
१
माटाे
जीवनकाे आधार
अन्न फलफूल भण्डार !
२
असार
किसानलाई हतार
जीवनभर माटाेकाे स्याहार !
३
असार
धर्ती गुल्जार
किसनकाे ठूलाे चाड !
४
असार
हिलाेकाे महत्त्व
हुने अहो अपरम्पार !
- प्रद्युम्न चालिसे, भक्तपुर

१
माटाे
जीवनकाे आधार
अन्न फलफूल भण्डार !
२
असार
किसानलाई हतार
जीवनभर माटाेकाे स्याहार !
३
असार
धर्ती गुल्जार
किसनकाे ठूलाे चाड !
४
असार
हिलाेकाे महत्त्व
हुने अहो अपरम्पार !

१.
विद्यार्थी
गिजामा सुर्ति
नखाई हुँदैन फुर्ती !
२.
फेसन
अर्धनग्न शरीर
बेईमान आँखाकाे नजर !
३.
नारी
अतृप्त प्राणी
गहना लुगाकाे भारी !
४.
माेटर
यात्राकाे साधन
नजिकमा वाहनकाे प्रयाेग !
५.
खाना
हाेटलकाे मीठाे
पकाउने टंटै साफ !
६.
पूजा
ध्यान समस्यामा
भगवान देखेर परेशान !
७.
धनदौलत
दिनरातकाे चिन्तन
कुबेर सधैँकाे असन्तुष्ट !
८.
विवाह
परिवारकाे निर्माण
सन्तान प्राप्तीकाे आधार !
९.
शान्ति
विकास सम्पन्नता
राेजगार आयमा वृद्धि !
१०.
घरभाडा
पैसाकाे आभाव
हरेक महिनाकाे दु:ख !

१.
ऋतु ग्रिष्ममा ताती पृथ्वी पलाउँछन् मुनाहरू,
हठीका पनि पुगेसी म्याद खुस्कन्छन् तुनाहरू ।
२.
गर्छु भन्याै गरेका गरै छाै शून्य अठचालीस देखि यता,
याे मैले हो ऊ पनि आफैँले भनी गरेछाै उल्टाे हाे कि कता।
३.
खेल नानाथरी गरी बगायाै पानी बिनाको खाेला,
पुग्नु थियो चुचुरो पुग्याै पनि पुगेसी देख्याै होला ।
४.
गरिब दु:खी र पिछडा मात्रै देख्याथ्याै त्यतिखेर,
आफू ढलीमली गर्न पाएसी बिर्सेका साथी हेर ।
५.
मर्ने बेला साेच्नु त उल्टो नामको के काम,
कमाउनु कमायाै मित्र हो आफ्नै बद्नाम ।
✍️ रामप्रसाद पुरी
बादेल, खाेटाङ ।

१
आधार
तिमी एक
शिकारी थाप पासा !
२
उन्नति
गरेर देखाउने
खोक्रो आश्वासन विडम्बना !
३
अधुरो
गाउँ सहर
विकास गर्न बाँकी !
४
झण्डा
फहराएकाे ध्वजा
चन्द्र सूर्य अङ्कित !
५
माया
राष्ट्रियता श्रद्धा
देशमा वीर गोर्खाली !

१.
आँधी आउँछ तुफान आउँछ प्रकृतीकाे खेल,
कहिले कसो त हाम्रा ज्ञान विज्ञान हुन्छन् फेल।
२.
वर्षा लाग्दैछ सडकको हाल कत्ति ठिक छैन,
सवारी चालकले पनि लापर्वाही गर्ने हैन।
३.
हाम्रो देशलाई महँगी बाहेक के के दियौ भन्नु,
गरिबका छोरालाई कति दियौ रोजगार गन्नु।
४.
युवाहरुले लिएको डिग्रीकै बद्लामा राहदानी,
दियो सरकारले विदेश पठाउन जानी जानी।
५.
भन्छन् हामीहरू मात्र क्रान्तिकारी नेता भयौँ आज,
यिनको व्यवहार हेर्दा आफैँलाई लाग्दैछ लाज।
✍️ सुरेशकुमार पान्डे
दाङ घोराही उप महानगर पालिका-१८

काठमाडौ, २८ जेठ । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ३७औँ शृङ्खला शनिबार सम्पन्न भएको छ ।
अभ्यासमा ३७ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ३७औँ शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
रोजगार दिन्छु युवालाई, पठाउँछु खाडीमा,
रेमिटेन्समा मोज गरेर हुँइकिन्छु गाडीमा ।
✍️वसन्त अनुभव

