चितवन ! चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Agni Incorporated Pvt. Ltd.(!) ले आयोजना गरेको विशेष सार्वजनिककरण समारोह सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा मुग्लिङ प्रहरी कार्यालय का प्रहरी निरीक्षक प्रतिक सिंह ले “महेन्द्र म्याक्स पिकअप बोलेरो” गाडीको अनावरण गर्नुभएको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कुरिनटारस्थित महिन्द्रा सोरुम का शाखा प्रमुख सुरेश रायामाझी का अनुसार “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” अन्य बोलेरो गाडीभन्दा फरक तथा आधुनिक विशेषतायुक्त रहेको छ। उक्त गाडी विशेषगरी व्यवसायिक प्रयोजन, ग्रामीण सडक तथा अफरोड क्षेत्रमा प्रयोगका लागि डिजाइन गरिएको उहाँले जानकारी दिनुभयो। BSVI इन्जिन गाडीले अफरोड क्षेत्रमा समेत राम्रो माइलेन्स दिने साथै ९ फिट ढालाको लम्बाई ,५ . ६ इन्चको चौडाई ,२१० mm ग्राउन्ड क्लियरेन्स र रियर पार्किङ सेन्सर भएको समेत भएको बताउनु भयो ।
नयाँ पिकअपमा शक्तिशाली 2523 CC इन्जिन, 2WD BSVi मोडल, आधुनिक डिजाइन तथा आरामदायी क्याबिन रहेको छ। भारी सामान बोक्न उपयुक्त मानिएको यो गाडी आजैदेखि बुकिङका लागि खुला गरिएको शाखा प्रमुख रायमाझीले बताउनुभयो।
कम्पनीका अनुसार 1.7 LX 2WD BSVi मोडलको मूल्य रु २९ लाख ९५ हजार निर्धारण गरिएको छ भने 2.0L SXi 2WD BSVi मोडलको मूल्य रु ३२ लाख ९५ हजार रहेको छ। साथै, गाडीको बुकिङसमेत खुला गरिएको कम्पनीले जनाएको छ।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसय पचासीऔं अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ। अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१८५———-
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८२/०१/१४
पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
……………………………………….
प्रशिक्षक:-
……………
सोमनाथ लुइटेल
गुणनिधि घिमिरे
सुशीला पौडेल
………………………
भाषा शुद्धीकरण:-
———–
भवानी घिमिरे
पशपती राई
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
=====
पञ्चाङ्ग साहित्य समाज नेपाल ======================
अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१
जिन्दगीमा रमाउन सक्नु पर्छ
आपसमा समाउन सक्नु पर्छ
दुईचार जना चाहिन्छ कुरा काट्ने,
खर्च दिन कमाउन सक्नु पर्छ
आफ्नो वस्तु जमाउन सक्नु पर्छ।
सुशीला पौडेल
पञ्चाङ्ग-:०२
जीवनमा बस्नु पर्छ रमाएर सधैं हामीले
अन्त्यमा के लानु छर जाँदा कमाएर हामीले
खुसी हुँदै सबै सँग मीठो बोलौं जति बाचिन्छ ,
बनाउनु छ यहाँ सम्बन्ध जमाएर हामीले
अवश्य मरिन्छ लगिन्छ के समाएर हामीले ?
