• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: राजनीति

सरकारलाई दिईएको समर्थन फिर्ता लिने निर्णय:रास्वपाद्वारा

  • २२ बैशाख २०८०, शुक्रबार १९:४५ मा प्रकाशित
  • काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ।

    पार्टी कार्यालय बसन्धारामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा जाने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए।

    Posted in राजनीतिLeave a Comment on सरकारलाई दिईएको समर्थन फिर्ता लिने निर्णय:रास्वपाद्वारा

    ढाका कुमार श्रेष्ठको सांसद पद गयो, पार्टीबाट पनि निष्कासित

  • ३० चैत्र २०७९, बिहीबार १४:४१ मा प्रकाशित
  • काठमाडौं/राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको छ।

    मेडिकल व्यवसायीसँग २ करोड मागेका समानुपातिक सांसद श्रेष्ठलाई रास्वपाले साधारण सदस्यसमेत नराख्ने भएको छ। उनको पार्टी सदस्यता र सांसद पद खारेज गर्ने पार्टीले निर्णय गरेको सभापति रवि लामिछानेले जानकारी दिए।

    बुधबार पार्टी कार्यालयमा भएको केन्द्रीय कमिटी बैठकले सांसद श्रेष्ठलाई साधारण सदस्यसमेत खारेज गर्ने निर्णय गरेको हो।

    अडियो सार्वजनिक भएपछि रास्वपाको केन्द्रीय अनुशासन तथा आचरण समितिले श्रेष्ठसँग स्पष्टीकरण सोधेको थियो।

    समितिले सांसद श्रेष्ठको अडियोसम्बन्धी प्रतिवेदन हिजो नै पार्टी सभापति लामिछानेलाई बुझाएको थियो।

    पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै आजै उनले पार्टीलाई उपनिर्वाचनमा हराउन आफ्नो अडियो सार्वजनिक गरिएको बताएका थिए।

    उनले जनवरीको अडियो अहिले सार्वजनिक गर्नु पार्टीमाथि प्रहार गर्ने सुनियोजित षड्यन्त्र भएको आरोप समेत लगाएका थिए। उनले आफू यसविरुद्ध न्यायालय पुगेर क्लिन चिट पाएपछि पुनः पत्रकारसँग कुराकानी गर्ने दाबी पनि गरेका थिए।

    Posted in राजनीतिLeave a Comment on ढाका कुमार श्रेष्ठको सांसद पद गयो, पार्टीबाट पनि निष्कासित

    सिंहदरबारको फोहोर नउठाउने निर्णय किन गर्नु पर्यो- बालेन शाह

  • २७ चैत्र २०७९, सोमबार ०९:०० मा प्रकाशित
  • २७ चैत २०७९, सोमबार !

    केहि दिन अगाडि आफ्नो फेसबुक वालबाट सार्बजनिक गर्दै अब सिंहदरबारको फोहोर नउठाउने निर्णय गरिएको कुरा काठमाडौ महानगरपालिका का मेयर बालेन शाहले सेयर गरेका थिए ।

    तत् पश्चात् आज मेयर बालेनले त्यो निर्णय अनायासै नगरिएको, बारम्बार गरिएको प्रयासमाथिको वेवास्ता, गैरजिम्मेवारी र लापरवाहीको अहिलेसम्मको निष्कर्ष रहेको बताएका छन् । सरोकारहरुलाइ यसबारेमा जानकारी भए पनि यस्ता कारणले त्यो बाध्यात्मक कदम उठाउनु परेको जनाएका र थाह नहुने, मिडिया र सर्वसाधारणबाट यो सम्बन्धि धेरै प्रश्नहरु उठेका प्रश्न तथा जिज्ञासाहरुको कारण मेयर शाहले केही उदाहरण हरु फेसबुक मार्फत सबैमा जानकारी दिएका छ्न् !

    मेयर शाहको फेसबुक लेख 👇️

    सिंहदरबार काठमाडौँ महानगरमै पर्छ । अझ महानगरको कार्यालयबाट ५०० मिटरको दुरीमा सिंहदरबार सुरु हुन्छ । यति हुँदा पनि सिंहदरबारमा बसेको सरकारसँग महानगर पुग्न धेरै कसरत गर्नु पर्छ । संघीय सरकारकारुपमा रहेको सिंहदरबारले जनजिविकाका कुरामा स्थानीय सरकारसँग समन्वय गर्न चाहेको पटक्कै महसुस हुन्न । पटक पटकको कोशिस पछि ९ महिनामा पटक पटक पहल गर्दा पनि समन्वय गर्न र समन्वय भएका कुराहरु कार्यान्वयन गर्न मुस्किल परेको अवस्था छ ।

    जसका केहि उदाहरणहरु :

    १. गृह मन्त्रालय : अव्यवस्थित बस्ति व्यवस्थापन, ट्राफिक लाइट व्यवस्थापन, मूर्ति चोरी – ३ मन्त्रीसँग पटक पटक पहल, सहमति भएर माइन्युट समेत भइसकेको तर कार्यान्वयन नभएको ।

    २. परराष्ट्र मन्त्रालय : विदेशी नियोगले मिचेको फुटपाथ व्यवस्थापन गर्न पत्राचार

    ३. शिक्षा मन्त्रालय : सरकारी विद्यालयको लागि डिजिटल टिभी, शिक्षक सरुवा तथा शिक्षकलाई समयमै तलब दिने सम्बन्धमा – दुई मन्त्रीसँग विभिन्न चरणमा कुरा हुँदा पनि कुरा अगाडि नबढेको ।

    ४. स्वास्थ्य मन्त्रालय : सरकारी अस्पताल सरसफाइ, बिमा, सर्वोच्च अदालतले दिएको मन्त्रालयको माथिल्लो तल्ला भत्काउने आदेशको पालना, राष्ट्रिय एम्बुलेन्स (१०२) को काठमाडौँ उपत्यकाभरी सेवा दिनलाई बजेट व्यवस्थापन – दुई मन्त्रीसँग विभिन्न चरणमा पहल गरिएको ।

    ५. पर्यटन तथा नागरिक उड्ययन : एयरपोर्टको नक्सा पास, एयरपोर्टको बर्खाको पानीले गर्दा पेप्सीकोला क्षेत्र डुबानको समाधान, एयरपोर्टमा रहेको नेपाल संबत् सुरु भएको ठाउँमा मूर्ति र पार्क बनाउन पहल – दुई मन्त्रीलाई पटक पटक पहल गरिएको ।

    ६. अर्थ मन्त्रालय : ५२ बर्षदेखि तिनकुनेमा सरकारले जग्गा मिचे पनि जग्गाधनीलाई मुअब्जा दिन आनाकानी, महानगरले पाउनु पर्ने घरबहाल कर नेपाल सरकारले उठाएकोबारे, याङ्री र लार्के खोलाको पानी मेलम्चीमा जोडेर १२ महिना नै काठमाडौमा मेलम्चीको पानी ल्याउने कार्यक्रम – २ मन्त्रीसँग पटक पटक पहल

    ७. सहरी विकाश : खोला कोरीडोर, खोला सरसफाइ, खोलामा फोहोर प्रशोधन प्लान्ट, अन्डर पास, बन्चरेमा लिचेडको व्यवस्थापन, माटो क्यापिङको व्यवस्थापन अनि साईटको ग्यास पाईपको व्यवस्थापन, वैकल्पिक बाटोको व्यवस्थापन, काठमाडौमै फोहोर ब्यबस्थापन गर्न कानुन र जग्गा – ४ मन्त्रीसँग पटक पटक पहल ।

