• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- ६८

  • २४ कार्तिक २०८०, शुक्रबार ०९:१४ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: अठसठीऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको भाग :-६८ ——————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८०/०७/२०गते
    बुधबार बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ।
    ……………………………………….

    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१

    दुनियाँले छुरा हान्दा पनि ढलेको छैन मेरो शरीर।
    दुष्टले जति गलाए पनि गलेको छैन मेरो शरीर।
    यस्ता दुष्टको सामु काँडे तार बनेर उभिने छु सधैं,
    कसैले इर्ष्याले जलाउँदा जलेको छैन मेरो शरीर।
    कुनै अहंकारको लेपन दलेकाे छैन मेराे शरिर।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२
    आधुनिक तरिकाले काम गर युवा।
    हलो बाउसो कोदालो राख पर युवा।
    कहाॅबाट कहाॅ पुग्यो बाहिरी संसार,
    जे गर्दछौ सारा तिम्रे लाग्छ भर युवा।
    देशभित्रै केही गर्न अघि सर युवा।
    घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग:०३

    गरेर खाएको देख्नेले डाहा गरेको छ।
    राम्रो गर्दा आफन्तले त आहा गरेको छ।
    अरुले जे सोचेनी आफैँ ठिक पर्छ हुन,
    आफूभन्दा माथ्लोले चै चाहा गरेको छ।
    कोही कोहीले हेर्दाहेर्दै हाहा गरेको छ।

    -बेदु न्यौपाने, काठमाडौँ ❤️

    पञ्चाङ्ग:०४

    कुन बेला भत्कने हो घरको के भर भयो यहाँ।
    आफैँलाई थिच्ने ढुङ्गामाटो अनि खर भयो यहाँ।
    प्रकृतिलाई जित्दै विजयको माला लगायो मान्छे,
    तर पनि भूकम्पको मात्रै ज्यादा डर भयो यहाँ।
    हुँदाखाँदाको शरीर मार्ने आफ्नै घर भयो यहाँ ।

    श्रीकृष्ण शर्मा पोखरा

    पञ्चाङ्ग:०५
    हेर जे काममा पनि राजनीति नै हुल्ने बानी पर्यो।
    स्वार्थमा त दल पनि एकैठाउँमा घुल्ने बानी पर्यो।
    बेला बेला भुकम्प गइरहन्छ ,कोरोना आइरहन्छ,
    बाड्नु पर्ने राहत आफ्नै गोजीमा पो, भुल्ने बानी पर्यो।
    काम भन्दा नि हल्ला ठुलो मिडियाको डुल्ने बानी पर्यो।

    पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०६

    तिमीलाई सम्झिएर पलपल रुन मन लाग्छ
    तिमीलाई पाए आकाशकाे जून छुन मन लाग्छ
    मठ मन्दिरमा फूल चढाई तिमीलाई नै मागि
    जुनी जुनी भरीनै तिम्रै समिप हुन मन लाग्छ
    हातमा हात समाई त्याे शिखर चुम्न मन लाग्छ

    उर्मिला के.शी.
    धनकुटा

    पञ्चाङ्ग:०७

    प्राण रहुन्जेल शरीर अनिश्चित घर हो।
    स्थायित्व नै नभएको चल्ने श्वासको भर हो।
    अनिश्चित चोला चलिरहेछ प्रभुकै भर,
    थाहा छ फुट्छ जीवन बेलुन रुपी चर हो।
    ईश्वर स्वचालित संवेदनशील धर हो।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:०८

    कहिले तर्साउँछ मान्छेलाई।
    कहिले बर्षाउँछ मान्छेलाई ।
    भिरै भिरकाे जिन्दगीमा सधैँ,
    राम्ररी दर्शाउँछ मान्छेलाई ।
    उसैले फर्साउँछ मान्छेलाई ।

    भवानी घिमिरे
    सर्लाही ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- ६८

    ‘भूकम्प पीडितलाई सहयाेग गराैँ’ विषयक विशेष टुक्का कविता लेखन अभियान- १००

  • २३ कार्तिक २०८०, बिहीबार १४:३७ मा प्रकाशित
  • काठमाडाैँ,
    भूकम्प पीडितलाई सहयाेग गराैँ भन्ने आव्हान गर्दै टुक्का साहित्य समाजकाे आयाेजना २०८० कार्तिक १९ गते टुक्का कविता लेखन श्रृङ्खला १०० सम्पन्न भएकाे छ ।

    टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईँकाे संयाेजकत्वमा सञ्चालन भएकाे उक्त कार्यक्रममा नेपाल, भारत लगायत विश्वका विभिन्न स्थानबाट ४५ जना टुक्काकारहरूकाे सहभागिता रहेकाे थियाे । भर्च्युअल माध्यमबाट सञ्चालन भएकाे उक्त कार्यक्रमकाे प्रशिक्षण अध्यक्ष चापागाईँले नै गर्नु भएकाे थियाे भने सहभागीहरूले “भूकम्प पीडितलाई सहयाेग गराैँ” भन्ने विषयमा केन्द्रित भई सुन्दर टुक्का कविताहरू सिर्जना गरेकाे थिए ।

    टुक्का साहित्य समाजले विशेष अवसरहरूमा विशेष टुक्का कविता लेखन कार्यक्रमहरू सञ्चालन गर्नुकाे साथै अन्य विभिन्न किसिमका नियमित अभ्यासका कार्यक्रम तथा नियमित प्रशिक्षणहरू समेत सञ्चालन गर्दै आएकाे छ ।

    कार्यक्रमकाे समापन गर्दै अध्यक्ष/ प्रशिक्षक चापागाईँले
    २०८० कार्तिक १७ गते मध्यरातमा आएको विनासकारी भूकम्पले जाजरकाेट र रुकुम जिल्लामा पुर्याएकाे ठुलाे जन धनकाे क्षतिकाे कारण अहिले देश भित्र र परदेशमा रहेका सबै नेपाली मनहरू राेएका छन् । यतिबेला सुरक्षा निकायहरू, सरकार, राजनीतिक पार्टि तथा सहयाेगी मन भएका जनहरू सबै सहयाेग, उद्धार र राहत लागेका छन् । छिमेकी राष्ट्रहरू लगायत संसारका धेरै देशहरूले सहयाेग गर्नुकाे साथै गहिराे दुख प्रकट गरि रहेका छन् । यसमा हामी सबैले सकेकाे सहयाेग गरेर पीडामा मलम लगाउनु पर्छ भन्ने आव्हान गर्दै भूकम्पमा परि निधन हुनु भएका सम्पूर्णमा हार्दिक श्रद्धाञ्जली, घाइतेहरूमा सिघ्र स्वास्थ्यलाभकाे कामना साथै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुकाे साथै कार्यक्रममा सहभागी भएर सुन्दर टुक्का कविताहरू सिर्जना गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नु भएकाे थियाे ।

