असार २० गते वसन्त अनुभव वरिष्ठ कवि एवम् लघुकथाकार महेश प्रसाई’को लघुकथासङ्ग्रह ‘इब्राहिमको घोडा र बिकिनीहरू’को परिचर्चा कार्यक्रम यही असार २० गते शनिवार सम्पन्न भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चको आयोजनामा भर्चुअल प्रविधिबाट जुम हलमा भएको उक्त कार्यक्रम अपरान्ह ६ बजेदेखि साढे ८ बजेसम्म चलेको थियोे । ‘इब्राहिमको घोडा र बिकिनीहरू’ लघुकथासङ्ग्रह, लघुकथाकार महेश प्रसाईको पाँचौ लघुकथा कृति हो ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवम् समालोचक प्रा.डा. दयाराम श्रेष्ठले आजभोलि लघुकथाको विशुद्धताका विषयमा आफूले कुनै सम्झौता नगर्ने उल्लेख गर्दै लघुकथा भनेपछि लघुकथा नै हुनुपर्ने जिकिर गर्नुभयो। ५३/५४ वर्षदेखि कथा लेखनमा निरन्तर लाग्दै आउनुभएका प्रसाईंलाई आफूले नेपाली कथाको ‘कुमुद’ भनेको उल्लेख गर्दै उहाँको लघुकथामा ओपन टेक्सर भएको, धेरै इल्युजन प्रयोग भएको बताउनुभयो। प्रसाईका लघुकथामा प्लटलेस स्टोरी’ छ, अमूर्त लघुकथाको ट्रेण्ड भेटिन्छ। अमूर्त लघुकथाको परिभाषा, प्लटको अवस्था र पात्रविधानका बारेमा बहस गर्नुपर्ने र त्यसको अगुवाई नमस्ते आधुनिक लघुकथाले गर्नुपर्ने समेत उहाँले बताउनुभयो। इब्राहिमको घोडा र बिकिनीहरू भित्रका लघुकथाहरूको संरचनागत पक्षको कोणबाट परिचर्चा गर्नुहुँदै वरिष्ठ लघुकथाकार एवम् समालोचक प्रा.डा.विदुर चालिसेले लघुकथाकार महेश प्रसाईका लघुकथाहरू लेखन शैली कवितात्मक छ तर बान्की चाहिँ लघुकथाको रहेको छ। यसमा धेरै छोटो कथाहरू पनि रहेका छन्। साथै उहाँले यस लघुकथासङ्ग्रहमा लघुकथा लेखनमा नयाँ शैली प्रयोग गरिएको बताउनुभएको छ। इब्राहिमका घोडा र बिकिनीहरू लघुकथासङ्ग्रह प्रतीक, बिम्व र मिथकको भण्डार रहेकोे उल्लेख गर्दै लघुकथामा यौन, प्रकृति, वातावरणीय परिवेश , महिला अधिकार, राजनीतिक अवस्था, विज्ञान प्रविधि, मानवीय संवेदना, चेतना, कृत्रिम बौद्धिमता लगायत विविध विषयमा उहाँले सुक्ष्म तरिकाले चोटिलो व्यङ्ग्य गर्नुभएको उल्लेख गर्नुभयो।
त्यस्तै ‘इब्राहिमको घोडा र बिकिनीहरू’ लघुकथासङ्ग्रहको शैली, शिल्पगत दृष्टिकोणले परिचर्चा गर्ने क्रममा वरिष्ठ लघुकथाकार एवम् प्रा.डा. कपिल लामिछानेले ‘लघुकथामा के लेख्ने ? भन्ने प्रश्नले लघुकथाको संरचनागत पक्ष र कसरी लेख्ने भन्ने प्रश्नले शिल्प शैलीगत पक्षको उजागर गर्दछ’ बताउनुभयो। लघुकथा सृजनालाई बल्छीसँगै तुलना गर्दै प्रा.