• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Tag: टुक्का_कविता

‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १४२ औँ शृङ्खला सम्पन्न

  • ३२ असार २०८१, सोमबार २२:५३ मा प्रकाशित
  • टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १४२ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    प्रतिनिधि टुक्का- १४२
    फुटेको आँखाले नै नहेर्ने छन् त्यसमाथि जल्नेहरू
    आफ्नो केही ह्याउ छैन, खाली अर्काको खुट्टा मल्नेहरू ।
    ~<•>~

    सहभागी टुक्काकारहरूका टुक्काहरू-

    ~<•>~

    [१]
    कति गर्छन् आरिस पनि स्वघोषित वरिष्ठहरू
    आफैँ गर्नु नि नवीन कुरा व्यर्थै जल्नुभन्दा बरु ।
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ
    ~<•>~
    [२]
    खुट्टा माेलेर नै माथि चढ्नेहरू छन् धेर
    खुट्टा तान्नेकाे त कथा धेरै भयाे झन् हेर ।
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    ~<•>~
    [३]
    आफ्नै घमण्डमा रमाउने, अरूको दुःखलाई हँसाउनेहरू
    धेरै भेटे मुखले ठूलो कुरा गर्दै अरूलाई फँसाउनेहरू।
    ✍️ अच्युत घिमिरे
    सर्पाङ, भुटान 🇧🇹
    ~<•>~
    [४]
    अर्काको रिस गर्ने जल्ने उत्तिखेरै रुने
    अरूको मात्र आरिसले प्रगति नहुने ।
    ✍️ चुडामणी देबकोटा
    पुरानो नैकाप काठमाण्डौ
    ~<•>~
    [५]
    देखिँदैनन् कत्ति ती नेताहरू खाली जल्ने भन्दा
    बरू जनता ठिक तुलनात्मक रुपमा गन्दा ।
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन।
    ~<•>~
    [६]
    वरिष्ठहरूलाई जल्नदेऊ बरु जलेर मरुन्
    ह्याउ नभई खुट्टा तान्नेहरू अर्कै को पाउ परुन् ।
    ✍️ बेदु न्यौपाने 🌹🌹
    ~<•>~
    [७]
    अरूको प्रगतिमा छ्न् हेर खुट्टा तान्ने जल्ने डाहाले
    छैन हिम्मत गरी देखाउने मर्छन् अरूको आहाले ।
    ✍️ इन्दु श्रेष्ठ, चितवन
    ~<•>~
    [८]
    मेरो प्रगतिमा डाह गर्ने धेरै धेरै छन् यहाँ
    यस्ता चेतनाले हामी नेपाली बढ्छ अघि कहाँ ?
    ✍️ दीप गोले तामाङ, रौतहट
    ~<•>~
    [९]
    यहाँ चोखो माया गर्नेलाई धोका दिन्छन्
    झुटो आश्वासन देखाएर खुसी छिन्छन्।
    ✍️ कला ढकाल, झापा
    ~<•>~
    [१०]
    तिमीले नहेरेर के भो र माया
    म हुन्छु है सधैँ तिम्रै दायाँबायाँ ।
    ✍️ शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ
    ~<•>~
    [११]
    अर्काको प्रगतिमा जल्नेहरू मतलव छैन जलिरहुन्
    त्यस्तालाई पैतालामुनि राखेर नै आफूहरू फलिरहुन् ।
    ✍️ सतिस
    ~<•>~
    [१२]
    प्रशस्त भए पनि आउँछन् हेर, जोगीको भेषमा
    चियोचर्चो गर्दै हिड्ने बानी परिसक्यो यो देशमा ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    ~<•>~
    [१३]
    उद्यमी माटोमै सुन फलाउँछ
    आह्रिसे डाहमा हियो जलाउँछ ।
    ✍️ बिके मुखिया, दार्जीलिङ,भारत।
    ~<•>~
    [१४]
    आफू पनि गर्दैनन् अनि खुट्टा तान्छन् मात्रै
    कहीँ नभएको सत्तामा देखाउछन् जात्रै ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाई ४ झापा
    ~<•>~
    [१५]
    पाउ मोल्ने चिल्लो दल्ने कति राम्रो बानी,
    चाकडी र चाप्लुसीले चल्छ जिन्दगानी।
    ✍ नवशिला, नवदेव मार्ग, लालभित्ती, बेलबारी,मोरङ।
    ~<•>~
    [१६]
    दमन सहन्न आगो सहन्छु
    यही सत्य कुरा आज कहन्छु !
    ✍️ आर्त अकुलीन
    ~<•>~
    [१७]
    आफ्नो गाला मुसार्दै बस्नु बरू, अरूको कुरामा नजल्नू
    आत्महिनताको शिकार भएर रुखमा चढी नफल्नू ।
    ✍️ मोती योन्जन सुब्बा, दार्जिलिङ निमकी डाँडा।
    ~<•>~
    [१८]
    कसैको कुरा सुनिँदैन आफ्नो यात्रा चल्छ
    आरिसले मर्नेहरू खरानी हुन जल्छ ।
    ✍️ सङ्गीता खरेल, चन्द्रागिरी ८ काठमाडौँ
    ~<•>~
    [१९]
    देशमा धेरै भो चलखेल, भ्रष्टाचार अहिले
    उता डस्छ यता डस्छ यिनै, ब्रह्मचारी जहिले।
    ✍️ एवाइ प्रभात, सहिदभुमि धनकुटा
    ~<•>~
    [२०]
    डराउनु पर्छ है बाहिर आहा गर्दै भित्रभित्रै जल्नेहरूसँग
    हरेकपल अरूको प्रगति देखेर आगोसरी बल्नेहरूसँग ।
    ✍️
    अनिता भण्डारी, ताप्लेजुङ
    ~<•>~
    [२१]
    देश बनाउने कुरा गर्छन् आफ्नै भुँडी भर्छन्
    हुत्ति छैन केही काम गर्ने भुतुक्क भै मर्छन् ।
    ✍️
    विवश पारदर्शी, झापा
    ~<•>~
    [२२]
    कसैको डर छैन, लाज छैन, लिडेढिपीमा चल्ने
    यस्तै स्वार्थले नेपालीको स्थिति कहिले हो बदल्ने ?
    ✍️
    प्रेम थापा “मन”, बागलुङ
    ~<•>~
    [२३]
    विकासको बाटो बनाउँदैनन् अरूको खुट्टा तान्ने गर्छन्
    केही काम गर्नुपर्दा पहिले आफ्नु गोजी भरेर सर्छन् ।
    ✍️ अम्बिका अधिकारी, झापा बिर्तामोड
    ~<•>~
    [२४]
    गरिबलाई फस्ल्याङ फुस्लुड पारी मत आ आफ्ना पक्षमा पारे
    सेवा सुविधा जति भि आई पी आफैँ नै बनाई त्यतैतिर सारे !
    ✍️ पवनकुमार बुढाथोकी, काठमाडौँ
    ~<•>~
    [२५]
    मनमा कुरा खेलाई दियाे सपनीमा धाउनेले
    चुँडी लग्यो मुटु फेरि मेरो झुटाे माया लाउनेले।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे, मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    ~<•>~
    [२६]
    खुट्टा हैन तिमीले हात तानेर हेर
    सबै गलत न सही सोच अब फेर ।
    ✍️ दीपा तिम्सिना पौडेल, इलाम
    ~<•>~
    [२७]
    हालीमुहाली गरेर जब बन्छ भान्छे
    त्यसपछि सदैब दास पो बन्छ मान्छे ।
    ✍️ डम्बर थामी ‘अनुपम ‘, कालिन्चोक गा. पा. -६, दोलखा ।
    ~<•>~
    [२८]
    बुइँ चढेर चन्द्र धरातल देखेकालाई
    पृथ्वी लोकको के थाहा गगन टेकेकालाई ।
    ✍️ राज बहादुर बडुवाल, कनकासुन्दरि -५, जुम्ला
    ~<•>~
    [२९]
    उन्नति, प्रगति अरूको देख्दा बिना सलाई जल्ने
    खुट्टा तान्न खोज्नेहरू एकदिन थाकी आफैँ गल्ने।
    ✍️ रुना कर्माचार्य दाहाल ,चितवन
    ~<•>~
    [३०]
    जौ तील पाक्छ रातभर आफ्नै आङमा छारो
    पाउ मोलेर पाको जागिर छाड्न भयो गारो !
    ✍️ कमला देवकोटा, पाल्पा
    ~<•>~
    [३१]
    काठपात मागेर बनाइएको सानो अस्थायी घर,
    वर्षा लाग्यो पानी पर्यो जोगाउन गाह्रो लाग्दैछ डर।
    ✍️ दीपा
    ~<•>~
    [३२]
    आफू केही गर्ने हाेइन ~अरूकाे रिस डाहा गर्ने
    यस्ता मान्छे किन हाेला काल आएर पनि नमर्ने।
    ✍️ भवानी पाेखरेल (बाबू विराज), बाणगङ्गा१ चार नम्बर कपिलवस्तु
    ~<•>~
    [३३]
    नेताहरूकै भयो के यो देश बजार
    गाउँ घरमा जन्मिए गरीब हजार ‌‌
    ✍️ नीमा छिरिङ भोटिया, जलढका कालेबुङ
    ~<•>~
    [३४]
    तमाम जनता र देशको सपना जसले बनाउँदै छाै धराप
    कुख्यात खेलाडीहरू ! तिमीलाई लाग्नेछ गरिबी साेझाकाे सराप ।
    ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    ~<•>~
    [३५]
    राम्रो काम गर्नेको खुट्टा तान्ने गर्छन्
    जागिर पाएमा आफ्नो गाेजी त भर्छन् ।
    ✍️ श्रीकृष्ण धामी – बझाङ
    ~<•>~
    [३६]
    नजलाैँ पराइकाे प्रगतिमा गराैँ आफ्नै पाैरख
    गर्नुछ इतिहासमा आजै निस्वार्थी हामीले पख।
    ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ साँगाबजार ।
    ~<•>~
    [३७]
    सहयोगी हो म भनी आसको बत्ती बाल्छन्
    फकाएर लागि फेरि दलदलमा फाल्छन् ।
    ✍️ सुशीला शिखा
    काठमाडौं कागेश्वरी
    ~<•>~
    [३८]
    जबसम्म नासिनन् सबै दुर्जन भ्रष्टावादीहरू
    बढ्नेछ अझै नेपालमा कुकर्म राष्ट्रघातीहरू ।
    ✍️ घनश्याम पन्त, हरिवन सर्लाही
    ~<•>~
    [३९]
    गोडा मोल्नेहरू नै सिँढी चढेको देखिन्छ
    चाटुकारका निधारमा सधैँ श्री लेखिन्छ l
    ✍️ बाबुराम गौतम, गुल्मी
    ~<•>~
    [४०]
    जस्ले गर्छ काम उस्काे चाहिँ खुट्टा तान्छन्
    याेग्य सक्षम पाखा लगाई आफ्ना छान्छन्।
    ✍️ दुर्गा भट्टराई, माेरङ
    ~<•>~
    [४१]
    पर्वतारोहीलाई के थाहा, सत्तामा चड्दाको मज्जा
    नाङ्गो राजनीति गरेपछि हराउँदै जान्छ लज्जा ।
    ✍️ होमप्रसाद नेउपाने, धरान,सुनसरी ।
    ~<•>~
    [४२]
    बनेको छ जिन्दगी निराशामा गल्ने
    आफ्नोहरू रहेछन् प्रगतिमा जल्ने ।
    ✍️ प्रतिज्ञा प्रतिज्ञा, मेहेलकुना सुर्खेत
    ~<•>~
    [४३]
    रिस, डाहा गर्दै अरूको प्रगतिमा खुट्टा तान्ने
    अगाडिबाट त ठिक्क पर्छन् पछाडिबाट हान्ने ।
    ✍️ शोभा आचार्य गौतम, काठमाडौँ
    ~<•>~
    [४४]
    खुट्टा तान्नु खुट्टा मोल्नु, आजकलका मान्छेको आदत भयो
    पिपलपाते बानी हुन्छ, फाइदा लुट्न अर्को पार्टीमा गयो ।
    ✍️ राजेशराज गड्तौला, कॅाडाघारी, काठमाण्डौ
    ~<•>~
    [४५]
    भ्यागुतो भन्दा माहिर मान्छे खुट्टा तान्ने खेलमा
    जान्नु पर्यो त्यति नत्र विपक्षले कोच्छन् जेलमा ।
    ✍️ कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
    ~<•>~
    [४६]
    राम्रो कामको मुल्याङ्कन गर्न पछि पर्छन् अवसरवादी मान्छेहरू
    रुचाउँदैनन् ती मेहनत र इमानदार मात्र छन् खुट्टा तान्नेहरू ।
    ✍️ सुनगाभा पोखरेल, हाल: नेपालगन्ज
    [४७]
    आफन्तको नाममा चलाउँछन् छुरा
    फुर्ति उनीहरूकै ठूला – ठूला कुरा ।
    ✍️ साबित्री प्याकुरेल, धादिङ्ग
    ~<•>~
    [४८]
    खुट्टा तान्ने तान्दै गरून् जल्नेहरू जल्दै गरून्
    देखेर प्रगति आफ्नो आरिसैले बरु मरून् ।
    ✍️ त्रिलाेचन भण्डारी, मेचीनगर,झापा
    ~<•>~
    [४९]
    यस्ता चाटुकारको कुरै नगरौँ
    बरु राम्रो काम गर्न अघि सरौं।
    ✍️ अरुण कुमार भुजेल, गोरूबथान कालेबुङ,भारत।
    ~<•>~
    [५०]
    पिडाभित्र लुकाएर बाहिर पर्ने हाँस्न
    अर्काे गर्दै जालझेल थाल्दाे रहेछ मास्न ।
    ✍️ हिरालाल न्याैपाने ,बानपा ८,काेटमाैला, सल्यान
    ~<•>~
    [५१]
    टुक्का कविताले एकछिन आनन्द दिन्छ
    त्याे कुरा दिल र दिमागले तुरन्तै लिन्छ ।
    ✍️ नवराज भट्ट, कञ्चनपुर
    ~<•>~
    [५२]
    गनगन कति गर्छौ क्षमता नभए जस्तो
    अर्काको उन्नति हेर्नै नसक्ने तिमी त कस्तो ।
    ✍️ नन्दलाल आचार्य ,
    सिद्धार्थटोल, उदयपुर ।
    ~<•>~
    [५३]
    हेर्ने मात्र आँखा भयाे, दृष्टिकाेण भैन
    अघाेरी छन् वरिष्ठ ती साथ दिने हैन ।
    ✍️ जी.वि.कश्यप, घाेराही,दाङ
    ~<•>~
    [५४]
    मुखले ठिक्क पारेर नै बगलीमा हान्छन् छुरा
    अरूको उन्नति देख्न नसकेर गर्दछन् कुरा ।
    ✍️ बिकास छेत्री अञ्जान, कैजले, बिजनबारी, दार्जिलिङ।
    ~<•>~
    [५५]
    अहिले बकबक गरेर केही हुन्न
    जति खहरे आओस् समुन्द्रलाई छुन्न ।
    ✍️ लक्ष्मी रिजाल, रूपनगर, सप्तरी, मधेस प्रदेश, नेपाल ।
    ~<•>~
    [५५]
    दुधको कुडेको साक्षी बन्न पाउदा अवसर छोडौँ किन ?
    तिमी पनि नहेर जनहित सक्छौँ असंख्य फाइदा लिन ।
    ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ
    ~<•>~
    [५६]
    आफ्नाे ऐना नहेरी अरूका कुरा काट्ने
    हेप्न सम्म हेप्ने बरै मनै पूरा फाट्ने ।
    ✍️ डिल्लीराज (राजेन्द्र) भुुसाल, सन्धिखर्क-२, कुर, अर्घाखाँची
    ~<•>~
    [५७]
    कसरी पछार्ने बुन्दैछु तानाबाना
    हेर ! खुट्टा तान्नेहरू कै छ जमाना।
    ✍️ पुष्पा सुवेदी, नेपालगन्ज,बॅाके।
    ~<•>~
    [५८]
    न्याय कुल्चेर दुनाे साेझ्याउने छन् सर्वहारी
    सत्यलाई दवाउने तिमी कस्तो व्यभिचारी ।
    ✍️ रबि पाैडेल, दक्षिण भारत पाण्डेचरी
    ~<•>~
    [५९]
    आफूभन्दा जान्ने बुझ्ने कोही छैनन् भन्दै
    अगाडि पो सर्ने गर्छन् खुबै बाठो बन्दै ।
    ✍️ दुर्गा आचार्य, मोरङ
    ~<•>~
    [६०]
    न यता न उता भएको छ अरूको इसारामा चल्नेहरू
    जिउँदो लास जस्तै भएको छ, अरूको भरमा बल्नेहरू ।
    ✍️ वेल थोकर तामाङ, बकैया_८//मकवानपुर
    ~<•>~
    [६१]
    खुट्टा मलेर खानेको, देशमा छ चुरीफुरी
    सभ्यका नेत्रले हेर्दा, भाव झल्किन्छ आसुरी।
    ✍️ रामशरण न्यौपाने, भक्तपुर
    ~<•>~
    [६२]
    आँखा चिम्ली हेर्नेहरू
    खाली कुरा फेर्नेहरू ।
    ✍️ भाेलामान बर्देवा, धरान ८ सुनसरी
    ~<•>~
    [६३]
    दल खुप तेल तिमी मल जतिन्जेल
    तुरप नै सिद्ध हाेला सतरन्जे खेल ।
    ✍️ रामकृष्ण दुवाडी
    ~<•>~
    [६४]
    अरूको खुट्टा तान्नेहरू नि जाने छैनन् माथि
    प्रगति गरी देखाउने हो ढुक्क हुनु साथी |
    ✍️ सरिता सेढाई, धादिङ
    ~<•>~
    [६५]
    संसारमा नै धेरै भयो जलन
    भाइ लुटे गँवार लुटे चलन ।
    ✍️ कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी
    ~<•>~
    [६६]
    जल्नेहरू जलाएर नै आफू अघि बढ
    मल्नेहरूको पसिना बेची शिखर चढ।
    ✍️ धनुष न्यौपाने “यात्री”, जुम्ला
    ~<•>~
    [६७]
    मनमा जहिल्यै जलन
    प्रगति भाँड्ने छ चलन ।
    ✍️ प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे ।
    ~<•>~
    [६८]
    खुसी हुन्न अरूको खुसीमा प्रगति उसले गर्दैन
    आफू जति दुखी भए पनि कुरा काट्न पछि सर्दैन ।
    ✍️ सबिता खड्का कैलाली
    ~<•>~
    [६९]
    गल्ती गर्छ जसले उसैलाई हुनुपर्ने ठूलो
    मै हुँ भन्दै जान्ने पल्टने कही नभएको मुलो ।
    ✍️ सुनगाभा पोखरेल, हाल: नेपालगन्ज

    काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १४२ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ६९ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १४२ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    प्रतिनिधि टुक्का- १४२
    फुटेको आँखाले नै नहेर्ने छन् त्यसमाथि जल्नेहरू
    आफ्नो केही ह्याउ छैन, खाली अर्काको खुट्टा मल्नेहरू ।
    ~<•>~