[१]
ईमान रहेन तिमीमा जमान रहेन,
थोरै लाज त हुनुपर्ने त्यो पनि भएन ।
✍️
वसन्त अनुभव
घोराही, दाङ
[२]
युवा बेच्छन् खाडीतिर पैसा साेर्छन् दलाल,
मिलेर बाँड्दै खान्छन् कानुन भयाे हलाल ।
✍️
ताराप्रसाद चापागाईं
धुनिबेसी, हाल प्रवास
[३]
आऊँ युवा स्वदेश अब हाम्रै बोक झोला,
पाल्न सक्छौँ तिमीलाई बेचेर नदी खोला।
✍️
होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
[४]
बिरोध हुन दिन्नँ म, मेरा कुनै कार्यको,
जसो जसो बाजे उसै स्वाहा, शिरोधार्यको।
✍️
प्रदीप के रिमाल
इटहरी, सुनसरी
[५]
सधैँभरि चोखो बन्न अनेक थरी भन्छु,
बाहिर सम्वृद्धि भनेर भित्र पैसो गन्छु* ।
✍️
प्रेम थापा “मन”
[६]
युवाको लहर प्रारम्भ खाडीको गर्मीमा नुहाउन,
दलाल नेताले पैसो सोहोर्दै थाले जन्ता रुवाउन।
✍️
अच्युत घिमिरे-
भुटान बाट 🇧🇹
[७]
सबै जनताको पसिना लुटी खान पल्केका,
घ्याम्पे भुँडी हल्लाउँदै गाउँ सहर ढल्केका ।
✍️
भुपेन्द्र राना मगर
धादिङ
[८]
खाडी राष्ट्र नै जाऊन् युवा ! यहाँ छैन काम,
रेमिटेन्स पठाइदेऊन् सबलाई माम ।
✍️
बिबस पारदर्शी
धद्रपुर -२ झापा
[९]
जुन आएपनि उखान टुक्काले राज गरे,
युवालाई खाडी पठाएर आफ्नो झोला भरे।
✍️
सुरेशकुमार पान्डे।
दाङ घोराही१८
[१०]
त्यो सपना फटाहाहरूको लागि दिवास्वप्न बन्छ,
अझै नचेते यमराजले यता पठाउनू,भन्छ।
✍️
म्यामराज राई
हतुवागढी-६, होम्ताङ्, भोजपुर, हाल:-जापान
[११]
मौकामा त पैसा दिएर पनि किनियाे भाेट,
कुर्सी पाइ गइयाे दिने हाे यिनलाई चाेट ।
✍️
भवानी
[१२]
अरूलाई लुछेर मोज किन गर्छौ ?
एक न एकदिन खाडलमा पर्छौ ।
✍️
बूढानीलकण्ठ काठमाडौँ
[१३]
हाम्रा देशका शासकहरू त पजेरोमा गुडे,
ज्यामी माहुरी जस्ता युवाहरू खाडीतिर उडे ।
✍️
डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा.-६, दोलखा ।
[१४]
जनताले खबरदारी गर्दैछन् तर नेताले भने खल्ती भर्दैछन्।
✍️
राज कुमार राजभण्डारी खाेटाङ्गे
भक्तपुर ।
[१५]
भाषण सुन्दा राम्रो लाग्ने निष्ठुरीको बोली,
सत्ता मात निकै चढ्यो बिर्सियो आजभोलि ।
✍️
सुर्य मणि रेग्मी
चितवन
[१६]
खाडीतिर युवा पठाउने दलाल र देशद्रोही हुन,
युवाहरू बगाउँछन् पसिना विदेशमा, ती चुस्छन् खुन।
✍️
दीपक ठटाल जलन,खरसाङ।
[१७]
मेरै हातमा डाडु पन्युँ, बजेट मेरै हातमा,
किन टाउको दुखाउँछौ आफन्त सब साथमा ?
✍️
राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ हाल- प्रवास
[१८]
विदेशबाट श्रम स्वीकृति ल्याईयाे भन्दै छाती फुलाउने नेतृत्व,
रेमिट्यान्सबाटै मगनमस्ती गरिकन विकास गर्दछ व्यक्तित्व ।
✍️
प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।
[१९]
युवाशक्ति बाहिर ठेली बुढा गर्छन् शासन,
माखाे केही मार्नु छैन गजधम्म छ आसन ।
✍️
त्रिलाेचन भण्डारी
मेचीनगर, झापा
[२०]
इलम सिकेर गरे देशमै काम
हुनेछ विश्वमा राष्ट्रको ठुलो नाम।
✍️
बिके मुखिया
दार्जीलिङ भारत।
[२१]
सुम्पेर देशको बागडोर, बृद्घहरूको हात,
पसेर खाडीमा युवाहरू खट्दैछन् दिनरात।
✍️
बि.कुलुङ
दार्जिलिङ
[२२]
काम दाम छैन युवाको भन्दै पुर्याए बिदेशको खाडीमा,
खोलानाला बेच्दै देश धराप पारी यी डुल्छन् चिल्ला गाडीमा ।
✍️
बेदु न्यौपाने
काठमाडौ
[२३]
युवालाई विदेश पलायन बनाई देशका नाइके बाँचे,
अझै दम्भ यिनैको छ ठुलै परिवर्तन गरे भन्ठान्दै नाँचे।
✍️
शंकर कार्की,
थाहा ३ मकवानपुर।
[२४]
लौ हजुर गर मोजमस्ति, चढ नयाँ गाडी
श्रीमतीलाई किनीदेऊ, रेमिटेन्सले साडी ।
✍️
बिके माकजु
भक्तपुर ।
[२५]
त्यसै खाकाे होइन है मैले जिती पुगेर सत्तामा,
जागिर खाएका छैनौं राजश्वबाट खान्छाैं भत्तामा ।
✍️
रामप्रसाद पुरी,
बादेल, खाेटाङ ।
[२६]
युवाहरू निदाउँदासम्म यस्तै मोज गर्दै गर्नु,
ब्युँझेको दिन अकाल मृत्यु मर्न लम्पसार पर्नु।
✍️
अरुण कु.भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत।
[२७]
पालो अब आफ्नै हो मोज गर, नबनेर एकोहोरो,
काम गरी इज्जत बचाउनु नजानु जेल दोहोरो ।
✍️
अनुग्रह राना मगर ‘पुष्प’
संखुवासभा हाल मलेसिया
[२८]
दक्ष युवा शक्ति जति लाग्दैछन् परदेशको बाटो,
बुढा खाडा अनपढले के छोप्लान्, गरीबीको टाटो ?
✍️
गोबिन्द लम्साल
धादिङ
[२९]
अम्बक सम्झिएर जनता टोक्ने,
गधा भएर विदेशीलाई बोक्ने।
✍️
रिजाल विनोद
[३०]
साथ देऊ झोलेहरू रङ्गीन दुनियाँ घुमौला,
हात केही नलागे सपनाको शिखर चुमौला।
✍️
परिक्रमा श्रेष्ठ
[३१]
कसले दिएकोछ रोजगारी गरीबलाई, कसले दियो कामदाम,
विदेशबाट आएको रेमिटान्सले सरकार देखाउँछ तामझाम।
✍️
मल्ल लक्ष्मी श्रेष्ट
मेची किनार बिर्तामोड झापा
[३२]
आऊ युवा आफ्नै जन्मभुमि बाेकेर झाेला,
पाल्छन् अब हामीलाई बेची बगर खाेला।
✍️
सहयात्री शाेभा अर्याल रुपन्देही १४ बुटवल
[३३]
देशको लागि विकासमा, सापट गर्नेछु,
युवा विदेश छिराई ,आफ्नो धोग्रो भर्नेछु ।
✍️
जमुना आचार्य
सिन्धुपाल्चोक
[३४]
युवाहरू खाडीमा दिनरातै पसिना चुहाउँदै ,
दलालहरू युवा बेचेर चिल्लो गाडी गुडाउँदै ।
✍️
बुद्धिमान दनुवार
कनकाई नगरपालिका ४ झापा
[३५]
काम गरेरै खाने मन छ मलाई स्वदेशमा,
भेटभरी खुवाउन पुग्दैन यो परिवेशमा ।
✍️
भगवती दवाडी
झापा
[३६]
देशको माटो रोइरहोस् छ पैसा कमाउनु,
युवा श्रम सस्तोमा बेची छ यतै रमाउनु ।
✍️
मनोहरी पौडेल
गैडाकोट १ नवलपुर
[३७]
रोजगार छैन स्वदेशमा बिदेशतिर जाने,
यता मोज गर्ने घुसखोरिले रेमिट्यान्स खाने ।
✍️
अभागी सिन्धुली

