काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३२ औँ शृङ्खला सम्पन्न भएको छ । अभ्यासमा नेपाल लगायत विश्वका ६२ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो । टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३२ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
प्रतिनिधि टुक्का- १३२ ~<•>~ भनेकै छु समृद्धि, ल्याउँछु म भनेर असन्तोषी रै’छौ तिमी खोज्दै छौ झन् धेर ? वसन्त अनुभव ~<•>~ [१] छैन अपुग नै, छन् सबै मालामाल खान पिउन भाषण छ फालाफाल । ✍️ वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ ~<•>~ [२] भाषण जस्तै धनकाे ओइराे फालाफाल आफ्नैतिर साेझ्याउने हाे समृद्धिकाे छाल । ✍️ ताराप्रसाद चापागाईँ धुनिबेसी । ~<•>~ [३] जति भए नि नपुग्ने असन्तोषी मन दुखी बनाउने संसारमा पापी धन। ✍️ संगीता खरेल काठमाडौँ ~<•>~ [४] समृद्धि त यहाँ ल्याउनसम्म नै ल्याए सामान्यले खोइ कहाँ के पाए ? त्यसका फल धेरै ठुलाबडा नेता र उनका वरिपरिकाले खाए । ✍️ पवनकुमार बुढाथेाकी काठमाडौँ ~<•>~ [५] समृद्धि यिनीहरूले कागजमा ल्याउॅंछन् भाषण सुन्ने जनले अझै खै के पाउॅंछन् ? ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन। ~<•>~ [६] जान्न अन्त मलाई मेरै घर प्यारो आफ्नै जमिन जोत्छु भए पनि सारो । ✍️ शशीश्री आचार्य बौद्ध कुमारीगाल काठमाडौं ~<•>~ [७] देशमा नै समृद्धि लेराउँछु भन्न त भन्यौ तर पैसाको रास आफ्नै परिवारमा गन्यौ। ✍️ सुशीला शिखा काठमाडौँ कागेश्वरी ~<•>~ [८] भन्ने मात्र गर्छौ छोपी दाउ, मुर्ख बनाएर भो अब बसिनसक्नु, पुरै देश गनाएर। ✍️ अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ संखुवासभा । ~<•>~ [९] घाेषणा पत्रमा लेखिन्छ समृद्ध नेपाल बनाउने नारा सत्तामा पुगेपछि देशको अर्थतन्त्र ध्वस्त पारेउ सारा । ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर । ~<•>~ [१०] पीर नगर हात राखी गालामा समृद्धि ल्याउँछु नि मेरै पालामा । ✍️ डम्बर थामी ‘अनुपम ‘ कालिन्चोक गा. पा. -६, दोलखा । ~<•>~ [११] बस्न बाध्य भएका छन् जनता नेताहरू कै नाटक हेरेर उहीँ नेता हुन् जता पनि के विकास हुन्छ मात्र पाटी फेरेर । ✍️ अनिता भण्डारी ताप्लेजुङ ~<•>~ [१२] चुस्यौ रस आफू खाेस्टा फ्याँकेऊ सदा हामीतिर लाजसरम पचाउनेलाई केकाे लाग्छ पिर ? ✍️ त्रिलाेचन भण्डारी मेचीनगर, झापा ~<•>~ [१३] भो नगर तिमीले समृद्धिका कुरा मुखमा राम राम बगलीमा छुरा । ✍️ पुष्पा सुवेदी नेपालगन्ज,बॅाके। ~<•>~ [१४] कागज र भाषणमा मात्र समृद्धि ल्याउँछु भनेर कहाँ हुन्छ गरि नदेखाएसम्म जतिसुकै राम्रा नारा होस् मन कहाँ छुन्छ ? ✍️ सतीश पण्डित भानु ६ चुँदी तनहूँ हाल चनपा ६ मातातीर्थ ~<•>~ [१५] आशा नै हो जीवनको बलियो आधार कल्पना नगरे कहाँ मिल्नेछ आकार ? ✍️ कार्की डिबी माकुम सुनवल-४, नवलपरासी ~<•>~ [१६] चप्पल पड्काइ सहर छिरे अहिले छ है महल राजनीतिले बदलिदियो अहिले चहलपहल । ✍️ नवशिला, नवदेव मार्ग , लालभित्ती,मोरङ। ~<•>~ [१७] चुनाव हुँदा चर्को चर्को लगाई हिँड्थ्यौ नारा माखो मारेनौ जितेपछि देखाई छाड्यौ पारा । ✍️ विके माकजू , भक्तपुर । ~<•>~ [१८] औलो दिदा डुँडो ताक्छौ, खुट्टो दिए घुडो माग्छौ समृद्धि दिन खोज्दा खैराते किन पर भाग्छौ ? ✍️ विवश पारदर्शी झापा ~<•>~ [१९] यथार्थमा तिम्रो सपना अब आफैँसॅग राख हामी नेताले गरेको भ्रष्टाचारको स्वाद चाख । ✍️ राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ ~<•>~ [२०] विकासको लहरै लाउछु,भन्थ्यो यहाँ नेर, कठै उ पनि त भाषणमा,मात्रै रह्यो हेर । ✍️ एवाइ प्रभात सहिदभुमि धनकुटा ~<•>~ [२१] समय र मान्छे बदलिए, मन उस्तै तिमीमाझैँ हुँदैछ यता ममा दुरुस्तै ! ✍️ दीपा समभाव दुबेकोल खोटाङ्ग ~<•>~ [२२] बाहिर छँदा अति सार्है गुड्डी हाँक्ने तिम्रो बानी सत्तामा पुगेपछि पछार्यौ बिरोधी छानीछानी । ✍️ प्रेम थापा “मन”बागलुङ ~<•>~ [२३] देशको निमित्त हामी बाँचौंँ यसैले दिलमा माया राखौँ । ✍️ नीमा छिरिङ भोटिया ~<•>~ [२४]. सबैले मनमा सन्तोष लिने गर सफल बन्न कसैको भर नपर । ✍️ लक्ष्मण देउवा डोटी हाल भारत । ~<•>~ [२५] सक्छौ नया आशा उमारिदिनु सक्दैनौ पुरानो नमारिदिनु । ✍️ रघु थापा, सु न पा १. ~<•>~ [२६] पीडामा बाँच्न गाह्रो मुटुको व्यथा साह्रो ! ✍️ आर्त अकुलीन ~<•>~ [२७] हेर्दै जाऊन् मैले के के गर्नेछु आफू हसुरी कनिका छर्नेछु ! ✍️ कमला देवकोटा, पाल्पा ~<•>~ [२८] भने जस्तो पुगेकै छ किन मान्नु पिर , तलमाथि भएमा चलाउला नि तिर । ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा ~<•>~ [२९] हातमा हात मिलाइ खाेलाैँ समृद्धिकाे नाैँलाे ढाेका देश सम्मुनत बनाउँ, नपाराैँ आफूमात्र पाेका। ✍️ हरिगाेपाल प्रधान काभ्रे, बनेपा १४ साँगा बजार । ~<•>~ [३०] कस्ताे खालकाे समृद्धि हाे तिमीले ल्याउछु भनेकाे कहिले हेर्न पाइएला खै देश समृद्धि बनेकाे । ✍️ भवानी पाेखरेल (बाबू विराज) बाणगङ्गा १ चार नम्बर कपिलवस्तु ~<•>~ [३१] भोलिको दिनको छैन कसैले देखेको भावीले छैठीको दिनमा के छ लेखेको ? ✍️ कला ढकाल, झापा ~<•>~ [३२] वाचा कसमका पोकापोकी मैलियो देशमा निराशा र वितृष्णा फैलियो । ✍️ रचना शर्मा प्रतीक्षा, ललितपुर ~<•>~ [३३] खुट्टा मेराे नतान भाे कस्ताे हाेला मैले आकाश छुँदा जातभात जादैन साथी दुखी असक्तकाे लुगा धुँदा । ✍️ हिरालाल न्याैपाने, सल्यान काेटमाैला। ~<•>~ [३४] बन्यौ अचम्म गर्ने देश समृद्धि जन खातिर तिमी थिर गर्छौ जहिले काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर । ✍️ इन्दु श्रेष्ठ,चितवन ~<•>~ [३५] भाषणको उन्नति देखाई यहाँ गर्छन् सबै विकास सत्ता हात पारेपछि तिनैले सोर्दैछन् आफ्नै निकास । ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹 ~<•>~ [३६] समृद्धि ल्याउँछु भनेर मात्र कसो गर्नु नसके ल्याउन हुनेछ फेरि फाटिमर्नु । ✍️ इमान सिंह के.सि. व्यास ९ धनुबेसी कलेस्ति तनहुँ ~<•>~ [३७] भयो, परेन तिम्रो धन चाहिएन अति रहोस् यो देश, माटो नहोस् है कुनै दुर्गति । ✍️ मोती सुब्बा दार्जिलिङ भारत। ~<•>~ [३८] ढाँटेर साधा, काम गर्ने बेला त बाधा, गाग्रीमा पानी आधा आफू भयाै गाधा, ठानेउ आफैँलाई राधा, तर पुर्खाै नाधा । ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ ~<•>~ [३९] सिधा साधा सबैलाई एउटै थालमा मुस्दैछ अभागीको रगत पसिना एकदमै चुस्दैछ । ✍️ अन्मोल मुस्कान ~<•>~ [४०] शोषण र दोहनको, आगो मात्रै बाली समृद्धिका कुरा गर्छौ, छोटेराजा पाली। ✍️ रामशरण न्यौपाने, भक्तपुर ~<•>~ [४१] पालैपालो फेरिन्छ शासक सबैले ल्याउँछ समृद्धिको कुरो आफूले भरपुर कमाउँछन् छोड्छ समृद्धि थपक्क अधुरो । ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे ~<•>~ [४२] तिम्रो समृद्धि कहिलेसम्म पर्खेर बसौ युगौँ जुटिसक्यौ आसै आसमा खुसी हुनेहरूको सारा जीवन लुटिसक्यौ । ✍️ अम्बिका अधिकारी झापा बिर्तामोड ~<•>~ [४३] कैयौँपटक सपनामा नेपाललाई, सिङ्गापुर बनाए झुक्याए पुरानोमा नयाँ खोल राखेर, भोटलाई मनाए । ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ ~<•>~ [४४] भने मात्रै पुग्छ हजुर गर्नुपर्दैन जति नै आस दिए पनि मनै सर्दैन । ✍️ धनुष न्यौपाने यात्री जुम्ला ~<•>~ [४५] भोट माग्दा चिल्ला कुरा हामीबीच छोड्यो जितेपछि बाटो फेरि अर्कैतिर मोड्यो । ✍️ भगवती दवाडी ,झापा ~<•>~ [४६] सदियौँदेखि भन्ने गर्छन् सरकारले, ल्याउँछु देशमा समृद्धि घुसखोरी देशमा बिगबिगी छन् अनि कसरी हुन्छ देश वृद्धि ? ✍️ Hari Narayan Chaudhary ~<•>~ [४७] चौकीको लालच देखाएर भाषणमा भोटको नै चल्यो चाल बेरोजगारको भाँडो भरिएपछि युवाहरू भए बेहाल। ✍️ बिकास छेत्री अञ्जान कैजले, बिजनबारी, दार्जिलिङ। ~<•>~ [४८] जालझेल बुनेर अति भयाे कति लुट्ने त्याे दिन अवश्य आउने छ जनले चुट्ने । ✍️ प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे । ~<•>~ [४९] मुखले बोलेर हुन्न भाइजी गरेर देखाउनुपर्छ तालसहितकोे बाजा बजेर संसार भेटाउनुपर्छ । ✍️ नन्दलाल आचार्य सिद्धार्थटोल, उदयपुर । हाल- एनेलकुटी, सिरहा । ~<•>~ [५०] थुप्रै पुस्ता बितिसके समृद्धिको आसमा बस्दा सन्तोषी कहाँ हुन सकिन्छ भोकले भुँडी कस्दा । ✍️ अरुण कुमार भुजेल गोरूबथान,कालिम्पोङ,भारत। ~<•>~ [५१] आशा भराेसा देखाई विश्वासिलाे बन्नेहरू मानव श्रम पसिना किन्दै नाेट गन्नेहरू । ✍️ Bhanu Pokharel ~<•>~ [५२] बारम्बार भ्रष्टाचारीहरू नै देशको सत्तामा आयो खुब उन्नति गर्यो देशले नभएकै समृद्धि पायो। ✍️ बि.कुलुङ दार्जिलिङ रंगबुल ~<•>~ [५३] समृद्धि नै ल्याउँछु भन्दै भयौ आफैँ मालामाल आफू भयौ पूर्णता जनतामा गर्यौ महाजाल । ✍️ बेदु न्यौपाने ~<•>~ [५५] के गर्न सक्छौ भन्ने बुझेका छन् सारा मुखले मात्र ठिक्क पार्ने तिम्रो पारा । ✍️ प्रतिज्ञा प्रतिज्ञा मेहेलकुना सुर्खेत ~<•>~ [५६] सुख समृद्धि, आस नगर्नु सबैले पाउने भाग्यमानी उहीँ हुन्छ नेताको पछि धाउने । ✍️ होम प्रसाद नेउपाने धरान,सुनसरी । ~<•>~ [५७] फ्याँकेर जनतामाझ सधैँभरि समृद्धिको जाल मृत्युपर्यन्त नै हुने भयौ आफूमात्रै मालामाल l ✍️ बाबुराम गौतम, गुल्मी ~<•>~ [५८] समृद्धि त मात्र भोट माग्ने भाँडो रहेछ कुर्सी प्राप्तिसँगै समृद्धि अलप भएछ। ✍️ तोया नाथ चापागाईं दमक,झापा,नेपाल ~<•>~ [५९] पहिले आफूलाई नेल्सन मण्डेला जस्तै हो भन्यौ अहिले सारा देश र जनता पुरिने खाल्डो खन्यौ । ✍️ रमेश दियाली सिटोंग दार्जिलिङ। ~<•>~ [६०] कुरा बढी काम नगर्ने अगुवा सबै अल्छी अब पालो युवाहरूको देशमा खेल्ने बल्छी । ✍️ पद्मा काश्यप पाण्डे, मोरङ ~<•>~ [६१] विकास नारामा सिमित भयो, कमाउमा जीवन हेर विश्वासले मत दियौ बालुवामा पानीझैँ गयो नि खेर। ✍️ शंकर कार्की, मकवानपुर। ~<•>~ [६२] तछाडमछाडको यो दुनियाँमा बाँच्न गाह्राे समृद्धि ल्याउछु भन्नेहरू नै लड्दै छन् साह्रो । ✍️ शोभा आचार्य गौतम काठमाडौँ । ~<•>~
काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३१ औँ शृङ्खला सम्पन्न भएको छ । अभ्यासमा नेपाल लगायत विश्वका ६० जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो । टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३१ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
प्रतिनिधि टुक्का- १३१ छैन भरोसा रत्तिभर, आज हो कि भोलि कहिले पर्छ दैवको लाठी, पर्दछ गोली !
