• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

घादिङ्गको मझिमटारमा प्रथम अन्जन स्मृति कप- २०८० फुटबल प्रतियोगिता हुँदै,

  • ३ आश्विन २०८०, बुधबार २३:४० मा प्रकाशित
  • समर्पण रम्जान

    असोज ३, धान्दिङ्ग ! घादिङ्गको बेनिघाट रोराङ- मझिमटारमा भोलि  असोज ४ गते बिहिवार देखि ४ दिन सम्म “प्रथम अन्जन सिलवाल स्मृति कप २०८०” आयोजना हुने भएको छ ।

    धादिङ्ग तथा वरपरका क्षेत्रहरूमा रहेका सम्पुर्ण खेलप्रेमी युवा खेलाडीहरुलाई उजागर तथा प्रोत्साहन  गर्ने र सडक दुर्घटना बारे बृस्तित जानकारी गराइ सडक दुर्घटना कम गराउने उदेश्यका साथ उक्त प्रतियोगिता  आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।
    अन्जन सिलवाल स्मृति प्रतिष्ठान, हाइवे स्पोर्टस क्लब र बेनिघाट रोराङ युवा क्लब को संयुक्त आयोजनामा आयोजित “प्रथम अन्जन स्मृति कप-२०८०” प्रतियोगिताको उद्घाटन समारोह बागमति प्रदेशका मुख्यमन्त्री माननिय शालिकराम जम्कट्टेल ज्युको प्रमुख आतिथ्यमा सञ्चालन हुने आयोजकले  एक पत्रकार सम्मेलन गरि  जानकारी गराएको छ ।

    उक्त नकआउट फुटबल प्रतियोगितामा ३२ टिमले खेल्ने छन् ।  आयोजकको अनुसार  टिम दर्ता शुल्क ३०००+ रु २०००/- (कार्ड डिपोजिट) रहने छ । खेलाडीहरुको संख्या : ९+६ जना / टिम म्यानेजर १ जना हुनेछ ।

    खेल संचालन हुने स्थान तथा पुरस्कारहरु :-
    खेल सञ्चालन हुने स्थान :-  बेनिघाट रोराङ- मझिमटार घादिङ्ग
    उद्घाटन हुने मिति र समय :-२०८०/०६/०४ गते दिउसो २:०० बजे

    पुरस्कारहरू :

    प्रथम पुरस्कार रु ५०,०००/-कप/ मेडल / प्रमाण पत्र
    द्वितिय पुरस्कार रु २५,०००/-कप/ मेडल / प्रमाण पत्र
    सेमिफाइनल सम्म पुग्ने २ टिमलाई रू ५/५ हजार ट्रफि / प्रमाण पत्र
    उत्कृष्ट खेलाडी : रु ३०००/- ट्रफि / प्रमाण पत्र
    उत्कृष्ट गोलरक्षक : रु ३०००/- ट्रफि / प्रमाण पत्र
    सर्वाधिक गोलकर्ता : रु ३०००/-ट्रफि / प्रमाण पत्र
    म्यान अफ दि म्याच: रु ५००/-मेडल

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on घादिङ्गको मझिमटारमा प्रथम अन्जन स्मृति कप- २०८० फुटबल प्रतियोगिता हुँदै,

    विदेशमा बस्ने नेपालीले मताधिकार पाउँछन् : मन्त्री साउद

  • ३ आश्विन २०८०, बुधबार ११:३५ मा प्रकाशित
  • वाशिङ्टन डिसी- परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घको फोरम ठूला–साना सबै देशको साझा फोरम भएकाले सोहीअनुसार नेपालको सहभागिता रहने बताएका छन्।

    संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन न्यूयोर्क आएका परराष्ट्रमन्त्री साउदलाई अमेरिकामा रहेका विभिन्न सङ्घसंस्थाले आयोजना गरेका स्वागत तथा सम्मान कार्यक्रममा उनले नेपालले हासिल गरेको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याएको अनुभवलाई विश्वमाझ लैजान प्रयास गरिरहेको बताए।

    जनसम्पर्क समिति अमेरिकाको आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री साउदले विदेशमा भएका नेपालीलाई स्वदेशमा फर्किने वातावरण बनाउनका लागि वर्तमान सरकारले काम गरिरहेको बताए। मन्त्री साउदले भने, “केवल तपाईंहरूको ज्ञान, सीप र पुँजीमात्र नभई देश निर्माण प्रक्रियामा हातेमालो गर्न सरकार सदैव तयार छ ।”

    गैरआवासीय नेपालीहरूले प्रजातान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्ने र त्यसरी चुनिएर आएको एकत्रित र बलियो संस्थाले मात्र विदेशमा बसेका नेपालीहरूको प्रतिनिधित्व गर्ने भएकाले यही भावनाअनुसार काम गर्न मन्त्री साउदले अनुरोध गरे। उनले विदेशमा बसेका नेपाली नागरिकलाई मताधिकार दिनका लागि गृह मन्त्रालयले प्रेषित गरेको पत्रलाई आफूले सैद्धान्तिक सहमति दिइसकेको उल्लेख गरे।

