• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ४३

  • १८ भाद्र २०८०, सोमबार १३:१८ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- त्रिचालिसौंमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८०/०५/१४गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:४३[ त्रिचालिसौँ] चित्रपटमा छौं।

         यहाँहरुलाई हार्दिक स्वागत गर्दै

    यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि बेलुका ९:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी

    चित्र संकलन

    सुशीला पाैडेल

    शुद्धीकरण

    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    चित्रमा पञ्चाङ्ग
    ~~~~~~

    पञ्चाङ्ग:०१
    संस्कार,संस्कृतिको जगेर्ना गर्नु पर्छ।
    आफ्नै रीतिरिवाजको भर पर्नु पर्छ।
    सबैमा रक्षा बन्धनको शुभकामना,
    हाम्रो परम्परा धान्न अघि सर्नु पर्छ।
    परम्परा विरोधीको खुसी हर्नु पर्छ।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२
    अक्षर-२०
    रक्षा बन्धन चेलिले माइतीको दु :ख हर्ने दिन भन्छन् ,
    आज मात्र हैन नि सधैँ सधैँ कामना गर्ने दिन भन्छन् ।
    हो चेलिबेटी हुदाको घर त्यसै उज्यालो देखिनु पर्ने ,
    जतिनै टाढा भएपनि माइती जानू पर्ने दिन भन्छन्।
    सुख दु:खका कुराको आशिषले झोली भर्ने दिन भन्छन् ।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०३

    हाम्रो परम्परा सबैको लागि राम्रो लाग्दछ।
    विदेशीलाई हिन्दु संस्कृति नै चाम्रो लाग्दछ।
    नेपालीको छाती टेक्ने नेताहरू भएपछि,
    विदेशीले नि भन्न लागिसके हाम्रो लाग्दछ।
    यहाँ हाम्रै नेतालाई हिन्दुत्व दाम्रो लाग्दछ ।

    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    पञ्चाङ्ग:०४
    सम्बन्ध नजिकको बनाउँछ रक्षा बन्धनले।
    स्नेहले दाइ बैनी भनाउँछ रक्षा बन्धनले।
    यहि परम्पराले नाता अमर राखि रहन्छ,
    वृत्तान्त मौलिकता छनाँउछ रक्षा बन्धनले।
    सधैँ कौतुहलता जनाउँछ रक्षा बन्धनले।

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    पञ्चाङ्ग:०५
    वर्ष दिनको चाडपर्व मनाउनु पर्छ।
    हामी सबैले उपस्थिति जनाउनु पर्छ।
    रक्षा बन्धनको सबैलाई शुभकामना,
    सबै मिलेर पर्व भव्य बनाउनु पर्छ।
    चाडपर्व विरोधीलाई हनाउनु पर्छ।
    ह्यारिस

    पञ्चाङ्ग:०६

    आज रक्षाबन्धनकाे डाेरी बान्नुपर्छ सबैले।
    पर्व जगेर्ना गर्दै संस्कृति धान्नुपर्छ सबैले।
    अनेकतामा एकताले भरिएका हाम्रा पर्व,
    ठूलादेखि सानासम्म पर्व मान्नुपर्छ सबैले।
    नेपाली संस्कार र संस्कृति जान्नुपर्छ सबैले ।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:०७
    काँधमा जनै फेर्ने पर्व जनै पुर्णिमा।
    हातमा रक्षा बेर्ने पर्व जनै पुर्णिमा।
    ऋतु अनुसार सस्कृतिको महत्व छ ,
    क्वाटिले जाडो घेर्ने पर्व जनै पुर्णिमा।
    कला सस्कृति हेर्ने पर्व जनै पुर्णिमा।
    सुस्मिता पौडेल अधिकारी , काठमाडौँ

    पञ्चाङ्ग:०८
    हाम्रो परम्परा बाँचे मात्रै हामी पनि बाँच्न सक्छौ।
    देशलाई पनि जिवितै राखेर युगौ साँच्न सक्छौ।
    हाम्रा हरेक चाड पर्वले जोडेको छ हामीलाई,
    जुटेर एउटै आगनीमा छमछमी नाच्न सक्छौ।
    नाची-नाची हासी-हासी आफ्नो बल आफै जाच्न सक्छौं ।
    -पशपति राई खोटाङ ।

    पञ्चाङ्ग:०९
    जनै लगाउने कोहीले राखी, रक्षाबन्धन बाँधेर सबैले।
    टुसा उमारेको क्वाँटीका साथै अचार खाऊँ साँधेर सबैले।
    नदी तलाउमा डुब्दै ऋषितर्पणीसाथै जनैपूर्णिमा मान्दै,
    शुभकामना आदानप्रदान साट्दै ममता बाँधेर सबैले।
    पोखिन नदिऊँ अनायासमा राखौँ सम्हाली खाँदेर सबैले।

    जमुना आचार्य सिन्धुपाल्चोक

    पञ्चाङ्ग:१०

    जनैपूणिर्मा रक्षा बन्धन धर्म
    जान्ने।
    संस्कार र संस्कृतिको को छ मर्म जान्ने।
    हिन्दु पर्व मान्नलाई कोलाहल हुन्छ,
    मानवीय समाज ले छैन सर्म जान्ने।
    प्राणी जगत संसार को छ कर्म जान्ने।
    बेदु न्यौपाने
    काठमाडौँ ❤️

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ४३

    नेपाली राजदूतावास तथा एनआरएनए क्षेत्रीय समन्वय समिती रियादको सहकार्यमा श्रमिक समस्या समाधान सम्बन्धि अन्तरक्रिया कार्यक्रम” सम्पन्न।

  • १८ भाद्र २०८०, सोमबार ०२:२४ मा प्रकाशित
  • नेपाली राजदूतावास रियाद र गैर आवसिय नेपाली संघ क्षेत्रीय समन्वय समिती रियादको सहकार्यमा आयोजित
    “श्रमिक समस्या समाधानमा नेपाली राजदुताबास र नेपाली सामुदायिक संस्थाहरुको भूमिका अन्तरक्रिया कार्यक्रम” सम्पन्न भएको छ।

    साउदी अरबको रियाद स्थित होटल डेमोरामा १ सेप्टेम्बर २०२३ शुक्रवारका दिन सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिको रूपमा साउदीअरबका लागी नेपालका महामहिम राजदूत श्री नवराज सुवेदी ज्यु र कार्यक्रमको अध्यक्षतामा एनआरएनए आरसीसी रियादका अध्यक्ष श्री महेश घिमिरे ज्यु रहनु भएको थियो।

    आरसिसि रियाद कार्यसमितिका पदाधिकारीहरु , एनआरएनए आईसीसी सदस्य श्री दिपक रेग्मी , एनआरएनए एनसिसी उपाध्यक्ष श्री हेम सुबेदी ,नेपाली दूतावासका श्रम काउन्सेलर श्री देवेन्द्र कार्की,द्वितीय सचिव श्री टिकाराम उपाध्याय, श्री सरोज चन्द्र अधिकारी,श्री धर्म राज तिमिल्सिना र श्री राम पुनित यादवका साथै साउदी अरबमा क्रियाशील संघ संस्थाका विभिन्न तह र ओहदाका पदाधिकारीहरू, समाजसेवी मिडियाकर्मी सबैको संयुक्त उपस्थितिमा श्रमिकहरुको समस्या समाधान बारे अन्तरक्रिया भएको थियो।

