• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: साहित्य

उदक यात्री प्रद्युम्न चालिसेका उत्कृष्ट उदकहरू

  • २० पुष २०७९, बुधबार ०८:१६ मा प्रकाशित
  • उदक यात्री प्रद्युम्न चालिसेका उत्कृष्ट उदकहरू –

    १
    स्वार्थ
    मान्छे अन्धाे
    खाल्डाोमा हाम फाल्दै !

    २
    स्वार्थ
    मूली डुबेको
    परिपार विचल्लीमा पर्ने !

    ३
    स्वर्थ
    खेलको नित्य
    देखिने झेलै झेल !

    ४
    स्वार्थ
    गरेकाे कर्म
    कल्याण धर्म नास्ती !

    ५
    स्वार्थ
    राम्री पुतली
    जलेर भई खरानी !

    ६
    स्वार्थ
    मेल जालझेल
    नगर बधूकाे खेल !

    ७
    स्वार्थ
    बाेकेको भारी
    कहिल्यै गन्तव्य नपुग्ने !

    ८
    स्वार्थ
    माया माेह
    काकाकुल तृष्णा खाेजी !

    ९
    स्वार्थी
    माया माेह
    दुई दिनकाे घामछायाँ !

    १०
    स्वार्थ
    गर्ने सिकार
    देखिने जताततै विकार !

    • प्रद्युम्न चालिसे, भक्तपुर
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री प्रद्युम्न चालिसेका उत्कृष्ट उदकहरू

    पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला भाग- २५

  • २० पुष २०७९, बुधबार ०८:१० मा प्रकाशित
  • पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग २५ [पचिसौँ] ————————————-
    ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “

    विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/०९/१९ गते  समय :- साँझ ८ बजे
    …………………………………………
    प्रशिक्षक:-
    ——-
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी

    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-
    =====
    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- आफूखुसी

    अनुप्रास :- आफूखुसी

    स्थायी :- आफूखुसी

    टोपी दिवस
    ……………
    नेपाली राष्ट्रिय पोशाकको अभिन्न अङ्ग शिरको टोपीको बारेमा पञ्चाङ्ग लेख्नु हुन अनुरोध गर्दछौँ ।

    पञ्चाङ्ग तथा सम पञ्चाङ्ग संरचना —————————————-
    पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो । कसरी लेख्न सकिन्छ ?
    —————- ———————–
    पूर्ण अनुप्रास र स्थायी अनिवार्य हुनुपर्छ ।
    उठान गर्दा विषयवस्तुसँग सम्बन्धित हुनुपर्छ । ———————————

    पञ्चाङ्ग  संरचना
    ……………………

    ✍️नेपालीकाे  शिरमा  ढाका टाेपी शान बढ्छ [०१]
    ✍️ढाका टाेपी  लगाइ  सभा बस्दा मान बढ्छ [०२]
    ——————————–
    तेस्रो लाइनले माथिको १,२ लाई विस्तार गर्नुपर्छ ।

    ✍️विश्वमा   चिनाउने  नेपालीको      पहिचान [०३]
    …………………………………………………………………
    ४र ५ ले भाव र पञ्चाङ्गको निचोड दिनु पर्छ ।

    ✍️लागाएको त्यो  टाेपीले रक्षाकाे भान बढ्छ [०४]
    ✍️व्यवसायी   व्यापारमा खुसीको तान बढ्छ [०५]

    ……………………………
    उदाहरण पञ्चाङ्ग

    नेपालीकाे  शिरमा  ढाका टाेपी शान बढ्छ [०१]
    ढाका टाेपी  लगाइ  सभा बस्दा मान बढ्छ [०२]
    विश्वमा   चिनाउने  नेपालीको      पहिचान [०३]
    लागाएको त्यो  टाेपीले रक्षाकाे भान बढ्छ [०४]
    व्यवसायी   व्यापारमा खुसीको तान बढ्छ [०५]

    💢शाेभा आचार्य गाैतम, काठमाडौँ ।
    ……………………………………………………

    पञ्चाङ्गहरू
    ………………………………………………

    पञ्चाङ्ग   [०१]
    [०१]
    नेपालीकाे  शिरमा  ढाका टाेपी शान बढछ।
    ढाका टाेपी  लगाई  सभा बस्दा मान बढछ।
    विश्वमा  चिनाउने  नेपालीको      पहिचान,
    लागाएको त्यो  टाेपीले रक्षाकाे भान बढछ।
    व्यवसायी   व्यापारमा खुसीको तान बढछ।
    [०२]
    दाजुभाइकाे  त्यो   शिरमा  ढल्कियाे टाेपी।
    नेपाली  संस्कार,  संँस्कृति  छल्कियाे टाेपी।
    विश्वमा   चिनाउने   नेपाली    चिनारी    हाे,
    उच्च शिर राख्दै  त्यो ढाका झल्कियाे टाेपी।
    नेपालीलाई   सुहाउने   टल्कियाे       टाेपी।

    ✍️💢शाेभा आचार्य गाैतम, काठमाडौँ ।
    …………………………………………………

    पञ्चाङ्ग  [०२]

    ढाका टोपी नेपालीको सान हो साथी ।
    लगाएपछि   टोपीकै   मान  हो साथी ।
    सगरमाथा जस्तै   उच्च शिर छ हाम्रो ,
    स्वभिमान  बढाएको  भान  हो साथी ।
    नेपाली  निर्मित  श्रोत खान हो साथी ।

    💢सोमनाथ लुइटेल “रवि पाल्पाली”
    ……………………………………………

    पञ्चाङ्ग   [०३]

    शिरमा मेरो ढाका टोपी नेपाली सान हो ।
    गौरव गाथा   बोकेको इज्जत र मान हो ।
    वीरको चिनो  रक्तको टाटो  मैलो नठान ,
    सगरमाथा  झैँ  अग्लो  ईश्वरीय थान हो ।
    टोपी हाम्रो पहिचान र  पुर्खाको दान हो ।

    💢पुष्पा नेपाल(सुवेदी), इलाम ।
    ………………………………………………

    पञ्चाङ्ग   [०४]

    सगरमाथा सरि उच्च सान हाम्रो टोपी ।
    अग्लो शिरमा कैलाशकै भान हाम्रो टोपी ।
    हिमालको चिसो पानी पिई आगो ओगल्ने ,
    वीरताको गाथा महिमा गान हाम्रो टोपी।
    कहिल्यै झुक्न नजानेको मान हाम्रो टोपी ।

    💢श्रीकृष्ण शर्मा, पोखरा ।
    ………………………………………………

    पञ्चाङ्ग   [०५]

    आँटेका कुरा गर्दिन्छु पूरा भन्दछन् दैवले।
    नसुने पूरा क्यै छैनन् कुरा भन्दछन् दैवले।
    मारेर ताली ठोक्दै ताली हुँदैन केही काम,
    भए नि लुरा बन्नु  है सुरा भन्दछन् दैवले।
    मिल्काई छुरा निकाल चुरा भन्दछन् दैवले।

    💢घनश्याम पौडेल,पोखरा ।
    ……………………………………………………

    पञ्चाङ्ग   [०६]

    लगाएर ढाका  टोपी,  सान बढ्छ नेपालीको ।
    संसारभर     सर्वत्र,    मान बढ्छ नेपालीको ।
    संँस्कृति  र  सभ्यताको,  हुन जान्छ संरक्षण,
    जताततै   विश्वभर,   गान  बढ्छ  नेपालीको ।
    सिक्न मिल्छ अवसर, ज्ञान बढ्छ नेपालीको ।

    ✍️💢वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ ।
    ……………………………………………………………

    पञ्चाङ्ग   [०७]

    संँस्कृतिको मान मेरो ढाका टोपी ।
    सभ्यताको जान मेरो ढाका टोपी ।
    कहिले नझुक्ने सगरमाथा झैँ,
    नेपालीको शान मेरो ढाका टोपी ।
    वीरताको गान मेरो ढाका टोपी ।

    💢आर्त अकुलीन, कैलाली ।
    ………………………………………………

    पञ्चाङ्ग   [०८]

    नभुलौं लगाउन    नेपालीले  शिरमा  टोपी।
    उकालो चढिरहँदा नखसोस्  भिरमा टोपी।
    नेपाली टोपी नेपालको चिनारी हो मौलिक
    उत्साह  बढाउन  अडिरहोस्  थिरमा टोपी।
    साथ नै रहोस्  देशका हरेक  पीरमा  टोपी।

    💢रचना शर्मा प्रतीक्षा, ललितपुर ।
    ………………………………………………

    पञ्चाङ्ग   [०९]

    नेपालीको ढाका टोपी   ढल्काउँदै हिँडे।
    राष्ट्रिय   पोसाक   सबै  टल्काउँदै हिँडे।
    स्वाभिमानी    बन्नुपर्छ  अब भने  हामी,
    विदेशको  टाई  सुट   झल्काउँदै   हिँडे।
    आफ्नो मुद्रा झन् बाहिर पल्काउँदै हिँडे।

    💢भगवती दवाडी ,झापा ।
    ………………………………………………

    पञ्चाङ्ग   [१०]

    हामी बाह्रै महिना टोपी लगाउछौँ  सँधै टोपी दिवस ।
    टोपीकै आडमा दुष्मन भगाउछौँ सँधै टोपी दिवस ।
    टाढैबाट  नेपाली भनी दङ्गाउँछौँ  हाम्रो टोपीले भने,
    नेपालको सान र मान  जगाउछौँ  सँधै टोपी दिवश।
    शिरको टोपीले  संसार रङ्गाउछौँ  सधैँ टोपी दिवस।

    💢मल्ल लक्ष्मी श्रेष्ठ , मेची किनार
    बिर्तामोड झापा ।
    …………………………………………………………

    पञ्चाङ्ग   [११]

