• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: समाज

झापामा तीनजना किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत भेटिए

  • ८ श्रावण २०७९, आईतवार १२:१५ मा प्रकाशित
  • झापाको कचनकवल गाउँपालिकामा तीनजना किशोरीले एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

    कचनकवल गाउँपालिका- ५ स्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको बयरको रुखमा झुन्डिएर स्थानीय तीन किशोरीले सामूहिक आत्महत्या गरेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

    दुईजना एउटै हाँगामा र अर्की अर्को हाँगामा झुन्डिएको अवस्थामा फेला परेको उनले बताए ।

    सामूहिक आत्महत्या गर्नेहरूमा कचनकवल- ५ निवासी पंचम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र बिरबल गणेशकी १६ वर्षीया छोरी कल्पना रहेका छन् ।

    स्थानीयका अनुसार उनीहरू तीनैजना शनिबार दिउँसोदेखि घरबाट बेपत्ता भएका थिए । उनीहरू आइतबार बिहान साढे ७ बजे सामूहिक झुन्डिएको अवस्थामा स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

    तीनैजना किशोरी चिया बगानमा काम गर्ने गरेका थिए । सामूहिक आत्महत्याको कारण भने खुलेको छैन । अहिले घटनास्थलमा प्रहरी खटाइएको डीएसपी पाठकले बताए ।

    यो घटनाले गाउँ नै शोकमा डुबेको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on झापामा तीनजना किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत भेटिए

    प्रादेशिक आयुर्वेद चिकित्सालय परिसरमा वृक्षारोपण कार्यक्रम

  • ३२ असार २०७९, शनिबार ०७:५५ मा प्रकाशित
  • प्रादेशिक आयुर्वेद चिकित्सालय, विजौरी दाङमा शुक्रबार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । चिकित्सालयको आफ्नै परिसरमा दालचीनी, रुद्राक्ष, श्रीखण्ड, रक्तचन्दन, आँप लगायत विभिन्न प्रजातिका फलफूल तथा जडिबुटीका बिरुवा रोपिएको थियो । अस्पताल परिसरमा रहेकोे खाली जमिनको सदुपयोग गर्न वृक्षारोपण गरिएको चिकित्सालयका निमित्त प्रमुख डा.सन्तोष कुमार ठाकुरले बताउनुभयो ।

    उक्त वृक्षारोपण कार्यक्रममा जि.प्र.का.दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, अस्पताल विकास समिति अध्यक्ष कृष्ण बहादुर बस्नेत, चिकित्सालय प्रमुख डा.सन्तोष कुमार ठाकुर, पञ्चकर्म विज्ञ डा. योगेश प्रसाद वैद्य लगायत चिकित्सालयका सम्पूर्ण कर्मचारीहरूको उपस्थिति रहेकोे थियो ।

    वृक्षारोपण कार्यक्रमका केही झलकहरू

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाजLeave a Comment on प्रादेशिक आयुर्वेद चिकित्सालय परिसरमा वृक्षारोपण कार्यक्रम

    बहुदरमाई नपा.७ मा महिलालाई तीन दिने तरकारी खेतीको तालिम सम्पन्न,ईक्ट्रोनिक्स स्प्रे टयानकी बितरण

  • ३१ असार २०७९, शुक्रबार २०:४५ मा प्रकाशित
  • उमेश कुशवाहा,वीरगंज :- पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ७ मा तीन ३ दिने तरकारी खेतीको तालिमा सम्पन्न भएको छ ।

    सो तालीम बहुदरमाई नगरपालिका ७ का ४० जना महिलाहरुलाई फूलकौल टोलमा संचालन गरिएको थियो।

    बहुदरमाई नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष बिरेन्द्र प्रसाद यादवले आयोजना गर्नुभएको तरकारी खेति बारेको तालिम आज सम्पन्न भएको हो ।

    तालिममा सहभागी ४० जना महिलालाई प्रमणपत्र सहित इलेक्ट्रॉनिस्कस स्प्रे ट्यानकी समेत बितरण गरिएको वडाध्यक्ष बिरेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो ।

    वडाका महिलाहरुलाई आत्मनिर्भर बनाउनको लागि तलिमको आयोजन गरिएको र साथै खेति गर्न सजिलो होस् भन्ने उधेश्यले इलेक्ट्रॉनिक्स स्प्रे ट्यांकी बितरण गरिएको वडाध्यक्ष यादवले जानकारी दिनुभयो 