    उक्त कार्यक्रममा सङ्कलन गरिएका केही टुक्का कविताहरू
    [१]
    १.
    जाजरकाेट र रुकुममा क्षति धनजन
    दुख भर्न जुटाैँ अब लगाएर तनमन ।
    २.
    शाेकमा डुव्याे मध्य पश्चिम मन राेयाे हाम्राे
    दुख पर्दा सहयाेग गर्नु स्वधर्म हाे राम्राे ।
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    [२]
    १.
    प्रकृतीले बनायो कालो तिहार
    उजाड्यो याे देश रुवायो संसार।
    २.
    कसोगरि मनाउँ तिहार लाश भित्र
    देश विदेशमा रुवावास भयो मित्र।
    ✍️ सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    [३]
    १.
    साह्रै दु:खद घटना घट्यो त्यो मध्य रातमा
    मृत लासहरू भेटिए खात माथि खातमा ।
    २.
    हात खोलि सकेको सहयोग गरॅौ मिलेर यो दुखमा
    श्रद्धाञ्जली व्यक्त गर्दै परिवारलाई डोर्र्याऔँ सुखमा ।
    ✍️ राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौँ
    [४]
    १.
    भूकम्पको पीडामा छ रुकुम र जाजरकोट
    सहयोगी हात पुगुन् भगाउन अभाव चोट।
    २.
    भाइचारा एकताको लगाऊँ सबले नारा
    पीडितमा राहत होस् पुछियोस् आँसुका धारा।
    ✍️ रामशरण न्यौपाने
    भक्तपुर
    [५]
    १.
    जनधन भन्दैन केही निष्ठुरी दैव  भयो
    आशा अभिलाषा कति थिए ईश्वर मै गयो ।
    २.
    राहत बाँड्न जानपनी लौ डरमर्दो भयो
    पटकपटक कम्पन त्यो हुँदा सातो गयो ।
    ✍️ बेदु न्यौपाने
    काठमाडौँ
    [६]
    १.
    मानवीय क्षति गरायो ,भुकम्पले गर्दा
    मिल्न सक्छ थोरै राहत हामी अघि सर्दा।
    २.
    जाजरकोट र रुकुमलाई सद्भाव भरौँ
    सबै मिलेर तन मनले सहयोग गरौँ।
    ✍️ होम प्रसाद नेउपाने
    धरान, सुनसरी ।
    [७]
    १.
    जाजरकोट र रुकुममा ठुलो क्षती भयो
    कैयौँ घाइते रुवाबासी कैयौँको ज्यान गयो।
    २.
    सहयोगी हातहरू अघि बढ्नु पर्छ
    आलो ति घाउमा मलमको काम गर्छ।
    ✍️ सरिता सेढाई
    धादिङ
    [८]
    १.
    एघार बजे मध्यरातमा कस्तो विपत्ति आयो
    रुकुम र जाजरकोटमा हाहाकारले छायो।
    २.
    जति सकेको सहयोग गरौँ तनले
    धनजनको क्षतिपूर्ति भरौँ मनले।
    ✍️ अम्बिका गिरी
    बिराटनगर
    [९]
    १.
    मिलेर दुःखमा सबैलाई सघाऊ
    यस आपत कालमा हात बढाऊँ।
    २.
    कसले पो बुझ्न सक्छ ईश्वरको काम
    यसैले राख सधैँभरि उसैको नाम।
    ✍️ नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    [१०]
    १.
    निश्चित छ मृत्यु हे! प्रभु किन अकालमा ?
    भुकम्पको प्रकोप किन पर्यो यो सालमा ?
    २.
    सहयोगी हातहरू उठौँ त अब
    बाँचेकालाई राहत मिल्नेछ तब ।
    ✍️ कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    [११]
    १.
    अनायास यस्तो कसैले दु:ख नपाओस्
    रुवाबासी देख्न अनि सुन्नमा नआओस् ।
    २.
    दु:खको बेला मलम बनी सहयोग गरौँ
    कसैले गरिदेला भन्दै अब भर नपरौँ ।
    ✍️ प्रेम थापा “मन”
    बागलुङ
    [१२]
    १.
    विपत्तिले गाज्याे फेरि पश्चिमकाे नगरमा
    स्तब्धछु पीडा सहँदै बसेँ ढुङ्गे बगरमा ।
    २.
    भुइँचालो झै हल्लिदैछ मन हर प्रहर
    पुछाैँ आँसु रुझि रहेछ आज हाम्राे शहर ।
    ✍️ रश्मि रिमाल
    झापा
    [१३]
    १.
    मेरो देश दुखेको छ यति बेला हेर
    जहाँ जस्ताे सक्छौँ सहयोग गराैँ धेर ।
    २.
    कस्तो हो याे दैवको लिला हल्लायो सब घर
    को धनी ? को गरिब ? छोडेन सबलाई तर ।
    ✍️ उमा गाैतम
    काठमाडाैँ
    [१४]
    १.
    भुकम्पको आघातले जनताहरू छन् आहतमा
    सहयोगी  हात  बढाई  टेवा  पुर्याऔँ  राहतमा ।
    २.
    विपत्तिले गाँज्यो बरै रुकुम अनि जाजरकोट
    हात उठाई मलम जुटाऔँ सितल हुन्छ चोट ।
    ✍️ बाबुराम गौतम
    गुल्मी
    [१५]
    १.
    कस्तो अकस्मातले आयो भुकम्पको चाल
    दशा कहिल्यै फिँजाएर आउँदैन जाल ।
    २.
    एक ठाउँ मात्र हैन आपत हरेक जिल्लामा नि पर्दछ
    विपतिमा परेकालाई सरकारले सहयोग गर्दछ ।
    ✍️ अम्बिका अधिकारी
    झापा बिर्तामोड
    [१६]
    स्तब्ध बनायो प्रकृतिको विनाशले रोयो रूकुम र जाजरकोट पनि
    सिङ्गो नेपाल दुखेको छ आफन्तलाई अकालमा गुमाउँनु पर्यो अनि ।
    ✍️ पुष्पा राई
    खाेटाङ।
    [१७]
    १.
    तेरो मेरो भन्छौँ सधैँ मेरो के नै छ र?
    मिनेट मै सखाप भो भए जति घर।
    २.
    थोपा थोपा मिलेर नै सागर बनेछ हेर
    सहयोग गरौँ सके जति जाने छैन खेर।
    ✍️ सञ्जना शर्मा
    लमही, दाङ
    [१८]
    १.
    भूकम्पको धक्का बढेर डर छ कति
    पीडितलाई दिऊ राहत सके जति ।
    २.
    नेपालीलाई कति दिन्छौ प्रकृति विपत्ति अनि
    दुःखले बनाएको घर ध्वस्त भो सम्पत्ति पनि ।
    ✍️ भगवती दवाडी
    दमक, झापा
    [१९]
    १.
    मध्यराती कसैले नसाेचेकाे धेरै ठुलै भुकम्प  गयाे
    धेरै मानिसहरू भाग्न पाएनन् ज्यानै माटाे मुनि भयाे।
    २.
    मर्ने त मरिगए बाँच्नेलाई एक आपसमा सहयाेग गराैँ
    आफूले जे सकिन्छ पीडितलाई सहयाेगकाे लागि अघि सराैँ।
    ✍️ कल्पना भण्डारी
    सिन्धुपाल्चोक हाल काठमाडौँ
    [२०]
    १.
    प्रकृतिको नियम पनि कस्तो
    मानवीय क्षति बनायो सस्तो ।
    २.
    मनमा पिर परेको आफैलाई झैँ ठान
    मिलिजुली गरौँ सबले जति हुन्छ दान।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    [२१]
    १.
    किन आउँदैछ आपत् विपत् यही देशमा नै घरीघरी
    जाजरकोट र रुकुमेली जनता रुदैछन् धरधरी ।
    २.
    भुकम्पमा परेका परिवारमा सहने शक्ति प्रदान गरुन्
    प्रार्थना गरौ हामी सबैले पीडितको घाउमा मलम भरुन् ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    [२२]
    १
    कोही कसैलाई कुनै देशलाई चाहिएको थिएन
    कुनै समय निश्चित छैन हल्लाउँछ सुख दिएन ।
    २
    ज्वालामुखी भन्दा त खतरा भुकम्प होला
    असिना पानी आगजनी हुँदा को नरोला ?
    ✍️ चुडामणी देबकोटा
    हाल: बारा सिमरा
    [२३]
    १.
    हिजोसम्म पूर्ण घर आज भयो सबै रित्ता
    अहिले हेर काल बन्यो आफ्नै घरका भित्ता।
    २.
    बाजा बजाई आउँदैन दुर्भाग्य यो हाम्रो
    सहयोगी हात अघि बढाउनु नै राम्रो ।
    ✍️ मन्दिरा सेढाई
    मलेखु, धादिङ
    [२४]
    १.
    भुकम्पले स्तब्ध नै बनायो सबैलाई
    राेएको छ देश आज आफन्त गुमाई ।
    २.
    निन्द्रामा आयो नि भुकम्प काल बनेर
    सोचेको  थिएन बेहाल होला भनेर ।
    ✍️ दुर्गा भट्टराई
    मोरङ
    [२५]
    १.
    भूकम्पको प्रकोपबाट आज रोएको छ देश हाम्रो
    जाजरकोट र रुकुमलाई सहयोग गरौँ राम्रो ।
    २.
    दैव दशा ठुलो लाग्यो सुदुरका गाउँमा
    भ्रष्टाचार नहोस् यहाँ राहतका नाउँमा।
    ✍️ पद्मा काश्यप पाण्डे
    मोरङ
    [२६]
    १.
    भूकम्पले हल्लियो धरा
    मानिसको बिचल्ली बरा।
    २.
    सयौँ मानिसहरुको ज्यान गयो
    कैयौँको घरबार विहीन भयो ।
    ✍️ सुशीला पाैडेल
    अर्घाखाँची, हाल काठमाडाैँ
    [२७]
    अझै यस्तै रहने हो भने यो भुकम्पको चाल
    अर्को जापान जस्तै लाग्न थाल्यो मलाई नेपाल।
    ✍️ बि.कुलुङ
    दार्जिलिङ
    [२८]
    १
    मानो पाथी अन्न दाना, यथासक्दो अर्थ पनि
    विपद् मा सेवा दिए हाम्रो जीवन धन्य छ नि ।
    २
    प्रकोपले कहाँ कहिले कुनलाई पिर्छ पत्ताे छैन
    जीवनको के छ ठेगान, दीर्घकालीन सत्ता हैन।
    ✍️ मनोहरी पौडेल
    गैडाकोट १
    [२९]
    १.
    कसरी सुन्नु हामीले यति धेरै रोदन
    सहयोग गर्न हजुर नगरौँ दोमन ।
    २.
    हातेमालो गरेर सबैलाई सघाऊ
    सारा नेपालीमा यही सन्देश जगाऊ ।
    ✍️ शशिश्री आचार्य
    बौद्ध कुमारीगाल ६, काठमाडौँ
    [३०]
    १.
    दुई हजार असी कार्तिक सत्रको मध्यराती
    छ दशमलव चारको भूकम्पले दुखायो छाती ।
    २.
    भूकम्पले प्रलय गर्यो जाजरकोट रामिडाँडा माथि
    ठुलोक्षति भो जुटाउँ राहत स्वास्थ्य सेवा मिलेर साथी ।
    ✍️ योगप्रसाद उपाध्यय चापागाईं
    गोठाटार, काठमाडौं ।
    [३१]
    भूकम्पले बारबार तर्सायाे हल्लाउँदै  धरा 
    गरिब दुखी पर्दैछन् मृत्युको मुखमा हे बरा ।
    ✍️ दीपा शाही  रावत
    कैलाली  ।
    [३२]
    १.
    अहो! भुकम्प यो कस्तो पड्कियो बम झै गरी
    भत्कायो घर ती सारा अस्ताए यसमै परि ।
    २.
    उठ जाग सबै लाग मान्छे मान्छे बनिकन
    एकता हात फैलाउ देशका हे मणिजन ।
    ✍️ रामजी लामिछाने
    पोखरा २७
    [३३]
    विनासकारी भूकम्प फेरि पनि यहाँ नै पिछडिएको हाम्रै ठाउँमा गयो
    हुनेखानी त सुरक्षित थिए नै पक्की घरमा नहुनेकाे बिल्लबाठ भयो ।
    ✍️ पवन कुमार बुढाथेाकी
    काठमाडौँ
    [३४]
    १.
    कठै! त्यत्रो दुर्दशा आइलाग्यो त्यहाँका मानिसलाई
    सबैले  केही  सहयोगी  हात  बढाऔँ हे दाजुभाइ ।
    २.
    मन्दिरको पूजाले मात्र पाइदैन् नि सच्चा खाले धर्म
    विपत्तिमा सहयोग गर्नु मानिसको असली कर्म ।
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछाप सुनापति-१, हालः अमेरिका, बोस्टन।
    [३५]
    कहाँबाट अायाे भूकम्प काल बनेर
    धर्तीलाई कम्पन दियाे छल गरेर ।
    ✍️ प्रेमकला सिटाैला
    झापा
    [३६]
    भुँइचालोले जाजरकोट रोएको बेला
    बुझ्न सकिदैन हजुर यो दैवको खेला ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    [३७]
    कम्पन बनी आयो कोहीको काल
    कोही कसैको त भयो नि बेहाल ।
    ✍️ कृष्ण घिमिरे उदार
    पाणिनि ७, अर्घाखाँची
    [३८]
    १.
    आकाश छाना भयो धर्ती भयो नी कठै घर
    दु:खमा जस्ले साथ दिन्छ उसैकाे हुन्छ भर ।
    २.
    मुटु चट्टान झै नै चाहिन्छ सहनलाई यस्तो कुरा
    छुटेका परिवार भत्केको घर कसरी हुन्छ पूरा ।
    ✍️ सुशीला  शिखा
    काठमाडौं, कागेश्वरी
    [३९]
    १.
    आयो भूकम्प गर्यो विनास
    दैवको लिला रोकियो सास ।
    २.
    जुट्ने बेला हो यो त जुटी, सबैले सकेको सहयोग गरौँ
    घाइतेको सफल उपचार होस् , तड्पिएर कोही नमरौँ ।
    ✍️ चिरञ्जीवी श्रेष्ठ
    धनकुटा ।
    [४०]
    १.
    तिहारकै मुखमा कालो बादल छाएर
    सिङ्गो नेपाल रुँदै छ, भुइँचालो आएर।
    २.
    भुइँचालो पीडितलाई सहयोग गरौँ,
    मानवीय धर्म हो, मिलेर मलम भरौँ ।
    ✍️ अजय दनुवार
    धनगढीमाई न.पा.-४, जयपुर, सिराहा
    [४१]
    १.
    घरवास उठिबास भो मौसम अति सिरेटो
    छिटो उद्वार छानो पिठो खोजौँ नगरौँ रँगेटो।
    २.
    टुक्का कविताबाट नै आऊ हामी आह्वान गरौँ
    पैसा होईन अभाव जिन्सी राहत गर्जो भरौँ ।
    ✍️ इन्दु श्रेष्ठ
    चितवन
    [४२]
    दैबले पनि के देख्यो खै अन्धकार थियो माथि
    भुकम्पले ध्वस्त पार्यो न जोगाउने थियो साथी।
    ✍️ उमा दाहाल
    शुन्दरहरैँचा १० मोरङ
    [४३]
    १.
    फेरि पनि गरिबकै दुख पाउने पालो आयाे
    सरकारले न त टालो न दु:खकाे छानाे छायाे ।
    २.
    जाजरकोट र रुकुमतिर ठुलो क्षति भयो
    धन जन स्वहा भएर घरबार पनि गयो ।
    ✍️ आशिष ऐडी
    कालिकोट पचालझरना
    [४४]
    १.
    विध्वंश भएको बेला, असहायको साथ हुनु
    विपनामा बिचल्ली हुनेलाई हात बढाउनु ।
    २.
    विलाप र बिस्मातको घडीमा सहायता गरौँ
    बिसेक बनोस् घाउ त्याे दया मायाको भाव भरौँ।
    ✍️ माेती सुब्बा
    दार्जिलिङ
    [४५]
    १.
    चारैतिर छायाे रुवाबासी भूकम्पले गर्दा
    मिल्न सक्छ दु:खमा राहत हामी अघि सर्दा ।
    २.
    प्रकृतिलाई के नै पाे गर्न सकिन्छ र ?
    पीडितलाई मद्धत अब अघि सर ।
    ✍️ पुनिता चाैधरी
    सुरुन्गा न.पा.११, महेशपुर सप्तरी

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on ‘भूकम्प पीडितलाई सहयाेग गराैँ’ विषयक विशेष टुक्का कविता लेखन अभियान- १००

    बिदेश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ

  • २३ कार्तिक २०८०, बिहीबार ०९:१७ मा प्रकाशित
  • काठमाडौँ | वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै १७ जनाबाट रु ३८ लाख रकमलिई ठगी गरेको अभियोगमा प्रहरीले एक जना महिलालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

    पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१० घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–६ रामकोट बस्ने ३९ वर्षीय सुनिता कर्माचार्य रहेकी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

    उनका अनुसार पक्राउ परेकी कर्माचार्य समेतले मदनराज मोक्तानसमेत १७ जनालाई वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाइदिने तथा त्यसको लागि प्रतिव्यक्ति रु आठ लाख लाग्ने पोल्याण्ड पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने र मासिक रुएक लाख ५० हजार तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी जम्मा रु ३८ लाख रकम लिई सम्पर्कविहीन भई ठगी गरेको उजुरीका आधारमा मंगलबार पक्राउ गरिएको हो ।

    काठमाडौँ महानगरपालिका–२४ इन्द्रचोकबाट पक्राउ परेकी महिलालाई थप अनुसन्धान तथा कारबाहीको लागि मंगलबारै वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको प्रवक्ता रेग्मीले बताए ।

    Posted in अर्थ, मुख्य खबर, समाजLeave a Comment on बिदेश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ५२

  • १९ कार्तिक २०८०, आईतवार २२:५६ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- पचासौंमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८०/०७/१६ गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:५२[ बाउन्नौं] चित्रपटमा छौं।

         यहाँहरुलाई हार्दिक स्वागत गर्दै

    यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी

    चित्र संकलन

    सुशीला पाैडेल

    शुद्धीकरण

    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    चित्रमा पञ्चाङ्ग
    ~~
    पञ्चाङ्ग:०१
    प्रकृतिकाे माझ छाँया आमाकाे ।
    हरित रंगकाे काया आमाकाे।
    हत्केलामा राखेर उठाउँदै,
    न दायाँ छ न त बायाँ आमाकाे।
    त्याे वात्सल्य अनि माया आमाकाे।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२
    कलाको सदुपयोग गरिएको छ।
    फूलका सजावटले भरिएको छ।
    बिरुवामा आमाको माया झल्काएर ,
    सुन्दरता अझ धेरै छरिएको छ।
    हरियालीले सौन्दर्य खरिएको छ।
    सुस्मिता अधिकारी ,काठमाडौँ

