‘टुक्का माथि टुक्का’को २३ औँ शृङ्खला सम्पन्न; ४७ जना स्रष्टाहरूको सहभागीता

  • २५ फाल्गुन २०७८, बुधबार १६:१८ मा प्रकाशित
  • काठमाडौ, । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २३ औँ शृङ्खला शनिबार सम्पन्न भएको छ ।
    अभ्यासमा ४७ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला उक्त शृङ्खला सञ्चालन गरिदै आएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २३ औँ शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको टुक्का

    नुन खाएपछि नुनको सोझो गर्नैपर्यो हजुर,
    मह काढ्नेले हात चाट्छ कहाँनेर भयो कसुर ?

    ✍️ वसन्त अनुभव

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू

    [१]
    वाह ! तिम्रो स्वामी भक्ति, परेको छ दुनियाँ दङ्ग,
    मान्छे मात्र यहाँको पर्यौ, रहेछौ उतैको अङ्ग ।

    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    [२]
    हैन जवर्जस्ती खानुनै पर्ने नुन पर्यो कस्तो,
    परिवारलाई बिजोक पारी दिनु पर्ने सस्तो।

    लक्ष्मी श्रेष्ट
    बिर्तामोड झापा

    [३]
    दुई चार पैसा कुम्ल्याइयाे बाेझ खनाइयाे,
    नुनकाे साेझाे गर्दै जनता उल्लु बनाइयाे ।

    ✍️ ताराप्रसाद चापागाईं
    धुनिबेसी ।

    [४]
    संसारकै ठुला राष्ट्रहरू सामु सानाको के पो चल्छ,
    आगोको माथि घिउ थप्न थाले हुरुरु दन्दनी बल्छ ।

    गुणनिधि घिमिरे
    पाँचथर मोरङ हाल अमेरिका

    [५]
    गरिबले कहाँ सोध्छन् हजुर मुल्य पनि सुनको,
    कर्तव्य रैछ खाएपछि सोझो गर्नैपर्ने नुनको |

    ✍️माहादेव भट्ट
    दशरथ चन्द नगरपालिका 01 गुरुखोला कलौन बैतडी

    [६]
    आफ्नै देशको गोठालो भन्दै मानेर चरेछौँ,
    अर्कै देशका गोठाला रैछन्, भेडै पो भएछौँ !

    ✍️ सुन्दर शोभान
    नारायणगढ, भरतपुर म न पा- ३,चितवन ।

    [७]
    घमाईलो हुदैछ पोखराको रानी वनको,
    नेपालका जनता विजोगमा छाडापनको ।

    संझना कुसुम
    पोखरा

    [८]
    सबैले भन्ने यही हो हजुर,
    लगाउने हो सुनकै गजुर ।

    अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    [९]
    नुनको सोझो गरेको बहानामा आफ्नो उदर भर्छौ,
    बाहिर बाहिर राम राम भित्र छुरा भने झैँ गर्छौ।

    गंगा खड्का
    बूढानीलकण्ठ काठमाडौँ

    [१०]
    आफ्नो देशै बिर्से, नुन खुवाउनेको पछि लाग्दा,
    अब चाल पाउलान् गाउॅं-शहरमा भोट माग्दा।

    -म्यामराज राई
    हतुवागढी,भोजपुर

    [११]
    उसकै नुन खाएँ गुण गाएँ भन मैले के बिराएँ ?
    देश बन्धक राखी एमसीसी ल्याएँ हात चाट्न पाएँ !

    बिबस पारदर्शी
    भद्रपुर (झापा)

    [१२]
    खाएपछि पराईकाे अन्नपानी तथा नुन ,
    गाएपछि भजन उसको सम्झनेछन् गुन ।

    रामकृष्ण दुवाडी
    पाेखरा ।

    [१३]
    हात मात्रै चाटेको भए हुन्थ्यो, चाकालाई चपायौ,
    जेठान साला पोस्यौ दाई भाई काकालाई धपायौ!

