काठमाडाैँ, १५ पौष । नेपाली साहित्य आकाशमा प्रयाेगवादी लघुत्तम नवकाव्यिक विधा “टुक्का कविता” लेखनकाे अाैपचारीक शुरुवात भएकाे एक बर्ष पूरा भएकाे अवसरमा कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । समाजले वार्षिकोत्सब कार्यक्रम ३ दिनसम्म मनाउने निर्णय सँगै पहिलाे दिन अर्थात मिति २०७८ पाैष १५ गते उक्त गोष्ठीको आयोजना गरेको हो ।
टुक्का कविताका प्रवर्तक तथा टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईंले सन्चालन गर्नु भएकाे करिब ३ घण्टासम्म चलेकाे उक्त गाेष्ठीमा टुक्का अभियन्ता तथा टुक्काकारहरू बिच टुक्काकाे प्रथम वर्षकाे कार्यसमिक्षा, भावि कार्ययाेजनाहरू र प्रथम टुक्का वार्षिकाेत्सव केन्द्रित भई वृहत् छलफल भएकाे थियाे ।
भर्चुअल माध्यमबाट सन्चालन भएकाे उक्त गाेष्ठीमा अध्यक्ष चापागाईले प्रथम बर्षमा टुक्कामा करिब १९ हजार टुक्काप्रेमीहरू जाेडिएका, पाँच सय भन्दा बढी सर्जकहरूले टुक्कामा कलम जाेडि सकेका र ४० जनाकाे टुक्का अभियन्ता समूह तथा टुक्का साहित्य समाजका पदाधिकारीहरू सक्रिय रुपमा टुक्काकाे उन्नयनमा अहाेरात्र खटिएकाे जानकारी गराउनु भयाे ।
कार्यक्रममा टुक्का अभियन्ता/ बरिष्ठ टुक्काकार सुरेश कुमार पाण्डे तथा टुक्का साहित्य समाजकी संस्थापक काेषाध्यक्ष रचना शर्मा प्रतिक्षाले देशभक्ति तथा बिकृति बिसंगति मा केन्द्रित भई टुक्का मार्फत समाज परिवर्तनमा याेगदान दिनु पर्ने सुझाव पेश गर्नु भएकाे थियाे । टुक्का अभियन्ता/ बरिष्ठ टुक्काकार वसन्त अनुभव तथा टुक्का अभियन्ता/ बरिष्ठ टुक्काकार म्यमराज राईले व्यङ्ग्यात्मक टुक्का, छन्दमा टुक्का जस्ता साप्ताहिक टुक्का अभ्यास श्रृङ्खलाहरू मार्फत टुक्का विधा तथा नेपाली भाषा साहित्यमा याेगदान दिने प्रयास भएकाे कुरा अाैल्याउँदै टुक्का लेखनमा देखिएका कमी कमजाेरी हरू पहिचान गरि क्रमिक रुपमा सुधार गर्दै जानुपर्ने कुरामा जाेड दिनुभएकाे थियाे ।
गोष्ठीमा सहभागीहरू टुक्काकारहरू
वेदु न्याैपाने अरूण कुमार भुजेल रचना शर्मा प्रतीक्षा राजेशराज गठताैला घनश्याम पाैडेल जगत थापा भगवती दवाडी हाेमप्रसाद न्याैपाने म्यामराज राई सुरेश कुमार पाण्डे इन्दिरा देवकाेटा पूष्पा सायरा ललिता गिरी कल्पना थामी इश्वरी अधिकारी वसन्त अनुभव धनुष न्याैपाने पूर्ण बहादर श्रैष्ठ लक्ष्मी श्रैष्ठ केशव ढकाल प्रितविज लालिमाया मगर बिनाेद रिजाल त्रीलाेचन भण्डारी दुर्गा अाचार्य
