• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: राजनीति

पर्सा १ बाट प्रतिनिधि सभामा पुर्व मन्त्री यादव विजयी

  • ७ मंसिर २०७९, बुधबार १६:५५ मा प्रकाशित
  • जसपाले पर्साबाट खाता खोल्यो, प्रतिनिधि सभामा पर्सा १ बाट पुर्व मन्त्री यादव विजयी

    वीरगंज,७ मंगसीर। जनता समाजवादी पार्टीले प्रतिनिधि सभामा पर्साबाट पहिलो जित हासिल गरेको छ ।

    जसपा एमाले गठबंधनका साझा उम्मेदवार पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा पुर्व मन्त्री प्रदीप यादव विजयी भएका छन।

    उम्मेदवार यादवले २२ हजार ५ सय ३७ मत ल्याएर विजयी भएका छन भने उनको निकटतम प्रतिद्वंद्वी अजय द्विवेदीले २० हजार ९ सय १७ मत ल्याए ।

    पुर्व मन्त्री यादव यस अघि पनी सोही क्षेत्र बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।

    दोस्रो पटक प्रतिनिधि सभामा जितेर पर्सा क्षेत्र नम्बर १ मा इतिहास कायम गरेको स्थानीयले प्रतिक्रिया दिएका छन।

    Posted in राजनीतिLeave a Comment on पर्सा १ बाट प्रतिनिधि सभामा पुर्व मन्त्री यादव विजयी

    नेपाली कांग्रेसका प्रदेश सभा सदस्यका उम्मेदवार श्याम पटेल निर्वाचित

  • ६ मंसिर २०७९, मंगलवार १६:१३ मा प्रकाशित
  • नेपाली कांग्रेसका प्रदेश सभा सदस्यका उम्मेदवार श्याम पटेल निर्वाचित भएका छन् ।

    पर्सा निवाचन क्षेत्र नं. २ (१) बाट उनी नोर्वाचित भएका हुन् ।

    मतगणनाको अन्मित मतपरिणामअनुसार पटेल १६५७ मतान्तरले निर्वाचित भएका हुन् । उन्का निकटतम प्रतिद्वन्दी जसपा पर्साका अध्यक्ष  गठवन्धनका उम्मेदवार रामनरेश यादव थिए ।

    Posted in राजनीतिLeave a Comment on नेपाली कांग्रेसका प्रदेश सभा सदस्यका उम्मेदवार श्याम पटेल निर्वाचित

    बारा जिल्लामा मतपेटिका सुरक्षाको लागि मतदान केन्द्रका कर्मचारीहरू भुईँमै सुत्छन्

  • ३ मंसिर २०७९, शनिबार १७:२१ मा प्रकाशित
  • कलैया ३ मंसिर । 

    मतपेटिका सुरक्षाको लागि बाराको सिम्रौनगढ नगरपालिकाको वडा नम्बर ७ कवलपुरमा मतदान केन्द्रका कर्मचारीहरू भुईँमै सुत्ने गरेका छन्  । 

    आसपासमा घर नहुनुका साथै मतदानस्थल निर्माण र सुरक्षा गर्नुपर्ने भएकाले आफूहरू यहीँ बस्नुपर्ने बाध्यता रहेको  निर्वाचन अधिकृत लालबाबु प्रसाद यादवले जनाउनु भयो ।

    भारतीय सीमासँग जोडिएको उक्त मतदान केन्द्र अति संवेदनशील केन्द्रमा पर्दछ । 

    निर्वाचनका वेला सीमानाका सिल गरिए पनि खुल्ला सिमानाका कारण उक्त केन्द्र अति संवेदनशील क्षेत्रमा पर्दछ। १० जना प्रहरी र ११ जना अन्य कर्मचारी खटिएका उक्त केन्द्र सीमा क्षेत्रबाट करिब आधा किलोमिटर मात्र उत्तरतर्फ रहेको छ। 

    jan samrpit

    Posted in ताजा अपडेट, राजनीतिLeave a Comment on बारा जिल्लामा मतपेटिका सुरक्षाको लागि मतदान केन्द्रका कर्मचारीहरू भुईँमै सुत्छन्

