काठमाडौ, ३ बैशाख । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २९ औँ शृङ्खला शनिबार सम्पन्न भएको छ । अभ्यासमा ४४ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २९ औँ शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको टुक्का
दुनियाँ नै सिपालु छ, यी आँखामा भ्रम छर्न, चोर पनि साधु बन्छ, आफ्नो स्वार्थ पूरा गर्न। ✍️ वसन्त अनुभव
सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१] नेतालाई कता राख्नु, साधु कि चोर ? हाल्नुपर्ने अब यिनैलाई हो खोर ।
राजेशराज गड्तौला रतुवामाई- मोरङ, हाल- प्रवास
[२] आँखा बन्द गरी नदेखेझैँ गर्छ अनैतिक काम, नजाने जस्तो गरी स्वार्थी भएर लिन्छ धेरै दाम ।
अम्विका अधिकारी झापा विर्तामोड
[३] कसैले तपाईं नभन्दै मपाईं आफैँले भनेर, स्वार्थ पूरा भएपछि को निहुरिन्छ सानो बनेर ?
अच्युत घिमिरे भुटान 🇧🇹
[४] जालझेल भ्रम छरी कति दिन टिक्छाै? मर्नुपर्ने कुरा भुली स्वार्थमा नै बिक्छाै ।
ताराप्रसाद चापागाई धुनिबेसी ।
[५] दुनियाँको के कुरा गर्नु आफ्नै घरमा खिचातानी, त्यसैले त छिमेकीले यहाँ गर्न थाले मनोमानी।
काठमाडौ, ३ वैशाख। साप्ताहिक उदक लेखन शृङ्खलाको ४७औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५९ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गरिदै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
शृङ्खलाका लागि राखिएको तस्बिर
तस्बिरमा उदक लेखन शृङ्खलामा सहभागी स्रष्टाहरूका उदकहरू
[१] ताल क्षितिज रेखा आफूभित्र समाहित प्रतिबिम्ब !
सविता के.सी. काठमाडौँ ।
[२] प्रतिविम्व पानीको ऐनामा छर्लङ्ग तस्विर झल्किएको !
उर्मिला पन्त पाण्डेय ज्ञानेश्वर , काठमाण्डौँ
[३] ताल प्राकृतिक सुन्दरता मन लोभ्याउने दृश्य !
बुद्धिमान चौधरी सुरुङ्ग ४ झापा
[४] ताल प्राकृतिक ऐना आजकल संरक्षण छैन !
पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत” पनौती -३,काभ्रे
[५] सृष्टि कर्म आधार विधाता निर्णय अपार !
राेशन पराजुली धरान।
[६] प्रकृति सौम्य शालीनता मनमा प्रतिबिम्बित सृष्टि !
आर्त अकुलीन कैलाली
[७] पृथ्वी सौन्दर्यकाे खानी जलाशय पर्वतकाे दर्पण !
नवराज भट्ट महेन्द्रनगर
[८] तलाउ सुन्दर छाँया हिमाल देखिने बिचित्र !
अनुग्रह राना मगर ‘पुष्प’ संखुवासभा हाल मलेसिया
[९] नमन सम्पूर्ण मित्रमा हृदय खोलेर प्यार !
वेद प्रसाद रिजाल
[१०] प्राकृतिक छटाले सिंगारिएको सुन्दर दृश्य हिमाल !
दिवाकर भट्टराई तनहुँ
[११] प्रतिविम्ब रारा फेवातालमा प्राकृतिक सौन्दर्यले भरिपूर्ण !
रमा पन्त पाल्पा
[१२] प्रकृति सुन्दर शान्त स्वर्गको आभास अति !
इन्दिरा देवकोटा कपिलवस्तु न .पा .३
[१३] मिली गरौं संरक्षण सौन्दर्य भित्रको सौन्दर्य !
पञ्चाङ्ग चित्रपट ========= पञ्चाङ्ग चित्रपट : भाग: ११ लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१ मिति: २०७९/०१/०१ प्रशिक्षक : ———— सोमनाथ लुइटेल “रवि पाल्पाली” नारायण प्रसाद निरौला
मिति : प्रत्येक हप्ताको पाँचौं (५) दिन अर्थात् बिहीबार
चित्र संकलक —————- सविता के.सी.