कार्यक्रमकाे समान गर्दै अध्यक्ष चापागाईंले टुक्का साहित्य समाजका सल्लाहकार तथा पदाधिकारीहरू, टुक्का अभियन्ताहरू, देश विदेशमा रहनु भएका टुक्काकारहरू, टुक्का प्रेमीहरू, साहित्यकारहरू, पत्रकारहरू तथा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा टुक्काकाे उन्नयनमा सहयाेग पुर्याउनु हुने विभिन्न संघ संस्थाहरू लगायत सम्पूर्णमा हार्दिक अाभार व्यक्त गर्दै प्रथम टुक्का बार्षिकाेत्सवकाे मंगलमय शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।
१ पानी पुसको मास बढेको मनग्य आस ! २ चिसो मुटुको कम्पन अकस्मात् रेटिएको जीवन ! ३ सर्प भ्यागुता दुलामा अनौठो प्रविधि कुनामा ! ४ ऋतु समयको दास नहुने आफ्नो पास ! ५ काव्य अथाहा सागर धारा बगेर प्रवाह ! ६ जिन्दगी मगन्तेको भेष मिलेर डुबाउने स्वदेश ! ७ कर्म पसिनाको धारा भाग्यको दुर्लभ उदय ! ८ सेवा पीडामा मल्हम आखिर सुखमा सन्तुष्टि ! ९ जनता आशावादी मन नकारात्मक सोच त्यागेर ! १० सन्तान सृष्टिको चक्र जिन्दगीको यात्रा बक्र ! ११ भाइरस चौतर्फी बिनास जिउँदै स्वर्गको आश्रम ! १२ चिसो रुघाखोकी साझा सम्पूर्णमा देखिने बाधा ! १३ भुलेको भाङ्ग्रो ओढेर काया तताउ मिलेर! १४ आवास लगाएमा झ्याल निश्चित अक्सिजन अभाव ! १५ नवरस अमृत समान गुणको गरेमा सम्मान ! १६ राम मर्यादा पुरुष धोबीले लगाएको अङ्कुश ! १७ सीता पतिव्रता नारी शङ्काले देह त्याग ! १८ हनुमान रामका भक्त कठिन शक्ति अनुमान ! १९ रावण शिवका भक्त नव टाउकाको भोग ! २० सत्यता जोगाउन गाह्रो झुठ पहिल्याउन गाह्रो ! २१ सतही ज्ञान अभिमान सारा छद्मभेषी मूल्याङ्कन ! २२ बिहान उषाको किरण तर ओझेलमा जीवन ! २३ मानव पवित्र हृदय विकृत भावले दानव ! २४ दृष्टि मनको भाव मिलेर शान्ती सुरक्षा ! २५ उदक धन्य बनेको जीवन सञ्चार गरेको ! २६ पिएर बाँच्न सिकेर अनि बाली सिञ्चेर !
१ निशा दीपक विलिन चौतर्फी कृष्णको साम्राज्य ! २ लालुपाते जमिनतिर नुगेको शिशिरमा चौतर्फी ढकमक ! ३ हिमाल सेताम्मे हिउँ थरथर काँप्ने जिउ ! ४ बिरालो पृथक मौनता आन्तरिक विकृत चलखेल ! ५ कैलाश शङ्करको बास छुट्टै स्वर्गको आभाष ! ६ जिन्दगी उकाली ओराली पीडा मिश्रित जिम्मेवारी ! ७ बगैंचा फूलको मुस्कान आत्मिक प्रेमको जवाफ ! ८ अन्धकार सचेतनाको कमी सुन्दर फूलको विभत्सता ! ९ जिन्दगी मनभरिको चाहाना फूलसँग रमाउने बाहाना ! १० कृषि गरेपछि सम्भार जीवन जिउने आधार !