    पर्सा जिल्लामा १६९ मतदान स्थल,११ हजार जनशक्ति खटिने,३ लाख ४५ हजार मतदाता छन।

  • १ मंसिर २०७९, बिहीबार ११:३४ मा प्रकाशित
  •  

    बिरगंज :- मंसिर ४ को निर्वाचनका लागि पर्सामा कर्मचारी, स्वयंसेवक र म्यादी प्रहरी सहित ११ हजारभन्दा बढी जनशक्ति खटिने भएका छन्  ।

    जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्ता एंव सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलका अनुसार मंसिर ४ को निर्वाचनका लागि पर्सा जिल्लामा १ सय ६७ स्थायी र २ अस्थायी गरी कुल १ सय ६९ मतदान स्थल तोकिएका छन् ।यस्तै ४ सय १५ स्थायी र २ अस्थायी गरी ४ सय १७ मतदान केन्द्र रहेका छन्  ।

    जिल्ला भरिका मतदान स्थल र मतदान केन्द्रमा गरि ४ हजार ६ सय सुरक्षाकर्मी, २ हजार म्यादी प्रहरी, ४ हजार ५ सय स्वयंसेवक र कर्मचारी खटिनेछन्  । जिल्लामा साधारण, संवेदनशील र अति संवेदनशील गरी ३ श्रेणीमा मतदानस्थललाई छुट्याइएको छ ।

    सुरक्षा संवेदनशीलताका कारणले संवेदनशील र अति संवेदनशील मतदानस्थलको नाम भने सार्वजनिक गरिएको छैन । निर्वाचन कार्यालयका अनुसार पर्सामा जिल्लामा ३ लाख ४५ हजार मतदाता छन् ।

    Posted in ताजा अपडेट, राजनीतिLeave a Comment on पर्सा जिल्लामा १६९ मतदान स्थल,११ हजार जनशक्ति खटिने,३ लाख ४५ हजार मतदाता छन।

    नेकपा (माले) लुम्बिनी प्रदेशसभाका लागि समानुपातिक तर्फ क.भुमा केसी शाह उम्मेदवार

  • २२ कार्तिक २०७९, मंगलवार २३:३० मा प्रकाशित
  • आगामी मंसिर ४ गते हुने आमनिर्वाचनमा नेकपा (माले) ले लुम्बिनी प्रदेशसभाका लागि समानुपातिक तर्फ क.भुमा केसी शाह लाई उम्मेदवार बनाएको छ।

    उनी नेकपा (माले) काे बैकल्पिक केन्द्रीय कमिटी सदस्य हुनुका साथै नेकपा मालेका बैकल्पिक पाेलिट ब्युरो सदस्य महेन्द्र शाहकी धर्मपत्नी हुन

    हालै सम्पन्न स्थानीय निकायको निर्वाचनमा दाङको तुलसीपुर उप-महानगरपालिकामा मेयर पदका लागि चुनावि मैदानमा उत्रिएका महेन्द्र शाह सीपी मैनालीका विश्वासपात्र हुन ।

    पहिलो संविधानसभा चुनावमा नेकपा मालेको तर्फबाट दाङमा बलियो उपस्थिति जनाउन सफल भए सङ्गै कम्युनिष्ट राजनीतिमा आफ्नो बलियो छाप छोड्न सफल भएका महेन्द्र शाह आफ्नो राजनैतिक यात्रामा क.भुमा केसी शाह लाई आफु द्वारा राजनीतिमा ल्याईयको नभई कम्यूनिष्ट आन्दोलनमा क.भुमा केसी शाहले गरेको योगदानका कारण सम्भव भएको बताउछन् ।

    उता कमरेड भुमा केसी शाह पनि आफू बेदाग रहेको र आफुमा युवा जोश हुनुका साथै लुम्बिनी प्रदेशमा आफ्नो पार्टीको जनाधार रहेकाले आगामी निर्वाचनमा लुम्बिनी प्रदेशका जनताले आफूलाई चुन्नेमा निश्चिन्त रहेको बताउँछिन्।

    Posted in मुख्य खबर, राजनीतिLeave a Comment on नेकपा (माले) लुम्बिनी प्रदेशसभाका लागि समानुपातिक तर्फ क.भुमा केसी शाह उम्मेदवार