समायोजन ————- 👉️सोमनाथ लुइटेल”रवि पाल्पाली”
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको एघारौं शृङ्खलामा छौँ । यस शृङ्खलामा पनि दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन मौलिक भाव झल्किने एउटा मात्र पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ । नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।
पञ्चाङ्ग चित्रपट =========
पञ्चाङ्ग ०१
परेवाको जोडी जसरी बाँच्न पाए हुन्थ्यो मौसम अनुसार सधैँ नाँच्न पाए हुन्थ्यो पानी पर्दा ओत बस्ने छहारी भए पुग्छ खेतबारीको अन्नलाई साँच्न पाए हुन्थ्यो बास बनाउने सिन्का ति भाँच्न पाए हुन्थ्यो ।
🙏सोमनाथ लुइटेल “रवि पाल्पाली”
पञ्चाङ्ग ०२
परेवा जोडीको रहर कस्तो होला ? माया र प्रेमको सहर कस्तो होला ? वसन्तमा चारैतिर पोखियो प्यार , बिस्तारै बगेको नहर कस्तो होला ? नहरमा बग्ने कहर कस्तो होला ?
🙏आर्त अकुलीन, कैलाली
पञ्चाङ्ग ०३
परेवाको जोडी जस्तै रमाउन मन छ माया बेसरी कसिलो बनाउन मन छ अजर अमर बनोस् माया यो सदा सदा दुबै मिली घरबार बसाउन मन छ एक,अर्कोले दिलमा सजाउन मन छ।
🙏 निर्मला सुवेदी,बागलुङ।
पञ्चाङ्ग ०४
यिनै परेवा जोडीको जस्तो ममताको खानी बनोस् सुमार्गी जीवन डोर्याउने सहयोगी बानी बनोस् हजारौं खुशीका लहरा , दिदै जीवनमा पहरा हरेक पल सहृदयी परस्पर जवानी बनोस् संसारले चिन्ने बेजोड र ज्वलन्त कहानी बनोस् ।
🙏प्रेम थापा “मन ” बागलुङ ।
पञ्चाङ्ग ०५
मायाको परिभाषा लगाउँछ परेवाकाे जाेडीले सबैलाई देखाई बताउँछ परेवाकाे जाेडीले सिक मायालुको संसार कसरी बनाउनु पर्दछ यहाँ सदैव माया लगाउँछ परेवाकाे जाेडीले बेठीक भए भ्रम हटाउँछ परेवाकाे जाेडीले। १ परेवा यहाँ माया गर्ने रहेछ। छुट्दा दुबैजना नै मर्ने रहेछ। राम्राे हुँदैन मायाजालमा पर्नु समाजमा इज्जत झर्ने रहेछ। पछि अप्ठ्यारोमा पर्ने रहेछ।
🙏नवराज भट्ट, महेन्द्रनगर, कञ्चनपुर ।
पञ्चाङ्ग ०६
थियो प्रेम गाढा भए एक दुई, हुनेछैन टाढा भए एक दुई। सिकौँ आज मान्छे यिनैबाट केही, हुने धेर छाडा भए एक दुई। बन्यो वृक्ष थाडा भए एक दुई।।
🙏नारायणप्रसाद निरौला, काठमाडौँ।
पञ्चाङ्ग ०७
तिमी मै समर्पण भएको छु प्रिया हिजोभन्दा निकट् गएको छु प्रिया नठान्नु कहिल्यै परचक्री मलाई सजाई हियामा रहेको छु प्रिया सबैको तनाव सहेको छु प्रिया
🙏पद्मा रिजाल – बाँके ।
पञ्चाङ्ग ०८
प्रकृतिमा माया हुन्छ प्रीति हुन्छ हेर परेवाका जोडी बरै तिमी मात्र अबुझ मानिस हिँड्छौ एकान्तमा एक्लै छोडी बरै प्रकृतिलाई चिन्नुपर्छ, सबैको माया उस्तै होला के को लाज दिउल पनि उम्रन्छ किसिम किसिमका ढुङ्गा फोडी बरेै उम्रिएका झारपात सबै फाल्नुपर्छ पालैसित गोडी बरै ।
