ट ।
    ✍️भोज विवश मगर
    गैंडाकोट -३ नवलपरासी पूर्व
    …
    १,
    सगरमाथ हाम्रो शिर
    विदेशीहरू हेर्न आउँछन्
    खुसी गोर्खाली वीर ।
    २,
    बेसक्याम्पबाट उकालो चढ्नु
    धेरै अप्ठ्यारो छ
    नडराइकन अघि बढ्नु ।
    ✍️रबि पौडेल
    दक्षिण भारत पाण्डेचरी
    …
    १,
    गर्नुछ अनन्तको यात्रा,
    त्यै पनि फ़ेरि 
    गर्दैछु नानाथरी जात्रा ।
    २,
    नपुग्दा सानो मात्रा,
    देखापर्छन् लामो अक्षरको
    झन्झटिलो अफ्ट्यारो यात्रा।
    ३,
    फल्नलाई ठुलो काक्रा,
    चाहिदो रहेछ हेर
    बलियो फिजिएको थाक्रा।
    ✍️दीपा समभाव
    दुबेकोल खोटाङ
    …
    १,
    जिन्दगीको के अर्थ
    मानिस बन्न नसक्दा
    बाँच्नु हुन्छ व्यर्थ।
    २,
    सबैजना छौँ अस्थायी
    स्थायी छ संसार
    त्यसैले बनौँ हाईहाई।
    ✍️अर्जुन प्रसाद चौलागाई
    रामेछाप:-सुनापति-१ (हाल:-अमेरिका,बोस्टन )
    …
    १,
    जन्म थलो हाम्रो
    परायले जेसुकै भनून्
    स्वर्ग भन्दा राम्रो।
    २,
    संस्कृति जोगाऊँ यहाँ
    राम्रो संस्कार हामीले
    खोजेर पाइन्छ कहाँ!
    ✍🏻अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ
    …
    १,
    जालीले ताली पायो
    सज्जनको सुन्नै छाडे
    कस्तो समय आयो ?
    ✍️बिके मुखिया
    दार्जिलिङ भारत।
    …
    १,
    खानु दु:ख खाए
    जताततै दु:खै दु:ख
    सुखको खोजीमा लाए ।
    २,
    यात्रा यस्तै भयो
    जिन्दगीको सदा मेरो
    दिनचर्या रुँदै गयो ।
    ३,
    आशा आफ्नैकाो लायो
    हिॅंडिरहेको थिए पछिपछि
    उसैले कालोबाद छायो ।
    ✍️ईश्वर साउद(भिक्षु)
    रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
    …
    १,
    टोपी लगाउँछु शिरमा,
    देशको हालत देखेर
    परेको छु पिरमा।
    २,
    सामन्तले देश खाए
    जनता नाङ्गो पारेर
    नचिताएको धन कमाए।
    ✍️होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।
    …
    १,
    सङ्तको खराब लत ।
    अभिभावकको हुँदा हेपाइ,
    बिग्रियो जीवन त।
    २,
    अन्धविश्वास छ जीवन
    हारिसकेको मन त,
    बगरको डुङ्गा जीवन ।
    ✍️विजय आचार्य
    …
    १,
    पेटमा चारो छैन
    दिनभर चारैतिर भौतारिँदा
    काम पाइएको हैन !
    २,
    मोबाइलमा लत बस्यो
    आजको मान्छे त
    मानमर्यादा बिर्सेर खस्यो ।
    ✍️नन्दलाल आचार्य
    बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश, नेपाल ।
    …
    १,
    मिठा मिठा बातले,
    फसाउँदो रहेछ धेरै,
    उठौं आफ्नै आँटले।
    २,
    चिप्ला चिल्ला खानेकुरा,
    हानिकारक भए जस्तै,
    चिप्लाहरू रैछन् छुरा।
    ३,
    गहिरो अर्थ भएमा
    खस्रा कुरा उपयोगी ,
    मनले शान्ति छाएमा।
    ✍️मनोहरी पौडेल
    गैडाकोट १
    …
    १,
    चारैतिर भ्रष्टचारीको गोहो
    पहिल्याउने कोही छैन
    अहोरात्र सत्ताकै मोहो !!
    २,
    देश कल्पवृक्षको गाछी
    नेताको आलोपालो लुटाई
    जनता किनाराका साक्षी !
    ३,
    आएनन् सुखका दिन
    दिएनौ एउटा सपूत
    हे ! धरनी किन ?
    ✍️ऋजु दिल्पाली
    …
    १,
    नेपालीहरूको राष्ट्रिय गान
    कहिल्यै मर्ने छैन
    हाम्रो अस्थित्व स्वाभिमान ।
    २,
    सगरमाथा हाम्रो शिर
    कहलिएको छ विश्वभरि
    नेपाली आमाका वीर ।
    ३,
    देशको अस्थित्व जोगाऔॅं
    भ्रष्टाचारी दलाली नेताहरूलाई
    हाम्रो देशबाट भोगाऔॅं ।
    ✍️केसर बोहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम (हाल भारत )
    …
    १,
    सपनीमा त्यसै आयौ
    मुटु ढकढक नगरी
    छायाँ बनि छायौ ।
    २,
    सगरमाथा शिखर हाम्रो
    बुद्ध जन्मेको देश
    मठमन्दिर स्तुपा राम्रो ।
    ३,
    गण्डकी कोशी सलल
    लालीगुराँसको बास्ना मिठो
    झर्ना सुन्दर खलल ।
    ✍️शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौं
    …
    १,
    तिमी कठोर बन्यौ
    जनताबाट तिरस्कृत भएका
    देशको जरो खन्यौ ।
    २,
    मूर्खको सत्ता चढाई
    वेकामी कुरा धेर
    आफुले आफुलाई बढाई ।
    ✍️सहदेव के सी
    काठमाण्डौ, नेपाल
    …
    १,
    कहिलेकाहीँ अन्तर मनमा
    ज्वारभाटा चल्छ विचारको
    भूकम्प जान्छ तनमा !
    २,
    जीवन, जीवन बनोस्
    पत्करझैँ नहोस् झरेको
    दुनियाँले आहा भनोस् ।
    ✍️विवश पारदर्शी
    झापा
    …
    १,
    जिन्दगी अझै पढ्नु
    सफलताको झिनो आशामा
    केही माइल बढ्नु ।
    ✍️विष्णु पंगेनी(पाण्डे )
    वालिङ्, स्याङ्जा
    …
    १,
    हिमाल पहाड तराई
    सबै मिलेर बसेका
    कोही छैन पराई ।
    २,
    वीरताको गाथाले भन्छ
    स्वभिमान छ शिरमाथि
    नेपाल उच्च गन्छ ।
    ✍️अम्बिका अधिकारी
    झापा बिर्तामोड
    …
    १,
    दक्ष जनशक्ति विदेशमा
    वयोवृद्ध सरकार चलाउने
    कुर्सी कमिसनको रेशमा ।
    २,
    युवा भासिए मुग्लान
    रोजगार पाए स्वदेशमै
    रमाइलो आफ्नै बासस्थान ।
    ३,
    राखेर देश छातीमा
    नयन नभिज्ने देखिन्न
    विमानस्थलको लामो ताँतीमा।
    ✍️बिमल पोखरेल
    धरान-१७,पटनाली
    …
    १,
    फकाउँदै लिएर भोट
    नेताले गर्यो बेइमानी
    जनतालाई दिएर चोट।
    २,
    पुर्खाको इज्जत बचाउन
    कम्मर कस्नुपर्छ सबैले
    भ्रष्टाचारी जतिलाई भगाउन।
    ✍️अरुण कुमार भुजेल
    गोरूबथान, कालेबुङ, भारत।
    …
    १,
    समेटेर सुखदुखको पोको
    सङ्घर्ष गर्नुपर्छ हामीले
    बाडौँ माया चोखो।
    ✍️सुनगाभा पोखरेल
    कपिलवस्तु
    …
    १,
    खुल्ला उड्ने चरी।
    गन्तव्यमा पुग्न नपाउॅंदै
    पापीको पिॅंजडामा परी ।
    ✍️वेल थोकर तामाङ
    मकवानपुर
    …
    १,
    नहटेसम्म दम्भको जालो
    लाग्दैन कहिल्यै पनि
    नैतिक आचार उकालो l
    २,
    सगरमाथा विश्वको शिर
    दुनियाँमा कसैसँग पनि
    झुकेनन् नेपाली वीर l
    ३,
    नवोदित झिल्का काव्य
    एकबर्से प्रगति नियाल्दा
    उज्जर देखिन्छ भाव्य l
    ✍️बाबुराम गौतम
    गुल्मी
    …
    १,
    तिम्रै प्यारो कालू
    भन छिटो प्यारी
    सिन्दुर कहिले हालु?
    २,
    जाँदैन बोलेको खेर
    ल्याउँदिन्न अरू कसै
    तिमी बाहेक हेर।
    ३,
    माया लाग्छ कति ?
    जीवन साथी बनाउन
    लाग्छ मन अति ।
    ✍️राज कुमार राजभण्डारी खोटाङे
    ऐसेलुखर्क ३ खोटाङ हाल भक्तपुर ।
    …
    १,
    केवल मुखले राम्रो
    व्यवहार साह्रै कपटी
    दु:ख हेर्दैन हाम्रो ।
    ✍️देवकृष्ण काफ्ले
    …
    १,
    सधैं बहस गर्ने
    टुङ्गो केहिमा नलगाई
    आफ्नै झोली भर्ने ।
    २,
    जताततै भ्रष्टाचारको जालो
    आँखामा छारो हान्दै
    भर्तीमा आफ्नै सालो।
    ✍️दुर्गा भट्टराई
    मोरङ
    …
    १,
    तिमी राम्रो हुन्छौ
    अरूलाई नराम्रो भनेर
    सायद आकाश छुन्छौ ।
    २,
    जिन्दगीको एक पात्र
    अचानक अस्ताएर गयो
    केवल सम्झना अहोरात्र।
    ३,
    अब दुश्मनी सकोस्
    तिमीलाई गाह्रो होला
    सौम्य जिन्दगी बनोस् ।
    ✍️पृथक प्रकृति
    झापा
    …
    १,
    सजायको मन्दिर छुन्छ
    घर सजाउनु बारबार
    स्वर्ग समान हुन्छ।
    २,
    जिउॅंदो देवता मानेको
    बुवा आमाको सेवा
    सधैं गर्न जानेको ।
    ✍️दुर्गा आचार्य
    मोरङ
    …
    १,
    जँड्याहा एक्लो भयो
    शहरमा भट्टी खोलेर
    समाज कहाँ गयो?
    २,
    विचरा ! जँड्याहा पिउँछ
    साहुनीलाई महलमा सुताएर
    आफू सडकमा जिउँछ।
    ३,
    इज्जत जँड्याहाको देख्दैन
    प्रहरीले थुन्छ उसैलाई
    कसैको कलमले लेख्दैन।
    ✍️पशपती राई
    खोटाङ
    …
    १,
    झिल्काले झल्यास्स पार्यो
    स्वाद दिँदादिँदै अहिले
    साहित्यको नदी तार्यो ।
    ✍️लक्ष्मी रिजाल
    रुपनगर, सप्तरी ।
    …
    १,
    तराईकी हुँ चेली
    हिॅंड्ने बानी पर्यो ,
    दुःखमा मात्रै  खेली ।
    २,
    आँसुले मुहार धुन्न
    परिस्थितिले बनायो कठोर ,
    चोट पाउँदा रुन्न ।
    ३,
    खुसी कहिल्यै नआई
    हुर्के बढे हजुर ,
    दुःखको चिउरा चपाई।
    ✍️सीमा कार्की समर्पण
    मेलचोक पर्सा
    …
    १,
    गरेर परिश्रमी हातले
    उमारेर माटोमा बिज
    गजव प्रियसीको साथले।
    ✍️श्रीबहादुर केसी शैलुङ्गे
    …
    १,
    के छ माग्नलाई
    ए ! दलालहरू हो
    कहाँ पाइन्छ भाग्नलाई ।
    २,
    हाम्रो टाउको गनी
    ऋण लिन पाइॅंदैन
    नबस इमानदार बनी ।
    ✍️दीप गोले तामाङ
    रौतहट
    …
    १,
    समाजको रित पुर्याएर
    चाहन्छौ भने मलाई
    आउ साइत जुराएर !
    ✍️मन्दिरा सेढाई     
    मलेखु, धादिङ
    …
    १,
    खोइ ! आफ्नो जनम
    अक्षर रगतले लेखेको
    न्यायले खाँदैन कसम ।
    २,
    त्यसैले स्थिर छैन
    पटकौं पटक बनाएर,
    पाले गतिलो हैन ।
    ३,
    सामन्त संस्कार हट्दैन,
    परिस्थिति राम्रो बन्दैन
    जबसम्म दास डट्दैन ।
    ✍️लोकबहादुर क्षेत्री लामिछाने
    …
    १,
    कर्म, धर्म हुने
    बनौं उपकारी जगमा
    सबैको मन छुने ।
    २,
    तनमा हाम्रो माया
    गरौँ चिन्तन सधैं
    पर्नेछ कालो छाया  ।
    ३,
    भूल कसले धुने
    मन मैलो भएमा
    आत्मा आफै रुने ।
    ✍️कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    …
    १,
    राजनीतिमा चलखेल धेरै
    एकले अर्कोलाई लडाउने
    देशको सम्पत्ति मेरै ।
    २,
    भ्रष्टाचारको जरो गाढियो
    तलदेखी माथीसम्म हजुर
    तीन टाउके भाँडियो ।
    ✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो  )
    कनकाई ४ झापा
    …
    १,
    नेपाली जनता उठ
    देश डुब्न लाग्यो
    जतिवाद हैन एकजुट ।
    २,
    नेपाली जनता उठ
    देश  डुब्न लाग्यो
    पहाडदेखि तराईसम्म जुट ।
    ३,
    मेरो प्यारो देश
    नेताले बेचिसक्यो
    यस्तै पाराले हुन्छ शेष ।
    ✍️ प्रेम शर्मा “एकान्त प्रेमी”
    कालेबुङ
    …
    १,
    देशको शिर सागरमाथा
    चिनारी गोर्खाको सान
    पढ्नु उसैको गाथा।
    ✍️बिबा तामाङ
    दार्जिलिङ।
    …
    १,
    अस्थायी मानव चोला
    नचढौं अहङ्कारको डोली
    जीवन व्यर्थ होला।
    ✍️कोपिला अधिकारी
    सिरानचोक ७, गोरखा
    …
    १,
    सुन्दर सपनाको सागर
    मनमा पिरलोको भारी
    चल्दै चलेन जाँगर !
    २,
    यता त्यता नेता
    जता मानिसको समष्टि
    ढाँटेर लिन्छन् बिजेता !
    ३,
    मनको घाउलाई उपचार
    राखेर मुस्कान दिलमा
    निको हुन्छ सदाबहार !
    ✍️अच्युत घिमिरे
    सर्पाङ, भुटान
    …
    १,
    हजार उल्झनको बार
    पाइला बढाउदै जानु
    चुनौतीलाई गरी पार।
    २,
    खोज्छन् अनेकन् दाउ
    बाधा अवरोध गरी
    बढाउन छातीको घाउ।
    ३,
    समस्यासँग नजानु तर्केर
    हिम्मतको साथ लडनु
    आउॅंदैन फेरि फर्केर ।
    ✍️रुना कर्माचार्य दाहाल
    चितवन
    …
    १,
    मनमा केही गुनेर
    असल खराब छुट्याउॅंदै
    शब्दको माला उनेर ।
    ✍️समुन्द्रा शर्मा
    …
    १,
    चिन्तन मनन ध्यान
    मनुष्यको असली साथी
    उसले दिनेछ ज्ञान ।
    २,
    सनातन संस्कारले बनाउने
    समाजलाई असल चरित्रको
    नेपालीहरु सहृदयी जनाउने ।
    ३,
    आफै छन् सर्वत्रगामी
    सिद्धान्त आदर्श त्यागेर
    अरूलाई ट्याग पश्चगामी ।
    ✍️प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    …
    १,
    प्रगति सङ्घर्षबाट हुन्छ
    कहिलेकाहीँ सोचेको नहुँदा
    साह्रै मन रुन्छ ।
    २,
    प्रकृतिलाई जित्न सकिन्न
    नसोचेरै हुने कुराले
    मन बनाउँछ खिन्न ।
    ✍️ललिता गिरी
    सिन्धुली
    …
    १,
    झुपडीमा छ बसाइ
    मिहिनेतको कमाइले परिवार
    राखेको छु हँसाइ ।
    २,
    जमाना आयो कस्तो
    लुगा किनेर सिलाउनुभन्दा
    रेडिमेड बरु सस्तो ।
    ३,
    गर्दा उसले घात
    माया पाउने बेलामा
    रोएर बित्छन् रात ।
    ✍️शान्त भट्टराई
    …
    १,
    रगतको नाता कुपात्र
    अधर्मी पात्रको स्वभाव
    नातानकुता भने सुपात्र।
    २,
    जराले थामेको भार
    हाँगाबिँगाले खोइ बुझेको
    माटो भए लाचार ।
    ३,
    चखेवीको सपना अपुरो
    रित्तो छ झुपडी
    जिन्दगी भयो अधुरो ।
    ✍️राजेश्वरी राजोपाध्याय
    ललितपुर

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविता

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ४८ सम्पन्न

  • २५ माघ २०८१, शुक्रबार ०८:१६ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको ४८ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६० जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ४८ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-