    प्रवासी नेपाली एकता समाज रियाद क्षेत्रिय अध्यक्षमा सापकोटाः 

  • २१ कार्तिक २०७९, सोमबार २३:५७ मा प्रकाशित
  • रियाद/साउदीअरबः वर्तमानमा राजेन्द्र  लिङ्देनको नेतृत्वमा रहेको राष्ट्रीय प्रजातन्त्र पार्टीको भातृ प्रवास संगठन “प्रवासी नेपाली एकता समाज (पानस) साउदीअरब” को मातहतमा रहेको रियाद क्षेत्रिय समन्वय समितिको कार्य समिति घोषणा भएको छ। उक्त घोषणाले अमर सापकोटाको नेतृत्वमा १५ सदस्यीय कार्य समितिको घोषणा भएको हो ।

    यही ४ नोभेम्वर २०२२ शुक्रवारका दिन रियाद स्थित एक सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी पानस साउदीअरबले आफ्नो रियाद क्षेत्रिय समन्वय समितिको घोषणा गरेका छन्। पानस साउदीअरबको अध्यक्ष कुबेर हुमाँगाईको सभापतित्वा एवम् नेपाली दूतावास रियादका कार्यवाहक नियोग उप-प्रमुख प्रथम सचिव ऋषि राज आचार्यको प्रमुख आतिथ्यता रहेको कार्यक्रम बाट सापको नेतृत्वमा रहेको क्षेत्रिय समन्वय समितिको घोषणा भएको हो ।

    सापकोटाको नेतृत्व रहेको उक्त पानस क्षेत्रिय समन्वय समितिको उपाध्यक्षमा सुजन घिमिरे, महिला उपाध्यक्षमा लक्ष्मी कुमारी गिरी, महामन्त्रीमा किरण कुमार पुरी र जिवन सहमहामन्त्रीमा रहेका छन्।

    त्यसै गरी सचिवमा निरज सिंह, सह सचिवमा ईन्द्र कुमार खनाल, कोषाध्यक्षमा राकेश कुमार यादव, सहकोषाध्यक्षमा पूजा सिंह, प्रवक्तामा, किशन जग बि.क. र सह-प्रवक्तामा अस्मिता सुनार रहेका छन् भने सदस्यहरुमा रोशन बस्नेत, प्रेम कुमार गुरुङ, रोहन परियार र लोक बहादुर पुरी रहेका छन्।

    प्रवासी नेपाली एकता समाज (पानस) साउदीअरबका महामन्त्री नविन मुडभरी द्वारा संचालित उक्त कार्यक्रममा अतिथिको रूपमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका मध्यपूर्व क्षेत्रिय संयोजक राजेन्द्र अर्याल, एनआरएनए एनसीसी साउदीअरबका संस्थापक महासचिव विमल गौतम, एनआरएनए एनसीसी साउदीअरबका उपाध्यक्ष रबिना अर्याल, जनसम्पर्क समिति साउदीअरबका कार्यवाहक सभापति द्वारिका राज गिरी, प्रवासी नेपाली मंचका वरिष्ठ उपाध्यक्ष कृष्ण कार्की लगायत साउदीअरब स्थित क्रियाशील विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, बुद्धिजीवी तथा समाजसेवीहरू, विभिन्न पेशा तथा व्यावसायामा आवद्ध व्यक्तित्वहरू, विभिन्न संचार क्षेत्रमा आवद्ध संचार कर्मीहरू र नेपाली जनसमुदायको उपस्थिति रहेको थियो ।

    Posted in राजनीतिLeave a Comment on प्रवासी नेपाली एकता समाज रियाद क्षेत्रिय अध्यक्षमा सापकोटाः 

    राजनीतिक चलखेलले नौ बर्ष जेलमा बनवास् काटनु पर्यो:-रामचन्द्र प्यासी

  • २१ कार्तिक २०७९, सोमबार ०८:०५ मा प्रकाशित

  • उमेश कुशवहा,पर्सा

    ब्लु क्रश सोसाइटी नेपाल द्वारा मनी भूषण कुशवावाको अध्यक्षतामा चियापान तथा सम्मान कार्यक्रम सम्पन भएको छ।