उदक साहित्य समाज नेपालको साप्ताहिक उदक वाचन कार्यक्रमको दशौँ शृङ्खला सम्पन्न भएको छ ।
उक्त उदक वाचन कार्यक्रमको प्रमुख अतिथि साहित्यकार बालकृष्ण खनालले कवि र माझीको कहानी बताउँदै नेपाली साहित्यमा उदयमान काव्यिक विधा उदकको संरचनागत अवधारणाको जानकारी लिएर उदक लेख्न जाने सहज हुने विचार राखेर उदकको उज्ज्वल भविश्यको शुभकामना व्यक्त गर्नुभएको थियो ।
उदक वाचन कार्यक्रमको दशौँ शृङ्खलामा विशिष्ट अतिथि पञ्चाङ्ग विधाका प्रवर्तक साहित्यकार सोम लुइटेलले कार्यक्रममा उदक यात्रीको सहभागिताका साथै काव्यिक विधाअन्तर्गतको उदकलाई सफलताको शिखरमा लैजान सामुहिक साहित्यिक एकताको आवश्यकता भएको गहन धारणा राख्नुभएको थियो ।
सो कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रिय बाछिटा प्रतिष्ठानका अध्यक्ष साहित्यकार खगेन्द्रप्रसाद बस्यालले कार्यक्रममा वाचन गरिएका उदकहरू भावगत विचारले माथि पुगेका र समग्र उदकहरू सबल र सफल भएको धारणा राख्नुभएको थियो ।
दशौँ साप्ताहिक उदक वाचन कार्यक्रममा उदक यात्री प्रेम थापा, लक्ष्मी बस्याल, सुमित्रा पोखरेल, केशब न्यौपाने, पुष्प राना, सरस्वती श्रेष्ठ ( रुपन्देही ), बादल वियोगी गुरूङ, सुरेशचन्द्र घिमिरे, वसन्त अनुभव, रोशन पराजुली, प्रद्युम्न चालिसे, कमला देवकोटा, पुष्पा सायरा, रमा पन्त, सविता केसी, सरस्वती वली राना, निर्मला सुवेदी, उर्मिला पन्त, गुणनिधि घिमिरे, लक्ष्मी प्रसाद मिश्र, नवराज भट्ट, घनश्याम पौडेल, कविता आचार्य, देवेन्द्र शाक्य, धर्मी शाक्य, जमुना कायस्थ लगायतका उदक यात्रीहरूले आ-आफ्ना उत्कृष्ट उदकहरू वाचन गर्नुभएको थियो ।
उदक साहित्य समाज नेपालका अध्यक्ष आर्त अकुलीनले उदकको सैद्धान्तिक अवधारणाको बारेमा जानकारी गराउँदै उदकमा पहिलो पङ्क्तिमा रहेको एक शब्दले परिचय, दोस्रो पङ्क्तिमा रहेका दुई शब्दले व्याख्या र तेस्रो पङ्क्तिमा रहेका तीन शब्दले निष्कर्ष दिनुको साथै उदक काव्यिक विधाको लघुतम रूप भएकोले काव्यिक भावका साथै आन्तरिक संरचनामा जोड दिन अनुरोध गर्नुभएको थियो ।
उदक साहित्य समाज नेपालका अध्यक्ष तथा काव्यिक विधा उदकका प्रवर्तक साहित्यकार आर्त अकुलीनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन उदक साहित्य समाज नेपालको महासचिव हिमाल अम्मैले गर्नुभएको थियो ।
काठमाडौ, १० पौष । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको १४औं शृङ्खला शनिबार सम्पन्न भएको छ । अभ्यासमा ५५ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त अभ्यास शृङ्खला नियमित सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखन अभ्यासमा पृथकता एवं फरकपन भित्राउने सिलसिलामा उक्त शृङ्खला सञ्चालनमा ल्याइएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
अभ्यासका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको १४औं शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको टुक्का
बलात्कार हत्या हिंसा, गहना हुन् नेपालका, जवाफ हुन् जनताका, अनैतिक सवालका । ✍️ वसन्त अनुभव ***********************
सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