✍️सविता के.सी. काठमाडौं ।
पञ्चाङ्ग ०९
परेवाका यी जोडीले मिठा कुरा गर्दैछन्। हृदयमा चोखो पिरतीका कुरा भर्दैछन्। एक अर्कामा समर्पित यी जोडीको प्रेम सँगै जिउने मर्ने मनका कुरा झर्दै छन्। पिरतीको बारीमा प्रेम आँकुरा सर्दैछन्।
सरस्वती श्रेष्ठ, इटहरी ।
पञ्चाङ्ग १०
जाेडि जस्तै परेवाकाे हुने रहर जिन्दगीमा घाेलिदियाे नि मेराे कसैले जहर जिन्दगीमा डाह लाग्छ अरू खुसी र आनन्द भएकाे देख्दा आफ्नाे त सधैँ पीडाकाे मात्र लहर जिन्दगीमा आफैँ जन्मेको विरानाे लाग्छ शहर जिन्दगीमा ।
✍️रामराजा के. सी. फर्पिङ, काठमाडौं ।
पञ्चाङ्ग ११
प्रकृतिले नि:शुल्क दिएको छ प्रेम भन्ने कुरा । अहिले खरिदमा जिएकाे छ प्रेम भन्ने कुरा । परेवाले कहाँ पढ्याे प्रेमिल जाेडीकाे कहानी , दुई मुटु एकैमा सिएकाे छ प्रेम भन्ने कुरा । अर्थ नबुझिकन पिएको छ प्रेम भन्ने कुरा ।
✍️भवानी घिमिरे सर्लाही।
पञ्चाङ्ग १२
परेवाकाे प्रेम हुन्छ धेरै छुटृियाे भने त रुन्छ धेरै उखानै छ परेवाकाे जाेडि प्रेममा आकाश छुन्छ धेरै पाेथिले नि जाल बुन्छ धेरै ।
✍️मधुसूदन प्रसाद घिमिरे, काठमाडौं ।
पञ्चाङ्ग १३
परेवाका दुई जाेडी,चुच्चो जुधाउँदै बसे भाेगका तिर्सना मिट्दै,चित्त बुझाउँदै बसे प्राण धान्नु परेकाे छ चाराे खाेज्नु छ गेै कन जाऊँ खाेज्न कतै भन्दै,प्वाँख उडाउँदै बसे घाम पानी हुरी जे हाेस्,देह कुदाउँदै बसे ।
✍️ताेयानाथ सुवेदी काँडाघारी
पञ्चाङ्ग १४
यो मायाको अर्थ बुझ्न धेरै गाह्रो भएछ साथी परेवाको जोडी जस्तो बन्न साह्रो रहेछ साथी मान्छे हामी सभ्य अरे ङार्र ङुर्र गर्छौँ यहाँ मान्छे भई मान्छे हुने जमाना त गएछ साथी परेवाको जोडी ले त कति दु:ख सहेछ साथी ।
✍️गुणनिधि घिमिरे, पाँचथर मोरङ हाल अमेरिका ।
पञ्चाङ १५
परेवाको जोडी जस्तो पिरती लगाउँन मन छ शान्तिको प्रतीक भन्ने कुरा नी जनाउँन मन छ कहिले साथ नछाड्ने बाचा कसम खाएर यहाँ युगौ युग सम्म नमूना जोडी जमाउँन मन छ पिरतीको मिठो मिठो आभास चखाउँन मन छ ।
✍️तारा घिमिरे, संखुवासभा ।
पञ्चाङ्ग १६
मन मिल्नेसँगको प्रेमिल क्षण सधैँ नै हर्षित हुन्छ उनका हरेक प्रेमिल शब्द सुमधुर संगीत हुन्छ सबै दु:ख सबै व्यथा भुलाउँछ उनैकै प्यारले गर्दा माया सधैँ बराबरी हुन्छ न कहिल्यै हारजित हुन्छ खुसी आनन्दको माहौल बन्छ न कोही भयभित हुन्छ।
✍️केशब न्यौपाने नुवाकोट
पञ्चाङ्ग १७
दुई आत्माको चोखो मिलनमा नै हाँसेर रमाऊ आत्माभित्र मिलनको मधुरता गाँसेर रमाऊ परेवाको जोडी जस्तै प्रेमिल बनाउ है जीवन पिर, व्याथा,कष्ट, सबै भुली बाँचेर रमाऊ मनभित्रै मगमगाउने प्रेम साँचेर रमाऊ
✍️सरिता काफ्ले, कोहलपुर बाँके।
पञ्चाङ्ग १८