    मन्त्री साउदले विदेशमा बसेका नेपालीहरूको पासपोर्ट, भिसालगायतका समस्या सम्बोधन गर्न मन्त्रालयको सङ्गठानिक संरचनामा केही सुधारको पहल भइरहेको जानकारी दिए।

    उनले अमेरिकाजस्तो प्रजातान्त्रिक मुलुकमा बसेर यहाँ हासिल भएको प्रजातान्त्रिक संस्कृति, संस्कार र व्यवहारलाई नेपालमा लैजान अनुरोध गर्दै भने, “तपाईंहरू विकसित र प्रजातान्त्रिक देशमा बसेर यहाँ जुन प्रक्रिया र प्रणाली अङ्गिकार गर्नुभएको छ त्यसको अभ्यासमा नेपाललाई लैजान म अनुरोध गर्दछु ।”

    उनले एक प्रसङ्गमा नेपालको परराष्ट्र नीति हिजोका दिनमा विचार या सिद्धान्तका आधारमा कहिले दायाँ त कहिले बायाँ ढल्किएको अनुभव गरिएको भएता पनि अहिले प्राकृतिक सिद्धान्तअनुसार स्वभाविक आधारमा ल्याउन प्रयास गरिएको बताए। कार्यक्रममा पूर्वमन्त्री जीतेन्द्र देव, जनसम्पर्क समितिका सभापति आनन्द विष्टलगायतले आ–आफ्नो धारणा राखेका थिए।

    Posted in मुख्य खबर, राजनीतिLeave a Comment on विदेशमा बस्ने नेपालीले मताधिकार पाउँछन् : मन्त्री साउद

    दोस्रो इच्छाकामना महोत्सव २०८० तिजको दिन तिज गित प्रतियोगिता सहित सम्पन्न 

  • २ आश्विन २०८०, मंगलवार १४:३६ मा प्रकाशित
  • समर्पण रमजान

    मुग्लिन चितवन ! दोस्रो इच्छाकामना महोत्सव २०८० को छैटौ दिन महिलाहरूको पर्व हरितालिका तिजको अवसरमा तिज गित प्रतियोगिता स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती सहित भब्यताका साथ सम्पन्न गरेको छ ।

    “हामी सबैको चाहना, समृद्ध इच्छाकामना” भन्ने मूल नाराका साथ इच्छाकामना उद्योग बाणिज्य संघ मुग्लिन र इच्छाकामना गाउपालिका वडा नं. ४ को संयुक्त आयोजना तथा इच्छाकामना एफ एम १०२.४ मेगाहर्जको सह–आयोजनामा  भाद्र २७ गते देखि संचालित दोस्रो इच्छाकामना महोत्सव २०८० को छैटौं दिन असोज १ गतेका दिन तिज प्रतियोगिता सहित  राष्ट्रिय कलाकार बालचन्द्र बरालको बेजोड प्रस्तुति रहेको थियो ।

    तिजको बिशेष दिनमा गाउँपालिका उपाध्यक्ष माया शिलवालको सभापतित्व, बागमती प्रदेश साम्सद कृष्ण सिलवाल र गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ्को विशिष्ट अतिथिमा सम्पन्न भएको उक्त कार्यक्रममा आयोजित तिज गित प्रतियोगितामा सोह्र  समूहले भाग लिएका थिए ।
    हरेक समुहद्वारा उत्कृष्ट प्रस्तुती दिएता पनि  प्रगति पाठशाला प्रथम भइ बीस हजार, सप्तरङी सांस्कृतिक  मञ्च दोस्रो भइ पन्ध्र हजार र नेवा मिस पुच तेस्रो भइ दस हजार जित्न सफल भएका थिए ।

    तिजको दिनको पावन अवसरमा करिब आठ देखि दसहजारको उत्साहाजनक अनुमानित उपस्थित रहेकोे थियो।
    तिजको दिनको उक्त उपस्थित जनमानसको भिडमा  स्थानीय र राष्ट्रिय कलाकारहरूले आफ्नो बेजोड प्रस्तुति दिएर दर्शकहरुलाइ भरपुर मनोरञ्जन दिएर नचायका थिए । राष्ट्रिय गायक बालचन्द्र बरालको उपस्थितिले कार्यक्रम अझै रोचक र उत्साहजनक रहेको थियो ।

    तिजको अवसर र महोत्सवको अवसर पारेर  इच्छा कामनाका तेक्वान्दोका खेलाडीहरु जस्ले राष्ट्रिय र राष्ट्रिय स्तरमा पदक जितेर आएका थिए उहाँहरुलाइ पनी गाउँपालिकाले  प्रामण पत्र सहित सम्मान गरेको थियो ।