    …
    १,
    झण्डामुनि झुन्ड हुने
    तिम्रो रहर, बाध्यता !
    पेशामार्फत लोकलाई नछुने ।
    २,
    बिनाताप जलाउॅंछ जलनले
    खान्छ आफूले आफैलाई
    नचल्ने हल्लाको चलनले ।
    ३,
    जीवनमा बनाऔॅं हैसियत
    भविष्य थुनिदिन्छ आशाले
    किन चाहियो कैफियत ?
    ✍️म्यामराज राई
    …
    १,
    नभन कसैले पनि
    छोडी जाने धन
    सबै मेरो भनी |
    २,
    मरेर जाने चोला
    धर्ती छोड्नैपर्छ एकदिन
    भनेर पनि बुझ्नुहोला |
    ✍️सरिता सेढाई
    धादिङ
    …
    १,
    झिल्का झाँगिॅंदै जाला
    देश विदेशमा अन्धकार
    चिर्न बनेर ज्वाला।
    २,
    प्रगतिपथमा सदा लम्किनु
    देश र जनतालाई
    नयाँ सन्देश दिनु।
    ३,
    उठेर जुटेर जुर्मुराई
    नाचौँ गाऔॅं सबैले
    एउटै झण्डा उठाई।
    ✍️सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    …
    १,
    नयाँ चाहना बनिरहोस्
    त्यो चोखो मनभित्र
    झुटा बहाना नबनोस् ।
    २,
    आकाशमा सुन्दर जून
    छर्दै उज्यालो प्रकाश
    लगाउँदै धर्तीलाई गुन ।
    ✍️अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन न. पा. ६ संखुवासभा ।
    …
    १,
    उज्यालो संसार देखाउने
    हुन् मनका रहर
    यथार्थमा जान सिकाउने।
    २,
    सुनाऊँ पीडा कसलाई ?
    जलनले जलेको छ
    सकिएन थाम्न यसलाई।
    ३,
    पुग्न नसकिने जून
    टिप्न नसकिने तारा
    खोज्छ आशाले छुन।
    ✍️सतीश पण्डित
    भानु – ६, चुँदी तनहूँ (हाल चनपा ६ मातातीर्थ)
    …
    १,
    गोजी रित्तो भयो
    थाहा पायो उस्ले
    अरुलाई हेप्दै गयो।
    २,
    यो समयको खेल
    सधैँ एकनास हुँदैन
    नगर्नु अरूलाई झेल।
    ३,
    चिसोमा पिउनु तातोपानी
    वृद्ध बालबच्चालाई जोगाउनु
    कष्टकर छ जिन्दगानी।
    ✍️चुडामणी देबकोटा
    पुरानोनैकाप काठमाण्डौ
    …
    १,
    साथीको भरमा परियो
    दुनियाँ ठगेर गए
    कानुनहीनताले बर्बाद गरिदियो ।
    २,
    कालो कानुन चलेछ
    ठगी धन्दा मौलायो
    नेताको दिन बलेछ ।
    ✍️सहदेव केसी
    …
    १,
    झुल्कियो उज्यालो बिहानी
    दिनहरू सुखमय बितोस्,
    मौलाओस् सच्चा बानी ।
    ✍️भुपेन्द्र राना मगर
    धादिङ
    …
    १,
    रित्तियो सबै पिर
    फिर्‍यो चक्र समयको
    उच्च भयो शिर ।
    ✍️ ताराप्रसाद चापागाईँ
    …
    १,
    झण्डामुनि मात्रै बसेर
    देशको भक्ति नगर्ने
    कुरा गर्छौं जागेर?
    २,
    मुखले धस्छौ चेपारे
    काम सिन्को नभाँच्नेलाई
    भन्छन् सबैले बेसारे।
    ३,
    कानुन सबैलाई नलाग्ने
    किन ठुलाबडा उम्किन्छन् ?
    अनि तिनै जाग्ने।
    ✍️अर्जुन प्रसाद चौलागाई
    हाल:-अमेरिका, बोस्टन
    …
    १,
    बुढेसकाल लागेको बेला
    छैन धन सम्पत्ति
    गर्छन् सबैले हेला।
    २,
    लोभी पापी मन
    जे जसरी पनि
    कमाउनु पर्ने धन।
    ३,
    दिनभरिको कामको थकाइ
    भोकै सुत्न सकिन्न
    खानुपर्छ आफै पकाई ।
    ✍️राज कुमार राजभण्डारी खोटाङे
    ऐसेलुखर्क – ३ खोटाङ
    …
    १,
    समय चोरको हातमा
    भविष्य नाजुक बन्यो
    भएनन् जनताको साथमा।
    २,
    कसरी भनौँ जहिले ?
    अत्याचारको सिमा नाघेर
    हेरी नसक्नु अहिले।
    ✍️शंकर कार्की
    मकवानपुर ।
    …
    १,
    टिका लगाऊँ शिरमा
    सृष्टिको प्रारम्भ पनि
    नबस तिमी पिरमा।
    ✍️निमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    …
    १,
    तातोतातो खाना खाई
    बच्नुपर्छ चिसोदेखि अब
    ज्याकेट, सुइटर लगाई ।
    २,
    क्षणिक न्यानो पाउन
    नखाउँ जाड, रक्सी ,
    ज्यान तातो बनाउन ।
    ३,
    शरीरलाई असर गर्छ
    चिसो मौसममा सधैँभरि ,
    फिरिरी हिउँ झर्छ ।
    ✍️सीमा कार्की समर्पण
    मेलचोक पर्सा
    …
    १,
    जिन्दगीलाई बनाउन उमङ्ग
    कठिन यात्रा समयको
    बदलियो सारा रङ्ग ।
    ✍️मन्दिरा सेढाई     
    मलेखु, धादिङ
    …
    १,
    आरिसले जिन्दगी चल्दैन
    हामीले सङ्घर्ष नगर्दा 
    अँगेनामा आगो बल्दैन ।
    ✍️केसर बोहरा ‘सङ्घर्ष’
    सुदूरपश्चिम अछाम (हाल भारत)
    …
    १,
    कस्तो कुटनैतिक चाल
    ए ! दलाल हो
    आयो तिम्रो काल ।
    २,
    बनाएर अब आफ्नोपना
    देशको विकास गर्दै
    उठौँ सबै जना ।
    ३,
    भयो अब अति
    ढिला भैसक्यो है
    अब सहने कति ?
    ✍️दीप गोले तामाङ
    रौतहट
    …
    १,
    परिश्रमी हातहरू झुक्दैनन्
    अरूलाई पछि पार्न,
    हिंसा गरी लुक्दैनन्।
    २,
    तातो तातो खानु
    चिसो धेरै बढेछ
    हिड्डुल गर्न नजानु।
    ३,
    बोरु थोरै कमाऊ
    त्यसैमा चित्त बुझाइ
    प्रफुल्ल भइ रमाऊ।
    ✍️कला ढकाल
    झापा
    …
    १,
    वेद कुरान पढे
    सार कसैले बुझेनन्
    दाजुभाइ आपसमा लडे।
    ✍️बिके मुखिया
    …
    १,
    नभने पीडा खप्ने
    क्या ! लोभी रहेछ
    स्वार्थीले सबै हडप्ने ।
    ✍️प्रेम थापा “मन”
    बागलुङ
    …
    १,
    छैन जिउने बाटो
    चक्रव्यूहमा छ देश
    रुँदैछ मातृभूमिको माटो ।
    २,
    रोपेछौ कालकुटको रुख
    लुटिए सबै जिजीविषाहरू
    मेटिए नैसर्गिक सुख !
    ३,
    बच्छ बेमौसमी मादल
    नाच्छन् मधुशालामा खलनायक
    हटेन कालो बादल ।
    ✍️ऋजु दिल्पाली (राजेन्द्र घिमिरे)
    इटहरी -१, हलगडा सुनसरी ।
    …
    १,
    बाँधिदिए पिरतीको गाँठो
    लैजाउ मन चोरेर
    पुरानो सम्झनाको साटो ।
    ✍️होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।
    …
    १,
    मनमा चल्दछ ज्वारभाटा
    जिन्दगी व्यर्थ बितेर
    घुमेर उमेरको काँटा ।
    २,
    समय बितेर गयो
    उमङ्ग उत्साह मर्दैछ
    अधमरो जीवन भयो ।
    ✍️मोती योन्जन सुब्बा  
    दार्जिलिङ।
    …
    १,
    कसैको हैसियत नजाचौँ
    अल्छी बानी त्यागेर
    आफ्नै श्रममा बाँचौँ ।
    ✍️भोज विवश मगर
    गैँडाकोट -३ नवलपरासी पूर्व
    …
    १,
    आउँछौ घरी समीप
    कहिले गर्छौ झगडा
    रहेनछ प्रीतिको सिप ।
    ✍️बाबुराम पाण्डे
    …
    १,
    बर्खामा पानी गर्ने
    ऋतको हो कमाल
    हिमालमा हिउँ झर्ने।
    २,
    नयाँ वर्ष आयो
    पुरानोलाई विस्थापित गरी
    नयाँ पात्रो पायो।
    ✍️नवराज भट्ट
    कञ्चनपुर
    …
    १,
    परिश्रम मेहनतको फल
    हुनुपर्छ उत्पादनमा चासो
    मिल्छ किसानलाई बल ।
    २,
    सार्थक भएनन् कुरा
    नेता फगत गफाडी
    रोपे ऋणको छुरा ।
    ✍️रबि पौडेल
    दक्षिण भारत पाण्डेचरी
    …
    १,
    नदेखी विकासलाई बिगार्‍यौँ
    चुनावमा भोज खाएर,
    पश्चगामीलाई भोटले सपार्‍यौँ ।
    ✍️लोक बहादुर छेत्री लामिछाने
    मोदी गा पा २ देउपुर ,पर्वत
    …
    १,
    सुनपानी छर्किएका सेता
    भ्रष्टाचारी भएपनि कति
    चोखिएका ठुला नेता !
    २,
    आगो बाल्ने पर्‍यो
    अब भुरालाई तहलाउँन
    ठुलै आँट गर्‍यो ।
    ✍️विवश पारदर्शी
    झापा
    …
    १,
    भइरहन्छ यहाँ बारम्बार
    अन्त्य हुँदैन कहिले
    हाम्रो देशमा भ्रष्टाचार ।
    २,
    बोकाएर ऋणको भारी
    खुलेआम हिॅंडेका छन्
    यो देशमा भ्रष्टाचारी ।
    ✍️अनिता भण्डारी
    ताप्लेजुङ
    …
    १,
    संस्कारयुक्त थियो पाटो
    हिँड्न जानेनछौँ हामीले
    पुर्खाले देखाएको बाटो।
    ✍️अरुण कुमार भुजेल
    गोरूबथान, कालेबुङ, भारत
    …
    १,
    सार्थक भएनन् आशा
    तरल राजनैतिक परिवेशले
    युवामा छायो निराशा l
    २,
    उठ युवा जुटेर
    समर्पित होऊ कर्ममा
    मिल्दैन मुक्ति सुतेर l
    ३,
    प्राज्ञको सङ्गत गरौँ
    मनको विकार हटाएर
    ज्ञानको ज्योति छरौँ l
    ✍️बाबुराम गौतम
    गुल्मी
    …
    १,
    खुलेर जिउन सिक
    सङ्घर्षको मैदानमा हेर
    आफ्नो दिमाग झिक ।
    ✍️अम्बिका अधिकारी
    …
    १,
    समयमै मान्छे चिन्नुपर्छ
    आफ्नै भरोसामा मात्र
    सदा अघि हिँड्नुपर्छ ।
    ✍️विष्णु पंगेनी पाण्डे
    वालिङ्, स्याङ्जा
    …
    १,
    बनोस् नयाँ भावना
    झिल्काप्रति सधैँ हाम्रो
    सबैमा छ शुभकामना ।
    २,
    जिउने बनोस् बाटो
    हॅंसाउँनु नेपाल आमालाई
    उर्वर बनाएर माटो ।
    ✍️दुर्गा भट्टराई
    मोरङ
    …
    १,
    मनमा उमङ्ग हर्ष
    खुसी बोकेर आयो ,
    झिल्का कविता वर्ष ।
    ✍️श्रीकृष्ण धामी
    बझाङ
    …
    १,
    मायालु बोलाउनु खास
    अघि सर्नु तिमी
    गरेर नबस्नु आस।
    २,
    हावापानी बस्नु सहेर
    सबैलाई दु:ख हुने
    असर उल्टो बहेर ।
    ३,
    अरूले भनेको मान्नु
    मान्दैनौ तिमी भने
    काम आफैँले जान्नु ।
    ✍️रामप्रसाद पुरी
    बादेल, खोटाङ
    …
    १,
    नसोचेको हुनु भयो
    जिन्दगी हासखेल गर्दै
    उकाली ओराली गयो ।
    २,
    सम्झियो उसले मलाई
    सम्झिन त आज
    बिर्सियो कसरी तपाई ?
    ✍️ईश्वर साउद (भिक्षु)
    रामारोशन गाउँपालिका ६ सु,प,अछाम
    …
    १,
    ढुक्क परेर नबस
    जालझेल फेरि हुनसक्छ
    बरु कम्मर कस!
    ✍️बेदु न्यौपाने
    …
    १.
    भीडमा नअल्मलिनु मन
    आफ्नै शैली हुन्छ
    छ विशेष आफ्नोपन ।
    २.
    आज दौडियो धेरै
    बिचमा शून्य थपिँदा
    काम रह्यो मेरै ।
    ✍️पुष्पा राई
    बादेल, खोटाङ ।
    …
    १,
    हाँसो खुसीको जीवन
    घात  लाग्न थालेपछि
    टुङ्गिदै गयो वचन !
    २,
    रमाएर के गर्नु ?
    छोडेर जाने चोला
    निश्चय छ मर्नु !
    ३,
    सोधे हुन्थ्यो मलाई
    हाँसेरै  बिधा दिन्थे
    के   पायौँ   जलाई !
    ✍️अच्युत घिमिरे
    सर्पाङ, भुटान
    …
    १,
    झिल्का चारैतिर छायो
    साहित्यिक विचार सबैले
    मिलाई लेख्न पायो ।
    ✍️शोभा आचार्य गौतम
    काठमाडौँ
    …
    १,
    झिल्कामा बढ्नुपर्छ राप
    विकृतिको राज गर्नेहरूलाई
    बढाओस्  मनमा ताप ।
    २,
    राख्नुपर्छ सबैले हेक्का
    देश हो साझा
    होइन तिम्रो  ठेक्का ।
    ३,
    अतिले हुन्छ खति
    समयमै होस पुर्‍याई
    सुधार तिम्रो मति ।
    ✍️जयनारायण नेपाल
    इलाम ,हाल सूर्य विनायक २, बालकोट ,भक्तपुर ।
    …
    १,
    जीवन बनाऊ खास
    एकबारको जुनी हो
    नबनौँ कसैको दास ।
    २,
    ढल्दैछ हेर जवानी
    समयको गतिमा दौडेर
    बन्नेछ शरीर खरानी ।
    ✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो  )
    कनकाई ४ झापा
    …
    १,
    उकालीको बाटो राम्रो
    सुनमा सुगन्ध हेर
    प्यारो धर्ती हाम्रो !
    ✍️आर्त अकुलीन
    …
    १,
    भ्रष्टाचारीले डुबाए देश
    चुसक जुका बनेर
    फेर्दै अनेक भेष
    ✍️राज बहादुर बडुवाल
    कनकासुन्दरी -५,जुम्ला
    …
    १,
    आमा धर्ती माता
    ताते ताते गरेर
    हुर्काउने महान दाता।
    २,
    हुनुछ सर्तमा सत्य
    इमानदार बनेर सधैँ
    बनाउनु कर्तव्य फत्य।
    ✍️दुर्गा आचार्य
    मोरङ
    …
    १,
    साथीझैँ माया मानेर
    लेख्न सिकाऊ मलाई
    कापी कलम  तानेर।
    ✍️सुनगाभा पोखरेल
    कपिलवस्तु
    …
    १,
    अपवादले मनमा अवसाद
    व्यर्थै थपिन्छ कसरी
    नभएको अनौठो विवाद।
    २,
    चुडिन्छ तन्किएपछि तार
    सङ्घर्षरत जीवन जिउँछु
    बाध्यताले मानिन हार ।
    ३,
    अवसादले जीवन मरणासन्न
    भोगाइको यातनाहरू सहेर
    गन्तव्यका पथहरू लमतन्न ।
    ✍️दिल ठकुरी
    टिस्टाभेल्ली दार्जिलिङ
    …
    १,
    बिहान रवि हाँसेको
    चरी चिरबिर गर्दै
    धर्तीमा खुसीले नाचेको।
    २,
    देख्दै मन झुम्यो
    रविको किरणले जब
    धर्तीलाई हेर चुम्यो।
    ३,
    छरेर धर्तीमा ज्योति
    शीतका थोपा पातमा
    देखिन्छन् जस्तै मोती ।
    ✍️रुना कर्माचार्य दाहाल
    चितवन
    …
    १,
    नेपालको भूमिमा बसेर
    विदेशी नागरिक बोकी
    मै हुँ भनेर ।
    २,
    जोगाउनु छ देश
    अरुको अधिकारबाट हेर
    आफ्नो रितिरीवाज परिवेश।
    ✍️एवाइ प्रभात
    खाल्सा छिन्ताङ सहिदभुमि धनकुटा
    …
    १,
    हल्लाकै पछि लाग्ने ,
    यथार्थको मतलब नगर्ने
    अन्धाधुन्ध नै जाग्ने ।
    २,
    नभएपछि चाहना घरी
    अनि आउछन् हजुर
    नयाँ बहाना नानाथरी ।
    ३,
    हुन्छ कहिले भोकप्यास,
    विचार धेरै खेल्दा
    हुन्छ फेरि सत्यनास ।
    ✍️दीपा समभाव
    दुबेकोल खोटाङ
    …
    १,
    भातभान्सा गर्दै पनि
    लेख्न सकिन्छ झिल्का
    नौंवटा शब्द गनी।
    ✍️पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके।
    …
    १,
    राष्ट संस्कार कुल,
    हाम्रा  हुन जीवनदाता,
    बिर्सेर नगरौं भुल।
    २,
    केवल बहाना जिउने
    ईर्ष्या लोभ सुविधा,
    खोज्दै विष पिउने।
    ३,
    मानव खै किन?
    दानव भएर निस्क्यो,
    गिर्‍यो अति दिनैदिन।।
    ✍️मनोहरी पौडेल
    गैडाकोट १
    …
    १,
    छुरा चलाउने चलन
    छ साथीभाइबिचमा पनि
    सम्झँदा हृदयमा जलन ।
    २,
    बल्लबल्ल बस्छ खाटो
    शितलता हुन्छ मनमा
    देख्दै सक्दैनन् टाटो।
    ३,
    अगाडिबाट कुरा देखाउँछ
    झुक्याएर मौका परेपछि  
    पछाडिबाट छुरा टेकाउँछ ।
    ✍️घनश्याम पन्त
    हरिवन सर्लाही
    …
    १,
    निलो आकाश हेरेर
    नयन मोहित हुन्छन् ,
    सन्तोषले शास फेरेर।
    २,
    प्रकृति ईश्वर हाम्रो
    सन्तुलन कायम राख्दै ,
    बनाऔॅं सदैव राम्रो।
    ✍️सुस्मिता अधिकारी
    काठमाडौँ
    …
    १,
    दुईजिब्रे बन्नु हुन्न
    नेताको संज्ञा पाईन्छ
    यस्ताले शिखर छुन्न ।
    २,
    सबैलाई लाग्छ पिर
    पीडा दबाउने होइन
    हिड्यौँ उचालेर शिर ।
    ✍️धनमाया चौधरी
    कैलाली
    …
    १,
    पहिरिएपछि कालो कोट
    निष्पक्ष न्याय दिलाउन
    तिमीले गर्नुपर्छ अठोट ।
    २,
    कस्तो जमाना आयो ?
    चोरलाई चैँ  चौतारो 
    साधुले दु:ख पायो ।
    ३,
    मध्यम वर्ग रुँदा
    वास्ता छैन शासकलाई
    महङ्गीले आकाश छुँदा
    ✍️शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    …
    १,
    छैन कसैले देखेको
    मरेपछि कहाँ गइन्छ
    हुन्छ भाग्यमा लेखेको ।
    २,
    मान्छे तुच्छ धूलो
    सारा समयको दास
    छैनन् कोही ठूलो ।
    ३,
    उम्रेर माटोमै खिल्दछ
    शरीर यो पञ्चतत्त्वको
    आखिर माटोमै मिल्दछ ।
    ✍️वसन्त अनुभव
    …
    १,
    नराम्रो नगरौँ जानेर
    कसैलाई धेरै यहाँ
    कमजोर पनि ठानेर।
    ✍️सानु जोशी
    दार्चुला