काठमाडौ, २८ जेठ । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ५५औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६० जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
शृङ्खलाका लागि राखिएको तस्बिर

[१]
आमा
ममताकी खानी
सन्तानको आँखाको नानी !
✍️
सुशीला पौडेल
[२]
आमा
अनुभूति जिवनकाे
सङ्घर्षमय कर्म दायिनी !
✍️
राेशन पराजुली
धरान।
[३]
आमा
सृष्टिकर्ता एक
तर स्वरुप अनेक !
✍️
वसन्त अनुभव
घोराही, दाङ
[४]
मातृत्व
अपारको खानि
छोरा छोरिको राजधानी !
✍️
बुद्धिप्रसाद लामिछाने
कैलाली
[५]
आमा
ममताकी खानि
संसार लुटाउने बानी !
✍️
रमा पन्त
[६]
आमा
जीवनको पाटो
सही देखाउछन् बाटो !
✍️
खेमराज पुरी कैलाली
[७]
आमा
जगत जननी
माया ममताकी खानी !
✍️
इन्दिरा देवकोटा
कपिलवस्तु न .पा .३
[८]
ममता
अपार खानी
आमा शब्दै धनी ।
✍️
भवानी घिमिरे
सर्लाही ।
[९]
आमा
स्वच्छ मातृत्व
सन्तानसँगको गहिरो सम्बन्ध !
✍️
[१०]
आमा
भाग्य निर्माता
छाेरा छाेरीकाे लागि
✍️
राज कुमार राजभण्डारी खाेटाङ्गे
भक्तपुर ।
[११]
आमा
जिउँदो भगवान
माया ममताको सागर !
✍️
पद्मा, बाँके
[१२]
ममता
सुन्दर सपना
दिनरात मनमा जपना !
✍️
होम प्रसाद, धरान
[१३]
गाढा
प्रेमका पोका
बुढौलीमा मिल्छ धोका !
✍️
कमला देवकोटा
[१४[
आमा
सन्तानकाे सुख
गर्दै बच्चाकाे पालनपाेषण !
✍️
नवराज भट्ट
महेन्द्रनगर
[१५]
मातृत्व
जीवन मार्ग
तिम्रो महिमा अपार !
✍️
शिव खनाल जीवम
रुपन्देही
[१६]
माता
जीवन दाता
सृष्टिकर्ता अनि भाग्यविधाता !
✍️
अवोध निर्मल
[१७]
आमा
कहिल्यै नरित्तिने
ममताको कन्चन सागर !
✍️
सरस्वती श्रेष्ठ
[१८]
माता
ममताकी खानी
सन्तानको खुसीको चाबी !
✍️
सुमित्रा पोखरेल
काठमाडौं
[१९]
अपार
आमाको माया
खोजेर पाइन्न संसारभर !
✍️
प्रेम थापा
[२०]
आमा
ईश्वरको रुप
सधैं सन्तानको हितमा ।
✍️
समुन्द्रा शर्मा
[२१]
आमा
हुन् महान
जीवन जगतकी सृष्टिकर्ता !
✍️
प्रद्युम्न चालिसे
[२२]
आमा
जीवन दाता
कुशल मार्गदर्शक ज्ञाता !
✍️
रामप्रसाद पुरी
बादेल खाेटाङ ।
[२३]
आमा
धरा समान
सबैकी हुन्छिन् महान !
✍️
बालकृष्ण खनाल
टीकापुर
[२४]
आमा
समानताको छायाँ
अमुल्य उनको माया !
✍️
इश्वरी अधिकारी
लमजुङ
[२५]
आमा
कुशल सृष्टिकर्ता
खोजेर पाइदैन संसारमा !
✍️
सरस्वती वली
बर्दिया नेपाल
[२६]
आमा
ममताकी खानी
सृष्टिकर्ता जीवनदाता देवी !
✍️
सपना भट्टराई
रुपन्देही
[२७]
आमा
अनुपम स्नेह
सन्ततिको बाँच्ने आधार !
✍️
तेजप्रसाद खनाल
लमही दाङ।
[२८]
आमा
सृष्टिकी मुहान
ईश्वरले रचेको विधान !
✍️
बेदना रागि
टीकापुर कैलाली
[२९]
आमा
महिमा अपरम्पार
गर्छिन् सन्तानको स्याहार !
✍️
रिता खराल
रुपन्देही
[३०]
मुहान
