.. आज मिति २०८२ साल साउन महिनाको ३१ गते शनिबार का दिन कमलामाई नगर पालिका १३ मा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम वडा भेला सम्पन्न भएको छ। आजको यस प्रथम वडा भेलामा बागमती प्रदेश कोषाध्यक्ष तथा आर्थिक व्यवस्थापन विभाग प्रमुख मेनुका ठकुरी, जिल्ला प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि ,कमलामाइ नगर समितिका विभिन्न पदअधिकारी लगायत १५० जना भन्दा माथीको उपस्थिति रहेको थियो ।
कमलामाई नगर समितिको पहलमा रहेको यस वडा भेला दीपेन्द्र ठकुरी को अध्यक्षतामा ९ जना कार्यसमिति ५ जना सल्लाहकार गरी १४ जना को वडा समिति गठन गर्न सफल भएको छ । भ्रष्टाचार ब्यथीती बिसङ्गती अन्याय अत्याचारको विरुद्धमा युवा एकता अहिलेको आबश्यक्ता भन्दै क न पा १३ बाट पुरानो पार्टी काङ्ग्रेस , एमाले , माओवादी परित्याग गरि ९७ जना राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन ।
पार्टी प्रवेश गर्ने युवाहरूलाई बागमती प्रदेश कोषाध्यक्ष तथा आर्थिक व्यवस्थापन विभाग प्रमुख मेनुका ठकुरी र दिपेन्द्र ठकुरीले स्वागत सम्मान गर्नु भएको थियो । आजको भेलामा नवगठित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना साथै सभापति लामिछाने लाई प्रतिसोध भएको भन्ने हस्ताक्षर अभियान समेत सफल भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुली दुधौली नगरपालिका वडा नम्बर ५ को ऐतिहासिक प्रथम वडा भेला सम्पन्न भएको छ । यसैगरी आजको वडा भेलामा राम बुढा क्षेत्रीको सभापतित्वमा सचिव रोमन अधिकारी लगायत ११ जनाको कार्यसमिति चयन भएको छ । प्रथम वडा भेलाकै दिन रा स्व पा प्रति बिश्वास र चाहाना राख्दै लगभग १५० जनाको भन्दा धेरै उपस्थिति थियो ।
रा स्व पा सभापति लामिछाने लाई भएको अन्याय अत्याचार प्रतिसोधको विरुद्ध युवाहरू अब एक हुनुपर्ने भन्दै सिर्थौली ५ मा काङ्ग्रेस एमाले माओवादी परित्याग गरि ४३ भन्दा बढीले राष्ट्रिय स्वतन्त्र पार्टी मा प्रवेश गरेका छन । दुधौली नगरपालिकाको जम्मा १४ वडा मध्य आज ११औं वडा भेला रहेको थियो बाकी ३ वडा हरुमा पनि छिटै भेला सम्पन्न गराउने भनी नगर सभापति बिजय कार्कीले जानकारी दिनु भयो । सिन्धुलि जिल्ला दुधौली नगरपालीका वडा.न ५ मा आज भएको राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम एतिहासिक वडा भेला बाट चयन हुनु हुने सम्पुर्ण कार्य समितिहरु लाई रा स्व पा प्रमी हरुले देश बिदेश बाट बधाई तथा नयाँ कार्यकालको शुभकामना व्यक्त गर्नु भएको छ ।