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविता

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ४७ सम्पन्न

  • २५ माघ २०८१, शुक्रबार ०८:१२ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको ४७ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५६ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ४७ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    …
    १,
    मनको कुरो भन्नू,
    अग्रगामी पाइला बनाई
    समुद्रभन्दा नदी बन्नू ।
    २,
    पातको गति पहेँलपुर
    बालीबैँस निशानामा चलाऊ,
    जिन्दगी नहोला भरपुर ।
    ३,
    पूर्वबाट सूर्य उदाउॅंछ
    बतास पश्चिमबाट बहला,
    तिम्रो रामकहानीले हॅंसाउॅंछ ।
    – म्यामराज राई
    …
    १,
    के मतलब कसैको ?
    यस्तै त हो
    जीवन घामपानी सबैको ।
    २,
    मृत्यु एक सत्य
    यस्तो बुझेर पनि
    किन हुनु अपहत्या ?
    ३,
    पाकेको फल स्वादिलो
    अचार भयो भने
    हुन्छ खाना रसिलो !
    ✍️दीपा समभाव
    दुबेकोल खोटाङ
    …
    १,
    चाहिन्छ मनको सफा
    व्यवहारमा लागु होस्
    संविधानका सबै दफा ।
    २,
    कुरा बुझौँ साथी
    साँच्चै यो संसारमा ,
    मानवता सबैभन्दा माथि ।
    ३,
    अस्तित्वको खोजीमा लागौँ
    क्षणिक अन्तै नडुलेर
    आफ्नै पहिचानमा बाँचौँ ।
    ✍️भोज विवश मगर
    गैंडाकोट -३ नवलपरासी पूर्व
    …
    १,
    देशमा विकास भएन
    उस्तै छ अवस्था
    लुट्ने बानी गएन ।
    २,
    लुटेराको शासन देशमा
    नयाँ पार्टी खोली
    आउँछन् जोगीको भेषमा ।
    ३,
    विकासमा युवा आऊ
    गाउँघर फर्केर सबै
    सुतेको सारा जगाऊ ।
    ✍️रबि पौडेल
    दक्षिण भारत पाण्डेचरी
    …
    १,
    खुसी राखौँ मन
    सफा दिल हुँदा
    सुक्दैन आफ्नो तन।
    २,
    युवा विदेश गए
    देशमा बस्थे होलान्
    रोजगारी तिनको भए।
    ३,
    राखौँ सबैले पहिचान
    चिनारी भनेको यही
    भन्ने कुरा जान।
    ✍️अर्जुन प्रसाद चौलागाई
    हालः-अमेरिका, बोस्टन।
    …
    १,
    जीवनमा आउँछ कष्ट
    हतास नहुनु कोही
    हाँसेर पारौँ नष्ट ।
    ✍️संगीता खरेल
    काठमाडौँ
    …
    १,
    जवानीले ल्याय‍ो आधी
    तरङ्गित भए छालहरू
    राखौँला अँगालोमा बाँधी।
    २,
    सपनीमा तिमीलाई देख्दा
    लगाऔॅं पिरती भनी
    मैले प्रेमपत्र लेख्दा।
    ३,
    खुसी हुन्थ्यौ कति
    नदेखे पनि विपनामा
    बताऊ तिम्रो गति।
    ✍️सतीश पण्डित
    भानु – ६, चुँदी तनहूँ (हाल चनपा – ६ मातातातीर्थ)
    …
    १,
    बगेको खोला फर्किँदैन
    नराख्नु काम भोलिको
    समयले तिमीलाई पर्खिँदैन।
    ✍️होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।
    …
    १,
    अमर हुन्छ नाम
    सत्कर्म मर्दैन बुझौँ
    गरौँ सधैँ सुकाम ।
    ✍️ ताराप्रसाद चापागाईँ
    …
    १,
    भव्य, सभ्य हुनुपर्छ
    जन्मदिन झिल्का कविताको
    सबैको हित गर्छ।
    २,
    रचना देशको लागि
    लेखौँ सबैको हितमा
    बनौँ सबै सहभागी ।
    ३,
    बेइमानको नपरौँ भर
    चिनौँ चाल उसको
    नभत्काऔॅं चिनेर घर।
    ✍️सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    …
    १,
    मनको भावनामा बगेर
    सुमधुर आवाज निकाल्नु
    कोइलीझैँ सदा बनेर ।
    २,
    हेर्नेछ सबैले त्यहाँ
    नयन उठाएर खोजी
    तिमी हुन्छौ जहाँ ।
    ३,
    तिमी आवाजको धनी
    मिठो लाग्छ सुन्दा
    अत्यन्तै मलाई पनि ।
    ✍️अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन न. पा. ६ संखुवासभा ।
    …
    १,
    युवा फर्की आऊ
    देश डुब्नै लाग्यो
    छिटो किनारा लगाऊ ।
    २,
    नाममा विकास भएको
    जहीतही काम अधुरा
    छोड्दै हेर गएको ।
    ३,
    जन्मदिन पनि आएछ
    झिल्का कविताले त
    माया धेरै पाएछ।
    ✍️कला ढकाल
    झापा
    …
    १,
    मनका कुरा खाेलेर
    इज्जत नष्ट होला
    झुटो कुरा बोलेर।
    २,
    डाँफे, मुनाल नाच्ने
    सुन्दर शान्त नेपालमा
    स्वाभिमानी भएर बाँच्ने।
    ✍️राज कुमार राजभण्डारी खोटाङे
    मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर ।
    …
    १,
    खेल खेल्छन् खेलाडी
    होहल्ला छ जताततै
    एनपिएलको छ दहाडी ।
    ✍️नागेन्द्रप्रसाद यादव
    …
    १,
    गर्नलाई सही कर्म
    आखिर कसैले पनि
    मान्न हुँदैन सर्म !
    ✍️आर्त अकुलीन
    …
    १,
    मनमा नराख्नु कहिल्यै
    गलत विचारको भण्डार
    वारपार गर्नुपर्छ पहिल्यै।
    २,
    शङ्काले घर जलाउॅंछ
    औंला नदेखाउनु अरूलाई
    यसले संसारै ढलाउँछ।
    ✍️चुडामणी देवकोटा
    पुरानोनैकाप काठमाडौँ
    …
    १,
    मन हुन्छ सबैको
    यसैले साथ देऊ
    नदुखाऊ तिमी कसैको।
    २,
    चारैतिर फैलियो नाम
    कति सुन्दर कामले
    राख यस्तै सुनाम ‌।
    ✍️निमा छिरिङ भोटिया
    जलढका कालेबुङ भारत
    …
    १,
    सकारात्मक सन्देश दिँदै
    झिल्का लेखन अभियान
    बढ्यो विश्वमा फैलिँदै ।
    २,
    गर्छन् कुर्सीको खेल
    शान्ति भएन देशमा
    राजनीतिमा भयो झेल !
    ✍️अनिता भण्डारी
    ताप्लेजुङ
    …
    १,
    जगाऔॅं ज्ञानको भोक
    सार्थक जीवन जिउनलाई
    हटाऔॅं मनको शोक ।
    २,
    खराब बानी त्यागौँ
    आलस्यता दूर भगाई
    हामी सबै जागौँ ।
    ३,
    काम गर्नु राम्रो
    देशको सेवा गर्नु
    कर्तव्य हो हाम्रो ।
    ✍️जयनारायण नेपाल
    इलाम  (हाल सूर्यविनायक २ बालकोट, भक्तपुर )
    …
    १,
    ओजिलो भाव छरी
    झिल्काको प्रवर्धन गरौँ
    सबैले हातेमालो गरी l
    २,
    पढ्नेले आहा! भनोस्
    हामीले कोरेको झिल्का
    सबल सन्देशवाहक बनोस् l
    ✍️बाबुराम गौतम
    गुल्मी
    …
    १,
    भन्छन् राष्ट्र मेरै,
    विकासमा छैन ध्यान,
    भ्रष्टाचार गर्ने धेरै ।
    २,
    तराई, पहाड, हिमाल,
    गौरव मेरो देशको,
    स्वच्छ मन विशाल ।
    ✍️भुपेन्द्र राना मगर
    धादिङ
    …
    १,
    माया सबैमा हुन्छ
    चाहे पशु होस्
    दिलले दिललाई छुन्छ।
    २,
    वनपालेले जङ्गल फाँड्छन्
    विश्वास रहेन कसैको
    काठ आफन्तलाई बाँड्छन् ।
    ✍️नवराज भट्ट
    कन्चनपुर
    …
    १,
    आफूलाई भन्छन् अगुवा
    नराम्रो काम गरेपछि
    कुलेलम ठोक्छन् भगुवा !
    ✍️प्रेम थापा “मन”
    बागलुङ
    …
    १,
    बढाउन खोज्दा खोज्दै
    निराशा भएर गयो
    असफल कहाँ रोज्दै ।
    २,
    जीवन सजिलो चलाऊ
    अरूको डाहा गरेर
    मन किन बहलाऊ ?
    ✍️अम्बिका अधिकारी
    झापा बिर्तामोड
    …
    १,
    चोटमा लगाउनु मलम
    मानहानि कसैको  भये
    रोक्दछु झिल्कामा कलम ।
    ✍️मोती योन्जन सुब्बा 
    दार्जिलिङ
    …
    १,
    रोपेर आँगनमा काँडा
    फूलको आशा नगर
    आफन्त काट्छन् डाँडा ।
    २,
    अमूल्य मानव जीवन
    आइन्न फर्केर कहिल्यै
    अपाच्य वचन नभन ।
    ३,
    अन्तस्करण शुद्ध राख
    दिलमा विष भरेमा
    भइन्छ जलेर खाक ।
    ✍️हिरालाल न्यौपाने
    बागचौर नगरपालिका ८, कोटमौला सल्यान
    …
    १,
    झिल्कालाई मलजल गरौँ
    वरपिपल सरह बनाउन
    माली बनेर लागिपरौँ।
    २,
    झिल्काले चेतना जगाउँदैछ
    समाजमा व्याप्त विसङ्गतिहरू
    कवितामार्फत बिस्तारै भगाउँदैछ।
    ✍️अरुण कुमार भुजेल
    गोरूबथान, कालेबुङ, भारत
    …
    १,
    जिन्दगीको अनुपम पाटो
    सदैव सत्कर्ममा लागौँ
    खुल्दछ चौतर्फी बाटो ।
    ✍️विष्णु पंगेनी(पाण्डे )
    वालिङ्, स्याङ्जा
    …
    १,
    जीवन कर्कलाको पानी ,
    राखेर खुसी रहन्न,
    सुख फुत्केर जानी।
    २,
    दुःखले माया गर्दा,
    दु:खै साथी बन्यो ,
    आत्तिन दुःख पर्दा।
    ३,
    दुःख सुख चक्रमा
    खुसी हुने रहेछ,
    पाएको जिन्दगी वक्रमा।
    ✍️मनोहरी पौडेल
    गैडाकोट १
    …
    १,
    कति भन्नु मैले ?
    बुझाउनै सकिनॅं होला
    पछुतायौ नि ऐले ।
    २,
    जीवन जोशले चल्दैन
    सम्झाउॅदा पटक्कै नबुझ्ने
    काँचो दाउरा बल्दैन ।
    ३,
    छानो खरकै होला
    मनमा भएको मायाले
    पक्कै गगन छोला ।
    ✍️राजेशराज गड्तौला
    काँडाघारी, काठमाडौँ
    …
    १,
    साप्ताहिक झिल्का लेखन
    सहभागी बनौँ सबै
    लगाएर तन मन।
    ✍️पुष्पा सुवेदी
    नेपालगन्ज, बॅाके।
    …
    १,
    दैनिक गर्नुपर्छ काम
    हातमुख जोर्ने बाहना
    नगरे पाइॅंदैन माम।
    ✍️सुनगाभा पोखरेल
    कपिलवस्तु
    …
    १,
    रिसको कारण अज्ञान
    अचम्मको हुन्छ यो
    यसको हुँदैन ज्यान ।
    २,
    अँध्यारोमा केही देखिन्न
    धेरै कुकृत्य मध्यरातमा
    गरिबीको कथा लेखिन्न ।
    ३,
    सौगातलाई भन्दैछन् घुस
    आफ्नै परिभाषा मान्छेको
    इतिहास केलाउॅंदा फासफुस ।
    ✍️प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    …
    १,
    बालकबालिकालाई भने युवराज 
    उपहारको खजानाको साथ
    चाँडै आउॅंदैछन् सन्तकलाज ।
    ✍️संगमानंद पत्रकार
    चूरु-राजस्थान, भारत
    …
    १,
    हाँसेर बोल्ने बानीले
    जोशमा होस गुमाउॅंदा
    दुख पाइन् नानीले !
    ✍️मन्दिरा सेढाई     
    मलेखु, धादिङ
    …
    १,
    सत्ता हत्याउने दाउ
    जनता सधैँको रैती
    नेतालाई पुगेन भाउ !
    २,
    सतिले सरापेको देश
    कहिल्यै सुपुत्र बनेनन्
    धेरैको सेताम्मे केश !
    ३,
    समृद्धिको दिवा सपना
    भ्यागुताको धार्नी जोखाइ
    सत्ता समाल्ने जपना ।
    ✍️ऋजु दिल्पाली (राजेन्द्र घिमिरे)
    इटहरी १ हलगडा सुनसरी
    …
    १,
    कर्मको ग‍ोरेटो राम्रो
    भविष्य फलोस् फुल‍ोस्
    कामना सन्तानमा हाम्रो ।
    ✍️समुन्द्रा शर्मा
    …
    १,
    डुब्न लागेको घाम
    सम्झन्छु वृद्ध बाबुआमा
    पुकार्दै भगवान् राम !
    २,
    पुस, माघको जाडो
    गाह्रो भयो थेग्न
    भइदिन्छ रौँ ठाडो !
    ३,
    पर्खी बस्नु होला
    अवश्य फर्कनेछु म
    जब फर्कन्छ खोला ।
    ✍️वसन्त अनुभव
    दाङ
    …
    १,
    जाडोले सुरुवात गर्‍यो
    सबैले ख्याल गर्नु
    हिमालमा हिउँ पर्‍यो ।
    २,
    आगो ताप्नु मुढाको
    शरीर न्यानो पार्छ
    कुरा सुन्नु बुढाको ।
    ✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो  )
    कनकाई ४ झापा
    …
    १,
    भोलिका कर्णधार देशका
    उज्यालो दिपक जगाउन
    सुहाउँदो एकै भेषका ।
    २,
    नटिप्नु काँचो कचिलो
    चुँडेर नफाल्नू, कसैले
    खाने पकाएर रसिलो ।
    ३,
    शीतको बढ्दै लहर
    अनाथ वृद्धवृद्धा रोगी
    बाआमालाई भयो जहर ।
    ✍️भगवती दवाडी
    झापा
    …
    १,
    गइसक्यो मङ्सिरको मैना
    पोहोर साल लगाएको
    जाले रुमाल बैना ।
    २,
    आच्छु !  बनायो दाँतै
    शुरुवातमै यो मङ्सिरको
    सिरेटोले हल्लायो आँतै ।
    ३,
    आहा ! घामै घमाइलो
    पारिलो भिर पहराकै
    जाडोमा न्यानै रमाइलो ।
    ✍️कमल थापा
    दार्मा -६, सल्यान ।
    …
    १,
    विद्धानहरूलाई कसैले छेकेनन्
    तर आमा, बाउ
    बनाउने शुत्र भेटेनन्।
    ✍️रमेश दियाली
    शेल्पू सिटोंग दार्जिलिङ
    …
    १,
    समयको प्रगति नहेर्ने
    झिल्का कविताको कमाल
    देशले कोल्टो नफेर्ने ।
    २,
    कविले कवितामा लेखेको
    कसैले नबुझ्ने भयो
    विकास खोइ देखेको ?
    ३,
    समाजको एक फूलबारी
    कलम कापीको कमाल
    झिल्का कविताबाट जानकारी ।
    ✍️भोलामान बर्देवा ‘वैरागी माइलो’
    धरान – ८, सुनसरी
    …
    १,
    अनुभवको खानी रहेछ
    जीवन भन्नु मान्छेको
    हन्डर ठक्कर सहेछ ।
    ✍️पुष्पा राई
    बादेल, खोटाङ
    …
    १,
    सुख शान्ति साट्न
    झिल्का कविता लेखी
    सक्छौँ दुःख बाट्न !
    २,
    हातेमालो गरी अब
    पारौ देशै झिलिमिली
    लक्ष्यमानै टेकौँ सब ।
    ✍️विवश पारदर्शी
    झापा
    …
    १,
    झिल्का कविता राम्रो
    समाजका विसङ्गति हटाउॅंदै
    हिॅंड्नु कर्तव्य हाम्रो ।
    ✍️दुर्गा भट्टराई
    मोरङ
    …
    १,
    लक्ष्यमा दौडदा दौडदै
    लगाउन सकिँदैन पार
    पोखरीमा पौडदा पौडदै ।
    २,
    प्रेममा भएँ काकाकुल
    पाएपछि मैले धोका
    हान्यो मुटुमा सुल ।
    ३,
    क्यानभासमा तिम्रो तस्वीर
    थिएँ सजायको मैले
    तर रहेनछ तक्दिर ।
    ✍️डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६ , दोलखा ।
    …
    १,
    जीवन सधैँ चल्छ
    आज प्रगति देख्दाखेरी
    दुनियाँ किन जल्छ।
    ✍️सानु जोशी
    सुदुर पश्चिम दार्चुला
    …
    १,
    स्वतन्त्रतामै फुल्छन् फूल
    पराधीनता स्वीकार्य हुँदैन
    यथास्थितिमा रमाई नभुल।
    ✍️देव मगर
    तिनाउ, पाल्पा।
    …
    १,
    अजर रहन काम
    गरौँ सेवा समाजको ,
    राखौँ मिलेर नाम ।
    २,
    राम्रो कार्य गरौँ
    धनकै लागि भनेर ,
    कहिल्यै पछि नपरौँ ।
    ३,
    शब्दको फूल चुनेर
    पोख्छु आफ्नो भावना ,
    झिल्काको डोरीमा उनेर।
    ✍️सीमा कार्की समर्पण,
       मेलचोक पर्सा
    …
    १,
    पिर नलिनेले हँसाउँछ
    बाँच्न सिकाउँछ उसैले
    सबैलाई मित बनाउँछ।
    २,
    तेल रहेसम्म बलेका
    हामी यस धरामा
    निमित्त मात्र बनेका ।
    ३,
    परिश्रमीले रोटी कमाउँछ
    दयालु बनेमा सबै
    प्रभु मन पलाउँछ।
    ✍️कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    …
    १,
    तराई ,पहाड ,हिमाल
    प्राकृतिक सौन्दर्यको गहनाले
    सिॅंगारिएको हाम्रो नेपाल ।
    २,
    वीर, वीराङ्गनाको देश
    गर्भदेखि नै हामीलाई
    बहादुर बनाएको परिवेश ।
    ३,
    हातमा खुकुरी उचाली
    शत्रुमाथि जाई लाग्ने
    हामी वीर नेपाली ।
    ✍️रुना कर्माचार्य दाहाल
    चितवन
    …
    १,
    उदाउॅंदो सूर्यको खोजीमा
    रित्तिॅंदैछन् हाम्रा गाउॅं ,
    धन भर्न गोजीमा ।
    ✍️सुस्मिता अधिकारी
    काठमाडौँ
    …
    १,
    खुसी हुन सिकौँ
    हर्ष या विष्मातमा
    रमाउन समय झिकौँ ।
    २,
    मन पर्छ झिल्का
    खुसी मिल्छ लेखेर
    नआए सिधै मिल्का ।
    ✍️धनमाया चौधरी
    कैलाली
    …
    १,
    भ्रष्टाचार मौलाउँदैछ दैनिक
    आवाज उठाउनु अपराध
    चलन अहिले सामाजिक।
    २,
    स्वदेशी उत्पादन कुहाई
    आयात विदेशी सामान
    अर्बौं रुपैयाँ बुझाई ।
    ३,
    धेरै बिरालो भयो
    मरेन मुसा एउटै
    देश ओरालो गयो।
    ✍️बिमल पोखरेल
    धरान-१७, पटनाली
    …
    १,
    परिस्थितिले पछ्याउँदै लाँदा
    आँखा चिम्लेरै हिॅंड्नुपर्ने
    विषाक्त हावा खाँदा।
    २,
    दुईदिन मिठो खाएको
    आज हावामै विष
    उपहारमा चोट पाएको।
    ३,
    वचनले किन मारेको ?
    सङ्घर्ष गरेकै छु
    जिउँदै बर्खी बारेको !
    ✍️राजेश्वरी राजोपाध्याय
    ललितपुर

    ::::::::जय झिल्का साहित्य ! :::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविता

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ४५ सम्पन्न

  • १९ मंसिर २०८१, बुधबार ०८:०६ मा प्रकाशित


  • साप्ताहिक झिल्का लेखन अभ्यासको ४५ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६० जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ४५ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    …
    १,
    तिमीले बनाउने दूरीमा
    गन्ध आउॅंछ स्वार्थको
    सुहाएन धानसारको मुरीमा ।
    २,
    बलियो तिम्रो पाखुरी
    खटाए पाखाभरि रातोदिन
    भाग्दछ अभावको हुरी ।
    ३,
    प्रयोगशालामा गरिरहन्छु अभ्यास
    ध्याउन्नमा भविष्यको सुरुङ
    शेष नि:शेष खास ।
    ✍️म्यामराज राई
    …
    १,
    ढुङ्गा पुज्छन् समाजमा
    मानवता हरायो भन्दै
    रूढिवादी भित्र्याउँछन् आपसमा।
    २,
    विज्ञानको युग पाएर
    कुसंस्कारभित्र हामी रहन्छौँ
    भलाद्मीको गीत गाएर।