    नेपालीको ढाका टोपी ढल्क्यो शिरैमा।
    विदेशीको आँखा पनि झल्क्यो शिरैमा।
    हेर्दा राम्रो देखिने नेपाली भनी चिन्ने ,
    आहा कस्तो राम्रो भनि छल्क्यो शिरैमा।
    मधेशी पहाडीको टल्कियो शिरैमा।

    💢सरस्वती श्रेष्ठ , इटहरी ।
    ……………………………………………

    पञ्चाङ्ग   [१२]

    देश नेपालको पहिचान हाम्रो शिरको टोपी।
    बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई भिरको टोपी।
    सबैले माया गरौ इज्ज्यत दिऊँ सदा सर्वदा,
    असली नेपाली हो मान प्रतिष्ठा चीरको टोपी।
    दौरा सुरुवाल ढाका ढल्काउने वीरको टोपी।

    💢अम्विका अधिकारी, झापा विर्तामोड ।
    …………………………………………………

    पञ्चाङ्ग   [१३]

    आफ्नो राष्ट्रियता खोज्न अन्तैतिर धाउनु पर्छ अचेल।
    अर्काको देशमा आफ्नो देशभक्ति गाउनु पर्छ अचेल।
    एकछिन टोपी नलाउँदा त  सिर्कना   हान्नु हुन्थ्यो बाले,
    एकछिन  टोपी   लाउन  दिवस  आउनु  पर्छ  अचेल।
    मुखले  मात्रै  पो एकताको    नारा लाउनु पर्छ अचेल।

    💢पशपती राई, खोटाङ ।
    ……………………………………………………………

    पञ्चाङ्ग   [१४]

    नेपाल हाम्राे विश्वमा राम्राे मल्कँदै नेपाली।
    सगरमाथा झलल श्वेत टल्कँदै नेपाली।
    सम्पदा हाम्राे प्रकृति रम्य समग्र विश्वकाे,
    उर्वरा माटाे पहिचानमा पल्कँदै नेपाली।
    टाेपी छ शिर चिनारी स्थिर ढल्कँदै नेपाली।

    💢सुरेश चन्द्र घिमिरे, लमजुङ ।
    …………………………………………………

    पञ्चाङ्ग   [१५]

    लगाउँदा राम्रो नेपालीको मान बढाउँछ ।
    ढाका टाेपी नै हाे नेपालकाे सान बढाउँछ ।
    राष्ट्रिय पाेशाक हामीले सम्मान गर्नुपर्छ,
    नेपाली हुनाकाे यहाँ हाम्रो भान बढाउँछ।
    स- सानालाइ संँस्कृतिको याे ज्ञान बढाउँछ ।

    💢सहयात्री शाेभा अर्याल, बुटवल १४ रुपन्देही ।
    …………………………………………………………

    पञ्चाङ्ग   [१६]

    (पञ्चाङ्ग दोश्रो प्रयास )

    हजुरहरुबाट टाढा भएर पल-पल रुवाउने कुनै चाह छैन।
    कसम न त कुनै बाहाना छ मसँग बाहना त कसैप्रति डाह छैन।
    घरमा बुवाआमा रहुन्जेल मात्रै हो स्वतन्त्रले ढुकढुकी चल्ने,
    त्यसपछि त सासले पनि कतिखेर साथ छोड्छ थाह छैन।
    अब मानेन मनले अन्तै जान त्यो बाहेक अर्को कुनै चाह छैन।

    ✍️💢मनकी साथी [निस्मा चौधरी )
    …………………………………………………………………

    पञ्चाङ्ग   [१७]

    ढाका टाेपी नेपालीको अनि छान राम्रो ।
    सगरमाथा   शिर   झैँ  उच्च सान राम्रो ।
    दौरा  सुरुवाल  काेट माथी ढाका टाेपी ,
    नेपालीको  पोशाक  गरौंँ है  मान राम्रो ।
    राष्ट्रियता  जोगाउन   गरौंँ   दान  राम्रो ।

    💢तारा घिमिरे स्वेच्छा, सङ्खुवा सभा ।
    …………………………………………………

    पञ्चाङ्ग   [१८]

    ढल्काउँदा  ढाका टोपी मान सबै पाए जस्तो।
    टल्काउँदा  शिखर  झै  शान सबै पाए जस्तो।
    शिरको  स्वाभाव   मुटुभित्र   सजाएर  दिन्छ,
    झल्काउँदा ज्योति छरि भान सबै पाए जस्तो।
    पल्काउँदा शिरको टोपी गान सबै पाए जस्तो।

    ✍️💢अच्युत घिमिरे-भुटानबाट🇧🇹 ।
    ………………………………………………………

    पञ्चाङ्ग   [१९]

    हिमाल झैँ अग्लो शिरमा टल्किन्छ ढाकाटोपी।
    नेपाली पहिचान   हाम्रो झल्किन्छ ढाकाटोपी।
    भुल्नु  हुँदैन अब  हामी    पश्चिमी  संस्कारमा,
    कपालभरी रङ्ग  देख्दा  जल्किन्छ ढाकाटोपी।
    हाँस्दै  झरना  नदीसँगै    छल्किन्छ ढाकाटोपी।

    💢बिना रोका,  दाङ।
    ………………………………………………………

    पञ्चाङ्ग   [२०]

    लगाऊँ यो जीवन भरि टोपी सबैले ।
    खडेरी वा परियो झरी टोपी सबैले ।
    संसारभरि जोगाउँनुछ स्वाभिमान,
    शिर छोपौँ इज्जत गरी टोपी सबैले।
    नझुकौँ लगाऊँ नडरी टोपी सबैले।

    💢सुरेशकुमार पान्डे, दाङ घोराही १८ ।
    …………………………………………………

    पञ्चाङ्ग   [२१]

    सगरमाथा    चिनाउँने   नेपालीको  मेरो टोपी ।
    विश्वभरि नाम  पाउने  गोर्खालीको तेरो टोपी।
    आज मात्र हैन  हामी  सधैँ शिरमा टोपी लाऊँ,
    गरिब दुःखी भएपछि टुप्पी निस्क्यो घेरो टोपी ।
    गाउँबेंँसी  खोंँच मैदान  लेकालीले  फेरो टोपी ।

    💢गुणनिधि घिमिरे, अमेरिका ।
    ………………………………………………………

    पञ्चाङ्ग   [२२]

    आँखामा नेपाली टोपी छाउँछ नेपालीले ।
    टोपीले   मान-सम्मान  पाउँछ नेपालीले ।
    नेपालीको टोपी जस्तै   सगरमाथा नै हो ,
    मान  जोगाउन  टोपी  लाउँछ नेपालीले ।
    ढाका टोपीको गित  नै गाउँछ नेपालीले ।

    💢जानुका गौतम, काठमाडौं ।
    ………………………………………………

    पञ्चाङ्ग   [२३]

    नेपालीको सान    टोपी हो।
    लगाएमा      मान टोपी हो।
    हाम्रै इज्जत   राख्छ जानौँ,
    गर्न      सकौँ दान टोपी हो।
    पाल्पालीको भान टोपी हो।

    💢कला ढकाल, झापा ।
    ……………………………………

    पञ्चाङ्ग   [२४]

    मान-सम्मान  बढाउँछ नेपालीको ।
    उच्च शिखर  चढाउँछ नेपालीको ।
    पहिरन हाम्रो टोपी शिरको शोभा ,
    आँखामा चित्र गढाउँछ नेपालीको।
    नैतिक  पाठ  पढाउँछ  नेपालीको।

    💢संगिता शर्मा , सिन्धुली ।
    …………………………………………

    पञ्चाङ्ग   [२५]

    माया जालको थोत्रो टोपीको  घेरो   नबनाऊँ ।
    आउने जाने गर्छु  बाटो  लामो  फेरो नबनाऊँ ।
    जालहारीले जालै हान्दा टोपी खस्यो पानीमा ,
    बुन्दै  जाँदा  लागाउने  तेरो   मेरो     नबनाऊँ।
    आँखाले हेर्न  नमिल्ने त्यस्तो   डेरो  नबनाऊँ ।

    💢गिता रिजाल, धरान ।
    ………………………………………………

    पञ्चाङ्ग   [२६]

    सगरमाथा  झैं अटल  रहने  मान हाम्रो।
    बहादुरी वीर यहाँको चिनारी भान हाम्रो।
    भेष भुषा संँस्कृति संसारमा छगजवकाे ,
    कतै झुक्दै नझुक्ने शिरकाे टाेपी सान हाम्रो ।
    प्याराे लाग्छ नेपालीको भाषा भेष गान हाम्राे।

    💢उर्मिला के.शी., धनकुटा ।
    ……………………………………………………………

    पञ्चाङ्ग   [२७]

    नेपालीको पहिचान  शिरमा  ढाका  टोपी    राखौँ।
    पखेरीमा  गिताउंँछन्  भिरमा  भाका  छोपी   राखौँ।
    राष्ट्रियता  बोकेको  हाम्रो  प्यारो  पहिरन    टोपी हो,
    देश  विदेशमा  चिनाउंँछ  सिमा  नाका गोपी राखौँ ।
    विदेशीको पहिरन त्यागौँ आफ्नो खाका रोपी राखौँ ।

    💢सरिता सेढाई , चरौँदी धादिङ ।
    ………………………………………………………………

    पञ्चाङ्ग   [२८]

    नेपालीको हरेक कुनामा टोपीको पहिचान गराऊँ।
    नसा नसामा माया गरेर टोपीको पहिचान गराऊँ।
    नेपालको सान अनि मान हो सगरमाथा जस्तो उच्च ,
    मनको ढुक ढुकुटीबाट टोपीको पहिचान गराऊँ।
    पाहुनालाई सम्मानसाथ टोपीको पहिचान गराऊँ।

    💢दुर्गा आचार्य, मोरङ ।
    ………………………………………………………

    पञ्चाङ्ग   [२९]