वसन्त अनुभव
[१] पाहुना हामी दुई दिनको किन गर्ने लोभ हाँसीखुसी दिन कटाऔँ नमानेर क्षोभ ! ✍️ वसन्त अनुभव
घोराहीउपमहानगरपालिका १४, दाङ
[२] रिसराग गर्नु छैन दुई दिने पाहुना जानी खुसी भै बाच्ने गरौँ नहुँदै आफ्नो शव खरानी ।
✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
[३] रिसराग घमण्ड केको लागि गर्नु सत्कर्म गरेरै भावसागर तर्नु । ✍️ बिकास छेत्री अञ्जान
काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३० औँ शृङ्खला सम्पन्न भएको छ । अभ्यासमा नेपाल लगायत विश्वका ५४ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो । टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३० औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
प्रतिनिधि टुक्का- १३०
समस्याका डङ्गुर छन् आएको छ नयाँ वर्ष पेटमा मुसा दौड्नेगर्छन् दु:ख मानौँ कि हर्ष ?
वसन्त अनुभव
[१] केवल पात्रो फेरिँदैमा अवस्था फेरिँदैन नजर उही दृश्य उही फरक हेरिँदैन । ✍️ वसन्त अनुभव
घोराहीउपमहानगरपालिका १४, दाङ
[२] सकूँ लक्ष्य चुम्न गरेर मेहनत अनि सङ्घर्ष सम्भावना बोकेर आओस् यसपालीको नववर्ष । ✍️ नवशिला
[२४] नैराश्य नभइकन मनाउनु नयाँ वर्ष एकदिन अवश्य छाउँछ रे सर्वत्र हर्ष। ✍️ अरुण कुमार भुजेल
गोरूबथान,कालिम्पोङ,भारत।
[२५] खाउन् मस्तले पेट भरुन् ठगले यस वर्ष, हामी ठगेर खाँदैनौँ गर्छौँ कठिन सङ्घर्ष। ✍️ होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
[२६] फाल्न सक्छ बढारेर समस्याको जाक नयाँ वर्ष तय गर्ला खान दुई छाक ! ✍️ विवश पारदर्शी
झापा
[२७] गते फेरियो बार फेरियो, फेरियो महिना र साल लथालिङ्ग देशको भताभुङ्ग चाला फेरिएन हाल । ✍️ कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे
[२८] एकअर्काको हात समाएर गर्नुछ उत्कर्ष यस्तै यस्तै शिक्षा लिएर आए हुन्थ्यो नववर्ष ! ✍️ बि.कुलुङ
दार्जिलिङ रंगबुल
[२९] बाहिर सुनाैलाे बाेक्राे भित्रभित्रै सबै खाेक्राे। ✍️ हरिगाेपाल प्रधान
काभ्रे, बनेपा १४ साँगाबजार।
[३०] देशको हालत बिजोग छ, नववर्ष आए पनि सुनिदैन विचार नेताको, मान्छे आफ्नै जगे अनि। ✍️ एवाइ प्रभात सहिदभुमि धनकुटा [३१] गते बार फेरिए, फेरिए महिना र साल लथालिङ्ग र भताभुङ्ग भयो देशको ताल । ✍️ दुर्गा भट्टराई
मोरङ
[३२] समस्या आउछन् जान्छन् नयाँ वर्ष जस्तो अवस्था हुन्छ उस्तै समय सोचे सस्तो ।
✍️ सुस्मिता अधिकारी , काठमाडौँ
[३३] समस्या जहीँका तही छन् आयो नयाँ वर्ष उही छ दिन अनि रात उमङ्ग न हर्ष । ✍️ शोभा आचार्य गौतम
काठमाडौँ
[३४] नयाँ नयाँ उमङ्ग बोकी आयो नयाँ साल किनी ल्याओस् अब छिट्टै देश भक्तिको पाल । ✍️ दीपा समभाव
दुबेकोल खोटाङ्ग
[३५] सामाजिक संजाल भरि देख्छु आयो भन्छन् सबैले नयाँ वर्ष भित्तामा सज्जिने पात्राे फेरिन्छ तर गरिबलाई छैन हर्ष। ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
[३६] आयो नयाँ वर्ष खै के लिएर आयो बस्ती घच्घचायो निदबाट जगायो ।
✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८
[३७] हातमा शक्ति हुनेहरूले बेस्सरी दुरुपयोग गर्छन् युवा बरा ! पेटको आगो निभाउन सात समुद्र तर्छन् ।
✍️ बाबुराम गौतम, गुल्मी
[३८] भित्तेपात्रो फेरिँदै जान्छ हरेक वर्ष नै नयाँ सालमा हर्ष के हो थाहा छैन बिताउनु पर्छ जिन्दगी पालमा ।
✍ राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ ।
[३९] शुभेच्छा यही पस्किएँ आज यथार्थ उन्नत बनाेस् समाज । ✍️ रामकृष्ण दुवाडी
पाेखरा
[४०] नववर्षले पेट भरिन्न देखिन्छ नाङ्गाभोका । कोही भेटिदैनन् संसारका मन्दिरमा नरोका । ✍️ चुडामणी देबकोटा
चनपा १३ काठमाडौँ
[४१] पुरा होउन् मनले सोचेका ती हरेक चाहना सबैलाई नयाँ वर्षको हार्दिक शुभकामना ।
✍️ कृष्ण धामी – बझाङ
[४२] पात्रो फेरिएझैँ फेरिउँन् दुखीले गरेको सङ्घर्ष नयाँ आयाम लिएर आओस् यो एकासी नववर्ष। ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१
हालः-अमेरिका,बोस्टन।
[४३] नयाँ वर्षले साँच्चै नयाँ परिवर्तन लिएर आओस् अलकति दया र मानवताकाे सत्ता देशले पाओस् । ✍️ ताराप्रसाद चापागाईँ
धुनिबेसी
[४४] उदायो नवीन वर्ष मनमा देखियो हर्ष !
✍️ आर्त अकुलीन
[४५] लिई आऊ सुख समृद्धि र दिगो हर्ष सबैको बनोस् उल्लासमय नयाँ वर्ष ।
✍️ पद्मा काश्यप पाण्डे, मोरङ
[४६] समस्या यस्तै हो, आउँछ जिन्दगीमा झेल्दै र खेल्दै जाओैँला, यी खाने मुखलाई जुँगाले छेक्दैन, जुरेकाे जे छ खाओैँला ।
✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
[४७] वर्ष फेरिए जस्तै भ्रष्टहरूको अवस्था चैँ फेरियोस्
नयाँ वर्षले देशमा जनताको सहकाल घेरियोस् ।
✍️ बेदु न्यौपाने 🇳🇵
[४८] सबैकाे मनमा खुुसी अनि हर्ष दु:ख भुलाएर आयाे नयाँ वर्ष। ✍️ सहयात्री शाेभा अर्याल
रुपन्देही
[४९] देश र तिम्रो समस्या बारे मलाई के थाहा ? नववर्षसॅंगै झन् भित्राएँ लाग्ने गरी आहा ।
✍️ म्यामराज राई, भोजपुर
[५०] आयो नयाँ वर्ष दु:ख मेटियोस् भोकोपेट भर्ने बाटो भेटियोस् । ✍️ मन्दिरा सेढाई
मलेखु,धादिङ
[५१] बिहानीको किरणसँगै फेरि आयो नयाँ वर्ष समस्याको ओइरो देख्छु बिस्मात मान्नु कि हर्ष ? ✍️ तोया नाथ चापागाईं
दमक,झापा
[५२] आउँदोरहेछ धनीलाई हरेक दिन नयाँ वर्ष रित्तो खल्ती भएकालाई खै केको उमङ्ग केको हर्ष । ✍️ राजेशराज गड्तौला
काँडाघारी, काठमाण्डौ
[५३] खाली पेट भर्नलाई अब गरौं है सुरु समस्याको समाधानमा आफै बन्नु गुरु ।
✍️ धनुष न्यौपाने
[५४] नयाँ वर्षले सबैमा सुख शान्ति छाओस् सिर्जना गर्न अति धेरै जाँगर आओस् भगवती दवाडी ,झापा ~<•>~
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १२९ सम्पन्न
काठमाडौँ । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२९ औँ शृङ्खला सम्पन्न भएको छ । अभ्यासमा नेपाल लगायत विश्वका ४९ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो । टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२९ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
टुक्का माथि टुक्का- १२९ आँखा छोप्नु कान थुन्नु नि सकिन्न भने बरु किन जल्छौ म जे गरुँ देखीनसहनेहरू ? वसन्त अनुभव
[१] जल्नेहरू जलिरहून् खरानी नै बनून् आफ्नो बाटो नछोड जसले जे जे भनून् । ✍️ वसन्त अनुभव घोराहीउपमहानगरपालिका १४, दाङ [२] पत्रपत्र जलेर खरानी भएको बेला आगोमा घिउ थप्न भएछौ आएर भेला । ✍️ अम्बिका अधिकारी झापा बिर्तामोड [३] नेताको बोलीमा फेरि तिमी भुलियो हन चियामा त कति चिनी गुलियो । ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ भारत [४] हेर्दिनँ भने पनि देखिन्छ आँखा अघि भएपछि यस्ताे हर्कत गर्नुभन्दा त ! मर ढुक्क गएपछि । ✍️ बाबू विराज बाणगङ्गा १ चार नम्बर, कपिलवस्तु [५] हावा निकै चल्यो सत्ता हेर ढल्यो । ✍️ नागेन्द्रप्रसाद यादव, दाङ [६] आँखा छोप्छु मुखै थुन्छु भुलिदिन्छु भनी झल्को मेट्न सकिएनँ घाँटी रेटे पनि । ✍️ मन्दिरा सेढाई मलेखु,धादिङ [७] मानव बेचिने देशमा मानवताको छैन कदर कानुन हुँदाहुँदै पनि हुने सजाय किन बदर ? ✍️ कार्की डिबी माकुम सुनवल-४, नवलपरासी [८] छन् यहाँ धेरै अरूको उन्नति अनि प्रगतिमा जल्नेहरू केही गर्न सक्दैनन् आखिर अह्राएको बुद्धिमा चल्नेहरू । ✍️ बाबुराम पाण्डे अर्घाखाँची [९] यहाँ सोच्दैछन् कसरी सकिन्छ छल्न अरूको प्रगति भयो कि थाल्छन् जल्न । ✍️ प्रतिज्ञा प्रतिज्ञा मेहेलकुना सुर्खेत [१०] कसैले सक्तैन छेक्न जल्ने मानव जातिलाई आफ्नो कर्तव्य नभुली बढौँ सही बाटो समाई । ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन। [११] जल्नेहरू हिँड्छन् सधैँ मुन्टो बटारेर के नै खालो सार्लान् र खै खुट्टा लतारेर ! ✍️ विवश पारदर्शी झापा [१२] जलेर सकिनु सकियो सबै भित्र भित्र हेर्नु सिवाय हेर्दै बस जलेको त्यो चित्र ✍️ बेदु न्यौपाने [१३] धेरै धेरै सम्झना हजुर, आँखा छोप्नु किन नि? मात्र सम्झेको बहिरो बन्न सकिनँ, केही भन्न सकिनँ, व्यर्थ किन बम्केको ? मोती सुब्बा दार्जिलिङ निमकी डाँडा । [१४] लाग्छ उन्नतिको शिखरमा पाइला टेकी मरुँ प्रशस्त छन् आँखा लोभी र मन पापी गर्नेहरू। ✍️ भुपेन्द्र राना मगर धादिङ [१५] खानु जति खायौ अब अति भयो बल्ल पो तिम्रो पालो हेर आएछ आफूले गरेको बेइमानीले बल्ल लाग्दैछ मुटु कलेजो खाएछ। ✍️ सुशीला शिखा काठमाडौं कागेश्वरी [१६] नजलाऊ धेरै जल्नै बाँकी के छ र अब मिसिएपछि खरानी माटो नै भयो जब । ✍️ होम प्रसाद नेउपाने धरान,सुनसरी । [१७] मान्छेहरूको स्वभाव नै जल्ने हो जल्न दिनु बरु घिऊ तेल थपिदिनु गुनासो नलिनु । ✍️ भुजेल अरुण शान्ति गोरुबथान,कालिम्पोङ,भारत। [१८] अरूको प्रगतिमा जल्ने रिसको आगो आफैँ गल्ने । ✍️ संगीता खरेल चन्द्रागिरी ८ काठमाडौँ [१९] भित्ताको पनि कान हुन्छ सुन्नुपर्ने सस्तो हत्केलाले घाम नै छेक्ने भन तिमी कस्तो । ✍️ धनुष न्यौपाने गुठीचौर गाउँपालिका ०४ बिगारे जुम्ला [२०] गरिखानेकाे आरिस गर्छौ, तिमी आफैँ गर्दैनाै केही, त्यसै मर्छाै पापैपापले भरेको घडा बाेकेर, भवसागर कसरी तर्छाै । ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ । [२१] नेता न हुँ यो देशको तिमीहरूले नै चुनेको मलाई किन रिस गर्छौ अवसर मैले पाएको छु मैले भकारी नभरे के तिमीहरुले भर्छौ ? ✍️ पवनकुमार बुढाथेाकी काठमाडौँ [२२] गाँउ खायौ, सहर खायौ, खायौ सिङ्गो देश जनतालाई झुक्याएर फेर्यौ आफ्नो भेष । ✍️ ध्रुव श्रेष्ठ हाल,काठमाडौ । [२३] अरूको खुट्टा तान्नेहरू धेरै छन् यहाँ जान्नेहरू । ✍️ बि कुलुङ रंगबुल दार्जिलिङ [२४] आफूले गर्न सक्दैनन् अरूलाई भन्छन् सजिलो गरी छक्कै पर्छु आजभोलि कस्तो हो रुवाउँछन् धरधरी। ✍️ अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ संखुवासभा [२५] परिश्रमी त देखासिकी सधैँ आफैँ गरिखान्छन् आरिसे गरिखान नसकी रिसले मरिजान्छन् । ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर । [२६] जतिसुकै अग्लाे टाकुराेमा बसेर काैलासे पनि लाज उद्रिन्छ विधि विधान मिचेर गरेका कामले खै कसरी बानी सुध्रिन्छ । ✍️ प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे । [२७] आँखा जलिरहेछ, पोलिरहेछ यो मन अरूको प्रगति देख्दा असह्य हुन्छ झन । ✍️ राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ । [२८] के के गर्न मन छ तिम्रो आफ्नो खुसी गर काम कुरो बिगारेर मेरो भर नपर । ✍️ नन्दलाल आचार्य सिद्धार्थटोल, उदयपुर हाल- एनेलकुटी, सिरहा । [२९] मैले आँखा छोपे पनि सत्य कहाँ लुक्ला ? गल्ती स्विकारी जनसामु अब को झुक्ला ? ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ [३०] उद्यमीको ढुङ्गामा मेवा फल्छ आरिस गर्ने सलाइझैँ जल्छ । ✍️ बिके मुखिया दार्जिलिङ,भारत। [३१] प्रगतिमा जल्नेलाई जलिरहनदेऊ जता हुन्छ आफ्नो भलो त्यतै शरण लेऊ । ✍️ त्रिलाेचन भण्डारी मेचीनगर,झापा [३२] आँखा खोलेर हेर्नु कान कोट्याएर सुन्नु के देख्छौ सुन्छौ अरू दुश्मन पनि कुनै दिन काम लाग्छ रे दोष नथोपर्नु बरु । ✍️ चुडामणी देबकोटा चनपा१३काठमाण्डौ [३३] वायुमण्डलमा प्रदुषण सार्है भयो चर्को लाग्न थाल्यो मानवदेखि प्रकृतिलाई झर्को । ✍️ शशीश्री आचार्य बौद्ध कुमारीगाल काठमाडौं [३४] तिमी जस्ता भ्रष्टहरूको त को छ र साथी जस्ले गर्छ असल कर्म ऊ नै हुन्छ माथि । ✍️ दस्ता कौशिक [३५] जसले जति गरून् प्रगति उन्नति, किन आँखा तराैँ हामी पनि गराैँ सकेजति प्रगति त्यसै किन मराैँ । ✍️ हरिगाेपाल प्रधान काभ्रे, बनेपा १४ साँगाबजार। [३६] झिँगाको सरापले डिँगो मर्दैन जे गर्छौ गर सुर नछोडी गर्छु काम जली मर्नेहरू मर । ✍️ सतीश पण्डित चुँदी तनहूँ हाल चनपा६ मातातीर्थ [३७] आलोचना गरेर सदनमा बिताए एकले अर्काको कुभलो मात्र चिताए। ✍️ कला ढकाल, झापा [३८] आरिसेहरू जलिरहन्छ अरू के काम वास्ता गर्न छोडिदिए, कमाउनु छ दाम । ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाइ ४ झापा [३९] म जे गरौँ जसो गरौँ न तिमीलाई केको खसखस अर्काको प्रगति देखेर जल्नेहरू आँखा चिम्ली बस । ✍️ अनिता भण्डारी ताप्लेजुङ [४०] जल्न खोज्छन् आफ्नाहरू, सफलताको शिखर चढ्दा गन्तव्य भुल्नुहुन्न परिश्रमी बनी अगाडि बढ्दा । ✍️ शंकर कार्की,मकवानपुर । [४१] कोसिस गरेको हो हजुर मूर्खलाई पाठ सिकाउन कतै अन्धो कतै बहिरो हुनुपर्छ सम्बन्ध टिकाउन। ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे [४२] मनमा सधैँ हामीले खुसी नै खुसी त छर्नु मरेर गए पनि इतिहासमा नाम भर्नु। ✍️ श्रीकृष्ण धामी – बझाङ [४३] अरूको रिस गरे उल्टै आफूलाई नै खन्छ आफ्नै कर्ममा विश्वास गर्ने ठूलो मान्छे बन्छ । ✍️ गंगा खड्का बूढानीलकण्ठ, काठमाडौँ [४४] कस्ले देख्छ र यहाँ भित्र भित्रै मन बल्छ आगोमा हिड्नेकै यहाँ पाइलाहरू जल्छ । ✍️ दीपा समभाव खोटाङ्ग [४५] जल्नेहरू जलेर नै मरुन् छोड्दैनौँ आफ्नो ताल लोभको प्यास जागिरह्यो भए पनि मालामाल l ✍️ बाबुराम गौतम, गुल्मी [४६] दुईजिब्रेको चालै त्यस्तै कुरा लगाइरहने भएको थिचोमिचोमा हामी अब किन सहने ? ✍️ प्रेम थापा “मन”बागलुङ [४७] सङ्कीर्णताको राग अलाप्दै नसोध के भो भनी झन् अघि अघि बढ्दै जानु विध्न बाधा आए पनि । ✍️ डम्बर थामी ‘अनुपम ‘ कालिन्चोक गा. पा. -६, दोलखा [४८] जल्नेलाई जल्न दिने सहवास मैले माने किचकिचेको सङ्गत छोडी अन्त कतै जाने । ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹 [४९] गाउँ र बस्ती मिलेर सारा सबैले सपार माटोको माया बुझेमा आज हुनेछ अपार ! ✍️ आर्त अकुलीन ~<•>~
काठमाडौँ । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२८ औँ शृङ्खला सम्पन्न भएको छ । अभ्यासमा नेपाल लगायत विश्वका ५७ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो । टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२८ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
टुक्का माथि टुक्का- १२८ डाडुपन्यु उनकै हातमा उनी परे भान्छे भोकै छु भन्न हुने नहुने आफू सानो मान्छे । वसन्त अनुभव
सहभागी टुक्काकारहरूका सुन्दर टुक्काहरू-
[१] धेरैबेर बसेँ र्याल काढ्दै टुलुटुलु हेरी अघाएपछि देलाँ भनेको खानथाल्यो फेरि । -वसन्त अनुभव
घोराहीउपमहानगरपालिका १४, दाङ
[२] उँचाे अझै माथि चढ्याे सबै उसकाे हातमा थिचिएर मर्न लाग्याे निचाे अनेक बातमा । -ताराप्रसाद चापागाईँ
धुनिबेसी
[३] खान एक्लै पल्केकाले अरूलाई दिन्थ्यो किन ? यस्तै मोजमस्ती टिक्छ होला भन हरदिन । -अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१
हालः-अमेरिका,बोस्टन।
[४] डाडुपन्यु आफ्नै हातमा चढेँ आफैँ माथि हेर्या हेर्यै नै सबै भए अरू धेरै साथी।
-बेदु न्यौपाने 🇳🇵
[५] आफ्नै हातमा भएपछि ढुकुटीको साँचो अरूले जेसुकै खाऊन् मलाई केको खाँचो । -डम्बर थामी ‘अनुपम ‘
कालिन्चोक गा. पा. -६, दोलखा ।
[६] डाडुपन्यु हातमा भए पनि भोकभोकै भान्छे आफूलाईभन्दा अरूलाई सोच्ने संस्कारी मान्छे।
-प्रेम सुनार दैलेख
[७] हातमा डाडुपन्यु भएर भाेकै भान्छे धेरै दयालु हुन्छन् अरूकाे साेच्ने मान्छे । -केसर बाेहरा ( सङ्घर्ष ) सुदूरपश्चिम अछाम ।
हाल भारतबाट ।।
[८] गरे जस्तै गर्छन् नेताहरू चोखो व्यवहार, त्यसैको आडमा गर्छन् उनी खुब भ्रष्टाचार। -सुरेशकुमार पाण्डे
दाङ घोराही १८
[९] उमेर हेरेर दिँदा हुनेथियो भान्छेले तब त चिन्थ्यो राम्रो भनेर अरू मान्छेले। -अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा – ६ संखुवासभा ।
[१०] डाडुपन्युको सहारामा आफूआफैँ नै बाँचेका भोक लाग्यो भन्न नसकेर रोएका न हाँसेका। -अम्बिका अधिकारी
झापा बिर्तामोड
[११] भान्सामा डाडुपन्यु आफ्नै हातमा पार्छु मीठा मीठा खानेकुरा तर पनि मार्छु । -रचना मोक्तान “यात्री”
नमोबुद्ध न. पा.-५, काभ्रे ।
[१२] डाडुपन्यु साथमा राखेरै पुगेको छु यहाँसम्म मैले कुर्सी पाउनैहुन्न, किन पर्छन् अरू अचम्म । -राजेशराज गड्तौला
कॅाडाघारी, काठमाण्डौ
[१३] आज तिमी बनेका छौ भान्से भोकै नरहून् कुनै मानिस हौँ हामी तिमी जस्तो खाँदैनौँ धातु सुनै।
-भगवती दवाडी
[१४] जहाँ पनि जसरी पनि बन्न खोजेर भान्छे देवता बन्ने होडमा राक्षस बन्दैछ मान्छे ! -दीपा समभाव
खोटाङ्ग
[१५] उही जगन्नाथ डाडुपन्यु पर्छ जसको हात भोको छु म भन्नै हुन्न रे पेटमा मारिन्छ लात ! -विवश पारदर्शी
झापा,
[१६] डाडुपन्यु जसको हातमा उसले मात्रै पेट भर्ने खान दिन्छ भनी पर्खेर बस्ने जति भाेकै बस्नु पर्ने। -राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
[१७] सबथाेक तिमीसँगै छ जिवनका हरपलमा पाल या फाल अधरकाे चिन्तन छैन याे थलमा। -हिरालाल न्याैपाने
सल्यान, बानपा ८
[१८] यस्तै हो यहाँ जे पनि आफू आफू गर्ने सोचिरहेका हुन्छन् कसरी पेट भर्ने । -प्रतिज्ञा प्रतिज्ञा
मेहेलकुना सुर्खेत
[१९] बेमौसमी देशको ढिकुटी पस्कन थाल्छौ जब तिम्रै घ्याम्पे भराऊ, दु:खीलाई नहेर भो अब ।
-प्रेम थापा “मन”बागलुङ
[२०] दोबाटोमा एक्लाएक्लै हुन किन आउनु तिम्ले बाटो मोडेपछि बेकार के धाउनु।
-घनश्याम पन्त, हरिवन सर्लाही
[२१] सरकारले गल्ती गर्यो, गर्छन् मन्त्रीकै कुरा नगरिकन चक्काजाम, हुँदैन इच्छा पूरा ।
-अजय कुमार झा, महोत्तरी, जलेश्वर
[२२] सानाे मान्छे हाे भन्दैमा के खाना खानै नपाउने मासु जति तिमी खाने हड्डीमात्रै म चपाउने। -भवानी पाेखरेल (बाबू विराज)
बाणगङ्गा १ चार नम्बर कपिलवस्तु
[२३] मह काढ्ने हात चाट्ने नियमै छ बारे दोष मात्रै नफलाक्नु सके चाट प्यारे !
