वैशाख, काठमाडौं । गृह मन्त्रालयले चार प्रदेशका प्रहरी प्रमुख परिवर्तन गरेको छ । मन्त्रालयले ९ जना डीआईजीको सरुवा तथा पदस्थापन गर्दै प्रदेश प्रहरी प्रमुखहरु फेरेको हो ।
सरुवा सूची अनुसार लुम्बिनी, सुदूपश्चिम, मधेश र बागमती प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् । मन्त्रालयले बागमतीको जिम्मा डीआईजी पूजा सिंहलाई दिएको छ । लुम्बिनीमा नलप्रसाद उपाध्याय, सुदूपश्चिममा मोहनकुमार आचार्य र मधेशमा मसाउद आलम खाँ पठाइएका छन् ।
राजेन्द्रप्रसाद चौधरीलाई चाहिँ अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाइएको छ । प्रदेश २ का उमेश रञ्जितकार, बागमतीका प्रकाशजंग कार्की र लुम्बिनीका मुकुन्द आचार्य चाहिँ प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएका छन् ।
हाल सुदूपश्चिममा नेतृत्व गरिरहेका डीआईजी पुरुषोत्तम कँडेललाई चाहिँ केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा पठाइएको छ ।
९ वैशाख, काठमाडौं । नेकपा एमालेले स्थानीय तहको नेतृत्व आफूले गर्न पाउँदा मात्र राष्ट्रिय राजनीतिलाई सही बोटोमा फर्काउन सकिने बताएको छ । ३० वैशाख २०७९ को स्थानीय तह निर्वाचनको चुनावी घोषणापत्रमा एमालेले पाँचदलीय गठबन्धन अवसरवादी गठबन्धन भएको र मुलुकको अग्रगतिको बाधक बनेको बताएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार सार्वजनिक गरिएको घोषणापत्रमा भनिएको छ, मुलुकको अग्रगतिको यात्रामा बाधक बनेर खडा भएको यस गठबन्धनबाट मुलुकले अविलम्ब मुक्ति खोजेको छ ।’
यो सरकार जतिदिन सहन्छ, मुलुकले थप संकट व्यहोर्नुपर्ने एमालेको दाबी छ । संघीयको कार्यान्वयन, जगैबाट लोकतन्त्रको सुदृढीकरण, आधारभूत तहबाटै विकास र समृद्धिको आधार निर्माण गर्ने स्थानीय तहको नेतृत्व आफ्नो दलले गर्दा मात्र राष्ट्रिय राजनीतिलाई सही बाटोमा फर्काउने कामको सुरुवात हुने बताएको छ ।
ओली सरकार अभूतपूर्व सफल
एमालेले स्थानीय तहको चुनावी घोषणा पत्रमा केपी शर्मा ओली नेतृत्वको सरकार इतिहासकै सर्वाधिक गतिशील, उपलब्धिपूर्ण र सफल भएको दाबी गरेको छ ।
साढे तीन वर्षको अवधिमा ओली सरकारले संविधान र संद्धघीयताको सफल कार्यान्वयन गरेर विश्वमै नयाँ दृष्टान्त स्थापित गरेको, पृथकतावाद र हिंसाका चुनावी समाप्त पारेको, वाह्य सम्बन्ध सुदृढ बनाएको, लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित नेपालको नयाँ नक्सा प्रकाशित गर्नुका साथै त्यहाँ नेपालको प्रशासनिक स्वामित्व स्थापित गर्न कूटनीतिक पहल गरेको एमालेले बताएको छ ।
दिर्घकालीन र रणनीथिक महत्वका पूवर्नधार निमार्ण थालेको, भूकम्प प्रभावित करिव ८ लाख परिवारलाई सुरक्षित आवासमा फर्काएको, नेपाललाई विकासशील मुलुकमा स्तारोन्नतीका लागि सिफारिस गरेको, वाह्य लगानीमा ठूलो बृछि भएको र विश्वव्यापी सूचकांकहरुमा उल्लेख्य सुधार भएको एमालेले घोषणापत्रमा उल्लेख छ ।