    उक्त कार्यक्रममा राजदूताबासले सञ्चालन गरेको तथा अन्य उपयोगी अनलाइन लिंक सम्बन्धी जानकारी, ब्लड मनी सम्बन्धि व्यवस्थाको जानकारी,कम्पनीबाट जरिवाना तोकेका श्रमिकहरूको जानकारी, साउदी अरबमा आप्रवासी नेपालीहरूको तथ्यांक,
    गैरकानुनी हैसियतका श्रमिकको घर फिर्ता आदि विषयगत बिषयहरुमा समस्या समाधानमा नेपाली समुदाय र राजदुताबासको प्रभावकारी भूमिकाको बारेमा श्रम काउन्सेलर श्री देवेन्द्र कार्की ज्यु र द्वितीय सचिव श्री टिकाराम उपाध्याय ज्युले प्रोजेक्टर मार्फत प्रस्तुत गर्नु भएको थियो।

    कार्यक्रममा आगामी दिनमा साउदी अरबमा समस्यामा परेका नेपाली श्रमिकहरुको हित र उद्धारका लागी राजदूतावास र क्रियाशील संघ संगठनहरूले सचेतनात्मक तथा सकारात्मक सन्देश प्रवाह गरी समस्यालाई न्यूनीकरण गर्न सकिने महामहिम राजदूत श्री नवराज सुबेदी ज्युले जानकारी दिनु भएको थियो ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on नेपाली राजदूतावास तथा एनआरएनए क्षेत्रीय समन्वय समिती रियादको सहकार्यमा श्रमिक समस्या समाधान सम्बन्धि अन्तरक्रिया कार्यक्रम” सम्पन्न।

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला भाग- ११९ सम्पन्न

  • १७ भाद्र २०८०, आईतवार १४:३६ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ११९ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ७४ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    उदक अभ्यास शृङ्खला– ११९ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू

    [१]
    जोखिम
    यात्रा मजबुर
    सपना हाम्रो सिङ्गापुर !