डा.लामिछानेले बल्छी हुनु संरचनागत पक्षसँग सम्बन्धित छ भने ‘कसरी माछा मार्ने ?’ शिल्प शैलीगत पक्ष रहेको उल्लेख गर्नुभयो। सङ्ग्रहका अधिकांश लघुकथाहरू कवितात्मक शैलीको रहेकोे बताउनु हुँदै प्रा.डा.लामिछानेले लघुकथामा विम्ब, प्रतीकको सुन्दर संयोजन पाइने बताउनुभयो। साथै उहाँले भावगतरूपमा निकै गहन र अर्थपूर्ण लघुकथाहरू सङ्ग्रहमा सङ्ग्रहित रहेकोे पनि उल्लेख गर्नुभयो।
कृतिकारको तर्फबाट बोल्नुहुँदै वरिष्ठ साहित्यकार एवम् लघुकथाकार महेश प्रसाईले समीक्षकहरूबाट प्राप्त सुझावप्रति आफ्नो खण्डन र विमति केही नरहेको तर झुकाव अलि बढी कवितामा भएकोले मेरा आख्यान सृजनाहरू कविताको प्रभाव अछुत रहन नसकेको उल्लेख गर्नुभयो। साथै उहाँले लघुकथा लेखनमा रहेको परम्परागत शैलीलाई तोडेर नयाँ शैलीमा लेख्ने कोसिस गरेको बताउनुभयो।
कार्यक्रमका सभाध्यक्ष एवम् नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’ले वरिष्ठ साहित्यकार प्रसाईको धेरै लघुकथामा कविता हावी भएको उल्लेख गर्दै ती लघुकथालाई लघुकथा मान्ने कि नमान्ने चुनौती आएको बताउनुभयो। पछिल्लो समय गद्य कविता लेखेर लघुकथा भन्ने प्रचलन बढ्दै जाँदा विशुद्ध लघुकथा भनेको कस्तो लघुकथा हो भन्ने नै अन्योलता बढेको छ।
‘लघुकथा वन्दना’को प्रशारणसँगै शुरु भएको कार्यक्रममा वरिष्ठ साहित्यकार गोपी मैनाली, सिक्किमेली लघुकथा मञ्चकी संस्थापक त्रिपुरा खरेल, हेमराज अधिकारी, असमका रेवतीरमण सापकोटा, देबी प्रसाद थापा ‘मामा’ लगायतका व्यक्तित्वहरूले शुभकामना मन्तव्य दिनुभएको थियोे भने वरिष्ठ लघुकथाकार/साहित्यकार ध्रुव मधिकर्मी, वसन्त अनुभव, नर पल्लव, नारायणनाथ योगी, लक्ष्मण ज्ञवाली, मीठू कुमारी पाठक, हेमराज अधिकारी, त्रिपुरा पोख्रेल, अवधेश सिंह, भूमिका गैरे तिमल्सिना, विष्णु भण्डारी, श्रीकृष्ण पौडेल, ईश्वर प्रसाद लामिछाने, यमुना प्रधानाङ्ग मुना, विवेक शर्मा गौतम, देबी प्रसाद थापा मामा, जयदेश श्रेष्ठ, राजेन्द्र आचार्य, सुरेशकुमार पाण्डे, मित्र गौतम, होम सुवेदी, ध्रुवराज थापा, धनसिंह विश्व, छायादत्त न्यौपाने, अम्बिका धिताल, सिएन बन्जाडे, मुक्ति गौतम, आयुष बडाल, इन्दिरा पौडेल ‘प्रतीक्षा’ लगायत संस्थाका पदाधिकारी, लघुकथाकार, साहित्यकार, समीक्षक, पाठक, पत्रकारहरूको उपस्थिति रहेकोे थियोे ।
नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सहजीकरण लघुकथाकार इन्दिरा पौडेल ‘प्रतीक्षा’ले गर्नुभएको थियोे भने जुम हलको प्राविधिक संयोजन लघुकथाकार आयुष बडालले गर्नुभएको थियोे ।
नमस्ते आधुनिक लघुकथा मञ्चले आफ्नो आठौँ वार्षिकोत्सव विगतझैँ यस वर्ष पनि असार ९ र १० गते भव्य रूपमा सम्पन्न गरेको छ। मञ्चले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत मञ्चको भित्तोमा कार्तिक ९ र १० गते स्रष्टाहरूबाट लघुकथाहरू आव्हान गर्नुका साथै दर्जनौँ साहित्यकार, समीक्षक, सर्जकहरूलाई अभिनन्दन, सम्मान तथा पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ ।
मञ्चका अनुसार ‘अभिनन्दन-२०८३’ का लागि लामाे समयदेखि आख्यान अनुसन्धान तथा समालाेचना एवम् साहित्यका विभिन्न विधा तथा उपविधामा साधनारत रही नेपाली साहित्यमा अतुलनीय याेगदान पुर्याउनुभएका वरिष्ठ साहित्यकार प्रा.डा. कृष्णहरि बराल र प्रा.डा. देवी नेपाललाई छनोट गरेको छ। उहाँहरूलाई ११ हजार १ सय ११ नगद, खादा, मालासहित ताम्रपत्रको ‘आख्यान अनुसन्धान तथा समालोचना पुरुष’ सम्मानपत्रबाट सार्वजनिक विशिष्ट नागरिक अभिनन्दन गरिने संस्थाले जनाएको छ।
त्यस्तै वरिष्ठ साहित्यकार तथा अग्रज लघुकथा सर्जक महेश प्रसाईंलाई ‘विजय स्मृति अग्रज लघुकथा- स्रष्टा सम्मान- २०८३’ समर्पण गरिने जनाइएको छ। कीर्तिशेष वरिष्ठ साहित्यकार विजय चालिसेज्यूको स्मृतिमा वि.स. २०८२ सालमा स्थापित यस सम्मान पनि नगद रुपैयाँ ११ हजार १ सय ११ रकमसहित ताम्रपत्रमा सम्मानपत्र समर्पण गरिने मञ्चले जानकारी दिएको छ।
त्यस्तै मञ्चले वि.स. २०८३ सालका लागि संस्थामा समर्पित रहेर वर्षभरि लघुकथा समालोचनामा योगदान पुर्याउनु भएका समालोचक डा. हरिप्रसाद सिलवाललाई पनि नगद ११ हजार १ सय ११ रकम, ताम्रपत्रमा सम्मानपत्र समर्पण गर्ने घोषणा गरेको छ ।
साथै यस वर्षको ‘हेमलता स्मृति लघुकथा सम्मान- २०८३’ असम, भारत निवासी, नेपालीभाषी, पुरुष, लघुकथाका नवस्रष्टा रेवतीरमण सापकोटालाई समर्पण गर्ने निर्णय गरेको छ ।
लघुकथामा कुनै पनि कृति ननिकालिसकेका तर लघुकथा लेखनमा निरन्तर लागिपरेका ६० वर्ष उमेर नकटेका सक्रिय एक पुरुष र एक नारी गरी दुई लघुकथा स्रष्टाहरूलाई प्रदान गर्दैआएको यस सम्मान यस वर्षदेखि एकपटक नेपाली नव स्रष्टालाई र अर्कोपटक नेपालीभाषी विदेशी नवस्रष्टालाई प्रदान गरिने र हरेक २/२ वर्षमा आयोजना गरिने कार्यक्रममा समर्पण गरिने जनाएको छ। कीर्तिशेष लघुकथाकार हेमलता उप्रेतीको स्मृतिमा स्थापित उक्त सम्मान राशी ५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ।