-कमला देवकोटा, पाल्पा
[२४] आफ्नै मान्छे गतिला छन् सबैतिर मेरा उनी बस्ने महलमा छैन मेरो डेरा। -होम प्रसाद नेउपाने
धरान,सुनसरी।
[२५] रोइलो गरेर के गर्नु अधिकार उनैले लिए अभाव भोकमरी सधैँ उपहार सम्झेर दिए ! -नील हरि काफ्ले
सिन्धुली (हाल काठमाडौँ)
[२६] ठुलालाई चैन छ यहाँ सास्ती छ गरिब दु:खीलाई सामन्तहरू फुर्ती लाउँछन् समानताको गीत गाई । -बाबुराम पाण्डे
अर्घाखाँची ।
[२७] यहाँ जहिले पनि हुन्छ गरिबलाई सास्ती हुनेखाने ठुलाबडालाई हुन्न नाइँनास्ती ।
-अनिता भण्डारी ताप्लेजुङ
[२८] पैसा र पद सबैथोक देख्दा भयो यो गति नेताको हर्कतले नि सुध्रिने भएन मति ।
-पद्मा काश्यप पाण्डे, मोरङ
[२९] भरोसाको खेतीमा भ्रमको आगो जलाई सास्ती बाहेक के दियौ र खै सत्ता चलाई । -संगीता खरेल
चन्द्रागिरी ८ काठमाडौं
[३०] सिकेका छन् मान्छेले पनि बकुल्लोको ध्यान खोला झोलामा हाल्दाको कायदा पायो ज्ञान । -कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे
[३१] रुम मिलाएँ मैले ऊ त अन्तै गयो आफ्नोमान्छे आजभोलि अर्कैको भयो ।
काठमाडौँ । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२७ औँ शृङ्खला सम्पन्न भएको छ । अभ्यासमा नेपाल लगायत विश्वका ६० जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो । टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२७ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
टुक्का माथि टुक्का- १२७ यता या त उता, जता मिल्छ मोल खेलाडी हुँ हान्छु, उतैतिर गोल ! ✍️वसन्त अनुभव
सहभागी टुक्काकारहरूका सुन्दर टुक्काहरू-
[१] जति सक्छौ सुटुक्क ठूलो हड्डी फाल त्यसपछि पो ! देख्नेछौ मेरो कमाल । ✍️ वसन्त अनुभव घोराहीउपमहानगरपालिका १४, दाङ [२] दुनियाँ नै स्वार्थी छ दुनाे साेझ्याउन ताक्ने चहार्दैमा मालामाल छ कहिल्यै नथाक्ने । ✍️ ताराप्रसाद चापागाईँ धुनिबेसी [३] काम गर्दै जाँदा साथी मिल्नुपर्छ मोल म पनि त खेलाडी हुँ हान्दै लान्छु गोल । ✍️ बेदु न्यौपाने [४] अर्काको आस त गरेर कतिन्जेल बस्छौ हार्ने खेलको खेलाडी बन्न कम्मर कस्छौ ✍️ अम्बिका अधिकारी झापा बिर्तामोड [५] मेरो काम हड्डी फाल्ने उसको कामै तान्ने जसले फाल्छ झनै ठूलो उतैतिर मान्ने । ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन। [६] बेला यही हो फेरि फेरि आउन्न यस्तो मौका जसले जे भने पनि छोड्नुहुन्न हान्न चौका । ✍️ अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ संखुवासभा । [७] फूलबारीमा सजाऔँ सबै फुलाई रहर देशको माया अमर हुन्छ गाउँ र सहर ! ✍️ आर्त अकुलीन [८] त्यतिमात्र लिन्छु म त, जति सक्छु बोक्न, नसिकाऊ त्यसपछि कुलेलम ठोक्न । ✍️ होम प्रसाद नेउपाने धरान,सुनसरी । [९] खेलाडीले जहिले पनि ताक्ने हो नि पोल, गोलभित्रको रहस्य त हुन्छ अनमोल । ✍️ त्रिलाेचन भण्डारी मेचीनगर,झापा [१०] यताउता जहाँ गए पनि गर्छु मैले शासन, मैले सदैव गरिरहन्छु समृद्धिको भाषण । ✍️ डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा. पा. -६, दोलखा । [११] अस्थिरताको गोल हान्ने भयो हाम्रो काम जनतालाई भुलाए पाइन्छ बल्ल माम । ✍️ प्रेम थापा “मन” बागलुङ [१२] राजनीतिको खेल हो, सत्ताका लागि मिल्नै पर्छ म जस्तै नेता भए मात्रै लुटेरै शासन गर्छ । ✍️ राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ [१३] आकाशकाे तारा मिर्मिरेमा झरेर बिहानीपखमा नै झुल्किन्छ घाम आमाले भन्छिन् देशको लागि मरेर सुनौलो अक्षरमा लेखाउ नाम । ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर ठिमी ५ संगम काेलानी राधे राधे भक्तपुर । [१४] फुटबल जस्तो पो भयो, पालैपालो गोल बिक्न थाले मान्छे, जता आउँछ बडी मोल। ✍️ शंकर कार्की थाहा नगरपालिका ३ मकवानपुर। [१५] म त खेलाडी मात्र हैन व्यवस्थापक हजुर टिक्न टिकाउनु पर्छ माेलताेल हुन्छ जरूर । ✍️ प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे । [१६] तिम्राे देशमा खेलहरू हुँदाेरहेछ प्राय: राती खेल्दै जाँदा ख्याल गर्नु फेरि गाेल हाेला आत्मघाती । ✍️ भवानी पाेखरेल (बाबू विराज) बाणगङ्गा १ कपिलवस्तु [१७] जसले पायो उसले खायो नपाउने टेबुल ठटायो । ✍️ बिके मुखिया दार्जिलिङ भारत। [१८] ओल्लो पोस पल्लो पोस मिलाएरै मोल तोल, जसोतसो आफ्नै तर्फ मैले छिराकै छु गोल ! ✍️ विवश पारदर्शी झापा [१९] अचम्मको हुँदोरहेछ यो राजनीतिको खेल जसले सक्छ उसले गर्छ षड्यन्त्र, जालझेल । ✍️ बाबुराम पाण्डे अर्घाखाँची [२०] जनताहरूलाई आँखामा छाराे हालाैँ जहाँ घुस पाइन्छ त्यही कदम चालाैँ । ✍️ केसर बाेहरा ( सङ्घर्ष ) सुदूरपश्चिम अछाम । हाल भारतबाट ।। [२१] असली गोलको मोल अचेल जिरो जालझेलको पारखी दाइ नै हिरो । ✍️ नन्दलाल आचार्य सिद्धार्थटोल, उदयपुर हाल- एनेलकुटी, सिरहा [२२] सकेसम्म त सोझ्याउँछु मैले आफ्नै दुनो चाहे पुग्नु परे परोस् कठघराको कुनो ! ✍️ कमला देवकोटा, पाल्पा [२३] मलाई पीडा भएको हो तिम्रो यही बानीले पहिले यस्तो थिएनौ बिग्रीयौ भट्टी पानीले। ✍️ मन्दिरा सेढाई मलेखु,धादिङ [२४] देश सकियो नेताहरूको मतिले यो जनता धनी भयो आफ्नो गतिले । ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ [२५] मेरो तेरो भन्दाभन्दै मरिन्छ प्रभु नाम भुले कहाँ तरिन्छ ? ✍️ कार्की डिबी माकुम सुनवल-४, नवलपरासी [२६] खेल हो कि जाल या झेल हुन् सबै बेमेलको खेल ! ✍️ दीपा समभाव खोटाङ्ग। [२७] जतिसक्दो चाँडो हड्डी मैतिर फाल थाहा पाउछौ तिमी मेरो बाघचाल । ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाइ ४ झापा [२८] आऊ कुरा गरौँ रुम म मिलाउँछु फाट्यो भने मन बिस्तारै सिलाउँछु । ✍️ नागेन्द्रप्रसाद यादव , दाङ [२९] पालिरहेका नेपालीले बिनाआम्दानीकाे कालो हात्ती रजाइँ छ, गरेर मस्ति मामाकाे धनमा मात्ती मात्ती । ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ । [३०] तानातान भयो त्यो आमाको हड्डी जता नि पुग्ने पाए पैसाको गड्डी । ✍️ टिकाराम पुन पुकार छत्रेश्वरी गाउँपालिका २ सल्यान [३१] भन्नेले भन्दै गर्दैछन् म गर्ने मोलतोल खेलाडी हुँ घुमाएर हान्दछु सधैँ गोल । ✍️ भगवती दवाडी ,दमक,झापा [३२] नेता हुन या खेलाडी खेल्नु नगरी झेल कानुन बराबर गल्ती गर्नेलाई जेल । ✍️ संगीता खरेल चन्द्रागिरी ८ काठमाडौँ [३३] जता पनि ठिक्क पार्ने मोलमोलाइको भर आफ्नो स्वार्थ पूरा भएमा अरूको छैन कर । ✍️ शोभा आचार्य गौतम काठमाडौँ [३४] सलाम तिमीलाई देशको इज्जत राख्न खेले खेल पैसा र मस्तीतिर सोचे हजुर पक्कै परिन्छ जेल । ✍️ ध्रुव श्रेष्ठ खोटाङ,हाल काठमाडौँ । [३५] खेलाडी हुँ भन्दैमा अरूलाई कमजोर नठानौँ गोली पोष्टमा हान्नलाई विपक्षीको खुट्टा नतानौँ । ✍ राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ । [३६] महाशयको हात लाग्यो कि डाडु पन्यु चक्रव्युहमा फस्ला नि फेरि अभिमन्यु । ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे [३७] रहदैन कृति पिपलपाते चालले बन्दैन सागर क्षणिक बर्खे भेलले । ✍️ हरिगाेपाल प्रधान काभ्रे, बनेपा १४ साँगा बजार [३८] टाठोबाठो नेताहरूलाई सधैँको सलाम तर मर्दाखेरि भेट्छौ कि त जीउँदो मलाम । ✍️ परिक्रमा श्रेष्ठ, धरान [३९] भ्रष्टाचारीहरूलाई भ्रष्टाचारमा मुछिदा लाग्न सक्छ राम्रो भन्छन् रे ! देश रितिय रितियोस्, मन्त्रीहरूको पहुँच छ हाम्रो । ✍️ कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ [४०] मिसनको खेलो छोडेर आएको छु गोल हान्न कसले सक्छौ भन मेरो तिकडमबाजी जान्न? ✍️ बाबुराम गौतम, गुल्मी [४१] भ्रष्टाचारीलाई जेल कोची देश बनाऊँ युवाको सीप र क्षमता देशमै खनाऊँ । ✍️ तेजप्रसाद खनाल दाङ। [४२] खेलाडीको धर्म हो आफ्नोतिर नै खेल्नु मोल मिलाउनेलाई कुनातिर ठेल्नु । ✍️ धनुष न्यौपाने गुठीचौर गाउँपालिका ०४ बिगारे जुम्ला [४३] स्वार्थीको खेलो फड्को नै निमुखा निर्धा होच्याउने काइते दिमाग सोच्ने दुनो कसरी कोच्याउने । ✍️ उमा दाहाल शुन्दर हरैँचा -१० मोरङ [४४] पेल्नसम्म पेल्यो मलाई निकाल्दियो तेल देखायो है उसले आज खेलाडीको खेल। ✍️ नवशिला नवदेव मार्ग लालभित्ती,मोरङ । [४५] खेलकाे माेल नबुझेका ती के के किन हेर्छन् ? देशकाे शान खेल हाे कि ? खेलाडीलाई फेर्छन् । ✍️ जी.वि.कश्यप आज नेपालगञ्ज [४६] सदनमा बसी देखाए नेताले खेल कामभन्दा बढी लुटपाट जालझेल । ✍️ कला ढकाल झापा [४७] कोही कसैले मेरो कारण शिर झुकाउन नपरोस् यो अनमोल खेलाडीले भकुण्डो खेल्दा अरूलाई हराउन हानुन् सान्दार गोल । ✍️ चुडामणी देबकोटा चनपा१३काठमाण्डौ [४८] जति उमेर ढल्के पनि गर्छु मैले शासन जनताको मतले हाे मैले पाएकाे आसन। ✍️ सहयात्री शाेभा अर्याल रुपन्देही [४९] गोलकिपर पनि म नै, म नै हुँ हान्ने जो सुकै आए पनि जित्छु, म नै छु जान्ने । ✍️ रचना शर्मा प्रतीक्षा , इमाडोल । [५०] नेता न हौँ देस बनाउँछौ भन्ने हाम्रो नारा कसले बुझेको छैन यहाँ मुख्य हाम्रो पारा ! ✍️ पवन कुमार बुढाथेाकी काठमाडौँ [५१] नगर गोलको मोल अनि तोल चोक्टा खान जाँदा भाग पर्ला झोल । ✍️ पुष्पा सुवेदी नेपालगंज,बॅाके। [५२] मौका खोजी लोभी आँखा चारैतिर डुलाउने गर्छौ यस्तो बानिले कुन दिन खै तिमी माकुरोझैँ मर्छौ । ✍️ सुशीला शिखा काठमाडौँ कागेश्वरी [५३] न त देश न त खेलाडीको माया गर्ने सधैँभरि विदेशीको शरणमा पर्ने । ✍️ दुर्गा आचार्य मोरङ [५४] नेता पनि खेलाडीले जस्तै खेल्छन् यहाँ खेल को चाहिँ चोखो होला यहाँ नगर्ने जालझेल । ✍️ अनिता भण्डारी ताप्लेजुङ [५५] खासमा असली खेलाडी यसरी चिन्छ मौका हेर्छ आफ्नै दललाई गोल दिन्छ । ✍️ बि.कुलुङ दार्जिलिङ [५६] जता जता जान्छौ तिमी, तरुणी र पैसामा पल्केर नजाओस् है जिन्दगी व्यर्थ मुद्धा मामिलामा सल्केर । ✍️ मोती सुब्बा दार्जिलिङ निमकी डाँडा [५७] ऊ पनि मेरो म पनि उसको हामी बिच के हुन्छ मोल कहिले मेरो कहिले उसको मिलाएर हानौँला गोल । ✍️ पुष्पा राई, खाेटाङ । [५८] भमराझैँ डुल्ने रहेछ तिम्रो बानी बानीलाई नत्यागे होला फेरि हानी | ✍️ सरिता सेढाई धादिङ [५९] चारैतिर नै लाग्ने गर्छ जिन्दगीको मोल हिमाल, पहाड, तराईको जेसुकै टोल । ✍️ अजय कुमार झा जलेश्वर, महोत्तरी [६०] जसले जान्यो लिन हुन्छ उन्नति छिटो जति पनि आइलाग्छ रुपैयाँको बिटो । ✍️ सुस्मिता अधिकारी, काठमाडौँ ~<•>~