    ८. भौतिक यातायात : रिङरोड बिस्तार, उपत्यका यातायात प्राधिकरण गठन – दुई मन्त्रीहरूसँग पटक पटक पहल ।

    ९. सूचना तथा सञ्चार : ISP र टेलिकमबिच एकिकृत पुर्वाधार सञ्चालनबारे जसले गर्दा देशभर पोलमा तार व्यवस्थापन गर्न सकियोस् – २ मन्त्रीसँग पहल

    १०. ऊर्जा मन्त्रालय : सडक बत्ति अव्यवस्थित रहेकोलाई व्यवस्थापनमा सहयोग – २ मन्त्रीसँग पहल

    ११. खानेपानी : मेलम्चीको पानी र पाइप व्यवस्थापन, KUKL को उचित व्यवस्थापन पहल – २ मन्त्रीसँग पटक पटक पहल

    १२. भूमिसुधार मन्त्रालय : सहकारी नियमावली, सहकारी कानुन, सार्वजनिक जग्गा संरक्षण – मन्त्रीसँग पटक पटक पहल

    १३. सङ्घीय मामिला : तिनकुने विवाद पहल, कर्मचारी सरुवा – दुई मन्त्रीसँग पटक पटक पहल

    १४. कृषि मन्त्रालय : मल खरिद तथा उपत्यकामा आउने तरकारीको परिक्षण – मन्त्रीसँग पटक पटक पहल

    ५०० मिटरको दुरीमा रहेको स्थानीय सरकारले जनजीविकाका सवालमा उठाएका यस्ता मुद्दा त अगाडि बढ्दैनन्, सुनेको नसुनै हुन्छ भने दुरदराजका स्थानीय तहहरुमा भएको नीतिगत अफ्ठ्यारा, कार्यक्षेत्रको विवाद लगायतका कुराहरुको सम्बोधनको अवस्था कस्तो होला ? जुन सरकारले अर्को सरकार र जनप्रतिनिधीको कुरा सुन्दैन, बुझ्दैन र प्राथमिकतामा पार्दैन भने त्यसलाई एकअर्काको अस्तित्व स्विकारेको भनेर कसरी मान्ने ? संघीय सरकार संघीयताको सुदृढीकरणमा छ भन्ने कसरी मान्ने ?

    स्थानीय समस्याहरु स्थानीय तहमा नै समाधान हुन सकून् । संघीय सरकारले त्यसलाई प्राथमिकतामा राखेर गाँठो फुकाइदिओस् । देश विकेन्द्रीकरणको उच्चतम् लोकतान्त्रिक व्यवस्था मानिने संघीयतामा छ तर न्याय माग्न, पासपोर्ट बनाउन, सरकारी कामकाजका लागि, उपचार र शिक्षाका लागि पनि काठमाडौँ आइरहनु पर्ने अवस्था छ, त्यो नहोस् ।

    यसैका लागि असमन्वयकारी भुमिकाले थुप्रिएको समस्याको चाङ सिंहदरबारले फोहोरमा देखोस् भनेर फोहोर नउठाइएको हो । यो दबाब आवश्यक छ भन्नेमा सायदै दुइमत रहला ।

    Posted in मुख्य खबर, राजनीतिLeave a Comment on सिंहदरबारको फोहोर नउठाउने निर्णय किन गर्नु पर्यो- बालेन शाह

    उपचुनाव-बाराकाे क्षेत्र नं.२ मा ३६ जनाकाे उम्मेदवारी, यादव र कुशवाहा बीच भिडन्त:-स्थानीयबासी

  • २३ चैत्र २०७९, बिहीबार २०:३० मा प्रकाशित
  • वीरगंज – गत मंसिरमा भएकाे आम चुनावमा पराजित भएका तीन उम्मेदवारले त्यो हारको चोट बिर्सन उपचुनावमा उम्मेदवारी दर्ता समेत गराएका छन ।

    बाराकाे क्षेत्र नं. २ मा वैशाख १० गते हुने उपचुनाव जित्ने हो भने उनीहरुले अघिल्लोपल्ट हारेको अर्को प्रतिस्पर्धीलाई समेत हराउनु पर्ने हुन्छ ।

    सोमबार भएको मनोनयनमा ३६ जनाले अा अाफ्नाे नाम दर्ता गराए पनि चर्चामा जम्मा चार जना उम्मेदवार रहेका छन् । 

    एमालेबाट उठेका पूर्वमन्त्री पुरुषोत्तम पौडेललाई छाड्ने हो भने अरु तीन जनाले साढे चार महिनाअघि चुनाव हारेका हुन् । 

    यी चर्चित पराजितहरु हुन् ः जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, रास्वपा उम्मेदवार रमेश खरेल ।

    बाँकी उम्मेदवार १२ दलका तर्फबाट २४ जना स्वतन्त्र प्रत्यासी रहेका मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए ।

    ४ मंसिरमा बारा २ बाट हालका उपराष्ट्रपति रामसहाय यादव जनता समाजवादी पार्टीबाट निर्वाचित भएका थिए । उनी १३ हजार ८ सय २२ मत ल्याएर निर्वाचित भएका हुन् । 

    निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका शिवचन्द्र कुशवाहले १३ हजार ४६८ मत ल्याएका थिए । रामसहायसँग ३४५ मतान्तरले पराजित भएका शिवचन्द्र उप निर्वाचन हुने कुराले खुशी थिए । 

    तर माओवादी केन्द्रले उपेन्द्रलाई समर्थन गर्ने भएपछि शिवचन्द्रले टिकट नपाउने स्थिति बन्यो ।

    त्यसपछि उनी माओवादी पार्टी परित्याग गरेर जनमत पार्टीमा गएका हुन् । उनले टिकटकै लागि माओवादी पार्टी परित्याग गरेको यो दोस्रो पटक हो । 

    यसअघि ०७० मा तत्कालिन माओवादी केन्द्रले उनलाई टिकट दिएन । सदभावना पार्टीमा प्रवेश गरेर चुनाव लडे, पछि नयाँ शक्ति पार्टी हुँदै ०७४ असार २३ मा उनी माओवादी फर्केका थिए ।

    उनी समाज परिवर्तन र नयाँ समाज निर्माणका लागि उम्मेदवारी दिएको बताउँछन् ।

    ‘पार्टीले टिकट नदिएपछि स्वतन्त्र लड्ने सोच बनाएको थिएँ, जनतासँग सोध्दा स्वतन्त्रबाट नलड्नु, पार्टीबाट जानु भने जनताले नै सीके राउत नयाँ विचारका साथ मधेशको मुक्तिका लागि लडिरहेको भन्दै जनमत पार्टीबाट लड्न सुझाएका हुन्’, उनले भने ।

    मधेशको नारा दिएर सरकार र सत्तामा गएका, सत्ताबिना बाँच्नै नसक्ने, जहिल्यै जनताप्रति अनुत्तरदायी हुने व्यक्तिलाई जनताले मत नदिने दाबी उनको छ ।

    संगठन भन्दा पनि जनभावना ठूलो हुने उनको भनाइ छ । ‘संगठनको कुरा होइन, जनताको भावनाको कुरा हो । वास्तवमा भावनाको सम्मान कसले गर्छ रु धेरैलाई दिए तर उनीहरुले के गरे रु जनताले हामीलाई चाहेको छ’, उनले भने, ‘जनताको माझमा रहेर सामाजिक काम विकासको काममा निरन्तर लागेको छु । मेरो मुख्य एजेण्डा भनेको जनताको सेवा नै हो, चुनाव जितेर किसान र जनताको समस्या समाधान गर्छु ।’