त्यस्तै यस वर्षको ‘वर्ष लघुकथा स्रष्टा सम्मान-२०८३’ बाट सक्रिय लघुकथा सर्जक नारायण नाथ योगी(मनोज खनाल)लाई समर्पण गरिने मञ्चले जनाएको छ। नगद रु. ७ हजार रकम राशी रहेको यस सम्मान संस्थाले वर्षभरि आफ्नो आधिकारिक फेसबुक समूहको भित्तोमा सबैभन्दा धेरै विशुद्ध र कालजयी रचनाहरू प्रेषित गर्ने एक स्रष्टालाई समर्पण गर्दै आएको छ ।
त्यस्तै यसवर्षको ‘लघुकथालय पुरस्कार- २०८३’, भारत तुहिम सिक्किमका हेमराज अधिकारीलाई प्रदान गर्ने घोषणा गरेको छ। उहाँलाई उत्कृष्ट लघुकथा कृति ‘च्यातिएको जुत्ता’का लागि समर्पण गर्न लागिएको हो। वि.स. २०८० सालमा स्थापना गरेको उक्त पुरस्कार ताम्रपत्रमा प्रमाणपत्र सहित रुपैयाँ ११ हजार १ सय ११ रकम राशी रहेको छ। उक्त पुरस्कारका लागि मञ्चले वि.संं २०८२ मा प्रकाशित लघुकथा कृतिहरू बजारबाट र कृतिकारहरूबाट सङ्कलन गरी निर्णायकबाट मूल्याङ्कन गराई उत्कृष्ट कृति छनोट गरेको थियोे ।
साथै ‘नमस्ते झिल्का पुरस्कार- २०८३’बाट वरिष्ठ साहित्यकार नर पल्लव (नर बहादुर गुरूङ)लाई उहाँको सर्वोत्कृष्ट कृति ‘विरुपाक्ष’का लागि समर्पण गरिने घोषणा गरिएको छ। वि.सं. २०८१ सालमा स्थापित उक्त पुरस्कारको राशी रुपैयाँ २२ हजार २ सय बाइस रहेको छ। यो संस्थाद्वारा प्रकाशित लघुकथा कृतिहरूमध्ये सर्वोत्कृष्ट बन्न सफल कृतिका कृतिकारलाई दुई दुई सालमा आयोजना गरिने ‘लघुकथा साहित्यिक महोत्सव’मा प्रदान गर्ने गरी स्थापित पुरस्कार भएको संस्थाले जनाएको छ।
साथै यस वर्ष ‘नमस्ते गुरुकुल लघुकथा सुशोभन सम्मान-२०८३’ बाट पाँच जना लघुकथाकारलाई समर्पण गर्ने घोषणा गरेको छ। संस्थाद्वारा आफ्नो लघुकथा कृति प्रकाशित गराउने लघुकथाकार)/कृतिकारलाई सम्मान गर्ने उद्देश्यले वि.स.२०८१ मा स्थापित यस सम्मानबाट यस वर्ष सम्मानित हुनुहुनेमा नर पल्लव, बुद्धनगर, काठमाडौँ (कृति: विरूपाक्ष); रेवतीरमण सापकोटा, ओदालगडी, असम, भारत (कृति: रित्तो चुल्हो); रामबाबु घिमिरे, रत्ननगर, टाँडी, चितवन (कृति: अघोरी); खगेन्द्र बस्याल, तिलोत्तमा, रूपन्देही (कृति: अँजुली), र लक्ष्मण ज्ञवाली, तिलोत्तमा, रूपन्देही(कृति: मौन विद्रोह)रहेको मञ्चले जनाएको छ ।
