• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: विचार

कोरोना सङ्क्रमित व्यक्तिका परिवार अलमलमा

  • २७ चैत्र २०७६, बिहीबार ०८:४४ मा प्रकाशित
  • धनगढी, चैत २७ गते । कुनै त्यस्तो लक्षणबिना नै स्थानीय एक महिलाबाट लिइएको स्वाबको परीक्षणले कोरोना ‘पोजेटिभ‘को नतिजा देखिएपछि उहाँको परिवारका कतिपय सदस्य अलमलमा परेका छन् ।

    ज्वरो, रुघाखोकी, श्वास फेर्न गाह्रो हुने त्यस्तो कुनै लक्षण नदेखिएको र सङ्क्रमितसँग त्यस्तो उठबस पनि नभएको अवस्थामा पनि महिलामा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएपछि कुन माध्यमबाट कसरी उहाँमा सङ्क्रमण भयो भन्नेमा परिवारका सदस्यहरु अलमलमा परेका हुन् ।

    “त्यस्तो कुनै लक्षण नदेखिएको अवस्थामा सेती प्रादेशिक अस्पतालवाट आएको टोलीले घरमा बस्नुभएकी उहाँलाई लगेर जाँदा रोग कसरी सर्यो होला भनेर अलमलमा पर्यौँ”, सङ्क्रमित महिलाकी जेठानीले भन्नुभयो, “विदेशवाट आइपुगेका देवर (सङ्क्रमित युवक)लाई भान्सामा उहाँले खाना खुवाउनुबाहेक अरु समयमा उठबस भएन, तर देवरको प्रत्यक्ष सम्पर्कमा रहेका परिवारका सदस्यमा रोग नसरेको देख्दा विचित्रको कुरा भएको छ ।”

    कोरोना सङ्क्रमित युवककी श्रीमती र बच्चासहित घरपरिवारका अन्य सात जनाको नतिजा नेगेटिभ आएको छ । युवककी भाउजूमा नतिजा पोजेटिभ देखिएको हो । सङ्क्रमित व्यक्तिबाट परिवारकै अर्को सदस्यमा रोगको सङ्क्रमण भएको यस्तो घटनापछि कोरोना दोस्रो चरणमा प्रवेश गरेको घोषणा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही दिन अघि नै गरेको थियो । योसँगै रोकको रोकथाममा चुनौती पनि थपिदिएको छ

    सङ्क्रमित युवक उहाँकी भाउजूसहित थप दुई पुरुषलाई सेती प्रादेशिक अस्पताल धनगढीमा राखेर उपचार भइरहेको छ । सङ्क्रमितको उपचारमा संलग्न अस्पतालका फिजिसियन डा शेरबहादुर कमरले कोरोना भाइरस शरीरमा गएपनि सबैलाई यो रोगको सङ्क्रमण नहुन पनि सक्ने बताउनुहुन्छ । “सङ्क्रमित युवकलाई सङ्क्रमित महिलाले ज्वरो आएको भनेर खाना पानी दिनुभयो होला, नजानिँदो ढङ्गले भाइरसको सङ्क्रमण भएको हुनसक्छ”, उहाँले भन्नुभयो ।

    सङ्क्रमित चारै जनालाई अस्पतालको छुट्टाछुट्टै कक्षमा राखेर उपचार भइरहेको छ । अस्पतालले विगतदेखि दश प्रतिशत बिरामीलाई निःशुल्क खाना खुवाउँदै आएकोमा सोही मापदण्डभित्र रहेर अहिले सङ्क्रमितलाई पनि निःशुल्क खानाको व्यवस्था गरिरहेको छ । “आवश्यक पर्दा पिपिइ, मास्कलगायतका सुरक्षा सामग्री लगाएर उहाँहरुको स्वास्थ्य जाँच गरिरहेका छौँ”, डा कमरले भन्नुभयो, “चारै जनाको स्वास्थ्य अवस्था समान्य छ ।”

    सङ्क्रमित व्यक्तिबाट स्थानीयवासीमा सङ्क्रमण भएको यो घटनापछि सरकारको निर्णयअनुसार यतिबेला सङ्क्रमित फेला परेको ठाउँ र आवश्यक अन्य ठाउँमा पनि र्यापिड टेष्ट गर्न थालिएको छ । काठमाडौँबाट खटिआएको टोलीले तीन दिनदेखि आवश्यक देखिएका र्यापिड टेस्ट गर्ने काम अघि बढाएको प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले बताउनुभयो । र्यापिड डाइग्नोटिस्क टेस्ट(आरडिटी)का लागि काठमाडौँबाट खटिएको छ सदस्यीय टोली सोमबार धनगढी पुगेको थियो ।

    लकडाउन शुरु हुनुअघि र पछि भारतबाट झण्डै एक लाख ४० हजारको सङ्ख्यामा नेपाली यो प्रदेशमा फर्किएको अनुमान छ तर अधिकांश व्यक्ति अझै पनि क्वारेन्टाइनमा नबसेको अवस्था रहँदा रोगको थप जोखिम बढ्नसक्ने भन्दै स्थानीयवासी त्रसित छन् ।

    क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दीपायलको तथ्याङ्कमा प्रदेशका विभिन्न ३९ ठाउँमा स्थापना गरिएका क्वारेन्टाइनमा हाल दुई हजार ३६१ जना बसेको उल्लेख छ । यद्यपि फर्किनेमध्ये अधिकांश आफ्नै होम क्वारेन्टाइनमा बसेको र उनीहरुको निगरानी गर्ने काम भइरहेको सम्बन्धित स्थानीय तहको भनाइ छ ।

    कैलालीको गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत खेमराज बिष्टले होम क्वारेन्टाइनमा बसेका झण्डै १५० व्यक्तिको घरपरिवारलाई निरन्तर निगरानी गरिएको बताउनुभयो । लकडाउन शुरु भएपछि यी व्यक्ति गौरीफन्टा नाका हुँदै स्वदेश फर्किएका थिए । फर्किएकाहरुको निगरानी गरी शङ्कास्पद बिरामीको खोजपड्ताल गर्ने काम प्रभावकारी बनाउन नसकिए रोगको सङ्क्रमण दर निकै बढ्नसक्ने कतिपयको भनाइ छ ।

    निर्देशनालयको तथ्याङ्कमा हाल प्रदेशका विभिन्न अस्पतालमा गरी १० जना शङ्कास्पद बिरामीलाई आइसोलेसनमा राखेर उपचार भइरहेकोमा शङ्कास्पद ४६ जना उपचारपछि घर फर्किएको उल्लेख छ ।

    यता कोभिड–१९ का बिरामीको उपचार गर्ने सेती प्रादेशिक अस्पताल धनगढीमा मङ्गलबारसम्म शङ्कास्पद ६५ जनाको प्रयोगशाला परीक्षण गरिएको छ । तीमध्ये चार जनामा कोरोनाको सङ्क्रमण भएको पुष्टि भइसकेको छ । पचासको नतिजा नेगेटिभ आएको छ । एघारको नतिजा आउन बाँकी छ । पाँच शङ्कास्पद बिरामीको सो अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ ।

    उपभोग्य सामग्री पाउन सकस

    कोरोनाको रोकथामको प्रयासस्वरूप जारी गरिएको लकडाउनको समय लम्बिँदै जाँदा स्थानीय उपभोक्तालाई साग, तरकारी, दूध, फलफूल, चामल, पिठोलगायतका दैनिक उपभोग्य समाग्री पाउन सकस भएको छ । खासगरी ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रका उपभोक्ता उपभोग्य सामग्री नपाउँदा मारमा परेका हुन् ।

    यस क्षेत्रमा गएको शनिबार एकै दिन तीनसहित चार जना कोरोनाका सङ्क्रमित फेलापरेसँगै जारी लकडाउनलाई थप कडाइ गरिएको छ । लकडाउनमा गरिएको कडाइले प्रदेशका धनगढी, भीमदत्तनगर, अत्तरिया, लम्की, टीकापुर जस्ता ठूला शहर सुनसान बनेका मात्र छैनन्, नयाँ खालको सन्नाटा पनि छाएको छ ।

    स्थानीय बजारको एक भित्री सडकमा लुकिछिपी हिँड्दै गरेको भेटिनुभएका स्थानीयवासी सागर रानाले भन्नुभयो, ‘घरमा “सबै खाद्यवस्तु सकियो, बजार जाँदा प्रहरीले हैरान पार्छ के खाएर बस्ने होला ।” दैनिक उपभोग्य वस्तु पाउन असहज भए पनि जारी लकडाउनलाई सर्वसाधारणले साथ दिइरहेका छन् ।
    gorkhapatraonline

    Posted in ताजा अपडेट, मुख्य खबर, विचारLeave a Comment on कोरोना सङ्क्रमित व्यक्तिका परिवार अलमलमा

    कोरोना भाइरसको कारण उत्पन्न हुने मनोसामाजिक समस्या कम गर्ने उपायहरु

  • २५ चैत्र २०७६, मंगलवार १९:०७ मा प्रकाशित
  • फणीन्द्र अधिकारी

    समाजिक सञ्जालमा राखिएको कोरोना भाइरस सम्बन्धी नकारात्मक विचार तथा समाचारले गर्दा पनि समस्या भएको हुन सक्छ । समाजिक सञ्जालको अधिक प्रयोग गर्नु भन्दा घर बस्दा किताव पढ्ने, परिवारसंग कुराकानी गर्ने गरियो भने समस्या कम हुन सक्छ ।

    हाल विश्वभर फैलिरहेको कोभिड(१९ अर्थात कोरोना भाइरसको महामारीको कारण लकडाउले गर्दा मानिसहरुमा तनावको अवस्थामा सृजना हुदै आएको छ । यसको कारण व्यक्ति तथा परिवारमा कुनै असर पर्न थालेको छ वा आफ्नो दैनिक जिवनमा असर परेको छ भने तनाव व्यवस्थापनका विधिहरु प्रयोग गर्नु पर्दछ ।

    प्रत्यक्ष रुपमा मनोविमर्शकर्तालाई भेट्न नसकिएको अवस्थामा फोनबाट पनि आफ्नो समस्या बताई सहयोग लिन सकिन्छ । कोरोना संक्रमण आफु वा आफ्ना परिवारलाई पनि हुन्छ की भन्ने डरको सर्वत्र रहेको छ । यस्तो अवस्थामा चिन्ता लिएर बस्नु हुदैन् । डर र चिन्ताबाट माथी उठेर स्वास्थ्यलाई विशेष ख्याल दिएमा कोरोनालाई जित्न सहयोग मिल्दछ ।

    सरकारी तवरबाट संक्रमण भएको आसंका तथा विदेशबाट आएलाई व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखीएको अवस्था छ तर त्यहा रहेका व्यक्तिहरुलाई भावनात्मक सहयोग दिइएन भने समस्या उपन्न हुन सक्छ । त्यसैले स्थानिय निकायहरुले क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुलाई मनोवैज्ञानिक सहयोग प्रदान गर्नको लागि मनोविमर्शकता वा मनोविदको सेवाको पहुंच पुग्न सक्ने व्यवस्था मिलाउनु अति आवश्यक देखिन्छ ।

    समाजिक सञ्जाल राखिएको कोरोना भाइरस सम्बन्धी नकारात्मक विचार तथा समाचारले गर्दा पनि समस्या भएको हुन सक्छ । समाजिक सञ्जालको अधिक प्रयोग गर्नु भन्दा घर बस्दा किताव पढ्ने, परिवारसंग कुराकानी गर्ने गरियो भने समस्या कम हुन सक्छ ।