    • वसन्त अनुभव
      [२]
      हालत
      देशको यस्तो
      हिलोबाट मोटर चल्ने !
    • सुरेशकुमार पाण्डे
      दाङ, घोराही
      [३]
      यात्रा
      जनतालाई सास्ती
      जहाजमा नेतालाई मस्ती !
    • सरिता सेढाई, धादिङ
      [४]
      सबैतिर
      विकासको चाहना
      बजेट पचाउने बहाना !
    • गङ्गा खड्का
      बूढानीलकण्ठ ,काठमाडौँ
      [५]
      यात्रा
      जोखिम मोल्दै
      हतार गन्तव्य पुग्न !
    • दुर्गा भट्टराई, मोरङ
      [६]
      विकास
      प्रकृतिको विनास
      खोज्दै कठिन निकास !
    • सरस्वती वली
      बर्दिया, नेपाल
      [७]
      यात्रा
      ठुलो कठिन
      छैन विकल्पको खोजी !
    • चक्र शाही, लम्की, कैलाली
      [८]
      देश
      सपना ठूलो
      आधाकाँचो विकास विपनाको !
    • डुकछिरिङ लेपचा
      मिरिक, भारत
      [९]
      वर्षायाम
      चौतर्फी हिलो
      यात्रा हुन्छ ढिलो !
    • कार्की डिबी माकुम
      सुनवल, नवलपरासी
      [१०]
      यात्रा
      घुम्तीमा जाेखिम
      बाँच्ने भराेसा नहुने !
    • राज कुमार राजभण्डारी “खाेटाङ्गे”
      मध्यपुर ठिमी-५, संगम काेलाेनी, भक्तपुर
      [११]
      हिलाम्मे
      पथिक पथ
      चल्दैन जीवनको रथ !
    • नागेन्द्रप्रसाद यादव, दाङ
      [१२]
      घुम्ती
      विकासकाे फल
      कष्टकर हिलाेको बाटाे !
    • भाेलामान बर्देवा, धरान-८, सुनसरी
      [१३]
      संस्मरण
      रहरको मन्तव्य
      गाउँले विकासको गन्तव्य !
    • कृष्ण बहादुर ऐर
      के.आई.सिंह गाउँपालिका-३, डोटी
      [१४]
      क्षितिज
      विकासे गन्तव्य
      याेजना सम्पन्न शून्य !
    • गौतम भद्र ध्वज
      [१५]
      नियती
      लाचार सरकार
      विकासमा केको दरकार ?
    • गोपेन्द्र रिजाल, पाँचथर
      [१६]
      चुनौती
      नितान्त जिम्मेवारीबोध
      स्वीकार्छु हिम्मतले अवरोध !
    • पृथक प्रकृति, झापा
      [१७]
      विकास
      छैन निकास
      भेल हिलो बाटोमा !
    • सोमनाथ लुइटेल “रवि पाल्पाली”
      [१८]
      दुर्दशा
      विकास कशा
      सबले ताक्ने कर्कशा !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      [१९]
      नियति
      विकासको अधोगति
      सरकार भयो मुकदर्शक !
    • त्रिलोक रामदाम
      भैरहवा-८, रुपन्देही
      [२०]
      विकास
      यस्तो हालत
      छैन कतै निकास !
    • शोभा आचार्य गौतम, काठमाडौँ
      [२१]
      दुर्भाग्य
      हिलाम्मे बाटो
      आखिर छिमेकीको हाँसो !
    • आर्त अकुलीन, कैलाली
      [२२]
      विवेक
      देखावटी चाहना
      भौगोलिक बनावटको बहाना !
    • सुस्मिता अधिकारी, काठमाडौँ
      [२३]
      बेहाल
      सरकारको मस्ति
      जनतालाई भयो सास्ति !
    • बृन्दा बगाले, काठमाडौँ
      [२४]
      पहिरो
      जोखिम यात्रा
      सडकको कथा गहिरो !
    • डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा.पा.-६, दोलखा
      [२५]
      मजबुर
      जोखिम यात्रा
      सरकारको लाचार अनुहार !
    • रघु थापा
      [२६]
      भाग्य
      नबुन्दा डाेकाे
      नसकिने कर्मकाे धाेकाे !
    • राेशन पराजुली, धरान
      [२७]
      निर्दयी
      मुखमा रामराम
      हिलोमा कता जाम ?
    • अम्विका अधिकारी
      झापा, बिर्तामोड
      [२८]
      पैरो
      बाटोको खोईरो
      सरकार सुन्दैन भैरो !
    • टिकाराम पुन टिपु, सल्यान
      [२९]
      वर्षा
      हिलाम्मे बाटो
      कस्ले गर्छ निकास ?
    • बेदु न्यौपाने, काठमाडौँ
      [३०]
      सकस
      हुँदैन निकास
      सरकारको यस्तै विकास !
    • भगवती दवाडी, झापा
      [३१]
      नेता
      गफाडीका महाराज
      छरेर जनतालाई आस !
    • साहित्य प्रेमी सलिन
      [३२]
      जिन्दगी
      गह्रौँ भारी
      दु:ख सुखको चौतारी !
    • प्रविना प्रयासी, ओखलढुङ्गा
      [३३]
      विकास
      जित्नेले गर्दैनन्
      सत्य बोल्नेलाई जिताउँदैनन् !
    • जिज्ञासु पन्त, लमजुङ
      [३४]
      सुबिधा
      योजना दुबिधा
      भेटिएन दिगो बिकास !
    • पशपति राई, खोटाङ
      [३५]
      यात्रा
      जिन्दगीको अभ्यास
      मुस्कानमा सफलताको आश !
    • मित्र कुमार आचार्य, काठमाडौँ
      [३६]
      गन्तव्य
      बाध्यता पुग्नुपर्ने
      कठिनाइ अनेक झेलेर !
    • दुर्गा आचार्य, मोरङ
      [३७]
      विचार
      नपुर्‍याउँदा अभाव
      प्रकृति दोहनको प्रभाव !
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा-६, संखुवासभा
      [३८]
      शिलान्यास
      पैसाकाे सत्यनास
      बाटाे जस्ताकाे त्यस्तै !
    • निरज कोइराला, इटहरी
      [३९]
      गन्तव्यमा
      छिचोल्दै बढ्न
      गोर्खालीहरु जान्दैनन् लड्न !
    • ईश्वरी अधिकारी, लमजुङ
      [४०]
      हिलो
      यात्रामा बाधक
      पन्छाउँदै हिड्छन् साधक !
    • केशवप्रसाद ढकाल, गाेरखा
      [४१]
      हिलो
      चलाऊँ सम्हालिएर
      नत्र बनिएला थिलैथिलो !
    • घनश्याम पौडेल, पोखरा
      [४२]
      यात्रा
      अनिश्चित गन्तव्य
      आखिर हिँड्नैपर्ने बाध्यता !
    • तोया नाथ चापागाईं
      दमक, झापा
      [४३]
      हिलाम्मे
      बजेटको नास
      स्विट्जरलैंडको भयो आभास !
    • इन्दिरा देवकोटा
      कपिलवस्तु न पा-३
      [४४]
      बाध्यता
      जोखिमको यात्रा
      जीवनको आफ्नै व्यथा !
    • हिमाल अम्मै, घोडाघोडी, कैलाली
      [४५]
      विकास
      वर्षाको समय
      जताततै बाटोमा भय
    • पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
      पनौती न. पा.-३, काभ्रे
      [४६]
      विकास
      लाचार सरकार
      पहिरोले गर्दैछ निकास !
    • विवस पारदर्शी
      भद्रपुर, झापा
      [४७]
      तमास
      गणतन्त्रको उपहास
      धरापमा गरिबीको बास !
    • रामप्रसाद पुरी, बादेल, खाेटाङ
      [४८]
      यातायात
      गरेपछि सम्भार
      देश विकासको आधार !
    • बि के विरही, टीकापुर
      [४९]
      यात्रा
      परिस्थिति बाध्य
      सपना साकार पार्ने !
    • बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’
      कनकाई-४, झापा
      [५०]
      यात्रा
      गर्नैपर्ने बाध्यता
      गन्तव्यमा पुग्न अन्योलता !
    • केन्द्रप्रकाश बराल, इलाम
      [५१]
      बाटो
      हिलाम्मे अवस्था
      छैन निकासको व्यवस्था !
    • समुन्द्रा शर्मा, सुनसरी
      [५२]
      हिलाम्य
      वर्षातक‍ो बाटो
      छैन विकासमा चासो !
    • धनमाया चौधरी, कैलाली
      [५३]
      रहर
      जीवन जहर
      खुट्टा छँदाको कहर !
    • नन्दलाल आचार्य, बेलका-२, उदयपुर
      [५४]
      यात्रा
      अफ्ठ्यारो बाटो
      पुगेन विकासको पाटो !
    • मिलन के. सी.( थापा), पोखरा
      [५५]
      जरुरी
      कामको यात्रा
      कठिन गन्तव्य पुग्न !
    • मङ्गला उपाध्याय, बारा
      [५६]
      प्रतिबिम्ब
      देशको अस्त-व्यस्तता
      यात्रामा विविध अवरोध !
    • त्रिलोक रामदाम
      भैरहवा-८, रुपन्देही
      [५७]
      दुर्दशा
      निकम्मा सरकार
      वर्षेभेलले विद्रुप सडक !
    • श्रद्धा आचार्य, पोखरा
      [५८]
      बाटो
      पैदल यात्रीको
      रहर नयाँ प्रविधिको !
    • तोया घिमिरे
      शङ्खमुल, काठमाडौँ
      [५९]
      यात्रा
      कहीँ सहज
      कहीँ कठिन असहज !
    • तोयानाथ सुबेदी
      [६०]
      विकास
      असार मसान्तमा
      अलपत्र विकास याेजना !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [६१]
      अहमता
      प्रवृतिको प्रदर्शन
      मार्गको अभावको यात्रा !
    • कण्ठराज गिरी, कपन, काठमाण्डौँ
      [६२]
      अप्ठ्यारो
      जीवनको बाटो
      नेतालाई पुर्नुपर्ने भड्खारो !
    • मन्दिरा सेढाई
      मलेखु, धादिङ
      [६३]
      विकास
      हिलाम्मे बाटो
      तिरो तिरेको साटो
    • बद्री पोखरेल, विराटनगर
      [६४]
      यात्रा
      संघर्षकाे गाेरेटाे
      छिरेन विधिकाे सिरेटो !
    • खुनराज काेईराला
      सिद्धलेक-३, गैरीगाउँ, धादिङ
      [६५]
      विकास
      गर्नेको पालो
      यथार्थमा डट्ने निकास !
    • जमुना आचार्य
      [६६]
      यात्रा
      जोखिममा अल्झेको
      जीवनगाडी हिलोमा बल्झ्रेको !
    • धर्मी शाक्य, बुटवल, रुपन्देही
      [६७]
      निकास
      गरौँ विकास
      बाटो भयो हिलाम्मे !
    • सरस्वती श्रेष्ठ, इटहरी
      [६८]
      सडक
      हिँड्ने गोरेटो
      भासिएको उसको दृष्टि !
    • कविता आचार्य, कैलाली
      [६९]
      व्यवस्थापक
      आफ्नै सोचमा
      जनतालाई सदैव सास्ती !
    • प्रेम थापा “मन”, बागलुङ
      [७०]
      विकास
      सपनाको महल
      कष्टकर छ चहलपहल !
    • ऋजु दिल्पाली
      ईटहरी-१, सुनसरी
      [७०]
      जीवन
      लामो यात्रा
      बाटोमा हिलोको जात्रा !
    • सरिता काफ्ले
      कोहलपुर-८, बाँके
      [७१]
      पहिराे
      हिलाम्मे बाटाे
      कस्टकर हुँदै यात्रा
    • उर्मिला के.सी., धनकुटा
      [७२]
      बाध्यता
      खराब सम्रचना
      नेपाली देखाउँछ योग्यता !
    • दुर्गा अधिकारी ‘भमरकोटे’
      [७३]
      बाटो
      हरायो बर्खामा
      जनता सधैँ मर्कामा !
    • तेजप्रसाद खनाल, दाङ
      [७४]
      बेहोस
      होसमा आउँदा
      चारैतिर दुःख छाउँदा !
    • लक्ष्मी रिजाल, सप्तरी, रुपनगर
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला भाग- ११९ सम्पन्न

