• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

इच्छाकामना महोत्सवको दोस्रो दिन आज बबिता बानियाँ जेरि र चन्द्र परियार को दमदार प्रस्तुती हुने

  • २८ भाद्र २०८०, बिहीबार १०:४२ मा प्रकाशित
  • समर्पण रम्जान

    मुग्लिन ! चितवनको एक मात्रै गाउँपालिका इच्छाकामना गाउँपलिकामा  संचालित दोस्रो इच्छाकामना महोत्सव २०८० को दोस्रो दिन दोस्रो दिन राष्ट्रिय कलाकार दोहोरी  गायिका बबिता जेरि र गायक चन्द्र परियार को दमदार प्रस्तुती हुने भएको छ ।

    “हामी सबैको चाहना, समृद्ध इच्छाकामना” भन्ने मूल नाराका साथ इच्छाकामना उद्योग बाणिज्य संघ र इच्छाकामना गाउपालिका वडा नं. ४ को संयुक्त आयोजना तथा इच्छाकामना एफ एम १०२.४ मेगाहर्जको सह–आयोजनामा हिजो  भाद्र २७ गते देखि संचालित दोस्रो इच्छाकामना महोत्सव २०८० को दोस्रो दिन बबिता बानिया जेरि र चन्द्र परियार, बेली डान्सर  बन्दना विश्वकर्मा, डान्सर तथा  मोडल गुड्डी तामाङ र सहित विभिन्न स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जानकारी गराएकोछ ।

     

    महोत्सवको पहिलो दिन सभापति रुद्र उप्रेती र प्रमुख अतिथि कृष्ण सिलवालको प्रमुख आतिथ्य मा सम्पन्न उद्घाटन समारोहमा  विभिन्न समुदाय तथा संघ संस्थाहरुले आ आफ्नो रितिरिवाज अनुसारको  झाँकी प्रर्दशन गरेका थिए ।

    यसै गरि महोत्सव को १२ दिन सम्म विविध राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारहरुद्वारा भरपुर मनोरञ्जन दिने पनि महोत्सवका आयोकहरुले जानकारी दिएका छन् ।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on इच्छाकामना महोत्सवको दोस्रो दिन आज बबिता बानियाँ जेरि र चन्द्र परियार को दमदार प्रस्तुती हुने

    वीरगंजको बालसुधार गृहमा झडप, दर्जनभन्दा बढ़ी घाईते, अवस्था तनावग्रस्त

  • २७ भाद्र २०८०, बुधबार १०:०९ मा प्रकाशित
  • वीरगंज/वीरगंजको विर्तामा रहेको बलसुधार गृहमा झड़प हुँदा त्यहाँ भित्र रहेका दर्जन भन्दा बढी बाल कैदीबन्दीहरू घाईते भएका छन्।

    स्रोतका सुधारगृह भित्र रहेका समूहहरू आपसमै झगड़ा गरेर बाहिर भाग्ने योजना बनाउन थालेपछि त्यहाँ भित्र तनाव बढ़दै गएर झड़पको अवस्था आइपुगेको हो। उनीनाराबाजी लगाउँदै तोडफोडमा उत्रेपछि मंगलबार साँझदेखि स्थिति तनावग्रस्त बनेको हो ।

    केही दिन अघि भक्तपुरबाट ल्याइएका २३ जना बालकहरुले आफूहरु यहाँ बस्न नसक्ने भन्दै तत्काल अर्को सुधार केन्द्रमा लैजान स्थानीय प्रशासनलाई दवाव दिएका थिए । २३ जना बालकहरुले भक्तपुरको सुधार केन्द्रमा समेत बबाल गरेपछि वीरगंज ल्याइएको थियो ।

    भक्तपुरबाट ल्याइएका बालसमूहको उक्साहटमा लागेर सुधार केन्द्र भित्र रहेका अन्यवालकहरुले समेत ढुंगा प्रहार गरेको प्रहरीको भनाई छ । घटनामा एकजना महिला प्रहरी घाइते भएकी छन् । उनको आँखा नजिक चोट लागेको छ ।

    वीरगंज बालसुधार केन्द्रका प्रमुख टिका काफ्ले सुधारकेन्द्रमा रहेका बालकहरुले भित्रबाट इट्टा र ढुंगा प्रहार गरेको र सुधार केन्द्रको भवन तोडफोड गर्नेगरी आक्रमण गरिरहेकोले सुरक्षा दिन पर्साका प्रमुख जिल्ला अधिकारीलाई फोनबाट गुहार मागेका थिए ।

    आज राति ८ बजेबाट नाराबाजीमा उत्रिएका उनीहरुले एक्कासी ढुंगा र इट्टा प्रहार गर्न थालेपछि स्थिती तनाव ग्रस्त बनेको हो । पर्साका प्रहरी उपरीक्षक कोमल शाहको नेतृत्वमा ठूलो संख्यामा रहेको प्रहरी टोलीले स्थिती नियन्त्रणमा लिने प्रयास गरिरहेको छ भने सशस्त्र प्रहरी बलको टोली समेत सो क्षेत्रमा पुगेर स्थितिलाई नियंत्रणमा लिने प्रयास भैरहेको छ ।

    यो समाचार तयार पार्दासम्म अर्थात् राती ११.३० बजेसम्म त्यहाँ ९ जना जति घाईते बन्दीलाई उपचारको लागि अस्पताल पठाईएको भएपनि सुधारगृह परिसर भित्र प्रहरीलाई बन्दीहरुले प्रवेश गर्न दिइरहेका छैनन्, प्रहरी वा संचारकर्मी त्यहाँ भित्र प्रवेश गर्न खोज्दा सुधारगृहको छतबाट ढुंगा मुढ़ा ईंटा, सीसाका बोतल इत्यादिले प्रहार गरिरहेका छन् जसले गर्दा स्थिती तनावपूर्ण देखिएको छ ।

    के कारणले बालसुधार केन्द्र भित्र रहेका बालकहरुले आन्दोलन गरेका हुन भन्ने कुरा अझै बाहिर आउन सकेको छैन ।

    सो बाल सुधार गृहमा १३४ जना बालबन्दीहरू रहेको बुझिएको छ।

    Posted in मुख्य खबरLeave a Comment on वीरगंजको बालसुधार गृहमा झडप, दर्जनभन्दा बढ़ी घाईते, अवस्था तनावग्रस्त

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १२०

  • २६ भाद्र २०८०, मंगलवार १४:३५ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १२० औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ८० जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    उदक अभ्यास शृङ्खला– १२० मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू

    [१]
    महिला
    दरको अनुपान
    संस्कृति जोगाऔँ अभियान !

