
झिल्का लेखन अभियानको ७३ औँ शृङ्खला (नववर्ष विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने १ सय १८ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।
सहभागी झिल्काकारहरूका नववर्ष विशेष उत्कृष्ट झिल्का कविताहरू-
—————<•>————–
१//
बोकेर उमङ्ग हर्ष
आशाको नयाँ किरणसँगै
आयो हेर नववर्ष !
✍️ वसन्त अनुभव
वसन्तविहार, घोराही
२//
आयाे नयाँ वर्ष
समानुपातिक साेच बनाेस्
मनमा हाेस् हर्ष !
✍️
रवि पाैडेल
दक्षिण भारत, पाण्डेचरी
३//
छैन मनमा हर्ष
बनोस् अब रमाइलो
आउने नयाँ वर्ष !
✍️ प्रतिज्ञा प्रतिज्ञा
मेहेलकुना सुर्खेत
४//
फुर्ती रहोस् तनमा
नयाँ वर्षमा अब
शान्ति होस् मनमा !
✍️ सरिता सेढाई
धादिङ
५//
नयाँ वर्ष आयो
सारा नेपालीमा हर्षोल्लास
शान्ति खुसी छायो ।
✍️ शशीश्री आचार्य
बौद्ध कुमारीगाल काठमाडौँ
६//
नवीन वर्षले ल्याओस्
शान्ति अनि समृद्धि
जताततै खुसी छाओस् !
✍️ भविश्वर पंगेनी
वालिङ ९ स्याङ्जा
७//
गएकाे वर्ष सम्झेर
आफ्नो मनलाई यसै
खिन्न नपार्नू हेर !
✍️ भाेलामान बर्देवा(बैरागि माईलाे)
धरान ८ सुनसरि
८//
मनभरि खुसी छाओस्
एकासीका गल्ती बिर्सेर
बयासीमा बहार आओस् !
✍️ चुडामणी देबकोटा
पुरानो नैकाप, काठमाण्डौ
९//
उच्चातिउच्च रहोस् भावना
आओस् समृद्धिको बहार
सम्पूर्णमा नववर्षको शुभकामना !
✍️ डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा.-६, दोलखा
१०//
आयो नयाँ वर्ष
भुलेर पुराना पिरहरू
मनाऔँ सबैले हर्ष !
✍️ अरुण कुमार भुजेल
गोरूबथान
११//
शुभ रहून् दिनहरू
हर्ष छाओस् मनमा
केही चाहिन्न अरू !
✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा
१२//
शुभकामना नयाँ वर्षको
दिएर आजै सबैलाई
खुसी साटौँ हर्षको !
✍️ सञ्जना शर्मा
लमही, दाङ
१३//
स्विकार्दै गल्ती सहर्ष
सच्याए अवगुण आफ्नो
सुनौलो बन्छ नववर्ष !
✍️ किराती हाङ तिम्रो ( बिसु हाङ राई )
विराटनगर मोरङ
१४//
आयो नयाँ वर्ष
नेपालीको घरघरमा आयो
उमङ्ग अनि हर्ष !
✍️ कला ढकाल
झापा
१५//
दुःख कष्ट हरोस्
आउने नयाँ वर्षले
घाउमा मलम भरोस् !
✍️ ज्योतिका क्षेत्री
सिलगडी, भारत
१६//
गलत प्रवृत्तिकाे सामना
गर्न नपराेस् कसैलाई
नयाँ वर्षको शुभकामना !
✍️ प्रमाेद नेपाल
काठमाडौँ-५
१७//
पूरा हुन् चाहना
सबै नेपाली जनहरूलाई
नयाँ वर्षको शुभकामना !
✍️ साबित्री प्याकुरेल
धादिङ्ग
१८//
आउने नयाँ वर्षमा
दु:खपिर सबै हटुन्
दिन बितोस् हर्षमा !
✍️ कपिल किशोर घिमिरे
१९//
नयाँ वर्ष आयो
भिरको चिन्डो देख्छु
सन्देह मनमा छायो ।
✍️ दिलचन्द छेत्री
२०//
नयाँ वर्षको शुभकामना
सुख, समृद्धि, सुस्वास्थ्य
सारा जनमनको चाहना !