    आम चुनावमा सप्तरी २ बाट उपेन्द्र यादवले हार्दा जनमत पार्टी अध्यक्ष सीके राउत दोब्बरभन्दा बढी अन्तरका साथ जितेका थिए । सीके राउतले ३५ हजार ४२ मत पाउँदा उपेन्द्र यादवले १६ हजार ७७९ मत ल्याएका थिए ।

    नमिठो पराजयपछि अध्यक्ष उपेन्द्रकै योजनामा बारा–२ बाट निर्वाचित तत्कालीन सांसद रामसहाय यादव उपराष्ट्रपति बनेका हुन् । रामसहायको क्षेत्रमा उपनिर्वाचन गराएर संसद छिरेरै छाड्ने दाउमा उनी छन् ।

    नेपाली कांग्रेस, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीको साथ छ । समर्थकहरु उनलाई ‘मधेशका मसिहा’ भन्छन् । उनको अनुपस्थितिमा संसदमा मधेशीको अधिकार उठाउने व्यक्ति नभएको तर्क उनीहरुको छ ।

    जसपा अध्यक्ष उपेन्द्रले बाराका जनताले बोलाएपछि उनीहरुको सम्मानमा चुनाव लड्न आएको बताएका छन् । ‘जनता अजय हुन्छ । जनता सबैभन्दा माथि हुन्छ । जनतामा उत्साह उमंग भरिएको छ’, उनले भनेका छन् ।

    बारा २ ‘ख’ का प्रदेश सभा सदस्य बच्चा राउत अहिरले अध्यक्षले दुई तिहाइ भन्दा बढी मत ल्याएर जित्ने दावी गरे । ‘बारा–२ मधेशी दलको गढ हो, नाकामा ६ महिना आन्दोलन हामीले नै गरेका हौं । उपेन्द्र मधेशको मसिहा, मधेशीको अधिकार दिलाउने व्यक्ति हो’, उनले भने, ‘उपेन्द्र नहुँदा संसदमा मधेशीको अधिकार उठाउने व्यक्ति छैन ।’

    नेकपा एमालेले बारा–२ बाट पूर्वखेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई अघि सारेको छ । २०७० को चुनावपछि उनी उम्मेदवार बन्न पाएका छैनन् । सुशील कोइराला नेतृत्वको सरकारमा युवा तथा खेलकुदमन्त्री बन्दा पौडेल ०७० मा बारा ६ बाट निर्वाचित सभासद थिए ।

    एमाले भित्र झाँगिएको गुटगत राजनीतिले उनी किनारामा पर्दै आएका नेता हुन् । त्यसकै कारण उनले वि।स। ०७४ र ०७९ को चुनावमा टिकट नपाएको उनी निकट नेता कार्यकर्ताहरु बताउँछन् । 

    माधव नेपाल झलनाथ खनाल निकट भएपनि उनी पार्टी विभाजन हुँदा केपी ओलीको कित्तामा उभिएका थिए ।

    मनोनयन दर्ता गराउँदा भिडभाड देखाएर मात्रै चुनाव नजितिने उनको भनाइ छ । ‘भिडभाड देखाएर हुन्न, जनताको मनमा रहनुपर्छ । नेकपा एमाले गाउँ गाउँमा जन जनको मनमा छ । 

    गरिब जनता, किसान मजदुरको मनमा छ । बारा जिल्लाको हर गाउँ, टोलमा एमालेको झण्डा फहराएको छ’ उनले भने ।

    एमाले देशको सबैभन्दा राम्रो, जनताको पक्षमा काम गर्ने, जनताको पहरेदारी गर्ने विकास निर्माणको नेतृत्व गर्ने राष्ट्रिय शक्ति भएकोले बारा–२ मा उपनिर्वाचन जित्ने दावी उनको छ ।

    ‘बारा– २ का जनताले जनताको सेवा गर्ने, विकासलाई अगाडि बढाउने प्रतिनिधि खोजेको छ । जिल्लाको चार क्षेत्रमध्ये २ नं क्षेत्र पिछडिएको छ । 

    दुईपटक विभिन्न पार्टीले जितेर गए, तर हालत खराब छ जनताको हितमा, शिक्षा, स्वास्थ्य, सुरक्षा विकास निर्माणमा कसैले चासो दिएन, माथि पुगे खेल खत्तम भएको छ’, उनले भने, ‘यसलाई बदल्न, समाजलाई बदल्छु भनेर ती पार्टी गएका हुन् अब एमालेले जित्छ भने किसान मजदुर, गरिब गुरुवा, गाउँमा बस्ने विकास प्रेमीको हितमा काम गर्छु ।’

    कलाई सुशासन, शिक्षा र सुरक्षाको प्रत्याभूति दिलाउने बताउने उनलाई काठमाडौं १ का जनताले मंसिर ४ मा पत्याएनन् ।

    काठमाडौं–१ मा नेपाली कांग्रेसबाट प्रकाशमान सिंह ७ हजार १४३ मत ल्याएर निर्वाचित भए । नेपाल सुशासन पार्टीका अध्यक्ष समेत रहेका खरेल ३ हजार १२४ मतमात्रै ल्याएर पाँचौ भएका थिए ।

    ‘मधेशमा मात्रै हैन देशभर कुशासन छ, त्यति राम्रो शिक्षा छैन, मतदाताले राम्रो शिक्षा पाएका छैनन् । सुरक्षा छैन ।

    सुरक्षा र सुशासन क्षेत्रमै अहोरात्र खटेर सम्पूर्ण योग्यता यसैमा लिएको हिसाबले म बारा २ मा सुशासन, शिक्षा र सुरक्षाका लागि अहोरात्र खट्ने छु । र सम्पूर्ण देशमा यसैमा नीति बनाएर २ करोड ९२ लाख नेपालीलाई राहत दिनका लागि मेरो उम्मेदवारी हो’, मनोनयन दर्तापछि खरेलले भनेका छन् ।

    संगठन नै नभएको पार्टीबाट किन उम्मेदवारी दिनुभएको भनी सञ्चारकर्मीले उनीसँग प्रश्न गरेका थिए । ‘संगठन नै नभएका पार्टीले १९÷२० ठाउँमा जित्छ ? तपाई नै हाम्रो संगठन हो । मतदाताहरु नै हाम्रो संगठन हो । २ करोड ९२ लाख जनता नै हाम्रो संगठन हो’, उनले भने ।

    बारा क्षेत्र नं २ मा ८२ वटा मतदान स्थलमा १ सय ७३ वटा मतदान केन्द्र तोकिएको छ । जिल्ला निर्वाचन कार्यालय बाराका अनुसार क्षेत्रमा १ लाख ५ हजार २ सय ९८ मतदाता छन् ।

    Posted in राजनीतिLeave a Comment on उपचुनाव-बाराकाे क्षेत्र नं.२ मा ३६ जनाकाे उम्मेदवारी, यादव र कुशवाहा बीच भिडन्त:-स्थानीयबासी

    नेपाली साझा मन्च राष्ट्रिय समन्वय समिति साउदी अरेबिया द्वारा छैठौं बार्षिक उत्सव मनाउदै।