अभा — अभा–खमिस भ्रमणमा रहनु भएका गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (NCC) साउदी अरबका निवर्तमान अध्यक्ष तथा हाल ICC सदस्यमा मनोनित श्रीमती रबिना अर्याल, NCC उपाध्यक्ष विष्णु प्रसाद भण्डारीलाई खमिस मुशैतस्थित जुविली रेस्टुरेन्टमा फूलको गुच्छा अर्पण गर्दै स्वागत गरिएको छ।
क्षेत्रीय समन्वय समिति (RCC) जिजान–अभा–खमिसको तर्फबाट अध्यक्ष शंकर पौडेल, संरक्षक लाल बहादुर मगर, उपाध्यक्ष सन्तोष परियार, कौशल सचिव श्री डम्बर खड्का, कोषाध्यक्ष गणेश पुरी, सह–कोषाध्यक्ष सन्तोष सुनार, सल्लाहकार तुल्सी राम आचार्य, सदस्यहरू भिम बयलकोटी, दिलबहादुर राना मगर, जीवन लिम्बु, किरण रम्तेल, हरि परियारसहित अन्य सदस्यहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा परिचयात्मक अभिवादन तथा सौहार्दपूर्ण भेटघाटसँगै NRNA साउदी अरब (२०२३–२५) को कार्यकालको समीक्षा र आगामी (२०२५–२७) कार्यकालका लागि आपसी सहकार्यका विषयमा विस्तृत विचार–विमर्श भएको थियो।
कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउने सबै महानुभावहरूलाई NRNA RCC जिजान–अभा–खमिसले हार्दिक धन्यवाद व्यक्त गरेको छ।
नेपाली कांग्रेस नुवाकोट, बेलकोटगढी नगरपालिकाका नगर सह-सचिव नारायण पनेरु नेपाली कांग्रेस परित्याग गरी औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्
आफ्नो पुरानो पार्टी नेपाली कांग्रेस को सक्रिय सदस्य रहेका पनेरु आफूले सोचेजस्तो र भनेजस्तो देशमा विकास नभएको, भ्रष्टाचार नरोकिएको, दिनानुदिन भ्रष्टाचार मौलाउँदै गएको र पुराना पार्टीहरूले दशकौँ दशक शासन गरेपनि देश विकास गर्न नसकेका कारण नेपाली कांग्रेस पार्टी परित्याग गरी नयाँ उदाएको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको जनाएका छन्। उहाँ भन्नुहुन्छ:- ,”म नारायण पनेरु म बिगत 10/12 बर्ष देखि नेपाली कांग्रेसको सक्रिय सदस्य थिए तर म हाल नेपाली कांग्रेस छोडेर राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेको छु। सबैलाई लाग्न सक्छ म नेपाली कांग्रेस छोडेर किन राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरे ? मलाई नेपाली कांग्रेस र आफ्नो पार्टीको नीति नियमहरू निकै नै राम्रो लाग्ने गर्दथ्यो र सोही अनुसार म विगत लामो समयदेखि नेपाली कांग्रेस मा आबद्ध रहेर सक्रिय सदस्यको रुपमा कार्यरत थिए। तर पछिल्लो समयमा नेपाली कांग्रेस र एमाले मिलेर बनाएको सरकारको यो गति देख्नुको साथै दिनानुदिन भ्रष्टाचार बढ्दै गएको र भ्रष्टाचारीहरूलाई समाउन नसक्ने भ्रष्टाचारीहरू पालनपोषण गरेर राखेको मलाई मन परेन ! हाम्रो