-दुर्गा आचार्य
मोरङ
पञ्चाङ्ग:-०३ जिन्दगीको लामो यात्रामा पैताला पोल्न सक्छ तिम्रो कम्जोरी देख्दा कानमा विष घोल्न सक्छ जिन्दगीमा खुसी किन्न पाइँदैन र मात्रै हो, स्वार्थकै निम्ति पनि थुप्रै भाउहरू मोल्न सक्छ भरोसा नगरौँ केवल स्वार्थमै बोल्न सक्छ। ✍🏻अन्मोल मुस्कान तकदाह छाउनी, दार्जिलिङ।
पञ्चाङ्ग:०४ घर या बस्ती मिलाउनु छ नराम्रो चिज जिलाउनु छ सके सबैलाई राम्रो गर्नु, नसक्ने भए हिलाउनु छ अशक्तलाई खिलाउनु छ। -ह्यारिस
पञ्चाङ्ग:०५ वन जङ्गल भैँसी चर्ने चौरी सानो भयो ऐलानीमा प्रीति गाँसे आकास छानो भयो पुरानालाई खेदाएर नयाँनयाँ आए , अन्न भण्डार ढिकुटीमा मात्र दानो भयो मुरी बनाई पाथी घट्यो चानोमानो भयो ।
गुणनिधि घिमिरे पाँचथर खान्द्रोङ्ग हालः- अमेरिका।
पञ्चाङ्ग-०६ पेवा हैन कसैको यो धरा सबैको साझा घर हो माटोमै जन्मिएपछि हामी सबै त बराबर हो प्रकृतिले सबैलाई समान दिए गरेझैं लाग्छ, फेरि किन कसैले आँसु पिउँछन् कसैले तर हो लड्नुपर्छ समानताको लागि किन मान्ने डर हो! -पशपती राई खोटाङ ।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसय सत्चालीसौंमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८३/०१/१७ आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १४७[एकसय सत्चालीसौ] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग आइतबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
सुशीला पौडेल संकलन सुशीला पौडेल दुर्गा रिजाल आचार्य
शुद्धीकरण
भवानी घिमिरे पशपती राई
संरचना
अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी समायोजक पञ्चाङ्ग साहित्य समाज नेपाल चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
पञ्चाङ्ग:०१ राम्रो के हाे नराम्रो कुन हाे भनेर छान्नु पर्छ ती ज्ञानका कुराहरूले मनलाई बान्नु पर्छ विजय पाउनुपर्छ काम क्राेध लाेभ माेहमा , महामानव हुन् बुद्ध हामी सबैले मान्नु पर्छ बुद्धत्व के हाे भनेर हामी सबैले जान्नु पर्छ। -सुशीला पौडेल ॐ पञ्चाङ्ग:०२ मनुष्यमा सर्वप्रथम दृढ सङ्कल्प हुनु पर्छ आफूले गरेको कामले सबैको मन छुनु पर्छ बुद्धले सबभन्दा पहिले देखाकाे बाटाे त्याग हो, अरूलाई दु:ख पर्दा करुणा भावले रुनु पर्छ ध्यान र तपस्या गरेर दिलकाे मैलो धुनु पर्छ । प्रधुम्न चालिसे
पञ्चाङ्ग:०३ सत्यका बचनलाई चुनेर हेर ज्ञानका सुन्दर माला बुनेर हेर शान्तिकाे महसुस हुन्छ हृदयमा, ती शुद्ध वाणी बुद्धकाे सुनेर हेर त्यसलाई मन भित्र गुनेर हेर। -ह्यारिस ह्यारिसन
पञ्चाङ्ग:०४ बुद्धत्वको तपस्याले ज्ञान पाएका थिए गाउँ बस्तीमा शान्तिको गीत गाएका थिए सत्कर्मले गर्दा नै पहिचान हुन गयो, सधैं जसो एक छाक खाना खाएका थिए उनले ज्योति स्वरूप वस्त्र लाएका थिए।
दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग-०५ धेरै छिटो पनि जाने होइन ढिला पनि गर्ने होइन मध्यमार्गको बाटो चुन्नुपर्छ दायाँबायाँ सर्ने होइन कसैलाई हिंसा नगर्नु बुद्धले दिएको ज्ञान यही हो, बाँच र बाँच्न देऊ कसैलाई मार्ने हैन मर्ने होइन जलाऊ दियो आफैंभित्र बाहिरी भ्रममा पर्ने होइन । -पशपती राई खोटाङ ।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयचौरासीऔं अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ। अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१८४———-
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८२/०१/०७
पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
……………………………………….
प्रशिक्षक:-
……………
सोमनाथ लुइटेल
गुणनिधि घिमिरे
सुशीला पौडेल
………………………
भाषा शुद्धीकरण:-
———–
भवानी घिमिरे
पशपती राई
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
=====
पञ्चाङ्ग साहित्य समाज नेपाल ======================
अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१ हामी बीच प्रेम जगाएर जाउँ प्रिय भएका वेदना भगाएर जाउँ प्रिय मानव जिन्दगी अजीब लाग्दो रहेछ, सुख खुसी सबै मगाएर जाउँ प्रिय प्रेमरूपी फूल लगाएर जाउँ प्रिय। -सुशीला पौडेल
पञ्चाङ्ग:०२ मानिस जिन्दगी जिउन सिक्नु पर्छ नकारात्मक चिजलाई झिक्नु पर्छ खराब व्यक्तिको साथ छोड्नको लागि, तिनको छायाँदेखि टाढा हिक्नु पर्छ सकारात्मक व्यक्तिसँग टिक्नु पर्छ। ह्यारिस ह्यारिसन
पञ्चाङ्ग:०३ पञ्चाङ्ग किन हरायो उल्का लाग्छ लेखन शैली डरायो उल्का लाग्छ किन सबैजसो देख्छु लाखापाखा , मनले मन भरायो उल्का लाग्छ देखेर शब्द करायो उल्का लाग्छ। कला ढकाल ॐ पञ्चाङ्ग:०४ मान्छेकाे त!आफ्नै मन वैरी हुनेरहेछ हजुर सापटी दिएको धन वैरी हुनेरहेछ हजुर शत्रु आफ्नु काखी हुन्छ खाेज्न टाढा जानू पर्दैन रे, वृद्ध भएपछि तन वैरी हुनेरहेछ हजुर समयले बाेली झन वैरी हुनेरहेछ हजुर । प्रधुम्न चालिसे
\ पञ्चाङ्ग:०५
भन्दैछ मनले युवा हुँ , केस कालाे छैन बत्तीस दन्त सबै झरे पुष्ट गालाे छैन पखेटा हाले बचेराले लागे परदेश , महल छ तीन तले घरमा बालाे छैन नयाँ पात पलायाे पुरानोकाे पालाे छैन ।
भवानी घिमिरे (सद्भावना ) सर्लाही ।
पञ्चाङ्ग-०६ संविधान लेख्दा लेख्दा विज्ञको हातहरू नै खिएका छन् संविधानमा सबैलाई हक त समान नै दिएका छन् व्यवहारमा भने मत्स्येन्यायकै सिद्धान्त पो लागू हुन्छ , यहाँ त बलियाहरूले सधैं निर्धाको आँसु पिएका छन् गरिब सधैं नै गरिब सुकुम्बासी जीवन जिएका छन् ।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयचवालीसौमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८३/०१/०४
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १४४[एकसयचवालीसौ] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग आइतबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
सोमनाथ लुइटेल “रवि पाल्पाली
गुणनिधि घिमिरे
सुशीला पाैडेल
चित्र संकलन
सुशीला पौडेल
संकलन
सुशीला पौडेल
दुर्गा रिजाल आचार्य
शुद्धीकरण
भवानी घिमिरे
पशपती राई
संरचना
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
समायोजक
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
आजको चित्रपट मातातीर्थ विशेष रहेको छ। ~~~~~ मातातीर्थ औँसी विशेष
पञ्चाङ्ग:०१ सन्तानहरुको आँखाको नानी आमा प्यासमा तिर्खा मेटाउने पानी आमा आजको दिनको शुभकामना दिन्छु, प्रथम शिक्षा सिकाउने ज्ञानी आमा सन्तान बचाउन सक्ने रानी आमा। सुशीला पौडेल