ममताको रस
आमाको खुसी सन्तान !
✍️
हिमाल अम्मै
घोडाघोडी कैलाली
[३१]
श्रृङ्गार
आँखामा कालो
संसारलाई देख्यो उज्यालो !
✍️
मानन्धर रमेश, येँ
[३२]
आमा
आफ्नो सन्तानलाई
निश्वार्थ गर्छिन् माया !
✍️
मंगला उपाध्याय
[३३]
आमा
जन्मको नाता
लालाबालाका भाग्य विधाता!
✍️
धर्मी शाक्य
बुटवल ,रुपन्देही
[३४]
सन्तान
आमाको ममता
ईश्वरका हुन् वरदान !
✍️
दुर्गा अधिकारी भमरकोटे
[३५]
सृष्टिकर्ता
आमाको उपमा
सन्तानको ममताकाे भण्डार !
✍️
नारायण प्रसाद उपाध्याय
कैलाली ।
[३६]
आमा
ममताकी खानी
अतुलनीय प्रेमको कहानी !
✍️
कल्पना पहाडी
सिन्धुली
[३७]
आमा
निस्वार्थ माया
हृदयमा एकपटक छाम !
✍️
सविता के.सी
काठमाडौँ ।
[३८]
सुरक्षित
आमाको काख
शिशुका निमित्त लाख !
✍️
उर्मिला पन्त
[३९]
आमा
सृष्टीकी जननी
अभावमा भूमण्डल शून्य !
✍️
त्रिलोक रामदाम
[४०]
जननी
ममताकी सागर
मानव जीवन प्रदायिनी !
✍️
कण्ठराज गिरी
कैलाली टीकापुर हालअष्टलिया
[४१]
जननी
सन्ततिको मायामा
अविरल बगाउँदै जिन्दगी !
✍️
रमेश प्रभात
चितवन
[४२]
ममता
चोखो माया
चौतारीको चोखो छायाँ !
✍️
जमुना कायस्थ
पोखरा
[४३]
माता
सिर्जनाकी खानी
माया, प्रेमकी खानी
✍️
इन्दिरा ज्ञवाली
तानसन पाल्पा
[४४]
आमा
जीवन दायिनी
मायाकी मुर्ति उनी !
✍️
पुष्पशायरा
विराटनगर
[४५]
आमा
ममताको खानी
सुन्दर सृष्टिको जननी !
✍️
पशपती राई
खोटाङ
[४६]
आमा
तिम्रा कोमल
चरणमा शीर्ष झुकाऊ !
✍️
लक्ष्मी प्रसाद फुयाल
मोरङ पथरी शनिश्चरे
[४७]
आमा
जिउँदो देबी
जगतभरि फगत एउटी !
✍️
बिके माकजु
भक्तपुर ।
[४८]
आमा
अमूल्य धन
मलाई दिएको जीवन !
✍️
प्रदिप नेपाली
पर्बत।
[४९]
आमा
ममताको छाँया
जीवन भरिको माया !
✍️
अनुग्रह राना मगर ‘पुष्प’
संखुवासभा हाल मलेसिया
[५०]
प्रकाश
धर्तीकी बत्ती
छैन् स्वार्थ कत्ति !
✍️
चन्द्रावती अधिकारी
[५१]
आमा
शितल छहारी
ममतामा पर्दैन् खडेरी !
✍️
सरस्वती श्रेष्ठ
[५२]
आमा
जगतकी सृष्टिकर्ता
सन्तानकी भाग्य बिधाता !
✍️
दुर्गा भट्टराई
मोरङ
[५३]
आमा
मातृत्वको मूल
के सकिन्थ्यो बगेर !
✍️
गोपे दाजु
[५४]
आमा
काखमा रमाउँदा
आहा सुन्दर दिनहरू !
✍️
नारायण कोइराला
तानसेन पाल्पा
[५५]
सर्वश्रेष्ठ
आमाको काख
धरतीमा स्वर्गीय सुख !
✍️
टीकाराम जाेशी
काठमाडौं
[५६]
आमा
शान्तिकाे माया
सुख अनि सम्वृद्धि !
✍️
सहयात्री शाेभा अर्याल
रुपन्देही
[५७]
आमा
सबैकी प्यारी
कञ्चन ममताकी खानी !
✍️
कविता आचार्य
कैलाली
[५८]
सृष्टिकर्ता
आमाको नाम
जगतमा जीवन दिने !
✍️
दुर्गा आचार्य
मोरङ
[५९]
जननी
एक सृष्टिकर्ता
माया ममताको खानी !
✍️
सोमनाथ लुइटेल “रवि पाल्पाली”
[६०]
जीवन
रमाइलो पाटाे
सुन्दर आशावादी परिकल्पना !
✍️
भवानी घिमिरे
सर्लाही