    टोपी लगाएर झिक्ने हो कि अड्याएर ठड्याउनु बेस।
    हिँड्दा त ठिकै हुन्छ निहुरिँदा कसरी अड्याउनु बेस।
    भारी बोक्दा नाम्लोले थिचिन्छ  चेप्टिन्छ कतै झर्दैन पनि,
    हिँड्दा उफ्रिँदा सधैँ शिरमै कसोगरी गड्याउनु बेस।
    टोपी दिवस  महत्त्व  अरुबेला कहाँ गड्याइनु बेस।

    💢होम प्रसाद नेउपाने, धरान,सुनसरी ।
    ……………………………………………………………

    पञ्चाङ्ग   [३०]

    ढाका टोपी शिरमा लगाई शान बढाऊ।
    यी तीन करोड नेपालीको मान बढाऊ।
    राष्ट्रिय भेष नेपालीको विश्व चिनाउने,
    दिदी टोपी बुन्ने मेसिनको तान बढाऊ।
    हाम्रो संस्कार  संस्कृतिको ज्ञान बढाऊ

    💢अम्बिका दाहाल , उर्लाबारी ,मोरङ्ग ।
    ………………………………………………

    पञ्चाङ्ग   [३१]

    भेषभुषा नेपालीको जोगाइ राखौँ सदा ।
    नेपालमा  उत्पादन लगाई  चाखौँ सदा ।
    पहिचान  राख्छ  बढाउँछ गौरव हाम्रो ,
    विश्व बीचमा नमुनाको खडा भाकौँ सदा।
    नेपाली   उत्पादनहरू  लिन डाकौँ सदा।

    💢जमुना आचार्य, सिन्धुपाल्चोक ।
    …………………………………………………

    पञ्चाङ्ग   [३२]

    हामी सबै नेपालीमा यो शिरको टोपीले सान दिन्छ।
    तराई पहाडी मधेसी हिमाली सबैमा भान दिन्छ।
    हामी जहाँ भएनी ढाका टोपी हाम्रो पुर्खा पहिचान,
    अड्डा अदालत जाँदा टोपीको छुट्टै मान्य स्थान दिन्छ।
    नेपाली ढाका टोपीले हाम्रा पुर्खा हरूको मान दिन्छ।

    💢बेदु न्यौपाने, काठमाडौ ❤️ ।
    ……………………………………………………………

    पञ्चाङ्ग   [३३]

    शिरमा ढाका टोपी टल्केको छ।
    जाडोमा टोपी तिर पल्केको छ।
    नेपालीको शान ढाका टोपी हो,
    देख्दा नेपालीपन झल्केको छ।
    विदेशी नेपालतिर सल्केको छ।

    💢सुशीला पौडेल ।
    ………………………………………

    पञ्चाङ्ग   [३४]

    पुर्खाको मानको लागि टोपी झल्काउनु पर्छ ।
    नेपाली  सबैले  देखाउन  पल्काउनु     पर्छ ।
    शिरको शोभा  मात्र होइन हाम्रो पोशाक हो ,
    ढाका  टोपी  लगाएर  मन  टल्पाउनु    पर्छ ।
    स्वदेशबाट     विदेशसम्म   सल्काउनु  पर्छ ।

    💢हुमा पोखरेल लुइटेल, कावासोती नवलपुर ।
    ……………………………………………………

    पञ्चाङ्ग   [३५]

    टोपीले सुन्दर बनाउँछ हेर्दा।
    नेपाली हो भनि जनाउँछ हेर्दा।
    जाडोमा बचाउँछ सबैलाई नै,
    नेपालीको पर्व मनाउँछ हेर्दा।
    टोपी माथि फूल खनाउँछ हेर्दा।

    💢ह्यारिस
    …………………………………………

    पञ्चाङ्ग  [३६]

    मेरो टोपीले हिमाल   झल्काउँछ हेर।
    विदेशीलाई    देशले  पल्काउँछ हेर ।
    नेपालको राष्ट्रिय पोषाक सान नै हो,
    शिरको टोपीले शिर   टल्काउँछ हेर ।
    विदेशीहरूले  लोहिदै सल्काउँछ हेर।

    💢मिराज लुइटेल, काठमाडौं ।
    ………………………………………

    पञ्चाङ्ग   [३७]
    [०१]
    जवानीमा दामको महत्व छ।
    पेट पल्ट कामको महत्व छ।
    समयले जे माग्छ त्यही दिनु,
    बुढो हुँदा त्यो धामको महत्व छ।
    मर्ने बेला रामको महत्व छ।
    [०२]
    मान्छेेले सकेको काम गर्नु पर्छ।
    सुत्ने नभै खाटबाट झर्नु पर्छ ।
    केही नगरेर गुजारा हुँदैन ,
    हरेक ठाउँमा अघि सर्नु पर्छ ।
    एकदिन सबैले नै मर्नु पर्छ ।

    💢नवराज भट्ट, कञ्चनपुर ।
    ………………………………………

    पञ्चाङ्ग   [३८]

    शिरमा टोपी ढल्काएको राम्रो सुहाउँछ।
    आफ्नो संस्कृती झल्काएको राम्रो सुहाउँछ।
    ढाका टोपी त्यो शिरमा लगाएर त हेर,
    विदेशीलाई पल्काएको राम्रो सुहाउँछ ।
    प्रीतिको आगो सल्काएको राम्रो सुहाउँछ।

    💢मन्दिरा सेढाई, मलेखु,धादिङ ।
    ………………………………………………

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला भाग- २५

    ‘टुक्का माथि टुक्का’को ६५ औँ शृङ्खला सम्पन्न

  • २० पुष २०७९, बुधबार ०७:५७ मा प्रकाशित
  • काठमाडौ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ६५ औँ शृङ्खला यही पौष ९ गते शनिबार सम्पन्न भएको थियो।
    अभ्यासमा नेपाल लगायत विश्वका ५२ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ६५औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    बाहिर मात्र बुढो हजुर, भित्र लक्का जवान,
    हेर्नुस् सत्ता मेरै हातमा, यो मुलुकको कमान ।
    ✍️वसन्त अनुभव
    घोराही, दाङ

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    [१]
    राजनीति र कुटनीतिलाई उमेरले हुन्न,
    सधैँ सत्ता मेरै हातमा बुढेसकालले छुन्न ।
    🌑ताराप्रसाद चापागाईँ
    धुनिबेसी ।

    [२]
    देश बिग्रियोस् केको चिन्ता यस्ता बुढालाई,
    चुनाव जिताउने हामी उस्तै दाजुभाइ ।
    🌑हरि पराजुली

    [३]
    देशको लागि नगर्नेे बुढा, कहिले युवा हुन्छ ?
    बेचिसक्यो युवाहरू, देश बेच्ने विचार बुन्छ।
    🌑एवाइ प्रभात
    धनकुटा हाल मोरङ

    [४]
    हिड्दा, डुल्दा, र बोल्दाखेरि बढे पनि सास,
    प्राण हुन्जेल मर्ने छैन, सत्ता छोप्ने आस ।
    🌑बाबुराम गौतम
    गुल्मी

    [५]
    तन मात्रै बुढो हजुर, मन अझै सोर,
    नछाड्ने भरसक कुर्सी, हट्ने कहाँ हो र ।
    🌑बुद्धिमान दनुवार
    सुरुङ्गा ४ झापा

    [६]
    हाँसी हाँसी नबोलीकन सत्ता आफ्नै हातमा लिएर बस्छु,
    भन्नेले बुढो भन्दै गर्छन् भारीकाभारी पैसा बोरामा कस्छु ।
    🌑अम्विका अधिकारी
    झापा विर्तामोड

    [७]
    जित्न खाेज्ने आयाे भने छेकाराे हाल्छु ऐले,
    र्‍याल सिँगान चुहाउन अब छाड्छु मैले ।
    🌑धन कुमारी रेग्मी
    भरतपुर

    [८]
    हाम्रो देशका सांसदहरूको हुन्न कुनै सिमा,
    देशलाई विकास गर्न लगाऔंं तीब्र गतिमा ।
    🌑कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    [९]
    बाँचुञ्जेल कुर्सी रोक्नुभयो मलाई छाड्नु भैन,
    जे जे भनेपनि विजन उखान बाहेक छैन।
    🌑सुरेशकुमार पान्डे
    दाङ घोराही १८

    [१०]
    काम गर्ने बुद्धिले हो, बुद्धि बुढो हुँदैन,
    बुढापामा अनुभव हुन्छ उमेरले छुँदैन ।
    🌑अजय कुमार झा

    [११]
    खान्छु देश जाँतो घुमे समान,
    सत्तामा ल्याउँछु मेरा जवान ।
    🌑रिजाल विनोद

    [१२]
    आओ देश बनाउने विषयमा सत्ता र भत्ता लिऊँ,
    हाम्रो साथ दिँदैन जो दल चिनौँ डाँडो कटाई दिऊँ ।
    🌑घनश्याम रेग्मी

    [१३]
    छेक्ने छैन हातपाउ, उमेरले मेराे,
    लुँड्याउन बाँकी नै छ सारा सेरोफेरो ।
    🌑रामकृष्ण दुवाडी

    [१४]
    घुमीरहन्छ सत्ता सधैँ मेरै वरिपरि,
    भाग्यले नै जुराउँछ मलाई घरिघरि ।
    🌑मित्र उराठी गाैतम
    तिलाेत्तमा न पा-२,रुपन्देही

    [१५]
    उखानै छ ठिटाे गाेरू चाँडै थाक्दछ, बुढाे गाेरू आफ्नाे मेलाे तुर्छ,
    देश हाँक्ने कार्य ठेट्नालाई, मेराे शेषपछि दिने साइत जुर्छ ।
    🌑प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    [१६]
    राजनीति कुटनीतिमा उमेर होइन दिमाग चलाउने,
    सत्ता मेरै भनेर कहिले होला जनताको बुद्धि पलाउने ।
    🌑अच्युत घिमिरे
    भुटानबाट🇧🇹