परेवा बनी ससार डुल्न मन लाग्छ सगर माथि तारा झैँ घुल्न मन लाग्छ आकाशमा उडेरसँगै कुरा गरौँला परेवा जस्तै मायामा खुल्न मन लाग्छ मानवको व्यबहार भुल्न मन लाग्छ ।
✍️देवकी के.सी. बिरगंज ।
पञ्चाङ्ग १९
परेवाकाे जाेडीजस्तै तिम्राे हाम्राे माया बनाेस् वरपीपल चाैतारीकाेजस्तै शीतल छायाँ बनाेस् नपराेस् है छुट्टिएर बाँच्न कुनै प्रेमी पनि आधा आधा मन मुटु आधा आधा काया बनाेस् दुखसुख बराबरी दुबै दायाँ बायाँ बनाेस् ।
✍️चन्द्रावती अधिकारी, कोहलपुर बाँके ।
पञ्चाङ्ग २०
परेवाको जोडी हेर माया कस्तो हुन्छ? हेर न एक अर्काको छाँया कस्तो हुन्छ सच्चा माया के हो? अब पंक्षीबाट सिक तिमी त हेर्छौ क्षणिक काया कस्तो हुन्छ जीवन चल्ने खोज न जाया कस्तो हुन्छ।
✍️गिता अर्याल, नेपालगन्ज बाँके ।
पञ्चाङ्ग २१
परेवाको जोडी देख्दा रहर लाग्छ। यिनीहरू घुम्ने जाउ शहर लाग्छ। मानिसको जिन्दगी नि अजीब हुन्छ, मन मारेरै त बस्न कहर लाग्छ। कहिले काँही जिन्दगी नहर लाग्छ।
✍️सुशीला पौडेल, काठमाडौं ।
पञ्चाङ्ग २२
पन्क्षी बनी आकाशमा डुल्न मन लाग्छ परेवाको जोडी जस्तै खुल्न मन लाग्छ प्रकृतिको सुन्दर संसारमा हराई देखावटी संसार नि भुल्न मन लाग्छ घुलन् बनी पानीसित घुल्न मन लाग्छ
काठमाडौ, २६ चैत । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २८ औँ शृङ्खला शनिबार सम्पन्न भएको छ । अभ्यासमा ४९ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला उक्त शृङ्खला सञ्चालन गरिदै आएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २८ औँ शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको टुक्का
आश्वासनको पोका बोकी आएको छु हेर, हातबाट सत्ता शक्ति जान दिदैन खेर । ✍️ वसन्त अनुभव
सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१] पहिले जस्तै पोका होला, भित्र हेर्दा खाली, कतिञ्जेल झुक्याउछौं, ए फटाहा र जाली !
वसन्त अनुभव घोराही, दाङ
[२] छाराे हाली आँखा भरी चुनाव जितिन्छ विजयकाे जुलुस सँगै पार्टी घिचिन्छ ।
ताराप्रसाद चापागाईं धुनिबेसी ।
[३] झुटको पोको बोकी आयौ हामी खोली हेर्छौँ, हामी जनता तिम्रो रिस सकेसम्म फेर्छौँ।
लक्ष्मी श्रेष्ट बिर्तामोड झापा
[४] धेरै पल्ट बोकी आयौ पोका आश्वासनका, तर सधैं नै बिर्सन्छौ बोक्न पोका मनका ।
काठमाडाैँ, टुक्का साहित्य समाजकाे आयाेजनामा नयाँ वर्षकाे पूर्वसन्ध्यामा २०७८ चैत ३० गते शुुभ कामना आदान प्रदान तथा नयाँ वर्ष २०७९ “विशेष टुक्का लेखन अभ्यास श्रृङ्खला-३५” सम्पन्न भएकाे छ । टुसास का अध्यक्ष ताराप्रसाद चापागाईंले प्रशिक्षण गर्नु भएकाे उक्त कार्यक्रममा नेपाल, भारत लगायत विश्वका विभिन्न देशहरूबाट १०० टुक्काकारहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रम टुक्का पाठशालामा सञ्चालन भएकाे थियाे । उक्त कार्यक्रमका सहभागी टुक्काकारहरूले नयाँ वर्षकाे शुभकामना तथा नयाँ वर्ष सम्बन्धी उत्कृष्ट टुक्का कविताहरू सिर्जना गरेका थिए । विश्वभरमा विक्रम सम्वत् लाई आधिकारिकता दिएकाे देश नेपाल मात्र हाे । कार्यक्रमकाे समापन गर्दै अध्यक्ष/ प्रशिक्षक चापागाईंले नयाँ वर्ष २०७९ काे पावन अवसरमा देश विदेशमा रहनु हुने टुक्काकार, टुक्का प्रेमी, साहित्यकार लगायत सम्पूर्णमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै नयाँ वर्ष सम्बन्धी सुन्दर टुक्काहरू सिर्जना गर्ने सम्पूर्ण टुक्काकारहरू प्रति हार्दिक आभार व्यक्त गर्नु भएकाे थियाे ।
अभ्यासका क्रममा सङ्कलन गरिएका केही टुक्का कविताहरू
[१] दिन महिना वर्ष बित्याे नयाँ साल लाग्याे केही गर्ने उत्साह साथ अझै जाेस जाग्याे । ✍️ ताराप्रसाद चापागाई
[२] नव वर्ष यहाँ आयाे उनासी साल रूपमा श्रष्टा स्वागत गर्दैछौं हर्षाेल्लास उमङ्गमा । ✍️ डा. देवी पन्थी बिराटनगर
[३] प्रत्येक पल्ट नयाँ वर्ष नयाँ उत्साह दिने खुशी शुभकामना साटी नयाँ उमङ्ग लिने । ✍️ रचना शर्मा प्रतीक्षा इमाडोल, ललितपुर ।
[४] आउँछन् जान्छन् वर्ष सम्झनाको छापहरू, लेखा जोखा हुन्छ दुःख सुखका रापहरू। ✍️ सुरेशकुमार पान्डे दाङ घोराही-१८
[५] दिन त्यहीँ, रात त्यहीँ, साल नयाँ आऊँछ न भेटिएको मायालुले झन् माया लाउँछ। ✍️ पदमा शर्मा आँचल कालचिनी, प.बंगाल ।
[६] दु:ख सुख गरेर यो साल यसै बित्यो अब आउने सालले हामीलाई जित्यो। ✍️ अम्विका अधिकारी झापा विर्तामोड।
[७] आऊ नयाँ वर्ष कोकिल जस्तै बनि साराको मन हर्दै सुरिलो धुनमा बाजा नित्य बजाई गानाको लय छर्दै। ✍️ शारदा दहाल संखुवासभा ।
[८] हरेक वर्ष आइरहने नयाँ वर्ष फेरि आयो गाउँ शहर सबैतिर हर्षोल्लास उमंग छायो । ✍️ राजेशराज गड्तौला रतुवामाई- १०, मोरङ, हाल- प्रवास
[९] हाम्रो खुसीको चाड यहाँ आयो नेपाली मनमा आनन्द छायो । ✍️ नीमा भोटिया भोटिया जलढक्का /कालेबुङ
[१०] बिगतका दिनहरू महामारी , डर भएन कहिल्यै राम्रो , अब आउने नयाँ सालमा सुख शान्ति बनोस् है जीवन हाम्रो । ✍️ बुद्धिमान चौधरी कनकाई नगरपालिका ४ झापा ।
{११] नयाँ वर्षको हार्दिक हार्दिक शुभकामना विकृति नफैलियोस् पूरा बनुन् मनोकामना । ✍️ जमुना आचार्य सिन्धुपाल्चोक।
[१२] नयाँ वर्षले बालोस् सुख, शान्ति, समृद्धि र वैभवको उज्ज्वल दीप । यो देश उठाउन जन जनले लगाउन् ज्ञान, बुद्धि, विवेक सीप। ✍️ डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा. -६, दोलखा।
[१३] आऊ आऊ नयाँ वर्ष खुसी बाेकी आऊ दुख ,कस्ट ,संकट सब का दुर लाऊ। ✍️ प्रेम कला चापागाईं ( सिटौला ) मेचीनगर १२ धाइजन झापा ।
[१४] खपेर सास्ती अनेकौं बित्यो वर्ष आज ल्याओस् उमंग नयाँ बर्ष ले हामी माझ । ✍️ सुर्यमणि रेग्मी चितवन ।