आखा आगाडी खुलेआम दिनानुदिन भ्रष्टाचार मौलाउँदै गएको छ। यो सरकारमा पुरानो भनाउँदा पार्टीहरू ३४/३५ वर्षसम्म नेपालीहरूको रगत चुसेर देशलाई कङ्गाल बनाउन पुगेका छन्। हामी जस्ता सोझा साझा जनताहरूलाई विदेश आउन बाध्य बनाइएको छ नेपालमा दिनानुदिन नेपालीहरू बेरोजगार बनिरहेका छन्। उनीहरुलाई रोजगार दिनको अलावा दिनानुदिन विदेशिँदै ५५ डिग्रीको तातो घाममा आफ्नो खुन पसिना बेचेर आधा पेट खाएर पठाएको रेमिटेन्सले 5 स्टार होटलको खाजा अनि खाना खाएर मोज गर्नी यो पापी भ्रष्ट नेताहरुको अति अत्याचारले गर्दा मैले यो पार्टी त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टी देश र जनताको लागि उदाएको नयाँ पार्टीमा प्रवेश गर्ने निर्णय लिएको हो खुलेआम मानव तस्करी गुण्डागर्दी र पापै पापले भरिएको सरकारले आफू दोषी नदेखेको तर आफ्नो देशमा केही गर्छु भनेर लगजरी जीवनलाई बिट मार्दै आफ्नो देशमा आफ्नो देशलाई बनाउँछु भनेर विदेश छोडेर आएका एक देशभक्त अनि इमान्दार व्यक्ति उपप्रधानमन्त्री तथा गृहमन्त्री जस्तो गरिमामय पदमा रहेका जनताका आशा र भरोसाका किरण लाई अनेक प्रपञ्च रचेर झुटा मुद्दाहरू लगाएर बिना कारण राजनीतिक प्रतिशोध साधेर बिना प्रमाण आज यो दिन सम्म कारागार राख्दाको पीडाले गर्दा मलाई पुराना पार्टीबाट असन्तुष्टि भएर नयाँ पार्टी जनताको पार्टी हुने दाबीका साथ म नयाँ पार्टी. रास्वपामा प्रवेश गरेको हो। नयाँ पढेलेखेका सक्षम युवा देशमा केही गरौँ भनेर आएका हामी जस्तो विदेशमा बसेर दुःख गर्नेको लागि देशमै केही गरौँ भनेर हामी परदेशीको लागि प्रदेशमै सपोर्ट गर्नको लागि म यो पार्टीमा आबद्ध भएको हुँ।”
राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुली गोलन्जोर गाउँपालिका तिन को ऐतिहासिक प्रथम भेला भब्यताका साथ सम्पन्न भएको छ ।
जुनेश थापाको सभापतित्त्वमा गठित नयाँ कार्यसमितिलाई रास्वपा समर्थक शुभचिन्तक सबैले देश बिदेश बाट हार्दिक बधाई तथा साङ्गठानिक सफलताको शुभकामना दिइरहनु भएको छ । नव गठित कार्यसमितिमा जुनेश थापा – सभापति , निर्मला घिमिरे (थापा )उप -सभापति, ललिता पोखरेल -सचिब, सदस्यहरुमा सिताराम थापा, मोहन सार्कि, सुनिता अछामि, पुर्ण चन्द तोलाङि , ओम बहादुर बयलकोटि, नारायण प्रसाद तिमल्सिना, केशव लाल श्रेष्ठ , जानुका श्रेष्ठ रहेका छन् । रास्वपा गोलन्जोर तिन घण्टीमय बन्दै गर्दा म मेरो र हाम्रो बाहेक अरुलाइ नचिन्ने नातावाद, कृपावाद गर्दै चली आएको पुरानो बिरासत बोकेका पाटि हरुलाई ठुलो झटका पुगेको कुरा तेज सिलवालले बताउनु भयो !!