    -प्रमोद भट्टराई ‘प्रतीक’
    कौशलटार, भक्तपुर

    [१४]
    नुन खाएर नुनकै सोझो गर्ने जमाना गइसके छ अब,
    मान्छे मान्छे नै रह्यो भनेर कसरी गरौं यहाँ विश्वास तब?

    दीपक ठटाल जलन
    खरसाङ

    [१५]
    नुनको सोझो भन्दाभन्दै ढोग्नै गयौ पाउ,
    देश बेची लेण्डुप बन्ने कस्तो तिम्रो दाउ ?

    बिके माकजु
    भक्तपुर ।

    [१६]
    धन कमाउँनु थियो मैले टन्न कमाएँ,
    देश बेचेर जनतालाई उल्लु बनाएँ।

    सुरेशकुमार पान्डे।

    [१७]
    नुनको सोझो गर्नेभए देश विकासमा लाग्थ्यौ,
    भएभरको लुटेर अनि किन लुसुक्क भाग्थ्यौ?

    राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ हाल- प्रवास

    [१८]
    राज्यकोषको रकमले संसार डुलियो,
    जता पाईन्छ गुलियो उतै उतै भुलियो ।

    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६, दोलखा

    [१९]
    देशको सेवामा हिडेको ,सेवा गर्नैपर्यो ,
    नुनको सोझो गर्नाले , घरको गर्जो टर्यो ।

    बुद्धिमान चौधरी
    कनकाई नगरपालिका ४ झापा

    [२०]
    मिलेर नै माटो सबै चाटाचाट गर्ने ,
    बाँकी देश बेचेर बिदेश तिरै सर्नै।

    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    [२१]
    नेताको पछि जिन्दगी बर्बाद भयो,
    ओहो ! होइन उ त अमेरिका गयो ।

    साहित्य प्रेमी विक्रम तिरुवा सलिन
    जुम्ला

    [२२]
    खल्ती भर्ने रहर थिएन बाध्यताले पार्यो,
    बिस्तार बिस्तार फकाएर किल्ला पर सार्यो ।

    जमुना आचार्य
    सिन्धुपाल्चोक

    [२३]
    नुन खाएपछि नुनको सोझो गर्ने उसले मार्ग रोज्यो
    पक्कै रहस्य छ है बढि हात चाट्न उसले किन खोज्यो ?

    प्रेम थापा “मन “
    जैमिनी न पा ०४ बागलुङ

    [२४]
    नुनको सोझो देखाएर त्यो डलर पोको पार्ने,
    देशको बिकास भन्दाभन्दै जनताहरू मार्ने ।

    💕बेदु न्यौपाने💕
    काठमाडौ

    [२५]
    नुनको सोझो भन्दाभन्दै फुली सक्यो केश,
    टुक्रा टुक्रा पारी बेचिएको छ हाम्रो देश ।

    दुर्गा भट्टराई
    मोरङ

    [२६]
    चोटपटक लागेको घाउमा मल्हम पट्टी प्रयोग गरियोस्?
    बिकृति उत्पन्न गर्ने तुच्छ नेतागणमा चुक नुन भरियोस्।

    कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    [२७]
    अर्काको नुन खाए जस्तो छ सधैँ गर्छौ गुलामी,
    आफ्नो हुनै सकेनौ तिमी के भनि दिउँ सलामी ।

    सुर्यमणी रेग्मी

    [२८]
    हामी नेपाली भनेकै हजुर इमानदारीको अर्को नमुना,
    त्यसैले त हाम्रो निम्ति खुल्ला बनेकोछ संसारकै छेउ कुना।

    बी.कुलुङ
    दार्जिलिङ भारत

    [२९]
    औँला दिदा डुडुला निल्न खोज्ने तिमी पापी,
    आफनै दुनो सोझ्यायौ नि नकचरा राष्ट्रघाती ।

    शान्ता निरौला
    कन्याटार पाँचथर

    [३०]
    भूल भएको हैन यो त भ्रष्टको पोल खोलीएको,
    जनतालाई धोका दिदा सतामा विष घोलीएको ।

    अम्विका अधिकारी
    झापा विर्तामोड

    [३१]
    मुलुक पनि खायो सबै चम्चा र चोरले,
    देश जम्मै ढाकिसक्यो गुन्डाको फोहोरले ।