    ३,
    जीवन बगेको खोली
    खेर नफालौँ व्यर्थैमा
    आउँदैन फेरि भोलि।
    ✍️ विकास क्षेत्री अञ्जान
    कैजले, बिजनबारी, दार्जिलिङ
    …
    १,
    तिमी बनाऊ दूरी,
    मलाई मतलब भएन
    म बस्छु कुरी ।
    २,
    म असाध्यै लुरी
    तापनि खोज्दैछु चढ्न,
    साहित्यको चुचो धुरी ।
    ३,
    दुई दिनको चुरिफुरी
    देखाएर नबढाऊन् कसैले
    एक आपसमा दूरी ।
    ✍️दीपा समभाव
    दुबेकोल खोटाङ
    …
    १,
    बनेर कुशल पात्र
    देश बिगार्न लागे
    खुट्टा तान्नेले अहोरात्र ।
    २,
    सधैँ चिन्ता, दु:ख
    कहिले होला खोइ ?
    यो मनमा हाइसुख।
    ३,
    म केही गरूँ
    यो देशको निम्ति
    नाम राखेर मरूँ ।
    ✍️खडक आर सि मिलन
    छेडागाड नगरपालिका २ साल्मा जाजरकोट
    …
    १,
    थरीथरीका माया देखियो
    घामजूनको जस्तो खेल
    अनौठो कहानी लेखियो ।
    ✍️ ताराप्रसाद चापागाईँ
    …
    १,
    बनाउॅंदा अरूसॅंग दूरी
    फाइदा हुन्न त्यसमा
    गरेर हुन्छ चुरीफुरी?
    २,
    बनाऔॅं बलियो पाखुरी
    भगाउन नि सक्छ
    आएमा पनि हुरी।
    ३,
    साहित्यको चढौँ धुरी
    तागत निकाल्दा मात्र
    आउॅंछ भित्रैबाट फुरी।
    ✍️अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१ (हालः-अमेरिका,बोस्टन)
    …
    १,
    भ्रममा मान्छे परेर
    भरोसा सबैमा गरिन्छ
    विश्वास जान्छ मरेर ।
    २,
    आइपर्ने सबै कुरा
    भोग्ने आफैले रहेछ
    विश्व बह्माण्ड पूरा ।
    ३,
    हुँदा सबै साथी
    आफैले ख्याल राख्नु
    स्वास्थ्य सबैभन्दा माथि ।
    ✍️पुष्पा राई
    बादेल, खोटाङ
    …
    १,
    देखियो स्वार्थको खानी
    क्रमशः बग्दैछ आँखाबाट
    पीडाको नुनिलो पानी ।
    २,
    छलकपटले धेरै जिएर
    पापी भए दुनियाँ
    अरूकै पसिना पिएर।
    ✍🏻अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ
    …
    १,
    मानिसमा अभिमान चुल्यो
    काम सफल भएपछि
    सफलताको श्रोत भुल्यो।
    २,
    बखान राम्रो नराम्रो
    सबैको हुन्छ यहाँ
    समयमा तिम्रो हाम्रो।
    ३,
    पुग्छ साहित्यकारको विचार
    एउटा कुनाबाट अर्को
    डुल्छ दृष्टिकोण संसार।
    ✍️सुरेशकुमार पाण्डे
    घोराही – १८, दाङ
    …
    १,
    अचम्मका मायालु भेटिए
    निरन्तरता भएन भन्दै
    अनौठा कहानी लेखिए ।
    २,
    मुसोको नदेखाऊ चुरिफुरी
    हेर्दाहेर्दै भयो बेहोस
    फेरि बोलाउनुपर्ला सुरी ।
    ३,
    विचार गरेर बोल
    कसैसँग नबुझी नबोल्नु
    तिर्नुपर्ला भारी मोल ।
    ✍️बेदु न्यौपाने
    …
    १,
    आकाशमा छ जून
    चाहेर पनि कसैले
    सकिन्न कहिल्यै छुन ।
    २,
    सङ्गीत भरेर गाएपछि
    राम्रो सुनिन्छ गीत
    सबैबाट प्रशंसा आएपछि ।
    ३,
    धानको बाला झुलेर
    रमाएको छ मन
    खुसीले सारा भुलेर ।
    ✍️अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन न. पा. ६ संखुवासभा ।
    …
    १,
    खै कसरी कमाए ?
    हेर ! मुसा बिराला
    उत्सव गरी रमाए !
    ✍️आर्त अकुलीन
    …
    १,
    गरौँ कसको भर
    सबै उस्तै छन्
    लाग्छ शङ्काको डर।
    २,
    भयो हालत खराब
    दुई गिलास पिएँ
    नखाने चिज सराब।
    ✍️चुडामणी देबकोटा
    पुरानोनैकाप काठमाडौँ
    …
    १,
    देखाउँदै अरूको गल्ती
    भ्रष्टहरू अहिले देशमा
    भर्दैछन् आफ्नै खल्ती |
    ✍️सरिता सेढाई
    धादिङ
    …
    १,
    कस्ती छिन बुहारी ?
    छोरो लाटो बाठो
    सधैँ खेल्छिन् जुहारी ।
    २,
    काम, दाम उही
    समय कुरी कार्यालयमा
    हेर्दै घडीको सुई ।
    ३,
    मान्छेमा मायालु छाएँ
    नौलो कविता लेख्छु
    साधनामा काम पाएँ ।
    ✍️निर्मल कुमार लामिछाने
    …
    १,
    कसम खाइखाइ फसायो
    पापी राक्षस दुष्टले
    यसरी कतिलाई रुवायो?
    २,
    खोज्छ खुनीले खुन
    नसकेपछि तिर्न उसले
    कसैले लगाएको गुन।
    ३,
    छुचो मान्छेको मतिले
    गर्दैन कसैको भलाइ
    उसको यस्तै गतिले।
    ✍️सतीश पण्डित
    भानु६ चुँदी तनहूँ (हाल चनपा ६ मातातीर्थ)
    …
    १,
    अराजक भीडको झुण्ड
    मार्गचित्रबिना नै त्यो
    बनाए विषको कुण्ड ।
    ✍️प्रेम थापा “मन”बागलुङ
    …
    १,
    कमान त कमाएँ
    जम्मा गर्न सकिन
    साना कुरामा रमाएँ !
    २,
    मुसो भयो हात्ती
    कसरी भयो बुझिनॅं ?
    निर्धोक‍ो छातीमा लात्ती !
    ✍️धनमाया चौधरी
    कैलाली
    …
    १,
    सायद मन बुझेन,
    टाढियो उनी यसै,
    मेरो साथमा बसेन ।
    २,
    पार्नेछु तिमीलाई सखाप,
    भाग चाहियो सत्ताको
    म बस्नेछु चुपचाप ।
    ✍️भुपेन्द्र राना मगर
    धादिङ
    …
    १,
    माया पनि देखियो
    दुःख, सुखको बाटोमा
    यसैले कथा लेखियो।
    ✍️निमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    …
    १,
    ढुकुटी बाँडेर खाए
    त्यागी इमानदार नेता
    देश कङ्गाल बनाए ।
    २,
    खिचलो उही भागबन्डाको
    व्यस्त छन् नेताज्यूहरू
    व्यापारमा कमाउ धन्दाको !
    ३,
    बनाई झुन्ड लावालस्कर
    नेताज्यू विदेश भ्रमणमा
    बोकेर भ्रष्टाचारी तस्कर !
    ✍️वसन्त अनुभव
    घोराही, दाङ
    …
    १,
    चिसो मौसम आयो
    पुराना थोत्रा कपडाको
    पालो अब आयो ।
    २,
    अब जुट्ने पालो
    भ्रष्टाचारी लखेट्न हामीले
    फाल्नुपर्छ अब जालो ।
    ३,
    अचम्मका मान्छे भेटिन्छन्
    सामाजिक सञ्जालभित्र नै,
    हुने नहुने देखिन्छन् ।
    ✍️कला ढकाल
    झापा
    …
    १,
    झिल्कामा बामे सर्दैछु,
    पुग्नु छ सागरमा
    भर्खर खोला तर्दैछु।
    ✍️रमेश दियाली
    शेल्पू सिटोंग दार्जिलिङ
    …
    १,
    किन हान्दैछन् जनले
    आफ्नै खुट्टामा बन्चरो,
    पैसामा बिक्ने मनले ।
    ✍️सुस्मिता अधिकारी
    काठमाडौँ
    …
    १,
    जनताहरू सडकमा उत्रिन्छन्
    किन प्रजातन्त्रले सुन्दैन?
    संविधान टेकेरै खटिन्छन् ।
    ✍️लोक वहादुर छेत्री लामिछाने
    मोदी गा पा २ देउपु, पर्वत जिल्ला
    …
    १,
    प्रमाणहरू बिस्तारै जुट्दैछन्
    लुटेराहरूको समूह डगमगाउँदै
    दलालहरू नसाबाट फुट्दैछन् ।
    २,
    अबलाई बेर्नु फर्कन्छ
    छुटकारा दिलाउन सक्दैनन्
    बाटो भएर तर्कन्छ।
    ३,
    अल्सरले पेटमा सताएपछि
    क्यान्सर देखियो खतरनाक
    राष्ट्रधन खोलासरी बगाएपछि।
    ✍️घनश्याम पन्त
    हरिवन सर्लाही
    …
    १,
    शङ्काले लङ्का जलाउँछ
    नभए मायामा विश्वास
    आफ्नै देह गलाउँछ।
    ✍️मन्दिरा सेढाई    
    मलेखु, धादिङ
    …
    १,
    नजानेर भुल भयो
    कसैलाई बनेछ शूल
    सधैँलाई बिर्सिएर गयो ।
    २,
    भएपनि नकारात्मक सोच्छ
    जिद्दीपन घरिघरि ल्याएर
    एकार्कामा च्वास्स घोच्छ ।
    ३,
    निरासा बोध भएपछि
    एकान्तहरू मन पर्छ
    लामो सम्बन्ध तुहेपछि।
    ✍️दिल ठकुरी
    दार्जिलिङ
    …
    १,
    सुनेथेँ मायाले हसाउँछ
    थाहै भएन मलाई
    यसैले नयन रसाउँछ।
    २,
    पहिले कसम खुवायो
    स्वार्थसिद्ध हुनासाथ दुष्टले
    अश्रु दहमा डुबायो।
    ✍️अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ,भारत।
    …
    १,
    के गर्छौ कुरा ?
    अघिपछि नहेरी तिमी
    भित्रभित्रै रोप्छौ छुरा ।
    २,
    छ सजिलो भन्न
    व्यवहारमा हुन्छ अप्ठ्यारो
    राम्रा कामहरू गन्न ।
    ३,
    लेख्दै अघि बढौँ
    इतिहास साक्षी छ
    पाना फर्काएर पढौँ ।
    ✍️रबि पौडेल
    दक्षिण भारत पाण्डेचरी
    …
    १,
    जनता सडकमा आउँदैछन्,
    नारा जुलुस लगाउँदै
    राज्यको कन्सिरी तताउॅंदैछन्।
    २,
    साँढेले मकै खायो
    किसानको हातमा डन्डा
    बालीनालीले दु:ख पायो ।
    ✍️होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।
    …
    १,
    अनौठो कहानी बोकेर
    कति बन्छौँ नजान्ने
    दिनहुँ सोमरस धोकेर !
    २,
    इमान्दारीता देखाउन खोज्छन्
    सङ्गतको दोष गर्दै
    नराम्रो बाटो रोज्छन् !
    ३,
    को हो सही ?
    हुन्डी फोरी श्रीकृष्ण
    चोरी गर्थे दही !
    ✍️अच्युत घिमिरे
    सर्पाङ, भुटान
    …
    १,
    सभ्य कर्म गरौँ
    अरुको देखासिकी नगरी
    आफ्नै भरमा परौँ ।
    २,
    सकिन्छ भनेर चेप्न
    महान् आफै ठानी
    निमुखालाई हुन्न हेप्न।
    ३,
    कहिल्यै नगरौँ अलमल
    अल्छी बानी त्यागे
    भइन्छ पक्कै सफल।
    ✍️भोज विवश मगर
    गैंडाकोट -३ नवलपरासी पूर्व
    …
    १,
    अनौठो देखे चालमा
    बित्थामा विश्वास गरेर
    फसेको पाइन जालमा ।
    २,
    टुङ्गोमा पुग्न पाइन
    आधा बाटोमा होला
    भिरमा समाउन आइन ।
    ३,
    आधार केही हुँदैन
    गरिब भनेर हेला
    जातीय भेदभावले छुदैन ।
    ✍️अम्बिका अधिकारी
    झापा बिर्तामोड
    …
    १,
    भ्रष्ट नक्कली भेषमा
    हाम्रा देशका नेताहरू
    सम्पत्ति थुपार्छन् विदेशमा ।
    २,
    अर्कैको हातामा साँचो
    तर हामीलाई पर्‍यो
    राष्ट्र राष्ट्रियताको खाँचो ।
    ३,
    कहिले भरिन्छ गागर
    जाली भ्रष्टहरूको विरुद्धमा
    अब उर्लिन्छ जनसागर ।
    ✍️डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६ , दोलखा
    …
    १,
    भरिएपछि चाहेको खल्ती
    आफू राम्रो बनेर
    देखाउॅंछन् अरूको गल्ती ।
    २,
    नगर बोली चर्को
    हिजो एउटा कुरा
    आज गर्छौ अर्को ।
    ३,
    माफी माग्दै आउँछौ
    हुन्छ गल्तीको महसुस
    अनि आफै पछुताउँछौ ।
    ✍️अनिता भण्डारी
    ताप्लेजुङ
    …
    १,
    फूलझैँ मुहार सजियो
    मन्दिरको शिखर भएर
    मनमा मन कजियो ।
    २,
    खुसीको भाका आयो
    मायाको नजर देखेर
    बाँच्न पिरती लायो ।
    ३,
    थाकेको बाटो फर्कियो
    सागरको छाल भई
    सपना फेरि सर्कियो ।
    ✍️ लक्ष्मी रिजाल, रूपनगर, सप्तरी
    …
    १,
    थालेछु झिल्कासँग रमाउन
    आदतै बनाइदियो मलाई
    आजभोलि कलम समाउन
    ✍️विष्णु पंगेनी(पाण्डे )
    वालिङ् -स्याङ्जा
    …
    १,
    काण्डैकाण्ड बनाए देशमा
    जनताका विश्वासिला पात्रले
    लगानी काम्बोडिया केसमा ।
    ✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाइ ४ झापा
    …
    १,
    जाडोमा मायालु घाम
    गर्मीमा भन्ने गरिन्छ
    पोल्छ पुकार्दैमा नाम ।
    २,
    तातोपानी पानीको जरुरी
    नत्र चिसोले खान्छ
    चल्छ रुघाखोकीको हुरी ।
    ३,
    एउटा सपना देखेर
    बलबहादुर सहर पस्यो
    पेवा बख्रा बेचेर ।
    ✍️पृथक प्रकृति
    झापा
    …
    १,
    नथाप्नु पाप शिरमा
    क्षणिक लाभ भएपनि
    भलो हुँदैन चिरमा ।
    २,
    उघ्रन्छ झुटको पर्दा
    अनिष्ट होला भविष्य
    पापको भाँडो भर्दा।
    ✍️कृष्णकुमार वैद्य
           बनेपा ९, काभ्रे
    …
    १,
    व्याप्त जताततै भ्रष्टाचार
    छानबिन निकाय स्वयं
    समाउछ गोप्य उपहार ।
    २,
    रोजगार न भाइचारा
    खाडीमा ज्यावल हान्दैछन
    पौरखी नेपाली तारा ।
    ३,
    आँखामा गाजलु लगाई
    नहिड मायालु त्यसरी
    मनमा आगो सल्काई ।
    ✍️बिमल पोखरेल
    धरान -१७,पटनाली
    …
    १,
    महॅंगो भए चाखिदिऊॅं
    सुन जस्तो सुन्तला
    तिम्रो मन राखिदिऊॅं ।
    २,
    प्रकृतिले दिएको वरदान
    मङ्सिरको घाममा बसेर
    गरौँला सुन्तलाको रसपान ।
    ३,
    केस्रा केस्राहरू बाँडिएको
    सुन्तलाको  प्रकृति अद्वितीय
    छैन एकार्कामा टाढिएको ।
    ✍️मोती योन्जन सुब्बा 
    दार्जिलिङ
    …
    १,
    नराम्रो सुन्नु नपरोस्
    आफूले राम्रो गरौँ
    अर्काले सपना नहरोस् ।
    २,
    जिन्दगीमा के पाउनु ?
    गुमाउनु धेरै छ
    गुण के लाउनु ?
    ३,
    समाज फरक भयो
    बुझ्नै गाह्रो हुने
    पुरानो चलन गयो ।
    ✍️राजेशराज गड्तौला
    काँडाघारी, काठमाण्डौ
    …
    १,
    खान जान्यौ अन्न
    धन्न ढाकछोप गरी
    नमिल्ने घुस भन्न !
    २,
    तिमी पनि साले
    खायौँ सबै मिली
    गर्छौ आले जाले ?
    ३,
    बोली होला गोली
    सोच्ने घडी आयो
    आज होकि भोलि !
    ✍️विवश पारदर्शी
    झापा,
    …
    १,
    अराजकता मौलायो देशमा
    भाषण गर्छन् ठुलो
    छदम भेषी भेषमा ।
    २,
    नहुनु कोही टाढा
    मायाको अनुभूति दिलाउँदै
    सम्बन्ध बनोस् गाढा ।
    ३,
    कामले काम सिकाउँछ
    परिश्रमी दक्ष व्यक्तिलाई
    सेवाको लागि झिकाउँछ।
    ✍️राज कुमार राजभण्डारी खोटाङे
    मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर ।
    …
    १,
    दिलभित्र सजायो उनलाई
    मन बुझाऊ कसरी
    हेरेर त्यो जुनलाई ।
    २,
    के अर्थ खालीको ?
    रहर विवश बाध्यताले
    जलायो सपना नेपालीको ।
    ३,
    उठौँ कम्मर कसेर
    ए ! नेपाली हो
    हुन्न अब बसेर ।
    ✍️दीप गोले  तामाङ
    रौतहट
    …
    १,
    देशले भ्रष्ट देखेन
    गल्ती कस्को भनौँ
    कानुनले नाम लेखेन।
    २,
    जनता आन्दोलन गर्ने
    देशको सम्पति बेचेर
    नेताले गोजी भर्ने।
    ✍️दुर्गा आचार्य
    मोरङ
    …
    १,
    भिएनाको भ्रमण गरी
    निहाले पुष्पनाथले दृश्य ,
    मनमा उमङ्ग छरी !
    २,
    मचाउँछन् हर्षका नजर
    झुम्छन् प्रत्येक मानव ,
    हेरेर प्रेमिल टावर ।
    ३,
    आफ्नै शैली दिएर
    कोरेर चार शब्द ,
    भमण डायरी पढेर ।
    ✍️सीमा कार्की समर्पण
    मेलचोक पर्सा
    …
    १,
    यहीँ नेपालमा रहेछ
    धनीको जताततै पहुँच
    कष्ट गरिबलाई भएछ।
    ✍️सुशीला शिखा
    कागेश्वरी काठमाडौं
    …
    १,
    आउँदैछ कठ्याङ्ग्रिॅंदो जाडो
    कथा होला छेपाराको
    जाडोले टुप्पी ठाडो ।
    ✍️बिबा तामाङ
    दार्जिलिङ
    …
    १,
    भोट माग्न घरमा
    जितेपछि नचिन्ने जनता
    कसको पर्नु भरमा ?
    ✍️राज बहादुर बडुवाल
    कनकासुन्दरी -५,जुम्ला
    …
    १,
    उज्यालो धर्ती सारा
    जननी ममताकी खानी
    सन्तानलाई देख्ने जुनतारा।
    २,
    ओढाउने मायाको बर्को
    सन्तानको खुसी बाहेक
    नचाहने केही अर्को ।
    ३,
    गर्नुहुन्छ माया धेरै
    संसारमा सबैभन्दा राम्री
    लाग्छ आमा मेरै ।
    ✍️रुना कर्माचार्य दाहाल
    चितवन
    …
    १,
    बेथिति देखेपछि लेखिन्छ
    सेता बिरालाका कर्तुत
    बादल फाटेपछि देखिन्छ ।
    २,
    ख्यालैमा साम्राज्य लियो
    कुखुरा चोर्‍यो गाउँलेको
    स्यालले दु:ख दियो ।
    ३,
    ढाँट्न जान्यो काइदा
    नाउँ राख्यो राजनीति
    लुट्यो जनताबाट फाइदा ।
    ✍️रामप्रसाद पुरी
    बादेल, खोटाङ
    …
    १,
    चिसोमा बच्नु पर्दछ
    जतिसुकै बेलामा हामीले
    तातोले सर्दी हर्दछ ।
    २,
    तराई पनि सेलायो
    पहाडी चिसो झरेछ
    साँच्चै लुकामारी खेलायो ।
    ३,
    भ्रमण राम्रो भयो
    नानीहरू खुसी रहेका
    समय छिट्टै गयो ।
    ✍️भगवती दवाडी
    …
    १,
    अति गर तर
    नचिताऊ कुनै खति
    आऊ होऔॅं सरोबर।
    २,
    नहटौँ पछि कहिल्यै
    आँट गरौँ जब्बर
    पुगौँ गन्तव्य पहिल्यै।
    ✍️हरिगोपाल न्हुच्छेँप्रधान
    काभ्रे, साँगाबजार बनेपा १४
    …
    १,
    दिनुपर्छ यसपालि चोट
    चुनाव आएकै बेला
    छानीछानी दिऔँ भोट ।
    ✍️कमल थापा
    …
    १,
    गर्छन् सबैले जयकार
    धन हुनेको लागि
    गरिब पो अन्धकार ।
    ✍️नन्दा धामी
    नौगड, दार्चुला
    …
    १,
    अडेको विश्वासमा संसार
    सधैँ खेलाची नगरौँ
    घट्दैन प्रेमको आकार ।
    २,
    बोलेको देखाऊ गरेर,
    नसके बोल्दै नबोल,
    नबस नालीमा परेर।
    ३,
    तिम्रा खेतालाहरू सर्दैमा,
    सत्यको बिज मासिन्न,
    तिमीले गद्दारी गर्दैमा ।
    ✍️मनोहरी पौडेल
    गैडाकोट १
    …
    १,
    सुधार आफ्नो बानी
    काटेर दुनियाँको कुरा
    के पाउँछ्यौ नानी ?
    ✍️शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविता

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ४६ सम्पन्न

  • १९ मंसिर २०८१, बुधबार ०७:५५ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको ४६ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६३ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ४६ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    …
    १,
    झिॅंगा या माहुरी !
    तिम्रो छनौटमा पर्ने,
    भाग्यभन्दा चलाऊ पाखुरी ।
    २,
    नदुख्नू, साथीको धोकामा
    छोड्दछन् साथ सबैले
    अॅंध्यारो बनेर छायाँमा ।
    ३,
    ऊ मरुभूमि धाउॅंछ
    भाग्य खोज्न सपरिवारको
    अन्तत: बाकसमा आउॅंछ ।
    ✍️म्यामराज राई
    …
    १,
    माटो छुने गरौँ
    साँच्चै सफल भइन्छ
    श्रममा भर परौँ ।
    २,
    जसको पाखुरा चल्छ
    उसको भागमा छिट्टै
    सफलताको फल फल्छ।
    ३,
    नेतृत्वको सुध्रिए चाल
    सुन्दर अनि समृद्धि
    पक्कै बन्छ नेपाल ।
    ✍️भोज विवश मगर
    गैंडाकोट -३ नवलपरासी पूर्व
    …
    १,
    दिमागमा सोच भरौँ
    नेपालीले श्रम गरेर
    नेपालको विकास गरौँ ।
    २,
    हाम्रो देश राम्रो
    जमाना अनुसार यहाँ
    कोही नबनौँ चाम्रो ।
    ३,
    घाम लाग्छ दिनमा
    अस्ताउने रात हो !
    गरौँ काम छिनमा ।
    ✍️ बेदु न्यौपाने
    …
    १,
    बदल्यौँ हामीले व्यवस्था
    कति सरकार फेरिए
    फेरिएन जनताको अवस्था।
    २,
    छोड्न सक्छु गाँस
    छोड्दिन साथ साथीको
    गर्छु उसलाई विश्वास।
    ३,
    नधाउनु मरुभूमि किन
    छैन आम्दानीको बाटो
    हेप्नेहरूले हेप्छन् दैनन्दिन।
    ✍️सतीश पण्डित
    भानु -६, चुँदी तनहूँ (हाल चनपा ६ मातातीर्थ)
    …
    १,
    भावनामा बहकिएर आज
    दह्रो टेक्न सकिन्न
    पीडाले गर्छ राज ।
    ✍️पुष्पा राई
    बादेल, खोटाङ
    …
    १,
    मानिस मायाको जालमा
    प्रभु स्मरण गरौँ
    नभुलौँ अनास्थाको तालमा ।
    २,
    पुजन गर्नु राम्रो
    शनिदेवको आज मनले
    बन्नेछन् काज हाम्रो ।
    ३,
    अनास्थाको दुष्टता चालमा
    नभुलौँ हामी अवश्य
    ग्रास हुने कालमा ।
    ✍️कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    …
    १,
    भाग्य खोज्ने नाउॅंमा
    सन्तान परदेश जान्छन्
    बाकसमा फर्कन्छन् गाउॅंमा।
    २,
    चलाउँदा आफ्नो पाखुरी
    सफलताको बिन्दुमा पुग्दै
    बनिन्छ सदा बहादुरी।
    ३,
    खाऔँ कर्म गरेर
    चोला सफल भई
    आउँछ भाग्य बढेर।
    ✍️अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१ (हालः-अमेरिका,बोस्टन)
    …
    १,
    चोरेर नै लग्यौ मन
    यो जिन्दगीको चौतारीमा
    आफै जलाएर तन !
    ✍️आर्त अकुलीन
    …
    १,
    बन्न मनलाग्छ देशभक्ति
    गाह्रो भएपछि यहाँ
    लाउनै पर्‍यो जुक्ति ।
    ✍️दिलबहादुर कुश्मी
    …
    १,
    आँशुको वर्षा भइरहन्छ
    तिमीलाई पाउने आशामा
    यो मन झरिरहन्छ।
    २,
    काला बजारीले सताएको
    गाउँ, शहर सबैतिर ,
    बाँच्न नसकिने बताएको ।
    ३,
    भ्रष्टाचारी देशभर सलबलाएका
    कामभन्दा बढी बोलेर
    दिमाग सबै खलबलाएका।
    ✍️कला ढकाल
    झापा
    …
    १,
    सारा बल गयो
    जवानी सकियो अब
    शरीर वृद्ध भयो।
    २,
    पिउॅंदा अड्किन्छ पानी
    साह्रो चिज पच्दैन
    विरक्तिन्छ मन जानाजानी ।
    ✍️चुडामणी देवकोटा
    पुरानोनैकाप, काठमाडौँ
    …
    १,
    काँप्छन् हात लेख्दा
    वृद्ध जन्मदाता छोडी
    परदेशिनेको लस्कर देख्दा ।
    २,
    नौलो आयो विधान
    नौलो भएन केही
    मात्र आयो उखान ।
    ३,
    मिलिजुली पालैपालो खाए
    विकासको नाम गरेर
    सेतो टावर ठड्याए।
    ✍️बिमल पोखरेल
    धरान -१७, पटनाली
    …
    १,
    सुरम्य पाखा टाकुरा
    फुलेर धेरै रमाइलो
    पैयूँ भन्छौ साकुरा ।
    २,
    मौरीको मह गुलियो
    झिॅंगाको पछि लागेर
    पौरखी हातहरू भुलियो ।
    ३,
    हेरेर बसौंला आकाशमा
    दीर्घायुको कामना गर्दछु
    यात्रा नबनोस् बाकसमा ।
    ✍️मोती योन्जन सुब्बा
    दार्जिलिङ
    …
    १,
    वर्षा आँशुको भयो
    सम्झिएर आज बारबार
    उहिले दिन गयो ।
    २,
    हुँदैन कहिले शान्ति
    मनमा हतारको निर्णयले
    हुन्छ सदा क्रान्ति ।
    ३,
    एक्लै हुन्छु जब
    मनमा आउॅंछन् नराम्रो
    विचार अलमल तब ।
    ✍️ईश्वर साउद(भिक्षु)
    रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
    …
    १,
    छैन कसैको वशमा
    चञ्चल हुन्छ समय
    रोक्ने हिम्मत कसमा ?
    २,
    समय नै पहलवान
    थाहा हुन्न कतिबेला
    कसमाथि हुन्छ मेहरबान !
    ३,
    मेट्न निकम्माको धर्को
    चल्नु पर्छ समयसँगै
    ओढेर यसैको बर्को !
    ✍️वसन्त अनुभव
    घोराही उमनपा १४, दाङ
    …
    १,
    खासैमा उस्तै थियौ
    उमेरको सिॅंढी चढेर
    मनको मदिरा पियौ ।
    २,
    पाप्रा उप्केपछि घाउको
    खाटा मसारी रहन्छौ
    दुखाउॅंछौ नदुखेको टाउको ।
    ३,
    सताउन नआउँदा रिसायौ
    सपनाको डोली बोकेर
    मुटुभित्र सम्झनाले बिझायौ ।
    ✍️दिल ठकुरी
    दार्जिलिङ, भारत
    …
    १,
    बदर सदर भयो
    जमाना आयो कस्तो
    सदरको कदर गयो।
    २,
    फाटेको या काटेको
    फैशनको नाम गरी
    आफुलाई नै ढाँटेको।
    ✍️बिके मुखिया
    दार्जिलिङ, भारत
    …
    १,
    प्रशंसा गर्छन् अगाडि
    मुखले ठिक्क पार्छन्
    काट्दछन् कुरा पछाडि।
    २,
    मानिसका व्यवहार थरीथरी
    छेपारोले रङ्ग फेरेझैँ
    देखाउँछन् घरी घरी ।
    ✍️सरस्वती श्रेष्ठ
    रुपन्देही, बुटवल
    …
    १,
    आफ्नो इच्छा मारी
    जिम्मेवारी पूरा गरे ,
    बनेर तिम्रो छहारी ।
    २,
    पसिनाको सिंचाई गरी
    हुर्काए तिमीलाई मैले ,
    सपनाको बीज छरी ।
    ३,
    जीवन रहेछ सघर्ष
    सधैँभरि किन होला ?
    नआउने खुसीका वर्ष।
    ✍️सीमा कार्की समर्पण
    मेलचोक पर्सा।
    …
    १,
    समयमा सबै पाउँछ
    किन दुःखी हुने
    सुखको दिन आउँछ।
    २,
    धन होइन मन
    भन्दैन कसैले यहाँ
    सबै माग्छन् धन।
    ✍️निमा छिरिङ भोटिया
    जलढका कालेबुङ भारत
    …
    १,
    चिसो मौसम आयो
    रातमा बसेर जमिनमा
    तुसारोले माया लायो ।
    २,
    धान फलेको पहिले
    पुर्खाले भनेको सुनेको
    जाडो बढेको अहिले ।
    ✍️रामप्रसाद पुरी
    बादेल, खोटाङ
    …
    १,
    मलाई माया नगर्नु
    भन्ने मान्छे छन्
    खाली मुटु नभर्नु ।
    २,
    देशको विकास छैन
    भोट मागेर जित्यौ
    अब आउने हैन ।
    ३,
    यहाँ विश्वास गर्नु
    तर कसैको भर
    पटक्कै पर्दै नपर्नु ।
    ✍️शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौं
    …
    १,
    आफ्नै पाखुरी चलाऔॅं
    अरूको प्रगति देखेर
    कसैले नेत्र नजलाऔॅं l
    २,
    कसैको भर नपरौँ
    स्वावलम्बी बन्ने भए
    कर्ममा विश्वास गरौँ l
    ३,
    युवाहरू विदेश नजाऊ
    कृषिक्रान्ति गरेर देशमा
    आर्थिक समृद्धिमा रमाऊ l
    ✍️बाबुराम गौतम
    गुल्मी
    …
    १,
    खेल जितेर आयौ
    प्रशंसासहित यहाँ साथमा
    मेडल पनि पायौ ।
    २,
    राम्रो थियो खेल
    अनुशासन पनि उस्तै
    साथिहरूको राम्रो मेल ।
    ✍️रबि पौडेल
    दक्षिण भारत पाण्डेचरी ।
    …
    १,
    भिरमा पुग्दछ आशा,
    उकाली ओराली झर्दै
    बढ्दछन् किन निराशा।
    २,
    बोकेर भारी काँधमा
    टुक्रिन्छ किन जिम्मेवारी
    धारिलो खुकुरीको साँधमा।
    ✍️होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।
    …
    १,
    खुसीको मिल्छ पल
    कोसिस गर्नु पर्छ,
    समस्या समाधानको हल ।
    ✍️श्रीकृष्ण धामी
    बझाङ
    …
    १,
    आधार खोजेर गरौँ
    विनाअर्थको छैन खास
    अरूको भर नपरौँ ।
    २,
    परिश्रमले आनन्द ल्याउँछ
    संसार शून्य छ
    तर असम्भव खेदाउँछ ।
    ✍️अम्बिका अधिकारी
    झापा बिर्तामोड
    …
    १,
    खाली खुकुलो भाषण
    गर्छन् अचेल राजनेता
    कतै नहेरी दनादन ।
    २,
    परदेश जाने रहर
    कस्लाई हुन्छ यहाँ
    व्यवस्था नभए गदर।
    ३,
    राजनीतिमा भयो व्यापार
    सबैलाई शिखर छुने
    छैन कसैलाई इन्तिजार ।
    ✍️सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    …
    १,
    झलमल तारा आकशमा
    परदेशमा गएका सन्तानले
    रुवायो फर्केर बाकसमा।
    २,
    समस्या सामाधान भएन
    गाउँमै बसेर कहिल्यै
    स्वदेशमा भ्रष्टाचारी गएन।
    ✍🏻अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ।
    …
    १,
    सामुन्नेमा ठिक्क पर्छ
    जब हुन्छ दायाँबायाँ
    स्वार्थीले विरोध गर्छ।
    २,
    खुसीको दिन आउँछ।
    हुनु पर्दैन दु:खी
    साथ दिन धाउँछ ।
    ३,
    विदेश किन जाने
    स्वदेशमै कर्म गरेर
    मिठो मसिनो खाने ।
    ✍️राज कुमार राजभण्डारी खोटाङे
    मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर ।
    …
    १,
    मान्छे बन्नु पहिले
    पशुझैँ नदेखाऊ व्यवहार
    दानव बन्छौ जहिले ।
    २,
    के हुन्छ छोएर ?
    मन छुन सक्नुपर्छ
    सफा हुन्छ धोएर ।
    ✍️सन्दीप विश्वकर्मा
    कपिलवस्तु
    …
    १,
    नहिॅंड हुकुम चलाई
    खोसेर जनताको अधिकार
    दुनियाँ सारा जलाई ।
    २,
    कंस बनेर आज
    नबिगार आफैले आफ्नो
    सभ्य मानव समाज !
    ३,
    जनताले भनेको मान
    सधैँभरि आफ्नै खल्तीका
    भेडा बाख्रा नठान !
    ✍️विवश पारदर्शी
    झापा
    …
    १,
    महॅंगी बढेर गयो
    किसान सधैँ मर्कामा
    फाइदा अर्कोलाई भयो ।
    ✍️समुन्द्रा शर्मा
    …
    १,
    कति मनमा तिर्सन ?
    विगतका ती पलहरू
    सकेन मैले बिर्सन ।
    २,
    नमेटिने यी घाउहरू
    यहाँ हुँदो रहेछ
    मान्छेका अनेक दाउहरू ।
    ✍️दीप गोले तामाङ
    रौतहट
    …
    १,
    निस्वार्थ माया चहार्छु
    छोडौ अस्मिता लुटेपछि
    भन्थ्यो तारा झार्छु ।
    २,
    गोरु बेचेको साइन‍ोलाई
    विश्वास गरियो बढी
    भित्रभित्रै मुटु खानेलाई !
    ✍️धनमाया चौधरी
    कैलाली
    …
    १,
    विश्वासमै जीवन अडियो
    जानेर किन्तु नजानेरै
    जसोतसो अघि बढियो ।
    ✍️विष्णु पंगेनी(पाण्डे)
    वालिङ -८, स्याङ्जा
    …
    १,
    झिल्काका नियम थुप्रा
    खेलून् युवा मात्रै
    फर्क बुढा कुप्रा ।
    ✍️शम्भु गजुरेल
    …
    १,
    ऋण लागोस् दिन,
    नलागोस् भन्छ जनबोली,
    कृपा मिल्दैन किन?
    २,
    परिस्थिति बन्दै गए,
    झेल्दै जाने कठपुतली ,
    सारा मानव भए।
    ३,
    प्रदुषण फैलाए सर्वत्र,
    प्राकृतिक वस्तु नपाइने,
    जीवन पर्दैछ अलपत्र ।
    ✍️मनोहरी पौडेल
    गैडाकोट १
    …
    १,
    मरुभूमि बाध्यता हाम्रो
    बुझी नबुझी जानैपर्ने
    फर्किॅदा नबाँधियोस् काम्रो ।
    २,
    धरातल सबैले भुले
    आफ्नो वास्तविकता बिर्सेर
    काल्पनिक संसारमा झुले ।
    ३,
    यथार्थ सबैले भुल्छन्
    आफ्नो सत्यता लुकाएर
    कल्पनाको संसारमा झुल्छन् ।
    ✍️राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    …
    १,
    अनमोल जीवन हाम्रो
    सङ्घर्ष गरे फाइदा
    बन्छ भविष्य राम्रो ।
    ✍️दुर्गा आचार्य
    मोरङ
    …
    १,
    विश्वास गर्नु गल्ती
    गयो सपना देखाएर
    भरेर आफ्नो खल्ती ।
    २,
    हातमा जमाएर दही
    म बस्ने छैन
    अन्याय अत्याचार सही ।
    ३,
    रोज्यो स्वार्थ खुसीले
    भन्छ पछुतो भयो
    जिस्काउॅंछ मात्रै मरुभूमिले ।
    ✍️पृथक प्रकृति
    झापा
    …
    १,
    आयो चिसो याम
    अब प्यारो लाग्छ
    सबैलाई न्यानो घाम।
    २,
    सुक्छ सबै वनको
    लाग्यो भने आगो
    क्षति हुन्छ जनधनको।
    ३,
    के हुँदैछ आज ?
    भित्रियो विकृति विसङ्गति
    किन बोल्दैन समाज ?
    ✍️अनिता भण्डारी
    ताप्लेजुङ
    …
    १,
    असल कार्य गर्नु
    एकदिन जानै पर्छ
    बाटोमा अभर नपर्नु ।
    २,
    देखासिकी कहिले नगर्नु
    आफूसँग भएको योग्यतामा
    सधैँभरि भर पर्नु ।
    ✍️अरुण कुमार भुजेल
    गोरूबथान, कालेबुङ, भारत
    …
    १,
    मनको भावना पोखेर
    रमाउन सिकौँ दुनियाँमा
    नबसौँ आफैलाई जोखेर।
    ✍️मन्दिरा सेढाई
    मलेखु, धादिङ
    …
    १,
    धिक्कार्छन् परदेश जानेले
    गर्छन् ठूलो भाषण
    राष्ट्रको ढुकुटी खानेले ।
    २,
    रमाउॅंछु मोबाइल बेचेर
    लाखौं कमाउॅंछु म
    कीर्तिपुर डाँडा घुमेर ।
    ✍️भुपेन्द्र राना मगर
    धादिङ
    …
    १,
    ठुलो गाँस खोज्दा
    आयो भेल दु:खद
    समुद्रको देश रोज्दा ।
    २,
    आशाको दीपक हराए
    आमाको छाती चिरेर
    बौलाहा भई कराए।
    ✍️ राजेश्वरी राजोपाध्याय
    ललितपुर
    …
    १,
    चिसो याम आयो
    घाम अति मधुरो
    मुटु सबैको लुगलुगायो ।
    २,
    लुगा न्यानो लगाऔॅं
    तातो पानी पिऔॅं
    जाडो जसै भगाऔॅं ।
    ३,
    नभिर्नु छातीमा बिल्ला
    घाँटी बहुतै जोगाऔॅं
    बसाउँ न्यानो किल्ला।
    ✍️हरिगोपाल न्हुच्छेँप्रधान
    काभ्रे, साँगाबजार बनेपा १४
    …
    १,
    जाडोको चिसो याम
    सबैको लागि प्यारो
    न्यानो झुल्किॅंदो घाम ।
    २,
    बुढाखाडा चाहिॅं माघलाई
    अनुभवसिद्ध कथन राम्रो
    बलिया बाङ्गा बाघलाई ।
    ३,
    आगो ताप्नु मुढाको
    पाका मान्छे भन्नेगर्छन्
    कुरा सुन्नु बुढाको !
    ✍️जयनारायण नेपाल
    इलाम ,हाल सूर्यविनायक २, बालकोट ,भक्तपुर
    …
    १,
    नाता सजिलै जोड्छ
    चिप्लाको सङ्गत नगरौँ
    कटारी धसेर छोड्छ ।
    २,
    छहारी दिन्छु भनेर
    उल्टै अलपत्र बनायो
    सिउँदोमा सिन्दुर भरेर।
    ✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चोक-७, उपल्लो गोहोरे, गोरखा
    …
    १,
    चोट लाग्दालाग्दै पनि
    जीवनसँग लड्नु छ
    दौडानमा बहादुर बनी !
    २,
    गन्तव्य कहाँ हो
    खोज्नु परेको छ
    नहराइ पनि त्यो !
    ३,
    यो जुनी काट्न
    जरुरी छ दिलको
    सँगै भई साट्न !
    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान
    …
    १,
    एक अर्काको गरेर
    विरोध देश बन्ला
    नेताको भर परेर ।
    २,
    नेताको फुस्रो भाषण
    फेद न टुप्पाको
    बचाउ गर्छन् शासन ।
    ✍️कृष्ण बजगाई
    भक्तपुर
    …
    १,
    हुनेलाई खाँचो लुगाको
    बटुवारेको न घरजग्गा
    जाडो तातो खानाको ।
    ✍️बिबा तामाङ
    लापपञ्चर सिटोङ खरसाङ
    …
    १,
    कस्तो दैवको खेल,
    मैमाथि अचेल सधैँ
    गर्छ किन जालझेल !
    २,
    तक्दिरले लाँदैछ कहाँ,
    हिड्नै नसक्ने अफ्ठ्यारोमा
    हिॅंडाउन खोज्दैछ यहाँ ?
    ३,
    बुझ्नै सकेको छैन
    पग्लिॅंदैछु किन बिस्तारै
    बनेर आगोको मैन ।
    ✍️दीपा समभाव
    दुबेकोल खोटाङ
    …
    १,
    आयो महॅंगी बढेर
    सरकारी कर्मचारी हिँड्छन्
    चिल्लो गाडी चढेर ।
    २,
    सबैले जानेको सिकाऊ
    परम्परा र रीतिरिवाज
    संस्कार संस्कृति टिकाऊ ।
    ✍️ललिता गिरी
    सिन्धुली
    …
    १,
    बलेन आशाको दियो
    अब गणतन्त्र रहेन
    अत्याचारले उग्ररूप लियो ।
    २,
    दाँञी मियोबिनाको हुँदैछ
    बेथितिले सीमा नाग्यो
    अन्यायले मुलुक रुँदैछ ।
    ३,
    राजनीतिको कोटा भर्तिले
    निरङ्कुशताको पराकाष्ठा भो
    बीउ पचायो धर्तीले ।
    ✍️ऋजु दिल्पाली (राजेन्द्र घिमिरे )
    इटहरी -१, हलगडा सुनसरी
    …
    १,
    देखेको थिएँ बोलिनॅं
    उनको रबाफ देखेपछि
    मनका कुरा खोलिनॅं ।
    २,
    मान्छे हेर्दा राम्री
    बाहिरी रूपले हुँदैन
    मनको धेरै चाम्री।
    ३,
    मान्छेलाई चिन्न गाह्रो
    बुझेपछि थाहा भयो
    रहेछ मुटु साह्रो।
    ✍️घनश्याम पन्त
    हरिवन सर्लाही
    …
    १,
    दिलमा तिमी पसेको
    तिम्रै लागि मैले
    सोह्र शृङ्गार घसेको।
    २,
    तिम्रो रङ्गमा ढलेको
    पराइसँग तिमी बोल्दा
    मेरो छाती जलेको।
    ३,
    तिमीसँग सातैजुनी बाँच्न
    सक्छु समाजको सबै
    पर्खालहरु मैले भाँच्न ।
    ✍️रुना कर्माचार्य दाहाल
    चितवन
    …
    १,
    फूलको आफ्नै कथा
    लाउॅंछन् आँखा सबैले
    जिन्दगीतो उसको व्यथा ।
    २,
    जिन्दगीको के भर ?
    आज कि भोलि
    दुश्मनी कसैमा नगर ।
    ✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाइ ४ झापा
    …
    १,
    निधारमा टीका टल्कियो
    मन ढल्कियो मायामा
    दिलमा आगो सल्कियो ।
    २,
    छड्के नजरको तीरले
    घाइते बनायौ मलाई
    शिथिल भएँ पीरले ।
    ३,
    वाचा कसम खाएर
    आखिरी छाडेर गयौ
    कुत्सित गीत गाएर ।
    ✍️प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    …
    १,
    जनताको निर्णय कस्तो?
    समग्र देशलाई बुझ्नेहरूले
    बन्दैनन् अब सस्तो ।
    ✍️लोक वहादुर छेत्री लामिछा‌ने
    मोदी गा पा २ देउपुर, पर्वत
    …
    १,
    महॅंगीले ढाड सेक्छ
    किसान भोकले मर्छ
    दैलोमा कस्ले टेक्छ ।
    २,
    गरिबको छानो खर
    वर्षात्ले चुहिन्छ सदा
    कस्को पर्नु भर ।
    ✍️राज बहादुर बडुवाल
    कनकासुन्दरी -५,जुम्ला
    …
    १,
    हिँडौँ सत्यको बाटो
    लाग्छ मातृभूमिको श्राप
    बिर्सिए देशको माटो ।
    २,
    सेतो हिमाल टल्किन्छ
    पाइला राख्दा परदेशमा
    आँखामा आँशु छचल्किन्छ ।
    ३,
    जङ्गलमा डाँफे डुल्छ
    नेपाली भन्न पाउँदा
    गर्वले छाती फुल्छ ।
    ✍️शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    …
    १,
    मनमा अनेकौँ चोट
    तर हिम्मत नहार्नु
    भाग्य हुँदैन खोट।
    ✍️सानु जोशी
    सदुर पश्चिम दार्चुला

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविता

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ४४ सम्पन्न

  • ७ मंसिर २०८१, शुक्रबार १६:५३ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको ४४ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७० जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ४४ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    …
    १,
    हल्लाले बजार खान्छ
    सत्यको बाटो तिम्रो,
    गलतले गलतलाई छान्छ ।
    २,
    सही नेतृत्व आए
    चाहिॅंदैन आइतबार विकासको,
    जनताले दिमाग लगाए ।
    ३,
    धेरै ढिलो भइसक्यो
    देश समृद्ध हुन
    जनशक्ति खेर गइसक्यो ।
    ✍️म्यामराज राई
    …
    १,
    हल्लाले कति चल्छ ,
    ज्ञानको दियो त
    बिस्तारै बिस्तारै जल्छ।
    २,
    सबैको सोच यस्तो
    कसैले गर्छ भन्ने
    हाम्रो सोच कस्तो ?
    ३,
    नपछुताउनु के भयो !
    आजको लागि सोचौँ
    हिजो त गयो ।
    ✍️दीपा समभाव
    दुबेकोल खोटाङ्ग
    …
    १,
    हल्ला धेरै भयो
    जनशक्ति अति भए
    काम कता गयो ?
    २,
    खेतबारी खन्नु पर्ने
    आफ्नै बारीमा खन्न
    अर्काले आँखा तर्ने !
    ३,
    सत्यको विजय हुन्छ
    असत्य धेरै टिक्तैन
    सत्यले जून छुन्छ।
    ✍️बेदु न्यौपाने
    …
    १,
    रहेमा पवित्र माया
    सुखी आफ्नै संसार
    सबल बन्छ काया।
    ✍️ताराप्रसाद चापागाईँ
    …
    १,
    सदियौँदेखि गलत रहेको
    देशलाई चुस्ने उडुसहरूलाई
    निमुखा जनताले सहेको ।
    २,
    देश विकासको कुरा
    रहेसम्म तिनैको हातमा
    हुन्न सोचेर पूरा ।
    ३,
    निस्किँदैछन् कर्तुत अहिले
    कसरी निले देशलाई ?
    जनता भ्रममा जहिले ।
    ✍️पुष्पा राई, बादेल, खाेटाङ ।
    …
    १,
    राजनेता चाहिन्छ विकासको
    खाका कोर्न जहाँ
    खोजौँ बाटो निकासको ।
    २,
    अहिले बितिसके धेरै
    शताब्दी हाम्रो नेपालको
    काममा सधैँ बेरै ।
    ३,
    विकासको मूल फुटाउन
    हुन्न धुप हालेर
    पर्छ जनसहभागिता जुटाउन ।
    ✍️देव मगर
    तिनाउ-१,कचल, पाल्पा
    …
    १,
    हल्लैहल्ला मात्रको सहर
    शान्त भावले सुन
    उनैको बोलीमा जहर ।
    ✍️बिबा तामाङ
    दार्जिलिङ
    …
    १,
    छैन गर्नु काम
    हल्ला मात्र ठुलो
    कर्तुत खोतल्दै जाम।
    २,
    निष्कलङ्कित छैनन् कोही
    खोक्रो बनाइसके देश
    यिनै हुन् देशद्रोही।
    ३,
    आफ्नै देशमा बस्ने
    छैन वातावरण पनि
    जनशक्ति विदेश पस्ने।
    ✍️सतीश पण्डित
    भानु -६, चुँदी तनहूँ (हाल चनपा ६ मातातीर्थ)
    …
    १,
    नयाँ सम्बन्ध जोडौँ
    नाम मात्रको फेसबुक
    एक एक गोडौँ ।
    २,
    मूल्य पनि बढ्यो
    ऋतु परिवर्तन भएसँगै
    चिसो बिस्तारै चढ्यो ।
    ३,
    नसोध मेरो हाल
    परेपछि मात्र तिमीले
    थाहा पाउॅंछौ चाल ।
    ✍️त्रिलोचन भण्डारी
    मेचीनगर, झापा
    …
    १,
    हल्लैहल्लाको हाम्रो देश
    अरूको पछि लाग्दा
    बन्दैन् आफ्नो परिवेश।
    २,
    हल्लाको पछि नलागौँ
    सही नेतृत्व छान्न
    बरु सबै जागौँ ।
    ३,
    सुन्दर देश हाम्रो
    सबै मिलेर सम्हाल्दा
    विश्वमै हुन्छ राम्रो।
    ✍️अर्जुन प्रसाद चौलागाई
    हालः-अमेरिका,बोस्टन।
    …
    १,
    देशको हुनेछ उन्नति
    भ्रष्ट नेता लिएर
    जब बग्नेछिन् बाग्मती।
    २,
    कानै चिरेका जोगी
    नेपालका नेता सबै
    भ्रष्टाचारी सत्ता भोगी।
    ३,
    श्रम सीप जाँगर
    लगाऊ देशमै युवा
    फर्केर आऊ घर ।
    ✍️बिमल पोखरेल
    धरान -१७,पटनाली
    …
    १,
    वास्तविक सुख सन्तोष
    परिश्रमले भरौँ यहाँ
    जीवन पुण्य कोष ।
    २,
    प्रार्थना शनिदेवको मनले
    शेषमा शून्य साथ
    नदिने भौतिक धनले ।
    ३,
    अन्त्यमा बेकार अफसोस
    असर रहन्छ दुष्कर्मको
    अनायासै भाग्यलाई दोष ।
    ✍️कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    …
    १,
    चिनिने राम्रो कामले
    मिलेर देश बनाऔँ
    इज्जत राखौँ नामले !
    ✍️आर्त अकुलीन
    …
    १,
    नहोऊन् कोही बञ्चित
    समृद्धि ल्याउँछन् युवाले
    राखौं केही सञ्चित ।
    ✍️प्रेम थापा “मन”
    बागलुङ
    …
    १,
    छैन भकारीमा धान
    हेर्दै नहेरी भन्छौ
    राख्छु देशको सान ।
    २,
    अति भो अब
    भाग्नलाई तयार हुनु
    जनताले लखेट्छन् जब।
    ✍️अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन न. पा. ६ सङ्खुवासभा
    …
    १,
    तराईतिर मङ्सिरमा कुइरो
    जाडो अत्यधिक सङ्केत
    न्यानो लुगाको धुइरो।
    २,
    उमालेर पिउने तातोपानी
    आगो ताप्दा होसियार
    हेलचेक्र्याई नगरौँ जानीजानी।
    ३,
    आगोसॅंग ख्यालख्याल नगरौँ
    कोठामा गुम्म पारेर
    मृतकको समाचारमा नपरौँ ।
    ✍️चुडामणि देवकोटा
    पुरानो नैकाप काठमाडौँ
    …
    १,
    हल्लाले देश चल्दैन
    महॅंगीले आकाश छुँदा
    चुलोमा आगो बल्दैन।
    २,
    गरेर राम्रो काम
    आफ्नो देश बनाए
    इतिहासमा रहन्छ नाम।
    ३,
    न्याउरी मारी पछुतो
    देश कङ्गाल बनाउने
    नेता छैन अछुतो ।
    ✍️राज कुमार राजभण्डारी ‘खोटाङे’
    मध्यपुर ठिमी – ५, सङ्गम कोलोनी राधे राधे भक्तपुर
    …
    १,
    सधैँ सत्तामा जाने
    उनीहरुको मुख्य लक्ष्य
    देश बेचेर खाने ।
    २,
    सत्तामा जानेहरू मौलाउने
    भ्रष्टाचारले देश रित्याएर
    जनता बनाउँछन् बौलाउने ।
    ३,
    अबदेखि युवा जागौँ
    कुरीतिको जरा उखेलेर
    असल कर्ममा लागौँ ।
    ✍️भोज विवश मगर
    गैंडाकोट -३ नवलपरासी पूर्व
    …
    १,
    हामीले असल भनेका
    नेता चोर रहेछन्
    साधु बिराला बनेका !
    २,
    टाउकोमा जुम्रा परेछ
    देश नेपाल आमाको
    चायाँले केश झरेछ !
    ३,
    डढेलोले खायो वन
    देश जनता लुटेर
    नेताले खाए धन ।
    ✍️विवश पारदर्शी
    झापा,
    …
    १,
    आयो चियो मौसम
    सबै बचौँ यसबाट
    बाहिर हिॅंड्यौ कम।
    २,
    तात्तातो खानेकुरा खाऔॅं
    न्यानो लुगा लाउॅंदै
    स्वस्थ भएर रमाऔॅं ।
    ३,
    हामी कम्मर कसौँ
    खाँदै तातोतातो खानेकुरा
    सबै घरमै बसौँ ।
    ✍️अनिता भण्डारी
    ताप्लेजुङ
    …
    १,
    कुसंस्कार छताछुल्ल भयो
    मानव यसैको चौघेरामा
    थिचोमिचोमै जीवन गयो।
    २,
    पातले बारेका घर
    कमजोर हुँदैन साथी
    भए आपसमा भर।
    ३,
    जीवन रूपी नाउ
    कति बेला डुब्छ ?
    नखोजौँ धेरै भाउ।
    ✍️सुरेशकुमार पाण्डे
    …
    १,
    हाँस्ने र रुने
    जन्मदेखि मृत्युसम्मको यात्रामा
    सबैलाई यस्तै हुने !
    २,
    कहिल्यै नझुकाउनु शिर
    कठिन चुनौती आइपर्दा
    कहिल्यै नमान्नु पिर !
    ३,
    दिन बनिने उमङ्गले
    तलमाथि आफ्नै माथमा
    सक्किने त विढङ्गले !
    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान
    …
    १,
    निर्मल मेरो नाम
    बिमा बेच्ने कर्मचारी
    यही मेरो काम ।
    २,
    पाँच पुस्ता बानेश्वरमा
    भीमसेनगोलाको स्थानीय हुँ
    कार्यालय मेरो ज्ञानेश्वरमा ।