✍️ आर्त अकुलीन
१
बैशाख
वसन्त वायु
सबैको बढाउने आयु !
२
बालबालिका
कलिला मुनाहरू
सुन्दर सपनाको कल्पना !
३
आकाश
बादलको घेरा
पथ विचलित चराहरू !
४
वसन्त
कागलाई बेल
जीवन समयको खेल !
५
गुन
ल्हासामा सुन
आखिर कुखुरालाई नुन !
६
बतास
आउने जाने
हुरीले बिनास गर्ने !
७
ओडार
गोमन सर्प
चौतर्फी विष वमन !
८
गमला
ढकमक फूलहरू
आखिर चौतर्फी सुवास !
९
मध्यरात
विकृत चलखेल
मनमा ठूलो आँधीबेहेरी !
१०
हिमाल
गुराँसे बस्ती
सुन्दर शान्त नेपाल !

लघुकथाकार सत्या अधिकारीसॅंग प्रत्यक्ष रुपमा मेरो भेट भएको छैन् । तर उहाँको साहित्यिक लेखनसॅंग भने करिब एक वर्ष अगाडिबाट चिनापर्ची हुने मौका मिल्यो। मुहार पुस्तिकामा खोलिएका विभिन्न लघुकथा विशेष पेजहरूमा लघुकथामार्फत राम्ररीचिनेँ। उहाँको लघुकथा लेखनमा विषय छनौट तथा लेखन शैली राम्रो लाग्यो। त्यसकारण उहाँका लघुकथाहरू पढ्न आकर्षित भएँ, अनि पढिरहेँ ।
परिणामत: डिजिटल प्रति मात्रै भए पनि यो सङ्ग्रह पढ्ने रहर लाग्यो। अनुरोध गरेँ । उहाँले बिना विलम्ब मेसेन्जरमा पठाइदिनुभयो। साथमा लेख्नुभएको थियो -“पढ्न मन गर्नुभएकोमा हार्दिक आभार ! फुर्सदमा पढेर जस्तो लाग्छ, त्यस्तै प्रतिक्रिया पनि पाऊॅं है,सर ! ”अवश्य,म्याडम।”मैले भनेँ।