साथै मञ्चले यसै वर्षदेखि संस्थाद्वारा प्रकाशित लघुकथा कृतिहहरूमा सम्म्पादकको अत्यन्त जिम्मेवार भूमिकामा रहेर सर्वोत्कृष्ट एकजना सम्पादकलाई ‘सर्वोत्कृष्ट लघुकथा सम्पादक सम्मान’ समर्पण गरिने निर्णय अनुरूप ‘सर्वोत्कृष्ट लघुकथा- सम्पादक सम्मान- २०८३’ बाट डा. हरिप्रसाद भण्डारीलाई सम्मानित गर्ने घोषणा गरेको छ। नगद रुपैयाँ ११ हजार १ सय ११ र ताम्रपत्रमा सम्मान पत्र प्रदान गरिने मञ्चले जनाएको छ।
त्यस्तै मञ्चले मञ्चद्वारा प्रकाशित कृतिहहरूमा सम्म्पादकको भूमिकामा रहेर सर्वोत्कृष्ट हुने कृतिको सम्पादन गर्ने सम्पादकलाई सम्मानित गर्न यसै वर्ष ‘सर्वोत्कृष्ट कृति-सम्पादक सम्मान’ स्थापना गरेको छ। तसर्थ यस वर्षको सर्वोत्कृष्ट कृति ‘विरूपाक्ष’को सम्पादन गरेवापत सम्पादक डा.शंकरप्रसाद गैरेलाई सम्मान स्वरूप रु.११ हजार १ सय ११ नगद राशी र ताम्रपत्रमा सम्मान-पत्रसहित ‘उत्कृष्ट लघुकथा- सम्पादक सम्मान-२०८३’, समर्पण गरिने जनाएको छ।
साथै यसै वर्षदेखि मञ्चले संस्थाद्वारा प्रकाशित कृतिहरूको सम्पादनमा उत्कृष्ट ठहरिनुभएका सम्पादकहरू प्रा.डा. कपिल लामिछाने (भैरहवा, रूपन्देही ), डा.शंकरप्रसाद गैरे (कैलाशनगर, पाल्पा), डा. हरिप्रसाद सिलवाल (घट्टेकुलो, काठमाडौँ), र लक्ष्मण अर्याल (रत्ननगर, टाँडी, चितवन)लाई ‘उत्कृष्ट लघुकथा- सम्पादक सम्मान-२०८३’ समर्पण गरिने जनाएको छ।
विगतमाझैँ नेपाली गीत, संगीत, गायन, कलाको क्षेत्रमा विशिष्ट योगदान दिने महानुभावहरूलाई कदरस्वरूप सम्मान गर्ने कार्यलाई निरन्तर दिँदै नेपाली लोक, आधुनिक, चलचित्रका गीत गायनमा सुमधुर एवम् उत्कृष्ट स्वरका माध्यमले नेपाली सङ्गीतमा दिनुभएको विशिष्ट योगदान दिएवापत कदरस्वरूप वरिष्ठ गायिका कुन्ती मोक्तानलाई नगद ११ हजार १ सय ११ राशी र ताम्रपत्रमा सम्मान पत्रसहित ‘विशिष्ट सङ्गीतश्री सम्मान- २०८३’ समर्पण गर्ने घोषणा गरेको छ।
मञ्चले उपरोक्त जति पनि अभिनन्दन, सम्मान तथा पुरस्कारहरू आगामी कार्तिक महिनामा राप्ती न.पा. चितवनमा आयोजना गरिने ‘दोस्रो लघुकथा साहित्यिक महोत्सव-२०८३’ मा समर्पण गरिने पनि जानकारी दिएको छ।
नमस्ते आधुनिक लघुकथा मञ्चले ‘विशिष्ट सङ्गीतश्री सम्मान- २०८३’ बाट वरिष्ठ गायिका कुन्ती मोक्तानलाई सम्मान गरिने जनाएको छ। मञ्चले आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा आफ्नो आधिकारिक फेसबुक मार्फत उक्त घोषणा गरेको हो।
नेपाली लोक, आधुनिक, चलचित्रका गीत गायनमा सुमधुर एवम् उत्कृष्ट स्वरका माध्यमले नेपाली सङ्गीतमा दिनुभएको विशिष्ट योगदानको कदरस्वरूप उहाँलाई उक्त सम्मान प्रदान गर्न लागिएको मञ्चले जनाएको छ।