    तनावका कारण देखा पर्न सक्ने मुख्य लक्षणहरुः

    १) टाउको दुख्ने, माँसपेशीमा दुख्ने
    २) अभिरुचि कम हुने,
    ३) क्षणमै दिक्क हुने, झर्को मान्ने
    ४) ध्यान दिन नसक्ने
    ५) एकदमै चिन्तित हुने
    ६) निन्द्रामा गडबडी
    ७) एउटै कुरा बारम्बार सोचिरहने

    तनावको कारण उत्पन्न हुन सक्ने परिणाम

    १) ध्यान केन्द्रित गर्न गाह्रो हुन्छ
    २) दैनिक क्रियाकलापमा ह्रास आउछ
    ३) परिवार तथा समाजसँगको सम्बन्ध कमजोर हुन्छ
    ४) शरीर कमजोर हुन्छ।

    तनाव व्यवस्थापन गर्ने उपायहरु

    १) नियमित, योग, ध्यान, प्रार्थना, प्रणायाम व्यायम खेलकुद गर्ने
    २) समय तालिका बनाई लागू गर्ने ( काम, खाने,सुत्ने आदि)
    ३) रक्सी, चुरोट वा लागुपदार्थको प्रयोग नगर्ने।
    ४) सामाजिक सहयोगहरू लिने ।
    ५) घरपरिवार समाजसँग घुलमिल हुने र मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी हुने।
    ६) विश्वासिलो व्यक्तिहरुसँग सुखदुःख साटासाट गर्ने
    ७) सन्तुलित खाना समयमा खाने।

    यदी तनाव व्यवस्थापनको विधिहरुको प्रयोग गर्दा पनि समस्या समाधान हुन नसकेको अवस्थामा फोनबाट मनोविमर्शकर्ता तथा मनोविदसंग सेवा लिन सकिन्छ ।
    (लेखक मनोसामाजिक तथा मानसिक स्वास्थ्यको क्षेत्रमा लामो समय देखि कार्यरत हुनुहुन्छ)

    Posted in ताजा अपडेट, मुख्य खबर, विचारLeave a Comment on कोरोना भाइरसको कारण उत्पन्न हुने मनोसामाजिक समस्या कम गर्ने उपायहरु

    सरकार ! स्वास्थ्यकर्मी पनि मान्छे हुन्

  • २५ चैत्र २०७६, मंगलवार १२:०० मा प्रकाशित
  • उपचार गर्न मानेनन् भनेर स्वास्थ्यकर्मी माथि खनिनु भन्दा उनीहरुलाई कति सुरक्षित राख्न सकियो भन्ने बारेमा पनि सोच्नु आवश्यक छ । हरेक स्वास्थ्यकर्मीका परिवार छन् , साँझ घरमा जाँदा मुस्कानले स्वागत गर्न आतुर सन्तान र बुढा बाबु आमा पनि छन् अनि दिनभरि काम गरेपछि साँझ ढुक्कसँग एक अर्काको अँगालोमा वाँधिएर सुत्ने रहर छ ।

    कोरोना संक्रमणको समयमा अन्य रोगका विरामी चेकजाँच नगरेको आरोप यतिवेला स्वास्थ्यकर्मी माथि रहेको छ । त्यति मात्रै होइन उनीहरुको लापरबाहीका कारण अन्य रोग लागेका विरामीहरुले पनि अकालमा मृत्युवरण गर्नुपरेका समाचारहरुले यतिवेला विभिन्न सञ्चार माध्यममा स्थान पाइरहेका छन् ।

    अस्पताल छन्, स्वास्थ्यकर्मी छन् , औजार छन्, औषधि पनि छन् तर विरामीले सेवा पाइरहेका छैनन् । झट्ट हेर्दा स्वास्थ्यकर्मीको गैरजिम्मेवारपना लाग्न सक्छ । तर अहिलेको अवस्थामा के स्वास्थ्यकर्मीले नै गल्ती गरेका हुन् त ? यसको उचित समिक्षा हुनु जरुरी छ ।
    केही दिन अगाडि एक जना चिनेको साथीले स्वास्थ्य केन्द्रमा औला काँटेको समेत उपचार नभएको वताए ।

    स्वास्थ्यकर्मीले छुन समेत नमानेपछि आफुले टालो बाँधेर रगत रोक्न वाँध्य भएको विवशता थियो उनको । मैले तत्काल स्वास्थ्यकर्मीसँग कुरा गरे । सामान्य अवस्थाको मानिसलाई किन उपचार नगरेको ? भनेर प्रश्न पनि गरे । तर स्वास्थ्यकर्मीको गुनासोले मलाई नाजावाफ वनायो ।
    अहिले उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुलाई अनिवार्य रुपमा पिपिइ हुनुपर्दछ ।

    उपचार गर्न आउने मान्छे सक्रमित रहेछ भने त्यसले के गर्छ ? आज इटली र स्पेनमा के भएको छ ? केयौ स्वास्थ्यकर्मीले आँखै अगाडि ज्यान गुमाएको सुन्दा, हेर्दा कुन स्वास्थ्यकर्मीलाई सुरक्षित हुन मन लाग्दैन ?

    जसलाई पनि आफ्नो जीवनको माया लाग्छ । अरुलाई वचाउनका लागि पहिले स्वास्थ्यकर्मी आफु बाँच्नुपर्यो । स्वास्थ्यकर्मी नै नरहे के को उपचार ? आज दाङ्ग जिल्लाको सन्दर्भमा हेर्ने भने पनि यो समस्या यथावत छ । यहाँका अस्पतालहरुमा पिपिइ लगायत अन्य सुरक्षाका सामग्री नहुँदा चिकित्सकहरु आफै असुरक्षित मनोविज्ञानमा रहेका छन् ।

    आफैलाई असुरक्षित महसुस गर्ने चिकित्सकले कसरी गतिलो उपचार गर्न सक्छ ? सबैको मनमा उब्जने प्रश्न हो यो । अहिले हरेकले “वर्क फ्रम होम” भनिरहदाँ स्वास्थ्यकर्मी सिपाही सरह फिल्डमा खटिएका छन् । सिपाहीलाई फिल्डमा खटाउँदा आवश्यक हतियार उपलब्ध गराउनु सर्वमान्य कुरा हो ।

    हतियार उपलब्ध नगराउने अनि काम गरेनन् भन्ने यस्तो कुराले स्वास्थ्यकर्मीको मनोबल खस्कने भन्दा केही हुन सक्दैन । विपत्ति पहिल्यै खवर गरेर आउँदैन जसले गर्दा यो घटिसकेपछि मात्रै योजना वनाउनुपर्ने हुन्छ । अहिलेको अवस्थामा पनि यो भएको छ । तर यति लामो समय भइसक्दा पनि किन सरकारले स्वास्थ्यकर्मीका लागि पिपिइ व्यवस्था गर्न सकेको छैन ? आफुलाई सुरक्षा सामग्री चाहियो भनेर माग गर्नु उनीहरुको अधिकार होे ।

    स्वास्थ्यकर्मीलाई सुरक्षित वनाउँनु उसका लागि मात्रै नभएर बिरामीका लागि पनि हो । एउटा विरामी संक्रमित हुँदा सिमित व्यक्तिलाई मात्रै सर्ने सम्भावना हुन्छ भने एउटा स्वास्थ्यकर्मी नै संक्रमित हुँदा त्यसले केयौ बिरामीलाई सार्ने सम्भावना रहन्छ । निको हुनका लागि अस्पताल गएको मान्छे रोग बोकेर घर फर्कन्छ भने कसरी नियन्त्रण हुन्छ कोरोना ? कोरोनाका वारेमा गहिरो ढँगले वुझेको मान्छे सुरक्षा व्यवस्था नअपनाएको चिकित्सकसँग कसरी चेकजाँच गराउन जाने ? यो गम्भिर प्रश्न छ ।

    सरकारले तत्काल पिपिइ लगायत अन्य सुरक्षा सामग्रीको व्यवस्था गर्नमा ध्यान दिनुपर्दछ । समयमै यसमा ध्यान दिन सकिएन भने सामान्य रोगका कारण पनि मानिसले ज्यान गुमाउनुपर्ने क्रम वढेर जाने हुन्छ । यो विषयमा तत्काल गम्भिर हुनु आवश्यक छ । ज्यानको माया मारेर कसैले पनि अरुको सेवा गर्न सक्दैन ।

    उपचार गर्न मानेनन् भनेर स्वास्थ्यकर्मी माथि खनिनु भन्दा उनीहरुलाई कति सुरक्षित राख्न सकियो भन्ने बारेमा पनि सोच्नु आवश्यक छ । हरेक स्वास्थ्यकर्मीका परिवार छन् , साँझ घरमा जाँदा मुस्कानले स्वागत गर्न आतुर सन्तान र बुढा बाबु आमा पनि छन् अनि दिनभरि काम गरेपछि साँझ ढुक्कसँग एक अर्काको अँगालोमा वाँधिएर सुत्ने रहर पनि छ ।
    खबरशालाबाट

    Posted in ताजा अपडेट, मुख्य खबर, विचारLeave a Comment on सरकार ! स्वास्थ्यकर्मी पनि मान्छे हुन्

    अस्पतालबाटै डाक्टरहरु बेपत्ता भए के हुन्छ सरकार?

  • २४ चैत्र २०७६, सोमबार १४:५३ मा प्रकाशित
  • स्वागत नेपाल: इण्डियाका विभिन्न अस्पतालबाट ७०० को संख्यामा अस्पतालबाटै डाक्टरहरु गायब भएको हिन्दुस्तान टाइम्स लगायतका इण्डियन सञ्चार माध्यममा पढिरहँदा नेपालका पनि डाक्टर र स्वास्थ्यकर्मीहरुको बारेमा झन् दुःख लाग्दो जानकारी आयो ।

    सरकारले स्वास्थ्यकर्मीलाई पिपिई लगायत व्यक्तिगत सुरक्षा सामग्री समेत नदिई “बरु मर्नु तर उपचार गर्नु” भन्दै सोझै मृत्युको मुखमा धकेलेर पहिला पिपिई माग गर्ने डाक्टर र स्वास्थ्यकर्मीहरुलाई भविष्यमा समेत अयोग्य ठहरिने गरी लाइसेन्स खारेज गर्ने भनेर काममा लाग्न धम्कीपूर्ण आदेश दिएछ । तर, अहिल्यै मुलुक चलाउन अयोग्य भइसकेका रोबोटहरुको योग्यताको बारेमा चाहिँ के हुन्छ ?

    कोमाबाट देश चलाउन खोज्ने विदेशी रोबोटहरुको चाहिँ लाइसेन्सको वैधानिकता के हो ? यस्तै जबरजस्तीले गर्दा इण्डियामा डाक्टरहरु पनि मरेका मर्यै छन् । सरकारी जागीर खाए पनि वा प्राइभेट अस्पतालमै जागीर खाए पनि कर्मचारी तिम्रो नोकर हो ? बरु तिमी चाहिँ नोकर हो जनताको, साँच्चै बुझ्ने हो भने ।

    भ्रष्टाचार गर्न नपाएर डाक्टर र स्वास्थ्यकर्मीहरुका लागि व्यक्तिगत सुरक्षा सामग्री खरिद गर्न समेत नालायक अयोग्यहले पढेर आएका डाक्टरहरुको योग्यताको मापन गर्ने ?

    बिना हातहतियार विश्वयुद्ध लडिरहेछन् डाक्टरहरु, उनीहरु पनि मान्छे हुन् तिमीहरुजस्ता विदेशीका रोबोट होइननन् चेतना भया । संसारमा सबैभन्दा अयोग्य मान्छे त्यो हो जोसँग पैसा छ तर चाहिएको बेला खर्च गर्न सक्दैन । चाहिएको सामान खरिद गर्ने निर्णय समेत गर्न सक्तैन । पैसा हुँदाहुँदै सामान किन्न पाउँदा समेत सामान नकिनेर मान्छे मर्नु पर्ने बाध्यतामा पुर्यायो सरकारले । सरकारलाई त लक डाउन छैन नि !