सत्या अधिकारीको जन्म २०३० साल मंसिर २२ गते पिता इन्द्र विलास घिमिरे र माता सुर्यकुमारी घिमिरेकी सुपुत्रीको रूपमा श्रीमन्ज्याङ्- ५, लमजुङ्गमा भएको हो। हाल भने परिवारसहित सानेपा- २, ललितपुरमा बस्नुहुन्छ। उहाँको नेपाली साहित्यमा लेखनको श्रीगणेश ‘हिमाल,पहाड,तराई’ शीर्षकको कविता मुना मासिक बाल पत्रिका(२०७१,भदौ)मा र ‘उज्यालो छर्दै आए’ बालकथा राजधानी(२०७१,पौष ७)मा प्रकाशन गरेर भएको हो। सङ्ग्रहको रुपमा आएको यो उहाँको पहिलो हो। उहाँ एक सेवा निवृत्त अध्यापक हुनुहुन्छ भने हाल दरबार हाइस्कुलमा पुस्तकालय प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ। सॅंगसॅंगै गृहस्थी जीवन सम्हाल्दै साहित्य लेखनतिर सक्रिय रुपमा लागिरहनुभएको छ। आज म उहाँको उमङ्ग लघुकथासङ्ग्रह बारेमा चर्चा गर्ने कोशिस गर्दैछु।
उमङ्ग लघुकथासङ्ग्रह नेपाली साहित्यमा उदीयमान एक नारी हस्ताक्षर सत्या अधिकारीको लघुकथासङ्ग्रह हो, जुन लघुकथा विधाको भण्डारमा थपिएको छ। उहाँले उमङ्ग लघुकथासङ्ग्रह बजारमा ल्याएर कृति प्रकाशन गर्ने लघुकथाकारको सूचीमा आफ्नो नाम र परिचयदर्ता गर्नु भएको छ। यो खुसीको कुरा हो। नारी स्रष्टाद्वारा लिखित कृति हो यो। मैले सत्या अधिकारीको लघुकथाहरू पढेर नेपाली समाज पढेको अनुभूत गरेँ। डिजिटल नेपाली बृहत शब्दकोशको आधारमा ’उमङ्ग’ शब्द नाम हो।यसको अर्थमा लेखिएको छ – कुनै इच्छा लागेको काम गर्नलाई मनमा उब्जेको उत्साह, उल्लास, मनको उद्वेग, फुर्ती, तत्परता। यीनै सुन्दर शब्दबाट सङ्ग्रहलाई नाम दिइएको छ। सङ्ग्रहको आवरण पृष्ठमा एउटी नारी छे। जसले आफ्नो गृहस्थी जीवन यस्तो भइदिए हुन्थ्यो भन्ने एउटा मीठो सपना देखेकी छे। कल्पना गरेकी छे। आकर्षकरुपमा चित्रण गरिएको छ। शुभतारा स्कुलको प्रिन्सिपलको हैसियतले रानी गुरुङ कक्षपतिले सत्या अधिकारीको लागि प्रशंसाका शब्दहरू राख्नुभएको छ।