सम्मानित व्यक्तित्वलाई मञ्चद्वारा आगामी कार्तिक महिनामा आयोजना गरिने दोस्रो लघुकथा साहित्यिक महोत्सवमा रु ११ हजार १ सय ११ नगद र ताम्र पत्रमा सम्मान पत्र प्रदान गरिने मञ्चले जनाएको छ।
नमस्ते आधुनिक लघुकथा मञ्चले साहित्यकार एवम् सम्पादक डा.शंकरप्रसाद गैरेलाई यसै वर्ष स्थापित ‘सर्वोत्कृष्ट कृति- सम्पादक सम्मान-२०८३’ प्रदान गर्ने भएको छ । मञ्चले आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा उक्त सम्मानको आधिकारिक फेसबुकमार्फत घोषणा गरेको हो।
संस्थाद्वारा प्रकाशित कृतिहहरूमा सम्म्पादकको भूमिकामा रहेर सर्वोत्कृष्ट हुने कृतिको सम्पादन गर्नु हुने सम्पादकलाई समर्पण गर्ने उद्देश्यले स्थापित ‘सर्वोत्कृष्ट कृति- सम्पादक सम्मान’ सर्वोत्कृष्ट कृति ‘विरूपाक्ष’को उत्कृष्ट सम्पादन गरे वापत निजलाई प्रदान गरिएको मञ्चले जनाएको छ।
सम्मानित सम्पादकलाई ११ हजार १ सय ११ रुपैयाँ रकम र ताम्र पत्रको सम्मान पत्र संस्थाद्वारा आगामी कार्तिक महिनामा हुने दोस्रो लघुकथा साहित्यिक महोत्सवमा समर्पण गरिने संस्थाले जनाएको छ।
नमस्ते आधुनिक लघुकथा मञ्चले ४ जना लघुकथा सम्पादकहरूलाई ‘उत्कृष्ट लघुकथा- सम्पादक सम्मान- २०८३’ समर्पण गर्ने जनाएको छ। संस्थाद्वारा प्रकाशित लघुकथा कृतिहरूको सम्पादनमा उत्कृष्ट ठहरिनुभएका सम्पादकहरूलाई सम्मान स्वरूप यसै वर्षदेखि प्रदान गर्न लागिएको मञ्चले फेसबुक मार्फत जनाएको छ।
आठौँ वार्षिकोत्सवको अवसरमा उक्त सम्मानको घोषणा गर्दै उत्कृष्ट ठहरिनुभएका ४ जना सम्पादकहरू क्रमशः प्रा.डा. कपिल लामिछाने (भैरहवा, रूपन्देही ), डा. शंकरप्रसाद गैरे (कैलाशनगर, पाल्पा), डा. हरिप्रसाद सिलवाल (घट्टेकुलो, काठमाडौँ) र लक्ष्मण अर्याल(रत्ननगर, टाँडी, चितवन) लाई प्रदान गर्न लागिएको मञ्चले जनाएको छ।
सम्मानित हुनुहुने सम्पादकहरूलाई संस्थाले आगामी कार्तिक महिनामा आयोजना गर्ने दोस्रो लघुकथा साहित्यिक महोत्सवमा सम्मान-पत्र समर्पण गरिने जनाएको छ ।
नमस्ते आधुनिक लघुकथा मञ्चले वरिष्ठ साहित्यकार एवम् सम्पादक डा.हरिप्रसाद भण्डारीलाई ‘सर्वोत्कृष्ट लघुकथा- सम्पादक सम्मान- २०८३’ समर्पण गर्ने भएको छ। मञ्चले आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा आधिकारिक फेसबुकमार्फत जानकारी दिँदै यसै वर्ष स्थापित ‘सर्वोत्कृष्ट लघुकथा- सम्पादक सम्मान-२०८३’ डा.भण्डारीलाई प्रदान गरिने जनाएको हो।