    [१७]
    बुढो परिपक्व हुन्छ घुमिफेरि लिइन्छ सत्ता,
    सधैँभरि खाइरहेको गहकिलो हुन्छ भत्ता ।
    🌑भगवती दवाडी
    झापा

    [१८]
    नेता हुँ म कहिल्यै मेरो हुन्न उमेर बुढो,
    कुर्सी प्यारो मलाई जहिल्यै म त ठुटे मुढो।
    🌑नवशिला।
    बेलबारी-२,लालभित्ती,मोरङ।

    [१९]
    नगरी केही काम यत्तिकै के मरौला घुर्सी,
    छोड्न मन लाउँदैन बुढो भएपनि कुर्सी ।
    🌑हिमा रोका
    मेहेलकुना सुर्खेत

    [२०]
    बुढो भएपनि गर्दैछु मन्थन,
    नगरी नहुने भो गठबन्धन ।
    🌑बिके मुखिया
    दार्जीलिङ भारत।

    [२१]
    बुढो भन्न लाज लाग्दछ, असी नाघे पनि,
    मर्दा भोलि मुक्ति मिल्छ प्रधानमन्त्री बनि ।
    🌑बिबस पारदर्शी
    भद्रपुर झापा,

    [२२]
    घर मेरो, टाट्नो मेरै, मैले गोरू जस्तोसुकै पालौँ,
    मेरै स्वादको खाना बनाउन, भान्से कदम चालौँ ।
    🌑प्रदीप के रिमाल
    इटहरी,सुनसरी।

    [२३]
    तनले पो ! बुढो भएँ, मन छ हेर पाको,
    चुप लाग केटाकेटी, कुर्सी केवल बाको।
    🌑प्रीति आत्रेय ज्ञवाली
    बुटवल हाल प्रवास

    [२४]
    राजनीति र कुटनिती कुरा बुढो हुन्न कहिल्यै,
    मेरो रिस नगरेर बस आउँछ सत्ता जहिल्यै ।
    🌑बेदु न्यौपाने
    काठमाडौ

    [२५]
    एउटा खुट्टा जमिनमा, अर्को चिता माथि,
    अझै उस्तै लोभलालचा, छक्क पर्छु साथी ।
    🌑वसन्त अनुभव
    घोराही, दाङ

    [२६]
    राजनीति र कुटनीति हुन्छ विपरीत,
    ढुक्क हुनु हार्नेको पनि हुन्छ यहाँ जीत ।
    🌑सुरेश विश्वकर्मा
    डोटी

    [२७]
    कोटेरे चरी गुँडै लायो दूबाको झाम्टामा,
    तन्नेरीले अन्नेरी गर्‍यो बुढीको लाम्टामा ।
    🌑सुरेश

    [२८]
    धेरै नै बूढो भएँ म त कपाल सेतै फुल्यो,
    तर पनि युवा जोशमा कुर्सीमा मन भुल्यो ।
    🌑डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा.-६, दोलखा ।

    [२९]
    अब युवा जागिसके तिम्रो जवान काम छैन,
    छक्कापन्जा गर्दै बल खोसे नि दीर्घायुको हैन।
    🌑म्यामराज राई
    भोजपुर

    [३०]
    तन्नेरीलाई पालो देऊ बुढो कति दाउनु,
    आराम नि गर्नु पर्छ बस्न घरमा आउनु ।
    🌑सरिता सेढाई
    धादिङ

    [३१]
    भन्न पाइन्छ नसके नि गर्न, हेर बाँचुन्जेल,
    एकवर्ष धान्छौ यात धान्दैनौ, निको छैन खेल ?
    🌑अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा

    [३२]
    सत्ता हातमा आएपछि बूढो पनि जवान हुन्छ,
    सत्ता रापले पोलिएर तरुनीलाई पनि छुन्छ ।
    🌑दीपक ठटाल जलन,२४.१२.२२

    [३३]
    यो बूढो भयो रङ्ग र गयो नभन है साथी,
    चुरिफुरी यिनकै बढी नजाउन्जेल माथि ।
    🌑कमला देवकोटा
    पाल्पा

    [३४]
    बुढो साँढेले गाई ओगटेझैँ ओगटेर सत्ता,
    नखाँदा राम्रो र्‍याले काकाबाले साँसदको भत्ता ।
    🌑बिके माकजु
    भक्तपुर ।

    [३५]
    मेरै राज हो राजनीति, मेरै हो पेवा,
    पहिला आफू अनि मात्र अरूको सेवा ।
    🌑प्रेम थापा “मन”
    बागलुङ

    [३६]
    राजनीतिमा हिँडेपछि कामले कहिल्यै बुढाे हुन्न,
    उमेरले नेटाे काटे पनि राजनीतिमा हात धुन्न।
    🌑राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ सङ्गम काेलाेनी भक्तपुर ।

    [३८]
    जीवनपर्यन्त देश र जनता प्रेमी बन्नु,
    भ्रष्टाचारी उन्मुलन गर्न जरैदेखी खन्नु ।
    🌑भुपेन्द्र राना मगर
    धादिङ

    [३९]
    बूढो कसलाई भनेको होला, म त अझै छु तन्नेरी यस्तो
    अब टन्न हसुरेर बनाउनु छ घर, दरबार जस्तो ।
    🌑राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ हाल- प्रवास

    [४०]
    भन्नेहरू भन जे जे , म नै राज्य थाम्छु,
    बोल्नेबेला खै के हुन्छ मात्र अलि काम्छु ।
    🌑भगवती दवाडी
    झापा

    [४१]
    अब जनता जागिसके, छैन तिमीजस्ताको काम,
    हुन त जसले जित्यो, उसैले कमाउने हाे दाम ।
    🌑शर्मिला लामा
    सिन्धुपाल्चोक

    [४२]
    छैनन् कोही लक्का जवान अघिअघि सर्ने,
    मै बुढोले घिस्रिएर शासन गर्नुपर्ने ।
    🌑होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    [४३]
    अहिले पनि उही हालत बूढाकै हुने भो शासन,
    युवा पिँढीले अझै पाएनन् माथिल्लो ठाउँको आसन ।
    🌑अर्जुन प्रसाद चौलागाई
    रामेछाप:-सुनापति-१
    हाल:-अमेरिका,बोस्टन।

    [४४]
    उकाली बाटो ओराली झर्दै आखिर रमाए,
    स्वार्थमा लिप्त पुरानै बाटो सबैले समाए ।
    🌑आर्त अकुलीन
    कैलाली

    [४५]
    बस्छु बजार पाल्छु भेडा गाेठ छ गाउँमा,
    मुख मिठ्याउँछन् भुरा कुर्सी चढ्ने नाउँमा ।
    🌑निरज कोइराला
    बेलका १ उदयपुर

    [४६]
    उम्दा बहरहरू खाडितिर , डुक्रीनु पर्ने मै बूढो,
    झिँजा छेस्का एकछिन झिलिक्क, काम लाग्छ उही मुढो ।
    🌑टिकाराम पुन टिपु
    छत्रेश्वरि गाँउपालिका २ सल्यान

    [४७]
    देश समाप्त पार्न लागे यिनीहरूले अब तके गर्नु ,
    यी नेताहरूको मुखभरी मेरो तर्फबाट कुरा पर्नु!
    🌑विक्रम तिरूवा सलिन
    जुम्ला

    [४८]
    पिण्ड खाने बेलामा पनि युवाकै जस्तै फुर्ती,
    सत्ता र भत्ताको लोभमा, चपाउँदै छन् सुर्ती ।
    🌑रबि श्रेष्ठ, सन्धिखर्क-१, अर्घाखाँची,
    हाल : बुटवल, रुपन्देही, नेपाल !

    [४९]
    माखो केही मार्नु छैन निरन्तर छ यहाँ शासन,
    लाज सरम पचाएर जमाइरहन्छन् आसन ।
    🌑त्रिलाेचन भण्डारी
    मेचीनगर, झापा

    [५०]
    बोलिमा रहेन दम अनि सहारा लौरौ चाहिने,
    नेपालमा मात्र रहेछ यस्तो अवसर पाइने ।
    🌑शंकर कार्की
    थाहा ३ मकवानपुर।

    [५१]
    जनताले पत्याउन छाडिसके, अब बुढाे भइयाे,
    सत्तामाेह त्यागिएन अझै फेरि संसदमा गइयाे।
    🌑शाेभा अाचार्य गाैतम
    काठमाडौँ

    [५२]
    बुढेसकालले केही हुन्न, व्यवहार बालापन,
    अहिले बामे सर्दैछु, उठ्छ सत्ता पाउँदा त मन।
    🌑जमुना आचार्य
    सिन्धुपाल्चोक

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on ‘टुक्का माथि टुक्का’को ६५ औँ शृङ्खला सम्पन्न

    ‘टुक्का माथि टुक्का’ को ६४ औँ शृङ्खला सम्पन्न

  • २० पुष २०७९, बुधबार ०७:३६ मा प्रकाशित
  • काठमाडौ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ६४ औँ शृङ्खला यही पौष २ गते शनिबार सम्पन्न भएको थियो।
    अभ्यासमा नेपाल लगायत विश्वका ७३ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ६४औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    माया गर्ने मान्छे मत तिम्रै निम्ति सौता हाले,
    छोरीलाई दु:ख नहोस् भन्नुभा’थ्यो ससुराले ।

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    [१]
    कहिलेकाहीँ साथी पनि शत्रु बनी आउन सक्छन्,
    गुन जति सब लुकाई बैगुन जति मात्रै बक्छन्।
    🌑युवराज खतिवडा
    बुधबारे-३ झापा।

    [२]
    मुखमा राम राम भित्रभित्रै राख्छौ छुरा,
    माया गर्छु भन्दै गर्छौ सौता हालेका कुरा ।
    🌑बेदु न्यौपाने
    काठमाडौ