    सहभागी टुक्काकारहरूका टुक्काहरू-

    ~<•>~

    [१]
    कति गर्छन् आरिस पनि स्वघोषित वरिष्ठहरू
    आफैँ गर्नु नि नवीन कुरा व्यर्थै जल्नुभन्दा बरु ।
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ
    ~<•>~
    [२]
    खुट्टा माेलेर नै माथि चढ्नेहरू छन् धेर
    खुट्टा तान्नेकाे त कथा धेरै भयाे झन् हेर ।
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    ~<•>~
    [३]
    आफ्नै घमण्डमा रमाउने, अरूको दुःखलाई हँसाउनेहरू
    धेरै भेटे मुखले ठूलो कुरा गर्दै अरूलाई फँसाउनेहरू।
    ✍️ अच्युत घिमिरे
    सर्पाङ, भुटान 🇧🇹
    ~<•>~
    [४]
    अर्काको रिस गर्ने जल्ने उत्तिखेरै रुने
    अरूको मात्र आरिसले प्रगति नहुने ।
    ✍️ चुडामणी देबकोटा
    पुरानो नैकाप काठमाण्डौ
    ~<•>~
    [५]
    देखिँदैनन् कत्ति ती नेताहरू खाली जल्ने भन्दा
    बरू जनता ठिक तुलनात्मक रुपमा गन्दा ।
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन।
    ~<•>~
    [६]
    वरिष्ठहरूलाई जल्नदेऊ बरु जलेर मरुन्
    ह्याउ नभई खुट्टा तान्नेहरू अर्कै को पाउ परुन् ।
    ✍️ बेदु न्यौपाने 🌹🌹
    ~<•>~
    [७]
    अरूको प्रगतिमा छ्न् हेर खुट्टा तान्ने जल्ने डाहाले
    छैन हिम्मत गरी देखाउने मर्छन् अरूको आहाले ।
    ✍️ इन्दु श्रेष्ठ, चितवन
    ~<•>~
    [८]
    मेरो प्रगतिमा डाह गर्ने धेरै धेरै छन् यहाँ
    यस्ता चेतनाले हामी नेपाली बढ्छ अघि कहाँ ?
    ✍️ दीप गोले तामाङ, रौतहट
    ~<•>~
    [९]
    यहाँ चोखो माया गर्नेलाई धोका दिन्छन्
    झुटो आश्वासन देखाएर खुसी छिन्छन्।
    ✍️ कला ढकाल, झापा
    ~<•>~
    [१०]
    तिमीले नहेरेर के भो र माया
    म हुन्छु है सधैँ तिम्रै दायाँबायाँ ।
    ✍️ शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ
    ~<•>~
    [११]
    अर्काको प्रगतिमा जल्नेहरू मतलव छैन जलिरहुन्
    त्यस्तालाई पैतालामुनि राखेर नै आफूहरू फलिरहुन् ।
    ✍️ सतिस
    ~<•>~
    [१२]
    प्रशस्त भए पनि आउँछन् हेर, जोगीको भेषमा
    चियोचर्चो गर्दै हिड्ने बानी परिसक्यो यो देशमा ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    ~<•>~
    [१३]
    उद्यमी माटोमै सुन फलाउँछ
    आह्रिसे डाहमा हियो जलाउँछ ।
    ✍️ बिके मुखिया, दार्जीलिङ,भारत।
    ~<•>~
    [१४]
    आफू पनि गर्दैनन् अनि खुट्टा तान्छन् मात्रै
    कहीँ नभएको सत्तामा देखाउछन् जात्रै ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाई ४ झापा
    ~<•>~
    [१५]
    पाउ मोल्ने चिल्लो दल्ने कति राम्रो बानी,
    चाकडी र चाप्लुसीले चल्छ जिन्दगानी।
    ✍ नवशिला, नवदेव मार्ग, लालभित्ती, बेलबारी,मोरङ।
    ~<•>~
    [१६]
    दमन सहन्न आगो सहन्छु
    यही सत्य कुरा आज कहन्छु !
    ✍️ आर्त अकुलीन
    ~<•>~
    [१७]
    आफ्नो गाला मुसार्दै बस्नु बरू, अरूको कुरामा नजल्नू
    आत्महिनताको शिकार भएर रुखमा चढी नफल्नू ।
    ✍️ मोती योन्जन सुब्बा, दार्जिलिङ निमकी डाँडा।
    ~<•>~
    [१८]
    कसैको कुरा सुनिँदैन आफ्नो यात्रा चल्छ
    आरिसले मर्नेहरू खरानी हुन जल्छ ।
    ✍️ सङ्गीता खरेल, चन्द्रागिरी ८ काठमाडौँ
    ~<•>~
    [१९]
    देशमा धेरै भो चलखेल, भ्रष्टाचार अहिले
    उता डस्छ यता डस्छ यिनै, ब्रह्मचारी जहिले।
    ✍️ एवाइ प्रभात, सहिदभुमि धनकुटा
    ~<•>~
    [२०]
    डराउनु पर्छ है बाहिर आहा गर्दै भित्रभित्रै जल्नेहरूसँग
    हरेकपल अरूको प्रगति देखेर आगोसरी बल्नेहरूसँग ।
    ✍️
    अनिता भण्डारी, ताप्लेजुङ
    ~<•>~
    [२१]
    देश बनाउने कुरा गर्छन् आफ्नै भुँडी भर्छन्
    हुत्ति छैन केही काम गर्ने भुतुक्क भै मर्छन् ।
    ✍️
    विवश पारदर्शी, झापा
    ~<•>~
    [२२]
    कसैको डर छैन, लाज छैन, लिडेढिपीमा चल्ने
    यस्तै स्वार्थले नेपालीको स्थिति कहिले हो बदल्ने ?
    ✍️
    प्रेम थापा “मन”, बागलुङ
    ~<•>~
    [२३]
    विकासको बाटो बनाउँदैनन् अरूको खुट्टा तान्ने गर्छन्
    केही काम गर्नुपर्दा पहिले आफ्नु गोजी भरेर सर्छन् ।
    ✍️ अम्बिका अधिकारी, झापा बिर्तामोड
    ~<•>~
    [२४]
    गरिबलाई फस्ल्याङ फुस्लुड पारी मत आ आफ्ना पक्षमा पारे
    सेवा सुविधा जति भि आई पी आफैँ नै बनाई त्यतैतिर सारे !
    ✍️ पवनकुमार बुढाथोकी, काठमाडौँ
    ~<•>~
    [२५]
    मनमा कुरा खेलाई दियाे सपनीमा धाउनेले
    चुँडी लग्यो मुटु फेरि मेरो झुटाे माया लाउनेले।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे, मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    ~<•>~
    [२६]
    खुट्टा हैन तिमीले हात तानेर हेर
    सबै गलत न सही सोच अब फेर ।
    ✍️ दीपा तिम्सिना पौडेल, इलाम
    ~<•>~
    [२७]
    हालीमुहाली गरेर जब बन्छ भान्छे
    त्यसपछि सदैब दास पो बन्छ मान्छे ।
    ✍️ डम्बर थामी ‘अनुपम ‘, कालिन्चोक गा. पा. -६, दोलखा ।
    ~<•>~
    [२८]
    बुइँ चढेर चन्द्र धरातल देखेकालाई
    पृथ्वी लोकको के थाहा गगन टेकेकालाई ।
    ✍️ राज बहादुर बडुवाल, कनकासुन्दरि -५, जुम्ला
    ~<•>~
    [२९]
    उन्नति, प्रगति अरूको देख्दा बिना सलाई जल्ने
    खुट्टा तान्न खोज्नेहरू एकदिन थाकी आफैँ गल्ने।
    ✍️ रुना कर्माचार्य दाहाल ,चितवन
    ~<•>~
    [३०]
    जौ तील पाक्छ रातभर आफ्नै आङमा छारो
    पाउ मोलेर पाको जागिर छाड्न भयो गारो !
    ✍️ कमला देवकोटा, पाल्पा
    ~<•>~
    [३१]
    काठपात मागेर बनाइएको सानो अस्थायी घर,
    वर्षा लाग्यो पानी पर्यो जोगाउन गाह्रो लाग्दैछ डर।
    ✍️ दीपा
    ~<•>~
    [३२]
    आफू केही गर्ने हाेइन ~अरूकाे रिस डाहा गर्ने
    यस्ता मान्छे किन हाेला काल आएर पनि नमर्ने।
    ✍️ भवानी पाेखरेल (बाबू विराज), बाणगङ्गा१ चार नम्बर कपिलवस्तु
    ~<•>~
    [३३]
    नेताहरूकै भयो के यो देश बजार
    गाउँ घरमा जन्मिए गरीब हजार ‌‌
    ✍️ नीमा छिरिङ भोटिया, जलढका कालेबुङ
    ~<•>~
    [३४]
    तमाम जनता र देशको सपना जसले बनाउँदै छाै धराप
    कुख्यात खेलाडीहरू ! तिमीलाई लाग्नेछ गरिबी साेझाकाे सराप ।
    ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    ~<•>~
    [३५]
    राम्रो काम गर्नेको खुट्टा तान्ने गर्छन्
    जागिर पाएमा आफ्नो गाेजी त भर्छन् ।
    ✍️ श्रीकृष्ण धामी – बझाङ
    ~<•>~
    [३६]
    नजलाैँ पराइकाे प्रगतिमा गराैँ आफ्नै पाैरख
    गर्नुछ इतिहासमा आजै निस्वार्थी हामीले पख।
    ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ साँगाबजार ।
    ~<•>~
    [३७]
    सहयोगी हो म भनी आसको बत्ती बाल्छन्
    फकाएर लागि फेरि दलदलमा फाल्छन् ।
    ✍️ सुशीला शिखा
    काठमाडौं कागेश्वरी
    ~<•>~
    [३८]
    जबसम्म नासिनन् सबै दुर्जन भ्रष्टावादीहरू
    बढ्नेछ अझै नेपालमा कुकर्म राष्ट्रघातीहरू ।
    ✍️ घनश्याम पन्त, हरिवन सर्लाही
    ~<•>~
    [३९]
    गोडा मोल्नेहरू नै सिँढी चढेको देखिन्छ
    चाटुकारका निधारमा सधैँ श्री लेखिन्छ l
    ✍️ बाबुराम गौतम, गुल्मी
    ~<•>~
    [४०]
    जस्ले गर्छ काम उस्काे चाहिँ खुट्टा तान्छन्
    याेग्य सक्षम पाखा लगाई आफ्ना छान्छन्।
    ✍️ दुर्गा भट्टराई, माेरङ
    ~<•>~
    [४१]
    पर्वतारोहीलाई के थाहा, सत्तामा चड्दाको मज्जा
    नाङ्गो राजनीति गरेपछि हराउँदै जान्छ लज्जा ।
    ✍️ होमप्रसाद नेउपाने, धरान,सुनसरी ।
    ~<•>~
    [४२]
    बनेको छ जिन्दगी निराशामा गल्ने
    आफ्नोहरू रहेछन् प्रगतिमा जल्ने ।
    ✍️ प्रतिज्ञा प्रतिज्ञा, मेहेलकुना सुर्खेत
    ~<•>~
    [४३]
    रिस, डाहा गर्दै अरूको प्रगतिमा खुट्टा तान्ने
    अगाडिबाट त ठिक्क पर्छन् पछाडिबाट हान्ने ।
    ✍️ शोभा आचार्य गौतम, काठमाडौँ
    ~<•>~
    [४४]
    खुट्टा तान्नु खुट्टा मोल्नु, आजकलका मान्छेको आदत भयो
    पिपलपाते बानी हुन्छ, फाइदा लुट्न अर्को पार्टीमा गयो ।
    ✍️ राजेशराज गड्तौला, कॅाडाघारी, काठमाण्डौ
    ~<•>~
    [४५]
    भ्यागुतो भन्दा माहिर मान्छे खुट्टा तान्ने खेलमा
    जान्नु पर्यो त्यति नत्र विपक्षले कोच्छन् जेलमा ।
    ✍️ कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
    ~<•>~
    [४६]
    राम्रो कामको मुल्याङ्कन गर्न पछि पर्छन् अवसरवादी मान्छेहरू
    रुचाउँदैनन् ती मेहनत र इमानदार मात्र छन् खुट्टा तान्नेहरू ।
    ✍️ सुनगाभा पोखरेल, हाल: नेपालगन्ज
    [४७]
    आफन्तको नाममा चलाउँछन् छुरा
    फुर्ति उनीहरूकै ठूला – ठूला कुरा ।
    ✍️ साबित्री प्याकुरेल, धादिङ्ग
    ~<•>~
    [४८]
    खुट्टा तान्ने तान्दै गरून् जल्नेहरू जल्दै गरून्
    देखेर प्रगति आफ्नो आरिसैले बरु मरून् ।
    ✍️ त्रिलाेचन भण्डारी, मेचीनगर,झापा
    ~<•>~
    [४९]
    यस्ता चाटुकारको कुरै नगरौँ
    बरु राम्रो काम गर्न अघि सरौं।
    ✍️ अरुण कुमार भुजेल, गोरूबथान कालेबुङ,भारत।
    ~<•>~
    [५०]
    पिडाभित्र लुकाएर बाहिर पर्ने हाँस्न
    अर्काे गर्दै जालझेल थाल्दाे रहेछ मास्न ।
    ✍️ हिरालाल न्याैपाने ,बानपा ८,काेटमाैला, सल्यान
    ~<•>~
    [५१]
    टुक्का कविताले एकछिन आनन्द दिन्छ
    त्याे कुरा दिल र दिमागले तुरन्तै लिन्छ ।
    ✍️ नवराज भट्ट, कञ्चनपुर
    ~<•>~
    [५२]
    गनगन कति गर्छौ क्षमता नभए जस्तो
    अर्काको उन्नति हेर्नै नसक्ने तिमी त कस्तो ।
    ✍️ नन्दलाल आचार्य ,
    सिद्धार्थटोल, उदयपुर ।
    ~<•>~
    [५३]
    हेर्ने मात्र आँखा भयाे, दृष्टिकाेण भैन
    अघाेरी छन् वरिष्ठ ती साथ दिने हैन ।
    ✍️ जी.वि.कश्यप, घाेराही,दाङ
    ~<•>~
    [५४]
    मुखले ठिक्क पारेर नै बगलीमा हान्छन् छुरा
    अरूको उन्नति देख्न नसकेर गर्दछन् कुरा ।
    ✍️ बिकास छेत्री अञ्जान, कैजले, बिजनबारी, दार्जिलिङ।
    ~<•>~
    [५५]
    अहिले बकबक गरेर केही हुन्न
    जति खहरे आओस् समुन्द्रलाई छुन्न ।
    ✍️ लक्ष्मी रिजाल, रूपनगर, सप्तरी, मधेस प्रदेश, नेपाल ।
    ~<•>~
    [५५]
    दुधको कुडेको साक्षी बन्न पाउदा अवसर छोडौँ किन ?
    तिमी पनि नहेर जनहित सक्छौँ असंख्य फाइदा लिन ।
    ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ
    ~<•>~
    [५६]
    आफ्नाे ऐना नहेरी अरूका कुरा काट्ने
    हेप्न सम्म हेप्ने बरै मनै पूरा फाट्ने ।
    ✍️ डिल्लीराज (राजेन्द्र) भुुसाल, सन्धिखर्क-२, कुर, अर्घाखाँची
    ~<•>~
    [५७]
    कसरी पछार्ने बुन्दैछु तानाबाना
    हेर ! खुट्टा तान्नेहरू कै छ जमाना।
    ✍️ पुष्पा सुवेदी, नेपालगन्ज,बॅाके।
    ~<•>~
    [५८]
    न्याय कुल्चेर दुनाे साेझ्याउने छन् सर्वहारी
    सत्यलाई दवाउने तिमी कस्तो व्यभिचारी ।
    ✍️ रबि पाैडेल, दक्षिण भारत पाण्डेचरी
    ~<•>~
    [५९]
    आफूभन्दा जान्ने बुझ्ने कोही छैनन् भन्दै
    अगाडि पो सर्ने गर्छन् खुबै बाठो बन्दै ।
    ✍️ दुर्गा आचार्य, मोरङ
    ~<•>~
    [६०]
    न यता न उता भएको छ अरूको इसारामा चल्नेहरू
    जिउँदो लास जस्तै भएको छ, अरूको भरमा बल्नेहरू ।
    ✍️ वेल थोकर तामाङ, बकैया_८//मकवानपुर
    ~<•>~
    [६१]
    खुट्टा मलेर खानेको, देशमा छ चुरीफुरी
    सभ्यका नेत्रले हेर्दा, भाव झल्किन्छ आसुरी।
    ✍️ रामशरण न्यौपाने, भक्तपुर
    ~<•>~
    [६२]
    आँखा चिम्ली हेर्नेहरू
    खाली कुरा फेर्नेहरू ।
    ✍️ भाेलामान बर्देवा, धरान ८ सुनसरी
    ~<•>~
    [६३]
    दल खुप तेल तिमी मल जतिन्जेल
    तुरप नै सिद्ध हाेला सतरन्जे खेल ।
    ✍️ रामकृष्ण दुवाडी
    ~<•>~
    [६४]
    अरूको खुट्टा तान्नेहरू नि जाने छैनन् माथि
    प्रगति गरी देखाउने हो ढुक्क हुनु साथी |
    ✍️ सरिता सेढाई, धादिङ
    ~<•>~
    [६५]
    संसारमा नै धेरै भयो जलन
    भाइ लुटे गँवार लुटे चलन ।
    ✍️ कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी
    ~<•>~
    [६६]
    जल्नेहरू जलाएर नै आफू अघि बढ
    मल्नेहरूको पसिना बेची शिखर चढ।
    ✍️ धनुष न्यौपाने “यात्री”, जुम्ला
    ~<•>~
    [६७]
    मनमा जहिल्यै जलन
    प्रगति भाँड्ने छ चलन ।
    ✍️ प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे ।
    ~<•>~
    [६८]
    खुसी हुन्न अरूको खुसीमा प्रगति उसले गर्दैन
    आफू जति दुखी भए पनि कुरा काट्न पछि सर्दैन ।
    ✍️ सबिता खड्का कैलाली
    ~<•>~
    [६९]
    गल्ती गर्छ जसले उसैलाई हुनुपर्ने ठूलो
    मै हुँ भन्दै जान्ने पल्टने कही नभएको मुलो ।
    ✍️ सुनगाभा पोखरेल, हाल: नेपालगन्ज

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभवLeave a Comment on ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १४२ औँ शृङ्खला सम्पन्न

    ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १४१ सम्पन्न

  • ३२ असार २०८१, सोमबार २२:४५ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १४१ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ६७ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १४१ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    प्रतिनिधि टुक्का- १४१
    छोडिदेऊँ खेतबारी, गमलामा नै रोपौँ धान
    कृषिप्रधान देश अनि कृषकको बढ्छ मान ।
    ~<•>~

