नेपाली कांग्रेस नगर सहसचिव नारायण पनेरु राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

  • २० श्रावण २०८२, सोमबार ०१:५२ मा प्रकाशित
  • समर्पण रमजान

    नेपाली कांग्रेस नुवाकोट, बेलकोटगढी नगरपालिकाका नगर सह-सचिव नारायण पनेरु नेपाली कांग्रेस परित्याग गरी औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्

    आफ्नो पुरानो पार्टी नेपाली कांग्रेस को सक्रिय सदस्य रहेका पनेरु आफूले सोचेजस्तो र भनेजस्तो देशमा विकास नभएको, भ्रष्टाचार नरोकिएको, दिनानुदिन भ्रष्टाचार मौलाउँदै गएको र पुराना पार्टीहरूले दशकौँ दशक शासन गरेपनि देश विकास गर्न नसकेका कारण नेपाली कांग्रेस पार्टी परित्याग गरी नयाँ उदाएको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको जनाएका छन्।
    उहाँ भन्नुहुन्छ:-
    ,”म नारायण पनेरु म बिगत 10/12 बर्ष देखि नेपाली कांग्रेसको सक्रिय सदस्य थिए तर म हाल नेपाली कांग्रेस छोडेर राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेको छु।
    सबैलाई लाग्न सक्छ म नेपाली कांग्रेस छोडेर किन राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरे ? मलाई नेपाली कांग्रेस र आफ्नो पार्टीको नीति नियमहरू निकै नै राम्रो लाग्ने गर्दथ्यो र सोही अनुसार म विगत लामो समयदेखि नेपाली कांग्रेस मा आबद्ध रहेर सक्रिय सदस्यको रुपमा कार्यरत थिए। तर पछिल्लो समयमा नेपाली कांग्रेस र एमाले मिलेर बनाएको सरकारको यो गति देख्नुको साथै दिनानुदिन भ्रष्टाचार बढ्दै गएको र भ्रष्टाचारीहरूलाई समाउन नसक्ने भ्रष्टाचारीहरू पालनपोषण गरेर राखेको मलाई मन परेन ! हाम्रो आखा आगाडी खुलेआम दिनानुदिन भ्रष्टाचार मौलाउँदै गएको छ। यो सरकारमा पुरानो भनाउँदा पार्टीहरू ३४/३५ वर्षसम्म नेपालीहरूको रगत चुसेर देशलाई कङ्गाल बनाउन पुगेका छन्। हामी जस्ता सोझा साझा जनताहरूलाई विदेश आउन बाध्य बनाइएको छ नेपालमा दिनानुदिन नेपालीहरू बेरोजगार बनिरहेका छन्। उनीहरुलाई रोजगार दिनको अलावा दिनानुदिन विदेशिँदै ५५ डिग्रीको तातो घाममा आफ्नो खुन पसिना बेचेर आधा पेट खाएर पठाएको रेमिटेन्सले 5 स्टार होटलको खाजा अनि खाना खाएर मोज गर्नी यो पापी भ्रष्ट नेताहरुको अति अत्याचारले गर्दा मैले यो पार्टी त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टी देश र जनताको लागि उदाएको नयाँ पार्टीमा प्रवेश गर्ने निर्णय लिएको हो खुलेआम मानव तस्करी गुण्डागर्दी र पापै पापले भरिएको सरकारले आफू दोषी नदेखेको तर आफ्नो देशमा केही गर्छु भनेर लगजरी जीवनलाई बिट मार्दै आफ्नो देशमा आफ्नो देशलाई बनाउँछु भनेर विदेश छोडेर आएका एक देशभक्त अनि इमान्दार व्यक्ति उपप्रधानमन्त्री तथा गृहमन्त्री जस्तो गरिमामय पदमा रहेका जनताका आशा र भरोसाका किरण लाई अनेक प्रपञ्च रचेर झुटा मुद्दाहरू लगाएर बिना कारण राजनीतिक प्रतिशोध साधेर बिना प्रमाण आज यो दिन सम्म कारागार राख्दाको पीडाले गर्दा मलाई पुराना पार्टीबाट असन्तुष्टि भएर नयाँ पार्टी जनताको पार्टी हुने दाबीका साथ म नयाँ पार्टी. रास्वपामा प्रवेश गरेको हो। नयाँ पढेलेखेका सक्षम युवा देशमा केही गरौँ भनेर आएका हामी जस्तो विदेशमा बसेर दुःख गर्नेको लागि देशमै केही गरौँ भनेर हामी परदेशीको लागि प्रदेशमै सपोर्ट गर्नको लागि म यो पार्टीमा आबद्ध भएको हुँ।”