    [३]
    तिम्रै निम्ति गरेको हो दोश्रो बिहे मैले,
    सौता ल्यायो भन्छ्यौ किन कड्किएर ऐले?
    🌑प्रदीप के रिमाल
    इटहरी, सुनसरी।

    [४]
    धेरै माया लाग्याे मलाई लिएर आएँ अर्की
    सुखकाे सास अलिकति फेर्छे अब घरकी ।
    🌑ताराप्रसाद चापागाईँ
    धुनिबेसी

    [५]
    आफ्नीलाई झुक्याइकन अर्कैलाई दिने माया,
    जवानीमा त कमाइन्छ भोली नहोस् दायाँबायाँ ।
    🌑रचना शर्मा प्रतीक्षा
    इमाडोल ललितपुर ।

    [६]
    आँखाबाट चिहाएर, मुटुभित्र बास बस्यौ,
    माया गरी ओठ चुम्दै , पिठ्युँपछि छुरा धस्यौ ।
    🌑उमा दाहाल
    शुन्दरहरैँचा – १० मोरङ

    [७[
    सौता ल्याउछु तिम्रा ती दु:ख सबै हटाइदिन्छु,
    बरु भन सिङ्गो ज्यानलाई डाँडा कटाइदिन्छु ।
    🌑सागर आँसु
    डोटी

    [८]
    अनगिन्ती माया गर्ने मान्छे हुँ भन्थ्यौ, ल्याएछौ दाजु अर्कि,
    ससुराबाले यस्तो भनेछन , के भन्छौ दाजु माइत फर्कि ?
    🌑मन पुन
    सुर्खेत

    [९]
    कसलाई थाहा छ मेरो मन जलेकाे,
    उसकाे दिलमा मेराे पवन चलेकाे ।
    🌑साम्पाङ्ग सन्ताेष”अनुरागी”
    चिचिला :- २ संखुवासभा।

    [१०]
    तिम्राे बानी उबेलामा नै थिएन नि निकाे,
    गरे विदा बाउले के गर्नु लगाई टिको ।
    🌑श्याम

    [११]
    साैता ल्याएर सुख कटाऊ भन्छन् कसका बाले,
    यस्ता बेइमानी कुरा गर्ने कस्ता रहेछाै काले ।
    🌑धन कुमारी रेग्मी
    भरतपुर

    [१२]
    दुइटी श्रीमती बिहे गर्नु कहिल्यै हुन्न भन्थे नि बाले,
    एउटा थाप्लोमा दुइटा नाम्ला कसरी अड्छ भन काले ?
    🌑अर्जुन प्रसाद चौलागाई
    रामेछाप:-सुनापति-१
    हाल:-अमेरिका,बोस्टन।

    [१३]
    हाम्रो माया पिरती अजम्बरी रहोस्, समाजको नजरमा,
    सुखशान्ति आओस् सधैँ नै नपरोस् भित्र्याउन सौता घरमा ।
    🌑कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    [१४]
    हेर न कति जानेको होला कुरा बनाउन ठिक्क,
    कसरी सम्झाउँ खै म भन्या, सुन्या होइन फिटिक्क
    🌑अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा हाल मलेसिया

    [१५]
    छँदाछँदै मायालु आफ्नी किन खोज्यौ अर्की जोई,
    झोल मिल्यो चोक्टा खोज्दा बस अब कराइ रोई ।
    🌑त्रिलोचन भण्डारी
    मेचीनगर, झापा

    [१६]
    तिम्रो माया बेसारे रहेछ बल्ल थाहा पाएँ
    त्यही भएर तिमीलाई छाडी माइत आएँ ।
    🌑सरिता सेढाई
    धादिङ

    [१७]
    दुई जाेइकाे पाेइ, कुना पसी राेई,
    पानी समेत् नपार, कुन्नि केले धाेई ।
    🌑शम्भु गजुरेल
    सिन्धुली राममाडी ।

    [१८]
    बाबाले छोरीको लागी भनेर सौता हाल्यो,
    जिवनभर कलेस भएछ घर ढाल्यो ।
    🌑सुरेशकुमार पान्डे।
    दाङ घोराही १८

    [१९]
    मेरै निम्ति साैता हाल्याै घरकाे शान्ति खाेई,
    दुई जाेइकी पाेइ अब कुना पसी राेई ।
    🌑निरज कोइराला
    बेलका १ उदयपुर,

    [२०]
    मायालु छु र नै उनको दु:ख हेर्न सकिनॅं,
    त्यसैले उनैको प्रस्ताव अस्विकार गरिनॅं।
    🌑म्यामराज राई
    भोजपुर

    [२१]
    सौता हाले पनि राजा हामी नै मिलेर बसौला,
    हाम्रो सम्बन्ध राम्रो राख्नलाई कम्मर कसौला ।
    🌑सुमित्रा पोखरेल
    काठमाडौं

    [२२]
    घरकीलाई दु:ख नहोस् भनेर लगे अर्कि जोई,
    घरकीले खुकुरी नचाइन् कसो गर्ने होला खोइ ।
    🌑रोहित बराम
    गोर्खा

    [२३]
    एकले नपुगेर अर्कै खोजी ल्यायो ज्वाइले,
    घर न घाट पारे उनै दुई आइमाईले ।
    🌑आइत लामा
    मकवानपुर

    [२४]
    नाइँ नास्ति नगरेर अब खुरुक्क हिँड ए केटी,
    सन्तान चाहियो सौता हाल भन्छे जेठी मरिमेटी ।
    🌑निमा
    चानबारी गान्तोक सिक्किम ।

    [२५]
    तिम्रो हाम्रो अजम्बरी मायाले नि गर्नु गर्‍यो,
    त्यही भएर तिमीमाथि सौता ल्याउनु पर्‍यो ।
    🌑डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा.-६, दोलखा ।

    [२६]
    सौता शब्द किन बिटुलियो यो जगतमा,
    दिदीबहिनीको मन मुटाव रह्यो फगतमा ।
    🌑
    धनकुटा

    [२७]
    सँगै जिउँने सँगै मर्ने कसम खाएका थियौ,
    ममाथि नै सौता ल्याई तिमीले साह्रै धोका दियौ ।
    🌑रचना मोक्तान “यात्री”
    नमोबुद्ध न. पा. -५, काभ्रे ।

    [२८]
    सत्तामा जानलाई अनेक हत्कण्डा गरेर,
    देश नै खोक्रो पारीसके आफ्नै भुँडी भरेर।
    🌑तेजप्रसाद खनाल
    लमही दाङ।

    [२९]
    ल्यायौ पहिला सँगै जिउँछु अनि सँगै मर्छु भनी,
    अहिले किन हिँड्न थाल्यौ तिमी अर्कैकी प्रेमी बनी ।
    🌑अस्मिता

    [३०]
    दिदी र बहिनी साइनाे थियो बाेलाएँ ऊ घरमा आई,
    बिस्तारै गर्न थाली घरमा मेरै सौता बनेर रजाइँ ।
    🌑शम्भु

    [३१]
    नल्याउनु थियोे ल्याइसकेँ बस मिलेर,
    दु:ख पीडा जे भए नि चुपचाप निलेर ।
    🌑हिरा सारू मगर
    बौदीकाली-६,नवलपुर।

    [३२]
    तिमी बाहेक अरू हेर्दिनँ भन्छन् मेरोले,
    पाप लाग्छ श्राप दिन्छ हाम्रो सातफेरोले ।
    🌑शर्मिला लामा
    सिन्धुपाल्चोक

    [३३]
    बाङ्गो अर्थ लगाएर मलाई थाङ्नामा नसुताऊ,
    तिम्रो विश्वासमा फँसेको जगलाई चैँ नहँसाऊ ।
    🌑 नन्दलाल आचार्य
    २०७९–०९–०२ सिद्धार्थटोल, उदयपुर
    हाल– सिर्जनाकुटी, सिरहा ।

    [३४]
    पैसाले गरीबी टर्दैन सोच र शिक्षाले गरीबीको अन्त्य गर्छ,
    त्यसैले हामीले भगवानभन्दा विज्ञानमा विश्वास गर्नुपर्छ ।
    🌑राजेन्द्र क्षेत्री
    स्याङ्जा

    [३५]
    मर्दकी सातवटी त उखानैले भन्छ,
    ल्यायो भने समाजले चुपचाप गन्छ ।
    🌑राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ
    हाल- प्रवास

    [३६]
    तिमी प्यारी घरवाली हौ ऊ चाहिँ बाहरवाली,
    दुई जनालाई सँगै राख्छु यो दिलभित्र हाली।
    🌑नवशिला
    बेलबारी-२,लालभित्ती,मोरङ।

    [३७]
    सबैको मनमा भुइँचालो ल्याउने कस्तो माया भयो,
    दुवैलाई मिलाउँछु भन्थे, सपना त गर्तमै गयो ।
    🌑प्रेम थापा “मन”
    बागलुङ

    [३८]
    नयाँ हुँदा विश्वास गर्दै तिम्रो नजिक सरेँ,
    अहिले ल्याएछौ सौता बरै मत छक्क परेँ ।
    🌑सुसान्त सुनिता लिम्बु

    [३९]
    पालाको पैँचो डाला निम्ठो सुनेको छैन कहिल्यै ?
    सौता हाले जार ल्याउलान् नि होस् गरे है पहिल्यै ।
    🌑सरस्वती भट्ट
    लमजुङ् ,राइनास

    [४०]
    गर्दिनँ म अब कहिल्यै तिम्राे याद,
    सकियो पुरै हामी बिचकाे सम्वाद ।
    🌑राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ सङ्गम काेलाेनी भक्तपुर

    [४१]
    भोग्नु परेको छ मानिसले भाग्यमा जो छ लेखेको,
    यो धर्तीमा कसलाई पुगेको छ र सबै देखेको ।
    🌑रबि श्रेष्ठ
    सन्धिखर्क-१, अर्घाखाँची,
    हाल : बुटवल, रुपन्देही, नेपाल !
    २०७९/०९/०२