संस्थाद्वारा प्रकाशित लघुकथा कृतिहहरूमा सम्पादकको अत्यन्त जिम्मेवार भूमिकामा रहेर सर्वोत्कृष्ट सम्पादक ठहरिनु भएका एकजना सम्पादकलाई ‘सर्वोत्कृष्ट लघुकथा सम्पादक सम्मान’ समर्पण गरिने संस्थाको सोच र योजनानुरूप डा. हरिप्रसाद भण्डारीले संस्थाद्वारा प्रकाशित ४ वटा लघुकथा कृतिहरू सर्वोत्कृष्ट ढङ्गले सम्पादन गर्नु भई यो सम्मान स्थापित भएकै पहिलो वर्ष ‘सर्वोत्कृष्ट लघुकथा- सम्पादक सम्मान-२०८३’ प्रदान गर्न लागिएको मञ्चले उल्लेख गरेको छ।
रु.११ हजार १ सय ११ रुपैयाँ पुरस्कार राशी रहेको पुरस्कार र सम्मान पत्र (ताम्र पत्रमा) संस्थाले आगामी कार्तिक महिनामा आयोजना गर्ने ‘दोस्रो लघुकथा साहित्यिक महोत्सव- २०८३’मा समर्पण गरिने संस्थाले जनाएको छ।
नमस्ते आधुनिक लघुकथा मञ्चले पाँच लघुकथा कृतिका कृतिकारलाई नमस्ते गुरुकुल सुशोभन सम्मान- २०८३ समर्पण गर्ने भएको छ । आठौँ वार्षिकोत्सवको अवसरमा आफ्नो आधिकारिक फेसबुकमार्फत मञ्चले घोषणा गरेको हो ।
संस्थाद्वारा ‘प्रथम लघुकथा साहित्यिक महोत्सव- २०८१’मा स्थापित यो सम्मान मञ्च प्रकाशक भई प्रकाशित भएका लघुकथा कृतिका कृतिकारहरूलाई प्रदान गरिँदै आएको संस्थाले जनाएको छ । सोही अनुरूप यस वर्ष आफ्नो लघुकथाकृति प्रकाशित गराउनु हुने कृतिकारहरूलाई सम्मान लागिएको हो। यस वर्ष संस्थाद्वारा आ-आफ्ना लघुकथा कृति प्रकाशित गराउनु हुने कृतिकारहरूमा नर पल्लव, बुद्धनगर, काठमाडौँ (कृति : विरूपाक्ष); रेवतीरमण सापकोटा, ओदालगडी, असम, भारत (कृति : रित्तो चुल्हो); रामबाबु घिमिरे, रत्ननगर, टाँडी, चितवन (कृति : अघोरी); खगेन्द्र बस्याल, तिलोत्तमा, रूपन्देही (कृति : अँजुली), र लक्ष्मण ज्ञवाली, तिलोत्तमा, रूपन्देही(कृति : मौन विद्रोह) रहेको छ । उक्त सम्मान आगामी कार्तिक महिनामा चितवनमा आयोजना गरिने ‘दोस्रो लघुकथा साहित्यिक महोत्सव२०८३’मा समर्पण गरिने संस्थाले जनाएको छ ।
नमस्ते आधुनिक लघुकथा मञ्चले वरिष्ठ साहित्यकार नर पल्लवलाई ‘नमस्ते झिल्का पुरस्कार- २०८३’ समर्पण गर्ने भएको छ। मञ्चद्वारा प्रकाशित लघुकथा कृतिहरूमध्ये सर्वोत्कृष्ट बन्न सफल कृतिका कृतिकारलाई प्रदान गरिँदै आएको उक्त पुरस्कार सर्वोकृष्ट बन्न सफल लघुकथा कृति ‘विरूपाक्ष’ का लागि कृतिकार नर पल्लवलाई पुरस्कृत गरिएको मञ्चले आफ्नो आधिकारिक फेसबुकमार्फत जनाएको छ ।