    पञ्चाङ्ग:०३

    नवीन शिल्पले जादु गरेको देखिन्छ।
    फूलैफूलले सौन्दर्य छरेको देखिन्छ।
    त्यसैमा विभिन्न आकृतिहरू बनाई,
    मनमोहक कला भरेको देखिन्छ।
    हेर्नुस् आमाले बालक धरेको देखिन्छ ।

    ✍श्रीकृष्ण शर्मा पोखरा

    पञ्चाङ्ग:०४
    बगैंँचामा मानव भरेको चित्र ।
    हरियालीले सधैंँ हरेको चित्र ।
    आमाको मायाले प्रफुल्ल पुत्र छन्,
    आमासँग लौ फेला परेको चित्र ।
    मान्छे भित्र हरियो छरेको चित्र।

    • बेदु न्यौपाने, काठमाडौँ ❤️

    पञ्चाङ्ग:०५
    मानिसले जस्तै बच्चालाई माया गरेको देखिन्छ।
    जो कोहिले देख्दा काँडोमा सिपले भरेको देखिन्छ।
    सिपालु भएर देखाइ कला मौलाएको राम्रो हो,
    आमाले मिठो सन्तानमा सुवास छरेको देखिन्छ ।
    बच्चाको प्यारमा कलाकार पनि परेको देखिन्छ।
    -दस्ता कौशिक,पाँचथर।

    पञ्चाङ्ग:०६

    अनेक सजावट बनाउन थालेका छन्।
    प्रकृतिलाई कृतिम रुपमा ढालेका छन्।
    हस्त मस्तिष्क चलायमान गराउँदा मूर्त,
    मौन वचन र कर्म यथार्थ पालेका छन्।
    हरदम सफलता कदम चालेका छन्।
    १
    आमाको माया जस्तोसुकै समयमा खनाउने आमा ।
    जवानीले काट्दा एकदम बालक जनाउने आमा ।
    हर दुख पीडा लुकाएर ममता खन्याउने तिमी
    उत्साह हिम्मत र हौसलाका खानी खनाउने आमा ।
    पहलसँगै उत्कृष्टता छुन सक्ने बनाउने आमा ।
    २
    जमुना आचार्य सिन्धुपाल्चोक

    पञ्चाङ्ग:०७

    आमामा भएकाे माया खनिएकाे छ ।
    मुटु भन्दा प्याराे बच्चा बनिएकाे छ।
    कृतिम झल्काे आवरणमा भएनि,
    चित्रकलामा नै प्रष्ट भनिएकाे छ।
    सफल र याेग्य देह जनिएकाे छ ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग०८
    आमाको माया अपरम्मपार छ।
    आमा भएर जीवनमा सार छ।
    आमा नै जननी दाता यो सृष्टिको,
    पालनपोषणको ठुलो भार छ।
    तर देखिँदैन उनीमा हार छ।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:०९

    प्रकृति नै आमा हुन् रम्छिन् हाँसेर।
    सन्तानको मायामा दम्छिन् हाँसेर।
    हराभरा वन हेर्दै रमाउने,
    जिन्दगीको खुसी यो गम्छिन् हाँसेर।
    कर्म धर्म ठानेर जम्छिन् हाँसेर।

    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    पञ्चाङ्ग:१०
    मन भित्र वेदना कति हो कति जलाउँछिन् आमाले।
    आफ्नो हाँसोलाई मासेर ममता फलाउछिन् आमाले।
    रोकिदैन वात्सल्य प्रेम त आमाको एकैछिन पनि,
    सन्तानको लागि आफ्ना खुशीहरु ढलाउछिन् आमाले।
    ईश्वरले घुमाए नि पृथ्वी सृष्टि चलाउछिन् आमाले।
    पाशपति राई

    पञ्चाङ्ग:११
    यसरी ममता जगाए आमा।
    मैले जतिपनि मगाए आमा।
    ममतामयी हुन्छन् आमाहरू,
    सुताउन गीत लगाए आमा।
    मेरो रिसलाई भगाए आमा ।
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी

    पञ्चाङ्ग:१२
    ममताकी प्रतिमुर्ती यी आमा हुन्।
    बालक बचाउन सधैंँ धामा हुन्।
    आमा बिना संसार हुन्छ अधुरो,
    सदैव सिँगार्ने भोटो र जामा हुन्।
    स्तनपानले पुष्ट पार्ने रामा हुन्।

    कमला देवकोटा, पाल्पा

    पञ्चाङ्ग:१३

    माया र ममताको खानी आमा हुन्।
    समान व्यवहारको दानी आमा हुन्।
    आमा बिनाको संसार अँध्यारो लाग्छ,
    अत्याचारिको सदैव हानी आमा हुन्।
    सन्तानको यी आँखाको नानी आमा हुन्।
    ह्यारिस

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ५२

    साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १०८

  • १८ कार्तिक २०८०, शनिबार २२:३९ मा प्रकाशित
  • काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १०८ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ५५ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १०८ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    थोरै मह चाट्नै पर्‍यो आफ्नो आउँदा पालो,
    पाल्नै पर्‍यो ~आसेपासे भाइभतिजा सालो ।

    वसन्त अनुभव
    घोराही, दाङ

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    १)
    चाट चाट पुरै चाट पालो मिलाई मिलाई,
    जति सक्छौ आफू ठुस लोकको मुख सिलाई ।
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    २)
    बेलाबेलामा आउँछ भुकम्पकाे धक्का,
    ज्यान जोगाइ राख्नुहोला सबैले पक्का ।
    -कृष्ण धामी – बझाङ

    ३)
    मह काढ्दाकाढ्दै हात चाट्ने बानी, हामीलाई परिसक्यो,
    हाम्रो कर्तुत थाहापाउँदा, स्वतन्त्रले खेदो खनिसक्यो।
    -कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    ४)
    मुखले चैँ धेरै राम्रो व्यवस्था भन्दै आशा देखाई देखाई ल्याए,
    व्यवहारले चैँ सात पुस्तासम्म पुग्ने सम्पत्ति कमाउन भ्याए !
    -पवन कुमार बुढाथेाकी
    काठमाडौं

    ५)
    भुइँचालाे आउने समय थाहा किन हुन्न ?
    भष्ट्राचारी अधर्मीलाई यसले किन छुन्न ।
    -जी.वि.चिन्तन घाेराही-१४ दाङ

    ६)
    चाट सबले मह पाइन्जेल हान्दै गर चौका,
    फेरि यस्तै कहिले आउॅंला र मात्रै यो छ मौका।
    -अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।

    ७)
    थोरै किन टन्नै खाऊ, तिम्रै भुँडी भर,
    ठगी खाने बानी पर्‍यो अब के को डर।
    -मन्दिरा सेढाई
    मलेखु,धादिङ

    ८)
    भाइभतिजा सालाे पाल्दा इज्जत सबै जाला,
    राजनीति बदनाम गर्‍यौ ठीक हैन चाला ।
    -ताराप्रसाद चापागाईँ
    धुनिबेसी

    ९)
    पाेसिराख नातागाेता साली पुस्ता सात,
    जनताकाे गाली खाँदै जान्छाै खाली हात ।
    -निरज कोइराला
    बेलका १, हालः इटहरी

    १०)
    थोरै मह चाट्दाचाट्दै नै भाँडा प्वाल पार्‍यौ,
    यहाँ भन्दा कति चाट्छौ देश पीडामा झार्‍यौ।
    -बेदु न्यौपाने, काठमाडौँ ❤️

    ११)
    ठगी खाने भाँडो बनाए देश सधैँ कङ्गाल भयो,
    सयौँ पुस्ता नेपालीको जीवन दुखैदुःखमा गयो।
    -पुष्पा राई, खाेटाङ।

    १२)
    मह काढ्ने हात चाट्ने बानी परेका,
    देशको ढुकुटी सकी भुँडी भरेका ।
    -सरिता सेढाई धादिङ

    १३)
    बेइमान रहेछन् मह काढ्नेहरू आस मात्रै देखाए
    अरूलाई चखाउँछु भन्थे आफ्नै भागमा भाँडो घोप्ट्याए!
    -प्रमोद भट्टराई ‘प्रतीक’
    कौशलटार, भक्तपुर

    १४)
    मौका यही हो पोस सकेजति पोस भाइभतिजा र सालो,
    यही व्यवहारले गर्दा देख्न नपरोस् भोलिको दिन कालो ।
    -अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।

    १५)
    रगतसँग साटिएको गणतन्त्रले राष्ट्रलाई के दियो ?
    नातागोता फस्टायो तर जनताले दु:ख सिवाय के लियो ?
    -ध्रुव श्रेष्ठ
    खोटाङ, हाल काठमाडौँ ।

    १६)
    जनतालाई ढाँटी ढाँटी कुर्सीमा बसी हात चाट्न पल्केका,
    जिब्रो तिखारी भ्रष्टचारी पानी माथि ओभानु भई छल्केका ।
    -अम्विका अधिकारी
    झापा बिर्तामोड

    १७)
    निस्क अब, कुर्सी छोड आफैँ, गयो तिम्रो पालो,
    जनताले घिसार्लान् नत्र, समाएर कठालो ।
    -पुष्पा सुवेदी
    नेपालगञ्ज, बाँके ।

    १८)
    बानी बसेर हो चाटिरहेका छौँ दोष नदिनू,
    हेर पालैपालो मिलाएको छ अचम्म नलिनू ।
    -अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    १९)
    आफ्नो आफ्ना पाल्दापाल्दै गयो सबै खाले दिन,
    डाडु पन्यु उसकै हातमा अरू बाँच्नु किन ?
    -शंकर कार्की थाहा ३ मकवानपुर ।

    २०)
    आर्थिक प्रलोभनले नेताको मन लम्कायो,
    सरकारी निर्णयले जनतालाई चम्कायो।
    -भेष कुमारी लामिछाने देवदह ०५ ,
    खैरेनी , रुपन्देही ।

    २१)
    कर्मको बाटो सुन्दर हुन्छ हिँडौँ ल मिलेर,
    विकास कार्य कहिले पनि हुँदैन चिलेर ।
    -आर्त अकुलीन

    २२)
    आफ्ना मान्छे हुनेहरू बनेका छन् ठालु,
    सोझा र निमुखाले त पाएका छन् आलु ।
    -गंगा खड्का
    बूढानीलकण्ठ ,काठमाडौँ

    २३)
    हाम्रै घार हाम्रै मौरी हाम्रै खाने मन पनि,
    किन कुर्ली हिड्छौ हामीलाई नानाभाँती भनी ?
    -नवशिला
    बेलबारी-२,लालभित्ती,मोरङ।

    २४)
    हेर्छन् सत्तामा पुगेपछि छोराछोरी साला साली,
    जागिर पनि खुवाउँछन् आआफ्नालाई नै खाली।
    -बाबुराम पाण्डे
    अर्घाखाँची

    २५)
    यी नेताहरू जनताको नाममा धन कमाउँछन्,
    उनीहरूका शाखा सन्तानहरू मात्र रमाउँछन् ।
    -निमा छिरिङ भोटिया
    जलढका कालेबुङ

    २६)
    आलोपालो मिलाएर नै चलाउँछन् सत्ता,
    जनतालाई जिल्ल पारी पचाउँछन् भत्ता ।
    -त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा

    २७)
    दुःखमा जसलाई खान बस्न सहारा दियो,
    नत सालो न भिनाजु अर्काको हुर्मत लियो ।
    -चुडामणी देवकोटा
    चनपा १३ काठमाडौँ

    २८)
    सकेसम्म लुट्नुपर्छ आफ्नो पालो आउँदा,
    पत्नी पुत्री भाइभतिजा भर्ने हो पाउँदा ।
    -कमला देवकोटा, पाल्पा

    २९)
    सर-सफाई गर्दैछौँ, भण्डारमा लागेको माकुराको जालो,
    हतार गर्छन् सत्तामा आउन, आफ्नै भरिएको छैन डालो।
    -होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    ३०)
    पालो पर्खी हानेकै हो नि त ठ्याक्कै मौकामा चौका,
    दोषी टार्दा डुब्न पो लाग्यो झन् आफैँ चढेको नौका ।
    -कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे

    ३१)
    कति बस्ने निरीह भई अब जनता जुटोस्,
    भन्न मन छ भ्रष्टचारीको प्याट्टै भुँडी फुटोस् !
    -प्रेम थापा “मन”बागलुङ

