• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: साहित्य

सोमनाथ लुइटेल ‘रवि पाल्पाली’ का सुन्दर पञ्चाङ्गहरू

  • २८ फाल्गुन २०७८, शनिबार १६:२१ मा प्रकाशित
  • ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “

    पञ्चाङ्ग ०१

    दिलको सुख मायाको मोल कहाँ पाइन्छ
    मलम अनि आँखाको झोल कहाँ पाइन्छ
    आनन्दले बस्ने थिएँ साथमा साथ पाए
    मनलाई नै ढाकिने खोल कहाँ पाइन्छ
    सुख, शान्तिले बस्ने त्यो टोल कहाँ पाइन्छ ।

    पञ्चाङ्ग: ०२

    पिरमा आँखा पनि किन रसाउने गर्छ
    चमेली फुल जस्तो सधैँ बसाउने गर्छ
    मनको तारले बाँधेसी दुरि हुन्न टाढा
    तिक्तता बोलिले कहिले हँसाउने गर्छ
    सत्यले सधैँ यथार्थमा कसाउने गर्छ।

    पञ्चाङ्ग ०३

    कसैको नाममा बिक्ने भएँ आज
    नजानेर होला सिक्ने भएँ आज
    आँखाको तारा भएँ सधैँ उनैको
    दु:ख सुख गर्दै टिक्ने भएँ आज
    प्रसाद मायाको झिक्ने भएँ आज ।

    पञ्चाङ्ग ०४

    तिमी र म बिच झगडाको चर्चा चलायौ
    सम्बन्धा कायम गराउन अर्चा चलायौ
    झगडालाई धुप हाल्ने हाम्रो कुसंस्कार
    जनता दुषित बनाउन मर्चा चलायौ
    आफू जोगिनलाई तिमीले पर्चा चलायौ ।

    पञ्चाङ्ग ०५

    सानो तिनो कुरामा झगडा हुन्छ साथी
    त्यही झगडाले सधैँ मन छुन्छ साथी
    भविष्यमा सम्झनाको फूल बन्नु पर्छ
    दु:ख पर्दा आँखाले नै मन धुन्छ साथी
    कोही नहुँदा सधैँ हृदय रुन्छ साथी।

    समपञ्चाङ्ग १

    देशको लागि कहिले मर्न सक्छौ नेता ?
    गरिबको खाली पेट भर्न सक्छौ नेता ?
    भ्रष्ट भयौ जनताको कर खाएकै छौ ,
    कागजमा नै कार्वाही गर्न सक्छौ नेता ?
    जनताको पाउ कैले पर्न सक्छौ नेता

    तिमी दुखिको घरमा चर्न सक्छौ नेता?
    गरिबको दु:ख दर्द हर्न सक्छौ नेता ?
    यति गर्छौ भने आउनु घर घरमा ,
    के आधारात तिमी झर्न सक्छौ नेता ?
    अँध्यारोमा खोली तर्न सक्छौ नेता?

    🇳🇵सोमनाथ लुइटेल “रवि पाल्पाली”
    पाल्पा

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य2 Comments on सोमनाथ लुइटेल ‘रवि पाल्पाली’ का सुन्दर पञ्चाङ्गहरू

    ‘पञ्चाङ्ग चित्रपट’को छैटौँ भाग सम्पन्न; २२ जना स्रष्टाहरूको सहभागीता

  • २७ फाल्गुन २०७८, शुक्रबार ०८:११ मा प्रकाशित
  • साप्ताहिक पञ्चाङ्ग लेखन शृङ्खला ‘पञ्चाङ्ग चित्रपट’को छैटौँ भाग सम्पन्न भएको छ । पञ्चाङ्ग साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला सञ्चालन हुँदै आएको हो ।

    साप्ताहिक पञ्चाङ्ग लेखनको यस शृङ्खलाको प्रशिक्षकमा सविता के.सी. र नारायण प्रसाद निरौला रहनुभएको थियो । लघुतम काव्य विधा पञ्चाङ्गका प्रवर्तक सोमनाथ लुइँटेल “रवि पाल्पाली” का अनुसार प्रत्येक हप्ताको बिहीबार उक्त शृङ्खला सञ्चालन गरिदै आएको छ । जसका लागि बिहीबार विहान एउटा चित्र राखिनेछ । सोही चित्र अनुसारको बिम्बात्मक तथा गहन मौलिक भाव झल्किने एउटा मात्र पञ्चाङ्ग साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नुपर्नेछ ।

    यस शृङ्खलाका लागि चित्रको संकलन सुशिला पौडेलले गर्नुभएको थियो भने समायोजन सोमनाथ लुइँटेल ‘रवि पाल्पाली’ ले गर्नुभएको थियो ।

    चित्रपट

    सहभागी स्रष्टाहरूले सृजना गरेका पञ्चाङ्गहरू

    पञ्चाङ्ग   ०१
    तिमी र म बिच झगडाको  चर्चा चलायौ
    सम्बन्धा कायम गराउन  अर्चा  चलायौ
    झगडालाई  धुप हाल्ने हाम्रो कुसंस्कार
    जनता   दुषित   बनाउन   मर्चा चलायौ
    आफू जोगिनलाई तिमीले पर्चा चलायौ ।

    =================
    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”, पाल्पा।
    =================

    पञ्चाङ्ग  ०२
    मित्रता जेल होइन ।
    कुनै बेमेल होइन ‌।
    साथ साथीत्व सम्बन्ध,
    जाल र झेल होइन ।
    जिन्दगी खेल होइन ।

    =================
    ✍️आर्त अकुलीन, कैलाली।
    =================

    पञ्चाङ्ग ०३
    १
    साथीभाइको हो एकछिनमा झगडा परे एकछिनमा मेल
    सँगै पढ्ने र खेल्नेअहिले टाक्कटुक्क भरे एकछिनमा मेल
    लामो यात्रा सँगैको हाँसेको खेलेको याद रहिरहने पलको
    छ रमाइलो धेरै समय सँगै बस्दा गरे एकछिनमा मेल
    ठाकठुक परिरहन्छ कुरा नमिल्दा सरे एकछिनमा मेल।
    २
    किन हेपेर बोलिनु पर्यो निहुँ देखाई झगडा यहाँ
    अब सक्छु मपनि लड्न पाखुरा सेकाई तगडा यहाँ
    मिलेमा मिल्ने कुरा नमिले पेल्ने प्रवृत्ति धेरै देखियो
    त्यतिकै कमजोरी नसम्झ राख्ने टेकाई भगडा यहाँ
    बाल्यकालको शान मेल झेलको रेटाई अखडा यहाँ

    =================
    ✍️जमुना आचार्य, सिन्धुपाल्चोक।
    =================

    पञ्चाङ्ग   ०४
    हामीहरू बीच निकै पेला-पेल हुन्थ्यो
    ख्यालख्यालैको प्रतिस्पर्धाका खेल हुन्थ्यो
    बाल्यकालका ती दिनहरूमा सदैव,
    रमाइलो ख्याल ठट्टा जालझेल हुन्थ्यो
    कहिले झगडा त कहिले मेल हुन्थ्यो ।

    =================
    ✍️वसन्त अनुभव, दाङ।
    =================

    पञ्चाङ्ग   ०५
    साथीत्व हो आधार सानोतिनो कुरामा लड्नु हुँदैन
    शक्ति   प्रर्दशन  गरी तान्नु  र अपाच्य भन्नु   हुँदैन
    सँगै खेल्ने सँगै डुल्ने अनि  सधैँ मिलेर पढ्नु पर्छ
    एक  अर्काेमा  ठग्नु  हुँदैन,  कुलतमा  फस्नु  हुँदैन
    पर्खी तँलाई  भनी, भविष्यलाई  दाउ  रच्नु  हुँदैन ।

    =================
    प्रेम थापा, बागलुङ।
    =================

    पञ्चाङ्ग   ०६
    अज्ञानले    त्रस्त    कुपात्रलाई,
    घम्ण्डले    ग्रस्त     कुपात्रकाई।
    माया र अर्ती पनि लाग्छ गाली,
    भुजङ्गले    मस्त    कुपात्रलाई।
    अवश्य   नै  डस्छ   कुपात्रलाई।

    =================
    ✍️  नारायणप्रसाद निरौला, काठमाडौँ।
    =================

    पञ्चाङ्ग   ०७
    एकताको साथी हामी
    नबनाैँ है घाती हामी
    झगडा  फाइदा छैन
    मिलेर नै जाती हामी
    बाजेका हाैँ नाती हामी ।

    =================
    ✍️ मधुसूदन प्रसाद घिमिरे,  शान्तिनगर,काठमाडाै।
    =================

    पञ्चाङ्ग    ०८                     
    इमान्दारीता हुनुपर्छ निष्पक्षता केलाउदै जाइन्छ  भन्छन्
    गुणदोष हेरी दुवैमा योग्यताको पुरस्कार पाइन्छ भन्छन्
    मुर्खताको पारखी भएर दाजुभाइ एकअर्को चिनिँदैन
    समाज चिनाउन आफुमा आत्मविस्वास बल चाइन्छ भन्छन्
    सहकार्य  सहमति काम गरे दुवैलाई मिलाइन्छ भन्छन् ।

    =================
    ✍️अम्बिका अधिकारी, मोरङ
    =================

    पञ्चाङ्ग  ०९
    हर्के र  बिर्खे   एउटै  ठाउँ  नगर  झगडा
    निस्वार्थी बनी  घरमा  जाउ नगर झगडा
    क्राेधले खान्छ दुवैमा हान्छ फाईदा हुँदैन
    मिलाई  हात  कपडा  लाउ नगर  झगडा
    नभुल  अब  पढ्नमा  धाउ  नगर झगडा।

    =================
    ✍️सुरेश चन्द्र घिमिरे, तनहु
    =================

    पञ्चाङ्ग   १०
    द्वन्द पनि साथी बिच कसरी गरुँ अब
    त्यही साथी नबोल्दा कहाँ गैइ मरुँ अब
    झगडाको बिउ सानो भएनि  मुटु बिझ्छ
    बोली बराबर   भएमा    कता सरुँ अब
    सम्झदाँ झरेको आँसु केके मा भरुँ अब  ।

    =================
    ✍️पद्मा रिजाल, बाँके कोहलपुर
    =================

    पञ्चाङ्ग    ११
    नगर्नू   भाइ  कल  शत्रुले दाउ  खाेज्छ
    खाेजेर मर्म त्यही अघिकाे घाउ खाेज्छ
    भाइ फुटेकाे बेला गवार लुट्छ भन्छन्,
    भाेकमरीकाे  बेला  महङ्गाे  भाउ खाेज्छ,
    पापी छ याे दुनिया डुबाउन नाउ खाेज्छ।

    =================
    ✍️चन्द्रावती अधिकारीले, बाँके कोहलपुर
    =================

    पञ्चाङ्ग   १३
    साथीमा सानो निउँ देखाई पेलापेल  नगर
    ख्याल ख्यालै आपसमा  रिसाउने खेल नगर
    साथी भएका जिन्दगीभर चाहिने सम्बन्ध हो
    जिस्किएर  नराम्रो शब्दको जालझेल नगर
    सधैँ मिल्नुपर्छ तर कहिल्यै बेमेल नगर  ।