    यस्तो बेला डाक्टर स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन दिनु पर्नेमा चिकित्सकहरु डा. लोचन कार्की, डा. बद्री रिजाल, डा मुक्तिराम श्रेष्ठ, डा. सुधा शर्मा लगायतले लगभग रुँदैरुँदै मिडिया सामु आइपुगेर विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड बमोजिमको आवश्यक सामग्री उपलब्ध नगराई स्वास्थ्यकर्मीको लाइसेन्स खारेज गर्छु भनेकोमा दुःख पोख्नु पर्ने स्थिति आउनु भनेको यी कुशासकको अयोग्यताको प्रमाण हो ।

    इटालीमा ५१ जना डाक्टरहरुले ज्यान गुमाइसकेका छन्, इण्डियाका विभिन्न अस्पतालबाटै ७०० डाक्टरहरु वेपत्ता भएका छन् । नेपालमा पनि एकाएक त्यसरी सरकारले जबरजस्ती गर्ने हो भने अस्पतालबाटै डाक्टरहरु बेपत्ता हुन सक्नेछन् । त्यस्तो स्थिति आयो भने भविष्यमा अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गर्नै पर्दैन ।

    सेवालाई नै उनीहरुले आफैँ बर्खास्त गर्न सक्छन् । तिमीले जागीर दिएर उनीहरु डाक्टर बनेका होइनन् पहिला डाक्टर बनेर मात्र तिमीले जागीर दिएको हो । जीवन रहे मात्र डाक्टरले सेवा दिन्छन् । हिम्मतपूर्वक मात्र होइन “स्मार्ट” पूर्वक काम गर्ने बेला हो यो ।

    मुर्खतापूर्ण हिम्मतले मात्र काम गर्ने पेशा होइन चिकित्सा भनेको ! ढुंगा मुढा गर्ने, टायर बाल्ने, बुथ लुट्ने मान्छेका टाउका काट्ने आदिजस्तो होइन चिकित्सा भनेको जो मुर्खतापूर्ण हिम्मतले मात्र गर्न सकियोस् । त्यसैले समय छँदै डाक्टर र स्वास्थ्यकर्मीलाई अयोग्य घोषणा गर्छु भन्ने अयोग्यहरुले सोच ।
    दियालो पोष्ट

    Posted in ताजा अपडेट, मुख्य खबर, विचारLeave a Comment on अस्पतालबाटै डाक्टरहरु बेपत्ता भए के हुन्छ सरकार?

    राहतलाई आहत नबनाउ

  • २३ चैत्र २०७६, आईतवार २३:२९ मा प्रकाशित
  • –वसन्त अनुभव-

    कोभिड १९ को विश्वब्यापी महामारीका कारण नेपाल पनि एक गंभिर मोडमा पुगेको छ । नेपालका दुबै छिमेकी राष्ट्रहरु चीन र भारत जहा एउटा छिमेकीले कोरोनालाई कोरल्ने उपाधी पाएको छ भने अर्को छिमेकीले कोरोनासंग सिँगौरी खेलिरहेको छ ।

    लकडाउनका कारण यतिबेला मजदुर, गरिब तथा विपन्न वर्ग सबैभन्दा पीडित हुन पुगेका छन । दैनिक काम नगरी बिहान र साझको दुई छाकको पनि जोहो गर्न नसक्ने तिनीहरुको चुल्हो विस्तारै चिसो हुँदै गएको छ । खान नपाएर भोकभोकै बसेको, रोएको, तड्पिएको कारुणिक घटना सामाजिक संजाल र न्युजका भित्ताहरुमा पोखिएको भेटिन्छ । कतिले त आफ्नो ज्यानै फालेको पनि सुनिन्छ ।

    जोखिममा रहेको राष्ट्र नेपाल पनि कोरोनाबाट अछुतो रहन सकेन । कोरोनाको कारण मृत्यु भएको कुनै घटना पुष्टि नभएपनि ९ जना कोरोना संक्रमित भएको पुष्टि भने भएको छ । संक्रमित थपिने क्रम पछिल्लो समय बाक्लिए पनि सरकारले हिम्मत भने हारेको छैन ।

    कोरोना संक्रमणको रोकथाम र नियन्त्रण गर्नका लागि चेन ब्रेक हेतु मुलुकमा अहिले लकडाउन जारी छ । सोही लकडाउनका कारण यतिबेला मजदुर, गरिब तथा विपन्न वर्ग सबैभन्दा पीडित हुन पुगेका छन । दैनिक काम नगरी बिहान र साझको दुई छाकको पनि जोहो गर्न नसक्ने तिनीहरुको चुल्हो विस्तारै चिसो हुँदै गएको छ । खान नपाएर भोकभोकै बसेको, रोएको, तड्पिएको कारुणिक घटना सामाजिक संजाल र न्युजका भित्ताहरुमा पोखिएको भेटिन्छ । कतिले त आफ्नो ज्यानै फालेको पनि सुनिन्छ ।

    सरकारले पनि ती विपन्न वर्गको स्थितिलाई मध्यनजर राख्दै तिनिहरुको डाटा कलेक्सन गर्दै गरेको छ । तर पनी सरकारबाट राहत दिने कार्यमा भएको ढिलाइका कारण ती वर्गले राहत महसुस गर्न सकिरहेका छैनन । केही निकाय बाहेक धेरै जसोले अझै डाटा कलेक्सन, एनालाइसिस, इन्टरपृटेसनमै दिन गुजारिरहेका छन । केही स्थानिय निकायले भने राहत बाड्न शुरु गरेको पनि सुनिन्छ ।

    यस्तो विषम परिस्थितिमा स्वतस्फूर्त रुपमा केही ब्यक्ति वा संघसंस्थाले चामल, दाल, तेल लगायत दैनिक उपभोग्य सामानहरु सहयोग गर्दै आइरहेको छन । जुन ज्यादै सह्रानिय कार्य हो । ती स्व:स्फुर्त रुपमा सहयोगका हात बढाउने ब्यक्तिहरुको हातमा अंकुस लगाउने गरेको हल्ला यदाकदा सुनिन थालेको छ ।

    ती अंकुस लगाउने हातहरुले ईर्ष्यायुक्त दिमाग नचलाएर आफ्नै हात अघि बढाए भैगो नि अरुको खुट्टो किन तान्नुपर्‍यो । ती सहयोगीहातहरु त विना लोभ, लालच, घाम,पानी, दु:ख नभनी मानवताको नाताले खटिरहेका छन । आफू लंगडो भए भन्दैमा अरुको खुट्टो पक्डेर रोक्नु कदापी न्यायोचित हुन सक्दैन ।

    समस्यासँग जुधिरहेका ती विपन्न वर्गको चिसो चुल्होमा कसैले आगो बाल्न खोज्छ भने त्यस कार्यमा आवश्यक सहयोग गर्नुको साटो अवरोध शृजना गर्न खोज्नु जिम्मेवार ब्यक्ति र निकायलाई शोभा दिदैन ।

    बरु कतै समन्वयको अभाव छ भने समन्वय गर्न सुझाउनु पर्यो । कसैलाई लुट्न पो पाइदैन, विपतमा परेकालाई सहयोग गर्न त पाउनु पर्‍यो नि । बरु आफुभित्रको ईर्ष्या, आडम्बर, ईगो आदिलाई निकालेर सहयोग पो गर्ने कि ।

    Posted in ताजा अपडेट, मुख्य खबर, विचारLeave a Comment on राहतलाई आहत नबनाउ

    हो स्वास्थ्यकर्मीलाई हदैसम्मको कार्वाही गर्नुपर्छ

  • २३ चैत्र २०७६, आईतवार १२:३३ मा प्रकाशित
  • –वसन्त अनुभव-
    यतिबेला सारा विश्व नै गंभिर परिस्थितिबाट गुज्रिरहेको छ। कोरोना भाइरस (कोभिड १९) ले मानिसहरुलाई कुप्लुक्क कुप्लुक्क निलिरहेको छ । विश्वका अधिकांस राष्ट्रमा कोरोनाको महामारीले गाजिरहेको छ ।

    सर्जिकल मास्क पनि प्रयोग पछि गोजीमा राखेर पुनः प्रयोग गर्नुपर्ने अवस्था छ । सरकारले स्वास्थ्यकर्मीलाई आबश्यक पिपिई सेट लगायत सम्पुर्ण सामग्री पुर्याइसकेको दावा गरिरहदा कतिपय स्वास्थ्यकर्मीहरु रेनकोट लगाएर, बोराको पिपिइ बनाएर उपचारमा खटेको देखिन्छ ।

    यस महामारीबाट उन्मुक्ति पाउन राष्ट्रहरुले विविध प्रयास गरिरहेका छ्न । केही राष्ट्रले यसको कहरलाई हल्का नियन्त्रण गर्न सके पनि बाकी राष्ट्रहरुमा आगो झै दन्किरहेको छ । कतिपय राष्ट्र नराम्रोसँग जलिरहेका छन ।

    नेपाल पनि यस जटिल परिस्थितिबाट गुज्रिरहेको छ । हालसम्म यश रोगको कारणले कसैको मृत्यु भएको पुष्टि नभए पनि दिनप्रतिदिन संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ९ जना पुगिसकेको छ ।

    यसको संक्रमण रोकथाम गर्नका लागि, अझ भनौ संक्रमणको चेन ब्रेक गर्नका खातिर नेपालले यहि चैत ११ गतेदेखि लगातार लकडाउन गरिरहेको छ । विभिन्न जनचेतनामूलक सूचना प्रवाह गरिरहेको छ । जुन ज्यादै सह्रानिय कार्य हो ।

    खुला सिमाका कारण लकडाउनको प्रभावकारी कार्यान्वयन चुनौती बन्न पुगेको देखिन्छ । लकडाउनको अवधिमा पनि सिमा क्षेत्रबाट अनाधिकृत प्रवेश हुने गरेका समाचार देख्न र सुन्न पाईन्छ । सरकारले भारत लगायत अन्य मुलुकबाट नेपाल छिर्ने गैह्रनेपाली नागरिकलाई प्रवेश प्रतिबन्ध र नेपाली नागरिकलाई सहज रुपमा आउने बाताबरण बनाइदिनुपर्थ्यो र तिनिहरुलाई अनिवार्य क्वारेन्टाइनमा बस्ने वातावरण मिलाउनुपर्थ्यो । तर सरकारले सुरुमा अत्यन्त लुज बनायो, राम्रोसँग चेकजाँच पनि गर्न सकेन ।

    जब नेपालमा संक्रमित फेला पर्यो तब नेपाल सरकार आत्तिएर लकडाउन गर्यो । सिमानाकाबाट नेपालीलाई समेत छिर्न दिएन जसको कारण लुकिछिपी अनाधिकृत नेपाल प्रवेशका घटना हुन पुगे । हालसम्मको संक्रमितहरुको अबस्था हेर्दा भारत लगायत बाह्यमुलुकबाट छिरेकाहरुमा (एकजना बाहेकमा) मात्र कोरोना संक्रमण देखिएको छ ।

    उक्त एकजना पनि बाहिरबाट आएका संक्रमित व्यक्ति (आफन्त) बाट संक्रमित हुन पुगेको जानकारी प्राप्त भएको छ । यदि समयमै पैदल मार्ग वा वायुमार्गबाट नेपाल छिरेका ब्यक्तिहरुलाई क्वारेन्टाइन वा आइसोलेसनमा राख्ने व्यवस्था गर्न सकेको भए कोरोना रोकथाममा धेरै सहज हुनेथियो ।