  • १५ चैत्र २०७९, बुधबार ०१:५९ मा प्रकाशित
  • २०७२ सालमा देशको लागि त केही गरौँ भन्ने मुल नाराका साथ स्थापना भएको ” नेपाली साझा मञ्च ” साउदीको छैठौं बार्षिक उत्सव , तेस्रो अधिवेशन यहि आउँदो २२ अप्रेल २०२३ शनिबार दमाम शहरको रोज गार्डेन होटलमा ( सिको गार्डेन सगै) हुने भएको छ ।

    बिहान :११ बजे देखि बेलुका ६ बजे सम्म हुने उक्त कार्यक्रममा बिबिध सांस्कृतिक कार्यक्रम पनी समावेश गरिएको छ।

    साउदी अरबमा रहेका सम्पुर्ण नेपाली दाजुभाई दिदी बहिनी हरुलाई कार्यक्रममा उपस्थित हुन नेपाली साझा मन्च राष्ट्रिय समन्वय समिति साउदी अरबले आह्वान गरेको छ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीतिLeave a Comment on नेपाली साझा मन्च राष्ट्रिय समन्वय समिति साउदी अरेबिया द्वारा छैठौं बार्षिक उत्सव मनाउदै।

    प्रदिप बस्नेतको प्यानललाई भोट माग्दै कोमल वली।

  • ३ चैत्र २०७९, शुक्रबार ०३:४१ मा प्रकाशित
  • स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियुका उम्मेदवार प्रदीप बस्नेत नेतृत्वको प्यानललाई विजय गराउन आहवान गर्दै नेकपा एमाले नेतृ कोमल ओलि राप्ती बबई क्याम्पसको प्राङ्गणमा भएको कार्यक्रममा उपस्थित भएकीछिन्।

    दाङ तुलसीपुर स्थित रापती बबई क्याम्पसको स्ववियू निर्वाचनमा प्रदिप बस्नेतको नेतृत्व रहेको अनेरास्ववियुको संयुक्त प्यानललबाट सभापतिमा प्रदिप बस्नेत, कोषाध्यक्षमा हेमन्त प्रकाश वली, सचिवमा सोनिया थापा रहेकी छिन् भने, प्रत्यक्ष सदस्य पदका लागि ७ र समानुपातिकतर्फ ७जना चुनावी मैदानमा होमिएका छन्।

    चैत्र ५ गते हुने निर्वाचनमा राप्ती बबई क्याम्पसको कमान कस्को हातमा जाला त्यो भने हेर्न बाँकीनै छ।

    Posted in मुख्य खबर, राजनीतिLeave a Comment on प्रदिप बस्नेतको प्यानललाई भोट माग्दै कोमल वली।

    विस्तृत शान्ति सम्झौता : के थियो, के भएन ?

  • २४ फाल्गुन २०७९, बुधबार ०९:५४ मा प्रकाशित
  • काठमाडौं । सर्वोच्च अदालतले माओवादी जनयुद्धका सुप्रिमो कमान्डर रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिट दर्ता गर्न आदेश दिएपछि १० वर्षिय सशस्त्रद्धन्द्ध अन्त्यकालागि गरिएको प्रमुख कडी वृहत शान्ति सम्झौताका विषयमा चर्चा चुलिएको छ ।

    दर्ताको आदेशपछि पक्ष–विपक्षमा मतहरू विभाजित देखिन्छन् । अझ् मंगलबार प्रचण्डविरुद्ध रिट नै दर्ता भएपछि त विस्तृत शान्ति सम्झौता र त्यसमा समेटिएका विषयमा सतहमै बहस छेडिएको देखिन्छ ।

    जब सर्वोच्च अदालतले माओवादी सशस्त्र द्धन्द्धका सुप्रिमोविरुद्ध रिट दर्ता गर्न पाउने आदेश दियो त्यसपछि जनयुद्धपछि टुक्राटुक्रामा विभाजित माओवादीहरू एकै ठाउँमा उभिएका छन् ।

    ८ टुक्रामा छरपष्ट रहेका माओवादी अदालतको यसै आदेशपछि एकै ठाउँमा उभिएर रिटको विरोध मात्रै होइन चेतावनी नै दिएका छन् ।

    प्रचण्डविरुद्ध द्धन्द्धकालिन समयलाई जोडेर रिट दर्ता हुनु विस्तृत शान्ति सम्झौता विपरित हो भन्दै माओवादी नेताहरु सम्झौता विपरित गतिविधि बढाएर अशान्ति ल्याउन खोजीरहेको बताइरहेका छन् ।

    के छ विस्तृत शान्ति सम्झौतामा ?

    सशस्त्र युद्धको औपचारिक अन्त्यको घोषणा

    माओवादी सेना, हतियारको र नेपाली सेनाको हतियारको संयुक्त राष्ट्रसंघद्वारा प्रमाणीकरण र अनुगमन
    माओवादीद्वारा कब्जा गरिएका सम्पूर्ण सम्पति फिर्ता

    मानव अधिकर र अन्तराष्ट्रिय मानवअधिकर सम्बन्धी कानूनहरूको पूर्ण पालना

    राजाको सम्पूर्ण राजनीतिक अधिकारको अन्त्य

    उच्चस्तरीय सत्य निरूपण तथा मेलमिलाप आयोगको गठन

    माओवादी सेनाका लडाकुहरूको रेखदेख समायोजन र पुनर्स्थापना

    युद्धबाट पीडित र विस्थापित व्यक्तिहरूको ससम्मान पुनर्स्थापना

    हातहतियार, गोलीगठ्ठा र विस्फोटक पदार्थ साथमा लिई आवतजावत गर्नु गैरकानुनी लगायत विषय समेटिएका छन् ।

    २०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोहीका तर्फबाट तत्कालीन माओवादी अध्यक्ष प्रचण्डले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए ।

    योसँगै दशक लामो द्वन्द्वबाट मुलुकले मुक्ति पाएको थियो । तर, संक्रमणकालीन न्यायलाई टुंगोमा पु-याउने सहमति कार्यान्वयनमा आउन नसक्दा आजको स्थिति बन्न पुगेको विश्लेषण हुन थालेको छ ।

    यसका लागि सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोग गठन भए पनि द्वन्द्वपीडितले न्यायको महसुस गर्न सकेका छैनन् । झण्डै डेढ दशक बढि समयसम्म पनि संक्रमणकालीन न्याय निमटारा लाग्न नसकेपछि अन्तर्राष्ट्रिय समुदायले समेत चासो व्यक्त गर्दै आएका छन् ।

    सभार: न्युज २४टिभीबाट

    Posted in मुख्य खबर, राजनीति, विचारLeave a Comment on विस्तृत शान्ति सम्झौता : के थियो, के भएन ?

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला-९३

  • २० फाल्गुन २०७९, शनिबार २१:२९ मा प्रकाशित
  • काठमाण्डौँ, साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ९३ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५४ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    अभ्यासमा सहभागी उदक यात्रीका उदकहरू

    [१]
    मान्छे
    लोभको चाल
    पछिपछि अदृश्य काल !

    • वसन्त अनुभव, घोराही, दाङ

    [२]
    मानव
    नबन लोभी
    आउँदै पछ्याउँदै काल !
    भगवती दवाडी, दमक, झापा

    [३]
    काल
    लखेट्दै आउने
    मान्छे पैसा समाउने !

    • डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा.पा.-६, दोलखा

    [४]
    मान्छे
    लोभमा फस्ने
    काल फिलाउने जाल !