    =================
    ✍️दुर्गा भट्टराई, मोरङ
    =================

    पञ्चाङ्ग  १४
    एउटै गाउँका साथी हौ हेर  गर्नु हुन्न झगडा
    एक आपसमा मायाले  बेर गर्नु हुन्न झगडा
    एउटै विछ्यौनामा सुत्दा अवश्य लात लाग्न सक्छ
    आगो र पानी बन बरु धेर गर्नुहुन्न झगडा
    यसो अरूले नी   भनेको टेर गर्नु हुन्न  झगडा ।

    =================
    ✍️सरस्वती श्रेष्ठ, इटहरी
    =================

    पञ्चाङ्ग    १५
    भाईहरू झगडाले नास गर्ने हन्छ
    सधैँ खाए बगडाले गाँस भर्ने हुन्छ
    गाँस बास कपासमा बाधा पर्न सक्छ
    मौका पारी तगडाले आस मर्ने हुन्छ
    सानोतिनो जगडाले बास टर्ने हुन्छ ।

    =================
    ✍️गुणनिधि घिमिरे, पाँचथर
    =================

    पञ्चाङ्ग    १६
    आपसमा मिल्नुपर्छ लडाइँ गर्नु हुन्न बाबू
    मनमा ईर्ष्या डाहा प्रतिशोध भर्नु हुन्न बाबू
    मिलनसार बन्नुपर्छ, ज्ञान सिक्ने ज्ञान दिने
    सन्देशमा कुसंस्कार कुरीति छर्नु हुन्न बाबू
    खराब आचरण विष तुल्य पर्नु हुन्न बाबू ।

    =================
    ✍️सविता के.सी. , काठमाडौं
    =================

    पञ्चाङ्ग    १७
    छिनमै रिसाउने छिनमै खुसी हुने बानी हाम्रो
    केही सिक्नका लागि हुनुपर्छ लगानी हाम्रो
    किन गर्नु तेरो मेरो बेकार हो रिस राग साथी
    झैझगडा हैन मित्रता बन्नुपर्छ आँखाको नानी हाम्रो
    कृष्ण र सुदामाको जस्तो बन्नुपर्छ कहानी हाम्रो।

    =================
    ✍️निर्मला सुवेदी, बागलुङ।
    =================

    पन्चाङ   १८
    बच्चा चलेको निहुँमा बसाइँ सर्थे बुबा आमा
    एकछिनमा मिल्थे बाझ्थे छक्क पर्थे बुबा आमा
    खेल्दा खेल्दै नराम्ररी कुटाई खान्थे साथीसँग
    साथी भेला पारेको देख्दा गाली गर्थे बुबा आमा
    कहिले त बिगार गर्दा बिगो भर्थे बुबा आमा ।

    =================
    ✍️तारा घिमिरे, संखुवासभा।
    =================

    पञ्चाङ्ग   १९
    जुट्नु र फुट्नु नियतिकाे खेल भन्छन्
    सधैँ अरूले मात्र गर्छ झेल भन्छन्
    मिलेर बाँज्नु पनि जिन्दगी हुन्छ रे
    एक्लाे बाँच्न परे त जानू जेल भन्छन्
    यहाँ कमजाेरलाई त पेल भन्छन् ।

    =================
    ✍️रामराजा के. सी.
    फर्पिङ, काठमाडौं
    =================

    पञ्चाङ्ग   २०
    सुख दु:खमा साथ दिई सँगै रुनुपर्छ
    वशमा ल्याउन उसकाे मन छुनुपर्छ
    बहाना बनाउन कुनै जरुरत पर्दैन
    मनकाे दाग सबै साबुनले धुनुपर्छ
    सम्बन्ध दिगो बनाउन इच्छा हुनुपर्छ ।

    =================
    ✍️श्रद्धा आचार्य , पोखरा
    =================

    पञ्चाङ्ग    २१
    कलह साथी बिच   कहिले  हुनु हुन्न
    झगडा कसरी    भयो भनी रुनु हुन्न
    पहिले नै   बिचार गर्नु पर्छ साथीमा
    दु:खमा साथिलाई बोलिले छुनु हुन्न
    साथीको बिचार जानी -जानी धुनु हुन्न ।

    =================
    ✍️सुशीला पौडेल, काठमाडौं
    =================

    पञ्चाङ्ग    २२
    धेरै फुर्ती किन किन यहाँ लाउँदै बस्न थालिस्
    मुक्का हान्ने  कपट मनले धाकले डस्न थालिस्
    तेराे भन्दा मजबुत ममा बाजुले काम गर्छ
    हेर्लास् भन्दै अझ किन दुवै हात नै कस्न थालिस्
    धेरै जाली कपट मनले पिर्न गै खस्न थालिस्

    =================
    ✍️ताेयानाथ सुवेदी
    =================

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य2 Comments on ‘पञ्चाङ्ग चित्रपट’को छैटौँ भाग सम्पन्न; २२ जना स्रष्टाहरूको सहभागीता

    पञ्चाङ्ग साहित्य समाज पाठशालाको एक्काइसौँ अभ्यास शृङ्खला सम्पन्न

  • २६ फाल्गुन २०७८, बिहीबार ०७:५१ मा प्रकाशित

  • “पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “

    ==========================
    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला

    मिति:- २०७८/ ११ /२४

    प्रशिक्षक:-
    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    नारायण प्रसाद निरौला

    भाषा शुद्धीकरण सुझाव :-
    सुशीला पौडेल
    सविता के.सी.
    चन्द्रावती अधिकारी

    निर्मला सुवेदी

    सङ्कलक :-

    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    सहजकर्ता :-
    (महासचिव)

    रामराजा के. सी.

    आज नारी दिवस परेको हुँदा , नारीको बारेमा पञ्चाङ्ग लेख्न हुन सबै सर्जकलाई अनुरोध गरिन्छ साथै अनुप्रास र स्थायी आफूखुसी राख्नु होला ।

    पञ्चाङ्ग ०१
    आमा दिदी र बहिनी हाम्रै नारी हुन्
    घरबाट आन्दोलन काट्ने आरी हुन्
    नारी बिनाको अस्तित्व कहीँ नि छैन
    नारी-अस्मिता भाउ गर्ने व्यापारी हुन्
    नारी आफैँमा एक तारण हारी हुन् ।

    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    पञ्चाङ्ग ०२
    कुसंस्कार, कुसंस्कृति न्यून गर्दै भुलिन पर्छ
    सौन्दर्य छर्ने लालीगुराँस सरी फुलिन पर्छ
    मन चलाउने मनको चालक,आफू आफै हो ,
    गन्तव्यमा पुग्नलाई सत्यतामा खुलिन पर्छ
    नारी सकारात्मक बानीले सधैँ चुलिन पर्छ ।

    प्रेम थापा
    बागलङ

    पञ्चाङ्ग ०३
    फासी दिनुपर्ने हो, भ्रस्टाचार र बलात्कार गर्नेलाई
    पैसा, युवतीको यौवन देख्दा, र्‍याल चुहाई मर्नेलाई
    खुलम खुल्ला डुल्न दिएछ, रसै रसमा भुल्नदिएछ
    आफ्नु ढुकुटी भरिसकेपछि नाताहरूको भर्नेलाई
    खुकुरी हान्दा हुन्छ बन्दुक बोकेर, पछाडि सर्नेलाई ।

    पबित्रा चाम्लिङ
    खोटाङ।

    पञ्चाङ्ग ०४
    बोकेर सुस्वास्थ्य र समृद्धि, आओस् नारी दिवस
    हाँसो खुसी दीर्घायु सबैमा, छाओस् नारी दिवस
    एकैरथका दुई पाङ्ग्रा हुन्, सीमित नहोस् नारा
    व्यवहारमा नि सार्थकता, पाओस् नारी दिवस
    सम्मानमा युगौँ युगसम्म, जाओस् नारी दिवस

    केशब न्यौपाने
    नुवाकोट

    पञ्चाङ्ग ०५
    पत्नी नारी विचरित तिमी सृष्टि हौ सार गर्ने,
    आमा नारी सरस धरणी प्रेम सञ्चार गर्ने।
    भोग्या मान्ने कपुत जन हो प्रेमकी सिन्धु नारी,
    लालावाला सकल सबकी खाद्य भण्डार गर्ने।
    साँच्चै होला जतन घरकी सुक्ख प्रस्तार गर्ने।।

    नारायणप्रसाद निरौला
    काठमाडौँ

    पञ्चाङ्ग ०६
    नारीको रूप अनेक आफौँ सृष्टि रचेर देखाउँछिन्
    बिजको दल उमारी वृक्ष भइ बचेर देखाउँछिन्
    प्रसव पीडा सहेर उनी नै विश्वलाई फुलाउछिन्
    यौवन पोखी अटल रही ज्ञान पढेर देखाउँछिन्
    सिगारी विश्व रङ्ग रस लिइ फलेर देखाउँछिन् ।

    सरिता काफ्ले
    कोहलपुर बाँके

    पञ्चाङ्ग ०७
    पीरमा तिमीले मुस्कान सधैँ छर्न सिक नारी
    न्यायको लागि नै जहिले अब मर्न सिक नारी
    मरेर जानुछ पक्कै एकदिन अवश्य पनि
    सत्य कर्मगर्दा सधैँ नै ध्यान गर्न सिक नारी
    कसैले अन्याय गरे डटेर हर्न सिक नारी ।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग ०८
    विश्वनारी दिवस हामीले मनाईरहेका छाैँ
    हामी बाध्य विवस हामीले जनाई रहेका छाै
    के गर्नु नारीकाे श्रम शाेषण ती दासी जस्तै
    पहाडी क्षेत्र हिवस हामीले गन्हाई रहेका छाैँ
    डाडु पन्याै लिवस हामीले बनाई रहेका छौँ ।

    मधुसूदन प्रसाद घिमिरे

    पञ्चाङ्ग ०९
    कुनै नारी ऐले हरपल सदा कर्मतिर नै
    खटेकै छन् जैल्यै मन वचनले धर्मतिर नै
    कतै देख्छाैँ स्वार्थी कपट मनका दुर्जन पनि
    बिहे गर्दै छाड्दा पुरुष कति छन् मर्मतिर नै
    दुवै मिल्दै जाऊँ दिवस नकुदाेस् सर्मतिर नै

    ताेयानाथ सुवेदी
    काठमाडौं

    पञ्चाङ्ग १०
    सृष्टि धान्ने संसारकाे आजसम्म नारी हाे
    सहनशीलताकाे प्रतीक फूलबारी हाे
    आमा,दिदी र श्रीमती आखिर जाे भए नि
    लाेग्ने मान्छेकाे सबै कष्टकाे भागेदारी हाे
    आपत् र अप्ठ्याराेमा बिसाउने चाैतारी हाे ।