    ३२)
    ढुकुटीलाई मह ठानी खान्छौँ चाटी चाटी,
    मौका मिल्दा छोडेका छैनौँ स्वदेशको माटी l
    -बाबुराम गौतम, गुल्मी

    ३३)
    गलगिद्ध हसुरेर थोरै भन्न मान्दैनौ नि लाज ?
    सात पुस्ता पुग्ने गरी कमाउन सकृय छौ आज ।
    -नन्दलाल आचार्य अक्षान्त
    सिद्धार्थटोल, उदयपुर ।

    ३४)
    बेरोजगार छन् युवाहरू के भयो अरू जति भएर ?
    मेरै भाइभतिजा साला जागिर खान्छन् नेपाल गएर ।
    -जमुना आचार्य सिन्धुपाल्चोक

    ३५)
    धेरै लोभ नगर भो एकदिन अवश्य मर्छौ,
    पाप अति गरेमा तिमी पक्कै अकालमा पर्छौ ।
    -सुशीला शिखा
    काठमाडौं कागेश्वरी

    ३६)
    मह मात्रै किन चाट्ने औँलै निल्दा हुन्छ,
    नत्र पछि त फेरि अख्तियारले छुन्छ।
    -दीपक ठटाल जलन,०४.११.२३

    ३७)
    देशको उच्च स्थान सबैमा आफन्तले भर्ने,
    भताभुङ्ग पार्‍यौ स्वदेश, युवा विदेश मर्ने ।
    -शोभा आचार्य गौतम

    ३८)
    सधैँभरि चोरी ठगी नेता गर्छौ भर्दै मात्र भुँडी,
    जनता भने पल्टाइ रहने बाँझो खेतकै लुडी।
    -भगवती दवाडी ,झापा

    ३९)
    भुइँचालोमा राहत बाँड्छौ आफ्ना मान्छे छानी,
    खुशी लाग्छ मौका पाए लिन्छु आफैँ जानीजानी ।
    -रचना शर्मा प्रतीक्षा

    ४०)
    सालो छोरा भाइभतिजा नपाल्ने त को होला ?
    मह काढ्नेले हात चाट्छ जसले बोक्छ झोला।
    -गुणनिधि घिमिरे अमेरिका

    ४१)
    छलछाम र तिकडमका आडमा पुग्छन् सत्तामा,
    जनताको अमूल्य मत मर्दछ सांसद भत्तामा ।
    -तोया नाथ चापागाईं
    दमक,झापा,नेपाल

    ४२)
    विध्वंस मच्चाएर सत्ता हत्याइयाे सारिएन पाे खालाे,
    अब देश कङ्गाल बनाइयो गयो ढाँटहरूकाे पालाे ।
    -रामप्रसाद पुरी,बादेल, खाेटाङ

    ४३)
    पाँच वर्षलाई पाएको मौका किन छोड्ने ?
    पाएसम्म खाने हो, परम्परा किन तोड्ने ?
    -राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाडौँ

    ४४)
    चाट्नै पर्‍यो हात हजुर, मह काढेपछि,
    यति गर्नै पर्‍यो पैसामा भोट साटेपछि ।
    -बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा

    ४५)
    ठगी खानेले नै ठग्न हुन्न भनेर जान्छ,
    अब पनि त्यस्ताले भनेको कसले मान्छ ?
    -समुद्र
    जल्जला ७गण्डकी

    ४६)
    गरिबलाई आएको राहत सोहोर्छु सबै एउटै काम म गर्दिनँ,
    चुनाव त खल्तीको खेलौना हो, पाँच वर्ष मतदाताको सामु पर्दिनँ ।
    -राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ ।

    ४७)
    मह काढे हात चाटनु शिक्षा व्यर्थ भयो,
    राष्ट्रकोष जम्मै नेताका पेटमा गयो ।
    -योगप्रसाद उपाध्याय चापागाईं
    गोठाटार, काठमाडौँ

    ४८)
    गर्थे म्याउँ हिजो थिएन घरमा दाना र नाना धरो,
    सत्ता शक्ति भयो सबै नकचरा लाजै पचाई मरो ।
    -पद्मा काश्यप पाण्डे, मोरङ

    ४९)
    कति चाट्छ्याै मह तिमी कति गर्ने जाेह ,
    गुलियाेमा भुल्ने कस्ताे हाेला नि सम्माेह ?
    -हरिगाेपाल प्रधान
    बनेपा १४ साँगा बजार

    ५०)
    केही त फाइदा गरौँ बल्लतल्ल बनेको सरकार,
    अरूलाई लुटौँ आसेपासे गासेलाई खुवाऔँ यार ।
    -सुरेशकुमार पाण्डे
    दाङ घोराही १८

    ५१)
    राजनीतिलाई नेताले नै ठगी खाने भाँडो बनायो,
    तलब खुवाउन पैसा छैन भनी विदेशी कनायाे ।
    -राज कुमार राजभण्डारी “खाेटाङ्गे”
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।

    ५२)
    प्रजातन्त्र तिम्रै लागि गणतन्त्र तिम्रै लागि,
    भाग्यमानी नेताहरू जनताहरू अभागी ।
    -चिरञ्जीवी श्रेष्ठ
    धनकुटा ।

    ५३)
    देशका लागि गर्छु भन्दै झुट्टा आश्वासन देखाए,
    जनतालाई जहिले पनि मारै मारमा सेकाए ।
    -सरस्वती श्रेष्ठ इटहरी

    ५४)
    नगर्नु सर्वस्व खर्च गरेपछि चुनावमा,
    मिली खानुपर्छ के राख्या छ मनमुटावमा ?
    -गाेपालकृष्ण डंगाेल
    हाल इटहरी।

    ५५)
    ढाँटी छली धेरै खायौ देश पार्‍यौ रित्तो,
    जनताले चिने अब काढ्छन् है उछित्तो।
    -रामशरण न्यौपाने, भक्तपुर

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १०८

    साताका तीन लघुकथा- ४३

  • १८ कार्तिक २०८०, शनिबार २१:०० मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (४३औँ) शृङ्खलाका लागि लघुकथाकार डा.विदुर चालिसेको लघुकथा ‘थाप्लो’, लघुकथाकार केशवराज आमोदीको लघुकथा ‘अभिवादन’ र लघुकथाकार म्यामराज राईको लघुकथा ‘अन्याय र न्याय’ उत्कृष्ट तीनभित्र परेका छन् ।

    १)
    लघुकथा: थाप्लाे

    डा. विदुर चालिसे
    -“तँलाई हेर ! मलाई हेर !! सबैतिर हेर !!!” आक्रान्त परायण मन्तव्य पाेखिरहेका थिए । पाेखिएका मन्तव्यका तरल पदार्थले न हिउँ भेट्टाउँथ्याे न त ज्वालामुखी उकासकाे लाभा नै उछिट्याउँथ्याे । चर्काे प्रभाव र मन्तव्यकाे बहाबमा भुइँतिर टेकिरहेका संसर्गीहरू निदाएथे । उत्सर्गीहरू गफमा मस्तनामा गफ हानिरहेका थिए । एकजनाले हाँसाेका बीचमा साथीलाई भन्यो-
    “ओई ! तेराे थाप्लाे छाम त !”

    साथी झस्कियाे । एक उत्सर्गीले खुट्टा छाम्याे। अर्काेले भुइँ काेतर्‍यो । अर्काेले नाक नेपायाे । अर्काेले दाह्री सेपायाे। बेजाेड हाँसाेका बीचमा आक्रान्त परायण चिच्याउन थाले ।
    “बुझ्नू ! अब कसैलाई छुट हुने छैन ।”
    हल्लाखाेर र कामचाेर मान्छेहरू लुसुलुसु बाहिर निस्के अनि अर्काे मितव्ययी भुँडेलाई भेटेर साेधे- “भर्खर ?”
    “अँ, हस्पिटल जानुपरेकाेले !”
    “ओहाे सम्मानका लागि तपाईँकाे नाम लगातार आएकाे थियाे त !”
    “त्यही त, सम्मान लिन पनि भ्याउँदिन, अन्तै काम पर्छ धेरै ।”
    हल्लाखाेर र कामचाेरहरू बाहिर बखान गर्न लागे ।
    “बास्तवमा याे भुँडेले थाप्लाेमा हात राखिदियाे भने त हाती जस्ता भन्ट्याङ भुन्टुङ त किचिक्कै हुन्छाै ।”

    खुइलिइरहेका र खुइल्याइरहेकाहरू एक अर्काेलाई थाप्लाेमा हात राख्न खाेजिरहेका थिए । उनीहरूलाई जीवन पर्यन्तमा शिवजी बन्ने धुन थियाे । एकजना भद्रले कराए-
    “अब हातमा थाप्लाे राखे मात्रै परिवर्तन हुन्छ ।”
    हाँसिहाँसी मेराे मन पनि रूनथाल्याे । हात थाप्लाेमा राखखौँ की थाप्लाेमा हात राखौँ ।

    २)
    लघुकथा: अभिवादन

    केशवराज आमोदी
    साहित्य र संस्कृति अनि नैतिकता र मर्यादाका बारेमा धारा-प्रवाह भाषण छाँटेर राष्ट्रिय पोसाकमा विभूषित नेताजी खुलामञ्चबाट सिंहदरबारतिर गुज्रिरहेका हुन्छन् । आफ्ना कार्यकर्तालाई पनि राष्ट्रियता र संस्कृति एक-अर्काका पूरक हुन् भनिरहेका हुन्छन् ।

    व्यस्त सडकमा अनगिन्ति जनसमुदायद्वारा निर्झरिणीका सहस्र-धारा बर्सिएझैँ उनीप्रति बर्सिएको अभिवादनले म आकर्षित हुन्छु । उनी फूलमाला र अभिवादनले भरिएर स्व-गन्तव्यतिर लम्किंदै हुन्छन् । कुनै बेला गाह्रो साँघुरो पर्दा हार-गुहार गर्ने आशा भरोसाका केन्द्रविन्दु उनै हुन् भन्ने सोचेर म पनि अनायास नेताप्रति अभिवादन अर्पण लालायित हुन्छु ।

    म अञ्जुली बाँधेर केही झुक्न खोज्छु । तत्काल मेरो नजिकैबाट केही शिक्षित युवा समुदायको उपहाससहितको प्रतिक्रिया मेरा कर्ण-कुहरमा ठोकिन्छन्। ‘कस्तो पागल समाज हो यो ! हिडन्ते-कार्टुनलाई पनि अभिवादन गर्छ , हा ! हा !! ।’
    सुखौरा , केशवटार , तनहूँ
    हाल : रत्ननगर नगरपालिका , चितवन

    ३)

    लघुकथा – अन्याय र न्याय

    -म्यामराज राई
    “न्यायालयमा राजनीति छिरेपछि किन चाहियो अलग्गै अड्डा अदालत ?” राजकले आफ्नो भॅंडास ओकल्यो ।
    ऊ पार्टी प्रमुख हो, जसले नियम विपरित सरकार गठन गरेको थियो । पुग अपुग महिना दिनमा फैसला आयो- ‘अहिलेको सरकार काम चलाउ हो । रित पुराउन सक्नेले सरकार गठन गर्नू ।’

    विपक्षीले चौबिस घण्टा नबित्दै चामल, कनिका, भुस र घुन समेत मिलाएर सरकारको दाबी पेश गर्यो । तत्कालको लागि रित पुगेकोले सरकार बन्यो । सबैको मालामाल हुने दिन आयो ।

    अचानक ठुलो हुरी चल्यो । बतास आयो । चामल र कनिका त जहाँको त्यही थिए । तर भुस पूरै उडाइलग्यो । घुनको त आफ्नै पखेटा पलाएको थियो । ठ्याक्कै एक महिना पुगेको दिन जोखे । हुनुपर्ने जति वजन पुगेन ।

    पुन: न्यायालयको ठाडो आदेश आयो – ‘सङ्ख्यात्मक रूपमा ठुलो जमात भएको पार्टीले सरकार गठन गर्नू ।’
    ठुलो पार्टी राजकको हो । राजकको नेतृत्वमा सरकार गठन भयो । घुमीफिरी रुम्जाटार भनेझैँ पुन: उसैको पोल्टो भरियो ।
    “राजनीतिमा अझै पनि न्याय मरेको छैन भन्ने उदाहरण हो यो ।” राजकको खुसी बोल्यो ।

    • २०८०/०७/१३, सोमबार
      हतुवागढी -६, होम्ताङ्, भोजपुर
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साताका तीन लघुकथा- ४३

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १२८

  • १८ कार्तिक २०८०, शनिबार १८:३३ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १२८ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५५ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    उदक अभ्यास शृङ्खला– १२८ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू

    [१]
    खेती
    उन्नत प्रविधि
    कृषिमा आत्मनिर्भर राष्ट्र !