संघ, प्रदेश र स्थानीय तहको अग्रसरतामा महत्वपूर्ण काम भएको एमालेले बताएको छ । पूर्वाधार विकासतर्फ ४ हजार ३६२ किलोमिटर कालोपत्र सडक बनेको, तुइना विस्थापित भएको अमलेखगञ्ज–मोतिहारी सीमा वारपार पेट्रोलियम पाइपलाइन बनेको, जनकपुर–जयनगर–कुर्ता रेलमार्ग निर्माण गरेको सञ्चालनमा आएको, भैरहवा अन्तराष्ट्रिय विमानस्थल निर्माण सपन्न भएको, पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको एमालेले बताएको छ ।
प्रत्येक पालिकामा न्यूनमत १५ शैयाको आधारभूत अस्पतचाल निर्माण सुरु भएको, योगदानमा आधारित सामाजिक सुरक्षा आरम्भ गरेको, प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत न्युनतम १०० दिनको रोजगारी वा वेरोजगार भत्ता सुरु भएको, तामाकोेशी जलविद्युत आयोजना सम्पन्न जस्ता कामलाई पनि एमालेले घोषणापत्रमा राखेको छ ।
एमालेले जितेका कतिपय पालिकामा बेटी बचाउ, बेटी बचाउ अभियान अन्तरगत कक्षा ८ भन्दा माथिका छात्रालाई साइकल वितरण गरकेो, सामुहिक कृषिलाई प्रोत्साहन गरेको, युवालाई सहुलियतमा ऋण र उद्यमशीmतथा तालिम दिएको, सयौं कानुनहरु बनेको चुनावी घोषणापत्रमा उल्लेख छ ।
घोषणापत्रमा एमालेले आसन्न निर्माणका लागि १७ प्रतिवद्धता पनि अघि सारेको छ ।
गुणस्तरीय शिक्षाको आधार : प्राविधिक शिक्षाको विस्तार र सामुदायिक विद्यालयको सुधार निरोगी नेपाल, स्वास्थ नेपाली स्वच्छ खानेपानी, सफा बस्ती र राम्रो आनीबानी आधुनिक उर्जा : उज्यालो पालिका उन्नत कृष्णि : किसानको समृद्धि सहज आवागमनको आधार : दिगो यातायात पूर्वाधार एकीकृत वस्ती, योजनावद्ध सहरी विकास : विकसित पालिका, सुरक्षित आवास औद्योगिकरण र आर्थिक वृद्धि : स्वदेशमै रोजगारी सम्मान र समृद्धि उद्यामशीलता र रोजगारी : समृद्धिका लागि सहकारी मौलिक कला र संस्कृति : पर्यटनबाट समृद्धि सबल राष्ट्रका लागि स्वस्थ र सिर्जनात्मक युवा समानताको महिला यात्रा : समाजवाद–उन्मुख राज्यको विशेषता खुशी जेष्ठ नागरिक, सुखी बालबालिका : अपाङ्गमैत्री सबै पालिका जलवायु अनुकुलन र विपद् व्यवस्थापन : विकास र वातावरणबीच सन्तुलन समुन्नत लोकतन्त्रको आधार : मेलमिलाप, न्याय र मानवअधिकार संरचनागत तथा कानुनी सुधार र प्रभावकारी समन्वय संस्थागत सुदृढीकरण : योजनावद्ध विकास
सरकारले केही दिनअघि एक हजार दुई सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् परियोजना निर्माणको सम्झौता चिनियाँ कम्पनीसँग रद्द गरेपछि चीन असन्तुष्ट बनेको छ। बिहीबार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भर्चुअल पत्रकार सम्मेलनमा बोल्ने क्रममा घुमाउरो ढङ्गले त्यसबारे असन्तुष्टि व्यक्त गरेकी हुन्।