• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: साहित्य

साहित्यकार गुणनिधि घिमिरेको कविता “मेरो देश”

  • ६ माघ २०७८, बिहीबार १२:०१ मा प्रकाशित
  •             -मेरो देश

    देशको समसामयिक वास्तविक कुरा
    गर्न मलाई मन लाग्यो हुन्छ हुन्न पुरा ।१।

    कोही नेता केही गर्छु भन्दै अघि सर्ने
    कोही चाहिँ पद खोज्न जबर्जस्ती गर्ने ।२।

    जनतामा जाँदा कोहिता चुनावमा गिरे
    राष्ट्रिय सभा भित्र त्यसै झ्यालबाट छिरे ।३।

    जनतालाई बिर्सिएर कुर्सीको लोभ् गरे
    जनता चाहिँ अशान्ति मै अलपत्र परे ।४।

    द्वन्द्व काल प्रलयमा चल्थे बारुद गोला
    प्रधानमन्त्री हुँदा कस्ले के के गरे होला ।५।

    दुनियाँमा साँचो सत्य त्यस्को हिसाब हुन्छ
    नेता खुशी हुँदा होलान् जनता यहाँ रुन्छ।६।

    जनतालाई रुवाएर कति चइन् गर्छौ
    अजम्बरी कोही छैन नी तिमी पनि मर्छौ ।७।

    प्रधानमन्त्री हुँदा खेरी के के नाप्यौ भन
    कस्तो काम गर्यौ तिमिले रुष्ट भए जन ।८।

    कस्तो मुख लाएर जान्छौ जनतामा फेरि
    जनता पनि चुप लागी बस्ने छैनन् हेरी ।९।

    हामी जनता पनि उस्तै पछि पछि लाग्ने
    पाए सम्म बसी रहने नपाएमा भाग्ने ।१०।

    राजा राखौँ योग्य राजा हुने कोही छैनन्
    खोक्रा नेता धोक्रा भर्ने गर्ने केही हैनन् ।११।

    मान्छे मारे धोखा दिएर सिधा सादा लाइ
    आफु मात्रै महल चढे ठुला राजा भइ ।१२।

    सिनो माथि गिद्ध जस्तो लुछा चुँडी गर्छन्
    तिम्रा लागि गाउँ घर्का जन्ता कति मर्छन् ।१३।

    तिम्रा राम्रो बुद्धि भए जनता किन रुन्थ्यो
    हाम्रो देश मा छिट्टै छिट्टै विकास त हुन्थ्यो ।१४।

    मेरो देश नेपाल लाई कति रुवाएको
    नेताहरू ! किन यसरी देश डुवाएको ।१५।

    सुइँको पाई बिदेशी ले राष्ट्र हाम्रो खाला
    हाम्रो देश इण्डिया र चाइना तर्फ जाला ।१६।

    जनता पनि होसियार हुनु पर्छ अब
    अशान्ति र खतरा लाइ तोड्दै जाउँ सब ।१७।

    देशको रुप फेर्नलाइ बुद्धि हुने जति
    एकै ठाउँमा जम्मा हुनु गर्नु एकै मति ।१८।

    फटाहा चोर जाली चिनी निचोरेरै मार
    अत्याचारी अन्यायी लाइ निमिट्यान्न पार ।१९।

    अनि मात्र देश बन्दछ सत्य बाटो छान्नु
    सत्य शुद्ध मान्छे हरुको कुरा सबै मान्नु ।२०।

    दुष्ट क्रुद्ध पापी हरुको पिछा गर्न छोड
    सबै मिली अन्याय अत्याचार लाइ तोड ।२१।

    घुँडा धसी बक्सिङ हान्दै दुष्ट नेता मार्न
    नयाँ पिँढी जाग अब देश सुन्दर पार्न ।२२।

    शान्ति पूर्ण तरिकाले मार्न सिक्नु पहिले
    संसदिय मुड्की हान्नु मौका पर्छ जहिले ।२३।