    • वसन्त अनुभव

    [२]
    कृषि
    नयाँ प्रविधि
    मानव संसाधन विधि !

    • गोपेन्द्र रिजाल, पाँचथर

    [३]
    रुँदै
    खेतमा कृषक
    नेतामा सुविधा विकास !

    • निरज कोइराला
      बेलका-१, हालः इटहरी

    [४]
    युग
    कृषि कला
    आत्मनिर्भरले गरी खाला !

    • भवानी घिमिरे, सर्लाही

    [५]
    खेती
    उन्नत प्रविधि
    कृषिमा आत्मनिर्भर विधि !

    • बेदु न्यौपाने, काठमाडौँ

    [६]
    किसान
    युवा खाडीमा
    नयाँ सरकारको नीति !

    • डिल्लीराज घिमिरे, अर्घाखाँची

    [७]
    विकल्प
    नभएपछि जोतिनुपर्ने
    उन्नतितिर सबैले लाग्नुपर्ने !

    • नन्दलाल आचार्य अक्षान्त
      सिद्धार्थटोल, उदयपुर

    [८]
    पति
    दुई श्रीमती
    जोतिएर हुन्न खेती !

    • ध्रुव श्रेष्ठ
      खोटाङ, हाल: काठमाडौँ

    [९]
    खेती
    नयाँ प्रविधि
    देखियो अचम्मको गतिविधि !

    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा-६, संखुवासभा

    [१०]
    बोली
    नयाँ प्रविधि
    भित्राउने योजना झोली !

    • गङ्गा खड्का
      बुढानीलकण्ठ, काठमाडौँ

    [११]
    प्रविधि
    सधैँको विपत्ति
    फाली मासेर सियो !

    • सविता के.सी.
      दक्षिणकाली-९, काठमाडौँ

    [१२]
    खेती
    कृषिमा प्रभाव
    दक्ष जनशक्तिको अभाव !

    • सम्झना थापा मगर, स्याङ्जा

    [१३]
    नारी
    उत्पीडित जाति
    पीडा भरिएको तस्बिर !

    • राजाराम रत्गैंया, अमौरा, कैलाली

    [१४]
    कृषि
    जीवन निर्वाह
    नवीन प्रविधिको अभाव !

    • आर्त अकुलीन

    [१५]
    कृषि
    बाँच्ने रीति
    भएन युगानुकूल उन्नति !

    • केन्द्रप्रकाश बराल, इलाम

    [१६]
    कृषि
    आफैँ जोतिएर
    गर्नुपर्ने पीडा बिर्सी !

    • अमृत सुवेदी, रुपा सात, कास्की

    [१७]
    कृषि
    नहुँदा प्रविधि
    देशको यस्तो स्थिति !

    • बुद्धिप्रसाद लामिछाने, कैलाली

    [१८]
    पौरख
    सबै भ्रष्टैभ्रष्ट
    कृषिमा असफल राष्ट्र !

    • ऋजु दिल्पाली
      ईटहरी-१, सुनसरी

    [१९]
    सस्तो
    नेपाली प्रविधि
    देख्दै अत्याधुनिक जस्तो !

    • विवश पारदर्शी, झापा

    [२०]
    खेती
    दुखिया कर्म
    राज्यले बुझेन मर्म !

    • तोया नाथ चापागाईं
      दमक, झापा, नेपाल

    [२१]
    चेतना
    मानसिक शक्ति
    संसार बनाउने भक्ति !
    -कविदत्त ढकाल
    ताँजाकाेट-४, हुम्ला

    [२२]
    किसान
    मेहनत गर्ने
    लगाएर दिलो ज्यान !

    • घनश्याम पौडेल, पोखरा

    [२३]
    नारी
    थपियो काम
    जिम्मेवारी भयो भारी !

    • प्रभादेवी पौडेल
      भरतपुर-९, चितवन

    [२४]
    खेतीपाती
    पुरानो हलो
    पुरुष महिलाको थलो !

    • कार्की डिबी माकुम
      सुनवल-४, नवलपरासी

    [२५]
    श्रीमती
    काममा जाेतिन्छन्
    साँझ विहान निरन्तर !

    • शिवहरि अधिकारी

    [२६]
    प्रविधि
    मानव संसाधन
    कृषिको हुँदैछ पतन !

    • कमला देवकोटा, पाल्पा

    [२७]
    अगुवा
    भ्रष्ट गफाडी
    जनजीवन पशु समान !

    • गोपालप्रसाद पौड्याल

    [२८]
    कृषि
    हाडछाला पिसि
    आधुनिकताले गर्‍यो खिसी!

    • पशपती राई, खोटाङ

    [२९]
    दुरदराज
    पुरानो कथा
    हुन्थे एउटै व्यथा !

    • सरिता सेढाई, धादिङ्ग

    [३०]
    अवस्था
    समय जनशक्ति
    छ दयनीय पावन्दी !

    • प्रेम थापा “मन”, बागलुङ

    [३१]
    नारी
    अन्नका निम्ति
    जाेत्दै बाँझो बारी

    • केशवप्रसाद ढकाल ‘प्रीतबीज’
      सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

    [३२]
    कृषि
    खस्कँदो अवस्था
    उचित प्रविधिको अभाव !

    • धर्मी शाक्य, बुटवल, रुपन्देही

    [३३]
    कृषि
    नारीको कर्म
    कसले बुझ्ने मर्म !

    • धनमाया चौधरी, कैलाली

    [३४]
    संसार
    सागरदेखि सगर
    जिन्दगी सधैँ खाेलीबगर !

    • चन्द्रावती अधिकारी

    [३५]
    दुःख
    गरिबको पीडा
    अत्याचारको दानव क्रीडा!

    • अम्विका अधिकारी
      झापा, बिर्तामोड

    [३६]
    पशु
    पालन नभएपछि
    कृषिमा उपलब्ध प्रविधि !

    • भगवती दवाडी, झापा

    [३७]
    नारी
    नारिएका स्त्री
    उच्च प्रविधि नेपालमा !

    • कण्ठराज गिरी, टीकापुर, कैलाली

    [३८]
    कृषक
    परिश्रमी हुने
    अभावलाई चुनौती दिने !

    • पृथक प्रकृति, झापा

    [३९]
    आत्मनिर्भर
    खेतीपातीमा किसान
    विपन्न परिवार धान !

    • रिता खराल, रूपन्देही

    [४०]
    कृषक
    नारेका नारी
    तान्दै अँगालो हाली !

    • चक्र शाही,लम्की, कैलाली

    [४१]
    छोराछोरी
    नहुने घरमा
    खेतीपाती अग्रजको भरमा !

    • शोभा आचार्य गौतम, काठमाडौँ

    [४२]
    गरिब
    भाग्यको क्रिडा
    ओझेलमा नारीको पीडा !

    • सरस्वती श्रेष्ठ
      रुपन्देही, बुटवल

    [४३]
    उडान
    वैदेशिक यात्रा
    घरमा बा किसान !

    • हिमाल अम्मै, घोडाघोडी, कैलाली

    [४४]
    किसान
    खेती गर्ने
    हामी पेट भर्ने !

    • बुद्धिप्रसाद सापकोटा
      गैँडाकोट-७, नवलपुर

    [४५]
    किसान
    आत्मनिर्भर बन्दै
    खेतजोत्ने औजारको विकल्प

    • बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’
      कनकाई-४, झापा

    [४६]
    देश
    हाम्राे कृषिप्रधान
    जनशक्ति विदेश पलायन !

    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे

    [४७]
    मुलुक
    भनाइमा कृषिप्रधान
    प्रविधिको चरम अपमान !

    • तोया घिमिरे
      शंखमुल, काठमाडौँ

    [४८]
    पाइनँ
    हलगोरु अनि
    जोतेँ आफ्नो जोरु !

    • मङ्गला उपाध्याय

    [४९]
    कृषक
    आवश्यकता
    यस्तै छ बाध्यता !

    • बृन्दा बगाले, काठमाडौ

    [५०]
    खेतीपाती
    यस्तै साथी
    काम चलाऊ जाती !

    • जमुना आचार्य, सिन्धुपाल्चोक

    [५१]
    भनाइ
    यस्तो उस्तो
    वाध्यता कस्तो कस्तो !

    • लक्ष्मी रिजाल
      रुपनगर, सप्तरी

    [५२]
    किसान
    बाली लगाउँदै
    उपकरणले काम चलाउँदै !

    • श्रद्धा आचार्य, पोखरा

    [५३]
    निष्ठा
    विभेदको पराकाष्ठा
    भन्नुपर्ने जीवनलाई विधाता !

    • रामप्रसाद पुरी, बादेल, खाेटाङ

    [५४]
    बाध्यता
    मानिसले जोत्नु
    विकास आकासे फल !

    • कविता आचार्य, कैलाली

    [५५]
    बाँचेर
    जीवन धान्न
    राेप्दै प्रतिफल कर्मकाे !

    • राेशन पराजुली, धरान
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १२८

    मुसहर बस्तीमा एचडिएनपी इन्टरनेसनल अमेरिकाको सहयोग

  • १७ कार्तिक २०८०, शुक्रबार १८:०१ मा प्रकाशित
  • बिरगंज- हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ), अमेरिकाको सहयोग र पिसफोर दलितस फाउन्डेसन नेपाल, मधेश प्रदेश, पर्साको सहकार्यमा पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा-३, कौवाबन गाउँको मुसहर बस्तीको दलित बालबालिका तथा अभिभावकहरुलाई सहयोग गर्नुभएको छ । १२० जना दलित बालबालिकाहरु लाई कापीकलम , सिसाकलम,पोषिलो खानेकुरामा बिस्कुट,चाउचाउ वितरण गरिएको छ साथै ८० जना अभिभावकहरुलाई वितरण गरिएको छ।

    दलित समुदायको बालबालिकाहरुको शिक्षामा पहुँच , विद्यालय टिकाउ , शिक्षामा निरन्तरता , गुणस्तरीय शिक्षा , सिकाईमा सुधार , अभिभावकको चासोको ख्याल र उदेश्यको साथको कार्यक्रम गरिएको छ । कापीकलम , चाउचाउ प्राप्त गरि बालबालिकाहरु खुशी भएको छ्न।
    यस बस्तीको बालबालिकाहरुको अभिभावकहरु सामाग्रीहरु प्राप्त गरि खुशी भैइ बरिस्ठ समाजसेवी देवी डेविट आचार्य ज्युलाई धन्यवाद दिएका छ्न।

    हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ) सन् २०१२ मा अमेरिकी सरकारको गैर मुनाफा सामाजिक संस्थामा दर्ता भएको संस्था हो । स्थापना काल देखि अमेरिकाको टेक्सासको आर्लिंगटन ड्यालस क्षेत्र वरपर प्रशस्त घरबार बिहिन र मागेर जीविका चलाउने दुखीहरूलाई त्रैमासिक रूपमा खाना खुवाउँदै आई रहेको छ, नेपालको विभिन्न जिल्लामा दलित समुदायको लागि आर्थिक सहयोग , अति विपन्नको लागि खाद्यान्न राहत , दलित बालबालिकाको लागि कापीकलम तथा शैक्षिक सामाग्रीहरु सहयोग , सामाजिक कार्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेवा सहयोग गर्दै आउनुभएको एचडीएनपी इन्टरनेसनल अध्यक्ष देवी डेविड आचार्यले जानकारी दिए।
    हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ),अमेरीकाको अध्यक्ष देवी डेविट आचार्य ज्युले मुसहर समुदायको बालबालिकाको लागि वार्षिक रुपमा निरन्तर लामो वर्ष सम्म शैक्षिक सामग्रीहरु सहयोग गर्ने , दलित अभिभावकहरुको लागि जिविकोपार्जनको लागि तथा आर्थिक समृद्धिको लागि योजनाबद्ध रूपमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
    पिसफोर दलितस फाउन्डेसन नेपाल ,मधेश प्रदेश, पर्साले एचडीएनपी इन्टरनेसनल ,अमेरिकाको अध्यक्ष तथा वरिष्ठ समाजसेवी देवी डेविट आचार्य ज्युलाइ उहाँको काम र समाजमा गरेको योगदान , सेवाको मुल्यांकन गरि सम्मान पत्रले सम्मानित गरेको छ ।

    पिसफोर दलितस फाउन्डेसन नेपाल मधेश प्रदेशको जिल्लामा सक्रिय दलित समुदायको संस्था हो , विगतको वर्ष देखी फाउन्डेसन दलित समुदायको सशक्तीकरण , सामाजिक न्याय , समानता , दलितको छुवाछूत अन्त्य , शिक्षा , सामाजिक रुपान्तरण , दलित समुदायको लागि वकालत , दलित समुदायको सेवा सहयोगमा सक्रिय रहेकोे छ।
    एचडीएनपी इन्टरनेसनल ), अमेरीकाको अध्यक्ष देवी डेविट ज्युले पिसफोर दलितस फाउन्डेसन नेपालको कामको मुल्यांकन तथा निरीक्षण गर्नुभएको छ , अभिभावक , बालबालिका संग स्थलगत छलफल तथा अन्तक्रिर्या गर्नुभएको छ , साथै फाउन्डेसनको टिम संग छलफल गर्नुभएको छ। कौवाबन गाउँको मुसहर बस्तीको स्थलगत अनुगमन , समस्या जानकारी लिनुभएको छ ।

    यस शैक्षिक सामग्री सहयोग तथा वितरण कार्यक्रमको अध्यक्ष दलित अभिभावक संघको अध्यक्षता उर्मिला देवी मुसहर ज्यु, कार्यक्रमको प्रमुख अतिथि हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ), अमेरीकाको अध्यक्ष देवी डेविट ज्यु , फाउन्डेसनको सदस्य पारमानन्द राम, सुरेन्द्र पासवान, सन्जोग राम , संगीता देवी मुसहर , अशोक राम लगायत दलित युवा , दलित महिला र बालबालिकागरुको उपस्थिति रहेकोे थियोे । कार्यक्रमको सहजीकरण पिसफोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष तथा दलित सामाजिक अभियान्ता मनोज राम ज्युले गर्नुभएको छ।

    Posted in मुख्य खबर, समाजLeave a Comment on मुसहर बस्तीमा एचडिएनपी इन्टरनेसनल अमेरिकाको सहयोग

    पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- ६७

  • १७ कार्तिक २०८०, शुक्रबार ०६:४२ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: सतसठीऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको भाग :-६७ ——————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८०/०७/१२ गते
    बुधबार बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ।
    ……………………………………….