पञ्चाङ्ग:०२ खास प्रकृतिको मूल शक्ति आमा उदरमा राख्ने झुल शक्ति आमा प्रसवव्यथा सहेर जन्मदिने, पक्का जीवनको पुल शक्ति आमा घरकाे प्रमुख रुल शक्ति आमा । प्रधुम्न चालिसे पञ्चाङ्ग:०३ आमा जन्म दाता हुन् ज्ञान दिने ज्ञाता हुन् छैन आमा समान, अक्षरको पाता हुन हृदयको खाता हुन् ह्यारिस ह्यारिसन
पञ्चाङ्ग:०४ आमा जननी धर्ती खनेर तिमी प्राण दिने रक्षक बनेर तिमी अमुल्य शक्ति तिमीले दिँदाआमा माया दिन्छौँ सन्तान गनेर तिमी लिदै बढ्छौँ सन्तान भनेर तिमी ।
दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग-०५ छातीभरि आमाको माया पिठ्युँमा भारी बोकेको छु आसुँ खस्न नदिइ आँखाबाट बिचमै रोकेको छु आमा तिमीले छाडेर गएपनि ताजै छ सम्झना, भावमा उर्ली आउँछौ तिमी मैले छाती ठोकेको छु शब्द भेटिन कवितामा लेख्न कलम टोकेको छु। -पशपती राई खोटाङ ।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयबयालीसौमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८२/१२/२६ आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १४३[एकसयत्रिचालीसौ] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग आइतबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
सुशीला पौडेल संकलन सुशीला पौडेल दुर्गा रिजाल आचार्य
शुद्धीकरण
भवानी घिमिरे पशपती राई
संरचना
अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी समायोजक
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
पञ्चाङ्ग:०१
आत्तिएर मन गलिरहेकाे छ
स्वप्नाकाे महल ढलिरहेकाे छ
निराश भएर अँधेराे न राेज्नु ,
पानसमा दीप जलिरहेको छ
अँध्याराेलाई नै छलिरहेको छ।
सुशीला पौडेल
पञ्चाङ्ग:०२ चुडेर मुटु ढलेको बेला शरीर सबै गलेको बेला कुल्चेर छाती थुकेर जान्छ, धड्कन मात्र चलेको बेला छातीमा दियो बलेको बेला। -मल्ल लक्ष्मी श्रेष्ट मेची किनार बिर्तामोड झापा
पञ्चाङ्ग:०३ पूजा गरिन्छ दियो बालेर मन भरिन्छ दियो बालेर सफा मनले गरेर नित्य, गति परिन्छ दियो बालेर पार तरिन्छ दियो बालेर।
कला ढकाल झापा
पञ्चाङ्ग:०४ पानसमा बत्ती बालिन्छ पूजामा नराम्रो चिज फालिन्छ पूजामा बत्तीले जस्तै उज्ज्यालो छर्नु छ, नयाँ कार्यको थालिन्छ पूजामा मनमा आनन्द पालिन्छ पूजामा। -ह्यारिस ह्यारिस
पञ्चाङ्ग :०५ अन्धकार अज्ञानताकाे घर हुन्छ मित्र प्रकाशनमा सबैलाई भर हुन्छ मित्र पानसमा बलेको ज्याेतिले दिग्व्याप्त हुन्छ, अँध्यारो सुन्सानमा हिँड्न डर हुन्छ मित्र राम्ररी तातेकाे दुधमा तर हुन्छ मित्र।
पञ्चाङ्ग-०७ अँध्यारोमा आफ्नै साथीसित पनि डराउनु पर्छ लौ भूत आयो मलाई खायो भन्दै कराउनु पर्छ पालामा नै भएपनि सानो दियो त जलाई हेर, झट्ट उज्यालो पर्नसाथ त्यो भूत हराउनु पर्छ भ्रमलाई चिर्दै सत्यको आभास गराउनु पर्छ।