    • वसन्त अनुभव
      [२]
      तिज
      संस्कृतिको गर्वमा
      मौलायो विकृतिको बीज !
    • अनिता शर्मा, पोखरा
      [३]
      तिज
      महिलाको बीज
      निकाल्दै मुखबाट फिँज !
    • टिकाराम पुन टिपु, सल्यान
      [४]
      तिज
      सांस्कृतिक चाड
      व्हिस्की विकृति बीज !
      -बेदु न्यौपाने, काठमाडौँ
      [५]
      घिनलाग्दो
      आइमाईको विकृति
      कता खोज्छ संस्कृति ?
    • जमुना कायस्थ, पोखरा
      [६]
      सुरा
      अनि सुन्दरी
      आजका तिजकी परी !
    • युगल त्रिन
      [७]
      पिलायो
      नसा खिलायो
      तिज पर्वले दिलायो !
    • होम प्रसाद नेउपाने
      धरान, सुनसरी
      [८]
      नारी
      आहा सुन्दरी
      रमाउँछन् मौका हेरी !
    • शारदा गौतम आचार्य, ललितपुर
      [९]
      घाँटीमा
      हाड अड्काउँदै
      आत्महत्या गर्दै नेपाली !
    • निरज कोइराला
      [१०]
      तिज
      बहानामा विकृती
      समाजमा गलत संस्कृती !
    • सुरेशकुमार पाण्डे
      दाङ, घोराही-१८
      [११]
      रहर
      ठिक्क उत्तम
      उत्ताउलो जिवन खत्तम !
    • ध्रुव श्रेष्ठ
      खोटाङ बजार
      हाल: नरेफाँट, काठमाडौँ
      [१२]
      संस्कृति
      तडकभडक जहिल्यै
      नभित्रियोस् देशमा विकृति !
    • गंगा खड्का
      बूढानीलकण्ठ, काठमाडौँ
      [१३]
      दर
      रहेन भर
      भित्रियो विकृतिको संस्कार !
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा-६, संखुवासभा
      [१४]
      संस्कृति
      सुध्रेकाे मति
      त्यागाैँ पश्चिमा विकृति !
    • खुनराज काेईराला,
      सिद्दलेक-३, धादिङ
      [१५]
      तिज
      मनाउँदै नारी
      हिँड्छन् खुट्टो बटारी !
    • सरिता सेढाई, धादिङ
      [१६]
      उपहास
      संस्कृतिको मजाक
      पश्चिमा संस्कृतिको हात !
    • हिमाल अम्मै, घोडाघोडी, कैलाली
      [१७]
      परम्परा
      आफ्नै संस्कृति
      तिजमा भित्रियो विकृति !
    • राज कुमार राजभण्डारी “खाेटाङ्गे”
      मध्यपुर ठिमी-५, संगम काेलाेनी, भक्तपुर
      [१८]
      तिज
      मात्र निहुँ
      खाने अनेक चिज !
    • घनश्याम पौडेल, पोखरा
      [१९]
      दर
      हाम्री चेली
      लर्खराउँदै साँझ घर !
    • इन्दिरा देवकोटा
      [२०]
      तिज
      सांस्कृतिक पर्व
      पान गरौँ सगर्व !
    • म्यामराज राई, भोजपुर
      [२१]
      झुमेर
      विकृति बढेको
      वियरका सिसी चुमेर !
    • सविता के.सी.
      दक्षिणकाली-९, काठमाडौँ
      [२२]
      महिला
      कुबाटाेकाे यात्रा
      विनाशकाले विपरीत बुद्धि !
    • नवराज भट्ट, कञ्चनपुर
      [२३]
      तिज
      मनोमानी खेलमा
      पर्व परम्परा ओझेलमा !
    • पृथक प्रकृति, झापा
      [२४]
      संस्कृति
      हटाएर विकृति
      माटोको पहिचान सम्पत्ति !
    • आर्त अकुलीन
      [२५]
      विकृति
      खराब प्रकृति
      बिगार्दै सामाजिक आकृति !
    • तोयानाथ चापागाईं
      दमक, झापा
      [२६]
      तिज
      झगडाको बीज
      पोख्छन् वर्षदिनको रिस !
    • पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
      पनौती न.पा-३, काभ्रे
      [२७]
      तिज
      दरको खिल्ली
      संस्कृति पुर्‍याउँदै दिल्ली !
    • दुर्गा अधिकारी ‘भमरकोटे’
      [२८]
      संस्कृति
      अपव्याख्या हुँदै
      भडकिलो महिला तिज !
    • पुष्पा सायरा, विराटनगर
      [२९]
      तिज
      बन्दैछ विकृत
      संस्कृतिको भद्दा मजाक !
    • गोपालप्रसाद पौड्याल
      [३०]
      विकृति
      नवीन प्रवृत्ति
      छैन संस्कार संस्कृति !
    • ऋजु दिल्पाली
      ईटहरी-१, सुनसरी
      [३१]
      संस्कृती
      समयको भेलमा
      जागरणको नौटङकी कुप्रवृत्ति !
    • गुणराज पौड्याल, बाग्लुङ
      [३२]
      संस्कृति
      महिलालाई भारी
      अपमान हुँदैछन् नारी !
    • खेमराज पुरी, कैलाली
      [३३]
      विकृति
      तिजमा पनि
      कसरी जोगिन्छ संस्कृति !
    • डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा. पा.-६, दोलखा
      [३४]
      रसिलो
      रसपान गरेर
      रसिक संस्कृति बिगारेर !
    • नागेन्द्रप्रसाद यादव, दाङ
      [३५]
      विकृती
      तिजकाे नाउँमा
      हराउँदै गयाे संस्कृति !
    • उर्मिला के.सी., धनकुटा
      [३६]
      तिजमा
      वियरले विज्ञापन
      सामाजिक सञ्जालमा सित्तैमा !
    • टीकाराम जाेशी, टीकापुर
      [३७]
      तिज
      हाम्रो संस्कृति
      हेर्दाहेर्दै ल्यायो विकृति !
    • रामप्रसाद पुरी, बादेल, खाेटाङ
      [३८]
      हरायो
      मौलिकता तिजको
      गर्छन बाहाना साथीको !
    • चक्र शाही, लम्की, कैलाली
      [३९]
      नसा
      देखावटी दुनियाँ
      नारी बिगार्ने ओखती !
    • नारायण कोइराला
      तानसेन, पाल्पा
      [४०]
      चाडमा
      विकृतिको मिश्रण
      आकर्षण अथवा विकर्षण !
    • रामकृष्ण दुवाडी, पाेखरा
      [४१]
      मान्छे
      गुण नदेख्ने
      विश्वास सामाजिक सञ्जालको !
    • रामप्रसाद दहाल, सुर्खेत
      [४२]
      चाड
      विकृतिको उपज
      हराउँदै रितिरिवाज संस्कार !
    • राम न्यौपाने
      [४३]
      दर
      नसाको सेवन
      पश्चिमी समाज झल्काउँदै !
    • बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’
      कनकाई-४, झापा
      [४४]
      संस्कार
      बढ्दो कुसंस्कार
      विकृत आहार विहार !
    • उर्मिला पन्त पाण्डेय
      ज्ञानेश्वर, काठमाण्डौँ
      [४५]
      विकृति
      दरको नाममा
      आखिर हरायो संस्कृति !
    • समुन्द्रा शर्मा, सुनसरी
      [४६]
      मौलिकता
      नसामा डुब्यो
      विकृतिले पौडी खेल्यो !
    • पशपति राई, खोटाङ
      [४७]
      अपभ्रंस
      धरापमा संस्कृति
      फैलदै भड्किलो विकृति !
    • मन्दिरा सेढाई
      मलेखु, धादिङ
      [४८]
      विकृति
      उद्दण्ड नारी
      भुल्दै पुर्वज सस्कृति !
    • राेशन पराजुली, धरान
      [४९]
      संस्कृति
      कति विकृति
      फरक नारीहरुको प्रवृत्ति !
    • सरिता काफ्ले
      कोहलपुर-८, बाँके
      [५०]
      दर
      देखावटी दुनियाँ
      आफैँलाई हानी नोक्सानी !
    • धनमाया चौधरी, कैलाली
      [५१]
      तिज
      विकृतिको शुरुवात
      घर परिवारको बिल्लीबाठ !
    • अम्विका अधिकारी
      झापा, बिर्तामोड
      [५२]
      मन
      नबिग्रियोस् तन
      रमाइलो लाग्यो आफ्नोपन !
    • तोया घिमिरे
      शङ्खमुल, काठमाडौँ
      [५३]
      मध्यपान
      दरको नाम
      गर्यौ संस्कृतिको बदनाम !
    • मङ्गला उपाध्याय
      [५४]
      रहर
      ल्याउदैछ विकृति
      बन्दैछ जीवन कहर !
    • शोभा गौतम
      [५५]
      तिज
      देखावटी भाव
      घरघरमा अभावको तनाव !
    • दुर्गा भट्टराई, मोरङ
      [५६]
      व्रत
      नपिएर पानी
      अहिले मासु वियर !
    • शिवहरि अधिकारी
      [५७]
      विकृति
      निहुँ तिजको
      धज्जी आफ्नै संस्कृतिको !
    • सुस्मिता अधिकारी, काठमाडौँ
      [५८]
      हराउँदै
      हाम्रो संस्कृती
      मौलाउँदै अनेक विकृती !
    • बी.के. विरही, टीकापुर
      [५९]
      आहा
      कति मज्जा
      चुलिएको विकृति संस्कृति !
    • धर्मी शाक्य बुटवल, रुपन्देही
      [६०]
      संस्कार
      असल अभ्यास
      कुल्चदै पुर्खाकाे उपहार !
    • भवानी घिमिरे, सर्लाही
      [६१]
      विकृति
      ओरालो लागेको
      हाम्रो मौलिक संस्कृति !
    • देवी पन्थी
      [६२]
      संस्कृति
      चाडका नाममा
      भित्रियो समाजमा विकृति !
    • दुर्गा आचार्य, मोरङ
      [६३]
      संस्कृती
      रुपन्तरित अवस्था
      विकृतिको भो पराकाष्ठा !
    • गोपेन्द्र रिजाल, पाँचथर
      [६४]
      संस्कृति
      जगेर्ना अभियान
      तिजकाे नाममा विकृती !
    • नारायणप्रसाद उपाध्याय, कैलाली
      [६५]
      विकृति
      खर्चिलो प्रवृत्ति
      हरायो मौलिक संस्कृति !
    • सीता पाण्डेय मरासिनी
      तम्घास, गुल्मी
      [६६]
      विकृति
      भन्ने कसरी ?
      आफैले दिएर स्विकृति !
    • विवश पारदर्शी, झापा
      [६७]
      तिज
      नूतन साधना
      सोमपानको आधुनिक दर !
    • कण्ठराज गिरी, काठमाण्डौँ, कपन
      [६८]
      बिलाउँदै
      हाम्रो संस्कृति
      फस्टाउँदै अनेक विकृती !
    • कल्पना पहाडी, सिन्धुली
      [६९]
      संस्कृति
      बन्दैछ विकृति
      जोगाअैाँ मौलिक संस्कार !
    • वासुदेव ज्ञवाली, पाल्पा, तानपा-१
      [७०]
      नारी
      जगत् जननी
      कलियुगको सौम्य चिनारी !
    • सप्तराज देवकोटा
      जानकी-८, कैलाली
      [७१]
      संस्कृति
      जोगाउने नाममा
      मानिस विकृति धाममा !
    • जमुना आचार्य, सिन्धुपाल्चोक
      [७२]
      तिज
      माैलिक रहर
      नारी पिउँदै जहर !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे ।
      [७३]
      तिज
      बाहाना एक
      भित्रिदै विकृति अनेक !
    • केशवप्रसाद ढकाल ‘प्रीतबीज’
      सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
      [७४]
      संस्कृति
      माैलिकता हराउँदै
      देशभरि विकृति माैलाउँदै !
    • श्रद्धा आचार्य, पोखरा
      [७५]
      विकृति
      बढेको देखियो
      संस्कारको कमी भेटियो !
    • रिता खराल, रूपन्देही
      [७६]
      संस्कार
      विकृतिले घेरिएको
      हेर बदलिएको कुसंस्कार !
    • सुमित्रा पोखरेल, काठमाडौँ
      [७७]
      श्रीमती
      दारुमा मस्त
      श्रीमान खाडीमा व्यस्त !
    • बुद्धिप्रसाद लामिछाने, कैलाली
      [७८]
      विकृति
      बिग्रेको लत
      लागु जहर सेवन !
    • कविता आचार्य, कैलाली
      [७९]
      महिला
      भित्रियो चाड
      विकृति आयो पहिला !
    • मिलन के. सी.(थापा), पोखरा
      [८०]
      प्रकृति
      कस्तो विकृति ?
      बिगार्‍यो हाम्रो संस्कृति !
    • राजेन्द्र कुमार बज्राचार्य
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १२०