    • भवानी घिमिरे, सर्लाही

    [५]
    लोभ
    पैसाको ल्याउने
    सबैको पछाडि महाकाल !

    • डुकछिरिङ लेपचा, भारत

    [६]
    मानव
    लोभको घर
    दौडिन्छ वरपर काल !

    • सरस्वती श्रेष्ठ, सुनसरी

    [७]
    लोभ
    धनपछि मानव
    मानवपछि अदृष्य काल !

    • इन्दिरा देवकोटा, कपिलवस्तु

    [८]
    काल
    छुटाइ दिने
    लाेभ लालचकाे घर !

    • राेशन पराजुली, धरान

    [९]
    मान्छे
    लोभको जाल
    पछिपछी आयो काल !

    • सरिता सेढाई, धादिङ

    [१०]
    काल
    लोभको भाँडो
    पैसाले कहिल्यै नभरिने !

    • आर्त अकुलीन, कैलाली

    [११]
    समय
    पैसाको पछी
    काल बस्छ हेरी !

    • रमा पन्त, पाल्पा

    [१२]
    लोभ
    अगाडि दौडन्छ
    पछ्याउँदै कालले खेद्छ !

    • समुन्द्रा शर्मा, सुनसरी

    [१३]
    मान्छे
    लोभ जहिल्यै
    धनले अघाउदैन कहिल्यै !

    • रतन बिष्ट, आलिताल, डडेल्धुरा

    [१४]
    जिन्दगी
    लोभले भर्यो
    अन्तिममा कालले मार्यो !

    • हीरा तामाङ, काभ्रे

    [१५]
    मान्छे
    पैसाको भान्से
    कतिबेला कालले खान्छे !

    • सविता के.सी., काठमाडौँ

    [१६]
    जीवन
    लाेभ गर्दागर्दै
    सकिन्छ भेटिदैन लक्ष्य !

    • शाेभा आचार्य गाैतम, काठमाडौँ

    [१७]
    काल
    हान्दैछ फाल
    लक्ष्य बिना अनिकाल !

    • मिलन के. सी.(थापा)

    [१८]
    लोभ
    लक्ष्य पैसाको
    हेरन काल आएको!

    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा -६, संखुवासभा

    [१९]
    मानव
    जिवनभर अपुरो
    पैसामा लोभकै कुरो !

    • प्रेम थापा ‘मन’, बागलुङ

    [२०]
    काल
    पछ्याइ रहेछ
    छोडदैन मान्छे धन !

    • अमृत सुवेदी, रुपासात, कास्की

    [२१]
    संसार
    सुन्दर दलदल
    तरीका आफू अन्सार !

    • शारदा गौतम आचार्य

    [२२]
    भेटिने
    लोभको लाभ
    लाभले पार्दछ विलाप !

    • होमप्रसाद नेउपाने
      धरान, सुनसरी

    [२३]
    मानव
    दौडिन्छ लोभमा
    कालले बनाउँछ शोकमा !

    • सरस्वती वली, बर्दिया

    [२४]
    नभरिने
    लोभको भाँडो,
    उमेरले काटेर डाँंडो !

    • भुपेन्द्र राना मगर, धादिङ

    [२५]
    लोभ
    होला लाभ
    पछि फेरि बिलाप !

    • दुर्गा भमरकोटे, काठमाडौँ

    [२६]
    लक्ष्य
    दौडदै मानव
    कालले हेर पछ्याउँदै !

    • धर्मी शाक्य, बुटवल, रुपन्देही

    [२७]
    जीवन
    समाप्तिको बाटोमा
    धन सोहोर्ने दौडमा !
    गोपाल प्रसाद पौड्याल, विराटनगर

    [२८]
    स्वार्थ
    चेतनाको अनिकाल
    लोभले निम्ताउँछ महाकाल !

    • ऋजु दिल्पाली,इटहरी-१, सुनसरी

    [२९]
    मान्छे
    अदृश्य काल
    पैसामा काढ्छ राल !

    • पशपती राई, खोटाङ

    [३०]
    काल
    अन्तिम सत्य
    जिउन आवश्यक धन !

    • नारायणप्रसाद उपाध्याय, कैलाली

    [३१]
    मानव
    भौतिकताको दौडमा
    असामयिक कालको ढोकामा !

    • एस बी देशभक्त, लमही, दाङ्ग

    [३२]
    मान्छे
    लोभले भरिएको
    कलियुगको प्रभाव झल्किएको !

    • रिता खराल,रुपन्देही

    [३३]
    दौड
    धन प्राप्तिको
    लखेट्दै अदृष्य काल !

    • कण्ठराज गिरी, टीकापुर, कैलाली

    [३४]
    अदुरदर्शिता
    लोभको हुत्याइमा
    पुगिन्छ मृत्युको मुखमा !

    • रामप्रसाद पुरी, बादेल, खोटाङ

    [३५]
    लोभ
    भासियो स्याल
    सम्पतिमा चुहायो राल !

    • अम्बिका अधिकारी, झापा, बिर्तामोड

    [३६]
    मान्छे
    पैसाको पछि
    साथमा काल पनि !

    • प्रदिप नेपाली
      बिहादी-५, उराम, पर्वत

    [३७]
    मानव
    लोभमा लिप्त
    हुनेछ मरेपछि तृप्त !

    • टीकाराम पुन ‘टिपु’
      छत्रेश्वरी गाँउपालिका-२, सल्यान

    [३८]
    मानव
    सम्पन्नताको दौडमा
    काल आउँदैछ प्रहारमा !

    • त्रिलोक रामदम

    [३९]
    परिस्थिति
    दौडिरहेका मानिस
    ज्यानको प्रवाह नगरी !

    • खेमराज पुरी, कैलाली

    [४०]
    उपभोक्तावाद
    राजाको चाहना
    चपरी मुनिको बास !

    • कोमलप्रसाद अधिकारी, कैलाली

    [४१]
    मानिस
    लोभको भाँडो
    काल खोज्दैछ चाँडो !

    • पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’, काभ्रे

    [४२]
    नदौडे
    धनको पछि
    जानुछ एकदिन मरेर !

    • मङ्गला उपाध्याय, बारा

    [४३]
    मानव
    प्रगतिको निम्ति
    जीवन सुम्पदै गरेको !

    • योगेन्द्र भट्टराई, खोटाङ्ग

    [४४]
    निल्दै
    कालले चपाउँदै
    यद्यपि लोभलालचमा दौडँदै !

    • उर्मिला पन्त पाण्डेय, ज्ञानेश्वर, काठमाण्डौँ

    [४५]
    मृत्यु
    तितो सत्य
    तैपनि लोभको लक्ष्य !

    • सरस्वती श्रेष्ठ, रूपन्देही, बुट्वल

    [४६]
    मानव
    लोभको भाँडो
    बनिरहेको माटाको भाँडो !

    • म्यामराज राई, भोजपुर

    [४७]
    उदक/
    जिन्दगी
    भागदौडकै नालले
    सोच्दैन पछ्याएछ कालले!

    • जमुना आचार्य, सिन्धुपाल्चोक

    [४८]
    मानव
    लोभी दानव
    पछ्याउँदै हिड्छ काल !

    • धनमाया चौधरी, कैलाली

    [४९]
    मानिस
    लोभको घर
    जीवन पैसाको भर !

    • कविता आचार्य, कैलाली

    [५०]
    जीवन
    दाउ लगाई
    राखेका बिटो कमाई !