    एनआरएनए साउदी अरबले श्रम रोजगार मन्त्रीलाइ बुझायो श्रमिक हक हित सबन्धित ५ बुँदे ज्ञापनपत्र ।

  • १६ भाद्र २०८०, शनिबार १२:१७ मा प्रकाशित
  • समर्पण रम्जान

    साउदी अरब ! गैर आवासीय नेपाली संघ साउदी अरबले माननिय सांसद राजेन्द्र लिङ्देन मार्फत नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननिय श्री शरद सिंह भण्डारी लाई नेपाली श्रमिकहरुको हक हित सम्बन्धित बिबिध पक्षलाई लिएर पाँच बुँदे ज्ञापन पत्र बुझाएको छ।

    माननिय सांसद राजेन्द्र लिङ्देन नेपाली प्रवासी एकता मंच साउदीअरबको प्रथम वार्षिकोत्सव समारोहमा रियाद आउनुभएको अवसरमा संघको तर्फ बाट अध्यक्ष रबिना अर्याल लगायतका अन्य पदाधिकारीहरूले ५ बुँदे ज्ञापनपत्र बुझाएको थियो ।

    संघद्वारा जारी गरिएको ज्ञापन पत्र यस प्रकार छ ।

    श्री शरद सिंह भण्डारी ।
    माननीय मन्त्री
    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,सिंह दरबार
    काठमाडौ
    मार्फत : माननीय श्री राजेन्द्र प्रसाद लिङ्देन ।
    विषय: ज्ञापनपत्र ।
    माननीय,
    उपर्युक्त सम्बन्धमा वैदेशिक रोजगारमा नेपाली नागरिकहरु श्रम स्वीकृति लिएर जान थालिए पश्चात् उनिहरुको हक हित नियमन गर्न श्रम मन्त्रालयले २०६४ साल भदौ १९ मा ” वैदेशिक रोजगार ऐन २०६४” जारी गर्यो ।
    उक्त ऐनको परिच्छेद -७ ( अनुगमन र जाँच बुझ सम्बन्धि ब्यबस्था) को दफा ३५ (१) अनुसार रोजगारदाता संस्थाले करारको दायित्व पुरा नगरेको वा इजाजतपत्र वालाले करारमा उल्लेखित शर्त पुरा गराउन आवश्यक र उपयुक्त कार्बाही नगरेको सम्बन्धमा कामदारको उजुरी परेमा विभागले आवश्यक जाँचबुझ गर्ने गराउने छ ।
    उपदफा १ बमोजिम गरिएको जाँचबुझबाट सम्बन्धित कामदारलाई स्वदेश फिर्ता गर्न आवश्यक देखिएमा निजलाइ स्वदेश फिर्ता गर्नको लागि चाहिने रकम उपलब्ध गराउन विभागले इजाजत पत्रवालालाई आदेश दिनेछ।
    दफा ( ३६) ले क्षतिपूर्तिको लागि उजुरी गर्न सक्ने
    उपदफा १ बमोजिम परेको उजुरी उपर आवश्यक जाँचबुझ गर्दा ब्यहोरा मनासिब देखिएमा वैदेशिक रोजगारमा जान लागेको सम्पूर्ण खर्चको क्षतिपूर्ति भराइदिने आदेश दिन सक्नेछ ।
    तर,
    १) मन्त्री परिषदको अघिल्लो निर्णय ” फ्री भिसा फ्री टिकट” को नाममा कामदारलाई दस हजारको भर्पाइ थमाएर दुई लाख सम्म अनुचित रकम असुली गरेको तथ्य जग जाहेर छ ।तथापि, यस कु-कार्यलाई रोक्न वैदेशिक रोजगार विभाग, मन्त्रालय अन्जान बनेर मुक दर्शक बनेको घाम झैँ छर्लङ्ग छ, यो अनुचित कार्य रोक्न सम्बन्धित सरोकारवालाहरुको गम्भीर ध्यानाकर्षण होस।
    २) कामदार पठाउने म्यान पावरले कामदारलाई जहाज चढाएर आफूहरु उम्किने गर्ने गरेकोले वैदेशिक रोजगारमा बिकृती झन्झन् मौलाएको अवस्था सिर्जना भएकोछ ।
    त्यति मात्र होईन, झुक्काएर नेपाल सरकारले तोकिदिएको न्यूनतम ज्याला १०००+३०० लाई करारमा लेखिएर एयरपोर्ट सम्म मात्रै देखाउनलाई द्वैध करार गराइएको पाइएको छ । यसर्थ,नेपाल सरकारको ऐन कानुनलाई चुनौती दिने यस प्रकारको म्यानपावर कम्पनीहरुको स्विकृति सदाको लागि खारेज होस।
    ३) महिला कामदारको अवस्था खाडी मुलुकमा दयनीय नै छ, कम्पनीको भिषा भनेर कतिपय ठाउँमा हाउसमेडको काम गराउने, कुवेतबाट अवैध तरिकाले साउदीमा नेपाली घरेलु कामदारहरु अझै पठाउन ल्याउन रोकिएको छैन । तसर्थ महिला कामदारको विषयमा नेपाल सरकारको ध्यानाकर्षण होस।
    ४) करार अवधि २ बर्षको भए पनि कुनै कुनै रोजगार दाताले नेपाल बाटै म्यानपावरको आन्तरिक सहमतिमा यहाँ आएर दबाबमा तीन वर्षको करार गराउने गरेको पाइएको छ, दुई वर्षको करार सकिएर स्वदेश फर्कने व्यवस्थाको नियमन होस। साथै, कामदारको बिमाको म्याद तीन वर्षीय गर्ने ब्यबस्था होस ।
    ५) नेपाल सरकारले नागरिकको मौलिक हक अन्तर्गत जनतालाई जनार्दन भनिए पनि विदेशमा आउने नेपालीहरु लाई उपेक्षा गरेको छ, नागरिक स्वदेश विदेश जहाँ भए पनि नागरिक हक पाउनुपर्ने अधिकार हो । तसर्थ: प्रवासमा पनि मतदानको अधिकार प्रदान गरियोस ।
    अन्तमा
    “सुरक्षित र मर्यादित रोजगार हामी सबैको अधिकार “