वि.सं. २०८१ सालमा स्थापित उक्त पुरस्कार हरेक दुई वर्षमा आयोजना गरिने लघुकथा साहित्यिक महोत्सवमा प्रदान गर्ने गरिन्छ। संस्थाद्वारा आगामी कार्तिक महिनामा चितवनमा आयोजना गरिने दोस्रो लघुकथा साहित्यिक महोत्सवमा नगद रू. २२ हजार २ सय २२ रुपैयाँ पुरस्कार राशी सहित प्रमाणपत्र (ताम्र- पत्रमा) प्रदान गरिने मञ्चले जनाएको छ।
नगरपालिकामा आयोजना गरिने दुईदिने ‘दोस्रो लघुकथा साहित्यिक महोत्सव- २०८३’मा नगद पुरस्कार रू. २२,२२२/- (बाइस हजार दुई सय बाइस) सहित ताम्र- पत्रमा पुरस्कार प्रमाण-पत्र समर्पण गरिनेछ । आफ्नो पहिलो लघुकथाकृति ‘विरूपाक्ष’ ले लघुकथाकै सर्वोत्कृष्ट पुरस्कार पाउन सफल भएकोमा वरिष्ठ साहित्यकार नर पल्लवज्यूलाई हार्दिक बधाई तथा शुभकामना अर्पण गर्दछौँ ।
नमस्ते आधुनिक लघुकथा मञ्चले यस वर्षको ‘लघुकथालय पुरस्कार- २०८३ बाट च्यातिएको जुत्ता लघुकथा कृतिलाई पुरस्कृत गर्ने भएको छ। मञ्चले आफ्नो आठौँ वार्षिकोत्सवको अवसर पारेर आधिकारिक फेसबुक मार्फत भारत, तुमिन, पूर्वसिक्किम, गान्तोकका लघुकथाकार एवम् साहित्यकार हेमराज अधिकारीद्वारा लिखित उक्त लघुकथा कृतिलाई पुरस्कार समर्पण गर्ने घोषणा गरेको हो।
वि.सं. २०८० सालमा स्थापना गरेको उक्त पुरस्कार प्रदान गर्नका लागि संस्थाले वि.सं. २०८२ मा प्रकाशित लघुकथा कृतिहरू बजार तथा कृतिकार स्वयमबाट सङ्कलन गरी निर्णायक समिति मार्फत मूल्याङ्कन गर्न लगाएको थियो र निर्णायक समितिको निर्णयानुसार नै उक्त कृति उत्कृष्ट भई पुरस्कृत हुन सफल भएको मञ्चले जनाएको छ ।
रुपैयाँ ११ हजार १ सय ११ नगद राशीको उक्त पुरस्कार एवम् प्रमाणपत्र (ताम्र पत्रमा) सहित आगामी कार्तिक महिनामा संस्थाद्वारा चितवनमा आयोजना हुने दोस्रो लघुकथा साहित्यिक महोत्सवमा प्रदान गरिने पनि मञ्चले उल्लेख गरेको छ ।
नमस्ते आधुनिक लघुकथा मञ्चले ‘वर्ष लघुकथा स्रष्टा सम्मान- २०८३’ सक्रिय स्रष्टा नारायण नाथ योगी(मनोज खनाल)लाई समर्पण गर्ने भएको छ। संस्थाले आफ्नो आठौँ वार्षिकोत्सवको अवसर पारेर आधिकारिक फेसबुक पेजमार्फत उक्त घोषणा गरेको हो।
संस्थाले वर्षभरि आफ्नो आधिकारिक फेसबुक समूहको भित्तोमा सबैभन्दा धेरै विशुद्ध र कालजयी रचनाहरू प्रेषित गर्ने एक स्रष्टालाई उक्त सम्मान समर्पण गर्दै आएको छ ।
रुपैयाँ ७ हजार नगद पुरस्कार राशीको उक्त पुरस्कार सम्मान संस्थाले आगामी कार्तिक महिनामा चितवनमा आयोजना गर्ने दोस्रो लघुकथा महोत्सवमा समर्पण गरिने बताइएको छ ।