    कोरोना संक्रमणको उपचार, रोकथाम तथा नियन्त्रणमा प्रत्यक्ष रुपमा खटेर काम गर्ने भनेको स्वास्थ्यकर्मीहरु नै हुन । उनिहरुले आफ्नो ज्यानको बाजि लगाई टाउकोमा कफन बाधी उक्त कार्यमा खटिरहेका छन । जुन स्वास्थ्यकर्मीहरुको कर्तव्य र दायित्व पनि हो । यतिबेला दिनरात नभनी खट्नुपर्ने हुन्छ ।

    तर यो भन्दैमा मुलुकमा यस्तो महामारीको सन्त्रास फैलिएको बेला स्वास्थ्यकर्मीहरुले असुरक्षित रहेर भएपनि काम गर्नै पर्छ भन्नू कति न्यायोचित होला ? स्वास्थ्यकर्मीहरुको पनि बाच्न पाउने नैसर्गिक अधिकार हुन्छ । आफू सुरक्षीत रहेमा स्वास्थ्यकर्मीले विना हिच्किचाहट राम्रोसँग उपचार गर्नसक्छ ।

    धेरैजसो स्वास्थ्यकर्मीहरुले N95 मास्क, PPE set लगाउन पाउनु त परैजावस देख्नसमेत पाएका छैनन । हेर्नलाई समेत नेट सर्च गर्नुपर्ने परिस्थिति छ । सर्जिकल मास्क समेत नपाएर बजारमा पाइने पातलो कपडाको मास्क लगाएर बिना ग्लोब्स विरामीको उपचारमा खट्नु पर्ने अवस्था छ । सर्जिकल मास्क पनि प्रयोग पछि गोजीमा राखेर पुनः प्रयोग गर्नुपर्ने अवस्था छ । सरकारले स्वास्थ्यकर्मीलाई आबश्यक पिपिई सेट लगायत सम्पुर्ण सामग्री पुर्याइसकेको दावा गरिरहदा कतिपय स्वास्थ्यकर्मीहरु रेनकोट लगाएर, बोराको पिपिई बनाएर उपचारमा खटेको देखिन्छ ।

    तिनै स्वास्थ्यकर्मीहरु जो हामी रिस्कमा काम गर्दैछौ भन्ने थाहा हुदाहुदै पनि काममा होमिएका छन उनिहरुको मनोबल गिर्ने गरि कार्वाही गर्ने धम्किपुर्ण निर्देशन सरोकारवाला निकायबाट जुन आउने गरेको छ, ज्यादै दु:खद छ । हतियार बिना कुनै फौजी लडाइको मैदानमा लड्न जान हिक्किचाउनु, जान्न भन्नू स्वाभाविक भए जस्तै बिना पिपिई स्वास्थ्यकर्मी बिरामीको उपचार गर्न सक्दैन भन्नू स्वाभाविक हो । यस्तो जटिल परिस्थितिमा सरकारले स्वास्थ्यकर्मीलाई पर्याप्त गुणस्तरीय पिपिई सेट दिन सक्नु पर्छ तब मात्र कार्बाहीको धम्की सुहाउछ ।

    विडम्बना स्वास्थ्यकर्मीले उपचार गर्दा लगाउनु पर्ने N95 मास्क, PPE सेट जनप्रतिनिधि लगायत उच्चपदस्थहरुले लगाएर सामाजिक सन्जालमा भाइरल भएको समाचार पढिरहदा त्यही देशका कतिपय स्वास्थ्यकर्मी विना मास्क, ग्लोब्स उपचारमा खटेका, कतिपयले गुणस्तरहिन सामग्री पहिरिएर ज्यान जोखिममा राखी काम गरिरहेका छन ।

    पिपिई सेटमा सजित जनप्रतिनिधिहरुको तस्बिर

    प्रत्यक्ष उपचारमा खट्ने स्वास्थ्यकर्मी सर्जिकल मास्क, लुज ग्लोब्स कपडाको एप्रोन लगाई काम गरेको तर अनुगमन गर्ने जनप्रतिनिधि, उच्चपदस्थ ब्यक्ति/ कर्मचारीले PPE सेट लगाएको अनौठो तस्बिर र समाचार सामाजिक सन्जाल देख्न र सुन्न पाइन्छ ।

    सरकार पहिले स्वास्थ्यकर्मीलाई सुरक्षीत रहन आवश्यक पर्ने सबै गुणस्तरीय सामान पर्याप्त रुपमा दिनुपर्यो । त्यसपछि पनि यदि बिरामीको उपचार गर्न आनाकानी गर्छ र मान्दैन भने त्यस्ता स्वास्थ्यकर्मीलाई हदै सम्मको कार्वाही गर्नुपर्छ । अझ जेल हाल्ने व्यवस्था गर्नुपर्छ ।

    तर विना हतियार सैनिकलाई युद्धको मैदानमा लड्न पठाए झै स्वास्थ्यकर्मीलाई कसरी गर र मर भनी बाध्य पार्न कति जायज होला । भोलि विरामीको उपचार गर्ने स्वास्थ्यकर्मी नै संक्रमित भएभने नेपालको स्थिती कस्तो होला । बेलैमा सोच्न जरुरी छ ।

    नेपालमा अहिले कोरोना संक्रमित थोरै छन भनेर ढुक्क हुने स्थिती छैन, परिस्थितिलाई कम आक्न मिल्दैन । हामिले जाँच नै कति जनाको गरेका छौ र । अहिलेसम्म १५०० वटा पनि पुगेको स्थिती छैन । त्यसैले गंभिर भएर सोच्न जरुरी छ । कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि निम्न कुराहरू गर्नुपर्ने देखिन्छ ।

    आमनागरिकले
    -लकडाउनको पुर्ण पालना गर्ने
    -साबुन पानीले पटकपटक हातखुट्टा धुने ।
    -अत्यावश्यक काम नपरि घरबाहिर ननिस्कने । निस्कनै परे सम्बन्धित निकायलाई जानकारी गराएर/ अनुमती लिएर निस्कने ।
    -पार्टी, भोज, जमघट नगर्ने ।
    -काम परि घरबाहिर निकदा मास्क लगाउने, ब्यक्ति-ब्यक्ति बिचको तोकिएको दुरि कायम गर्ने ।
    -सामान्य जिबनशैली अपनाउने ।
    -तनावबाट मुक्त भइ सृजनशिल कार्यमा लाग्ने ।
    -आफ्नो गाउँ, टोलमा भर्खर विदेशबाट कोहि ब्यक्ती आएको भए सम्बन्धित निकायलाई जानकारी गराई क्वारेन्टाइन बस्न लगाउने ।
    -शंकास्पद वा संक्रमितलाई अपराधीलाई जस्तो व्यवहार नगर्ने

    सरकारले
    -लकडाउन कडाइकासाथ पालना गराउने ।
    -जनतालाई आवश्यक पर्ने दैनिक उपभोग्य बस्तु सुपथ मुल्यमा उपलब्ध गराउने । कृतिम अभाव र महंगी नियन्त्रण गर्ने ।
    -विपन्न बर्गलाई न्यायोचित ढंगले राहत वितरण गर्ने ।
    -स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुलाई पर्याप्त मात्रामा ब्यक्तिगत सुरक्षा सामग्री (N95 मास्क, PPE सेट, स्यानिटाइजर आदि) उपलब्ध गराउने ।
    -भारत तथा अन्य मुलुकबाट आउने गैह्र नेपालिलाई प्रवेश निषेध गर्ने, नेपाल प्रबेश गर्ने र गरेका नेपालीलाई अनिवार्य चेकजाँच र क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने ।
    -स्थानीय निकायलाई क्रियाशिल बनाई गाउँगाउँ, टोलटोलमा हालसालै विदेशबाट आएका ब्यक्तिहरुको खोजी गरि उसको परिवार सहित क्वारेन्टाइन राख्ने व्यवस्था मिलाउने ।
    -शंकास्पद वा संक्रमित व्यक्तिलाई अपराधिको जस्तो ब्यवहार नगर्ने ।

    Posted in ताजा अपडेट, मुख्य खबर, विचारLeave a Comment on हो स्वास्थ्यकर्मीलाई हदैसम्मको कार्वाही गर्नुपर्छ