    बदमास फटाहालाई जेल्मा कोची हाल्नु
    भ्रष्टाचार गर्नेलाई कारबाही ले गाल्नु ।२४।

    जायजेथा जफत गर्नु चारै पाटा मोड्नु
    गाउँ घर का कुना कुना घुमाएर छोड्नु ।२५।

    पद्धतिको शासन भए देशको मुहार
    फिर्ला नत्र सधैं नै माग्नु पर्ला है गुहार ।२६।।।

    — गुणनिधि घिमिरे #पाँचथर #प्रसंग #देश
    —++ मोरङ हाल अमेरिका

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साहित्यकार गुणनिधि घिमिरेको कविता “मेरो देश”

    उदक यात्री आर्त अकुलीनका उत्कृष्ट उदकहरू

  • ६ माघ २०७८, बिहीबार ०७:५१ मा प्रकाशित
  • ✍️ आर्त अकुलीन
    १
    मध्यरात
    आकाशमा बादल
    चौतर्फी पानीको छिटा !

    २
    पृथ्वी
    एकताका प्रतीक
    कर्तव्यनिष्ठ राष्ट्रिय सेनानी !

    ३
    रहर
    अतृप्त चाहाना
    सहर खोलीको बगर !

    ४
    लेक
    गुराँसे डाँडा
    सुन्दर भीर पाखा !

    ५
    हिँउ
    जमेको पानी
    सबैको आँखाको नानी !

    ६
    हिमाल
    हिउँको यात्रा
    जीवन मृत्यु सङ्घर्ष !

    ७
    आश्रम
    गरिबको घर
    जीवन जिउने आधार !

    ८
    मकर
    त्रिवेणी स्नान
    बिहानी घामको अपेक्षा !

    ९
    हिमाल
    हिउँको स्वरूप
    अव्यक्त पत्थरको कहानी !

    १०
    सङ्कीर्ण
    कुवाभित्रका भ्यागुता
    सङ्कुचित कुवाको संसार !

    ११
    पहरा
    अनुपम छहरा
    वीर गोर्खालीको छाती !

    १२
    झरना
    पहराको पानी
    सुन्दर आँखाको नानी !

    • आर्त अकुलीन, कैलाली
    Posted in ताजा अपडेट, मुख्य खबर, समाज, साहित्यLeave a Comment on उदक यात्री आर्त अकुलीनका उत्कृष्ट उदकहरू

    उदक यात्री लक्ष्मीप्रसाद फुयालका उत्कृष्ट उदकहरू

  • ४ माघ २०७८, मंगलवार २०:२३ मा प्रकाशित
  • १
    हिमाल
    टलटल टल्कने
    हिमचुली पानीको मुहान !

    २
    हिमचुली
    सेता हिमटाकुरा
    मनमोहक दन्त लहर !

    ३
    यार्सागुम्बा
    जीव वनस्पति
    समिश्रण अद्भुत जडिबुटी !

    ४
    जडीबुटी
    वनपाखा चिनेमा
    जीवन उपयोगी जङ्गल !

    ५
    समय
    चक्र घुमेर
    दिनरात दु:खसुख बराबर !

    ६
    दिनरात
    अध्यारो उज्यालो
    प्रकृतिको सुन्दर लीला !

    ७
    प्रकृति
    अथाह गहिरो
    जीवन चक्र फेरिने !

    ८
    जीवन
    जन्म मृत्यु
    सृष्टिको अविरल यात्रा !

    ९
    सृष्टि
    अलौकिक रचना
    जलमा थलमा नभमा !

    १०
    जल
    सिञ्चित रगमा
    कणमा नभमा सबमा !

    • लक्ष्मीप्रसाद फुयाल
      शनिश्चरे, मोरङ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री लक्ष्मीप्रसाद फुयालका उत्कृष्ट उदकहरू

    उदक वाचन कार्यक्रमको तेह्रौँ शृङ्खला सम्पन्न; २८ जना उदक यात्रीहरूको उत्साहजनक सहभागिता !