    Posted in मुख्य खबर, समाजLeave a Comment on बहुदरमाई नपा.७ मा महिलालाई तीन दिने तरकारी खेतीको तालिम सम्पन्न,ईक्ट्रोनिक्स स्प्रे टयानकी बितरण

    लोसपाका मधेश प्रदेश सदस्य मालती कुशवाहा द्वारा बहुदरमाई नपाका जनतासंग भेटघाट

  • २६ असार २०७९, आईतवार ०९:५३ मा प्रकाशित
  • उमेश कुशवाहा,वीरगंज: लोकतान्त्रिक समाजवादी पार्टी नेपालको मधेश प्रदेश सदस्य मालती कुशवाहाले बहुदरमाई नगरपालिकाको जनता संग भेटघाट गरेकी छन।

    कुशवाहाले बहुदरमाई नगरपालिकाका वडा नं.१,७,८,९ मा संसदीय क्षेत्र नम्बर ३( ख ) का जनताहरु सीत भेटघाट तथा आउने चुनावी विषयमा सुझाव ,स-सलाह तथा कुराकानी गरेकी छन।

    कुशवाहाले नेपाल महिला मैत्री विकाश केन्द्रका अध्यक्ष तथा विश्व हिन्दू परिषदको प्रदेश सक्रिय चौकिदार समेत रहेकि छन।

    आउने चुनावमा मालती कुशवाहाले पर्सा जिल्ला संसदीय क्षेत्र नम्बर ३(ख) बाट चुनाव लड़ने तयारीमा रहेकि कुशवाहाले हिमालयन दृस्टि ऑनलाइनका उमेश कुशवाहालाई बताउनु भयो।

    Posted in ताजा अपडेट, समाजLeave a Comment on लोसपाका मधेश प्रदेश सदस्य मालती कुशवाहा द्वारा बहुदरमाई नपाका जनतासंग भेटघाट

    पर्साको ठोरी गापा ५ बाघमोर्चा माई मन्दिर परिसरमा वृक्षारोपण कार्य सम्पन्न

  • २४ असार २०७९, शुक्रबार २१:०६ मा प्रकाशित

  • मेघराज राय, जिराभवानी पर्सा ,

    असार २४, ठोरी / पर्साको ठोरी गाउँपालिका वडा नं. ५ स्थित बाघमोर्चा माईको मन्दिर परिसरमा वृक्षारोपण कार्य सम्पन्न भएको छ । ठोरी युथ भिजन फाउन्डेसनको सहयोगमा तार जालि सहितको वृक्षारोपण कार्य सम्पन्न भएको हो । ठोरी युथ फाउन्डेसनका संस्थापक सदस्य सुरेश पाख्रीनको पहलमा फाउन्डेसनका सदस्यहरु तथा ठोरी-५ वडाध्यक्ष अष्ट बहादुर लोपचनको प्रमुख आतिथ्यमा चेरी बोलोसन, जेक्रडा, कपुर जापानी लगायत विभिन्न प्रजातीका ५० भन्दा बढी विरुवा रोपिएको संस्थाका उपाध्यक्ष रोशन लोपचनले जानकारी दिए ।


    कार्यक्रममा फाउन्डेसनका अध्यक्ष नारायण वाइबा, सुरक्षाकर्मी, फाउन्डेसनका सदस्यहरु, स्थानीय युवाहरूको उपस्थितिमा वृक्षारोपण कार्य सम्पन्न भएको थियो । यस वृक्षारोपण कार्यमा संलग्न सम्पूर्ण युवा तथा सरोकारवालाहरुलाई ठोरी-५ वडाध्यक्ष लोपचनले धन्यवाद व्यक्त गरेका छन् ।

    Posted in समाजLeave a Comment on पर्साको ठोरी गापा ५ बाघमोर्चा माई मन्दिर परिसरमा वृक्षारोपण कार्य सम्पन्न

    सेञ्चुरी कमर्सियल बैंक, गुलरिया शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

  • २३ असार २०७९, बिहीबार १५:४९ मा प्रकाशित
  • सेञ्चुरी कमर्सियल बैंक गुलरिया शाखाले गुलरिया नगरपालिका वार्ड नं ०४ बबई स्थित बबई बहुमुखी क्याम्पसमा आज वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
    उक्त कार्यक्रम सो क्याम्पसमा स्नातक तह अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरि सञ्चालन गरिएको थियो ।