[१५] पुरानो वर्षमा भए गरेको गल्ती छोडेर नया वर्षमा जुटौं लागौं आफु आफै मोडेर । ✍️ बिके माकजु , भक्तपुर ।
[१६] नयाँ उत्साह नयाँ उमंग भरियोस् नयाँ वर्षले सबैमा नयाँ जागर छरियोस् । ✍️ श्रीशा खडगी ललितपुर ।
[१७] नव वर्ष बाँसुरीको मीठो धुन जस्तै होस सबैको जिन्दगीमा भरियोस उमङ्ग जोस। ✍️ दीपक ठटाल जलन खरसाङ ।
[१८] वसन्त ऋतुसँगै फूलहरूले बास्ना छर्दै, आयो फेरि नयाँ वर्ष मनमा उमङ्ग भर्दै। ✍️ कोकिला चौधरी बाँके ।
[१९] भोकालाई भोजन र नाङ्गोलाई बस्त्र बनोस् नयॉ वर्ष दिनदुखीको मन यसले हर्न सकोस् उमंग र हर्ष । ✍️ इन्दिरा देवकोटा कपिलवस्तु ।
[२०] आजभन्दै भोलीभन्दै फेरि नयाँसाल आयो, बितेका ती क्षण बिर्सी नयाँ उमङ्गले छायो। ✍️ लक्ष्मी श्रेष्ट बिर्तामोड झापा ।
[२१] आयो नयाँ वर्ष फुलोस् फलोस् सबै मनको चाहाना हर्ष उमङ्गले छाइ रहोस् सदा गर्दछु कामना । ✍️ अनुग्रह राना मगर ‘पुष्प’ संखुवासभा हाल मलेसिया।
[२२] बितेका ती बाधा अर्चना हरूलाई भुल्दै, नयाँ वर्ष मनाउने गरौं एक आपसमा मिलिजुली हामी,उल्लास हौसला पूर्ण चाहना भरौं । ✍️ कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ।
[२३] नव वर्ष मगमगाइ सुगन्धले अमृत छर्दै झुपडीमा आऊ दीन दुःखीका ती घाउहररूमा शीतल अनि जडी मल्हम लाऊ। ✍️ मनोहरी पौडेल गैडाकोट १ नवलपरासी वर्दघाट सुस्तापुर्व।
[२४] नयाँ उर्जा लिएर आओस् याे नयाँ वर्षले, सारा जगत गद्गद हाेस् उमङ्ग हर्षले । ✍️ मित्र उराठी गाैतम,अमरपुर- गुल्मी हालः तिलाेत्तमा न पा -२, रुपन्देही
[२५] नयाँ वर्षमा सबैले खुसीयाली छाउनु देश भक्ति गीत सबै मिलेर सधैँ गाउनु। ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
[२६] दुख पीडा भुलेर, नयाँ वर्ष, घर घरमा आअाेस् खुसियाली बोकेर सधैँभरि,मन मनमा, छाओस्। ✍️ राम रावल सागर अत्तरिया-कैलाली
[२७] नयाँ वर्ष आएछ, भँवरा डुल्दैछन् फुल्दैछन् कोपिलाहरू, अल्छी पनि मेहनती बनोस् जस्तो छन्, मौरी र कमिलाहरू। ✍️ अनिल खग्रास
[२८] आहा! साथी हो नयाँ साल फेरि घुमेर आयो, गाउँ सहर दुनियाँ खुसीको महोल छायो। ✍️ कमला हरिमाया पाण्डे पराजुली झापा ।
[२९] नयाँ सालमा धर्ति अाकाश मानिस उहीँ छन् पात्राे मात्र फेरिने हाे थपिन्छ दुख पीडा झन् । ✍️ प्रेम शर्मा ” एकान्त प्रेमी कालेबुङ ,दार्जिलिङ भारत
[३०] दिन महिना बर्षको सबै अमन चैन भाग्यो टुक्का लेखी नाम राख्ने याे मनमा उत्साह जाग्यो । ✍️ बेदु न्यौपाने काठमाडौ ।
[३१] टिकटिक गर्दै घडीको आवाजले दिनौंदिन काट्यो भित्तेपात्रो पल्टाउँदा पल्टाउँदै नयाँ साल पो साट्यो। ✍️ रतन पाण्डे’पारतन’ दार्जीलिङ।