  • २ माघ २०७८, आईतवार २२:५४ मा प्रकाशित
  • उदक साहित्य समाज नेपालको साप्ताहिक उदक वाचन कार्यक्रमको तेह्रौँ शृङ्खला सम्पन्न भएको छ ।

    उक्त उदक वाचन कार्यक्रमको प्रमुख अतिथि विश्व नेपाली साहित्य प्रतिष्ठान, चन्द्रागिरी साहित्य प्रतिष्ठान तथा खोरिया साहित्य समाजका अध्यक्ष वरिष्ठ साहित्यकार जनार्दन अधिकारी धड्कनले उदक सिर्जनामा यसको संरचनागत पक्षमा ध्यान दिँदै उदक कविता भएकोले कविताको भावगत मर्मलाई बुझेर उदक लेखनलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभएको थियो ।

    कार्यक्रममा विशिष्ट अतिथि वेदविज्ञ तिलकप्रसाद लुइटेलले जोसँग जे छ उसले त्यही दिने गरेको विचार राख्दै काव्यिक विधा उदक वाचन गर्नुको साथै उदक वाचन कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

    उदक वाचन कार्यक्रमको तेह्रौँ शृङ्खलामा खगेन्द्र बस्याल सरस्वती श्रेष्ठ (रुपन्देही), केशब न्यौपाने, प्रेम थापा, पुष्प राना, रोशन पराजुली, निर्मला सुवेदी, नवराज भट्ट, सुरेशचन्द्र घिमिरे, केशव ढकाल, कविता देवकोटा, उर्मिला पन्त पाण्डेय, सरस्वती राना, चन्द्रावती अधिकारी, सोम लुइटेल, गुणनिधि घिमिरे, लक्ष्मी बस्याल, रामराजा केसी, सुशिला पौडेल, वसन्त अनुभव, श्रद्धा आचार्य, कमला देवकोटा, सरस्वती श्रेष्ठ (इटहरी), चन्द्रावती अधिकारी लगायतका उदक यात्रीहरूले आ-आफ्ना उत्कृष्ट उदकहरू वाचन गर्नुभएको थियो ।

    उदक साहित्य समाज नेपालका अध्यक्ष आर्त अकुलीनले उदक सैद्धान्तिक अवधारणाको बारेमा जानकारी गराउँदै उदकमा पहिलो पङ्क्तिमा रहेको एक शब्दले परिचय, दोस्रो पङ्क्तिमा रहेका दुई शब्दले व्याख्या र तेस्रो पङ्क्तिमा रहेका तीन शब्दले निष्कर्ष दिनुको साथै उदक काव्यिक विधाको लघुतम रूप भएकोले काव्यिक भावका साथै आन्तरिक संरचनामा जोड दिन अनुरोध गर्नुभएको थियो । उहाँले कार्यक्रममा अब्बल दर्जाका उदकहरू वाचनले कार्यक्रममा थप उर्जा दिएको बताउनुभयो ।

    उदक साहित्य समाज नेपालका उपाध्यक्ष सविता केसीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन उदक साहित्य समाज नेपालका महासचिव हिमाल अम्मैले गर्नुभएको थियो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाज, साहित्यLeave a Comment on उदक वाचन कार्यक्रमको तेह्रौँ शृङ्खला सम्पन्न; २८ जना उदक यात्रीहरूको उत्साहजनक सहभागिता !

    उदक यात्री रमेश प्रभातका उत्कृष्ट उदकहरू

  • २ माघ २०७८, आईतवार १६:१० मा प्रकाशित
  • १.
    माघमा
    नबढे जाडो
    के अर्थ त्यसको ?

    २.
    बतास
    राखेर नाम
    नछर हामीलाई भ्रम ।

    ३.
    सम्वृद्धि
    आउला कहिले
    हामी छौँ अनकन्टारमा !

    • रमेश प्रभात, चितवन
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री रमेश प्रभातका उत्कृष्ट उदकहरू

    साताका तीन लघुकथा

  • १ माघ २०७८, शनिबार २१:२२ मा प्रकाशित
  • ‘साताका तीन लघुकथा’ स्तम्भमा प्रत्येक साता नमस्ते आधुनिक लघुकथा मञ्चमा साताभर प्रेषित गरिएका लघुकथाहरू मध्ये तीनवटा लघुकथाहरू छानेर प्रकाशित गरिनेछ । सोही क्रममा साताका तीन लघुकथा स्तम्भको पहिलो शृङ्खलामा निम्न तीन लघुकथाहरू छनोट गरी प्रकाशित गरिएको छ ।

    १) लघुकथा : नयाँ राजा

    – जीवन दाहाल

    एक साँझ बस्ती छोडेर भागेको गधा ब्वाँसाहरूको घेरामा पर्यो । जङ्गलमा निस्फिक्रीसँग चरेर जतिसुकै मोटाएको भए पनि कालको जालमा परेको पत्ता पाउनासाथ ऊ अतालिएर सहारा खोज्दै करायो-ढ्याँचु s s ! ढ्याँचु s s ! ढ्याँचु s s !