    सहभागी टुक्काकारहरूका टुक्काहरू-

    ~<•>~

    [१]
    बाँझै रहोस् खेतबारी सबै आयात गरेरै खाउँला
    लम्पसार परी खुट्टामा उसकै गुणगान गाउँला ।
    वसन्त अनुभव
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ
    ~<•>~
    [२]
    खेतबारी बाँझाे बनाई परदेशीए युवा पनि
    धान दिवस नाैलाे देखेँ गमलालाई खेत भनि ।
    ✍️
    ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    [३]
    बाँझै छ आज खेत र बारी युवा जति विदेशमा
    कहिले फर्कने देश बनाउन आफ्नै स्वदेशमा।
    ✍️
    दीप गोले तामाङ
    रौतहट
    ~<•>~
    [३]
    भएका खेतबारी बाँझै राखी आयात गरिखाने
    गमलामा धान रोप्ने अनौठो कृषि विकास माने ।
    ✍️
    बेदु न्यौपाने
    ~<•>~
    [४]
    हिल्याई खेत मुस्किल हुन्थ्यो अहिले सजिलो
    गमला आयो पर्दैन गर्नु आली र अँचिलो।
    ✍️
    अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹
    ~<•>~
    [५]
    कतै पानी नपरेर खेतबारी बाँझै छ हेर
    धान रोप्न ढीलो नगरौ बीउ जाँदै छ है खेर ।
    ✍️
    अम्बिका अधिकारी
    झापा बिर्तामोड
    ~<•>~
    [६]
    रोपेर धान लगाउनु छ मीत
    मिलेर गाउँला है असारे गित ।
    ✍️
    प्रेम सुनार
    ~<•>~
    [७]
    कृषकले काम गर्न छोडिदिँदा, थाहा पाउँनेछौ नपाएर खान,
    हेरौँला कतिदिन सम्म धान्दोरहेछ गमलामा फलाएर धान ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ सङ्खुवासभा।
    ~<•>~
    [८]
    किन चाहियो खेती गमलामा लाएपछि धान
    आयात गर्नैपर्छ सधैँ भन्छन् सबैले महान।
    ✍️
    सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    ~<•>~
    [९]
    तस्बिर खिचेर सञ्जालमा हाल्नुछ नगरौं है ढिलो
    कृषक बन्न गमलामा धान रोपौँ छुनुहुन्न हिलो ।
    ✍️
    भुपेन्द्र राना मगर
    धादिङ
    ~<•>~
    [१०]
    यसपटक गमलामा धान रोपी हाँस्य पात्र बनिँदैन जान
    अवसर राम्रै मिल्यो भने चितवनतिर गइन्छ भन्ने ठान ।
    ✍️
    सतीश पण्डित
    भानु६ चुँदी तनहूँ, हाल चनपा६ मातातीर्थ।
    ~<•>~
    [११]
    रोपेर धान गमलामा कृषिमा क्रान्ति गरौँला
    आयात थोरै बढाउँला छिमेकीबाट भरौँला ।
    ✍️
    सागर आँसु
    डोटी
    ~<•>~
    [१२]
    असारे पन्ध्र हिलोमा नेता आजको रमिता
    लेखी दिँउ साथी आजकोलागि यस्तै कविता ।
    ✍️
    ध्रुव श्रेष्ठ
    खोटाङ हाल काठमाडौँ ।
    ~<•>~
    [१३]
    रोप्नलाई नै गमलामा धान अघि नसरौँ
    असली कृषकहरूको बदनाम नगरौँ !
    ✍️
    अनिता भण्डारी ताप्लेजुङ
    ~<•>~
    [१४]
    खेती गर्ने बेला सरकारले मल बिउ दिँदैन
    सरकार हुँ भन्नेले जिम्मेवारी कहिले लिँदैन !
    ✍️
    नवराज भट्ट
    कञ्चनपुर
    ~<•>~
    [१५]
    गमलामा धान रोप्न थाले कृषि प्रधान देशमा
    भाषणले घर भित्र्याउने धान कि बाढी शेषमा ?
    ✍️
    दीपा गुरुङ्ग (समभाव)
    दुबेकोल(खोटाङ्ग)
    ~<•>~
    [१६]
    गमलाभरि राेपेर धान गाउनु छ असारे गीत
    नफले धान आयात गरि नै ल्याउँदा हुनेछ हित ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    ~<•>~
    [१७]
    असार पन्ध्र, धान दिवस, हामी नेपालीको
    मानो रोपेर, मुरी फलाऔँ, अन्न र बालीको ।
    ✍️
    ज्ञानबहादुर क्षत्री
    सन्धिखर्क – २, अर्घाखाँची।
    ~<•>~
    [१८]
    पौरखी हात जुटुन् एकतामा अब
    असार पन्ध्रमा उत्साहसाथ सब ।
    ✍️
    विवश पारदर्शी
    झापा
    ~<•>~
    [१९]
    खेतबारी बाँझो राखी गमलामा धान रोपी गर्छौ देखावटी गर्ने फुर्ती
    एकदिन त जान्छौ दलबल लिएर खेत तिर अरुबेला बन्छौ मुर्ति ।
    ✍️
    सुशीला शिखा
    काठमाडौं कागेश्वरी
    ~<•>~
    [२०]
    गमलामा धान रोपी प्रचारप्रसार धेरै नि गर्ने
    छिमेकीले खोजे यस्तै डलर बनाई बाहिर छर्ने ।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन।
    ~<•>~
    [२१]
    आषाढ पन्ध्र भन्ने मात्रै मनसुन कता गयाे
    गाउँबस्तीका ती युवाहरू बेकाम बस्ने भयाे ।
    ✍️
    हिरालाल न्याैपाने
    बानपा ८ काेटमाैला सल्यान
    ~<•>~
    [२२]
    माटो हो उभिने धरातल अन्नदाता पनि
    खेती गर्न नछोड, गमलामा धान छ भनी ।
    ✍️
    मोती सुब्बा
    दार्जिलिङ।
    ~<•>~
    [२३]
    धान रोप्नु भनेको आजकल नौटङ्की मात्रै भयो
    गमलामा छतमा रोपेको फोटो मिडियामा गयो ।
    ✍️
    राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    ~<•>~
    [२४]
    असार पन्ध्र दही चिउरा , साउन पन्ध्र खिर
    छुपु र छुपु रोप्नु है धन , के को मान्नु छ पिर ?
    ✍️
    नागेन्द्रप्रसाद यादव
    दाङ
    ~<•>~
    [२५]
    बाँझो छ खेत युवा छ विदेश,नौटङ्की गर्छौ सरकार,
    गमलामा धान रोपी तिमी,ल्याउँछौ राहत उपहार ।
    ✍️
    एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    ~<•>~
    [२६]
    गमलामा राेप्ने हैन नेताले धान
    गएर राेप्नु पर्छ खेत खलीहान ।
    ✍️
    हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, बनेपा १४ साँगा बजार।
    ~<•>~
    [२७]
    राष्ट्रवादी हुँ भनी देखाउने यहाँ हेर सान
    कृषिप्रधान देशमा गमलामा रोपेर धान।
    ✍️
    रुना कर्माचार्य दाहाल
    चितवन
    ~<•>~
    [२८]
    खेतबारी बाँझै रहुन् हाम्लाई छैन चासो
    गमलामा धान रोपौँ त्यागौँ यी सबै नासो !
    ✍️
    कमला देवकोटा
    पाल्पा
    ~<•>~
    [२९]
    लगाएर मनमा देशभक्तिको खोप
    नेतागिरी छोड अब आऊ धान रोप।
    ✍️
    पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके।
    ~<•>~
    [३०]
    यस्तै काम गर्याै भने हुन्छ छिट्टै देश हराभरा
    गमलामा धान राेप र बाँझाे राख खेतका गरा।
    ✍️
    भवानी पाेखरेल( बाबू विराज)
    बाणगङ्गा १ चार नम्बर, कपिलवस्तु
    ~<•>~
    [३१]
    गुगलमा सर्च गरेर रोपाइँको फोटो पाइहाल्ने
    व्यर्थ खेतको हिलोमा पसेर किन हो समय फाल्ने ।
    ✍️
    बिके मुखिया
    दार्जीलिङ भारत।
    ~<•>~
    [३२]
    गमला सजाई रोपेर धान यो कृषि विकाश
    यस्तै चालले कृषिमा देशले पाउला निकास ।
    ✍️
    चिरञ्जीवी श्रेष्ठ
    धनकुटा,हाल काठमाडौ ।
    ~<•>~
    [३३]
    गमलामा धन रोपी सधैँ कृषि गर्ने भन्छौ
    परिवार सबै डाँडापारी कृषक पो बन्छौ।
    ✍️
    धनुष न्यौपाने “यात्री”
    जुम्ला
    ~<•>~
    [३४]
    नसुत धेरै उठन सानी ढिला भयो धान रोप्नलाई
    गर्जियो मेघ बर्सियो पानी जाउँ हिँड मौका छोप्नलाई।
    ✍️
    चिरञ्जीवी ढकाल
    नेपालगन्ज -२० राँझा एयरपोर्ट बाँके
    ~<•>~
    [३५]
    खेतबारी बाँझो बन्यो, बीज कहिले छर्ने
    गमलामा धान रोपी, ढुक्कको सास फेर्ने
    ✍️
    कर्मा लामा
    मन्थाली-९,रामेछाप
    ~<•>~
    [३६]
    रोपाइॅ अनौठो, गमलामा कति फल्ने होला धान ?
    रोप्ने किसान दङ्ग छन् वर्षभरी पुग्छ होला खान।
    ✍️
    सुस्मिता अधिकारी
    काठमाडौँ
    ~<•>~
    [३७]
    छैन है जोश जाँगर, खेत बाँझै रहने भयो
    किसानलाई छैन राहत छोरा प्रदेश गयो ।
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाइ ४ झापा
    ~<•>~
    [३८]
    व्यापार गर्छन् दले दाइले खेतबारी हेर
    कहाँ रोप्नु धानको बीउ सोचौँ न एक फेर ।
    ✍️
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    ~<•>~
    [३९]
    यो दही चिउरा कति गुलियो
    अब त असारे माया भुलियो ।
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    ~<•>~
    [४०]
    कृषि क्रान्ति भन्ने गमलामा धान रोप्ने
    सोच पनि कस्तो आफैँलाई छुरी घोप्ने।
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ,भारत।
    ~<•>~
    [४१]
    पुर्खाले जोगाई राखे खेती लगाउने बारी
    बन्दगी राखी जादैछ है प्रदेश नष्ट पारी ।
    ✍️
    बिबा तामाङ
    लाटपञ्चर खरसाङ
    ~<•>~
    [४२]
    फेसबुकमा धान रोपेर फल्दैन
    अन्न नभए घरको चुलो बल्दैन ।
    ✍️
    गोपाल
    ~<•>~
    [४३]
    खेतबारी बाँझै रहे परदेशिएर युवासबै खाडितिर
    के असार पन्ध्र के दही चिउरा रमाउन लागे मासुतिर ।
    ✍️
    सुनगाभा पोखरेल
    ~<•>~
    [४४]
    खेतबारी बेचेर यहाँ बिल्डिङहरू ठड्याउँने
    गमलामा धान रोपेर असार पन्ध्र मनाउँने ।
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ
    ~<•>~
    [४५]
    खाने मुख पनि घटाए भएभरको पठाइ सिमापारी
    गमलामै भरिपूर्ण धान भए किन चाहियो खेतबारी ?
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    ~<•>~
    [४६]
    धान दिवसमा मात्रै कुच्ने हाे हिलाे
    जाेगाउने कसरी किसानकाे जिलाे ।
    ✍️
    डिल्लीराज (राजेन्द्र) भुसाल
    सन्धिखर्क-२, कुर, अर्घाखाँची ।
    ~<•>~
    [४७]
    कृषिमा क्रान्ति त ल्याएकै हो पक्कै
    गमलामा धान रोप्छन् पर्छु बक्कै ।
    ✍️
    वेल थोकर तामङ
    बकैया_८//बस्तिपुर//मकवानपुर
    ~<•>~
    [४८]
    जहाँ फल्छ त्यहीँ रोप
    खानेबेला मौका छोप ।
    ✍️
    नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर । हाल एनेलकुटी, सिरहा ।
    ~<•>~
    [४९]
    नेपालीकाे सान मान खाेकिलामा छाेपिसके
    हेलिकप्टरबाट सिधैँ पृथ्वीमा राेपिसके ।
    ✍️
    निरज कोइराला
    इटहरी ।
    ~<•>~
    [५०]
    हावा गफ गरेर समय नफालौँ खेर
    कतिदिन खानु गमलामा धान रोपेर ।
    ✍️
    साबित्री प्याकुरेल
    धादिङ्ग।
    ~<•>~
    [५१]
    गमला तयार भइसक्यो आउनु है यता
    धान दिवस मनाउने जनता अनि नेता।
    ✍️
    मन्दिरा सेढाई
    मलेखु,धादिङ
    ~<•>~
    [५२]
    धान रोप्ने विधिविधान सबै फालिए
    स्कुल र संघसंस्था बाट रोप्न थालिए ।
    ✍️
    अम्बिका गिरी
    विराटनगर
    ~<•>~
    [५३]
    किन होला हामीलाई दुनियाँले नै निम्न स्तरमा गन्छन्
    परिश्रमले आफ्नो बारी खेती गर्दा सबैले पाखे भन्छन् ।
    ✍️
    अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ।
    ~<•>~
    [५४]
    धान फल्ने ठाउँमा बसाएर बस्ती
    गमलामा धान रोपेर गर मस्ती ।
    ✍️
    भगवती दवाडी
    दमक, झापा
    ~<•>~
    [५५]
    नसके नि इतिहास लेखाउन
    रोप्नु पर्छ अरूलाई देखाउन ।
    ✍️
    प्रतिज्ञा प्रतिज्ञा
    मेहेलकुना सुर्खेत
    ~<•>~
    [५६]
    कङ्क्रिटको जङ्गलमा मिलाएर काँट
    हराभरा पारेका छन् गमलाको फाँट l
    ✍️
    बाबुराम गौतम
    गुल्मी
    ~<•>~
    [५७]
    खेतमा अचेल घर उमार्छन् होइन अन्नबाली
    लाठे छोरा विदेश हुइँकिन्छन् कृषि औजार फाली ।
    ✍
    राजेन्द्र प्रधान ‘पासा’
    दार्जिलिङ ।
    ~<•>~
    [५८]
    सबै खेतबारी बाँझै राख्नुपर्छ राेप्नु हुन्न धान
    रेमिटेन्सले खाना दिएकै छ बढेकै छ सम्मान ।
    ✍️
    केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम । हाल भारतबाट ।
    ~<•>~
    [५९]
    असार पन्ध्र धान राेप्नु छुपुछुपु
    दही चिउरा खाजा खानु लुपुलुपु ।
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    ~<•>~
    [६०]
    के उद्घाटन गर्छाैं गमलामा धान राेपेर
    लाखौँ कृषककाे मन मुटुमा झिर काेपेर ।
    ✍️
    रबि पाैडेल
    दक्षिण भारत पाण्डेचरी
    ~<•>~
    [६१]
    किसानले रोपेर धान
    बढेको हो नेपाली सान !
    ✍️
    आर्त अजुलीन
    ~<•>~
    [६२]
    खेत र बारी बाँझो भए शून्य छ बस्ती
    फूल रोप्ने गमलामा धान रोपे मस्ती ।
    ✍️
    कला ढकाल
    झापा
    ~<•>~
    [६३]
    कहाँ गर्छाैँ खेती अब, पाेहाेर साल भरिसक्याे गमला
    कुन मुखले बाेल्छाै अब, तिमीमाथि कृषकको हमला ।
    ✍️
    ईश्वर साउद
    रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
    ~<•>~
    [६४]
    किसान खालि पेट मिँच्दै रोपिरहेछ खेतबारी
    दही चिउरा हसुर्छन् तारे होटेल ठूला बेस्मारी ।
    ✍️
    राज बहादुर बडुवाल
    कनकासुन्दरि-५,जुम्ला
    ~<•>~
    [६५]
    दही र च्यूरा अचार खायौ बेसरी डकारी
    गमालाभित्र रोपेर धान के बाँध्छौ भकारी ?
    ✍️
    रामशरण न्यौपाने
    भक्तपुर
    ~<•>~
    [६६]
    खेतीयोग्य जमिन सबै बाँझो जचाएर
    अन्तबाट ल्याउनु पर्छ लाज पचाएर ।
    ✍️
    दुर्गा आचार्य
    मोरङ
    ~<•>~
    [६७]
    पुग्दैन कृषकलाई देखावटी रोपेर गमलामा धान
    फोस्रा आश्वासन नबाड कुर्सीमा बसि बेकार अपमान।
    ✍️
    शंकर कार्की
    मकवानपुर ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभवLeave a Comment on ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १४१ सम्पन्न

    ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १४० सम्पन्न

  • १६ असार २०८१, शनिबार १७:१३ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १४० औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ४१ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १४० औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    प्रतिनिधि टुक्का- १४०
    फुर्सदै छैन कुरा नै गर्ने लागिसक्यो असार
    दुहुनो गाई त दुहुनै पर्‍यो लगाई पघार ।
    ~<•>~

    सहभागी टुक्काकारहरूका टुक्काहरू-

    ~<•>~
    [१]
    दुहुनु पर्छ पाएको बेला नगुमाई मौका
    भोलि त के हुन्छ, कसो हुन्छ ? हान्नुपर्छ चौका ।
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ
    ~<•>~
    [२]
    एकचोटी त पाउने हो मान्छेको जिन्दगी
    त्यही नि कहिले झर्छ लाग्दैछ जगजगी ।
    ✍️
    दीप गोले तामाङ, चन्द्रपुर, रौतहट
    ~<•>~
    [३]
    नेताहरू मालिक यहाँ जनता बनाए गाई
    माैका छाेपेर दुहुँदैछन् गरिब जनतालाई ।
    ✍️
    ताराप्रसाद चापागाईँ, धुनिबेसी ।
    ~<•>~
    [४]
    लैनु गाईलाई पघारी कति खान्छौ खानु खायौ
    दुध आउन छोडेपछि विदेशी भजन गायौ ।
    ✍️
    बेदु न्यौपाने
    ~<•>~
    [५]
    जोगाउनेले ढाका टोपी लाउँछ्न्
    जनै उतार्ने सुरातिर धाउँछन् ।
    ✍️
    हन्नाह छेत्री, दार्जिलिङ
    ~<•>~
    [६]
    पघार जसरी पनि दुहुनो गाईलाई
    थुनबाट आइन्जेल खादै बस रमाई।
    ✍️
    अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    ~<•>~
    [७]
    जनतालाई बनाउँछौ कहिलेसम्म बनाउ दुहुनु गाई
    मौका आउँछ पर्खिदैन खानुपर्छ जनता फकाई फकाई ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे, मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    ~<•>~
    [८]
    गाईको बाच्छो मरे पुर्पुरोमा हात
    भैँसीको त्यो पाडो मर्‍यो दुध र भात ।
    ✍️
    चुडामणी देबकोटा, पुरानो नैकाप काठमाण्डौ
    ~<•>~
    [९]
    घरमा भैँसी दुहुनो पर्यो एक हातको
    लाग्यो असार सुरु भयो मेला र पातको ।
    ✍️
    भुपेन्द्र राना मगर, धादिङ
    ~<•>~
    [१०]
    फुर्सद हुन्न नेता हुँ म जहिल्यै मलाई असार
    एयरपोर्ट र भन्सारमा गर्छु ओसारपसार ।
    ✍
    नवशिला, नवदेव मार्ग, लालभित्ती,मोरङ।
    ~<•>~
    [११]
    बनाएर जनतालाई यहाँ दुहुने गाई
    भएको छ मन्त्री फेर्न व्यस्त सरकारलाई ।
    ✍️
    अनिता भण्डारी, ताप्लेजुङ
    ~<•>~
    [१२]
    भ्रष्टाचारीलाई छ सधैँभरि असारै असार
    जनता भए दुहुनो गाई सकेसम्म पगार ।
    ✍️
    विवश पारदर्शी, झापा
    ~<•>~
    [१३]
    ठान्छन् नेताले जनतालाई जहिलेसुकै दुहुनो गाई
    श्रम बेचेर पठाएको रेमिट्यान्स झ्वाँम पार्छन् रमाइ ।
    ✍️
    बाबुराम गौतम, गुल्मी
    ~<•>~
    [१४]
    असारमा पानी पर्यो, बाढी पहिरो ज्यादा भयो
    खाउँ लाउँ उमेरमा, धेरै मान्छेको ज्यान गयो ।
    ✍️
    एवाइ प्रभात, सहिदभुमि धनकुटा
    ~<•>~
    [१५]
    आशा गरेर कति बस्छौ गाईबाट गोरु बनाइसके
    अब असार लाग्दैछ हेर ढिकुटी सबै खन्याइसके ।
    ✍️
    अम्बिका अधिकारी, झापा बिर्तामोड
    ~<•>~
    [१६]
    असारको गफै मात्रै, न छ बीऊ न त मल
    भाषण रूपी आश्वासनले कति गर्छौ छल ।
    ✍️
    राजेशराज गड्तौला, कॅाडाघारी, काठमाण्डौ
    ~<•>~
    [१७]
    आजभोलि व्यस्त हुन्छु असारको बेला
    आफ्नो स्वार्थ पूरा गर्छु नगर है हेला ।
    ✍️
    डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा. पा. -६, दोलखा ।
    ~<•>~
    [१८]
    आलश्य त्यागौँ सबैले, आज नै उठाउँ हलो र कोदालो
    स्वदेशमै सुन फल्छ, पर्दैन विदेशमा बन्नु गोठालो ।
    ✍️
    बिके मुखिया, दार्जीलिङ, भारत ।
    ~<•>~
    [१९]
    पाएको मौका छोड्नुहुन्न दुहुनु पर्छ गाई
    जनतामा राज गरौँ, कुर्सीको हात समाई ।
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    ~<•>~
    [२०]
    पाल्न परिवार खेतीपातीमा किसान ती यता रमाउँछन्
    विकासे बजेट सक्दै पहुँचवालाहरू उता कमाउँछन् ।
    ✍️
    रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    ~<•>~
    [२१]
    असार लागेर खेल्दैछु हिलोमा रमाई
    असारे गित सुन्दै हातमा बीउ समाई ।
    ✍️
    कला ढकाल, झापा
    ~<•>~
    [२२]
    व्यङ्ग्य वाण किन पर्‍यो हान्नु
    गैँडालाई गुलेली के तान्नु ?
    ✍️
    शम्भु गजुरेल
    ~<•>~
    [२३]
    लैना गाई भैँसी अब दूध छैन थाक्नेछन् त के गर्छौ ?
    असारमा गोडमेल छैन अब खाडीकै पछि पर्छौ ।
    ✍️
    कमला देवकोटा, पाल्पा
    ~<•>~
    [२४]
    ए ! असार लाग्यो, पानी सिमसिम गीत गाउँदैछु
    दही चिउरा बोकेर, दिनहुँ वेशीतिर धाउँदैछु ।
    ✍️
    मोती सुब्बा, दार्जिलिङ निमकी डाँडा।
    ~<•>~
    [२५]
    असार मास किसानलाई रोप्न चटारो
    यो मेहनतमा वर्षाले नहानोस् झटारो ।
    ✍️
    शोभा आचार्य गौतम, काठमाडौँ
    ~<•>~
    [२६]
    रोपाइँको चटारो जताततै लागिसके असार
    हरियो सबै हुँदैन धान केलाएर फाल्नु झार ।
    ✍️
    कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
    ~<•>~
    [२७]
    खुरुक्क धान रोप्न छाडी केको फुर्ती हो, लाग्यो त असार
    केको मान्छे थप्नु पर्यो भन्दै बनाउन थालेको कसार ?
    ✍️
    नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर
    हाल- एनेलकुटी, सिरहा ।
    ~<•>~
    [२८]
    खेतालालाई खाजा पकाई खिर
    पटुकी बाँधी म हिँडे खेततिर ।
    ✍️
    पुष्पा सुवेदी, नेपालगन्ज,बॅाके।
    ~<•>~
    [२९]
    पाउँदा सुनौलो मौका
    ठोक्दै गर्नु पर्छ चौका ।
    ✍️
    अरुण कुमार भुजेल, गोरूबथान,कालेबुङ,भारत।
    ~<•>~
    [३०]
    मल बीउ छैन, कृषक भन्छन् लागिसक्यो असार
    ल्याइदिन्छौ हामी, पर्खेर बस, भन्दैछ सरकार ।
    ✍️
    होमप्रसाद नेउपाने, धरान,सुनसरी ।
    ~<•>~
    [३१]
    आफूमात्रै भुँडी भर्ने चलेको छ यहाँ रुढी
    खुट्टा बाँधेर दाम्लोले दुहुन्छन् धेनु नै बुढी ।
    ✍️
    रामशरण न्यौपाने, भक्तपुर
    ~<•>~
    [३२]
    जनता सारा तिम्रै गाई दुहुने काम नेताको मात्रै
    घाँस पराल दिदैनन् केवल गर्छन् नि अनौठो जात्रै।
    ✍️
    सुस्मिता अधिकारी ,काठमाडौँ
    ~<•>~
    [३३]
    दुहुनो गाई बनायौ, देश भयो चाम्रो
    क्षमता जति सबै लुटेर खायौ हाम्रो ।
    ✍️
    लक्ष्मी रिजाल,
    कञ्चनरूप १२, रूपनगर, सप्तरी ।
    ~<•>~
    [३४]
    किसानीको दःख पीर सबै भाग्यो
    खडेरी सकिएर असार लाग्यो ।
    ✍️
    प्रतिज्ञा प्रतिज्ञा
    मेहेलकुना सुर्खेत
    ~<•>~
    [३५]
    सुनौलो मौका नेताज्यूलाई असारको महिना
    लुट्नसम्म त लुट्छन् जनताको रगतपसिना ।
    ✍️
    रुना कर्माचार्य दाहाल ,चितवन
    ~<•>~
    [३६]
    हुनुपर्छ सधैँ मान्छेमा प्रभाव गुणको
    तरकारीमा पनि हुन्छ अभाव नुनको।
    ✍️
    राजनारायण राई, राजदल बस्ती सोनादह
    ~<•>~
    [३७]
    असार महिना मानो रोपी फलाउने मुरी
    मनसुनी यो हावा चल्दा उडाउँछ कि धुरी।
    ✍️
    पद्मा काश्यप पाण्डे, मोरङ
    ~<•>~
    [३८]
    किसानलाई कामको चटारो असार मास
    देशका चापीवालालाई राजनीति हतास ।
    ✍️
    प्रेम थापा “मन”, बागलुङ
    ~<•>~
    [३९]
    जनतालाई असार लाग्छ नेतालाई चौका,
    चाँजोपाँजो मिलाइहाल्छन् के पर्खिन्थे नि माैका ?
    ✍️
    त्रिलाेचन भण्डारी, मेचीनगर,झापा
    ~<•>~
    [४०]
    भ्रष्टले गर्छ विकासका बजेटको दोहन
    किसानको उत्पादन बिक्री भएन ओलन ।
    ✍️
    भगवती दवाडी
    ~<•>~
    [४१]
    असारे भाषामा रमेर गराैँला श्रम आज
    फलाउँ फाँटहरूमा अमृतसरि अनाज ।
    ✍️
    हरिगाेपाल न्हुच्छेप्रधान, काभ्रे, बनेपा १४ साँगाबजार।
    ~<•>~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभवLeave a Comment on ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १४० सम्पन्न

    ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १३९ सम्पन्न

  • ४ असार २०८१, सोमबार १३:३८ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३९ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ५८ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३९ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    प्रतिनिधि टुक्का- १३९
    पुल पुल कति भन्छौ ? चट्ट चढ भ्यू टावर
    मोज गर, निर्धक्क घुम ट्वन्टीफोर आवर ।
    ~<•>~

