“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: सत्तरीऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-७० ——————————-
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८०/०८/०४ गते बुधबार बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ। ……………………………………….
प्रशिक्षक:- …………… गुणनिधि घिमिरे घनश्याम पौडेल तोयानाथ सुवेदी ……………………… भाषा शुद्धीकरण:- ———– जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल सुवेदी
अक्षर सङ्ख्या:- [बराबरी] अनुप्रास :- आफुखुसी स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१
अरूलाई देखाउन अघि बढ्ने धेरै छन्। मुखले ठिक्क पारेर बुई चढ्ने धेरै छन्। कोही कसैको भर पर्नु हुँदैन हजुर, मनगढन्ते कुराहरू मै गढ्ने धेरै छन्। आफूले गरेको राम्रो भनि पढ्ने धेरै छन्। सुशीला पाैडेल
पञ्चाङ्ग:०२ विशाल हात समायौ तिमीले। आनन्दसाथ रमायौ तिमीले। फेरि मैले के भन्नु बाँकी रह्यो, निर्दोष डाम डमायौ तिमीले। पवित्र नाम कमायौ तिमीले।
✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
पञ्चाङ्ग:०३
आफूले गरेको त्याे कुकर्मले जलाउँछ एकदिन। अरूले गरेको व्यवहारले छलाउँछ एकदिन। निकै ठूलो महान नठाने हुन्छ आफूले आफैलाई, अरु माथि लगाएको दाेषले गलाउँछ एकदिन। तिम्रो अहमताले तिमीलाई ढलाउँछ एकदिन। ह्यारिस
पञ्चाङ्ग:०४ मान्छे चाहन्छ समय पनि आफ्नै अधीनमा चले हुन्थ्यो। आफु कहिल्यै पनि नथाकुँ तर अरु सबै गले हुन्थ्यो सारा शक्ति हातमा लिई भू-लोककै शासन गरिरहुँ, नमरुँ म कहिल्यै नि कालले पनि मलाई छले हुन्थ्यो। मैले रोपेको एकै बोटमा सबै खाले फल फले हुन्थ्यो। -पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०५
जल्ने छन् यहाँ जलाउने छन्। ढल्ने छन् यहाँ ढलाउने छन् । सदैव अरूकै इशारामा, चल्ने छन् यहाँ चलाउने छन् । गल्ने छन् यहाँ गलाउने छन् । ✍️ वसन्त अनुभव घोराही, दाङ २०८०/८/५
पञ्चाङ्ग:०६ तिमी पराई जस्तै बन्छौ भने के भनूँ। मलाई नि शत्रुमा गन्छौ भने के भनूँ । एकोहोरो रोटी पाक्दैन के गरूँ मैले, मेरै खेदो यसरी खन्छौ भने के भनूँ । अर्कैसँग छु खुसी भन्छौ भने के भनूँ ।
श्रीकृष्ण शर्मा पोखरा
पञ्चाङ्ग:०७
समय र म सँगै चल्दैछु बाध्यताले। अनेकौँ कठिनाई छल्दैछु बाध्यताले। आफू अनुकुल परिस्थिति नबन्दिँदा, बरफ जस्तै भई गल्दैछु बाध्यताले। अशान्तिको आगोमा जल्दैछु बाध्यताले।
होम प्रसाद नेउपाने धरान,सुनसरी ।
पञ्चाङ्ग:०८
मेराे याे दिल भित्रकाे पनि खास हाै तिमी। पलपल हरेक पलकाे सास हाै तिमी। आधी यात्रामै छाेडेर जाँदैनाै बिश्वास छ, सात जुनी सम्म सँगै बाँच्ने आश हाै तिमी। मैले दिने मायाँकाे मिठाे आभास हाै तिमी।
उर्मिला के.शी. धनकुटा
पञ्चाङ्ग:०९
संघर्षकाे मैदानमा पाइला चाल्दै गर्दा । सपनाले सजाइएकाे आशा पाल्दै गर्दा । बस्दैन अर्जुन माछाकाे आँखा मात्रै हेरि , लाउँछ निशाना मनले राँकाे बाल्दै गर्दा । जिन्दगीका अनेकौ कठिनाइ टाल्दै गर्दा ।
भवानी घिमिरे सर्लाही ।
पञ्चाङ्ग:१० बाटो हिँड्दा अघि पाइला चाल्नु पर्छ। मनमा सजाएको आशा पाल्नु पर्छ। कदर गर अनि अघि बढ्न जान, निसाना लाग्न त्यो उज्यालो बाल्नु पर्छ। आएका कठिन हामीले फाल्नु पर्छ। -बेदु न्यौपाने, काठमाडौँ ✍️🇳🇵
काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १०९ औँ शृङ्खला सम्पन्न भएको छ । अभ्यासमा नेपाल लगायत विश्वका ५३ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १०९ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
२७) उठाएर केवल राहतका कुरा, गर्छन् आफ्ना स्वार्थ यही बेलामा पूरा । ✍️ बाबुराम पाण्डे अर्घाखाँची
२८) भूकम्प पीडितलाई राहत बाँड्दै गर्दा भाडभैलो नै मचायो, तुच्छ नेताहरूले अनुदानलाई राजनीतिकरण बनायो। ✍️ कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ
२९) परिश्रमी पसिना राहत भनी दिन्छ, गिन्ती छैन असलीकाे छट्टु जस लिन्छ । ✍️ निरज कोइराला बेलका १, उदयपुर, हालः इटहरी
३०) राहत बाड्ने निहुँमा थालेकाछाै कमाउन, यस्तै गरेर कहिलेसम्म सक्छौ रमाउन । ✍️ सहयात्री शाेभा अर्याल बुटवल , रुपन्देही
३१) भूकम्पले बनायो गरिबलाई आहत, लुटे है नेताले तिनैको नामको राहत । ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ
३२) स्वास्नी परिवार हेर्नेका झण्डा बोक्नुभन्दा आआफ्ना अधिकारका लागि लड्नू, बेकारमा झोले बनेर किन हा मा हा मिलाई जिन्दगीभर यहाँ नै सड्नु ! ✍️ पवन कुमार बुढाथेाकी काठमाडौँ
३४) दुनियाँमा दुःख हुँदा तिनको भलो हुने, पीडित सारा जनताको मन चाहिँ रुने । ✍️ गुणनिधि घिमिरे अमेरिका
३५) अप्ठ्यारोमा परेकालाई गर्नुहुन्न घात, काम गरी देखाऔँ बरु छोडी चिल्ला बात । ✍️ गंगा खड्का बूढानीलकण्ठ , काठमाडौँ
३६) दु:खमा साथ नदिने तिमी कस्तो यो चलन, आर्तको मन पीडाले औधी भएछ जलन ! ✍️ आर्त अकुलीन
३७) भुइँचालोले घर परिवारका छोराछोरी लग्यो, सबैले सकेको राहत दिए चोर नेताले ठग्यो । ✍️ चुडामणी देबकोटा चनपा १३ काठमाडौँ हाल सिमरा बारा
३८) यसपालि पनि उठिहाल्छ सहयोग रकम फालाफाल, राहत बाँडफाँडको धन्दा चलाई बनिहाल्छौँ मालामाल l ✍️ बाबुराम गौतम, गुल्मी
३९) राहत दिने नाममा नगर पीडितमा धन्दा, होश गरी कदम चाल नत्र परौला नि फन्दा। ✍️ शोभा आचार्य गौतम काठमाडौँ
४०) मानवीयताकाे छ सर्वत्र खडेरी, दुष्टात्माहरूले थाले जाेड्न घडेरी । ✍️ प्रद्युम्न चालिसे
४१) भूकम्प पीडितलाई राहत पुगोस्, उद्दारमा श्रद्धाले तिम्रो शिर नुहोस् । ✍️ प्रेम थापा “मन” बागलुङ
४२) ए नेतृत्व ! राहतको ठाउँमा आघात बाँडेर , सक्ने भयाै साेझा जनतालाई तिमीले भाँडेर । ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ
४३) मै खाऊँ र मै लाऊँको लालचले गर्दा, राहत नि लुटी खान्छन् यहाँ मौका पर्दा । ✍️ पद्मा काश्यप पाण्डे, मोरङ
४४) आफूलाई फाइदा नभए कसले गर्छ काम ? बारम्बार मौका मिल्दैन उठाउनु पर्छ दाम । ✍️ बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा
४५) स्वार्थले जित्यो हजुर मानवताको भयो हार, देखावटी दयालुहरूले भरियो यो संसार । ✍️ बि.कुलुङ रंगबूले दार्जिलिङ
४६) महङ्गीले आकाश छुँदा भोको पेटले माग्छ, हातको कुरा बाँड्नुअघि मनमा लोभ जाग्छ । ✍️ कमला पौडेल चा न पा भक्तपुर
४७) खान पाउनेको रजाइँले त अरूको दुःख कहाँ लेख्छन् ? सम्पत्ति टाढा भएपनि टाढैबाट साना आँखाले देख्छन् । ✍️ अम्बिका अधिकारी झापा बिर्तामोड