काठमाडौँ । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२५ औँ शृङ्खला सम्पन्न भएको छ । अभ्यासमा नेपाल लगायत विश्वका ६० जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो । टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२५ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
टुक्का माथि टुक्का- १२५ होटेल जाऊ क्यासिनो जाऊ खेल्ने गर जुवा मोज गर्ने नै यही हो बेला बुझन ए सुवा ! वसन्त अनुभव
सहभागी टुक्काकारहरूका चोटिला टुक्काहरू-
[१] शिव जस्तै पोइ चाहियो, व्रत बस्दै मागेँ व्रत तोड्न दारु खोज्दै होटेलतिर लागेँ । ✍️वसन्त अनुभव घोराही, दाङ [२] विश्वासीलो पोइ भनेर सधैँ गर्छन् पुजा होटलमा केटी लगेछन् माया धुजाधुजा ✍️अम्बिका अधिकारी झापा बिर्तामोड अञ्जान कृत मनको डायरीबाट ✍️ [३] शिक्षा छैन अब दार्जिलिङमा ज्ञान बाड्न छाड्यो, जता हेर्यो हिंसा हत्या राजनीतिले जरा गाड्यो। ✍️ बिकास छेत्री अञ्जान बिजनबारी, दार्जिलिङ [४] विकृति र विसङ्गतिले संसार खाइसक्याे अरू खबर म चैँ ठिक छु भन्दै अर्काे बक्याे । ✍️ ताराप्रसाद चापागाईँ धुनिबेसी [५] क्यासिनो अनी बारका ढोका गाह्रो होला खोल्न भित्ताका नि कान हुन्छन् पर्छ बिचारेर बोल्न । ✍️ उमा दाहाल शुन्दर हरैँचा -१० मोरङ [६] गएर होटेल गयो पैसा खेलेर लास आउँछ कि आउँछ कि भनी मानेर आस । ✍️ प्रेम सुनार दैलेख [७] बैँस रहुन्जेल गरियो मोजमस्ती, अहिले पछुतो लाग्ने समय फर्केर आउँदैन आउँदाखेरि अनिन्द्रामा जाग्ने। ✍️ कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ [८] आफू व्रत बसेर मलाई देखाउॅंछिन् भए जति रिस शिव जस्तै भाङ खाने भएको भए हुन्थ्यो नि सधैँ मिस । ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन। [९] विसङ्गतिले गर्दा मैले दिनै होटलतिर जुवा खेल्न लागेँ भाङ धतुरो सेवन गर्दै शिव प्रसाद केटी लिएर भागेँ । ✍️ बेदु न्यौपाने ✍️🇳🇵 [१०] अन्धो भएर गर्दै गर मोजमस्ती, कमाउने यो बेला जब सकिन्छ अनि थाहा पाउछौ हुँदा अरूबाट हेला । ✍️ अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ संखुवासभा । [११] अर्काकाे धनमा पाए मान्छेले गर्ने हाे मस्ती हाेटल भित्र छिरेर रमाउँदै थिए अस्ति। ✍️ कल्पना भण्डारी सिन्धुपाल्चोक ,हाल काठमाडौँ [१२] होटल जान्छौ रक्सी खान्छौ खेल्छौ जुवा तास गराउने नै भयौ क्या हो सडकको बास । ✍️ सरिता सेढाई धादिङ [१३] विकृतिले बिगार्ने भयो, भविष्यको जोहो गर्ने बेला अहिले बाटो बिराएर परिवारले गर्ला नि ! हेला । ✍️ शंकर कार्की, मकवानपुर। [१४] बनाऊँ भविष्य चार दिनको जिन्दगी गरौँ काम राम्रो तिमी विदेश म डिस्को आत्मनिर्भर हुन्छ बालख हाम्रो । ✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८ [१५] जुवा खेल जिन्दगी नै राखेर दाउमा कही पनि बिक्ने छैनौ कौडीको भाउमा । ✍️ डम्बर थामी ‘अनुपम ‘ कालिन्चोक गा. पा. -६, दोलखा । [१६] क्यासिनाेमा छिरी जुवा तास खेली गरेउ मस्ती ऋणै ऋणको बाेझ खेप्न नसकी सरेउ बस्ती । ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर ठिमी ५राधे राधे भक्तपुर । [१७] होटेल, बार, क्यासिनोमा जाने आदत खुब बस्यो लतका कारण भावी जीवन अन्धकारमा फस्यो । ✍️ त्रिलाेचन भण्डारी मेचीनगर,झापा [१८] सबले मस्ती गर्नुपर्छ यही हो साथी बेला, दोहोरी साँझ जाने जति चोकमा हुनु भेला। ✍️ नवशिला, नवदेव मार्ग, लालभित्ती,मोरङ। [१९] विकृती र विसङ्गतिमा उर्लदो छ जनभावना भिरमा जाने गोरुलाई के दिनु र शुभकामना। ✍️ टिकाराम पुन पुकार छत्रेश्वरी गाउँपालिका २ सल्यान टुक्का [२०] जुवा नि खेल्यौ, तास नि खेल्यौ, समाज भडायौ विकृति ल्याई , यसरी सधैँ जनता लडायौ । ✍️ प्रेम थापा “मन”बागलुङ [२१] जुवा खेल्न छोड युवा कमाउने हो बेला जिन्दगी त लामो छ नगर साथी झमेला। ✍️ तोया नाथ चापागाईं दमक,झापा,नेपाल [२२] सत्तामा जाउ, भत्ता खाउ काम चैँ केही नगर गाडीमा घुम भाषण देउ मरिलानु के छ र ? ✍️ होम प्रसाद नेउपाने धरान,सुनसरी । [२३] होटल गई बोतल हल्लाऊ, यौवन मस्त बनाई ऋणी बनेर कतारमा जाऊ जीवन ध्वस्त गराई । ✍️ अजय कुमार झा महोत्तरी, नेपाल [२४] कोही युवा मस्त देशमा कोही खाडीमा पसिना झार्छन् तर्तरी मस्त युवाका मस्त परिवार खाडी जानेको आँसु गहभरी । ध्रुव श्रेष्ठ खोटाङ, हाल काठमाडौँ । [२५] सृष्टिको भाव सुन्दर हुन्छ बुझेर परानी आखिर सबै जीवन बन्छ जलेर खरानी ! ✍️ आर्त अकुलीन [२६] विकृति विसङ्गति पलायाे देशमा बर माग्ने गर्दछन् पहेलाे भेषमा । ✍️ शलिकराम दाहाल चा न पा ३ झाैखेल भक्तपुर [२७] अमूल्य जीवन खेर गयो इन्द्रियकै भरमा अल्झी मन र मुटु अझै चस्किँदैछ माया पल्टैपल्ट बल्झी । ✍️ दीपा गुरुङ – समभाव [२८] भनाई असह्य भयो मन सारै रुने जुवामा हारेँ सबैलाई भन्न नहुने । ✍️ चुडामणी देबकोटा चनपा१३काठमाण्डौ [२९] बाहिर क्यासिनो र बृजसम्म खसम दुलही रुन्छे छैन नुन टम्म कसम ! ✍️ कमला देवकोटा, पाल्पा [३०] छेपारा देखाउँदै मान्छेले बदल्ने गर्छ रङ्ग, सद्दे ठानेर पछि लागेका सब परेछन् दङ्ग ! ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे [३१] दौडाएर कौडा हान्यौ बासै रित्तो भयो नाङ्गै भयौ च्याँखे थाप्दा सबै धन गयो । ✍️ नील हरि काफ्ले सिन्धुली (हाल काठमाडौँ) [३२] चलेको छ रङ्गरेली होटलमा र क्यासिनोमा आज जुवा तास सौदाबाजी धन्दा नाना निर्धक्क विना लाज ! ✍️विवश पारदर्शी झापा [३३] उमेर हुँदा चैँ गर न मोजमस्ती धन मासी बुढेसकालमा सुस्केरा हाल्दै हुन्छ रुवाबासी । ✍️ मोती सुब्बा दार्जिलिङ निमकी डाँडा। [३४] सत्मार्गमा हिँडेमा जीवन हुन्छ ढुक्क अन्यथा जीवनभर गर्लान् बाबै थुक्क । ✍️प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे। [३५] नखेल ए साथीहरू यहाँ जुवा तास यसले गर्छ नि ! हजुर धनको नाश । ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ भारत [३६] उर्वर जिन्दगी उमेर हुँदा खाएर बसेर नासेकाे बुढेसकाल लागेपछि दुःखमा नसुहाउने हाँसेकाे । ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ । [३७] घरै भाँडेर पनि राेडीमा सुवा गाउने अनि खै कसरी घरकीले शान्ति पाउने ? ✍️ हरिगाेपाल प्रधान बनेपा १४ साँगा धजार । [३८] मोज गर जीवनभर नहुन्जेल रल्ल असली स्वाद जिन्दगीको आउनेछ बल्ल । ✍️ धनुष न्यौपाने गुठिचौर गाउँपालिका ०४ बिगारे जुम्ला [३९] दिनहुँ खान्छाैँ रक्सी खेल्छाैँ जुवा अनि तास हुने भयाे अब जिन्दगी आश्रमकाे बास । ✍️ सहयात्री शाेभा अर्याल रुपन्देही [४०] खेलेऊ तिमीले हजारौँ किसिमका जुवा तास मुहार देखाउनै लाज भो छिमेकी आसपास । ✍️ मुक्ति काफ्ले कोक्राझार असम, भारत [४१] मोजमस्ती गर्छौ काम छोडी मिली साई सुवा बुढेसकालको यो मस्तीले लिकाल्नेछ धॅुवा । ✍️ पुष्पा सुवेदी नेपालगन्ज, बॅाके। [४२] भट्टी जान्छौ रक्सी खान्छौ हिँड्छौ हल्ला गरी ज्यान जान सक्छ हेर अफ्ट्यारोमा परी । ✍️ अनिता भण्डारी, ताप्लेजुङ [४३] जुवा खेल्नु राम्रो हैन पाण्डवको भयो वनबास सत्चरित्रवान् कर्मनिष्ठ भए गर्छन् सबैले आस । ✍️ शुक्रराज कुँवर धरान १० [४४] बेलैमा मोज गर तिमी देशका युवा वृद्ध भएपछि खेल्न सकिन्न नि जुवा । ✍️ भगवती दवाडी, झापा [४५] मोजमस्तीमा सधैँभरि किन हराउनु ? गलत कदममा प्रभुसँग डराउनु । ✍️ कार्की डिबी माकुम सुनवल-४, नवलपरासी [४६] क्यासिनो जाने, जुवातास खेल्ने भयो अति बेलैमा होस् पुगाऊ नत्र होला तिम्रो क्षति । ✍️ रुना कर्माचार्य दाहाल चितवन [४७] दिन उमेरमा बहाना गरी मोज गरौँ वृद्ध उमेर ईश्वरीय चरणमा परौँ । ✍️ सुस्मिता अधिकारी, काठमाडौँ [४८] लाग्यौ होटल क्यासिनोतिर भने बेचिन्छ गैह्रीखलो थाम्नुपर्छ युवा जुटेर अब लौ यो देशको नै बलो। ✍️ रामशरण न्यौपाने, भक्तपुर [४९] जति उच्च स्तरमा जान्छन् यहाँ पार्टी क्यासिनोमा गर्ने जनताको पीडा कसले देख्ने, आफ्नो खल्ती मात्र भर्ने। ✍️ शोभा आचार्य गौतम काठमाडौँ [५०] उमेर यही हाे छाेड्नुहुन्न याे रमाउने बेला हुनुपर्छ साथीहरू हाेटल क्यासिनाेमा भेला । ✍️ काेपिला अधिकारी गाेरखा सिरानचाेक [५१] रक्सी पिउनु जुवा खेल्नु त आजकलको फेशन मान्छे हेर्दा सुटेड बुटेड, घरमा छैन बेसन । ✍️ राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ [५२] बिचार गरी खेल्ने गर पिरतिको खेल मन बिग्रियो भने फेरि जानुपर्ला जेल । ✍️ हिमा आर सी मेहेलकुना सुर्खेत [५३] बिग्रिन्छ घरबार जुवाले हुन्छ हेर सर्वनाश नशाको पोखरीमा जाकिए बन्छ है जिउँदो लाश । ✍️ राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ । [५४] पढ्ने र कमाउने बेलामा खेलेर जुवा तास जिम्मेवारी काँधमा बढेपछि लाग्ला उठिबास । ✍️ संगीता खरेल चन्द्रागिरी ८ काठमाडौँ [५५] कति सुन्नु मैले च्याङच्याङ च्याङच्याङ दिक्कलाग्दो निराशाले म आफैँलाई देख्छु होटलतिर भाग्दो । ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹 [५६] बुझ्नुपर्छ समयको महत्व हुनुपर्छ आपसी अपनत्व । ✍️ भेष कुमारी लामिछाने देवदह ०५, खैरेनी रुपन्देही [५७] रमाउने अनि कमाउने यही हो बेला सकिएपछि त्यो जवानी सबैबाट हेला । ✍️ प्रविना प्रयासी ओखलढुंगा [५८] हुन् अब तिमीले मनमा डुलेर के फाइदा छ सबै वाचा भुलेर । ✍️ श्रीकृष्ण धामी – बझाङ [५९] रमाइलो गरौँ जिन्दगी हो दुई चार दिन आऊ न बस मायालु छेउमा लौ एकैछिन । ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा [६०] जुवा, तास, मोजमस्ती छिनभरका हुन् खेल रङ्गीचङ्गी सकिएपछि बन्छ जीवन जेल । ✍️ पद्मा काश्यप पाण्डे, मोरङ ~<•>~