✍️ कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे
२१//
मनको कुरा मनमा
जवानीको जोश कस्तो
जीवन गयो धनमा !
✍️ निमा छिरिङ भोटिया
जलढका कालेबुङ
२२//
जताततै छाओस् उमङ्ग
आसन्न नयाँ वर्षले
गरोस् विभेदको क्रमभङ्ग !
✍️ बाबुराम गौतम
गुल्मी
२३//
आयो नयाँ वर्ष
खुसीयाली बोकेर सबैमा
ल्यायो पुन: हर्ष !
✍️ साहित्य प्रेमी सुशील
धनगढी
२४//
नववर्षको गुणगान गाऊँ
स्वागत गरौँ खुब
धर्ममा चित्त लगाऊँ !
✍️ यशोदा रेग्मी चम्लागाई
तुमीन नामराङ
२५//
उच्च रहोस् भावना
देशविदेशमा रहनुहुने जनप्रति
नववर्षकाे हार्दिक शुभकामना !
✍️ अम्बिका गिरी
विराटनगर
२६//
उच्च रहाेस् भावना
प्रगतिले छलाङ माराेस्
सम्पूर्णमा नववर्षकाे शुभकामना !
✍️ काेपिला अधिकारी
गाेरखा, सिरानचाेक
२७//
आउँछ जान्छ साल
बोकेर सन्देश शुभकामनाको
झुपडीमा रित्तो थाल !
✍️ बिके मुखिया
वाङ्दे, दार्जिलिङ, भारत
२८//
ल्याओस् सुखशान्ति नववर्षले
शुभकामना आफन्त जनहरूमा
बितुन् दिनहरू हर्षले !
✍️ हिरालाल न्यौपाने
बानपा ८ कोटमौला सल्यान
२९//
फेरियोस् नयाँ वर्ष
मनको मुस्कान ओठमा
भरियोस् है हर्षैहर्ष !
✍️ होमप्रसाद नेउपाने
धरान, सुनसरी
३०//
पूरा होउन् चाहना
सुखशान्ति एवम् समृद्धिको
सबैमा हार्दिक शुभकामना !
✍️ रुना कर्माचार्य दाहाल
चितवन
३१//
पुगोस् सदिच्छा चाहना
सकल जनता हाँसुन्
नयाँ वर्षको शुभकामना !
✍️ जिज्ञासु पन्त
लमजुङ
३२//
घुम्दै आयो नववर्ष
सबैकाे मनमा पलाओस्
उमङ्ग अनि हर्ष !
✍️ केसर बाेहरा ( आदर्श )
सुदूरपश्चिम अछाम । हाल भारत
३३//
आयो नयाँ वर्ष
सारा नेपाली जनमा
बोकेर खुसी हर्ष !
✍️ चक्र लोहोरुङ
३४//
नववर्षमा प्रेरणा जागोस्
हरेक व्यक्तिको मनमा
मानवताले बास पाओस् !
✍️ सतीश पण्डित
चुँदी, तनहुँ
३५//
तमाम देशमा रहनुहुने
सम्पूर्ण मित्रहरूमा शुभकामना
दुःख कष्ट सहनुहुने !
✍️ बिपी लामिछाने
दमक, झापा
३६//
पुगोस् सबैको चाहना
छाओस् सर्वत्र हर्षोल्लास
नयाँ वर्षको शुभकामना !
✍️ विष्णु पंगेनी(पाण्डे )
वालिङ्, स्याङ्जा
३७//
नववर्षले समृद्धि ल्याओस्
एकअर्कामा सद्भाव बढाउँदै
चारैतिर सुखशान्ति छाओस् !
✍️ देव स्याङ्देन
कालेबुङ
३८//
सत्य रहोस् मनोभावना
विश्वभर रहनुभएका सबैलाई
नववर्षको हार्दिक शुभकामना !
✍️ गुणनिधि घिमिरे
अमेरिका
३९//
सबैमा उमङ्ग छाओस्
नपरोस् दु:ख कसैलाई
सुखमय भाग्य पाओस् !