    ब्लु क्रश सोसाइटी नेपालद्वारा चियापान तथा स्म्मान कार्याक्रम प्रसौनी गाउपालिका बेलहियामा पुर्ब संविधान सभा सदस्य रामचन्द्र प्यासी कुशवाहालाई यस सस्थाका अध्यक्ष तथा सद्स्यहरु द्वारा एक कार्यक्रम गरि प्यासीलाई सम्मान गरिएको छ।

    म किसानको छोरा हु राजनीतिकमा आगाडी बढ़दै थिए तर राज्य बाट षडयंत्र गरी मलाई राजनीतिक जलखेल गरी फसाईएको थियो, म निर्दोष हुदा हुदै पनि मलाई ९ बर्षको लागि जेलमा बनवास काट्नु पर्यो,जेलमा आफ्नो समय बिताउनु पर्यो म जाहिले पनि राजनीतिकमा सक्रिय रहनछु उहाँले उत्त कार्यक्रममा बोल्दै आफ्नो मन्तव्य राख्नु भएको थिए।

    क्लबका अध्यक्ष मनी भूषण कुशवाहाले यो हाम्रो संस्थाले कसैलाई रगत नपाएको बेलामा रगतको बावस्ता गर्ने,गरीब असहाय,दिन दुखियालाई हेरचार गर्न उद्देश्य राखी स्थापन गरिएको उहाले बताउनु भयो।

    उक्त कर्याक्रमका बिशिस्ट अतिथि सहिद अहमद हवारी ,प्रमुख अतिथी रामचन्द्र प्यासी कुशवाहा,अतिथी शेशनाथ कुशवाहा, मिश्रिलाल यादव , असेसर कुर्मी , रबिन्द्र यादव ,अमरदेव कुशवहा,अजय गुप्ता ,मिश्रि महतो, अनिरुध दुबे ,भदै चौधरी,लक्ष्मी नारायन मण्डल , बृज किशोर साह,प्रसौनी गाउपालिका वार्ड नं.६ का वडा अध्यक्ष बृज किशोर कुशवाहा, बिरेन्द्र कुशवाहा, शिव दयाल पास्वान , मनकामना स्कूलका सन्चालक श्री रामबाबु कुशवाहा, स्थानीय,पत्रकार ,लगायत हजारौ मानिसको उपस्तिथिमा चियापान कार्यक्रम तथा प्यासीलाई गम्छा तथा फुलमाला लगाइ ब्लु क्रस सोसाइटी नेपाल द्वारा सम्मान गरी कार्यक्रम समापन गरेको थियो।

    उक्त कर्यक्रमका सन्चालक रामबिधया प्रसाद कुशवाहाले गर्नु भएको थियो।

    Posted in मुख्य खबर, राजनीतिLeave a Comment on राजनीतिक चलखेलले नौ बर्ष जेलमा बनवास् काटनु पर्यो:-रामचन्द्र प्यासी

    विश्रामपुर गापामा पूर्व सभासद रामचन्द्र प्यासीले ब्यक्तिगत सरसलाह तथा बिभिन्न राजनीतिक दलका ब्यक्तिसंग छलफल

  • १४ कार्तिक २०७९, सोमबार २२:२४ मा प्रकाशित
  • उमेश कुशवाहा,पर्सा
    पूर्व सभासद रामचन्द्र प्यासी कुशवाहाले ब्यक्तिगत तथा बिभिन्न राजनीति दलका नेतागण तथा स्थानीय संग चुनावी केन्द्रित छलफल गरेका छन्।

    प्यासीले आज छठ्ठ पूजाको बिहान उदाउदो गरेको सूर्य देवलाई अर्क दी छठ पूजा समापन भए पछि बिहान बिश्रामपुर गाउपलिकाको वड़ा नं.१र२ मा पुगी बिभिन्न राजनीतिक दल पार्टीका नेताहरू तथा सत्ता गठबन्धनका नेताहरू, जनता स्थानीयहरु र उम्मेदवारहरूसँग छलफल गरेका हुन् ।

    रामचन्द्र प्यासी कुशवहाको ब्यक्तिगत सरसलाह,राजनीतिक कुराकानी तथा अन्य विषयमा बाराको बिभिन्न स्थानमा स्थानीय तथा बिभिन्न पार्टीसंग आबद्ध ब्यक्तिहरु संग भेटघाट तथा छलफल सधै चलिरहेको प्यासीले हिमालयन दृस्टि ऑनलाइनका रिपोर्टर उमेश कुशवाहालाई बताउनु भयो।