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने माथी सरकारले प्रतिसोध साध्यो भनी रा स्व पा ले चलाएको हस्ताक्षर अभियान सिन्धुली मा पनि तीब्र गतिमा अगाडी बढेको छ ।
सिन्धुलीमा हस्ताक्षर अभियान जिल्ला सभापति श्री अबिनास बस्नेत ज्यु को नेतृत्वमा माढी बजार बाट सुरु गरिएको थियो भने अहिले सम्पूर्ण पलिका देखि लिएर जिल्लाका धेरै वडा हरुमा समेत हस्ताक्षर अभियान चलिरहेको छ । अहिले पछिल्लो समय देश तथा बिदेशमा रा स्व पा को क्रेज बढी रहेको बेला सिन्धुली जिल्लामा पनि युवाहरू सकृय भएर लागिरहेको देखिन्छ । हस्ताक्षर अभिनय सगगै सदस्य नवीकरण साथै संगठन बिस्तार पनि फैलिदै गरेको कुरा स्रोतले बताएको छ । सिन्धुली जिल्लाको रा स्व पा प्रती सकारात्मक भएर अहिले निकै सकृय क न पा १० का युवाहरूलाई देखिन्छ । मरिन दुधौली कमलामाइ लगायत सम्पूर्ण पालिका मा हस्ताक्षर अभियान द्रुत गतिमा चलिरहेको छ ।यसैगरी क न पा ७ लगायत विभिन्न वडा देखी जिल्ला सम्म को नेतृत्व युवाहरू निरन्तर लागि पर्नु भएको छ ।
हालसम्म सिन्धुली जिल्लामा जनताले 21500 हस्ताक्षर गरिसक्नु भएको छ । र अझै ससक्त भएर हस्ताक्षर अभियान जारी राख्ने भनी स्रोतले दाबी गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट संगठन प्रवास नेपाली सम्पर्क विभाग, साउदी अरबले, आफ्नो सभापतिलाई गरिएको राजनितिक प्रतिसोध बिरुद्द सुरु गरेको बिश्वब्यापी हस्ताक्षर अभियान साउदी अरबमा पनि व्यापक समर्थन र सहभागिता बटुल्दै अगाडी बढेको छ ।
देशमा सुशासन, पारदर्शिता र जनउत्तरदायी तथा भ्रष्टचार बिरुद्दको शासन प्रणाली लाई लागु गरि देशमा जनताको हकहितका लागि उदाएको नयाँ पार्टि प्रति गरिएको राजनितिक प्रतिसोध र सरकारको अपारदर्शिता र भ्रष्टचार बिरुद्दको सुरु गरिएको यो अभियानले बिश्वभरिका प्रवासी नेपालीहरूमा समेत नयाँ आशा र ऊर्जा थपेको कुरा प्रवास नेपाली सम्पर्क विभाग, साउदी अरबका उपसभापति प्रेम आचर्यले जानकारी गराए ।
यो अभियानलाई शसक्त बनाई अगाडि बढाउन आफ्नो साउदीको प्रबास समिति पदाधिकारीहरु साउदीको बिभिन्न सहरहरुमा निरन्तर खटिएका र साउदीमा कार्यरत अधिकांस नेपाली श्रमिक, व्यवसायी तथा बुद्धिजीवी वर्गले हस्ताक्षर मार्फत यो अभियानमा साथ दिएका पनि आचर्यले जानकारी गराए । साथ साथै दिनानुदिन संगठनमा नयाँ सदस्यहरु थपिनु भएको र यो क्रम बढ्दोक्रममा रहेको उपसभापति आचर्यले जनाए ।
रास्वपाको तर्फबाट प्रवासमा रहेर पनि आफ्नो पार्टिको नितिलाई अबलम्बन गर्दै धेरै श्रमिकहरुलाई समस्या पर्दा सहयोग गरिएको र कसैलाई समस्या पर्दा सहयोगको लागि प्रवास नेपाली सम्पर्क विभागलाई संपर्क गर्न पनि उपसभापतिले अनुरोध गरेका छन् ।
यो एउटा अभियानले भ्रष्टचारीहरुको मनमा ढ्याङ्ग्रो बजेको र 84 सम्म देश रास्वपामय हुने पनि उपसभापति आचर्यले जनाए ।
सिरानचोक गाउँपालिका ६ गोर्खा घर भइ हाल साउदी अरबको रियादमा एक श्रमिकका रुपमा कार्यरत उमेश भट्टले जेल जीवन बिताइ रहेका रास्वपा सभापति रबि लामिछानेलाई एक सन्देश पत्र लेखेका छन् ।
उमेश भट्ट लेख्नु हुन्छ :-
रबी दाइलाई एक देशप्रेमी नागरिकको सन्देश जय देश! जय जनता! जय परिवर्तन!