    घेरा हाल्ने ब्वाँसाहरु मध्येबाट एउटा खाइलाग्दो ब्वाँसो अघि बढ्यो र भन्यो-“न डराइबक्स्योस् गधा महासय, हामी हजुरका गाथमा कुनै हानी नोक्सानी पुर्याउन आएका हैनौँ ।”

    डराइ डराइ गधाले सोध्यो-“उसो भए किन घेरा हालेका त ?

    “राजा बनाउन”-ब्वाँसाले उत्तर दियो र थप्यो-“हजुर सोझो, इमानदार, कर्तव्यपरायण र सात्विक प्राणी होइबक्सनु भै राजा हुन योग्य होइबक्सन्छ, त्यसैले ।”

    ब्वाँसोको वचनमा चिप्लिएको गधाले राजाको शक्तिशाली तथा वैभवयुक्त जिन्दगी सम्झियो र प्रसन्न चित्तले हाँस्यो- ढ्याँचु s s ! ढ्याँचु s s ! ढ्याँचु s s !

    त्यसपछि ब्वाँसाको नाइकेले गधालाई श्रीपेच लगाइ दियो र नयाँ राजाको घोषणा गर्यो । अनि आफूले पनि आफैँ शिरमा फेटा बाँध्यो र आफूलाई प्रधानमन्त्री घोषणा गर्दै फर्मान जारी गर्यो-“चारै प्रहर जागा बसेर महाराजको सुरक्षा गर्नु । राज आज्ञा नहुञ्जेल चरो मुसो पनि सुरक्षा घेरा भित्र पस्न नपाओस् र सेन्ट्री बस्ने पालो परेको ब्वाँसाले “जागते रहो ! जागते रहो ! भनेर सतर्कताको नारा लगाइरहनु ।”

    गधा निश्चिन्त भयो ब्वाँसाहरूसँग र बसेकै ठाउँमा लुपुक्क निदायो । ब्वाँसाहरू भने जागै रहे ‘जागते रहो-जागते रहो’ को नारा घन्काउँदै ।

    अनि बिहान हुँदा ब्वाँसाहरू निदाइरहेका भेटिए र राजाको चैँ हाडखोरमात्र ।

    मैतिदेवी, काठमाडौ ।

    २) लघुकथा : भावना

    – देबीप्रसाद थापा’मामा’

    “बाबा! म तपाईंले भनेझैँ प्रथम श्रेणीमा उत्तीर्ण भएँ घुमाउन लान्छु भन्नुभएको थियो! कहिले लाने?”आठ वर्षे छोरीले बाबुलाई आफ्नो बाचा सम्झाउँदै भनी ।
    बाबु कथा लेख्नमा व्यस्त थियो ।
    पुनः छोरीले सोही प्रश्न दोहर्याई ।

    एक्कासि बाबुले उत्तर दियो “जाने भइछस् घुम्न ! जा नत्र भेट्लिस् । लेखेको देख्दिनस् ।”
    छोरी रुँदै रुँदै आमा भएतिर गई।
    भित्रबाट आमा भुतभुताई,”कस्तो विडम्बना! काल्पनिक पात्रको भावना बुझ्ने मान्छेले किन जिउँदा मान्छेको भावना बुझ्दैनन् ?”

