उदक यात्री कमला देवकोटाका उत्कृष्ट उदकहरू

  • १३ पुष २०७९, बुधबार १३:५५ मा प्रकाशित
  • १
    तराई
    भुसको आगो
    शीतलहरले बाल्यो राँको !

    २
    पुस
    छोटा दिन
    रुई फुई चिन !

    ३
    फर्सी
    कहिले आलुसँग
    गुन्द्रुक कहिले पिडालुसँग !

    ४
    फोहोरी
    खेलमा दोहोरी
    खेल्दै यी लुकामारी !

    ५
    मस्तिष्क
    दोबाटोमा रेटिने
    कठै गिँड भेटिने !

    ६
    सत्ता
    कस्तो मरिहत्ते
    बाजी मार्यो हुत्ते !

    ७
    देश
    नबनोस् उपनिवेश
    घिच्नु फर्काई केस !

    ८
    साँठगाँठ
    उत्तर दक्षिण
    ब्याटिङ पूर्व पश्चिम !

    ९
    हठ
    बालक स्त्री
    दुर्भाग्य निम्त्याउने खेल !

    १०
    धरातल
    नबिर्सने पुग्ने
    कर्तुतले रसातल पाताल !

    ११
    मलहम
    आर्तमा लगाउने
    ब्रह्माण्डमा विश्वास जगाउने !

    १२
    चेपारे
    स्वभावको परिणाम
    देखाए नाङ्गो नाच !

    १३
    मिली
    बढ अगाडि
    नछुटोस् कोही पछाडि !

    • कमला देवकोटा, पाल्पा

    Leave a Reply