
उदक यात्री अनुग्रह राना मगरका उत्कृष्ट उदकहरू –
१
कमिला
बोक्दै भारी
गर्दै कठिन काम !
२
कमिला
साहासी काम
गर्दै एकीकृत हातेमालो !
३
कठिन
अत्यन्त गाह्रो
एकतामा लगाएका पार !
४
एकता
शक्तिको जोड
मिलेर गर्दछन् तोडफोड !
५
मेहनत
बुद्धिको खेल
देखाउँदै एकताको मेल !
६
आँट
कमिलाको साथ
हेरेर पाठ सिक !
७
डल्लो
गरुङ्गो भारी
गर्दै भोजनको तयारी !
८
सन्देश
एकतामा सधैँ
मिलेर कमिलाको ताँती !
९
असम्भव
मुखको कुरा
एकतामा सबै पूरा !
१०
हातेमालो
गरेपछि भएको
पूरा कठिन जालो !
- अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा-६, संखुवासभा


हार्दिक आभार व्यक्त गर्दछु