१// बन्द आँखा अन्धाे कानुन हत्या हिंसा भयाे अरे, धन बल शक्ति छ र छुट्छन् बाँकी कसुर ठरे । ✍️ ताराप्रसाद चापागाईं, धादिङ्ग । ************************* २// नमान लाज रत्तिभर अपराधलाई बढावा देऊँ कानुनी संरक्षण दिदै तिमी अपराधीकै पक्ष लेऊँ । ✍️ वसन्त अनुभव, घोराही उपमहानगरपालिका १४, दाङ ************************* ३// बलात्कार गरेको छ राज्यका सब अङ्गले, न्याय, इन्साफ मारेको, देखियो गैर ढङ्गले । ✍️ अम्विका अधिकारी, झापा विर्तामोड ************************* ४// जस्ले गर्छ हत्या हिंसा बलात्कार, उसैको हुन्छ ठुलो रवाफ , सरकार उसैलाई टेवा दिन्छ ,जनतालाई छैन जवाफ । ✍️ बुद्धिमान चौधरी, कनकाई नगरपालिका ४ झापा ************************* ५// हत्या हिंसा, बलात्कार कस्ले गर्याे भन्नु, चाेख्याउछ कानुनले खै कस्लाई गन्नु ? ✍️ अच्युत घिमिरे- दोभान सर्पाङ्ग, भुटान ************************* ६// हत्या हिंसा बलात्कारलाई जति सक्यो बढावा दिन्छु, पीरै छैन कानुन छ खल्तीमा पुलिस पहिल्यै किन्छु । ✍️ शर्मिला श्रेष्ठ, भैंसेपाटी,ललितपुर ************************* ७// कानुन भएर पनि नभए जस्तो, पशु झैँ नेपालमा बलत्कार कस्तो। ✍️ पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”, पनौती-३,काभ्रे ************************* ८// बलात्कार र हत्या हिंसा गहना हुन् यदि भने, थुक्क तिमीभन्दा विवेकशील पशुपंक्षी बने । ✍️ गुणनिधि घिमिरे #पाँचथर #मोरङ ************************* ९// सानालाई ऐन ठूलालाई चैन हुने भएछ, निमुखाले न्याय पाउने दिन त अब गएछ । ✍️ गंगा खड्का, बूढानीलकण्ठ १, काठमाडौँ ************************* १०// हत्या हिंसा बलात्कार जस्तै भयो यहाँ खेल, विचार ब्यवहारमा सधै नेताको वेमेल। ✍️ सुरेशकुमार पान्डे।दाङ घोराही१८ ************************* ११// अपराध गरी जसले धाक धक्कु लाउँछ, उसैले नै सुनै सुनको फूली पनि पाउँछ। ✍️ डम्बर थामी ‘अनुपम’, कालिन्चोक गाउँपालिका-६, दोलखा ************************* १२// नेताहरुले अवैधानिक चाेट दिए जनता माथि, जनताले नि अनैतिक भाेट दिए थापी चाेक्टा पाथी । ✍️ निरज कोइराला बेलका १ उदयपुर हाल: इटहरी ************************* १३// चोखो भयो बलात्कारी पाँच दिन बसी जेल , माला भिर्यो जुलुसमा, कति हेर्नु यस्तो खेल। ✍️ मनोहरी पौडेल, नवलपुर ,गैडाकोट ************************* १४// बलात्कार गरी हत्या हिंसा हुन्छ, आन्दोलन पर्ने गर्नु, संरक्षण गर्छन् हत्यारालाई, पीडित सधैंभरि मर्नु? ✍️ भगवती दवाडी ,झापा ************************* १५// छैन् कानुन यहाँ बोलवालाकै छ जालझेल, हेर्नुपर्छ दिनदिनै बढ्दै छ फोहरी खेल। ✍️ सुरेखा चाम्लिङ्ग, भक्तपुर ************************* १६// हत्या हिंसा बलात्कार त दिनहुुँको खेल, हाम्रो कानुन कहाँ भाग्यो शान्ति तर्यो भेल। ✍️ इश्वरी अधिकारी ************************* १७// मानिसलाई मारेर गुण्डा शक्तिशाली बन्ने, शक्तिकै खेल रह्यो मानव अधिकार भन्ने। ✍️ भूषण जंग, ललितपुर ************************* १८// सीतामाताको जन्मथलो भनिने यो नेपालमा, चेलीबेटीहरु असुरक्षित देखिन्छ हालमा। ✍️ बी.