✍️ भुपेन्द्र राना मगर
धादिङ
४०//
सुखशान्ति र हर्ष
सबै नेपालीको मनमा
छाओस् नयाँवर्षकाे उत्कर्ष !
✍️ श्रीबहादुर केसी शैलुङ्गे
दुवाकाेट भक्तपुर
४१//
मनमा खुसी हर्ष
वसन्त ऋतुको उमङ्गसँगै
आयो नयाँ वर्ष !
✍️ श्रीकृष्ण धामी
देउलेख, बझाङ
४२//
मान्नुपर्ने भएन हर्ष
बढ्दैछ देशमा अशान्ति
सुधार होस् नववर्ष !
✍️ शंकर कार्की
थाहा ३ मकवानपुर
४३//
हर्षोल्लासको छ चाहना
मनमस्तिष्कमा सधैँ छाओस्
नववर्षको सबैमा शुभकामना !
✍️ कोपिला समीक्षा
खार्पा, खोटाङ
४४//
आन्तरिक हृदयको चाहना
जगमा समृद्धि छाइरहोस्
नयाँ वर्षको शुभकामना !
✍️ मोती योन्जन सुब्बा
दार्जिलिङ
४५//
विगतझैँ नहोस् नववर्षमा
देशमा समृद्धि भई
खुसीयाली छाओस् सबमा !
✍️ अर्जुन प्रसाद चौलागाई
रामेछापः-सुनापति-१
हाल अमेरिका, बोस्टन
४६//
बढेर सकारात्मक सोचाइ
नववर्षको हार्दिक शुभकामना
खुसी रहोस् स्थायी !
✍️ पुष्पा सुवेदी
नेपालगन्ज, बॅाके
४७//
नववर्ष समृद्धि ल्याओस्
सम्पूर्णमा यही शुभकामना
हर्षले निष्कर्ष पाओस् !
✍️ प्रेम थापा “मन”
बागलुङ
४८//
आयो नयाँ वर्ष
भुलाएर दु:ख जति
ल्याओस् सबैमा हर्ष !
✍️ देवकृष्ण काफ्ले
४९//
आगामी नयाँ वर्षले
सबैलाई खुसी देउन्
रमाइलो गरौँ हर्षले !
✍️ अन्मोल मुस्कान
तकदाह छाउनी, दार्जिलिङ
५०//
खुसी उमङ्गले बेर्दै
आयो हजुर नववर्ष
नयाँ पालुवा फेर्दै !
✍️ अनिता भण्डारी
ताप्लेजुङ
५१//
आयो बयासी साल
परस्पर सद्भाव बढोस्
समृद्धि छाओस् मालामाल !
✍️ छ्न्त्याल हित
५२//
सारा नेपालीको भावना
आओस् शान्ति श्रीवृद्धि
नयाँ वर्षको शुभकामना !
✍️ शोभाकान्त रेग्मी
वालिङ स्याङ्जा
५३//
पल्लव नयाँ अङ्कुरायो
वसन्तको आगमनले हेर
मुलुकभर खुसी छायो ।
✍️ साजन पौडेल
५४//
स्वागत नयाँ वर्षलाई
नौलो उमङ्गले आऊँ
आनन्दमा निश्चिन्त गराई !
✍️ मनोहरी पौडेल
गैडाकोट १
५५//
नववर्षको उज्ज्वल सपना
अनेकौँ हर्षोल्लासको साथ
सम्पूर्णलाई हार्दिक शुभकामना !
✍️ रमा गुरुङ्ग
सालुगडा, सिलीगुडी
५६//
नयाँ वर्षको शुभकामना
सुखशान्ति र समृद्धिको
पूरा होओस् चाहना !
✍️ कृष्ण बजगाई
खोटाङ
५७//
गरौँ शत्रुको सामना
सुखद बनोस् नववर्ष
सबैमा हार्दिक शुभकामना !
✍️ वेदु न्यौपाने
५८//
पुगोस् सबैको चाहना
समस्याहरू हल होउन्
नयाँ वर्षको शुभकामना !