    मणिपुर, भारत

    ३) लघुकथा : विभेद

    – सत्या अधिकारी

    विभेद त मेरो घरैबाट शुरुभएको हो । बुबा सधैं भन्नुहुन्थ्यो- “हेर ! तिमी दुई जुम्ल्याहा दिदीभाईमा भाईलाई चाहिँ जसरी पनि म डाक्टर पढाउँछु ।” तर भैदियो ठिक उल्टो ।
    सरकारी कलेजमा राम्रो अङ्क ल्याएर, सरकारी छात्रवृत्तिमा डाक्टर भएँ म । भाईले चाहिँ जसो तसो गरेर हेल्थ असिस्टेन्ट पढ्यो । तर बिडम्बना ! एच. ए. पढेको मेरो भाईलाई
    बिरामीले डा. साप भन्दै नमस्ते गर्थे, तर आफूलाई भने, “म सिस्टर हैन , डाक्टर हुँ है !” भन्दै सधैँ स्पष्टीकरण दिनुपर्थ्यो ।

    काठमाडौँ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साताका तीन लघुकथा

    साप्ताहिक उदक अभ्यासको ३५औं शृङ्खला सम्पन्न; ७१ जना उदक स्रष्टाहरूको सहभागीता

  • १ माघ २०७८, शनिबार १९:५९ मा प्रकाशित
  • काठमाडौ, ०१ माघ । साप्ताहिक उदक लेखन अभ्यास शृङ्खलाको ३५ औं भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त अभ्यास कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ७१ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन अभ्यास शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा अभ्यास शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यास शृङ्खलाका लागि राखिएको तस्बिर

    तस्बिरमा उदकका सहभागीहरू

    १//
    आश्रम
    गरिबको घर
    जीवन जिउने आधार !

    आर्त अकुलीन, कैलाली

    २//
    झुपडी
    सपनाको महल
    अनगिन्ती कुण्ठित चाहना !

    राजाराम रत्गैंया, अमौरा कैलाली

    ३//
    परिवार
    घर संसार
    सुख शान्ति अपार !

    जमुना कायस्थ

    ४//
    झुपडी
    दरिद्रको निवास
    चिन्ता जुटाउन गाँस !

    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    ५//
    गृह
    परिवार संरक्षित
    झुपडी पनि प्रिय !

    सरस्वती वली
    बर्दिया

    ६//
    झुपडी
    बग्रेल्ती सन्तान
    कसरी जुटाउनु खाना

    उर्मिला पन्त पाण्डेय
    ज्ञानेश्वर , काठमाण्डौँ*

    ७//
    गरिबी
    सुन्दर झुपडी
    हेरेर आफ्नै खाेपडी !

    इन्दिरा ज्ञवाली
    तानसेन ,पाल्पा

    ८//
    छाप्रो
    मेरो महल
    सुन्दर न्यानो आनन्दमय !

    गुणनिधि घिमिरे अमेरिका

    ९//
    जिन्दगी
    नेपालीको स्तर
    सरकार दृष्टि अभाव !

    विष्णुदीप सङ्कल्प

    १०//
    झुपडी
    मेरो महल
    बाँझै अनगिन्ती रहर !

    राम न्यौपाने

    ११//
    घर
    गरिबको दरबार
    धनिको तुच्छ उपहार !

    पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती-३,काभ्रे।

    १२//
    झुपडी
    ठुलो परिवार
    धेरै गरिबहरुको आश्रय

    शिव ज्ञवाली
    रु रु १ गुल्मी

    १३//
    झुपडी
    दुखीको दरबार
    यसैभित्र भेटिन्छ संसार !

    अन्जिता राउत
    नेचा सल्यान -५ सोलुखुम्बु

    १४//
    सच्चा
    प्रेमको बास
    दियो बल्ने झुपडी !

    हिउँकला हाँसी खतिवडा
    कैलाली,

    १५//
    बुबाको
    सानो झुपडी
    छोराले पाउने सम्पत्ति !

    बासुदेव दनुवार, सिन्धुली

    १६//
    झुपडी
    अभावको महल
    दु:ख चिहाइ रहन्छ !

    लक्ष्मी प्रसाद फुयाल
    पथरी शनिश्चरे मोरङ

    १७//
    वास
    बाँच्ने आस
    घामपानी हुँरीको ओत !

    कण्ठराज गिरी

    १८//
    दुखाई
    पिडाको अनुभूति
    गरिबको रहर चित्रमा !