    [४२]
    कुकुर पनि भुक्ने गर्थ्यो, कति राम्री केटी भनी,
    जब ल्याइयो कान्छी, तर्सिन घरको जेठी पनि ।
    🌑रविन तामाङ लो
    दोलखा हाल काठमाडौं

    [४३]
    कति धेरै आज्ञाकारी जुवाइँ रहेछन् हाम्रा,
    सौता हालेर आज खाँदैछन् अरे भात चाम्रा।
    🌑दीपक ठटाल जलन,१७.१२.२२

    [४४]
    मन मुटु चोरी लग्यो नयाँ नौलो गाँस,
    आखिर बनाई छोड्यो सडकको बास !
    🌑दुर्गा आचार्य
    मोरङ

    [४५]
    साैता शब्द सुन्नै गाह्रो छ हो मनै हुन्छ पिराे,
    जति फुर्ती लगाए नि व्यवहार उही जिराे ।
    🌑बालकुमारी नेउपाने
    सु.न.पा.११

    [४६]
    मर्दकाे सातवटी भन्थे एउटी मात्रै थपी अर्की लिन गयाै ?
    जान्याछु ल्याउने र आउनेलाई अब खाेरमा जाकिने भयौ ।
    🌑रामप्रसाद पुरी
    बादेल,खाेटाङ ।

    [४७]
    मन हजुर अचम्मको, साेचेभन्दा फरक हुन्छ,
    नसाेचेकै गल्ती हुँदा पाे यो मन एकान्तमा रुन्छ ।
    🌑रामप्रसाद बेल्बासे ‘एक्लो यात्री’
    शीतगङ्गा -५, अर्घाखाँची
    हाल : बुद्धभूमि -३, कपिलवस्तु।

    [४८]
    कन्यादान दिनुभयो मारे पाप पाले पुण्य,
    दिनदिनै बढ्दैछ किन तिम्रो माया वैगुण्य ।
    🌑सीता

    [४९]
    मनले सुख चाहन्छु तर, आफ्नै सुर गर्दछु,
    ब्रह्मचारी सोचेर दुईतिरको भान्सा भर्दछु ।
    🌑जमुना आचार्य
    सिन्धुपाल्चोक

    [५०]
    मनबाट निकालेको थिएँ आँखाबाट पसिछ्यौ,
    कस्ती तिमी अदृश्य मनै भित्र सुटुक्क बसिछ्यौ।
    🌑टिकाराम पुन
    छत्रेश्वरी २ सल्यान

    [५१]
    बाघको मुख खाए नि रातो नखाए नि रातो,
    एक थाप्लोमा दुइटा नाम्लो राख्दा हुन्छ तातो ।
    🌑बाबुराम राई(साधक)
    काठमाडौ

    [५२]
    छातीभित्र चोटैचोट, भएको छ कालो निलो,
    मन मन्दिरको ईशले ठोक्यो मुटुमा किलो ।
    🌑बाबुराम गौतम, गुल्मी

    [५३]
    दिदी बहिनी मिलिजुली घरकाे काम गर्नु,
    साथ सहयाेग लिइकन मिली अघि सर्नु ।
    🌑सन्तोष

    [५४]
    माया गर्छु भन्छाै, अर्की लिएर हिड्छाै,
    साैता ल्याए भन्दै, झगडा गरी भिड्छाै ।
    🌑शाेभा अाचार्य गाैतम
    काठमाडौँ

    [५५]
    सानोतिनो कुरामा नि सधैँ बोल्छौ झर्की,
    के माया गरौला खोइ ल्यायौ भने अर्की ।
    🌑हिमा रोका
    मेहेलकुना सुर्खेत

    [५६]
    हेर्दाहेर्दै पार्टी फेरी पोइल जाने गर्छौ,
    सौता हाल्यौ अहिले चैँ मलाई आँखा तर्छौ ?
    🌑बिबस पारदर्शी
    भद्रपुर झापा,

    [५७]
    ज्यान मात्रै मलाई यता मुटु उतै दियौ,
    अचेल धेरै सोच्छु तिमी बहानामा थियौ ।
    🌑लक्षमण देउवा
    डोटी

    [५८]
    मारे पाप पाले पुण्य भन्नू भएथ्यो बाले,
    आज जिउँदै मारी छाड्यौ किन होला काले ?
    🌑भगवती दवाडी
    दमक, झापा

    [५९]
    गारो होला तेल घसी बलियो पार्नु काँध,
    बच्ने कसरी सोचिराख्नू फुट्यो भने बाँध ।
    🌑बिके माकजु
    भक्तपुर ।

    [६०]
    आइछौ किन हो रिसको तालमा ?
    पार्दछौ प्रेमको भेषले जालमा ।
    🌑सन्जना शर्मा
    दाङ लमही

    [६१]
    तिम्री स्वास्नी भए पो त सौता भन्नु नि मैले,
    दोस्रो बिहे मान्य हुन्न कानुन बुझ पैले ।
    🌑रेशा

    [६२]
    काली तिम्रो नजिक म बसूँ हुन्छ है बारबार,
    बस्नै दिन्नन् किन किन सधैँ छेक्दछन् वारपार ।
    🌑घनश्याम

    [६३]
    उसलाई अर्कि मन पर्यो, अनि सौता हाल्यो,
    मलाई पनि अर्कै लाउरे मन पर्न थाल्यो।
    🌑मन्दिरा सेढाई
    मलेखु,धादिङ

    [६४]
    नरोऊ बुहारी हाम्रो निम्ति मर्यो त्यो बजिया काले,
    तिम्रै नाममा अंश दिउँला भन्नुहुन्छ ससुराले ।
    🌑पुष्पा सुवेदी
    नेपालगञ्ज, बाँके ।

    [६५]
    यो कुरा बुझी राख माया, एकजना दिक्क दुई जना ठिक्क,
    तीनजना भए तानातान हुन्छ तिमीले बुझ्दैनौ फिटिक्क ।
    🌑चन्द्रकली राना मगर
    प्युठान

    [६६]
    माया र पिरती कुनै प्रसाद त हैन,
    बिक्री नगर यसको कुनै मुल्य छैन ।
    🌑आर्त अकुलीन
    कैलाली

    [६७]
    मारे पाप पाले पुण्य भनेर आमाबुबाले पठाएका थिए,
    दाइजो नाममा परिवारले हदै पार गरेर दुःख दिए ।
    🌑अम्विका अधिकारी
    झापा विर्तामोड

    [६८]
    किन लुकेर सुटुक्क यो मुटुभित्र पस्यौ,
    फेरि माया गर्दै पछाडिबाट छुरा धस्यौं।
    🌑दुर्गा भट्टराई
    मोरङ

    [६९]
    गाँजल टीका, छोरीले लगाउँदा आमा हुने खुसी,
    कहिले रिझाउन नसक्नाले बुहारी बन्छे छुसी।
    🌑होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    [७०]
    मुखमा राम ! राम ! र बगलीमा रहेछ छुरा,
    कसम खाएर खसम बन्याै झुठाे भयाे पुरा ।
    🌑प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    [७१]
    सँगै बाँच्ने सँगै मर्ने बाँचा गर्ने बेला,
    हाली सौता अहिले देखाइदियौ रेला।
    🌑अच्युत घिमिरे
    भुटान बाट 🇧🇹

    [७२]
    सौता सौता नभन म बन्छु उसकै सौता,
    सौता सौता लाप्पा खेलेमा तिमी बन्नू द्यौता ।
    🌑इन्दिरा

    [७३]
    एक्लै बाहिर नहिँडे छोरी, भन्नुभा’थ्यो बाले,
    घरमा त तिमी छौ राजा, बाहिर हिड्दा काले ।
    🌑वसन्त अनुभव
    घोराही, दाङ

    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on ‘टुक्का माथि टुक्का’ को ६४ औँ शृङ्खला सम्पन्न

    पञ्चाङ्ग लेखन पहिलो शृङ्खला भाग-०८

  • १७ पुष २०७९, आईतवार १२:३५ मा प्रकाशित
  • Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग लेखन पहिलो शृङ्खला भाग-०८

    उदक यात्री अनुग्रह राना मगरका उत्कृष्ट उदकहरू

  • १६ पुष २०७९, शनिबार १०:०७ मा प्रकाशित
  • उदक यात्री अनुग्रह राना मगरका उत्कृष्ट उदकहरू –

    १
    कमिला
    बोक्दै भारी
    गर्दै कठिन काम !

    २
    कमिला
    साहासी काम
    गर्दै एकीकृत हातेमालो !

    ३
    कठिन
    अत्यन्त गाह्रो
    एकतामा लगाएका पार !

    ४
    एकता
    शक्तिको जोड
    मिलेर गर्दछन् तोडफोड !

    ५
    मेहनत
    बुद्धिको खेल
    देखाउँदै एकताको मेल !

    ६
    आँट
    कमिलाको साथ
    हेरेर पाठ सिक !

    ७
    डल्लो
    गरुङ्गो भारी
    गर्दै भोजनको तयारी !

    ८
    सन्देश
    एकतामा सधैँ
    मिलेर कमिलाको ताँती !

    ९
    असम्भव
    मुखको कुरा
    एकतामा सबै पूरा !

    १०
    हातेमालो
    गरेपछि भएको
    पूरा कठिन जालो !

    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा-६, संखुवासभा
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on उदक यात्री अनुग्रह राना मगरका उत्कृष्ट उदकहरू

    उदक यात्री नवराज भट्टका उत्कृष्ट उदकहरू

  • १६ पुष २०७९, शनिबार १०:०४ मा प्रकाशित
  • उदक यात्री नवराज भट्टका उत्कृष्ट उदकहरू –

    १.
    बगर
    बालुवाकाे धाङ
    घरमा त्यसैकाे काम !

    २.
    मौरी
    फूलकाे रस
    बन्दैन कहिले साेमरस !