    आगामी दिनहरुमा  महोत्सवका अन्य उत्कृष्ट रोचक राष्ट्रिय तथा स्थानीय गायकहरु कलाकारहरुद्वारा भरपुर मनोरञ्जन दिने र बाँकिका दिनहरुमा पनि महोत्सवमा आउनका लागी महोत्सवका संयोजक  उद्योग बाणिज्य संघ मुग्लिन का अध्यक्ष कल्याण गुभाजुले   जानकारी दिएका छन् ।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on दोस्रो इच्छाकामना महोत्सव २०८० तिजको दिन तिज गित प्रतियोगिता सहित सम्पन्न 

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ४५

  • १ आश्विन २०८०, सोमबार १४:०० मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- पैतालिसौंमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८०/०५/२८गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:४५[ पैतालिसौँ] चित्रपटमा छौं।

         यहाँहरुलाई हार्दिक स्वागत गर्दै

    यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि बेलुका ९:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी

    चित्र संकलन

    सुशीला पाैडेल

    शुद्धीकरण

    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    चित्रमा पञ्चाङ्ग


    पञ्चाङ्ग:०१
    बुवाको आशीर्वाद पाउने दिन।
    टाढा भएका छोरी धाउने दिन।
    सम्पूर्ण बुवामा शुभकामना छ,
    छोराछोरीको माया छाउने दिन।
    बुवाको भक्ति भाव गाउने दिन।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२

    पितातिर्थ औँसीको शुभकामना

    जन्म दिने भाग्य दिने कर्म दिने पिता।
    सन्ततीमा सुख अनि धर्म दिने पिता।
    मेलापात खेतालामा दिन रात साँझ,
    गाउँघर साथीभाई पर्म दिने पिता।
    सन्तानको सुखमाथी सर्म दिने पिता ॥

              गुणनिधि घिमिरे अमेरिका

    पञ्चाङ्ग:०३
    पीडा कम गराई दिने मेरा बा।
    सुख,खुसी भराई दिने मेरा बा।
    आजको दिन विशेष सम्झना छ,
    दुष्टलाई हराई दिने मेरा बा।
    काम गर्दा सराई दिने मेरा बा।
    ह्यारिस

    पञ्चाङ्ग:०४
    हाम्रा सारा दुःख आफुले हर्नु भयो बुबाले।
    जीवनमा ज्ञानको मूल भर्नु भयो बुबाले।
    ईश्वर मानि सम्मान गर्दछौ कुंशे औशिमा ,
    धर्तीमा उज्याला किरण छर्नु भयो बुबाले।
    आफ्ना सारा कर्तब्य पुरा गर्नुभयो बुबाले।
    सुस्मिता अधिकारी ,काठमाडौँ

    पञ्चाङ्ग:०५

    बाटो हुन् बा गोरेटो बनेर हिँडाउने।
    कलम हुन् बा भाग्य खनेर हिँडाउने।
    चिन्ता गर्नु हुन्छ ,छोराछोरीको सधै नै,
    लौरो हुन् बा, खुट्टामा गनेर हिँडाउने।
    नाता हुन् बा,आफन्त भनेर हिँडाउने।

    होम प्रसाद नेउपाने
    धरान,सुनसरी।

    पञ्चाङ्ग:०६
    पितालाई साक्षात भगवान नै मानेका छन्।
    चढाउनलाई एकदिन लड्डु छानेका छन्।
    पितालाई भने तातो खोले खान मन थियो,
    पितालाई बुझ्नु भन्दा पुज्नु मात्रै जानेका छन्।
    यसैगरी पुजेर संस्कारलाई धानेका छन् ।
    -पशपति राई खोटाङ ।

    पञ्चाङ्ग:०७

    सुख दिई धेरै सन्तानका दुख हर्ने बुवा।
    जतीनै समस्याआएपनि अघि सर्ने बुवा।
    हाम्रो जीवन फलाउने फुलाउँने उहाँ नै ,
    आवश्यकता समाधानकाे बिउ छर्ने बुवा।
    आइलाग्ने हरेक गल्तीमा माफी गर्ने बुवा।

    उर्मिला के.शी.
    धनकुटा

    पञ्चाङ्ग:०८
    जन्म दिने आमा हाम्री कर्म दिने बाबा।
    आका सुसु गर्दा आमा मर्म दिने बाबा
    कस्तो प्यारो होला शव्द वरपिपलको,
    क ख सिकाउने आमा धर्म दिने बाबा ।
    आफ्नो दुख नदेखाई पर्म दिने बाबा!