    धन्यवाद !
    बोधार्थ
    नेपाली राजदुतावास , रियाद
    गैर आबासिय नेपाली संघ, केन्द्रिय सचिवालय, बालुवाटार
    काठमाडौ ।

    गैर आवासीय नेपाली संघ
    राष्ट्रीय समन्वय परिषद
    साउदीअरब

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on एनआरएनए साउदी अरबले श्रम रोजगार मन्त्रीलाइ बुझायो श्रमिक हक हित सबन्धित ५ बुँदे ज्ञापनपत्र ।

    एनआरएनए साउदीद्वारा दुर्गा बहादुर सुनार उद्धारका लागि संकलित सहयोग रकम हस्तान्तरण

  • १५ भाद्र २०८०, शुक्रबार २२:४९ मा प्रकाशित
  • समर्पण रम्जान

    साउदी अरब ! नेपाली महावाणिज्यदूतावास जेद्धा द्वारा १९ जुन २०२३ मा दुर्गा बहादुर सुनारलाई उद्दारार्थ लागि ठूलो रासी ४५ हजार रियल आवस्यक परेको र समस्त नेपालीहरुसित सहयोगको लागी गरिएको अपिल अनुसार गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, साउदी अरबद्वारा संकलित रकम सा. रि. १५,८१७.०० (साउदी रियाल पन्ध्र हजार आठ सय सत्र मात्र) नेपाली महावाणिज्यदूतावास जेद्धालाई हस्तान्तरण गरेको छ |

    संकलित रकम हस्तान्तरण गरिएको कुरा एनआरएनए एनसिसि साउदी अरबले आफ्नो आधिकारिक फेसबुक मार्फत जानकारी गराएको छ ।
    संघले सुनार उद्दारका लागि रकम संकलनका अभियान संचालन गर्दै आफ्नो मातहतका रहेका ४ क्षेत्रिय समन्वय समितिहरुबाट, आफ्ना केन्द्रिय सदस्यहरूबाट तथा नेपाली जनसमुदायहरु सँगको समन्वयमा दुर्गा बहादुर सुनारको उद्दारका लागि उक्त सहयोग रकम संकलन गरिएको जनाएको छ ।

    रकम संकलन अभियानमा जोडिएका सम्पुर्ण संघका पदाधिकारीहरु, सहयोगी मनका धनी तथा दानवीर दाताहरु, अपिल पश्चात् अभियान संचालन गरी सहयोग रकम संकलन गरएका विभिन्न संघ संस्थाहरु एवम् समाजसेवी तथा सहयोगी दाताहरुप्रति एनआरएन एनसीसी साउदी अरब धन्यवाद ज्ञापन गरेको छ I

    साथ साथै सुनारको उद्धारको प्रक्रियालाई अगाडी बढाइ आवास्यक सहयोग रकम संकलन गर्न सफल भएकोमा नेपाली महावाणिज्यदूतावास जेद्धाका लागि कार्यवाहक महावाणिज्यदूत शत्रुध्वन पोखरेल तथा नेपाली महावाणिज्यदूतावास जेद्धा परिवार प्रति पनि एनआरएनए साउदीले बिशेष धन्यवाद दिनुको साथै आभार व्यक्त गरेको छ I

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on एनआरएनए साउदीद्वारा दुर्गा बहादुर सुनार उद्धारका लागि संकलित सहयोग रकम हस्तान्तरण

    साप्ताहिक पञ्चाङ्ग भाग- ५८

  • १५ भाद्र २०८०, शुक्रबार २१:३१ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:अन्ठाउन्नमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको भाग :-५८ (अन्ठाउन्नौं)——————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८०/०५/११गते
    भोलि बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ।
    ……………………………………….

    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    ………………………………………………
    पञ्चाङ्ग:०१
    गरिबीले पार्नुसम्म चपेटामा पारेको छ।
    यहाँ भोको पेटमा दिनहुँ मान्छे मारेको छ।
    हुने खाने, हुँदा खानेमा धेरै भिन्नता हुँदा,
    संघर्ष गर्ने ठाउँ जताततै नै टारेको छ।
    मान्छे आफैले आफ्नो भाग्य सराप्दै हारेको छ।

    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२

    खुसी खुसी मन हुँदा ।
    हृष्टपुष्ट तन हुँदा ।
    चार जना अघि पछि,
    छ हातमा धन हुँदा ।
    हरियाली वन हुँदा ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०३
    अक्षर-१५

    ठगेको भरमा जिन्दगी चलाउछन् यहाँ ,
    बाचेर मान्छेले रहर जलाउछन् यहाँँ।
    सधैँ मारेर आशाहरु खुम्चियको मन,
    मन हो अनेक कुराले गलाउछन् यहाँँ,
    श्रमले कौसी खेती पनि फलाउछन् यहाँ।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०४
    दुनियाँले गर्नु गरेको छ।
    आफ्नै मात्र पेट भरेको छ।
    मानिसको जीवन अजीब,
    प्रगतिमा आँखा तरेको छ।
    अरु भन्दा माथि परेको छ।
    ह्यारिस

    पञ्चाङ्ग:०५

    जातीय द्वन्द हुने हावा चल्न थाल्याे यहाँ।
    चाेक चाेकमा फेरि आगाे बल्न थाल्याे यहाँ।
    कानून विराेधीलाई कार्वाही नगरेर,
    कतिकाे सवारी साधान जल्न थाल्याे यहाँ।
    शाशक सत्य लुकाएर छल्न थाल्याे यहाँ।

    नवराज भट्ट
    कञ्चनपुर

    पञ्चाङ्ग:०६

    प्रगति हुनेबेला कसैले रोक्न सकिँदैन।
    अतिवादी आडम्बरीलाई बोक्न सकिँदैन।
    नीति होस् वा नैतिक ज्ञानहुनु पर्छ हामीमा,
    अनायास नबुझ्नेलाई त ठोक्न सकिँदैन।
    परम्परा भनेर कहिले घोक्न सकिँदैन।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”

    पञ्चाङ्ग:०७

    झिल्को है फाली जंगल बलायौ यहाँ।
    सित्तैमा गाली मनमा जलायौ यहाँ।
    उघार्न कति गार्हो चेतनाको ढोका ,
    पाकेको बालीमा हावा चलायौ यहाँ।
    आशाका पालीमा खम्बा गलायौ यहाँ।
    सुस्मिता अधिकारी

    पञ्चाङ्ग:०८

    सम्झनामा को याद छैन भएँ बिरानी।
    मुटु भयो छिया छिया नै सएँ बिरानी।
    कति घुम्छौ माया छैन के लाज पचायौ,
    पर्खिबसेँ तिमी आएनौ गएँ बिरानी।
    गरीबको महल छैन तएँ बिरानी।
    बेदु न्यौपाने
    काठमाडौँ ❤️

    पञ्चाङ्ग:०९

    विकृती र बिसङ्ती मात्र फल्न थालेको छ यहाँ।
    जातीय दङ्गा हुने हल्ला चल्न थालेको छ यहाँ।
    चार जात छतिसबर्णको फूलबारी के भा खै ,
    सडक सडकमा गाडी जल्न थालेको छ यहाँ ।
    सरोकारवाला सत्यता छल्न थालेको छ यहाँ ।