    रामराजा के. सी.
    फर्पिङ , काठमाडौं

    पञ्चाङ्ग ११
    याे देशका पीडित निर्मला जाग जाग अब
    अाफ्नाे हक स्थापनार्थ संघर्षमा लाग अब
    घरै सुतेकालाई लिनु भन्न काे अाउँछ र
    दविएका चीत्कार फाेडेर बार नाघ अब
    हत्या बलत्कार गर्नेलाई फाँसी माग अब

    सुरेश चन्द्र घिमिरे
    दाेर्दि ३ लमजुङ

    पञ्चाङ्ग १२
    नारीविना घरको चुलो बलेको पो कहाँ छ र
    विनाबिज कतै अन्न नि फलेको पो कहाँ छ र
    नारी पुरुष एक रथ हुनै पर्छ दुई पाङ्ग्रा
    तेलविनाको दीप पनि जलेको पो कहाँ छ र
    एक्लै एक्लै सृष्टि पनि त चलेको पो कहाँ छ र ।

    चेतना पोखरेल
    मोरङ

    पञ्चाङ्ग १३
    सुस्वास्थ्य समृद्धि लिएर आओस् नारी दिवस
    सधैँ हाँसी खुसी लिएर आओस् नारी दिवस
    एक रथका दुई पाङ्ग्रा नारी पुरुष बुझ्नु
    साथमा साथ दिएर आओस नारी दिवस
    सत्य वाणी जल पिएर आओस् नारी दिवस।

    सरस्वती श्रेष्ठ
    इटहरी

    पञ्चाङ्ग १४
    नारी देवी महान् एक प्रकृतिकी सृष्टि रानी हुन्
    दुश्मनलाई पनि माया दिने दिलकी खानी हुन्
    सम्मान अधिकार दिन सिकौं यिनको सबैले ,
    आपतका सहारा र ममता तिर्खाको पानी हुन्
    सबैलाई सम्मिलित अस्तित्व आँखाकी नानी हुन् ।।
    १
    छोरी बुहारी आमा हजुरआमा रूप कति नारीको
    पहिरन सारीको सुहाउने इज्जत अति नारीको
    रोक्न सक्दैन अधिकारबाट यिनलाई कसैले नि ,
    शिक्षित्वान् पनि बन्न सक्छिन् उनी बिग्रिन्न मति नारीको
    इज्जत गर्छ उही देशभक्त समृद्ध पति नारीको ।।
    २

    जमुना आचार्य
    काठमाडौं

    पञ्चाङ्ग: १५
    परिस्थिति अनुसार चल्न सक्छिन् नारी।
    अरूलाई पीडा हुँदा जल्न सक्छिन् नारी।
    आज सम्पूर्ण नारीमा शुभकामना छ,
    पीडा पर्दा आफै ढल्न सक्छिन् नारी।
    कोहीको नजरमा त गल्न सक्छिन् नारी।

    ह्यारिस ह्यारिसन

    पञ्चाङ्ग १६
    तेत्तीस प्रतिशतमा नारी भन्छन् सबैले
    सहनशीला सुशीला हारी भन्छन् सबैले
    घरायसी काम कति छन् मूल्याङ्कन हुन्न
    अर्थ खोज्दा चुप हुन्छे टारी भन्छन् सबैले
    चाहे जति फलाउने बारी भन्छन् सबैले ।

    सविता के.सी.
    काठमाडौं

    पञ्चाङ्ग १७
    नारी र पुरुष बराबर मान्नु पर्छ।
    आफूले आफै कमजोर नठान्नु पर्छ।
    नारी दिवसको शुभकामना नारीमा,
    काम र कर्तव्य बारे आफै जान्नु पर्छ।
    गलत गर्ने जो कोहीलाई हान्नु पर्छ।

    सुशीला पौडेल
    काठमाडौं

    पञ्चाङ्ग १८
    भिर पाखा सुनाखरी फूल जस्तै फुल्याै तिमी ,
    सन्ततिकाे माउ बनी वात्सल्यमा भुल्याै तिमी ।
    चहकिलाे चाँद बन्छ्याै पुरै आकाश तिम्रै नै हाे,
    पिरतीकाे मुहान हाै लेक बेसी डुल्याै तिमी ,
    लटरम्म बगैँचाकाे फलजस्तै झुल्याै तिमी ।
    १
    चुलाे चाैकाे हाम्राे पेवा बन्याे हाेला कुनै बेला
    पराई घर जाने जात भन्याे हाेला कुनै बेला
    समयले काेल्टे फेर्याे राष्ट्र हामी चलाउँदैछाैँ
    पछि पार्न खाल्डाे काेही खन्याे हाेला कुनै बेला
    अधिकार दिँदा ठस्स कन्याे हाेला कुनै बेला ।
    २

    चन्द्रावती अधिकारी
    बाँके कोहलपुर

    पञ्चाङ्ग १९
    नाग पूजा , नारी दिवस उस्तै लाग्छ किन ?
    अरू दिन मारिने चेली पुज्छन् एक दिन
    सम्झँदा नि कहाली लाग्ने नारी हिंसा सुन्दा
    पुर्पुरोमा हात राखेर सोच्छु एक छिन
    नारी माथि नारीकै हिंसा सुन्दा लाग्छ घिन ।

    इन्दिरा देवकोटा
    कपिलवस्तु न .पा .३

    पञ्चाङ्ग २०
    दया, माया, करुणा र वात्सल्यकी खानी हुन् नारी
    शिक्षित हुन् या अशिक्षित ति सर्व ज्ञानी हुन् नारी
    निस्वार्थ सेवा भाव, नरित्तिने कहिल्यै पनि त्यो
    आफ्नो हैन अरुको सुखमा रम्ने बानी हुन् नारी
    सृष्टि कर्ता, सेवक, त्यागी आँखाकी नानी हुन् नारी ।

    निर्मला सुवेदी
    बागलुङ

    पञ्चाङ्ग २१
    युगौं देखि पुरुषवादी सत्ता कावा भयो
    नारी अधिकारको लागि धेरै धावा भयो
    आन्दोलन नारा जुलुस लिई उठे नारी
    हक हित र अधिकार खोज्दा दावा भयो
    धेरै पल्ट यसको बारे यहाँ सावा भयो ।
    १
    संसारकै सृष्टिकर्ता धरतीका रानीहरू
    जन्मदाता कर्मदाता पिरतीका खानीहरू
    विश्व नारी स्वतन्त्रता दिवस होस् दिन दिनै
    परि देवी सुन्दरी छन् राम्रा राम्रा बानीहरू
    पुरुषको भन्दा धर्मी नारी हुन्छन् दानीहरू।
    २

    गुणनिधि घिमिरे
    पाँचथर मोरङ हाल अमेरिका

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग साहित्य समाज पाठशालाको एक्काइसौँ अभ्यास शृङ्खला सम्पन्न

    ‘टुक्का माथि टुक्का’को २३ औँ शृङ्खला सम्पन्न; ४७ जना स्रष्टाहरूको सहभागीता

  • २५ फाल्गुन २०७८, बुधबार १६:१८ मा प्रकाशित
  • काठमाडौ, । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २३ औँ शृङ्खला शनिबार सम्पन्न भएको छ ।
    अभ्यासमा ४७ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला उक्त शृङ्खला सञ्चालन गरिदै आएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २३ औँ शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको टुक्का

    नुन खाएपछि नुनको सोझो गर्नैपर्यो हजुर,
    मह काढ्नेले हात चाट्छ कहाँनेर भयो कसुर ?

    ✍️ वसन्त अनुभव

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू

    [१]
    वाह ! तिम्रो स्वामी भक्ति, परेको छ दुनियाँ दङ्ग,
    मान्छे मात्र यहाँको पर्यौ, रहेछौ उतैको अङ्ग ।

    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    [२]
    हैन जवर्जस्ती खानुनै पर्ने नुन पर्यो कस्तो,
    परिवारलाई बिजोक पारी दिनु पर्ने सस्तो।

    लक्ष्मी श्रेष्ट
    बिर्तामोड झापा

    [३]
    दुई चार पैसा कुम्ल्याइयाे बाेझ खनाइयाे,
    नुनकाे साेझाे गर्दै जनता उल्लु बनाइयाे ।

    ✍️ ताराप्रसाद चापागाईं
    धुनिबेसी ।

    [४]
    संसारकै ठुला राष्ट्रहरू सामु सानाको के पो चल्छ,
    आगोको माथि घिउ थप्न थाले हुरुरु दन्दनी बल्छ ।

    गुणनिधि घिमिरे
    पाँचथर मोरङ हाल अमेरिका

    [५]
    गरिबले कहाँ सोध्छन् हजुर मुल्य पनि सुनको,
    कर्तव्य रैछ खाएपछि सोझो गर्नैपर्ने नुनको |

    ✍️माहादेव भट्ट
    दशरथ चन्द नगरपालिका 01 गुरुखोला कलौन बैतडी

    [६]
    आफ्नै देशको गोठालो भन्दै मानेर चरेछौँ,
    अर्कै देशका गोठाला रैछन्, भेडै पो भएछौँ !

    ✍️ सुन्दर शोभान
    नारायणगढ, भरतपुर म न पा- ३,चितवन ।

    [७]
    घमाईलो हुदैछ पोखराको रानी वनको,
    नेपालका जनता विजोगमा छाडापनको ।

    संझना कुसुम
    पोखरा

    [८]
    सबैले भन्ने यही हो हजुर,
    लगाउने हो सुनकै गजुर ।

    अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    [९]
    नुनको सोझो गरेको बहानामा आफ्नो उदर भर्छौ,
    बाहिर बाहिर राम राम भित्र छुरा भने झैँ गर्छौ।

    गंगा खड्का
    बूढानीलकण्ठ काठमाडौँ

    [१०]
    आफ्नो देशै बिर्से, नुन खुवाउनेको पछि लाग्दा,
    अब चाल पाउलान् गाउॅं-शहरमा भोट माग्दा।

    -म्यामराज राई
    हतुवागढी,भोजपुर

    [११]
    उसकै नुन खाएँ गुण गाएँ भन मैले के बिराएँ ?
    देश बन्धक राखी एमसीसी ल्याएँ हात चाट्न पाएँ !

    बिबस पारदर्शी
    भद्रपुर (झापा)

    [१२]
    खाएपछि पराईकाे अन्नपानी तथा नुन ,
    गाएपछि भजन उसको सम्झनेछन् गुन ।

    रामकृष्ण दुवाडी
    पाेखरा ।

    [१३]
    हात मात्रै चाटेको भए हुन्थ्यो, चाकालाई चपायौ,
    जेठान साला पोस्यौ दाई भाई काकालाई धपायौ!

    -प्रमोद भट्टराई ‘प्रतीक’
    कौशलटार, भक्तपुर

    [१४]
    नुन खाएर नुनकै सोझो गर्ने जमाना गइसके छ अब,
    मान्छे मान्छे नै रह्यो भनेर कसरी गरौं यहाँ विश्वास तब?

    दीपक ठटाल जलन
    खरसाङ

    [१५]
    नुनको सोझो भन्दाभन्दै ढोग्नै गयौ पाउ,
    देश बेची लेण्डुप बन्ने कस्तो तिम्रो दाउ ?