    दस्ता कौशिक
    पाँचथर।

    [३२]
    सोझा जनता झुक्याई ठालु बन्ने गर्छन्,
    विकासको नाममा कनिका थोरै छर्छन्।

    ✍️ रुपा गौतम
    बारा ।

    [३३]
    नुन खाऊ सोझो गर जे जे गर्नुछ आज,
    मह काट्ने हक नै पायौ गर सधैँ राज ।

    ✍️धनुष न्यौपाने
    गुठीचौर गाउँपालिका ० ४ जुम्ला

    [३४]
    हाम्रो पनि मुख हो क्यारे, खानै पर्यो आधा हजुर,
    मैले नखाई देशमा, हाल्ने कुरै भएन गजुर ।

    प्रदीप के रिमाल
    इटहरी – आठ, सुनसरी।

    [३५]
    कति गर्छौ नुनको सोझो राष्ट्रघातीहरू,
    आमा बेचेर कमाउने पापी को छ अरू ?

    इन्दिरा देवकोटा

    [३६]
    आखिरिमा बेचिदिए नेताले देशलाई,
    कसरी जीवन्त राखूँ नेपाली भेशलाई ?

    गाेपालकृष्ण डंगाेल
    ईटहरी, सुनसरी ।

    [३७]
    कसुरले नै गराउँछ बेसुर,
    बिग्रन्छ नाता सबैमा सुमधुर।

    नुमा खालिङ कीरात

    [३८]
    नुनको सोझो गर्नु नै पर्ने भएछ है आखिर,
    आमाको अस्मिता लिलामीमा झुकेन तिम्रो शिर ।

    कमला देवकोटा , पाल्पा
    हाल- काठमाडौ

    [३९]
    राम्रा जन्मेनन् कतै चोरैचोरले देश चलाए,
    डलर खाए मातृभूमिको स्वाभिमान ढलाए।

    शंकर कार्की,
    थाहा नगरपालिका ३ मकवानपुर।

    [४०]
    नगरेको होइन नुनको सोझो गर्दै मीठो बोली,
    भन्छन् आफ्नो हात जगन्नाथ, भर्दैछु विशाल झोली।

    अच्युत घिमिरे
    भुटान 🇧🇹

    [४१]
    सबै कर्म दोषी ठहर भए कसरी बन्छ देश,
    देशका निमित्त भलो चाहने एउटै हुन् नरेश ।

    जि कुमार गौतम
    भद्रपुर-१ (पृथिविनगर) झापा

    [४२]
    भाे पर्दैन छाड, नुन गुणका असुरक्षित कुरा,
    नेपाली कानुनभन्दा माथि विदेशी ऐनकाे छुरा ।

    प्रद्युम्न चालिसे
    भक्तपुर, कटुञ्जे

    [४३]
    हुनेले खाएका छन् पेटभरि हजुर,
    भोकाएकाले चोरे, उसको के कसुर ।

    भगवती दवाडी
    दमक

    [४४]
    खाएको छु यहीँ देशको अन्न पानी अहिले,
    मिहिनेत गरेर खाँदा रिस गर्छौ जहिले ।

    तारा घिमिरे
    संखुवासभा

    [४५]
    नुनको सोझो सबै भैदिए देश कस्तो हुन्थे,
    मह चाट्न पल्केकाहरु कुनामा पसी रुन्थे।

    बिके मुखिया
    सिग्रीमताम बस्ती, दार्जीलिङ भारत।

    [४६]
    मह काढे पछि लुकेर हात चाट्ने गरे,
    जुठै हातले आफ्नालाई पनि बाँडे अरे ।

    रचना शर्मा प्रतीक्षा, इमाडोल ललितपुर ।

    [४७]
    कोख भन्दा पनि महान त्यो नुन होला कस्तो,
    आफ्नो इज्जत अस्मितालाई बनाउने सस्तो।

    वसन्त अनुभव

    ✡️✡️✡️✡️ जय टुक्का ! जय साहित्य !! ✡️✡️✡️✡️

    Leave a Reply