    दुर्गा भट्टराई
    मोरङ

    पञ्चाङ्ग:१०

    फेर्दा फेर्दै त्यो सास हराउनु कस्तो अचम्म।
    मान्छेदेखि मान्छे लौ डराउनु कस्तो अचम्म।
    जिउँदोमा सबैलाई हसाउदै हिड्ने मान्छे,
    मरेपछि बोल्नु न कराउनु कस्तो अचम्म।
    मसान घाटमा बर्बराउनु कस्तो अचम्म।

    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा

    पञ्चाङ्ग:११
    जसले पनि हल्लाएर देश कमजोर बनाए हजुर।
    हल्लाएर बेसरी आफैंलाई बहादुरी भनाए हजुर।
    यो देशलाई थामौ न भन्ने त म एक्लैछु कोहि सुन्दैनन् खै,
    बरु मेरै विरुद्धमा पो लागेर खोइरो खनाए हजुर।
    यहाँ दलालको वास आयो देशभक्त चैं गनाए हजुर।
    -पशपति राई खोटाङ ।

    पञ्चाङ्ग:१२

    नाग देव आज तिम्रो पूजा गरेँ मैले ।
    धूप दीप चढाइ सरण परेँ मैले ।
    पक्कै पनि दुःखका ती मेरा दिन गए,
    विश्वासको भेटी राखी माथ धरेँ मैले ।
    तिम्रै नाम शब्दमा किर्तन भरेँ मैले ।

    पञ्चाङ्ग :१३

    जनैको महत्व हराउँदै गयो ।
    विदेशी चलन भराउँदै गयो ।
    आजभोलि बाटो युवाको अलग ,
    जनै लाउन नि डराउँदै गयो ।
    कुसंस्कार मन पराउँदै गयो ।

    सरिता सेढाइ धादिङ

    पञ्चाङ्ग:१४

    साेचेकाे जस्तो जिन्दगीमा कसकाे नै भाछ र।
    भाेली के हुँदैछ भन्ने कसलाई पाे थाछ र।
    जिउने क्रममा हाँसाे राेदन आइरहँदा,
    एकसराे लुगा भन्दा बढी कसले लाछ र।
    धनीले नि एकपेट भन्दा बढी के खाछ र।

    उर्मिला के.शी.
    धनकुटा

    पञ्चाङ्ग:१५

    गाउँ सहरमा छाएको तिज पर्व।
    दिदीबहिनीमा लाएको तिज पर्व।
    नेपाली महिलाको याे महानचाड,
    वेदनाका गीत गाएको तिज पर्व।
    रमाउने मौका पाएकाे तिज पर्व।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:१६

    पर्व अाउँछ तिजको फुर्काएर मन।
    दुःख पीडा पोल्टा भित्र सुर्काएर मन।
    साथीसंगी अामा बाबा भेट दाजुभाइ,
    मिल्दछ मीठो अानन्द लुर्काएर मन।
    बितीजान्छ दुई दिन खुर्काएर मन।

    होम प्रसाद नेउपाने
    धरान,सुनसरी।

    पञ्चाङ्ग:१७

    खाली गाेडाले मसिनो ढुङ्गामा टेके पछि
    दुःखाई थाहा भयो गरिबीले सेके पछि ।
    जिन्दगीमा खुसी किन चाहिन्छ भन्थे सबै ,
    अझै दुख्ने भयो भाग्य पर्दाले छेके पछि।
    संघर्ष मैदानमै नियतिले लेटे पछि।

    मीना देबकाेटा सर्लाही

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक पञ्चाङ्ग भाग- ५८

    चितवनको कुरिनटारमा दोश्रो इच्छाकामना महोत्सव २०८० हुँदै ।

  • १५ भाद्र २०८०, शुक्रबार १६:५३ मा प्रकाशित
  • समर्पण रम्जान

    १५ भदौ २०८०, मुग्लिन ! “कृषि पर्यटन, उद्योग र व्यापार इच्छाकामनाको मुल आधार” भन्ने मुल नाराका साथ इच्छाकामना उद्योग वाणिज्य संघ र इच्छाकामना गाउँपालिका वडा नं. ४ को कार्यालयको संयुक्त आयोजना तथा इच्छाकामना एफ एम १०२.४ मेगाहर्जको सह आयोजनामा, इच्छाकामना गा.पा.-४ कुरिनटारको, भानु ग्यास अगाडी “दोस्रो इच्छाकामना महोत्सव २०८०” आयोजना हुने भएको छ ।

    २०८० भाद्र २७ गते देखि असोज ७ गते सम्म आयोजना गर्न गइरहेको उक्त कार्यक्रममा विविध कार्यक्रमहरु गरि महोत्सव संचालन गरिने जानकारी महोत्सव आयोजक समितिका सचिब बिनोद श्रेष्ठले जानकारी दिएका छन् ।

    उक्त महोत्सवमा सहभागी भई महोत्सवको अवलोकन गरि महोत्सव भब्यताका साथ सम्पन्न गराउन पनि इच्छाकामना गाउँपालिका तथा अन्य छिमेकी पालिकामा अबस्थित सबैमा आयोजक टिमले अनुरोध गरेको छ ।

    उक्त दोश्रो महोत्सवका कार्यक्रम तथा आकर्षणहरु निम्नप्रकार रहेका छन् !

    १) धार्मिक तथा पर्यटकिय स्थलहरू इच्छाकामना मन्दिर, जय बाल गौरी पाथीभरा सिंहदेवी मन्दिर, सिराइचुली, उपरदाङगढी लामो झरना तथा मनकामना मन्दिरको विशेष प्याकेजमा पदयात्रा तथा अवलोकन गराइने |
    २) त्रिशूली नदीमा र्याफ्टिङ गराइने
    ३) आदिवासी जनजाति तथा सीमान्तकृत समुदायको भेषभुषा, रहनसहन तथा संस्कृतिहरुको प्रदर्शनी गराइने
    ४) औद्योगिक प्रदर्शनी गराइने
    ५) घरेलु एवं कृषि प्रदर्शनी गराइने
    ६) राष्ट्रिय स्तरका हाँस्य कलाकारहरुद्वारा दैनिक मनोरञ्जनात्मक कार्यक्रम हुने
    ७) राष्ट्रिय स्तरका कलाकारहरुका साथमा दैनिक सांस्कृतिक कार्यक्रम स्थानिय कलाकारहरु द्वारा दैनिक मनोरन्जनात्मक कार्यक्रमहरु संचालन गरिने
    ८) विविध बाल मनोरञ्जनका खेलहरु खेलाइने
    ९) दोश्रो इच्छाकामना डान्स आइडल कार्यक्रम गरिने ।
    १०) बृहत तीज गीत प्रतियोगिता कार्यक्रम गरिने ।
    ११) खाना महोत्सव संचालन गर्ने
    १२) साथमा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु गरिने