    कमला देवकोटा, पाल्पा

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ४५

    आजको विदेशी मुद्रा विनिमय दर, बेलायती पाउन्ड १६५ रूपैयाँ बढी

  • ३१ भाद्र २०८०, आईतवार १०:२२ मा प्रकाशित
  • काठमाडौ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

    नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८० पैसा र बिक्री दर १३३ रुपैयाँ ४० पैसा कायम गरिएकाे छ भने युराेपियन युरो एकको खरिद दर १४१ रुपैयाँ ६७ पैसा र बिक्री दर १४२ रुपैयाँ ३१ पैसा कायम गरिएकाे छ ।

    बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ १२ पैसा र बिक्री दर १६५ रुपैयाँ ८७ पैसामा खरिदबिक्री हुदाँ अष्ट्रेलियन डलर खरिदमा ८५ रुपैयाँ ७ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८ पैसामा तथा क्यानेडियन डलर खरिदमा ९८ रुपैयाँ ३ पैसा, बिक्रीदर ९८ रुपैयाँ ७५ पैसामा काराेबार हुनेछ ।

    जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९ रुपैयाँ २ पैसामा काराेबार भइरहदाँ दक्षिण काेरिया १०० को खरिदमा ९ रूपैयाँ ९९ पैसा र बिक्रीदर १० रूपैयाँ ४ पैसामा काराेबार हुनेछ ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५९ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४ रुपैयाँ र बिक्री दर ३५.५६ रुपैयाँमा तथा मलेसियन रिंगिट एकको खरिद दर २८.३५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४८ रुपैयाँमा काराेबार गर्न अनुमति दिएकाे छ ।

    साथै, कुवेत दिनार १ को खरिदमूल्य ४२९.८२ पैसा र विक्रीदर ४३१.७६ पैसा पुगेकाे छ ।

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on आजको विदेशी मुद्रा विनिमय दर, बेलायती पाउन्ड १६५ रूपैयाँ बढी

    एनआरएनए आरसिसि जिजान-अभा खमिस द्वारा तीज कार्यक्रम सम्पन्न ।

  • ३१ भाद्र २०८०, आईतवार १०:०१ मा प्रकाशित
  • समर्पण रम्जान

    साउदी अरब ! गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति जिजान, अभा खमिस  साउदी अरबको आयोजनामा  गत १५ सेप्टेम्बर शुक्रबारका दिन खमिस मुशैत स्थित क्रिस्टल हलमा बृहत् तीज कार्यक्रम सम्पन्न भएको छ ।

    प्राबासमा रहेर पनि नेपाली दिदिबहिनीहरुको चार्ड हरितालिकाको विशेष अबसर पारेर आयोजित उक्त कार्यक्रम महिला तथा पुरुषहरु गरी २५० जनाको उपस्थितिमा भब्य  भएको कुरा जिजान समितिका  सल्लहकार लाल बहादुर मगरले जानकारी गराए।

    साउदी अरबको दक्षिणी भेग स्थित रमणिय तथा पर्यटकिय स्थल अभा खमिसमा आयोजित  कार्यक्रममा यहाँ कार्यरत स्थानिय कलाकारहरुले आफ्नो कला प्रदर्शन गरेका थिए । साथै आयोजकबाट दर(भोजनको) को ब्यवस्था पनि गरिएको थियो।

    क्षेत्रीय समन्वय समिति जिजानका उपाध्य्क्ष होमनाथ रेग्मिद्वारा संचालित उक्त कार्यक्रम उक्त तिज कार्यक्रम संस्थाका  अध्यक्ष शंकर पौडेलको सभापतित्व र  जेद्दा स्थित नेपाली महाबाणिज्यदुतको बिशिस्ट अतिथी साथै गैरआवासीय नेपाली संघ साउदीकि अध्यक्ष रबिना अर्यालको प्रमुख  आतिथ्यमा सम्पन्न भएको थियो । 


    बिशिस्ट अतिथी  र प्रमुख  अतिथीले भौगोलिक दुरिका कारण अनलाइन मार्फत आफ्नो मन्तव्य राख्दै शुभ कामना दिनु भएको थियो। 

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on एनआरएनए आरसिसि जिजान-अभा खमिस द्वारा तीज कार्यक्रम सम्पन्न ।

    एनआरएनए आरसिसि जिजान-अभा खमिस द्वारा तीज कार्यक्रम सम्पन्न ।

  • ३१ भाद्र २०८०, आईतवार ०७:५१ मा प्रकाशित
  • समर्पण रम्जान

    साउदी अरब ! गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति जिजान, अभा खमिस  साउदी अरबको आयोजनामा  गत १५ सेप्टेम्बर शुक्रबारका दिन खमिस मुशैत स्थित क्रिस्टल हलमा बृहत् तीज कार्यक्रम सम्पन्न भएको छ ।

    प्राबासमा रहेर पनि नेपाली दिदिबहिनीहरुको चार्ड हरितालिकाको विशेष अबसर पारेर आयोजित उक्त कार्यक्रम महिला तथा पुरुषहरु गरी २५० जनाको उपस्थितिमा भब्य  भएको कुरा जिजान समितिका  सल्लहकार लाल बहादुर मगरले जानकारी गराए।