४८) अपेक्षा थियोे रे मलमपट्टिकाे, पीडामा मिल्ला कि भन्ने राहत, भाेगेर विभेदकारी व्यवहार, सहयोगापेक्षी झनै आहत। ✍️ मित्र उराठी गाैतम अमरपुर गुल्मी हाल तिलाेत्तमा-२,रुपन्देही
४९) देखाउने नाटक जस्तो पो बनाइदैछ कथा, कुन चराको नाम हाे राहत, के हाे खाँटी व्यथा ? ✍️ रामकृष्ण दवाडी
उमेश कुशवाहा- बहुदरमाई नगरपालिका वाड नं.-०७ का वडा अध्यक्ष बिरेन्द्र प्रसाद यादवकोले निर्वाचित भए देखी नै बिभिन्न कार्य गरी जनताको मन मस्तिकमा बस्न सफल हुनु नै भएको छन।
तर यादवले एउटा यस्तो कार्यलाई शुरू गरेका छन,की जनताले अविश्वनीय र आशचार्य चकित भएका छन, बर्षो बर्ष देखी बिलिन रहेको सड़कको नापी नक्सा गर्न शुरू गरेको छन।
बहुदरमाई नगरपालिका वाड नं.-७ को फूलकौंल गाउँको निमिमाई मन्दिर देखि श्रीकिसुन राउत कुर्मीको छठी माई नजिकको घर सम्मको सड़क वर्षो देखि बिलिन अवस्था रहेको थियो तर सडक पुन नापि नक्सा अनुसार निकाल्न कार्य शुरू गरिएको छ।
वडा अध्यक्ष विरेन्द्र यादवले भनुभयो रोड आम जनताको लागि एकदमै नजिक काे छपकैया विश्रामपुर टोल जोड्ने सडक भएको ले यसले समग्र वडावासी लाई नै उत्साहित हुने जानकारी गराउनु भयो ।
चुनाव जितेपछी राम्रो कार्यले पहिलो आर्थिक बर्षमा नै जनताको मन मस्तिष्कमा बस्न सफल भएका यादवले नगरपालिका कै नमुना वडा बनाउने उनको उदेश्य रहेको छ ।
उहाले भन्नु भयो जनताको लागि जून बेला ,जून समय पनि म काम गर्ने तत्तपर रहनेछू।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- चौउनौँ हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८०/०७/३० गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:५४[ चौउन्नौं] चित्रपटमा छौं।
यहाँहरुलाई हार्दिक स्वागत गर्दै
यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
गुणनिधि घिमिरे घनश्याम पौडेल तोयानाथ सुवेदी
चित्र संकलन
सुशीला पाैडेल
शुद्धीकरण
जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल (सुवेदी )
संरचना
अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी
समायोजक
सोमनाथ लुइटेल “रवि पाल्पाली” तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
चित्रमा पञ्चाङ्ग ~~
पञ्चाङ्ग:०१ सुर्य पूर्वबाट उदाउछ लिएर सुनाैलाे किरण। मुस्कुराउछ धरती यहीँ पिएर सुनाैलाे किरण। हेर्न त कति अनाैठाे नियम रहेकाे छ प्रकृतिको, जिन्दगीमा उमंग उत्साह दिएर सुनाैलाे किरण। प्रभातमा धरती आकाश सिएर सुनाैलाे किरण।
सुशीला पाैडेल
पञ्चाङ्ग:०२
सूर्य जस्तै चम्किन सक्नु पर्छ। पोल्दा पानी छम्किन सक्नु पर्छ। प्राकृतिको महिमा छ असाध्यै, यस्मै हामी लम्किन सक्नु पर्छ। परी आए गम्किन सक्नु पर्छ। ह्यारिस
पञ्चाङ्ग:०३ घामसँग माया प्रेम गाँसेको राम्रो । फुलसरी जिन्दगानी हाँसेको राम्रो। आमा जस्तै न्यानो माया घामले दिने, मनभित्र कुभावना मासेको राम्रो। साहित्यमा आफ्नो नाम टाँसेको राम्रो। ✍️मन्दिरा सेढाई मलेखु,धादिङ
पञ्चाङ्ग:०४ प्रकृतिको रचना यो लोभ लाग्दो खाले। मनका वितृष्णाहरू त्यसै भाग्दो खाले। अचम्म छ प्राकृतिक लीला पनि साथी, सुसुप्त सारा चाहनाहरू जाग्दो खाले । यो मनले पनि यस्तै स्वर्ग माग्दो खाले। घनश्याम पौडेल,पोखरा