आदरणीय रबी दाइ,
यो सन्देश एउटा आम नेपालीको छातीबाट निस्किएको त्यो बलियो भाव हो, जसले तपाईंलाई आशाको दियो मानेको छ। तपाईंलाई हामीले नेतामा होइन, यो राष्ट्रका साहसी सुपुत्रका रूपमा हेरेका छौं। तपाईंको आँखा, बोली, कर्म र समर्पणमा हामीले जुन सत्यता देख्यौं, त्यो युगान्तकारी आशा बनेर हामी सबैको मनमस्तिष्कमा गहिरो प्रभाव पारिरहेको छ।
दाइ, तपाईं पत्रकारिताबाट राजनीति प्रवेश गर्दा थुप्रैले प्रश्न उठाए – “सत्ताको लोभ त हैन?” तर हामीले चिनेका रबी लामिछाने सत्ताका लागि होइन, सत्यका लागि लड्न मैदानमा उत्रनुभएको हो। तपाईंको हातमा कलम थियो, आज त्यो कलम सिधा संसदमार्ग हुँदै जनताका हक र अधिकारका लागि आवाज बनेर गुञ्जिरहेको छ।
आज देश भष्ट्राचार, दलाली, सिण्डिकेट र कुशासनको चपेटामा परेको बेला तपाईंले देखाउनुभएको मार्गदर्शन हामी युवाहरूका लागि प्रेरणाको सन्देश हो। तपाईंले उठाएको नारा — “देशको माया गरौं, गलतको विरोध गरौं” — केवल शब्द होइन, आन्दोलन हो, क्रान्तिको बीउ हो।
तपाईं हाम्रो आवाज हो
रबी दाइ, तपाईं हाम्रो ती सुनिएका तर कहिल्यै नसुनिएका आवाजहरूको प्रतिनिधित्व हो। तपाईं ती दीन, गरिब, असहाय नागरिकहरूको आशा हो, जसको पीडा सरकारले कहिल्यै सुनेन। तपाईं हामी नेपालीहरूको रोदन हो, जसले न कतारमा न्याय पायौं, न मलेसियामा, न आफ्नै गाउँको वडामा।
तपाईंले हजारौं पीडितको न्यायका लागि ज्यानको बाजी राखेर काम गर्नुभयो। त्यसैका लागि जनताले तपाईंलाई दिल खोलेर साथ दिएका छन्। तपाईंको कुशल नेतृत्व, इमानदार छवि र दूरदृष्टिले हामीमा नयाँ नेपालको सपना पलाएको छ।
तपाईंको विचार र कार्यशैली
रबी दाइ, तपाईंको सोच स्पष्ट छ – देशलाई लुट्न होइन, बनाउनुपर्छ। तपाईंले सरकारलाई घुँडा टेकाउनु भयो जब नागरिकता बेच्न खोजियो, जब डलर घोटाला लुकाउन खोजियो, जब न्यायकै सौदा गरियो। तपाईंको बोलीमा राष्ट्रको पीडा देखिन्छ, तपाईंको कार्यशैलीमा परिवर्तनको आँधी बगिरहेको छ।
तपाईं ‘राष्ट्र पहिले, दल पछि’ भन्ने मन्त्रको वास्तविक अनुयायी हुनुहुन्छ। आजको नेपाली राजनीतिमा यस्तो इमानदार सोच भएका नेताहरू औँलामा गन्न सकिन्छ। तपाईंले प्रमाणित गर्नुभएको छ — राजनीति भ्रष्टहरूको जमात होइन, यो देश बनाउनेहरुको जिम्मेवारी हो।
तपाईंलाई देखेर हामी जागेका छौं, रबी दाइ, तपाईंलाई देखेर हामी युवाहरू जुरुक्क उठेका छौं। तपाईंको हिम्मतले हामीलाई पनि बोल्न सिकायो, तपाईंको साहसले हामीलाई पनि प्रतिरोध गर्न प्रेरणा दियो। तपाईं कुनै ठूला जातिको, कुनै क्षेत्रको, कुनै विशेष वर्गको प्रतिनिधि होइन — तपाईं सम्पूर्ण नेपाली जनता, सम्पूर्ण राष्ट्रको प्रतिनिधि हो।