    साउदी अरबको दक्षिणी भेग स्थित रमणिय तथा पर्यटकिय स्थल अभा खमिसमा आयोजित  कार्यक्रममा यहाँ कार्यरत स्थानिय कलाकारहरुले आफ्नो कला प्रदर्शन गरेका थिए । साथै आयोजकबाट दर(भोजनको) को ब्यवस्था पनि गरिएको थियो।

    क्षेत्रीय समन्वय समिति जिजानका उपाध्य्क्ष होमनाथ रेग्मिद्वारा संचालित उक्त कार्यक्रम उक्त तिज कार्यक्रम संस्थाका  अध्यक्ष शंकर पौडेलको सभापतित्व र  जेद्दा स्थित नेपाली महाबाणिज्यदुतको बिशिस्ट अतिथी साथै गैरआवासीय नेपाली संघ साउदीकि अध्यक्ष रबिना अर्यालको प्रमुख  आतिथ्यमा सम्पन्न भएको थियो । 


    बिशिस्ट अतिथी  र प्रमुख  अतिथीले भौगोलिक दुरिका कारण अनलाइन मार्फत आफ्नो मन्तव्य राख्दै शुभ कामना दिनु भएको थियो। 

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on एनआरएनए आरसिसि जिजान-अभा खमिस द्वारा तीज कार्यक्रम सम्पन्न ।

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १२१ सम्पन्न

  • ३० भाद्र २०८०, शनिबार २३:०५ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १२१ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५६ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    उदक अभ्यास शृङ्खला– १२१ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू

    [१]
    विकृती
    उल्टो जमाना
    कठै मौलाउँदो संस्कृति !