घोराही, दाङ राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा साहित्यकार एकराज शर्मा अधिकारीको चौथो कृति ‘रचना कुसुम’ (असतोमा सत्गमय) एक विशेष समारोहका बीच विमोचन गरिएको छ। घोराहीस्थित नेपाल पत्रकार महासङ्घको सभाहलमा आयोजित उक्त कार्यक्रममा प्रमुख लोकसाहित्य अनुसन्धानकर्ता डा. गोविन्द आचार्य प्रमुख अतिथिको रूपमा रहनुभएको थियो भने राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनाल विशिष्ट अतिथिको रूपमा रहनुभएको थियो। विमोचित कृतिमाथि समीक्षात्मक टिप्पणी राख्दै पदमप्रसाद शर्माले ‘रचना कुसुम’ लाई नेपाली साहित्यको एउटा ओजिलो प्राप्तिको रूपमा चित्रण गर्नुभयो। उहाँले भन्नुभयो, “लेखक अधिकारीको यो कृतिले मानवीय संवेदना र आध्यात्मिक चेतलाई सरल तर गहिरो ढङ्गले प्रस्तुत गरेको छ। पुस्तकको उपशीर्षक ‘असतोमा सद्गमय’ ले भनेझैँ यसले पाठकलाई असत्यबाट सत्यको मार्गतिर डोर्याउने सामर्थ्य राख्दछ। भाषाको शुद्धता र भावको गहिराइले गर्दा यो अत्यन्तै सुन्दर र प्रेरणादायी पुस्तक बनेको छ।”
कार्यक्रममा राप्ती साहित्य परिषद् केन्द्रका वरिष्ठ उपाध्यक्ष दीपक शर्मा ‘समीर’, सिस्नोपानी नेपाल दाङका अध्यक्ष डा. लोकराज पराजुली, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन प्रियासनले शुभकामना मन्तव्य राख्दै कृतिको सफलताको कामना गर्नुभएको थियो। वक्ताहरूले लेखकको लामो साधना र अनुभवको निचोडका रूपमा यो कृति आएको बताउनुभयो। लेखकका तर्फबाट सुपुत्र ईश्वरीप्रसाद शर्मा अधिकारीले कृतिको पृष्ठभूमिबारे चर्चा गर्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो। राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव घनश्याम केसीले गर्नुभएको थियो। कार्यक्रममा दाङका प्रतिष्ठित साहित्यकार, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
दाङ, २५ बैशाख । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा कवि घनश्याम अस्तित्वको नवीनतम् कविता सङ्ग्रह ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा कार्यक्रम सम्पन्न भएको छ। परिषद्को नियमित १९९ औँ शृङ्खला अन्तर्गत पत्रकार महासङ्घ दाङको सभाहलमा आयोजित उक्त कार्यक्रममा विभिन्न क्षेत्रका साहित्यकार, पत्रकार तथा साहित्यानुरागीहरूको उल्लेख्य सहभागिता रहेको थियो। राप्ती साहित्य परिषद् दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनाल प्रमुख अतिथि रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा नेपाल संस्कृत विश्वविद्यालय, संस्कृति विभागका निर्देशक डा. टीकाराम उदासी रहनुभएको थियो ।
समीक्षाका क्रममा समीक्षकद्वय यज्ञबहादुर डाँगी प्रमोद धितालले वि.सं. २०८० मा प्रकाशित यस सङ्ग्रहभित्रका ६६ वटा कविताहरूमाथि गम्भीर चिरफार गर्नुभयो। उहाँहरूले अस्तित्वका कविताहरू वैचारिक र कलात्मक दुवै दृष्टिले अब्बल रहेको बताउनुभयो। समीक्षकहरूका अनुसार सङ्ग्रहले वर्तमान समयको स्वार्थी प्रवृत्ति र सामाजिक विसङ्गतिमाथि कडा प्रहार गर्दै भुइँमान्छेका आवाजलाई सशक्त ढङ्गले मुखरित गरेको छ। सरल भाषाशैली, मार्मिक बिम्ब विधान र नवीन शिल्पका कारण ६६ वटै कविताहरूले पाठकलाई गम्भीर आत्मचिन्तन गराउन सफल भएको टिप्पणी उहाँहरूले गर्नुभयो। कार्यक्रममा शुभकामना मन्तव्य राख्दै मुख्य अतिथि पुरुषोत्तम खनाल, विशिष्ट अतिथि डा. टीकाराम उदासी र विभिन्न साहित्यिक संस्थाहरूको तर्फबाट राप्ती साहित्य परिषद्का सल्लाहकार एवं केन्द्रका वरिष्ठ उपाध्यक्ष दीपक शर्मा ‘समीर’ ले नेपाली साहित्यको श्रीवृद्धिमा यस कृतिले महत्वपूर्ण इँटा थपेको चर्चा गर्नुभयो। वक्ताहरूले कविको लेखनमा रहेको इमानदारिता र समाजप्रतिको जिम्मेवारीबोधको प्रशंसा गर्नुभएको थियो।