[३२] नयाँ जोस जाँगर बोकेर आओस् नवीन वर्ष , नहोस् आलस्य कहिल्यै जन जनमा बढोस् हर्ष। ✍️ भगवती दवाडी दमक. झापा ।
[३३] नयाँ सालको वर्ष चक्र घुमीफिरी आइ, खुसी लाग्यो शुभकामना व्यक्त गर्न पाइ। ✍️ अच्युत घिमिरे भुटान बाट 🇧🇹
[३४] रङ्गीबिरङ्गी फूलको बिचमा वसन्तको ॠतु लिई आयो नयाँ वर्ष खुशी सँगै रङ्गीन बनेर व्यस्त मस्तको कामना ,सधैँ छाओस हर्ष । ✍️ टिकाराम पुन टिपु सल्यान छत्रेस्वरी -२
[३६] मेराे आँपको डालीमा बस्छे कोइली चरी घरी माथि घरी तल गर्दै खान्छे मञ्जरी। ✍️ गणेश तिमल्सिना गति धनुषा
[३७] नव वर्षसँगै हर्ष आयो खुसीले केही राहत पायो। ✍️ श्रेस्ठ परिक्रमा धरान-१५, सुनसरी ।
[३८] नयाँ वर्षले सबको मनमा खुसी ल्यायो हामीले केही गराैँ भन्ने हिम्मत पलायो। ✍️ रत्ना पुन मगर रुकुम पश्चिम्
[३९] आएछ रे, नयाँ वर्ष किन मान्नु हर्ष आयु पनि छोटिदैछ भन्ने हो निष्कर्ष । ✍️ दस्ता कौशिक पाँचथर।
[४०] खुसीको सन्देश बोकेर आओस, यो वर्ष सबै तिर शान्ति छाओस। ✍️ राजेन्द्र बस्नेत रप्तार जुनिचाँदे-५, जाजरकोट।
[४१] सहज रहोस् जीवनयात्रा उमंगको बहार आओस् सुख शान्ति समृद्धिले वजनदार त्याे टावर पाओस्। ✍️ त्रिलाेचन भण्डारी मेचीनगर, झापा।
[४२] छर्दै ओठमा खुसी मनमा हर्ष फेरि आएको छ आज नयाँ वर्ष । ✍️ बादल गुरुङ’वियोगी’
[४३] अठहतर सालसँगै भागाेस् कुविचार कुबुद्धि नयाँ वर्षले सबैमा छाओस् पूरा जाँगर र सुद्धी । ✍️ निरज काेइराला बेलका १ उदयपुर
[४४] उर्जा हिम्मत प्रेरणा जे छ सबै बोकेर आओस् सबैको भलो सङ्कट मुक्त नववर्षले छाओस् । ✍️ प्रकाश बुढाथोकी असम भारत।
[४५] जाने वर्षकाे तितामिठा ती धेरै यादहरूलाई संगाल्दै, स्वागत गराैँ नयाँ वर्षलाई नयाँ सपनाहरू अंगाल्दै । ✍️ शान्ति याक्साे काठमाडौं ।
[४६] पुरानोलाई बिदा गरिए सँगै, नयाँ वर्षलाई स्वागत गरिन्छ कुनै परिवर्तन ल्याउन सकेन भने, असमञ्जसमा परिन्छ। ✍️ प्रमोद भट्टराई ‘प्रतीक’ कौशलटार, भक्तपुर ।
[४७] छातीमा रोपिएका अनगिन्ती पीडा नयाँ वर्षले हटाओस् , फूलको मालामा सिउरिएर सबै नेपालीलाई जगाओस् ! ✍️ शरद प्रधानाङ्ग, विराटनगर’-७
[४८] नयावर्षमा हरेक जन जनमा सुख शान्ति छाओस् देश हाक्ने ड्राईभरहरु माझमा सद्बुद्धि पलाओस् । ✍️ रुपा गौतम बारा ।
[४९] सबैको मुहारमा खुसी छाओस् हर्षको शुभकामना सम्पूर्णमा नयाँ वर्षको। ✍️ आर्मित्मा थापा मगर स्याङ्जा ।
[५०] हृदय देखि नयाँ वर्षको सम्पूर्णमा शुभकामना, सुख समृद्धि हरेक घर छाइरहोस् यहि चाहना। ✍️ शर्मिला श्रेष्ठ भैंसेपाटी,ललितपुर।
[५१] यति न छ नवीन वर्षको शुभकामना जन-जनमा मान्छे त पुरानै हो तर शुद्घ विचार आओस मनमा। ✍️ बि.कुलुङ ( दार्जिलिङ )
[५१] दुई हजार उनासी साल नयाँ वर्ष आयो हर्षोल्लास उमङ्गको सुन्दर दिन उदायो ✍️ गुणनिधि घिमिरे पाँचथर मोरङ हाल अमेरिका ।