उनले नेपालले चिनियाँ उद्यमका वैधानिक अधिकारको रक्षा गर्नुपर्ने बताएकी छन् । ‘म आशा गर्छु, नेपाली पक्षले चिनियाँ उद्यमका वैधानिक अधिकार र चासोको पूर्ण रक्षाका लागि निष्पक्ष र पारदर्शी व्यापारिक वातावरण प्रदान गर्नेछ,’ उनले भनिन् । चिनियाँ लगानीकर्ताका व्यावहारिक समस्या समाधानका लागि नेपालले सहयोग गर्ने विश्वास उनले व्यक्त गरेकी छन् । पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले नेपालमा सरकार परिवर्तन हुने बित्तिकै लगानीसम्बन्धी नीतिमा पनि परिवर्तन हुने र यसले जलविद्युत् लगायत क्षेत्रका ठुला परियोजना निर्माणसम्बन्धी नीतिमा पनि परिवर्तन हुँदा लगानीकर्तालाई अप्ठेरो पर्ने गरेको बताइन् । सरकार परिवर्तन हुने बित्तिकै लगानीसम्बन्धी नीति पनि परिवर्तन हुने प्रवृत्ति हुन नहुने उनको धारणा थियो। आजको नागरिक दैनिकमा समाचार छ ।
कपिलवस्तु — नेपाली कांग्रेस मायादेबी गाउँपालिका कमिटीले अध्यक्ष पदका लागि १ जनाको नाम सिफारिस गरेको छ ।
आसन्न बैशाख ३० गते हुन लागेको स्थानिय तहको चुनाबमा पालिका अध्यक्षको लागि नेपाली कांग्रेसको पालिका कमिटीले वलिउद्दिन खानको नाम सिफारिस गरेको हो ।
साथै गाउँपालिकाको उपाध्यक्ष पदका लागि ६ जनाको नाम सिफारिस गरेको जसमा पुनिता मौर्या ,सरस्वती यादव ,निलम पाण्डे ,सुमित्रा शर्मा ,सबित्री यादव र सुमन शुक्लाको नाम सिफारिस भएको कांग्रेसको गाउँपालिका सभापति शैलेन्द्र दुबेले जानकारि दिनुभयो।
काठमाडौं, १ वैशाख । राजनीतिक दलहरुले तालमेल गर्दा एउटै दलको चुनाव चिन्हबाट निर्वाचनमा भाग लिने सम्मको सहमति गरेका छन् । ३० चैत्रमा मात्र नेकपा एमालेको सूर्य चिन्हबाट राप्रपा नेपाल र परिवार दलका उम्मेदवारहरु चुनाव लड्ने सहमति बनेको थियो । तर, निर्वाचन आयोगले यसबारे चासो व्यक्त गरेको छ ।
आयोगले बिहिबारको पत्रकार सम्मेलनमा जुन दलको चुनाव चिन्हबाट निर्वाचन लडेको हो त्यही दलको उम्मेदवारका रुपमा मात्र चिन्ने प्रष्ट पारेको छ । आयोगका प्रवक्ता शालिग्राम पौडेलले भने, ‘जुन चिन्हबाट चुनाव लडेको हो त्यही पार्टीको उम्मेदवार हुन्छ ।’
आयोगले चुनाव चिन्ह एउटाबाट लडेर अर्को दलको हो भन्ने नचिन्ने प्रष्ट पारेको छ । प्रवक्ता पौडेलको भनाई अनुसार सूर्य चिन्हबाट चुनाव लडेका परिवार दल र राप्रपा नेपालका उम्मेदवार कानूनी रुपमा एमालेका हुनेछन् ।
विगतमा पनि हृदयश त्रिपाठीलगायत केही नेताहरु सूर्य चिन्हबाट चुनाव लडेर सांसद बनेका थिए । उनीहरु एमालेकै सांसदको रुपमा गनिएका छन् ।
काठमाडौं। सत्तारुढ नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर राखेर चुनावी सामग्री बनाएको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएको चुनावी पोष्टरमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको पनि तस्बिर राखिएको हो । अध्यक्ष प्रचण्ड र अर्थमन्त्री जनार्दन शर्मासँगै माओवादीले घिसिङको तस्बिर राखेर ‘अध्याँरोबाट उज्यालोतर्फ’ उल्लेख गर्दै चुनावी पोष्टर सार्वजनिक गरेको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्साले आज एक कार्यक्रम का बिच बिशाल आमसभाको गरेकोछ। आमसभा लाइ सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी का केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देन ले सही ब्यक्ति र सहि नेतृत्व चुन्न नसकेसम्म जनताका दुःख अन्त्य नहुने बताए । देशको समस्या समाधान गर्नका लागि जनताले नै सही व्यक्तिलाई निर्वाचित गर्नुपर्नेमा जोड दिएका छन् । उनले भने, ‘यदि सही व्यक्तिलाई चुन्न सकेनौ भने बेरोजगारीको समस्या अँझै बढेर जान्छ । जनताका दुःख अन्त्य हुने छैनन ।
अहिले को अवस्था मा सिटामोल पाउन पनि अदालतको आदेश कुनुपर्ने र पैँसा तिरेर पनि आवश्यक परेको बेलामा मल तथा बिउन नपाइने देशमा अरु बिकासको आश गर्न नसकिने अध्यक्ष लिङ्देनको बुझाई छ । सिमित दलका सिमित व्यक्तिहरुले ३१ वर्षसम्म आफ्नो र आफ्ना आसेपासेको गोजी भर्ने बाहेकका कुनै काम गर्न नसकेको उनको आरोप छ ।
मधेशी शहिदको सहादतपछि मधेशले के पायो भन्दै उनले मधेशबाट प्रतिनीधित्व गर्दै संसदसम्म पुगेर प्रदेशका सत्तामा पुगेपनि मधेशी जनताले कुनै उपलब्धी नभएको बताए ।
त्यस्तै सम्बोधन कै क्रममा नेपाली चलचित्र का नायिका रेखा थापा ले आमसभा लाइ सम्बोधन गर्दै भनिन मेहनत गरेर उत्पादन गरेको उखुको पैँसा समयमै पाउन नसक्ने अवस्थाको अन्त्यका लागि कसैले पहलकदमी नचालेको उनको भनाई छ । साथै नेपालको सिमाना बचाउन मा तराइ मधेस को ब्यत्किहरु को धेरै भुमिकस रहेको बताइन। यथास्थितीबाट देशलाई मुक्त गरेर अगाडी लैजाने राप्रपाको राष्ट्रिय अभियानमा हातेमालो गर्न उनले आग्रह गरेकी छिन।
त्यस्तै सम्बोधन कै क्रममा पार्टी का पुर्ब केन्द्रीय अध्यक्ष तथा पुर्व मन्त्री डा. प्रकास चन्द लोहनी ले प्रजातन्त्र, गणतन्त्र र लोकतन्त्रको नाममा केही तत्वहरुले लुट तन्त्र मच्चाइरहेको आरोप लगाउँदै अमेरिकाका बाट ४० करोड ल्याएको रुपैंया को हिसाब किताब गर्दा अहिले सम्म नदिएको र सम्पत्ति सुदृढीकरण बिभागमा निवेदन समेत दिदा निकास नपाएको ले यो देस को लाज मर्दो काहानी भएको बताए।
त्यस्तै सम्बोधन कै क्रममा पार्टी का केन्द्रिय सदस्य डा.राजेस गिरी ले पहिला शाही सेना को नाम थियो भने अहिले नेपाली सेनाको नाम रहेको बताएका थिए। त्यस्तै सम्बोधन कै क्रममा पार्टी का केन्द्रिय सदस्य भुवन पाठक ले एमाले, काग्रेस, माओवादी ले देस लाइ बर्बाद पारि सकेको ले देसलाई बचाउन रा प्र पा लाइ मतदान गरी पहिलो पार्टी बनाउन आग्रह गरेका थिए। उक्त कार्यक्रम मा स्वागत मन्तब्य पार्टी का। पुर्ब केन्द्रीय सदस्य तथा पुर्व जिबिस सभापति शम्भु प्रसाद चौरसिया केन्द्रिय सदस्य मिना सुबेदी ले गरेकी थिइन भने उत्क कार्यक्रम शुमेश्वरनाथ उपाध्याय, मानार्थ जिल्ला अध्यक्ष अंगद ठाकुर को सभापतित्वमा मा भएको कार्यक्रममा पार्टी का केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देन को प्रमुख अतिथि तथा विशिष्ट अतिथि पार्टी का पुर्ब केन्द्रीय अध्यक्ष डा. प्रकास चन्द लोहनी, पार्टी