    ‘लकडाउन’मा पारिबारिक हिंसाले लिएको उग्ररुप

  • २१ चैत्र २०७६, शुक्रबार ०९:४५ मा प्रकाशित

  • टंक पन्त
    हाम्रो परिबार , हाम्रो समाज अन्य देशको केही न केही भिन्न छ त्यसैले त भनिन्छ नेपाली समाज आफ्नै ढंगले बिकसित भएको छ । अधिकांश बिषयमा एक आपसमा अत्यन्त सौहाद्र्धता पनि छ एक रुपता पनि छ , हरेक संकटका बेला एकले अर्कालाई सहयोग गर्ने सस्कृति पनि त्यत्तिकै छ जसलाई सहयोगी संस्कार र स्वभाब भएका नेपालीहरु भन्ने पनि गरिन्छ । यतिखेर नेपाल पनि बिश्वभरि फैलिएको महामारीको चपेटामा परेको छ । महामारीको गंभीर जोखिमलाई नियन्त्रण गर्न र अफ्ट्यारो परिस्थितिमा एकले अर्कालाई सहयोग गर्न सिगो मुलुक एक भएको अनुभुति पनि भएको छ यधपि कतिपय घटनालाई राजनीतिकरण गरेर केही ब्याक्तिले संकटको सामना गर्ने भन्दा बिबाद सिर्जना गर्ने पनि गरेका छन । लकडाउनको समयमा पारिबारिक हिसालाई बढाएर उग्ररुप लिने बनाएका छन । केही दुखद घटना बाहेक सिगो मुलुक कोरोना बिरुद्ध एक छ र जव सम्म कोरोनाको महामारी नियन्त्रण हुदैन तब सम्म एक भएर बिश्वलाई चकित बनाउने गरी सरकारले सम्पुर्ण समय त्यसैमा लगाएको छ ।
    २०१९को डिसेम्बर देखि चीनको बुहानबाट बाहिर देखिएको कोरोना भाइरसले २०२० को आज सम्म सम्म आइपुग्दा समाज र परिबारलाई पनि गंभीर रुपमा प्रभावित बनाएको छ । मुलुक र मुलुकका नागरिकको सुरक्षाका लागि नेपाल सरकारले पनि चैत्र ११ गते देखि देशभरि लकडाउनको घोषणा गरेको छ । घरभित्रै बस्ने , बाहिर ननिस्कने र कोही पनि बिदेशबाट आएको छ भने कोरेण्टाइनमा बसेर आफु र अरुलाई पनि बचाउनु पर्ने समयको मागलाई सोही बमोजिम सबैले जिम्मेबारीपुर्बक पालना गर्नुपर्ने आबश्यकता छ । सरकारले जे निर्णय गरयो त्यो बाहेक नागरिकलाई महामारीबाट जोगाउनका लागि अर्को बिकल्प पनि थिएन । अहिले सिगो मुलुक लकडाउनको अबस्थामा छ । अति आबश्यक बाहेक सम्पुर्ण कार्यालय स्कुल कलेज पनि बन्द छन । सबैका घरमा परिबारका सबै सदस्य जुटेका छन । कुनै राजनीतिक दलले नेपाल बन्दको घोषणा गर्दा वा सरकाले कर्फयु आदेश जारी गर्दा साझ परेपछि बाहिर निस्कने , चोक चोकमा बसेर कुराकानी गर्ने गरिन्थ्यो र समय बिताउन पनि गाहा्रे हुदैनथ्थो तर अहिले त घरबाट बाहिर निस्कनु भनेको अन्यबाट महामारीको सक्रमण निम्त्याउनु हुन्छ । । कही जम्मा भएर बस्न पनि मिलेन हिडन पनि मिलेन । किनकि यो रोग एक्अर्काबाट फैलिने भएकोले बिश्वभभरि नै घर भित्रै बस्ने र कोरोनाको महामारीबाट जोगिने उपाय अबलम्वन गरिएको छ ।
    महामारीको सक्रमणको जोखिमबाट जोगिन जब आम नागरिकहरु घरबाट बाहिर निस्कन पाएनन जसले धेरै परिबारमा एउटा सकारात्मक माहोल पनि बनाएको छ । श्रीमान श्रीमती , बाबु आमा , छोरा छोरी नाति नातिनाबीच यति लामो समय एकै ठाउ बस्ने समय मिलेकै थिएन । छोरा छोरी स्कुल कलेज गएका हुन्थे , बाबु आमा कोही दुबै कोही एक जना , कोही तीन चार जना सम्म कार्यालय अर्थात काममा जाने , केबल बिहान साझ भेट हुने तर धेरै समय नहुने अबस्था थियो । अहिले कोरोनाको महामारीले कैयौ दिन २४ सै घण्टा संगै बस्नुपर्ने बाध्यकारी स्थिति सिर्जना गराएको छ । । जसले कैयौ परिबारमा एकले अर्कालाई अझ बढी बुझने , सानातिना समस्या परिबारमा थिए भने एकै ठाउ बसेर हल गर्ने र परिबारलाई थप मजबुत बनाउने काम गरेको छ ।
    परिबारमा एकले अर्कालाई सहयोग गर्ने , एकले अर्कालाई बुझने र सोही अनुसार आगामी दिनमा थप एकता र सौहाद्र्धताका साथ अगाडि बढने बाताबरण गरी लकडाउने दिएको सुर्बण अबसरलाई धेरैले उपयोग पनि गरेका छन तर कतिपय परिबारमा लकडाउनले भाडभैलो पनि निम्त्याएको छ । धेरै समय एकै ठाउ भएपछि सानातिना कुरामा निहु खोजेर श्रीमान श्रीमती एकै ठाउ बस्न नसक्ने स्थितिको दुखद पक्ष पनि उब्जिएको छ । कतिपय परिबारमा श्रीमतीको टोकसोले श्रीमान पीडित, श्रीमानको हरेक कुरामा निहु खोज्ने प्रबृत्तिले श्रीमती पीडित भएका घटना देखिएका छन । जसमध्ये धेरै परिबारमा श्रीमानका कारणले समस्या उत्पन्न भएका छन ।
    श्रीमान श्रीमतीबीच अत्यन्तै झिनामसिना बिषयमा झगडा हुने गरेको र दुबैले कम्प्रमाइज नगर्दा त्यसले ठुलो रुप लिएपछि धेरै परिबारका सदस्यले प्रहरी महिला सेल देखि महिला मानब अधिकार रक्षकलाई फोन गरी हार गुहार समेत गर्ने गरेका छन । ती घटनाले गर्दा देशमा लागेको लकडाउन त्यो परिबारको घरािभत्रै परिबारका सदस्यबीच नै लकडाउन हुने सम्मको दुखद स्थिति उत्पन्न भएको छ ।
    महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका बिज्ञ सल्लाहकार सदस्य समेत रहनुभएकी बरिष्ठ महिला अधिकारकर्मी , मानबअधिकारकर्मी डा रेणु अधिकारीले लकडाउनले कैयौ परिबारमा थप सौहाद्र्धता , थप बुझाई बनाएर परिबारलाई झन कसिलो बनाएको छ भने कतिपय परिबारमा साना तिना कुराले गर्दा झैझगडा भएर निकै अफ्ट्यारो स्थिति आएको भनी देशका बिभिन्न ठाउबाट महिला मानब अधिकार रक्षकहरुले लौन दिदी यस्तो बेला के गरौ भनी फोन गरेको जानकारी गराउनुभएको छ । उहाका अनुसार श्रीमतीलाई मन लागे पनि नलागेपनि जबर्जस्ती जतिखेर पनि यौनसम्पर्क गर्न खोज्ने अनि श्रीमतीले यसका लागि पनि समय हुन्छ जतिखेर पनि काम छैन र अहिले समय छैन म घरकै काममा ब्यस्त छु देख्नुभएकै छ नि भनी बिनम्रतापुर्बक भन्दा श्रीमानले त्यहि बिषयबाट निहु खोजेर झगडा प्रारंभ गरेका कुरा धनगढी , डढेल्धुरा डोटी , बाग्लुङ, चितवन , सिराहा , भोजपुर लगायत बिभिन्न जिल्लामा महिला मानब अधिकार रक्षक समक्ष ती महिलाहरुले सहयोगका लागि आग्रह गर्दै फोन गर्ने गरेका छन । प्रहरी महिला सेलमा पनि त्यस्ता अफ्ट्याराहरु परेपछि गुनासो गर्ने गरिएको र निकै जटिल भएका घटनामा नजिकको प्रहरीलाई खबर गरेर तत्कालका लागि समस्या समाधान गरी लकडाउन सकिएपछि जाहेरी लिएर आउन प्रहरी महिला सेलले भन्ने गरेको छ ।
    लकडाउन सकिएपछि घरेलु हिसा भएका घटना सबन्धी जाहेरी धेरै आउने सभावना रहेको केन्द्रिय प्रहरी महिला सेलको अनुमान छ ।घरभित्रको झगडाले उग्ररुप लिएपछि एक जनाले त म घरमा बस्न सकिन कोरोना भाइरस सक्रमण भएकाहरु समक्ष लगिदिनुस र म त्यहाबाटै बिदा हुन चाहन्छु भनी प्रहरी महिला सेलमा भनेको पनि जानकारीमा आएको छ । लकडाउन भएकै बेला काठमाडौको टोखा नगरपालिका बानियाटार निबासी एक जना पुरुषले नेपाल प्रहरीको महिला सेलमा फोन गरेर भनेछन —म घरमै बस्न नसक्ने भए के गर्ने होला ? महिला सेलमा फोन उठाउने प्रहरी अधिकृतले सोधिन् के भयो र त्यस्तो ? ती पुरुषले थपे — लकडाउन भएको केही दिन देखि घरमा श्रीमतीसंग निरन्तर भएको झगडाले श्रीमान श्रीमतीबीच नै लकडाउन मात्रै भएको छैन संगै बस्नै नसक्ने अबस्था सिर्जना भएको छ के गरौ प्लिज सहयोग गरिदिनुस न । महिला सेलमा फोन उठाएकी प्रहरी अधिकृतले बिनम्र भएर अनुरोध गरिन् —यस्तो संकटको बेला त झन मिल्ने , बिगतका कमीकमजोरीका बारेमा छलफल गर्ने , जस्को कमजोरी भएपनि अब देखि यो लकडाउनले सबन्धलाई गाढा बनाएको अनुभुति दिलाउने गरी ब्यबहार गर्ने पो गर्नुपर्छ नि हजुर ।
    ती पुरुषको भनाइ भने फरक थियो — मिल्ने त सभावना नै छैन , साझ बिहान दिउसो जतिखेर पनि झगडा हुने गरेको छ छोरा छोरी पनि मेरो पक्षमा नभएर श्रीमतीकै पक्षमा छन अनि म कसरी बस्न सकु म अहिले महादेबस्थान बस्ने मेरो काकाको घरमा आएर फोन गरिरहेको छु मेरो काकाले महिला सेलमा फोन गरेर सहयोग हुन सक्छ भन्नुभएको हुनाले पनि फोन गरेको हु यदि श्रीमतीलाई कारबाही गर्न सक्नुहुन्न भने मलाई कोरोना भाइरस लागेकाहरुसंग भेटाइदिनुस म आफै कोरोना ग्रहण गरेर मर्न चाहन्छु । उनको लामो कुरा सुनिसकेपछि प्रहरी अधिकृतले भनिन —अहिले केही गर्न सकिदैन तपाइहरु मिलेर बस्नुस हुदै भएन भने लकडाउन अन्त्य भएपछि जाहेरी दिनुस आबश्यक कारबाही गरौला ।
    घरेलु हिसा सबन्धी बिधाबारिधि गर्नुभएकी बरिष्ठ अधिकारकर्मी डा माधुरी सिह अहिलेको संकटको बेला अनेक तनाब हुंदो हो अनि सानातिना कुराले ठुलो रुप लिन सक्छ यसर्थ परिबारले यो महामारीले गर्दा घरमा सबै जना बस्न पाएकोलाई केही साना तिना कुरामा अनमेल भएपनि मिल्नका लागि यो लकडाउनलाई अबसरको रुपमा लिनुपर्ने धारणा राख्नुहन्छ भने यहि सन्दर्भमा सामाजिक र आर्थिक बिषयकी प्रशिक्षक इन्दिरा पन्त भन्नुहुन्छ – घरमा भएपछि लकडाउनका कारण स्कुल कलेज बन्द भएर घरमा बसेका बच्चाहरुलाई हेर्ने र आफनो काममा जान नपाएर बसेका परिबारलाई श्रीमतीले खाना बनाउने देखि हरेक काममा अरु बेला भन्दा अझ बढी ब्यस्त हुनुपर्ने तर श्रीमानले ओरको सिन्को पर पनि नसार्ने, खाली मोवाइलमा च्याट गरेर बस्ने, अनि के यस्तो खाना बनाएको आरोप लगाउने र केही भन्यो भने निहु खोज्ने जस्ता साना तिना कारणले पनि घरेलु हिसा बढेको हुनुपर्छ भन्दै यस्ता नकारात्मक कुरालाई त्यागेर यो लकडाउनलाई परिबारलाई सकारात्मक बनाउने गरी भरपुर उपयोग गर्नुपर्छ । लकडाउन भएकै समयमा एक घरबाट अर्को घरमा सहयोगका लागि जाने बालबालिका, युवतीमाथि पनि अनेक खाले हिसा हुने गरेका छन ।
    लकडाउन भएको बेला युरोपियन मुलुक फ्रान्स लगायतका देशमा पनि महिलाहरु घर भित्र हिसामा परेका छन भने उनीहरु बाहिर निस्केर सुरक्षित स्थानमा जान र न्यायका लागि सबद्ध कार्यालयमा जान सक्ने सुबिधा त्यहाको सरकारले दिएको छ । कोरोनाको महामारीपछि बेलायतको हटलाइनमा ६५ प्रतिशतले घरेलु हिसाको रिपोर्टका केश बढेको , फ्रान्समा यूरोन्यूजडटकमका अनुसार मार्च १७ सम्म महिला हिसाका घटना ३० प्रतिशतले बढेको छ । चीनको हुबइमा गत बर्ष फरवरीमा ४७ घटना दर्ता भएका थिए भने २०२० फरवरीमा १६२ घटना दर्ता भएको अन्तराष्टिय न्युज एजेन्सीले जनाएका छन । रोममा पनि आश्रय गृहहरु लकडाउनको समयमा पनि खुलेका छन । आश्रय गृहका अधिकारीले मोवाइल पनि एक्टिभ छ र फेसबुक मार्फत पनि खबर गरेमा हिसा प्रभावित महिलाहरु न्यायका लागि आउन सक्ने जनाएका छन ।
    स्पेनमा लकडाउनको नियम पालना नगरे कडा कारबाही हुन्छ तर घरमा हिसामा परेर बाहिर निस्कन बाध्य हुने महिलालाई कारबाही नहुने ब्यबस्था गरिएको छ । स्पेनकै भ्यालेन्सियामा लकडाउन भएको पाचौ दिन मार्च १९ मा घरलुहिसाले उग्र रुप लिएपछि एक जना श्रीमानले छोराछोरीकै अगाडि आफनो श्रीमतीलाई हत्या गरेका छन ।
    भारतको उत्तर प्रदेशमा लकडाउनको समय अबधिभरका लागि नया हेल्पलाइन नै प्रारंभ गरिएको छ । तर नेपालमा राष्टिय महिला आयोगले कसैलाई समस्या परेमा न्यायका लागि भनेर राखेको हटलाइन ११४५ लकडाउन प्रारंभ भएपछि लकडाउनका कारण कर्मचारी उपलब्ध नभएको भनी बन्द गरेको छ । अहिलेको प्रबिधिको उपयोग गरी कर्मचारीले घरबाटै घटना बुझन सक्थे तर लकडाउनको निहुमा हटलाइन नै बन्द गरेर आनन्द लिएका छन । बिकसित मुलुकमा पनि घरेलु हिसाका घटना हुने गरेका छन त्यहा भएका अधिकांश घटना बाहिर आउने र दोषीलाई कारबाही गर्ने गरिन्छ तर नेपालमा कतिपय घटना गरीबी अशिक्षाका कारण बाहिर आउदैनन र धेरै सहेर बस्ने गरेको पाइन्छ भने कतिपय घरानिया ,सम्पन्न परिबारमा हुने घरेलु हिसा पनि बाहिर ल्याउन शिक्षित महिला नै हिच्किचाउछन । अति नहुदा सम्म उनीहरुले चरम अत्याचार हुदा पनि बाहिर ल्याउने काम गर्दैनन । सम्पन्न परिबारमा सहयोगीका रुपमा रहेका युवतीहरुमाथि पनि अनेक खाले हिसा हुने गरेको छ ।