    ३.
    मौका
    गुम्याे आज
    अरुले हाने चौका !

    ४.
    विश्वास
    धाेकाकाे बजार
    सत्ताकाे लागि मारामार !

    ५.
    पैसा
    आयाे मौका
    पेट भर्छन् भाेका !

    ६.
    कथा
    घटना घटेको
    आयाे ठुलो व्यथा !

    ७.
    निर्णय
    क्षमताकाे कमी
    अर्कैले बन्ने धनी !

    ८.
    स्वार्थी
    आफ्नै पेट
    सत्ताकाे अन्तै भेट !

    ९.
    संविधान
    देशमा नाकाम
    जनता सबै परेशान !

    १०.
    विकास
    झुक्याउने खेल
    खानलाई सबैमा मेल !

    • नवराज भट्ट, कञ्चनपुर
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on उदक यात्री नवराज भट्टका उत्कृष्ट उदकहरू

    उदक यात्री प्रद्युम्न चालिसेका उत्कृष्ट उदकहरू

  • १६ पुष २०७९, शनिबार १०:०१ मा प्रकाशित
  • उदक यात्री प्रद्युम्न चालिसेका उत्कृष्ट उदकहरू –

    १
    कुकुर
    स्वामीको भक्त
    अति विश्वासिलो जन्तु !

    २
    कुकर
    रेबिज लागेमा
    पार्ने जीवन समाप्त !

    ३
    कुकुर
    कस्ताे जात
    हड्डीमा ङ्यारङ्यार ङुरङुर !

    ४
    कुकुर
    सन्ताेषी जात
    एक गासमा सन्ताेष !

    ५
    कुकुर
    घर रक्षक
    सिक्नु आहार निन्द्रा !

    • प्रद्युम्न चालिसे, भक्तपुर
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री प्रद्युम्न चालिसेका उत्कृष्ट उदकहरू

    पञ्चाङ्ग चित्रपट भाग- २४ सम्पन्न

  • १६ पुष २०७९, शनिबार ०९:४४ मा प्रकाशित
  • पञ्चाङ्ग चित्रपट भाग :- २४
    लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:-  २०७९/०९/१४गते

    आदरणीय पञ्चाङ्गका अनुरागी  एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार  ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको २४[चौबिसौँ]  चित्रपटमा छौं।
             यहाँहरुलाई हार्दिक स्वागत गर्दै

    यस्  शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :
    ————
    गुणनिधि घिमिरे
    तोयानाथ सुवेदी
    घनश्याम पौडेल

    चित्र संकलन  दोलखाबाट
    —————–
    जानुका गौतम

    शुद्धीकरण
    ————–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    संरचना
    ———
    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :-  बराबरी

    समायोजक
    ————-

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
                      तथा
    पञ्चाङ्ग साहित्य समाज नेपाल
    ————————

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~~~~~~~~~~~~~~~~~
         चित्रमा पञ्चाङ्ग
    ~~~~~~~~~~~~~~
    चित्रपट समपञ्चाङ्ग   [०१]

    सकेको राम्रोसँग फल फलेको छ ।
    खाएर जीवन धपक्क बलेको छ ।
    गाउँ   शहर  जताततै पाइन्छ यो,
    खाए फ्रेस जसको तन गलेको छ ।
    खपी यसले घामपानी छलेको छ।

    चिसो मौसममा पाइने चलेको छ।
    काप्पकुप्प  नपाई मन जलेको छ ।
    सबैको   मनपर्ने   खाले  फलफूल,
    जीवन  दिएर  अन्तमा  ढलेको छ ।
    औषधीय  गुण  यसैमा  दलेको छ।

    जमुना आचार्य , सिन्धुपाल्चोक ।
    ………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०२]

    रुखैभरि लटरम्म फलेका सुन्तला।
    दिनदिन रङ्ग भर्दै बढेका सुन्तला ।
    अमृतको स्वाद दिन्छन् पिएर त हेर,
    रसैरस केस्राकेस्रा भरेका सुन्तला।
    प्रकृतिको जादुभित्रै पसेका सुन्तला।

    श्रीकृष्ण शर्मा, पोखरा ।
    …………………………………………

    चित्रपट पञ्चाङ्ग   [०३]

    आहा! लटरम्म सुन्तलाका दाना राम्रा।
    ठूला जति त्यसै राम्रा अझै साना राम्रा।
    खानलाई नपाए नि  हेर्न पाएकै छौॅ,
    घरमाथि फलेपछि हुन्छन् छाना राम्रा।
    छान्नु केही पर्दैन है सोह्रै आना राम्रा।

    घनश्याम पौडेल,पोखरा ।
    ………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०४]

    स्वस्थ रहन मौसमी फल चाहिन्छ ।
    बारी र  टारीमा पनि  जल चाहिन्छ ।
    पहाडको सान हो सुन्तला मौसमी ,
    उब्जाउन पनि जोत्न हल चाहिन्छ ।
    हाम्रो  मिहनेत   अनि बल चाहिन्छ ।

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    …………………………………………

    चित्रपट पञ्चाङ्ग   [०५]

    फलेको फल राम्रो मानिन्छ ।
    गाेठकाे मल राम्रो मानिन्छ ।
    मेहनतीकाे हाे याे दुनियाँ  ,
    एकता बल राम्रो मानिन्छ ।
    गंगाकाे जल राम्रो मानिन्छ ।

    भवानी घिमिरे , सर्लाही ।
    ………………………………………

    चित्रपट पञ्चाङ्ग   [०६]

    राम्रो स्वास्थ्य हुन समयमा फल दिनुपर्छ।
    बिरुवा  हुर्काउन  बारीमा  जल  दिनुपर्छ।
    पहाडी गाउँघर  टारीमा सुन्तला   फलेको,
    ती  विरुवा  हुर्काउन   हल  बल   दिनुपर्छ।
    यसरी   मिहिनेत  को  जल  मल  दिनुपर्छ।

    बेदु न्यौपाने, काठमाडौ ✍️।
    …………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०७]

    त्यति राम्रो लटरम्म   फलेका छैनन् सुन्तला ।
    पाकेर चिसोले अझै  गलेका छैनन्  सुन्तला ।
    फलफूलले  शरीर    निरोगी  बन्दछ    हाम्रो ,
    भनेर पनि  हावाले    चलेका  छैनन् सुन्तला ।
    फुलेका जति मज्जाले बलेका छैनन् सुन्तला ।

    भगवती दवाडी ,झापा
    ……………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०८]

    फलफूल लाई त  सिंचाई  चाहिन्छ भाइ ।
    मिहेनत   गर्न  दाई  भाई   पाइन्छ  भाइ ।
    आफ्नो  देश  छाडेर  विदेश  नजाऊ अब,
    फलाउन  मल भैंसी  गाई  ल्याइन्छ भाइ ।
    शक्ति बर्धक फलफूल मात्र खाइन्छ भाइ ।

    सुरेशकुमार पान्डे, दाङ घोराही १८ ।
    ………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०९]
    [०१]
    सिजनको फल खानु राम्रो लाग्छ।
    हरियाली वन सबै हाम्रो लाग्छ।
    हरियो  वन   भएता   पनि हजुर,
    कुनै ठाउँको माटो नी चाम्रो लाग्छ।
    फल्दै नफल्ने माटो दाम्रो  लाग्छ।
    [०२]
    आहा कति राम्रा सुन्तला हेर्दै भरिला छन् ।
    मौसमले साथ दिएर होला झरिला छन् ।
    पहाडमा पाइने मौसमी फल सुन्तला,
    बारीमा घुम्दा टिपु टिपु लाग्ने करिला छन् ।
    खाँदा खेरी ट्वाक जिब्रोमा लाग्ने दरिला छन् ।

    सरस्वती श्रेष्ठ, इटहरी ।
    …………………………………………

    चित्रपट पञ्चाङ्ग   [१०]
    [०१]
    फलेको फल राम्रो।
    मुलको जल राम्रो ।
    खानु पर्छ फल है ,
    गाईको मल राम्रो ।
    गोरुको  हल राम्रो।
    [०२]
    हाम्रो उच्च पहाडमा एक सुन्दर बारी छ।
    गाउँका सुन्दर बारीमा सुन्तलाको घारी छ।
    स्वस्थ रहन खानुपर्छ फलफुल सबले,
    त्यसलाई सुसार गर्ने एक सुन्दर नारी छ।
    खेती गर्ने किसान हेर्नुस् कती मनकारी छ।

    सरिता सेढाई चरौंदी, धादिङ।
    ……………………………………………

    चित्रपट पञ्चाङ्ग   [११]

    मौसमी फल राम्रो।
    दिएको जल राम्रो।
    मेहनतको फल,
    बेलाको मल राम्रो।
    नेपाल थल राम्रो।

    सुमित्रा पोखरेल, काठमाडौं ।
    …………………………………

    चित्रपट पञ्चाङ्ग   [१२]

    मिठामिठा लटरम्म फलेका सुन्तला ।
    रुखभरि बत्ती जस्तै बलेका सुन्तला ।
    चारैतिर प्रसिद्ध छन् मिठो फल भनी ,
    यो चिसोमा जताततै चलेका सुन्तला ।
    घर अघि रुखबाट ढलेका सुन्तला ।

    अस्मित विश्व्कर्मा,पोखरा ।
    ………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१३]

    मेहनतको फल राम्रो।
    सामुहिकता बल राम्रो ।
    लटरम्म  फल्दछ  हेर,
    सिँचाइ दिनु जल राम्रो।
    हाल्नु गोडेर मल राम्रो ।

    होम प्रसाद नेउपाने, धरान,सुनसरी ।
    …………………………………………

    चित्रपट पञ्चाङ्ग   [१४]

    पुष्पको दल राम्रो लाग्छ ।
    हाँसेको पल राम्रो लाग्छ ।
    भिर, पाखा र झरनाको,
    कञ्चन जल राम्रो लाग्छ ।
    सुन्तला फल राम्रो लाग्छ ।