    • निर्मल लामिछाने
      …
      १,
      हन कस्तो माया
      कसैले बुझ्न सकेन
      घामको यो छाँया।
      ✍️नीमा छिरिङ भोटिया
      जलढका कालेबुङ
      …
      १,
      नेताहरू घुसखोर भए
      जनताले देख्दा देख्दै
      जिउँदै नर्क गए।
      २,
      सहनु गल्ती हाम्रो
      मौकाको फाइदा उठाउँदै
      भ्रष्टहरू भए चाम्रो।
      ✍️अरुण कुमार भुजेल
      गोरूबथान, कालेबुङ, भारत
      …
      १,
      ढुकुटी हुनेछ चुली
      छिमेकी त्यो राष्ट्रलाई
      देशले बेच्यो बिजुली ।
      २,
      गुराँस फुल्छ पाखामा
      जतासुकै गए पनि
      देश घुम्छ आँखामा ।
      ३,
      देश विकासमा लागौँ
      भ्रष्टहरूलाई फाल्नैपर्छ अब
      गाउँघर सहरबाट जागौँ ।
      ✍️डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा.पा. -६ , दोलखा ।
      …
      १,
      कति खान्छौ मागी ?
      भ्रष्ट भ्रष्टाचारी दलाल
      सोचेनौ देशको लागि ।
      २,
      महॅंगीले आकाश छुँदैछ
      युवाहरूको लाम लस्करले
      देश रित्तो हुँदैछ ?
      ३,
      सचेत युवा उठ
      हामी मिलेर बनाउने
      हो अब जुट।
      ✍️दीप गोले तामाङ
      रौतहट
      …
      १,
      बोकेर मनमा अहङ्कार
      परिणाम हुन्छ अन्तमा
      लज्जास्पद आफ्नै संहार।
      २,
      ढाका टोपी शीरमा
      सम्पूर्ण एक हौँ
      नपरोस् पाइलो भीरमा।
      ✍️रमेश दियाली
      …
      १,
      स्वागत गर्दछौ हाँसेर
      भालेको शीर ढल्केछ
      मधेशी पोथी बासेर ।
      २,
      मिलेर बसेको राम्रो
      भन्छौ सजिलै तिमीले
      पाहाड डुब्दैछ हाम्रो।
      ३,
      सुक्दैछ शरिरको पानी
      मरन्च्यासे बन्दैछौ दिनहुँ
      औषधी लिन आनाकानी ।
      ✍️मोती योन्जन सुब्बा
      दार्जिलिङ।
      …
      १,
      रहरले नेपाल विकासको
      रगत पसिना बगे
      खोइ, लक्षण निकासको ?
      २,
      भाषण सबैले गर्छन्
      नारा पारा आआफ्नै
      झुठा आश्वासन छर्छन् ।
      ३,
      भो अब चाहिएन
      भोट माग्न नआउनू,
      जीवनभरी चैन पाइएन ।
      ✍️कमला पौडेल
      …
      १,
      चिसोबाट हामी बचौँ
      न्यानो तातो भएर
      झिल्का कविता रचौँ ।
      २,
      चाडपर्व सबै गयो
      कामतिर अब लागौँ
      गोजी खाली भयो।
      ✍️सविता भट्टराई
      जनकपुरधाम
      …
      १,
      देशले पाएन निकास
      नेताको चिप्ला भाषणले
      कहिले हुन्छ निकास ?
      २,
      आर्थिक मन्दीको भयो
      जनतालाई सधैँ सास्ती
      आत्मनिर्भरता कता गयो ?
      ३,
      पलायन भयो जनशक्ति
      देशमा रोजगार छैन
      मासियो राष्ट्र भक्ति।
      ✍️कृष्ण बजगाई भक्तपुर
      …
      १,
      कहिलेसम्म पुल बन्ने
      निकम्मालाई राज सुम्पेर
      गरियो भुल भन्ने ?
      २,
      असल नेतृत्वको खोजी
      सम्भव हुँदैन मतदाताज्यू,
      चुनाउमा भरेर गोजी !
      ३,
      आखिर मिल्छ निराशा
      हामीले काँडा रोपेर
      नगरौँ फूलको आशा !
      ✍️वसन्त अनुभव
      घोराही, दाङ
      …
      १,
      भएको छैन विकास
      जति दु:ख गरे
      निस्केन केही निकास ।
      २,
      हल्लैमा चलेको देशमा
      इमानदार जनता सडकमा
      नेता नक्कली भेषमा।
      ✍️दुर्गा भट्टराई
      मोरङ
      …
      १,
      सपनाको देश बनाउनुपर्छ
      मुख नताकी कसैको
      आफै कामले जनाउनुपर्छ
      ✍️विष्णु पंगेनी(पाण्डे )
      वालिङ, स्याङ्जा
      …
      १,
      देश लुटिॅंदैछ यहाँ
      मिलेर नेताहरू ठुला
      झुटा आस जहाँ ।
      २,
      अन्याय र अत्यचार
      भइरहेछ जहिल्यै यहाँ
      पाराले हुन्छ मारामार ।
      ३,
      जाग्न सिक्नुपर्छ अब
      आफ्नो अधिकारको लागि
      नत्र पाइॅंदैन तब ।
      ✍️ईश्वर साउद(भिक्षु)
      रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
      …
      १,
      सत्यता कता हरायो
      विषैविषको वमन देखिन्छ
      देशभरि हाप्सिलो करायो।
      २,
      विधिको शासन छैन
      दुःखी दु:खमा डुब्दैछ
      सामन्तीलाई अपार चैन।
      ३,
      बुद्धले तरवार लिएका
      अधर्मले चुली टेक्दैछ
      सबैको मती बिग्रिएका।
      ✍️घनश्याम पन्त
      हरिवन, सर्लाही
      …
      १,
      परर पानी आयो
      बिस्कुन यहाँ सबै
      लुछुप्पै हेर भिजायो ।
      २,
      भ्रममा पारेको हेर
      मेहनतको लोकतन्त्र कसरी ?
      सजिलै फाले खेर ।
      ३,
      छ लुट, छलछाम
      चुप नबसौँ जनता
      गरौँ देशै चक्काजाम ।
      ✍️रबि पौडेल
      दक्षिण भारत पाण्डेचरी ।
      …
      १,
      भ्रष्टकै जमाना रहेछ
      देश यिनकै हातमा
      समृद्धि बिरानो भएछ।
      २,
      जताततै सन्नाटा देख्छु
      दीपको खडेरी परेछ
      त्यसैले कविता लेख्छु ।
      ३,
      जहाँ जता गए
      आफ्नै देश प्यारो
      जति टाढा भए ।
      ✍️शशी श्री आचार्य
      बौद्ध कुमारीगाल काठमाडौं
      …
      १,
      भ्रमको जालो नबनोस्
      अलमल्ल भएको बाटो
      छिटोभन्दा छिटो सकोस् ।
      २,
      जनताको आस, विश्वास
      बालुवामा पानी भयो
      नेताकै मात्रै विकास ।
      ३,
      जतासुकै मुख नखोल्नु
      वास्तविकता थाहा हुँदैन
      त्यसैले प्याच्च नबोल्नु ।
      ✍️पृथक प्रकृति
      झापा
      …
      १,
      सफलताको सिढी चढौँ
      खुट्टा तान्ने प्रवृत्ति
      छोडेर अघि बढौँ।
      ✍️मन्दिरा सेढाई
      मलेखु, धादिङ
      …
      १,
      गलत देख्छु सरासर
      छोरीलाई हेला गर्नु
      मान्नुपर्छ सबै बराबर ।
      २,
      सबैमा देखिन्छ अहङ्कार
      पाइॅंदैन कसैमा पनि
      सही व्यवहार, सिष्टाचार।
      ३,
      अर्कोलाई लडाउने खेल
      नमानी लाज सरम
      खेल्छन् सबै अचेल।
      ✍️खडक आर सि मिलन
      छेडागाड नगरपालिका २ साल्मा जाजरकोट
      …
      १,
      आमाको छातीमा टेक्नेले
      ठुला कुरा गर्छन्
      नाममा दाम फेक्नेले ।
      २,
      मुटुमा छ घाउ
      घायल भएको ज्यान
      अलि वर आउ ।
      ३,
      निर्दोषीलाई लाग्छ हटकडी
      कानुन भएको देशमा
      ठुलाले गर्छन् मनपडी ।
      ✍️धनमाया चौधरी
      कैलाली
      …
      १,
      हावासरि कुरा नगर
      ढाँटेर सन्सार चल्दैन
      सेती खोला बगर ।
      २,
      हाँसेर बोलन कान्छा
      दुईदिनको हो जीवन
      पाकेन अझै भान्छा ।
      ✍️अम्बिका अधिकारी
      झापा बिर्तामोड
      …
      १,
      अचानक कसम खाएछु
      फसाउँछे भन्ने बुझिएन
      बिर्सेर माया लाएछु ।
      २,
      तिमीले मलाई छानेको
      ठ्याक्कै लाग्यो मायामा
      आँखाको तीरले हानेको ।
      ३,
      खुकुलो कम्मर कसौँला
      प्रेमिल बातचित गरेर
      थकाइ मेट्न बसौँला ।
      ✍️रामप्रसाद पुरी
      बादेल, खोटाङ
      …
      १,
      चिसो मौसम आउँदैछ
      तातो न्यानो लगाऊ
      गगनमा बादल छाउँदैछ।
      २,
      भ्रमले अन्धो बनाउँछ
      गर्छौँ हामी भन्छन्
      आश्वासन मात्र जनाउँछ।
      ३,
      समस्या जहाँको तही
      आलटाल पाराले हुँदैन
      यस्तो बन्दैन कहीँ ।
      ✍️शोभा आचार्य गौतम
      काठमाडौँ
      …
      १,
      सॅंगसॅंगै जाउॅंला गोठालो
      मेला पात जङ्गल
      टिपौंला जौ बालो ।
      ✍️दीपक दाहाल
      …
      १,
      जसरी गणतन्त्रलाई चिन्यो
      आँखामा विकास देख्थ्यौँ
      भोटले भावना छिन्यो ।
      ✍️लोकबहादुर क्षेत्री लामिछाने
      …
      १,
      चिसोले लाग्ला सर्दी
      ख्याल गरौँ शरिरको
      लगाउनु न्यानो बर्दी ।
      २,
      धेरै जसो नेताहरू
      गफैले बाँचेका हुन्छन्
      फुर्ति लाउॅंछन् बरु ।
      ✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
      कनकाइ ४ झापा
      …
      १,
      गर्छन् असुरको कर्म
      मैमत्ता साँढे बनेर
      समाप्त पारे धर्म ।
      २,
      सकिएन धैर्यता थाम्न
      अत्याचार बढेर गयो
      थालियो आक्रोशले काम्न ।
      ३,
      पापीलाई सद्बुद्धि आउॅंदैन
      समय बलवान् हुन्छ
      सुखले मर्न पाउॅंदैन ।
      ✍️ऋजु दिल्पाली (राजेन्द्र घिमिरे)
      ईटहरी १ सुनसरी ।
      …
      १,
      भएन कानुनी राज
      छोटे राजा बनी
      पहिरन्छन् आफैलाई ताज ।
      २,
      कानुन सबैले मानून्
      जनता निर्धो बनाउने
      निर्माता आफै जानून् ।
      ३,
      देखिन्छ माकुरे जाल
      जनतालाई छारो हाली
      ढिकुटीमा थाप्छन् खाल ।
      ✍️जयनारायण नेपाल
      इलाम , हाल सूर्य विनायक २ बालकोट ,भक्तपुर
      …
      १,
      पुग्यो आफूले कमाए
      जनता जाऊन् भड्खालामा
      भन्दै खाल जमाए ।
      २,
      नेता परे देशका
      कमाउने मात्रै ध्याउन्न
      अपराधी लुटपाट केशका ।
      ३,
      नेताको ध्यान कमाउनमा
      जनता मरे मरून्
      तम्सिने सम्पत्ति जमाउनमा ।
      ✍️राजेशराज गड्तौला
      काँडाघारी, काठमाण्डौ
      …
      १,
      हाड घोट्छ सदैव
      तब पनि दु:खीको
      अवस्था छ तथैव l
      २,
      उदाङ्गो अभावको घपना
      छोप्ने ध्येयले विदेशिन्छ
      बोकेर अनेकन् सपना l
      ३,
      मिल्दैन देशमा रोजगार
      अभावले मर्छन् जनता
      गर्दैन सरकारले खोजवार l
      ✍️बाबुराम गौतम
      गुल्मी
      …
      १,
      अब व्रत सुरु
      मरेपछि स्वर्ग गइन्छ ,
      भन्नुहुन्छ यता गुरु ।
      २,
      मनमा श्रद्धा भरे
      अवश्य राम्रो हुन्छ ,
      ईश्वरको भक्ति गरे ।
      ३,
      ईश्वरको ध्यान गरौँ
      जपौँ मृत्युञ्जय मन्त्र ,
      अकालमा कोही नमरौँ ।
      ✍️सीमा कार्की समर्पण,
      मेल चोक पर्सा ।
      …
      १,
      सधैँ सत्तामै जाने
      साझा लक्ष्य निकम्माहरूको
      देश लुटेर खाने ।
      २,
      विकासका काम सुस्तै
      पात्र फेरिए तथापि
      प्रवृत्ति सबैका उस्तै ।
      ३,
      गणतन्त्रको मुख कालो
      समावेशिताको नाममा अटाए
      भाइ भतिज सालो ।
      ✍️शान्ता पौडेल भट्टराई
      टङ्कीसिनवारी, मोरङ
      …
      १,
      सम्झनामा दिनहरू बिताउँछु
      एकोहरो तस्बिर हेरेर
      तिम्रो रातमा निदाउँछु।
      २,
      हरपल सम्झनाले सतायो
      पिएको छैन तापनि
      मदिराले झैँ मतायो।
      ३,
      प्रेममा भए घायल
      एक्लै बरबराई बस्छु
      बनायौ तिमीले पागल ।
      ✍️रुना कर्माचार्य दाहाल
      चितवन
      …
      १,
      झुटा सपना नदेखिऊन्,
      लक्ष्य गरेर पूरा,
      इतिहासमा कुकर्म नलेखिऊन्।
      २,
      झारा टारेर क्रम
      आफ्नै बरबादी हुन्छ,
      फलदायी हुँदैन श्रम ।
      ३,
      मिठा सपना साँचेर
      कसैलाई मर्म नपारी,
      मतलब बल्ल हाँसेर।
      ✍️मनोहरी पौडेल
      गैडाकोट १
      …
      १,
      साकार पार्न सपना
      कल्याणकारी कार्य गर्नुपर्नेछ
      लगनशीलताकासाथ हुनुपर्छ जपना ।
      २,
      जनतालाई ओढाउने बर्को
      सिद्धान्त गीताझैँ महावाक्य
      व्यवहार देखियो अर्को ।
      ३,
      बुद्धको देशमा मित्र
      नित्य हुन्छ झगडा
      शक्ति सङ्घर्षको खेलभित्र ।
      ✍️प्रद्युम्न चालिसे
      भक्तपुर कटुञ्जे ।
      …
      १,
      देश कहिले हाोला
      सहिद कति भए
      उनको मन रोला।
      २,
      यस्तै हाल हाम्रो
      भ्रष्टाचार नै भए
      देश बन्दैन राम्रो।
      ✍️सानु जोशी
      सुदुर पश्चिम दार्चुला,
      …
      १,
      शासन नजाने कहिल्यै
      एक्लैले खाने तयारी
      खाली भूँडी जहिल्यै ।
      २,
      देशका युवा बेरोजगार
      विदेशिन बाध्य भए
      बोकेर ऋणको भार।
      ✍️दुर्गा आचार्य
      मोरङ
      …
      १,
      प्रितको थुङ्गा च्यापेर
      मनको चरी भुरुरु
      तनको नाता गुनेर।
      २,
      सम्हाले साथ देऊ
      आखिर विवेक तिम्रै
      सताउने सोच नलेऊ ।
      ✍️हरिगोपाल न्हुच्छेँप्रधान
      काभ्रे, साँगा बजार बनेपा- १४
      …
      १,
      देशको हालतले पिरोल्छ
      झुटको दुनियामा आज
      कसले साँचो बोल्छ ।
      २,
      बोल्न सम्म डराएर
      कसैले सुनेन यहाँ
      के हुन्छ कराएर ?
      ✍️जानुका बास्कोटा
      काठमाण्डौं
      …
      १,
      रुन्छन् पुरुष जति
      एकदिन भात पकाउॅंदा
      बिग्रन्छ तुरुन्तै मति ।
      २,
      घरका सान नारी
      फुइ नझार पुरुष
      जीवन तार्छन् पारी।
      ३,
      नारी सस्तो लाग्ने
      ठुलो रुख तलतिर
      कुनै झार नजाग्ने ।
      ✍️हिरालाल न्यौपाने
      बानपा ८ कोटमौला सल्यान
      …
      १,
      समय कुरेर बस्दैमा
      फेरिन्न देशको अवस्था ,
      गाउॅवाट शहर पस्दैमा ।
      २,
      नेपालको माया हुनुपर्छ
      बन्न साँच्चैको नेपाली ,
      माटोलाई कर्मले धुनुपर्छ।
      ३,
      अब नब्युँझी हुन्न
      जाल झेल गरेर
      जनताको मन छुन्न।
      ✍️सुस्मिता अधिकारी
      काठमाडौँ
      …
      १,
      मङ्सिर महिना चल्यो
      जताततै विवाहको चर्चा
      कानमा पन्चेबाजाले छल्यो ।
      ✍️सुनगाभा पोखरेल
      कपिलवस्तु -१, बैरिया
      …
      १,
      देखिन्छन् देशमा जब
      दलाल र भ्रष्टाचारी
      लुटिन्छन् जनता तब।
      २,
      जब हुन्छ अति
      अन्याय अत्याचार धेरै
      बेहोर्छ राष्ट्रले क्षति ।
      ✍️होमप्रसाद नेउपाने
      धरान, सुनसरी ।
      …
      १,
      देशको सुन्दर परिवेश
      गद्दार गरेर बिगारे
      सखाप पारे देश ।
      ✍️भोलामान बर्देवा ‘बैरागिमाईलो’
      धरान – ८ सुनसरी
      …
      १,
      राखेर मायाको आशा
      अँगाले पिरतीको फूल
      भयो जिन्दगी निराशा ।
      ✍️सन्दीप विश्वकर्मा (कपिलवस्तु )
      …
      १,
      गलत सङ्गत गरेर
      कहिल्यै नहिँड्नु हेर
      बस्नु सुबास छरेर ।
      २,
      सम्मान गर्न सिक
      सबैको राम्रो बन्नु
      त्यसैमा हुन्छ ठीक ।
      ३,
      सबैको प्यारो बन्नु
      गलत कदम नउठाए
      पर्दैन केही भन्नु ।
      ✍️ललिता गिरी
      सिन्धुली
      …
      १,
      सङ्गत गुणाको फल
      अवश्य पाइन्छ यहाँ
      कसैले नगरौँ छल।
      २,
      पिंजडाको चरी बनाएर
      मलाई बन्धक बनायौ
      आफूलाई महान् जनाएर ।
      ३,
      महान् बनेर देखाउन
      अब लक्ष्य राख
      इतिहासमा नाम लेखाउन ।
      ✍️लक्ष्मण देउवा
      डोटी

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविता

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ४३ सम्पन्न

  • ४ मंसिर २०८१, मंगलवार ०७:०३ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको ४३ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ८० जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ४३ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    …
    १,
    जीवनजगत् छ फराकिलो
    तिमीले आकारमा सोचेकोभन्दा
    कदापि नहोला दुखजिलो ।
    २,
    देखिएका कतिपय दु:खहरू
    पर्दामा सुन्दरतामा सजिन्छन्
    सायदै होलान् अरू ।
    ३,
    नहिॅंडेको डोबको यात्राले
    बेग्लै आनन्द दिन्छ
    बिसाउॅंछ चिनीको मात्राले ।