    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफूखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    मुखले अगाडि ठिक्क पार्ने धेरै छन् यहाँ।
    पछाडि छुरा हानेर मार्ने धेरै छन् यहाँ।
    काम गरेर भन्दा बोलेर छन् देखाउने,
    आफू ठूलो बनी तल झार्ने धेरै छन् यहाँ।
    भोलि भोलि भन्दै पछि सार्ने धेरै छन् यहाँ।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२

    कतै फुटेको देखिन्छ ।
    कतै जुटेको देखिन्छ ।
    शक्तिको हाेडबाजीमा ,
    नीति छुटेको देखिन्छ ।
    लुट्नु लुटेको देखिन्छ ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०३
    फुटे पनि जुटे पनि लुट्न जानेका छन्।
    नबोल्ने यो देशलाई खै के ठानेका छन्।
    न विकास गर्न सक्छन् न निकास दिन्छन्,
    चुस्ताचुस्तै रित्तो भयो अझै तानेका छन्।
    सोझासाझा जनहरू त्यसै मानेका छन्।
    घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग:०४

    तालुमा कतै फलेको छ आलु।
    सडेर कतै गलेको छ आलु।
    दाँजेर हेर त जिन्दगी सँग,
    सस्तो मै कतै चलेको छ आलु।
    देखेर भाग्य छलेको छ आलु।

    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    पञ्चाङ्ग:०५

    जहाँ पनि चोरचोर जुटेको देखिन्छ।
    देखाउनलाई मात्रै फुटेको देखिन्छ।
    गम्भीर भई हेर न नेपालीहरू हो,
    हाँडीका मकैझैँ जन भुटेको देखिन्छ।
    कालेकाले मिली भाले लुटेको देखिन्छ ।

    श्रीकृष्ण शर्मा पोखरा

    पञ्चाङ्ग०६
    मान्छेले आफ्नो धर्म बिर्सेर अर्काको अस्तित्व हरिरहेछ।
    सर्वश्रेष्ठ भन्ने मान्छे आज पशु भन्दा नि तल झरिरहेछ ।
    दया नै धर्म हो बाँच र बाँच्न देऊ यही नै धर्मको सार हो,
    तर किन मान्छे त धर्मकै नाम लिएर युद्ध गरिरहेछ
    धर्मको नाममा मान्छे मारेर पाप गर्दै भ्रम छरिरहेछ।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०७
    मेरो पछाडि जहिले भुक्नु तिमी।
    म माथि हुँदा डाहले झुक्नु तिमी।
    गरेको राम्रो काम नदेखे पछि,
    सामान्य कुरा लिएर ढुक्नु तिमी।
    मलाई हटाउन नचुक्नु तिमी।
    ह्यारिस

    पञ्चाङ्ग:०८
    लुट्नु लुटे अब गमक्क फुलेका छन्।
    उनकै सिको गर्दै धेरै झुलेका छन्।
    कस्तो हुन्छ होला लुटेरा मात्र भए ,
    नेपालीका सामु ऐनामा खुलेका छन्।
    रोक्न भनी भ्रष्टाचारमै घुलेका छन्।
    सुस्मिता अधिकारी ,काठमाडौँ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- ६७

    विश्व शहरीकरण दिवस विशेष टुक्का लेखन श्रृङ्खला सम्पन्न

  • १४ कार्तिक २०८०, मंगलवार १७:५० मा प्रकाशित
  • काठमाडाैँ,
    विश्व शहरीकरण दिवसकाे अवसरमा टुक्का साहित्य समाजकाे आयाेजना २०८० कार्तिक १२ गते बडा दशैँ विशेष टुक्का कविता लेखन श्रृङ्खला ९९ सम्पन्न भएकाे छ ।

    टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईँकाे संयाेजकत्वमा सञ्चालन भएकाे उक्त कार्यक्रममा नेपाल, भारत लगायत विश्वका विभिन्न स्थानबाट ८० जना टुक्काकारहरूकाे सहभागिता रहेकाे थियाे । भर्च्युअल माध्यमबाट सञ्चालन भएकाे उक्त कार्यक्रमकाे प्रशिक्षण अध्यक्ष चापागाईँले नै गर्नु भएकाे थियाे भने सहभागीहरूले “मेराे शहर” भन्ने विषयमा केन्द्रित भई सुन्दर टुक्का कविताहरू सिर्जना गरेकाे थिए ।

    टुक्का साहित्य समाजले विशेष अवसरहरूमा विशेष टुक्का कविता लेखन कार्यक्रमहरू सञ्चालन गर्नुकाे साथै अन्य विभिन्न किसिमका नियमित अभ्यासका कार्यक्रम तथा नियमित प्रशिक्षणहरू समेत सञ्चालन गर्दै आएकाे छ ।

    सन् २०१४ देखि हरेक वर्ष अक्टाेबर ३१ काे दिन विश्व शहरीकरण दिवस मनाइदै आएकाे छ ।

    कार्यक्रमकाे समापन गर्दै अध्यक्ष/ प्रशिक्षक चापागाईँले शहरीकरण भन्नाले स्मार्ट सिटि वा हरियो शहर बनाउने भन्ने मात्र पनि हैन, सामाजिक, आर्थिक, राजनैतिक जगतको स्थापना गर्नु पनि हो । शहरीकरणको चुनौतिहरुलाई सम्बोधन गर्न, विभिन्न देश र शहरहरू बीचको सहयोग बढाउनु तथा शहरी विकासको लागि योगदान पुर्याउन हाे । हामीले आफ्नाे शहर शान्त, स्वच्छ र हराभरा बनाउन आफैँले पहल गर्नुपर्छ । अरुकाे मुख ताक्नु भन्दा पनि मेराे सहर बनाउने जिम्मा मेराे आफ्नै हाे भनेर अघि बढ्नु पर्ने कुरामा जाेड दिँदै कार्यक्रममा सहभागी भएर सुन्दर टुक्का कविताहरू सिर्जना गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नु भएकाे थियाे ।