उपाध्यक्ष सुरेश कुमार पाण्डेले स्वागत मन्तव्यद्वारा सहभागीहरूलाई स्वागत गर्नुभएको थियो। परिषद्का सचिव घनश्याम केसीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमको समापन गर्दै अध्यक्ष रेग्मीले यस्ता समीक्षात्मक बहसले सर्जकलाई थप निखारिन र नेपाली साहित्य परम्परालाई अगाडि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।
लघुकथाकार सुरेशकुमार पाण्डेको तेस्रो लघुकथा कृति ‘आवाज’को आइतबार परिचर्चा कार्यक्रम सम्पन्न भएको थियो । स्रष्टा साँझ अमेरिकाको आयोजनामा नेपाली समयानुसार यही चैत २९ गते आइतवार अपरान्ह सवा ६ बजे जुम प्रविधिमार्फत् भएको उक्त कार्यक्रममा परिचर्चाकारहरू सत्या अधिकारी, डा. कुसुमाकर शर्मा गौतम, दीपक लोहनी र खेमराज पोखरेलले कृतिमाथि परिचर्चा गर्नुभएको थियो ।
परिचर्चाकार सत्या अधिकारीले कृतिभित्रबाट समीक्षा शीर्षकको लघुकथा वाचन गर्नुकासाथै वाचित लघुकथाको टिप्पणी गर्नुभयो । उहाँले शैक्षिक बेथितिमाथि बुलन्द आवाज उठाएको, समस्या देखाउने तर समाधान नखोज्ने मानवीयप्रति कटाक्ष गरेको टिप्पणी गर्नुभयो । कृतिका भूमिका लेखक र कार्यक्रमका परिचर्चाकार डा. कुसुमाकर शर्मा गौतमले आवाज लघुकथासङ्ग्रह कालखण्ड दोषमुक्त सङ्ग्रहकारूपमा आएको बताउनु भयो । छोटाकथा र लघुकथाको बीचमा भिन्नता पहिचान गर्न लघुकथामा देखिनु पर्ने लघुत्व , क्षणिकता र प्रभावकारिताको विचार प्रस्तुत गर्नुभयो ।
परिचर्चाकार दीपक लोहनीले आवाज लघुकथाकृतिले उठाएका विचारप्रति आफ्ना धारणा प्रस्तुत गर्नुभयो । कृतिभित्रका १२२ वटा लघुकथाहरूमा कृतिकारले समाचार, सामाजिक घटनाहरू र जीवन भोगाइका विविध अनुभवलाई लघुकथामा पस्केको र समाजमा व्याप्त अन्धविश्वास, कुप्रथा, विभेद, नारी चेतना, बाल र पुरुष मनोविज्ञान, वैदेशिक रोजगारका पीडाहरूका विरूद्धमा सशक्त आवाज उठाएका बताउनुभयो । ग्रामिण परिवेश, आञ्चलिक र स्थानीय लवजहरूको सन्तुलित प्रयोग गर्नुले लघुकथामा मिठास रहेको बताउनुभयो । अभिधाको अर्थमा लघुकथाहरू बढी रहेका छन् भने लक्षणाका आधारमा न्यून र व्यञ्जनाका आधारमा प्रमुखरूपमा आएको धारणा प्रष्ट पार्नु भयो । नियमितरूपमा लघुकथा लेख्ने स्रष्टा पाण्डेको लेखनप्रतिको सक्रियता लोभलाग्दो छ तर पनि कृतिकारले धैर्य र चिन्तनमनन गरेर लेख्ने हो भने एउटा सफल लघुकथाकारको रूपमा स्थापित हुन सक्ने विचार राख्नुभयो ।