    पञ्चाङ्ग चित्रपट भाग- ४४

  • २६ भाद्र २०८०, मंगलवार ०७:०० मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- चवालिसौंमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८०/०५/२१गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:४४[ चवालिसौँ] चित्रपटमा छौं।

         यहाँहरुलाई हार्दिक स्वागत गर्दै

    यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि बेलुका ९:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी

    चित्र संकलन

    सुशीला पाैडेल

    शुद्धीकरण

    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    चित्रमा पञ्चाङ्ग
    ~~~~~~

    पञ्चाङ्ग:०१
    तिमीसँग पवित्र माया लगाएर बसे म।
    आएका समस्या सारा भगाएर बसे म।
    हामी दुईको प्रेम अमर बनाउन मैले,
    तिमी प्रति सधैं भक्ति जगाएर बसे म।
    तिम्रो साथ हुन आँसु बगाएर बसे म।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२

    माटो र ढुङ्गो जस्तो बलियो भर बन्नु छ।
    सुनामीले नि नबगाउने घर बन्नु छ।
    जैविक होइन प्यार आत्मिक खोजेको हो,
    तिम्रो नामको पछाडि मेरो थर बन्नु छ।
    राधाकृष्णको प्रेम जस्तो अ मर बन्नु छ।

    श्रीकृष्ण शर्मा पोखरा

    पञ्चाङ्ग:०३

    जीवन चलाउन प्रेमकाे जाेडी बन्नु पर्छ
    प्रेमी दुबैले मनकाे सबै कुरा भन्नु पर्छ
    जाेडी यस्ताे हुनु पर्छ जस्तै राधाकृष्णकाे झैँ
    जाेडी बन्नलाई मिलनका दिन गन्नु पर्छ
    प्रेम गर्न सजिलाे छैन खेत झैं खन्नु पर्छ

    नवराज भट्ट
    कञ्चनपुर

    पञ्चाङ्ग:०४
    प्रेमी जोडी राम्रो बन्न सक्नु पर्छ।
    तिम्रो राधा प्यारी भन्न सक्नु पर्छ।
    जोडी बनोस् त राधा र कृष्ण जस्तो,
    विरोधीलाई त खन्न सक्नु पर्छ।
    जोडी बन्ने दिन गन्न सक्नु पर्छ।
    ह्यारिस