    सहभागी टुक्काकारहरूका टुक्काहरू-

    ~<•>~
    [१]
    भाँचियोस् पुल नै, मरून् प्राणी, छैन कुनै बाल
    जसरी नि, पर्नुपर्‍यो, खाली आफूलाई माल ।
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ
    ~<•>~
    [२]
    विकृति छ राजनीतिमा विकास गाेजीतिर
    भ्यू टावरले संसार देख्याे छैन पुल भिर ।
    ✍️
    ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    ~<•>~
    [३]
    भोकमरीले मरून् कि बगोस् रगतको खाल
    मस्ती गर्ने हो सदनमा विकास कछुवाको चाल ।
    ✍️
    संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौं
    ~<•>~
    [४]
    आइसक्यो भनेको मनसुन बाटो बिराएर कता पो गयो
    गर्मी बढेर सहन नसकी मान्छेहरूको बिचल्ली पो भयो ।
    ✍️
    पवनकुमार बुढाथोकी
    काठमाडौं
    ~<•>~
    [५]
    भोकमरीले मरे नि हेर्न कसलाई चासो ?
    आफ्नै हातको राखन् धरन् मनमा चट्ट हाँसो ।
    ✍️
    बेदु न्यौपाने
    ~<•>~
    [६]
    जेहोस् बाल मतलब दुनो आफ्नैतिर सोझ्याउॅंने
    फाइदाको लागि लड्दैछु अरू जो सुकै होउॅंन् रुने।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    ~<•>~
    [७]
    पुल बनाउने पैसा छैन, भ्यू टावरको सान
    बाढी आउँदा रमिता हेर्ने असल नेता छान।
    ✍️
    होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।
    ~<•>~
    [८]
    जनतालाई अलमल्याउन नेता जे नै गर्छन्
    आफू लिन्छन् चाैरासी व्यञ्जन जनता भाेकै मर्छन् ।
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    ~<•>~
    [९]
    देशमा गतिलो छैन, हजुर पुल
    बाटो बिराउँदा जनतालाई भूल ।
    ✍️
    श्रीकृष्ण धामी – बझाङ
    ~<•>~
    [१०]
    भाँचियोस् पुल नै, पहिरोले पुरियोस् बस्ती, ठिकै लाग्छ
    फेरि बनाउँदा आउने आफ्नो भागले, उत्साह जाग्छ ।
    ✍️
    अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹
    ~<•>~
    [११]
    आवश्यकता अनुसारको काम गर बोल सत्य साँचो
    दुर्गम ठाउँमा विकास गर छैन भ्यू टावरको खाँचो ।
    ✍️
    अनिता भण्डारी, ताप्लेजुङ
    ~<•>~
    [१२]
    कति चुस्छौ रगत विविध करको नाउँमा
    भोट लिन फेरि आउनु पर्ला हाम्रो गाउँमा ।
    ✍️
    सविता भट्टराई, जनकपुर
    ~<•>~
    [१३]
    भ्यू टावर बनाओस् यात पुल खाेजीनितिकाे छैन खासै खाँचो
    जसले देशको विकास गर्छ उसलाई दिनु देशको साँचो ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    ~<•>~
    [१४]
    कुराले सकिन्छ हुन्छ खोकिदियो विकास
    पुल सडक नालाको कतै छैन निकास ।
    ✍️
    चुडामणि ध्रुव देवकोटा
    ~<•>~
    [१५]
    केवलकार चढ्न पाए भ्यू टावर किन ?
    पैसा भए त सबै कुरा मिल्छ एकैछिन ।
    ✍️
    बाबू विराज
    कपिलवस्तु
    ~<•>~
    [१६]
    खाेलापारि तर्नु पर्दा तुईन चुडिएर मर्नुपर्ने
    नेता भए ओखतीमुलाे विदेश गई गर्नुपर्ने ।
    ✍️
    हिरालाल न्याैपाने
    बानपा ८,काेटमाैला,सल्यान
    ~<•>~
    [१७]
    जनताले खान नै गाँस छैन ठाउँ ठाउँमा बन्यो चढ्न भ्यू टावर
    परिवारै घुमफिर जनताले तिरेको करमा पाउँदा पावर ।
    ✍️
    सुशील शिखा
    काठमाडौँ कागेश्वरी
    ~<•>~
    [१८]
    यो देशमा बन्ने हैन आवश्यक पुल
    कर्म गरौँ हामी सब धेरै गर्यौं भूल ।
    ✍️
    कमला देवकोटा, पाल्पा
    ~<•>~
    [१९]
    पुल बनाउने पैसा झ्वामझ्वाम चट्ट बैङ्कमा राखेर
    वर्षैपिच्छे जनताको आँखामा छारो हाली दिन भाकेर ।
    ✍️
    अम्बिका अधिकारी
    झापा बिर्तामोड
    ~<•>~
    [२०]
    क्या अनौठो छ सपनाको सहर
    सपनाभित्र हराएका रहर ।
    ✍️
    आर्त अकुलीन
    ~<•>~
    [२१]
    जनताको पसिनाबाट नै कर असुल पारेर
    रमाए गगनचुम्बी महल भ्यू टावर राखेर ।
    ✍️
    कला ढकाल झापा
    ~<•>~
    [२२]
    भाषण गर्दा नेताले देश र जनता भन्छन् मेरै
    पुल राम्रो बनाउन नसक्नेका फुर्ती अझ धेरै ।
    ✍️
    प्रेम थापा “मन”बागलुङ
    ~<•>~
    [२३]
    जन्तु, मान्छेको मूर्ति, गेट, टावर धेरै बनाउने हो लाेकतन्त्रमा विकास
    कुकर्मले डुङ्डुङ्ती गनाए पनि बेजोडा हाै छैन हाम्रो विरुद्धमा निकास ।
    ✍️
    रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    ~<•>~
    [२४]
    जनताको गॅास कटाई भ्यू टावर बनाउने
    खानुसम्म खाएर विकास भएको जनाउने ।
    ✍️
    राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    ~<•>~
    [२५]
    चारवर्षलाई मोज गरौँ चुनावमा भोज गरौँ
    जनतालाई मख्ख पार्दै संसदभित्र फेरि सरौँ ।
    ✍️
    घनश्याम पन्त
    हरिवन सर्लाही
    ~<•>~
    [२६]
    नियत छैन विकासको र बनाउँछन् भ्यू टावर
    पुल किन चाहियो भत्किन्छ देश हुन्छ झरझर ।
    ✍️
    सुरेशकुमार पाण्डे, दाङ घोराही १८
    ~<•>~
    [२७]
    पुलकै नाम बेची सजियाे घर आँगन र दुनियाँ
    गरिब दीनदुखीहरूकाे सपना भयाे छियाछिया ।
    ✍️
    ईश्वर साउद
    रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
    ~<•>~
    [२८]
    भ्यू टावर बनाएर के भयो ? हान्यो मुटुमा शूल
    भ्यू टावर होइन नदीमा बनाउ बलियो पुल ।
    ✍️
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    ~<•>~
    [२९]
    हेर्नुपर्छ यो दुनियाँ ! रङ्गीबिरङ्गी भ्यू टावर चढेर
    चाहे पुल भाँचियोस् मतलब छैन चाहे मरोस् लडेर ।
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाइ ४ झापा
    ~<•>~
    [३०]
    गधा बस्ने सहर
    छैन केही रहर ।
    ✍️
    नागेन्द्रप्रसाद यादव
    ~<•>~
    [३१]
    रोजगारको कुरा गर्छौ, जाउँ हेर्ने भ्यू टावर
    किन चाहियो पुल यहाँ, महलको छ लहर ।
    ✍️
    एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    ~<•>~
    [३२]
    नेताहरूमा भयाे धेरै मुखकाे कला
    भएन अरू केही थपे घरकाे तला ।
    ✍️
    डिल्लीराज (राजेन्द्र) भुसाल
    सन्धिखर्क-१, कुर, अर्घाखाँची
    ~<•>~
    [३३]
    विकास भन्दै विनासको बहार ल्याउँदैछु
    आफ्ना नातिपनातिलाई उकास्न भ्याउँदैछु ।
    ✍️
    नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर ।
    हाल- एनेलकुटी, सिरहा ।
    ~<•>~
    [३४]
    सबै राखे पनि यो मन खोलिनँ
    धेरै कुरा हजुर मैले बोलिनँ ।
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ भारत
    ~<•>~
    [३५]
    जनताको छाती टेकी शिखरमा चढ्न थाल्यौ
    शक्ति त तिम्रो हातमा छ, देश नर्कमा फाल्यौ ।
    ✍️
    शंकर कार्की,मकवानपुर
    ~<•>~
    [३६]
    फस्दैछ रे देश विपदमा सरासर
    किन गर्छौ कुरा बनाउने भ्यू टावर ।
    ✍️
    हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे,लबनेपा १४ साँगा बजार।
    ~<•>~
    [३७]
    सुख्खा मौसममा नभ्याउने तिमी
    असारे झरी यो, पानी रिमीझिमी।
    ✍️
    मोती सुब्बा
    ~<•>~
    [३८]
    ठीक बेठीक हेर्दैनन् लाग्छन् शासककै हुलमा
    शासकको ध्यान भ्यू टावरमा, जाँदैन पुलमा ।
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    ~<•>~
    [३९]
    नीति निर्माण गर्दैछन् रित्तो कुर्सीहरूले
    हाजिरी छँदैछ भनेर के हुन्छ अरूले ?
    ✍️
    पुष्पा राई, ऐसेलुखर्क, खोटाङ ।
    ~<•>~
    [४०]
    हेलिकोप्टर सित्तैमा छ किन चाहियो मलाई
    मरे मरोस् न ! कठोर मन आउँदैन पलाई ।
    ✍️
    सुस्मिता अधिकारी ,काठमाडौँ
    ~<•>~
    [४१]
    पुल शूल बन्छ, ढुङ्गो माटो टेकिन्छ
    भ्यू टावर बने, पर पर देखिन्छ ।
    ✍️
    विवश पारदर्शी
    झापा
    ~<•>~
    [४२]
    चार वर्षे सत्ता हो गरिन्छ मजाले मोजमस्ती
    ऎन कानुन आफ्नै हो पेवा गरिन्छ जबर्जस्ती ।
    ✍️
    इन्दु श्रेष्ठ, चितवन
    ~<•>~
    [४३]
    भाषणले मात्रै भए सबैतिर विकास
    कतै पनि छैन पुल सडककाे निकास ।
    ✍️
    सहयात्री शाेभा अर्याल
    रुपन्देही
    ~<•>~
    [४४]
    मासु र रक्सीमा सबै जनता भुल्याए
    पुल बनाउने रकम त आफैँ खाए ।
    ✍️
    दुर्गा भट्टराई
    मोरङ
    ~<•>~
    [४५]
    बेकामे भ्यू टावरहरू तिमी आफैँ चढ
    त्यही बसी जनता बगेको खबर पढ ।
    ✍️
    पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके।
    ~<•>~
    [४६]
    भ्यू टावर बनाउनुभन्दा बनाऊ पुल
    मान्छे हौ मान्छे जस्तै बनेर सुधार भूल ।
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ,भारत।
    ~<•>~
    [४७]
    भ्यू टावर चढन पाएका छौ खुसी बन जन
    उद्याेगधन्दा खाेलेपछि त कमाउँछ धन ।
    ✍️
    जी.वि.कश्यप, घाेराही, दाङ ।
    ~<•>~
    [४८]
    आवश्यक ठाउँमा खै पुल छैन, भ्यू टावर अनेक ठाउँ
    नाफाको दृष्टिमात्र नलगाऊ गएर हेर ती आफ्नै गाउँ
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ
    ~<•>~
    [४९]
    किन चाहिए बाटा, पुल म त्यहाँ हिँड्न पर्दैन सत्तामा के म एक्लै छु र उसले केही गर्दैन । ✍️
    सबिता खड्का कैलाली
    ~<•>~
    [५०]
    हाहाकार नै मच्चियो लौन भयौ काकाकुल
    हे प्रभु ! वर्षा लाग्द नि फुटेन पानीको मूल ।
    ✍️
    वेल थोकर तामाङ
    बकैया_८ मकवानपुर
    ~<•>~
    [५१]
    गरिबको पसिना बेची नाम कमाउने नेतासँग परेँ दिक्क
    जनता मेरो भगवान् नै हुन् भन्दै भाषण छाट्दै पार्छन् हेर ठिक्क ।
    ✍️
    बिकास छेत्री अन्जान
    कैजले, बिजनबारी, दार्जिलिङ।
    ~<•>~
    [५२]
    विकासको रकम सबै खाए
    बचेको पैसाले पुल बनाए ।
    ✍️
    बि.कुलुङ दार्जिलिङ
    रंगबुल
    ~<•>~
    [५३]
    हामी तुइन तरेकै छौँ ज्यान जोखिममा मोलेर
    मोजमस्ती गर्दै हिँड अझै नि चट्ट छाती खोलेर |
    ✍️
    सरिता सेढाई धादिङ
    ~<•>~
    [५४]
    खोलानाला उत्खनन् गरेर बनायौँ भ्यू टावर
    गरिब दुखीलाई मारेर देखाउदै छौँ पावर ।
    ✍️
    कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    ~<•>~
    [५५]
    मोज र भोजको युगमा थितिका कुरा नगर
    समाजलाई उँभो लग्छु भनेर अघि नसर ।
    ✍️
    लक्ष्मी रिजाल, रुपनगर, सप्तरी
    ~<•>~
    [५६]
    यत्रतत्र छ समस्या गतिछाडा सत्ता
    अल्पमत बहुमतका नाममा भत्ता ।
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    ~<•>~
    [५७]
    आम्दानीको रुख रोप्यौ लिई नेताको पावर
    भन्छौ कति सजिलो गरेर चढ भ्यू टावर ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    ~<•>~
    [५८]
    तुइन हटाउ खोला र नदीमा बनाउ पक्की पुल
    ढाँट छल गरी लुटेर खाई नपार्नु है रनभुल ।
    ✍️
    सतीश पण्डित
    भानु ६ चुँदी तनहूँ।
    हाल चनपा६ मातातीर्थ

    ~<•>~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभवLeave a Comment on ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १३९ सम्पन्न

    ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १३८ सम्पन्न

  • २९ जेष्ठ २०८१, मंगलवार १५:३५ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३८ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ६२ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३८ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    प्रतिनिधि टुक्का- १३८
    जय होस् हजुर चाप्लुसी गर्दै खुट्टा मल्नेहरूको
    उन्नति अनि  प्रगतिमा  आरिसले  जल्नेहरूको ।
    ~~~~~<•>~~~~~

    सहभागी टुक्काकारहरूका टुक्काहरू-

    [१]
    सकेजति त झुक्नुपर्छ अनि झुकाउनुपर्छ
    साम, दाम, दण्ड, भेद उपाय लगाउनुपर्छ ।
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ
    ~~~~~<•>~~~~~
    [२]
    आफैँ सक्षम भए पाे त राम्राे काममा अघि सर्छ
    असक्षमले त माथि पुग्न लाेलाेपाेताे गर्नै पर्छ ।
    ✍️
    ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    ~~~~~<•>~~~~~
    [३]
    जसरी भएपनि माथि पुग्न हिम्मत कसिन्छ
    दायाँबायाँ गर्न थाले भने देखी घुँडा धसिन्छ
    ✍️
    बेदु न्यौपाने
    ~~~~~<•>~~~~~
    [४]
    आरिसेहरू त  अरूको  प्रगति  चाहदैनन्  देख्न
    खुट्टा मल्ने जतिको लिष्ट बनाई अब पर्यो लेख्न ।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन।
    ~~~~~<•>~~~~~
    [५]
    चाप्लुसी गरी खुट्टा मल्नेलाई जय होइन गर्नुपर्छ छि:छि: र थुरथुर
    यस्ताबाट भाँचिन्न एउटा सिन्को पनि त्यसैले राख्नुपर्छ सदा दुरदुर ।
    ✍️
    सतीश पण्डित
    भानु६ चुँदी तनहुँ, हाल चनपा६ मातातीर्थ
    ~~~~~<•>~~~~~
    [६]
    अर्काको प्रगतिमा आरिस डाहा कहिल्यै नगर्नु
    सक्छौ हौसला देऊ लान्छना लगाई भ्रम नछर्नु ।
    ✍️
    चुडामणी देबकोटा
    पुरानो नैकाप काठमाण्डौ
    ~~~~~<•>~~~~~
    [७]
    मुखले भने चिप्लो पार्दै बाहिर रोप्छौ छुरा
    यता मुखले ठिक्क पारेर उता काट्छ्न् कुरा।
    ✍️
    अनिता भण्डारी ताप्लेजुङ
    ~~~~~<•>~~~~~
    [८]
    कसरी खुट्टा तानेर लडाउने भनी बनेका छन् जम्बु टोली
    संसारकै चलन भइसकेको छ त नि ! हजुर आजभोलि।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    ~~~~~<•>~~~~~
    [९]
    खेलको मज्जा लिन पनि दुई चार हुनुपर्छ जल्ने
    प्रगतिशिल पाइला चालेको देख्दा आरिसले ढल्ने।
    ✍️
    संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौँ
    ~~~~~<•>~~~~~
    [१०]
    मुखले राम जपेर भित्रभित्रै धस्छन् छुरा
    दुई जिब्रेहरूको गरेर, के साध्य छ कुरा ?
    ✍️
    शंकर कार्की ,मकवानपुर ।
    ~~~~~<•>~~~~~
    [११]
    खेलमा मजा लिन्छन्, उता दुईचार जनाले
    नत्र भने खुट्टा तान्न मिल्दैन यहाँ लज्जाले ।
    ✍️
    एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    ~~~~~<•>~~~~~
    [१२]
    सागरमाथि  उर्लिएको  छाल
    हेर्दाहेर्दै जिन्दगी भो  बेहाल ।
    ✍️
    रघु थापा सु न पा १.
    ~~~~~<•>~~~~~
    [१३]
    खुट्टा तान्नेहरूको भिडमा रमाउँदैछु
    खुसी केही मिल्छ भन्दै लरखराउँदैछु ।
    ✍️
    कला ढकाल, झापा
    ~~~~~<•>~~~~~
    [१४]
    म अगाडि बढ्दै जान्छु, तिमी आरिसले जल्दै गर
    अर्काको प्रगति देखेर कालै नआई चाडै मर ।
    ✍️
    राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    ~~~~~<•>~~~~~
    [१५]
    सक्षमले  राम्रो राम्रो काम सधैँभरि देशकै लागि गर्छ
    असक्षमले त आरिस गरी खुट्टा तान्न अघि अघि सर्छ ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५  संगम काेलाेनी राधे राधे भक्तपुर ।
    ~~~~~<•>~~~~~
    [१६]
    को नै बनेको छ र यहाँ बलबुताले सक्षम ?
    चापलुसी त गर्नु  नै पर्छ भएपछि अक्षम l
    ✍️
    बाबुराम गौतम, गुल्मी
    ~~~~~<•>~~~~~
    [१७]
    खुबीवाला आफ्नै बुद्धि र पौरखमा रमाउँछ
    निरन्तरको मिहेनतले संसार जमाउँछ ।
    ✍️
    इमान सिंह के.सि.
    व्यास९ धनुबेसी,कलेस्ति,तनहुँ
    ~~~~~<•>~~~~~
    [१८]
    चाकडी चाप्लुसी गरी पानीसाप र गड्यौलो झैँ हिँडाइ गर्नेको
    चतुर्‍याइँ ठानिन्छ धाेका दिई बाेली फेर्दै अरूकै खाई मर्नेको ।
    ✍️
    रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    ~~~~~<•>~~~~~
    [१९]
    राम्रो होस् यी चोरी ढाटी लुट्नेहरूको
    मङ्गल भो सयौँ चोटि फुट्नेहरूको ।
    ✍️
    कमला  देवकोटा, पाल्पा
    ~~~~~<•>~~~~~
    [२०]
    जीवन घाम र पानीमा  चलिरन्छ
    रिस मान्नेहरू आगोमा जलिरन्छ ।
    ✍️
    श्रीकृष्ण धामी – बझाङ
    ~~~~~<•>~~~~~
    [२१]
    किन गर्नुपर्ने सधैँ ती अरूका कुरा
    कर्म गर अनि मात्र लक्ष्य हुन्छ पूरा ।
    ✍️
    डिल्लीराज (राजेन्द्र) भुसाल
    सन्धिखर्क-२, कुर, अर्घाखाँची
    ~~~~~<•>~~~~~
    [२२]
    एउटै छ रूप मान्छेको केवल एउटै छ जात
    दुनियाँ भनेकै लाग्छ मलाई खुट्टा तान्ने जमात ।
    ✍️
    बि.कुलुङ
    दार्जिलिङ, रंगबुल
    ~~~~~<•>~~~~~
    [२३]
    कति के भनेर पनि यहाँ हुँदैन
    मनमा कहिले उसलाई छुँदैन ।
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    ~~~~~<•>~~~~~
    [२४]
    माथि जान पाए जुनसुकै उपाय लगाउने बानी
    खुट्टा मल्ने चलन आइसकेको छ मल्छु जानाजानी ।
    ✍️
    अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹
    ~~~~~<•>~~~~~
    [२५]
    नजिक नजिक बन्यो चाप्लुसीको भरमा
    स्वार्थको झोली भिरेर निमुखाको घरमा ।
    ✍️
    प्रेम थापा “मन”बागलुङ
    ~~~~~<•>~~~~~
    [२६]
    चाप्लुसी खुट्टा मल्नेहरू बुनेर हिँड्दछन् जाल
    एकदिन आफैँ जालमा परेर हुनेछ काल ।
    ✍️
    बिके मुखिया
    दार्जीलिङ भारत।
    ~~~~~<•>~~~~~
    [२७]
    काम गर   फलको   आशा आजै नगर
    भाग्य आफैँ  लेख  कसैको भरमा नपर ।
    ✍️
    घनश्याम पन्त
    हरिवन सर्लाही
    ~~~~~<•>~~~~~
    [२८]
    थरीथरीका मान्छेको थरीथरी सोचाइ
    अनि सोचाइ भन्दा फरक हुने भोगाइ ।
    ✍️
    दीपा समभाव
    खोटाङ्ग
    ~~~~~<•>~~~~~
    [२९]
    चाप्लुसी गर्छु अघि जान अरूको खुट्टा तान्दै
    व्यङ्ग्य वाण मार्छु भरसक गरी छुरा हान्दै !
    ✍️
    विवश पारदर्शी
    झापा,
    ~~~~~<•>~~~~~
    [३०]
    झुक्ने झुक्छन्  सकेजति पोखिएको टिप्न
    कालोमोसो  आफैँ  आफ्नो मुहारमा लिप्न ।
    ✍️
    महेन्द्र मान बलामी
    ~~~~~<•>~~~~~
    [३१]
    माथि चढ्न लगाउँदै छु भर्‍याङ
    जल्नेहरू त कति धेरै हौ चाङ ।
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाइ ४ झापा
    ~~~~~<•>~~~~~
    [३२]
    कुराहरू खोतल्दै चाप्लुसी गर्न खुट्टा मल्नेहरूलाई                                       