केन्द्रीय उपाध्यक्ष ध्रुव प्रधान, पार्टी का केन्द्रिय सदस्य रेखा थापा,मिना सुबेदी, पार्टी का मधेस प्रदेश अध्यक्ष भरत गिरी,तथा पार्टी का पर्सा जिल्ला उपाध्यक्ष रामयोधा राउत,अवध किसोर साह,शान्ती केशी पार्टी का कोषाध्यक्ष जगरनाथ प्रसाद कुर्मि, पार्टी का जिल्ला सचिव पनालाल पटेल, अजय पौडेल, जिल्ला सह सचिव पवन प्रसाद साह,पदन सदस्यहरु, जलेश्वर सरार्फ, योगेन्द्र राउत, शम्भु प्रसाद चौरसिया,रोसन यादव, दिपनारायण यादव, रामबाबु साह, जिल्ला सदस्य उदित सहनी,छठि साह कानु, देवेन्द्र ढुङगाना, महिना यादव लगायतको ब्यत्किहरु को उपस्थिति रहेको थियो
सिन्धुपाल्चोक, २९ चैत । खानेपानीमन्त्री उमाकान्त चौधरीले आउँदो वैशाखसम्ममा काठमाडौँको धारामा मेलम्चीको पानी पुग्ने बताएका छन् ।
मेलम्ची नदीको पानी आज पुनः पथान्तरण गरी उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । मन्त्री चौधरीले १ नं डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नं को गेट खोलेर उद्घाटन गरेका थिए ।
गत असार १ गते गएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो । सरकारले यही चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौँ पु¥याउने घोषणा गरेको थियो । पानी पठाउन आज सुरु गरिए पनि काठमाडौँमा उपलब्ध गराउन अझै दुई साता लाग्नसक्ने बताइएको छ । गत वर्ष चैत १७ गतेदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो । दोस्रो चरणअन्तर्गत गत वैशाखमा १७ करोड लिटर पानी काठमाडौंमा वितरण थालिएको थियो ।
परीक्षणका लागि गत असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरुङमा पानी बन्द गरेको थियो । त्यही दिन मेलम्ची नदीमा बाढी आएसँगै मलेम्चीको पानी वितरण प्रक्रिया अवरुद्घ बनेको थियो । सुरुङमा प्रतिसेकेन्ड २६५ लिटर पानी हालिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले बताए ।
सो अवसरमा उनले सरकारी लक्ष्यअनुसार चैत मसान्तभित्रै पानी सुरुङमा हाल्न पाएकामा खुसी व्यक्त गर्दै सरोकारवालाप्रति आभार प्रकट गरे । मन्त्री चौधरीले स्थायी रुपमा पानी पठाउन एसियाली विकास बैंकको टोलीले गरेको भौगर्भिक अध्ययनको रिपोर्ट प्रतिवेदन पेस भएपछि कार्ययोजना बनाइने बताए । कार्यक्रममा उनले सन्तनेता स्वर्गीय कुष्णप्रसाद भट्टराईको सपना, त्याग, तपस्याको स्मरण पनि गरे । रासस
२९ चैत, धनगढी । सत्तारुढ गठबन्धनलाई स्थानीय तह निर्वाचनका लागि ससुदूरपश्चिम प्रदेशमा भागबण्डा मिलाउन कठिन देखिएको छ ।