    पञ्चाङ्ग :०५

    आयौं कृष्ण द्वापरमा केही गर्न भनी ।
    पापिष्ठकाे संघारले भू भार हर्न भनी।
    दुष्ट आत्मा कंस थियो मारी दियौ यहाँ ,
    सज्जनकाे रक्षा गर्दै धर्म छर्न भनी।
    हटाउँदै दुर्गन्ध सुवास भर्न भनी ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०६
    राधा र कृष्णको जस्तो प्रीत होस्।
    माया गर्नेको सॅधै नै जीत होस्।
    पापी छ दुनियाॅ क्यै भर हुन्न,
    सक्कली माया गर्दिने रीत होस्।
    जुगौॅ जुग बज्ने बज्ने गीत होस्।
    घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग:०७
    तिमीसंग पबित्र माया लगाएर बिर्से मैले।
    समान भाव ग्वालिनिमा जगाएर बिर्से मैले।
    जसरी पनि चर्चा हाम्रो प्रेमको छ राधा यहाँ ,
    प्रेम जीवन सार ध्वनी बगाएर बिर्से मैले।
    धर्म रक्षामा पापीलाई भगाएर बिर्से मैले।
    सुस्मिता पौडेल अधिकारी ,काठमाडौँ

    पञ्चाङ्ग :०७
    अक्षर-१६

    कृष्ण आएका द्वापरमा केही गर्छु भनेर।
    पापिष्ठकाे संघारले भू भार हर्छु भनेर।
    कंसमामा त्यो दुष्टलाई मारीदियौ तिमीले,
    सज्जनकाे रक्षा गर्दै म धर्म भर्छु भनेर ।
    कुरिती यो हटाउँदै सुवास छर्छु भनेर ।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०९
    भगवान कृष्णले जस्तै बासुरी समाउनु पर्छ।
    बाहिर जेसुकै होस् न भित्र आफैं रमाउनु पर्छ।
    बाँसुरीले दिन्छ मिठो सङ्गीत आनन्द अनि शान्ति,
    यसलाई अन्तर्मनमा सधैं नै जमाउनु पर्छ।
    यसरी जमेको धुन सबैलाई थमाउनु पर्छ।
    -पशपति राई खोटाङ ।

    पञ्चाङ्ग:१०
    बाँसुरीकाे मिठाे धुन सुनेर लठ्ठै पर्छाैँ हामी।
    सेवा भक्ति भावले तिम्लाई मनमा भर्छाैँ हामी।
    तिम्रो लिला अपार नामनै जपेर नसकिने,
    हरे कृष्ण भन्दै तिम्रै नाम पुकार्दै तर्छाैँ हामी।
    गर्न परे सेवा जे परे पनि अघि सर्छाैँ हामी।

    उर्मिला के.शी .
    धनकुटा !

    पञ्चाङ्ग:११
    विसङ्गति विकृति हटाउन आउ कृष्ण।
    कलियुगमा कल्किमाथी चाँडै धाउ कृष्ण।
    अत्याचार कुसंस्कार ले आगो बली सक्यो,
    नेपालीका मनमुटु सबैमा छाउ कृष्ण ।
    सुधामा जस्तै भक्तहरू साथ लाउ कृष्ण।

               बेदु न्यौपाने 
                    काठमाडौँ ❤️

    पञ्चाङ्ग:१२

    श्रीकृष्ण अब पार लगाउ तिमी ।
    दुष्टलाई सबै चाडै भगाउ तिमी ।
    धर्तीमा दानवको चाप धेरै भो,
    जसरि हुन्छ शक्ति मगाउ तिमी।
    भक्तजनमा आश जगाउ तिमी।

    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    पञ्चाङ्ग:१३

    गोविन्द नाम छ हरिको श्री कृष्ण देव।
    यो विश्व धाम छ हरिको श्री कृष्ण देव।
    रक्षा हुने जगतको र हुने भलाई,
    संसार काम छ हरिको श्री कृष्ण देव।
    सिता र राम छ हरिको श्री कृष्ण देव ॥

                गुणनिधि घिमिरे अमेरिका
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग चित्रपट भाग- ४४

    एनआरएनए आरसिसि अल कासिमद्वारा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न !

  • २३ भाद्र २०८०, शनिबार १६:२८ मा प्रकाशित
  • ९ सेप्टेम्बर २०२३, अल कासिम साउदी अरब गैरआवासीस नेपाली संघ, क्षेत्रिय समन्वय समिती, अल कासिमले ८ सेप्टेम्वर २०२३ शुक्रबारका दिन अल कासिमको साल्मिया स्थित रोम सिसा कम्पनी “ श्रमिक सचेतना तथा स्वस्थ्य परिक्षण” कार्यक्रम सम्पन्न गरेको छ ।

    साउदीमा रहेका नेपाली श्रमिकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्य सम्बन्धित श्रमिक सचेतना तथा स्वस्थ्य परिक्षण गरि श्रमिकहरुलाइ आवाश्यक स्वास्थ्य सेवा पुर्याउने उद्देश्यका साथ आयोजित उक्त स्वास्थ्य शिबिरमा डा. माजिद द्धारा सोही कम्पनी लगायत अन्य कम्पनीमा कार्यरत ६९ जना श्रमिकहरुको स्वास्थ्य परिक्षण गरी आवश्यक परामर्श दिईएको कुरा संस्थाका सचिब सिद्दिलाल श्रेष्ठले जानकारी दिए ।

    उक्त शिबिरमा श्रमिकहरुको उच्च रक्तचाप, मधुमेह (Blood pressure, Sugar) को परिक्षण गरिएको थियो । परिक्षण गरिएका श्रमिक हरु मध्ये मधुमेह र उक्तरक्तचापबाट अधिक जोखिम भएका बिरामीलाई तत्काल नियमीत स्वस्थ्य परिक्षण र नियमित औषधी खान र आफ्नो काम, खानपानमा उच्च सतर्कता अपनाउन डा. माजिदले सल्लाह दिएका थिए ।

    नेपाली राजदुताबास रियादका “लेवर काउन्सलर” देबेन्द्र राज कार्कीको विषेश उपस्थिती तथा गैरआवासीस नेपाली संघ आईसीसी सदस्य तथा नेपाली राजदुताबास रियादका अलकासिम प्रतिनीधी बिशाल कुमार श्रेष्ठ, एनसीसी साउदी अरबका उपाध्यक्ष मनिष कोइराला, आरसीसी अलकासिमका प्रुमख सल्लाहकार राजकुमार श्रेष्ठ, एनसीसी साउदी अरबका सचिव ध्रुबराज कटुवाल लगायत एनसीसी तथा आरसीसी पदाधिकारीहरुको उपस्थितीमा सम्पन्न गरेको थियो ।

    कार्यक्रममा आफ्नो मन्तव्य राख्दै आईसीसी सदस्य बिशाल कुमार श्रेष्ठले यस्तो कार्यक्रम निकै राम्रो रहेको र भबिष्यमा पनि यस्तो कार्यक्रम हरु अझै प्रभाबकारी र धेरै श्रमिकलाई सेवा बिस्तार गर्दै जाजु पर्ने बताए भने एनसीसी सचिव ध्रुबराज कटुवालले यस्ता श्रमिकजन्य कार्यक्रमका लागि आफ्नो साथ सहयोगको प्रतिबद्दता जनाएका थिए । कार्यक्रमको समापन गर्दै आरसीसी अध्यक्ष कृष्ण अधिकारी ले कार्यक्रम सोचेभन्दा राम्रो रहेको र कार्यक्रम सफल बनाउन सहयोग गर्ने डाक्टर तथा सबैलाई र उपस्थित सबै श्रमिक दाजुभाइहरुलाई धन्यवाद दिदै आगामी दिनहरुमा स्रोत साधनले भ्याए सम्म यस्ता कार्यक्रम नियमित गर्दै जाने बताए ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on एनआरएनए आरसिसि अल कासिमद्वारा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न !