    उक्त कार्यक्रममा सङ्कलन गरिएका केही टुक्का कविताहरू
    [१]
    १.
    विकृति र नशामा डुब्दैछ मेराे शहर
    विकासकाे निहुँगरि भित्रिदैछ जहर ।
    २.
    महल मात्र हैन मन बनाउँ ठुलाे
    भलाे गरेर सबकाे बाल्नु पर्छ चुलाे ।
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    [२]
    १.
    कोलाहल भिडभाड हुन्छ हर प्रहर,
    उकेल्छ हरदम प्राणघातक जहर ।
    २.
    न चिन्छ न सुन्छ वर्षाउँछ कहर,
    भन्छन् हुँदैछ अन्धो बहिरो सहर ।
    ✍️ वसन्त अनुभव
    घोराही, दाङ
    [३]
    १.
    गाउॅ छोडि आइयो शहर
    अब पुग्यो है बस्ने रहर ।
    २.
    विकृतीले गॅाजेर ध्वस्त हॅुदैछ शहर
    विकासको नाममा बज्रिरहेछ कहर ।
    ✍️ राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    [४]
    १.
    मेरो शहर दामी छ, कलाको लाग्छ मन्दिर
    किन्तु शोषणको आगो, दासताको छ जन्जिर।
    २.
    मेरो शहरमा बस्ने, धेरै छन् धनका पति
    भ्रष्टाचार छ फैलेको, छोप्छन् केस ठुला जति।
    ✍️ रामशरण न्यौपाने
    भक्तपुर
    [५]
    मेरो शहरमा दुःख नगर्नेहरुको कुनै काम नै छैन
    बिहान बेलुकाको छाक टार्न गफ गरेर पाइने हैन ।
    ✍️ अम्विका अधिकारी
    झापा बिर्तामोड
    [६]
    १.
    दुःखै दुःखको जञ्जाल छ सहर
    कहाँ होला यो भन्दा ठुलो सगर।
    २.
    अग्ला अग्ला घर भए छैन हावापानी
    सहरमा बाँचेको यो दुखी जिन्दगानी।
    ✍️ सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    [७]
    १.
    कति सुन्दर अनि शान्त यो हाम्रो शहर
    छैन कतै अरू जस्तै चारैतिर जहर ।
    २.
    आऊँ मिलेर हाम्रो शहरमा बस
    यो मिठो खानाको निम्ति कम्मर कस।
    ✍️ नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    [८]
    १.
    कसैलाई नचिन्ने आराम कि व्यस्तता खोज्ने
    शहर भरिलो दरिलो कुना कोठामै रोज्ने ।
    २.
    सहारा छैन बिरामी पर्दा प्रदुषणको छ भकारी
    अपराध गर्ने र अमृत पिलाउने यतै सफारी ।
    ✍️ जमुना आचार्य
    सिन्धुपाल्चोक
    [९]
    १.
    पहिले थियो सबैलाई सहर बस्ने रहर
    अहिले बनिरहेछ बाध्यता बिचको कहर।
    २.
    बस्तीको भिडभाडमा हराउँदै छ सहर आज
    प्राचीन महत्त्व बोकेका घरका मासिदैँछन् राज।
    ✍️ शोभा आचार्य गौतम
    काठमाडौँ
    [१०]
    सुन्दर शहरमा सुन्दर घरहरू जोडिएका
    भित्री रहस्य थाहा हुन्न अनेकौँ मन तोडिएका ।
    ✍️ भुपेन्द्र राना मगर
    धादिङ
    [११]
    १,
    सपनाको सहरमा बढ्यो प्रदुषण,
    कसो गरी बनाऔॅं स्वच्छ वातावरण।
    २,
    जथाभावी फोहोरमैला नफालौँला,
    लापर्बाहीमा जरिवाना तिराऔॅंला।
    ✍️ म्यामराज राई
    भोजपुर
    [१२]
    १.
    देखासिकी गरेर दुखिया छिरे पनि शहर
    सपनामै सिमित रहे सुख पाउने रहर ।
    २.
    जता हेर्यो उतै देखेँ अभावको कहर
    दुखः साट्न नमिल्ने यो अचम्मैको शहर ।
    ✍️ बाबुराम गौतम
    गुल्मी
    [१३]
    १.
    मेरो शहर रातभरी बल्छ,
    दिनभरि हिड्छ साँझमा गल्छ।
    २.
    नाकमा धुलो र गन्धले पोल्छ,
    मेरो शहर मलाई पिरोल्छ।
    ✍️ होम प्रसाद नेउपाने
    धरान, सुनसरी।
    [१४]
    १.
    बस्ने ठाउँलाई पनि प्रदुषित नै बनाइ दिएर नगनाउ
    विश्वमै लाजमर्देा तरिकाले अव्यवस्थित शहर नबनाउ ।
    २.
    राजनीति मात्र देशमा गर्छैा शहरी विकासकाे साटाे आफ्नो खल्ति नै भर्छौ
    सधैँभरि योजनामा मात्र पैसा खनाउछौ , फिल्डकाे काम चै कहिले गर्छौ ।
    ✍️ पवन कुमार बुढाथेाकी
    काठमाडौँ
    [१५]
    १.
    नेप्टी, चेप्टी गाउँका पैसा कमाउन हेर शहर पसेका
    भिडभाड अनि तडक भडक माझ उनीहरू फसेका ।
    २.
    झिलिमिली शहर हेर्दामा उस्तै छ कति राम्रो
    बुझ्दै जाँदा त्यहाँको वास्तविकता अति नै चाम्रो ।
    ✍️ राजेन्द्र प्रधान ‘पासा’
    दार्जिलिङ ।
    [१६]
    १.
    शहरमा रमाइलो हुँदैन चाडपर्व
    गाउँमै लिङ्गे पीङमा मचिदाँ हुन्छ गर्व ।
    २.
    चाडमा हुन्छ शहर सुनसान सबै गाउँमा
    खुशी साटासाट गर्न रमाइलो आफ्नै ठाउँमा ।
    ✍️ भगवती दवाडी
    झापा
    [१७]
    घरमा छिर्नु पहिले ढोका बन्द हुन्छ
    सहरको चाला देख्दा मन साह्रै रुन्छ ।
    ✍️ रमेशचन्द्र घिमिरे
    भोर्लेटार, लमजुङ
    [१८]
    १.
    मेरो शहरमा झिलिमिली बत्ति लौ बलेको
    तर हिँड्दा डगरहरू दुर्गन्धले भरेको।
    २.
    मेरो शहरलाई स्वच्छ वातावरण सुगन्ध छरौँ
    सबैले नै सर सफाइ गरौँ दुर्गन्धले चैँ नभरौँ।
    ✍️ बेदु न्यौपाने
    काठमाडौँ
    [१९]
    १.
    बाँच्न यहाँ सोस्नुपर्छ खोस्नुपर्छ नयाँ पाहुनाले मान्दछन्
    जोगाउन खोज्दैनन् लिन्छन् मात्र सबै उनकै लागि
    ठान्दछन्।
    २.
    परिचित हुन चाहे अनि बने म नाम मात्रको शहर
    भिडमा एक्लो बनि सहिरहेछु आज विकाशको कहर।
    ✍️ सुस्मिता अधिकारी
    काठमाडौँ
    [२०]
    १.
    साहस आयो बल्ल पूरा भएसी रहर
    आहा! झिलिमिली कति ठुलो हाम्रो शहर।
    २.
    मिलेर अघि बढेर जाऔँ हातमा हात मिलाई
    एकै नासको भएर बसौँ फाटेको मन सिलाई।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    [२१]
    १.
    शहरमा देखिन थालेका छन् फाेहाेर मैला कण
    जतिसुकै बनेकाे छ है वातावरण प्रदुषण ।
    २.
    सबै जनमनकाे घर अँगेनामा लाै चुलाे बालाैँ
    हाम्रो देशकाे विकास गर्न कदम अगाडि चालाैँ ।
    ✍️ केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम ।
    [२२]
    १.
    फर्किएनन् सहर पसेका उतै छ बसोबास
    फेरिएको वातावरणले उड्यो होस हवास ।
    २.
    घना भयो सहरीकरण गाउँघर छ रुखो
    हुनेखाने जमे सहरमा पाखा भित्ता निमुखो ।
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    [२३]
    १.
    हिमाल देख्ने मेरो शहर प्रकृतिले समाएको
    कोसेली मायाको चिया पाएर पाहुना रमाएको ।
    २.
    रेलगाडीको छुक छुक अवाज नै मेरो शहरको आन
    गर्व गर्छु मेरो शहरकाे संस्कृति भाषामा एक समान ।
    ✍️ हन्नाह छेत्री
    दार्जिलिङ
    [२४]
    १.
    धुवाँ धुवाँ भइरहेछ मेरो सहर
    विकास निर्माणले फैलाउदै जहर।
    २.
    कहीँ नभएको जात्रा मेरो सहरमा
    पछुतो मान्दैछन् रे बासिन्दा रहरमा।
    ✍️ प्रदीप के रिमाल
    इटहरी, सुनसरी।
    [२५]
    १.
    काँचुली फेराउँ अब शहरलाई
    सन्देश जगाऔँ जन लहरलाई ।
    २.
    स्वच्छ अनि सफा राख्नुपर्छ अब
    घुम्न लायक शहर बन्छ तब ।
    ✍️ सरिता सेढाई
    धादिङ
    [२६]
    १.
    पर्यटकलाई देखाउन मात्र हैन सधैँ स्वस्थ बनाउँ शहर
    स्वाच्छ सफा हावामा श्वास फेर्न पाइयाेस् भन्नेछ यही मेराे रहर ।
    २.
    धुलाे फाेहाेर हैन अब हाम्रो शहर सधैँ सफा गराैँ
    सबै मिलेर आपसमा सरसफाइ गर्दै खुसी भराैँ ।
    ✍️ कल्पना भण्डारी
    सिन्धुपाल्चोक हाल काठमाडौँ
    [२७]
    १.
    शहर शहरै हुन्छ , गाउँ जस्तो हुदैन
    एकापसमा सद्भावको डोरिले छुदैन ।
    २.
    रमझम, भिडभाड, हुन्न कसैको चासो
    शहर पसेपछि लौ चिन्दैनन् आफ्नो नासो ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    [२८]
    १.
    शान्त सुन्दर हराभरा बनाउँ याे हाम्राे शहर
    फाेहाेरगरि जताततै फैलाउनु हुन्न जहर ।
    २.
    जिविकाेपार्जन गर्न पसेका ती शहर
    तड्क भड्क देखेर पलाए धेरै रहर ।
    ✍️ उमा गाैतम
    काठमाडाैँ
    [२९]
    १.
    निदाउँदै छ मेरो शहर
    प्रदूषण नै भयो जहर ।
    २
    अट्टालिका धेरै छन् यहाँ भवन
    प्रदुषणले दुषित छ पवन ।
    ✍️ कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    [३०]
    १.
    धुलो, धुवाँ र कोलाहलले रोगी भयो शहर
    प्रदुषणको चपेटामा बिताउनु छ प्रहर ।
    २.
    विकासको आधार मान्छन् गाउँ भन्दा सहर
    हाम्रा सुन्दर शहरहरू नबनुन् जहर ।
    ✍️ पद्मा काश्यप पाण्डे
    पथरी मोरङ
    [३१]
    १.
    जताततै धुवाँ धुलोले जकडिएकोछ है शहर
    यस्तै वातावरणले आज खुवाइरहेछ जहर ।
    २.
    गर्न हुन्न आनाकानी देश बनाउनलाई
    मिलेर नै अघि बढौ आउ सबै दाजुभाइ।
    ✍️ सरस्वती श्रेष्ठ
    इटहरी
    [३२]
    १.
    कति सुन्दर त्यो हराभरा हाम्रो शहर,
    फाेहाेर भएको कारण फैलियाे जहर।
    २.
    दु:ख गरेर कमाउन परेको शहर,
    धेरै भन्दा धेरै बढ्दैछन् मनका रहर।
    ✍️ सहयात्री शाेभा अर्याल
    बुटवल, रुपन्देही
    [३३]
    १.
    कोलाहल छ सहरमा अनि छ धुवाँ धुलो
    मान्छे घमन्ड गर्छ र भन्छ मै मात्र छु ठुलो ।
    २.
    कसैलाई कसैको वास्ता हुँदैन स्वार्थी सहरमा
    मान्छे सहर पस्दो रैछ हल्लैहल्लाको रहरमा ।
    ✍️ बाबुराम पाण्डे
    अर्घाखाँची
    [३४]
    बनोस् सदा सभ्यताको सहर
    सौहार्दताले निम्ताओस् रहर ।
    ✍️ प्रेम थापा “मन”
    बागलुङ
    [३५]
    १.
    मान्छेले मान्छे नचिन्ने भएको छ मेरो शहर
    अाफ्नो देश फर्केर अाउँदा तिर्नु पर्छ कहर ।
    २.
    सत्तामा बस्नेको मात्रै चल्छ सबै तिर कुरा
    मुखले मात्रै रामराम बगलीमा चैँ छुरा ।
    ✍️ सञ्जना शर्मा
    लमही दाङ
    [३६]
    १.
    ए किन गर्छौ आउन यो सहर?
    मेरो त मरिसक्यो सारा रहर ।
    २.
    यी विषादी खाद्यान्नले रोग बढायो
    प्रदुषणको व्यापकताले सडायो ।
    ✍️ कमला देवकोटा
    पाल्पा
    [३७]
    १.
    मेराे शहरमा लामवद्व लागेका छन् एक हूल गिद्वहरू
    भन्छन् उँचाे स्वरमा अहिंसावादी बनाैँ तिनै फेरि सङ्ग अरू।
    २.
    मन वचन कर्मले लागिपरे त हुने रहेछ
    अति सुन्दर सभ्य शहर लाै हेर्दा हेर्दै भएछ।
    ✍️ प्रकाश के.सी.
    लाेकन्थली,भक्तपुर
    [३८]
    १.
    देखेकाे जस्तै सुन्दर सहर बनाउँन
    नराम्रा कुरा सबै आजबाटै हटाउँन ।
    २.
    बाध्यता त कतिलाई भएको छ रहर
    मान्छेको लागि घातक बन्दैछ यो सहर ।
    ✍️ हिमा आर.सी
    मेहेलकुना सुर्खेत
    [३९]
    शहर पस्दा पर्यटकलाई होस् डाहा
    आउने बित्तिकै भनि हालोस् वाह ! आहा ।
    ✍️ बिके माकजू
    भक्तपुर
    [४०]
    १.
    गाउँ खाली गरी, माया मारेर भाग्ने कस्तो रहर ?
    बढ्दो जनसंख्याको भार खै कसरी थेग्ला शहर ?
    २.
    धुलो धुवाँको साम्राज्य छ, काकाकूलकै नियति कति भोग्नु पर्ने ?
    रोकिएला लहर खै कहिले, कसरी गाउँ छोडी शहर झर्ने ?
    ✍️ मित्र उराठी गौतम
    अमरपुर गुल्मी हाल तिलोत्तमा-२,रुपन्देही
    [४१]
    १.
    बन्द शहरमा त्यसै इच्छाहरू थुनियाे