प्रदेशका नौ जिल्लाका स्थानीय तहमा भागवण्डा कसरी मिलाउने भन्नेमा प्रदेशस्तरका नेताहरु छलफलमा छन्, तर निर्णय गर्न सकेका छैनन् । हालसम्म कुनै पनि जिल्लाबाट सहमतिको निर्णय पनि आएको छैन ।सत्ता गठबन्धनमा मुख्य गरी नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच भागवण्डा मिल्न सकेको छैन ।१३ स्थानीय तह रहेको कैलालीमा सत्तारुढ गठबन्धनको २७ चैतमा बसेको थियो । बैठकमा सहभागी नेपाली कांग्रेस कैलालीका सचिव केशव मिश्रकाअनुसार प्रमुख तीन दलको आ–आफ्नै अडानका कारण पुनः बस्ने गरी बैठक टुङ्गिएको थियो ।‘बैठकमा एकीकृत समाजवादीले तत्कालीन समयमा एमालेले जितेका सातमध्ये पाँच वटा स्थानीय तह आफूलाई दिनुपर्ने प्रस्ताव राख्यो, माओवादी केन्द्रले पनि २०७४ सालमा जितेका दुईवटा पालिका नछाड्ने दाबी गरेको छ,’ मिश्रले अनलाइनखबरसँग भने, ‘हामीले पनि आफ्नो प्रभाव भएको पालिका पाउनुपर्ने माग गरेका छौँ ।’ उनका अनुसार गठबन्धनको अर्को बैठक बुधबार बस्ने सहमति भएको छ ।
एकीकृत समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेश सचिव दिनेशचन्द्र सुवेदी भने तालमेलको विषय अहिले छलफलकै चरणमा रहेको भन्दै पछि सहमति हुने बताउँछन् ।
‘केन्द्रीय सर्कुलरअनुसार स्थानीय तहको निर्वाचनमा कसरी तालमेल गर्न सकिन्छ भन्ने विषयमा हामीहरु निरन्तर छलफलमा छौं । भागबण्डा नमिलेको भन्ने चाहिँ होइन । सबै कुरा मिलिहाल्छ’, सुवेदीले अनलाइनखबरसँग भने ।
नेकपा माओवादी केन्द्रका प्रदेश समिति अध्यक्ष हरि चौधरी नेपाली कांग्रेसले आफ्नो पार्टीभित्र भागवण्डा मिलाउन नसक्दा तालमेलको निर्णय गर्ने कुरा पेचिलो बनेको तर छिट्टै सहमति जुट्ने बताउँछन् ।
‘हामी छलफलमै छौं, तर त्यति सुखमय भने छैन । कांग्रेसमै अलि चर्को भएका कारण उहाँहरुले पनि जसरी हुुनुपर्ने हो त्यसरी छलफल अगाडि बढाउन सक्नुुभएको छैन,’ चौधरीले अनलाइनखबरसँग भने ।
नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायर कांग्रेसका कारण गठबन्धनमा कुनै अवरोध नभएको बताए । उनले सत्तारुढ गठबन्धन आन्तरिक परामर्शमा रहेकाले चाडै निर्णय हुने दावी गरे ।
‘गठबन्धन गरेर जाने भन्ने विषयमा केन्द्रदेखि तलसम्म सहमति भइसकेको छ । हाम्रो पार्टीभित्र कुनै समस्या छैन,’ बलायरले अनलाइनखबरसँग भने, ‘गठबन्धनमा आन्तरिक विचार, विमर्श भइरहकाले चाँडै तालमेलबारे निर्णय हुन्छ, गछौँ ।’
८८ वटा स्थानीय तह रहेको सुदूरपश्चिम प्रदेशमा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले ३९, नेपाली कांग्रेसले ३८, माओवादी केन्द्रले १० र नेपाल लोकतान्त्रिक फोरमले एक स्थानीय तह जितेको थियो । पार्टी विभाजनपछि भने नेकपा एमालेले ७ वटा स्थानीय तह गुमाएको छ ।
काठमाडौं । सत्तारुढ दलका शीर्ष नेता नेतृत्वमा रहेको गठबन्धनमा अर्थमन्त्री जनार्दन शर्मालाई परिवर्तन गर्न कांग्रेस नेताहरुले प्रस्ताव गरेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत सहभागी बैठकमा कांग्रेस नेताहरुले सोमबार यो प्रस्ताव राखेका थिए ।“अर्थमन्त्री तपाईंको पार्टीका हुनुहुन्छ, प्रधानमन्त्रीले सीधै परिवर्तन गर्न पनि मिलेन । किनकि यो गठबन्धन सरकार हो । उहाँलाई फिर्ता बोलाएर अर्को व्यक्तिलाई अर्थमन्त्रीमा तत्काल पठाउनूस्,” कांग्रेस नेताहरुको भनाई उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो ।