पञ्चाङ्ग:०५
झुल्केकाे घाम बिहानी पख पहाडी पाखामा मेराे। सुसायाे नदी उर्लेर यहाँ झ्याउरे भाखामा मेराे । नेपाली माटाे हिमाली बाटाे छ छाँया गगनकाे , मौसमी फूल फुलेर ढाके आआफ्नाे शाखामा मेराे । हरियाे वन सङ्लाे त्याे मन झल्झली आँखामा मेराे ।
भवानी घिमिरे सर्लाही ।
पञ्चाङ्ग:०६ बिहानीमा झुल्केको घाम लोभ लाग्ने आहा। उच्चतम दृश्य, मनको दुःख भाग्ने आहा। सूर्यको तापले यो जगत चम्चमाउँछ, सूर्यको रापले सारा जगत जाग्ने आहा। फूलले पनि सूर्यसँग ताप माग्ने आहा ! शोभा आचार्य गौतम काठमाडौँ
पञ्चाङ्ग:०७
पञ्चदेव मध्ये सूर्यपनि मानिएका धरामा त्यसैले हामी छौँ आज तानिएका धरामा। फूलहरू फक्रनपनि चाहिन्छ यसको ताप, छठपूजामा आराध्यदेव जानिएका धरामा। तापमान वृद्धिले हामी हानिएका धरामा । कार्की डिबी माकुम सुनवल-४, नवलपरासी
पञ्चाङ्ग-०८ पूर्वबाट सूर्य उदाउनु अघि नै जाग्नु पर्छ। सारा थकान मेटाएर निद्रा पनि भाग्नु पर्छ अज्ञानताले ढाकिएको संसारमा छौ तिमी, सूर्यदेव सित थोरै भए नि ज्ञान माग्नु पर्छ। तिम्रो दिन सुरु भो अब सत्कर्ममा लाग्नु पर्छ। -पशपती राई खोटाङ ।
पञ्चाङ्ग ०९
सूर्योदयसँगै फूलका गुच्छा स्वागत गरिरहेछन् यहाँ । कुहिरो र पहाडका ढिस्काले लालित्य छरिरहेछन् यहाँ । बिहानी किरणमै हराएर खोजी सिर्जनात्मक दिन , करोडौंको माइलबाट दूरसञ्चार झरिरहेछन् यहाँ । बासमा पुग्न अनेकौँ झरना र खोली तरिरहेछन् यहाँ ।
उमेश कुशवाहा -पर्साको बहुदरमाई नपा. -७ मा पर्ने सम्पूर्ण घाटमा छठ पूजाको तयारी पुरा भएको छ । छठमा पूजा गर्न आउनेहरूका लागि घाटमा टेन्ट निर्माण, बिजुली बत्ती,पानी र रातिका लागि जाग्रमस्थल निर्माण कार्य पुरा भएको वडा अध्यक्ष बिरेन्द्र यादव यादवले जानकारी दिए ।
यादवले आलोकन गर्दै छठ घाट मा हरेक वर्ष पूजा गर्ने भक्तालुको संख्या बढ्ने क्रम रहेको बताए ।
सात हजारभन्दा बढी श्रद्धालुले सूर्यलाई जल चढाउने अपेक्षा गरिएको छ । अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई जल चढाउनुका साथै छठी मइयाको पूजा आराधना छठ पर्वको मुख्य विशेषता रहेको छ ।
भगवान् सूर्यको पूजा आराधना गर्ने यो पर्व विधिवत् रूपमा कात्तिक शुक्ल चतुर्थीदेखि चार दिनसम्म विधिपूर्वक मनाइन्छ। छठको पहिलो दिनलाई अरबा–अरबाइन पनि भनिन्छ।
व्रतालुले भोजनमा माछा, मासु, लसुन, प्याज, भांटा,कोदो, मसुरो जस्ता खाद्यान्न कार्तिक महीना भरी परित्याग गरी व्रत बस्ने परम्परा छ । छठ पर्व अत्यन्त श्रद्धा र भक्तिपूर्वक मनाइन्छ।
काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ११० औँ शृङ्खला सम्पन्न भएको छ । अभ्यासमा नेपाल लगायत विश्वका ५३ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ११० औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का
के भयो त ? ए आरिसे ! थोरै अश्लील बोल्दा, ह्वारह्वार्ती नै गिफ्ट झर्थ्यो, भित्री वस्त्र खोल्दा ।
वसन्त अनुभव घोराही, दाङ
सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