    सिन्धुपाल्चोकमा टिपरको ठक्करबाट बालिकाको ज्यान गयो

  • २२ भाद्र २०८०, शुक्रबार १६:५० मा प्रकाशित
  • काठमाडौं । सिन्धुपाल्चोकमा टिपर ठक्करबाट शुक्रबार एक बालिकाको ज्यान गएको छ । ज्यान गुमाउनेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ का राम बिककी छोरी आठ वर्षीय बेली बिक रहेकी छिन् । बाटोमा हिँडिरहेकी बालिकालाई टिपरले ठक्कर दिँदा घटनास्थलमा नै ज्यान गएको थियो ।

    सिन्धुपाल्चोकको चौताराबाट बन्देउतर्फ जाँदै गरेको ५ ख ६७९० नम्बरको टिपरले चौतारा साँगाचोकगढी नगरपालिकाको नौ किलोमा ठक्कर दिएको थियो । ठक्कर दिने टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    Posted in मुख्य खबर, समाजLeave a Comment on सिन्धुपाल्चोकमा टिपरको ठक्करबाट बालिकाको ज्यान गयो

    पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- ५९

  • २२ भाद्र २०८०, शुक्रबार ०७:३८ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: उनान्साठीमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-५९[ उनान्साठी]
    ——————-
    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८०/०५/१८गते
    भोलि बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ।
    ……………………………………….

    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य
    ………………………………………………
    पञ्चाङ्ग:०१
    धन सम्पत्तिमा जो सुकै पनि फस्छन् कुनै दिन।
    सबै राम्रो राम्रो चीजमा आँखा बस्छन् कुनै दिन।
    आफूले आफैलाई महान् ठान्दै घमण्ड गर्नेको,
    अहंकार उम्लिएर धर्तीमा खस्छन् कुनै दिन।
    लिइ जान्छन् के अन्त्यमा खरानी घस्छन् कुनै दिन ।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२
    परको त के कुरा, घरमै शत्रु बसेपछि यहाँ।
    मन मुटु मिलाएर मस्तिष्कमा पसेपछि यहाँ।
    खुसीका लहर निमेक लगाएर टोक्नेले अब,
    उमङ्ग जलाएर अन्धकारमा खसेपछि यहाँ
    जिउँदै मरिने भो अडकाउमा फसेपछि यहाँ।

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    पञ्चाङ्ग:०३
    म सित जे थिएन त्यही चिज हेर्यो सबैले।
    यौटाले हैन दुइटाले हैन घेर्यो सबैले।
    म सङ्ग त्यही चिज बाहेक धेरै चिज थियो,
    तर मलाई नभाकै चिजले बेर्यो सबैले।
    भएको चिज चाहिँ नलेखेर केर्यो सबैले।
    -पशपति राई खोटाङ ।

    पञ्चाङ्ग:०४
    अक्षर-१५

    गरिबलाई जहाँ गए पनि बास छैन।
    भाडामा अन्न हुन्न मुख खाली गाँस छैन।
    सड्कको पेटीमा मसंगै सुतेको साथीको,
    उस्को बिहानै उठेर हेर्दा त सास छैन।
    त्यसैले सधैँदर्द कुनै दिन खास छैन।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०५

    हाम्रै अगाडि छिमेकी चन्द्र छुन पुगेका छन् ।
    तिनिहरू अब चन्दबासी हुन पुगेका छन् ।
    हामीले त नेपाल बिगार्न तल्लिन भए छौँ,
    स्वतन्त्रता माग्न आँसु झार्दै रुन पुगेका छन् ।
    नेताहरू भारतीको पाउ धुन पुगेका छन् ।
    सोमनाथ लुइँटेल

    पञ्चाङ्ग:०६
    तीज आयो बाबाको आगनीमा घुर्घुर घुर्छ मलायो हेर।
    माइतीघरमा जान पाईँदैन मुटु मेरो जलायो हेर।
    चेलीबेटी टाढाहुँदा माइती लाई के भ्यालु हुन्छ तीजको,
    बेंसी फाँट घुम्न गएथ्यौँ सँगी साथी जलुको पलायो हेर।
    खेतीबाट कृषकले मुरी रोपी धान कति फलायो हेर।
    बेदु न्यौपाने
    काठमाडौँ ❤️

    पञ्चाङ्ग:०७

    अरुले हैन आफुलाई आफै जाँच्ने गर सधै ।
    इशारामा होइन मन देखि नाँच्ने गर सधै ।
    आफ्नो जीवनको मालिक तिमी आफुनै हौ बुझ ,
    हृदयको पानाभरी पिरती साँच्ने गर सधै ।
    निस्फिक्री आफ्नै तरिकाले तिमी बाँच्ने गर सधै ।

    बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा

    पञ्चाङ्ग:०८
    अरु देशको विकास ट्वाल्ल हेरेर भएन।
    नेपाल बन्द संघ नामले घेरेर भएन।
    पूर्वाधारको विकासले पूर्ण छोएको कहाँ ?
    छैन अझै खै निर्यात पथ फेरेर भएन।
    माकुराको जालो जस्तो देश बेरेर भएन।

    जमुना आचार्य सिन्धुपाल्चोक

    पञ्चाङ्ग:०९
    भन्नेले भन्दै गरून् फरक नपर्ला।
    खन्नेले खन्दै गरून् फरक नपर्ला।
    आफ्नो जिन्दगी आफै हो चलाउने,
    खराब गन्दै गरून् फरक नपर्ला।
    मलाई बन्दै गरून् फरक नपर्ला।
    ह्यारिस

    पञ्चाङ्ग:१०
    तिजमा दुखीलाई कुनै खास छैन।
    काम नगरीकन खान अास छैन।
    पर्व अाओस या नआअोस उस्तै छ,
    बस्ने गतिलो कतै कुनै बास छैन
    दुः ख नगरेको खै कुनै मास छैन।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:११
    माया उस्तै थियो बानीले पराई भयौ आज।
    यात्रा संगै थियो लक्ष्यले हराई गयौ आज।
    सोच मेरो देश बनाउने तिमी आफू बन्ने ,
    सफल भयौ ठग्न घाऊ भराई लयौ आज।
    जिउने जीवन त हो लाग्छ युग सयौ आज।
    सुस्मिता पौडेल अधिकारी ,काठमाडौँ

    पञ्चाङ्ग:१२

    मौरीले मेहनत गर्याे गाेलाे बनायो ।
    किसानले चउर खन्दै काेलाे बनायो ।
    श्रम,सीप ,एकतामा हुँदा धेरै बल ,
    थाेपा थाेपा पानीले यहाँ खाेलाे बनायो ।
    सद्दे लुगा काटेर हेर चाेलाे बनायो ।

    भवानी घिमिरे
    सर्लाही ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- ५९