    Posted in ताजा अपडेट, मुख्य खबर, राजनीतिLeave a Comment on विश्रामपुर गापामा पूर्व सभासद रामचन्द्र प्यासीले ब्यक्तिगत सरसलाह तथा बिभिन्न राजनीतिक दलका ब्यक्तिसंग छलफल

    फ्री भिसा-फ्री टिकटमा विदेश पठाइदिन्छु भन्ने कृष्णकुमार श्रेष्ठलाई आयोगले सोध्यो स्पष्टिकरण

  • ३ कार्तिक २०७९, बिहीबार १२:१९ मा प्रकाशित
  • काठमाडाैं । निर्वाचन आयोगले बारा क्षेत्र नम्बर-४ बाट प्रनिधि सभा सदस्यका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) श्रेष्ठसँग स्पष्टिकरण माग गरेको छ ।

    आचारसंहिताको उल्लंघन हुने गरी चुनावी प्रचारप्रसार गरेको विषयमा आयाेगले श्रेष्ठसँग २४ घण्टे स्पष्टिकरण मागेकाे हाे ।

    श्रेष्ठले बेरोजगार युवालाई फ्री भिसा- फ्रL टिकटमा विदेश पठाइदिने भनी मतदतामाझ बोलेको भिडियो प्राप्त भएको सम्बन्धमा आयोगमा वा उम्मेदवारी रहेको निर्वाचन अधिकृतको कार्यालयमा आफैं वा आफ्नो प्रतिनिधिमार्फत् लिखित स्पष्टिकरण पेस गर्न आयाेगले निर्देशन दिएकाे छ ।

    निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ मा सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (न) मा “कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने” व्यवस्था रहेको स्मरण गराउँदै आयोगले बारा लगायतका जिल्लाबाट युवाहरुलाई जम्मा गरी प्रलोभन देखाउनुभएको सम्बन्धमा के कसो भएको हो ? भनी पत्र पठाएको छ ।

    Posted in अर्थ, मुख्य खबर, राजनीतिLeave a Comment on फ्री भिसा-फ्री टिकटमा विदेश पठाइदिन्छु भन्ने कृष्णकुमार श्रेष्ठलाई आयोगले सोध्यो स्पष्टिकरण

    पूर्व सांसद रामचन्द्र प्यासीको चुनावी सक्रियता,बिभिन्न सक्रिय राजनीतिक दलसंग छलफल

  • १ कार्तिक २०७९, मंगलवार १२:१० मा प्रकाशित
  • उमेश कुशवाहा,पर्सा

    पूर्व सांसद रामचन्द्र प्यासी कुशवाहाले आज बिहानैदेखि चुनाव केन्द्रित छलफल सुरू गरेका छन्।

    बिश्रामपुर गाउपालिकामा प्यासीले मंगलबार बिहान बिभिन्न राजनीतिक दल पार्टीका नेताहरू तथा सत्ता गठबन्धनका नेताहरू, जनताहरु र उम्मेदवारहरूसँग छलफल गरेका हुन् ।

    प्यासीले बिश्रामपुर गाउपालिकाका बिभिन्न पार्टीमा सक्रिय रहेका नेताहरू तथा बिभिन्न प्रमुखहरू सँग पनि छलफल गरेका थिए।

    त्यसपछि उनले बिभिन्न सत्ता गठबन्धनका जिल्लामा रहेका नेताहरूसँग छलफल गरेका छन्।

    पूर्व सांसद रामचन्द्र प्यासी कुशवाहाले जेल मुक्त भईसके पछि बिभिन्न संघ -संस्था,राजनीति दलका नेतागण,मन्त्री,सांसद,बिधायक मेयर ,वडा अध्यक्ष,आम जनताले प्यासिलाई भेटघाट गर्न आउने लर्को लागेको छ।

    Posted in मुख्य खबर, राजनीतिLeave a Comment on पूर्व सांसद रामचन्द्र प्यासीको चुनावी सक्रियता,बिभिन्न सक्रिय राजनीतिक दलसंग छलफल

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P