परिचर्चाकार खेमराज पोखरेलले लघुकथाहरूमा पाइने सवल र दुर्वल पक्षबारे बिहङ्गम दृष्टि प्रस्तुत गर्नुभयो । आमाप्रतिको सम्मान भाव, अर्गानिक भाषा, विविध विषय, स्वैरकल्पना र व्यङ्ग्यको प्रयोग, लघुत्व र क्षणिकता पाइनु , लघुकथाका सबल पक्ष हुन् भने कौतुहलताको क्षय, विषयको दोहोरोपन, परम्परावादी विचार, प्राभवकारिता कम हुनु, कथ्य चयनमा कमजोरी, केही लघुकथामा समापनको बिस्तार र छोटोकथा बनेको बताउँदै आगामी दिनमा सचेत रहन सुझाव दिनुभयो ।
कार्यक्रममा उपस्थित हुनुभएका कृतिका सम्पादक वसन्त अनुभवले कृतिकारले जे जस्तो लवजमा बोल्नुहुन्छ, उस्तै लेख्नुहुन्छ तसर्थ पनि केही कमीकमजोरी देखिनु स्वभाविक हुने गर्छ । औपचारिक शिक्षा नलिएका भए पनि स्रष्टाले छिटो र नियमितरूपमा लेख्ने गर्नुहुन्छ जुन लोभलाग्दो पक्ष रहेकोे भन्दै स्रष्टाको कलमको प्रशंसा गर्नुभयो ।
प्रा. विश्वराज अधिकारीले सञ्चालन गर्नुभएको सो कार्यक्रममा लता के. सी. र राप्ती साहित्य परिषद दाङका अध्यक्ष यम रेग्मीले कृतिगत सफलताको लागि कृतिकारलाई शुभकामना र बधाई दिनुभयो ।
कार्यक्रमको अन्त्यमा कृतिकारले सबैलाई धन्यवाद दिँदै लघुकथा लेखनको प्रेरणा , लेखनयात्राका अनुभूति र प्रभावबारे आफ्नो धारणा राख्नु भयो ।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयबयालीसौमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८२/१२/१९
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १४२[एकसयबयालीसौ] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
सोमनाथ लुइटेल “रवि पाल्पाली
गुणनिधि घिमिरे
सुशीला पाैडेल
चित्र संकलन
सुशीला पौडेल
संकलन
सुशीला पौडेल
दुर्गा रिजाल आचार्य
शुद्धीकरण
भवानी घिमिरे
पशपती राई
संरचना
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
समायोजक
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
~~~~~
पञ्चाङ्ग :०१
हिमालको फेदमा बस्ती देखिन्छ त्यहाँका बासिन्दामा मस्ती देखिन्छ अति सुन्दर हाम्रो देश नेपाल , सजाए झै हिउँको गस्ती देखिन्छ मानव एकताको रस्ती देखिन्छ। -सुशीला पौडेल
पञ्चाङ्ग:०२
उच्च हिमशिखर हाे मेराे शिर साथी धर्तीपुत्र हुँ छैन नि कुनै पीर साथी विश्वमा बढाए गाैरव हाम्रो पुर्खाले, पहिचान बलियो नेपाली वीर साथी बुद्धका सन्तति भएर छाै धीर साथी। प्रधुम्न चालिसे
पञ्चाङ्ग:०३ हिमाली फेदमा घर बनाउन मन छ सम्पूर्णको उपस्थिति जनाउन मन छ कस्तो राम्रो देखियो पुस्तकको घर हेर्दा, यस्को घृणा गर्नेलाई हनाउन मन छ धेरै वार्षिक उत्सव मनाउन मन छ। ह्यारिस ह्यारिसन
पञ्चाङ्ग-०४ हिमालको काखमा बस्ने कस्तो सौभाग्य पाइएको छ आफ्नै पाखामा चौरी डुलाई आफ्नै भाका गाइएको छ प्रकृतिको जति धनी छौं हामी मनको पनि उतिकै , चलाएर पाखुरी यै माटोमा उब्जेको खाइएको छ कोही छैनन् वैरी हाम्रो प्रेम सबैसँग लाइएको छ। -पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०५ चैत बैशाख मास वसन्त ऋतु फक्री आए छन्। हिउँको सिजन देखेर होला खुसीले धाए छन्। हिमाल मिठो श्वास लिदै भुले भ्रमर पुतली वसन्त ऋतुको लतामा हल्ली माल्शिरी गाए छन्। फुलेको मीठो पदार्थ भ्रमर मौरीले खाए छन्। ✍️ वेदु न्यौपाने काठमाडौँ 🙏🌹🌹