    बिके माकजु
    भक्तपुर ।

    [१६]
    धन कमाउँनु थियो मैले टन्न कमाएँ,
    देश बेचेर जनतालाई उल्लु बनाएँ।

    सुरेशकुमार पान्डे।

    [१७]
    नुनको सोझो गर्नेभए देश विकासमा लाग्थ्यौ,
    भएभरको लुटेर अनि किन लुसुक्क भाग्थ्यौ?

    राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ हाल- प्रवास

    [१८]
    राज्यकोषको रकमले संसार डुलियो,
    जता पाईन्छ गुलियो उतै उतै भुलियो ।

    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६, दोलखा

    [१९]
    देशको सेवामा हिडेको ,सेवा गर्नैपर्यो ,
    नुनको सोझो गर्नाले , घरको गर्जो टर्यो ।

    बुद्धिमान चौधरी
    कनकाई नगरपालिका ४ झापा

    [२०]
    मिलेर नै माटो सबै चाटाचाट गर्ने ,
    बाँकी देश बेचेर बिदेश तिरै सर्नै।

    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    [२१]
    नेताको पछि जिन्दगी बर्बाद भयो,
    ओहो ! होइन उ त अमेरिका गयो ।

    साहित्य प्रेमी विक्रम तिरुवा सलिन
    जुम्ला

    [२२]
    खल्ती भर्ने रहर थिएन बाध्यताले पार्यो,
    बिस्तार बिस्तार फकाएर किल्ला पर सार्यो ।

    जमुना आचार्य
    सिन्धुपाल्चोक

    [२३]
    नुन खाएपछि नुनको सोझो गर्ने उसले मार्ग रोज्यो
    पक्कै रहस्य छ है बढि हात चाट्न उसले किन खोज्यो ?

    प्रेम थापा “मन “
    जैमिनी न पा ०४ बागलुङ

    [२४]
    नुनको सोझो देखाएर त्यो डलर पोको पार्ने,
    देशको बिकास भन्दाभन्दै जनताहरू मार्ने ।

    💕बेदु न्यौपाने💕
    काठमाडौ

    [२५]
    नुनको सोझो भन्दाभन्दै फुली सक्यो केश,
    टुक्रा टुक्रा पारी बेचिएको छ हाम्रो देश ।

    दुर्गा भट्टराई
    मोरङ

    [२६]
    चोटपटक लागेको घाउमा मल्हम पट्टी प्रयोग गरियोस्?
    बिकृति उत्पन्न गर्ने तुच्छ नेतागणमा चुक नुन भरियोस्।

    कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    [२७]
    अर्काको नुन खाए जस्तो छ सधैँ गर्छौ गुलामी,
    आफ्नो हुनै सकेनौ तिमी के भनि दिउँ सलामी ।

    सुर्यमणी रेग्मी

    [२८]
    हामी नेपाली भनेकै हजुर इमानदारीको अर्को नमुना,
    त्यसैले त हाम्रो निम्ति खुल्ला बनेकोछ संसारकै छेउ कुना।

    बी.कुलुङ
    दार्जिलिङ भारत

    [२९]
    औँला दिदा डुडुला निल्न खोज्ने तिमी पापी,
    आफनै दुनो सोझ्यायौ नि नकचरा राष्ट्रघाती ।

    शान्ता निरौला
    कन्याटार पाँचथर

    [३०]
    भूल भएको हैन यो त भ्रष्टको पोल खोलीएको,
    जनतालाई धोका दिदा सतामा विष घोलीएको ।

    अम्विका अधिकारी
    झापा विर्तामोड

    [३१]
    मुलुक पनि खायो सबै चम्चा र चोरले,
    देश जम्मै ढाकिसक्यो गुन्डाको फोहोरले ।

    दस्ता कौशिक
    पाँचथर।

    [३२]
    सोझा जनता झुक्याई ठालु बन्ने गर्छन्,
    विकासको नाममा कनिका थोरै छर्छन्।

    ✍️ रुपा गौतम
    बारा ।

    [३३]
    नुन खाऊ सोझो गर जे जे गर्नुछ आज,
    मह काट्ने हक नै पायौ गर सधैँ राज ।

    ✍️धनुष न्यौपाने
    गुठीचौर गाउँपालिका ० ४ जुम्ला

    [३४]
    हाम्रो पनि मुख हो क्यारे, खानै पर्यो आधा हजुर,
    मैले नखाई देशमा, हाल्ने कुरै भएन गजुर ।

    प्रदीप के रिमाल
    इटहरी – आठ, सुनसरी।

    [३५]
    कति गर्छौ नुनको सोझो राष्ट्रघातीहरू,
    आमा बेचेर कमाउने पापी को छ अरू ?

    इन्दिरा देवकोटा

    [३६]
    आखिरिमा बेचिदिए नेताले देशलाई,
    कसरी जीवन्त राखूँ नेपाली भेशलाई ?

    गाेपालकृष्ण डंगाेल
    ईटहरी, सुनसरी ।

    [३७]
    कसुरले नै गराउँछ बेसुर,
    बिग्रन्छ नाता सबैमा सुमधुर।

    नुमा खालिङ कीरात

    [३८]
    नुनको सोझो गर्नु नै पर्ने भएछ है आखिर,
    आमाको अस्मिता लिलामीमा झुकेन तिम्रो शिर ।

    कमला देवकोटा , पाल्पा
    हाल- काठमाडौ

    [३९]
    राम्रा जन्मेनन् कतै चोरैचोरले देश चलाए,
    डलर खाए मातृभूमिको स्वाभिमान ढलाए।

    शंकर कार्की,
    थाहा नगरपालिका ३ मकवानपुर।

    [४०]
    नगरेको होइन नुनको सोझो गर्दै मीठो बोली,
    भन्छन् आफ्नो हात जगन्नाथ, भर्दैछु विशाल झोली।

    अच्युत घिमिरे
    भुटान 🇧🇹

    [४१]
    सबै कर्म दोषी ठहर भए कसरी बन्छ देश,
    देशका निमित्त भलो चाहने एउटै हुन् नरेश ।

    जि कुमार गौतम
    भद्रपुर-१ (पृथिविनगर) झापा

    [४२]
    भाे पर्दैन छाड, नुन गुणका असुरक्षित कुरा,
    नेपाली कानुनभन्दा माथि विदेशी ऐनकाे छुरा ।

    प्रद्युम्न चालिसे
    भक्तपुर, कटुञ्जे

    [४३]
    हुनेले खाएका छन् पेटभरि हजुर,
    भोकाएकाले चोरे, उसको के कसुर ।

    भगवती दवाडी
    दमक

    [४४]
    खाएको छु यहीँ देशको अन्न पानी अहिले,
    मिहिनेत गरेर खाँदा रिस गर्छौ जहिले ।

    तारा घिमिरे
    संखुवासभा

    [४५]
    नुनको सोझो सबै भैदिए देश कस्तो हुन्थे,
    मह चाट्न पल्केकाहरु कुनामा पसी रुन्थे।

    बिके मुखिया
    सिग्रीमताम बस्ती, दार्जीलिङ भारत।

    [४६]
    मह काढे पछि लुकेर हात चाट्ने गरे,
    जुठै हातले आफ्नालाई पनि बाँडे अरे ।

    रचना शर्मा प्रतीक्षा, इमाडोल ललितपुर ।

    [४७]
    कोख भन्दा पनि महान त्यो नुन होला कस्तो,
    आफ्नो इज्जत अस्मितालाई बनाउने सस्तो।

    वसन्त अनुभव

    ✡️✡️✡️✡️ जय टुक्का ! जय साहित्य !! ✡️✡️✡️✡️

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on ‘टुक्का माथि टुक्का’को २३ औँ शृङ्खला सम्पन्न; ४७ जना स्रष्टाहरूको सहभागीता

    अन्तर्राष्ट्रिय नारी दिवसकाे अवसरमा टुसास द्वारा ‘टुक्का लेखन शृङ्खला – ३३’ सम्पन्न; १०४ जना टुक्काकारको सहभागीता

  • २५ फाल्गुन २०७८, बुधबार १०:०९ मा प्रकाशित
  • काठमाडाैँ,
    टुक्का साहित्य समाज नेपालले यहीँ फागुन २४ गते ११२ ओैँ अन्तर्राष्ट्रिय नारी दिवसकाे अवसरमा “विशेष टुक्का लेखन अभ्यास श्रृङ्खला-३३” सम्पन्न गरेकाे छ ।

    उक्त कार्यक्रममा नेपाल, भारत लगायत विश्वका विभिन्न देशहरूबाट १०४ टुक्काकारहरूकाे सहभागिता रहेकाे टुक्का कविताका प्रवर्तक एव शृङ्खला प्रशिक्षक ताराप्रसाद चापागाईंले बताउनुभयो। कार्यक्रमका सहभागी टुक्काकारहरूका टुक्काहरू लैङ्गिक समानता तथा नारीका हक अधिकारका बारेमा बोलेका चाेटिला रहेकोे पनि जानकारी दिनुभयो ।

    टुक्का साहित्य समाजको अध्यक्ष समेत रहनुभएका चापागाईंले कार्यक्रमकाे समापन गर्दै नारी र पुरुष एक रथका दुई पाङ्ग्रा भने झैँ दुवैमा समान हक र अधिकार सुनिश्चित हुनु पर्ने, लिङ्गकाे आधारमा भेदभाव, अन्याय र शाेषण कसैबाट पनि हुनु नहुने कुरामा सबै सचेत हुनु पर्ने कुरामा जाेड दिँदै सम्पूर्ण स्रष्टाहरूलाई सहभागीताका लागि धन्यवाद दिनुभयो । साथै सम्पूर्ण टुक्काकार लगायत विश्वका समस्त नारीहरूमा अन्तर्राष्ट्रिय नारी दिवसकाे हार्दिक बधाई तथा शुभकामना पनि व्यक्त गर्नुभयो । 

    अभ्यासका क्रममा सङ्कलन गरिएका लैङ्गिक समानता तथा नारी दिवस सम्बन्धी चाेटिला टुक्का कविताहरू

    [१]
    परापूर्व कालदेखि नारी दबिएका थिए
    धेरै सङ्घर्ष गरि समान अधिकार लिए ।
    ✍️ ताराप्रसाद चापागाई
    धुनिबेसी ।

    [२]
    दृष्टी हुनैपर्छ छोराछोरीलाई समान हेर्ने,
    पुरुष प्रधान समाजलाई अब छिट्टै फेर्ने।
    ✍️ सुरेशकुमार पान्डे
    दाङ घोराही-१८

    [३]
    हृदय देखी सम्मान, ती विविध रुप देशका नारीका,
    हक अधिकारको आफ्नो लडाइँ, विरुद्ध जुँघा दारीका।
    ✍️ प्रदीप के रिमाल
    इटहरी-८, सुनसरी