शुभकामना दिनुहुने लघुकथाकारहरूमा लता के सी र राजु क्षत्री अपुरो हुनुहुन्छ। यो कृति स्वर्गीय मातापिता सुर्यकुमारी घिमिरे तथा इन्द्रविलास घिमिरेप्रति समर्पण गर्नुभएको छ। वरिष्ठ लघुकथाकार एवम् लघुकथा विज्ञ ध्रुव मधिकर्मी तथा समालोचक, लघुकथाकार र लघुकथा विज्ञ डा. शेखर कुमार श्रेष्ठले भूमिका लेख्नुभएको छ। यस लघुकथासङ्ग्रहमा पचपन्न वटा लघुकथाहरू समावेश छन्। भत्ता शीर्षकको लघुकथामा मध्ये भागमा कथागत चित्र छ भने अरु सबैको सुरुमा राखिएको छ। हरेक लघुकथाहरू दुई पेजमा समापन गरिएकोमा ‘लाज’ र ‘भित्रि आँखा’ शीर्षकका लघुकथाहरू भने एउटै पृष्ठमा अटाइएको छ।
यो सङ्ग्रहमा सङ्ग्रहित लघुकथाहरू मध्ये सबैभन्दा छोटो विभेद शीर्षकको लघुकथा भेटेँ । जुन ७६ शब्दमा सृजित छ। सत्या अधिकारीको पच्चीस ओटा लघुकथामा पात्रगत रुपमा प्रथम पुरुष(म/हामी) प्रयोग भएका छन्। सङ्ग्रहित लघुकथाहरूमा मानव र मानवेतर दुवैखाले पात्रहरू प्रयोग गरिएको छ। लघुकथाहरू पुकार, जन्मथलो, खिर, शपथ, अल्छी आदिमा मानव र मानवेतर दुवै किसिमका पात्रहरू छन्। प्रयोग भएका मानवेतर पात्रहरू ’पुकार’मा खोला, ’जन्मथलो’मा झुपडी, ’खिर’मा मृतात्मा, ’शपथ’मा कोठा र ‘अल्छी’मा बकुला आदि हुन्। राहत शीर्षकको लघुकथा मनोवाद शैलीमा लेखिएको छ भने पात्रमा प्रथम पुरुष प्रयोग गरिएको छ। पुरुष पात्र मात्रै प्रयोग गरी लेखिएका लघुकथाहरूमा सम्बन्ध, गुरु र बाबुको मन आदि हुन् भने नारी पात्र मात्रले सिर्जना गरिएका लघुकथाहरूमा ठक्कर र खुसी शीर्षकका हुन्।त्यस्तैगरी प्रमुख पात्र अथवा कथाको नेपथ्यमा पुरुष पात्र या नारी पात्र मध्ये कुनै पनि एक हुन सक्ने लघुकथाहरूमा राहत, योग्य लडाकु, देशप्रेम, आत्मसम्मान, बोर्डिङ स्कुल र पुकार आदि छन्।
साहित्य एउटा समाजको दर्पण हो,भनिन्छ। सत्या अधिकारी पनि एउटा दर्पण बन्न सफल हुनुभएको महसुस गरेँ। विश्वलाई तहसनहस बनाउने कोरोना महामारीबारे सचेतना फैलाउनु भएको छ। अर्कोतिर भयावह अवस्थाको कथामार्फत सर्लक्क उतार्नुभएको भेटिन्छ। उहाँको कोरोनाकालीन लघुकथाहरूमा सोच, खुसी, जुक्ति, आघात, विकल्प, दाइजो, दुई जिब्रे, आत्मसम्मान आदि हुन्। ‘सुन्दर बस्ती’मा सुदुर गाउॅंमा बोलिने लवजमा पात्रले बोलेको बोली र ‘सहर’मा नेवा समाजमा बोलिएको लवजको संवाद अस्वाभाविक लाग्दैन। दोहोरो या एकोहोरो संवाद हुनु, लघुकथाको सुगन्ध मानिन्छ। जुन सबै लघुकथामा सहजै भेटिन्छ। ‘राहत’मा वास्तविक पीडितकोमा राहत पुराउन नसक्ने सरकारप्रति व्यङ्ग्य छ।