    • वसन्त अनुभव
      [२]
      संस्कार
      काँधमा कुकुर
      अनौठाे सोख धिक्कार !
    • राेशन पराजुली, धरान
      [३]
      हरे
      देखेँ लिला
      मुटुमा पस्यो किला !
    • सरिता सेढाई, धादिङ
      [४]
      काखे
      कान्छाे छाेराे
      प्याराे डगी माेराे !
    • निरज कोइराला, इटहरी
      [५]
      जमाना
      कुकुर काखमा
      छोरो भुइँमा हिँड्ने !
    • सरस्वती श्रेष्ठ, इटहरी
      [६]
      नराम्रो
      परेको लत
      औपचारिकतामा उडान भर्ने !
    • सुरेशकुमार पाण्डे, दाङ, घोराही
      [७]
      आधुनिकता
      बाेकेका भारी
      नचाहिँँदाे स्वाङ पारी !
    • भवानी घिमिरे, सर्लाही
      [८]
      आधुनिकता
      अचम्मको दृश्य
      हेर लाजमर्दो वास्तविकता !
    • पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
      पनौती न.पा.-३,काभ्रे
      [९]
      सोख
      वात्सल्य धमिलो
      विकृतिले मन अमिलो !
    • गङ्गा खड्का
      बुढानीलकण्ठ, काठमाडौँ
      [१०]
      अनौठो
      मानिसकाे सोच
      आफ्नै सन्तानलाई यातना !
    • राज कुमार राजभण्डारी “खाेटाङ्गे”
      मध्यपुर ठिमी-५, संगम काेलाेनी, भक्तपुर
      [११]
      कठै
      मानव संस्कृति
      छाडापन र विकृति !
    • घनश्याम पौडेल, पोखरा
      [१२]
      खेल
      कुकुर पिठ्युँमा
      बालक सिक्री जेलमा !
    • सविता के.सी.
      दक्षिणकाली-९, काठमाडौँ
      [१३]
      फेसन
      कुकुर प्याराे
      सन्तान केवल बिचराे !
    • नवराज भट्ट, कञ्चनपुर
      [१४]
      सकियो
      मन भरियो
      आश्चर्य, बुद्धि उल्टियो !
    • नन्दलाल आचार्य ‘अक्षान्त’
      [१५]
      कलियुग
      विकृतिको स्वरुप
      परिणाम उल्टो फलस्वरूप !
    • केन्द्रप्रकश बराल, इलाम
      [१६]
      बौलायो
      मान्छेको भित्र
      उल्टो विकृति मौलायो !
    • विवश पारदर्शी, झापा
      [१७]
      बदलिएको
      मातृत्व भावना
      सन्तानभन्दा विश्वास कुकुरमा !
    • सुस्मिता अधिकारी, काठमाडौँ
      [१८]
      गाह्रो
      समय परिस्थिति
      सन्तानभन्दा कुकुर प्यारो !
    • आर्त अकुलीन, कैलाली
      [१९]
      दृश्य
      आश्चर्य देखिँदै
      नहोस् वास्तविक चित्र !
    • समुन्द्रा शर्मा, सुनसरी
      [२०]
      रुपान्तरण
      अचम्मको अभियान
      कस्तो बनाउँदै पहिचान ?
    • पृथक प्रकृति, झापा
      [२१]
      मातृत्व
      परेछ छाँया
      कुकुरलाई पो माया !
    • तोयानाथ चापागाईं
      [२२]
      मान्छे
      कुकर्मी भएपछि
      पायाे कुकुरको दर्जा !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [२३]
      मोम
      वात्सल्य हराएको
      कुसंस्कारको उत्कृष्ट नमुना !
    • ध्रुव श्रेष्ठ, खोटाङवजार
      हाल: काठमाडौ
      [२४]
      नैतिकता
      आधुनिक मान्छे
      व्यवहार हराएको सूचना !
    • हिमाल अम्मै, घोडाघोडी, कैलाली
      [२५]
      सोच
      सन्तानको बोझ
      बिलासी जीवनको मोज !
    • बुद्धिप्रसाद लामिछाने, कैलाली
      [२६]
      विचरा
      आफ्नै सन्तान
      कुन मायाको तुलना ?
    • प्रेम थापा “मन”, बागलुङ
      [२७]
      सहर
      आएका बटुवा
      पागललाई लिएर एउटा !
    • युगल त्रिन
      [२८]
      कलियुग
      उल्टो जमाना
      मान्छेमा बढ्दो विकृती !
    • बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’
      कनकाई-४, झापा
      [२९]
      जमाना
      उल्टो भावना
      सद्बुद्धि आओस् कामना !
    • टिकाराम पुन टिपु टिकारा
      सल्यान, छत्रेश्वरि गाँउपालिका छत्रे-२
      [३०]
      मान्छे
      हातखुट्टा बाधेर
      निस्कँदैछ स्वर्गको यात्रामा !
      -पशपति राई, खोटाङ
      [३१]
      ममता
      वात्सल्य प्रेम
      ऊ पाउँछ कहिले ?
    • नागेन्द्रप्रसाद यादव, दाङ
      [३२]
      उल्टो
      मानव सभ्यता
      सन्तानको स्थानमा कुकुर !
    • घनश्याम पौडेल
      गौरीगंगा -९, कैलाली
      [३३]
      आएको
      जमाना कस्तो
      बुद्धिको भाँडो घोप्टिएको !
    • लक्ष्मी रिजाल
      रुपनगर, सप्तरी, कञ्चनरूप-१२
      [३४]
      छोरी
      ममताको डोरी
      सिक्रीले कसेकी मोरी !
    • सरिता काफ्ले, कोहलपुर-८, बाँके
      [३५]
      पृथ्वी
      जल वायु
      उनै दक्ष प्रजापति !
    • डिल्लीराज घिमिरे, अर्घाखाँची
      [३६]
      नारी
      अगाडि पछाडि
      निरन्तर बाेझिलाे जिम्मेवारी !
    • केशवप्रसाद ढकाल ‘प्रीतबीज’
      सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
      [३७]
      कलियुग
      बदलियाे जमाना
      सन्तानभन्दा कुकुरकाे माया !
    • श्रद्धा आचार्य, पोखरा
      [३८]
      गोठालो
      एक सुरक्षाकर्मी
      समय अनुकुल चल्नुपर्ने !
    • होमप्रसाद न्यौपाने, धरान, सुनसरी
      [३९]
      विकृति
      कस्तो जमाना
      ढाडमा कुकुर रमाना !
    • बेदु न्यौपाने, काठमाडौँ
      [४०]
      अन्धभक्त
      पशूको प्रेम
      सन्तान यातना भोग्दै !
    • जमुना कायस्थ, पोखरा
      [४१]
      छाया
      देखावटी माया
      पाल्तु छन् दायाँबायाँ !
    • जमुना आचार्य, सिन्धुपाल्चोक
      [४२]
      चरमाेत्कर्ष
      धपक्कै कलि
      विकृति बढेर ढलिमली !
    • इन्दिरा ज्ञवाली, तानसेन, पाल्पा
      [४३]
      समाज
      देखियो बदलिएको
      सन्तानभन्दा कुकुर प्यारो !
    • धनमाया चौधरी, कैलाली
      [४४]
      जमाना
      अनौठो आयो
      पशुमा पिरती लगायो !
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा-६, संखुवासभा
      [४५]
      उदेक
      पाश्चात्यताको परिणाम
      गुणको दह्रो अभियान !
    • कमला देवकोटा, पाल्पा
      [४६]
      माया
      कुकुरमा अधिक
      हिँडाउँदै दाम्लोमा छोरा !
    • धर्मी शाक्य, बुटवल, रुपन्देही
      [४७]
      आमा
      कुकुर बोक्ने
      बच्चा बाटो ढुक्ने !
    • नारायणप्रासाद अम्मै
      घो. न. पा. १-सुखड, कैलाली
      [४८]
      हरायो
      संस्कृति संस्कार
      मानवता भो विकराल !
    • गोपेन्द्र रिजाल, पाँचथर
      [४९]
      संसारमा
      देखिन्छ झाँकी
      मान्छे बाैलाउन बाँकी !
    • रामप्रसाद पुरी, बादेल, खाेटाङ
      [५०]
      कठै
      विकृत संस्कृती
      परम्परा माथी प्रहार !
    • रघु थापा
      सु न पा १.
      [५१]
      आधुनिकता
      माैलायाे विकृती
      आमाको ममतामै कुबुद्धि !
    • नारायणप्रसाद उपाध्याय, कैलाली
      [५२]
      संस्कृति
      कुकुरलाई साहारा
      परिवार एकअर्कालाई सर्वहारा !
    • रेनुका मरासिनी, अर्घाखाँची
      [५३]
      मान्छे
      सन्तती भुइँमा
      कुकुरको डाँगो बुइँमा !
    • बि के विरही, टीकापुर
      [५४]
      विकृति
      सामाजिक सञ्जालमा
      रहर लाइक कमेन्टमा !
    • टीकाराम जाेशी, टीकापुर
      [५५]
      कलियुग
      यसरी मासिँदै
      कुरितीतिर मान्छे भासिँदै !
    • अम्बिका अधिकारी
      झापा, बिर्तामोड
      [५६]
      आधुनिकता
      संस्कार मासिँदै
      मान्छे देखासिकीमै भासिँदै !
    • दुर्गा भट्टराई, मोरङ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १२१ सम्पन्न