✍️ धनमाया चौधरी
कैलाली
५९//
जीवनमा खुसी हर्ष
बोकेर नेपाली घरघरमा
आयो नयाँ वर्ष !
✍️ सानु जाेशी
सुदुरपश्चिम, दार्चुला
६०//
शुभकामना नयाँ वर्षकाे
छाओस् सबैमा खुसीयाली
पाइयाेस् फल सङ्घर्षको !
✍️ ईश्वर साउद(भिक्षु)
रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
६१//
शान्तिको आवाज लिएर
आऊ नववर्ष तिमी
क्रान्तिको नारा दिएर !
✍️ विवश पारदर्शी
झापा
६२//
पात्रो फेरियो घरमा
रुखमा पात फेरिए
नयाँ वर्षको साथमा !
✍️ समुन्द्रा शर्मा
६३//
स्वच्छ हाेस् भावना
सुख र शान्तिकाे लागि
नयाँ वर्षकाे शुभकामना !
✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
ऐसेलुखर्क ३ खाेटाङ । हाल भक्तपुर
६४//
उच्च शिखरको भावना
मनमा सजिएर जाओस्
नयाँ वर्षको शुभकामना !
✍️ दुर्गा आचार्य
मोरङ
६५//
सुखशान्तिको छ चाहना
भयरहित बाँच्न पाऊँ
आउँदो वर्षको शुभकामना !
✍️ राजेश्वरी राजोपाध्याय
ललितपुर
६६//
छाओस् खुसी हर्ष
दु:ख पीडा हटोस्
उमङ्ग ल्याओस् नववर्ष !
✍️ राधा चाम्लिङ
खोटाङ
६७//
नयाँ वर्ष आयाे
साथमा वसन्त बहार
मनमा खुसी छायाे ।
✍️ ताराप्रसाद चापागाईँ
धुनिबेसी, धादिङ
६८//
कालयुक्त संवत्सर गयाे
नयाँ वर्षको शुभकामना
उज्यालो साैरमान भयाे ।
✍️ प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे
६९//
नयाँपनको यहाँ खाँचो
जीवजगतमा प्रेम बढोस्
शान्ति बनोस् साँचो !
✍️ कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
७०//
घरघरमा खुसी आओस्
जोस, जाँगर, आँटमा
नववर्षको उमङ्ग छाओस् !
✍️ सरस्वती श्रेष्ठ
रुपन्देही बुटवल
७१//
सबैमा उज्यालो छाओस्
दुखीहरूको मुहारमा पनि
नयाँ उमङ्ग ल्याओस् !
✍️ संगीता खरेल
काठमाडौँ
७२//
दुःख नासिएर जाओस्
सुखशान्ति समृद्धि लिएर
नयाँ साल आओस् !
✍️ सीमा कार्की समर्पण
मेलचोक, पर्सा
७३//
घुमेर आयो नववर्ष
सम्पूर्णमा शुभकामना भन्दै
छाओस् मनमा हर्ष !
✍️ सुनगाभा पोखरेल
कपिलवस्तु
७४//
घुमेर आयो नववर्ष
बोकेर उमङ्ग शान्ति
खुसी अनि हर्ष !
✍️ डा. जानुका न्यौपाने
दोलखा
७५//
छैन मनमा हर्ष
नहोस् एकासी जस्तो
आउँदो नयाँ वर्ष !
✍️ शान्ता पौडेल भट्टराई
टङ्कीसिनवारी, मोरङ
७६//
विगतझैँ आयो नववर्ष
भुलौँ सारा पिरहरू
लिएर मनमा हर्ष !
✍️ विवा तामाङ
७७//
नेपालीहरूमा प्रगति उत्कर्षकाे
सम्पूर्ण उत्पीडित दुःखीहरूमा
शुभकामना छ नववर्षकाे !
✍️ रामप्रसाद पुरी
बादेल, खाेटाङ
७८//
देशमा खुसी आओस्
हटुन् नारा जुलुस
नेपालमा शान्ति छाओस् !
✍️ प्रेम शर्मा “एकान्त प्रेमी”
कालेबुङ
७९//
नवीन उत्साह लिई
आओस् नयाँ वर्ष
शान्तिको मद पिई !