    [४]
    नारीवादी दिवस होइन मनाऔं श्रमिक महिला दिवस
    पहिचान गर्न सिकौं कुन कुन महिला छिन् साँच्चिकै विवश।
    ✍️ रचना शर्मा प्रतीक्षा
    ललितपुर ।

    [५]
    नारी पनि पुरुष समान
    खराब कुरा सधैँ नमान ।
    ✍️ अरुण नदी खत्री
    काठमाडाैँ  ।

    [६]
    नारी पुरुष समानको राखौं दृष्टि,
    चल्दैन कहिल्यै नि नारी बिना सृष्टि।
    ✍️ शर्मिला श्रेष्ठ
    भैंसेपाटी, ललितपुर ।

    [७]
    गलत विचारलाई प्रश्रय नदिनु
    दु:ख पाइन्छ अाफैँले आश्रय नलिनु ।
    ✍️ अनुराग अरुण
    काठमाडाैँ ।

    [८]
    एक रथका दुई पाङ्ग्रा यिनै नारी मान्नु
    नहेप्नु गृह लक्ष्मी महान भनेर जान्नु ।
    ✍️ रश्मि रिमाल
    झापा ।

    [९]
    आमा, दिदी, बहिनी, अर्धाङ्गिनी समेत हुन नारी
    माया, प्रेम र स्नेह दिन्छन् दुखबाट सुखमा तारि ।
    ✍️ पवन कुमार बुढाथेाकी
      काठमाडौं

    [१०]
    युगौँ युग देखि जिम्मेवारीको बोझ बोक्तै आएकि थियौ नारी
    शिक्षा, सभ्यता र आधुनिकताले हलुको बनाई दियो भारी।
    ✍️ प्रमोद भट्टराई ‘प्रतीक’
    कौशलटार, भक्तपुर

    [११]
    नारी सृष्टि धराकी ममता कि खानी
    अपमान गर्छौ किन तिमी अज्ञानी ।
    ✍️ सुर्य मणि रेग्मी
    चितवन ।

    १२]
    दु:ख पीडा त्याग्दै मुस्कुराउँदै परिवारमा कैद छिन् दुनियाँ सारी,
    हरक्षण सबैलाई उज्ज्वल प्रकाश छर्ने शक्तिको रुपहो नारी।
    ✍️ कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    [१३]
    नारी निरीह हुनुहुन्न शक्ति छ तिमीमा विशेषत
    कोटामा सिमीत हैन है सम्माननीय छौ निशेषत ।
    ✍️ पुष्पशायरा । बिराटनगर ।

    [१४]
    नारीत्वको सम्मान गरौँ
    माया प्रेम जगमा छरौँ ।
    ✍️ रतन पाण्डे’पारतन’
    दार्जीलिङ।

    [१५]
    भक्ती गरौँ सबै मिलि अब हाम्रा नारीको
    आशा नगर्नु कहिल्यै घर देखि पारिको ।
    ✍️ राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ
    हाल- प्रवास

    [१६]
    सशक्त र परिपक्क बनेर नारीमय,
    कति बस्छाै दबिएर तिमी बन्दै सदय।
    ✍️ होम प्रसाद नेउपाने
    धरान ।

    [१७]
    हुनैपर्छ जागरुक हामी नारी पाइला अघि चाल
    बुलन्द भइ अत्याचारी कुदृष्टिका तोड्नुपर्छ जाल।
    ✍️ ओमकुमारी बन्जारा
    काठमाडाैँ ।

    [१८]
    काम गर्ने ठुलै दम छ नारीमा
    अधिकार भने नम छ सारीमा।
    ✍️ परिक्रमा श्रेस्ठ
    धरान- १५, सुनसरी ।

    [१९]
    अधिकार मात्रै नखोजौँ कर्तव्य पनि त गर्नुपर्छ,
    महिला पुरुष बराबरी कर्ममा अघि सर्नुपर्छ।
    ✍️ नानीबाबा अधिकारी
    काठमांडौ ।

    [२०]
    लेख्ने गर्दछु हरेक पानामा नारीको जीवन कहानी
    छन् शंकास्पदका धारणा सच्चाइ खोज्दै यो शुभ बिहानी।
    ✍️ अम्विका अधिकारी
    झापा विर्तामोड ।

    [२१]
    नारी पनि छोरी हो गर्भमा मार्ने नगर्नु,
    स्वतन्त्रता कापीमा हैन हृदयमा छर्नु।
    ✍️ सहयात्री शाेभा अर्याल
    रुपन्देही -१४, बुटवल ।

    [२२]
    नारी नै हुन हामीलाई संसार देखाउने
    दु:ख कष्ट साथ दिई भविष्य लेखाउने ।
    ✍️ प्रेम सुनार
    दैलेख ।

    [२३]
    आधा आकाश काँधमा राख्ने विश्वका महिला
    समान दृष्टि सदा राखौँ स्थान दिई पहिला ।
    ✍️ त्रिलाेचन भण्डारी
    मेचीनगर, झापा ।

    [२४]
    शुभकामना छ सम्पूर्ण ती विश्वका नारीलाई
    जसले गोड्दछन् प्रेमले संसारको बारीलाई।
    ✍️ दीपक ठटाल जलन
    खरसाङ।

    [२५]
    जहाँ हुन्छ नारी सम्मान तहाँ रम्छन् रे देवता,
    लैङ्गिक विभेदको अन्य होस् रमून नारी तता।
    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका – १४, दाङ

    [२६]
    रथका दुई पाङ्र्गा हुन् नारी पुरुष तैपनि
    कानले मात्र सुनिन्छ बाेलेर मात्र हुदैन नि ।
    ✍️ सावित्री न्यौपाने
    काठमाडाैँ ।

    [२७]
    नारी भनि भाषण गर्छन् भित्रै दबाएर
    अधिकार ती दिने कुरा पाखा लगाएर।
    ✍️ ललिता अभागी
    सुनकोशी-५, सिन्धुली ।

    [२८]
    नारी घरकी लक्ष्मी सधैँ सबैको इज्जत,
    सम्मान गरे घर उज्यालो बन्छ सतत।
    ✍️ म्यामराज राई
    हतुवागढी-६,भोजपुर

    [२९]
    संघर्ष र साहस बोकेर हिड्ने नारी हुन्
    अजम्मरी छ उनको माया भुल्न हुन्न गुन् ।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया ।

    [३०]
    सोच बद्लेर अगाडि बढ्नुपर्छ अब नारी
    हलुका हैन निपूर्ण बन्दै हुनुपर्छ भारी ।
    ✍️ दुर्गा भट्टराई
    मोरङ ।

    [३१]
    दिवसले मात्र खुसी हुँदैनन् यी नारी
    बलात्कारी हत्याराको उछित्तो नपारी।
    ✍️ रामशरण न्यौपाने
    भक्तपुर ।

    [३२]
    खै सकेको ? अधिकार नी लिन चाहेजती
    नारी नै छन् मन्त्री पनि देशको राष्ट्रपति ।
    ✍️ ईशहाक हुसैन
    जितपुर सिमरा १४  बारा ।

    [३३]
    एउटा सिक्काका दुई पाटा पुरुष र नारी,
    अवसर पाए सिँगार्छन् लोक चिटिक्क पारी।
    ✍️ गंगा खङ्का
    बूढानीलकण्ठ काठमाडौँ ।

    [३४]
    मानवताको व्यवहारले महिला उत्थान हुन्छ
    अधिकारको उपयोगले नै नौलाे बिहानी छुन्छ।
    ✍️ मनोहरी पौडेल
    गैडाकोट १, नवलपुर ।

    [३५]
    जन्म देखि मृत्यु सम्म साथ दिने नारी
    जति बाेझ थपे पनि बाकेकै छ भारी।
    ✍️ प्रेम कला चापागाईं( सिटौला )
    मेचीनगर १२ झापा ।

    [३६]
    नारी सिर्जना मूल हौ,चार दिवार बाट बाहिर आऊ,
    शिक्षारुपी श्रृगारले सजिएर, ज्ञानको ज्योति जगाऊ ।
    ✍️ बिबस पारदर्शी
    भद्रपुर -२ झापा ।

    [३७]
    बचाउनु जसरी पनि बाध्यता मा अमुल्य जीवन
    नगर्नु सरकारकाे भराेसा नौट्ङकी लाचार पन।
    ✍️ संझना कुसुम
    पाेखरा

    [३८]
    लक्ष्मी, दुर्गा सरस्वती देवता हुन नारी,
    छोरी हुँदा गाउँ समाजलाई किन भारी।
    ✍️ अम्बिका गिरी
    विराटनगर ।

    [३९]
    आधा धर्ती आधा आकाश जग्मगाउने नारी
    स्वदेश देखि विदेश पुग्छौं खोज्दै रोजगारी ।
    ✍️ तारा घिमिरे
    संखुवासभा ।

    [४०]
    जागजाग यो देश जोगाउन नारी,
    गरि देखाउ पुरुषको  मेखमारी।
    ✍️ चिरञ्जीवी ढकाल
    नेपालगन्ज -२०
    राँझा एयरपोर्ट बाँके

    [४१]
    लेख्न हुन्थ्यो एउटा टुक्का नारीको सम्मान गरि
    नारीहरूको हालत देख्दा आउँछ मन मरि।
    ✍️ मन्दिरा सेढाई
    मलेखु, धादिङ ।

    [४२]
    बदलिएको छ जमाना छोरी धान्छिन् संस्कार,
    छोरीलाई छोरा ठानौँ गर्न छाडौँ तिरस्कार ।
    ✍️ जमुना आचार्य
    सिन्धुपाल्चोक ।

    [४३]
    सलाम गर्छु नारी प्रति नतमस्तक बनी ,
    तिमि मेरी जन्मदाता सर्व प्रिय नाता भनी ।
    ✍️ रामकृष्ण दुवाडी
    पाेखरा ।

    [४४]
    नारी दिवस मलाई लाग्छ बजेट पचाउने  दाऊ
    ढाडस देखाएर सेल्फी खिच्ने पीडित नारीकाे घाउ ।
    ✍️ गणेश तिमल्सिना गति
    धनुषा ।

    [४५]
    आधा आकाश पुरुष भए आधा हुन्छिन् नारी
    नारी सम्मान नगर्ने मान्छे साह्रै अत्याचारी  ।
    ✍️ गुणनिधि घिमिरे
    पाँचथर मोरङ हाल अमेरिका ।

    [४६]
    नारी नै हुन् आखिर यो संसार चलाउने ,
    विश्वास र आस्थाको दियो सधैँ बलाउने ।
    ✍️ विक्रम तिरुवा सलिन
    जुम्ला ।

    [४७]
    नर र नारी ईश्वरका हुन् फूलबारी
    नगराैँ भेदभाव दुवै छन् बराबरी।
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर, कटुञ्जे ।

    [४८]
    नारामा मात्र सीमित नहोस नारी दिवस
    देवी राक्षसी रुप लिन नबनाऊ विवश।
    ✍️ सरस्वती श्रेष्ठ
    इटहरी ।