    क्याम्पसका व्यवस्थापन विभागका प्रमुख नारायण पौडेलको अध्यक्षता एवम् सेञ्चुरी कमर्सियल बैंक लि. गुलरिया शाखाका शाखा प्रबन्धक माया प्रकाश पन्तको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।

    कार्यक्रमको उद्देश्य पैसा कसरी कमाउन सकिन्छ ? व्यक्तिगत आयआर्जनका स्रोतहरू के के हुनसक्छन् ? त्यसको उपयोगीता कसरी बढाउने सम्बन्धमा जानकारी गराउनुका साथै सुरक्षित आर्थिक भविष्य प्रति सबैलाई वित्तीय जानकार गराई पहुँच अभिवृद्धि तथा बैंकिङ क्षेत्र सबलिकरण गरि सर्वाङ्गीण विकासमा योगदान पुर्याउनु रहेको थियो ।

    त्यस्तै किशोर किशोरी र युवा युवतीको वित्तीय ज्ञान, सीप तथा मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नुका साथै सुरक्षित बैंकिङ कारोबार गर्नु रहेको थियो ।

    उक्त कार्यक्रममा सेच्युरी कमर्सियल बैंकले विगत देखि नै समय समयमा यस्ता कार्यक्रम गर्दै आएको जानकारी दिएको थियो ।
    विभागीय प्रमुख नारायण पौडेलले कार्यक्रम अत्यन्त फलदायी र प्रभावकारी भएको जानकारी गराउनु हुँदै आगामी दिनमा पनि यस्तै विद्यार्थी लक्षित सीपमुलक कार्यक्रम गर्न आग्रह गर्नु भयो।

    कार्यक्रममा गुलरिया शाखाका कर्मचारीहरू, विद्यार्थीहरू लगायत प्राध्यापकहरूको उपस्थिति रहेको थियो।

    Posted in अर्थ, ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाजLeave a Comment on सेञ्चुरी कमर्सियल बैंक, गुलरिया शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    सेवाग्राहीबाट एक लाख ७० हजार घुस लिँदै गर्दा पर्साका सब ईन्जिनियर पक्राउ

  • २३ असार २०७९, बिहीबार १०:२३ मा प्रकाशित
  • पर्सामा घुस रकम लिदै क्रममा एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । शहरी विकास तथा भवन कार्यालय पर्साका सब ईन्जिनियर रुपेश कुमार दुवे सेवाग्राहीबाट १ लाख ७० हजार रुपैया घुस लिदाँ दिदै गरेको अवस्थामा पक्राउ परेका छन् ।

    वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक विशाल मल्लको नेतृत्वमा रहेको प्रहरी टोलीले दुवेलाई नगद १ लाख ७० हजार घुसको रुपैया सहित पक्राउ गरेको हो । दुवे धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ निवासी हुन ।

    दुवेले प्रत्येक सेवाग्राहीसँग विकास निर्माणको ठेक्का पट्टाको फाईल सदर र निर्माण सम्पन्नको प्रमाणित गर्न ठेक्का रकमको १० प्रतिशत भुक्तानी नगरी हस्ताक्षर नै नगर्ने गरेको छन । जिल्ला वन कार्यालय मार्फत ओम निर्माण सेवा बसन्तपुरले जिराभवानी गाउँपालिकामा रहेको सब डिभिजन कार्यालय बसन्तपुर र सब डिभिजन कार्यालय मानवाको बन कर्मचारीहरुको लागि स्टाफ क्वाटर निर्माणको ठेक्का पाएको थियो ।

    दुवै निर्माण कम्पन्नीको स्टाफ क्वाटर निर्माण गर्न १०÷१० लाख रुपैयामा ठेक्का सकार गरी भवन समेत निर्माण गरीसकेको छ । आर्यन एण्ड आशिष निर्माण कम्पन्नीका संचालक कृष्णमोहन साहले भने, भवन निर्माण गरी सकेपनि सब ईन्जिनियर दुवेले कमिशन विना फाईलमा हस्ताक्षर गर्न मानेका थिएनन्। १ लाख ७० हजार कमिशन बापत घुस लिएपछि मात्र फाईलमा हस्ताक्षर गर्ने भएपछि घुस बापतको रकम लिएको केहि बेरमै प्रहरीले उनलाई रंगे हात पक्राउ गरेको बताए ।