    सोमनाथ लुइटेल “रवि पाल्पाली ।

    १९//
    झुपडी
    गरिबकाे बास
    दु:खीकाे कष्टकर जिन्दगी !

    राज कुमार राजभण्डारी खाेटाङ्गे
    भक्तपुर ।

    २०//
    उत्तरायण
    मकर सक्रान्ति
    जाडोको उत्कर्ष रूप !

    बेद प्रसाद रिजाल

    २१//
    बसोबास
    गरीबको झुपडी
    धनीको गगनचुम्बी महल !

    घनश्याम पौडेल

    २२//
    झुपडी
    कदली गढेका
    खलियान पीडित अडेका !

    महानन्द भट्ट। कञ्चनपुर

    २३//
    कुटी
    दीनदुखीकाे निवास
    कतिञ्जेल याे बिल्लिबाठ !

    खलबिर नाराज

    २४//
    अभाव
    गरिबीको दबाब
    परिवर्तनसँगै पिछडिएको स्वभाव !

    इश्वरी अधिकारी

    २५//
    झुपडी
    गरिबको बास
    छैन कसैको आस !

    रमा पन्त, पाल्पा।

    २६//
    घर
    छानोमा खर
    जाडोमा यसैको भर !

    सविता के.सी., काठमाडौँ ।

    २७//
    गरिब
    खरकाे छाना
    कसरी चल्छ माना ?

    सुरेश घिमिरे

    २८//
    बासमा
    अशक्त परिवार
    अझै सहयोगको आसमा !

    प्रभादेवी पौडेल
    चितवन

    २९//
    झुपडी
    गरिवको महल
    ओझेलका पात्रको बाध्यता !

    इन्दिरा देवकोटा

    ३०//
    झुपडी
    फुसको छानो
    दु:ख बिसाउने चाैतारी !

    रामराजा के. सी.
    फर्पिङ , काठमाडौं

    ३१//
    दु:खी
    पीडा एक
    अगचको भोगाइ अनेक !

    प्रेम थापा

    ३२//
    कुटी
    जस्तो भएनी
    स्वर्ग हुन्छ झुपडी !

    बुद्धिप्रसाद लामिछाने कैलाली

    ३३//
    घर
    शितल छहारी
    मेलमिलाप आनन्दको चौतारी !

    अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    ३४//
    डन्डुर
    गहिर निन
    इहे मोर झोंपरीमे !

    सागर कुस्मी, कैलाली ।

    ३५//
    घर
    जस्तो भएनी
    स्वर्ग लाग्छ आफूलाई !

    सरस्वती श्रेष्ठ इटहरी

    ३६//
    खरले
    बनेको घर
    भुकम्पको हुँदैन डर !

    बालकृष्ण खनाल

    ३७//
    झुपडी
    दयनिय अबस्था
    गरीबकाे कष्टकर जिन्दगी !

    नारायण प्रसाद उपाध्याय , कैलाली ।

    ३८//
    सन्तुष्टि
    खरको छानो
    जुटाउन सक्दा मानो !

    हिमाल अम्मै, घोडाघोडी कैलाली

    ३९//
    गरिबी
    अभावको जिन्दगी
    सम्पत्ति एउटा झुपडी !

    सीता पाण्डेय मरासिनी
    रेसुङ्गा -9,तम्घास ,गुल्मी ।

    ४०//
    झुप्रो
    हावापानी छल
    भेटिन्छ मायाको महल !

    पशपती राई खोटाङ ।

    ४१//
    घर
    मनकाे महल
    परिवारमा घामपानीकाे जाेहाे !

    राेशन पराजुली,धरान।

    ४२//
    महल
    देखिदैन् चहलपहल
    बचेखुचेकाे जीवन रहलपहल !

    रामकृष्ण दुवाडी
    पाेखरा ।

    ४३//
    तनाव
    बेरोजगारी जीवन
    घरमा धनको अभाव !

    बादल गुरुङ वियोगी

    ४४//
    झुपडी
    गरिबको बास
    महलको छैन आस !

    खेमराज पुरी, कैलाली हाल मुम्बई

    ४५//
    बास
    उड्दै होसहवास
    मौसमी त्रासको सहवास !