    [४९]
    दुर्गा लक्ष्मी सरस्वती रुप अनेक जानि
    नारीलाई सम्मान गराैँ शक्तिरुपा ठानि।
    ✍️ मित्र उराठी गाैतम
    अमरपुर-गुल्मी हाल: तिलाेत्तमा न पा-२

    [५०]
    नारीलाई कस्तो हुन्छ  शिशु बालक जन्माउनुको व्यथा
    अरू त परै छोड्नुस् पुरुष बुझिदिनुस् जीवनको कथा ।
    ✍️ बिनिता विश्वकर्मा बिनु
    बाजुरा

    [५१]
    पृथ्वी सहन्छिन् दैवीप्रकोप, विकासका गतिहरू,
    त्यस्तै महिलाहरू पनि, सृजनाका सुमतिहरू ।
    ✍️ रामप्रसाद पुरी
    ऐसेलुखर्क २ बादेल,खाेटाङ

    [५२]
    पुरुषलाई जन्मदिने तिमी हाै आमा,
    मलहम भै राहत दिन्छाै वेदनामा ।
    ✍️ गाेपालकृष्ण डंगाेल
    इटहरी, सुनसरी ।

    [५३]
    नारीको पनि अधिकार छ खुलेर बाँच्न देऊ
    गणतन्त्र देशमा नलगाउ विवादले छेउ ।
    ✍️ प्रकाश बुढाथोकी
    असम भारत ।

    [५४]
    नारी कोमल भावकी हृदयकी आदर्श भावना ,
    चाड समान नारी दिवसकाे हार्दिकता कामना ।
    ✍️ रामजी लामिछाने
    पाेखरा ।

    [५५]
    नारी पुरुष दुवै जना सबै काममा अब्बल हुन्छन्
    परिआएमा नारीले पनि उच्च सगरमाथा छुन्छन्।
    ✍️ रामकृष्ण रिजाल
    बाग्लुङ ।

    [५६]
    नारी दिवसको दिन मात्रै देखावटी भएको छ नारा
    हक अधिकार पाएका छैनन् गाउँका चेलीले सारा।
    ✍️ राम रावल सागर
      कैलाली ।

    [५७]
    समानताको नारा उराल्दै नारी अगाडि बढेका
    दासताको जन्जिर चुडाल्दै उच्च शिखर चढेका ।
    ✍️ डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६, दोलखा।

    [५८]
    सबैले आफ्नै घरबाट नारीको समान गरौँ
    हक अधिकार दिएर मुहारमा कान्ति भरौँ।
    ✍️ भगवती दवाडी
    दमक, झापा ।

    ५९]
    नारीले पनि पुरा गर्छिन् जिम्मेवारी
    हिड्छिन सधै भरी दुःख आफ्नो टारी ।
    ✍️ अम्बिका कोइराला
    धादिङ

    [६०]
    नारीको अपमान नारीले बुझोस्
    बुहारी नसम्झिनु छोरी नै सुझोस्।
    ✍️ सुरेखा चाम्लिंग
    भक्तपुर ।

    [६१]
    चौतर्फी व्याप्त छ अन्याय प्रवृत्ति कहिले हराउँछ
    संस्कारी बन्ने होडमा नारी स्वयंले हिंसा निम्त्याउँछ।
    ✍️ अरुणा श्रेष्ठ ‘अनु’
    भद्रपुर-३, झापा।

    [६२]
    धर्तीकी प्रतिमूर्ति हुन् नारी एक चम्किलो तारा जानीजानी,

    जीवनमा कसैले नारीलाई नपुर्‍याउ अपवित्र हानि ।

    ✍️ बेदु न्यौपाने
    काठमाडौ ।

    [६३]
    वर्षमा एकदिन मनाइन्छ नारी दिवस ,
    घरेलु हिँसा सहन, कयौँ नारी छन् विवश ।
    ✍️ बुद्धिमान चौधरी
    कनकाई नगरपालिका ४ झापा

    [६४]
    नारी धर्ति उनै देवी हुन् संसारकाे सृष्टी
    भावना बुझाैँ नारीकाे बनाऊँ दूर दृष्टि ।
    ✍️ तारा थापा
    ललितपुर ।

    [६५]
    उनैले थामेका छन् सृष्टि
    उल्टै राखिन्छ वक्रदृष्टि।
    ✍️ वेद प्रसाद रिजाल
    इलाम ।

    [६६]
    शिक्षा, अवसर पाए नारी कमजोर हुन्नन्
    दबिदै हेपिएर बस्नु नपरे त्यसै रुन्नन् ।
    ✍️ रुपा गौतम
    बारा ।

    [६७]
    नारीको पहिचान हुँदैन लगाउँदैमा सारी।
    काँधमा बोकेर हिँडनु पर्छ कैयौँ जिम्मेवारी।
    ✍️ ज्याेति घिमिरे
    धनुषा ,गोदार।

    [६८]
    म त बोल्दिन नारीको छेवैमा बसेर
    मलाइ बात लाउला जवानी देखेर ।
    ✍️ जि कुमार गौतम
    भद्रपुर -१ (पृथिविनगर) झापा

    [६९]
    अपहेलना नगराैँ नारीकाे सम्मान गराैँ
    आपसमा माया ममता र सद्वभाव भराैँ ।
    ✍️ केसर बाेहरा (सङ्घर्ष )
    सुदुर पश्चिम अछाम ।

    [७०]
    अझै पनि कयौं नारीहरूले अन्धकारमा जिएकाछन्
    आफुले पाएका यातनाहरु अमृत सम्झि पिएकाछन् ।
    ✍️ रिना सापकाेटा
    निजगढ, बारा ।

    [७१]
    वर्षमा एकदिन मात्र नारी पुजेर
    हुदैन यिनलाई कमज़ोर बुझेर ।
    ✍️ गृष्मा पौड्याल
    टोकियो जापान

    [७२]
    नारी नै हुन् ममताकी खानी
    घर सुन्दर पार्ने महारानी
    ✍️ विशाल सुवेदी
    मकवानपुर मनहरी ९

    [७३]
    नारी जगको सुन्दर फूल
    चुँडेर फाल्ने नगर्नु भुल।
    ✍️ बिके मुखिया
    सिग्रीमताम बस्ती, दार्जीलिङ भारत।

    [७४]
    खै कहाँ हरायाे महिला अधिकार
    हटेन कहिल्यै अन्याय अत्याचार।
    ✍️ रत्ना पुन मगर
    रुकुम पश्चिम्।

    [७५]
    लैङ्गिक भिन्नता हटाऊॅ मिलेर,
    देश चलाउनेछन् नारी जुटेर।
    ✍️ घनश्याम पौडेल
    सृजना चोक, पोखरा ।

    [७६]
    यौन घरेलु हिँसा अत्याचारमा सधैँ पिल्सिएका,
    खै त नारीका सफलताकाे समाचार लेखिएका।
    ✍️ बबिता बिष्ट
    नारायण नगरपालिका ६ दैलेख

    [७७]
    सीता जन्मभुमी हाम्रो न्याय खै त कता गुम्यो
    सिनेट्को छैन है आशा भ्रुणमै जिन्दगी घुम्यो।
    ✍️ कमला देवकोटा, पाल्पा
    हाल- काठमाडौ

    [७८]
    बलात्कार र घरेलु हिंसाले पीडित छन् नारी,
    बस्न विवश छन् मनको इच्छाहरूलाई मारी।
    ✍️ गणेश तामाङ वाइबा
    ताल्ती,धादिङ नेपाल।

    [७९]
    कागजमा लेखिएका महिला अधिकार ,
    किन लागु गरिएन गराैँ खबरदार ।
    ✍️ केशव प्रसाद ढकाल `प्रीतबीज´
    गाेरखा।

    [८०]
    हेर्ने आँखा असल भए सारा संसार नै राम्रो
    घर मात्र कहाँ हो र देश सामाज बन्छ हाम्रो।
    ✍️ कृष्ण आनन्द भट्ट
    पञ्चेश्वर ०५ बैतडी

    [८१]
    धर्ती हो फूलबारी, नारी कोमल फूल
    इज्जतमा हिलो छ्याप्ने गर्नु हुन्न भुल ।
    ✍️ बिके माकजु
    भक्तपुर ।

    [८२]                                                         
    नारी लक्ष्मी, सरस्वती, नारी महाकाली
    उठ अब बेथितिकाे महाजालाे फाली ।
    ✍️ दुर्गा वनवासी
    झापा ।

    [८३]
    दबिएका ती तिम्रा आवाज खोतल्दै अगाडि बढ्नुपर्छ
    कति बस्छौ हेपिएर समानताको शिखर चढ्नुपर्छ।
    ✍️ तारा कुमार थापा
    माईजोगमाई-१, इलाम

    [८४]
    नसाेच्नु कसैले लड्दा लड्दै थाकेकी छन्
    जागौँ नारी अस्तित्वको लडाइँ बाँकी झन्।
    ✍️ लक्ष्मण समीर
    बर्दिया ।

    [८५]
    महान छिन् नारी आफैँमा नदाँज्नु पुरुष जस्ती भनेर,
    असमानता र हिंसाकाे हिसाब पक्कै लिनेछिन् गनेर ।
    ✍️ शान्ति याक्साे
    काठमाडौं ।

    [८६]
    नारी मिलेर अब साच्चै आगो नै बाल्नुपर्छ
    अन्याय अत्याचार ती जरै देखि फाल्नुपर्छ।
    ✍️ लक्ष्मी श्रेष्ट
    बिर्तामोड झापा ।

    [८७]
    नारी रुपमा जन्म लिएर शान सँग बाँच्नु नारी,
    बढाउ पाईला अगाडिको नहट्ने पछाडि हारी।
    ✍️ दुर्गा आचार्य
    मोरङ ।

    [८८]
    दुई शब्दले बनिएको जीवन नारी
    संसार नै उसको महिमामा अभारी ।
    ✍️ रुद्रराज श्र्लाेक
    दार्जिलिङ्ग ।

    [८९]
    नारी जिम्मेवारी बोकेर संसार चलाउन,
    हिँड्छिन् कुना कन्दरा उज्यालो ज्योति जलाउन।
    ✍️ पौडेल विमुन्स
    पोखरा कास्की ।

    [९०]
    नारी दिवस सबैले मनाउने,
    जागरुक छाैँ भनेर जनाउने ।
    ✍️ सुशीला पाैडेल
    अर्घाखाँची ।

    [९१]
    नारी तिमी सहनशील मेहनती हुन्छेऊ
    खुशी सबैमा बाड्छाै तर एकान्तमा रुन्छेऊ।
    ✍️ सुमिना तिमल्सिना
    भक्तपुर ।

    [९२]
    आह्वान गर्छु नारी जुटेर अघि बढाैँ
    न्यायको निम्ति हामीले एकसाथ लडौँ।
    ✍️ रचना माेक्तान’यात्री’
    काभ्रे ।

    [९३]
    देवी दुर्गा भनेर पुजिन्छन् यी नारी
    नअल्झिउन् त्यतिकै लगाएर सारी ।
    ✍️ सारदा दाहाल भण्डारी
    संखुवासभा ।