    • जमुना कायस्थ,पोखरा

    [५१]
    दौडिँदै
    कमाउने लोभमा
    सकिन्छ यहाँ जिन्दगी !

    • बाबूकाजी सुवाल

    [५२]
    धन
    माहदेवका त्रिनेत्र
    कमाउने तरिका विचित्र !

    • प्रद्युम्न चालिसे, भक्तपुर

    [५३]
    मान्छे
    धेरै आसक्ति
    सधै पैसाको भक्ति !

    • दुर्गा भट्टराई, मोरङ

    [५४]
    गाँठ
    मान्छेको ताक
    बुझ्दैन कालको हाँक !

    • केशवप्रसाद ढकाल ‘प्रीतबीज’
      सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
    Posted in Uncategorized, ताजा अपडेट, राजनीति, साहित्य1 Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला-९३

    चार वर्षदेखि अलपत्र फोरलेनको बिजोग : ४ वर्षमा ८ ठेकेदार, प्रगति १० प्रतिशत

  • १२ फाल्गुन २०७९, शुक्रबार १४:०० मा प्रकाशित
  • दाङ । घोराही–तुलसीपुर सडकमा डेढ वर्षमा निर्माण सक्ने गरी भएको ठेक्का सम्झौताको म्याद पाँच पटक थप, सडक भत्काएर अलपत्र छाड्दा ४ वर्षमा २५ जनाको मृत्यु
    ‘काम गर्छौं भनेर प्रतिबद्धता गरेपछि केही हुन्छ कि भन्दै म्याद थप्यौं, एउटाले काम नगर्दा अर्कोले म गर्छु भन्दै आए, अर्कोव्यक्तिले केही गर्ला कि भन्ने भयो, यसरी व्यक्ति फेर्दैमा यत्रो वर्ष बित्यो, काम हुन सकेन’ – सडक आयोजना कार्यालय
    दाङ — घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत तुलसीपुर–७ पर्सेनीमा चार लेन बनाउन थालेको चार वर्ष पूरा भयो । यसबीच करिब १० प्रतिशत मात्रै काम भएको छ । डेढ वर्षमा काम सक्ने गरी भएको ठेक्का सम्झौताको म्याद पाँच पटक थप भइसकेको छ ।

    चार लेन बनाउन भत्काउन थालेयता यस सडकमा भएका दुर्घटनामा २५ जनाको ज्यान गइसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कर्ण मल्लले बताए । हालसम्म ५९ वटा दुर्घटना भएको र त्यसमा ८१ सवारीसाधन परेको उनले जानकारी दिए । उनका अनुसार दुर्घटनामा ९४ जना घाइते भएका छन् । सडक भत्काएर अलपत्र छोड्दा र बीचबीचमा खाल्डा हुँदा दुर्घटनाको जोखिम रहेको उनले बताए । ‘सडक साँघुरो भएका कारण सवारीसाधन सञ्चालनमा धेरै सावधानी अपनाउनुपर्ने अवस्था छ,’ उनले भने, ‘यति छोटो दूरीको सडकमा धेरै मानवीय तथा भौतिक क्षति भइसक्यो ।’
    सडकको दुवैतिर बाटो काटेर छोडिएको छ । गाडी सजिलै पास हुन सक्ने अवस्था छैन । छेउमा गए गाडी पल्टिने, सडकमै रहे अर्कोसँग ठोक्किने अवस्था छ । ठूल्ठूला खाल्डा खनेर छाडिएको छ । जोखिमपूर्ण सडकमा कति बेला कसको ज्यान जान्छ, भरै छैन ।

    सरकार र भारतको एक्जिम बैंकको ऋण सहयोगमा २०७५ माघ १४ मा सम्झौता भई सडक निर्माण सुरु भएको हो । घोराहीको बबई खोलादेखि तुलसीपुरसम्म २८.१९ किलोमिटर सडक फोर लेन तथा दुई लेन बन्दै छ । बबईदेखि घोराही बजारसम्म ६.५३ किमि दुई लेन, घोराहीदेखि थापाचोक सर्रा ४.०५ किमि फोर लेन, थापा चोकदेखि नारायणपुर ३.५ किमि दुई लेन, नारायणपुरदेखि खैरा २.१ किमि फोर लेन, खैरादेखि दुधराससम्म ३.७ किमि दुई लेन र दुधरासदेखि तुलसीपुरसम्म ८.३१ किमि चार लेन निर्माण गर्ने योजना छ ।

    सुरुमा २०७७ वैशाख २९ सम्म सडक निर्माण गर्नुपर्ने सर्त थियो । समयमा काम सम्पन्न नभएपछि २०७८ जेठ ६ सम्म, २०७८ साउन २७ सम्म, २०७८ पुस १९ सम्म, २०७९ वैशाख २९ सम्म र २०८० असार ३१ सम्म सक्ने गरी पटक–पटक म्याद थपिएको छ । म्याद थप भए पनि अहिले फिल्डमा कुनै काम भइरहेको छैन । सडक निर्माणको म्याद पाँच पटक थप्दा पनि भौतिक प्रगति ९.६९ र आर्थिक प्रगति १४.२३ प्रतिशत मात्रै भएको चार लेन सडक आयोजना कार्यालय लमहीका प्रमुख आशिष थापाले बताए । ‘निर्माण कम्पनीले ठूलो लापरबाही गरिरहेको छ । काम गर्ने प्रतिबद्धता गरेर म्याद थपाउने तर काम नगर्ने प्रवृत्तिले सडकको दुर्दशा भएको छ,’ उनले भने, ‘सडकमा हेर्दा नतिजा केही देखिएको छैन । सडकको अवस्था सुधार नभएपछि म्याद थपको पनि उपलब्धि भएको छैन ।’

    सडक निर्माणको बजेट १ करोड २१ लाख ८२ हजार ३ सय १ अमेरिकी डलर रहेको उनले बताए । सडक निर्माणको ठेक्का भारतको तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्ट प्रालिले लिएको छ । उक्त कम्पनीले नेपालमा आफैं आएर काम गरेको छैन । विभिन्न व्यक्तिलाई आधिकारिक प्रतिनिधि तोक्ने काम गरेको र अहिलेसम्म मानिसहरू फेर्नेबाहेक उल्लेख्य नतिजा देखाउन नसकेको थापाले बताए । ‘काम गर्छौं भनेर प्रतिबद्धता गरेपछि केही हुन्छ कि भन्दै म्याद थप्यौं, एउटाले काम नगर्दा अर्कोले म गर्छु भन्दै आए,’ उनले भने, ‘अर्को व्यक्तिले केही गर्ला कि भन्ने भयो । यसरी व्यक्ति फेर्दैमा यत्रो वर्ष बित्यो, काम हुन सकेन ।’

    निर्माण सुरु भएयता आठ पटक ठेकेदार फेरिइसकेका छन् । मुख्य ठेकेदार तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टका प्रबन्ध निर्देशक प्रवीण ब्रह्मदेव पाण्डे एक पटक मात्रै सडक हेर्न पुगेका छन् । गत मंसिर ११ मा घोराही आएका पाण्डेले अब आफैं उपस्थित भएर काम गर्ने प्रतिबद्धता जनाएका थिए । त्यसपछि न उनी सडकमा देखिए, न त उनले खटाएका मानिसले काम गरे । जिम्मेवारी दिएका व्यक्तिहरू आठ पटक फेरिइसकेका छन् । सुवास श्रेष्ठ, अनुप पाण्डे, जनक डाँगी, फेरि अनुप पाण्डे, एकेन्द्र खड्का र विजय पाठकले सडकमा हात हाल्दै, छोड्दै गरे । अन्त्यमा २०७८ फागुन २६ देखि श्रेष्ठ कन्स्ट्रक्सनका रोशन श्रेष्ठले सडक निर्माणको काम गरे । फेरि पछिल्लो डेढ महिनादेखि सुशीलजंग रायमाझीले जिम्मेवारी लिएको चार लेन सडक आयोजना प्रमुख थापाले जानकारी दिए ।