    चक्र बहादुर आले “लाफा” कैलाली

    ४६//
    परिस्थिति
    परिवर्तनको खोजी
    अभाव अनि संघर्ष !

    होम प्रसाद न्यौपाने
    धरान,सुनसरी ।

    ४७//
    घर
    परिवारले बन्छ
    बाँडेर दु:ख सुख ।

    समुन्द्रा शर्मा, सुनसरी

    ४८//
    घर
    सानो होस्
    मन सानो नहोस् ।

    रमेश प्रभात

    ४९//
    उपहार
    खुसीको बहार
    नबनोस् चक्कुको धार !

    माधव पोख्रेल

    ५०//
    झुपडी
    गरिबको निवास
    चल्दैछ जसोतसो गुजारा !

    रिता खराल,रुपन्देही

    ५१//
    झुपडी
    छानामा खर
    सुदामाको प्यारो घर !

    श्रीकृष्ण शर्मा पोखरा

    ५२//
    झुपडी
    चेपाङ बस्ती
    गिज्याइ रहेछ आधुनिकता !

    गोपालप्रसाद पाैड्याल
    विराटचोक, मोरङ

    ५३//
    झुपडी
    धनाढ्यका निम्ति
    तर मेरो दरबार !

    मंगला उपाध्याय
    बारा कलैया १

    ५४//
    माघी
    झुप्राे घरमा
    अनुपम थारु थरमा !

    केशवप्रसाद ढकाल `प्रीतबीज´
    गाेरखा

    ५५//
    झुपडी
    झल्काउँछ गरिबी
    मनका धनी बस्छन् !

    मुरारीराज मिश्र,
    कामपा-७, कुमारीगाल

    ५६//
    घर
    जहाँ खुसी
    त्यही छ स्वर्ग !

    धनमाया चौधरी कैलाली

    ५७//
    जीवन
    संघर्षमय हाम्रो
    गरिब भएनी राम्रो !

    विक्रम तिरुवा सलिन
    तिला ३ जुम्ला

    ५८//
    घर
    आश्रय स्थल
    जोगाउने सुरक्षाको आधार !

    सुमित्रा पोखरेल काठमाडौं

    ५९//
    झुपडी
    बासको धनी
    सन्तोष मान्यो भनी !

    सरस्वती श्रेष्ठ

    ६०//
    माघी
    थारु संस्कृति
    विषमताले पिरोलेको क्षण !

    टुकादेवी पौडेल आचार्य
    शुक्लागण्डकी,तनहुँ

    ६१//
    झुपडी
    सम्पत्तिको गरिब
    धनी मनको घर !

    घनश्याम पौडेल
    गौरीगंगा कैलाली

    ६२//
    घर
    मायाले बन्छ
    ठुलाे सानाे हुँदैन !

    सुधा बासकाेटा ढकाल
    काठमाण्डु

    ६३//
    गरिब
    सुखकाे धनी
    बास खरुकाे झुप्रोमा !

    चन्द्रावती अधिकारी
    काेहलपुर वाँके

    ६४//
    झुपडी
    शान्त परिवार
    परिश्रमी जन मस्तराम !

    प्रद्युम्न चालिसे

    ६५//
    झुपडी
    भित्र रमाइलो
    आत्मा सन्तुष्टि मनको !

    नारायण कोइराला
    तानसेन पाल्पा

    ६६//
    झुपडी
    बास विवशता
    दैनिक जीवन कठिन !

    राम बहादुर चौधरी, अहिले कैलाली।

    ६७//
    झुपडी
    निर्धनहरूको महल
    बाहिर रमणीय हलचल !

    केदारनाथ फर्पिङ

    ६८//
    खुसी
    खोजौँ आनन्द
    झुपडी या महल !

    शारदा आचार्य
    ललितपुर !

    ६९//
    घर
    आनन्दको संसार
    त्यही स्वर्गको आधार !

    दुर्गा भट्टराई, मोरङ

    ७०//
    बुकुरो
    निर्दयी बतास
    खोज्दै गरिब गाँस !