✍️ पदमराज न्यौपाने
रामारोशन ४ अछाम
८०//
आयो नयाँ वर्ष
सर्वत्र खुसी छाओस्
उमङ्ग अनि हर्ष !
✍️ जनक बिसी
दक्षिण भारत, कोचिन
८१//
घर अनि आँगनमा
नयाँ वर्ष आयो
खुसी छायो मनमा !
✍️ जानुका बास्कोटा
काठमाण्डौ
८२//
बनोस् उल्लासमय वर्ष
हटोस् हृदयको तुवाँलो
जनमनमा होओस् हर्ष !
✍️ घनश्याम पन्त
हरिवन सर्लाही
८३//
पवित्र फूलझैँ फुलेर
नववर्ष मनाउनु सबले
दु:खपिर सबै भुलेर !
✍️ बेल थोकर तामाङ
८४//
पूरा होउन् मनोकामना
जोस जाँगर थपियोस्
नयाँ वर्षको शुभकामना !
✍️ नन्दा धामी
नौगाड, दार्चुला
८५//
भित्रियाे आँगनमा नववर्ष
धरती वसन्तले सजियाे
खुल्याे मधुमास सहर्ष !
✍️ हरिगाेपाल न्हुच्छेँप्रधान
काभ्रे, साँगा बजार बनेपा १४
८६//
सुस्वागतम् नयाँ वर्षलाई
हटाई मनको मैलो
हाँसीखुसी बसौँ रमाई !
✍️ सविता भट्टराई
जनकपुरधाम
८७//
अशान्ति हरोस् भावना
हरेक दैलोमा नववर्षले
समृद्धि छरोस् शुभकामना !
✍️ राज बहादुर बडुवाल
कनकासुन्दरी-५, जुम्ला
८८//
रिसराग सबै हटाई
खुसीको वर्ष बनोस्
हर्ष उमङ्ग बढाई !
✍️ नागेन्द्रप्रसाद यादव
८९//
मीठो फुरोस् रचना
नयाँ साल बयासीको
सबैलाई छ शुभकामना !
✍️ ध्रुव श्रेष्ठ
खोटाङ
९०//
उच्च रहोस् भावना
हरेक नेपालीको मनभित्र
नयाँ वर्षको शुभकामना !
✍ राजेन्द्र प्रधान ‘पासा’
दार्जिलिङ
९१//
स्वागतम् नयाँ वर्ष
हटोस् सबैका पीडा
छाओस् अथाह हर्ष !
✍️
पुष्पा राई
खाेटाङ । हाल- बसुन्धरा, काठमाडौँ
९२//
नयाँ समयहरू बिताई
सुनौलो नयाँ उमङ्गहरूले
नववर्ष मनमा सजाई !
✍️ नेत्रबहादुर श्रेष्ठ
सिन्धुपाल्चोक -१३
९३//
अनेकौँ हुन्छन् चाहना
पूरा हाेओस् सबैको
नयाँ वर्षकाे शुभकामना !
✍️ सहयात्री शाेभा अर्याल
रुपन्देही
९४//
नयाँ वर्षको रसरङ्ग
सर्वत्र सुखशान्ति फैलियोस्
नपरुन् भयले झसङ्ग !
✍️ देव मगर
तिनाउ~१,कचल, पाल्पा
९५//
खुसीले भरियोस् आँगन
हिमाल पहाड तराईको
समृद्ध बनोस् जनजीवन !
✍️ सुरेशकुमार पाण्डे
९६//
सबैले मनाऔँ नववर्ष
जोगाउँदै मौलिक परम्परा
मनमा बोकेर हर्ष !
✍️ संगमानंद पत्रकार
चूरु-राजस्थान
९७//
सम्पूर्ण नेपालीलाई शुभकामना
सुखशान्ति अनि समृद्धिकाे
सम्पूर्णमा मेरो सद्भावना !
✍️ शम्भु गजुरेल
९८//
नयाँ पात पलायो
पुरानो पात्रो बेकाम
वर्षले अङ्क बढायो ।
✍️ म्यामराज राई
भोजपुर
९९//
पूरा होउन् चाहना
आउँदै गरेको नववर्षको
सबैमा हार्दिक शुभकामना !