    आर्त अकुलीन, कैलाली ।
    …………………………………

    चित्रपट पञ्चाङ्ग   [१५]

    पहिचान गरौँ न कहाँ कस्तो- कस्तो  माटो छ।
    खोजौ कहाँ सुर्का होला कहाँ बारीको पाटो छ।
    कृषिप्रधान  देश  मुखले  मात्रै   कति  भन्नू,
    मिलेर  रोपौँ न बोट हामीमा किन फाटो छ।
    हामी  मिलेर  हिँडे यतै समृद्धिको बाटो छ।

    पशपती राई, खोटाङ ।
    …………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१६]

    आहा हेर बगैँचामा मौसम फल फलेको छ।
    टिप्न ढिलो भएर होकी अलि धेरै गलेको छ।
    स्वस्थ रहन यही फल खानुपर्छ  सबैले,
    मनमोहक हरियाली पहेँलपुर बलेको छ ।
    गाउँमा फल शहर बसाई मन जलेको छ।

    अम्विका अधिकारी, झापा विर्तामोड ।
    ………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१७]

    कसैलाई अपजस त कसैलाई जस मिल्छ ।
    चाहे खान एउटा हाेईन नाै देखि दश मिल्छ ।
    सिजनकाे फलफूल हुन् पँहेलपुर सुन्तला ,
    नखानेलाई वासना त खानेलाई रस मिल्छ।
    अधिक फले ढुवानीमा अटाे देखि बस मिल्छ।

    त्रिलाेचन भण्डारी, मेचीनगर, झापा ।
    ……………………………………………

    चित्रपट पञ्चाङ्ग   [१८]

    आहा ! कति राम्रा सुन्तला फलेछन् बारीमा।
    थामेन बाेटले हाँगा नै ढलेछन् बारीमा।
    स्वस्थ रहन हामीलाई फलफुल चाहिने,
    लटरम्म पहेंलपुर बलेछन् बारीमा।
    खाउँन भनि सबै जना चलेछन् बारीमा।

    उर्मिला के.शी., धनकुटा ।
    …………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१९]

    चिसो याे  माैसममा सुन्तला कति राम्रो।
    हेर्दामा सुन्दर छ नै फल अति राम्रो।
    पहाडका  घर घरमा  पाईने धेरै,
    सुन्तला हुन्छ मिठो, फलमा त्यती राम्रो।
    अरू फल लाग्दैन सुन्तला जति राम्रो।

    शाेभा आचार्य गाैतम, काठमाडौँ ।
    ……………………………………………

    चित्रपट पञ्चाङ्ग   [२०]

    पोहोर भन्दा यसपाली झरे हुन्छ खेती।
    डाँडापाखा सुर्कासुर्कीमा गरे हुन्छ खेती।
    आँप र सुन्तला फलहरुको राजारानी,
    समयमा नै मलजल भरे हुन्छ खेती।
    राम्रोसँग बीउबिजन छरे हुन्छ खेती।

    मन्दिरा सेढाई, मलेखु धादिङ ।
    …………………………………………

    चित्रपट पञ्चाङ्ग   [२१]

    चढी खाने काेही अनि झटारो नि सहेकाे हेर ।
    पुष्ट दाना छ झल्काइ बगैंचामा रहेको हेर।
    फलीदिन्छ ऊ, देखिन्छ माेहक फलेको बाेटमा,
    सहनुपर्छ फल फल्दा बाेटले  कुहेकाे हेर ।
    पहेंलपुर सुन्तला फल फली नुहेकाे हेर ।

    रामप्रसाद पुरी,बादेल  खाेटाङ।
    ……………………………………………

    चित्रपट पञ्चाङ्ग   [२२]

    बगैंचाको सुन्तला पाकेर देखियो पहेंलै।
    दृष्टि उतै  पुगेछ  ताकेर  देखियो पहेंलै।
    सबैलाई  धेरै  मनपर्ने  मौसमी  फल यो,
    बगैंचामै  यथेष्ट  चाखेर  देखियो  पहेंलै।
    उस्को स्वाद दिलमा राखेर देखियो पहेंलै।

    ✍️अच्युत घिमिरे-भुटानबाट🇧🇹 ।
    ………………………………………………

    चित्रपट पञ्चाङ्ग   [२३]

    लटरम्म फलेको फल राम्रो ।
    आफैंले बनाएको मल राम्रो ।
    स्वास्थ्यका लागी खान योग्य चिज ,
    जरुवामा  उम्रेको   जल  राम्रो ।
    पोषिलाे खानाको त्यो बल राम्रो ।

    तारा घिमिरे, संखुवासभा ।
    …………………………………………

    चित्रपट पञ्चाङ्ग   [२४]

    चिसाे माैसममा फलेको फल राम्रो,
    गर्नु  पर्छ  नि खनजोत जल राम्रो,
    सुन्दर   देखिने   चारैतिरकाे  बारी,
    बेलैमा  राम्ररी  राखेको  मल राम्रो,
    खेती गर्न उपयुक्त त्यो थल राम्रो।।❤️ 

                [२]
    बगैंचामा राम्रो फल फलेको छ,
    जति खायाे उति मन बलेको छ,
    चिसाे  माैसममा  धेरै  नै  पाइने,
    चारैतिर  नामै  नाम  चलेको छ,
    मल जल स्याहारले बढेको छ।।❤️

    सहयात्री शाेभा अर्याल, बुटवल १४ रुपन्देही ।
    ………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [२५]

    पहेँलपुर भएर बोटमा फलेछ सुन्तला।
    लटरम्म बोटमा फलेर नै ढलेछ सुन्तला।
    चाहिने मात्रामा भिटामिन सी दिन्छ यस्ले धेरै,
    हिजोआज बजारमा नै बिक्री चलेछ सुन्तला।
    कहीँ बजार नपाएर पुरै गलेछ सुन्तला।

    सीता शर्मा , बिरगंज ।
    ……………………………………………

    चित्रपट पञ्चाङ्ग   [२६]

    मायालाई  फल देउ तिमी ।
    स्वतन्त्रले  मल  देउ तिमी ।
    मिहनेत   गरेपछि    हुन्छ  ,
    हुर्काउन  जल   देउ तिमी ।
    स्वाभिमानी बल देउ तिमी।

    कला ढकाल, झापा ।
    …………………………………

    चित्रपट पञ्चाङ्ग   [२७]

    पहाडको   नगदे बाली सुन्तला फलेको देख्छु ।
    पैसा आर्जन यसैपाली सुन्तला फलेको देख्छु ।
    श्रम गर्ने बानी बसालौँ फल पाउन हामीले ,
    सबै परिवारको   माली सुन्तला फलेको देख्छु ।
    पहिल्यै हाम्रो फल्ने डाली सुन्तला फलेको देख्छु।

    गीता रिजाल, धनकुटा ।
    ………………………………

    चित्रपट पञ्चाङ्ग   [२८]

    आफ्नै बारीमा फलेकोछ सुन्तला ।
    धान्न    नसकी  ढलेकोछ सुन्तला ।
    मौसमी   फलबाट आम्दानी हुन्छ ,
    नखाई   कति   गलेकोछ सुन्तला ।
    पहेँलै   रुखै   बलेकोछ   सुन्तला ।

    जानुका गौतम, काठमाडौं ।
    ……………………………………………

    चित्रपट पञ्चाङ्ग   [२९]

    गराैँ खेती राम्रा  दाना फल्छ सुन्तला ।
    वर्षाैँ वर्ष  फल दिई ढल्छ सुन्तला ।
    आम्दानीकाे उत्तम  बाटो चिनाैँ हामी,
    बजारमा  एकछत्र चल्छ सुन्तला ।
    दाउरा हुँदा नि राम्रो  बल्छ सुन्तला ।

    ✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा ।
    ………………………………………………

    पञ्चाङ्ग   [३०]

    आज याैटा कुरा तिमी सँग भन्छु है।
    तिमी आली मिलाउ म बारी खन्छु है।
    प्रेम नै त हाे जिन्दगी आउ रमाअौं,
    तिमी आगाे भैदिए  म पानी बन्छु है।
    साथमा  आकाश  हेर्दै  तारा गन्छु है।

    सुशीला पौडेल ।
    ……………………………………………

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग चित्रपट भाग- २४ सम्पन्न

    उदक यात्री कमला देवकोटाका उत्कृष्ट उदकहरू

  • १३ पुष २०७९, बुधबार १३:५५ मा प्रकाशित
  • १
    तराई
    भुसको आगो
    शीतलहरले बाल्यो राँको !

    २
    पुस
    छोटा दिन
    रुई फुई चिन !

    ३
    फर्सी
    कहिले आलुसँग
    गुन्द्रुक कहिले पिडालुसँग !

    ४
    फोहोरी
    खेलमा दोहोरी
    खेल्दै यी लुकामारी !

    ५
    मस्तिष्क
    दोबाटोमा रेटिने
    कठै गिँड भेटिने !

    ६
    सत्ता
    कस्तो मरिहत्ते
    बाजी मार्यो हुत्ते !

    ७
    देश
    नबनोस् उपनिवेश
    घिच्नु फर्काई केस !

    ८
    साँठगाँठ
    उत्तर दक्षिण
    ब्याटिङ पूर्व पश्चिम !

    ९
    हठ
    बालक स्त्री
    दुर्भाग्य निम्त्याउने खेल !

    १०
    धरातल
    नबिर्सने पुग्ने
    कर्तुतले रसातल पाताल !

    ११
    मलहम
    आर्तमा लगाउने
    ब्रह्माण्डमा विश्वास जगाउने !

    १२
    चेपारे
    स्वभावको परिणाम
    देखाए नाङ्गो नाच !

    १३
    मिली
    बढ अगाडि
    नछुटोस् कोही पछाडि !

    • कमला देवकोटा, पाल्पा
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री कमला देवकोटाका उत्कृष्ट उदकहरू

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P