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १२४ सम्पन्न
काठमाडौँ । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२४ औँ शृङ्खला सम्पन्न भएको छ । अभ्यासमा नेपाल लगायत विश्वका ५९ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो । टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२४ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
प्रतिनिधि टुक्का- जोगाउनै कठिन छ यहाँ आफूलाई सत्ता पीडितहरू भन्छन् न्याय चाहियो अलबत्ता ! वसन्त अनुभव
सहभागी टुक्काकारहरूका चोटिला टुक्काहरू-
[१] कुरै बुझ्दैनन् मूर्खहरू त्यत्तिकै जिद्दी गर्छन् त्यही भएर विनाकारण पल्टैपल्ट मर्छन् । -वसन्त अनुभव घोराही, दाङ [२] सत्ता जाेगाउन सधैँ गठबन्धन गर्छाै हामी देश रहाेस् नरहाेस् हामी बन्नुपर्छ सधैँ नामी । -ताराप्रसाद चापागाईँ धुनिबेसी [३] जबसम्म गठबन्धन रहिरहन्छ देशमा, सत्ता उनीहरूकै चल्छ प्रतिपक्षमा बसेर सानोतिनो झिनामसिनाहरूको मन भने जल्छ । -कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ [४] देश रहन्न रहने छैनाैँ काेही जनताहरू हामी बढ्दो अत्याचारले गर्दा एकदिन आउँछ सुनामी । -केसर बाेहरा ( सङ्घर्ष ) सुदूरपश्चिम अछाम । हाल भारतबाट ।। [५] ए ! सरकार बचाउ यहाँ छोरीहरू सारा अत्यन्त कडा बनाई फेर कानुनको धारा । -डम्बर थामी ‘अनुपम ‘ कालिन्चोक गा. पा. -६, दोलखा । [६] कोपिलामै निमोठिए यहाँ कतिपय मुनाहरू बेलामा नै फक्रन नपाई कति मर्ने हुन् पो अरू ? -अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन। [७] युवाको सपना छैन यो देशभित्र परिवर्तन गर्नेको चाला विचित्र । -पुष्पा राई, खाेटाङ। [८] यस्तै हो यहाँ हेर धेरै चलखेल गरेपछि भुलक्कडले पनि बल्ल आहा! भन्छन् मरेपछि । -अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ संखुवासभा । [९] अपवित्र गठबन्धनमा सत्ता चल्छ यहाँ जनतालाई न्याय राहत मिल्छ अनि कहाँ ? -त्रिलाेचन भण्डारी मेचीनगर,झापा [१०] तागत चाहिन्छ युद्ध गर्न, खुबी चाहिन्छ झुठो बोल्न, चरम प्रगति गर्नैहुँदैन थालिहाल्छ मन पोल्न । -होम प्रसाद नेउपाने धरान,सुनसरी । [११] सत्ता कुर्सी पदकै लागी गरेको हो राजनीति, के मतलव र मलाई तिम्रा संस्कृति र थीति। -नवशिला, नवदेव मार्ग ,लालभित्ती,मोरङ। [१२] सत्ता सुविधाको लागी युद्धमा धेरै जनता मान्छे रेटियो देश जनताका रक्षक हैन कुलङ्घार शासन भेटियो । -चुडामणी देबकोटा चनपा१३काठमाण्डौ [१३] के पाउँथ्यो र पीडितले न्याय एक्लै हुँदा खडा अप्ठ्यारोमा साथ दिन छोडेर पाखा लाग्छन् बडा । -गंगा खड्का बूढानीलकण्ठ ,काठमाडौँ [१४] हत्याराहरूको मात्र चलखेल बढ्दै गयो गाउँघरमा त गरिखान नसकिने भयो ! -कला ढकाल झापा [१५] धरती सौम्य गरेर कर्म गर्नुछ कमाइ, कर्मको बाटो नछोडी हिँड खुसीले रमाई ! -आर्त अकुलीन [१६] पाइन्छ कहाँ जनताले न्याय,भ्रष्टाचारीले हाकेको देशमा काले गोरे फेरिदै आए,सिङ्गो देश सक्न जादुमय भेषमा। -शंकर कार्की मकवानपुर, [१७] पुस्तौँपुस्तालाई पुग्ने गरेर सम्पत्ति कमाउँला विदेशीकाे शरण परेर पनि सत्ता जाेगाउँला। -राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर ठिमी संगम काेलाेनी राधे राधे भक्तपुर । [१८] कति सुन्नु हो जनताको करकर ? आफूलाई छ सत्ता जाला भन्ने डर ! -विवश पारदर्शी झापा [१९] गठबन्धनको सरकार हाम्रो सत्ता जाेगाइहाल्छाैँ कुराेकानी मिलेन भने आफ्नै सरकार पनि ढाल्छाैँ । -भवानी पाेखरेल (बाबु विराज) बाणगङ्गा १ चार नम्बर कपिलवस्तु [२०] जनताको न्यायभन्दा मलाई प्यारो सत्ता टिकाउनलाई अचेलभरि बॅाड्छु भत्ता । -राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ [२१] कस्तो न्याय नभएको देशमा जन्म दिएछौ नि हो आमा भन्दै रुँदैछन् पीडित हत्या हिंसामा कहिलेसम्म हिँड्छौ पैसा गन्दै । -अम्बिका अधिकारी झापा बिर्तामोड [२२] खाँदाखाँदा दलभुँडे भइएछ सत्ताको आडमा धेरै दलिएछ । -नन्दलाल आचार्य सिद्धार्थटोल, उदयपुर । [२३] देश र जनताको ख्याल छैन खाली उही सत्ता कुम्लाएको पैसा, अनि दम्भले बनाएछ मत्ता । -प्रेम थापा “मन”बागलुङ [२४] लिप्त छन् कोही केवल स्वादमा सत्ताको जनताको छैन चिन्ता छ आफ्नै भत्ताको । -बाबुराम पाण्डे अर्घाखाँची [२५] अति गर्याैं हामीले सत्तामा पुगेर जनतालाई गठबन्धन नगरे खैराँते हुन्छौँ दलका भाइ । -प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे । [२६] जोगाउँदै गर तिमीले सत्ता कलिला छोरी भैसके लापत्ता -सरिता सेढाई धादिङ [२७] भ्रष्टाचार नियन्त्रण गर्ने छैन कानुन भरौटे शासकले मात्र यी सबै जानुन -शशी आचार्य [२८] जतिसुकै घाेचे पनि लास त किन रुन्न? चितामाथि जलाउँदा नि दुख्छ भन्ने हुन्न । -जी.वि.कश्यप घाेराही उपमहानगर -१४ दाङ । [२९] युवा जति विदेशी भए घरमा बुढापाका सुशासन त यस्तै भयो नेता खोइ के भाका ? -उमा दाहाल शुन्दर हरैँचा -१० मोरङ [३०] जहिल्यै यो देशमा जनता रोगाउछ नेता मोटाउँछ हरिकङ्गाल पारेर देशलाई सरकार जोगाउँछ । -बि.कुलुङ दार्जिलिङ रंगबुल [३१] सुकेको रूखमा न्यायको के आस लुकेको ऋणमा गरिबको बास । -टिकाराम पुन पुकार छत्रेश्वरी गाउँपालिका २ सल्यान [३२] जहाँ जेसुकै हाेस् देश र जनता कसैगरी सत्ता जाेगाउँछन् नेता । -हरिगाेपाल प्रधान काभ्रेपलाञ्चाेक बनेपा १४ साँगा । [३३] लाख कोशिस गर अब जोगिँदैन सत्ता चुपचाप बसे हुन्छ खाएर वृद्ध भत्ता । -पुष्पा सुवेदी नेपालगंन्ज,बॅाके। [३४] कस्तो युग हेर यहाँ आयो छोरीमाथि मात्र काल छायो । -नीमा छिरिङ भोटिया जलढका कालेबुङ भारत [३५] जति जना आउँछौ सडकमा पीडित भयौँ भन्न, खबरदार तयार हुनुहोस् देश विरोधी बन्न । -अच्युत घिमिरे, सर्पाङ, भुटान [३६] हुँदा खानेको आउनुपर्छ अब राज्यसत्ता, दिँदैनन् न्याय हुनेखानेले सब छन् मैमत्ता । -कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे [३७] बाडेर खान नजान्ने एक्लै एक्लै खाने आफू नै हो सर्वहारा माथि माथि जाने। -दुर्गा आचार्य मोरङ [३८] धेरै छन् हात बाँधी फटाहालाई गाली गर्नेहरू देशलाई सरापेर बस्छन् अल्छ्याइँले मर्नेहरू । -निरज कोइराला इटहरी -१६ [३९] न्याय मरेको हाम्रो देशमा के गर्नु न्यायको आस पीडितले न्याय खोज्दा खोज्दै भयो सडकको बास । -अनिता भणडारी ताप्लेजुङ [४०] संसदमा त चलेको छ नेताज्यूको सत्ता नेताज्यू मिलेर खाएको छ वृद्धाको भत्ता । -श्रीकृष्ण धामी – बझाङ [४१] कुर्सी र सत्ता जोगाउन मात्र नेताको जान्छ ध्यान युवाको रगत पसिना अनि खाडीमा गयो प्राण । -रुना कर्माचार्य दाहाल चितवन [४२] सत्तामा गएर कुर्सीमा बस्न पाए अरू केही चाहिँदैन, जनताको सहुलियत टन्न खानु अन्य कतै पाइँदैन । -राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ [४३] जसोतसो गरेर सत्ता जोगाउने काम, अनि आइहाल्छ नि भनेजति कालो दाम। -शोभा आचार्य गौतम काठमाडौँ [४४] भ्रष्टाचार लुकाइदिने सहमतिमा सत्ता यो जोगाउँछौँ जो खोज्छन् सत्य देखाउन उनलाई अझै कष्ट भोगाउँछौँ । -सुस्मिता अधिकारी ,काठमाडौँ [४५] न्याय खोज्दा सडकमा किन हुनु नि जन भेडा लुकाउन केस जति उपहार दिए कि पेडा । -ईन्दु श्रेष्ठ चितवन [४६] दु:ख लाग्छ न्याय दिलाउनेले नै चलखेल गर्दा पीडितलाई नै राहत दिनुको साटो भुँडी भर्दा ! -पवन कुमार बुढाथेाकी काठमाडौं [४७] सत्ता जोगाउँनै गाह्रो भयो विदेशी सङ्गठन भएर पनि हामी नेताहरू सत्तामा हुँदाहुँदै न्यायमा हुनखोज्छन् धनी । -बेदु न्यौपाने [४८] देशको हालत हेर्दा आँखा आँसुले रसाउने अपराधी हुदाँसम्म न्याय यहाँ छैन पाउने -हिमा आर सी मेहेलकना सुर्खेत [४९] न्यायको निम्ति हो लोक, लडेका जहिले पनि लगायौ न्यायमै बार, महासामन्त नै बनी। -रामशरण न्यौपाने, भक्तपुर [५०] कोहीलाई सत्ता जाला पिर, नपाउँदा कोहीलाई जो जो जान्छ मोज गर्छ, जनता मर्छ न्याय नपाई । -ध्रुव श्रेष्ठ हाल काठमाडौ । [५१] यथावत हुन्छ नठान्नु है, जोगाएर सत्ता प्रजाले खोसेको दिन त बन्लाऊ सुख्खा पत्ता । -मोती सुब्बा दार्जिलिङ,भारत। [५२] देशको विकास किन गर्ने बरु गर खेल सत्ताको देशको लागि मर्ने जनता नेपालमा विना पत्ताको । -भगवती दवाडी ,झापा [५३] आफ्नो भएजति बल मति फालेर सत्ता जाेगाइरहेछु लगाैटी हुँदै म त मत्ता । -रामप्रसाद पुरी बादेल, खाेटाङ [५४] विनाश कार्यमा हिँड्छौ सधैँ तिमी अगाडि सरी यो व्यवहार बढ्दै जाँदा सुरक्षा हुन्छ के गरी ? -पद्मा काश्यप पाण्डे, मोरङ [५५] जोगाऊ सत्ता पाल आफ्नो नातागोताहरू समय फिर्दा त दुर्दशा होला तिम्रो बरु । -सुशीला शिखा काठमाडौँ कागेश्वरी [५६] ठुला ठुला भाषणमा मात्रै सीमित भए काम भ्रष्टाचार गरेर कमाएका छन् करोडौंँ दाम । -सहयात्री शाेभा अर्याल रुपन्देही [५७] जोगाउन गार्हो भयो है चेलीबेटी मौका पाए पापीले मार्छ्न् गला रेटी । -बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा [५८] सत्ता जोगाई अब कर्तव्य भुल्ने गर सत्यको बाटो अँगाल्दै अलि अघि सर । -धनुष न्यौपाने जुम्ला [५९] यहाँ आफूलाई सत्ता थाम्न सकस भएको बेला न्याय माग्दै भेडाहरूले देखाइरहेका छन् खेला l -बाबुराम गौतम, गुल्मी ~<•>~