✍️
हरिभक्त सिग्देल महेश
मण्डिखाटार, काठमाडौँ
१००//
आयो नयाँ वर्ष
मुहारमा छाओस् सबको
खुसी अनि हर्ष !
✍️ चिरञ्जीवी श्रेष्ठ
धनकुटा
१०१//
मनको पीडा हटाई
आऊ नयाँ वर्ष
खुसी उमङ्ग सजाई !
✍️ बिमल पोखरेल
धरान -१७, पटनाली
१०२//
आयाे नयाँ वर्ष
पलाए नयाँ पालुवा
छायाे मनमा हर्ष !
✍️ जगदिश अधिकारी
तारकेश्वर, काठमाण्डाै
१०३//
नववर्ष आयो भन्छन्
एकदिन शुभकामना दिएर
वर्षभरि खोइरो खन्छन् ।
✍️ डा. देवी पन्थी
१०४//
गरिबको पेट भरियोस्
नयाँ वर्ष बयासीमा
उमङ्ग खुसी छरियोस् !
✍️
तेजप्रसाद खनाल
दाङ
१०५//
भरियोस् मनमा उमङ्ग
नयाँ वर्ष आउँदा
हुन्छौँ सबै दङ्ग !
✍️ सुस्मिता अधिकारी
काठमाडौँ
१०६//
कठिनाइको गरेर सामना
जुटाैँ अघि बढाैँ
नयाँ वर्षको शुभकामना !
✍️ जयनारायण नेपाल
बालकोट, भक्तपुर
१०७//
सम्पूर्ण कुकृत्य फालेर
नववर्ष तिमी आऊ
समृद्धिको दियो बालेर !
✍️ ऋजु दिल्पाली
१०८//
भित्रिरहेकाे नयाँ वर्ष
छर्न सकोस् शुभावना
ल्याओस् सबैमा हर्ष !
✍️ त्रिलाेचन भण्डारी
मेचीनगर, झापा
१०९//
घुम्दै फिर्दै आयो
नयाँ साल फेरि
आशा उमङ्ग छायो ।
✍️ शोभा आचार्य गौतम
काठमाडौँ
११०//
मनमा छाओस् हर्ष
सधैँ खुसी बनोस्
अबको नयाँ वर्ष !
✍️ ललिता गिरी
सुनकोसी ५, सिन्धुली
१११//
शुद्ध रहोस् भावना
उत्साह, उमङ्गकाे साथ
नयाँ वर्षको शुभकामना !
✍️ सुनिता निरौला पौडेल
राधे राधे, भक्तपुर
११२//
आयो नयाँ साल
तर जताततै देख्छु
उही पुरानो ताल !
✍️ दीपा गुरुङ समभाव
११३//
शुभकामना छ नववर्षको
खुसी छाओस् नेपालीहरूमा
शान्ति सुशासन हर्षको !
✍️ एवाइ प्रभात
धनकुटा
११४//
तिमी नयाँ वर्ष
आऊ खुसीलाई बोकी
मनमा पलाओस् हर्ष !
✍️ चन्द्रिका रिमाल न्यौपाने
११५//
नयाँ उमङ्ग जागोस्
सुखशान्ति होस् सर्वत्र
समृद्धि उकालो लागोस् !
✍️ नन्दलाल आचार्य
बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश, नेपाल ।
११६//
नूतन वर्ष आओस्
ऊर्जाशील कदम चाल्दै
पोहोरको फोहोर लैजाओस् !
✍️ लक्ष्मी रिजाल
कञ्चनरूप- १२, प्रगतिटोल, रूपनगर, सप्तरी, मधेस प्रदेश, नेपाल
११७//
आयो नवीन वर्ष
हटाएर सारा पीडा
छायो मनमा हर्ष !
✍️ आर्त अकुलीन
११८//
शुभकामना छ नववर्षकाे
सबैमा शान्तिको कामना
माहोल बनोस् हर्षकाे !
✍️ रामप्रसाद पुरी
बादेल, खाेटाङ~<•>~~