बैठकमा माओवादी अध्यक्ष दाहालले पनि अहिले अर्थमन्त्रीमात्रै भन्दा पनि केही मन्त्रीको कार्यसम्पादन सन्तोषजनक नभएकाले परिवर्तन गर्नुपर्ने अवस्था रहेको धारणा राख्दै पार्टीभित्र छलफल गर्ने बताएका थिए ।माओवादीका केही नेताहरु सोमबार पनि यस विषयमा आन्तरिक छलफलमा थिए ।
सोमबारको गठबन्धन बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गभर्नर हटाउनुको कारणबारे प्रधानमन्त्रीसँग जानकारी मागेका थिए ।तर प्रधानमन्त्री देउवाले अर्थमन्त्रीले गभर्नरले असहयोग गरेको हुँदा हटाउनुपर्ने प्रस्ताव ल्याएको र आफूले त्यसमा समर्थन जनाएको बताएका थिए ।गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णयपछि अर्थमन्त्री शर्माको पनि राजीनामा माग गरिएको छ ।तर माओवादी केन्द्रमा ‘सिनियर नेता’ भएको हुँदा अहिले नै हटाउँदा चुनावको मुखमा कार्यकर्तामाझ राम्रो सन्देश नजाने भएकाले चुनावसम्म पर्खिनुपर्ने विषयमा पनि छलफल भएको बताइएको छ ।आजको गठबन्धन बैठकमा पनि यस विषयमा कुराकानी हुने बताइएको छ ।
अर्थमन्त्री परिवर्तन गर्न गठबन्धनमा कांग्रेस प्रस्ताव– माओवादीमा आन्तरिक छलफल
काठमाडौं । सत्तारुढ दलका शीर्ष नेता नेतृत्वमा रहेको गठबन्धनमा अर्थमन्त्री जनार्दन शर्मालाई परिवर्तन गर्न कांग्रेस नेताहरुले प्रस्ताव गरेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत सहभागी बैठकमा कांग्रेस नेताहरुले सोमबार यो प्रस्ताव राखेका थिए ।
“अर्थमन्त्री तपाईंको पार्टीका हुनुहुन्छ, प्रधानमन्त्रीले सीधै परिवर्तन गर्न पनि मिलेन । किनकि यो गठबन्धन सरकार हो । उहाँलाई फिर्ता बोलाएर अर्को व्यक्तिलाई अर्थमन्त्रीमा तत्काल पठाउनूस्,” कांग्रेस नेताहरुको भनाई उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो ।
बैठकमा माओवादी अध्यक्ष दाहालले पनि अहिले अर्थमन्त्रीमात्रै भन्दा पनि केही मन्त्रीको कार्यसम्पादन सन्तोषजनक नभएकाले परिवर्तन गर्नुपर्ने अवस्था रहेको धारणा राख्दै पार्टीभित्र छलफल गर्ने बताएका थिए ।
माओवादीका केही नेताहरु सोमबार पनि यस विषयमा आन्तरिक छलफलमा थिए ।
सोमबारको गठबन्धन बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गभर्नर हटाउनुको कारणबारे प्रधानमन्त्रीसँग जानकारी मागेका थिए ।
तर प्रधानमन्त्री देउवाले अर्थमन्त्रीले गभर्नरले असहयोग गरेको हुँदा हटाउनुपर्ने प्रस्ताव ल्याएको र आफूले त्यसमा समर्थन जनाएको बताएका थिए ।
गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णयपछि अर्थमन्त्री शर्माको पनि राजीनामा माग गरिएको छ ।
तर माओवादी केन्द्रमा ‘सिनियर नेता’ भएको हुँदा अहिले नै हटाउँदा चुनावको मुखमा कार्यकर्तामाझ राम्रो सन्देश नजाने भएकाले चुनावसम्म पर्खिनुपर्ने विषयमा पनि छलफल भएको बताइएको छ ।
आजको गठबन्धन बैठकमा पनि यस विषयमा कुराकानी हुने बताइएको छ ।