कुलुङ, दार्जिलिङ (भारत) ************************* १९// सत्तामा टिक्न टिकाउन,बिक्न बिकाउन, अनैतिक उपाए अरु, के छ सिकाउन। ✍️ होम प्रसाद नेउपाने, धरान,सुनसरी । ************************* २०// कुर्सी हत्याउन बलियो दाबेदारी झन, एक, दुई अपराध देखाऊँ कति छन ? ✍️ म्यामराज राई,भोजपुर ************************* २१// देशको संविधान अनि कानुन, बाठाको भयो सोझाले के जानुन। ✍️ बिके मुखिया, दार्जीलिङ, भारत। ************************* २२// भएका छन् नेता ठुला यस्तै काम गरी, बस्दैछन् जनता मार चपेटामा परी। ✍️ अनुग्रह राना मगर ‘पुष्प’, संखुवासभा हाल मलेसिया ************************* २३// भ्रष्टाचारी, बलात्कारी र अपराधिलाई प्रोत्साहन र पदक, फाँसीदेऊ राम्रो काम गर्ने, सत्य बोल्नेलाई हुन् देशका बाधक। ✍️ रामकुमारी खड्का ************************* २४// हत्या हिंसा बलात्कार दिन दिनै बढ्दै गयो, त्यही कानूनको खोस्टो पनि नेताज्यूकै भयो । ✍️ इन्दिरा देवकोटा, कपिलवस्तु न .पा .३ ************************* २५// बलात्कार गर्ने संसदमा छन्, हत्या गर्ने मोजमा, हामी लाग्नुपर्ने रातदिन अपराधीकै खोजमा । ✍️ राजेशराज गड्तौला, रतुवामाई- १०, मोरङ, हाल- प्रवास ************************* २६// भ्रष्टाचारी बलात्कारीका हात माथी, थिचोमिचोमा नै भए जनता साथी। ✍️ टिकाराम पुन (टिपु), सल्यान छत्रेश्वरी २ ************************* २७// हत्याहिंसा, बलात्कार, ठान्दा रैछन् हतियार , स्वार्थ लुट्न पल्किएका, सत्ताका ती मतियार । ✍️ केशवप्रसाद ढकाल `प्रीतबीज´,गाेरखा ************************* २८// दुखे पनि दुखे छैन भन्नु छोरी सहिदिनू, दुनियाँका दुःख पीडा आफैँभित्र भरिलिनू। ✍️ पौडेल विमुन्स 💕 पोखरा कास्की 💕 ************************* २९// कानुन माथि सवार गर्छ अपराधी कहाँ? जवाफ आयो कसैको नेपाल देश छ जहाँ। ✍️ अनिल खग्रास, पर्वत ************************* ३०// शासक र कानुन अन्धो भएपछि के गरोस् देशले? तिनले त जानीजानी छोपेकै छन् आँखा कालो भेषले। ✍️ दीपक ठटाल जलन,खरसाङ,दार्जीलिङ। ************************* ३१// बलात्कारी र भ्रष्टाचारीलाई सम्मान छ नेपालमा । कति बोल्नु हामी जनताले हत्याहिंसाको सवालमा । ✍️ श्री लिम्बू आङ्बुहाङ पाँचथरे ************************* ३२// हत्याहिंसा र बलात्कार गर्ने सबै ठूला-बडा हुन्छ, मान सम्मान त्यस्तैलाई मिल्छ मान्छे पाउ सम्म छुन्छ। ✍️ अरुण कुमार भुजेल, गोरूबथान,कालेबुङ्ग,भारत। ************************* ३३// हत्या हिंसा बलात्कारकै रजाइँ भयो देशमा, दस नङ्ग्रा कसरी खियाउनु यो परिवेशमा ? ✍️ संझना (कुसुम) ************************* ३४// देशमा कानुन छैन ठोस, के गर्नु खै रोष, चल्छ सधै मनपरी तन्त्र, हुन्न कुनै दोष ! ✍️ बिबश पारदर्शी, भद्रपुर न०पा० २ झापा ************************* ३५// नेपालमा हत्या हिंसा बलात्कार धेरै हुन्छ , यो मेरो मन घरीघरी बेसरी यहाँ रुन्छ । ✍️ बिक्रम तिरुवा सलिन, तिला गाउँपालिका ३ कुडारी जुम्ला ************************* ३६// विधि विधान छ देशमा राम्रो पालना गरे पो हुन्छ बलत्कार र हत्या गर्ने लाई नियमले कहाँ छुन्छ । ✍️ सूर्यमणि रेग्मी, चितवन ************************* ३७// दिन दहाडै हत्या अपराध हुन्छ मेरो