    [९४]
    नगरौँ दमन नारीलाई विभेद गरी
    नारी पुरुष सबैलाई सम्झौं बराबरी।
    ✍️ जित बुढाथोकी छन्त्याल
    बेलायत।

    [९५]
    साच्चै महान अपरिहार्य परिवर्तन जुन संसारले गर्दछ,
    नारीको हृदयलाई ग्रहण गर्छ भनी मन विश्वस्तमा पर्दछ।

    ✍️ अच्युत घिमिरे
    भुटान ।

    [९६]
    नारी हुन सृष्टि संसारकाे पहिचान,
    उनीहरू बिना घर हुन्छ सुनसान।
    ✍️ रिना याेल्माे
    दार्जिलिङ्ग ।

    [९७]
    अधिकार लिने मात्र हैन सदुपयोग पनि गरौँ
    अरुकाे मात्र हैन नारीले सदा आफुमा भर परौँ।
    ✍️ साधना पाैडेल
    रगनी-१, ओखलढुङ्गा ।

    [९८]
    सृष्टि गर्छिन बोकेर पीडा हाम्री जन्मदाता
    नारी सहनशीलताकी खानी जननी माता।
    ✍️ अबजस चन्द्र
    झापा ।

    [९९]
    सहलशील भै नारीले नै सृष्टि थामिराख्नु पर्छ
    दिवसमा मात्र हैन सधैँ जुट नत्र हक मर्छ ।
    ✍️ निरज काेइराला

    [१००]
    प्रकृतिको अनुपम रुपकी खानी हुन नारी
    राख्छिन् खुसी सधैं सन्ततिलाई आफ्नो इच्छा मारी।
    ✍️ काेकिला चाैधरी
    बाँके ।

    [१०१]
    नारीमै छ महान शक्ति बलियो यो सृष्टि धान्ने दम,
    हेप्नेगर्छ समाजले यदि भने नारी पनि के कम ।
    ✍️ ऋषिराम खनाल
    मध्यबिन्दु ६ नवलपुर ।

    [१०२]
    दिक्क लाग्छ नारीको जिन्दगी सम्झिदा,
    दु:खी हुन्छन् सबै किन छोरी जन्मिदा।
    ✍️ लालिमाया थापा मगर
    प्यूठान ।

    [१०३]
    संस्कृति, संस्कारको आराधना तयारी
    भक्ति, शक्ति, साधनाको प्रतिक हो नारी।
    ✍️ मेनुका खड्का
    धुलिखेल ।

    [१०४]
    सबैलाई जन्माउने नारी हुन
    नभुलाैँ कहिल्यै ममता र गुन ।
    ✍️ भाेलामान बर्देवा
    धरान-८, सुनसरी ।

    >> जय टुक्का! जय साहित्य!! <<

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on अन्तर्राष्ट्रिय नारी दिवसकाे अवसरमा टुसास द्वारा ‘टुक्का लेखन शृङ्खला – ३३’ सम्पन्न; १०४ जना टुक्काकारको सहभागीता

    उदक यात्री भवानी घिमिरेका उत्कृष्ट उदकहरू

  • २४ फाल्गुन २०७८, मंगलवार १६:१७ मा प्रकाशित
  • १.
    महिला
    सिर्जनाकी मुहान
    प्रफुल्ल हुँदा जहान !

    २.
    नारी
    ममता खानी
    सृष्टि संरक्षणकी रानी !

    ३.
    नारी
    स्वरूप अनेक
    हरेकमा पुग्ने विवेक !

    ४.
    नारी
    शक्ति महिमा
    अपार भक्ति भावमा !

    ५.
    नारी
    सृष्टिकी गहना
    धर्ती सहनशीलतामा अग्रणी !

    ६.
    नारी
    बनेको घर
    नहुँदा जीवन पतझर !

    ७.
    नारी
    हुँदा घर
    नहुँदा जीवन बञ्जर !

    • भवानी घिमिरे
      सर्लाही
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री भवानी घिमिरेका उत्कृष्ट उदकहरू

    साताका तीन लघुकथा

  • २२ फाल्गुन २०७८, आईतवार २१:४६ मा प्रकाशित
  • साताका तीन लघुकथाको सातौँ शृङ्खलामा नमस्ते आधुनिक लघुकथा मञ्चमा यो साता प्रेषित गरिएका लघुकथाहरू मध्ये निम्न तीन लघुकथाहरू (धर्मपथ, खच्चडहरू र छोरा भर्सेज छोरी) छनोट गरी प्रकाशन गरिएको छ।

    [१] लघुकथा : धर्मपथ

    ✍️ बाबुराम न्यौपाने “उत्स”

    विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय संघ संस्थाको संयुक्त प्रयासमा विश्व सर्व धर्मसभाको भव्य आयोजना गरिएको थियो। सभाहल झकिझकाउ थियो।
    विश्वभरका प्रखर विद्वान विदुषीको उल्लेख्य उपस्थिति थियो। विश्व राजनीतिका हस्तिहरू पनि आमन्त्रित थिए।

    सम्मेलनमा ठूलाठूला बहस भए। अनेक सिद्धान्तहरू प्रस्तुत गरिए । हलभित्र सर्वसाधारणको पङ्तीमा एक वृद्ध महिला पनि सहभागी थिइन्।
    उनले कार्यक्रमको सवै वस्तुस्थिति खुब ध्यान दिएर नियालिरहेकी थिइन्। उनले कार्यक्रमको अन्त्यतिर उठेर भनिन्।
    “मैले तपाईं विद्वानहरूका कुरा सुरूबाटै सुनिरहेकी छु। म सामान्य नारीको कुरा मान्नुहुन्छ भने मसँग हिड्नुहोस्। म जीवन्त धर्मको परिभाषा सप्रमाण देखाउँने छु ।”

    सभाहल क्षणभर नि:शब्द बन्यो।
    फेरि केहीबेरको छलफलपछि दुईदर्जन शिर्ष प्रतिनिधि ती वृद्धनारीसँग हिडे।
    वृद्धाले सवैलाई करिब दस किलोमिटर टाढा चिटिक्कको सानो घरमा पुर्याइन्।
    घरभित्र दुई वृद्ध वृद्धा ओछ्यानमा लम्पसार थिए। ती नारीले विद्वानहरुलाई बताउँदै गइन्।
    “पति हिन्दु र पत्नी क्रिश्चियन हुन् । छोराले मुसलमान केटी विवाह गरेकोमा दुवै बाबु आमा रुष्ट थिए। तर यिनका छोरा बुहारी तीन वर्षदेखि हिड्डुल गर्न नसक्ने बाबु आमाको स्याहारमा रातदिन खटिरहेका छन्। यिनीहरू धर्म गर्दैछन् कि पाप ! मानवता र सेवाभन्दा महान् अर्को कुनै ठूलो धर्म छ ? निष्कर्ष तपाईंहरुको।”
    दुबै बिरामी भावुक भए। उनीहरू आँखाबाट बर्बर आँसु खसालेर भक्कानिए। केही बोल्न खोज्दै थिए । गला अवरुद्ध भएर फिटि्क्कै बोल्न सकेनन् ।

    विद्वानहरूको नजर कोठाको भित्ताको तस्बिरमा पर्यो। सबैको नजर लाजले झुक्यो। भित्तामा लहरै हिन्दु, मुस्लिम, सिख, इसाई, बौद्ध आदि धर्मका प्रवर्तकहरूको तस्बिर राखिएको थियो। छेउको दराजमा गीता, बाइबल, कुरान, त्रिपिटक जस्ता धार्मिक पुस्तकहरूले कोठाको शोभा बढाएका थिए।”
    सबैले एकस्वरमा भने। “आमा ! हामी भ्रमबाट मुक्त भयौँ। हाम्रो एकाङ्की अहङ्कार खरानी भयो। हामीले धर्मपथको गन्तव्य भेट्यौँ।”
    दम्भको बादलले ढाकिएको हाम्रो तेस्रो आँखा खुल्यो।”

    दमक, झापा

    [२] लघुकथा : खच्चडहरु

    ✍️ छविलाल खड्का

    नयाँ प्रजाति । घाेडी र गधाकाे अन्तरजातिय समागमबाट जन्मिएकाे नयाँ वर्णशङ्कर अर्थात खच्चड । सुरो, बिन्ठ्याहा र धूर्त यसका विशेषता ।

    दुर्गम ठाउँका यातायातका साधन । मालिकका अन्नदाता । सिरिफ यहीँ एउटा जुनी मात्र । यिनीबाट न सन्तान उत्पादन न भविष्यकाे चिन्ता । अर्काकाे लागि भारी बाेकिदिनु, धर्म र कर्म दुवै ।

    भारी बाेकेर लामबद्ध रुपमा शीरमा चाैरी फुर्का, घाँटीमा घण्टी र निधारमा शृङ्गारिक ऐनामा सजिएकाे अगुवा खच्चड अघि अघि र लावालस्कर अन्य खच्चडहरू पछि पछि । याे नै दिनचर्या ।

    दिन दैनिकी रुपमा भारी बाेक्दा पनि ग्वालाले पिट्ने, गाली गर्ने र छुद्र व्यवहारले गर्दा खच्चडहरूमा विद्राेहकाे साेच आयाे । एक साँझ सल्लाह गरेर राती भागे । भाग्दै भाग्दै जाँदा पाँच महिनापछि अनाैठाे ठाउँ पुगे । जताततै घरैघर । ग्वाला नै ग्वाला । टाँटाँ र टुँटुँ… । अचम्म माने । याे स्वर्ग हाे कि नर्क ? अलमल्लमा परे ।

    अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मालिककाे स्तुतीकाे तावेदारीमा चर्काचर्की र घम्साघम्सी चलिरहेकाे थियाे । यसै त सुरक्षा व्यवस्थामा खटिएका सुरक्षाकर्मीहरू हैरान थिए । झन् खच्चडहरू दाैड्दै भित्र पस्न खाेज्दा रिसले आगाे भएकाे डण्ठे लखेट्दै, भन्दै थियाे – “यत्ती धेरै दुई खुट्टे खच्चडहरू भित्र हुँदाहुँदै फेरि कहाँबाट मुन्टिए यी चार खुट्टे खच्चडहरू !”
    काेहलपुर, बाँके

    [३] लघुकथा : छोरा भर्सेज छोरी

    ✍️ दुर्गा वनवासी

    त्यो परिवार असल लाग्थ्यो, हामी आमाछोरालाई | उनीहरूले पनि परिवारकै सदस्यलाई जस्तो माया र रेखदेख गरेका थिए | हाम्रो पनि यो संसारमा अरू आफन्त नै को पो थियो र ? रगतको र जातियताकाे नाता मात्रै कहाँ आफ्नो हुने रहेछ र ? विशेष घरमूली आमा असाध्य जाति र दयालु थिइन् | म जन्मिदाँ त झन् धेरै स्याहार गरेकी रे उनले, मेरी आमा र मेरो |