काठमाडौँ । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२३ औँ शृङ्खला सम्पन्न भएको छ । अभ्यासमा नेपाल लगायत विश्वका ६५ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो । टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२३ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
प्रतिनिधि टुक्का
चाहे भनून् असल मलाई, चाहे भनून् गन्दा घर भाड्ने काम छ मेरो, रकम लुट्ने धन्दा । ✍️ वसन्त अनुभव
सहभागी टुक्काकारहरूका टुक्काहरू
[१] हुने नहुने कुरा गरी, आपसमा लडाएर भाइरल बन्नुछ हेर, लाइक भ्यू बढाएर । ✍️ वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ २०८०/११/१२ [२] अहिंसा बढ्दैछ भनेर कसैलाई सुनाउन मनै छैन यो ठूलो भुँडी कहाँ घटाएर मान्छेको अगाडि गन्निदैन । ✍️ अम्बिका अधिकारी झापा बिर्तामोड [३] भाङ पेलाइ, देशकाे विकासलाई याे देह नढलेसम्मा सत्ता समाइ । ✍️ प्रद्युम्न चालिसे [४] धन भएपछि सबले गर्छन् हाइ हाइ दुःखमा परेमा काेही हुँदैनन् दाजुभाइ । ✍️ केसर बाेहरा ” सङ्घर्ष “ सुदूरपश्चिम ” अछाम ” हाल भारतबाट । [५] भर्नु नै छ ठूलो भुँडी भाइरल हुनु छैन घर भाँड्ने काम नगरे त हुँदैन नि चैन । ✍️ बेदु न्यौपाने ✍️🇳🇵 [६] नहुने काम गरेर नि भाइरल अवश्य हुन्छु भ्यूज धेरै आएपछि त झन सगरमाथा छुन्छु । ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन। [७] यस्तै काम नगरेमा खाएको नि पच्दैन मोजमस्ती गर्नैपर्यो सुको पनि बच्दैन । ✍️ सरिता सेढाई धादिङ [८] बनाउछौँ देश सके अमेरिका नसके भारत, त्यस्तै विकास नगर्दासम्म मुटु पोल्छ भतभत । ✍️ सुरेशकुमार पाण्डे। दाङ घोराही १८ [९] गन्दाभन्दा अर्को उचित त ठान्दै ठानिनँ दिए अर्ती कति धेरै तर मान्दै मानिनँ । ✍️ त्रिलाेचन भण्डारी मेचीनगर,झापा [१०] आफू त रित्तै परियो अरूको लाई नै पो आँखा लाउने लाज सरम छोडे मैले पैसा हो जसरि नि कमाउने । ✍️ सुशीला शिखा काठमाडौं कागेश्वोरी [११] अरू काम जेसुकै होस् समाज नै भाँड्छु , लाखौँलाख उठाउँछु अलिकति बाँड्छु । ✍️ डम्बर थामी ‘अनुपम ‘ कालिन्चोक गा. पा. -६, दोलखा । [१२] जेसुकै भनून् मान्छेले म त भाइरल बन्ने अनि पो जसरी पनि होला सर्वत्र नै गन्ने ।। ✍️ भगवती दवाडी ,झापा [१३] समय यस्तै छ, मलाई पनि सिकायो लुट्न जानेको छु परिवेश अनुसार गफ चुट्न । ✍️ शंकर कार्की, मकवानपुर [१४] मह काँढेपछि अलिकति हात चाट्छु बढी कुरा गर्यो भने म नि कुरा काट्छु । ✍️ रचना मोक्तान “यात्री “ नमोबुद्ध न. पा. -५, काभ्रे । [१५] चौरासी जुनी पछि पाएको जीवन हो हेर पछुतो होला आफैँलाई, खान छोड लुटेर । ✍️ पुष्पा सुवेदी नेपालगंन्ज,बॅाके। [१६] सकेजति त कुरा लाउँछु , घर फुटाउन जसले जे भनुन् लाग्छु आफ्नै काम जुटाउन । ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा [१७] दश दुनियाँको चियोचर्चो गर्ने मेरो काम व्यवहारले छुरा रोप्छु मुखले भन्छु राम । ✍️ नवशिला नवदेव मार्ग लालभित्ती,मोरङ। [१८] मान्छेको जुनीमा लुटपाट त गर्नै पर्यो बल्लतल्ल मौका पाउॅदा खल्ती टन्नै भर्यो । ✍️ राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ [१९] जस्तोसुकै भए पनि सत्ताभित्र बस्छु कि त सर्प कि त मुसा बनी भित्र पस्छु । ✍️ समुद्र [२०] परिवेश नै तेस्तै छ मनले मान्दैन , नलुटिकन घर खर्च धान्दै धान्दैन । ✍️ भेष कुमारी लानिछाने देवदह ०५, खैरेनी रुपन्देही [२१] देशको लागि लड्नेहरू सबै स्वार्थी भएछन् स्वार्थी मनको झिल्काहरू सडकमा गएछन् । ✍️ एवाइ प्रभात सहिदभुमि छेन्टाङ धनकुटा [२२] लुट्न सजिलो छ यहाँ अरूभन्दा कसले गर्छ यसरी काम धन्दा । ✍️ हिमा आर सी मेहेलकना सुर्खेत [२३] कथित व्यवहार लुकाउने छारो हानी कामको ईमान नै नभएपछि के अर्थ हुन्छ खै दामको ? ✍️ दीपा तिम्सना पौडेल-ईलाम [२४] खोज्ने गर्छन् सबैले अचेल धन पैसाको थैलो पैसाको अभाव हुँदा हुन्छ घरमा भाँडभैलो । ✍️ बाबुराम पाण्डे अर्घाखाँची [२५] दुनियाँलाई देखाएर नाङ्गो नाच नाच्याे हेर हाम्रो अगि , ठग्नु रहेछ समाज र देशलाई घिच्याे हामीलाई ठगी । ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ । [२६] छलकपट गरी आर्जेको धनले गर्छौ के तिमीले नाङ्गै जाने तनले। ✍️ बिके मुखिया दार्जिलिङ भारत। [२७] जसले जेसुकै भनाेस् देश लुट्न त छाडिन्नँ देशभक्त जनताले भनेको मान्दै मानिन्नँ । ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर । [२८] यो देशमा चोर गुन्डा पुग्ने रहेछ माथि असल मान्छे नबन है तिमी पनि साथी । ✍️ विके माकजू , भक्तपुर । [२९] उन्नतिका सारा सपनाहरू त्यहीँ दिन खस्यो जुन दिन यो देशको सत्तामा डाकाहरू बस्यो। ✍️ बि.कुलुङ दार्जिलिङ रंगबुल [३०] गरिब भनुन् बरु मलाई, उठाउँदिन चन्दा जतिसुकै गर रोकिँदैन खराब कालो धन्दा। ✍️ होम प्रसाद नेउपाने धरान,सुनसरी । [३१] देशभित्र चलेको छ लुटको नै खेल भाँङ पेल या धतुरो लेऊ मेरो तेल । ✍️ रामशरण न्यौपाने, भक्तपुर [३२] प्रख्यात छ दुनियाँमा मन्थराको नाम गर्व लाग्छ धर्म ठान्छु घर भाड्ने काम ! ✍️ विवश पारदर्शी झापा [३३] जीवन गति कहिले उकाली कहिले ओराली सुखमा रमाउने दु:खमा बस्नुपर्छ सम्हाली ! ✍️ दीपा समभाव काठमाडौ । [३४] अरू काम जेसुकै होस् समाज नै भाँड्छु लाखौँलाख उठाउँछु अलिकति बाँड्छु । ✍️ डम्बर थामी ‘अनुपम ‘ कालिन्चोक गा. पा. -६, दोलखा । [३५] साेझाे औँलाे बनाएर आउँदैन घिउ लुट्ने काम नगरे कसरी पाल्ने जीउ। ✍️ काेपिला अधिकारी गाेरखा, सिरानचाेक [३६] देशमा अस्थिरता ल्याएर बीउ रोपेछौ ठुलो आफ्नैमा मात्र पुग्ने गरि मिलायौ पैसाको तुलो । ✍️ प्रेम थापा “मन “बागलुङ [३७] जसले जति लुटे पनि छुट छ यो देशमा सबै सबै नै लागेकै छन् लुटिखाने रेसमा । ✍️ ध्रुव श्रेष्ठ हाल काठमाडौँ [३८] यस देशको माटोमा नोट फलायो नेताहरूले अब देश नै गलायो । ✍️ नीमा छिरिङ भोटिया [३९] कलिको सेरोफेरो सबै हुनुपर्छ मेरो अलिकति केही भएमा लगाउँछु घेरो। ✍️ टिकाराम पुन पुकार छत्रेश्वरी गाउँपालिका २ सल्यान [४०] कसलाई पो भनौ तेरो मेरो सबै उस्तै दिउन्जेल आहा नत्र त दुश्मन दुरुस्तै । ✍️ चुडामणी देबकोटा चनपा १३ काठमाण्डौ [४१] बुझेर राम्रो गरे, सुरम्य यहीँ संसार यो लोकमा काम बिग्रे, माथि हुनेछ हार । ✍️ मोती सुब्बा दार्जिलिङ। [४२] यथार्थ भन्यौ तिमीले आज, त्यस्तै रहेछ तिम्रो बानी लुट्नसम्म लुटिछाड्यौ, बनाउँछु भन्दै दिलकी रानी। ✍️मन्दिरा सेढाई मलेखु,धादिङ [४३] जसले जे गरे नि आखिर बाँच्नु रहेछ भन्दै नराम्रो काममा पनि हात हालेँ यो पैसा गन्दै। ✍️ शोभा आचार्य गौतम काठमाडौँ [४४] सत्कर्मको फल मनुष्य अमृत जस्तै हुन्छ तिम्रो दुष्कर्मले आज निर्दोष बालक रुन्छ। ✍️ धनुष न्यौपाने गुठीचौरगाउँपालिका ०४ बिगारे जुम्ला [४५] आफ्नो मात्र थैलो भर्ने अरू सबै भाँडमा जाए कस्तो उल्टो चलन आयो, तिनले नै सुख पाए । ✍️ शशी आचार्य [४६] अर्कालाई नराम्रो पार्ने घर बिगार्ने छ मेरो काम यसरी नै चलेको छ कमाएका छन् दाम अनि नाम । ✍️ अनिता भण्डारी ताप्लेजुङ [४७] वाह ! लाग्या होला कति ठूलो काम गरेँ भनेर तब थाहा पाउँनेछौ फिर्ता गर्नुपर्दा गनेर । ✍️ अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ संखुवासभा । [४८] मानव तनकाे दिव्य खेलाँ नगराैँ कहिल्यै पनि हेलाँ । ✍️ हरिगाेपाल प्रधान काभ्रेपलाञ्चाेक बनेपा १४ साँगा । [४९] असल धन्दा चलाउन ताकत लाग्छ गन्दा धन्दा छिटो मिठो मनोवेग जाग्छ । ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹 [५०] सामाजिक प्रतिष्ठा चाहिॅंदैन मलाई, पुग्छ कुर्सी भए, सात पुस्ता पुग्ने धन कमाउने हो, मेरो याम नगए । ✍️ म्यामराज राई, भोजपुर [५१] नत घर भाँडिन्छ नत लुटिन्छ नै बरु दिइन्छ दिएर उनीहरूसँगै मज्जाले मदिरा पिइन्छ । ✍️ कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ [५२] कोइली र न्याउली बाँस्न लागे सधैँ बन चैत महिनामा हुन्छ उदासी मेरो मन । ✍️ श्री कृष्ण धामी – बझाङ [५३] देशमा नेता जन्मायौँ छिमेकी देश हसायौँ । ✍️ एकान्त प्रेमी कालेबुङ [५४] प्रेमलाई वस्तु देख्छु किनबेच हुन्छ हिजोआज नैतिकता पतन भयो मान्छन् गल्ती स्विकार्नु लाज । ✍️ संगीता खरेल काठमाडौँं [५५] घर भाँडे पनि मन पराए उनैलाई जनले खाए बाँडे अनि छुटे फेरि पुगे पदमा धनले। ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ [५६] कलियुगमा जन्म्या दानव धर्म कर्म छोडी मनै फुटी धनै लुटी नाता रगतको तोडी । ✍️ यामनाथ आचार्य पर्वत [५७] लुटी ल्याउने र भुटी खाने बानी छैन हाम्रो परिश्रमको कमाइले जीवन चल्छ राम्रो । ✍️ पद्मा काश्यप पाण्डे, मोरङ [५८] चोरी चाकरी चल्दैन अब नयाँ प्रविधिको जमाना जतासुकै जडित क्यामेरा ,सुरक्षित गर्छ खजाना । ✍️ शुक्रराज कुँवर धरान १० [५९] पैसाको मुख हेरी अरूलाई कसले हेर्ने, गति यति विकासको, निकासको बाटै फेर्ने । ✍️ जमुना आचार्य [६०] रुपियाँमा मोह बस्यो नि अरू चाहिँदैन झुट मुट बोलिरन्छु किरिया खाईँदैन ! ✍️ कमला देवकोटा, पाल्पा [६१] धेरै जना भएका छाैँ खेलीखाने भैलाे, देश टाट भए पनि भर्छाैँ हाम्रो थैलो । ✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’ सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा। [६२] सिमाना बेची नपुगेर देशै बेच्ने अरे आफूले खन्नु खाल्डो अनि आफैँ पुर्नु भरे। ✍️ दुर्गा आचार्य मोरङ [६३] भ्रष्टाचार गर्न सजिलो छ सबैभन्दा भित्रभित्रै गरेका छन् है यिनैले धन्दा । ✍️ सहयात्री शाेभा अर्याल रुपन्देही [६४] भएजति खाइसके अब बाँकी छैन सबै चोर खन्चुवा कोही अछुतो भैन । ✍️ शालिकराम दाहाल [६५] दिउँसै देखाउँछन् तारा पेट भर्ने संसार सारा ! ✍️ आर्त अकुलीन
काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२२ औँ शृङ्खला सम्पन्न भएको छ । अभ्यासमा नेपाल लगायत विश्वका ५९ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो । टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२२ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासमा राखिएको प्रतिनिधि टुक्का
बुझेर नि ! नसक्नु छ कलियुगको खेल मिलेसम्म त मोजमस्ती कुरा बिग्रे जेल । वसन्त अनुभव
सहभागी टुक्काकारका टुक्काहरू-
[१] कतिबेला के हुने हो ? छैन कुनै टुङ्गो फसाउने पो हुन् कि बनाउने हुन् बुङ्गो । ✍️ वसन्त अनुभव घोराही, दाङ [२] विकृति र विसङ्गति फैलिँदैछ अति स्वार्थमा नै लिप्त भए साथीहरू कति ? ✍️ ताराप्रसाद चापागाईँ धुनिबेसी [३] गाह्रो होला कि तिर्खा खप्न टाढा पर्ला खोला थुक्ने ठाउँ नि चुन्नुपर्छ, सम्झी राख्नुहोला । ✍️ उमा दाहाल शुन्दरहरैँचा – १० मोरङ [४] मौका परे ठूला माछा हातभरि पर्छन् कुरो नमिले भित्रको दुलामा सर्छन् । ✍️ रचना शर्मा प्रतीक्षा इमाडोल, ललितपुर । [५] कुरा नै नबुझी गन्जागोलमा पस्छन् सानो कुरा नमिलेपछि आफैँ फस्छन् । ✍️ अम्बिका अधिकारी झापा बिर्तामोड [६] कुरा मिले सबथोक हुन्छ, नमिले लगाउँछन् आरोप यहाँ बाँच्नलाई गाह्रो भो सरकार, हामी युवालाई हरेक जहाँ । ✍️ कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ [७] ठुला माछा देखाएर खेल्छन् धेरै खेल कुराकानी नमिलेमा आफैँ पर्छन् जेल । ✍️ बेदु न्यौपाने 🇳🇵 [८] मिलेसम्म ग्वाम्मै खान्छु कसैलाई दिन्नँ भाग हेर्दै जाऊ देशलाई कति सम्म पार्छु खाग । ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन। [९] जम्मा गर्न खोज्छन् पैसाका ठुलठुला धोक्रा, बाहिर बोक्रा देखिए नि भित्रभित्रै खोक्रा । ✍️ डम्बर थामी ‘अनुपम कालिन्चोक गा. पा. -६, दोलखा । [१०] मोजमस्ती चल्छ, प्रेमको सहमतिहरू चल्दाखेरि थोरै चित्त बुझेन भने बलत्कारको आरोप फेरि । ✍️ शंकर कार्की [११] यहाँ पैसासँग जीवनकाल आकर्षित देखाउने खेलले फेल खाएपछि सम्पूर्ण कहानी लेखाउने । ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹 [१२] चिल्ला कुरा घस्दैँ लगाउँछन् मायामा करकाप आराेप लागिसकेपछि हुन्छ जीवन धराप । ✍️ केसर बाेहरा ” सङ्घर्ष “ सुदूरपश्चिम ” अछाम “ हाल ” भारतबाट ” । [१३] मन मिले तयार मान्न भगवान पनि नमिलेमा फसाइदिन्छन् यो दोषी छ भनी । ✍️ सरिता सेढाइ धादिङ [१४] खेल खेल्न माहिर छन् , बुढा नेताहरू आफू साँढे हुन राख्छन् आसेपासे बरु । ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाइ ४ झापा [१५] सहमतिमा प्रेम प्रेमिका गर्छन् माेजमस्ती ठाउँ फेरि फेरि साेचे जस्तो नभए बलत्कारकाे आराेप लाउँछन् मौका हेरि । ✍️ राज कुमार राजभण्डारी “खाेटाङ्गे” मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर । [१६] मोजमस्ती गरी सारा, गल्ली गल्ली चोकमा जिन्दगी नै बर्बाद, एकछिनको झोकमा । ✍️ चन्द्रकली राना मगर नौबहिनी ३ , प्युठान [१७] मन मिलेसम्म हिँड्छन् हाँसो मिसाएर काम बिग्रिएपछि के गर्नु रिसाएर । ✍️ अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ संखुवासभा । [१८] मनमा पिर बोकेर सारा मानिस गएका मातेर आज कलिका मान्छे के साह्रै भएका । ✍️ आर्त अकुलीन [१९] खुसी हुने मन मिलेको बेलामा भगवान् भन्ने चित्त नबुझ्दा आरोप प्रत्यारोपण खाल्डो खन्ने । ✍️ भगवती दवाडी ,दमक, झापा [२०] चाहियो आजभोलि मुखमा रामराजा बगलिमा खाजा छुस्स केही मनको नपुगेमा हेर बजाइदिन्छन् बाजा । ✍️ टिकाराम पुन पुकार छत्रेश्वरी गाउँपालिका २ सल्यान [२१] भागबन्डा मिलुन्जेल पिरती नै यहाँ बसाउँछन् , नमिलेमा बखेडा झिकी दलदलमा फसाउँछन् । ✍️ त्रिलाेचन भण्डारी मेचीनगर,झापा [२२] मोजमस्ती गर्नलाई होटलतिर जान्छन् अदालतमा मुद्दा परे नाबालिग मान्छन्। ✍️ राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ [२३] पैसा उडाई कति खेल्छौ जालझेलको खेल, पापको घडा जब फुट्छ अनि जाउला जेल । ✍️ ध्रुव श्रेष्ठ हाल,काठमाडौ । [२४] मौकामा चौका हान्न आफैँ अघि सर्छन् मस्ती ल्याएपछि लोभको झोली भर्छन् । ✍️ प्रेम थापा “मन”बागलुङ [२५] सबैँ कुरा बिग्रेकाे नीतिशास्त्रकाे भएकाे अभाव खुलेर आयाे हेर त जताततै विदेशी प्रभाव । ✍️ प्रद्युम्न चालिसे [२६] पहिले लुकीछिपी अङ्गालो बेर्दै मस्त धोको फेर्छन् चोर कुरो बिग्रेपछि छेर्दै लाज पचाउन लगाउँछन् जोर । ✍️ विवश पारदर्शी झापा, [२७] भाग्य तिम्रो त्यस्तै रहेछ पिरतीमा लाग्दा समाई हाल्छ कानूनले जहाँ जता भाग्दा। ✍️ भवानी पाेखरेल (बाबू विराज) बाणगङ्गा १ चार नम्बर कपिलवस्तु [२८] टाठाबाठा एकै ठाउँमा छन् अनेकथरि खेल खेल्छन् अरूलाई केटाकेटी सम्झेर सधैँभरि यहाँ पेल्छन् । ✍️ पवन कुमार बुढाथेाकी काठमाडौँ [२९] सम्झौतानुसार, बाेलेकाे खै कसैले पनि पूरा गरेका छैनन् काम नगर्नेकाे हुँदैन दाेष, ऊ ‘नकचराे’ अगुवाहरूकै जान्छ नाम । ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ । [३०] थाहा छैन यहाँ कस्ले कस्लाई फसायो धनले न्याय जित्ने परिपाटी बसायो । ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ [३१] खै कस्को पो विश्वास गर्नु र पलपलमै कुरा गर्छ फेरिने आफ्नो फाइदा हुँदासम्म मात्र राम्रो नत्र गलत नजर हेरिने । ✍️ सुशीला शिखा काठमाडौं कागेश्वरी [३२] दियो बलिरहने, थप्नुपर्छ तेल खेलखेलमा पर्छ है, कहिले जेल । ✍️ मोती सुब्बा दार्जिलिङ भारत। [३३] स्वार्थका कुरा छाडौँ दु:ख सबैको फाडौँ। ✍️ तेजप्रसाद खनाल [३४] सित्तैमा पाए अलकत्रा पनि खान्छन् खाने मात्रै हाेइन झाेला भरि लान्छन् । ✍️ नवराज भट्ट कञ्चनपुर [३५] मोजमस्ती गरेकी छु पैसा टन्नै कमाउन बैँसको सदुपयोग गरेकी छु रमाउन । समुद्र✍️✍️ जल्जला७गण्डकी [३६] बुझेर पनि नबुझ्ने, खेल हुन्छ यहाँ, लज्जा पच्चाएको मान्छे बसेको छ जहाँ। ✍️ एवाइ प्रभात धनकुटा [३७] नबुझेर मन बगाउँछन् आँसुका भेल, आमाको सेवा गर्नेहरू नै पर्दैछन् जेल। ✍️ दीपा गुरुङ्ग (समभाव ) काठमाडौँ [३८] मन नमिल्दा आगो लाग्नु अनौठो हैन असन्तोषको डढेलो सल्काउनु छैन । ✍️नन्दलाल आचार्य बेलका, सिद्धार्थटोल, उदयपुर, कोशी । [३९] सहमती मै हुन्छ हजुर यहाँ सबै काम फसाउने त अनि हुन नमिलेपछि दाम । ✍️ अनिता भण्डारी ताप्लेजुङ [४०] मन मिले भन्छन् मेरो मनको राजा मन नमिल्दा यहाँ बजाउँछन् बाजा । ✍️ सरस्वती श्रेष्ठ इटहरी [४१] पैसा पाए बोली फेर्न लाउॅंदैनन् बेर युगलाई दोष दिई बोल्छन् जतिखेर । ✍️ पुष्पा सुवेदी नेपालगंन्ज,बॅाके। [४२] तिमीलाई भेट्न भनेर यो गाउँमा धाउँदैछु । आरोप लाउनेको अगाडि उभिन आउँदैछु । ✍️ चुडामणी देबकोटा चनपा १३ काठमाण्डौ [४३] भाैतिक विलास मात्रै हैन हाम्राे जीन्दगी गराैँ लाेककाे कल्याण नहोस् है जगजगी । ✍️ हरिगाेपाल प्रधान काभ्रेपलाञ्चाेक, बनेपा१४ साँगा [४४] माछो समात्दा हेर भ्यागुतो फस्यो चतुरे उम्क्यो धूर्त दु्लोमा पस्यो । ✍️ कमला देवकोटा, पाल्पा [४५] ठुलै भाग खोज्छन् सबैले कठिन रहेछ मिलाउन गोजी भरिएपछि फेरि भन्छन् सोम रस पिलाउन । ✍️ प्रमोद भट्टराई ‘प्रतीक’ [४६] लाग्नुहुन्न लहैलहैमा जीवन जाला खेर, बस्नुपर्ला सदा कुनामा रोइकराई धेर । ✍️ गंगा खड्का बूढानीलकण्ठ ,काठमाडौँ [४७] अनौठो दुनियाँमा देखिन्छ अनेक चाला, राम्रो गर्दागर्दै फसाउँछन् भइन्छ हाला। ✍️ शोभा आचार्य गौतम काठमाडौँ [४८] स्वार्थ मिलेसम्म बन्छन् सबै महामानव लोभ डाह बढेपछि हुन्छ उहीँ दानव । ✍️ इमान सिंह के.सी. व्यास ९ धनुवेसी,कलेस्ति, तनहुँ हाल नागार्जुन २ सुन्दरवस्ति,काठमान्डौ [४९] यहाँ राम्रो काम गर्दा भइहाल्छ जलन सोझालाई फसाउने चलेको छ चलन । ✍️ हिमा आर सी मेहेलकना सुर्खेत [५०] धेरै उम्लियो भने पोखिन्छ भन्छन् हिजोआज सम्बन्ध पैसामा गन्छन् । ✍️ संगीता खरेल चन्द्रागिरी ८ काठमाडौँ [५१] मनको जेल के साह्रो अझ दिल झनै गाह्रो। ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ भारत [५२] चन्द्र दाहिने रहुन्जेल कति खान्छौ खाऊ ग्रहदशा बिग्रिएपछि मामा घर जाऊ । ✍ राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ । [५३] कार्यान्वयन हैन नारा गर्ने रहेछन् चर्को सुन्दा बहस यी नेतृत्वको लाग्न थाल्यो झर्काे । ✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’ सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा। [५४] कहिल्यै नसकिने त्यही जुँगाको खेल कतिसम्म सकेका हुन् गर्न जालझेल । ✍️ गम्भीर दुवाडी गजुरी-५,धादिङ्ग [५५] सबै कुरा बुझेकै छन्, विद्वान हुँ भन्नेले उल्टो बाटो हिँडाइ दिन्छन् खाडल खन्नेले । ✍️ होम प्रसाद नेउपाने धरान,सुनसरी । [५६] लेख्नु थियो सुनौलो अक्षरमा नाम तर लेखेनँ मस्त थिएँ म जवानीको जोसमा आँखा नै देखेनँ । ✍️ बि.कुलुङ दार्जिलिङ रंगबुल [५७] समय पनि कस्तो आयो बुझ्नु जताततै डर आफ्नै सम्झेर नै मन खोल्यो हुन्न कसैको भर। ✍️ दुर्गा आचार्य मोरङ [५८] नबुझ्या झैँ गर्छन् घाटामा कोही बुझ पचाएर, दुनियाँ सामु कोकोहोलो गर्छन् स्वर मचाएर । ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे [५९] हाम्रो जीवन रहेछ एउटा खेल सलल बगेर जाने साउने भेल । ✍️ बिके मुखिया दार्जिलिङ भारत ।