काठमाडौं । सिन्धुपाल्चोकमा टिपर ठक्करबाट शुक्रबार एक बालिकाको ज्यान गएको छ । ज्यान गुमाउनेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ का राम बिककी छोरी आठ वर्षीय बेली बिक रहेकी छिन् । बाटोमा हिँडिरहेकी बालिकालाई टिपरले ठक्कर दिँदा घटनास्थलमा नै ज्यान गएको थियो ।
सिन्धुपाल्चोकको चौताराबाट बन्देउतर्फ जाँदै गरेको ५ ख ६७९० नम्बरको टिपरले चौतारा साँगाचोकगढी नगरपालिकाको नौ किलोमा ठक्कर दिएको थियो । ठक्कर दिने टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।