[५३] सबैको मन मनमा बोकेर खुसी अनि हर्ष, छुट्टै जोस र उमङ्ग लिएर आयो नयाँ वर्ष। ✍️ गणेश तामाङ वाइबा ताल्ती, धादिङ नेपाल।
[५४] वासन्ती पल्लवले मीठो स्वागत गर्यो, हरियाली नयाँ साल उमङ्गको पर्यो। ✍️ म्यामराज राई हतुवागढी-६,होम्ताङ्,भोजपुर,हाल:-जापान
[५५] दुई हजार उनासी सालकाे नयाँ यस वर्षमा सबैले जीवन बिताउन सकुन् खुशी र हर्षमा । ✍️ तिला लेकाली बेलबारी, माेरङ्ग
[५६] नयाँ वर्ष उन्नतिको प्रतिक बनेर आइदेऊ चराहरूको चिरबिरमा शान्ति धुन गाईदेऊ। ✍️ रश्मि रिमाल झापा ।
[५७] घुमीफिरी फेरि पनि नयाँ वर्ष आयो वसन्तको उल्लास यो हराभरा छायो । ✍️ कमला देवकोटा पाल्पा ।
[५८] नयाँ वर्ष उनासी घरआँगनमा आयो बसन्तको बहार सँगै खुसियाली छायो । ✍️ तारा घिमिरे संखुवासभा।
[५९] आज देख्छु जताततै मानिसमा हर्ष, भाेली कतै हुने हाे कि फुस्सा नयाँ वर्ष । ✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’ सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
[६०] फर्कि आउछ नयाँ वर्ष लिएर हर्ष त्यसै जान्छ जीवन गर्दा गर्दै सङ्घर्ष। ✍️ जित बुढाथोकी छन्त्याल म्याग्दी, हाल- बेलायत।
[६१] नयाँ वर्षमा राम्राे हाेस् कसैकाे भाग्य नभागाेस् । ✍️ अरुण नदी खत्री काठमाडाैँ ।
[६२] पुराना वर्षलाई बिर्सदै नयाँ वर्षमा सरौ, गर्न नसकेका अपुरा काम अब पूरा गरौ। ✍️ होम प्रसाद नेउपाने धरान ।
[६३] नयाँ साल नयाँ भएर आओस् कोरोना सोरोना यी सबै जाओस् । ✍️ रुद्र राज श्लोक दार्जिलिङ
[६४] सुख,शान्ति,समृद्धिले साथ नछोडोस् गरिबी र अशान्तिले नाता नजोडोस। ✍️ मन्दिरा सेढाई मलेखु, धादिङ ।
[६५] कतिपय हारजित बेहोर्दै सुख दुःख पाए वर्षको अन्तिम दिन भने खुसीयाली मनाए। ✍️ जि कुमार गौतम भद्रपुर -१ पृथिविनगर झापा
[६६] स्वागत छ तिमीलाई नयाँ वर्ष, लिएर आउ उमंग अनि हर्ष । ✍️ अम्बिका गिरी विराटनगर
[६७] मनमा छाएको धेरै हर्ष, आयो फेरि पनि नयाँ वर्ष। ✍️ सहयात्री शाेभा अर्याल रुपन्देही १४ बुटवल
[६८] दु:ख कष्ट जति भएपनि यी ओठ सदा हाँसोस् यो सृष्टिको अन्तिम पलसम्म मेरो देश बाँचोस् । ✍️ रिजाल विनोद बेलबारी ०२ मोरङ
[६९] नयाँवर्ष नूतन हुन्छ भन्ने सोच घाती भयो चुनाव हुँदा सधैँभरी भ्रष्ट नेता माथि गयो। ✍️ रामशरण न्यौपाने भक्तपुर
[७०] नयाँ वर्षको हार्दिक शुभकामना हजुरलाई समृद्ध हाेस् जीवन सदा सर्वदा सुखीयाली छाई । ✍️ ओमकुमारी बन्जारा काठमाडाैँ ।
[७१] मेरा नराम्रा बानीहरू सबै छाेड्छु नयाँ सालमा पाइला अगाडि माेड्छु। ✍️ साधना पाैडेल रगनी-१, ओखलढुङ्गा ।
[७२] नौलो उमङ्ग लिएर नयाँ वर्ष अायो चारैतिर हर्षअनि खुसियाली छायो। ✍️ अम्बिका कोइराला धुनिवेशी ६ धादिङ