तपाईंले विदेशमा श्रम गरिरहेका लाखौं नेपालीका सपना बोकेको छातिमा हात राखेर बोल्नु भएको छ। तपाईंले गाउँमा चामलको जोहो गर्न धाई रहेका बाबु-आमाका आँखा देख्नुभएको छ। तपाईंको मनको आँखा ती सबै पिडाहरूमा केन्द्रित छ, जुन राज्यले लुकाउँछ, दबाउँछ, र बिर्सिन्छ।
तपाईंलाई फसाउन खोजिन्छ — तर सत्य कहिल्यै हार्दैन
आज तपाईंमाथि विभिन्न षड्यन्त्रहरू रचिन्छन्, किनभने तपाईं सच्चा हुनुहुन्छ। यो देशमा सत्य बोल्नेलाई अपराधी बनाइन्छ, चोरलाई सम्मान गरिन्छ, र देश बेच्नेलाई पद दिइन्छ। तर रबी दाइ, तपाईं ती साँचाहरूको पहरेदार हुनुहुन्छ, जसलाई जनताले रक्षा गर्छन्।
राज्य लागेर थुन्न सक्छ तपाईंलाई, मुद्दा लगाउन सक्छ, झुट्टा आरोप लाउन सक्छ — तर त्यो तपाईंको सत्यको आवाज दबाउन सक्दैन। तपाईं जेल जान सक्नुहुन्छ, तर जनताको मनबाट मेटिनुहुन्न। तपाईं सडकमै फर्किनुहुन्छ, किनभने तपाईंको राजनीति पदको लागि होइन, परिवर्तनको लागि हो।
तपाईं सच्चा नायक हुनुहुन्छ
रबी दाइ, तपाईं कुनै सामान्य नेता होइन, तपाईं हाम्रो युगको नायक हुनुहुन्छ। तपाईंको नायकत्व कुनै फिल्मको स्क्रिप्ट होइन, यो जनताको आर्तनाद हो। तपाईंको नेतृत्वमा हामीले नयाँ नेपालको सपना देख्न थालेका छौं — जहाँ न्याय हुनेछ, समानता हुनेछ, र विवेकशील नेतृत्व हुनेछ।
हामी तपाईंलाई प्रधानमन्त्रीको कुर्सीमा होइन, जनताको सेवा केन्द्रमा देख्न चाहन्छौं — जहाँ तपाईंजस्ता सच्चा देशभक्तहरू बसेर निर्णय गर्छन्। जहाँ नेपाल अघिल्लो पुस्ताले बनाएको होइन, हामी सबैले मिलेर बनाएको हुन्छ।
अन्तिम शब्द
रबी दाइ, तपाईं थाक्नु हुँदैन। तपाईंले जुन बाटो समाउनुभयो, त्यो सजिलो छैन, काँडै काँडाले भरिएको छ। तर विश्वास गर्नुहोस्, तपाईंको पछि लाखौं जनताको आशा छ, साथ छ, बिश्वास छ।
तपाईंको हरेक कदमले हामीलाई लाग्छ — यो नेता हाम्रो हो। तपाईंको हरेक आवाजले हामीलाई लाग्छ — हामी बोलिरहेका छौं। तपाईंको हरेक संघर्षले हामीलाई सिकाउँछ — डरले होइन, सपना देखेर बाँच्नुपर्छ।
अन्त्यमा, यो देशका सबै नागरिकको तर्फबाट तपाईंलाई सलाम गर्न चाहन्छु। तपाईंको इमान, साहस र देशप्रेमका अगाडि हाम्रो टाउको निहुरिन्छ। हिजोको पत्रकार र आजको योद्धा — तपाईंलाई हामीले हाम्रा सपनाको पहरेदार मानेका छौं।
देशलाई माया गर्ने प्रत्येक नेपालीको आवाज — रबी लामिछाने जिन्दाबाद!