    • म्यामराज राई, भोजपुर
      …
      १,
      बालेनको गर्छु सम्मान
      देशको भलाईको लागि ,
      लाउँछन् सधैँभरि दिलोज्यान ।
      २,
      बालेन शासक हाम्रो
      हराभरा बनाए देशलाई ,
      हेर्दा कति राम्रो ।
      ३,
      बालेन जनताको सहारा
      स्वाभिमानी जनता बनाउन,
      देशको उठाए अभिभारा ।
    • सीमा कार्की समर्पण
      मेलचोक पर्सा
      …
      १,
      उठाउ खुकुरी अब
      बचाउ पहिचान देशको
      लुटिँदैछ अस्तित्व सब।
    • ताराप्रसाद चापागाईँ
      धुनिबेसी, धादिङ
      …
      १,
      ढिला नगरी जागौँ
      हाम्रो अस्तित्व बचाउन ,
      एकजुट भई लागौँ ।
      २,
      सगरमाथा नेपालको सान
      यस्तै प्रकृतिको खानीले,
      सधैँ पाइन्छ सम्मान।
      ३,
      न्यायको ढोका उघारेर
      देश बनाउन उठौँ
      राजनीतिक संस्कार सुधारेर।
    • भोज विवश मगर
      गैंडाकोट -३ नवलपरासी पूर्व
      …
      १,
      स्वार्थ मनमा बोकेर
      कति मरिहत्ते गर्नु
      झुटो मायालाई ढोकेर।
      २,
      स्वार्थीपनको लगाव हुँदैछ
      झुटको लहरमा परेर
      आँसुको थोपाले छुँदैछ।
      ३,
      फूल जस्तै लाग्छ
      जवानीको मात चढेपछि
      पीडा सबै भाग्छ।
    • विकास क्षेत्री अञ्जान
      कैजले, बिजनबारी, दार्जिलिङ
      …
      १,
      गल्ती आफैले गरियो
      चिन्तै चिन्ता मनभरी
      बाँच्नलाई दोधारमा परियो ।
      २,
      तरकारी बाँसको तामाको
      हर्‍याउॅंले टोकेको भागबाट
      विष निकालियोस् आमाको ।
      ३,
      एउटा नुनको ढिक्का
      तिमिबिना मेरो जिन्दगी
      लाग्छ आमा फिक्का ।
    • हिरामाया श्रेष्ठ
      गजुरी १ धादिङ
      …
      १,
      आफ्नैले खुट्टा तान्छन्
      कसरी हुन्छ प्रगति?
      पीठमा छुरा हान्छन्।
      २,
      दुःख पनि कस्तो!
      बारबार मसॅंगै आउँछ
      आफ्नै पाहुना जस्तो।
      ३,
      सुख पाउन गाह्रो
      नियति पनि कठोर
      फलामभन्दा समेत साह्रो ।
    • शशीश्री आचार्य
      बौद्ध कुमारीगाल काठमाडौं
      …
      १,
      सुन्दर लाग्छन् मलाई
      तिम्रो साथको रात ,
      भयौ एक्कासी सलाई ।
      २,
      सपनीमा सधैँ भेटिॅंदैछ।
      सारङ्गीले या यादले ,
      मन मेरो रेटिॅंदैछ।
      ३,
      चक्र हो संसार
      यताउता गरी हिॅंड्दैछु
      पाएर मैले आकार ।
    • दीपा समभाव
      दुबेकोल खोटाङ्ग
      …
      १,
      सहेर बस हेरेर
      देशको अस्तित्व मेटिएला
      सीमा मायाले बेरेर।
      २,
      कर्ममा अघि बढ्न
      हात बाँधेर नबस्नु
      उन्नतिको शिखर चढ्न ।
      ३,
      आफ्नो स्वार्थ त्यागेर
      देशको विकासमा जुट्नुपर्छ
      अब जनहितमा लागेर ।
    • भगवती दवाडी
      झापा
      …
      १,
      हिँड्दैछु नदीको किनारामा
      रामराज्यको खोजी गर्दै
      साथ पाइएन आमा ।
      २,
      भौँतारिँदै शान्तिको चाहनामा
      दुनियाँ अल्मलिएको छ
      सम्भावना छैन आमा ।
      ३,
      सम्भावनाको पक्षमा सदैव
      लागीरहनु हाम्रा पक्षधरहरू
      विजयको आशा छँदैछ।
    • गुणनिधि घिमिरे अमेरिका
      …
      १,
      आलसीले हात मल्दछ
      फलबिना आफ्ना कर्मको
      आशामै बेला ढल्दछ ।
      २,
      अन्तिम समयमा हामी
      पुगिन्छ पक्कै घाट
      राजा वा ज्यामी ।
      ३,
      सजग समयले छल्दछ
      लक्ष्य पूर्ण गर्नलाई
      कर्मठ आफै चल्दछ ।
    • कार्की डिबी माकुम
      सुनवल-४, नवलपरासी
      …
      १,
      भ्रममा म परिनॅं
      खोक्रो झूटो आडम्बरको
      प्रशंसा कहिल्यै गरिनॅं !
      २,
      फूलभरि विष काँडाको
      नम्र हाँस्यो सहनशीलता
      सौन्दर्य बनेर डाँडाको ।
      ३,
      सास एक मुट्ठी
      सपना कर्तव्य कर्म
      कहिले हो छुट्टी ।
    • शारदा स्टेफी
      …
      १,
      वीरहरूको पहिचान खुकुरी
      गोरखालीसँग बल छ
      कसैले नदेखाऊ चुरिफुरी।
      २,
      दुष्टहरूको नाश गर्‍यो
      जब मैदानमा नेपाली
      खुकुरी लिएर झर्‍यो ।
    • सुरेशकुमार पाण्डे
      दाङ घोराही १८
      …
      १,
      हेर ! सोझिॅंदैनन् कहिल्यै
      हाम्रा कुकुरका पुच्छरहरू
      हामी चेत्नुपर्थ्यो पहिल्यै ।
    • शम्भु गजुरेल
      सिन्धुली
      …
      १,
      दिनभरि हात गोजीमा
      बराली बस बरालसिङ
      साँझ खानु खोजीमा ।
    • बिबा तामाङ
      दार्जिलिङ
      …
      १,
      वीरताको हाम्रो पहिचान
      गोर्खालीको यो खुकुरी
      भेंडाहरूले गर्दैछन् अपमान ।
    • नागेन्द्रप्रसाद यादव
      …
      १,
      असल गरेर काम
      ठुलो पसिनाको खेती
      राखौँ सबैले नाम !
    • आर्त अकुलीन
      …
      १,
      खिया लाग्यो खुकुरीमा
      हेर्दाहेर्दै हामी नेपालीको
      धुलिया लाग्यो बहादुरीमा।
    • डा. देवी पन्थी
      …
      १,
      चाडपर्व मेला जात्रामा
      खुलेर मनाउन सकिॅंदैन
      अड्कलेको पैसाको मात्रामा।
    • पुष्पा सुवेदी
      नेपालगन्ज, बॅाके।
      …
      १,
      गरेर देखाउनु काम
      पसिना बगाएर खेती
      राख्नु आफ्नो नाम ।
      २,
      सुन्दर लाग्छ मलाई
      तिम्रो मिठो मुस्कान
      तर भयौ सलाई ।
      ३,
      जीवनमा खेपेका दुखहरू
      याद आउने गर्छ
      बिर्सन कसो गरूँ ?
    • राज कुमार राजभण्डारी खोटाङ्गे
      मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर
      …
      १,
      मुर्दासरि अब नबाँच
      के हो मान्छे ?
      कसीमा घोटेर जाँच ।
      २,
      मात्र सास फेर्नु
      बाँच्नु होईन कदापि
      एकपटक गहिरिएर हेर्नु ।
      ३,
      उज्यालो हुँदैमा रात
      दिन नसोच कहिले
      विश्वासमा हुन्छ घात ।
    • ध्रुव श्रेष्ठ
      खोटाङ ।
      …
      १,
      पोखरीमा कमल फुल्यो
      पानीभित्र माछाको चाल
      जिन्दगी त्यसरी भुल्यो।
      २,
      बगरसँग माया लाउँछे
      चौतारीमा बस्ने चरी
      दु:खको गीत गाउँछे।
    • होमप्रसाद नेउपाने
      धरान,सुनसरी ।
      …
      १,
      भ्रष्टाचारी जति भुट्न
      हामी सबै जनता
      लागौँ अब जुट्न |
    • सरिता सेढाई
      धादिङ
      …
      १,
      सुनमा घुन लाग्यो
      हृदयमा भ्रम फैलाउँदा
      बाँच्ने रहर भाग्यो !
      २,
      मरेर जाने चोला
      नाचौँ गाउँ रमाऔॅं
      अजम्बरी को होला?
      ३,
      निम्न प्रकारको कुरो
      हेर गर्न नपाइकन
      रहने भयो अधुरो?
    • अच्युत घिमिरे,
      सर्पाङ, भुटान
      …
      १,
      सुन्दर लाग्छ मलाई
      आफैमा हराउँछु म
      मन मुटु जलाई ।
      २,
      अमर रहून् चेली
      ताराझैँ सधैँ चम्किरहून्
      नाम राखून् खेली ।
      ३,
      देशको नाम राख्नेलाई
      खेलाडी सबैलाई सम्मान
      घामपानी सुखदुःख चाख्नेलाई ।
    • धनमाया चौधरी
      कैलाली
      …
      १,
      सृष्टिले दिएको नासो
      नहोस् है कहिल्यै
      देशभक्तलाई गलाको पासो ।
      २,
      सगरमाथा शिरको ताज
      गरेको छ यसले
      विश्वमा नै राज ।
      ३,
      सगरमाथासित गाँसेर पिर्ती
      आर‍ोहण गरेर मानिसले
      राख्न चाहन्छन् कीर्ति ।
    • सतीश पण्डित
      भानु -६, चुँदी तनहूँ (हाल चनपा ६ मातातीर्थ )
      …
      १,
      जिन्दगी फूलको माला
      गोजी रित्तो हुनासाथ
      हुन्छ फोहोरको नाला।
      २,
      भोक लागेपछि मिठो
      नत्र कसैले पुछ्दैन
      गुन्द्रुक कोदोको पिठो।
    • चुडामणी देबकोटा पुरानोनैकाप काठमाण्डौ
      …
      १,
      नेपाल आउ बाबु
      बचाउ मलाई चाँडै
      नत्र पार्छन् काबु ।
      २,
      नेपाल आमा रुन्छिन्
      शान्ति भएन कहिल्यै
      अत्यन्तै दुखी हुन्छिन् ।
    • सविता भट्टराई
      जनकपुरधाम
      …
      १,
      झिल्का काव्य भरौँ
      मानव सोचाइमा सबैले
      आत्मा सन्तुष्टि गरौँ ।
      २,
      रिसले भलो हुन्न
      सबैको राम्रो गर
      डाहाले मन छुन्न ।
      ३,
      अगाडि बढ्दै लेखाऊ
      झिल्का कविता लेखिएको
      इतिहासमा छाप देखाऊ ।
    • बेदु न्यौपाने
      …
      १,
      असिमित छन् चाहाना
      औकात सानो हुनाले
      गर्नुपर्ने अनेक बहाना।
      २,
      सुखदुःख जीवनको साथी
      सङ्घर्षरत रहे सधैँ
      उत्रेला जीवन माथि !
    • कोपिला अधिकारी
      गोरखा
      …
      १,
      यही चक्रमै घुमिरहन्छु
      खोज्छु जान यताउता
      तैपनि लेखनमा झुमिरहन्छु।
      २,
      देखिन्छन् वरिपरि दु:खहरू
      सबै बिर्सनु पर्दोरहेछ
      सम्झेर हुन्न अरू।
      ३,
      उघारौँ न्यायको ढोका
      भर पर्दा यिनैको
      पाइन्छ अझै धोका।
    • अर्जुन प्रसाद चौलागाई
      अमेरिका, बोस्टन
      …
      १,
      सोचेको छैन यहाँ
      ए! मुर्ख मनुष्य
      बन्छ देश कहाँ ।
      २,
      भोक्दैछु म यहाँ
      सुखको खोजीमा आज
      भागेर जाऊॅं कहाँ ?
      ३,
      भ्रष्ट नेताहरूको हाल
      लुटेर नराख्नु सम्पत्ति
      आउँछ सबैलाई काल।
    • दीप गोले तामाङ
      रौतहट
      …
      १,
      हुन्छ सधैँ अपमान
      गरिब दुखी जनतालाई
      भ्रष्टाचारीकै गाउॅंछन् गुणगान ।
    • रिमा छन्त्याल
      …
      १,
      जीवन अनुभवको खानी
      जिउनु सिकाउँछ यसैले
      कठिनलाई सहज मानी ।
      २,
      यता हिँड्दाहिँड्दै कहिले ?
      काँडा बिझ्न सक्छ
      सचेत रहनु जहिले ।
      ३,
      भरोसाले जीवनलाई थकाउँछ
      झुटो कहिले टिक्दैन
      समयले यथार्थ बकाउँछ ।
    • पुष्पा राई
      बादेल, खोटाङ ।
      …
      १,
      लहलह धान झुल्यो
      चाडबाडको मौसम सकियो
      वनभोजतिर मन डुल्यो ।
      २,
      मान्छेको मन बतासिन्छ
      मोजमस्ती गर्न नपाए
      ओइलाएर त्यसै हतासिन्छ ।
      ३,
      मङ्सिरको महिना आउँदैछ
      वनभोज, लगनको चटारो
      पुनः रमाइलो छाउॅंदैछ ।
    • मोती योन्जन सुब्बा
      दार्जिलिङ
      …
      १,
      देशको अस्तित्व हराउँदै
      बढ्यो विदेशीको बिगबिगी
      जनताहरू छन् कराउँदै ।
    • रबि पौडेल
      दक्षिण भारत पाण्डेचरी
      …
      १,
      घरी घरी दाम
      खोज्छौ स्वार्थका पोकोमा
      गरेनौ केही काम !
    • प्रेम थापा “मन”बागलुङ
      …
      १,
      हुँदैन कसैको भला
      बिमार निको हुनासाथ
      डाक्टरलाई पारेपछि थला l
      २,
      देखाएर आफ्नो औकात
      ज्यान बचाउने ईश्वरलाई
      टक्राउॅंछन् विषको सौगात l
      ३,
      जमाना आयो उल्टो
      अर्तीउपदेश दिन खोज्दा
      उपहार मिल्छ अगुल्टो l
    • बाबुराम गौतम
      गुल्मी
      …
      १,
      दु:ख कहाँ छैन ?
      मृत्युभन्दा ठुलो यहाँ
      जन्मेका सजिलै हैन ।
    • लोक बहादुर छेत्री लामिछाने
      मोदी गा पा २ देउपुर, पर्वत
      …
      १,
      नहुने आडम्बरको सती
      नामको मात्र सम्बन्ध
      हुँदैन विश्वास अलिकति ।
      २,
      हिउँदको बेला आयो
      धेरैको अधरमा खुसी
      वनभोज खान पायो ।
      ३,
      धान काट्न धमाधम
      भन्न थाले किसानले
      फुर्सद छैन एकदम ।
    • पृथक प्रकृति
      झापा
      …
      १,
      अनेकन् वीरताको गाथा
      बगैँचा रङ्गीबिरङ्गी फूलहरूको
      शिरमा छ सगरमाथा !
      २,
      मयुरहरू नाच्छन् छमछम
      मनै लोभ्याउँछ सबैको
      मनमोहक दृश्य अनुपम !
      ३,
      उच्च हिमशिखरको माला
      दिँदैनन आँखा झिम्क्याउन
      कलकल सुन्दर नदीनाला !
    • वसन्त अनुभव
      घोराही, दाङ
      …
      १,
      चाडपर्व सकियो सब
      सुनसान लाग्छ हामीलाई
      वर्षभरिलाई सम्झना अब।
    • सुनगाभा पोखरेल
      कपिलवस्तु १ बैरिया
      …
      १,
      साथ दिन्छन् सुखमा
      आफन्त नै यहाँ
      पराई बन्दारहेछन् दु:खमा ।
      २,
      हुन्छन् मान्छे विभिन्न
      फसाउन सक्छन् तिमीलाई
      बेलैमा पर्छ चिन्न।
      ३,
      तनाव लिन छोड्नुहोस्
      सफलता मिल्छ एकदिन
      गलत सङ्गत मोड्नुहोस्।
    • अनिता भण्डारी
      ताप्लेजुङ
      …
      १,
      रातको अँध्यारोमा बसे
      जीवन जान्न नपाई
      बिहानीमा कता खसे ।
      २,
      बिर्सेर जानेलाई बिदा
      माया पाउँ भनेर
      माग्दैछु हेर सीधा ।
      ३,
      डराएर कराएर हुन्न
      सिधा मुद्दामा आउ
      समस्याले कहिल्यै छुन्न ।
    • अम्बिका अधिकारी
      झापा बिर्तामोड
      …
      १,
      हतियार हैन तागतवर
      हुनुपर्छ मनोबल बलियो
      जितहार त्यसैमा भर ।
      २,
      संहार गर्‍यो जुधाएर
      भक्षक हुन् युद्धपिपासु
      रम्यो नरमांस खाएर ।
    • कृष्णकुमार वैद्य
      बनेपा ९, काभ्रे
      …
      १,
      मनको बह कस्तो
      कति भनिरहने कहाँ
      हुरी चले जस्तो।
      २,
      माया प्रेममा जलेर
      सराप नलागोस् है
      मन गयो गलेर।
      ३,
      तिमीलाई पीडा भयो
      मनको कुराले कति
      जिन्दगीको मजा गयो।
    • नीमा छिरिङ भोटिया
      जलढका कालेबुङ
      …
      १,
      नसुकौँ अब धेरै
      जागा होऊ जनता
      खोजौँ हक सबेरै ।
      २,
      सिमा मिचियो धेरै
      सबै नबोली बसेर
      आँगन चोइटियो मेरै ।
    • हरिगोपाल न्हुच्छेँप्रधान
      काभ्रे , साँगाबजार बनेपा १४ ।
      …
      १,
      नगर्नु कहिल्यै रिसराग
      मेटिएलान् सबै सम्बन्ध
      कोरेर कालो दाग।
      २,
      गरौँ मिलेर कर्म
      पार्दै धरा उज्यालो
      बुझ्दै सबैको मर्म।
      ३,
      मन नहोस् हरोहर
      विचारमा धैर्यता रहोस्
      देखियोस् आत्मीयता मनोहर।
    • तोया नाथ चापागाईं
      दमक, झापा
      …
      १,
      चाडपर्व सकियो अब
      कम्मर कसेर लागौं
      बाली उठाउन सब।
      २,
      नगरी आफ्नो काम
      खानै मात्र खोजे
      कहाँबाट पाइन्छ माम।
      ३,
      मुख हैन साथी
      पाखुरी चलाउनु पर्छ
      अनि उठिन्छ माथि।
    • अरुण कुमार भुजेल
      दार्जिलिङ्ग, भारत।
      …
      १,
      तरकारी हाली नुन
      खाएपछि आउँछ तागत
      नबिर्सने मिठो गुन ।
      २,
      रोजेर असल बाटो
      हिॅंड्नु इमानदार भै
      बन्नेछ अनुसासनको पाटो ।
      ३,
      सुन्तला पाक्यो बोटमा
      देखेर मुख रसायो
      स्वादिलो रस ओठमा ।
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन न. पा. ६ संखुवासभा ।
      …
      १,
      अनौठो जीवनको यात्रा
      दु:खमा हाँस्नै पर्ने
      लुकाएर पीडाको जात्रा ।
      २,
      खुसी कहिले हुनु
      पीडाले साथ नछोडेपछि
      पर्छ एकान्तमा रुनु ।
      ३,
      पीडाको वजन हॅुदैन
      जोख्न कतै नमिल्ने
      सुखले कहिल्यै छॅुदैन ।
    • राजेशराज गड्तौला
      कॅाडाघारी, काठमाण्डौ
      …
      १,
      भ्रष्टलाई फाल्ने गर्नुपर्छ
      देशलाई माथि उठाउन
      हामी अघि सर्नुपर्छ।
    • विष्णु पंगेनी(पाण्डे)
      वालिङ् स्याङ्जा
      …
      १,
      उमेरमै लौरी नटेक्नु
      अल्छी बनेर कमाउने
      दिवा सपनाले नछेक्नु ।
      २,
      सिकौँ कर्ममा रमाउन
      फालेर आलस्यको घुम्टो
      विवेक लगाउ कमाउन ।
      ३,
      मिहेनतले अघि बढ्नु
      लक्ष्य ठुलो लिएर
      अग्लो चुली चढ्नु ।
    • भूपेन्द्र के.सी.
      …
      १,
      कठै ! बेइज्जत आज
      होस हराएका मान्छे
      देख्दा लजाउॅंछ लाज।
      २,
      दिउँसै रात पार्छ
      झुट्टो मुद्दा लगाई
      कति मार्छ टार्छ ?
      ३,
      सबै लाग्छ उस्तै
      यी साधु बिराला
      हेर्दा एकै दुरुस्तै !
    • विवश पारदर्शी
      झापा
      …
      १,
      घामझैँ पूर्वबाट उदाउनु
      बाँडेर न्यानो माया
      आफ्नो मार्ग बनाउनु ।
      २,
      जीवनमा लक्ष्य होस्
      मिल्छ अवश्य सफलता
      परिश्रमी जोस जाओस् ।
      ३,
      गरेर नबस्नु आस
      हट्छ पौरख गरे
      बन्छ जीवन खास ।
    • कृष्ण बजगाई
      भक्तपुर
      …
      १,
      दर्बिला पाखुरा चम्किसक्यो
      राष्ट्रका किराहरू मास्नलाई
      राष्ट्रवादी युवाहरू लम्किसक्यो।
      २,
      जागिसके जनता खुलेर
      अति भइसक्यो अब
      दानवहरू हिॅंड्दैछन् लुकेर।
      ३,
      कसैले छेकेर छेकिॅंदैन
      अन्याय, अत्याचार विरुद्ध
      उठेको आवाज फेँकिॅंदैन ।
    • घनश्याम पन्त
      हरिवन सर्लाही
      …
      १,
      हावा, पनीको मिश्रित
      जिन्दगी यही हो
      सम्झेर बित्छ अतित ।
      २,
      उदाउछ झुल्के घाम
      रमाइलो हुने जीवनमा
      खोजिरहेछ फाइदामा इनाम ।
      ३,
      रमिते दुनियाँ रमाइरहेछ
      देखेर आफन्तीको झगडा
      आँखाले खुसियाली मनाइरहेछ ।
    • ईश्वर साउद(भिक्षु)
      रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
      …
      १,
      पछ्यौरी उनकै ओढेर
      भन्थ्यो जीवन बिताउँछु
      गएछ हिजै छाडेर ।
      २,
      मुस्कानको लोभमा फसेर
      सोचेर भलाई उसैको
      गइछिन् मलाई डसेर ।
      ३,
      फूलको जस्तो जवानी
      देउराली भाकेर भनेको
      नबनोस् हाम्रो कहानी ।
    • रामप्रसाद पुरी
      बादेल, खोटाङ
      …
      १,
      अरूलाई दुख दिएर
      खुसी हुन्छु नसोच
      बस्छौ आँसु पिएर !
    • मन्दिरा सेढाई
      मलेखु, धादिङ
      …
      १,
      मक्कियोस् पुरानाहरू बरु
      नयाँ विचार जन्मॅंदा
      सकिएछन् अब पर्वहरू ।
    • लक्ष्मी रिजाल
      रुपनगर, सप्तरी ।
      …
      १,
      स्वार्थ सबै बिर्सेर
      सधैँभरि कर्म गरौँ
      सेवाभाव मनमा राखेर ।
    • समुन्द्रा शर्मा
      …
      १,
      जङ्गलमा डाँफे मुनाल
      प्वाँख फिँजाएर नाच्दा
      मुसुक्क हाँस्छ हिमाल ।
      २,
      हिमाल पहाड़ तराई
      एउटै आमाका सन्तान
      कोही छैनौँ पराई ।
      ३,
      सेतो हिमाल टलक्क
      पाइला राख्दा परदेशमा
      नेपाल सम्झिन्छु झलक्क ।
    • शान्ता पौडेल भट्टराई
      टङ्कीसिनवारी, मोरङ
      …
      १,
      नेताको बोली सुनेर
      छक्क पर्छु आफै
      पठायौ कस्तो चुनेर ।
      २,
      जनता भए भेडा
      नेताको पछि लाग्ने
      बोली सधैँ टेडा ।
    • बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
      कनकाई ४ झापा
      …
      १,
      लेखेको भावीले सानोमा
      सुखको अनुभूति भएन
      बस्दैछु चुहिने छानोमा।
      २,
      नबुझिने कर्मको खेल
      दुखमा पाइँदैन साथ
      आफन्तले गर्दछन् जालझेल।
      ३,
      पर्दैछ मनमा पीडा
      आफन्तको कर्के नजर
      खेल्दछन् स्वार्थको क्रीडा।
    • सरस्वती श्रेष्ठ
      रुपन्देही बुटवल
      …
      १,
      भन्छन् सतीको सराप
      लोभी पापी मिलेर
      पारे देश धराप ।
      २,
      अरूलाई गाली गर्ने
      चिल आयो भन्दै
      आफ्नै भुँडी भर्ने ।
      ३,
      रहेछन् कस्ता चण्डाल
      झुटको खेती गर्दै
      पारे देशलाई कङ्गाल ।
    • जयनारायण नेपाल
      इलाम, (हाल – सूर्य विनायक – २, बालकोट ,भक्तपुर )
      …
      १,
      सबै चाडपर्वहरू सकिगए
      धेरैको घरमा बुझ्नु
      पर्वले ऋणी भए।
      २,
      महङ्गिले काट्दा सिमा
      उपचारमा लापरवाही भयो
      लगाएर सकारले बिमा ।
    • दुर्गा आचार्य
      मोरङ
      …
      १,
      परिश्रमी हातहरू झुकेनन्
      असहज परिस्थितिमा पनि
      पाइला कहिल्यै रुकेनन् ।
      २,
      एउटा छुट्टै सान
      नेपाली र राष्ट्रियताको
      बेग्लै छ पहिचान ।
      ३,
      भ्रष्टाचार जताततै मौलायो
      जताततै मिसावट मात्रै
      व्यावसायि किन बौलायो।
    • कला ढकाल
      झापा
      …
      १,
      खै के साथमा
      हुँदा मात्रै आफ्ना
      नहुदा टेक्ने माथमा।
      २,
      स्वार्थी सधैँ व्यर्थमा
      कति आफू मात्र
      मरिहत्ते गर्नु अनर्थमा ।
      ३,
      झिल्काले संसार भरौँ
      गरे जे हुन्छ
      परिश्रम गर्ने गरौँ ।
    • दुर्गा भट्टराई
      मोरङ
      …
      १,
      मौसमी जाडो आयो
      चिसो बतास चलेर
      जताततै चिसो छायो ।
      २,
      ध्यान दिन्छौ दुनामा
      दयामाया जगाइदेउ न
      हृदयको एक कुनामा ।
      ३,
      जाग्न लागे जन
      भ्रष्टाचारमुक्त देश हाम्रो
      कहिले हुन्छ भन ।
    • डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा.पा. -६ , दोलखा ।
      …
      १,
      जिउँदो लास जस्तो
      केही छैन मसॅंग
      भयो जीवन सस्तो।
      २,
      जिउनु सकिन रहरले
      धेरै सतायो यहाँ
      यो स्वार्थी शहरले।
    • अन्मोल मुस्कान
      तकदाह छाउनी, दार्जिलिङ
      …
      १,
      मायाको हुन्न आकार
      बाँडेर अझै बढ्छ ,
      ईश्वरीय रूप निराकार।
      २,
      ज्ञानको अमूल्य शक्ति
      पाएर सदैव गुरुको
      गर्छौं मनैदेखि भक्ति।
      ३,
      मरुभूमिले पाएमा पानी
      उम्रनेछन् बोट विरुवा ,
      प्रकृतिको चक्र जानी।
    • सुस्मिता अधिकारी
      काठमाडौँ
      …
      १,
      तिम्रो अभाव थियो
      खालि मलाई सधै
      रुनु नै भैदियो।
      २,
      नपार रुन बारम्बार
      सहन कठिन होला
      मलाई पनि लगातार ।
      ३,
      बोलिमा मिठास भर्नेको
      कहिल्यै भर नपर्नु
      पछि घात गर्नेको।
    • खडक आर सि मिलन
      छेडागाड नगरपालिका २ साल्मा जाजरकोट
      …
      १,
      तारा झल्किन्छ,
      रातो गुलाब मुस्कुराउँदै,
      मन भित्र टल्किन्छ ।
      २,
      पानी पर्छ पक्का,
      पातमा बूँद टल्किन्छ,
      हिलोले अड्काउँछ चक्का ।
      ३,
      निलो आकाश राम्रो
      चराहरू उड्दै गएका,
      स्वतन्त्रताको गीत हाम्रो ।
    • नन्दलाल आचार्य
      बेलका-२, सिद्धार्थटोल, उदयपुर (हाल- एनेलकुटी, सिरहा)
      …
      १,
      हावा चल्यो बेसरी
      बोकी ल्यायो अतीतलाई
      सम्हाल्नु पो कसरी ?
      २,
      महॅंगो खोज्यौ साथ
      किन्न सकिन मैले
      पैसाको रहेछ माथ ।
    • नन्दा धामी
      नौगाड, दार्चुला
      …
      १,
      भविष्यले पढाउॅंछ लेखाउॅंछ
      राम्रोसँग मेहनत गरे
      सफलताको समय आउॅंछ ।
      २,
      आमाको हात शिरमा
      छोराको कुनै पनि,
      छैन चिन्ता पिरमा ।
      ३,
      सम्झनाको पर्‍यो साथी
      कोसिस गर्ने बेला ,
      कष्ट जति ममाथि ।
    • श्रीकृष्ण धामी
      बझाङ
      …
      १,
      पैसामा जीवन चल्छ
      यो मानवजाति हाम्रो
      सबैकोमा आगो बल्छ ।
      २,
      फुल जस्तै राम्री
      घुम्दै छिन् शहर
      प्यारी छोरी हाम्री ।
    • प्रेम शर्मा ” एकान्त प्रेमी “
      कालेबुङ
      …
      १,
      जीवनका हरेक रङ्ग
      आजभन्दा भोलि सबै
      हुँदै गए भङ्ग ।
      २,
      जीवन बन्दैछ नरक
      सोचे जस्तो नभई
      हुँदैछ फरक फरक ।
      ३,
      नगरेको गल्ती सहन
      गाह्रो भएको छ
      मलाई धर्तीमा रहन ।
    • ललिता गिरी
      सिन्धुली
      …
      १,
      हुँदैन कुकर्म गरेर
      सच्चा बन्न सिक
      केही लगिन्न मरेर ।
      २,
      पीडाको भारी बोकेर
      बाँच्नु परेको छ
      मुट्ठी सास रोकेर ।
      ३,
      विष घोलेर पिउन
      पाए घोली पिउँथे
      गाह्रो भयो जिउन ।
    • लक्ष्मण देउवा
      डोटी
      …
      १,
      जोगाऔॅं सस्कृति चलन
      बेथिति विकृति देख्दा
      मनै हुन्छ जलन ।
      २,
      स्वार्थमा रमाउँ तर
      सत्यको अन्त्य हुँदैन
      फर्किनु पर्छ घर ।
    • मन थापा
      पोखरा २१ बक्रेक
      …
      १,
      हिजो आयो खायो
      गम्केर नहिॅंड्नु आज
      नराम्रो भाकाले गायो।
      २,
      लाज शरम नफाल्नु
      हामी नेपालीको समाजमा
      बेइज्जतको पाइला नचाल्नु।
      ३,
      कोपिला जतन गर
      फक्रन नपाइ झर्ला
      पुरानोको भर नपर।
    • राजेश्वरी राजोपाध्याय
      ललितपुर