    प्रगति गरेर देखाउनु छ रिसले जल्नेहरूलाई ।            

    ✍️
    सबिता खड्का, कैलाली
    ~~~~~<•>~~~~~
    [३३]
    हजार सपना बाेक्दै चिन्तनमा जीवन नढाल
    क्षमताकाे आकलन विना धर्तिमा बीउ नफाल ।
    हिरालाल न्याैपाने ,बानपा८,काेटमाैला, सल्यान
    ~~~~~<•>~~~~~
    [३४]
    कहाँ देख्न सक्छन् र यहाँ आफन्तले प्रगति गरेको
    आफ्नो दु:खमा भन्दा अरूको सुखमा डाहाले मरेको
    ✍️
    मन्दिरा सेढाई, मलेखु,धादिङ
    ~~~~~<•>~~~~~
    [३५]
    आरिसले जल्नेहरू आफैँ भष्म हुन्छन्
    खुट्टा मल्ने जति सबै भविष्यमा रुन्छन्।
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ,भारत।
    ~~~~~<•>~~~~~
    [३६]
    उन्नतिको बहानामा बिगारे भएको थातथलो
    गोरु चुट्ने बहाना जुराउन नअड्काउनु हलो ।
    ✍️
    कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
    ~~~~~<•>~~~~~
    [३७]
    केको मेसो हुन्छ कठै उल्टो उल्टो चल्नेसँग
    हिसाब किन राख्नु आफ्नै रागले जल्नेसँग ।
    ✍️
    पुष्पा राई, बादेल, खाेटाङ ।
    ~~~~~<•>~~~~~
    [३८]
    मनमा पीडा दबाई परदेशमा बसिन्छ
    कालसँगको युद्ध लड्न त कम्मर कसिन्छ ।
    ✍️
    सनत रोकाय बिवश
    कुशे गा. पा ८, जाजरकोट
    ~~~~~<•>~~~~~
    [३९]
    प्रगतिको श्रेय अन्धभक्तलाई पनि जान्छ
    भर्ने छौ पेट देशको ढुकुटीले जति धान्छ ।
    ✍️
    सुस्मिता अधिकारी, काठमाडौँ
    ~~~~~<•>~~~~
    [४०]
    असक्षमले नै तान्ने गर्छन् हजुर अरूको खुट्टा
    चाप्लुसे र आरिसेले कुरा काट्छन् भरी फूलबुट्टा ।
    ✍️
    रुना कर्माचार्य दाहाल ,चितवन
    ~~~~~<•>~~~~~
    [४१]
    यस्तै छ यहाँ जताततै हाम्रो देशको चाला
    चाकरी अनि चाप्लुसीको मात्र छ बोलवाला।
    ✍️
    ज्ञानबहादुर क्षत्री
    सन्धिखर्क – २, अर्घाखाँची।
    ~~~~~<•>~~~~~
    [४२]
    बोलीले विकास गरी ठगेरै खान पल्केको चाहिँदैन कुनै विकास 
    आफूलाई सजिलो हुनुपर्छ अरूको लागि किन दिनु त नी निकास ।
    ✍️
    सुशील शिखा
    काठमाडौँ कागेश्वरी
    ~~~~~<•>~~~~~
    [४३]
    कानुन छ अन्धो बैरी भए बन्धु भाइ
    बाध्य छु ठूलाबडाको खुट्टा मोल्नलाई ।
    ✍️
    पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके।
    ~~~~~<•>~~~~~
    [४४]
    भोक लागे हसुर पानी चाहिए पिऊ
    भुक्दै नहिँड यसरी मनभरि जिऊ ।
    ✍️
    नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर ।
    ~~~~~<•>~~~~~
    [४५]
    स्वार्थ साध्न नै होकि उद्दत किन चाकडीमा राेज
    अन्डर टेबुल उपर टेबुल दिनदिनै भोज ।
    ✍️
    रामकृष्ण दुवाडी
    पाेखरा
    ~~~~~<•>~~~~~
    [४६]
    चाप्लुसी  प्रगति देखेर डाहा गर्नेको  राज
    सोझा साझा र चाप्लुसी नजान्नेको छैन काज।
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ
    ~~~~~<•>~~~~~
    [४७]
    असक्षम छु अघि बढ्न पनि गाह्राे
    तिम्राे त्याे प्रगतिले मुटु जल्याे साह्राे ।
    ✍️
    काेेपिला अधिकारी
    सिरानचाेक-७, गाेरखा
    ~~~~~<•>~~~~~
    [४८]
    खुट्टा  मल्ने  र चाप्लुसी सबै यहाँ हुनेरहेछ
    त्यस्को चोट जति निमुखाले मात्र यहाँ सहेछ!
    – पवनकुमार बुढाथेाकी
        काठमाडौं
    ~~~~~<•>~~~~~
    [४९]
    देशका नेता जति भए कमिना  कुलङ्गार
    विदेशीले हेर गरेका छन् कति चमत्कार ।
    ✍️
    सुनगाभा पोखरेल
    ~~~~~<•>~~~~~
    [५०]
    रिसले जल्नेहरू जले
    आखिर भित्रभित्रै गले !
    ✍️
    आर्त अकुलीन
    ~~~~~<•>~~~~~
    [५१]
    सहृदय हुनेको कमी छ आज 
    पुनः हुने भो यहाँ रावण राज ।
    ✍️
    कार्की डिबी माकुम
    सुनवल -४, नवलपरासी
    ~~~~~<•>~~~~~
    [५२]
    रातारात जुनी फेर्ने नै हुन्छन् महाजन तेल घस्नेहरू
    कटुवाल चप्पल, छाता ओढ्ने रातो कार्पेटमा हिँड्छन् बरू ।
    ✍️
    इन्दु श्रेष्ठ, चितवन
    ~~~~~<•>~~~~~
    [५३]
    समय निरन्तर चलिरहन्छ
    रिसाहा मान्छे भने जलिरहन्छ ।
    ✍️
    दुर्गा भट्टराई , माेरङ
    ~~~~~<•>~~~~~
    [५४]
    गरीबलाई खै अन्न छैन, भोकले आँत
    जलिरहेछ
    टाउकेहरू कमिसनमा नै, तोलमोल  चलिरहेछ ।
    ✍️
    समिता पौडेल  न्यौपाने
    भ न पा७ कृष्णपुर चितवन
    ~~~~~<•>~~~~~
    [५५]
    कही कतै देखिएन सत्यताकाे शुद्ध खेल
    जहाँतहीँ हुनथाले आजभाेलि अनमेल ।
    ✍️
    हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, बनेपा १४ साँगा बजार।
    ~~~~~<•>~~~~~
    [५६]
    सधैँ आफ्नो कर्म नित्य गर्छु
    मेहनत गरी पेट भर्छु ।
    ✍️
    शशी श्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ
    ~~~~~<•>~~~~~
    [५७]
    काम छैन कसरी हाे बस्ने यहाँ खल्ती भरी
    कमाइ त्यसै कहाँ हुन्छ र चाप्लुसी  नगरी ?
    ✍️
    भवानी पोख्रेल
    ~~~~~<•>~~~~~
    [५८]
    स्वार्थको पनि भाँडा ठूलो रहेछ कहिले पोखिएन
    पोखिएर निस्वार्थ भावले यहाँ कहिले जोखिएन ।
    ✍️
    बिकास छेत्री अञ्जान
    कैजले, बिजनबारी, दार्जिलिङ।
    ~~~~~<•>~~~~~
    [५९]
    गोडा तानुन् कोही काटुन् कोही कुरा
    या धसुन्  यो  दिलमा कसैले छुरा ।
    ✍️
    रतन बिष्ट, आलिताल डडेल्धुरा
    ~~~~~<•>~~~~~
    [६०]
    खुट्टा मल्नेहरूको नै, जय देखिन्छ देशमा
    गरी आरिस के हुन्छ? मौन छन् सब केसमा।
    ✍️
    रामशरण न्यौपाने, भक्तपुर
    ~~~~~<•>~~~~~
    [६१]
    अरूले गरेको प्रगति देखेर धेरै भए जल्ने
    अरूकाे प्रगतिकाे जराे ढाल्दा आफैँ पाे भए ढल्ने ।
    ✍️
    सहयात्री शाेभा अर्याल
    रुपन्देही
    ~~~~~<•>~~~~~
    [६२]
    फूलबुट्टा हानेर, झोले नेता पालिन्छ
    यसपालिको बजेटले लुतो फालिन्छ ।
    ✍️
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    ~~~~~<•>~~~~~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभवLeave a Comment on ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १३८ सम्पन्न

    ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १३७ सम्पन्न

  • २२ जेष्ठ २०८१, मंगलवार २३:११ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३७ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ५४ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३७ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    प्रतिनिधि टुक्का- १३७

    तिम्रा सबै ती कर्तुतहरू चिच्याएरै बोलिदिन्छु
    मेरो फाइल खुल्नु पर्छ नि तिम्रा सबै खोलिदिन्छु ।
    ~<•>~

    सहभागी टुक्काकारहरूका टुक्काहरू-

    [१]
    तँ चुप म चुप खोल्नुहुन्न पोल
    छोप्नुपर्छ सबै ओढाएर खोल !
    ✍️ वसन्त अनुभव
    घोराही, दाङ
    ~<•>~
    [२]
    मिलेरै बाट्नु छ डाेरी सत्ता काण्ड वरिपरि
    कुट्छु म राेए झैँ गर्नु चल्छ खेल सधैँभरी ।
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    ~<•>~
    [३]
    छैनन् कोही चोखो, गर्दा रहेछन् सबै नै जालझेल
    आखिरमा बुझ्दा खेरि खेल्ने रैछन् खुट्टा तान्ने खेल ।
    ✍️
    दीपा समभाव
    खोटाङ्ग
    ~<•>~
    [४]
    तिमी सबै चुपचाप बस खोल्नु हुन्न है पोल
    भित्रभित्रै देश खाइसके बाहिर खोक्रो खोल ।
    ✍️
    बेदु न्यौपाने
    ~<•>~
    [५]
    सारा कर्तुतलाई छाेप्नुपर्छ ओढाएर खाेल
    मिलीजुली सत्ता चलाउनुपर्छ नखाेलौँ पोल ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    ~<•>~
    [६]
    सबै मिली बाँडीचुँडी खाऔँ अब
    के नै बाँकी छ र सिध्याऔँ नि सब ।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    ~<•>~
    [७]
    म बुझ्छु हतार नगर न साथी
    पहिले हामीलाई पुग्नु छ माथि ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    ~<•>~
    [८]
    कुर्सीमा हाम्रो राज छ, धेरथोर कमाउनु पर्छ
    मौका आखिर यही हो, बिरोध गर्नेहरूले गर्छ ।
    ✍️
    शंकर कार्की,मकवानपुर ।
    ~<•>~
    [९]
    तिम्रोले गर्नुभयो त मायाको कुरा
    मेरो सपना हुन्छ कि हुँदैन पूरा ।
    ✍️
    श्रीकृष्ण धामी – बझाङ
    ~<•>~
    [१०]
    पदविना भएका छन् गिद्धहरू काकाकुल
    अर्को तिर फर्काउछन् आफूलाई घोच्ने शूल !
    ✍️
    भुपेन्द्र राना मगर
    धादिङ्ग
    ~<•>~
    [११]
    आखिर सम्झेर भिर
    जिन्दगी रहेछ पिर !
    ✍️
    आर्त अकुलीन
    ~<•>~
    [१२]
    नराम्रो कामको लत बस्यो कता जाने जाने
    खुलेआम नपाए टेबल मुनिबाट खाने ।
    ✍️
    अम्बिका अधिकारी
    झापा बिर्तामोड
    ~<•>~
    [१३]
    सत्ता कुर्सी पद पैसा बाघचालको खेल
    भ्रष्टाचारी फाइल खोल्ने सबै झेलमेल !
    ✍️
    विवश पारदर्शी
    झापा,
    ~<•>~
    [१४]
    कस्तो हाँसो हाँसिएछ हाँस्दाहाँस्दै रुनुपर्ने
    खेल्दाखेल्दै सद्दे मान्छे पागलझैँ हुनुपर्ने ।
    ✍️
    रघु थापा
    सु न पा १
    ~<•>~
    [१५]
    मेरो पोल खोल्दियौ भने तिम्रो पनि खोल्दिन्छु
    तिम्रो ती कर्तुतहरू सबैको सामु बोल्दिन्छु ।
    ✍️
    अनिता भण्डारी
    ताप्लेजुङ
    ~<•>~
    [१६]
    देश बेच्नेहरूका खोल्न थाल्यौ पोल
    भ्रष्ट सबै रहेछन् कस्ले भन्ने बोल ?
    ✍️
    एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    ~<•>~
    [१७]
    गल्ती भए सजाए भाेग्छु फाइल खाेल छिटाे छिटाे
    भ्रष्टाचारी भनी चिनिनु भन्दा त खान्छु बरू लिटाे ।
    ✍️
    भवानी पाेखरेल( बाबू विराज)
    बाणगङ्गा १ चार नम्बर कपिलवस्तु
    ~<•>~
    [१८]
    फाइल खोल चिच्याएर बोल, आवाज पुग्ने हैन पर
    भरिदिन्छु सबैको रित्तो खल्ती, मलाई लाग्दैन है डर।
    ✍️
    बिके मुखिया
    दार्जीलिङ,भारत।
    ~<•>~
    [१९]
    बाहिर बस्दा गफ गर्छन् निकै ठुला ठुला
    कुर्सी पाएपछि सबै एउटै ड्याङ्का मुला ।
    ✍️
    बाबुराम पाण्डे
    अर्घाखाँची
    ~<•>~
    [२०]
    यो मनभरीको बह बोलिदिन्छु
    मिठो कुरा तिमीलाई खोलिदिन्छु ।
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    ~<•>~
    [२१]
    आरोप अनि प्रत्यारोपमै पाे चलिरहेछ शासन
    भाषण दिन मात्र माहिर भए जमाएर आशन ।
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    ~<•>~
    [२२]
    विकासको लहरले नेपालमा जरा गाड्यो
    अझै भन्छन् जनता सरकारले धर्म छाड्यो ।
    ✍️
    घनश्याम पन्त
    हरिवन सर्लाही
    ~<•>~
    [२३]
    पोल खोल्ने कुरा नगर आधा आधा पारौँला
    भ्रष्टचारको रूख हामीसँगै मिली सारौँला ।
    ✍️
    संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौँ
    ~<•>~
    [२४]
    मिलिजुली खाऔँ भागबन्डामा अनि बसौँ चुप
    हाकाहाकी कानमा कराए बाल्नु मच्छर धुप ।
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    ~<•>~
    [२५]
    हिङ बाँधेको टालोमा अझै छ बोक्रो
    अस्थिरता जन्माइ पारौं देश खोक्रो ।
    ✍️
    प्रेम थापा “मन”बागलुङ
    ~<•>~
    [२६]
    ढाेका झ्याल दराज फाइलहरू जे जे खाेलाखाेलै गर
    संसारकै सञ्चारमा भ्रष्टाचारका समाचारले भर ।
    ✍️
    रामप्रसाद पुरी
    बादेल, खाेटाङ ।
    ~<•>~
    [२७]
    अभिमन्यु जस्ताे भई साम्ने भिड्न जाला
    फर्किआउन जान्दैन फेरि धोका खाला ।
    ✍️
    शालिकराम
    ~<•>~
    [२८]
    मेरो मनको खुसी लुटेर, तिमी धेरै टाढो गयौ
    हिजोसम्म मुटुमा थियौ, आजदेखि पराया भयौ ।
    ✍️
    रमेश दियाली
    सिटोंग खरसाङ दार्जिलिङ
    ~<•>~
    [२९]
    मिलीजुली पड्काका हौ के को फाइल खोल्नु ?
    मिलीजुली पड्काउनेले हुन्न धेरै बोल्नु ।
    ✍
    नवशिला,
    नवदेव मार्ग, लालभित्ती,मोरङ।
    ~<•>~
    [३०]
    मन्त्री भनाउँदाहरू खानेबेलामा भित्रभित्रै मिली खान्छन्
    पक्राउ परेपछि एक-अर्कालाई आरोप लाउँदै जान्छन् ।
    ✍️
    बि.कुलुङ
    दार्जिलिङ रंगबुल
    ~<•>~
    [३१]
    अब त लप्पनछप्पन गरेर देश डुब्ने काम गर्ने चाहिँदैन
    भ्रष्टाचारी नेता जतिसुकै शिर्ष भएपनि छाेपी राख्न पाइँदैन ।
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुन्जे
    ~<•>~
    [३२]
    तै चुप मै चुप गरी बसौँ, खोल्न हुन्न पोल
    भित्रभित्रै एक आपसमा गरौँ मोलतोल ।
    ✍️
    पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके।
    ~<•>~
    [३३]
    नियम कानुन सबैलाई लाग्दछ बराबर
    बाहिर लेखी टाँसौँ भित्र धन्धा गरौँ सरासर ।
    ✍️
    भगवती दवाडी
    दमक,झापा
    ~<•>~
    [३४]
    सत्ताका लागि मरिमेट्ने यी, खान पाएमा मिल्दछन् पक्कै
    लड्दछन् आफ्नै स्वार्थका लागि, देशको चिन्ता छैन पटक्कै ।
    ✍️
    ज्ञानबहादुर क्षत्री
    सन्धिखर्क – २, अर्घाखाँची।
    ~<•>~
    [३५]
    भ्रष्टाचार उसले गर्‍यो हामी सदन आन्दोलनमा झर्छौ
    सबैको फाइल खोलिदेऊ संसदमा साथ सपोर्ट गर्छौ ।
    ✍️
    चुडामणी देबकोटा
    पुरानो नैकाप काठमाण्डौ
    ~<•>~
    [३६]
    अन्यले चोक्टा खाए, तिमीले पनि पियौ सायद झोल
    कुनै दिन पुगौला त्यही ठाउँ, नखोल्नु अहिले पोल ।
    ✍️
    मोती सुब्बा
    दार्जिलिङ निमकी डाँडा।
    ~<•>~
    [३७]
    राम्रो काम गर्नेलाई कराउनु पर्दैन
    काँचो फललाई कहिले नझारी झर्दैन।
    ✍️
    धनुष न्यौपाने “यात्री”
    जुम्ला
    ~<•>~
    [३८]
    कुर्सीमा राज छ, मिलीजुली कमाउनुपर्छ
    आफ्नो भाँडो भरिएपछि नै देश पछि सर्छ ।
    ✍️
    बिकास छेत्री अञ्जान
    कैजले,बिजनबारी, दार्जिलिङ
    ~<•>~
    [३९]
    थर्काएर के गर्नु यहाँ सबको आफ्नै खुल्छ पोल
    सक्छौ भने प्रमाण देखाऊ, सबुद सहित बोल ।
    ✍️
    राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    ~<•>~
    [४०]
    आफ्नाे पोल खोलिए अरूको पनि खोल्ने
    नआवस् है दिन फेरि दुवैलाई पोल्ने।
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ,भारत।
    ~<•>~
    [४१]
    फाइल खोल्न धौ धौ भयो अब केही हुन्न
    जताततै झुठा कुराको हाँसो भयो छुन्न ।
    ✍️
    कमला देवकोटा
    पाल्पा
    ~<•>~
    [४२]
    आइज यार पोल खोलाखोल गरौँ
    हामी दुवै एकसाथ जेलमा परौँ ।
    ✍️
    नन्दलाल आचार्य,
    सिद्धार्थटोल, उदयपुर ।
    ~<•>~
    [४३]
    गल्ती गर्नेलाई छोपिरहे बन्छन् ती पछि कंश
    कर्तुत खोली बेलैमा सबै बचाउनुछ वंश ।
    ✍️
    गंगा खड्का
    बूढानीलकण्ठ ,काठमाडौँ
    ~<•>~
    [४४]
    मिलीजुली गरौँ हामी सत्ता चलाउने काम
    बाङ्गो कुरा गर्यौ भने खोलिदिन्छु तिम्रो नाम ।
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाइ ४ झापा
    ~<•>~
    [४५]
    भयो अब पोल नखोलौँ
    आपसमा हेर नपोलौँ ।
    ✍️
    लक्ष्मी रिजाल
    रुपनगर, सप्तरी ।
    ~<•>~
    [४६]
    मिलीजुली सबै मिलेर कमाउँला
    कुरा नमिले सबैलाई समाउँला ।
    ✍️
    ध्रुव श्रेष्ठ
    खोटाङ हाल,काठमाडौँ ।
    ~<•>~
    [४७]
    माइक अघि उभिएपछि ठुलो ठुलो स्वर गर्ने
    काम हो उसको जनता लठ्याई आफ्नै गोजी भर्ने ।
    ✍️
    राजनारायण राई
    राजदल बस्ती सोनादह
    ~<•>~
    [४८]
    कर्मशील नेता भए हुन्छ देशमा विकास
    आलोपालो बाँडी खाएपछि के हुन्छ निकास ?
    ✍️
    पद्मा काश्यप पाण्डे
    मोरङ
    ~<•>~
    [४९]
    सबै कुरा थाहा हुँदा पनि के गरिन्छ ?
    गर्ने आशा राखिँदै एकदिन मरिन्छ ।
    ✍️
    कार्की डिबी माकुम
    सुनवल -४, नवलपरासी
    ~<•>~
    [५०]
    मेरा फाइल नखोलिदेऊ तिम्रो पनि छुन्न
    हामी दुवै मिलेको देखाउन कहिल्यै हुन्न ।
    ✍️
    सुस्मिता अधिकारी
    काठमाडौँ
    ~<•>~
    [५१]
    पाएसम्म सधैँ मिलेर नै खाएको हो नी बहाना खाेजी साथी बनी बनी
    सोचिनँ नी कहिल्यै अति भएपछि तिम्रोसँगै मेरो पालो आउँछ भनी ।
    ✍️
    सुशीला शिखा
    काठमाडौं कागेश्वरी
    ~<•>~
    [५२]
    तिमी त उसै काले ऊ किन हुनखाेज्छ भाले
    नहुनु काले काेही पनि माेटरकाे धुवाँले ।
    ✍️
    हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, बनेपा१४ साँगा बजार ।
    ~<•>~
    [५३]
    जे जे फाइल खोलिन्छन्, बन्द हुन्छन् ठुला जति
    खुट्टी देखेर नानीको, पाइयो चाल है अति ।
    ✍️
    रामशरण न्यौपाने
    भक्तपुर
    ~<•>~
    [५४]
    कपोलकल्पित आरोप लगाउने, मरिजाउन् ती सब
    भ्रष्टचारी फेद, टुप्पो, हाँगा, पात, जरा छोडिँदैन अब।
    ✍️
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी।
    ~<•>~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभव2 Comments on ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १३७ सम्पन्न

    ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १३६ सम्पन्न

  • १३ जेष्ठ २०८१, आईतवार २०:४९ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३६ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ५९ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३६ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    प्रतिनिधि टुक्का- १३६
    ~<•>~
    कामभन्दा कुरा गर्ने चाहिएको छ मान्छे
    बोल्दाखेरि गाई बनोस् ढुकुटी बाँड्दा भान्छे !
    वसन्त अनुभव
    ~<•>~

    सहभागी टुक्काकारहरूका टुक्काहरू-

    [१]
    गल्तीहरू ढाकछोप गर्ने, कार्यकर्ता चाहियो
    अन्धाभक्त बनेपछि हेर बोल्न जे नि पाइयो ।
    ✍️ वसन्त अनुभव
    घोराही, दाङ
    [२]
    नराम्राे काम छाेपिदिने मान्छे मात्र मेरा
    दैलाे खाेली देखाउनेले सरे हुन्छ डेरा ।
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    [३]
    मख्ख पर्दै ढोकातिर ए हात लम्काएर
    ढिकुटीको साँचो देखाई भाग्य चम्काएर ।
    ✍️ अम्बिका अधिकारी
    झापा बिर्तामोड
    [४]
    पर्दाफास गर्ने जति लाखापाखा लागुन्,
    ठगाहा र भ्रष्टाचारी मारेका नि जागुन् ।
    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹
    [५]
    गणतन्त्र प्रजातन्त्रमा हेर जे बोल्छौ बोल पाइन्छ
    देशमा गाई गोरु जे बनोस् ढुकुटी मलाई चाहिन्छ ।
    ✍️ बेदु न्यौपाने
    [६]
    कार्यकर्ता नै लहैलहैमा लाग्छन् भएजति
    नेताको चालचलन अनि बिग्रिए नि मति।
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    [७]
    नियत नै खोटो भएपछि कसको के लाग्छ
    जसरी पनि देश कङ्गाल पार्ने मति जाग्छ ।
    ✍️ सतीश पण्डित
    चुँदी तनहूँ
    हल चनपा माततीर्थ।
    [८]
    जे गर्दा पनि नहुने भयो, खाली आँखा छ्ल्ने मात्र कुरो
    कठै भनी कति भनौँ हजुर बन्नुपरेको छ बबुरो ।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा
    [९]
    धरतीमा बसी गरून् आकास छुने कुरा
    सबै रित्याएर बाँडुन् ढुकुटी जति पूरा ।
    ✍️ मन्जु जोशी
    डीलासैनी ५ बैतडी
    हाल भक्तपुर
    [१०]
    बिरालो मुसा जस्ता भेटिन्छ भान्छे
    डाडु पन्यु जिम्मा लगाएको मान्छे ।
    ✍️ चुडामणी देबकोटा
    पुरानो नैकाप काठमाण्डौ
    [११]
    गर गर मात्र भन्छन् हरेक बेला काम
    काम गरेको नि मिल्दैन त हजुर दाम ।
    ✍️ श्रीकृष्ण धामी – बझाङ
    [१२]
    काम गर्न किन पर्याे उसले चाप्लुसी गरेपछि
    दु:खपीडा दिइरन्छ पीडक तिनले सहेपछि ।
    ✍️ शर्मिला खतिवडा
    विर्तामोड ,झापा ।
    [१३]
    जता गयो उसैको डर
    कोही कसैको छैन भर !
    ✍️ आर्त अकुलीन
    [१४]
    प्रजातन्त्र देशमा आयो, सबैले बोल्नु पायो
    काम गर्नेले बोक्रा पायो, बोल्नेले गुदी खायो।
    ✍️बिके मुखिया
    दार्जीलिङ,भारत।
    [१५]
    जगमा हामी नै भयौँ विचित्र
    नदेखिने कतै पनि सचित्र ।
    ✍️ कार्की डिबी माकुम
    [१६]
    घरमा पनि कर अरे जग्गामा पनि कर
    विकास गर्ने कार्यमा त जनताकै छ भर ।
    ✍️ Shreya timalsina
    Hetauda makwanpur
    [१७]
    किन पर्यो रुन व्यर्थ मच्चाउँदै रोइलो ?
    भ्रष्टाचारी समातेर काट्दाखेरि खोइलो !
    ✍️ विवश पारदर्शी
    झापा,
    [१८]
    भाषण गर्छन् नेता देश विकास गर्ने आकाश पातलकाे कुरा
    देशको ढुकुटी रित्याई पत्नीलाई लगाइदिन्छन् सुनको चुरा ।
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    [१९]
    काम कुरा एकातिर कुम्लाे बाेकेर ठिमीतिर
    सुशासन दिन्छु भन्नेले देशलाई लगे भिर ।
    ✍️ प्रद्युम्न चालिसे
    [२०]
    सरल व्यक्तिलाई पराया जस्तो गर्दैछ
    स्वार्थीले भने धमाधम ढुकुटी भर्दैछ ।
    ✍️ अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ।
    [२१]
    भाषणमा माइक पाउँदा मिठा गर्छन् बात
    पैसा पाउने ठाउँ आएमा लम्काउँछन् हात ।
    ✍️ प्रेम थापा “मन”बागलुङ
    [२२]
    बोल्दाखेरि गाई बनोस् बजेट बाँड्दा माई
    द्रव्य पोषण गर्ने भान्छे मिलोस् हामीलाई l
    ✍️ बाबुराम गौतम, गुल्मी
    [२३]
    भ्रष्टाचार, कामचोरहरूको रगरगी बढेर गयो
    फोहोरमैलाले झोडा नाला डुङडुङ्ती गह्नाउने भयो ।
    ✍️ मोती सुब्बा दार्जिलिङ निमकी डाँडा।
    [२४]
    महान् व्यक्तिहरूले नै गर्छन् नराम्रो धन्दा
    भाषण मात्र छाँट्छन् ठूला काम गर्नुभन्दा ।
    ✍️ साबित्री प्याकुरेल, धादिङ्ग।
    [२५]
    बोलेरै त सिध्याए ढुकुटी काम माखो मारेनन्
    जनतामुखी कर्म भने कहिल्यै अघि सारेनन् ।
    ✍️ त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    [२६]
    के पाइएला र याे जुनीमा यस्ता खालका मान्छे
    बरु तिमी आफैँ बन मिलाएर लैजाने भान्छे ।
    ✍️ भवानी पोख्रेल
    [२७]
    गधालाई नुहाएर गाई हुन्नन् भन्थे त्यस्ता
    नेटो काट्यो समयले राष्ट्रभक्त भए सस्ता ।
    ✍️ ममता पौडेल
    बूढीगङ्गा-२, मोरङ
    [२८]
    गरीबको हरायो सानो डेरा
    धनीले बनायो सबै नै मेरा ।
    ✍️ नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    भारत
    [२९]
    अहम् अनि घमण्ड छ प्रत्येक मेरो बातमा
    भान्छाको डाडु पन्यु भएपछि मेरै हातमा ।
    ✍️ डम्बर थामी ‘अनुपम ‘
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    [३०]
    सही गलत छुट्याउन नसक्ने रहेछ मान्छे
    आफ्नै भुँडी मात्रै भर्ने कस्तो बनाइएछ भान्छे ?
    ✍️ दीपा समभाव
    खोटाङ्ग
    [३१]
    सबै मिलेर रित्याइसके ढुकुटी
    अर्थतन्त्र दुब्लाई भैसक्यो सुकुटी ।
    ✍️ संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौं
    [३२]
    ढुङ्गा पग्लिएला बरु फाट्न सक्ला धर्ती
    तितो लाग्नेगर्छ स्वार्थीलाई मिठो अर्ती ।
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    [३३]
    अस्तित्वमा अझै रहेछ खुन चुस्ने आदमखोर
    गरीबको पसिना पिउँदै सत्तामा बसेका चोर ।
    ✍️ बि.कुलुङ
    दार्जिलिङ रंगबुल
    [३४]
    ठूला ठूला भाषण गऱ्यौ भने नेता बन्छौ नानी
    भ्रष्टाचार गर्नु र घुस खानु राम्रो हुन्छ बानी ।
    ✍️ गुणनिधि घिमिरे अमेरिका
    [३५]
    कुरा गर्यो कुराकै दुख
    मान्छे मारेर खोज्छ सुख ।
    ✍️ नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर ।
    हाल- एनेलकुटी, सिरहा ।
    [३६]
    कुराले नै विकास गर्ने मान्छे चाहियो भन्छौ
    को जनता कहाँ मरे भन्दै तिमी फेरि गन्छौ ।
    ✍️ धनुष न्यौपाने” यात्री “
    जुम्ला
    [३७]
    अलिकति दाउ परे खोसाखोस नाली झोडे काम
    बर्खा नलागी भत्किँदै पछि देख्छ भ्रष्टाचारी नाम ।
    ✍️ राजनारायण राई
    राजदल बस्ती सोनादह
    [३८]
    तिमीसँग हात फैलाएर माग्नु पर्यो मैले माया
    यस्तै रहेछ जिन्दगी कहिले घाम कहिले छाया ।
    ✍️ शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौं
    [३९]
    नक्कली माया लाएर नै पारेउ जालमा
    बस्नुपरेको छ राेई अहिले बेहालमा ।
    ✍️ रामप्रसाद पुरी, बादेल , खाेटाङ ।
    [४०]
    मुखमा राम राम चित्तमा छुरा
    भित्रभित्र गर्छौं ठूला ठूला कुरा।
    ✍️ रमेश दियाली
    [४१]
    साँचो माया गर्छु है भनेको उनले
    असल व्यवहार भरेको गुनले ।
    ✍️ गंगाराम यादव
    औरावनी २ सुनसरी
    [४२]
    तिमी देऊ साथ मलाई असल मान्छे भनेर
    कमिला भई पस्नेछु र निस्कन्छु हात्ती बनेर ।
    ✍️ मन्दिरा सेढाई
    मलेखु,धादिङ
    [४३]
    चुनाव आउँदा नमन बाँड्छु भाषण पनि ठुला
    विकासका बजेट ल्याउँछु त पोटली भर्ने दुला ।
    ✍️ इन्दु श्रेष्ठ, चितवन
    [४४]
    छानेर पठाएको मान्छेले चलाएको छ सत्ता
    ढुकुटी रित्याएर बाँडेको छ तलब र भत्ता ।
    ✍️ अरुण कुमार भुजेल
    गोरुबथान, कालेबुङ, भारत।
    [४५]
    कसैले दया देखाउँदा भाग्छु
    कमलो देखिए म उतै लाग्छु ।
    ✍️ लक्ष्मी रिजाल
    कञ्चनरूप १२, रूपनगर, सप्तरी
    [४६]
    बोलेर पनि अब देश भए चलाउने
    काम छ नेपाल आमाको मुटु जलाउने ।
    ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ
    [४७]
    जता छ आफ्नो भाग, उतै लगाउँ कुरो र कुलो
    देशको ढुकुटीमा राख तिम्रै भान्छे तिम्रै चुलो ।
    ✍️ पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके।
    [४८]
    झुटा भाषणमा रम्ने, सत्तामा छन् विराजित
    सन्तान दास पोसेर, बन्छन् भान्छे मजासित।
    ✍️ रामशरण न्यौपाने, भक्तपुर
    [४९]
    खान टन्न पाएपछि आँखा देखिँदैन कान पनि हैन सुन्ने
    जे जे गरोस् मतलब छैन बुद्धजस्तै त्यागी भन्दै सधैँ चुन्ने ।
    ✍️ सुशीला शिखा
    काठमाडौं कागेश्वरी
    [५०]
    कामभन्दा कुरा गरी बन्ने गर्छन् यहाँ हिरो
    देशको ढुकुटी लुटेर बनाइसक्यो जिरो ।
    ✍️ रुना कर्माचार्य दाहाल ,चितवन
    [५१]
    कुरा मात्र गर्ने देश चलाउनेहरूको काम
    विकासको नाममा हुँदैछ है जताततै जाम ।
    ✍️ शोभा आचार्य गौतम
    काठमाडौँ
    [५२]
    काम बिक्ने बजार, हुँदाेरहेछ नीच
    बाेली बिकुवा ती ग्राहकहरूकाे बिच ।
    ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, बनेपा १४ साँगा बजार ।
    [५३]
    बहुदल हाम्रो निम्ति भएको छ शान
    प्रजातन्त्र देखाएर जानेका छाैँ खान।
    ✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
    [५४]
    बोली बिक्ने समय छ त किन गर्नु काम
    जति खेदो खने पनि कमाइहाल्छु दाम |
    ✍️ सरिता सेढाई धादिङ
    [५५]
    मान्छे बने हेर आजकल, झुटो खेतीको भान्छे
    बुढी समेत तरकारी, कोदाको झोलमा झान्छे ।
    ✍️ राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    [५६]
    जताततै भएको छ सधैँ अशान्तिको युद्ध
    फेरि आऊ देशलाई बचाऊ गौतम बुद्ध ।
    ✍️ अनिता भण्डारी ताप्लेजुङ
    [५७]
    खोजेको बराबर भएको कुरा सबैलाई बाँडेपछि आफू खाने भान्छे
    भेटियो आफू र आफ्नालाई पस्की अरू भोकै राखी आफू टन्न खाने मान्छे !
    ✍️ पवन कुमार बुढाथेाकी
    काठमाडौँ
    [५८]
    कामभन्दा कुरा मात्रै गर्ने हाम्रा नेताहरू
    काम देख्दा जनतालाई भयो बाँचु कि मरु !
    ✍️ ध्रुव श्रेष्ठ
    खोटाङ,हाल काठमाडौँ ।
    [५९]
    ढुकुटी बाँड्दा भान्छे बन्न तम्सनेहरू छन् धेरै
    मौका पर्दा पोल्टो भर्न जेलाई पनि भन्छन् मेरै ।
    ✍️ गंगा खड्का
    बूढानीलकण्ठ ,काठमाडौँ
    ~<•>~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभव1 Comment on ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १३६ सम्पन्न

    ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १३५ सम्पन्न

  • ९ जेष्ठ २०८१, बुधबार १०:२८ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३५ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ७३ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३५ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    प्रतिनिधि टुक्का- १३५
    ~<•>~
    निरन्तर आओस् कमिसन अनि तलब भत्ता
    उडे पनि उडोस् प्राणपखेरु नफुत्कियोस् सत्ता !
    वसन्त अनुभव
    ~<•>~