    इच्छाकामना गाउँपालिका र उद्योग वाणिज्य संघ चितवन को संयुक्त संरक्षकत्वमा उक्त महोत्सव हुनेछ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on चितवनको कुरिनटारमा दोश्रो इच्छाकामना महोत्सव २०८० हुँदै ।

    एनआरएनएको महिला उपाध्यक्षमा यासमीन बेगम सैयदको पुनः उम्मेदवारी दिने ।

  • १३ भाद्र २०८०, बुधबार १५:३४ मा प्रकाशित
  • ३० अगस्ट २०२३, साउदी अरब ! गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको २०२३-२५ कार्यकालका लागि महिला उपाध्यक्षमा साउदी अरबबाट यासमीन बेगम सैयदको पुनः उम्मेदवारी दिने भएकी छन् ।

    वर्तमान कार्यसमितिको महिला उपाध्यक्षमा रहेर मध्यपुर्व क्षेत्रहरूका अनगिन्ती श्रमिक समस्याहरु समाधान देखि महिलाहरुको हक हित तथा अन्य संघ संस्था र सरकारी निकाय नियोग, उप नियोग हरुसितको समन्वयमा थुप्रै सामाजिक सेवाका कामहरु सफलताका साथ सम्पन्न गर्दै आफ्नो २०२१-२३ कार्यकाल सफलता पुर्वक सम्पन्न गरेकि महिला उपाध्यक्ष पुन २०२३-२५ कार्यकालका लागि पनि सोही पदमा उम्मेदवारी दिएकी छन् ।

    एक दशक भन्दा लामो समयदेखि संस्थामा आवद्ध भएर विभिन्न पदमा रहेर अनुकरणीय योगदान दिनुभएकी बेगम बिस्वभरिनै एक सकृय सामाजिक अभियन्ताका रुपमा परिचित छन् ।
    संघको आगामी अक्टोवर दोस्रो साता काठमाण्डौंमा हुने ११ औं महाधिवेसनमा उनले महिला उपाध्यक्षमा पुनः उम्मेदवारी दिने भएकी हुन् ।
    २१-२३ कार्यकालमा निर्विरोध भएकी यास्मिन यो पटक पनि निर्विरोध हुने सम्भावना रहेको छ ।

    Posted in अन्तर्राष्ट्रिय, बिज्ञान/प्रविधि, मुख्य खबर, समाजLeave a Comment on एनआरएनएको महिला उपाध्यक्षमा यासमीन बेगम सैयदको पुनः उम्मेदवारी दिने ।

    सिरानचोक मुस्लिम समाजको प्रथम साधारणसभाबाट१९ सदस्यीय कार्यसमिति चयन, अध्यक्षमा सफि महमद ।

  • १२ भाद्र २०८०, मंगलवार ०८:३८ मा प्रकाशित
  • १२ भदौ २०८० ! सिरानचोक गाउँपालिका-३ बयापानी गोर्खा स्थित सिरानचोक मुस्लिम समाजले गत ९ भदौ २०८० शनिबारका दिन आफ्नो प्रथम साधारणसभा कार्यक्रमबाट सफि महमदको अध्यक्षतामा १९ सदस्यीय कार्यसमितिको चयन गरेको छ ।

    १३ सदस्यीय तदर्थ समितीलाई विघटन गर्दै सिरानचोक मुस्लिम समाजले प्रथम साधारणसभा कार्यक्रमबाट १९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ भने ४ जना सल्लाहकार मनोनीत गरेको छ।

    कार्यसमितिको अध्यक्षमा सफि महमद मकुन्डाँडा रहेका छन् भने उपाध्यक्षमा आएसा खातुन ठुलागाउँ, सचिबमा मुहम्मद रफि मियाँ ठुलागाउँ, सह सचिबमा साजिद मियाँ ठुलागाउँ, कोषाध्यक्षमा तस्बिरा मियाँ किपट, सह कोषाध्यक्षमा जमल दिन मियाँ किपट, सदस्यहरूमा अलाउदिन मियाँ पिपलथोक, समिम मियाँ ठुलागाउँ, अमिन दिन मियाँ ठुलागाउँ , मुहम्मद सरिफ मियाँ अर्चले, मदिना मियाँ मकुन्डाँडा, अप्सना खातुन बरख, अफ्जल हुसेन बानागाँ, सलिम मियाँ ठुलागाउँ, नातिकाजी मियाँ सन्तेबारी, अब्दुल अजिज मियाँ थुम्की, मुहम्मद सिद्दिक ठुलागाउँ, इमामुदिन मियाँ नवलपुर, चयन भएका छन भने एकजना सदस्य नयाँ साँगु बाट राख्ने गरि पद रिक्त राखिएको छ ।

    यसैगरी साधारणसभाले ४ सदस्यीय सल्लाहकार प्रा. सलाउदिन मियाँ काठमाडौ, अहमद दिन मियाँ थुम्की, रम्जान दिन मियाँ मकुन्डाँडा, र प्रो. मोहम्मद रमजान अलि काठमाडौं हरुलाइ चयन गरेको छ ।
    नव निर्वाचित कार्यसमितिलाई कार्यक्रमका बिशिस्ट अतिथी सलाउदिन मियाँले सपद ग्रहण गराएका थिए ।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on सिरानचोक मुस्लिम समाजको प्रथम साधारणसभाबाट१९ सदस्यीय कार्यसमिति चयन, अध्यक्षमा सफि महमद ।

    सिरानचोक मुस्लिम समाजको प्रथम साधारणसभा सम्पन्न ।

  • १२ भाद्र २०८०, मंगलवार ०८:०६ मा प्रकाशित
  • समर्पण रम्जान

    १२ भदौ २०८०, मकुन्डाँडाँ ! सिरानचोक गाउँपालिका-३ गोर्खा स्थित सिरानचोक मुस्लिम समाजले गत ९ भदौ २०८० का दिन १९ सदस्यीय कार्यसमितिको चयन गर्दै आफ्नो प्रथम साधारणसभा कार्यक्रम सम्पन्न गरेको छ ।

