मायादेवी गाउँपालिका अध्यक्ष नेपाली कांग्रेसबाट एक जनाको नाम सिफारिस ।।

  • ८ बैशाख २०७९, बिहीबार ०९:१७ मा प्रकाशित
  • कपिलवस्तु — नेपाली कांग्रेस मायादेबी गाउँपालिका कमिटीले अध्यक्ष पदका लागि १ जनाको नाम सिफारिस गरेको छ ।

    आसन्न बैशाख ३० गते हुन लागेको स्थानिय तहको चुनाबमा पालिका अध्यक्षको लागि नेपाली कांग्रेसको पालिका कमिटीले वलिउद्दिन खानको नाम सिफारिस गरेको हो ।

    साथै गाउँपालिकाको उपाध्यक्ष पदका लागि ६ जनाको नाम सिफारिस गरेको जसमा पुनिता मौर्या ,सरस्वती यादव ,निलम पाण्डे ,सुमित्रा शर्मा ,सबित्री यादव र सुमन शुक्लाको नाम सिफारिस भएको कांग्रेसको गाउँपालिका सभापति शैलेन्द्र दुबेले जानकारि दिनुभयो।

    Leave a Reply