१) छाडा अश्लील भिडियोमा हुन्छ साह्रै दम, तुरुन्तै भाइरल बन्छ हुन्न भ्यूज कम । – वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ
३) केस सारा लुकाएर चोखिनु छ सधैँभरि, सबै पोल खुले हाम्रो टिक्छ सत्ता कसोगरी? – रामशरण न्यौपाने, भक्तपुर
४) जमाना पनि यस्तै भएछ अश्लील चित्र हेर्ने, भ्युज सङ्गै गिफ्ट बढ्दा सबैले उसलाई घेर्ने। – तोया नाथ चापागाईं दमक,झापा,नेपाल
५) बिचार गरी चलाउनु सामाजिक सन्जाल, उत्ताउलो बन्न खोजेमा, हुन्छ धेरै जन्जाल। – नागेन्द्रप्रसाद यादव , दाङ
६) अश्लील भिडियो बनाउँछन्, हेर्नेलाई कति मजा, बल्ल टिकटक बन्द हुँदा झेल्दैछन् कतिले सजा। – कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ
७) अश्लील भिडियो हालेर बहाना पाइने भ्यूज, भाइरल त भइयो तर राम्रो होला यो न्युज? – अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन।
८) अश्लील भिडियो बनाइहाल भ्यूज आउँछ धेरै, भाइरल हुने बाटो यही हो नभए हेर मेरै । – अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
९) अश्लीलताको त भयो जताततै धेरै कारोबार, हमाममा सबै नाङ्गा कस्लाई गरौँ खबरदार ? – सुरेशकुमार पाण्डे दाङ घोराही १८
१०) प्रतिभालाई टिकटकबाट प्रदर्शन गरी छिटै भाइरल बन्ने, अश्लील अङ्गहरू हेर्न पाए मात्रै यो जमानाकाे मान्छेले आहा भन्ने। – राज कुमार राजभण्डारी “खाेटाङ्गे” मध्यपुर ठिमी ५संगम काेलाेनी भक्तपुर ।
११) सभ्य बनौँ शिष्ट बनौँ बनौँ हामी ज्ञानी, असभ्य हुँदा बर्बाद हुन्छ जिन्दगानी । – बाबुराम पाण्डे अर्घाखाँची
१२) कस्तो विकृति आयो भाइरल हुन शरीर बेच्नु पर्ने, उज्यालो छोडी अध्यारोमा अश्लील भिडियोले पैसा झर्ने । – अम्विका अधिकारी झापा बिर्तामोड
१३) जमानाले पनि कस्तो कस्तो चलन ल्यायो नि हे शङ्कर भोला ! सबैले अश्लील र जङ्गलीपन देखाए समाज कस्तो होला ? – सुशीला शिखा काठमाडौं कागेश्वरी
१४) शरीर मेरो, उपहार मलाई; तिम्रो टाउको किन दुखेको? मन लागे खोलन तिम्रा कपडा, आरिस गर्दै किन भुकेको? – राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ
१५) नग्न तन देखाई अश्लीलता छर्ने, भन्दा धेरै दोषी हेरी लाइक गर्ने। – बिके मुखिया दार्जिलिङ भारत।
१६) मैले अङ्ग देखाउँदा खै उसलाई गाह्रो पर्यो, सातो गयो सरकारको, टिकटक बन्द गर्यो ! – विवश पारदर्शी झापा
१७) अरूले छोटा लाउँदा संस्कृति बिग्रियो भन्छौ, फेरि अघि सरी किन विकृतिको बाटो खन्छौ ? – अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ संखुवासभा ।
१८) अश्लील टिकटक बनाउँने दियाै अधिकार, माेजमस्तीमा रमेकाको कसरी पो होला पार ? – जी.वि.चिन्तन घाेराही-१४ दाङ
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: उन्नसत्रीऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको भाग :-६९ ——————————-
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८०/०७/२७ गते बुधबार बेलुका ०९ बजेसम्म तिहार विशेष पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ। ( शुभदिपावली तथा छठ पर्वको पावन अवसरमा देश तथा विदेशमा रहनु हुन सम्पूर्ण हिन्दू धर्मालम्वीहरुमा सु स्वास्थ्य र दीर्घायुको कामना सहित हार्दिक शुभकामना।) ……………………………………….