    ‘जति ठेकेदार फेरिए पनि प्रगति केही छैन । हामी पनि के गर्ने भन्नेबारे पटक–पटक लेखेर सडक विभागमा पठाइरहेका छौं,’ उनले भने, ‘यसबारे पर्याप्त छलफल भएको छ तर निकास के हुने भन्ने यकिन छैन ।’ अब यसरी लामो समय बस्न नहुने र केही निकास निकाल्ने योजनामा विभाग र कार्यालय रहेको उनले बताए । ‘म्याद थप्ने तर फिल्डमा केही काम नहुने भएको धेरै समय भइसक्यो,’ उनले भने, ‘अब यसरी म्याद थपेर हुँदैन । केही विकल्प खोज्नुपर्छ भन्ने भएको छ । छिट्टै केही निकास निस्कन्छ ।’

    सडकले साह्रै सास्ती भएपछि जिल्ला प्रशासन कार्यालयले माघ १७ मा चार लेन सडक आयोजनालाई ८ बुँदे प्रश्न गर्दै पत्र पठाएको थियो । काम नहुनुको कारण के हो ? कार्य योजना के छ ? सम्झौता अवधिमा काम सकिने आधार के ? अहिलेसम्म भएका प्रयास के छ भन्ने विषयमा प्रशासनले जवाफ मागेको थियो । चार लेन अयोजनाले सडकको अवस्थाबारे प्रशासन कार्यालयका साथै जिल्लास्तरमा भएका धेरै छलफलमा सबैलाई जानकारी दिँदै आएको थापाले बताए । सडकको विषयलाई दलहरूले निर्वाचनको एजेन्डासमेत बनाए । सबै दलले चार लेन निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाए । निर्वाचन जितेका सांसदले पनि यसको निकास निकाल्ने आश्वासन दिएका थिए तर केही पनि थप प्रगति हुन सकेको छैन ।

    सडकको सम्झौता प्रक्रिया र यसको काम गर्ने प्रक्रिया जटिल भएकाले तत्कालै उचित निकास निस्कन नसकेको दाङ–२ बाट निर्वाचित नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । ‘हामीले यो सडकको विषयमा निरन्तर कुरा उठाइरहेका छौं, जिल्लावासीले पनि हामीलाई गर्ने प्रश्न यही नै हो,’ उनले भनिन्, ‘अब यो योजनाबाट निकास निस्कने अवस्था देखिएको छैन । नेपाल सरकारले नै बजेट सुनिश्चित गर्दा मात्रै काम अघि बढ्ने अवस्था छ ।’ यसबारे सम्बन्धित मन्त्रालयमा कुरा गरिरहेको उनले बताइन् । ‘हाम्रो आफ्नै बजेट सुनिश्चित नभई ठेक्का तोड्दा पनि काम हुने अवस्था नभएकाले ढिला भएको छ,’ शर्माले भनिन्, ‘बजेटसहित ठेक्का तोडेर नयाँ प्रक्रिया थाल्नुपर्छ ।’

    ठेक्का तोड्दा र कम्पनीलाई कालोसूचीमा राख्दा भारतीय निर्माण कम्पनीलाई केही फरक नपर्ने भएकाले झनै समस्या भइरहेको चार लेन आयोजनाको भनाइ छ । यो आयोजनाको सम्झौतामा मुख्य ठेकेदार भारतकै हुनुपर्ने उल्लेख छ । नेपालको कम्पनी सहयोगी मात्र बन्न सक्छ । ठेक्का तोडेर नयाँ ठेक्का लगाउन पनि भारतको नै अनुमति चाहिन्छ । नयाँ ठेक्का गर्न नयाँ खर्चको मूल्यांकन गर्नुपर्छ । नयाँ मूल्यांकनअनुसार भारतबाट बजेट सुनिश्चित हुने कुरा पक्का छैन । फेरि अर्को भारतीय कम्पनीले आएर काम गर्ने कुरा पनि भरपर्दो छैन । यो जटिलताका कारण सडकको अस्तव्यस्तता लम्बिँदै गएको मन्त्री शर्माले बताइन् । ‘अब यसको कुनै न कुनै निकास निस्कन्छ,’ उनले भनिन्, ‘हामी यसको उचित समाधान खोज्छौं ।’

    सडकको अवस्था बिग्रिँदा दिनहुँ नागरिकले नेता, सरकारी अधिकारी र ठेकेदारलाई गाली गरिरहेका हुन्छन् । घोराही–तुलसीपुर यात्रा गर्नेहरू धुलाम्मे भएका हुन्छन् । दैनिक ५ सयभन्दा बढी गाडी चल्ने गरेको र सडकका कारण गाडीमा टुटफुट तथा दुर्घटनाले क्षति पुगिरहेको त्रिसिद्धेश्वरी यातायात प्रालिका अध्यक्ष सुरेश हमालले बताए । ‘सडक साँघुरो भएर गाडी चलाउन कठिन छ, खाल्डाले गर्दा गाडी मर्मतमा बढी नै खर्च भइरहेको छ,’ उनले भने, ‘सडकको सिधा मार यातायात व्यवसायीमाथि परिरहेको छ । हामीले जति भन्दा पनि सडक सुधार्न कसैले ध्यान दिएको छैन ।’

    कतिपय ठाउँमा स्थानीय युवाले खाल्डा पुर्ने काम गरिरहेका छन् । कतिपयले सडक निर्माण नभएको विरोधमा चक्काजाम र सडक कार्यालय घेराउका कार्यक्रम गरिरहेका छन् । ‘जति दबाब दिँदा पनि सरकारी निकाय गैरजिम्मेवार भइरहेका छन्,’ दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नारायणप्रसाद भुसालले भने, ‘सडकको धूलोले नागरिकको स्वास्थ्यमा जोखिम भइरहेको छ । सडकमा दुर्घटना बढिरहेका छन् । सडकछेउमा व्यापार गर्ने अवस्था छैन ।’

    सडक नबनेकामा निरन्तर आलोचना हुने गरेपछि गाली छल्न बेलाबेला घोराही र तुलसीपुर उपमहानगरले आ–आफ्नो क्षेत्रमा ढुंगा, माटो हालेर खाल्डा पुर्ने काम गरिरहेका छन् । दुर्घटनाको जोखिम भएपछि र नागरिक तहबाट धेरै गुनासो आएपछि सडकमा खाल्डा पुर्ने काम गरिरहेको घोराहीका प्रमुख नरुलाल चौधरीले बताए । ‘ठेक्का लागिसकेको सडक हाम्रो कार्यक्षेत्रमा पर्दैन, तैपनि जनतालाई सास्ती भएपछि हामीले खाल्डा पुर्ने काम गरिरहेका छौं,’ उनले भने, ‘यसले हाम्रो आर्थिक भार बढेको छ । उता ठेक्का लागेको काम हुन सकेको छैन ।’