    Posted in मुख्य खबर, विचारLeave a Comment on ‘लकडाउन’मा पारिबारिक हिंसाले लिएको उग्ररुप

    कोरोना कहर र व्यवस्थापन

  • १७ चैत्र २०७६, सोमबार ०९:३८ मा प्रकाशित
  • चिनको हुवेई प्रान्तवाट फैलिन शुरु भएको कोरोना भाईरस कोविड १९ हाल सम्म विश्वका १९९ भन्दा वढि देशहरुमा फैलिएको छ। सात लाख भन्दा वढि मानिसहरु संक्रमित भएकोमा ३३ हजार भन्दा वढि मानिसहरुले ज्यान गुमाएका छन। यो भाइरस संक्रमित मानिसको प्रत्यक्ष सम्पर्क ,संक्रमित मानिसले छोएका वस्तुहरुवाट र तीन फिट नजिक खोक्दा वा हाच्छिउ गर्दा एक अर्कामा सर्ने भएकोले यसको फैलावट डढेल‍ो सरि फैलिएको छ।

    विशेषगरी यो रोग फैलिएका देशवाट नेपाल भित्रिने लाखौं नेपालीहरुबाट नै यो रोग भित्रिने सम्भावना देखिएको छ र हाल सम्म नेपाल भित्र पाँच जना नेपालिहरु यो रोगवाट संक्रमित भएको पाईएका छन। यो एउटा समुन्द्र माथि तैरिएको आइसवर्ग जस्तो हुन सक्छ। जसको सानो भाग माथि देखिएको हुन्छ र विशाल भाग समुन्द्र भित्र लुकेको हुन्छ।किनकि संक्रमित मानिसमा यो भाइरस चौधदेखि अठार दिन सम्म सुषुप्त अवस्थामा रहन्छ। उक्त मानिस अरु मानिसहरुको सम्पर्कमा जाँदा भाइरस फैलिइरहेको हुन्छ।

    यो फैलावटलाई रोक्नका लागि मानिस मानिसबीचको सम्पर्कको चेन व्रेक गर्न जरुरि छ। उनिहरुको जथाभावि हिँडडुललाई नियन्त्रण गर्न जरुरि छ। विदेशवाट आउनेहरु सेल्फ क्वारेन्टाइनमा वस्न वा सरकारले क्वारेन्टाइनमा राख्न जरुरि छ। तर मापदण्ड नपुगेका र पानी, भौतिक सुविधा जस्ता आधारभुत कुराहरु समेत नभएका अव्यवस्थित टहराहरुमा धेरै मानिसहरु राख्दा झनै रोग फैलिने जोखिम रहन्छ।

    यसका लागि नेपाल सरकारले ढिलै भए पनि “कोरोना भाइरस सम्वन्धि क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न वनेको मापदण्ड २०७६” तय गरेको छ सोही अनुसार मापदण्ड कायम गरि क्वारेन्टाइनको व्यवस्थापन सम्भव भए सम्म हरेक स्थानिय तह नभए जिल्ला सम्म गर्न अत्यन्त जरुरि छ।

    कोरोना मानव जातिका लागि तेस्रो विश्वयुद्ध सरह हो।यसलाई परास्त गर्ने सिपाहिहरु चिकित्सक र स्वास्थ्यकर्मीहरुनै हुन। सिपाहिलाई विना हतियार युद्धमा पठाउनु भनेको क्षति र पराजयनै हो। यस्तो गल्ति गरिनु हुँदैन। स्वास्थ्यकर्मी जस्तै सुरक्षाकर्मि र सवारि चालकहरु पनि लडाइँको अग्र मोर्चामा छन उनिहरुका लागि पनि सुरक्षा सामाग्रीको आवश्यकता छ।

    हाल कोरोनाको लक्षण ज्वरो जाँच्नका लागि अधिकांश स्थानिय तह र स्वास्थ्य संस्था संग आई आर थर्मोमिटरनै छैन र वजारमा सहज किन्न पाउने वातावरण पनि छैन।सरकारले यथाशिघ्र यसको सहज उपलव्धताको व्यवस्था गर्नु पर्दछ। शंकास्पद विरामि जाँच्ने सवै चिकित्सक र स्वास्थ्यकर्मी हरुका लागि पर्सनल प्रोटेक्टिभ ईक्विपमेन्ट (PPE) छैन र वजारमा सहज पाउँदा पनि पाईदैन। यसको पनि सहज उपलव्धताको व्यवस्था गर्नु पर्दछ। कोरोना सम्वन्धि जनचेतना जगाउने भन्दै कतिपय स्थानमा हुल वाँधेर मानिसहरु जाने काम बन्द गरिनु पर्छ। जनचेतना रेडियो एफ एम ,पत्रपत्रिका ,माईकिङ सामाजिक सञ्जाल आदिवाट पनि जगाउन सकिन्छ।

    दैनिक जिवनमा अति आवश्यक पर्ने सामाग्री लुकाएर कृतियम अभाव सिर्जना गर्ने व्यापारिहरुले वुझ्नु पर्छ कि आफु बाँचे पछि मात्र पैसा काम लाग्छ र आफु बाँच्नका लागि अरुलाई वचाउन जरुरि छ।

    निश्चित समय भित्र विदेश गएका नागरिकलाई स्वदेश फर्किने समयसिमा तोक्ने, आवतजावत बन्द गर्ने,प्रभावित देशवाट आएका मानिसहरुलाई सरकारले अनिवार्य क्वारेन्टाइनमा राख्ने वा सेल्फ क्वारेन्टाइन का लागि अनुरोध गर्ने कार्यलाई प्रभावकारि तरिकाले कार्यन्वयन गर्न जरुरि छ।सिमा नाका पुर्ण रुपमा बन्द नगरेसम्म यो जोखिम रहिरहन्छ।आवश्यक सामाग्रि सुरक्षित तरिकाले भित्रयाएर नाका पुर्ण रुपमा वन्दनै गर्नु पर्ने देखिन्छ।

    शंकास्पद बिरामीलाई अस्पतालसम्म लैजानका लागि पिपिईसहितका सवारी चालक र छुट्टै सवारी साधन वा एम्बुलेन्सको जरुरी छ। सार्वजनिक यातायातमा राखेर बिरामी लैजानु भनेको रोग फैलाउनु नै हो। शंकास्पद बिरामीको नमुना परीक्षण सके हरेक पालिका नसके हरेक जिल्ला र त्यो पनि नसके कम्तिमा हरेक प्रदेशमा गर्ने व्यवस्था गर्नुपर्छ।
    शंकास्पद बिरामीलाई आइसोलेसनमा राख्न हरेक पालिकाहरुमा कम्तिमा एउटा स्वास्थ्य संस्थामा न्युनतम मापदण्डसहितको व्यवस्था गर्नुपर्दछ।

    कोरोना पुष्टि भइहालेमा सवारी चालक, बिरामीको हेरचाह गर्ने व्यक्तिलाई पिपिईसहित यसको लागि बनाइएको छुट्टै अस्पतालमा पुर्‍याउनु आवश्यक हुन्छ। बिरामीलाई सबै अस्पतालमा पुर्‍याउनु भनेको रोग फैलाउनु हो। कोरोनाको उपचार या व्यवस्थापन गर्न हाल कुनै अस्पताललाई अरु सेवा बन्द गरेर स्पेसिफिक रुपमा सोही प्रयोजनका लागि तयारी अवस्थामा राख्न अति जरुरी छ।

    यो संकटको घडी हो। यस संकटको घडीमा साधन श्रोत हुनेहरुले मन फराकिलो पार्न जरुरी छ। विपन्नहरुलाई दैनिक जिवन यापनमा सहजीकरण गर्न सरकारको एकल प्रयासले मात्र सम्भव हुँदैन। त्यसका लागि सामाजिक कार्यमा सक्रिय संघ संस्था अनि व्यक्तिहरुको पनि साथ र सहयोगको आवश्यकता छ।

    विदेशमा फुटबल खेलाडी रोनाल्डोले आफ्नो सुविधा सम्पन्न होटेललाई कोरोनाका संक्रमित उपचार गर्ने अस्पताल बनाउन दिए। हाम्रो देशका ठूला निजी होटेल, होस्टेल, बोर्डिङ स्कुल सञ्चालकहरुले पनि केही समयका लागि मानिसहरुलाई क्वारेन्टाइनमा राख्नलाई ठाउँ उपलब्ध गराएर सहयोग गर्न सक्नेछन्। सम्पन्न मानिसहरुले विपन्नलाई पैसा, खाद्यान्न, लता कपडा आदि सहयोग गर्न सकिन्छ।
    –शाही नौमूले गाउँपालिका, दैलेखका स्वास्थ्य संयोजक हुन्।
    स्वास्थ्यखबरपत्रीका

    Posted in ताजा अपडेट, मुख्य खबर, विचारLeave a Comment on कोरोना कहर र व्यवस्थापन

    मृत्यु मृत्यु छ सर्वत्र तर कसैमा डर छैन

  • १७ चैत्र २०७६, सोमबार ०९:०७ मा प्रकाशित
  • किशोर सापकोटा

    आफन्त र साथीहरुले आजकल धेरै सम्झिन थालेका छन् । सम्झिने कतिपय आफन्तहरु त जीवनमा एकपटक कुराकानी समेत नभएका पनि हुन्छन् ।

    सवैको एउटै प्रश्न छ, अमेरिकामा त कति धेरै मानिसहरु मरे भन्छन् नि, तिमीहरुलाई त केही भएको छैन नि ?

    मेरो उत्तरले कोहीकोही सन्तुष्ट हुंदैनन् होला या उनीहरुको मनमा मैले उत्तर दिंदा कसैलाई विर्सिएकी भन्ने पर्दो हो । परिवारका सवै सदस्यको नामनै लिएर सोध्छन्, फलानोलाई ठीक छ नि ? फलानोलाई ठीक छ नि ?