त्यस्तै ’विभेद’मा पितृसत्तात्मक सोचप्रति कटाक्ष गरिएको छ भने ‘योग्य लडाकु’मा ‘काम परे भाँडो नपरे ठाडो’ भन्ने उखानझैँ क्रान्तिकारी नेतृत्वप्रति विरोध गरिएको छ। ’देशप्रेम’ शीर्षकको लघुकथामा अभिभावकको अङ्ग्रेजी भाषाप्रति बढेको मोहले नवपुस्तामा हाम्रो राष्ट्रिय भाषा के हो?भन्ने बिर्सेलान् भनी गरिएको पर्दाफास छ। कोरोनाले खानेकुरा सकिएर पीडित बनेको पात्र नि:शुल्क बाँड्दै गरेको ठाउॅंमा गएपनि फोटो या भिडियोको लागि तेर्सिएका क्यामेरा देखी आत्मसम्मानको ख्याल गर्दै खानै नखाएको दृष्य कैद छ, ‘आत्मसम्मान’मा। ’बिटुलो’मा छोरी मान्छेमा हुने नियमित प्रकिया महिनावारीलाई अभिशाप ठान्ने आमा र हजुरआमा पात्रहरू समयान्तरमा परिवर्तन भई त्यहीँ विषयको अभियन्ता बनेका छन्। जनचेतनामूलक कथा छ। ’पहिचान’मा बाहिरी लवाइमा मान्छेलाई मूल्याङ्कन गर्नुहुँदैन भन्ने सार छ। ’डिभी’मा नेपालमा प्राध्यापक जस्तो गरिमामय पेशा भए पनि अमेरिका भनेपछि हुरुक्क हुने र त्यहाँ जस्तोसुकै काममा दलिन तयार व्यक्तिको कथा छ। हुन त विकसित देशमा काम सानो-ठूलो मान्दैनन्। ’ठक्कर’ले उमेर, समय र परिस्थिति अनुसार आफ्नो काम आफैँले गर्न प्रोत्साहन दिन्छ। ’सहर’मा छोरी पनि छोरो समान हुन सक्छिन् भन्ने दरो प्रमाण पेश भएको कथा छ।
साथै ’सम्बन्ध’मा सम्पत्तिले भाइबीच फुट हुनसक्छ भन्ने सार पाइन्छ। ’उमङ्ग’मा एउटी गृहस्थ महिलाले गर्ने स्वाभाविक कल्पना छ। सुन्दर सपना लाग्यो। ’पुकार’मा नदी छेउ वृक्षारोपण गर्नुपर्छ र जथाभावी बालुवा- गिट्टी निकाल्नु हुँदैन भन्ने जनचेतना फैलाएको छ। ’शपथ’मा जुन जोगी आए पनि कानै चिरेका भन्ने उखानको चरितार्थ भएको छ भने ‘अल्छी’मा लोभले लाभ, लाभले विलाप भनेझैँ भएको कथा छ। ’भित्रिआँखा’मा विशेष क्षमता भएका व्यक्तिहरूलाई प्रोत्साहन गरिएको छ भने ‘लाज’मा यौन पिपासुहरूबाट विक्षिप्त बनेकी नारीको मर्मस्पर्शी पीडा समेटिएको छ।
त्यस्तै ’खुसी’मा अनलाइन कक्षाभन्दा भौतिक उपस्थितिको कक्षा उपयोगी र प्रभावकारी हुन्छ भन्ने दर्शाइएको बालमनोविज्ञानमा आधारित कथा समावेश छ। चिन्ता शीर्षकको लघुकथामा प्रश्न गर्नै नपर्ने दिन आइदिएहुन्थ्यो भन्दै समृद्धिको सपना पूरा भएको दिनको सुन्दर कल्पना गरिएको छ।
उहाँको बाँकी लघुकथाहरू भनेको एउटा समयको मागसॅंगै जन्मेका समसामयिक कथाहरू हुन्, जस्तो लाग्छ। समकालीन कथाहरू छन्। उहाँ समाजका विभिन्न चरित्रहरूको प्रवृत्ति, मानवीय सचेतनामा आएको परिवर्तन, वैदेशिक रोजगारीप्रतिको रहर र बाध्यात्मक मोह, पितृसत्तात्मक सोच, लिङ्गीय विभेद, महिलाप्रति प्रत्यक्ष परोक्ष हिंसा, राजनीतिक विसंगति, सामाजिक आडम्बर आदि विषय माथि पर्दाफास गर्न सफल हुनुभएको पाएँ।
सङ्ग्रहमा आफ्नो बाल्यकालदेखि अनुभव गर्दै आएका कुरालाई लघुकथाहरूमा समेटेको बताउने अधिकारीले आफ्नो घरभित्रदेखि टोल,समाज र आफूले काम गर्ने कार्यस्थलसम्मका कहानीहरू सङ्ग्रहित गर्न नछुटाएको उहाँको दाबी प्रमाणित भएको पाइन्छ। आँखाले देखेको, प्रत्यक्ष भोगेको र सुनेको घटनाहरूलाई टपक्क टिपेर लघुकथाको मालामा उन्नुभएको सहजै कथा उठानमा महसुस गर्न सकिन्छ।
मलाई व्यक्तिगत रुपमा सबै उत्तिकै मन पर्यो। जसमध्ये असाध्यै मन परेका लघुकथाहरूमा उमङ्ग, विभेद, बिटुलो, अल्छी, खुसी, शपथ, ठक्कर, सम्बन्ध, पुकार, खुशी आदि हुन्।
प्रकाशक – अक्षरधाम प्रकाशन प्रा.लि.
आवरण चित्र – नीरबहादुर याख्खा
साजसज्जा – प्रकाश समीर
मुल्य – दुई सय पचास
अन्त्यमा, कृति सफलताको हार्दिक शुभकामना।
–म्यामराज राई
हतुवागढी-६,होम्ताङ्,भोजपुर,हाल:-जापान

१.
वायुयान
मनमा डर
तैपनि उड्ने रहर !
२.
बादल
माथि आकाश
पृथ्वीमा बाढीकाे अत्याचार !
३.
गर्मी
हावाकाे आभाव
बाेट विरुवामा लगाव !
४.
दुर्घटना
मान्छेकाे मृत्यु
सावधानीकाे साह्रै कमी !
५.
सेवा
नि:स्वार्थ भाव
सम्मान प्रतिष्ठा सन्तुष्टि !
६.
नारी
सहनशीलताकी खानी
कामैकाममा बित्याे जिन्दगानी !
७.
सन्तान
भविष्यका कर्णधार
यशस्वी बलवान् ज्ञानवान !
८.
स्तनपान
पाेषिलाे आहार
आमाकाे सन्तुष्टिकाे आधार !
९.
मदिरा
बुद्धिकाे नाश
घरमा कलहकाे निवास !
१०.
मन्दिर
साधानाकाे केन्द्र
मूर्तिमा भगवानकाे विश्वास !
- नवराज भट्ट
महेन्द्रनगर, कञ्चनपुर