    साप्ताहिक पञ्चाङ्ग लेखन शृङ्खला- ६०

  • ३० भाद्र २०८०, शनिबार ०८:४८ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: साठीऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको भाग :-६० [साठीऔंमा]

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८०/०५/२५गते
    भोलि बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ।
    ……………………………………….

    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    ………………………………………………
    पञ्चाङ्ग:०१
    दुःख पर्दा जहिले तुच्छ मान्छ मान्छे।
    सुखसयल हुँदा उच्च ठान्छ मान्छे।
    मान्छेको स्वभाव विचित्रको छ यहाँ,
    गरीब हुँदा पीडा भोग्दै जान्छ मान्छे।
    स्वार्थी भावनाले जहिले तान्छ मान्छे।

    पञ्चाङ्ग:०२
    सबै खालका पाप फालेर तीज मनाइन्छ।
    झलमल दियालो बालेर तीज मनाइन्छ।
    माइत जाइन्छ,भेटघाट हुन्छ स- प्रेमीमा,
    छम छम पाईला चालेर तीज मनाइन्छ।
    मिठा मिठा भोजन हालेर तीज मनाइन्छ।

    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    पञ्चाङ्ग:०३

    उत्कृष्ट साहित्य लेखेर पनि साहित्यकार बनिन्न रहेछ।
    परिश्रम गर्दा पनि साहित्यमा परिश्रमी भनिन्न रहेछ।
    प्रचारप्रसार गर्ने, पुस्तक छपाउन सक्ने ठूला श्रष्टा रे,
    पैसा लगानी नगर्ने गरीबहरू त यहाँ गनिन्न रहेछ।
    ठूलाको सँगत नहुने राम्रो साहित्यकार जनिन्न रहेछ ।

    • रचना “प्रतीक्षा”
      ललितपुर ।

    पञ्चाङ्ग:०४

    तिजमा माइतमा जाने बरिलै।
    दिदीबहिनी दर खाने बरिलै।
    नेपालीको तिज रमाइलो पर्व,
    संस्कार र संस्कृति माने बरिलै।
    नारीको सारी राम्रो ठाने बरिलै।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:०५

    बर्ष दिने नारीको चाड आयो बरिलै।
    देशै भरी तीजको पर्व छायो बरिलै।
    छोरी चेलीको रमाइलो यहि पर्व हो,
    हामी नारी पर्वले देशै खायो बरिलै।
    सबै नारी भेला भएर रायो बरिलै।
    बेदु न्यौपाने
    काठमाडौँ ❤️

    पञ्चाङ्ग:०६
    महिलाहरूले राम्ररी घर खान थाले।
    दुध मात्रै होइन अब तर खान थाले।
    पहिला जस्तो छैन अहिले धन धेरै भो,
    संस्कृतिमाथि विकृतिको थर खान थाले।
    महिना दिन अघिबाटै दर खान थाले ।

    श्रीकृष्ण शर्मा पोखरा

    पञ्चाङ्ग :०७
    सधै अरूको काधमा चल्नु पर्ने।
    पाइलो टेक्नै नपाई ढल्नु पर्ने।
    मूर्दालाइ पनि कहाँ शान्ति छ र ?
    कि माटो भित्र परेर गल्नु पर्ने ।
    कित चित्तामा चढेर जल्नु पर्ने ।

    विवश पारदर्शी
    झापा,

    पञ्चाङ्ग:०८
    घुमी आयो तिज मन खोलेर नाचौ बरिलै।
    नाचौ है नाचौ बाडुले कम्मर भाचौ बरिलै।
    पीडा मनको गीतमा पोख्ने तिज पर्व हाम्रो ,
    छैन भर जीवनको खुशी भै बाचौ बरिलै।
    नगरौ भड्किलो सस्कृतिलाई साचौ बरिलै।
    सुस्मिता अधिकारी ,काठमाडौँ