    [१]
    बसिराख ओढेर कवच सत्ताको खोल
    बाहिर निस्के बजाउलान् सम्झिएर ढोल !
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ
    [२]
    सत्ता लिप्त छन् नेताहरू कसरी देश बन्ने
    सुशासन छैन कहिल्यै खै कसलाई भन्ने ?
    ✍️
    ताराप्रसाद चापागाईँ
    धुनिबेसी ।
    [३]
    ज्यान जाला सत्ता छोड्ने वाला छैन
    नत्र यहाँ नेता भन्ने कुरै रैन ।
    ✍️
    अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹
    [४]
    सत्ता निहित नेता छन् भयो यो देश चलाउन साह्रो
    छैन देशमा सुशासन जनतामा भएको छ गाह्रो ।
    ✍️
    बेदु न्यौपाने
    [५]
    शासकले शासन गर्ने तरिका बिर्सियो
    भ्रष्टचार र महङ्गीले उपहार दियो ।
    ✍️
    नारायण कोइराला
    तानसेन,पाल्पा
    हाल,कुवेत।
    [६]
    सृजना लेख्नमा सबैले मन लगाऊ
    भावमात्र होइन ज्ञान पनि बढाऊ।
    ✍️
    कला ढकाल झापा
    [७]
    दाह्री अनि कपाल फुलेर भैसक्यो तिनको सेता
    तैपनि सत्तालाई मरिमेट्छन् हाम्रो देशका नेता।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    [८]
    देशको विकास हाेस् यात नहाेस् खासै म जान्दिनँ
    जन समर्थन गुमाेस् तर सत्ता छाेड्न मान्दिनँ ।
    ✍️राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    [९]
    मोहजाल जस्तो कुर्सी किन हुन्छ प्यारो
    जतिसक्दो जनता झुक्याउने छ पारो
    ✍️ संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौं
    [१०]
    कहाँ कताबाट हुन्छ लाभ अनि आउँछ कमिसन र भत्ता भनेर हेर्ने
    यसैका लागि सत्तामा पुग्न पार्टी फुटाउन पछि नपरि दल पनि फेर्ने ।
    ✍️ सतीश पण्डित
    भानु६ चुँदी तनहूँ
    हाल चनपा६ मतातीर्थ।
    [११]
    काम केही भएन,खुट्टा तानेर नै तलब भत्ता पचाए,
    राजनितीको उपलब्धि विविध आरोपित मात्र बचाए।
    ✍️शंकर कार्की,मकवानपुर ।
    [१२]
    मान्छे आखिर डुबेपछि स्वादमा सत्ताको
    देशको चिन्ता हुन्न हुन्छ केवल भत्ताको ।
    ✍️बाबुराम पाण्डे
    अर्घाखाँची
    [१३]
    बल्ल पो थाहा पाएँ, किन जालझेल गर्दै ओगटेको भनेर सत्ता
    कतिन्जेल चुप लागेर दिन्छौ ए! सरकार तिनलाई मात्र भत्ता ?
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    [१४]
    अस्ति अर्कै छद्मभेष गरेर भित्र गर्याे राज
    शिसिकाे लेबल नयाँ हाेटेल रक्सी उही आज ।
    ✍️हिरालाल न्याैपाने
    बानपा८,काेटमाैला, सल्यान।
    [१५]
    कमाउने धन्दामा हुने थिए विश्वविजेता,
    सत्ताका लागि सधैँ मरिमेट्ने यी हाम्रा नेता।
    ✍️ज्ञानबहादुर क्षत्री
    सन्धिखर्क – २, अर्घाखाँची।
    [१६]
    खुसी सधैँ खान पाए कमिसन भत्ता
    बरु ज्यानै जाओस् हजुर छोड्दैनन् सत्ता ।
    ✍️अनिता भण्डारी ताप्लेजुङ
    [१७]
    शासनको बागडोर पाएपछि हातमा
    अकूत सम्पत्ति कमाउँछु एकै बातमा ।
    ✍️ डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    [१८]
    सत्तामा पुग्न भ्रष्ट नेता बाड्दछन् आश्वासन
    आफू र आफ्ना अगाडि बढ्छन् छैन सुशासन ।
    ✍️मन्जु जोशी
    डीलासैनी ५ बैतडी हाल भक्तपुर
    [१९]
    छैन लाज केवल सत्ताको लागि धाइन्छ
    जति गर्छु भष्टाचार त्यति पद पाइन्छ ।
    ✍️सुस्मिता अधिकारी ,काठमाडौँ
    [२०]
    सत्ताकै लागि गर्या हॅु राजनीति मैले
    कमाउन पाउॅदैछु बल्लबल्ल ऐले ।
    ✍️राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    [२१]
    सत्तामा बसेर लगाउँनेछु अरूलाई काम
    जति हुन्छ कुर्सी त छोड्दिन कमाउँछु है दाम ।
    ✍️अम्बिका अधिकारी
    झापा बिर्तामोड
    [२२]
    धन सम्पत्ति जोडे मैले जनतालाई मारी
    चिनिराख्नुस् मै हुँ हजुर नामुद भ्रष्टाचारी ।
    ✍ नवशिला
    नवदेव मार्ग ,लालभित्ती,मोरङ।
    [२३]
    सत्ता,भत्ता,कुर्सी अनि कमिसन खेल
    मेरै लागी सिर्जिएका गर्दै झेल मेल !
    ✍️विवश पारदर्शी
    झापा,
    [२४]
    रमाऔँ गरेर कर्म
    सुन्दर सेवा नै धर्म !
    ✍️आर्त अकुलीन
    [२५]
    पाएको सत्ता छोडिँदैन चाहे गर्धन जाला
    तलब र भत्ता हसुरिन्छ लगाइन्छ माला ।
    ✍️चूडा निर्भीक
    हालःकाठमाण्डौ ।
    [२६]
    चौकी भए पुग्छ चाहिँदैन अरू थोक
    कति धेरै लागेको हेर सत्ताको भोक ।
    ✍️बिके मुखिया
    दार्जीलिङ, भारत।
    [२७]
    सत्ता अनि भत्ता सदैव राजनीतिज्ञकाे दाउ
    जनता भने बाेकी हिँड्छन् यहाँ अन्यायको घाउ ।
    ✍️त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    [२८]
    सत्ता पाए सबै बिर्सिन्छन् हाम्रो देशका नेता
    कमिसन र घुसमा रम्छन् चढी गाडी सेता।
    ✍️तोया नाथ चापागाईं
    दमक,झापा,नेपाल
    [२९]
    विधि विधान बनाए तजबिज नीतिगत निर्भय
    राजनीति हैन लुटेरा समुह बनेकाछन् निर्दय ।
    ✍️प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    [३०]
    सबैभन्दा नाफामुलक पेशा हाम्रो देशमा त राजनीति नै भयो
    त्यति गर्न सकिएपछि विनाचिन्ता सबैको जिन्दगी ढुक्कले गयो !
    ✍️पवन्कुमार बुढाथोकी
    काठमाडौँ
    [३१]
    नेताको अनुहार लुकेको हुन्छ राजनैतिक पत्तामा
    कसरी हुन्छ देश बिकाश स्वार्थसिद्ध बसेर सत्तमा‌।
    ✍️राजनारायण राई राजदल बस्ती सोनादह
    [३२]
    नेता ज्यूको चल्यो सधैँ देशमा सत्ता
    वृद्ध आमाको नेता मिली खाए भत्ता !
    ✍️कृष्ण धामी – बझाङ
    [३३]
    जुका, किर्नाले टाेकेपछि घाउ यसै हुन्छ
    समयमा उपचार नपाए भित्र छुन्छ ।
    ✍️जी.वि.दाङ
    टुक्का
    [३४]
    सत्तामा हानाहान
    अचेल तानातान !
    ✍️ नागेन्द्रप्रसाद यादव, दाङ
    [३५]
    कति मरिहत्ते गर्छन् नेता पाउनलाई सता
    कुर्सी पाएपछि छाेड्दैनन् कमाइरहन्छन् भत्ता ।
    ✍️उर्मिला के.शी
    धनकुटा
    [३६]
    सत्ता बचाउनुछ मेरो काम
    अयस आराम मुखमा माम !
    ✍️कमला देवकोटा, पाल्पा
    [३७]
    सत्तामा बस्नेहरु सबै पैसा कमाउने दाउमा हुन्छ
    भ्रमको खेती गर्दै निमुखाहरूको भाग्यमा जालो बुन्छ।
    ✍️बि.कुलुङ
    दार्जिलिङ रंगबुल
    [३८]
    निरन्तर चलिरहोस् सत्तामा हाम्रो हालीमुहाली,
    फेरि फेरि आउदैन मौका गर्नुपर्छ यसैपालि ।
    ✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाइ ४ झापा
    [३९]
    के काम गर्नु र आफ्नै छैन राम्रो गति
    सबैलाई नै धपाऔँ बिग्रिसक्यो मति।
    ✍️पुष्कर भट्ट बैतडी
    [४०]
    देश चल्छ चलिरहन्छ युवा बाहिर गएपनि
    कमिसन त खानैपर्छ मुलुक टाट भएपनि ।
    ✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
    [४१]
    आगोको लपेटाले भन्दा भूकम्पले मन पोल्दैछ
    भन्नुपर्दैन परिस्थितिले नै आफैँ मुख खोल्दैछ ।
    ✍️अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ।
    [४२]
    दिनहुँ मेरो सबै नातागोता डिस्को बारमा नाँचोस्
    जनता मरोस् मतलब नै छैन मेरो चौकी बाँचोस् ।
    ✍️रमेश दियाली
    सिटोंग खरसाङ दार्जिलिङ।
    [४३]
    न वृद्ध न युवा सोच सबैको उस्तै कमाउने
    पैसा चाहे नालीमा किन नहोस् टिपी रमाउने ।
    ✍️ ध्रुव श्रेष्ठ
    खोटाङ हाल काठमाडौ ।
    [४४]
    निरन्तर चलिरहेछन् नेताहरूकै सत्ता,
    कानुन जति जनतालाई बसिखान्छन् भत्ता ।
    ✍️ शोभा आचार्य गौतम,
    काठमाडौँ
    [४५]
    सत्ताको लागि मरिमेट्ने छ हाम्रो देशमा
    भ्रष्टाचारीको मुद्दा हाल्दा सुनेन यस्तो केसमा ।
    ✍️ एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    [४६]
    अघि पछि हिँड्न पाउन, चम्चेदारी भाइ
    चलाउन पाइयोस् सत्ता खेलाई खेलाई ।
    ✍️ होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    [४७]
    फेरि किन छोड्छौँ कुर्सी तिमी पाए सधैँभरि
    पालैपालो भाग पुर्‍याउँ आफ्ना नजिक गरी ।
    ✍️दुर्गा आचार्य
    मोरङ
    [४८]
    नेताहरूको रोइलो छ अहिले संसद भवनमा सत्ताकै लागि
    प्रत्यक्ष हिलो छेप्दै उफ्रिए प्रतिपक्षमै रहने नेता सहभागी ।
    ✍️चुडामणी देबकोटा
    चनपा१३काठमाण्डौ
    [४९]
    नयाँ होस् वा पुराना खरानी घसेर आएका जोगी
    सत्ताविना बाँच्न नसक्ने प्राणी परेछ सारा भोगी !
    ✍️कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    [५०]
    जनताको नाममा दाम थापेर
    सरकारी जमिन उसै नापेर ।
    ✍️ नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    भारत
    [५१]
    गणतन्त्रको बलियो बाेट छ, त्यसमा लटरम्म नाेट ब्रम्हलुट पाइयो
    ओल्लाे हाँगो पल्लो डाली मिलेर सर्दै, जनताको रगत र पसिना खाइयाे ।
    ✍️रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    [५२]
    भत्ता खादै जनताको दुःखमा रमाउॅनु
    मर्ने बेला त्यही कुर्सीको खुट्टा समाउॅनु ।
    ✍️पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके।
    [५३]
    सत्ता र भत्ता कतै नजावस् अरू चाहिंदैन
    अन्यथा जन-आक्रोशबाट बाँच्न पाइँदैन ।
    ✍️परिक्रमा श्रेष्ठ, धरान -१५, सुनसरी।
    [५४]
    कति साह्रो फुर्ति हो नेता महाजनको
    भ्रष्टाचार गरेर कमाएको धनको ।
    ✍️साबित्री प्याकुरेल,धादिङ्ग।
    [५५]
    लुछाचुडी त दैनिकी हो, मतलब छैन होस् नहोस् विकास
    खेलो नै हराउछ, अलपत्र मुद्दाको ननिस्कियोस् निकास ।
    ✍️दीपा तिम्सिना
    ईलाम
    [५६]
    जहिले पनि हामी नेपालका दामी
    हाम्रो सत्ता भत्ता भारतकै गुलामी ।
    ✍️प्रेम थापा “मन”बागलुङ
    [५७]
    प्राण गए जाओस् तर छोड्दै छोडिन्न कसैगरि सत्ता
    पर्वाह छैन् कसैको पाउन कि नपाऊ तलब भत्ता ।
    ✍️भगवती दवाडी ,झापा
    [५८]
    जनता बिचरा भोट हाली हाली नेतालाई सत्तामा पुर्याउने
    जनता नै ट्वाल्ल परी हेरी बस्छ, नेता चाट्छ दुधको कुराउने ।
    ✍️मोती सुब्बा दार्जिलिङ निमकी डाँडा।
    [५९]
    केही सम्पत्ति कमाउन सत्तामा आएको
    देख्न खान नै सक्दैनन् हो कत्ति रिसाएको ?
    ✍️सरिता सेढाई धादिङ
    [६०]
    जालझेल, प्रपञ्च गरी पाएको सत्ता
    कसरी छोड्नु त कमिसन अनि भत्ता ।
    ✍️रुना कर्माचार्य दाहाल
    चितवन
    [६१]
    रहन पाऊँ यसरी नै निर्धक्क र मैमत्ता
    खान पाऊँ जिन्दगीभर कमिसन र भत्ता l
    ✍️ बाबुराम गौतम, गुल्मी
    [६२]
    कति खान्छाै खाऊ कमिसन खाने हाे सत्तामा छउन्जेल
    आखिर नेता न पर्याै तिमी जानेका छाै गर्न जालझेल।
    ✍️भवानी पाेखरेल (बाबु विराज)
    बाणगङ्गा १ चार नम्बर कपिलवस्तु
    [६३]
    कमिसन,भत्ताको लोभमा नेताजी पर्दा
    जर्जर बन्यो देश यिनै फटाहाले गर्दा
    ✍️ इमान सिंह के.सी.
    व्यास ९ धनुबेसी,कलेस्ति,तनहुँ
    [६४]
    घमण्ड धेरै पालेर हामी आफैँमा हेर धेरै मुर्ख बन्यौँ
    कसैको उन्नति देख्न नसकेर आलोचनाको बाटो खन्यौँ ।
    ✍️ बिकास छेत्री अञ्जान
    कैजले, बिजनबारी, दार्जिलिङ।
    [६५]
    लाज हुन्न नकचरो गर्छन् थरीथरी बात
    केका लागि थुपार्ने हो गरि गरि लामो हात ।
    ✍️दीपा समभाव
    खोटाङ्ग
    [६६]
    लेख्य विधामा मन लगाऊ
    भावना रूपी ज्ञान बढाऊ ।
    ✍️दुर्गा भट्टराई
    मोरङ
    [६७]
    छन् सबै यहाँ सत्ताको लागि पर्ने
    कसले होला देशको चिन्ता गर्ने ।
    ✍️प्रतिज्ञा प्रतिज्ञा
    मेहेलकुना सुर्खेत
    [६८]
    कर्णालीमै मुख धुने रहर थियो मेरो
    विकास पसी बिगार्दैछ सबै सेरोफेरो ।
    ✍️शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ
    [६९]
    चौकीमा बसेर त गन्दैछ नोट
    गरीबको कहिले देखेन चोट ।
    ✍️रमा गुरुङ्ग
    सालुगडा (सिलीगुडी)
    [७०]
    सत्तामा टिक्न पाए पो,सारा केस बिलाउँछन्
    सत्ताबाट हटे भोलि, जेल नेल दिलाउँछन्।
    ✍️रामशरण न्यौपाने, भक्तपुर
    [७१]
    किन चाहियाे सुकृति, कुकृतिकै केस
    जति लागाेस् ठेस, सत्ताराेहण नै बेस।
    ✍️हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, बनेपा १४ साँगा बजार।
    [७२]
    नेताले फेक्नेगर्छन् सत्ताको पासा
    जनताले नै भोक्नु पर्छ निरासा ।
    ✍️बिबा तामाङ
    लाटपञ्चर खरसाङ
    [७३]
    टिकाउनु छ जालझेलमा चार वर्षे सत्ता
    उड्छ साँचे त प्राण तलब कमिसन भत्ता ।
    ✍️इन्दु श्रेष्ठ, चितवन
    ~<•>~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभवLeave a Comment on ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १३५ सम्पन्न

    ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १३४ सम्पन्न

  • २९ बैशाख २०८१, शनिबार २२:३७ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३४ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ६५ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३४ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    प्रतिनिधि टुक्का- १३४
    ~<•>~
    बोल्यो कि त चिराचिरा नै पार्दछे जिब्रो हो कि छुरा
    सिपालु रहेछौ धार लगाउन, तिमी त ! ससुरा ।
    वसन्त अनुभव
    ~<•>~

    सहभागी टुक्काकारहरूका टुक्काहरू-


    [१]
    उठ् भन्दा उठ्नुपर्छ हजुर बस् भन्दा बस्ने
    कतिन्जेल होला यसरी नागिनले डस्ने ?
    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ
    ~<•>~
    [२]
    बाेली पनि गाेली जस्ताे घमण्ड झन् धेरै
    हैकम चलाई सब दास ठान्ने मेरै ।
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    ~<•>~
    [३]
    भाषण हेर न छुरा जस्तो घमण्ड गर्छौं किन धेरै
    बेरोजगारको भाँडो भरिँदा दोष जति सबै मेरै।
    ✍️ बिकास छेत्री अञ्जान
    कैजले, बिजनबारी, दार्जिलिङ।
    ~<•>~
    [४]
    सकेसम्म त डस्न खोज्छन् नागिनले अति
    नियालेर हेर्दाखेरि आफ्नै ज्यानको खती ।
    ✍️ बेदु न्यौपाने
    ~<•>~
    [५]
    अहङ्कारी सधैँ घमण्डमा तल्लीन रहन्छ
    आखिरीमा भवसागर तर्दा उही बहन्छ ।
    ✍️कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    ~<•>~
    [६]
    कुरा जस्तो धारिलो होला कि संसारमा कुनै छुरा
    कुराले नै पार्दछ सबैथोक पुरा अनि अपुरा ।
    ✍️दीपा समभाव
    दुबेकोल खोटाङ्ग
    ~<•>~
    [७]
    तिम्रो बोली व्यवहार छुचो रहेछ कति
    हैकम धेरै चलाउँदा पछि होला क्षती ।
    ✍️अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    ~<•>~
    [८]
    काम गर्नु केही छैन मुख मात्रै लाग्ने छुरा
    गरिबका सपनाहरू कहिले हुन्छ पूरा ?
    ✍️डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    ~<•>~
    [९]
    रिस तिम्रो बम जस्तो बोली तितेपाती
    हाँसीखुसी बोलिदिए हुन्थ्यो कति जाती !
    ✍️इमान सिंह के.सि.
    ब्यास ९ धनुबेसी,कलेस्ति,तनहुँ
    ~<•>~
    [१०]
    सबैभन्दा ठूलो रिस नै हो हाम्रो शत्रु
    अर्काको रिस गरेरै हुने भए पत्रु ।
    ✍️सरिता सेढाई धादिङ
    ~<•>~
    [११]
    बाहिर राम राम गर्दै रोप्छ्न् बगलीमा छुरा
    यता मुखले ठिक्क पर्छन् अरूसँग काट्छ्न् कुरा ।
    ✍️अनिता भण्डारी ताप्लेजुङ
    ~<•>~
    [१२]
    कतिपय अवस्थामा हिम्मत ठ्याक्कै जुट्दैन
    मन परेकी मान्छे सामु बोली पनि फुट्दैन ।
    ✍️ बि.कुलुङ
    दार्जिलिङ रंगबुल
    ~<•>~
    [१३]
    बोलीमा घमण्ड छ धेरै, हैकम चलाउने जस्तै
    राज्यसत्तामा ऊ नै पुग्यो, खेलाडी किपर नै तस्तै ।
    ✍️एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    ~<•>~
    [१४]
    केही बोल्नै हुन्न घरमा आजकल राम्रो कुरा
    घमण्डलेे भरिएका वचन लगाउँछन् छुरा ।
    ✍️शंकर कार्की,मकवानपुर।
    ~<•>~
    [१५]
    बोल्यो कि पोल्यो भन्छन् , गाउँघरका बुढापाका
    घ्याम्पो जस्तो भुँडी भइसक्यो अझै कति खाका ।
    ✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाइ ४ झापा
    ~<•>~
    [१६]
    गर्ने बेला बिहे गरियो, हत्ते हाली पूरा
    अचेल उनकै बोली सुन्दा लाग्छ है छुरा ।
    ✍️राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    ~<•>~
    [१७]
    चिप्लो घस्नेकाे छैन भर हान्छ पछाडिबाट छुरा
    सुन्दा मिठा मिठा बात आखिरमा सबै झुटा कुरा ।
    ✍️राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    ~<•>~
    [१८]
    सम्बन्ध बलियो बनाएर गरौँ कर्तव्य पूरा
    जे जे हुनु भयो अब नगर्नुहोस् बितेका कुरा ।
    ✍️अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    ~<•>~
    [१९]
    सिमा नाघी बोले हजुर होला आफैँलाई खति
    सिमा भित्रै बोली हजुर सुधारौँ है आफ्नो मति ।
    ✍️तोया नाथ चापागाईं
    दमक,झापा
    ~<•>~
    [२०]
    मुखमा धेरै ठुला ठुला कुरा हुनेको
    बात हुन्छ मिठाई जस्तै स्वाद गुनेको ।
    ✍️राजनारायण राई
    राजदल बस्ती सोनादह।
    ~<•>~
    [२१]
    यताउता हेर्छु सबैलाई आफ्नै ठान्छु यो सेरोफेरो
    आखिर विश्वास लायक कोही छैन संसार अँधेरो ।
    ✍️चुडामणी देबकोटा
    चनपा१३काठमाण्डौ
    ~<•>~
    [२२]
    तितो टर्रो बोले पनि भित्री गुण होला
    किन यस्तो भयो बुझ्नु नत्र मन रोला ।
    ✍️सतीश पण्डित
    चुँदी तनहू
    हाल चनपा ६ काठमनडौ।
    ~<•>~
    [२३]
    बिहेको चर्चामा समय गयो
    भनेको जस्तै न त उस्तो भयो ।
    ✍️नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    ~<•>~
    [२४]
    नबोली ढालिदिन्छौ शक्तिशाली मोरा
    आरोप बुहारी, काम बिगार्ने छोरा ।
    ✍️ पुष्पा राई, बादेल, खाेटाङ ।
    ~<•>~
    [२५]
    ससुरा त तै विसेक हुन् अझ कडा सासू
    तिनकी छाेरी झनै कडा खान्छे मेराे मासु ।
    ✍️भवानी पाेखरेल (बाबू विराज)
    बाणगङ्गा १ चार नम्बर कपिलवस्तु
    ~<•>~
    [२६]
    ओठभरि तिमी तेल दलेर बोल्छौ
    मनै जलाउने गरी भत्भती पोल्छौ ।
    रमेश दियाली
    सिटोंग खरसाङ दार्जिलिङ।
    ~<•>~
    [२७]
    अगाडि त ठिक्क पारी पछाडिबाट हान्छन् गोली मुटुभित्र बिझ्ने गरी जवाफ दिने कस्तो बोली ?
    मन्जु जोशी
    डीलासैनी ५ बैतडी
    ~<•>~
    [२८]
    लुते जिब्रो हजुरको रैछ छुरा
    छातीभरी बटुलेछु मैले कुरा ।
    ✍️रुना कर्माचार्य दाहाल
    चितवन
    ~<•>~
    [२९]
    रुप देख्दा अप्सराको उतैतिर धायौ
    बोली सुन्दा छुराजस्तो बल्ल थाहा पायौ ।
    ✍️त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    ~<•>~
    [३०]
    आगो खाई अङ्गार थुक्ने सासू रैछिन् बाई
    छोरी पनि उत्तिकै आगो पोल्छ आफैँलाई !
    ✍️विवश पारदर्शी
    झापा
    ~<•>~
    [३१]
    नगरी काम भाग हेर्छौ धेरै
    र भन्छौ भएको सम्पूर्ण मेरै !
    ✍️आर्त अकुलीन
    ~<•>~
    [३२]
    कुरा बुझ्ने कोही नि छैन सधैँ मेरा मनका
    ऐसेलु काफल खाए गुनाले पारी बनका ।
    ✍️कृष्ण धामी – बझाङ
    ~<•>~
    [३३]
    अब त जिब्रो पनि बाक्लो भयो होला दाँत पनि झर्नुपर्ने
    भुँडी फुलेर घ्याम्पो जत्रो रोग लागेर ओछ्यान पर्नुपर्ने ।
    ✍️अम्बिका अधिकारी
    झापा बिर्तामोड
    ~<•>~
    [३४]
    अहङ्कारी नबनेर बसे हुन्थ्यो बुवा
    सुती बस्नु खान दिन्छन् बुहारीले खुवा !
    ✍️कमला देवकोटा, पाल्पा
    [३५]
    छुराभन्दा धारिलो हुन्छ मुटु छियाछिया पार्ने बोली
    त्यसताका सामु नपर्नु जाती बेकार जोखिम मोली ।
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    [३६]
    राम्रो भए नाक फुर्क्याउने काम बिग्रिँदा दोष अर्काको छोरीलाई
    खान पाउनु केही छैन, दोष मात्र ? यसैले पारा चढ्यो मोरीलाई ।
    ✍️मोती सुब्बा, दार्जिलिङ निमकी डाँडा।
    ~<•>~
    [३७]
    सधैँ केही नबोली तिम्रो हैकम सहनु पर्ने कुरा
    बोल्यो भने तिम्रो मुटु खाने भन्छौ जिब्रो भयो रे छुरा ।
    ✍️सुशीला थापा
    निष्ठुरी
    ~<•>~
    [३८]
    अब खुसी पारेभन्दा मैले उल्टै गाली खाएँ
    खाली गाग्री भर्नलाई तालभित्र कति धाएँ ।
    ✍️हिरालाल न्याैपाने
    बानपा ८ काेटमाैला सल्यान
    ~<•>~
    [३९]
    छोरीलाई चलाख बनाउन धार नलगाए कसलाई पो लगाउनु
    प्रत्येक आमाबाबुको कर्तव्य हो आफ्ना छोरीलाई पनि बाठो बनाउनु !
    ✍️पवन कुमार बुढाथेाकी
    ~<•>~
    [४०]
    सिकाएको छु अन्यायसँग लड्नुपर्छ छोरी
    मुखभरिको जवाफ दिनु खोज्नेलाई जोरी !
    ✍️पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके।
    ~<•>~
    [४१]
    चलन पनि कस्तो आयो अरूको कुरा सुन्दै नसुन्ने
    राम्रो के हो, नराम्रो के हो ? खै केही पनि गुन्दै नगुन्ने ।
    ✍️प्रेम थापा “मन”बागलुङ
    ~<•>~
    [४२]
    यहाँ जति नबोल्यो उति छुचो बनाइन्छ
    छोरी दास नै ठान्ने, यसै लक्ष्मी जनाइन्छ।
    ✍️शोभा आचार्य गौतम
    काठमाडौँ
    ~<•>~
    [४३]
    जोडिएका नाताहरू त्यसै खासा कहाँ हुन्छन्
    आज्ञा शिरोपर नगर्ने मात्रै धुरुक्क रुन्छन् l
    ✍️बाबुराम गौतम, गुल्मी
    ~<•>~
    [४४]
    बिचराको नाउ बेचेको हरेक क्षेत्र देखेँ
    अनेक भोगे अनेक देखे कवितामा लेखेँ ।
    ✍️दुर्गा आचार्य
    मोरङ
    ~<•>~
    [४५]
    अलिकति खुसी देखियो तिम्रो त्यो आँखामा
    कुन्नी के के थियो खै नबुझिने त्यो भाषामा ।
    ✍️रघु थापा, सु न पा .१.
    ~<•>~
    [४६]
    बुहारीलाई पनि छोरी झैँ ठाने स्वर्ग जस्तै हुन्छ घर
    सासूससुरा ठाने आमाबाबु बुहारीलाई के को डर ?
    ✍️ध्रुव श्रेष्ठ
    खोटाङ हाल,काठमाडौ ।
    ~<•>~
    [४७]
    आफैँदेखि दुःखी छु म कसैलाई रुवाउँदिन
    गहमै सुकोस् आँसु तर कहिल्यै चुहाउँदिन।
    ✍️अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ।
    ~<•>~
    [४८]
    गरीब भनेर नगरौँ हेला
    पर्नेछौ तिमी एकदिन फेला !
    ✍️रमा गुरुङ्ग
    सालुगडा सिलीगुडी
    ~<•>~
    [४९]
    रुखो बोली नबोल ससुरा
    सोचेर सधैँ गर्नु है कुरा ।
    धनुष न्यौपाने यात्री
    जुम्ला
    ~<•>~
    [५०]
    मान्छेमा म सौखिन जात
    चल्छ जिब्रो चल्दैन हात ।
    ✍️विके माकजू , भक्तपुर ।
    ~<•>~
    [५१]
    असत्य जति नै लुकाइहाल्छे, चर्को कराएर
    सिद्दियो भन्छे पठाएको पैसा, जम्मै हराएर।
    ✍️सुस्मिता अधिकारी ,काठमाडौँ
    ~<•>~
    [५२]
    जति राम्रो गरे पनि दिने दोष मात्र
    यस्तै हुन्छ कलियुगको संसारी पात्र।
    ✍️अरुण कुमार भुजेल
    गोरू बथान, कालिम्पोङ,भारत।
    ~<•>~
    [५३]
    कहिलेकाहीँ बोल्नैपर्ने आउँदोरहेछ दिन
    अन्याय नसहँदा तिमी चोथाले भन्छौ र किन ?
    ✍️गंगा खड्का
    बूढानीलकण्ठ ,काठमाडौँ
    ~<•>~
    [५४]
    बोल्नु पनि कसरी ? तेरो त मुखै वैरी भन्छन्
    काम फत्ते गर्नु पहिले, हातमा पैसा गन्छन् ।
    ✍️Shukra Raj Kunwar
    ~<•>~
    [५५]
    इमान्दार बाहिरबाट भित्र मान्छे जाली
    कामकुरा चैँ एकातिर गफ चुट्ने खाली ।
    ✍️शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    ~<•>~
    [५६]
    दिनैभरि फेसबुक, टिकटक कुरा गर्छौ रातमा रिस लाउछ हेर म बुढाको कोही नहुँदा साथमा । ✍️सबिता खड्का कैलाली
    ~<•>~
    [५७]
    निको नै नहुने पीडा दिने वचनको छुरा
    सम्बन्धलाई पलभरमा बनाउने झुरा ।
    ✍️संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौँ
    ~<•>~
    [५८]
    म पनि ससुराको छोरी भन्दै जिस्क्याउन गएको
    थाहा पाइनँ उनको अचेल जिब्रो छुरा भएको ।
    ✍️ललिता गिरी सिन्धुली
    ~<•>~
    [५९]
    सत्य काम कुरा गरिएन हिजाे अस्ति कहिले
    जताततै गर्न थाले छि: छि: दुर दुर अहिले ।
    ✍️प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    ~<•>~
    [६०]
    राम्रो मुखले भन्यो भने त मान्दै नमान्ने
    हपार्नतिर लाग्दाखेरि भन्छन् खुब जान्ने ।
    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹
    ~<•>~
    [६१]
    तलाउ चलाई दिन्छन्
    माछाको हुर्मत लिन्छन् ।
    ✍️चिरञ्जीवी ढकाल
    नेपालगन्ज -२०
    राँझा एयरपोर्ट बाँके
    ~<•>~
    [६२]
    मुटुमाथि ढुङ्गा राखी हाँसेको छु अहिले
    आफन्तको शिकार थिइनँ म त पहिले ।
    ✍️नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर । हाल एनेलकुटी, सिरहा ।
    ~<•>~
    [६३]
    कहिलेकाहीँ कसैको बोली
    बन्न पुग्दछ फलामे गोली ।
    ✍️ज्ञानबहादुर क्षत्री
    सन्धिखर्क – २, अर्घाखाँची।
    ~<•>~
    [६४]
    बुहारीलाई पनि दिनुपर्छ छाेरीकै दर्जा
    कर्तव्य ठान्नुपर्छ हामीले नमानेर कर्जा ।
    ✍️हरिगाेपाल प्रधान
    काभ्रे, बनेपा १४ , साँगा बजार।
    ~<•>~
    [६५]
    बाहिर एउटा भित्र भित्रै हुन्छ मान्छे जाली
    काम केही छैन् भाषण मात्रै गर्छन् ठुला खाली ।
    ✍️ सहयात्री शाेभा अर्याल
    रुपन्देही
    ~<•>~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभवLeave a Comment on ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १३४ सम्पन्न

    ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १३३ सम्पन्न

  • २७ बैशाख २०८१, बिहीबार २२:४० मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३३ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ६६ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३३ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    प्रतिनिधि टुक्का- १३३
    ~<•>~
    माया गर्थेँ भित्रभित्रै आफूभन्दा धेरै
    अर्कैले सिउँदो भर्‍यो आँखा अघि मेरै ।
    वसन्त अनुभव
    ~<•>~
    [१]
    एउटा थियोे साथमा जगेडामा दुईचार
    यत्ति गर्न नसके त यो जवानीको के सार ?
    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ
    ~<•>~
    [२]
    माया मात्र गरेँ तर हत्ते गरिएन
    आफ्नाे भाग्य थिएन सिउँदाे भरिएन ।
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी ।
    ~<•>~
    [३]
    हिम्मत भए देखाउन आफ्नो कर्म गरेर
    लोकचार किन गर्छौ जनताको साम्ने धेर !
    ✍️ बेदु न्यौपाने
    ~<•>~
    [४]
    भन्नलाई त भन्ने गर्थ्यौ माया गर्छु भनी
    गर्न पाइन माया कस्तो महसुस पनि ।
    ✍️ मन्दिरा सेढाई मलेखु,धादिङ
    ~<•>~
    [५]
    छ नै के बाल आजभोलि सिन्दुर चुरी पोतेको
    हिँंड्छ्न् लुकीछुपी विदेशमा श्रीमान छ जोतेको !
    ✍️ इन्दु श्रेष्ठ,चितवन
    ~<•>~
    [६]
    आफ्नै पनि थियो मायाको मूल बन्ने रहर
    खडेरी पर्यो मनमा सुकेर बन्यो बगर।
    ✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८
    ~<•>~
    [७]
    सिउँदो भर्ने भनेर कत्ति गरिछ्यौँ हत्ते
    दिएको काम कहिल्यै गरेकीछ्यौँ र फत्ते?
    ✍️वअर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    ~<•>~
    [८]
    तिमीलाई माया गर्छु भन्न सक्नुपर्थ्यो
    पछुताई आज आई आँसु किन झर्थ्यो ?
    ✍️ सरिता सेढाई धादिङ
    ~<•>~
    [९]
    खुट्टा भए पाइएला नि जुत्ता थरी थरी
    रुन नपरोस् टाउको समाइ घरि घरि ।
    ✍️ सतीश पण्डित
    भानु६ चुँदी तनहूँ
    हाल चनपा ६ मातातीर्थ
    ~<•>~
    [१०]
    चोखो प्रेमको नाटक गरी हिस्सी काली मोरीले
    आखिर मलाई पाइहाली ससुराकी छोरीले ।
    ✍️ राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    ~<•>~
    [११]
    माया त गरेकै हो मैले आफूलाई भन्दा नि धेरै
    अर्कोलाई अङ्गालो हाले पछि कसरी भनौँ मेरै ।
    ✍️ शंकर कार्की,मकवानपुर।
    ~<•>~
    [१२]
    कसरी जिवित रहुँला सम्बन्ध फटाएर
    बस्नुपर्छ अन्तिम गन्तव्यसम्म रमाएर ।
    ✍️ कला ढकाल झापा
    ~<•>~
    [१३]
    फूलले फूललाई मन परायो
    आखिर समयले टाढा गरायो !
    ✍️ आर्त अकुलीन
    ~<•>~
    [१४]
    दायाँबायाँ माया गर्नेछन् यहाँ कति कति
    एउटीले भन्दा अरूले त भन्दैन्न पति।
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    ~<•>~
    [१५]
    आभास हो प्रेम त होइन मुखले बोल्ने कुरा
    छाडी गयो बैगुनीले मनमा चलाएर छुरा ।
    ✍️ दिपा तिम्सिना
    ईलाम
    ~<•>~
    [१६]
    लगाइरहे सधैँ मैले एकोहोरो माया
    म जस्ता धेरै रहेछन् उसको दायाँबायाँ !
    ✍️ विवश पारदर्शी
    झापा,
    ~<•>~
    [१७]
    गर्नलाई त माया गरेँ वाचा कसम गरेर
    तर सिउँदो अर्कैले भर्‍यो विश्वासमा परेर ।
    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹
    ~<•>~
    [१८]
    स्वार्थी संसारमा मायाको लाग्छ धेरै बजार
    भेटिन्छ जिन्दगीमा मन पराउने हजार ।
    ✍️ डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    ~<•>~
    [१९]
    देखावटी तिम्रो माया भित्रभित्रै रहेछाै नि जाली
    कहिलेसम्म राखुँ मैले तिम्रो लागि सिउँदाे खाली ।
    ✍️ भवानी पाेखरेल(बाबू विराज)
    बाणगङ्गा १ चार नम्बर कपिलवस्तु
    ~<•>~
    [२०]
    चोखोमाया गरेकी छु भन्थी पराइ भई
    मुटुमा नमेटिने दाग बसाएर गई ।
    ✍️ बिके मुखिया
    दार्जिलिङ, भारत।
    ~<•>~
    [२१]
    एकोहोरो अव्यक्त प्रेम आफैँ भित्र रह्यो
    सिउँदो भर्यो अर्कोले मुटुले ब्यथा सह्यो।
    ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ
    ~<•>~
    [२२]
    मनको मान्छे तिमी कति टाढा भयो
    मलाई भुली कतै पर चाँडै गयो।
    ✍️ नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    ~<•>~
    [२३]
    सधैँभरि नछुटोस् माया भनी बसेको छु जपी
    उता भने अर्कै खेल रहेछ, गयौ पिर थपी ।
    ✍️ प्रेम थापा “मन”बागलुङ
    ~<•>~
    [२४]
    स्वार्थी रहेछन् उनीहरू त अब कसो गरूँ
    अन्योल भो हजुर मलाई न बाचूँ न मरूँ ?
    ✍️ नील हरि काफ्ले
    सिन्धुली हाल काठमाडौँ
    ~<•>~
    [२५]
    कति धेरै माया गर्थेँ निष्ठुरीलाई मैले
    आखिरमा छाेडी गयाै धाेका दियाै नि ऐले ।
    ✍️ उर्मिला के.शी.
    धनकुटा
    ~<•>~
    [२६]
    चोखोमाया कलियुगमा एकादेशको कथा बन्छ
    जसलाई गर्‍यो माया आखिर उसैले खेदो खन्छ ।
    ✍️ गंगा खड्का
    बूढानीलकण्ठ ,काठमाडौँ
    ~<•>~
    [२७]
    काम सकिएपछि भनेर के पो होला
    अब हिँडे हुन्छ हजुर बोकेर झोला ।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा- ६ संखुवासभा ।
    ~<•>~
    [२८]
    चन्द्र हेर्दै रात त्याे बित्दछ आँगनीमा टाेलाएर
    चिना खाेल्छु तिमीलाई पाउन ज्याेतिष बाेलाएर ।
    ✍️हिरालाल न्याैपाने, बानपा ८, काेटमाैला, सल्यान
    ~<•>~
    [२९]
    सच्चा मायाको जगतमा नहुने नै भयो जतन
    जसरी मुनाकै यादमा कल्पिएर मरे मदन !
    ✍️ बि.कुलुङ
    दार्जिलिङ रंगबुल
    ~<•>~
    [३०]
    मेरो माया तिमीलाई पचेन रे भन्थे
    माया किन्दै बेच्ने तिमी,अरूले के गन्थे ?
    ✍️ ध्रुव श्रेष्ठ
    खोटाङ हाल काठमाडौ ।
    ~<•>~
    [३१]
    पिरतीको छायामा बसी चोखो माया मैले दिए
    छोडेर गयौ निष्ठुरीले आज आँसु मात्रै पिएँ ।
    ✍️ मन्जु जोशी
    डीलासैनी ५ बैतडी
    ~<•>~
    [३२]
    त्यति धेरै माया पाउनु भाग्य हो मेरो
    किन खै निस्किएन तोडी मनको घेरो ?
    ✍️ दीपा समभाव
    खोटाङ्ग
    ~<•>~
    [३३]
    माया कै पछि लागेर हो, गयो जोवन खेर
    बुढेसकालमा आँखा खुले उमेर भो धेर ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाइ ४ झापा
    ~<•>~
    [३४]
    मैले पनि तिमीलाई नै धेरै माया गरे
    देखाउन नजाने रै दोधारमा पो परे ।
    ✍️ सुशीला शिखा
    काठमाडौं कागेश्वरी
    ~<•>~
    [३५]
    निमुखाले धोका खान्छ बिग्रिन्छ है पारा
    हाने मर्छ बोले टर्छ भन्छन् लोक सारा।
    ✍️ रामशरण न्यौपाने, भक्तपुर
    ~<•>~
    [३६]
    सिन्दुर मेरो लाएपछि, तिमीले पैसा माग्यो
    मरुभुमिको देशबाट, पैसा पठाए भाग्यो ।
    ✍️ एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    ~<•>~
    [३७]
    माया गरेको
    धोका भरेको !
    ✍️ नागेन्द्रप्रसाद यादव , दाङ
    ~<•>~
    [३८]
    तिमीलाई माया गर्दागर्दै जिन्दगी नै भयो आधा,
    मेरो जीवनको यात्रामा तिम्रो माया नै भयो वाधा।
    ✍️ रमेश दियाली
    सिटोङ्ग खरसाङ दार्जिलिङ।
    [३९]
    एउटै बन्धनमा बाँधिने भाग्यमानी जोडी
    नियतिमा नहुने सम्बन्ध जाने रैछन् छोडी ।
    ✍️ संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौं
    [४०]
    एउटीलाई माया गरेको भए त ! पछुताउनै पर्दैन
    विश्वास गरि नभड्के तिम्रै हो सिन्दुर अरुतिर सर्दैन ।
    अम्बिका अधिकारी
    झापा बिर्तामोड
    ~<•>~
    [४१]
    चोखोमाया गरेँ मैले उसकै भर परेको
    उसले त रहेछ मायामा नाटक गरेको ।
    ✍️ अनिता भण्डारी ताप्लेजुङ
    ~<•>~
    [४२]
    बुढो प्रदेश बुढी यता एक्लै बस्छिन् घर
    घर गरेर बस्लान् भन्ने छैन खासै भर ।
    ✍️ बाबुराम पाण्डे
    अर्घाखाँची
    ~<•>~
    [४३]
    निको चालको देखिएन माया गर्ने छाँट
    साँचो माया भए गर्थ्यौ सिउँदो भर्ने आँट ।
    ✍️ उमा दाहाल शुन्दर हरैँचा -१० मोरङ
    [४४]
    चोखो छ माया भन्थ्यो नि बरै मनमा लेखियो
    बाचा कसम भाँडमा जाओस् भन्ने पो देखियो ।
    ✍️रचना शर्मा प्रतीक्षा
    ~<•>~
    [४५]
    माया गर्छु भन्नेको पनि निको छैन चाला
    एकपछि अर्को चुनेर टाँसिहिँड्छ गाला ।
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    ~<•>~
    [४६]
    राम्रो केही साच्नु हुन्न संसारमा टिपी दिन्छन् फूल
    असल जति लान्छन् त ढिला गरी नगर्नु है भूल ।
    ✍️रामप्रसाद पुरी बादेल, खाेटाङ ।
    ~<•>~
    [४७]
    माया गर्थे कति खै बुझ्न सकेनौ कहिल्यै
    तिमी आउने बाटो कुरेर बस्थे जहिल्यै ।
    ✍️शोभा आचार्य गौतम
    काठमाडौँ
    ~<•>~
    [४८]
    तिम्रो र मेरो भाग्यमा लेखेको रहेछ यस्तै
    एउटा नदीका यी दुईवटा किनारा जस्तै।
    ✍️ज्ञानबहादुर क्षत्री
    सन्धिखर्क – २, अर्घाखाँची।
    ~<•>~
    [४९]
    तिम्रो माया काम लागेन छैन रहेछ दाम
    धन विनाको केटा मलाई काम छैन राम ।
    ✍️विके माकजू , भक्तपुर ।
    ~<•>~
    [५०]
    निष्ठुरी अधर्मीले बुन्यो जाल, मलाई छोडी अन्तैतिर ।
    मर्नु न बाँच्नु बनायो, उसैको यादमा भा’छु पिरैपिर !
    ✍️कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    ~<•>~
    [५१]
    हामीलाई छुट्टाउनु यो समाज लागिपर्यो
    के गर्छौ तिमीले भर्ने सिउँदो अर्कैले भर्यो ।
    ✍️प्रतिज्ञा प्रतिज्ञा
    मेहेलकुना सुर्खेत
    ~<•>~
    [५२]
    बच्चाको आमा उसकै बन्नेछिन् भोलि
    तिमी बस बगाउँदै आँसुको खोली ।
    ✍️पुष्पा सुवेदी
    नेपालगन्ज, बॅाके।
    ~<•>~
    [५३]
    एकतर्फी मायाले हुन्न प्रस्ताव राख्नुपर्छ
    सिन्दुर कसको लाउने उसैले निधो गर्छ।
    ✍️अरुण कुमार भुजेल
    ~<•>~
    [५४]
    माया भन्ने के रहेछ पिरतीकाे खेल
    माया माया भन्दाभन्दै नगर है झेल !
    ✍️शालिकराम दाहाल
    ~<•>~
    [५५]
    आफ्नै घर जलाएर कैयौँ यहाँ आगो निभाउन पुगेका कथा लेखेँ
    आफन्त चिन्नै छोडे यो भिडमा यस्ता थुप्रै जीवात्माहरू घुमेको देखेँ ।
    ✍️अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ।
    ~<•>~
    [५६]
    मनभित्र तस्बिर सजाएर तिम्रै यादमा पर्खिरहेँ
    आएनौ कति निष्ठुरी रहेछौ तिम्रै यादमा तड्पिरहेँ ।
    ✍️गंगाराम यादव
    औरावनी २ सुनसरी
    ~<•>~
    [५७]
    म परदेश आएँ लाखौँलाख ऋण मागेर
    उसले सोचेछन् पिँजडाको फुत्कियो भनेर ।
    ✍️भुपेन्द्र राना मगर
    धादिङ
    ~<•>~
    [५८]
    जति गर्छु माया झनै उति गर्छाै हेला
    गर्नुगर्याे असत्तीले अब पर्ला फेला ।
    ✍️हरिगाेपाल प्रधान
    काभ्रे, बनेपा १४ साँगा धजार।
    ~<•>~
    [५९]
    भित्रभित्रै माया गरे दुःख हुने भयो
    आज हेर अर्कैले सिन्दुर भरी गयो ।
    ✍️धनुष न्यौपाने यात्री
    जुम्ला
    ~<•>~
    [६०]
    दुईवटा मन मिले हुने रहेछ माया
    तेस्रोको‌ दखल भएमा नै पर्दछ छाया ।
    ✍️कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    ~<•>~
    [६१]
    मुटुमा सजाए जसलाई उसैले दियो मर्म
    सिन्दुरपोते पराइको लगाई नमानी शर्म ।
    ✍️ रुना कर्माचार्य दाहाल ,चितवन
    ~<•>~
    [६२]
    मनमा माया थियो भने पहिला भन्नुपर्थ्यो
    समयमा नै सोचेको भए किन आँसु झर्थ्यो ।
    ✍️बाबुराम गौतम, गुल्मी
    ~<•>~
    [६३]
    तीरजस्तै तिखाे रहेछ उनकाे नजर
    पहिलाे भेटमा बाध्य पारिन् चुम्न अधर ।
    ✍️प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    ~<•>~
    [६४]
    रहर सबै मारियो उसकै लागि कल्कलाउँदो जवानीमा
    मेरो बाध्यता नहेरेर रोइरहने बनायो जिन्दगानीमा ।
    ✍️चुडामणी देबकोटा
    चनपा१३ काठमाण्डौ
    ~<•>~
    [६५]
    मायाप्रीति आजभोलि हुन थाल्यो खेल
    सिन्दुरको धर्का बिच देख्छु नौलो झेल ।
    ✍️महेन्द्र मान बलामी
    दक्षिणकाली न.पा-९ फर्पिङ ,काठमाडौँ ।
    ~<•>~
    [६६]
    अलिक भिन्न देखिँदाे छ पिरतीकाे जात्रा
    भेट्ने छुट्ने क्षणभरमा नमिलेमा मात्रा ।
    ✍️रामकृष्ण दुवाडी
    पाेखरा
    ~<•>~
    [६६]
    भित्रभित्रै माया लाएको उसले पछि चाल पाइन्
    सम्झी सम्झी याद गरेर कठै विरह गीत गाइन् ।
    ✍️मोती योन्जन, सुब्बा
    दार्जिलिङ निमकी डाँडा भारत।
    ~<•>~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभवLeave a Comment on ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १३३ सम्पन्न

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P