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविता

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ४२ सम्पन्न

  • २६ कार्तिक २०८१, सोमबार २०:०९ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको ४२ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५० जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ४२ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    …
    १,
    आइपुग्यो चाड तिहार
    झिलिमिली लिएर घरआँगनमा
    मानौँ, एक चमत्कार ।
    २,
    बोकेर नवीकरणको खाता
    चेली माइतीको बन्यो
    आहा ! सौन्दर्यमा भाइटीका ।
    ३,
    शरद्ले फूल फुलायो
    सयपत्री, मखमली रङ्गीचङ्गी
    मनलाई पुलकित बनायो ।

    • म्यामराज राई
      …
      १,
      शरद्मा फूल फुल्यो
      मखमली सयपत्री गालाभरि
      वर्षमा एकदिन खुल्यो ।
      २,
      सुधार्नु छ सरकारलाई
      नाराबाजी गर्दै भएपनि
      बुझा नेपाली दाजुभाइ ।
      ३,
      विदेशी भाइहरू तिहारमा
      रुन्छ होला धरधरी
      सम्झी दिदी परिवारमा ।
    • एवाइ प्रभात
      खाल्सा छेन्ताङ सहिदभूमि, धनकुटा
      …
      १,
      तिहारको आयो पर्व
      झिलिमिली गाउँ शहर
      संस्कृतिमा लाग्छ गर्व ।
    • ताराप्रसाद चापागाईँ
      …
      १,
      धुमधामसॅंग चल्दैछ तिहार
      यसपाली पनि आफ्नो
      खाली हुन्छ निधार।
      २,
      मिल्दैन विदेशको ठाउॅं
      छैनन् यहाँ दिदीबैनी
      सम्झेर भएन गाउँ।
      ३,
      हुनेले लगाउनु होला
      कतिपय दिदीबहिनी नहुनेको
      मन कति रोला।
    • अर्जुन प्रसाद चौलागाई
      अमैरिका,बोस्टन।
      …
      १,
      लक्ष्मीको बास होस्
      हजुर हाम्रो घरमा
      दु:खकष्ट कसैलाई नपरोस्।
      २,
      तिहारमा उमङ्ग छरी
      देउसी भैलो खेलेर
      गरिन्छ रमाइलो गाउँभरि।
      ३,
      बाँचुन्जेल हाँसेर रमाई
      यही त हो
      जीवनको अमूल्य कमाइ।
    • सतीश पण्डित
      भानु -६, चुँदी, तनहूँ (हाल चनपा – ६, मातातीर्थ)
      …
      १,
      तिहार सामाजिक मेला
      देउसी आयो भैलो
      ठाउँ ठाउँमा भेला।
      २,
      भाइबहिनीको चोखो माया
      अटुट नाता हुन्छ
      नलागोस् दुष्टको छायाँ।
      ३,
      सामाजिक पर्वमा आफ्नोपन
      सबैले मनाऔॅं मिली
      एकताको हुन्छ इञ्धन ।
    • सुरेशकुमार पाण्डे
      घोराही – १८, दाङ
      …
      १,
      तिहार रमाइलो पर्व
      सयपत्री, मखमली फूलहरूको
      भाइटीकामा ठुलो गर्व ।
    • बेदु न्यौपाने
      …
      १,
      गोवर्धन पूजा चलाएका
      जगमा श्रीकृष्णले आफै
      इन्द्रको सेखी ढलाएका ।
      २,
      चलेको अनेकौं रीति
      पञ्चाङ्ग अनुसार हामी
      पालौँ पर्वकै मिति ।
      ३,
      खेतमा अनाज फलायौँ
      गोरुको मद्दतले यहाँ
      गोवर्धनमा दियो जलायौँ ।
    • कार्की डिबी माकुम
      सुनवल-४, नवलपरासी
      …
      १,
      सुख, शान्ति छरिन्छ
      धनकी देवी लक्ष्मीको
      आशीर्वादले खुशी भरिन्छ।
      २,
      आफ्नो क्षमता हेरेर
      चाडपर्व मनाउनु पर्छ
      इच्छा चाहना फेरेर।
      ३,
      राजनीतिमा जस्तै देखिन्छ
      साहित्य क्षेत्र भित्र
      गुट उपगुट भेटिन्छ ।
    • कला ढकाल
      झापा
      …
      १,
      तिहारमा बच्चाको खैलोबैलो
      दिदीबहिनी दाजुभाइको भेट
      दीपावली देउसी भैलोको ।
      २,
      फूलहरूको विशेष पर्व
      काग, कुकुर सम्झिएर
      संस्कृतिको बडो गर्व।
      ३,
      दिदीबहिनीबाट सप्तरङ्गी टिका
      मखमली सयपत्रीको माला
      कोही नहुन् फिका ।
    • चुडामणी देबकोटा
      पुरानोनैकाप काठमाडौँ
      …
      १,
      फूलको माला लाएर
      रमाइलो गर्ने तिहारमा
      देउसिरे गीत गाएर।
      २,
      तिहार हाम्रो पर्व
      रमाइलो गर्न पाउँदा
      लाग्दछ सबैलाई गर्व।
      ३,
      आउॅंलान् माइती भनेर
      बाटो हेरी बसेको
      फूलको माला गनेर।
    • राज कुमार राजभण्डारी खोटाङे
      मध्यपुर ठिमी -५, सङ्गम कोलोनी राधे राधे भक्तपुर
      …
      १,
      निधारमा होस् टीका
      मनाऔँ तिहार सबैले
      नहोस् कसैको फिका।
      २,
      पुगोस् मनाका चाहना
      मेरो भाइ तिमीलाई
      दीर्घायुको हार्दिक शुभकामना।
      ३,
      घाम लाग्यो घमाइलो
      तिहारमा देउसी खेल्दै
      गरौं सबैले रमाइलो ।
    • अनिता भण्डारी
      ताप्लेजुङ
      …
      १,
      हजुर देखासिखी नगरौं
      काढेर भारी ऋण
      खोक्रो सान नभरौं ।
      २,
      हैसियतको ख्याल राखौं
      सधैं आउँछन् पर्वहरू
      ठिक्क मात्र चाखौं ।
      ३,
      छाती फुलोस् गर्वले
      संस्कृतिको बाटो रोजोस्
      हामीले मान्ने पर्वले ।
    • त्रिलोचन भण्डारी
      मेचीनगर झापा
      …
      १,
      आइपुग्यो आँगनमा तिहार
      सेल पकाउँदैछन् घरघरमा
      मनमा माइतको विचार।
      २,
      जताततै फूलका माला
      बजार भरिएको छ
      हातभरि सुनका बाला।
      ३,
      तिहारमा बहिनी आउँछिन्
      टीका लगाउन भनेर
      मनग्य दक्षिणा पाउँछिन्।
    • नवराज भट्ट
      कञ्चनपुर
      …
      १,
      सुन्दर मनले मनाऔॅं
      हाम्रो आफ्नो संस्कृतिलाई
      सबैलाई महत्त्व जनाऔॅं ।
      २,
      चारैतिर शान्ति छरौं
      एकताको परिभाषा बनाउँदै
      माया प्रेममा भरौं ‌।
    • निमा छिरिङ भोटिया
      जलढका कालेबुङ, भारत
      …
      १,
      देखासिकी नगरी अब
      मनाऔं हाम्रो परम्परा
      छोडेर आडम्बर सब ।
      २,
      लक्ष्मीको बास होस्
      घर समाजमा सब
      कसैलाई दु:ख नपरोस् ।
    • दुर्गा भट्टराई
      मोरङ
      …
      १,
      तिहारको यो मेला
      उत्सव उमङ्ग छायो
      शरद्को मिठो बेला ।
      २,
      पूजा आराधना गर्दै
      लक्ष्मीको सदा आशीर्वाद
      हामी शरणमा पर्दै ।
      ३,
      देउसी भैलो खेलेर
      मनाऔं सबैले चाड
      हैसियत आफ्नो हेरेर ।
    • कमल प्रसाद बगाले रेग्मी
      वालिङ्ग बजार स्याङ्जा !
      …
      १,
      सकिन्छ संस्कृतिलाई बचाउन ?
      पश्चिमी सभ्यताको अतिक्रमण
      विश्वलाई खिल्लीमा हँसाउन ।
      २,
      पवित्रताको प्रतीक भाइटीका
      दुष्कर्मले दानवता झल्काउँछ
      दुर्ब्यसनले बिग्रन्छ युवापिडिका।
      ३,
      चाडपर्वमा विवाद नआओस्
      जातबाट बचाउ जातित्वलाई
      दाजुभाइमा भाँजो नछाओस् ।
    • दिल ठकुरी
      दार्जिलिङ, भारत
      …
      १,
      आयो तिहार पर्व
      सप्तरङ्गी टीका लगाउँदा
      लाग्छ सबैलाई गर्व ।
      २,
      सबैले मनाऔॅं तिहार
      सयपत्री, मखमली मालासॅंगै
      खाली नहोस् निधार ।
    • मन थापा
      पोखरा – २१, बक्रेक
      …
      १,
      तिहारको बेला आयो
      भेट्न सबैलाई पाउँदा
      मनमा उमङ्ग छायो ।
      २,
      दिदीलाई तिहारमा भेट्नुछ
      गरेर मनका कुरा
      वर्षौंको तिर्सना मेट्नुछ ।
    • प्रेम थापा “मन”बागलुङ
      …
      १,
      चलनहरू कता जाँदैछ ?
      तिहार दीपको पर्व
      देउसी विकृतितिर जाँदैछ।
      २,
      रङ्गीचङ्गी कागजका फूल
      हरायो मखमली सयपत्री
      देउसीमा -यापका हुल।
      ३,
      यथार्थहरू परपर सर्दैछन्
      कर्महरू मौलिकतामा होइन
      देखासिकीमा कर्महरू गर्दैछन्।
    • घनश्याम पन्त हरिवन सर्लाही
      …
      १,
      चलनचल्ती कता जादैछ ?
      आफ्नो संस्कार छोडी
      विकृतितिर अब लाँदैछ ।
      २,
      नेता भए भ्रष्ट
      जनता मात्रै झुक्याउने
      बुझ्ने सबै प्रष्ट ।
    • बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
      कनकाई ४ झापा
      …
      १,
      भित्रियो अब तिहार
      सजिउन् दाजूभाइ दिदीबहिनीका
      सप्तरङ्गि टिकाले निधार l
      २,
      ओढेर मुस्कानको छाता
      आउँछिन् चेली माइत
      लगाउन भनेर भाइटिका l
      ३,
      मौलिक परम्परा जोगाऔॅं
      मिसावटयुक्त मसला खाएर
      आफ्नो शरीर नरोगाऔॅं l
    • बाबुराम गौतम, गुल्मी
      …
      १,
      रमाइलोसँग मनाऔॅं तिहार
      आफ्नै संस्कार संस्कृतिमा
      माइतीको रङ्गिन्छ निधार ।
    • बिबा तामाङ्
      …
      १,
      लाएका फूलका माला
      देउसी भैलो खेल्दै
      रमाइलो तिहार जाला ।
      २,
      दु:खलाई सुखले जेलौं
      आउनुहोस् भेला भई
      जम्मा भएर खेलौं ।
      ३,
      चेली माइतीको उपहारले
      सम्बन्ध प्रगाढ बनाउँछ
      आनन्द ल्याउँछ बहारले ।
    • रामप्रसाद पुरी
      बादेल, खोटाङ ।
      …
      १,
      सप्तरङ्गी टीका लगाई
      यमपञ्चकको पूजा गर्दछौं ,
      रमाउॅंछौं अँध्यारो भगाई ।
    • सुस्मिता अधिकारी
      काठमाडौँ
      …
      १,
      शरद्ले ल्यायो बहार
      आँगनमा फूलको फूल
      भाइको गलामा हार !
      २,
      दिदीभाइको पवित्र पर्व
      परम्परादेखि चलेको यो
      गर्नु पर्छ गर्व !
      ३,
      तिहार गाउॅंदेखि शहरसम्मै
      देउसी भैलीको गुञ्जन
      मिलेर खेल्छन् जम्मै !
    • धनमाया चौधरी
      कैलाली
      …
      १,
      रमाएर तिहारको पाला,
      खुसी देखिए दाजुभाइ
      लगाएर फूलको माला !
    • आर्त अकुलीन
      …
      १,
      सितल बहार बनेर
      मुस्कुराउॅंदै छ तनमन
      पर्खिरहे उसैलाई भनेर।
      २,
      कार्तिकमा गर्दा दान
      फलिफाप हुन्छ भन्छन्
      परम्परालाइ सबैले मान।
    • सुनगाभा पोखरेल
      कपिलवस्तु -१, बैरिया
      …
      १,
      छायो तिहारको रौनक
      मनाऔॅं आपसमा मिलेर
      नमानौं संस्कृतिमा धक।
    • हरिगोपाल न्हुच्छेँप्रधान
      काभ्रे, साँगा बजार बनेपा १४ ।
      …
      १,
      तिहार मनाउनु पर्छ
      सुख शान्ति समृद्धि
      देशैभरि खुशीयाली छर्छ ।
      २,
      मखमली सयपत्री टीका
      मिलेर मनाउन है
      नहोस् कसैको फिका ।
    • अम्बिका अधिकारी
      झापा बिर्तामोड
      …
      १,
      सयपत्री फुल्यो आँगनभरि
      सुखको आयु थपियोस्
      यमको आशीर्वाद उपहारसरि ।
      २,
      सेलरोटीको सुवासना आउँदैछ
      दु:ख सबैले भुलेर
      मादलको तालमा गाउँदैछ ।
      ३,
      संस्कृति हाम्रो गाईतिहार
      परदेशमा हुने माइतीको
      नरहोस् खाली निधार ।
    • मोती योन्जन सुब्बा
      दार्जिलिङ।
      …
      १,
      रमाइलो चाडमा उत्साहित सयपत्री, मखमली सतरङ्गी मनै हुन्छ प्रफुल्लित ।
    • शरद ओझा
      …
      १,
      फूल बोकी आइन्
      तिहारको बेलामा बहिनी
      मिठो भैली गाइन् ।
      २,
      निधार खाली होला
      नहुँदा साथमा चेली
      दाजुभाइको मन रोला ।
      ३,
      तिहारको देखियो भडक
      घरघरमा रमझम अचाक्ली
      सेलमा स्वाद कडक ।
    • राजेशराज गड्तौला
      काँडाघारी, काठमाण्डौ
      …
      १,
      ढकमक्क सयपत्री फुलेछ
      देउसी भैलो खेल्ने
      तिहारको मौसम खुलेछ।
      २,
      झिलिमिली बत्ती बालेर
      लक्ष्मीपूजा तिहारमा गरेको
      मनको मैलो फालेर !
      ३,
      पर्न नदिनु छायाँमा
      टीका माला लाउनू,
      दिदी भाइको मायामा।
    • विवश पारदर्शी
      झापा
      …
      १,
      आँगनमा आयो तिहार
      चेली माइती मिली
      गर्नु पर्छ विहार।
    • अरुण कुमार भुजेल
      गोरू बथान,कालेबुङ,भारत।
      …
      १,
      मखमली सयपत्री हजारी
      घर आँगन झिलिमिली
      दियो फूलले सिॅंगारी।
    • सरस्वती श्रेष्ठ
      रुपन्देही बुटवल।
      …
      १,
      निधारमा टीको टालौँला
      आशीर्वाद पाएर चेलीको
      ग्रहदशा सबै फालौँला ।
      २,
      शरद् ऋतु रमाइलो
      मन्दमन्द सितल हावा
      घाम लाग्दछ घमाइलो।
    • होमप्रसाद नेउपाने
      धरान,सुनसरी ।
      …
      १,
      रङ्गिचङ्गी फूल हेर
      तिहारमा माला गासौँ
      नजाओस् सुकेर खेर।
    • शोभा आचार्य गौतम
      काठमाडौँ
      …
      १,
      सामाजिक, संस्कृति, संस्कार
      दाजुभाइ दिदीबहिनीको मेलमिलाप
      माइती चेलीकोको संसार ।
      २,
      बत्ती, फूल , सेलरोटी
      देउसी , भैलो , भाइटीका
      वर्षमा तिहार एकचोटि ।
    • ममता पौडेल
      बुढीगङ्गा – २ मोरङ
      …
      १,
      जताततै फूलको होली
      मिली खेलौ भैलो ,
      बनाई मिठो बोली ।
      २,
      खुसीले चाडपर्व मनाऔॅं
      नगरौँ फजुल खर्च ,
      घरमा भएको खाऔॅं ।
      ३,
      झिलिमिली फूलको तिहारमा
      बढ्दो महगी भएकोले ,
      जनता परे मारमा ।
    • सीमा कार्की समर्पण,
      मेलचोक पर्सा
      …
      १,
      मनमा छैन हर्ष
      माला सुकेर नै
      जान्छ हरेक वर्ष।
      २,
      फुलिसके हजारी फूल
      आखाँमा भने सधैँ
      हुन्छ आसुँको मुल।
    • सानु जोशी
      सुदुर पश्चिम दार्चुला,
      …
      १,
      गलामा मखमली माला
      निधारमा टीका सप्तरङ्गी
      तिहार खुसीले जाला ।
      २,
      तिहारमा खुसी भेटिन्छ
      पर्व चेली माइतीको
      देउसी भैलो खेलिन्छ ।
      ३,
      गच्छे अनुसार मान्नु
      रमाइलो चाड तिहार
      दान गर्न जान्नु ।
    • कृष्ण बजगाई भक्तपुर
      …
      १,
      तिहार एक चाडपर्व
      हामी सबैलाई लाग्छ
      हाम्रो चाडपर्वप्रति गर्व ।
      २,
      देउसी भैलोले छायो
      रमाइलो गर्दै दाजुभाइ
      अब आँगनसम्म आयो ।
      ३,
      आयो भोलि भाइटीका
      लगाएर खुसी हुनु,
      नहोस् आँसु ढिका ।
    • श्रीकृष्ण धामी
      बझाङ
      …
      १,
      तिहारको रमाइलो बेला ।
      गाउँ सहर झिलिमिली
      दाजुभाइ दिदीबहिनी भेला।
      २,
      खेलौं देउसी भैलो
      कसेर एकताको गाँठो
      उघारेर मनको दैलो ।
      ३,
      दीपावलीले समृद्धि ल्याउने
      विकृतिलाई सबै हटाएर
      उल्लास सबैमा छाउने ।
    • प्रद्युम्न चालिसे
      भक्तपुर कटुञ्जे ।
      …
      १,
      आएर गयो तिहार
      आपसमा बढ्दै हामीले
      दिदीबहिनी दाजुभाइको प्यार ।
      २,
      रक्षा गरून् सरस्वती
      दिदिबहिनी दाजुभाइ सबैलाई
      सप्रियो नेताको मति ।
      ३,
      हर्ष र उल्लास
      सप्तरङ्गी टीका लगाई
      तिहार हुन्छ खास ।
    • ईश्वर साउद(भिक्षु)
      रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
      …
      १,
      ज्यादा नहुनु अविवेकी
      विरूप हुन्छ स्वरूपवान्
      पङ्ख नभएका केकी ।
      २,
      अर्थपूर्ण छ अलङ्कार
      जसले सजाउँछ ठाउँमा
      अन्यथा बेसुर झङ्कार ।
    • कृष्णकुमार वैद्य
      बनेपा ९, काभ्रे
      …
      १,
      तिहार रमाइलो पर्व
      माईती चेलीको मिलन
      गरौं हामी गर्व ।
      २,
      हाम्रो चाडपर्व मनाऔॅं
      फजुल खर्च घटाई
      मिलेर विकृति हटाऔॅं ।
      ३,
      इज्जत प्रतिष्ठा कमाइ
      आफ्नो पनमा बसौं
      बाँच्न सधैं रमाइ ।
    • जयनारायण नेपाल
      इलाम ,हाल सूर्य विनायक २ , बालकोट २ भक्तपुर ।
      …
      १,
      हर्षमय बनोस् तिहार
      दाजुभाइ एवम् दिदीबहिनीको
      खाली नरहोस् निधार !
      २,
      नरहुन् कोही भोको
      महान् चाड तिहारमा
      पुगोस् सबैको धोको !
    • वसन्त अनुभव
      …
      १,
      तिहार चाड रसिलो
      बिदा भयो हामीबाट
      बनाएर सम्बन्ध कसिलो ।
      २,
      भुल्दै संस्कृतिको पाटो
      घन्कियो डिजे गाउँघरमा
      देउसी भट्याउनको साटो ।
    • शान्ता पौडेल भट्टराई
      टङ्कीसिनवारी, मोरङ

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविता

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P