प्रशिक्षक:- …………… गुणनिधि घिमिरे घनश्याम पौडेल तोयानाथ सुवेदी ……………………… भाषा शुद्धीकरण:- ———– जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल सुवेदी
सङ्कलक :- ———- दुर्गा रिजाल आचार्य
अक्षर सङ्ख्या:- [बराबरी] अनुप्रास :- आफुखुसी स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१ दियो झैं गरि भाग्य बलिरहोस् सधैं। प्रगतिमा पाइला चलिरहोस् सधैं। दीपावलीको शुभकामना दिन्छु म, जल्नेहरुको मन जलिरहोस् सधैं। जिन्दगीका ती बाधा ढलिरहोस् सधैं।
पञ्चाङ्ग:०२ सबैकाे घरमा लक्ष्मीकाे बास हाेस्। दुख गरिबीको अन्त्यकाे आस हाेस् । छ है दिपावलीको शुभकामना, उज्यालो तिहार बत्तीको रास हाेस्। रंगिन टीका निधारमा खास हाेस् । सुशीला पाैडेल
पञ्चाङ्ग:०३ यसपालि पनि तिहारमा घर आउन पाइन आमा। दिदीको हातको मखमली माला लाउन पाइन आमा। दसैँ-तिहार सम्झेरै बित्यो परदेशमै यो साल पनि, साथीभाइ सँग रमाउदै भैलो गाउन पाइन आमा। तिम्रो मुहारमा नि कहिल्यै खुशी छाउन पाइन आमा। -पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०४ घर आँगनमा दियो बल्ने पर्व तिहार । पाँच दिन सम्म यो चल्ने हो पर्व तिहार । दाजु-भाइ दिदी-बहिनीको मिलन बिन्दु, देउसी भैलोमा पैसा फल्ने पर्व तिहार। अँध्यारोलाई हो सधै छल्ने पर्व तिहार । कार्की डिबी माकुम सुनवल-४, नवलपरासी
पञ्चाङ्ग :०५
दियो झैँ भाग्यरेखा सधैँ चम्किरहोस्। प्रगतिपथमा पाइला लम्किरहोस् । यो तिहारको धेरै नै शुभकामना, सुख र ऐश्वर्य धरामा गम्किरहोस् । जीवनले अमृतधारा छम्किरहोस् । ०६ तिम्रै घरभित्र लक्ष्मीको बास रहोस्। दुःखीगरिबको तिमीमै आस रहोस् । भसक्कै शुभकामना दीपावलीको, यसपालिको तिहार नै खास रहोस्। धनमान सुखसंवृद्धि रास रहोस् ।
✍श्रीकृष्ण शर्मा पोखरा
पञ्चाङ्ग:०७ घर घरमा लक्ष्मीले बास पाओस् सबैको। दु:खी र गरिबीको अन्त्य भै जाओस् सबैको। दीपावलीको शुभकामना व्यक्त गर्दछु , उज्यालोको पर्व तिहारले छाओस् सबैको। सप्तरंगी टीका निधारमा लाओस् सबैको। ह्यारिस
पञ्चाङ्ग०८
ननिभोस् तिम्रो मनको दियो सल्कि रहोस्। संङ्लो मायाको पानी मनमा छल्कि रहोस्। दिपावलीको करोडौँ शुभकामना छ, जताततै तिम्रो नै प्रारुप झल्कि रहोस्। सौभाग्य श्रृङ्गार निधारमा टल्कि रहोस्।
होम प्रसाद नेउपाने धरान,सुनसरी ।
पञ्चाङ्ग०९ संसार डुलेर समाचार लिइ आयाे काग तिहारमा । रङ्गी र बिरङ्गी फूल फुलेर रमायाे बाग तिहारमा । माला लिइ बसेकी छ चेली परदेशी भाइलाई सम्झी, ठुलाे घात भयाे दिलमा लागेकाे घाउ दाग तिहारमा । दिदीकाे हात खाली नहाेस् देवसँग छ माग तिहारमा ।
भवानी घिमिरे सर्लाही ।
पञ्चाङ्ग१०
सप्तरङ्गी निधार माला गला भरिएर सदा दिर्घायु र सफलताले बसुन् जरिएर सदा कहिल्यै दुखपीडा भन्ने नहोस् दाजुभाइमा उठोस् सृजनाका मुहान नै छरिएर सदा उत्पन्न अटल स्वाभिमानमा दरिएर सदा
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १३० औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५७ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :
उदक अभ्यास शृङ्खला– १३० मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू
[१] टिकटक प्रयोगमा रोक समर्थन कतै बिरोध !