    दुवेलाई १ लाख ७० हजार नगद घुस बापत रुपैया लिई रहेको अवस्थामा पक्राउ गरिएको पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतले बताए । उनले भने, दुवेलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएका छौ, प्रारम्भीक अनुसन्धान पश्चात अख्तियारको जिम्मा लगाउँने छौ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on सेवाग्राहीबाट एक लाख ७० हजार घुस लिँदै गर्दा पर्साका सब ईन्जिनियर पक्राउ

    रोजगारीका लागि दैनिक २ हजार नेपाली विदेशिंदै 

  • १९ असार २०७९, आईतवार १४:०७ मा प्रकाशित
  • १९ असार, काठमाडौं । गत जेठ महिनामा रोजगारीका लागि विदेशिने नेपाली श्रमिकको संख्या बढेको छ । वैशाखको तुलनामा जेठमा १७ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । दैनिक असौत २ हजार नेपालीहरु रोजगारीका लागि विदेश उडरिहेका छन् ।

    वैशाखमा चैतको तुलनामा कामका लागि विदेशिने नेपपालीको संख्या साढे १० हजार जनाले घटेको थियो । वैदेशिक रोजगार विभागका अनुसार जेठमा विदेशिने नेपालीको संख्या ६२ हजार ३४९ जना पुगेको छ ।वैशाख महिनामहिना भर विदेशिने नेपालीको संख्या ४५ हजार ४ मात्रै थियो । चैत महिनामा ५५ हजार ५२३ जना नेपाली रोजगारीका लागि विदेश गएका थिए ।वैशाखमा दैनिक औसत १ हजार ५ सय जना विदेश गएकोमा जेठमा त्यो संख्या औसत २ हजार नाघेको छ । गत जेठ महिनामा ३४ हजार ८०७ जना नेपाली नयाँ श्रम स्वीकृति लिएर विदेश गाएका थिए भने बाँकीले पुरानै श्रम स्वीकृति नवीकरण गरेका थिए ।स्थानीय तह चुनावका कारण पनि वैशाखमा श्रम स्वीकृति नवीकरण गरेर जाने र नयाँ स्वीकृति लिएर जाने दुवै खालका श्रमिकको संख्या घटेको अनुमान थियो । वैशाखमा २३ हजारले मात्रै नयाँ श्रम भिसा प्रााप्त गरेर विदेश जान श्रम स्वीकृति पाएका थिए ।२०७८ चैत महिनामा बाहिरिएका साढे ५५ हजारमध्ये २७ हजार १५६ जनाले नयाँ श्रम स्वीकृति लिएका थिए भने अन्यले श्रम स्वीकृति नवीकरण गरेका थिए । फागुन महिनामा ५३ हजार ४५७ जना विदेश जान श्रम स्वीकृति पाएका थिए । माघ महिनामा यस्तो संख्या ५४ हजार ४७० जना थियो ।

    पुस महिनामा ६६ हजार ६२५ जना श्रमिकले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए भने मंसिर महिनामा ७४ हजार ३५४ जना नेपाली श्रमिक वैदेशिक रोजगारीका लागि विदेश पुगेका थिए ।

    वैदेशिक रोजगार विभागका अनुसार कोरोना महामारीका कारण दुई वर्षयता वैदेशिक रोजगारीमा आएको संकट हट्दै गएपछि विदेशिने नेपालीको संख्या नियमित गतिमा फर्किएको छ ।

    अहिले पनि खाडी मुलुक कतार, साउदी अरेबिया र यूएईमा जाने नेपालीको संख्या धेरै छ । कुवेत, ओमान लगायतका देशमा पनि नेपालीहरु गइरहेका छन् । चैत महिनादेखि मलेसियाबाट पनि माग आउन थालेको छ ।

    विभागका अनुसार २०७८ वैशाखमा २४ हजार ३६३ जना नेपाली रोजगारीका लागि विदेश गएका थिए । तर, २०७८ को जेठमा विदेशिने नेपालीको संख्या घटेर ४ हजार ८६ मा सीमित भएको थियो । असारमा २० हजार ६५८ जना नेपालीले विदेश जान श्रम स्वीकृति लिए । विभागका अनुसार गत साउनमा २५ हजार ४२८ जना, भदौमा ३६ हजार ४० जना, असोजमा ३९ हजार ६७१ जना र कात्तिक महिनामा ५४ हजार ९१८ जना नेपाली कामका लागि विदेश उडेका थिए ।

    वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गत वर्षको जेठयता लगातार उकालो लागिरहेकामा पुसबाट घट्न सुरु गरेको थियो । फेरि विदेश जाने नेपालीको संख्या उकालो लाग्ने देखिएको छ ।

    Posted in समाजLeave a Comment on रोजगारीका लागि दैनिक २ हजार नेपाली विदेशिंदै 

    केएमसी स्कुलको होस्टलमा एक किशोरी झण्डिएको अवस्थामा फेला 

  • १९ असार २०७९, आईतवार १०:०३ मा प्रकाशित
  • काठमाडौं। काठमाडौंको बुद्धनगरस्थित निजी क्षेत्रबाट संचालित केएमसी स्कुलको होस्टलमा एक किशोरी झण्डिएको अवस्थामा फेला परेकी छिन्। काभ्रेको रोसी गाउँपालिकाकी २० वर्षीया रमा रायमाझी शनिबार साँझ झुन्डिएको अवस्थामा फेला परेकी हुन्।

    अघिल्लो साँझ नै उनी मृत फेला परेपनि परिवारका सदस्यहरुले शव उठाउन दिएका छैनन्। झुन्डिएको भएपनि शरीर भुईँमा लत्रिएकाले उनको मृत्यु शंकास्पद भएकाले भन्दै आफन्तहरुले शव नउठाएका हुन्। महानगरीय प्रहरी वृत्त वानेश्वरका अनुसार अहिले बुद्धनगरस्थित सो स्कूलमा ठूलो संख्यामा प्रहरीका परिचालन गरिएको छ ।

    रमाका आफन्त श्याम खत्रीले साँझ ५ बजेतिर घटना थाहा पाएको होस्टल प्रशासनले ७ बजेपछि मात्र परिवारलाई जानकारी गराउनु नै शंकास्पद रहेको बताएका छन्।

    रमा विगत दुई वर्षदेखि होस्टलको किचनमा काम गर्दै आएकी थिइन्। प्रहरीले अहिले विहान १० बजे स्कूल प्रशासनसँग छलफल राखेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले सो घट्नाको अनुसन्धान भैरहेको र पीडित र स्कूल प्रशासनसँग समन्यव भैरहेको बताए। ‘हामीले समन्वय गरिरहेका छौ, १०बजे सबै पक्ष राखेर छलफल गर्नेछौ साथै घट्ना अनुसन्धान पनि भैरहेको छ’, एसपी मैनालीले भने।

    Posted in समाजLeave a Comment on केएमसी स्कुलको होस्टलमा एक किशोरी झण्डिएको अवस्थामा फेला 

    पहिरोमा घर पुरिंदा एकै परिवारका तीन जना सम्पर्कविहीन

  • १८ असार २०७९, शनिबार १२:०५ मा प्रकाशित
  • पाँचथरको फालेलुङ गाउँपालिका–७ मा पहिरोमा घर पुरिंदा एकै परिवारका तीन जना सम्पर्कविहीन छन्।
    अविरल वर्षासँगै खसेको पहिरोले घर पुरिंदा तीन जना सम्पर्कविहीन भएको प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ। गएराति १० बजेतिर बिहिदिन बजार नजिकै रहेको दलबहादुर मगरको घर पहिरोले पुरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नवीनराज राईले बताए।
    उनका अनुसार, पहिरोमा दलबहादुरका छोरा ४२ वर्षीय दलप्रसाद, बुहारी ३८ वर्षीया गोमा र भतिजी १९ वर्षीया एलिसा मगर सम्पर्कविहीन छन्। घरधनी दलबहादुरलाई भने स्थानीयले तत्कालै उद्धार गरेको प्रहरीले जनाएको छ।

    सम्पर्कविहीन तीनै जनाको खोजी भइरहेको छ। स्थानीय बासिन्दासँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खोजीमा जुटेको छ।


    https://www.himalkhabar.com/news/130918

    Posted in समाजLeave a Comment on पहिरोमा घर पुरिंदा एकै परिवारका तीन जना सम्पर्कविहीन

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P