    समाजका अध्यक्ष सफि महमद मियाँको सभापतित्वमा सचिब मुहम्मद रफि मियाँ र समर्पण रम्जान दिन मियाँद्वारा संचालित सिरानचोक गाउँपालिका-३ बयापानी स्थित ठुलागाउँ जामे मस्जिदको प्राङ्गणमा भएको उक्त कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य समाजसेवी अब्दुल सत्तारले प्रमुख अतिथीको आशन ग्रहण गर्नु भएको थियो । बिशिस्ट अतिथीहरुमा नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि तथा समाजसेवी सलाउदिन मियाँ, सिरानचोक गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङ, सिरानचोक गाउँपालिकाका उपाध्यक्ष रिता देबकोटा, बिशेष अतिथीहरुमा सिरानचोक गाउँपालिका- ३ का वडा अध्यक्ष जगदिश्वर ढकाल, नेकपा एमालेका युवा नेता अब्दुस मियाँ र अतिथीहरुमा नेपाली काङ्ग्रेसको वडा सभापति बल बहादुर खत्री, सिरानचोक गाउँपालिका-३ का निबर्तमान वडा अध्यक्ष वीर बहादुर थापा, वडा सदस्य निजामुदिन मियाँ, सल्लाहकार तथा गाउँपालिका अधिकृत अहमद दिन मियाँ, गाउँपालिका-३ का निबर्तमान वडा सदस्य टोपबहादुर बोगटी, एमाले का ३ न. वडा कमिटी अध्यक्ष मोहन बहादुर बोगटी, पुर्व कार्यपालिका सदस्य योगेन्द्र रसाइली, वडा सदस्य युद्ध बिलास घिमिरे, समाजसेवी इस्लामदिन मियाँ, कृष्ण घिमिरे, नेपाल शिक्षक संघका प्रतिनिधि रामचन्द्र सापकोटा, शिखरजोति प्रा.वि. का रामचन्द्र थापा,चम्पावती मा वि का रमेश पराजुली, रबिन्द्र अधिकारी, वडा सदस्य रुमाया गुरुङ, सीता सुनार हरुले आसनग्रहण गरेका थिए ।

    ठुलागाउँ जामे मस्जिदका हाफिज अलाउदिन मियाँले कुरानको केही अंसको पाठ गर्नुको साथै संस्थाको परिचय दिदैं सुरु भएको कार्यक्रममा समर्पण रम्जान दिन मियाँले स्वागत मन्तव्य दिएका थिए भने साजिद मियाँले संस्थाको कार्ययोजना प्रस्तुत गरेका थिए ।
    उद्घाटन र बन्दसत्र गरि दुई चरणमा सुरु गरिएको उक्त कार्यक्रममा उपस्थित अतिथी, बिशेष अतिथी, बिशिस्ट अतिथी हरुको मन्तव्य सकिए सँगै पहिलो चरणको उद्घाटन समारोह कार्यक्रमका समापन भएको थिए ।

    उक्त कार्यक्रममा सिरानचोक गाउँपालिकामा अबस्थित मुस्लिम तथा गैर मुस्लिम ( करिब १३० जना ) जनताहरुको बाक्लो उपस्थिति रहेको थियो । अतिथीहरुले कार्यक्रममा बोल्दै गर्दा सिरानचोक मुस्लिम समाजको यो पहिलो साधारणसभा ऐतिहासिक रहेको र यस कार्यक्रममा उपस्थित भएर आफ्नो मन्तव्य राख्न पाउँदा खुशी व्यक्त गरेका थिए । साथै सबै मुस्लिम समुदाय एकत्रित भएर अगाडी बड्नु पर्ने र यस समाज समुदायलाइ आवस्यक पर्ने कुनै पनि कुराको लागि पहिले पनि सहयोग गर्दै आएको र भबिस्यमा पनि आफुहरुले सहयोग गर्ने कुरा अतिथीगणहरु बिशेष गरि गाउँपालिका प्रमुख,उपप्रमुख तथा वडाका अध्यक्ष साथै अन्य जन प्रतिनिधिहरुले जानकारी गराए ।
    शुभकामना मन्तव्यमा बोल्दै प्रमुख अतिथी अब्दुल सत्तार तथा बिशिस्ट अतिथी सलाउदिन मियाँले आफू जन्मेको गाउँ ठाउँमा युवाहरुले संस्था स्थापना गरेकोमा प्रसंसा र खुशी व्यक्त गर्नुको साथै धन्यवाद तथा बधाइ दिदैँ आगामी दिनहरुमा संस्थाको प्रगतिको कामना सहित गाउँ समुदायको बिकासका लागि आफुहरु जुनसुकै अबस्थामा पनि सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए । साथै सिरानचोक गाउँ पालिका भित्र रहेका सम्पुर्ण मुस्लिम समुदायको उत्थानका लागि सबैजना एकीकृत भएर हरेक क्षेत्रमा अगाडी बढ्न पनि सुझाब दिएका थिए । मन्तव्य कै क्रममा प्रमुख अतिथी अब्दुल सत्तारबाट संस्थालाई ५० हजार सहयोग गर्ने घोषणा गरेका थिए ।

    अतिथीगणहरुको शुभकामना मन्तव्य सकिए सँगै उद्घाटन समारोह समापन गर्ने क्रममा सभापति सफि महमद मियाँ ले आफ्नो गैर राजनीतिक, गैर नफामुलक, नितान्त सामाजिक सेवाका लागि भर्खरै स्थापित यो सिरानचोक मुस्लिम समाजलाइ हरेक पाइलामा सहयोग गर्न सबै प्रमुख, बिशिस्ट, बिशेष तथा अन्य अतिथीहरुलाइ, स्थानीय तहका जन प्रतिनिधिहरुलाइ, उपस्थित समुदायका सम्पुर्ण दाजुभाइ दिदीबहिनीहरुलाइ विनम्र अनुरोध गरेका थिए । सभापति मियाँले संस्था स्थापना देखि प्रथम साधारणसभा सम्पन्न गराउनका लागि हरदिन खटिनुहुने सम्पुर्ण दाजुभाइ दिदिबहिनी हरु, कार्यक्रम सफल बनाउन उपस्थित सम्पुर्ण अतिथीहरु,तथा बा-आमा,दाजुभाइ दिदिबहिनीहरु सबैलाई लाइ विशेष धन्यवाद दिदै पहिलो चरणको कार्यक्रम समापान गरेका थिए ।

    कार्यक्रमको दोस्रो चरणमा कार्यक्रम संचालक समर्पण रम्जान दिन मियाँले निव निर्वाचित कार्यसमितिहरुको पदिय जिम्मेवारी सहित १९ सदस्यीय पदाधिकारी हरुको नाम घोषणा गरेका थिए ।
    प्रथम साधारणसभाबाट अध्यक्षमा सफि महमद उपाध्यक्षमा आएसा खातुन, सचिबमा मुहम्मद रफि मियाँ , सह सचिबमा साजिद मियाँ, कोषाध्यक्षमा तस्बिरा मियाँ , सह कोषाध्यक्षमा जमल दिन मियाँ, सदस्यहरूमा अलाउदिन मियाँ, समिम मियाँ, अमिन दिन मियाँ , मुहम्मद सरिफ मियाँ , मदिना मियाँ, अप्सना खातुन, अफ्जल हुसेन, सलिम मियाँ , नातिकाजी मियाँ , अब्दुल अजिज मियाँ, मुहम्मद सिद्दिक , इमामुदिन मियाँ, चयन भएका छन ।

    नव निर्वाचित पदाधिकारीहरुलाइ बिशिस्ट अतिथी सलाउदिन मियाँले खादा लगाइ सम्मान गर्नुको साथै सपद ग्रहण गराइ नव निर्वाचित कार्यसमितिको टिमलाइ बधाइ तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

    यसका सँगसगै कार्यक्रम समापन भएको थियो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on सिरानचोक मुस्लिम समाजको प्रथम साधारणसभा सम्पन्न ।

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P