    आजकल मेरो काखमा ल्यापटप र कानमा फोन छुट्दैन । ल्यापटपवाट लिएको जानकारी टेलिफोनवाट वांड्छु । अलिअलि लेख्छु । (दुइ दिन लेखिन, अमेरिकामा २०० जना मानिस मरेको दिनलाई नै त्रासदीपूर्ण भनेर लेखेको थिए, पछिल्ला दुइ दिनमा त पांच, पांच सय मानिस मरे, के भनेर लेख्नु ?)

    आफन्तहरुको चिन्ता र चासो स्वभाविक पनि हो । पछिल्लो हप्ता, हरेक दुइदिनमा मर्नेहरुको संख्या दुगुना भएर गएको छ ।

    जनवरी ११, २०२० मा कोरोना भाइरसको संक्रमणवाट पहिलो व्यक्तिको निधन भएको थियो । आज ७८ दिन वित्दा विश्वभरमा ३३ हजार ९२५ जनाको निधन भइसकेको छ । सरदरमा आंकडा निकाल्दा विश्वमा हरेक दिन ४२४ जना मानिसहरु कोरोना संक्रमणको कारण मरिरहेका रहेछन् । कोरोना भाइरसको संक्रमणको कारण मर्नेहरुको संख्या सुरुवाती दिनमा न्यून हुने गरेपनि पछिल्लो दिनमा गुणात्मक रुपले वढीरहेको छ । पछिल्ला तीन दिनमा अमेरिकामा दैनिक पांचसयको हाराहारीमा मानिसहरु मरिरहेका छन् । यो क्रम विकराल वन्दै जाने देखिएको छ ।

    यस्तो महामारीमा आफन्त र साथीहरुले नसम्झिए कहिले सम्झिनु त ?

    वाहिरी दुनियांमा वस्दा धेरैलाई लाग्दो हो, यो कोरोनाको फुर्ति केही दिनको लागि त होलानि ? कहां सक्छ र अमेरिकालाई ?

    अमेरिकाभित्र वसेर हेर्दा तस्विर फरक छ ।

    अव के गर्ने ? कसरी यो समस्यालाई सम्वोधन गर्ने ? कुनै ठोस नीति, कार्यक्रम र तत्परता सरकारसंग छैन । ट्रम्प प्रशासन जे गरिरहेको छ, टालटुल मात्रै गरिरहेको छ । सानातिना राहत प्याकेजमा अल्झिएको छ । अहिले पनि कुन कुन राज्यमा डेमोक्रेट पार्टीका गभर्नरहरु छन् र तिनीहरुलाई कसरी साइजमा ल्याऊ भनेर गृहकार्यमा अल्झिएको छ । गभर्नरहरुलाई सहयोग गर्ने भन्दा पनि इवी सांध्न उद्यत छ ।

    न्यूयोर्क अहिले कोरोना भाइरसको केन्द्रविन्दु वन्दै गएको छ । अमेरिकाको आर्थिक नगरी ठप्प छ । न्युयोर्क कहिल्यै सुत्दैन भन्ने आहान वद्लिएर न्यूयोर्क अव उठ्दैन भन्नुपर्ने अवस्थामा पुगीसकेको छ । तर राष्ट्रपति ट्रम्पले न्युयोर्कका लागि आवश्यक भेण्टीलेटर समेत किनिदिएका छैनन् । न्युयोर्कका अस्पतालमा दुइजना विरामीका लागि अहिले एउटा भेण्टीलेटर चलाउनु परेको छ । स्वास्थकर्मीहरुलाई यथेष्ठ पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीइ)हरु छैनन्, एउटा मास्कले पुरै सिफ्ट वा केहीदिन चलाउनु पर्ने अवस्था आएको छ । यस्तो अवस्थामा काममा जानुपर्दा स्वास्थकर्मीहरु त्रासले डिप्रेसनमा जान थालेका छन् । स्वास्थकर्मीहरु जागिर छाडिरहेका छन् । राष्ट्रपति ट्रम्प भने कहिले मिचिगनका गभर्नरसंग सिंगौरी खेल्न त कहिले वेलायतवाट राजगद्दी त्यागेर क्यानाडा हुंदै अमेरिका आइपुगेका ह्यारी र मेगेनलाई चेतावनी दिन व्यस्त हुन्छन् ।

    यतिवेला अमेरिकामा सवैभन्दा प्रेसरमा भएका मानिसहरु भनेका स्वास्थकर्मी हुन्, कोरोनावाट आफन्त गुमाएका परिवारजन हुन र उनीहरुको भन्दा एक तह कम प्रेसरमा भएका व्यक्तिहरु भनेका राज्यका गभर्नरहरु र सिटीका मेयरहरु हुन् । प्रकोप वढ्दै जांदा र पीपीइको अभाव हुंदै जांदा रोग रोकथाम तथा नियन्त्रण केन्द्र (सीडीसी)ले पनि शायद सरकारी दवावमा परेर चिकित्सकहरुले अपनाउनुपर्ने सावधानीको मापदण्डलाई पनि फेरिदिंदा स्वास्थकर्मीहरु झन् जोखिममा परेका छन् ।

    धेरै स्वास्थकर्मीहरुले आफ्ना पीडालाई सामाजिक सञ्जाल मार्फत रुंदै व्यक्त गरेका छन् । काम गरिरहंदा कतिपय नर्स र डाक्टरहरु आफुलाई सम्हाल्न सक्दैनन् र वाथरुममा पसेर रुन्छन् । केहीवेरमा सुन्निएका आंखा लिएर फेरी विरामीको सेवामा जुट्छन् । कोरोना संक्रमणको कारण मृत्युवरण गरेका व्यक्तिका आफन्तहरु परिवारको सदस्यको अन्त्येष्टिमा सहभागी हुन पाएका छैनन् । कोरोना संक्रमण भएर मृत्युवरण गरेका व्यक्तिहरुको शवलाई ३ दिनसम्म अस्पतालमा नै राख्नुपर्ने नियम छ र त्यसपछि अन्त्येष्टिमा एकदम कम मानिसहरु सहभागी हुने गरी र संक्रमण नफैलाउने गरी परिवारलाई शव त दिने नियम त छ तर परिवारको सदस्य नै कोरोना संक्रमणको कारण मृत्यु भएका कारण परिवारका अधिकांस सदस्य सेल्फ क्वारेन्टाइनमा वस्नुपर्ने नियमले गर्दा अन्त्येष्टिमा सहभागी हुन सक्दैनन् । परिवारको सदस्य विरामी हुंदा न त अस्पतालमा कुरुवा वस्न पाइन्छ, न त दाहसंस्कारमा सरिक हुन सकिन्छ । मृत्यु कति भयानक भइरहेको छ आजकल ।

    सुन्दा कहाली लाग्दो लागे पनि अहिले पनि ससर्ती हेर्दा अमेरिका त्यति डरलाग्दो त छैन । आज दिउसो म वस्ने शहर लुइभेलको एउटा वालमार्टमा छिरे । वालमार्टमा यो भयावह अवस्थाको छायांं कतै पनि देखिएन । अनुहारमा मास्क लगाएका मानिसहरु सयमा एक पनि थिएनन । जति आह्वान गरेपनि सोसियल डिस्टेन्स पटक्कै कायम छैन । न त रजिश्टरमा वस्नेहरुले मास्क लगाएका छन् न त सामान्य पञ्जा नै । धेरै मानिसहरुले छुने भएकोले सामान हाल्ने कार्टको हेन्डिल पुस्न प्रत्येक वालमार्टका प्रवेशद्वारमा वाइप्सहरु राख्ने गरिएको हुन्छ तर आज वाइप्स पनि थिएन । मानिसहरुले वास्तै नगरी कार्टहरु ठेलिरहेका थिए । कोरोनाको प्रभाव केवल केही आयल्सहरुमा परेको छ, अझै पनि ट्वाइलेट पेपर र हेन्ड सेनेटाइजरहरुको भने अभाव छ । अरु वजार सामान्य भइसकेको छ ।

    म फर्कदै गर्दा मेरो सव डिभिजनभित्र धेरै घरहरुमा वारवीक्यू पार्टी चल्दै थियो । न त कसैले कोरोना संक्रमणवाट मर्नेको परिवारमा के वितिरहेको छ भन्ने चिन्ता छ, न त यो विपत्तिमा स्वास्थकर्मीहरुले कसरी काम गरिरहेका छन् भन्ने चासो छ, न त अन्य देशहरुमा झै स्वास्थकर्मीहरुको प्रशंसामा वेलुका ताली वजाउननै कोही जुटेका छन् । सांझमा फेसवुक हेरे, धेरै साथीहरुले आफुले खान तयार गरेका मिष्ठान्न भोजनका तस्विरहरु शेयर गरिरहेका थिए । टेलिभिजन स्क्रिनमा अझै पनि मानिसहरुलाई समुद्रीतटमा जान नदिन सुरक्षाकर्मीहरुले गर्नुपरेका संघर्षका फुटेजहरु आइरहेका थिए । यस्तो लाग्यो, जताततै मृत्यु मृत्यु हुंदा पनि मानिसको मनमा अझै भय छैन । नत्र सरकारले भनेको किन मान्दैनन् ?

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, विचारLeave a Comment on मृत्यु मृत्यु छ सर्वत्र तर कसैमा डर छैन

    गोरखनाथ वैदिक गुरुकुलमा कुनै जातीय भेदभाव छैन- भट्टराई

  • ९ चैत्र २०७६, आईतवार २३:१२ मा प्रकाशित
  • (गोरखनाथ वैदिक गुरुकुल, चौघेरा, दाङका अध्यक्ष प्रकाश भट्टराईसँग गुरुकुलका गतिविधिका विषयमा गरिएको कुराकानिका आधारमा तयार पारिएको अन्तर्वार्ता – हिमालयन दृष्टि)

    -वसन्त अनुभव-
    १. यहाँको छोटो परिचय दिनुहुन्छ कि ?

    मेरो नाम प्रकाश भट्टराई हो । स्थायी ठेगाना घोराही उ.म.न.पा.–१७, ज्योतिटोल पनौरामा बसोबास गर्दछु । विभिन्न सामाजिक, धार्मिक संस्थामा स्वयंसेवाको भावनाले विगत २०–२२ वर्षदेखि लागिरहेको छु ।

    त्यसै मध्येको गोरखनाथ वैदिक गुरुकुल पनि हो । २०७६ बैशाख २४ गते अक्षय तृतीयाका दिनदेखि यस गुरुकुल श्री गोरक्ष–पात्रदेवता–सिद्धरत्ननाथ मठ, चौघेरामा चलाउँदैछौं।

    २. गोरक्ष रत्ननाथ मठमा नै गुरुकुल चलाउने सोच कसरी बन्यो ?

    नेपाल महर्षि वैदिक फाउण्डेशनसँगको सम्पर्कबाट दाङमा गुरुकुल खोल्नका लागि भरतराज पौडेल र अध्यक्ष दीपकप्रकाश बास्कोटा ज्यूबाट प्रेरणा प्रदान भयो । स्थान छनौट गर्दा अहिलेलाई गोरक्ष सिद्धरत्ननाथ मठ नै उपयुक्त स्थान लाग्यो । जसको ऐतिहासिक परम्परा वि.सं. ८०९ सालदेखि आजसम्म चल्दै आएको छ ।

    मठसँग परामर्श गर्दा यहाँ पहिले देखि नै गुरुकुल चलिआएको रहेछ । बिचमा बन्द भएको र फेरि चलेको इतिहास पाइयो । अब यसलाई निरन्तर रुपमा चलाउनुपर्छ भन्ने सोच बनाई मठ समितिको निर्णय बमोजिम यसै स्थानलाई छनौट गरी गुरुकुल चलाउने सोच बन्यो ।

    ३. यहाँको गुरुकुलमा वटुक र कन्याहरु दुवैको उपस्थिति देखिन्छ । कसरी दुवैलाई मिलाएर लैजानुहुन्छ ?