    नेपाल वायु सेवा निगमले सुरु गर्‍यो साउदी अरेबियाको दमाममा नियमित उडान

  • २१ भाद्र २०८०, बिहीबार १८:५१ मा प्रकाशित
  • काठमाडौं । नेपाल वायु सेवा निगमले साउदी अरेबियाको दमाममा नियमित उडान सुरु गरेको छ । निगमले बुधबार (भदौ २०) देखि काठमाडौंबाट साउदी अरेबियाको दममामा नियमित उडान सुरु गरेको एक विज्ञप्तिमार्फत जानकारी गराएको हो ।

    निगमको पहिलो उडान बुधबार राति १० बजेर ४० मिनेटमा भएको थियो । उक्त उडानमा १२६ जना यात्रु थिए भने फर्किदाँ ११७ जना यात्रु रहेका थिए । काठमाडौं-दमाम-काठमाडौं सेक्टरमा निगमले हप्ताको दुई दिन बुधबार र शनिबार उडान गर्ने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । उनका अनुसार निगले आगामी दिनमा उडानको संख्या बढाउँदै लैजाने छ ।

    निगमको कार्यालय र निगमको वेबसाइटबाट अनलाइन तथा ट्राभल एजेन्सीमार्फत हवाइ टिकट लिन सकिने निगमले जनाएको छ ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on नेपाल वायु सेवा निगमले सुरु गर्‍यो साउदी अरेबियाको दमाममा नियमित उडान

    इच्छाकामना गाउँपालिकामा दोस्रो इच्छाकामना महोत्सव २०८० आयोजना हुने।

  • १९ भाद्र २०८०, मंगलवार १०:४० मा प्रकाशित
  • समर्पण रम्जान

    मुग्लिन ! मिति २०८० भदौ १८ गते सोमबारका दिन दोस्रो इच्छाकामना महोत्सवका आयोजकद्वारा एक पत्रकार सम्मेलन गरि दोस्रो इच्छाकामना महोत्सव २०८० हुने जानकारी गराएको छ ।

    “कृषि पर्यटन, उद्योग र व्यापार इच्छाकामनाको मुल आधार” भन्ने मुल नाराका साथ इच्छाकामना उद्योग वाणिज्य संघ मुग्लिन र इच्छाकामना गाउँपालिका वडा नं. ४ को कार्यालयको संयुक्त आयोजना तथा इच्छाकामना एफ एम १०२.४ मेगाहर्जको सह आयोजनामा, इच्छाकामना गा.पा.-४ कुरिनटार, भानु ग्यास अगाडी “दोस्रो इच्छाकामना महोत्सव २०८०” हुने भएको छ ।

    आज एक औपचारिक कार्यक्रम सहित पत्रकार सम्मेलन गरि इच्छाकामना गाउँपालिकाको आर्थिक गतिविधिको चलयमान तथा स्थानीय उत्पादनको बिक्रीवितरण,प्रचारप्रसार र पर्यटन प्रबर्द्धनको बिकासका लागि महोत्सव गर्न लागिएको आयोजकद्वारा आधिकारिक जानकारी दिएइको छ ।

    उक्त कार्यक्रममा महोत्सवका संयोजक उद्योग वाणिज्य संघ मुग्लिनका अध्यक्ष कल्याण गुभाजुले पहिलो महोत्सव २०७५ मा गराउन सफल रहेको र पछिल्लो समयमा कोरोना तथा विविध कारणबस महोत्सव गराउन नसकिएको र आगामी बर्षहरुबाट प्रत्येक बर्ष गरिने बताए । महोत्सवलाई सफल बनाउन विभिन्न उपसिमिति निर्माण गरि काम गरिरहेको र यसको उद्देश्य पछिल्लो अबस्था कोरोनाबाट शिथिल बनेको इच्छाकामनाको अर्थतन्त्रलाई हरेक क्षेत्रबाट चलायमान बनाउन यो महोत्सव महत्त्वपूर्ण रहेकोले सबै इच्छाकामना बासी मिलेर सफल बनाउन अनुरोध गरेका छन् । 

    उक्त पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले यहाँको आर्थिक गतिविधिहरुलाइ वृद्धि गर्न यहाँ रहेको स्थानीय पर्यटकीय स्थलहरुको प्रबर्द्धन गर्ने , लुकेका कला साहित्य, संस्कृतिको कलाकारहरुको उजगार तथा संरक्षण गर्न यो महोत्सवको आवाश्यक रहेको बताएका छन् । स्थानिय उत्पादनका प्रोत्साहन गर्न १५ वटा  स्टलहरुलाई निशुल्क  व्यवस्था गरिने  पनि जनाएका छन्। यसै गरि महोत्सवको आर्थिक पाटोलाइ पारदर्शी बनाउदैं यसबाट प्राप्त फाइदाको सम्पूर्ण रकम विपन्न बालबालिकाको शिक्षामा खर्च गरिने बताएका छन् । महोत्सव मा बिक्रीवितरण गरिने सम्पुर्ण चिजबिज हरु सहुलियत मुल्यमा गुणस्तर हुनु पर्ने, दिन दैनै गाउँपालिकाबाट चेक जाँज गरिने पनि अध्यक्ष गुरुङले बताए ।

    कार्यक्रममा उपस्थित रहेका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, संग संस्थाका प्रतिनिधिहरु, स्थामनीय निकायका प्रतिनिधिहरुले यस क्षेत्रमा गर्न लागेको महोत्सवको सफलताको शुभकामना दिदै महोत्सवले इच्छाकामनाको सामाजिक आर्थिक र सांस्कृतिक बिकासमा टेवा पुग्ने बताउँदै गुणस्तरहिन चिजहरु नराख्न, जुवा तास हरुलाइ नराख्न र महोत्सव को उचित ढङ्गले गराउन आयोजकलाइ समेत सुझाव दिए।

    महोत्सवका संयोजक, कार्यक्रमका सभाअध्यक्ष इच्छाकामना गाउँपालिका का वडा नम्बर ४ का वडाध्यक्ष रुद्र उप्रेतीले पत्रकारहरुको जवाफ दिदै यो समयमा अन्य ठाउँमा महोत्सव नहुने र महोत्सव को लागि चाहिने श्रोत साधन सजिलै उपलब्ध गराउन सकिने भएकोले महोत्सव सुन्तलाको मौसममा नगरि तिजको अबसर पारेर गरिएको बताए । महोत्सव मा करिब १ लाख भन्दा धेरै दर्शकहरुले अवलोकन गर्ने पनि जानकारी दिए! महोत्सवमा बाहिरबाट आगन्तुकलाई १०० रुपैयाँ र स्थानिय बिद्यार्थीहरुलाइ ८० रुपैयाँको टिकट लाग्ने साथै कार्यक्रम स्थलहरु धमाधम बनिरहेको जानकारि गराए ।
    साथसाथै आयोजक टिमले दोश्रो महोत्सवका आकर्षणहरु उद्देश्य हरु पनि प्रस्तुत गरिएको थियो जुन निम्नप्रकार रहेका छन् !