    समय राम्रै बितिरहेको थियो | एकदिन केही मानिसहरू आए र आमालाई लिएर गए | मैले पनि सँगै जान बल गरेँ, जान दिएनन् | रोएँ, कराएँ तर मेरा आँसुले पग्लिएनन् कोही | आमाले पनि पछाडि फर्की फर्की हेरिन् मलाई | रोइन्, कराइन्, अनुनय गरिन् तर सुनेनन् | लगभग घिसार्दै लगे | आमा ओझेल परिन्, म रोइरहेँ |

    साँझ घरमूली आमाले खान दिइन्, मलाई केही खान मन लागेन, आमाको मात्रै सम्झना आइरह्यो | घरमूली आमा पनि केही उदास थिइन् | घरमूली बासँग उनले मेरो अवस्थाबारे बताइन् | बाले भने – “पिर नगर, केही दिनमा बिर्सिन्छ | के गर्नु छोरी भएको भए सँगै पठाइदिन हुन्थ्यो, छोरो पर्यो | उनीहरूले लानै मानेनन्, जबर्जस्ती गर्न पनि भएन |”

    केही दिनपछि घरमूली बा र आमाले कुरा गरेको सुनेँ | बा भन्दैथिए – “के गर्नु, नातिनीले घर भर्न लागे | पहिल्यै दुईटी छँदै थिए | गर्भ परीक्षणमा पनि छोरी नै रहिछे, फाल्दिनु भन्दिए |”

    यो मान्छेको जात पनि कति विचित्रको हुँदो रहेछ गाँठे ? छोरो भएकोले मलाई आमाबाट छुटाए, छोरी भएकोले बुहारीको गर्भ फाल्न लगाए | हामी गाईवस्तुको चाहीँ छोरी चाहिने, मान्छेको चाहीँ छोरा नै हुनुपर्ने ? होइन, म त अलमल्ल परेँ त – छोरा राम्रो कि छोरी हँ ?

    काठमाडौ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साताका तीन लघुकथा

    साप्ताहिक उदक लेखन शृङ्खलाको ४१औँ भाग शनिबार सम्पन्न

  • २१ फाल्गुन २०७८, शनिबार २०:५१ मा प्रकाशित
  • काठमाडौ, २१ फागुन । साप्ताहिक उदक लेखन शृङ्खलाको ४१औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ३६ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    शृङ्खलाका लागि राखिएको तस्बिर

    तस्बिर : सामाजिक सन्जाल

    तस्बिरमा उदक लेखन शृङ्खलामा सहभागी स्रष्टाहरूका उदकहरू

    [१]
    अधिकार
    समान अवसर
    समतापूर्ण न्यायीक वितरण !

    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    [२]
    मैदान
    खेलाडीको भागदौड
    बाहिर रमितेको छट्पटी !

    चक्र शाही ,कैलाली ।

    [३]
    फुटबल
    मैदानमा खेल्दै
    फुच्चे पर्खाल झेल्दै !

    खेमराज पुरी कैलाली

    [४]
    रमिता
    मैदानको खेल
    हेर्नलाई तँछाड मछाड !

    सम्झना कुसुम पोखरा

    [५]
    खेलकुद
    अनुशासित जीवन
    खेलाडी बिचमा मिलन !

    जमुना कायस्थ

    [६]
    दर्शक
    रोचक खेल
    राष्ट्रिय खेलाडीको प्रदर्शन!

    कण्ठराज गिरी टीकापुर कैलाली

    [७]
    खेल
    प्रतिस्पर्धा घमासान
    हारजितको निर्णयमा मैदान !

    अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    [८]
    खेलकुद
    देखिन्छ जालझेल
    बिकृति बढ्दैछ अचेल!

    पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती न.पा.-३,काभ्रे

    [९]
    असमानता
    फरक प्रवृत्ति
    समता खास आवश्यकता !

    कविता आचार्य, कैलाली

    [१०]
    अधिकार
    समानता हैन
    समता आजकाे आवश्यकता !

    चन्द्रावती अधिकारी ।

    [११]
    समानता
    मानिसको आवश्यकता
    बनाऔँ सकेसम्म समता !

    घनश्याम पौडेल, पोखरा

    [१२]
    आँटिला
    देश सञ्चालनमा
    शिक्षित धैर्यवान महिला ।

    गोविन्द खनाल क्षेत्री
    हरिनास ४ स्याङ्जा

    [१३]
    जिवन
    अघि बढेर
    सबै साथमा रहेर !

    अबोध निर्मल कैलाली

    [१४]
    सुरुवात
    रङ्गमञ्चमा खेल
    बाहिर व्यवहारमा जालझेल !

    आर्त अकुलीन, कैलाली

    [१५]
    समता
    कागजी खोक्रो
    जालझेल कपट नीति !

    मृत्तात्मा बिन्ती, कैलाली

    [१६]
    प्रतिस्पर्धा
    साना ठुलाको
    यो कस्तो अधिकार!

    बि के विरही टीकापुर

    [१७]
    दौडाएर
    अपाङ्ग साङ्ग
    भन्छ अधिकार बराबर!

    बालकृष्ण खनाल टीकापुर कैलाली

    [१८]
    खेलकुद
    रमाइलो मानेर
    हेर्ने दर्शक लापता !

    रमेश प्रभात

    [१९]
    फुटबल
    हेर्न उत्सुक
    बुढा,जवान, वालक!

    धर्मी शाक्य, बुटवल ,रुपन्देही

    [२०]
    असमानता
    हरेक सम्झौता
    सानाठूला अवसरको समानता !

    सिबि आले मगर

    [२१]
    नेतृत्व
    विभेदपूर्ण व्यवहार
    समतामा पाइने सम्मान !

    भवानी घिमिरे
    सर्लाही

    [२२]
    गाेल
    स्मृतिमा झेल
    वचुवा हेरेर जील!

    राेशन पराजुली,धरान।

    [२३]
    समता
    सामाजिक न्याय
    बिभेद समाधानकाे उपाय !

    नारायण प्रसाद उपाध्याय , कैलाली ।

    [२४]
    फुलबल
    हेर्नेको लर्को
    वृद्ध केटाकेटी सबै !

    बुद्धिमान चौधरी

    [२५]
    ममता
    राख्दै समानता
    अनि पुर्‍यायौ समता !

    प्रेम थापा “मन”बागलुङ

    [२६]
    फुटबल
    हेर्नेको लर्को
    ईच्छा सानालाई चर्को!

    सरस्वती श्रेष्ठ इटहरी

    [२७]
    फूल
    फुल्न पाऊन्
    समानता होइन समतामा!

    सीता पाण्डे मरासिनी
    रेसुङ्गा नगरपालिका-९,गुल्मी

    [२८]
    खेल
    सबैको मेल
    नगरौँ कसैले जालझेल!

    जमुना आचार्य
    सिन्धुपाल्चोक

    [२९]
    चित्रले
    दर्शाउन खोजेको
    समानताको लागि समता !

    मंगला उपाध्याय
    बारा कलैया १

    [३०]
    बगैँचा
    खेलाडीको खेल
    दर्शकमा हुदैछ मेल !

    अम्विका अधिकारी
    झापा विर्तामोड

    [३१]
    खेल
    प्रतिस्पर्धाको बाटो
    दर्शक देखिए टाठ‍ो !

    नुमा खालिङ्ग किरात

    [३२]
    गाेल
    माैकामा चाैका
    फूटबल खेलकाे चिनारी ।

    केशवप्रसाद ढकाल `प्रीतबीज´
    गाेरखा

    [३३]
    खेल
    सुन्दर तस्बिर
    साना ठूलाको मेल!

    सरस्वती श्रेष्ठ

    [३४]
    खेल
    रमाइलो पल
    गर्छन सबैले जालझेल ।

    दुर्गा भट्टराई
    मोरङ

    [३५]
    खेल
    समथर मैदान
    दर्शक उचाईको बेमेल!

    पशुपति राई -खोटाङ

    [३६]
    समता
    समाजिक न्याय
    सबैलाई बराबरी हक !

    हिमाल अम्मै घोडाघोडी कैलाली

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक उदक लेखन शृङ्खलाको ४१औँ भाग शनिबार सम्पन्न

    उदक यात्री निर्मला सुवेदीका उत्कृष्ट उदकहरू

  • २० फाल्गुन २०७८, शुक्रबार २३:२४ मा प्रकाशित
  • १
    बोली
    गोली बराबर
    बिझेको दिलमा बेसरी !

    २
    सास्ती
    जनमतको उपहास
    दुखेसो गर्नु कति !

    ३
    सुनसान
    बस्ती उजाड
    छ बाँदरको गस्ती !

    ४
    उजाड
    दिलको भित्र
    क्रमशः विरहको चाङ !

    ५
    काँडा
    घोच्ने घरिघरि
    दिलको भित्र बेसरी !

    निर्मला सुवेदी
    बागलुङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री निर्मला सुवेदीका उत्कृष्ट उदकहरू

    निर्मला सुवेदीका आमा प्रति समर्पित पाँच दमदार पञ्चाङ्गहरु

  • २० फाल्गुन २०७८, शुक्रबार २२:०१ मा प्रकाशित
  • ” पाँच तत्त्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार “

    ०१
    धर्तीमा पहिलो पाइला टेकायौ आमा मलाई
    लाख कष्ट खेपी संसार देखायौ आमा मलाई
    केही गर्न सकिन खै आमा तिम्रो खुशीमा मैले
    नसुतेर रातमा लुगा फेरायौ आमा मलाई
    असिम प्यारले काखमा खेलायौ आमा मलाई।

    ०२
    प्यारमा पचायौ हजारौं ति लात आमा
    इशारा नै काफी भयो बुझ्यौ बात आमा
    तर खै मैले सकिन तिम्रो दुख बुझ्न
    नसुतेरै कटायौ तिमीले रात आमा
    चिन्ता मानिनौ बेच्दा बसेको थात आमा।

    ०३
    सहेर लाख कष्ट त्यो जन्मायौ आमा तिमीले
    काखमा अमृत धारा पिलायौ आमा तिमीले
    सकिन आमा खै सुख दिलाउन मैले कसै
    पहिलो मायाको पाठ सिकायौ आमा तिमीले
    मेरो लागि त्यो जीवन बितायौ आमा तिमीले।

    ०४
    अनपढ आफु भएपनि सिकायौ नाम तिमीले
    हात समाइ समाइ सिकायौ सारा काम तिमीले
    बितायौ कयौं रात नसुतेर पनि तिमीले आमा
    प्यारले नै सिकायौ भातलाई भन्न माम तिमीले
    रुँदा फकायौ झर्को नमानि दिएर दाम तिमीले।

    ०५
    अरुको लाख भन्दा हुने प्यारो आमाको काख त्यो
    बेकार हुन्छ प्यार बिनाको भएपनि लाख त्यो
    सुखदुःख केहि होइन सन्तोष हो ठूलो यहाँ
    कहिल्यै भुल्ने छैन आमा मैले तिम्रो चाख त्यो
    कदापि बिर्सने छैन मैले आमाको साख त्यो।

    निर्मला सुवेदी,बागलुङ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on निर्मला सुवेदीका आमा प्रति समर्पित पाँच दमदार पञ्चाङ्गहरु

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P