    राम्रो प्रश्न गर्नुभयो, अहिलेलाई हामीले आवासीय रुपमा वटुकलाई गुरुकुलमा राख्ने सोचमा छौं । कन्याको संख्या पनि भएकाले पछि कुनै विकल्प खोजेर अलगै कन्या गुरुकुल पनि खोल्नुपर्छ ।

    पतञ्जलि योग समितिको पनि हामीसँग सहकार्य भएमा पतञ्जलीबाट कन्या गुरुकुल खोल्नका लागि वातावरण बनाउने सोचाइ छ । गर्दै जाऔं, अहिले समस्या देखाएर कोहीपनि पछाडि हट्नु हुँदैन । गुरुकुलको क्षेत्रमा अब दाङलाई बाँझो हुन दिनुहुँदैन । वटुक गुरुकुल साथसाथै कन्या गुरुकुल पनि जन्माउनुपर्छ ।

    ४. अहिले जुन प्रकारले गुरुकुलमा क्रियाकलाप गरिरहनुभएको छ, समाजमा चर्चा पनि छ, यो कसरी सम्भव भयो ?

    सिद्धरत्ननाथ मठमा हाम्रो प्रवेश साथै योगी देवनाथजी जस्तो विद्वान, मेहेनती गुरुलाई पायौं । उहाँ र हामीहरुको प्रयासकै कारण गुरुकुलीय क्रियाकलाप गर्न सफल भयौं । जुन क्रियाकलापले हामीलाई दाङ जिल्लामा छोटो समयमा नै चिनायो ।

    ५. प्रायः गुरुकुलहरुमा जातीय भेदभाव सुनिन्छ, यहाँको गुरुकुलमा जातीय भेदभाव छ कि छैन?

    गोरखनाथ वैदिक गुरुकुलमा जातीय मात्र नभएर उमेरको हकमा पनि छेकवार छैन । बाहिरबाट आउने जोसुकैले पनि संस्कृत भाषा र वैदिक शिक्षा सिक्न पाउनुहुन्छ । सबैमा अनुशासनको पालना चाँहि अनिवार्य रहन्छ ।

    गुरुकुलको साप्ताहिक भेला सत्संगमा सहभागिता अनिवार्य हुनुपर्दछ । सभ्यता र संस्कृतिको विकास र विस्तार अनिमात्र हुन्छ ।

    ६. गुरुकुल, गौशाला र संस्कृत भाषाप्रति जनचासो किन घट्दै गएको होला जस्तो लाग्छ??

    गुरुकुल र गौशालाको सन्दर्भमा भन्नुपर्दा यसलाई असम्भव मान्दछ हाम्रो समाजले । यसैबाट बुझिन्छ हाम्रो धर्म संस्कार कतातर्फ जादैछ ? संस्कारवान छोराछोरी बनुन् भन्ने हामी अभिभावकवर्गले चाहन्छौं । ‘सद्विद्या यदि का चिन्ता वराकोदरपूरणे ।

    शुकोऽप्यशनमाप्नोति राम रामेति च ब्रुवन् ।।’ अर्थात् सत् शिक्षा छ भने पेट भर्नका लागि कुनै चिन्ता गर्नुपर्दैन । जस्तैः सुगाले राम राम रटेर सजिलै भोजन प्राप्त गर्दछ । त्यसै प्रकारले हामीसँग सत्शिक्षा छ भने जीवनका हरेक पाइलामा सफल हुन्छौं । यस्तो शिक्षाबाट त्यो प्राप्ति हुन्छ, त्यसको खोजी हामीले गरेनौं ।

    गाईको गहुँत, दुध दहीबाट शरीर शुद्धी हुन्छ, रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, जुन अमृतसमान छ, पोषिलो वस्तु हो । तर गाईको दुर्दशा छ । कसले यस बारेमा ध्यान पुर्‍याउने ? त्यस्तै संस्कृत भाषा व्यवस्थित भाषा, देवभाषा हुँदाहुँदै पनि अन्य भाषातर्फको हाम्रो मोह छ । अन्य भाषा सिके विदेश जान पाउने र अर्थ आर्जन हुने आशामा हामी भड्किरहेका छौं ।

    ठिक छ, भाषा सिक्नु नराम्रो कुरा होइन तर हाम्रो भाषा मौलिकता कता जाँदैछ ? त्यसप्रति सबै सजग हुनुपर्दछ । भाषामाथिको बाहिरी आक्रमणलाई रोक्न हाम्रा भाषाहरू सिक्न र सिकाउन आवश्यक छ । भाषा सिक्ने र सिकाउने अभियान अब शुरु गर्नैपर्दछ ।

    गुरुकुलको माध्यमबाट हामीले यो अभियान शुरु गरेका छौं । जनचासो घट्नुको कारण, ठाउँ र व्यवस्थापन सहज रुपमा गर्न नसकेर हो ।

    ७. अहिले गोरक्ष सिद्धरत्ननाथ मठ चौघेरामा गुरुकुल सञ्चालनमा ल्याउनु भएको छ, सुन्नमा आउँदछ गुरुकुलले मठ चलाउँदै छ रे नि हो ? यसमा यहाँको भनाई के छ ?

    यो कुरा नबुझेर हो, मठले गुरुकुल चलाउने हो । गुरुकुल मठकै हो, गुरुकुलले मठ चलाउने होइन मठले गुरुकुल चलाउँदछ । गुरुकुलबाट शिक्षा हाँसिल गरेका वटुक तथा कन्याहरुले गर्दा मठको चहलपहल जिल्लामा बढेको चाँहि पक्कै हो ।

    ८. गुरुकुललाई मठको सहयोग छ ?

    छ । गोरखनाथको मठमा गोरखनाथ वैदिक गुरुकुलले सहयोग नपाउने त कुरै भएन नि, होइन र ? यसलाई मठ, समाज र टोलबासीहरुले सकारात्मक रुपमा लिनुभएको छ ।

    ९. अन्य स्कुल र गुरुकुलमा के भिन्नता छ ?

    अब हेर्नुहोस्, धेरै भिन्नता छ । स्कुलमा पनि गुरुकुलीय परम्परा विस्तार गर्न सकिन्छ । गुरुकुलमा पनि गुरुकुलीय परम्परा छैन भने त्यो पनि गुरुकुल भएन ।

    अरुले शब्दलाई मात्र उपयोगमा ल्याउन र अभिभावकतर्फ आकर्षित गर्न खोजेका छन् । संस्कार र संस्कृति, खानपान र भेषभुषा पनि गुरुकुलीय पद्धति अनुसार नै हुनुपर्दछ । यी कुराहरु छैन भने त्यो सबै भुलाउने खेल हो । जस्तै टाइ लगाउने, माछा, मासु, अण्डा खुवाउने स्थान कहिलेपनि गुरुकुल हुन सक्दैन ।

    माछा, मासु, अण्डा त नदिने भन्यौं त्यसको विकल्प पौष्टिक खाद्यपदार्थ चाँहि अनिवार्य छुटाउनु हुँदैन । जस्तै दुध, दही, घ्यू, गेडागुडी, हरियो सागसब्जी, दाल, भात, रोटी आदि हुनुपर्दछ ।

    १०. गुरुकुलीय पद्धति कस्तो हुन्छ र उनीहरुको दिनचर्या कसरी बित्दछ ?

    सबै अभिभावकवर्गले यो मूख्य कुरा बुझ्न आवश्यक छ । छोराछोरीलाई कस्तो जीवन पद्धति सिकाउदैछौं ? बुझ्नुपर्ने, सिक्नुपर्ने संस्कार, शिष्टाचार के हो ? हाम्रा सन्तति कता जाँदैछन् ? अहिले नै सोच्नुपर्दछ ।

    उनीहरु गुरुको सान्निध्य र हेरचाहमा बिहान ब्रह्म मुहूर्तमा उठ्दछन्, स्नान, जप, ध्यान, योग गरी वैदिक पूजापाठ गर्दछन् । तत्पश्चात् भोजन ग्रहण गरी आफ्नो अध्ययन अध्यापन कार्य हुन्छ । सन्ध्याकालमा गुरुद्वारा आध्यात्मिक प्रवचन, नीति शिक्षा, भजनकिर्तन गरी आरती पश्चात् सुपाच्य भोजन गरी ठिक समयमा शयन गर्नुपर्दछ ।

    ११. सरकारी निकायबाट कस्तो सहयोग छ यहाँहरुलाई ?

    भर्खरै हुर्कने क्रममा छौं, गुरुकुल दर्ताका लागि सम्वन्धित क्षेत्रमा नियम प्रक्रिया पु¥याई स्वीकृति माग गरेका छौं । स्वीकृति अवश्य मिल्नेछ भन्ने आशा र भरोसामा छौं । दाङकै गहनाको रुपमा हुर्कदै गरेको गुरुकुलमा भौतिक चाँजोपाँजो मिलाउन आवश्यक छ ।

    वडा अध्यक्ष, नगर प्रमुख, शिक्षा महाशाखा प्रमुख लगायत अन्य व्यक्तित्वहरू साथै टोल छरछिमेक, मठ पनि यसलाई हुर्काउनका लागि सकारात्मक हुनुहुन्छ । सहयोगको सम्वन्धमा त हामी सक्रिय रुपमा प्रस्तुत कति रहन्छौं हाम्रो गतिविधिले निर्धारण गर्ने कुरा हुन् । अहिलेसम्मको विवरणमा देशकै सन्दर्भमा कुरा गर्दा गुरुकुललाई नहेरेको कुनै समाज छैन, कुनै सरकारी निकाय छैन, कुनै मठ मन्दिर छैन ।

    १२. अन्तमा केही भन्नु छ ?

    भन्न मात्र हैन गर्न पनि धेरै छ, कुरा गरेर मात्रै केही हुनेवाला छैन । विश्वास जगाउन अभ्यास गर्दैछौं । गुरुकुल विकास विस्तार गर्दै निरन्तर जाने प्रक्रिया हो । व्यवस्थापन गर्ने हामीमा भरपर्ने कुरा हो ।

    गुरुकुल चलाउन नेपाल र भारतका प्राचीन र अत्याधुनिक दुवै पद्धतिमा चलेका गुरुकुलहरुको अध्ययन, अवलोकन गर्न जरुरी छ । अर्को कुरा गुरुकुलमा सच्चा समाजसेवी, व्यापारी, विद्वान, साधु, सन्त, महन्तको आगमन भइरहनुपर्दछ, त्यो अझ महत्वपूर्ण कुरा रहेछ ।

    त्यो वातावरण मठमा बनाउनुपर्दछ । दाता उहाँहरुसँगै जोडिनुभएको छ । सबैको प्रयासले यो काम सजिलै सम्भव छ । यति मात्र भएर हुँदैन हरेक व्यक्तिमा स्वयंसेवकको भावना हुनु अझ महत्वपूर्ण कुरा हो । सकारात्मक सोचबाट नै त्यो पूरा हुन्छ । धन्यवाद !

    Posted in ताजा अपडेट, मुख्य खबर, विचारLeave a Comment on गोरखनाथ वैदिक गुरुकुलमा कुनै जातीय भेदभाव छैन- भट्टराई

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P