    दुख पीडा छल्दै अब माेजमस्ति चुनियाे ।
    २.
    मेराे शहर बनाेस् सबकाे मन बुझाउने
    नहाेस् कहिल्यै दुखिकाे परेली रुझाउने ।
    ✍️ रश्मि रिमाल
    झापा
    [४२]
    १.
    आहा कति अनौठो छ मेरो शहर
    यथार्थ बुझियो बस्न छैन रहर ।
    २.
    एकले अर्को चिन्दैन खोइ सहयोगी मन
    त्यो भन्दा गाउँमा नै फैलाउछन् तन र धन।
    ✍️ अम्बिका गिरी
    बिराटनगर
    [४३]
    १.
    काेलाहल र प्रदुषणले भरियाे मेराे शहर
    शान्त र सुन्दर बनाउने सबैकाे हुन्छ रहर।
    २.
    विकृति र विसङ्गति फैलिएर गयाे
    शहरिया जीवन त कष्टकर भयाे।
    ✍️ काेपिला अधिकारी
    सिरानचाेक ७, गाेरखा
    [४४]
    १.
    कतिपय हेर्न आउॅंछन् गाउॅंका मानिस पनि
    धूलो र धुवाँले मुख छोपेर हिड्नु पर्छ अनि।
    २.
    प्रदूषण मुक्त र हराभरा बनाऔँ शहर
    तब पर्यटक समेत आउॅने गर्छन् रहर।
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः अमेरिका,बोस्टन।
    [४५]
    १.
    गाउँ छाडेर सुखकाे लागि मानिस आउँछ सहर
    जीवन धान्न कठिन हुन्छ तब मात्र पुग्छ रहर।
    २.
    वातावरण स्वच्छ बनाई मानव बस्ती बसाउने हाम्रो रहर
    प्रदुषणलाई हटाउदै बनाउनुछ स्वच्छ हराभरा सहर ।
    ✍️ राज कुमार राजभण्डारी “खाेटाङ्गे”
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
    [४६]
    १.
    शहरहरू बन्न थाले मासिएर गाउँ
    मास्नुहुन्न पूरातात्विक सभ्यताको ठाउँ ।
    २.
    गाउँमा बस्दा अभावका सिंढीहरू चढें
    शहरतिर झरेर विकासलाई पढें ।
    ✍️ डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. – ६, दोलखा ।
    [४७]
    १.
    सुन्दर सहर
    थुप्रै थे रहर ।
    २.
    सपना बोकेर धेरै
    लाग्थ्यो सबै हो कि मेरै ।
    ✍️ कृष्ण घिमिरे उदार
    पाणिनि ७, अर्घाखाँची
    [४८]
    १.
    पर्यटकले अझै पनि गर्दै छन् घुम्ने रहर
    धुवाँ धुलो फोहोरले जेलिएको मेरो शहर।
    २.
    वल्लो घर पल्लो घर बस्ने बिच छैन चिनाजान
    साँझ पख गल्ली गल्लिमा हुन्छ खुकुरी हानाहान।
    ✍️ मन्दिरा सेढाई
    मलेखु,धादिङ
    [४९]
    १.
    भोग्नु अघिको रहर, रहेछ यो शहर
    अभावका भुमरीमा काटिएका कहर।
    २.
    सभ्यताको चिह्न भन्थे इतिहासमा नगर,
    भिडभित्र एक्लो जीवन, विकृतिका जहर।
    ✍️ मनोहरी पौडेल
    गैडाकोट १, नवलपुर
    [५०]
    १.
    भिडभाड र कोलाहाल छ बिरामी छ शहर,
    उकुस मुकुस भयो बाँच्न भरिएर जहर।
    २.
    चलेकैछ कंक्रिटको यहाँ विशाल खेतीपाती,
    स्वार्थी रहेछ शहर झनै मानिस झन् नजाती।
    ✍️ नवशिला
    बेलबारी -२, लालभित्ती,मोरङ।
    गोदावारी, ललितपुर।
    [५१]
    १
    देशमा विकासकाे लहर
    धुलाे र धुवाँकाे छ कहर ।
    २
    धुवा हजुर विषाक्त जहर
    तैपनि सहर पस्ने रहर ।
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर
    [५२
    १.
    बोकेर प्रयोजनको झोला
    शहर न धाउने को होला ।
    २.
    स्वच्छ सुन्दर राखौ शहर
    हावा पनि बन्दैछ जहर।
    ✍️ बिके मुखिया
    दार्जिलिङ, भारत।
    [५३]
    १.
    बहु जात बहु धर्म मिलेको मेरो शहर
    मिसाइदैछ अधर्मको अनौठो कहर ।
    २.
    छोडी गाउँ बस्ती सहर रोज्न थाल्छन्
    गाई बस्तु त्यागी कुकुर खोजी पाल्छन् ।
    ✍️ सागर आँसु
    डोटी
    [५४]
    १.
    मेरो शहर खुशिमा, झुमेको झैँ लाग्दछ
    फक्रदा समृद्धि यहाँ, नौलो स्फूर्ति जाग्दछ।
    २.
    शिक्षा, स्वास्थ, रोजगारी, सुलभ भए यहीँ
    छोडी प्यारो जन्मभूमि, जाला को जहिँकहीँ ?
    ✍️ ईमान सिंह के.सि.
    व्यास-९, धनुबासे, कलेस्ति, तनहुँ
    हाल नागार्जुन २, सुन्दरवस्ति, काठमाडाैँ
    [५५]
    १.
    धुलो धुवाँमा पिल्सिनु पर्छ बाध्यता छ रहरमा
    वल्लो घर पल्लो घर चिन्दैनन् बिरानो शहरमा ।
    २.
    मेरो देशका सबै शहर बस्न कुनै योग्य छैन
    व्यापार गर्न पढ्न आएको हुँ ढुक्कले बस्न हैन ।
    ✍️ चुडामणी देबकोटा
    चनपा १३ काठमाडौँ
    [५६]
    १.
    शहरी जीवनले नाङ्गो बनायाे
    सबैकाे मनलाई बाङ्गाे जनायाे।
    २.
    बस्ने रहर सबैलाई शहरमा
    जीर्ण भयाे जीवन यही रहरमा ।
    ✍️ प्रेमकला चापागाईं( सिटौला )
    मेचीनगर १२ सहरेडागी झापा
    [५७]
    रहरै रहरमा गाँउ छाडेर साथी पसियो शहर
    बस्दै गएपछि थाहा भयो शहर त रहेछ जहर ।
    ✍️ ध्रुव श्रेष्ठ
    खोटाङ, हाल काठमाडौँ।
    [५८]
    १.
    गोधुली साँझमा मेरो शहर छ झिलमिल
    रमाइलो छ मायालु छन् भाे आँसु पिलपिल ।
    २.
    हजुरबाको घरबारी बेचि नपस शहर
    पछुताउनु पर्ला पछि पिउनु पर्ला जहर ।
    ✍️ योगप्रसाद उपाध्यय चापागाईं
    गोठाटार
    [५९]
    १.
    ठुला घर, मोटर गाडी, मान्छेको भिडभाड
    दिनहुँ नयाँ पहिरन, हो कि झै चाडबाड ।
    २.
    झिलिमिली रातै भरि, हुदैन अँधेरो
    घर भित्रै पानी हुन्छ, हुदैन पँधेरो ।
    ✍️ पुष्पा सुवेदी
    नेपालगञ्ज, बाँके ।
    [६०]
    अव्यवस्थित शहरीकरणले जनजीवन प्रभावित भयो
    मानवमा मानवता पनि हेर्नुहोस् न हजुर हराएर गयो।
    ✍️ दुर्गा भट्टराई
    मोरङ
    [६१]
    १.
    भक्तहरुका भीड हुन्छन् मन्दिरमा चारपहर,
    देवताहरुको बास हुने पवित्र मेरो शहर !!
    १.
    तिम्रै काखमा सधैँ यसरी लुटुपुटिने रहर,
    कहाँ पाइन्छ विश्वमा ममतामयी मेरो शहर ?
    ✍️ गोपाल कृष्ण डङ्गोल
    काठमाण्डौँ (हाल ईटहरी)
    [६२]
    उसको मेरो मनमा उठ्यो रहर
    आउ साथी हिँड जाउँ घुम्न सहर।
    ✍️ नीता गुरूंग
    भारत
    [६३]
    महलै महलले भरिएको देखिन्छ सहर
    पैसा भए सहर घुम्ने मेरो पनि छ रहर ।
    ✍️ कृष्ण धामी
    बझाङ
    [६४]
    १.
    उ भन्छ मेरो सहर राम्रो, सबै तिर साैन्दर्यता मिल्दछ
    मेरो मनले गाउँ नै मन परायो जहाँ, प्रकृति खिल्दछ।
    २.
    प्रिय, सायद म सहर जान त कहिले सकौँला
    बस्छौ भने गाउँकाे झुपडीमा चाेखाे स्नेह साटाैँला ।
    ✍️ मुक्ति काफ्ले
    असम
    [६५]
    १.
    कुरूप भयाे नगर मेराे झेलीकाे झेलले
    सहर मेराे बगर हाेला बर्खाकाे भेेलले ।
    २.
    भुक्तछ कुत्ता स्वप्न सजाई
    लुक्तछ मुसाे प्वाल बनाई ।
    ✍️ गिरिराज निराैला
    कीर्तिपुर ७ पाँगा, काठमाडाैँ ।
    [६६]
    फुलैफूलकाे बगैँचामा रमेपछि शहर
    सिरसिर वसन्तमा नि जागेन खै रहर ।
    ✍️ खुनराज काेईराला
    सिद्दलेक-३ गैरीगाउँ, धादिङ
    [६७]
    १.
    मानवको भिड बढेर निसासिएको शहर
    अमानवीय भावनाको घोलिएको छ जहर ।
    २.
    एक्लोपनले नै छट्पटाई रहँदा मानव
    साथ छोडी आफन्त पनि बनिदिन्छन् दानव ।
    ✍️ सरिता काफ्ले
    कोहलपुर ८ पिपिरी बाँके
    [६८]
    १.
    जताततै धुलाे धुवाँले प्रदुषण हुँदैछ शहर
    काेलाहल र भिडभाडले शान्ति छैन कुनै प्रहर।
    २.
    घरैघरकाे भिडभाडले छिर्दैन हावा कतैपनि
    स्वच्छ सफा राखाैँ सबैले आफू संवेदनशील बनि ।
    ✍️ उर्मिला के.शी.
    धनकुटा
    [६९]
    १.
    निसासेर भित्र भित्रै बन्द मेरो शहर
    छटपटेर एकलासमा मेरो रहर ।
    २.
    पसिना नबगाई पैसा फल्ने यो शहर
    यिनकै पैसामा रमाउने के यो कहर ।
    ✍️ शुदर्शन शर्मा
    सिरानचोक ३ गोरखा
    हाल सेन्टर अफ्रिका
    [७०]
    १.
    खै के नै रहेछ र राम्रो भनाैँ भिडभाड यो शहरमा
    मान्छे को चहलपहल मात्र देख्छु प्रत्येक पहरमा।
    २.
    शहरीया जीवन अल्छी जिउँछन् भोग र विलासमा
    नकचरी मोरी सजिन खोज्छे, मखमली पिलासमा।
    ✍️ मोती योन्जन सुब्बा
    दार्जिलिङ।
    [७१]
    १.
    रोजीरोटी बनोस् भव्य सभ्य मेरो शहर
    विदेशिएकालाई फर्किने बनोस् रहर ।
    २.
    सामाजिकता हराएको लाग्छ शहर खै कस्तो
    विकासमा कता अलमलिएको वन्जर जस्तो।
    ✍️ इन्दु श्रेष्ठ
    चितवन
    [७२]
    १.
    सबैको एक मात्र शहर
    त्यसमा छन् अनेकाैँ रहर।
    २.
    मेरो शहरमा कोही धनी भए त कोही गरिब
    लागि परेका छन् ती सबैजना हुनलाई करिब ।
    ✍️ आशिष ऐडी
    कालिकोट पचालझरना
    [७३]
    १.
    स्वप्न साकार पार्ने बनोस् हाम्रो त्यो शहर
    पूरा गरोस् मन भरिका असीमित रहर ।
    २.
    गाउँले छुट्टै रहर हुन्छ शहरमा पढ्ने
    जिउने कला सिकेर धेरै सिढीहरू चढ्ने।
    ✍️ राज बहादुर बडुवाल
    कनकासुन्दरी -५,जुम्ला
    [७४]
    १.
    अनेक सुविधा अनि अाराम देखी लागेका हुन् सहर
    ती सबैको जीवनशैली हेरि मलाई लागेन रहर ।
    २.
    शहरमा पैसालाई सबै थोक नै ठान्छन्
    गाउँमा भने पैसा भन्दा ज्ञान ठूलो मान्छन्।
    ✍️ चन्द्रप्रकाश `कमल´
    तिनाउ-१ कचल, पाल्पा
    [७५]
    १.
    सफा र सुन्दर बनाउँछु मेराे शहर
    सबै माझ चिनाउने लागेकाेछ रहर।
    २.
    जति सुन्दर मन त्यति सुन्दर शहर
    यसैलाई विश्वमा चिनाउनेछ रहर ।
    ✍️ सबिता पाण्डे
    धादिङ
    [७६]
    १.
    देखिएन कतै निस्वार्थी शहर
    राखेर के गरूँ मनमा रहर ।
    २.
    जिन्दगी हुँदैछ बगरमा लुलो
    देखेर असम्भव सपना ठूलो ।
    ✍️ सुरेश पाण्डेय
    सुर्खेत, बिरेन्द्रनगर
    [७७]
    १.
    के पाइन्न शहरमा? सबथोक पाइन्छ,
    पैसा हुनुपर्छ टन्न आफन्त कमाइन्छ।
    २.
    महलै महलको जङ्गल बडो सुन्दर लाग्छ
    खुसी खोज्ने रहरमा यो मन उतैतिर भाग्छ।
    ✍️ अजय दनुवार
    धनगढीमाई न.पा.-४
    जयपुर, सिराहा
    [७८]
    १.
    विकृति अनि विसङ्गतिमा रमाएको छ मेरो शहर
    सुक्सुकाउँदो बनाई देखाउने हजुर मेरो रहर ।
    २.
    बम र बारुद देखि टाढा नै छ मेरो सहर
    यसको चिन्तामा डुबेको हुन्छ म चारै प्रहर ।
    ✍️ शशिश्री आचार्य
    बौद्ध कुमारीगाल,६ काठमाडौं
    [७९]
    १.
    शहर सभ्यताको प्रतिक बनेर आएन
    गल्लीकाे त्याे वेसहाराले छाक टार्नै पाएन ।
    २.
    मेरो शहर छिमेकीको शहर बन्न सकेन
    एउटै घरमा लास पर्दा पनि चाळै पाएन।
    ✍️ देव मगर
    तिनाउ-१,कचल, पाल्पा
    [८०]
    १.
    काम सुविधा र सम्पन्नताकाे आशामा पस्छन् सबै शहर,
    अभाव विसंगति र विकृति सहँदै काट्नु पर्छ कहर ।
    २.
    बनाए बन्छ सभ्य शहर व्यवस्था राम्रो भए,
    हाेला भन्ने आशैआशमा गरिबीका चाेला गए ।
    ✍️ रामप्रसाद पुरी
    बादेल,खाेटाङ

    ::::: जय टुक्का! जय साहित्य!! :::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on विश्व शहरीकरण दिवस विशेष टुक्का लेखन श्रृङ्खला सम्पन्न

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P