    पञ्चाङ्ग:०९
    सदैव जिन्दगीमा जिउने कला चाहिँदो रहेछ।
    बाँच्न कठिन हुँदा पिउने कला चाहिँदो रहेछ।
    मानिसले मानिसलाई बाँच्न नदिने भए यहाँ,
    फाटेको लुगा जस्तै सिउने कला चाहिँदो रहेछ।
    दुष्टको सामुन्नेमा थिउने कला चाहिँदो रहेछ।
    ह्यारिस

    पञ्चाङ्ग:१०
    जल्ले मान्द‌ैन विश्वास जीव मर्न गयाे भने।
    फेरि फर्कन्न त्याे कैले चिता भर्न गयाे भने।
    आस्था धर्म विना भन्छन् श्रद्धा सुमन के गरी,
    तैपनि भन्दछन् तिन्ले लास पर्न गयाे भने।
    अनास्था हुन्न क्वै ठानाैँ आत्मा सर्न गयाे भने।

    ताेयानाथ सुवेदी
    काँडाघारी,काठमाडौं

    पञ्चाङ्ग:११
    उताउलाे पनको भुमरीमा परेकाे छ हिजाेआजकाे तिज।
    हाेटल अनि पार्टी प्यालेसमा सरेकाे छ हिजाेआजकाे तिज।
    सवै तिज पार्टीमा रमाउने श्रमीकहरुलाई पिडा मात्रै,
    गरिव दुःखीलाई हाेच्याउँने गरेकाे छ हिजाेआजकाे तिज।
    त्यसैले हाेला रितीरिवाजनै मरेकाे छ हिजाेआजकाे तिज।

    उर्मिला के.शी.
    धनकुटा

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक पञ्चाङ्ग लेखन शृङ्खला- ६०

    ९ मा पढ़ने छात्रा सोनी गुप्ता बाल दिवसको अवसरमा बनीन प्रधानाध्यापक

  • २९ भाद्र २०८०, शुक्रबार १७:१६ मा प्रकाशित
  • उमेश कुशवाहा,वीरगंज-

    कक्षा ९ पढ़ने छात्रा सोनी गुप्ता राष्ट्रीय बाल दिवसको अवसरमा एक दिनको लागि प्रधानाध्यापक बनेकी छन।

    “बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी”भन्ने नारासहित ५९औँ राष्ट्रिय बाल दिवसको अवसरमा आजO पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर -५ भौराटार स्थित श्री नेपाल राष्ट्रिय सीताराम महतो माद्यामिक विद्यालयमा आज एक दिनको लागि कक्षा ९ कि छात्रा सोनी गुप्ता प्रधानाध्यापक हुन भएकी छिन ।


    विधालयको महत्त्वपूर्ण काम बहेक अरु सबै जिम्मेवारी एक दिनको लागि प्राप्त गरेकी बाल प्र.अ. गुप्ताको सभापतित्वमा आज बाल दिसवको अवसरमा बिधालयको प्राङ्गणमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

    प्रतियोगितामा कक्षा छ देखि कक्षा एघार सम्मका चौविस जना बिद्यार्थीहरु सहभागी भएका थिए । त्यस्तै बालकक्षा देखि कक्षा पाँच सम्मका बालबालिकाहरुलाई उनीहरुको रुचि अनुसार विभिन्न बालमैत्री खेल खेलाइएको र बिजेताहरुलाई पुरस्कर , मेडल तथा प्रमाणपत्र वितरण गरिएको विधालयका प्रधानाध्यापक संजय कुमार महतोले जानकारी दिनु भयो ।


    बालबालिकाहरुको ब्याक्तित्व विकासका लागि आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि विधालय व्यवस्थापन समितिका अध्यक्ष अशोक प्रसाद कुशवाहाले प्रत्येक बालबालिका ठूलो रूपमा परिवार र समाजको लागि बहुमूल्य उपहार हो। विधालयमा बिना भेदभाव बालबालिकाहरुको उपस्थितिले खुशीको प्रतिनिधित्व गर्दछ भन्ने कुरामा जोड दिदै सम्पूर्ण बालबालिकाहरुलाईमा बाल दिवसको शुभकामना व्यक्त गर्नुभएको थियो ।


    बिधालय व्यवस्थापन समितिका सदस्य, विधालयका शिक्षक , शिक्षिका , कर्मचारी, बिद्यार्थी लगायतको उपस्थिती रहेका कार्यक्रमको सहजीकरण शिकक्ष संदीप कुमार जैसवालले गर्नु भएको थियो ।

    Posted in मुख्य खबर, लोकप्रियLeave a Comment on ९ मा पढ़ने छात्रा सोनी गुप्ता बाल दिवसको अवसरमा बनीन प्रधानाध्यापक

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P