    वासुदेव ज्ञवाली
    पाल्पा , तानपा- १ ध्रुवघाट

    ७१//
    आश्रय
    न्यानो घर
    परिवार बाँच्ने आधार ।

    मिलन के.सी.(थापा)पोखरा

    जय उदक ! जय साहित्य !!

    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक उदक अभ्यासको ३५औं शृङ्खला सम्पन्न; ७१ जना उदक स्रष्टाहरूको सहभागीता

    उदक यात्री नवराज भट्टका उत्कृष्ट उदकहरू

  • २९ पुष २०७८, बिहीबार १४:२३ मा प्रकाशित
  • १.
    अलमल
    कागकाे कुहिराे
    सँधै अनिर्णयकाे बन्दी !

    २.
    दिगम्बर
    नग्न शरीर
    अहिंसा कठाेर तपस्या !

    ३.
    मृत्यु
    अबिचिलित शाश्वतसत्य
    कर्म पाप पुण्य !

    ४.
    भाेजन
    अपरिहार्य आवश्यकता
    प्राणीकाे जीवनकाे आधार !

    ५.
    घर
    शिरमाथिकाे छानाे
    घामपानीबाट बच्ने साधन !

    नवराज भट्ट
    महेन्द्रनगर, कञ्चनपुर
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री नवराज भट्टका उत्कृष्ट उदकहरू

    उदक यात्री प्रद्युम्न चालिसेका उत्कृष्ट उदकहरू

  • २९ पुष २०७८, बिहीबार १४:१५ मा प्रकाशित
  • १
    विश्वास
    गुमेको अवस्था
    कहिल्यै चेत नखुलेको !

    २
    ढँटुवा
    कुरामा विश्वास
    अधिक दु:खमा सन्तति !

    ३
    देश
    पीडाले जलेको
    हामी मूकदर्शक नेपाली !

    ४
    नेतृत्व
    आकांक्षा राख्ने
    युवाशक्ति जागरण आवश्यक !

    ५
    परिवर्तन
    निष्ठा विवेेक
    आदर्श परिपालन मेल !

    ६
    दल
    समाजकाे अङ्ग
    दुर्भाग्य अनेक विभाजन !

    ७
    सपुत
    जीवनको रक्षा
    देशका लागि आहुति !

    ८
    प्राण
    मान प्रतिष्ठा
    खाली स्वार्थ अहङ्कार !

    ९
    पुर्खा
    कम्मर कसेर
    दिएकाे संस्कार संस्कृति !

    १०
    रक्षा
    हामीले नगरे
    नेपालीकाे अस्तित्व इतिहासमै !

    • प्रद्युम्न चालिसे
      भक्तपुर
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on उदक यात्री प्रद्युम्न चालिसेका उत्कृष्ट उदकहरू

    उदक यात्री विक्रम तिरुवा सलिनका उत्कृष्ट उदकहरू

  • २९ पुष २०७८, बिहीबार १४:०६ मा प्रकाशित
  • १.
    शक्ति
    अथाह झन
    सुख शान्ती जीवन !

    २.
    घात
    मान्छेमा अति
    समयमै ध्यानाकर्षण अनुरोध !

    ३.
    उत्कृष्ट
    उदक यात्रा
    संसारमा अनेक आकृति !

    ४.
    मित्रता
    सदैव सदैव
    भावनात्मक मेल जहाँ !

    ५.
    हिमाल
    सेतो रङ्ग
    संसार एकाएक दङ्ग !

    ६.
    जात
    सामाजिक व्यवस्था
    चिन्ताजनक विषय आजसम्म !

    ७.
    ताप्लेजुङ
    जिल्ला पूर्वमा
    मेरो जुम्ला मध्यपश्चिममा !

    ८.
    हिउँद
    चारैतिर खडेरी
    रमाइलो ठाउँ अँधेरी !

    ९.
    आँगन
    अनेकथरी फूल
    रमाएका एक्कै झनझन !

    १०.
    विश्वमा
    नेपाली वीर
    कहिल्यै नझुक्ने शिर !

    विक्रम  तिरुवा सलिन 

    तिला गाउँपालिका-३, कुडारी, जुम्ला

    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री विक्रम तिरुवा सलिनका उत्कृष्ट उदकहरू

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P