    १) धार्मिक तथा पर्यटकिय स्थलहरू इच्छाकामना मन्दिर, जय बाल गौरी पाथीभरा सिंहदेवी मन्दिर, सिराइचुली, उपरदाङगढी लामो झरना तथा मनकामना मन्दिरको विशेष प्याकेजमा पदयात्रा तथा अवलोकन गराइने |
    २) त्रिशूली नदीमा र्याफ्टिङ गराइने
    ३) आदिवासी जनजाति तथा सीमान्तकृत समुदायको भेषभुषा, रहनसहन तथा संस्कृतिहरुको प्रदर्शनी गराइने
    ४) औद्योगिक प्रदर्शनी गराइने
    ५) घरेलु एवं कृषि प्रदर्शनी गराइने
    ६) राष्ट्रिय स्तरका हाँस्य कलाकारहरुद्वारा दैनिक मनोरञ्जनात्मक कार्यक्रम हुने
    ७) राष्ट्रिय स्तरका कलाकारहरुका साथमा दैनिक सांस्कृतिक कार्यक्रम स्थानिय कलाकारहरु द्वारा दैनिक मनोरन्जनात्मक कार्यक्रमहरु संचालन गरिने
    ८) विविध बाल मनोरञ्जनका खेलहरु खेलाइने
    ९) दोश्रो इच्छाकामना डान्स आइडल कार्यक्रम गरिने ।
    १०) बृहत तीज गीत प्रतियोगिता कार्यक्रम गरिने ।
    ११) खाना महोत्सव संचालन गर्ने
    १२) साथमा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु गरिने

    विविध बिसयका जानकारी सहित पत्रकार सम्मेलन कार्यक्रम समापन गरिएको थियो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on इच्छाकामना गाउँपालिकामा दोस्रो इच्छाकामना महोत्सव २०८० आयोजना हुने।

    साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १००

  • १९ भाद्र २०८०, मंगलवार ०८:४४ मा प्रकाशित
  • काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १०० औँ शृङ्खला यही भाद्र १६ गते शनिबार सम्पन्न भएको थियो।
    अभ्यासमा नेपाल लगायत विश्वका ५८ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १०० औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    मेरो काम आगो फुक्ने, गरेकै हो मिलाएर,
    के दोष मेरो हजुर ? जान्छ भने बिलाएर ।
    वसन्त अनुभव
    घोराही, दाङ