वसन्त अनुभव [२] टिकटक कतै कला कतै विकृतिको विकास !
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १२९ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५३ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :
उदक अभ्यास शृङ्खला– १२९ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू
दम्माम साउदी अरब ! १० नोभेम्बर २०२३ शुक्रबारका दिन राष्ट्रिय स्वतन्त्र पार्टीको भातृ संगठन “प्रवास नेपाल सम्पर्क विभाग साउदी अरब”ले साउदी अरबको प्रतिष्ठित शहर दमाममा एक भब्य कार्यक्रमको आयोजना गर्दै दशैं,तिहार एबम् छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
पुर्वी क्षेत्रका लागी नेपाली दुतावासका प्रतिनिधि नारायण पासवानको प्रमुख आतिथ्य र विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, मिडियाकर्मीहरु, बुद्धिजीवी तथा समाजसेवी नेपाली दाजुभाइ दिदिबहिनीहरु को आतिथ्यमा, घण्टीप्रेमी दाजुभाइ दिदिबहिनीहरुको बाक्लो उपस्थितिमा तथा समितीका सभापति जेन लामाको सभापतित्वमा समितिका कोषाध्यक्ष सलिन खड्काद्वारा कार्यक्रम संचालन गरिएको थियो।
उक्त कार्यक्रममा दशै, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान गर्दै उपस्थित अतिथिहरु, घण्टीप्रेमी दाजुभाइ दिदिबहिनीहरु, विभिन्न संघ संगठन का प्रतिनिधिहरु, सबैले रास्वपा पार्टी प्रति नागरीकको आशा भरोसा र अपेक्षा धेरै बढ्दै गएको भनी प्रशंसा गरेका थिए । कार्यक्रमलाई रोचक बनाउन बिच बिचमा विभिन्न स्थानीय कलाकारहरुद्वारा नित्य र गित हरु प्रस्तुत गरिएको थियो । नेपाललाई समृद्ध र अझै विकशित बनाउनु छ भने घण्टी बजाउन रास्वपा लाई साथ दिन कन्जुस्याइँ नगरौं भन्ने विचार झन् मजबुत हुँदै आएको कुरा समितिका सभापतिले राखेका थिए भने कार्यक्रम सफलताका साथ सम्पन्न गर्न सहयोग गर्नु हुने उपस्थित प्रमुख अतिथि, अतिथिहरु, मिडियाकर्मीहरु, कलाकारहरु, लगायत सबै दाजुभाइ दिदिबहिनीलाई आभार प्रकट गरेका थिए ।
सोही अवसर पारेर प्रवास नेपाल सम्पर्क विभाग साउदी अरब”ले आफ्नो संगठन बिस्तार गर्ने क्रममा नारायण प्रसाद भुसाल ( Saroj Np Bhusal ) को सभापतित्वमा , ९ सदस्यीय पूर्वी क्षेत्रीय समिति गठन पनि गरेको छ। सभापतिमा :नारायण प्रसाद भुसाल,उपसभापतिमा: खुम खत्री, सचिवमा, प्रकाश काप्री, कोषाध्यक्षमा: प्रकाश खड्का र ५ सदस्यहरुमा: दिनेश पुन,रामप्रसाद पन्थ, कुमार केसी, लक्ष्मन दर्जी, प्रकाश कटुवाल, नवीन खड्का निर्वाचित भएका र नव निर्वाचित पदाधिकारीहरुलाइ समितीका सभापति जेन लामाले सपद खुवाउदै बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका छन् ।