जय नेपाल। जय सत्य। जय घण्टी उमेस भट्ट हाल साउदी अरब नेपाल ठेगाना – गोर्खा जील्ला सीरान्चोक गाउपालीका वाड न ६
रियाद, साउदी अरेबिया — गैरआवासीय नेपाली संघ (NRNA), राष्ट्रिय समन्वय परिषद साउदी अरेबियाको दशौं राष्ट्रिय महाधिवेशन (२०२५-२०२७) को सन्दर्भमा निर्वाचन समितिले उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ। बिधानको दफा १३.१ अनुसार पदहरूमा उम्मेदवारी आह्वान गरिएको थियो, जसअनुसार १० जुलाई २०२५ सम्म प्राप्त नामहरूको पहिलो सूची सार्वजनिक गरिएको छ।
प्रकाशित सूचिमा अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यदेखि लिएर महिला संयोजक, कोषाध्यक्ष, युवा संयोजक, महासचिव, उपाध्यक्ष, सदस्य लगायत सम्पूर्ण पदहरूमा उम्मेदवारी दिएका उम्मेदवारहरूको नाम, दर्ता नम्बर र चयन हुने सम्भावित संख्यासमेत उल्लेख गरिएको छ।
निर्वाचन समिति अनुसार, प्रकाशित सूचीमा १२ जुलाई २०२५, बेलुकी ९ बजेसम्म दावी तथा विरोध उजुरीहरू गर्न सकिनेछ। उजुरी तथा प्रतिक्रिया पठाउने आधिकारिक इमेल ठेगानामा पठाउनुपर्नेछ!
यस प्रकृयापछि अन्तिम उम्मेदवार सूची सार्वजनिक गरिने जानकारी गराईएको छ।
काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको छ।
अख्तियारले पताञ्जलि प्रकरणमा माधव नेपालको संलग्नता देखाउँदै विवाद मुद्दा दर्ता गरेको हो।
पतञ्जलि योगपीठको जग्गा अनियमिततामाथि अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसँग बयान लिएको थियो।
पूर्वप्रधानमन्त्री नेपालले आफूमाथि राजनीतिक पूर्वाग्रह राखिएको र बयान गरेर सार्वजनिक छवि धुमिल्याउन खोजेको आशंका व्यक्त गरेका थिए । जवाफमा अख्तियार नेतृत्वले ‘निकै गोप्य रुपमा बयान हुने र त्यसको विवरण कतै लिक नहुने’ आश्वासन दिएका थिए ।
पतञ्जलि योगपीठले जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो । तत्कालीन सरकारको निर्णयबाट हदबन्दी छुटमा पाएको जग्गा पछि मन्त्रिपरिषदकै निर्णयबाट बिक्री गरेको भेटिएपछि अख्तियारले छानबिन थालेको थियो ।
भूमिसम्बन्धी ऐन, २०२१ मा कुनै उत्पादनमूलक उद्योग वा व्यवसाय गर्न सरकारले हदबन्दीमा छुट हुने गरी जग्गा राख्ने सुविधाको व्यवस्था छ । तर त्यसरी सुविधामा खरिद गरेको जग्गा बिक्री गर्न पाइदैन । हदबन्दी छुटमा पाएको जग्गा सरकारले नै बिक्री गर्न अनुमती दिएपछि प्रश्न उठेको थियो ।
भारतको पतञ्जलि योगपीठले काभ्रेमा आयुर्वेद शिक्षालयदेखि अस्पताल र जडीबुटी फार्म सञ्चालन गर्न २०६४ सालमा कम्पनी दर्ता गरेको थियो । हदबन्दीभित्रको जग्गाले नपुग्ने भएपछि उसले सरकारलाई हदबन्दी छुटमा जग्गा राख्ने अनुमति दिन आग्रह गरेको थियो।