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    [१]
    छैन ! छैन ! तिम्रो दोष, दोष हो स्याउलाको,
    हर्लक्क हौसीने ती, आलाकाँचा पाउलाको !
    वसन्त अनुभव
    घोराही, दाङ
    [२]
    नबस्नु आफ्नो सिप लुकाएर,
    बरु बसुँला ! दिल फुकाएर ।
    दुर्गा भट्टराई
    मोरङ
    [३]
    फुकेपछि कतै आगाे दन्दनी पो बल्नुपर्छ,
    बिलाउँदा अर्थ हुन्न झोसे जति जल्नुपर्छ ।
    त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    [४]
    आगो पनि धुँवा बन्यो अनि बन्यो खरानी,
    आगोलाई पनि लाग्यो राजनीतिको बानी।
    सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    [५]
    गर्नु काेसिस गरेकै हाे, सँगसँगै हिँड्न भनेर,
    पाइला तिमी नसार्ने, बस है अब दिन गनेर ।
    शोभा आचार्य गौतम
    काठमाडौँ
    [६]
    तिम्रो दोष नभए नि सतीले सरापेको देश पर्‍यो ,
    सायद तिम्रो कसुर देखाउन कसैले दाउ गर्‍यो ।
    गंगा खड्का
    बूढानीलकण्ठ , काठमाडौँ
    [७]
    गार्‍हो छ हिजोआज, असल मान्छे पाउन,
    खप्पिस हुन्छन् , काँचो खरमा आगो लाउन ।
    शंकर कार्की
    थाहा नगरपालिका ३ मकवानपुर।
    [८]
    आगो लाग्दा सकिएन पानी लगाउन,
    बल्लबल्ल सिकेँ मैले आँसु बगाउन !
    कमला देवकोटा, पाल्पा
    [९]
    जनता सबै भेडिया भए देश भयो दुर्गति,
    अरूको इसारामा चल्नेको कहिले फिर्छ मति।
    सरस्वती श्रेष्ठ इटहरी
    [१०]
    जाने मिति तोकेकै थियो नि, भद्रा छलेर,
    तिमी लड्यौ मलाई देख्दा, रिँगटा चलेर।
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    [११]
    आगो फुक्यौ तिमीले मट्टीतेल छर्किएर,
    आफ्नो स्वार्थ पुरा गर्‍यौ हेरेनौ फर्किएर ।
    सरिता सेढाई धादिङ
    [१२]
    आगो फुकेर तताउँदा पनि कराई नतात्ने भाँडो,
    भुटुन मसला थाकेपछि पनि कस्तो नपाक्ने फाँडो।
    Acharya Jamuna
    [१३]
    राजनीतिमा लाग्ने गर्छन् नेता देश सेवा भनेर,
    सत्तामा पुगेपछि भ्रष्ट नेता बस्छन् पैसा गनेर ।
    शिव कुमार रेग्मी
    पोखराथोक,पाल्पा
    [१४]
    फुक्नु जति फुकिसकेंँ निभ्छ भने मेरो मात्रै छ दोष,
    बिग्रे जति सब कुरामा पोख्छौ अहिले मलाई रोष ।
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    [१५]
    काटेर सक जम्मै ठुला रुखको घाँस,
    जङ्गल किन चाहियो ? अब सबै मास ।
    भगवती दवाडी ,दमक ,झापा
    [१६]
    दाेष तिम्राे हैन बाबु ! दाउराकै हाे दाेष,
    नमिलेर हो कि मिलाऊ नदेखाऊ रोष ।
    Bhawani Pokhrel
    [१७]
    ताप दिनुपर्ने आगो राप बनी जलाउँदा,
    खुसी लाग्छ त्यस्ता सबै चुलाभित्रै सेलाउँदा ।
    सुशीला थापा
    काठमाडौँ
    [१८]
    मनकाे सारा कुरा तिमीलाई सुम्पिदिएँ,
    तिमीले धाेका दिदा नसालु पदार्थ पिएँ ।
    राज कुमार राजभण्डारी “खाेटाङ्गे”
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
    [१९]
    फुक्नेको दोष हैन मेरो गुण हो जलाउने,
    पालुवा होइन म हावापानीले पलाउने ।
    पुष्पा सुवेदी
    नेपालगञ्ज, बाँके ।
    [२०]
    आगो फुक्या हो कि यहाँ लगाएको,
    आफ्नै मान्छे जानीजानी भगाएको ।
    राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ हाल- काँडाघारी, काठमाण्डौ
    [२१]
    तिमीले मात्र आगो फुक्यौ फुक्न लाउने थियो मालिक,
    रापसँग पग्ली बग्यो तिमी बनेउ केवल सालिक ।
    ध्रुव श्रेष्ठ,
    खोटाङ वजार, हाल काठमाडौ ।
    [२२]
    कस्तो नाजुक समय आयो श्रावणमा नि आगो लाग्ने,
    चुर्लुम्म डुबाएर अरूकै इसारामा सुटुक्क भाग्ने ।
    टिकाराम पुन टिपु
    सल्यान
    [२३]
    बालेकै हो आगो दर्क्यो ठुलो पानी,
    के बल्थे चिसा दाउरा फुक्दा सानी ?
    सुस्मिता अधिकारी, काठमाडौँ
    [२४]
    आगो मात्र फुकिरहेँ दिएन नि ताप,
    जस्तोसुकै भए पनि नलागोस् है पाप ।
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. – ६, दोलखा ।
    [२५]
    कहिलेसम्म हो अर्कालाई दोष थुपार्ने गर्छौ ?
    जब काम गर्ने पालो आउँछ अनि पछि सर्छौ ।
    अम्विका अधिकारी
    झापा बिर्तामोड
    [२६]
    तेल बेसार लगाएर दिलभित्र छुन्छु,
    सियो बनी पसेपछि मुसल जत्राे हुन्छु ।
    केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
    [२७]
    आगो बाल्न किन खोज्छौ देखी देखी झास,
    अवकाश लेउ बरु दिन पुग्यो खास।
    बेदु न्यौपाने
    काठमाडौँ
    [२८]
    चुलोमा दाउरा दनदनी बल्यो, दोष स्याउलाको,
    रहेनन् केही टाकनटुकुन नै, गर्भका चुलाको ।
    कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    [२९]
    लगाएको हो आगो कसले, निभाउने हैन ?
    तिमी अब फर्किनलाई त बाटो पनि छैन ।
    दुर्गा आचार्य
    मोरङ
    [३०]
    धुनी लायौ सल्कायौ है चिसो पराल,
    आलाकाँचा कलिला मन नबराल ।
    प्रदीप के रिमाल
    [३१]
    फुकेर मात्र कहाँ हुन्छ र ? दाउरा पनि थप्नु,
    चिसो होला हे भगवान, बलिदेऊ मन्त्र जप्नु।
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    [३२]
    दाेष हाेइन तिम्राे कतै, पापी पैसा दाेषी भयाे,
    मानवता तिमीबाट निस्किएर खै कता गयाे ?
    निरज कोइराला इटहरी
    [३३]
    सम्बन्धमा आफैँ आगो लगाउने,
    आखिर तिमी हौ सत्य भगाउने !
    आर्त अकुलीन, कैलाली
    [३४]
    सबै ठुला, आफैँ मपाईँ, छैन कोही सानो,
    अर्कालाई दोष दिई बन्ने आफू ओभानो ।
    पद्मा पाण्डे
    पथरी मोरङ
    [३५]
    झिल्काे फुकी मर्छ भन्ने न ठानाैँ है कहिल्यै,
    सुकेकाे घुसान पाए सल्कन्छ है जहिल्यै ।
    G.b. Chintan
    [३६]
    देश विकासमा टेवा दिन सुनको व्यापार थाले,
    सरकारलाई साथ दिने राम्रा भ्रष्ट्राचारी पाले !
    बिबस पारदर्शी
    झापा
    [३७]
    खुसीका लागि रुँदा बाँकी खुसी पनि बगायाे आँसुका धाराले,
    पलपल मरेकाे छ जिन्दगी कसरी बाचाैँला यस्तो पाराले ?
    एस वि प्रगति
    [३८]
    फुकेकाे थिएँ आगाे त्याे, दुनियाँलाई देखाउन,
    आफ्नै घर डडाएर, सकिन नाम लेखाउन ।
    ताराप्रसाद चापागाईँ
    धुनिबेसी ।
    [३९]
    सबै काम गरेकै हुँ , बिधि पुर्‍याएर,
    फेरि कसले आँखा लायो, यता आएर ।
    बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    [४०]
    छैन है छैन तिम्रो दोष नआत्तिएर गर,
    पकाऊ पकाऊ मीठो गरी अनि पेट भर ।
    प्रेम थापा “मन”बागलुङ
    [४१]
    चाहिँदो काममा फुक्नु छैन बेकाममा अल्झनु,
    यस्ता नामर्दको पछि लागे पर्छ आफैँ बल्झनु ।
    नन्दलाल आचार्य, बेलका २, उदयपुर ।
    [४२]
    आगो फुक्यौ धुँवा निस्कियो बल्यो आगो दन्किएर,
    बेहोसीमा गयो बस्ती नै अकस्मात रन्किएर ।
    चिरञ्जीवी श्रेष्ठ,
    धनकुटा ।
    [४३]
    हाँसेर बोल थाहा छैन जीवन कहिले ढल्छ ?
    सधैँ मनमुटाउले यो सम्बन्ध कसरी चल्छ ?
    सञ्जना शर्मा
    [४४]
    घरमा आगो लगाएर, खरानी अन्तै खोज्ने,
    घरकी प्यारी छोडेर त,, बाहिर अर्कै रोज्ने ।
    नागेन्द्रप्रसाद यादव , दाङ
    [४५]
    आलाकाँचा दाउरा बाले पुतपुताउँछ धुवाँलो,
    ओसिलो जमिनमा मात्र जुरमुराउँछ तुवाँलो ।
    शुक्रराज कुँवर
    धरान १०
    [४६]
    काम गर्दा दोष पाउने परम्परागत चलन,
    परिश्रम गरेर सफल नहुँदा हुन्छ जलन !
    रबि श्रेष्ठ, सन्धिखर्क-१, अर्घाखाँची,
    हाल : बुटवल, रुपन्देही, नेपाल !
    [४७]
    झुप्राे जल्दा थाहा भयो ओत चाहिन्छ भनेर,
    त्यहीँ बेला मित्र नि आउछन् शत्रु झैँ बनेर ।
    खुनराज काेईराला
    सिद्दलेक -३ गैरीगाउँ,धादिङ
    [४८]
    हैन हैन तिम्रो गल्ती त रतिभर हैन,
    पानीमाथि ओभानो छौ कहीँ भिजेको छैन !
    Indira Devkota
    [४९]
    आगो फुकेकै हो तिमीले, निभ्न बेर लागेन,
    एकता नै बल भन्ने, जनचेतना जागेन ।
    बिके मुखिया
    दार्जीलिङ भारत।
    [५०]
    चुलो चिसो थियो र त आगो जलेन,
    मन बल्यो दनदनी ज्यान बलेन ।
    मन्दिरा सेढाई
    मलेखु,धादिङ
    [५१]
    पानीमाथि बलेको दिप कसरी त्यो बल्दै बग्दै छर ?
    टुक्काकार कविहरूले अहिले देखे अध्यारो घर ।
    Balaram Pokharel
    [५२]
    सलाई काेरेर देश जलायाै,
    सिद्धान्त बेचेर सत्ता चलायाै ।
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    [५३]
    भनेजस्तो सजिलो हुँदैन नि काम गर्न,
    दुनियाँको मुहारमा सजिलै खुसी भर्न ।
    प्रविना प्रयासी
    ओखलढुंगा
    [५४]
    भाले सामु चल्ला किन गर्न खोज्छन् उत्पात ?
    भुल्नुहुन्न कसैले पनि आआफ्नो औकात ।
    बाबुराम गौतम, गुल्मी
    [५५]
    बाध्यता हो गरिबको मोजमस्ती मेरो,
    सही बोलेपनि ठान्छ समाज अप्ठेरो।
    अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
    [५६]
    राम्राे हाेस् भनेर सकेसम्म मिहिनेत हो मैले गरेकै,
    बिरानी पारेर सबैथाेक परपर हो तिमी सरेकै ।
    उर्मिला के.शी.
    धनकुटा
    [५७]
    लाग्दैन बिझाए झैँ आफ्नाे, कहाँ देखिन्छ र दाेष,
    देखाउने त अरूमाथि मात्र हो प्रचण्ड रोष ।
    पुष्पा राई
    बादेल,खाेटाङ।
    [५८]
    गर्नु काेसिस गरेकै थिएँ राम्रो गर्छु भनेर,
    बुढेसकाल लागिसक्यो बसी छु दिन गनेर ।
    शोभा अर्याल

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १००

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P