देशमा, रक्षक आफै भक्षक बनि आउँछ छद्म भेषमा । ✍️ कर्ण दयाल, मेलौली नगर पालिका ७, बैतडी ************************* ३८// हत्या हिंसा बलात्कार गर्न सक्छ जसले, बुबा मन्त्री आमा नेता के गर्छ र कसले? ✍️ मन्दिरा सेढाई, मलेखु,धादिङ ************************* ३९// हत्या हिंसा बलात्कार नै राष्ट्रका हुन् खेल , जो जो सक्छन् खेल्न तिनको हुन्छ पूर्ण मेल। ✍️ रामजी लामिछाने ************************* ४०// अन्यायीको पक्षपोषण जो जसले गर्छ सुन, हत्या हिंसा बलात्कारका भागिदार तिनै हुन। ✍️ बिके माकजु ,भक्तपुर । ************************* ४१// के के हुन्छ के के यहाॅ, हिजो भन्दा झनै आज, गर्नेलाई भन्दा ज्यादा, देख्नेलाई हुने लाज। ✍️ घनश्याम पौडेल ************************* ४२// मेरो चोटहरुले बिर्सने छैनन्, कस्तो लज्जाहीन कानुन, आजै बलात्कार हत्याहिंसा बिरुद्ध बज्नेछ बिगुल धुन। ✍️ जिकुमार गौतम भद्रपुर -१ पृथ्विनगर झापा ************************* ४३// भ्रष्टाचारी महोदय कानुन हात लिन्छन् , जनताका प्रतिनिधि उसकै साथ दिन्छन् । ✍️ त्रिलोचन भण्डारी, झापा ************************* ४४// बलात्कारी,हत्या, हिंस्रकलाई सधै मिल्छ चैन, गरिब, दलित, निमुखाले बोल्न पाउने हैन । ✍️ जमुना आचार्य, कपन काठमाडौं ************************* ४५// हत्या हिंसा र बलात्कारले छ समाज विकृत भएको, जनताले बनाएको सरकार खै जनतामा गएको । ✍️ पुष्पाशायरा । बिराटनगर । ************************* ४६// छोरीको न्यायको लागि बुबा अदालत धाउने, बेचिएकाे न्यायालयबाट उल्टै पिडा पाउने। ✍️ सुमिना तिमल्सिना, भक्तपुर ************************* ४७// हत्या हिंसा किन घट्थ्यो कानुन उनकै हात, जनता हामी उस्तै सबै बढाइदिन्छौं मात । ✍️ कमला देवकोटा, पाल्पा ************************* ४८// घातक एमसिसि’को चलायो तीर, पास नभए त उडाउँछ रे शिर । ✍️ रिजाल विनोद, बेलबारी ०२ मोरङ ************************* ४९// बलात्कार हत्या हिंसा,भए नेपालका खजाना, जनता भुलाउने आश्वासन नेताका बहाना । ✍️ दुर्गा भट्टराई, मोरङ ************************* ५०// बलात्कार ,अन्याय, घुसखाेरी ,दुई नम्बरी जसले गर्छ, संरक्षित हुन्छ त्यही मान्छे यहाँ जसको मन्त्री आफ्नाे पर्छ। ✍️ रामकृष्ण रिजाल, बा न पा १३ बागलुङ ************************* ५१// रातोदिन हत्या हिंसा बलात्कार आफै बन्छ हतियार, दुख लागेर आउँछ गरिबकै सधैं भएको छ हार । ✍️ सहयात्री शाेभा अर्याल, रुपन्देही बुटवल ************************* ५२// नेपालमा बलात्कारको त फेसन नै भयो, नियम कानुनको कुरा गर्ने खै कता गयो? ✍️ ललिता अभागी, सुनकोशी५ सिन्धुली ************************* ५३// बाबु, दाइ, काका घरकैबाट ईज्जत् लुटिने डर, अब कहाँ जानु, कता भाग्नु र कसको गर्नु भर? ✍️ दुर्गा आचार्य, मोरङ ************************* ५४// हिंसाप्रेमी प्रभु आफैं उनै रच्छन् बलात्कार, आउ आजै ख्वामितलाई चढाऔँ उपहार। ✍️ रामकृष्ण दुवाडी ************************* ५५// हत्या हिंसा बलात्कार गर्नेलाई उनै गर्छन् सम्मान जान, सिधासाधा सत्यमा हुनेलाई गर्छ न्यायले त्यो अपमान । ✍️ बेदु न्यौपाने काठमाडौ *************************