    सडकले दुर्घटना बढाई नागरिकको जनजीवन नै अस्तव्यस्त हुन थालेपछि निर्माण कम्पनीलाई सरोकारवालासामु राखेर काम अघि बढाउन प्रतिबद्धता जाहेर गर्न लगाएको तैपनि उपलब्धि नभएको जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्माले बताए । ‘सडकले धेरै दुःख दिएपछि हामीले यसमा चासो राख्यौं, निर्माण कम्पनीलाई १५ दिनमा काम थाल्ने प्रतिबद्धता गरायौं तर पनि काम भएन,’ उनले भने, ‘निर्माण व्यवसायी जिम्मेवार नहुँदा सडकको अवस्था बिग्रिँदै गएको छ ।’

    सडक निर्माणकर्ता परिवर्तन भइरहँदा आवश्यक समन्वय गर्न कठिन भइरहेको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए । ‘ठेकेदार कतिबेला फेरिन्छन्, थाहै हुँदैन । एउटा आउँछ गर्छु भन्छ, उसले काम गर्दैन, फेरि अर्कोले जिम्मा लिइसकेको हुन्छ,’ उनले भने, ‘हामीलाई ठेकेदार खोज्नै समस्या भएको छ । ठेकेदारलाई जिम्मेवार बनाउन हामी निरन्तर लागिरहेका छौं । यो समस्यालाई गम्भीर रूपमा लिएर पहलकदमी गरिरहेका छौं ।’

    Posted in मुख्य खबर, राजनीतिLeave a Comment on चार वर्षदेखि अलपत्र फोरलेनको बिजोग : ४ वर्षमा ८ ठेकेदार, प्रगति १० प्रतिशत

    मायादेवी गाउँपालिकमा बिकास निर्माण कार्य तिब्र रुपमा : पालिका अध्यक्ष खान

  • ८ फाल्गुन २०७९, सोमबार १७:३८ मा प्रकाशित
  • कपिलवस्तु -राघबेन्द्र चौबे /
    गत स्थानीय तह निर्वाचन बाट निर्वाचित भएर आएको जनप्रतिनिधिहरु अब जनताले महसुस गर्ने गरि बिकास गर्नुपर्ने आवश्यकता छ । कपिलवस्तुको मायादेवी गाउँपालिका अध्यक्षमा निर्वाचित वलिउद्दिन खानको धारण समान छ । सबैले बिश्वास गरेर जिताएको छन् । अब मैले काम गरेर जनताको मन जित्ने गरि काम गर्छु । म जिम्मेवार भएर काममा समर्पित भए भने यो पाँच बर्षमा पालिकाको मुहार फेर्छु । कार्यपालिकाको बैठकबाट सबैको सहमति अनुसार नै निति कार्यक्रम बनाइएको छ । समाजिक, आर्थिक तथा लैङिक रूपमा पछाडि परेकोलाई समेटिने गरि नीति बनाएको छौं । सिपमुलक तालिम दिएर स्थानीयलाई गाउँमै स्वारोजगार बनाउने योजना ल्याएको छु । पालिकामा नयाँ जनप्रतिनिधि आए संगै सबै वडाका सुत्केरी महिलाहरुलाई निशुल्क एम्बुलेन्स सेवाको ब्यावस्था गरेको छु । पालिकाले आधरभुत सेवा सुधारको लागि वडा नम्बर ७ हरनामपुरमा १३ करोड बराबरको लगानीमा १५ शय्याको अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको छ यही मसान्तमा सप्पन्न गराउने योजना रहेको छ । वडा १ देखि गरेर अहिले २ वटा स्वास्थय चौकीमा बर्थिङ सेन्टर रहेको र अन्य वडामा गाउँपालिकाले बर्थिङ सेन्टर थप गर्ने काम अगाडि बढाएको छु । आहिले भएको जनशक्तिले दिइरहेको स्वास्थाय सेवाबाट स्थानीयहरु खुशी छन् । बर्थिङ सेन्टरबाट पनि दैनिक सेवा लिने गरेको छन् । आधारभुत स्वास्थ्य सेवाका लागि अन्यत्र जानुपर्ने बध्यात हेटको छ । हामीसंग सिमित बजेट हुँदा समाजिक संघ संस्था संग सह्कार्य गरेर काम गरि रहेको छौं । लुम्बिनी एकीकृत बिकास संस्था लिडाे नामका संस्था संग मिलेर २ वटा वडामा खानेपानीको काम भइरहेको छ । आफुले जिम्मेवारी सम्हाले पछी जनप्रतिनिधि र क्रमचारीको सम्बन्ध सुधारमा ध्यान दिएको छु । उनका अनुसार पालिकामा अपुग क्रमचारी थपिँदै गरेको छु । काररमा रहेको क्रमचारी राम्रो काम नगरे दक्ष क्रमचारी भर्ना गरेको छु । संघ र प्रदेश सरकारले अनुदानमा दिएको रकमले योजना बनाएर काम गरिरहेको छु । संघले आनुदानमा दिएको रकमले २ ठुलो सडक निर्माण भइरहेको छ । वडा नम्बर २ र ५ मा स्वास्थय चौकी निर्माण हुदै छ । कृषि क्षेत्रमा किसानको लागी स्प्रेटंकी र मेसिन बितरण गरेको छु । किसानलाई पानी र तालिमाको ब्यावस्था गरेको छु । यहाँको किसानहरु आकाशे पानीको निर्भरमा खेती गर्दै आएको छन् । उनीहरुको समास्य समाधान गर्नु आफ्नो जिम्मेवारी रहेको बताउनु भयो । त्यस्तै वडा नम्बर १ मा किसानको लागि २ करोड बराबरको खाद्य गोदाम बनाउनको लागि काम अगाडि बढेको छ । शिक्षा क्षेत्रको सुधार गर्न शिक्षक दरबन्दी ब्यावस्था गरेको छु । अनुगमनलाई समेत प्राभवाकारी बनाउने योजना बनाएको छु । सेवा प्रभावमा सुधार गर्ने ध्यान दिएको छु । कार्यसम्पादनको अधारमा क्रमचारी लाई सम्मान गर्छु । करारमा क्रमचारी लाई नियुक्ति गर्दा मलाई दबाब थियो । काम गरेर आफुलाई प्रमणित गरेको छु । जनताको अपेक्षा असीमित रहेको हुनले राम्रो काम होस भनेर मा प्रयास गर्दै छु । जनताले आहिले सम्म राम्रो रूपमा लिएको छन् । सबैको अपेक्षा पुरा गर्न नसके पनि गरेको काम जति बिबादरहित बनाएको छु । आहिले गाउँपालिकाको आफ्नै प्रशासकिय भवन निर्माणको काम पनि आन्तिम चरणमा पुगेको छ चैत्रसम्म आफ्नो भवनमा जाने योजना रहेको छ । गाउँपालिकाको सडक पुर्बधारको अवस्था भने कमजोर थियो । आगामी आर्थिक बर्ष भित्र सबै वडामा सडक बिस्तार स्तरोन्न्ति हुने बताउनु भयो । म आहिले पनि सिकाइ क्रममा छु सिकेर नै राम्रो काम गर्ने हो । मेरो पालिकालाई समृद्धि बनाउने जिम्मा मेरै हो ।अरु पार्टीले पनि सकारात्मक रूपमा लिएको छन् ।

    Posted in राजनीतिLeave a Comment on मायादेवी गाउँपालिकमा बिकास निर्माण कार्य तिब्र रुपमा : पालिका अध्यक्ष खान

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P